साप्ताहिक झिल्का लेखन अभ्यासको ५३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, फैलिए सुगन्ध जगतैभरि रहरमा स्पर्श भएर फूल, काँडा सरोबरी । २, चोरीऔॅंलाले मलाई करारमा बाँकी औॅंला हेर ! को परिरहेछ दरारमा ? ३, सञ्जाल बन्यो धोक्रो मोहर पनि हुनसक्छ जगन्नाथ आफैँ खोक्रो । ✍️म्यामराज राई भोजपुर … १, बिर्सिए सवैले भेष कहाँ रहन्छ मित्र तिम्रो मौलिक देश ? २, यो खुल्ला आकाशमुनि चिसो छ साथी ताप बालेर धुनी । ३, मैले तिमीलाई भेटाएँ दिलमा सम्हाली राख्दा हजुर आफैलाई हराएँ । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, फेरि भ्यालेन्टाइन आयो नव प्रेम जोडीहरूमा हर्ष, उमङ्ग छायो । २, भ्यालेन्टाइन डेको नाममा कोही कतै नलागून् नराम्रो गलत काममा । ३, कत्तिको जोडी छुटिन्छ यहि मौका छोपी अझ इज्जत लुटिन्छ । ✍️हिरामाया श्रेष्ठ गजुरी – १, धादिङ … १, फैलियोस् सुगन्ध सधैँभरि जीवन रहुँन्जेल वास्ना नमेटियोस् कसै गरी। २, फेरि झिल्का लेखेँ वरिपरि भएका सारा जब मैले देखेँ । ३, बस्छु म रमाएर सदा आफू यहाँ खुसी निकाल्छु धेर। ✍️अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ (हालः-अमेरिका,बोस्टन) … १, फैलियोस् सुगन्ध जगत्भरि चलिरहोस् अटुट जीवनमा मेटाउन प्यास पानीसरि । २, चलोस् सुगन्धकै वासना पलपल साटिरहन पाइरहूँ कर्म तप साधना । ३, पाउ राख्न भकारी सुगन्धित जीवनको अन्तसम्म फैलिनुमै छ हितकारी । ✍️देव मगर तिनाउ-१,कचल,पाल्पा … १, सुगन्धको बास्ना चलाउनु देशैभरि सबैको पहुँचमा नेपाली विश्वमा कहलाउनु। २, कर्म गर्दागर्दै धर्म सबैलाई बराबर मान कसैमाथि नपरोस् मर्म! ३, भ्रष्टाचारीहरूले गरे जालझेल देशमा हुँदारहेछन् पटमूर्ख! सत्ताधारीले गरेका मेल। ✍️ वेदु न्यौपाने … १, उत्याउलो हाम्रो समाज जातीय विभेद सधैँ दुष्टले जमायो राज। २, सबैमा कुराको पोको कुरैकुरामा ज्यान पाल्ने सबैमा भयो धोको। ३, कसरी गराउँछौ उपचार नागरिक अचेल देशमा व्यवस्था आफै बिमार। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, मनमा डरको छाया बाँच्ने आधार रहेछ हित्तचित मिलेको माया। २, विचारले खोज्छ किनार जहाँ भेटिन्छ सान्त्वना त्यहीँ नयाँ सन्सार। ३, मनभरि छ विचार सुख र दु:खका छल्किन्छन् शब्दका धार। ✍️सतीश पण्डित भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, बेच्न सक्तैनन् दुख पैसाको पछाडि लागिरहन्छन किन्न सक्तैनन सुख । ✍️केपि गौतम … १, मनमा चोट लाग्दा भविष्य अन्धकार हुन्छ परिवारदेखि टाढा भाग्दा। २, परदेशिन पर्यो कमाउन एक्लै हुँदा बाहिर कहिले सकिन रमाउन। ३, मनको घाउ चर्किॅंदा लाग्छ सधैँ आफ्नो प्यारो गाउॅं फर्किँदा। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, बुझ्दैन केही कुरा सम्झाउन खोज्छु तर पछाडिबाट हान्छ छुरा । २, यो कलियुग हो फुर्सद छैन सोच्न मान्छे छ को ? ३, चीनमा छ खासा कस्तो भो समाज दुनियाँको हेर तमासा ! ✍️दीप गोले तामाङ रौतहट … १, कोपिला नटिपौँ फूलको ढकमक फुल्न दिउँ समिक्षा गरौँ भुलको। २, लेकमा फुल्यो धॅंगेरो मौरी भॅंवरा रसमा भुरभुर गर्दैछ भॅंगेरो । ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, बिर्सन सकिन्न माया तिमी पहिलो प्रेम, जतिसुकै लाग दायाँबायाँ । २, सकिन मैले भुल्न तिमी परिवर्तन भयौ, थालेपछि अर्कोतिर डुल्न। ✍️शंकर कार्की मकवानपुर … १, हातैमा छ डाडु जसरी बाढे पनि अघि आउँछन् साढु । ✍️प्रेम थापा “मन” बागलुङ … १, आफ्नै हुन्छन् कथा कथाकै थुप्रो बोकेर बित्ने गर्छन् बेथा। २, समाज कता जाँदैछ विकृति र विसङ्गति कसले खनी खाँदैछ। ३, विकासको बाटो खन्ने मुखिया छन् देशमा समृद्धि आयो भन्ने। ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी … १, जतिसुकै घृणा गर म हिम्मत बढाउँछु कहिल्यै हट्दिन पर। ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्वे … १, बाँधिएका छन हात समाजमा चलेको रीति वर्ग विभाजित जात! २, संस्कृति, संस्कार, धर्म मानिसले टाउको समाती भन्छन् जीवनको कर्म ! ३, मठ ,मन्दिर पाठ जति धर्म अपनाऔॅं जानुपर्ने छ मसानघाट ! ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, कस्तो लाग्यो डर मनले मनलाई डरायो चाहियो तिम्रो भर। २, तिम्रो कस्तो चाल सबैलाई आफ्नो बनायो यस्तै छ माल। ३, तिम्रो हाम्रो कुरा भन्नु कसैलाई मिलेन सुने हान्छ छुरा । ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ, भारत … १, सधैँ वैरभाव किन ? क्षणभङ्गुर छ जिन्दगी सामुछ मर्ने दिन ! २, नगर्नु झुटो तर्क सजिलो हुँदैन मृत्यु पुर्याउँछ दम्भले नर्क ! ३, सर्वत्र छायो अत्याचार न्याय बिक्रीमा छ रुँदै बस्छ सदाचार । ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) इटहरी १ सुनसरी … १, जुँगा छोपेर गर्यो तिमीले बहस हामीसँग त्यसैले जालमा पर्यो । २, बिर्सेर आफ्नो औकात उडान भर्न खोज्दा बाँधिदियौँ तिम्रा हात l ३, सुन्दैनौँ तिम्रो बिन्तीभाउ जबसम्म लगाउन छोड्दैनौ कड्किॅंदै जुँगामा ताउ l ✍️बाबुराम गौतम गुल्मी … १, नाकमा कालो नपोत्नु अरूमा हिलो नछेप्नु जीवन बन्छ सुन्दर। ✍️कमला देवकोटा पाल्पा … १, बिमारीको खाना जाउलो शरीरको शक्ति कमले, उपचारमा गयो ताउलो । २, अनिलले ल्यायो तापमा, महॅंगीले पार्यो पीरमा, ठग्नेहरू पर्लान् महापापमा । ✍️जी.वि. प्यूठान (हाल – घोराही -१४ दाङ ) … १, चिसो बढ्दैछ ज्यानमा राहत नपाउने पीडित कोही छैन ध्यानमा । ✍️राज बहादुर बडुवाल कनकसुन्दरी-५,जुम्ला … १, आफनै गाउँ राम्रो जतासुकै गए पनि स्वर्ग नेपाल हाम्रो। २, विदेश जान्छन् खुरुरु चाडपर्व जब आउॅंदाखेरि मोबाइलमा रुन्छन् धुरुरु। ✍️सविता भट्टराई जनकपुरधाम … १, आस्थावान्लाई सहज लाग्दछ मैलो बेकार मनको कुबुद्धि सबै भाग्दछ । २, असम्भवमा कृपा माताको पक्का गहिरो सम्बन्ध गाँसिन्छ यहाँ नाताको । ३, सुकर्मसँग भाग्य जाग्दछ दिव्य ज्ञानीले जगमा तनको माया त्याग्दछ । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, देख्थे बाक्लो बोक्रो अझै छोडेको रहेनछ पल्लाघरे साइलोले कोक्रो । २, बोकेर हिॅंड्दा धोक्रो गाह्रो भयो एकदमै त्यसैले फुल्यो घोक्रो। ३, नबुझी गर्दा काम अगाडि बढ्न मुस्किल हुन्छ उल्टै दुर्नाम । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल खोटाङ … १, जनता ढाँटने काम गर्छ जो जसले आखिर हुन्छ बदनाम । २, माया अनौठोको हुने एकदिन बोल्न नपाउँदा मन धेरै रुने। ३, बुढेसकालमा डर लाग्ने छैन कोही साथमा सहारा कोसँग माग्ने ? ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर … १, जाडोमा उराठ लाग्यो, वनभोज खेल्ने सल्लाहले, मनमा जाँगर जाग्यो। २, मुटुमा माया अल्झियो, तिम्रो तस्बीर देखेर, सम्झनाको घाउ बल्झियो। ३, एकान्त जुनेली रात, आयो तिम्रो याद, दिलमा पऱ्यो घात। ✍️देव स्याङ्देन कालेबुङ … १, काँडालाई फूल भनेर अँगाल्छ दुनियाँ कठैबरी पागलपनको प्रेमी बनेर । २, मायामा नहोस् खोट बिछोडको पीडा बोकी खप्न नपरोस् चोट । ✍️विवश पारदर्शी झापा … १, उसले यस्तै सिकायो काम केही गरेन आफ्नो कुरा बिकायो । २, कुरा बुनेर माल सुन्छौ कुरा गफी यस्तै छन् चाल । ३, फुलाङ्गो रोपेर खाली आफैँ बिगार्ने काम हाम्रो बेकामे ताली । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, कुरेर बस्छन् वर्षभरि मान्छन् माघीको पर्व मनाउॅंदै रमाइलो गरी । २, पाए मिठो खान्छन् मिलेर एकजुट भई नपाए अन्तै जान्छन् । ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, पत्थरमा खोजेँ पालुवा आफैँलाई निराश बनायो माटो थिएन बालुवा । २, जीवन आफ्नो थियो दोष अरूलाई थोपर्दा भाग्यले धोका दियो । ३, बेलैमा बुझ्नुपर्ने कुरा काम आफूले नगरे हुँदैन सपना पुरा । ✍️पुष्पा राई खोटाङ … १, माघीमा खाइयो ढिक्री मेला र महोत्सवमा धेरै भयो बिक्री । २, हुन्छ माइतीको आस माघ महिना चेलीबेटीलाई जबसम्म हुन्छ सास । ✍️धनमाया चौधरी कैलाली … १, सम्बन्धमा भयो वारपार समस्या बुझ्न नसकेर भयौँ दुई किनार। २, शङ्का हुन्छ मायामा अन्यथा सोच्नु पर्दैन रुखको शीतल छायामा। ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, घृणामा पनि आउँछ मन च्यातेर हेर्दा तिम्रो तस्बिर पाउँछ। २, बाँच्ने कोसिस गर्दैछु भित्ताको तस्बिर हेरेर लामो स्वास फेर्दैछु। ३, जत्ति नै कुरा गरे पनि भए सपना सबै अधुरा। ✍️कला ढकाल झापा … १, बादल फाटेर घाम गाउँ सहरमा सबैले गर्न सजिलो काम ! ✍️आर्त अकुलीन … १, फाट्दैमा एउटा पानो सकिन्न जिन्दगीको किताब न भइदिन्छ सानो ! २, सपना ठुलो पालौँ लागिरहौ निरन्तर कर्ममा समय खेर नफालौँ ! ३, जो हाँस्नसक्छ हारमा तिलाञ्जली दिॅंदै आँसु मानिन्छ महान् संसारमा ! ✍️वसन्त अनुभव दाङ … १, धनीको घरमा मगमगाएको झोपडीको हालत खराब जाडोले रातभरि जगमगाएको। २, ठुलाबडा बाफिलो भोजनमा शितलहरमा कठ्याङ्ग्रिएको झोपडी अभावभित्र नमिठो रोदनमा। ३, पुग्दैनन् कन्दरामा आँखाहरू मौसमका पीडाहरू खपिरहेका जर्जरमा पर्छन् पाखाहरु। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, हे ! प्यारो मित वैरभाव किन व्यर्थै लगाऊ मिठो प्रीत। २, सकिन्छ राम्रो गर अरूले गरेको काममा भाजो हाल्न नसर। ३, सोचौँ सबैको हित एकाअर्कामा हातेमालो गर्दै गाऔॅं एकताको गीत। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत। … १, मानिएको सही श्रम उपासना शब्दहरू पनि राखनुहोस् सृजना क्रम । २, सम्भावना छ अपार यी झिल्का कविताहरू लेख्नुहोस् दुई, चार । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, हिउँदको मौसममा वनमा एकान्त प्रेमी मान्छे आनन्द छाउँछ मनमा । २. मनको पीडा बुझ्ने कोही छैन संसारमा आँसुले परेली रुझ्ने । ३. बिर्सन खोज्दा विगत भइदिन्छ झन् ताजा प्रयास गर्नु फगत ✍️साबित्री प्याकुरेल धादिङ … १, उसैको सङ्कट हर्छ ईश्वरको विश्वास गरी, जसले पूजा गर्छ । २, निरोगी हुन्छ ज्यान फलार खाएर मात्रै स्वस्थानीको लिऔॅं ज्ञान । ३, निभाउन सकिन्छ अभिभारा ईश्वरमा ध्यान लगाऔॅं , कष्ट मेटिन्छ सारा। ✍️सीमा कार्की समर्पण मेल चोक पर्सा। … १, आफ्नो जिम्मेवारी अब निभाइदेऊ मलाई नगर धेरै मनपरि । २, पन्चेबाजा घरमा बजाएर यसपालिको हिउॅंद बोलाउॅंछु सिउॅंदोमा सिन्दूर लगाएर । ३, जन्मघर लाइ छोडेर जाँदैछु म यसपालि पराईसॅंग नाता जोडेर । ✍️जानुका बास्कोटा काठमाण्डौं … १, आउँछ अविश्वासको भेल बुझ्नुपर्छ है सबैले परिवारमा हुँदा बेमेल | २, आफू अनुशासनमा रहनुपर्छ सम्बन्ध दिगो बनाउनलाई दुईचार कुरा सहनुपर्छ | ✍️सरिता सेढाई धादिङ … १, गर्दै गर्दा राज अपर्झट बिग्रेको देखियो काम र काम । २, नेताका कुरा मिठा सुन्दा दुनियाँलाई बनाउने चाहिने पैसाका बिटा । ३, पराईभन्दा पनि जवानी बढी डर आफ्नैको गल्ति जब जानीजानी । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, आँखाले परेली बाट्यो तिम्रो बाटो हेर्दाहेर्दै उमेरले नेटो काट्यो ! ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, बनको काँडा तिखार्नु पर्दैन भन्दछ सबैले शब्दहरू धेरै निखार्नु । २, पर्दछ मन डुलाउनु आकाश पाताल घुमेर झिल्कामा मन भुलाउनु ? ✍️मोती सुब्बा … १, झुलुक्क झुल्कियो झिल्का साहित्यिक आनन्द दिलाउँदै बेथिति जतिसक्दो मिल्का । ✍️लक्ष्मी रिजाल कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल … १, पुजन गरौँ ईशको तर्न भव सागर हटाई विष रिसको। ✍️तोया नाथ चापागाईं दमक, झापा, नेपाल … १, फैलियो बासना एकताको जुट्नुपर्छ नारी जगत्मा फाल्नुपर्छ दुष्कर्म व्यथाको। २, प्रकृतिकी साधना नारी उठौँ जागौँ एकतामा फाल्नु कुकृत्यका झारी । ३, नारी सचेतना फैलाउन हातेमालो गर्दै बढ्नु जीवन बुटी पैलाउन। ✍️टिकाराम पुन टिपु सल्यान … १, आउॅंछन् जान्छन् जीवनमा दुखका दिनहरू महोदय ! नलागोस् खोट तनमा । २, आत्तिनु हुन्न कहिले दुखको बेला मानिस होसियार हुनु पहिले । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, नामको लागि हैन जनताको कुभलो चिताए स्वतन्त्र निष्ठावान् बनिॅंदैन । २, जनतासॅंग काम गर्नु खान लाउन पुगोस् सबैको आँखामा पर्नु । ३, जातपात कतै नभनी नभनी सानो ठुलो बेइज्जती, बेइमानी नगनी । ✍️भोलामान बर्देवा ‘बैरागि माइलो’ धरान – ८, सुनसरी … १, मानवता असल कर्म दुखीको सेवा गर्नु हो ठुलो धर्म । २, गरेर अरूलाई गाली नकारात्मक सोच राखी नपारौँ दिमाग खाली। ३, अतिले हुन्छ खती बेलामा होस पुराई सुधारौँ आफ्नो मति । ✍️जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक न पा २ बालकोट ,भक्तपुर … १, सोच्छ देख्न पाइन्न जताततै धुवाँ, धुलो फोहोर चीज चाहिन्न २, वातावरण सफा गरौँ खाली पाखा डाँडामा रुख बिरुवा भरौँ । ३, लालीगुराँस छन् पाखाभरि डाँफे, मुनाल नाच्दै अब नेपाल स्वर्गसरि । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, किन अचम्म लाग्छ ? सदा सदाको समय कोसिस सॅंगसॅंगै भाग्छ। २, गर्नु सम्मान आदर सानाठुला सबैलाई हामीले , नगर्नु कसैलाई अनादर । ✍️दुर्गा आचार्य मोरङ … १, पहरा त्यो रसायो , फूल फुल्यो बगैचामा , चमेली फूल बसायो । २, तारे भीरको खर , गाईभैँसी भोकै छन् , काट्न लाग्छ डर । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट ७,नवलपुर … १, बदलियो संसार धेर सामन्जस्य नहोला त्यसै आफूलाई बदलेर हेर। ✍️कोपिला अधिकारी … १, चञ्चल बेलगाम मन जान्छ उडेर दूर छोडेर एक्लो तन। २, नेता करोडौँको गाडीमा युवा भाग्य खोज्दै पुगेका छन् खाडीमा। ३, सभ्य बन्ने रहरमा मानवता हराएको देख्छु आजभोलि हाम्रो सहरमा। ✍️ बिके मुखिया दार्जिलिङ,भारत। … १, जहाँ इन्कार सत्यको , घर समाज राष्टमा, सजिलै देखिन्छ फत्यको। २, भन्छन् कलियुगको अन्त्य, हुन्छ झुटको खेतीले , कथा रहेन दन्त्य। ३, भोग्दै जानु पर्दा, ज्ञानको भकारी भरिने, सङ्घर्षले निखारिने गर्दा। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, चुसाइ दुःखको कारण चुसाहाको मुख नटाल्दा हुन्न दु:खको निवारण । २, नहोला दिन एकनास अजर हुँदैन जस्तोसुकै अनित्य जीवन खास । ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, मार्यो यो मायाले अॅंध्यारोमा तर्साउॅंछ भन्छन् सधैँ आफ्नो छायाले। २, मिठो बोल सधैँभरि एकमुठ्ठी सासको चोला पाइन्न घरी घरी । ३, देउ सम्पत्ति हुँदा मर्दासँगै जादैन केही यो कालले छुँदा । ✍️दुर्गा भट्टराई मोरङ … १, छैन हावा बलमा जुन जनताले खेलेको फसेका छन् दलदलमा । २, असत्य साँचो हुँदैन जनताको शिर नुहेको गलत कामले छुँदैन । ३, दलभित्र सन्तुष्टि रहेन सत्तामा पुग्दा कुर्लनु विनासत्ता स्वाद भएन । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, काँडा जस्तो फूल हुँदैन जीवनमा कहिल्यै त्यसैले नगर्नु भूल । २, हुँदैन छल्न ढाट्न लामो छ जीवन गाह्रो हुन्छ काट्न । ३, सधैँ आफन्तको हेला जीवनको काम छैन् कालको परोस् फेला । ✍️ललिता गिरी सिन्धुली … १, सुगन्धको बास्ना हरायो कसरी भनौँ सगरमाथामा नेपालको झण्डा फर्फरायो। २, चोर्न पल्केको बिरालो दुधको कराई खाली त्यही लाग्छ पिरालो । ३, काम छैन सज्जनको कसैले पनि बुझ्दैनन् पीडा भरिएको मनको। ✍️लक्ष्मण देउवा डोटी … १, स्वस्थानीको भाव साह्रो बुझौँ बुझाऔॅं अर्थ स्थानको महिमा साह्रो । २, सारा स्वजन सान लडौँ देश खातिर गाऔॅं मुक्ति गान। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, तराई पहाड हाम्रो प्रकृतिले सुन्दरता खन्याउनाले नेपाल स्वर्गभन्दा राम्रो । २, ढिँडो सिस्नो खाऊँ कर्म जता गरेपनि नेपाली भन्न पाऊँ । ३, गुन्यु चोली लाउँदा गर्वले फुल्छ छाती नेपाली भन्न पाउँदा । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, लौरो बनाउन रोपेको उम्रेछ विषाक्त वृक्ष हतियार बन्दै खोपेको। २, अपमान नसहेकै राम्रो हावाले पात हल्लाउँछ कपटीको बोली चाम्रो। ३, खै ! कता हराए चाँदी जस्तो हिमाल ? भन्दै आमा कराए ! ✍️राजेश्वरी राजोपाध्याय ललितपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको ५२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, साधनामा बनेर मार्गदर्शक कालजयी सिर्जना जन्माए, इतिहास बन्दछ आकर्षक । २, प्रतिस्पर्धी आफ्नो स्वयम् रणको जुनसुकै मैदानमा, बेकार प्रदर्शनको अहम् । ३, हाँसउठ्दो जुँगाको लडाइले फाइदा तेस्रोलाई पुग्छ, नोक्सान गर्छ बलमिचाइले । ✍️म्यामराज राई भोजपुर … १, भन्दैन आफ्नो पराई भूकम्पको उत्पत्ति हुँदा, बस्छन् सबै डराई । २, सानु कुनाकाप्चा नजाऔॅं भूकम्पको धक्काबाट बाच्न, खुल्ला ठाउँमा धाऔॅं । ३, धनजनको नास गरायो दिएर कष्ट हामीलाई, भूकम्पले के पायो ? ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, हरपल गरौँ साधना मनबाट मौलाउने गर्छन् भित्री मनका भावना । २, ठुलो रुख ढल्छ अहम्ता गर्छ जसले स्वयम् चितामा जल्छ । ✍️केसर बोहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम (हाल भारत ) … १, जलिसक्यो जल्नु अति अब जल्नु छैन अब हेर्दैनन् रति। २, सधैँ हात जोड्नुपर्ने सरकार भयो नालायक! जनताले अब गर्ने । ३, जनताको नासो हेर जनताले नै लिन्छन् नतिजाले देखायो धेर। ✍️ वेदु न्यौपाने … १, क्षमता बेगर मच्चियो बेतालको मान्छे आज अन्यौल भई थच्चियो । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी … १, समयले धेरै सिकायो मान्छेको झुटो वचनले सबै विश्वास बिकायो । २, मनै भयो खाली लाग्न थाल्यो सबै किन हुन्छन् जाली ? ३, बिरालो बनी आउने दुःख दिन अरूलाई व्यर्थै किन धाउने ? ✍️पुष्पा राई खोटाङ … १, फाटेको कपडा तुनिन्छ मुटुको घाउ भन अब कसरी पुरिन्छ ? २, नठोक मुटुमा किला सहुँ म कसरी ? देखायौँ विचित्रको लीला । ३, सुनैसरि यो जीवन पित्तल भो अब टुटायौँ सम्बन्धको रिबन । ✍️देव मगर तिनाउ-१, कचल,पाल्पा … १, पङ्खा फिॅंजाएर चरा आकाशमा उडिरहेको बेला बाजले टिप्यो कठैबरा ! २, अब हातहरू नकमाऊ बाँच्छ देश भने बरु हतियार समाऊ । ३, फूलहरू फुल्न देऊ निमोठेर कलिलो कोपिला नफक्रॅंदै ज्यान नलेऊ । ✍️ध्रुव श्रेष्ठ खोटाङ । … १, जातले नटुटोस् दिल हामी एक बनौँ गाड्दैनन् शत्रुले खिल। २, नेपाली हामी वीर झुक्दैनौँ कसैका सामु सगरमाथा हाम्रो शिर। ३, वीरहरूको गाथा अमर तिनैका सन्तान हौँ छ गर्वको स्वर। ✍️सतीश पण्डित भानु – ६ चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, गरौँ सबैले साधना त्यसैको लागि सधैँ गर्नुपर्छ दिनहुँ वन्दना। २, आफन्तको भएमा लडाइ फाइदा अरुलाई पुग्छ आफ्नाको हुन्न बढाइ। ३, सिकौँ समयसॅंगै चल्न यसलाई काट्न खोज्दा सक्तैन कहिल्यै फल्न। ✍️अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,बोस्टन। … १, नबसून् खाली हात उद्यमी बनून् सबै नलागोस् कहिल्यै मात। ✍️सतीश सिकारु चुँदी तनहूँ … १, चेतना फैलाऔॅं समाजमा। वन्यजन्तु, जङ्गल जोगाउनु डढेलो नलगाउनु वनमा । २, रुन्छिन् आमा हेरेर धिक्कार्छिन् फेरि आफैलाई शासन सत्ता देखेर ✍️भुपेन्द्र राना मगर धादिङ … १, मनोरन्जनको लागि खेला सस्तो सामान पाउन लगाइन्छन् अनेकौँ मेला। २, भन्छन् घुस नखाने भित्रभित्रै पैसा चल्छ टेबलमुनीबाट पोको लाने। ३, खोटा सिक्का चल्छन् गतिलोको भाउ छैन विद्वानले खुट्टा मल्छन्। ✍️नवराज भट्ट कञ्चनपुर … १, खेती गरेर खान छँदैछ जमिन हाम्रो पर्दैन परदेश जान | ✍️सरिता सेढाई धादिङ … १, जिन्दगी सङ्घर्षमा जिउनुपर्छ रुघाखोकीबाट जहिले बच्न पानी उमालेर पिउनुपर्छ ! २, लगाउदा देखिन्छ चिटिक्कै भुवाको न्यानो कपडा लाग्दैन चिसो फिटिक्कै ! ✍️हिरामाया श्रेष्ठ … १, कुर्सी मोहमा परे घर झगडा देखाउँदै दाजुभाइ नै लडे । २, युवा अब उठ्नुपर्छ पूव पश्चिम सबैतिर विकास गर्न जुट्नुपर्छ । ३, गाउँघर शून्य हुँदैछ छोराछोरी सहर छिरेपछि बाआमाो मन रुँदैछ। ✍️कला ढकाल झापा … १, जिन्दगीमा भयो दुख धैर्यता गरेँ मैले आउँदो रहेछ सुख। २, उ घमण्डी थियो सहनुमात्र गाह्रो रहेछ उपरवालाले सजायँ दियो। ३, यात्रामा दुख पाएँ पैसाले काम गरेन फुटपाथे खाना खाएँ। ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, मनमा लागे खिल भन्नु यहाँ साह्रो खिन्न रहन्छ दिल। २, सबैलाई आफ्नो चाहिन्छ यस्तै हुन्छ सबैको कसैले मात्र पाइन्छ। ३, जलेर खरानी भयो मनको हरेक चाहहरू जवानी उसै गयो। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ, भारत … १, तराई, पहाड, हिमाल मेचीदेखि काली हुँदै फैलिएको हाम्रो नेपाल । २, अनेकतामा छ एकता विश्वमाझ परिचित हुनु हामी नेपालीको विशेषता । ३, एकतामा हुन्छ बल विकासमा जुटौँ सबै नगरौँ कुनै अलमल । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, बिर्सिदिनु बितेका कुरा साहस बढाउनु अगाडि सुल्झाउँदै काम अधुरा। २, मेटिँदैन भाग्यमा लेखेको कर्मले बनाउने भाग्यलाई उज्यालो भविष्य देखेको। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, नफुटोस् मनको बाँध देशको विकास गर्नलाई थापौँ समृद्धिको काँध । ✍️प्रेम थापा “मन” बागलुङ … १, लुछाचुँडी ज्यान फाली शक्ति बाँडफाँड गर्दागर्दै सकेनन् राख्न सम्हाली। २, उधमशील हातहरूमा ताला राष्ट्रघाती सबैलाई घेरेर तर्नुपर्छ तिनका छाला। ३, एकतामा निरङ्कुशता जडेर शासक भनाउँदा नालायक जाँदैछन् गल्लीहरूमा सडेर। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, झार्छन् आँसुको धारा बनावटी रुवाइ देखेर हाँस्छन् आफन्त सारा। २, इमानदारीलाई हाल्छन् जेल भ्रष्टाचारीको संरक्षण गर्नु देखाउँछन् नेताले खेल। ३, नाराबाजीले देश बन्दैन नेताको झोले बन्नेलाई कसैले राम्रो भन्दैन। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ (हाल भक्तपुर ) … १, मन परेर खास बगैँचाको सौम्य फूल लाग्छ धेरै आस ! ✍️आर्त अकुलीन … १, लिउँ प्रभुको नाम क्रमशमा सधैँ जगमा बन्दै जानेछ काम । २, दुष्टको नहुने नामोनिशान सफल बन्नकालागि नित्य गरौँ प्रभु गुणगान । ३, दिव्य दान अङ्गदान त्यसैले नित्य गरौँ प्रभुको भक्ति रसपान । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, मालीको स्याहार फूलबारी शीत ताप बचाई प्रकोपको झट्का लघारी। ✍️कमला देवकोटा पाल्पा … १, सास हुन्जेल आस, कसलाई नहोला हेर स्वर्गमा बस्न बास ! २, धेरै हौसिॅंदा पनि कहाँ लाग्छ दाना ? ढल्नुपर्छ कुप्रो बनी । ३, कस्को नहोला कमजोरी, फसाउन तत्पर हुन्छन् काली अनि गोरी । ✍️दीपा गुरुङ समभाव दुबेकोल खोटाङ … १, स्वार्थ झाङ्गिएर आयो हलचल भयो धरती सारा जगत् डरायो ! २, जतासुकै हुन्छ धोका हरेक क्षत्रमा आत्मघाती भोका भेटिन्छ बोका । ✍️विवश पारदर्शी झापा … १, पुस जानै लाग्यो बढाएर चिसो धेरै दिनप्रतिदिन तातो जाग्यो । २, पोल्नु पोल्यो पट्टाले कठाङ्ग्रिॅंदो चिसोले मेरा न्याय धपाउने सट्टाले । ३, भन्नैपर्छ अब खबर अब पुस भन्दाभन्दै राख्न सकिॅंदैन शबर । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, दुःख नै खेपेर कति बस्छौँ नेपाली हामी सधैँ हेपिएर । २, अब त जुट्नुपर्छ राष्ट्रियता खतरामा छ नेपाली हो उठ्नुपर्छ । ३, सम्बन्ध हाम्रो नटुटोस् गद्दार नेताले गर्दा अस्तित्व हाम्रो नलुटोस्। ✍️दीप गोले रौतहट … १, हात्तीले सिंह मुल्किन्छ अर्बौमा लाख तिरेर हात हल्लाउदै झुल्किन्छ । २, ठगिएका जनता पिरमा न्यायालय पनि पक्षपाती जनताको लगानी भिरमा । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५, जुम्ला … १, एकता दिवस मनाऔॅं वीरको गाथा गाउॅंदै पृथ्वी जयन्ती जनाऔॅं । २, नेपाल एकीकरण गरेका एकतामा सबैलाई बाँध्दै गोर्खाबाट पृथ्वीनारायण झरेका । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, नौ शब्दको माला झिल्का नलेखी नपढी व्यर्थैमा जीवन जाला। २, जीवनमा हुन्छ घामपानी आलस्य गरेर बस्नेको बन्दैन सफल जिन्दगानी । ✍️बिके मुखिया दार्जिलिङ भारत। … १, समय एकदिन आउॅंला जिन्दगी व्यर्थ जाँदैन अवश्य मौका पाउॅंला । २, नलेख्नु जहिले घोचेर हेपाइको सीमा हुन्छ लाटो लठुवा सोचेर । ३, लेख्दछु झिल्का कविता सबै आत्मीय सम्झेर चोखो अभिव्यक्ति भविता । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, दुख्छ मुटु मेरो गरिबलाई मात्रै आउँछ , जताततै समस्याको घेरो । २, पहिरिन जितको ताज सबैभन्दा पहिला त बनाउनुपर्छ असल समाज । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, ओभानो आँखाको तालको सबैलाई सम्झना सहित शुभकामना नयाँ सालको । ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, चिसो भयो मौसम सिरकमा गुटमुटिए पनि त्यत्तिकै बढ्छ दम। २, देखा परेन घाम ठण्डी धेरै बढ्यो गर्न सकिएन काम। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, उचालेर स्याललाई उइ राजगद्दीमा राखेर सिॅंगारियो घोच्नुपर्यो सत्ताको सुई । ✍️खुनराज कोइराला सिद्धलेक -३, धादिङ … १, भाइचाराको डोरी तन्काउँदै लागौँ हामी राष्ट्रनिर्माणमा एकताको नारा घन्काउँदै । ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, हाम्रो राष्ट्रिय परिधान दौरासुरुवाल, कोट टोपीले राख्छ नेपालीको सान l २, गुन्युचोली अनि बर्को जस्तो सुन्दर संसारमा देखिन्न कतै अर्को l ३, ध्वजावाहक अग्लो हिमाल चन्द्र धरातलबाट पनि देखिन्छ अरे बबाल ! ✍️बाबुराम गौतम गुल्मी … १, जनताको अपार माया दिमागमा राख्नु सधैँ नगर्नु कहिले दायाँबायाँ । २, लागेको दाग मेट्नु दीनहरूको सेवा गरी सद्भाव राखेर भेट्नु । ३, समय बलवान् हुन्छ कर्तव्यमा जुट्नु सधैँ निम्छरोको मन छुन्छ । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, लुगा फाटे सिलाउॅंला बिचमा दोमन नगर्नू, भड्केको मन मिलाउॅंला । ✍️बिबा तामाङ दार्जिलिङ … १, भनेर सधैँ ढाँटिन्छ दीर्घायु हुन्छ सोझोको ढाल्दा सोझो ढालिन्छ ! २, छैन बोलीको भर बोल्छन् मुखमा आएको नमानी कसैको डर ! ३, ठान्छन् ज्ञानको खानी संसारमा केवल आफूमात्र समझदार अनि ज्ञानी ! ✍️वसन्त अनुभव घोराही, वसन्तविहार । … १, रहनु सदा इमानदार दुई दिने जिन्दगीभर खानुपर्दैन कहिल्यै हार । २, रहोस् नयाँ भावना एकता दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना । ✍️दुर्गा भट्टराई मोरङ … १, मान्छेका रहर थरीथरी चाहँदैमा सबथोक पाइन्न दुराग्रह नराख मनपरि । २, परनिर्भर भयौँ हामी अपार सम्पदा हुँदाहुँदै कहिल्यै भएन दामी । ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, उत्साहा राखेर मनमा हिडौँ लक्ष्यमा सधैँ हरियाली होस् जीवनमा । २, सियो बनेर छिरौँ इज्जत समालेर जहिले दुनियासामु आफू नगिरौँ । ✍️जानुका बास्कोटा काठमाण्डौं … १, खास नबुझीकन सत्य, बजाइदिन्छन् ताली परर, उम्कन्छन् गराई फत्य । ✍️लोक वहादुर छेत्री लामिछाने मोदी गा पा वडा नं २ देउपुर, पर्वत … १, नेपाली बनेर हेरौँ एकताको तागत बुझेर देशको बेथितिलाई फेरौँ । ✍️सुस्मिता अधिकारी काठमाण्डौ … १, देखेर साँगुरो बाटो, ठेलमठेल हिड्ने गर्दा, बल्ड्याङ्ग खाने लाटो । २, भिडभित्र बज्छ ताली इमान जमान नभएर, किनिइन्छ पैसा फाली। ३, शासन शक्ति भिडभित्र, तछाडमछाड खोक्रा कर्म, चोख्याइन्छ उनका मित्र। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, रहर गर्छ मनले विश्वास दह्रो पार्न किन्न खोज्दै धनले ! २, सुगन्ध थपिरहनु पर्दैन अचम्मको हुन्छ माया अरूले लत्याउँदा मर्दैन ! ३, जीवनमा हाँसो चाहिन्छ? हुन्न मात्रै धनले ससाना कुरामा पाइन्छ ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, एकता नेपालीको शान पृथ्वीनारायण हुन् दूरदर्शी मान अथवा नमान । २, परिवर्तनको नाम लायो थियो विविधतामा एकता विखण्डन अचेल आयो । ३, पुङमाङ सरकार आज जनतालाई महॅंगीको भार ल्याएर भिरेको ताज । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, मान्छेले छाड्यो चिन्न मानवता अनि विवेक थाल्यो मनमोजी हिन्न । ✍️विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा … १, तिमी परिकल्पना मेरो चिन्दिन नभन्नु होला नाम बिर्से तेरो । २, सँगै जोडिएको नाम कसरी बिर्सनु म सुनौलो अक्षरको खाम । ✍️धनमाया चौधरी कैलाली … १, जिन्दगीको छैन निकास अनिवार्य गर्ने गरौँ मान्छेले सोचको विकास । ✍️शंकर कार्की मकवानपुर। … १, आज हुरीबतास चल्यो, सम्झिएर माया तिमीलाई, मेरो मुटु जल्यो। २, सुकेको पात झर्यो नेताको फोस्रो आश्वासनले, बिकासहरू सबै मर्यो । ३, निरन्तर कलम चलाइ, ज्ञानको ज्योति छर्दै, समाजको होस् भलाइ। ✍️देव स्याङ्देन कालेबुङ। … १, आमा म आउँछु आफ्नै राष्ट्रको गीत गाएर खुसी पाउँछु । २, पीडा हुन्छ हजुर आफ्नो देश छोड्दा यादमा पशुपतिको गजुर । ३, लालीगुराँस डाँडामा फुलेको बेँसी टार हुँदै पहाडको सुन्दरता खुलेको । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, साहित्यले व्यस्त बनायो मनको बिकार पखालेर विभिन्न समस्या हटायो। २, सक्रिय जीवन बनायो भावलाई सबै पोखेर मनमा शुद्धीकरण जगायो । ३, पिरती गहिरो लायो अनिवार्य आवश्यक जस्तै नशाझैँ मलाई छायो। ✍️भगवती दवाडी झापा … १, साथी बिचमै छोडेर एक्लै लम्केर हिॅंड्छ्यौ मर्ला ठेस खाएर। २, मति बिग्रेका मित्र ! कति स्वार्थी बन्छ्यौ ? देखाउॅंदै कुरूप चरित्र। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साागा बनेपा १४ … १, सनातन धर्म जगाउन यसपटक प्रयागराजमा महाकुंभ भक्तहरूमा अखण्डता ल्याउन । २, अलौकिक महाकुंभ पर्व शाही स्नानबाट सुरु सबै गर्छौ गर्व । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, चिसो झनै बढ्दैछ तिम्रो याद मुटुमा अझै भित्र गढ्दैछ। २, म दोधारमा परे सबै निर्दोष भएपछि गल्ती कसले गरे ? ३, मित्रताको दूरी घटाऔँ हामी सबै मिलेर देशलाई अगाडि बढाऔँ । ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, सुखमा नहौसिनु व्यर्थ दु:ख अनि सङ्घर्ष हो जीवनको अर्थ । २, आत्मबल हो शक्ति दुढ विश्वास नहुनेहरू गर्छन् केवल भक्ति। ३, पसिनाको कमाइ मीठो देखासिकी गर्नु ब्यर्थ खाऔॅं आफ्नै सिधोपिठो । ✍️जयनारायण नेपाल इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर )
साप्ताहिक झिल्का लेखन अभ्यासको ५० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, छायाँ उभिरहेछ दोबाटोमा तिमीलाई कुर्छ हिजोआज डोब बिर्सेर माटोमा । २, सञ्जाल फुल्यो कुबाटोमा होहल्लाको भिड खोज्दै सकलीभन्दा नकलीको पाटोमा । ३, अहङ्कारले अहङ्कारीलाई खान्छ कर्मानुसार प्रतिफल भागमा डोर्याउॅंदै भाग्यले लान्छ । ✍️म्यामराज राई … १, हरायौ आज छाडेर जिउँदै जलाई यसै चिहान मुनि गाडेर । २, बितेका समय बित्यो अभागी जिन्दगी मेरो झुठो कसमले जित्यो। ३, राख्नेछु आफ्नै नाम सङ्घर्ष गरेर आफैले सेवालाई सम्झेर काम । ✍️शब्दको खेलाडी ( बिसु हाङ राई) विराटनगर … १, मुटु दुःख्छ पोलेर मलाई सबैले सोध्छन् देखाउन नमिल्ने खोलेर। २, सबै बिगार्यो हल्लाले राम्रो काम गरौँ सबै मिलेर सल्लाले । ३, कर्मको फल राम्रो मिहिनेत गर्नुपर्छ भन्ने बानी छैन हाम्रो । ✍️ललिता गिरी सिन्धुली, हाल काठमाडौं … १, सुटुक्कै मलाई ढाँटेर किन जाने टाढा नौ डाँडै काटेर ! २, नयाँ वर्ष आयो बितेको पल छोडेर भविष्यमा झनै रमायो ! २, राजनीति छताछुल्ल भयो सुधारको कुरा नगरौँ सुखको सपना गयो ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, देशमा बसेर बसाल मिलेर नियम नीति सत्तामा चढेर नखसाल । २, एकोहोरो माया लगायौ आफ्नै दुनो सोझ्याएर बस्न नदिकन भगायौ! ३, सुनसान रातमा बोलेको अत्तोपत्तो थिएन हेर्दा आफै मन खोलेको! ✍️ बेदु न्यौपाने … १, न्याय नापेर गरिन्छ विचित्रको लोकतन्त्र हाम्रो भ्रष्टले कुर्सी भरिन्छ । ✍️ ताराप्रसाद चापागाईँ … १, राखेर सोच शिरमा चलाउ हात पाखुरी नभए पर्लाऊ पिरमा । ✍️चिरञ्जीवी श्रेष्ठ धनकुटा … १, टाँसेर मनमा यादहरू उमारेर गुलाफको फूल आउँछन् किन उन्मादहरू ? २, बोलेर झुटा कुरा कतिदिन टिकाउने हो हातमा काँचका चुरा । ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, अनेकौँ गर्ने लिला शक्तिशाली बनेपछि सबैको एउटै बन्ने आधारशिला । ✍️भगवती दवाडी … १, लेखेको भावीले मेटिँदैन आस्था नराखी जगमा प्रभु दया भेटिँदैन। २, अतुलनीय माताको ममता संसारमा तुलना छैन पालनहार पिताको क्षमता । ३, परमात्माबाट आत्मा लखेटिँदैन कुकर्म पुण्यमा नमिल्ने अकाट्यझैँ कहिल्यै फेटिँदैन। ✍️कार्की डिबी माकुम सुनवल -४, नवलपरासी … १, सधैँ हुन्छ आरपार अपरादको साथि पनि मोन हुन्छ सरकार। २, नैतिक पतन भयो राम्रोमा थियो पचेन नराम्रो खोज्दै गयो। ३, लगाए विकासमा ताला भिरमा देशलाई लगे बनेर विदेशी गोठाला। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, जीवनमा आउने बाधा देखाएर जान्छ बाटो तत्काल समाधान आधा । २, तिमी अगाडि हुन्छौ दुनियाको वास्ता नगर सफलताको शिखर छुन्छौ । ✍️ पुष्पा राई बादेल, खोटाङ … १, वचनले दुख्छ मन प्रिय बोल मिठो कठिन भयो सहन | २, हाल्यौ सिन्दुरको धर्को मलाई छाडेर अब नहेर्नु राजा अर्को | ✍️सरिता सेढाई धादिङ … १, किन गन्हायो राजनीति? सत्तामा बस्नेले यहाँ बिगारेर हो रीति। २, सपार्छौ तिमीले कहिले? आफूबाटै शुरू नगर्दा बिग्रिरहन्छ यहाँ जहिले। ३, मौका छ अझै नेतृत्वले कुरा बुझ्दा मिल्दथ्यो यहाँ सहजै। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका,बोस्टन। … १, विदेश जानुको साटो दाजुभाइ हो बनाऊ आफ्नै देशको माटो । २, खेतको फराकिलो पाटोमा खेती गर्न जानेदेखि सुन फल्छ माटोमा । ३, लगानी लाग्छ कम मेहनत गर्नुपर्छ हामीले अल्छी नगरी हरदम । ✍️हिरामाया श्रेष्ठ गजुरी १ धादिङ … १, भित्रिने नयाँ साल सुखद रहोस् सबैको जिन्दगीको सर्वपक्षीय हाल । २, शीतको थोपा चुहिदैँछ प्रचण्ड त्यो गर्मी आजकल कता कुहिदैँछ । ३, सोचेजस्तो केही हुन्न सीमा नाघे पनि किन नेतृत्वलाई छुन्न । ✍️त्रिलोचन भण्डारी मेचीनगर, झापा … १, भाग्य बदलौँ कर्ममा देश बनाउन कराउनेले, मलम लगाइदिऔॅं मर्ममा । ✍️सुस्मिता अधिकारी काठमाण्डौं … १, अब अलमलमा नपरौँ यो दलाल सत्ताको सङ्घीयता खारेज गरौँ । ✍️दीप गोले तामाङ रौतहट … १, कसको भर पर्ने छन् स्वार्थी अवसरवादी आफ्नै पेट भर्ने ! २, बलिको बोको पार्छन् सुको दामका लागि यहाँ मर्छन्, मार्छन् । ३, क्रोध डाह पर्चन्ड छ मानव आकृति प्रवृत्ति दैत्य मुसन्ड ! ✍️वसन्त अनुभव घोराही, दाङ … १, कसैलाई उचाल्छ शृङ्गारले घमण्ड तिरस्कार संस्कार कसैलाई खसाल्छ अहङ्कारले। २, जिन्दगी भोग्दाका कथाहरू हाँसो खुसीका पलपल बल्झी रहन्छन् व्यथाहरू । ३, चढ्दो, बढ्दो जवानी फूलबारीमा फुल्ने फूल बिस्तारै हुन्छन् खरानी। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, मन कसरी खोल्यौ ? दुनियाँको माझमा भन के भनेर बोल्यौ ? ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, भयो जवान लक्का मेहनत गर्न जाने सफल भइन्छ पक्का। २, सरेर सधैँ अगाडि हुँदैन अरूको भर नहट कहिल्यै पछाडि । ३, काम नगर अलपत्र सोच राख राम्रो दुख पाइन्छ नत्र । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, देशको बेहाल देख्दा नकाँपोस् हात कहिल्यै विकृति विरुद्ध लेख्दा । २, जसलाई हो रोजेको उपलब्धीका लागि नै हो मैले खोजेको । ✍️प्रेम थापा “मन” बागलुङ … १, बुझेर संसारको सार, हाँस्दै खेल्दै रमाउँदै लगाऊ प्रभु पार ! ✍️आर्त अकुलीन … १, देश कसरी बन्छ हिजोआज न्याय पनि, पैसामा किनिन्छ भन्छ। २, लोभले खायो नैतिकता दया भन्ने हरायो , कहाँबाट खोजौ दूरदर्शिता। ✍️शंकर कार्की मकवानपुर। … १, नरुनु धकेर कहिल्यै रुवाउने आफ्नैले रहेछ विचार पुराएनौ पहिल्यै। २, आँसु पुछ्ने हात आफ्नेले लडाउँछ यहाँ मिलेर गर्छन् घात। ✍️चुडामणी देबकोटा पुरानोनैकाप, काठमाण्डौ … १, सोचेर गर्नु बात धेरै बाठो हुँदा खाइन्छ आफै लात। २, भ्रष्टाचार हुन्न गर्नु धन कमाऊ परिश्रमले जेल किन पर्नु ? ✍️राज कुमार राजभण्डारी खोटाङे ऐसेलुखर्क – ३, खोटाङ (हाल भक्तपुर ) … १, गाँसेर यादहरूको माला सधैँ बाटो कुरिरहेछु ओढेर मायाको टाला । २, भाग्य पनि कस्तो नहुने रहेछ हेर आफैँले सोच जस्तो । ३, उठ्न सकेन देश गिराउने र उठाउने गर्दैमा फुल्यो केश । ✍️दीपा समभाव दुबेकोल खोटाङ्ग … १, भ्रष्टाचारको बढ्दैछ लठारो पापीहरूको बस्ती चलोस् हानौँ सबैले झटारो। २, वेदनाका खेती छाटेर बाँचौँ अब सबै एकार्कामा पीडा साटेर। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। … १, स्वतन्त्रताको नक्कली आवरणभित्र बादशाह बन्न चाहनेहरूको देखिॅंदैछ नाङ्गो चित्र ! २, लगाइ नक्कली ताज लिन पिर्के सलामी छैन यिनलाई लाज । ३, नखोज पतनको बाटो बैलैमा होशियार बन सम्झेर देशको माटो । ✍️जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २, बालकोट भक्तपुर … १, मनको घाउ मेटाऊ मुटु दुखेको देख्दैन तिमीलाई कहाँ भेटाऊ । २, अर्थ नबुझेर बोल्छौ दुःखको भुमरीमा परी थाहा पाएर ओकल्छौ । ३, सुहाएन भन्यौ आज फुकेन सम्झनाको गाँठो अनेक कोशिस राज । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, रातो पिरो डल्ले, स्वादिष्ट अचार खाएर, रिमझिम मष्तिष्क हल्ले। २, सबैको चोखो भावना, सार्थक बनोस् जीवन, नयाँ वर्षको शुभकामना। ३, गरौँ राम्रो कर्म, बाँचुन्जेल यस धरतीमा, यही मनुष्यको धर्म। ✍️देव स्याङ्गदेन कालेबुङ … १, सपनाको दुनियाँ आउँछ सत्यले जित्यो भने मनको दिन ल्याउँछ । २, स्वार्थको बादलले ढाकेर आजको मनुष्य चोलामा बस्नुहुन्न मन पाकेर । ३, सर्वत्र शान्तिको खोजीमा रह्यो अवकाशको समय जीवनको आशा गोजीमा । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, गन्तव्य भेदन अभियान निरन्तर बढ्दै अगाडि दिऔॅं सबैले मन। २, लक्ष चुम्ने अभियानमा लाग्नु उत्तम कर्म बाँडेर शुभकामना जगमा। ✍️हरिगोपाल न्हुन्छेँप्रधानल काभ्रे, साँगा बनेपा १४ । … १, ऊ बोकेर झोला हिॅंडेको छ बिहानै कताको साइत होला । २, हातमा बन्दुक बोकेर कता हिड्यौं साइँला ढोकामा ताल्चा ठोकेर । ✍️साबित्री प्याकुरेल धादिङ … १, राजनीतिक गन्दगीको खेल भ्रष्टाचारीहरूले सोझा जनतालाई पारेका छन् ओझेल । २, पहिले पहिले फसायौ छलकपट गरेर मलाई तिमीले मायामा बसायौ। ३, अहङ्कारी आफै जल्छ खेतबारीमा मेहनत नगरे कहाँ फल फल्छ । ✍️केसर बोहरा ‘सङ्घर्ष’ सुदूरपश्चिम अछाम (हाल भारत) … १, न्याय हराएको देश बिनाकसुर राम्रोलाई लगाउॅंछन् यहाँ मुद्दा, केस । २, उदायो झिल्का घाम दिन बित्यो त्यसै, छैन कुनै काम। ✍️बेल तामाङ थोकर मकवानपुर … ०१, बालेनको भयो जय तीस वर्षसम्मको शासनले नेताहरूको भयो भय । ०२, न्याय मरेको देश भर छैन बोलीको नानाथरी गर्छौ भेष । ०३, पहिले कुरा आँटको नजित्दासम्म कुरा एक पत्याउन सकिन्न ढाँटको। ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा। … १, डल्ले खुर्सानी खाऔॅं ग्यास्टिक निर्मुल पारी, शरीर स्वस्थ बनाऔॅं । २, पाइन्छ खुर्सानी जहाँतहीँ चनाखो पार्छ जिब्रोलाई, खाने गरौँ कहिलेकहीँ । ३, खुर्सानीको अचार बनाई बिक्री गरौँ पसलमा, हुन्छ राम्रो कमाई । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, नहुँदा आत्मिक चिनाजानी हेर्दा रहेनछन् कसैले भयो दु:खद कहानी। २, कस्ले खोज्छ गुण जाउ उतैतिर जता चल्ने गर्छ भनसुन । ✍️हिरालाल न्यौपाने बानपा ८ कोटमौला सल्यान … १, आफ्नै बेहोसीले आज आफैँभित्र द्वन्द्व गर्छौँ अर्कोलाई भिराउन ताज । २, माया दोहोरी लाउँदैछु घुम्तीमा ढिलाइ हुनाले पख्नोस् बिस्तारै आउँदैछु । ३, मेट्नलाई मनको तिर्सना रहरमा सबैलाई सुम्पिनु लेखेर भावना सिर्जना । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, ओहो ! मौसम कस्तो गरिबको दीन , दुखी जीवन भयो सस्तो । ✍️नागेन्द्रप्रसाद यादव । … १, विचित्र छ संसार यसको गरिमा बुझ्नलाई सकिँदै गरेर पार। २, समय आउँछ पर्खिँदैन बुझेर सदुपयोग गरौँ फेरि फर्किन्छ फर्किँदैन। ३, धर्म संस्कार नभुल्नु मानमर्यादा संस्कृति बिर्सिँदै विसङ्गतितिर कहिले नझुल्नु। ✍️विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ। … १, जन्मदिनको खुशियाली मनाउने आमालाई के थाहा ? बुढेसकालमा तिनैलाई गनाउने । २, आफू भोकै बसी बच्चाको पेट भर्न चहार्ने आमा खसी । ✍️धनमाया चौधरी कैलाली … १, थुक्छ दुनियाँ सारा आज आफ्नै छोरो बन्यो परिवारको हत्यारा। २, किन हुन्छ बारम्बार हत्या हिंसा देशमा कारण खोज सरकार । ✍️अनिता भण्डारी ताप्लेजुङ … १, तिमी हामी भेटौँ माया हुन्छ गाढा रिसलाई चाहिँ रेटौँ । २, बेलीचमेलीको बास्ना मिठो रमाइलो आफ्नै गाउँ म नेपाली ठिटो । ३, बागमतीमा विश्रजन मलमूत्र छैन पापधर्मको चेतना निकालौँ सोच्छ सूत्र । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, मुटुमा गडेको किल सम्झना उहि निष्ठुरीको नयन डिल टिलपिल। २, मानव धनको दास धनकै पछि दगुर्दै जीवनको हुन्छ अवकाश। ३, आधा आकाश नारी सम्मानपुर्ण ब्यवहार गरौँ सुख समृद्धिको सवारी । ✍️बिमल पोखरेल धरान -१७,पटनाली … १, मानिस छाया जस्तो जात पुकारे हेला, किन जाग्न ढिलो ? २, जातजातिको कुरामा अछुत हेला गर्दा बनेको देशप्रेमी हुन् सपूत । ३, कसरी सम्झाउने समाज महिला, पुरुष जन्मेको अछुत हुँदैन आज । ✍️भोलामान बर्देवा धरान – ८, सुनसरी … १, न्याय मरेको देश न्यायको पर्खाइमा मरे अदालतमै छन् केस । २, सोर्स फोर्स चाहिन्छ उजुरी गर्न यहाँ न्याय कहाँ पाइन्छ? ✍️देव मगर तिनाउ-१, कचल, पाल्पा … १, जिन्दगीमा नखाऔॅं ठगी सुकर्म गरौँ बाँचुन्जेल नबनाऔँ कवै गन्दगी। ✍️सरस्वती श्रेष्ठ रुपन्देही बुटवल। … १, हुँदैन मन जलाउनु अरूको सफलता देखेर मिहिनेतले जीवन फलाउनु। २, रिस हुन्छ प्रचण्ड जुन व्यक्तिको मनमा गर्दछ त्यसले घमण्ड । ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, आफूलाई सर्वेसर्वा ठान्छन् नीतिबिनाको भो राजनीति विरोध गर्नेलाइ हान्छन्। २, युवाहरू सकिए देशमा खाड़ी लगी बेच्नेहरू हिँड्दैछन् सुकिलो भेषमा। ✍️अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ, भारत। … १, पुस, महिना मिनपचास भेडा सरह बादल झुरूप्प ढाकेको आकाश । २, लाग्दैछ पुस घमाइलो कुनैदिन हिउँ फुरुरु गर्छन् सबै रमाइलो । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ। … १, वर्षातमा खोसियो गास आश्वासनको पोको बाँडेर नेताले हाले घाँस । २, हिउँदमा पालको बास चिसोले कठाङ्ग्रिने भए राज्य नभएको आभास । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, हिॅंड्छ खोलो भनेको, फोहोर फाल्यो मूलमा सामन्तले प्रजातन्त्रलाई खनेको । ✍️लोक बहादुर छेत्री लामिछाने मोदी गा पा वडा नं २ देउपुर, पर्वत … १, आज घाम हरायो पानी पर्ने लक्षण मौसम चिसो गरायो । ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, दुखमा दुखै मिसायौ, एकैछिन कुराकानी गर्न, डिलैमा भारी बिसायौ । २, माया गर्छु भनेर, मलाइ झुक्याएर गयौ, हिॅंड्यौ पैसा गनेर। ३, स्वार्थले तिमी पोतिएर, बद्लिने भए तिमी, चन्द्रको ज्योति हेर । ✍️शैलेन्द्र पण्डित तनहु … १, झुल्क्यो पूर्वमा घाम अनेक खुल्छन् सपना लिएर नयाँ आयाम । २, हुन्छन् कुरा हजार कामकाज ठप्प पारेरै तताउँछन् व्यर्थ बजार ✍️शुक्रराज कुँवर धरान १० … १, दृश्य सुन्दर लाग्छ कोसिस गर्नुपर्छ सफल अवश्य दुर्गति भाग्छ । २, पाए ज्ञानको ज्योति आज सुन्दर देख्दाखेरि , मन भयो अति । ✍️श्रीकृष्ण धामी बझाङ नेपाल … १, नगरेसम्म अलिकति टसल बन्दैन कसैको पनि जिन्दगी सोचेझैँ असल l २, हुँदैन सम्बन्धको जाबिता नराखेसम्म एकले अर्कोप्रति विश्वास अनि मानिता l ३, गरेर अनवरत पहल झिल्काको सानो घरलाई बनाउनुछ आलिसान महल l ✍️बाबुराम गौतम गुल्मी … १, युवा फर्केर आऊ देशमा श्रम बगाएर ढिडो पिठो खाऊ। ✍️दुर्गा भट्टराई मोरङ … १, नजर फसाउने रूप लगाई मन्त्र मोहनी मन चोर्छौ खुप। २, जीवनको यो कालखण्ड परिवर्तन ल्याउँछ उमेरले नगर रूपको घमण्ड। ✍️कोपिला अधिकारी सिरानचोक ७, गोरखा … १, सङ्घर्ष जीवनको पाटो आफैले गोरेटो खनेर पत्ता लगाउने बाटो । २, हरियो पाखा पहरा हाम्रो देशको गौरव हिमाल पर्वत छहरा। ✍️दुर्गा आचार्य मोरङ … १, व्यस्त सत्ताको काम पद जोगाउन समस्या लाग्दैन आङमा घाम । २, शक्तिको पछाडि भक्ति यहीँ समस्याको मूलजरो सरोकारवालाको घट्यो आशक्ति । ३, मनुज ईश्वरको अंश बाँच्ने दैवको सहायताले ऋषिमुनिका हामी वंश । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, मनमा चाहेर पनि केही काम हुँदैन के गर्ने अनि ? २, निनन्याउरो अनुहार किन ? के भएको हो ? सोचमा छौ एकछिन । ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरि । … १, युवाबाट कुलत छोडाऊ सटरबाहिर जहिले सुत्नेलाई तातो कम्बल ओढाऊ ! २, न्यानो तातो भएर बसौँ जाडो भरी आगो नजिक गएर। ✍️सविता भट्टराई जनकपुरधाम … १, बरफ जस्तो मन किन गर्छन् मान्छे ? लुकाएर कालो धन । २, मान्छेको व्यवहार देखेर छक्क पर्छु आफै हिॅंड्छन् बाटो छेकेर। ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कन्छो ) कनकाई ४ झापा … १, पानीमा आगो बाल्छ दुधको झिँगोझैँ गरी टिपेर बाहिर फाल्छ ! २, खुङ्खार अहङ्कार देखायो घमण्डले मातिएर आज मण्डलेको इतिहास लेखायो ! ✍️विवश पारदर्शी झापा … १, गर्दैनन् केही लोकले दुनो सोझ्याउने आफ्नै मर्छन् निर्धो भोकले । २, नेताको हातको टीका लगाएर चलाउँछ मान्छे आफ्नै ढङ्गले जीविका । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, होली वाइन खाएनन् छातीमा देश राख्नेले कुर्सीमा मौका पाएनन् । २, मनको दरार घटाऔॅं राष्ट्रभक्त नेपाली मिलेर आमाको लाज हटाऔॅं । ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा … १, जाँदैछु मारेर रहर समाज छैन राम्रो जाँदैछु छोडेर सहर । २, आफ्नाहरू आफ्ना भएनन् आशा थियो आफन्तकै उहाँहरू आफ्नै रहेनन् । ✍️उपेन्द्र राज विश्वकर्मा अछाम … १, खेतबारी बाझो नराखी परिश्रम गरेर सधैँ बाँच्नेछु कसैलाई नढाँटी। २, पाटीको झोला नबोकी पाइएन जागिर खान दुईचार नेता नठोकी। ✍️कला ढकाल झापा … १, गर्छन् सत्ताको सौदाबाजी जिउॅंदै मासी मरेकाहरू दुश्मन भए पाजी । २, न्यायले विवाद छिनेनन् परचक्रीको गोठालो बने जनतालाई कहिल्यै चिनेनन् । ✍️ऋजु दिल्पाली इटहरी -१, हलगडा सुनसरी । … १, नेपाल सुन्दर फूलबारी विनाशबाट सदा बचाउन मिलेर गरौँ रखबारी । २, बोलेर तीखो वचन चोट पार्दछ गहिरो कसैलाई पनि नभन । ✍️बद्री पोखरेल बिराटनगर … १, उठ जाग नारी लाचार,कमजोर, विवश नबन हिम्मत हारी । २, बदलिनु पर्छ तक्दिर अघि बढ्न तिमी तोड्नु सबै जन्जिर। ३, हुदैन आफैं चमत्कार बुझ प्रगतिपथमा हिड्दा आउँछ बाधा बारम्बार । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, न्याय पाउने आस नेपालीमाथि कहाँ सम्भव हुन्छ र खास । २, कुरा एक काम अर्कै गर्छन नेता सार्न अघि नाम । ३, जिन्दगी एकै पल भन्न त भन्छन् तिर्खा मेटाउने जल । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, शिरमा टोपी लाउने संस्कृति, संस्कार जोगाउँदै चिसोलाई टाढा भगाउने । २, टोपी हाम्रो सान शिरमा ढलक्क ढल्काउँदै राखौँ यसको मान । ३, चिसोबाट जोगिने काइदा मनन गरौँ सबैले टोपी लगाउनुको फाइदा । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी , मोरङ
साप्ताहिक झिल्का लेखन अभ्यासको ४९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, चर्चा कमाउने लोभमा इज्जत नर्क पठाउॅंछन्, नेपथ्यलाई बनाउॅंदै क्षोभमा । २, जिन्दगीलाई अर्थ्याएँ – भुइॅंचालो उनले भनिन् – महासागर खास रहेछ उकालोओरालो । ३, स्थायी हुन्छ संसार बाँच्ने समय अस्थायी चाहिॅंदैन मलाई अहङ्कार । ✍️म्यामराज राई … १. छातीमा वीरताको गाथा मुटुमा छ नेपाल शिरमा प्यारो सगरमाथा ! २. रङीविरङ्गी फूलको वाग साझा हाम्रो पुण्यभूमी छैन आपसमा रिसराग ! ३. सुशितल कञ्चन जल खोला अनि नदीनालामा बग्छ हमेसा कलकल ! ✍️वसन्त अनुभव घोराही, दाङ … १, सुन्दर नेपाल राम्रो गौरवको गाथा सगरमाथा नेपाल देश हाम्रो। २, चन्द्र सूर्यको झण्डा फर्फराएको हेर्नू छ वैरीलाई हान्ने डण्डा । ३, वीरताको गाथा गाएर गन्तव्य शिखर पुग्नुछ सगरमाथा शिखर धाएर! ✍️ बेदु न्यौपाने … १, मुटुमा सजाउँछु सगरमाथा मन मस्तिष्कमा देश गाउँछु नेपाली गाथा। २, विश्वको शिरपोस सगरमाथा ब्राह्मणकै सुन्दर देश हामीसँग छन् वीरगाथा। ३, सगरमाथा जस्तै निर्मल शरीररुपी भूमिमा बहन्छ सेताम्मे स्वच्छ जल। ✍️तेजप्रसाद खनाल(भावुक) लमही दाङ। … १, नयाँ वर्ष आउनेछ सुन्नुहोस् पशुपतिनाथको कृपाले तिमीलाई खुशी ल्याउनेछ । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, बाध्यताको चपेटामा परी ज्यान फालिरहेका हुन्छन् हरपटक घरी घरी । २, एकदुई हैन बारम्बार जिउनु छ कष्टसॅंग जुध्दै जुध्दै अपरम्पार ✍️हिरामाया श्रेष्ठ … १, दु:ख मुस्कानले टाल्छ जहाँ आपसमा विनासर्तको मायाले अँगालो हाल्छ।
सत्यमा जिउनेले कमाउँछ इज्जत भन्ने कुरा लोभमा पर्नेले गुमाउँछ।
रहिरहन्छ यो संसार मानिस केवल पाहुना सत्कर्म गरौँ बारम्बार। ✍️सतीश पण्डित भानु ६ चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ ) … १, रोजगारबाट अवकाश भयो अब ढल्क्यो उमेर शरीरको रुपरङ्ग गयो । २, उ दिनभरि सुत्छ धेरै सिधा नहुनु कुकुरले मुखैमा मुत्छ। ३, गोजीमा प्वाल पर्यो थाहा पायो उस्ले हेप्न सुरु गर्यो। ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, निद्रा लाग्दैन रातीमा बाध्यताको पहाड चढ्ने धड्कन बढ्दैछ छातीमा। २, सानो छ गगन हाम्री आमाको अगाडि सन्तानप्रति विशाल मन, ✍️भुपेन्द्र राना मगर धादिङ … १, बोकेको छ शान सगरमाथाले हाम्रो देशको भनेर सबैले जान। २, विश्वको शिर सगरमाथा मिलेर बसौँ सबै गरेर गौरवको गाथा । ३, कोरेर शान्तिको मानचित्र बटुलौँ साहस सधैँ गाँसेर सम्बन्ध पवित्र । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । … १, विश्वको शिर सगरमाथा उच्चो बनाइदिन्छ यसले सारा नेपालीको जीवनगाथा । २, सगरमाथा शिर उचाली विश्वभरि नेपाली लम्किन्छ माया प्रेम अङ्गाली । ३, जन्मे बुद्ध पुत्र विश्वभरि शान्ति छर्न एकताको बलियो सूत्र । ✍️देव मगर तिनाउ-१,कचल,पाल्पा … १, छलफल सधैँ चर्को सुन्दा सुन्दा अब लाग्न थाल्यो झर्को। २, सधैँ दोषारोपण गरेका कुर्सी मोहमा हेर कति यिनीहरू लडेका। ३, सत्तामा दलाली हुन्छन् चुनाव आउने बेलामा सुकुम्बासीका घरमा डुल्छन्। ✍️कला ढकाल झापा … १, चाहिॅंदैन सुनको हार प्रिय ! साथ देउ बिन्ती एक्लो नपार | २, अग्नि साक्षी राखेर कसम खाई ल्यायौ डोलीमा घुम्टोले ढाकेर | ३, सॅंगै जीवन काटौं अब हातेमालो गर्दै मायाको डोरी बाटौं | ✍️सरिता सेढाई धादिङ … १, चेतनाको बलेको राप, आखिर जिन्दगीको चौतारीमा घामझैँ खुसीले ताप ! ✍️आर्त अकुलीन … १, कति ठुलो सगरमाथा विश्वको सर्वोच्च चुचुरा गाउॅं सबले गाथा। २, किन मान्छौं झर्को भूल भयो होला यसैले तरकारी चर्को। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ, भारत … १, इतिहास नेपाली सान सकारात्मकको बाटोमा लाग्दै गराऔॅं आफ्नै पहिचान । ✍️प्रेम थापा “मन” बागलुङ … १, हिमालले मोहनी लगाउँछ छाडेर जानु सकिन्न स्वच्छ सुगन्ध मगमगाउॅंछ । २, हिमाली हावा सुरुरु बहन्छ सन्दक फालुटमा हिउँ पर्दछ फुरुरु । ३, कल्कलाउँदो पानी पिउनु हरियाली डाँडा पखेरामा शान्तिको भोगाइ जिउनु । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, घुम्टो ओढेकी आमा अटल अमर अजय नजिक भोटे , लामा । ✍️धनमाया चौधरी कैलाली … १, फसियो कर्मले हारेर कुसंस्कार फैलियो दुनिया लुटियो जालमा पारेर । ✍️ताराप्रसाद चापागाईँ … १, बनाऔं देश जुटेर स्वाभिमान राख्न जीवित असम्भव हुन्छ फुटेर । ✍️राज बहादुर बडुवाल जुम्ला … १, नेपालीको इज्जत हेरी विश्वभरि सम्मान चल्थ्यो आज बेकम्मा फेरि । २, बाजेहरू शानले बाँचे यही देशमा रही सन्तान खाडीमा नाचे । ३, नेता उस्तै पऱ्यो जनता भेडा भएपछि राज्यसत्ता तल झऱ्यो । ✍️अन्जु श्रेष्ठ चैनपुर ७, संखुवासभा … १, गर्नुपर्छ श्रमको काम काढेर मेहनतको पसीना राख्नुपर्छ देशको नाम। २, मेहनतको मिठो कमाइ देखासिकी गर्ने होइन खानुपर्छ सधैँ रमाइ । ३, सकारात्मक सोच चाहिन्छ काममा निरन्तरता भए भविष्यमा सुख पाइन्छ । ✍️जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर । … १, सभ्य कार्यमा लागौँ मेहनतले फल पाईन्छ चेतनाको दियो बालौँ। २, बुझियो है प्रष्ट देश बिगार्ने त्यसैले विकासको बाधक भ्रष्ट । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, सगरमाथ हाम्रो शिर विदेशीहरू हेर्न आउँछन् खुसी गोर्खाली वीर । २, बेसक्याम्पबाट उकालो चढ्नु धेरै अप्ठ्यारो छ नडराइकन अघि बढ्नु । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, गर्नुछ अनन्तको यात्रा, त्यै पनि फ़ेरि गर्दैछु नानाथरी जात्रा । २, नपुग्दा सानो मात्रा, देखापर्छन् लामो अक्षरको झन्झटिलो अफ्ट्यारो यात्रा। ३, फल्नलाई ठुलो काक्रा, चाहिदो रहेछ हेर बलियो फिजिएको थाक्रा। ✍️दीपा समभाव दुबेकोल खोटाङ … १, जिन्दगीको के अर्थ मानिस बन्न नसक्दा बाँच्नु हुन्छ व्यर्थ। २, सबैजना छौँ अस्थायी स्थायी छ संसार त्यसैले बनौँ हाईहाई। ✍️अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ (हाल:-अमेरिका,बोस्टन ) … १, जन्म थलो हाम्रो परायले जेसुकै भनून् स्वर्ग भन्दा राम्रो। २, संस्कृति जोगाऊँ यहाँ राम्रो संस्कार हामीले खोजेर पाइन्छ कहाँ! ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, जालीले ताली पायो सज्जनको सुन्नै छाडे कस्तो समय आयो ? ✍️बिके मुखिया दार्जिलिङ भारत। … १, खानु दु:ख खाए जताततै दु:खै दु:ख सुखको खोजीमा लाए । २, यात्रा यस्तै भयो जिन्दगीको सदा मेरो दिनचर्या रुँदै गयो । ३, आशा आफ्नैकाो लायो हिॅंडिरहेको थिए पछिपछि उसैले कालोबाद छायो । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, टोपी लगाउँछु शिरमा, देशको हालत देखेर परेको छु पिरमा। २, सामन्तले देश खाए जनता नाङ्गो पारेर नचिताएको धन कमाए। ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, सङ्तको खराब लत । अभिभावकको हुँदा हेपाइ, बिग्रियो जीवन त। २, अन्धविश्वास छ जीवन हारिसकेको मन त, बगरको डुङ्गा जीवन । ✍️विजय आचार्य … १, पेटमा चारो छैन दिनभर चारैतिर भौतारिँदा काम पाइएको हैन ! २, मोबाइलमा लत बस्यो आजको मान्छे त मानमर्यादा बिर्सेर खस्यो । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, मिठा मिठा बातले, फसाउँदो रहेछ धेरै, उठौं आफ्नै आँटले। २, चिप्ला चिल्ला खानेकुरा, हानिकारक भए जस्तै, चिप्लाहरू रैछन् छुरा। ३, गहिरो अर्थ भएमा खस्रा कुरा उपयोगी , मनले शान्ति छाएमा। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, चारैतिर भ्रष्टचारीको गोहो पहिल्याउने कोही छैन अहोरात्र सत्ताकै मोहो !! २, देश कल्पवृक्षको गाछी नेताको आलोपालो लुटाई जनता किनाराका साक्षी ! ३, आएनन् सुखका दिन दिएनौ एउटा सपूत हे ! धरनी किन ? ✍️ऋजु दिल्पाली … १, नेपालीहरूको राष्ट्रिय गान कहिल्यै मर्ने छैन हाम्रो अस्थित्व स्वाभिमान । २, सगरमाथा हाम्रो शिर कहलिएको छ विश्वभरि नेपाली आमाका वीर । ३, देशको अस्थित्व जोगाऔॅं भ्रष्टाचारी दलाली नेताहरूलाई हाम्रो देशबाट भोगाऔॅं । ✍️केसर बोहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम (हाल भारत ) … १, सपनीमा त्यसै आयौ मुटु ढकढक नगरी छायाँ बनि छायौ । २, सगरमाथा शिखर हाम्रो बुद्ध जन्मेको देश मठमन्दिर स्तुपा राम्रो । ३, गण्डकी कोशी सलल लालीगुराँसको बास्ना मिठो झर्ना सुन्दर खलल । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं … १, तिमी कठोर बन्यौ जनताबाट तिरस्कृत भएका देशको जरो खन्यौ । २, मूर्खको सत्ता चढाई वेकामी कुरा धेर आफुले आफुलाई बढाई । ✍️सहदेव के सी काठमाण्डौ, नेपाल … १, कहिलेकाहीँ अन्तर मनमा ज्वारभाटा चल्छ विचारको भूकम्प जान्छ तनमा ! २, जीवन, जीवन बनोस् पत्करझैँ नहोस् झरेको दुनियाँले आहा भनोस् । ✍️विवश पारदर्शी झापा … १, जिन्दगी अझै पढ्नु सफलताको झिनो आशामा केही माइल बढ्नु । ✍️विष्णु पंगेनी(पाण्डे ) वालिङ्, स्याङ्जा … १, हिमाल पहाड तराई सबै मिलेर बसेका कोही छैन पराई । २, वीरताको गाथाले भन्छ स्वभिमान छ शिरमाथि नेपाल उच्च गन्छ । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, दक्ष जनशक्ति विदेशमा वयोवृद्ध सरकार चलाउने कुर्सी कमिसनको रेशमा । २, युवा भासिए मुग्लान रोजगार पाए स्वदेशमै रमाइलो आफ्नै बासस्थान । ३, राखेर देश छातीमा नयन नभिज्ने देखिन्न विमानस्थलको लामो ताँतीमा। ✍️बिमल पोखरेल धरान-१७,पटनाली … १, फकाउँदै लिएर भोट नेताले गर्यो बेइमानी जनतालाई दिएर चोट। २, पुर्खाको इज्जत बचाउन कम्मर कस्नुपर्छ सबैले भ्रष्टाचारी जतिलाई भगाउन। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत। … १, समेटेर सुखदुखको पोको सङ्घर्ष गर्नुपर्छ हामीले बाडौँ माया चोखो। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, खुल्ला उड्ने चरी। गन्तव्यमा पुग्न नपाउॅंदै पापीको पिॅंजडामा परी । ✍️वेल थोकर तामाङ मकवानपुर … १, नहटेसम्म दम्भको जालो लाग्दैन कहिल्यै पनि नैतिक आचार उकालो l २, सगरमाथा विश्वको शिर दुनियाँमा कसैसँग पनि झुकेनन् नेपाली वीर l ३, नवोदित झिल्का काव्य एकबर्से प्रगति नियाल्दा उज्जर देखिन्छ भाव्य l ✍️बाबुराम गौतम गुल्मी … १, तिम्रै प्यारो कालू भन छिटो प्यारी सिन्दुर कहिले हालु? २, जाँदैन बोलेको खेर ल्याउँदिन्न अरू कसै तिमी बाहेक हेर। ३, माया लाग्छ कति ? जीवन साथी बनाउन लाग्छ मन अति । ✍️राज कुमार राजभण्डारी खोटाङे ऐसेलुखर्क ३ खोटाङ हाल भक्तपुर । … १, केवल मुखले राम्रो व्यवहार साह्रै कपटी दु:ख हेर्दैन हाम्रो । ✍️देवकृष्ण काफ्ले … १, सधैं बहस गर्ने टुङ्गो केहिमा नलगाई आफ्नै झोली भर्ने । २, जताततै भ्रष्टाचारको जालो आँखामा छारो हान्दै भर्तीमा आफ्नै सालो। ✍️दुर्गा भट्टराई मोरङ … १, तिमी राम्रो हुन्छौ अरूलाई नराम्रो भनेर सायद आकाश छुन्छौ । २, जिन्दगीको एक पात्र अचानक अस्ताएर गयो केवल सम्झना अहोरात्र। ३, अब दुश्मनी सकोस् तिमीलाई गाह्रो होला सौम्य जिन्दगी बनोस् । ✍️पृथक प्रकृति झापा … १, सजायको मन्दिर छुन्छ घर सजाउनु बारबार स्वर्ग समान हुन्छ। २, जिउॅंदो देवता मानेको बुवा आमाको सेवा सधैं गर्न जानेको । ✍️दुर्गा आचार्य मोरङ … १, जँड्याहा एक्लो भयो शहरमा भट्टी खोलेर समाज कहाँ गयो? २, विचरा ! जँड्याहा पिउँछ साहुनीलाई महलमा सुताएर आफू सडकमा जिउँछ। ३, इज्जत जँड्याहाको देख्दैन प्रहरीले थुन्छ उसैलाई कसैको कलमले लेख्दैन। ✍️पशपती राई खोटाङ … १, झिल्काले झल्यास्स पार्यो स्वाद दिँदादिँदै अहिले साहित्यको नदी तार्यो । ✍️लक्ष्मी रिजाल रुपनगर, सप्तरी । … १, तराईकी हुँ चेली हिॅंड्ने बानी पर्यो , दुःखमा मात्रै खेली । २, आँसुले मुहार धुन्न परिस्थितिले बनायो कठोर , चोट पाउँदा रुन्न । ३, खुसी कहिल्यै नआई हुर्के बढे हजुर , दुःखको चिउरा चपाई। ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, गरेर परिश्रमी हातले उमारेर माटोमा बिज गजव प्रियसीको साथले। ✍️श्रीबहादुर केसी शैलुङ्गे … १, के छ माग्नलाई ए ! दलालहरू हो कहाँ पाइन्छ भाग्नलाई । २, हाम्रो टाउको गनी ऋण लिन पाइॅंदैन नबस इमानदार बनी । ✍️दीप गोले तामाङ रौतहट … १, समाजको रित पुर्याएर चाहन्छौ भने मलाई आउ साइत जुराएर ! ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, खोइ ! आफ्नो जनम अक्षर रगतले लेखेको न्यायले खाँदैन कसम । २, त्यसैले स्थिर छैन पटकौं पटक बनाएर, पाले गतिलो हैन । ३, सामन्त संस्कार हट्दैन, परिस्थिति राम्रो बन्दैन जबसम्म दास डट्दैन । ✍️लोकबहादुर क्षेत्री लामिछाने … १, कर्म, धर्म हुने बनौं उपकारी जगमा सबैको मन छुने । २, तनमा हाम्रो माया गरौँ चिन्तन सधैं पर्नेछ कालो छाया । ३, भूल कसले धुने मन मैलो भएमा आत्मा आफै रुने । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, राजनीतिमा चलखेल धेरै एकले अर्कोलाई लडाउने देशको सम्पत्ति मेरै । २, भ्रष्टाचारको जरो गाढियो तलदेखी माथीसम्म हजुर तीन टाउके भाँडियो । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, नेपाली जनता उठ देश डुब्न लाग्यो जतिवाद हैन एकजुट । २, नेपाली जनता उठ देश डुब्न लाग्यो पहाडदेखि तराईसम्म जुट । ३, मेरो प्यारो देश नेताले बेचिसक्यो यस्तै पाराले हुन्छ शेष । ✍️ प्रेम शर्मा “एकान्त प्रेमी” कालेबुङ … १, देशको शिर सागरमाथा चिनारी गोर्खाको सान पढ्नु उसैको गाथा। ✍️बिबा तामाङ दार्जिलिङ। … १, अस्थायी मानव चोला नचढौं अहङ्कारको डोली जीवन व्यर्थ होला। ✍️कोपिला अधिकारी सिरानचोक ७, गोरखा … १, सुन्दर सपनाको सागर मनमा पिरलोको भारी चल्दै चलेन जाँगर ! २, यता त्यता नेता जता मानिसको समष्टि ढाँटेर लिन्छन् बिजेता ! ३, मनको घाउलाई उपचार राखेर मुस्कान दिलमा निको हुन्छ सदाबहार ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, हजार उल्झनको बार पाइला बढाउदै जानु चुनौतीलाई गरी पार। २, खोज्छन् अनेकन् दाउ बाधा अवरोध गरी बढाउन छातीको घाउ। ३, समस्यासँग नजानु तर्केर हिम्मतको साथ लडनु आउॅंदैन फेरि फर्केर । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, मनमा केही गुनेर असल खराब छुट्याउॅंदै शब्दको माला उनेर । ✍️समुन्द्रा शर्मा … १, चिन्तन मनन ध्यान मनुष्यको असली साथी उसले दिनेछ ज्ञान । २, सनातन संस्कारले बनाउने समाजलाई असल चरित्रको नेपालीहरु सहृदयी जनाउने । ३, आफै छन् सर्वत्रगामी सिद्धान्त आदर्श त्यागेर अरूलाई ट्याग पश्चगामी । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, प्रगति सङ्घर्षबाट हुन्छ कहिलेकाहीँ सोचेको नहुँदा साह्रै मन रुन्छ । २, प्रकृतिलाई जित्न सकिन्न नसोचेरै हुने कुराले मन बनाउँछ खिन्न । ✍️ललिता गिरी सिन्धुली … १, झुपडीमा छ बसाइ मिहिनेतको कमाइले परिवार राखेको छु हँसाइ । २, जमाना आयो कस्तो लुगा किनेर सिलाउनुभन्दा रेडिमेड बरु सस्तो । ३, गर्दा उसले घात माया पाउने बेलामा रोएर बित्छन् रात । ✍️शान्त भट्टराई … १, रगतको नाता कुपात्र अधर्मी पात्रको स्वभाव नातानकुता भने सुपात्र। २, जराले थामेको भार हाँगाबिँगाले खोइ बुझेको माटो भए लाचार । ३, चखेवीको सपना अपुरो रित्तो छ झुपडी जिन्दगी भयो अधुरो । ✍️राजेश्वरी राजोपाध्याय ललितपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको ४८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, झण्डामुनि झुन्ड हुने तिम्रो रहर, बाध्यता ! पेशामार्फत लोकलाई नछुने । २, बिनाताप जलाउॅंछ जलनले खान्छ आफूले आफैलाई नचल्ने हल्लाको चलनले । ३, जीवनमा बनाऔॅं हैसियत भविष्य थुनिदिन्छ आशाले किन चाहियो कैफियत ? ✍️म्यामराज राई … १, नभन कसैले पनि छोडी जाने धन सबै मेरो भनी | २, मरेर जाने चोला धर्ती छोड्नैपर्छ एकदिन भनेर पनि बुझ्नुहोला | ✍️सरिता सेढाई धादिङ … १, झिल्का झाँगिॅंदै जाला देश विदेशमा अन्धकार चिर्न बनेर ज्वाला। २, प्रगतिपथमा सदा लम्किनु देश र जनतालाई नयाँ सन्देश दिनु। ३, उठेर जुटेर जुर्मुराई नाचौँ गाऔॅं सबैले एउटै झण्डा उठाई। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, नयाँ चाहना बनिरहोस् त्यो चोखो मनभित्र झुटा बहाना नबनोस् । २, आकाशमा सुन्दर जून छर्दै उज्यालो प्रकाश लगाउँदै धर्तीलाई गुन । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । … १, उज्यालो संसार देखाउने हुन् मनका रहर यथार्थमा जान सिकाउने। २, सुनाऊँ पीडा कसलाई ? जलनले जलेको छ सकिएन थाम्न यसलाई। ३, पुग्न नसकिने जून टिप्न नसकिने तारा खोज्छ आशाले छुन। ✍️सतीश पण्डित भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, गोजी रित्तो भयो थाहा पायो उस्ले अरुलाई हेप्दै गयो। २, यो समयको खेल सधैँ एकनास हुँदैन नगर्नु अरूलाई झेल। ३, चिसोमा पिउनु तातोपानी वृद्ध बालबच्चालाई जोगाउनु कष्टकर छ जिन्दगानी। ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ … १, साथीको भरमा परियो दुनियाँ ठगेर गए कानुनहीनताले बर्बाद गरिदियो । २, कालो कानुन चलेछ ठगी धन्दा मौलायो नेताको दिन बलेछ । ✍️सहदेव केसी … १, झुल्कियो उज्यालो बिहानी दिनहरू सुखमय बितोस्, मौलाओस् सच्चा बानी । ✍️भुपेन्द्र राना मगर धादिङ … १, रित्तियो सबै पिर फिर्यो चक्र समयको उच्च भयो शिर । ✍️ ताराप्रसाद चापागाईँ … १, झण्डामुनि मात्रै बसेर देशको भक्ति नगर्ने कुरा गर्छौं जागेर? २, मुखले धस्छौ चेपारे काम सिन्को नभाँच्नेलाई भन्छन् सबैले बेसारे। ३, कानुन सबैलाई नलाग्ने किन ठुलाबडा उम्किन्छन् ? अनि तिनै जाग्ने। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका, बोस्टन … १, बुढेसकाल लागेको बेला छैन धन सम्पत्ति गर्छन् सबैले हेला। २, लोभी पापी मन जे जसरी पनि कमाउनु पर्ने धन। ३, दिनभरिको कामको थकाइ भोकै सुत्न सकिन्न खानुपर्छ आफै पकाई । ✍️राज कुमार राजभण्डारी खोटाङे ऐसेलुखर्क – ३ खोटाङ … १, समय चोरको हातमा भविष्य नाजुक बन्यो भएनन् जनताको साथमा। २, कसरी भनौँ जहिले ? अत्याचारको सिमा नाघेर हेरी नसक्नु अहिले। ✍️शंकर कार्की मकवानपुर । … १, टिका लगाऊँ शिरमा सृष्टिको प्रारम्भ पनि नबस तिमी पिरमा। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, तातोतातो खाना खाई बच्नुपर्छ चिसोदेखि अब ज्याकेट, सुइटर लगाई । २, क्षणिक न्यानो पाउन नखाउँ जाड, रक्सी , ज्यान तातो बनाउन । ३, शरीरलाई असर गर्छ चिसो मौसममा सधैँभरि , फिरिरी हिउँ झर्छ । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, जिन्दगीलाई बनाउन उमङ्ग कठिन यात्रा समयको बदलियो सारा रङ्ग । ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, आरिसले जिन्दगी चल्दैन हामीले सङ्घर्ष नगर्दा अँगेनामा आगो बल्दैन । ✍️केसर बोहरा ‘सङ्घर्ष’ सुदूरपश्चिम अछाम (हाल भारत) … १, कस्तो कुटनैतिक चाल ए ! दलाल हो आयो तिम्रो काल । २, बनाएर अब आफ्नोपना देशको विकास गर्दै उठौँ सबै जना । ३, भयो अब अति ढिला भैसक्यो है अब सहने कति ? ✍️दीप गोले तामाङ रौतहट … १, परिश्रमी हातहरू झुक्दैनन् अरूलाई पछि पार्न, हिंसा गरी लुक्दैनन्। २, तातो तातो खानु चिसो धेरै बढेछ हिड्डुल गर्न नजानु। ३, बोरु थोरै कमाऊ त्यसैमा चित्त बुझाइ प्रफुल्ल भइ रमाऊ। ✍️कला ढकाल झापा … १, वेद कुरान पढे सार कसैले बुझेनन् दाजुभाइ आपसमा लडे। ✍️बिके मुखिया … १, नभने पीडा खप्ने क्या ! लोभी रहेछ स्वार्थीले सबै हडप्ने । ✍️प्रेम थापा “मन” बागलुङ … १, छैन जिउने बाटो चक्रव्यूहमा छ देश रुँदैछ मातृभूमिको माटो । २, रोपेछौ कालकुटको रुख लुटिए सबै जिजीविषाहरू मेटिए नैसर्गिक सुख ! ३, बच्छ बेमौसमी मादल नाच्छन् मधुशालामा खलनायक हटेन कालो बादल । ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) इटहरी -१, हलगडा सुनसरी । … १, बाँधिदिए पिरतीको गाँठो लैजाउ मन चोरेर पुरानो सम्झनाको साटो । ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, मनमा चल्दछ ज्वारभाटा जिन्दगी व्यर्थ बितेर घुमेर उमेरको काँटा । २, समय बितेर गयो उमङ्ग उत्साह मर्दैछ अधमरो जीवन भयो । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ। … १, कसैको हैसियत नजाचौँ अल्छी बानी त्यागेर आफ्नै श्रममा बाँचौँ । ✍️भोज विवश मगर गैँडाकोट -३ नवलपरासी पूर्व … १, आउँछौ घरी समीप कहिले गर्छौ झगडा रहेनछ प्रीतिको सिप । ✍️बाबुराम पाण्डे … १, बर्खामा पानी गर्ने ऋतको हो कमाल हिमालमा हिउँ झर्ने। २, नयाँ वर्ष आयो पुरानोलाई विस्थापित गरी नयाँ पात्रो पायो। ✍️नवराज भट्ट कञ्चनपुर … १, परिश्रम मेहनतको फल हुनुपर्छ उत्पादनमा चासो मिल्छ किसानलाई बल । २, सार्थक भएनन् कुरा नेता फगत गफाडी रोपे ऋणको छुरा । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, नदेखी विकासलाई बिगार्यौँ चुनावमा भोज खाएर, पश्चगामीलाई भोटले सपार्यौँ । ✍️लोक बहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर ,पर्वत … १, सुनपानी छर्किएका सेता भ्रष्टाचारी भएपनि कति चोखिएका ठुला नेता ! २, आगो बाल्ने पर्यो अब भुरालाई तहलाउँन ठुलै आँट गर्यो । ✍️विवश पारदर्शी झापा … १, भइरहन्छ यहाँ बारम्बार अन्त्य हुँदैन कहिले हाम्रो देशमा भ्रष्टाचार । २, बोकाएर ऋणको भारी खुलेआम हिॅंडेका छन् यो देशमा भ्रष्टाचारी । ✍️अनिता भण्डारी ताप्लेजुङ … १, संस्कारयुक्त थियो पाटो हिँड्न जानेनछौँ हामीले पुर्खाले देखाएको बाटो। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, सार्थक भएनन् आशा तरल राजनैतिक परिवेशले युवामा छायो निराशा l २, उठ युवा जुटेर समर्पित होऊ कर्ममा मिल्दैन मुक्ति सुतेर l ३, प्राज्ञको सङ्गत गरौँ मनको विकार हटाएर ज्ञानको ज्योति छरौँ l ✍️बाबुराम गौतम गुल्मी … १, खुलेर जिउन सिक सङ्घर्षको मैदानमा हेर आफ्नो दिमाग झिक । ✍️अम्बिका अधिकारी … १, समयमै मान्छे चिन्नुपर्छ आफ्नै भरोसामा मात्र सदा अघि हिँड्नुपर्छ । ✍️विष्णु पंगेनी पाण्डे वालिङ्, स्याङ्जा … १, बनोस् नयाँ भावना झिल्काप्रति सधैँ हाम्रो सबैमा छ शुभकामना । २, जिउने बनोस् बाटो हॅंसाउँनु नेपाल आमालाई उर्वर बनाएर माटो । ✍️दुर्गा भट्टराई मोरङ … १, मनमा उमङ्ग हर्ष खुसी बोकेर आयो , झिल्का कविता वर्ष । ✍️श्रीकृष्ण धामी बझाङ … १, मायालु बोलाउनु खास अघि सर्नु तिमी गरेर नबस्नु आस। २, हावापानी बस्नु सहेर सबैलाई दु:ख हुने असर उल्टो बहेर । ३, अरूले भनेको मान्नु मान्दैनौ तिमी भने काम आफैँले जान्नु । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, नसोचेको हुनु भयो जिन्दगी हासखेल गर्दै उकाली ओराली गयो । २, सम्झियो उसले मलाई सम्झिन त आज बिर्सियो कसरी तपाई ? ✍️ईश्वर साउद (भिक्षु) रामारोशन गाउँपालिका ६ सु,प,अछाम … १, ढुक्क परेर नबस जालझेल फेरि हुनसक्छ बरु कम्मर कस! ✍️बेदु न्यौपाने … १. भीडमा नअल्मलिनु मन आफ्नै शैली हुन्छ छ विशेष आफ्नोपन । २. आज दौडियो धेरै बिचमा शून्य थपिँदा काम रह्यो मेरै । ✍️पुष्पा राई बादेल, खोटाङ । … १, हाँसो खुसीको जीवन घात लाग्न थालेपछि टुङ्गिदै गयो वचन ! २, रमाएर के गर्नु ? छोडेर जाने चोला निश्चय छ मर्नु ! ३, सोधे हुन्थ्यो मलाई हाँसेरै बिधा दिन्थे के पायौँ जलाई ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, झिल्का चारैतिर छायो साहित्यिक विचार सबैले मिलाई लेख्न पायो । ✍️शोभा आचार्य गौतम काठमाडौँ … १, झिल्कामा बढ्नुपर्छ राप विकृतिको राज गर्नेहरूलाई बढाओस् मनमा ताप । २, राख्नुपर्छ सबैले हेक्का देश हो साझा होइन तिम्रो ठेक्का । ३, अतिले हुन्छ खति समयमै होस पुर्याई सुधार तिम्रो मति । ✍️जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर । … १, जीवन बनाऊ खास एकबारको जुनी हो नबनौँ कसैको दास । २, ढल्दैछ हेर जवानी समयको गतिमा दौडेर बन्नेछ शरीर खरानी । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, उकालीको बाटो राम्रो सुनमा सुगन्ध हेर प्यारो धर्ती हाम्रो ! ✍️आर्त अकुलीन … १, भ्रष्टाचारीले डुबाए देश चुसक जुका बनेर फेर्दै अनेक भेष ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, आमा धर्ती माता ताते ताते गरेर हुर्काउने महान दाता। २, हुनुछ सर्तमा सत्य इमानदार बनेर सधैँ बनाउनु कर्तव्य फत्य। ✍️दुर्गा आचार्य मोरङ … १, साथीझैँ माया मानेर लेख्न सिकाऊ मलाई कापी कलम तानेर। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, अपवादले मनमा अवसाद व्यर्थै थपिन्छ कसरी नभएको अनौठो विवाद। २, चुडिन्छ तन्किएपछि तार सङ्घर्षरत जीवन जिउँछु बाध्यताले मानिन हार । ३, अवसादले जीवन मरणासन्न भोगाइको यातनाहरू सहेर गन्तव्यका पथहरू लमतन्न । ✍️दिल ठकुरी टिस्टाभेल्ली दार्जिलिङ … १, बिहान रवि हाँसेको चरी चिरबिर गर्दै धर्तीमा खुसीले नाचेको। २, देख्दै मन झुम्यो रविको किरणले जब धर्तीलाई हेर चुम्यो। ३, छरेर धर्तीमा ज्योति शीतका थोपा पातमा देखिन्छन् जस्तै मोती । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, नेपालको भूमिमा बसेर विदेशी नागरिक बोकी मै हुँ भनेर । २, जोगाउनु छ देश अरुको अधिकारबाट हेर आफ्नो रितिरीवाज परिवेश। ✍️एवाइ प्रभात खाल्सा छिन्ताङ सहिदभुमि धनकुटा … १, हल्लाकै पछि लाग्ने , यथार्थको मतलब नगर्ने अन्धाधुन्ध नै जाग्ने । २, नभएपछि चाहना घरी अनि आउछन् हजुर नयाँ बहाना नानाथरी । ३, हुन्छ कहिले भोकप्यास, विचार धेरै खेल्दा हुन्छ फेरि सत्यनास । ✍️दीपा समभाव दुबेकोल खोटाङ … १, भातभान्सा गर्दै पनि लेख्न सकिन्छ झिल्का नौंवटा शब्द गनी। ✍️पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। … १, राष्ट संस्कार कुल, हाम्रा हुन जीवनदाता, बिर्सेर नगरौं भुल। २, केवल बहाना जिउने ईर्ष्या लोभ सुविधा, खोज्दै विष पिउने। ३, मानव खै किन? दानव भएर निस्क्यो, गिर्यो अति दिनैदिन।। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, छुरा चलाउने चलन छ साथीभाइबिचमा पनि सम्झँदा हृदयमा जलन । २, बल्लबल्ल बस्छ खाटो शितलता हुन्छ मनमा देख्दै सक्दैनन् टाटो। ३, अगाडिबाट कुरा देखाउँछ झुक्याएर मौका परेपछि पछाडिबाट छुरा टेकाउँछ । ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, निलो आकाश हेरेर नयन मोहित हुन्छन् , सन्तोषले शास फेरेर। २, प्रकृति ईश्वर हाम्रो सन्तुलन कायम राख्दै , बनाऔॅं सदैव राम्रो। ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, दुईजिब्रे बन्नु हुन्न नेताको संज्ञा पाईन्छ यस्ताले शिखर छुन्न । २, सबैलाई लाग्छ पिर पीडा दबाउने होइन हिड्यौँ उचालेर शिर । ✍️धनमाया चौधरी कैलाली … १, पहिरिएपछि कालो कोट निष्पक्ष न्याय दिलाउन तिमीले गर्नुपर्छ अठोट । २, कस्तो जमाना आयो ? चोरलाई चैँ चौतारो साधुले दु:ख पायो । ३, मध्यम वर्ग रुँदा वास्ता छैन शासकलाई महङ्गीले आकाश छुँदा ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, छैन कसैले देखेको मरेपछि कहाँ गइन्छ हुन्छ भाग्यमा लेखेको । २, मान्छे तुच्छ धूलो सारा समयको दास छैनन् कोही ठूलो । ३, उम्रेर माटोमै खिल्दछ शरीर यो पञ्चतत्त्वको आखिर माटोमै मिल्दछ । ✍️वसन्त अनुभव … १, नराम्रो नगरौँ जानेर कसैलाई धेरै यहाँ कमजोर पनि ठानेर। ✍️सानु जोशी दार्चुला
साप्ताहिक झिल्का लेखन अभ्यासको ४७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, मनको कुरो भन्नू, अग्रगामी पाइला बनाई समुद्रभन्दा नदी बन्नू । २, पातको गति पहेँलपुर बालीबैँस निशानामा चलाऊ, जिन्दगी नहोला भरपुर । ३, पूर्वबाट सूर्य उदाउॅंछ बतास पश्चिमबाट बहला, तिम्रो रामकहानीले हॅंसाउॅंछ । – म्यामराज राई … १, के मतलब कसैको ? यस्तै त हो जीवन घामपानी सबैको । २, मृत्यु एक सत्य यस्तो बुझेर पनि किन हुनु अपहत्या ? ३, पाकेको फल स्वादिलो अचार भयो भने हुन्छ खाना रसिलो ! ✍️दीपा समभाव दुबेकोल खोटाङ … १, चाहिन्छ मनको सफा व्यवहारमा लागु होस् संविधानका सबै दफा । २, कुरा बुझौँ साथी साँच्चै यो संसारमा , मानवता सबैभन्दा माथि । ३, अस्तित्वको खोजीमा लागौँ क्षणिक अन्तै नडुलेर आफ्नै पहिचानमा बाँचौँ । ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, देशमा विकास भएन उस्तै छ अवस्था लुट्ने बानी गएन । २, लुटेराको शासन देशमा नयाँ पार्टी खोली आउँछन् जोगीको भेषमा । ३, विकासमा युवा आऊ गाउँघर फर्केर सबै सुतेको सारा जगाऊ । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, खुसी राखौँ मन सफा दिल हुँदा सुक्दैन आफ्नो तन। २, युवा विदेश गए देशमा बस्थे होलान् रोजगारी तिनको भए। ३, राखौँ सबैले पहिचान चिनारी भनेको यही भन्ने कुरा जान। ✍️अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका, बोस्टन। … १, जीवनमा आउँछ कष्ट हतास नहुनु कोही हाँसेर पारौँ नष्ट । ✍️संगीता खरेल काठमाडौँ … १, जवानीले ल्यायो आधी तरङ्गित भए छालहरू राखौँला अँगालोमा बाँधी। २, सपनीमा तिमीलाई देख्दा लगाऔॅं पिरती भनी मैले प्रेमपत्र लेख्दा। ३, खुसी हुन्थ्यौ कति नदेखे पनि विपनामा बताऊ तिम्रो गति। ✍️सतीश पण्डित भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातातीर्थ) … १, बगेको खोला फर्किँदैन नराख्नु काम भोलिको समयले तिमीलाई पर्खिँदैन। ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, अमर हुन्छ नाम सत्कर्म मर्दैन बुझौँ गरौँ सधैँ सुकाम । ✍️ ताराप्रसाद चापागाईँ … १, भव्य, सभ्य हुनुपर्छ जन्मदिन झिल्का कविताको सबैको हित गर्छ। २, रचना देशको लागि लेखौँ सबैको हितमा बनौँ सबै सहभागी । ३, बेइमानको नपरौँ भर चिनौँ चाल उसको नभत्काऔॅं चिनेर घर। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, मनको भावनामा बगेर सुमधुर आवाज निकाल्नु कोइलीझैँ सदा बनेर । २, हेर्नेछ सबैले त्यहाँ नयन उठाएर खोजी तिमी हुन्छौ जहाँ । ३, तिमी आवाजको धनी मिठो लाग्छ सुन्दा अत्यन्तै मलाई पनि । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । … १, युवा फर्की आऊ देश डुब्नै लाग्यो छिटो किनारा लगाऊ । २, नाममा विकास भएको जहीतही काम अधुरा छोड्दै हेर गएको । ३, जन्मदिन पनि आएछ झिल्का कविताले त माया धेरै पाएछ। ✍️कला ढकाल झापा … १, मनका कुरा खाेलेर इज्जत नष्ट होला झुटो कुरा बोलेर। २, डाँफे, मुनाल नाच्ने सुन्दर शान्त नेपालमा स्वाभिमानी भएर बाँच्ने। ✍️राज कुमार राजभण्डारी खोटाङे मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, खेल खेल्छन् खेलाडी होहल्ला छ जताततै एनपिएलको छ दहाडी । ✍️नागेन्द्रप्रसाद यादव … १, गर्नलाई सही कर्म आखिर कसैले पनि मान्न हुँदैन सर्म ! ✍️आर्त अकुलीन … १, मनमा नराख्नु कहिल्यै गलत विचारको भण्डार वारपार गर्नुपर्छ पहिल्यै। २, शङ्काले घर जलाउॅंछ औंला नदेखाउनु अरूलाई यसले संसारै ढलाउँछ। ✍️चुडामणी देवकोटा पुरानोनैकाप काठमाडौँ … १, मन हुन्छ सबैको यसैले साथ देऊ नदुखाऊ तिमी कसैको। २, चारैतिर फैलियो नाम कति सुन्दर कामले राख यस्तै सुनाम । ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ भारत … १, सकारात्मक सन्देश दिँदै झिल्का लेखन अभियान बढ्यो विश्वमा फैलिँदै । २, गर्छन् कुर्सीको खेल शान्ति भएन देशमा राजनीतिमा भयो झेल ! ✍️अनिता भण्डारी ताप्लेजुङ … १, जगाऔॅं ज्ञानको भोक सार्थक जीवन जिउनलाई हटाऔॅं मनको शोक । २, खराब बानी त्यागौँ आलस्यता दूर भगाई हामी सबै जागौँ । ३, काम गर्नु राम्रो देशको सेवा गर्नु कर्तव्य हो हाम्रो । ✍️जयनारायण नेपाल इलाम (हाल सूर्यविनायक २ बालकोट, भक्तपुर ) … १, ओजिलो भाव छरी झिल्काको प्रवर्धन गरौँ सबैले हातेमालो गरी l २, पढ्नेले आहा! भनोस् हामीले कोरेको झिल्का सबल सन्देशवाहक बनोस् l ✍️बाबुराम गौतम गुल्मी … १, भन्छन् राष्ट्र मेरै, विकासमा छैन ध्यान, भ्रष्टाचार गर्ने धेरै । २, तराई, पहाड, हिमाल, गौरव मेरो देशको, स्वच्छ मन विशाल । ✍️भुपेन्द्र राना मगर धादिङ … १, माया सबैमा हुन्छ चाहे पशु होस् दिलले दिललाई छुन्छ। २, वनपालेले जङ्गल फाँड्छन् विश्वास रहेन कसैको काठ आफन्तलाई बाँड्छन् । ✍️नवराज भट्ट कन्चनपुर … १, आफूलाई भन्छन् अगुवा नराम्रो काम गरेपछि कुलेलम ठोक्छन् भगुवा ! ✍️प्रेम थापा “मन” बागलुङ … १, बढाउन खोज्दा खोज्दै निराशा भएर गयो असफल कहाँ रोज्दै । २, जीवन सजिलो चलाऊ अरूको डाहा गरेर मन किन बहलाऊ ? ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, चोटमा लगाउनु मलम मानहानि कसैको भये रोक्दछु झिल्कामा कलम । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, रोपेर आँगनमा काँडा फूलको आशा नगर आफन्त काट्छन् डाँडा । २, अमूल्य मानव जीवन आइन्न फर्केर कहिल्यै अपाच्य वचन नभन । ३, अन्तस्करण शुद्ध राख दिलमा विष भरेमा भइन्छ जलेर खाक । ✍️हिरालाल न्यौपाने बागचौर नगरपालिका ८, कोटमौला सल्यान … १, झिल्कालाई मलजल गरौँ वरपिपल सरह बनाउन माली बनेर लागिपरौँ। २, झिल्काले चेतना जगाउँदैछ समाजमा व्याप्त विसङ्गतिहरू कवितामार्फत बिस्तारै भगाउँदैछ। ✍️अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत … १, जिन्दगीको अनुपम पाटो सदैव सत्कर्ममा लागौँ खुल्दछ चौतर्फी बाटो । ✍️विष्णु पंगेनी(पाण्डे ) वालिङ्, स्याङ्जा … १, जीवन कर्कलाको पानी , राखेर खुसी रहन्न, सुख फुत्केर जानी। २, दुःखले माया गर्दा, दु:खै साथी बन्यो , आत्तिन दुःख पर्दा। ३, दुःख सुख चक्रमा खुसी हुने रहेछ, पाएको जिन्दगी वक्रमा। ✍️मनोहरी पौडेल गैडाकोट १ … १, कति भन्नु मैले ? बुझाउनै सकिनॅं होला पछुतायौ नि ऐले । २, जीवन जोशले चल्दैन सम्झाउॅदा पटक्कै नबुझ्ने काँचो दाउरा बल्दैन । ३, छानो खरकै होला मनमा भएको मायाले पक्कै गगन छोला । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाडौँ … १, साप्ताहिक झिल्का लेखन सहभागी बनौँ सबै लगाएर तन मन। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। … १, दैनिक गर्नुपर्छ काम हातमुख जोर्ने बाहना नगरे पाइॅंदैन माम। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, रिसको कारण अज्ञान अचम्मको हुन्छ यो यसको हुँदैन ज्यान । २, अँध्यारोमा केही देखिन्न धेरै कुकृत्य मध्यरातमा गरिबीको कथा लेखिन्न । ३, सौगातलाई भन्दैछन् घुस आफ्नै परिभाषा मान्छेको इतिहास केलाउॅंदा फासफुस । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । … १, बालकबालिकालाई भने युवराज उपहारको खजानाको साथ चाँडै आउॅंदैछन् सन्तकलाज । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, हाँसेर बोल्ने बानीले जोशमा होस गुमाउॅंदा दुख पाइन् नानीले ! ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, सत्ता हत्याउने दाउ जनता सधैँको रैती नेतालाई पुगेन भाउ ! २, सतिले सरापेको देश कहिल्यै सुपुत्र बनेनन् धेरैको सेताम्मे केश ! ३, समृद्धिको दिवा सपना भ्यागुताको धार्नी जोखाइ सत्ता समाल्ने जपना । ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) इटहरी १ हलगडा सुनसरी … १, कर्मको गोरेटो राम्रो भविष्य फलोस् फुलोस् कामना सन्तानमा हाम्रो । ✍️समुन्द्रा शर्मा … १, डुब्न लागेको घाम सम्झन्छु वृद्ध बाबुआमा पुकार्दै भगवान् राम ! २, पुस, माघको जाडो गाह्रो भयो थेग्न भइदिन्छ रौँ ठाडो ! ३, पर्खी बस्नु होला अवश्य फर्कनेछु म जब फर्कन्छ खोला । ✍️वसन्त अनुभव दाङ … १, जाडोले सुरुवात गर्यो सबैले ख्याल गर्नु हिमालमा हिउँ पर्यो । २, आगो ताप्नु मुढाको शरीर न्यानो पार्छ कुरा सुन्नु बुढाको । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, भोलिका कर्णधार देशका उज्यालो दिपक जगाउन सुहाउँदो एकै भेषका । २, नटिप्नु काँचो कचिलो चुँडेर नफाल्नू, कसैले खाने पकाएर रसिलो । ३, शीतको बढ्दै लहर अनाथ वृद्धवृद्धा रोगी बाआमालाई भयो जहर । ✍️भगवती दवाडी झापा … १, गइसक्यो मङ्सिरको मैना पोहोर साल लगाएको जाले रुमाल बैना । २, आच्छु ! बनायो दाँतै शुरुवातमै यो मङ्सिरको सिरेटोले हल्लायो आँतै । ३, आहा ! घामै घमाइलो पारिलो भिर पहराकै जाडोमा न्यानै रमाइलो । ✍️कमल थापा दार्मा -६, सल्यान । … १, विद्धानहरूलाई कसैले छेकेनन् तर आमा, बाउ बनाउने शुत्र भेटेनन्। ✍️रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ … १, समयको प्रगति नहेर्ने झिल्का कविताको कमाल देशले कोल्टो नफेर्ने । २, कविले कवितामा लेखेको कसैले नबुझ्ने भयो विकास खोइ देखेको ? ३, समाजको एक फूलबारी कलम कापीको कमाल झिल्का कविताबाट जानकारी । ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’ धरान – ८, सुनसरी … १, अनुभवको खानी रहेछ जीवन भन्नु मान्छेको हन्डर ठक्कर सहेछ । ✍️पुष्पा राई बादेल, खोटाङ … १, सुख शान्ति साट्न झिल्का कविता लेखी सक्छौँ दुःख बाट्न ! २, हातेमालो गरी अब पारौ देशै झिलिमिली लक्ष्यमानै टेकौँ सब । ✍️विवश पारदर्शी झापा … १, झिल्का कविता राम्रो समाजका विसङ्गति हटाउॅंदै हिॅंड्नु कर्तव्य हाम्रो । ✍️दुर्गा भट्टराई मोरङ … १, लक्ष्यमा दौडदा दौडदै लगाउन सकिँदैन पार पोखरीमा पौडदा पौडदै । २, प्रेममा भएँ काकाकुल पाएपछि मैले धोका हान्यो मुटुमा सुल । ३, क्यानभासमा तिम्रो तस्वीर थिएँ सजायको मैले तर रहेनछ तक्दिर । ✍️डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । … १, जीवन सधैँ चल्छ आज प्रगति देख्दाखेरी दुनियाँ किन जल्छ। ✍️सानु जोशी सुदुर पश्चिम दार्चुला … १, स्वतन्त्रतामै फुल्छन् फूल पराधीनता स्वीकार्य हुँदैन यथास्थितिमा रमाई नभुल। ✍️देव मगर तिनाउ, पाल्पा। … १, अजर रहन काम गरौँ सेवा समाजको , राखौँ मिलेर नाम । २, राम्रो कार्य गरौँ धनकै लागि भनेर , कहिल्यै पछि नपरौँ । ३, शब्दको फूल चुनेर पोख्छु आफ्नो भावना , झिल्काको डोरीमा उनेर। ✍️सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, पिर नलिनेले हँसाउँछ बाँच्न सिकाउँछ उसैले सबैलाई मित बनाउँछ। २, तेल रहेसम्म बलेका हामी यस धरामा निमित्त मात्र बनेका । ३, परिश्रमीले रोटी कमाउँछ दयालु बनेमा सबै प्रभु मन पलाउँछ। ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, तराई ,पहाड ,हिमाल प्राकृतिक सौन्दर्यको गहनाले सिॅंगारिएको हाम्रो नेपाल । २, वीर, वीराङ्गनाको देश गर्भदेखि नै हामीलाई बहादुर बनाएको परिवेश । ३, हातमा खुकुरी उचाली शत्रुमाथि जाई लाग्ने हामी वीर नेपाली । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, उदाउॅंदो सूर्यको खोजीमा रित्तिॅंदैछन् हाम्रा गाउॅं , धन भर्न गोजीमा । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, खुसी हुन सिकौँ हर्ष या विष्मातमा रमाउन समय झिकौँ । २, मन पर्छ झिल्का खुसी मिल्छ लेखेर नआए सिधै मिल्का । ✍️धनमाया चौधरी कैलाली … १, भ्रष्टाचार मौलाउँदैछ दैनिक आवाज उठाउनु अपराध चलन अहिले सामाजिक। २, स्वदेशी उत्पादन कुहाई आयात विदेशी सामान अर्बौं रुपैयाँ बुझाई । ३, धेरै बिरालो भयो मरेन मुसा एउटै देश ओरालो गयो। ✍️बिमल पोखरेल धरान-१७, पटनाली … १, परिस्थितिले पछ्याउँदै लाँदा आँखा चिम्लेरै हिॅंड्नुपर्ने विषाक्त हावा खाँदा। २, दुईदिन मिठो खाएको आज हावामै विष उपहारमा चोट पाएको। ३, वचनले किन मारेको ? सङ्घर्ष गरेकै छु जिउँदै बर्खी बारेको ! ✍️राजेश्वरी राजोपाध्याय ललितपुर
काठमाडौँ, माघ १२ गते वसन्त अनुभव वरिष्ठ लघुकथाकार एवम् भाषा आयोगका सदस्य गोपाल अश्कद्वारा लेखिएको ‘लघुकथा प्रक्रिया र पाठ’को परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा उक्त पुस्तकको परिचर्चा कार्यक्रम शनिबार अपरान्ह ७ बजेदेखि सञ्चालन गरिएको थियोे । भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम अढाई घन्टासम्म चलेको थियोे । गोपाल अश्कद्वारा लेखिएको उक्त पुस्तकको पहिलो संस्करण साझा प्रकाशनले वि.सं.२०६५ सालमा गरेको थियोे भने त्यसको परिमार्जित एवम् संशोधित दोस्रो संस्करण नमस्ते आधुनिक लघुकथा मञ्चले वि.स.२०८१ मा गरेको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. देवी नेपालले आफ्नो शुभकामना मन्तव्य राख्दै कार्यक्रम अत्यन्तै राम्रो भएको उल्लेख गर्नुभयो । “कार्यक्रममा एक जना वक्ता बोलिरहने र बाँकीले बसेर सुनिरहने जुन पट्यारलाग्दो प्रवृतिको अन्त्य गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले नयाँ ढङ्गबाट पुस्तकको परिचर्चा कार्यक्रम आयोजना गर्यो, त्यसका लागि अत्यन्त खुसी छु । साथै कार्यक्रमका सहजकर्ता डा.शंकरप्रसाद गैरे, संस्थाका अध्यक्ष घनश्याम डल्लाकोटी लगायत संस्थाको प्रशंसा गर्दछु ।” उहाँले भन्नुभयो । सर्जकलाई ‘मेसी’ र समालोचकलाई ‘कोच’को संज्ञा दिदै मेसीले कोचलाई आफूजस्तै गोल हान्न चुनौती दिन नहुने बताउनुभयो । साथै विमर्श कार्यक्रमलाई राजनीतिसँग दाँज्दै उहाँले ‘राजनीतिमा छलफल हुने भए पनि साहित्यमा विमर्श नै हुन्छ, छलफल हुँदैन ।’ भन्नुभयो ।
कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक डा. विदुर चालिसेले ‘लघुकथा प्रक्रिया र पाठ’ लघुकथाको पहिलो सैद्धान्तिक पुस्तक भएको उल्लेख गर्दै लघुकथाको कोशेढुङ्गा सावित भएको विचार राख्नुभयो । साथै यसले सैद्धान्तिक अभ्यासको गोरेटो निर्माण गरेको बताउँदै अनुसन्धान गर्न चाहने अध्यताका लागि अब्बल सन्दर्भ सामग्रीको रूपमा रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक डा.हरिप्रसाद भण्डारीले यस पुस्तक पूर्व लघुकथा सिद्धान्तहरका आलेख फुटकर रूपमा थुप्रै आए पनि पुस्तकका रूपमा भने यो नै पहिलो सैद्धान्तिक पुस्तक भएको कुरामा सहमति जनाउँदै लेखक गोपाल अश्क र प्रकाशक नमस्ते आधुनिक लघुकथा मञ्चको खुलेर प्रशंसा गर्नुभयो । लघुकथाको छुट्टै विधाका रूपमा स्वीकार भइसकेकोले यसबारे छलफल आवश्यक नरहेको उल्लेख गर्दै उहाँले लेखक लघुकथाको तत्व र शैलीमा क्लियर हुनुपर्ने बताउनुभयो । साथै उहाँले लेखकले सन्दर्भ सामग्री, तालिका पुनरावृत्ति, तथ्यपरता लगायतका सामान्य त्रुटिलाई ख्याल गर्ने हो भने पुस्तक कोशेढुङ्गा मात्र होइन अमर कृतिको रूपमा चिनिने उल्लेख गर्नुभयो ।
कार्यक्रमका अर्का परिचर्चाकार एवम् वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीले पहिले प्रकाशनमा आए पनि त्यति चर्चामा नआएको उल्लेख गर्दै नमस्तेले परिमार्जित गरेर निकाल्दा यसको परिचर्चा चुलिएको बताउनुभयो । साथै उहाँले यसमा वि.स.२०८१ सम्मका प्रतिनिधि लघुकथाहरू समावेश गरी अध्ययन गरिनुले पनि विशेष महत्व राखेको कुरा उल्लेख गर्नुभयो ।
परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार गोपाल अश्कले परिचर्चाकार लगायत सबैप्रति आभार प्रकट गर्नुभयो । साथै यो दोस्रो संस्करण हुँदाहुँदै पनि समयाभावका कारण पर्याप्त परिमार्जन गर्न नसकिएको उल्लेख गर्नुभयो । कुनै पनि पुस्तक शतप्रतिशत त्रुटिरहित नहुने उल्लेख गर्दै यसमा पनि केही त्रुटि रहन गएको र ती त्रुटिहरू आगामी संस्करणमा परिमार्जन गर्ने उल्लेख गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, लक्ष्मण अर्याल, गंगा कर्माचार्य पौडेल, वसन्त अनुभव, बिरेन्द्र, विष्णु पन्थी, यमुना प्रधानाङ्ग ‘मुना’, गोविन्द बहादुर कुँवर, गुप्त बहादुर श्रेष्ठ, हिमलाल श्रेष्ठ, कुमार काफ्ले, ललिता दोषी, मीठू कुमारी पाठक, मित्र उराठी गौतम, देवीप्रसाद थापा मामा, प्रार्थना खनाल, विवेक शर्मा गौतम, प्रा.डा.खेमराज खनाल, म्यामराज राई, लक्ष्मी रेग्मी खनाल, सरिता भट्टराई नेपाल, नवीन भण्डारी, रुद्र अधिकारी, होमप्रसाद नेउपाने, नानी विवु, विष्णुप्रसाद काफ्ले, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ साहित्यकार/समालोचक डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~~~~~<•>~~~~~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
१. छाडिँदैन जोरी खोजे, लगाइन्छ तह चाहे गरोस् बिन्तीभाउ चाहे पोखोस् बह ! ✍️ वसन्त अनुभव वसन्तविहार टोल, घोराही ~~~~~~<•>~~~~~~ २. जोरी खोज्ने जोसुकै रहुन्, छोडिँदैन हट आरिस किन गर्न पर्यो व्यर्थै छटपट । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । ~~~~~~<•>~~~~~~ ३. नखोज मसँग तिमीले पनि धेरै जोरी थाहा छैन र तिमी पनि हौ म जस्तै मोरी । ✍️ पवनकुमार बुढाथोकी काठमाडौँ ~~~~~~<•>~~~~~~ ४. जोरी खोजेरै भनेको हो सारा कुरा मेरो विश्वभरिमै हक लाग्ने मात्रै हो र तेरो ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~~~~~~<•>~~~~~~ ५. मुर्खसँग किन खोज्छौ यहाँ जोरी ? उसले देख्दैन आफ्नै कमजोरी । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~~~~~~<•>~~~~~~ ६. हठ गर्दै बस्ने छैन मर्द अघि सर्छ काम गरिसकेपछि कस्ले दाम भर्छ । ✍️ वेदु न्यौपाने ~~~~~~<•>~~~~~~ ७. भएको कानुनको कार्यान्वयन नगर्ने समस्याग्रस्त घोषणा गर्न अघि नसर्ने । ✍️ कला ढकाल, झापा ~~~~~~<•>~~~~~~ ८. हेक्का राख्नु नटुटोस् धैर्यको बाँध उत्रन्छौँ लगाइ खुकुरीमा साँध । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ ~~~~~~<•>~~~~~~ ९. भावनामा म कहिले बहकिनँ अन्याय र अत्याचार सहदिनँ । ✍️ दीप गोले तामाङ, रौतहट ~~~~~~<•>~~~~~~ १०. अब भिडले कानुन हातमा लिने जस्ताे देखियाे आजका पत्रपत्रिकामा जताततै यही लेखियाे। ✍️ नवराज भट्ट कञ्चनपुर ~~~~~~<•>~~~~~~ ११. यो न्याय हो कि अन्याय यो मन अलमल हुन्छ दोषीलाई कारबाही हुन्न निर्दोषीलाई थुन्छ । ✍️ भुपेन्द्र राना मगर धादिङ ~~~~~~<•>~~~~~~ १२. जस्ता छन् अरू त्यस्तै गर्न जान आफ्नो खुट्टा तान्नेको खुट्टा तान। ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ ~~~~~~<•>~~~~~~ १३. जोरी खोज्नेले प्रमाण खोजुन् अरूले असल बाटो रोजुन् । ✍️ प्रेम थापा “मन”बागलुङ ~~~~~~<•>~~~~~~ १४. झगडाको मूल जरो पैसा रहेछ यसैमा हाई हाई अलिकति के कमाउनु पर्छ दुश्मन हुन्छन् दाजुभाइ । ✍️ चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ ~~~~~~<•>~~~~~~ १५. यथार्थ छ एकातिर, बल मिच्याइँ अर्कातिर तिम्रो हेर्ने आँखा खुल्ला राख, नबनाऊ है यति साह्रो चिम्रो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~~~~~~<•>~~~~~~ १६. मै हुँ भन्नेहरूलाई तह लाउने म गर्छु अरू काम त्यस्तै हो शासन गर्न अघि सर्छु । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~~~~~<•>~~~~~~ १७. असल कर्म गरौँ है ,खोज्ने होइन जोरी मात्रै किन होला मानिसको जातले कुरा काट्ने जात्रै । ✍️ भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ~~~~~~<•>~~~~~~ १८. लुकेका छन् हेरर दाउ लगाउँछन् आखिर घाउ ! ✍️ आर्त अकुलीन ~~~~~~<•>~~~~~~ १९. लुकेर प्रहार गर्नेलाई , मैले पनि जाने बेला मौका पाएर, चार बाइस मुक्का हाने ✍️ नागेन्द्रप्रसाद यादव ~~~~~~<•>~~~~~~ २०. उखान टुक्का रचेर म सुसेली गाउँछु विरूद्वमा लाग्ने लाई तर पनि लाउँछु ✍️ शालिक राम दाहाल चा न पा ३ झाैखेल भक्तपुर ~~~~~~<•>~~~~~~ २१. सुरा पिएर जताततै नगर मुख छुरा भित्ताको नि कान हुन्छ भन्छ बुझी गर्नु कुरा । ✍️ बिबा तामाङ दार्जिलिङ ~~~~~~<•>~~~~~~ २२. कुकर्मले आइलाग्छ पापको लड्डु हातमा एकदिन पक्कै मर्नुपर्छ को जान्छ साथमा ! ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । ~~~~~~<•>~~~~~~ २३. हिम्मत छैन यहाँ जोरीपारी खोज्ने अधिकार कहाँ कसैलाई पो रोज्ने । ✍️ मोती .योन्जन’ सुब्बादार्जिलिङ। ~~~~~~<•>~~~~~~ २४. आँखामा धूलो हालेर गर्दैछन् चोरी चोरको श्वर ठूलो गर्छ सिना जोरी । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। ~~~~~~<•>~~~~~~ २५. भए नभएका सबै आरोप लगाइ भुट्नुपर्छ यहाँ सबै जोरी खोज्नेलाई । ✍️ ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची । ~~~~~~<•>~~~~~~ २६. हुनुपर्छ खुलेर नै विचारको मन्थन निष्कर्षमा पुग्ने बेला धेरै हुन्छन् गन्थन । ✍️ दीपा गुरुङ समभाव दुबेकोल खोटाङ ~~~~~~<•>~~~~~~ २७. असल पाखा खराब काखी च्याप्ने जमाना कस्तो झोले बनायो जन कमायो लोकप्रियता सस्तो । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ~~~~~~<•>~~~~~~ २८. गरिब अलिक उँभो लागे चढ़न दिनु हुन्न कतैबाट मलाई बाह्र हातको टांगाले छुन्न । ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ ~~~~~~<•>~~~~~~ २९. आइलाग्नेलाई भन्थे त जाइ लाग्नु केही सीप नचले फर्किएर भाग्नु । ✍️ गुणनिधि घिमिरे अमेरिका ~~~~~~<•>~~~~~~ ३०. चाहे जे गरुन् जस्ताेसुकै भनुन् आफ्नाे चल्छ शासनमा अरु कसकाे राज चल्छ म बसिरहेकाे आसनमा । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ~~~~~~<•>~~~~~~ ३१. नियन्त्रण गर्न खोज्दा झनै बल्झिगयो महाशक्ति सम्झेको कागजी बाघ भयो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~~~~~<•>~~~~~~ ३२. हाम्रो पनि दिन फिर्छ सधैँ यस्तै हुन्न त्यतिखेर चहादैँनौ तिम्रा करा सुन्न । ✍️ विवश पारदर्शी, झापा ~~~~~~<•>~~~~~~ ३३. जाे जसले जनताको धन सम्पत्ति गर्छन् चाेरी ढाकछोप गर्न उसैले आखिरमा खाेज्छन् जाेरी । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । ~~~~~~<•>~~~~~~ ३४. नगर कान्छी तिमी के के कुरा चलाउँछ अरूले फेरि छुरा । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~~~~~~<•>~~~~~~ ३५. हठी स्वभाव भएर दु:ख झेल्नु पर्यो मै हुँ भन्ने घमण्डीको बल्ल सेखी झर्यो । ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ ~~~~~~<•>~~~~~~ ३६. नपाउनेले पाए खान्छन् एकैपटक अलकत्र के था यिनलाई पूजापाठ फूल अनि बेलपत्र । ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ~~~~~~<•>~~~~~~ ३७. गर्नेले ईर्ष्या र डाहा, लम्कन्छु अगाडि या जन्जिलरले बाधुन, हटिन्न पछाडि । ✍️ खुनराज काेईराला सिद्धलेक -३ गैरीगाउँ,धादिङ ~~~~~~<•>~~~~~~ ३८. कति पाेखाैँ र तिमीसँग आफ्नो मनको बह हेर्दैनाै हामीलाई भइसक्यो आँसुको दह । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ~~~~~~<•>~~~~~~ ३९. रिस बाहेक छैन काम अरू नसक्ने गोरू खोस्रीखोस्री मरू ! ✍️पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~~~~~~<•>~~~~~~ ४०. चाल पाएँ तिम्रो विचार नि गर्दिनँ अब बिन्तीभाउ आवश्यक पर्दा प्रयोग गर्ने बुझिसकेँ तिम्रो दाउ । ✍️ पुष्पा राई, खाेटाङ । ~~~~~~<•>~~~~~~ ४१. जोरी खोज्नेहरूसँग टाढै बस्नुपर्छ हेरौँ घमण्ड गर्नेहरूको कति झर्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~~~~~<•>~~~~~~ ४२. अति गर्दा खति हुन्छ, धेरै नबन्नू बाठो ढाड नै भाँचिनसक्छ, देखेनौ यहाँ लाठो । रवि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची हाल : बुटवल, रुपन्देही, नेपाल ! ~~~~~~<•>~~~~~~ ४३. नाङ्लो ठटाई हात्ती भगाउने कस्तो होला चाल? उल्टो परे दाउ फेरि आफैँलाई पर्ला नि गाल। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~~~~~~<•>~~~~~~ ४४. चाहे होस् सधैँ रिस तिम्रो घाम भन्दा प्रचण्ड जोरी खोज्न छोडिदैन जसले गर्छ घमण्ड । ✍️ खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट ~~~~~~<•>~~~~~~ ४५. लुकाइन्छ सत्य कुरा लेखिन्छ झुटो इतिहास जो आउँछ जोरी खोज्न लगाइन्छ है उठिबास । ✍️ सुस्मिता अधिकारी, काठमाण्डौ ~~~~~~<•>~~~~~~ ४६. जाेरी खाेज्न चाहने आउँछन् कति कति गरिखाँदा रिस गर्छन् बिग्रिएर मति । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~~~~~~<•>~~~~~~ ४७. मै खाउँ मै लाउँ आफैँ चलाउँ सत्ता भनी सोच राख्नेले खाँदै बस्नु भत्ता । ✍️ अम्बिका गिरी – विराटनगर ~~~~~~<•>~~~~~~ ४८. पराइकाे इमानमाथि धूलाे र हिलाे पाेत्ने आफ्नाे खेतबारी बाँझो राखेर अर्कैको जोत्ने । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे,साँगाबजार बनेपा १४ ~~~~~~<•>~~~~~~ ४९. नसोच यो ढुङ्गालाई नै कसैले फुटाउँछ हल्लिएर आउँछ झरी, बाढीले लुटाउँछ । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । ~~~~~~<•>~~~~~~ ५०. नियतमा खोट हुनेहरूकै चल्छ लुकिछिपी बहस अति नै गर्न थालेपछि आफैँमा हुन्छ तहसनहस । ✍️ कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ ~~~~~~<•>~~~~~~ ५१. कामचोर बन्नु है तिमी हाम्रा खातिर गर्छौँ पुरस्कृत बनाउँछौँ त माहिर । ✍️ इन्दु श्रेष्ठ, चितवन ~~~~~~<•>~~~~~~ ५२. सम्बन्धमा बादल छाए सम्बन्धलाई गोडौँला छोड्न परे बरु असल तह लगाई छौडौँला । ✍️ हन्नाह छेत्री दार्जिलिङ ~~~~~~<•>~~~~~~ ५३. सहयात्रा गर्ने हौ भने बदलिएर आऊ नत्र सुन्दैनौँ मृत्युपर्यन्त तिम्रो बिन्तीभाउ l ✍️ बाबुराम गौतम, गुल्मी ~~~~~~<•>~~~~~~ ५४. खेलिरहुन् न जोरी हजुर चिन्ता लिनु हुन्न सत्य माथि अडिग रहे कोही कसैले छुन्न। ✍️ तोया नाथ चापागाई दमक,झापा,नेपाल ~~~~~~<•>~~~~~~ ५५. जोरी खोज्ने पछि आफैँ पछारिन्छ्न् छु देखेकी घमण्ड गरे एक्लो भइन्छ यथार्थ लेखेकी । ✍️ सबिता खड्का, कैलाली ~~~~~~<•>~~~~~~ ५६. भन्दै थिएँ अधिकार हाम्रो हो चारैतिर घेरौँ प्रमाणबिना तह लाउने कसले होला हेरौँ । ✍️ राधा आचार्य ,बुटवल,रुपन्देही ~~~~~~<•>~~~~~~ ५७. बढ्दै छ चिसो पुस गएपछि पनि उत्पात भयो दिन कष्टकर बनी । ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सु,प,अछाम ~~~~~~<•>~~~~~~ ५८. देशमा खाँडो जगाउन युवाहरू जुटी देखाऊ निरङ्कुशता धेरै भयो देशप्रेमी नाम लेखाऊ । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही ~~~~~~<•>~~~~~~ ५९. शासन सत्ता चलाउनुपर्छ मस्तीमा स्वार्थ विपरीत गएमा राख्छाैँ गस्तीमा । । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ~~~~~~<•>~~~~~~ ६०. कर्म नगरे माया केकाे, एकपटक सम्झाउनू सम्झाउदा पनि नमाने, अर्काेपटक थन्क्याउनू । ✍️ प्रमाेद नेपाल वीरगञ्ज । हाल: काठमाडौँ -५
माघ ५ गते/वसन्त अनुभव लघुकथा महासङ्ग्रह ‘शताब्दम् महाशक्ति’को शनिवार परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेकृत उक्त पुस्तकको परिचर्चा गरिएको थियोे । अपरान्ह ३ बजेदेखि भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम झन्डै ३ घन्टासम्म चलेको थियोे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै आजभोलि लघुकथाको बाढी आएको र अधिकांस लघुकथाहरू लघुकथा बन्ननसकेको बताउनुभयो ।
“हामीले विशुद्धता(purity) तर्फ ध्यान नै दिन सकिरहेका छैनौँ, त्यसैले लघुकथा विशुद्ध हुन सकिरहेको छैन ।” चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो- “हुन त ! म लघुकथालाई छुट्टै विधा नै मान्दिनँ । कथामा जे जे हुनुपर्छ, सबै कुरा/तत्वहरू यसमा भएकोले यसलाई कथा नै भन्दछु ।”
“म प्रायः कार्यक्रममा त्यति जाने गर्दिनँ, सम्भवतः यस्तो कार्यक्रममा उपस्थित भएको पहिलोपटक होला ।” भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । शताब्दम् महाशक्ति बारे बोल्दै उहाँले ‘लघुकथा महासङ्ग्रह’को सट्टा ‘वृहत् लघुकथासङ्ग्रह’ या ‘लघुकथा सागर’ राखेको भए राम्रो हुने विचार राख्नु भयो ।
कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा. कपिल लामिछानेले ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहमा रहेका लघुकथाहरू प्रायः सबै लघुकथाकै सिद्धान्त र संरचनाभित्र रहेको उल्लेख गर्नुभयो । “लघुकथाहरू अढाई सय/ तीन सय शब्द वा डेढ पेजसम्मका रहेका छन्, जुन लघुकथाको संरचनागत कसीभित्र नै पर्दछन् । लघुकथाहरूमा आकस्मिक उठान, विस्तार, संवाद, आकस्मिक एवम् झड्कादार अन्त्य रहेका छन् । साथै लघुकथामा पृथक शैलीको प्रयोग गरिएको छ ।” भन्दै उहाँले डा.चालिसेका लघुकथाहरू अत्यन्त बौद्धिक रहेको र आम पाठककालागि बोधगम्य नरहेको बताउनुभयो ।
कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक, भाषा आयोगका सदस्य गोपाल अश्कले पनि ‘शताब्दम् महाशक्ति’ सिद्धान्तगत एवम् संरचनागत दृष्टिले उपयुक्त रहेको उल्लेख गर्नुभयो । परिचर्चाकार प्रा.डा.कपिल लामिछानेको कुरामा सहमति जनाउँदै उहाँले भन्नुभयो, “लघुकथाहरू बौद्धिक रहेका छन्, एकपटक पढेर भाव बुझ्न सकिँदैन, दोहोर्याएर, तेहर्याएर पढ्नुपर्ने हुन्छ । आम पाठककालागि बोधगम्य छैनन् ।”
लघुकथा महासङ्ग्रह भनिएकोमा असहमति राख्दै उहाँले ‘भोलि कसैले यस सङ्ग्रहको भन्दा धेरै लघुकथाहरू समेटेर सङ्ग्रह निकालेमा त्यसलाई के भन्ने ? वृहत् महासङ्ग्रह भन्ने वा अरू कुनै ?” महासङ्ग्रहको मापदण्ड के हो ?” उल्टै प्रश्न गर्नुभयो ।
“शताब्दम् महाशक्ति आफैँमा ऎतिहासिक सङ्ग्रह बन्न सफल भएको छ । कृतिकारले ‘अलिफ लैला’ वा ‘अरेवियन नाइट्स’सँग यसलाई जोड्ने मोह किन देखाउनुभएको होला ?” बुझ्न नसकिएको परिचर्चाकारहरूको मत रहेकोे थियोे ।
परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार डा.विदुर चालिसेले सबैप्रति आभार प्रकट गर्नुभयो । कृतिकारले शताब्दम् महाशक्तिलाई उपन्यासको दर्जा दिन खोजेको भन्ने कुरालाई खण्डन गर्दै उहाँले भन्नुभयो, “मैले उपन्यास नभनी उपन्यासको छ्नक दिने गरी शताब्दम् महाशक्ति आएको भन्ने उल्लेख गरेको हुँ, उपन्यास भनेको छुइनँ ।”
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा हरिप्रसाद भण्डारी, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, प्रा.डा.खेमराज खनाल मीठू कुमारी पाठक, गुप्त बहादुर श्रेष्ठ, सुरेशकुमार पाण्डे, भुमिका तिमल्सिना, दिनेश गुप्ता, शान्ता तिमल्सिना, आयुष बडाल, अनिष पाठक लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ लघुकथाकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३०———————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/२९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ शान्तिको दीपलाई जगाउनु पर्छ। अबदेखि अशान्ति भगाउनु पर्छ। गरिबी र बेरोजगारी अन्त्य गर्न, सारा नेपालीलाई मगाउनु पर्छ। दुष्ट आत्मा ठेगान लगाउनु पर्छ। -सुशीला पौडेल
पञ्चाङ्ग-०२ सागर सम्मै पुग्नु पर्थ्यो बाटैमा सुकेजस्तो भो भावहरु आउन छाड्यो खै कता लुकेजस्तो भो निरन्तर धाउन छाड्यो खै किन हो पञ्चाङ्गले बोल्यो मिठो कवि लेख्नलाई भने चुके जस्तो भो पुसको चिसो रातमा कुकुरले भुके जस्तो भो। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३ जसको कसम खाएको छौ उसलाई छोड भन्दिन म अरूलाई रूवाएर त त्यो मन यता माेड भन्दिन म सम्बन्ध भनेको क्षणिकलाई होइन जुनिभरिकाे हाे त्यसैले कसैको खुसीनै लुटी सम्बन्ध जाेड भन्दिन म। जिन्दगीको पनि ख्याल गर्नुपर्छ नाता तोड भन्दिन म राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
पञ्चाङ्ग:०४
मायामा त हृदयले छुनु पर्छ। दुःख र सुखमा साथ हुनु पर्छ। जीवनमा आखिर के पाे हुन्छ र, एक आपसकाे मैलाे धुनु पर्छ। दु:खमा सँगै मिलेर रुनु पर्छ। -ह्यारिस
पञ्चाङ्ग:०५ खुन चुसेर अर्काकाे , बाँच्नु पर्छ मैंले। राग गाएर कानैमा , नाच्नु पर्छ मैंले । राेग सार्ने मच्छर हुँ , यस्तै जुनी पाएँ , मान्छे भेट्दा आनन्दता,साँच्नु पर्छ मैंले। बास बस्न नि कम्मर भाँच्नु पर्छ मैंले । तीर्थराज जाेशी , कैलाली पञ्चाङ्ग:०६
धेरै कुरा सिक्न पाएँ तिमीलाई विश्वास गरेर धोखा पनि औधी खाएँ तिमीलाई विश्वास गरेर हिजो आज आत्मादेखी मलाई माया नगरे पनि मैले आज गीत गाएँ तिमीलाई विश्वास गरेर म तिम्रो दिलमा छाएँ तिमीलाई विश्वास गरेर