• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: धनुष न्यौपाने

साताका उत्कृष्ट झिल्काहरू- १०

  • २५ चैत्र २०८०, आईतवार ०८:०५ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्काहरू- १०
    साताका उत्कृष्ट झिल्का कविताको १० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १० का लागि झिल्काकार त्रय मंगला उपाध्याय, बिके मुखिया र दिल ठकुरीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~


    [१]
    १.
    माया, ममताको स्वभाव
    देखिदैन कसैमा अहिले
    बन्दैछ दुनियाँ खराब !
    २.
    फेरि आउँदैछ नववर्ष
    शुभकामना छ सबैलाई
    सबैमा छाओस् हर्ष !
    ३.
    स्वस्थ राख्न जीवन
    बिहान बेलुकी प्रभातफेरि
    चङ्गा बनाउने तन ।
    ✍️

    मंगला उपाध्याय

    [२]
    १.
    आरिसले सीप सिकिँद‌ैन
    मूल उद्देश्य देखासिकी
    भाग्य कलमले लेखिँदैन ।
    २.
    रात उज्यालो पुर्णिामाले
    औँसीको अन्धकार रात
    सहारा पारूहाङ सुम्निमाले ।
    ३.
    आस्था टुट्दा मनमा
    जीवनको सङ्घर्ष सम्झेँ
    उर्जा भरेँ तनमा ।
    ✍️

    दिल ठकुरी (दार्जिलिङ )

    [३]
    १.
    रुखमा पालुवा पलायो
    गीत गाउँदै चरीले
    हेर वनजङ्गलमा रमायो।
    २.
    चैते हुरी चल्दैछ
    खडेरी लागेको वनमा
    हुरुरु आगो बल्दैछ ।
    ३.
    न्याउली रुन्छ वनमा
    परदेशीको सम्झना झलझली
    विरह जाग्यो मनमा ।
    ✍️

    बिके मुखिया

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १०

    साताका उत्कृष्ट झिल्काहरू- ९

  • १७ चैत्र २०८०, शनिबार १९:५३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको ९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ९ का लागि झिल्काकार त्रय सुरेशकुमार पाण्डे, मोती सुब्बा र मुग्लानको खबरका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ~<•>~

    [१]
    १.
    झिल्का खुब लेखौँ
    अभ्यासले नै निख्रिन्छ
    नयाँ शब्द देखौँ !
    २.
    शब्दले देश दरिलो
    समाजमा छुट्टै आभास
    पढेर हौस् भरिलो !
    ३.
    स्वार्थी मानव संसार
    गर्नखोज्छ आफ्नो मुठ्ठीमा
    दुनियाँ गर्दै अहङ्कार !
    ✍️
    सुरेशकुमार पाण्डे

    दाङ घोराही१८

    [२]
    १.
    भएन मलाई चयन
    संसार शुन्य लाग्यो
    फर्केछ तिम्रो नयन !
    २.
    सहारा दिनु जहिले
    तिमीले बुझेनौ व्यथा
    एक्लो भए अहिले ।
    ३.
    वसन्तको सुन्दर डोलीमा
    फागुको पदचाप आँगन
    लिएर हौसला झोलीमा !
    ✍️

    मोती सुब्बा

    [३]
    १.
    आफू लाउँदैन जनै
    लगाऊ भन्छ अरूलाई
    कहाँ मान्छन् झनै ?
    २.
    संस्कार या बोझ
    किन बन्छौ तागाधारी
    बाध्यता कि मोज ?
    ३.
    उम्लेको दुध पोखिन्छ
    होइन औसत मापले
    मान्छे इमानले जोखिन्छ ।
    ✍️

    मुग्लान खबर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- ९

    साताका उत्कृष्ट झिल्काहरू- ८

  • ३ चैत्र २०८०, शनिबार २३:२९ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको आठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ८ का लागि झिल्काकार त्रय वसन्त अनुभव, भावना थापा मुस्कान र सरला माझीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~


    [१]
    १.
    चढ्छन् करोडौँको कार
    सर्वहाराका प्रतिनिधि उनी
    राम्रै छ बन्दव्यापार ।
    २.
    हुँदैन कसैको फिक्री
    हिराको मोदक हातमा
    परेपछि सुनको सिक्री ।
    ३.
    सम्झन्छ्न् मूर्ख हरपल
    जितेर भुल्छ्न् नेता
    रुवाउँछन् जनता पलपल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~

    [२]
    १.
    लुट्यो जवानी मेरो
    लुटेराले सुनसान बस्तीमा
    जब थियो अँधेरो ।
    २.
    भएकी छु अचेल
    एकोहोरो पागल जस्तै
    आफैँदेखि म ओझेल ।
    ३.
    गिद्धको नजर लाग्यो
    न्याय माग्न जादा
    न्यायधीश नै भाग्यो ।
    ✍️
    भावना थापा मुस्कान
    ~<•>~

    [३]
    १.
    कसैलाई नगर्नू हेला
    आवश्यक पर्नसक्छ हेर
    उसैको जुनसुकै बेला ।
    २.
    राम्रो हुनु पहिले
    अभिमानी, अनुशासनहीन नहुनू
    आमा भन्नुहुन्छ ‌‌जहिले ।
    ३.
    घमण्डले सिध्याउँछ मानवता
    कलियुगमा हिँड्नुपर्छ सम्हालिएर
    मान्छेमा हुन्छ दानवता ।
    ✍️
    सरला माझी
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ८

    साताका उत्कृष्ट झिल्काहरू- ७

  • २६ फाल्गुन २०८०, शनिबार २२:४६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको सातौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ७ का लागि झिल्काकार त्रय त्रिलोचन भण्डारी, शशीश्री आचार्य र ललिताका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    ~<•>~
    [१]

    १.
    बम् बम् भोले
    शिव शिव भन्छन्
    डाेली बाेक्ने डाेले ।
    २.
    हिमाली त्याे डाँडैमा
    दर्शन देऊ शिवजी
    राखाैँला सदा आँखैमा ।
    ३.
    जट्टासरि त्याे केशमा
    दर्शन मिलाेस् महादेव
    जहाँ जाऊँ देशमा ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~

    [२]
    १.
    दौरासुरुवाल र कोट
    हेर ! कति सुहाएको
    छैन मनमा खोट ।
    २.
    नेपाली हामी वीर
    राष्ट्र हाम्रो मुटु
    झुक्न दिदैनौँ शिर ।
    ३.
    हिमाल पहाड तराई
    सबै बराबर यहाँ
    कोही छैनन् पराई ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~

    [३]
    १.
    नारी दिवस मनाउँदा
    खोक्रो भाषण दिन्छन्
    देशका ठुलाबडा भनाउँदा ।
    २.
    दिँदैनन् कसैले साध
    खोक्रो आडम्बरीले मनाउने
    नारी दिवस मुर्दावाद !
    ३.
    न्याय नपाएको देशमा
    मनाएको नारी दिवस
    खुसी छैनन् त्यसमा ।
    ✍️ ललिता सिन्धुली
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ७

    साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

  • १९ फाल्गुन २०८०, शनिबार १८:३७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको छैठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ६ का लागि झिल्काकार त्रय अनिता भण्डारी, शम्भु गजुरेल र रुना कर्माचार्य दाहालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    १.
    भित्र्याए हेर विदेशीनीति
    लोप हुँदै गयो
    हाम्रो संस्कार थिति !
    २.
    गर्छन् कुर्सीको खेल
    शान्ति भएन देशमा
    राजनीतिमा भयो झेल !
    ३.
    जनतामा अशान्ति छायो
    हाम्रोमा यस्तै हुने
    कस्तो लोकतन्त्र आयो ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~~<•>~~

    [२]
    १.
    भेदभाव आफूले गर्दा
    बदनामी भयाे धर्मकाे
    हटाओैँ छुतकाे पर्दा ।
    २.
    भन्दछ धर्म हाम्राे
    प्राणी सबै बराबर
    कर्म हुनुपर्छ राम्रो ।
    ३.
    छुवाछूत गर्न छाड
    धर्म छ निर्दाेषी
    नगर है खेलवाड ।
    ✍️
    शम्भु गजुरेल
    ~~<•>~~

    [३]
    १.
    आकाशमा ताराहरूको ताँती
    कति सुन्दर देखिने
    जब हुन्छ राति ।
    २.
    सक्दिनँ आकाश छुन
    धर्तीमा बसेर हेर्छु
    टहटह लागेको जून ।
    ३.
    टोलाउँछु हेरी आकाश
    जब आफैँमा हराई
    झस्काउँछ चिसो बतास ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

    साताका उत्कृष्ट झिल्का- ५

  • १२ फाल्गुन २०८०, शनिबार १८:४३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको पाँचौ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ५ का लागि झिल्काकार त्रय आर्त अकुलीन, बाबुराम गौतम र संगीता खरेलका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    १]
    १)
    सबैले गरेर काम
    देश विकास गरेमा
    अमर हुन्छ नाम !
    २)
    सम्झेर उकालो भिर
    आमाको दु:ख धेरै
    देखेर लाग्छ पिर !
    ३)
    हिमाल पहाड तराई
    नेपाली एउटै परिवार
    कोही छैन पराई !
    ✍️ आर्त अकुलीन
    झिल्का कविता
    ~~<•>~~

    [२]
    १)
    विश्वमै थियो विशेष
    लुछ्दालुछ्दै दुष्ट जनले
    पार्ने भए अतिशेष !
    २)
    रोपेर तिखो खन्जर
    चुस्दैछन् आमाको छाती
    बनाउने भए बन्जर !
    ३)
    खोसियो मातृको ममता
    मिल्दैन पक्कै दुष्टलाई
    मातृस्नेह अनि समता !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~<•>~~

    [३]
    १)
    प्रजातन्त्र आयो सुनेको
    सत्य होकि हल्ला
    निर्दोष जेलमा थुनेको ?
    २.
    खेलेर रगतको होली
    उपलब्धि भयो के
    छातिमा ठोकेर गोली ?
    ३.
    घर अनि भित्तो
    सुन्यतामा मौन देख्छु
    आमाको काख रित्तो !
    ✍️ संगिता खरेल
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ५

    साताका उत्कृष्ट झिल्का- ४

  • १ फाल्गुन २०८०, मंगलवार १०:२३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको चौथो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ४ का लागि झिल्काकार त्रय गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे र सीमा कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    १.
    झिल्का साहित्यको जय
    झट्का हानौँ कुरीतिहरूलाई
    नरहोस् कसैको भय !
    २.
    निरन्तरता रहोस् सधैंभरी
    सजिलो तरिकाले सधैँ
    लेखिरहनु होला यसैगरी !
    ३.
    नौँ शब्दको कविता
    चम्किरहोस् ज्योतिर्मय बनेर
    जबसम्म रहन्छन् सविता ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~<•>~~

    १.
    साहित्यमा उदायाे झिल्का
    व्यङ्ग्य हैन यथार्थ
    भ्रष्टलाई टिपेर मिल्का !
    २.
    राजनीति देशकाे सेवा
    झुठो खेती फगत
    रगतको आहालमा मेवा !
    ३.
    जीवन आशाकाे बाटाेमा
    हामी जिउने गर्दछौँ
    आफ्नाे जन्मभूमिकाे माटाेमा !
    ✍️
    प्रधुम्न चालिसे
    ~~<•>~~

    १.
    राम्रो देखिने कोट
    इमानदारी मान्छेलाई मात्र
    सबैले पुर्‍याउने चोट ।
    २.
    इमानदार सधैँ लडे
    बढेर घुसखोरी यहाँ
    कालाबजारी सर्वत्र बढे !
    ३.
    बोली भएन पूरा
    आफ्नै स्वार्थ हेरी
    विकास सबै अधुरा !
    ✍️
    सीमा कार्की
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ४

    साताका उत्कृष्ट झिल्का- ३

  • २५ माघ २०८०, बिहीबार ०८:४६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको तेस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३ का लागि झिल्काकार त्रय अर्जुन चौलागाईं, विवश पारदर्शी र सरिता सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    (१)
    १.
    हुन्न यता ठेक्का
    जसले भ्याउॅंछ त्यसले
    यसमै राखौं हेक्का ।
    २.
    नारी पुरुष बराबर
    अधिकार बढी नारीमा
    अगाडि बढ्छन् सरासर ।
    ३.
    असल कुरा सिकौँ
    दुई रथका पाङ्ग्रा
    अरू कुरा झिकौँ
    ✍️ अर्जुन चौलागाईं
    ~~<•>~~
    (२)
    १.
    बुढेसकालको छैन साहारा
    मेरो भागमा रहेनन्
    दैवको भए आहारा !
    २.
    अब कसो गरौँ
    मन पोल्छ भतभती
    लाग्छ आफैँ मरौँ !
    ३.
    सम्हाल्छु आफूलाई फेरि
    उता छिमेकी दाइको
    कुपुत्र सन्तान हेरी !
    ✍️ सरिता सेढाई धादिङ
    ~~<•>~~
    (३)
    १.
    हामी हौँ साथी
    सफा छ दिल
    प्रेमभाव सबै माथि !
    २.
    धर्ती आकाश पाताल
    जोडेको हुन्छ प्रेममा
    सदैव आलिङ्गन बबाल !
    ३.
    प्रकृतिको सुन्दर सृष्टिमा
    सागर पहाड विचित्र
    देखिन्छ जगत् दृष्टिमा !
    ✍️ विवश पारदर्शी
    झापा
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ३

    साताका उत्कृष्ट झिल्का कविता- २

  • १५ माघ २०८०, सोमबार १९:४१ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको दोस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २ का लागि झिल्काकार त्रय भवानी पोखरेल, दीपा गुरुङ र कला ढकालका उत्कृष्ट झिल्काहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    [१] भवानी पोखरेलका उत्कृष्ट झिल्काहरू

    १.
    मनकाे गाँठाे फुकाएर
    मलाई दिलमा राख्नु
    यसाे कतै लुकाएर ।
    २.
    खाेज्दा कतै नभेटिने
    भेटेकाे ठाउँमा जाँदा
    झल्काे केही नमेटिने ।
    ३.
    हिँड्नू आफ्नै बाटाेमा
    जहाँ गए तापनि
    फर्किनू यही माटाेमा ।
    ✍️
    भवानी पोखरेल
    कपिलवस्तु

    [२] दीपा गुरुङका उत्कृष्ट झिल्काहरू

    १.
    जोख्दा तोला  तोला
    शब्द छानी छानी
    गल्ती नगर्नु होला ।
    २.
    भमरा भुल्छ रसमा
    समय हुन्न साथी
    कसैको नि वशमा ।
    ३.
    डर छैन हेर
    मृत्यु देखी पनि
    जीवनको दिशा फेर ।
    ✍️
    दीपा गुरुङ
    काठमाडौँ

    [३] कला ढकालका उत्कृष्ट झिल्काहरू

    १.
    ऋणको भारी बोकेर
    बाआमा एक्लै  छोडी
    आँखाको  आँसु  रोकेर ।
    २.
    सम्झौता  छिटो  गर
    यातायातको अवस्था हेरी
    खाल्डो  चाडो भर ।
    ३.
    मिलेर  काम गर
    देश बनाउने कुरामा
    अरूको  भर नपर ।
    ✍️
    कला ढकाल
    झापा दमक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्का6 Comments on साताका उत्कृष्ट झिल्का कविता- २

    साताका उत्कृष्ट झिल्काहरू- १

  • ६ माघ २०८०, शनिबार १६:५६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्काहरू- १

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खलाको सुरुवात गरिएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यसको प्रथम शृङ्खला शनिवार अपरान्ह सम्पन्न भएको छ । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकार ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १ का लागि झिल्काकार त्रय राजेशराज गड्तौला, राज कुमार राजभण्डारी “खाेटाङ्गे” र पृथक प्रकृतिका उत्कृष्ट झिल्काकाहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    [१] झिल्काकार राजेशराज गड्तौलाका उत्कृष्ट झिल्काहरू-

    १)
    साथमा हुन्नन् कोइ
    सम्पत्ति नहुँदा बखत
    अलग हुन्छन् जोईपोइ ।
    २)
    चाहिने सबैलाई धन
    आफ्ना पनि छेउमै
    सक्किए एक्लिन्छ मन ।
    ३)
    सबैलाई दरबार चाहिने
    झुप्रोको चाहना छैन
    भगवान् छैनन् दाहिने ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [२] झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे”का उत्कृष्ट झिल्काहरू-

    १)
    राजनीति फाेहाेरी खेल
    सत्ता प्राप्तिको लागि
    नेताले गर्छन  झेल ।
    २)
    शरीर आलस्य भयो
    असहज परिस्थितिले गर्दा
    रहर मरेर गयो ।
    ३)
    गर्छन्  मानिस ध्यान
    हरेक दिन बिहानीपखमा
    प्राप्त गर्न ज्ञान !
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी  ५ संगम काेलानी भक्तपुर

    [३] झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्काहरू-

    १)
    हाँगाबाट झरेको फूल
    चल्दैन पूजामा पनि
    गर्नुहुँदैन है भूल ।
    २)
    ढुङ्गालाई देवता मानेर
    मान्छे गर्छन् भेदभाव
    आडम्बर दम्भ पालेर ।
    ३)
    धर्म दर्शनका कुरा
    बग्रेल्ती सुनाउँछन् हजुर,
    नितान्त व्यवहारका भुरा
    ✍️
    पृथक प्रकृति
    झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- १

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P