• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: टुक्का_कविता

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३२ सम्पन्न

  • १७ बैशाख २०८१, सोमबार १९:०९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३२
    ~<•>~
    भनेकै छु समृद्धि, ल्याउँछु म भनेर
    असन्तोषी रै’छौ तिमी खोज्दै छौ झन् धेर ?
    वसन्त अनुभव
    ~<•>~
    [१]
    छैन अपुग नै, छन् सबै मालामाल
    खान पिउन भाषण छ फालाफाल ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~<•>~
    [२]
    भाषण जस्तै धनकाे ओइराे फालाफाल
    आफ्नैतिर साेझ्याउने हाे समृद्धिकाे छाल ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    ~<•>~
    [३]
    जति भए नि नपुग्ने असन्तोषी मन
    दुखी बनाउने संसारमा पापी धन।
    ✍️ संगीता खरेल
    काठमाडौँ
    ~<•>~
    [४]
    समृद्धि त यहाँ ल्याउनसम्म नै ल्याए सामान्यले खोइ कहाँ के पाए ?
    त्यसका फल धेरै ठुलाबडा नेता र उनका वरिपरिकाले खाए ।
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ~<•>~
    [५]
    समृद्धि यिनीहरूले कागजमा ल्याउॅंछन्
    भाषण सुन्ने जनले अझै खै के पाउॅंछन् ?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [६]
    जान्न अन्त मलाई मेरै घर प्यारो
    आफ्नै जमिन जोत्छु भए पनि सारो ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ~<•>~
    [७]
    देशमा नै समृद्धि लेराउँछु भन्न त भन्यौ
    तर पैसाको रास आफ्नै परिवारमा गन्यौ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    ~<•>~
    [८]
    भन्ने मात्र गर्छौ छोपी दाउ, मुर्ख बनाएर
    भो अब बसिनसक्नु, पुरै देश गनाएर।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    [९]
    घाेषणा पत्रमा लेखिन्छ समृद्ध नेपाल बनाउने नारा
    सत्तामा पुगेपछि देशको अर्थतन्त्र ध्वस्त पारेउ सारा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [१०]
    पीर नगर हात राखी गालामा
    समृद्धि ल्याउँछु नि मेरै पालामा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [११]
    बस्न बाध्य भएका छन् जनता नेताहरू कै नाटक हेरेर
    उहीँ नेता हुन् जता पनि के विकास हुन्छ मात्र पाटी फेरेर ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ~<•>~
    [१२]
    चुस्यौ रस आफू खाेस्टा फ्याँकेऊ सदा हामीतिर
    लाजसरम पचाउनेलाई केकाे लाग्छ पिर ?
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ~<•>~
    [१३]
    भो नगर तिमीले समृद्धिका कुरा
    मुखमा राम राम बगलीमा छुरा ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    ~<•>~
    [१४]
    कागज र भाषणमा मात्र समृद्धि ल्याउँछु भनेर कहाँ हुन्छ
    गरि नदेखाएसम्म जतिसुकै राम्रा नारा होस् मन कहाँ छुन्छ ?
    ✍️ सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    ~<•>~
    [१५]
    आशा नै हो जीवनको बलियो आधार
    कल्पना नगरे कहाँ मिल्नेछ आकार ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~<•>~
    [१६]
    चप्पल पड्काइ सहर छिरे अहिले छ है महल
    राजनीतिले बदलिदियो अहिले चहलपहल ।
    ✍️ नवशिला,
    नवदेव मार्ग , लालभित्ती,मोरङ।
    ~<•>~
    [१७]
    चुनाव हुँदा चर्को चर्को लगाई हिँड्थ्यौ नारा
    माखो मारेनौ जितेपछि देखाई छाड्यौ पारा ।
    ✍️ विके माकजू , भक्तपुर ।
    ~<•>~
    [१८]
    औलो दिदा डुँडो ताक्छौ, खुट्टो दिए घुडो माग्छौ
    समृद्धि दिन खोज्दा खैराते किन पर भाग्छौ ?
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    [१९]
    यथार्थमा तिम्रो सपना अब आफैँसॅग राख
    हामी नेताले गरेको भ्रष्टाचारको स्वाद चाख ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [२०]
    विकासको लहरै लाउछु,भन्थ्यो यहाँ नेर,
    कठै उ पनि त भाषणमा,मात्रै रह्यो हेर ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    [२१]
    समय र मान्छे बदलिए, मन उस्तै
    तिमीमाझैँ हुँदैछ यता ममा दुरुस्तै !
    ✍️ दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ~<•>~
    [२२]
    बाहिर छँदा अति सार्‍है गुड्डी हाँक्ने तिम्रो बानी
    सत्तामा पुगेपछि पछार्‍यौ बिरोधी छानीछानी ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~<•>~
    [२३]
    देशको निमित्त हामी बाँचौंँ
    यसैले दिलमा माया राखौँ ।
    ✍️ नीमा छिरिङ भोटिया
    ~<•>~
    [२४].
    सबैले मनमा सन्तोष लिने गर
    सफल बन्न कसैको भर नपर ।
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत ।
    ~<•>~
    [२५]
    सक्छौ नया आशा उमारिदिनु
    सक्दैनौ पुरानो नमारिदिनु ।
    ✍️ रघु थापा, सु न पा १.
    ~<•>~
    [२६]
    पीडामा बाँच्न गाह्रो
    मुटुको व्यथा साह्रो !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    [२७]
    हेर्दै जाऊन् मैले के के गर्नेछु
    आफू हसुरी कनिका छर्नेछु !
    ✍️ कमला देवकोटा, पाल्पा
    ~<•>~
    [२८]
    भने जस्तो पुगेकै छ किन मान्नु पिर ,
    तलमाथि भएमा चलाउला नि तिर ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    [२९]
    हातमा हात मिलाइ खाेलाैँ समृद्धिकाे नाैँलाे ढाेका
    देश सम्मुनत बनाउँ, नपाराैँ आफूमात्र पाेका।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ~<•>~
    [३०]
    कस्ताे खालकाे समृद्धि हाे तिमीले ल्याउछु भनेकाे
    कहिले हेर्न पाइएला खै देश समृद्धि बनेकाे ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~<•>~
    [३१]
    भोलिको दिनको छैन कसैले देखेको
    भावीले छैठीको दिनमा के छ लेखेको ?
    ✍️ कला ढकाल, झापा
    ~<•>~
    [३२]
    वाचा कसमका पोकापोकी मैलियो
    देशमा निराशा र वितृष्णा फैलियो ।
    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर
    ~<•>~
    [३३]
    खुट्टा मेराे नतान भाे कस्ताे हाेला मैले आकाश छुँदा
    जातभात जादैन साथी दुखी असक्तकाे लुगा धुँदा ।
    ✍️ हिरालाल न्याैपाने, सल्यान काेटमाैला।
    ~<•>~
    [३४]
    बन्यौ अचम्म गर्ने देश समृद्धि जन खातिर तिमी थिर
    गर्छौ जहिले काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर ।
    ✍️ इन्दु श्रेष्ठ,चितवन
    ~<•>~
    [३५]
    भाषणको उन्नति देखाई यहाँ गर्छन् सबै विकास
    सत्ता हात पारेपछि तिनैले सोर्दैछन् आफ्नै निकास ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ~<•>~
    [३६]
    समृद्धि ल्याउँछु भनेर मात्र कसो गर्नु
    नसके ल्याउन हुनेछ फेरि
    फाटिमर्नु ।
    ✍️ इमान सिंह के.सि.
    व्यास ९ धनुबेसी कलेस्ति तनहुँ
    ~<•>~
    [३७]
    भयो, परेन तिम्रो धन चाहिएन अति
    रहोस् यो देश, माटो नहोस् है कुनै दुर्गति ।
    ✍️ मोती सुब्बा दार्जिलिङ भारत।
    ~<•>~
    [३८]
    ढाँटेर साधा, काम गर्ने बेला त बाधा, गाग्रीमा पानी आधा
    आफू भयाै गाधा, ठानेउ आफैँलाई राधा, तर पुर्खाै नाधा ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ
    ~<•>~
    [३९]
    सिधा साधा सबैलाई एउटै थालमा मुस्दैछ
    अभागीको रगत पसिना एकदमै
    चुस्दैछ ।
    ✍️ अन्मोल मुस्कान
    ~<•>~
    [४०]
    शोषण र दोहनको, आगो मात्रै बाली
    समृद्धिका कुरा गर्छौ, छोटेराजा पाली।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [४१]
    पालैपालो फेरिन्छ शासक सबैले ल्याउँछ समृद्धिको कुरो
    आफूले भरपुर कमाउँछन् छोड्छ समृद्धि थपक्क अधुरो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    [४२]
    तिम्रो समृद्धि कहिलेसम्म पर्खेर बसौ युगौँ जुटिसक्यौ
    आसै आसमा खुसी हुनेहरूको सारा जीवन लुटिसक्यौ ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~<•>~
    [४३]
    कैयौँपटक सपनामा नेपाललाई, सिङ्गापुर बनाए
    झुक्याए पुरानोमा नयाँ खोल राखेर, भोटलाई मनाए ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [४४]
    भने मात्रै पुग्छ हजुर गर्नुपर्दैन
    जति नै आस दिए पनि मनै सर्दैन ।
    ✍️ धनुष न्यौपाने यात्री
    जुम्ला
    ~<•>~
    [४५]
    भोट माग्दा चिल्ला कुरा हामीबीच छोड्यो
    जितेपछि बाटो फेरि अर्कैतिर मोड्यो ।
    ✍️ भगवती दवाडी ,झापा
    ~<•>~
    [४६]
    सदियौँदेखि भन्ने गर्छन् सरकारले, ल्याउँछु देशमा समृद्धि
    घुसखोरी देशमा बिगबिगी छन् अनि कसरी हुन्छ देश वृद्धि ?
    ✍️ Hari Narayan Chaudhary
    ~<•>~
    [४७]
    चौकीको लालच देखाएर भाषणमा भोटको नै चल्यो चाल
    बेरोजगारको भाँडो भरिएपछि युवाहरू भए बेहाल।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ~<•>~
    [४८]
    जालझेल बुनेर अति भयाे कति लुट्ने
    त्याे दिन अवश्य आउने छ जनले चुट्ने ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    [४९]
    मुखले बोलेर हुन्न भाइजी गरेर देखाउनुपर्छ
    तालसहितकोे बाजा बजेर संसार भेटाउनुपर्छ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [५०]
    थुप्रै पुस्ता बितिसके समृद्धिको आसमा बस्दा
    सन्तोषी कहाँ हुन सकिन्छ भोकले भुँडी कस्दा ।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    ~<•>~
    [५१]
    आशा भराेसा देखाई विश्वासिलाे बन्नेहरू
    मानव श्रम पसिना किन्दै नाेट गन्नेहरू ।
    ✍️ Bhanu Pokharel
    ~<•>~
    [५२]
    बारम्बार भ्रष्टाचारीहरू नै देशको सत्तामा आयो
    खुब उन्नति गर्यो देशले नभएकै समृद्धि पायो।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~<•>~
    [५३]
    समृद्धि नै ल्याउँछु भन्दै भयौ आफैँ मालामाल
    आफू भयौ पूर्णता जनतामा गर्‍यौ महाजाल ।
    ✍️ बेदु न्यौपाने
    ~<•>~
    [५५]
    के गर्न सक्छौ भन्ने बुझेका छन् सारा
    मुखले मात्र ठिक्क पार्ने तिम्रो पारा ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [५६]
    सुख समृद्धि, आस नगर्नु सबैले पाउने
    भाग्यमानी उहीँ हुन्छ नेताको पछि धाउने ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~<•>~
    [५७]
    फ्याँकेर जनतामाझ सधैँभरि समृद्धिको जाल
    मृत्युपर्यन्त नै हुने भयौ आफूमात्रै मालामाल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [५८]
    समृद्धि त मात्र भोट माग्ने भाँडो रहेछ
    कुर्सी प्राप्तिसँगै समृद्धि अलप भएछ।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    ~<•>~
    [५९]
    पहिले आफूलाई नेल्सन मण्डेला जस्तै हो भन्यौ
    अहिले सारा देश र जनता पुरिने खाल्डो खन्यौ ।
    ✍️ रमेश दियाली
    सिटोंग दार्जिलिङ।
    ~<•>~
    [६०]
    कुरा बढी काम नगर्ने अगुवा सबै अल्छी
    अब पालो युवाहरूको देशमा खेल्ने बल्छी ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~
    [६१]
    विकास नारामा सिमित भयो, कमाउमा जीवन हेर
    विश्वासले मत दियौ बालुवामा पानीझैँ गयो नि खेर।
    ✍️ शंकर कार्की, मकवानपुर।
    ~<•>~
    [६२]
    तछाडमछाडको यो दुनियाँमा बाँच्न गाह्राे
    समृद्धि ल्याउछु भन्नेहरू नै लड्दै छन् साह्रो ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ ।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३२ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

  • १४ बैशाख २०८१, शुक्रबार २१:५८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३१
    छैन भरोसा रत्तिभर, आज हो कि भोलि
    कहिले पर्छ दैवको लाठी, पर्दछ गोली !

    वसन्त अनुभव

    [१]
    पाहुना हामी दुई दिनको किन गर्ने लोभ
    हाँसीखुसी दिन कटाऔँ नमानेर क्षोभ !
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    रिसराग गर्नु छैन दुई दिने पाहुना जानी
    खुसी भै बाच्ने गरौँ नहुँदै आफ्नो शव खरानी ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [३]
    रिसराग घमण्ड केको लागि गर्नु
    सत्कर्म गरेरै भावसागर तर्नु ।
    ✍️ बिकास छेत्री अञ्जान

    कैजले, बिजनबारी, दार्जिलिङ।

    [४].
    घाँटी सुकाई बेस्सरी करायो
    भक्कु पाएको दक्षिणा हरायो।

    ✍️ रतन पाण्डे, ‘पारतन’,दार्जीलिङ।

    [५]
    तेरो मेरो भन्ने भाव नै स्वार्थको खेल
    यसैले नै मानिसलाई बनायो फेल ।

    ✍️ होमनाथ गिरी

    [६]
    खुसी आउँछ पाहुना बनेर
    जान्छ फेरि फर्कन्छु है भनेर !
    ✍️ सनत रोकाय बिवश

    कुशे गाःपा 8 जाजरकोट

    [७]
    धर्तीका सबै दुई दिनको पाहुना हामी
    बाँचुञ्जेल जिन्दगी नबनाऔँ बदनामी ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [८]
    किन गर्नु अहङ्कार जीवन घामछायाँ
    हाँस्दै कटाऔँ दैनिकी नगरौँ दायाँबायाँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाइ ४ झापा

    [९]
    रातभरि रामायण पढायो सीता कसकी जोई,
    छि लाज पो लाग्यो लौन उल्टै नबसिदेऊ न रोई !
    ✍️ वेल तामाङ थोकर

    मकवानपुर //बकैया ८ // बस्तिपुर

    [१०]
    मलाई सिंगापुर र स्विजरल्याण्ड अहँ चाहिँदैन
    मेरै देश सुन्दर छ, जुन खोजेर पनि पाइँदैन ।
    ✍️ शशीश्री आचार्य

    बौद्ध कुमारीगाल काठमाडौं

    [११]
    तेरो मेरो छ तँ तँ म म स्वार्थी मानिस
    बन्छ एकदिन भित्ताको आफैँ सो पिस।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [१२]
    तेरो मेरो भन्दाभन्दै छोडेर जान्छौँ हामी
    दुई दिने जिन्दगीलाई बनाउन दामी ।

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    [१३]
    जताततै छाएको छ अन्धकारले संसार
    यस्तै हुँदोरहेछ नतिर्दा जीवनको भार ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [१४]
    के दशा हो नेपालमा पाइन्न न्याय
    न्याय दिनेकै टेबुल मुनीको आय ।

    ✍️ भाेलामान बर्देवा धरान ८ सुनसरि

    [१५]
    मेरै जिन्दगीमा धेरै आँधीबेहेरी बर्स्यो
    त्यही भएर बारम्बार मेरो मन तर्स्यो ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [१६]
    एकान्तको बाटो रोजेँ यो मनमा बैराग चल्दा
    तिम्रो आँखाबाट आँसु नझरोस् म चितामा जल्दा ।

    ✍️ लक्ष्मण देउवा डोटी

    [१७]
    धर्तीमा दुई दिनको हो हामी मनुष्यको चोला
    रिसडाहा नगरौँ भयो, जिन्दगी होला नहोला ।
    ✍️ एवाइ प्रभात

    सहिदभुमि छेन्ताङ धनकुटा

    [१८]
    लोभ गर्नुहुन्न भन्ने मान्छे कति राम्रो
    पाएदेखि प्राणै पनि लिन खोज्ने हाम्रो !
    ✍️ विवश पारदर्शी

    झापा,

    [१९]
    तेरो र मेरो भन्दैमा बित्ने जीवन हाम्रो
    मरियोस् बरू सबैका लागि गरेर राम्रो ।
    ✍️ राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    [२०]
    घुस खानेलाई खायाे भनेर गाली गर्छन्
    आफूले पाएपछि नबाेली भकारी भर्छन्।
    ✍️ नवराज भट्ट

    कञ्चनपुर

    [२१]
    याे मातृभुमीमा कति हाल्छाै जाल
    मलाई आउँदैन भन्छाै कि काल !
    ✍️ शालिक राम दाहाल

    चा न पा ३ झाैखेल भक्तपुर

    [२२]
    कसलाई छैन दुख यहाँ कसलाई छैन र पिर ?
    सङ्घर्ष जसले गर्दछ हाँसेर उहीँ नै हुन्छ वीर ।

    ✍️ दीपा तिम्सना -ईलाम

    [२३]
    अगाडि लागेका बाँदरको पुच्छर पक्रेर आशावादी छाैँ हतियारकाे
    उद्देश्य उसको भाषा , धर्म, संस्कृति अनि पाए देशै बेच्ने मतियारकाे ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [२४]
    मान्छेको मन हजुर कति खाली धनमाथि
    मर्ने समय हुने बेला किन चाहियो साथि ‌।
    ✍️ नीमा छिरिङ भोटिया

    जलढका कालेबुङ

    [२५]
    धूर्त फट्याईँको राज भएको बेला
    ईमान्दारिताको त कुरा हुन्छ खेला !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२६]
    रङ्गविरङ्गी झन्डा भिरेका ती आआफ्नै रहेछन् टोली
    नेताहरू ती भिक्षु हुन् जसको कहिले भरिन्न झोली।
    ✍️ बि.कुलङ

    दार्जिलिङ, रंगबुल

    [२७]
    विनाशकारी हतियार हुन् बारूद र गोला
    नाश हुन्छ अनाहक विस्फोट नगर्नु होला ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    जीवन रहेछ बुझ्न नसकिने रहस्य कराइ
    सम्झिकन नभाग्नु कहिले जीवनदेखि डराई ।
    ✍️ मोती सुब्बा

    दार्जिलिङ भारत।

    [२९]
    सन्सार रुपी याे भवसागर म कसरी तरुँ
    कसैको हित गर्न नसके नि अहित नगरुँ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३०]
    सुन, चादी, हिरा, मोती होइन कसैले नि खाने ?
    लाखौँ करोडौँ पैसा भए नि होइन मर्दा लाने !
    ✍️ ज्ञानेन्द्र क्षेत्री
    नयाँ ठिमी भक्तपुर

    हाल = सिडनी अष्ट्रेलिया

    [३१]
    अब गोजीमा प्वा़ल परेछ भइयो जोगी
    खानपिनमा ध्यान गएन बनायो रोगी ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३काठमाडौ।

    [३२]
    विश्वासको खै कता फल्छ होला कोसा
    छ कि छैन जाँच्नु छ साथीमा भरोसा ।

    ✍️ प्रेम थापा “मन”

    [३३]
    मर्ने बाँच्ने ठेगान यो छैन आज होकि भोलि
    दुई दिने जिन्दगीमा पापको नथापौँ झोली

    ✍️बेदु न्यौपाने 🇳🇵

    [३४]
    एक लाख ऋण जनताको शिरमा
    तुइनको बाटो छ , लेकैको भिरमा ।

    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ

    [३५]
    पैसा नभएको गोजीमा, विश्वास माग्दा पाइने
    हाम्रै देशको नेतालाई समृद्धि मात्र चाहिने ।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [३६]
    समयको महत्वलाई बुझ्न नसकेर,
    मानिसको जीवन यहाँ त्यसै जान्छ खेर।
    ✍️ ज्ञानबहादुर क्षत्री

    सन्धिखर्क – २, अर्घाखाँची।

    [३७]
    भेट्ने आशा ठुलै थियाे पल्टाएर डायरीकाे पाना
    गुन्गुनाउने भुन्भुनाउने थियाे अतितकाे गाना ।

    ✍️ जानुका खतिवडा

    [३८]
    पर्दछ यहाँ दैवको लाठी सबैमाथि
    सोरसार पारि हाल अहिले नै साथी ।

    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९}
    तेरो मेरो भन्दाभन्दै बित्दोरहेछ मानव चोला
    यो संसारमा निस्वार्थ रूपमा अघि बढ्ने को होला ?
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [४०]
    ज्यान मरेर गए पनि नाम राख्न अमर
    सत्यको साथ दिनलाई गर्नुपर्छ गमर ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [४१]
    फलेको हाँगो झुक्नुपर्ने ज्ञानीहरू लुक्नुपर्ने
    सामु ठोक्छन् सलाम पछि किन सधैँ थुक्नुपर्ने ।

    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ

    [४२]
    मरेर जाने हो एक दिन बैराग्य लाग्छ घरी घरी
    तर पनि मान्दैन यो मन सपना बुन्छ थरी थरी।
    ✍️ पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके।

    [४३]
    कुनै भराेसा छैन हाम्राे छाेटाे जिवनकाे
    के काे लागि खुन पसिना पिउछ्न् जनकाे ?
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    बेकार हुन्छ गर्छु मात्र भन्ने आस
    थाहा नहुने हो परिन्छ काल ग्रास ।
    ✍️ कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    [४५]
    भर पर्दछौँ भरोसा गर्दछौँ, भ्रष्टाचारीलाई जानी जानी
    चुनावमा भोट हाल्दछौँ, चोर नेतालाई सन्त साधु ठानी।

    ✍️ विके माकजू , भक्तपुर ।

    [४६]
    हार्नुहुन्न हिम्मत कहिल्यै सम्झिएर भोलि
    अमर रहन्छ देशभक्त लागे पनि गोली ।
    ✍️ गंगा खड्का

    बूढानीलकण्ठ ,काठमाडौँ

    [४७]
    छैन भरोसा नश्वर शरिरको आज हो कि भोलि
    गर्नु हुँदैन कुकर्म कहिल्यै आफ्नो इज्जत मोली l

    ✍️ बाबुराम गौतम, गुल्मी

    [४८]
    दैवको लाठी सम्झेर हरेस खानु चै हुन्न
    सत्कर्म गर्नेहरूलाई गोलीले छिट्टै छुन्न।

    ✍️ अरुण कुमार भुजेल

    [४९]
    जन्म, जीवन र मृत्यु यही त हो जिन्दगी
    मरिलानु के छ र साँच्नु ? अरूलाई ठगी ।
    ✍️ ध्रुव श्रेष्ठ

    हाल काठमाण्डौ ।

    [५०]
    जिन्दगीको छैन भरोसा भोलि हो कि पर्सी
    छोटो जीवन बाँच्नुपर्ने किन तर्सी तर्सी ?
    ✍️ चूडा निर्भीक

    हालःकाठमाण्डौ ।

    [५१]
    सन्सारमा कति आए कति गए थाेरै रहे अमर
    सत्कार्यकाे मात्र गरिन्छ आरती डाेलाएर चमर ।
    ✍️ प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    [५२]
    आज हाे कि भाेलि थाहा छैन मरिजाने जीवन हाम्राे
    लाेभ गरी अकुत धन कमाउनु हुन्न खासै राम्रो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [५३]
    नडुबौँ धेरै लाेभमा, सत्य तथ्य स्विकार
    जस्तै पगरी दिलाओस् र जीवन होस् पार ।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगा बजार।

    [५४]
    आमाबाबुलाई वृद्ध आश्रममा हाल्छौ
    घरमा शून्य हुँदा भोटे कुकुर पाल्छौ ?
    ✍️ रमेश दियाली

    सिटोंग दार्जिलिङ

    [५५]
    कति खेल्छौ सधैँ यहाँ गरी काटमारको होली
    देशको मुहार फेरिएला कि भन्दै गयो भोलि ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [५६]
    भोलि गर्ने आज गरौँ आज गर्ने अहिले
    सत्कर्म गर्न नभुलौँ उठ्छ चोला कहिले ?
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [५७]
    कसैको जीवनको केही भरोसा छैन
    मरिजाने चोला अजम्बरी कोही हैन ।

    ✍️ कला ढकाल

    [५८]
    गोजी छाम्दा परेछ ह्वाङ
    नहुनेलाई धेरै स्वाङ ।
    ✍️ राजनारायण राई

    सोनादह दार्जीलिङ

    [५९]
    राँगो, सुँगुर, बङ्गुरका नरम चाना
    विकासका कुरा छोडी त्यही खान्छौ खाना ।

    ✍️ घनश्याम पन्त

    [६०]
    काक्रासरि किन भयाे देशकाे पिस ?
    विकास हाे कि विनाश भन्दा त रिस ।
    ✍️ जीवि दाङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३१ सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

  • ३ बैशाख २०८१, सोमबार ०९:४५ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३०


    समस्याका डङ्गुर छन् आएको छ नयाँ वर्ष
    पेटमा मुसा दौड्नेगर्छन् दु:ख मानौँ कि हर्ष ?

    वसन्त अनुभव

    [१]
    केवल पात्रो फेरिँदैमा अवस्था फेरिँदैन
    नजर उही दृश्य उही फरक हेरिँदैन ।
    ✍️ वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    सकूँ लक्ष्य चुम्न गरेर मेहनत अनि सङ्घर्ष
    सम्भावना बोकेर आओस् यसपालीको नववर्ष ।
    ✍️ नवशिला

    नवदेव मार्ग , लालभित्ती,मोरङ।

    [३]
    समस्याका डङ्गुरहरू पन्छाउँदै जाओस्
    नववर्षले सम्पूर्णमा सुखशान्ति छाओस् ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [४]
    शुभकामना के दिँउ तिमीलाई यो नयाँ वर्षको
    जनता हुन् यीनै नेता हुन् तिनै खै के छ र हर्षको ?
    ✍️ ध्रुव श्रेष्ठ

    खोटाङ हाल काठमाडौँ ।

    [५]
    जताततै आयो भन्छन् सबैले उमङ्ग बोकी नयाँ वर्ष
    परदेशी जीवनमा खै देखिन मैले त कहिल्यै हर्ष ।
    अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [६]
    नयाँ वर्ष त भन्नु मात्र खास फरक हुन्न
    वर्षाएका शुभकामनाले सबैलाई छुन्न ।
    ✍️ त्रिलाेचन भण्डारी

    मेचीनगर,झापा

    [७]
    दु:खलाई मृत्युको मुखमा पारी हर्ष डाक्नुछ
    मुसा हटाई ऊर्जा बढाएर जीवन हाँक्नुछ ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर

    हाल- एनेलकुटी, सिरहा ।

    [८]
    हुने कहिले होइन होला किले छोडेन
    साल जति फेरे पनि भाग्य कतै मोडेन |

    ✍️ सरिता सेढाई धादिङ

    [९]
    बिरालो हो क्या मान्छे पेटमा कुदेको छ मुसा ?
    वसन्तको झरी सुरु भो पलायो तामा टुसा ।

    ✍️ मोती सुब्बा

    [१०]
    विकासका पुर्वाधार जाओस् बढ्दै
    सद्बुद्धि तिर नै ध्यान आओस् गढ्दै।

    ✍️ कला ढकाल झापा

    [११]
    बाहिर भन्छु म पनि नयाँ वर्ष
    भित्रभित्र लाग्दैन कत्ति नि हर्ष।
    ✍️ सतीश पण्डित

    भाजु६ चुँदी तनहु

    [१२]
    खै रमाई के गर्नु, एकदिन आउने नयाँ वर्ष
    मनमा सधैँ उही पुरानै पिर, छैन कुनै हर्ष।

    ✍️ शंकर कार्की ,मकवानपुर।

    [१३]
    यहाँ सधैँ हुने यो हत्या र हिंसालाई रोकी
    तब हुन्थ्यो मन खुसी लाग्थ्यो नयाँ वर्ष हो कि !
    ✍️ प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [१४]
    पात्रो फेरिएसँगै मानिसको पनि फेरियोस् विचार
    सबै सत्कर्ममा लागी हटोस् देशमा हुने भ्रस्टाचार ।
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    [१५]
    नयाँ वर्ष आयाे गयाे खै के भयाे ?
    निमुखालाई यातना दिँदै गयाे ।

    ✍️ जी.वि.कश्यप घाेराही ,दाङ

    [१६]
    दैनिकी उहीँ छ बेचैनता उहीँ छ आए पनि नयाँ वर्ष
    लथालिङ्ग भताभुङ्ग छ देशको स्थिति छैन मनमा हर्ष।

    ✍️ दीपा तिम्सिना-ईलाम

    [१७]
    सधैँ जस्तै हर्ष मानी आएको छ नयाँ साल
    हिजो जस्तै भोलि पनि हुने देख्छु हाम्रो ताल ।
    ✍️ चूडा निर्भीक

    काठमाडौँ

    [१८]
    दिन उही, रात उही, मात्र यो साल फेरियो
    खुशीयाली मनाउदा, साहुँको ऋण बेरियो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाई ४ झापा

    [१९]
    विकासको यी मूल फुटाउन नयाँ सालमा लागेका
    अब धन कमाउने नेताहरू हामीदेखि भागेका ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    [२०]
    समस्याको पोको लिएर आयो है नयाँ वर्ष
    भित्र मुसो दौडाई बाहिर देखावटी हर्ष !

    ✍️ कमला देवकोटा, पाल्पा

    [२१]
    नकारात्मकबाट सकारात्मक तर्फ सबै मोडिउन्
    नयाँ वर्षदेखि नराम्रा कार्यहरू नि अब छोडिउन् ।

    ✍️ प्रेम थापा “मन”बागलुङ

    [२२]
    जीवनको सङ्कल्प हराएको जस्तो लाग्छ मात्र बोल्न पाउँदा हर्षले
    भोक भोकै खुसी निभाएर के गर्नु शुभकामना र यो नयाँ वर्षले ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [२३]
    हटोस् समस्याको बादल लागुन् सुख समृद्धिको घाम
    नववर्ष मंगलमय रहोस् बनुन् सम्पुर्णको काम।
    ✍️ बिके मुखिया

    दार्जिलिङ,भारत।

    [२४]
    नैराश्य नभइकन मनाउनु नयाँ वर्ष
    एकदिन अवश्य छाउँछ रे सर्वत्र हर्ष।
    ✍️ अरुण कुमार भुजेल

    गोरूबथान,कालिम्पोङ,भारत।

    [२५]
    खाउन् मस्तले पेट भरुन् ठगले यस वर्ष,
    हामी ठगेर खाँदैनौँ गर्छौँ कठिन सङ्घर्ष।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी ।

    [२६]
    फाल्न सक्छ बढारेर समस्याको जाक
    नयाँ वर्ष तय गर्ला खान दुई छाक !
    ✍️ विवश पारदर्शी

    झापा

    [२७]
    गते फेरियो बार फेरियो, फेरियो महिना र साल
    लथालिङ्ग देशको भताभुङ्ग चाला फेरिएन हाल ।
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [२८]
    एकअर्काको हात समाएर गर्नुछ उत्कर्ष
    यस्तै यस्तै शिक्षा लिएर आए हुन्थ्यो नववर्ष !
    ✍️ बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    [२९]
    बाहिर सुनाैलाे बाेक्राे
    भित्रभित्रै सबै खाेक्राे।
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगाबजार।

    [३०]
    देशको हालत बिजोग छ, नववर्ष आए पनि
    सुनिदैन विचार नेताको, मान्छे आफ्नै जगे अनि।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [३१]
    गते बार फेरिए, फेरिए महिना र साल
    लथालिङ्ग र भताभुङ्ग भयो देशको ताल ।
    ✍️ दुर्गा भट्टराई

    मोरङ

    [३२]
    समस्या आउछन् जान्छन् नयाँ वर्ष जस्तो
    अवस्था हुन्छ उस्तै समय सोचे सस्तो ।

    ✍️ सुस्मिता अधिकारी , काठमाडौँ

    [३३]
    समस्या जहीँका तही छन् आयो नयाँ वर्ष
    उही छ दिन अनि रात उमङ्ग न हर्ष ।
    ✍️ शोभा आचार्य गौतम

    काठमाडौँ

    [३४]
    नयाँ नयाँ उमङ्ग बोकी आयो नयाँ साल
    किनी ल्याओस् अब छिट्टै देश भक्तिको पाल ।
    ✍️ दीपा समभाव

    दुबेकोल खोटाङ्ग

    [३५]
    सामाजिक संजाल भरि देख्छु आयो भन्छन् सबैले नयाँ वर्ष
    भित्तामा सज्जिने पात्राे फेरिन्छ तर गरिबलाई छैन हर्ष।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [३६]
    आयो नयाँ वर्ष खै के लिएर आयो
    बस्ती घच्घचायो निदबाट जगायो ।

    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८

    [३७]
    हातमा शक्ति हुनेहरूले बेस्सरी दुरुपयोग गर्छन्
    युवा बरा ! पेटको आगो निभाउन सात समुद्र तर्छन् ।

    ✍️ बाबुराम गौतम, गुल्मी

    [३८]
    भित्तेपात्रो फेरिँदै जान्छ हरेक वर्ष नै नयाँ सालमा
    हर्ष के हो थाहा छैन बिताउनु पर्छ जिन्दगी पालमा ।

    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।

    [३९]
    शुभेच्छा यही पस्किएँ आज
    यथार्थ उन्नत बनाेस् समाज ।
    ✍️ रामकृष्ण दुवाडी

    पाेखरा

    [४०]
    नववर्षले पेट भरिन्न देखिन्छ नाङ्गाभोका ।
    कोही भेटिदैनन् संसारका मन्दिरमा नरोका ।
    ✍️ चुडामणी देबकोटा

    चनपा १३ काठमाडौँ

    [४१]
    पुरा होउन् मनले सोचेका ती हरेक चाहना
    सबैलाई नयाँ वर्षको हार्दिक शुभकामना ।

    ✍️ कृष्ण धामी – बझाङ

    [४२]
    पात्रो फेरिएझैँ फेरिउँन् दुखीले गरेको सङ्घर्ष
    नयाँ आयाम लिएर आओस् यो एकासी नववर्ष।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [४३]
    नयाँ वर्षले साँच्चै नयाँ परिवर्तन लिएर आओस्
    अलकति दया र मानवताकाे सत्ता देशले पाओस् ।
    ✍️ ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [४४]
    उदायो नवीन वर्ष
    मनमा देखियो हर्ष !

    ✍️ आर्त अकुलीन

    [४५]
    लिई आऊ सुख समृद्धि र दिगो हर्ष
    सबैको बनोस् उल्लासमय नयाँ वर्ष ।

    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ

    [४६]
    समस्या यस्तै हो, आउँछ जिन्दगीमा झेल्दै र खेल्दै जाओैँला,
    यी खाने मुखलाई जुँगाले छेक्दैन, जुरेकाे जे छ खाओैँला ।

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    [४७]
    वर्ष फेरिए जस्तै भ्रष्टहरूको अवस्था चैँ फेरियोस्

    नयाँ वर्षले देशमा जनताको सहकाल घेरियोस् ।

    ✍️ बेदु न्यौपाने 🇳🇵

    [४८]
    सबैकाे मनमा खुुसी अनि हर्ष
    दु:ख भुलाएर आयाे नयाँ वर्ष।
    ✍️ सहयात्री शाेभा अर्याल

    रुपन्देही

    [४९]
    देश र तिम्रो समस्या बारे मलाई के थाहा ?
    नववर्षसॅंगै झन् भित्राएँ लाग्ने गरी आहा ।

    ✍️ म्यामराज राई, भोजपुर

    [५०]
    आयो नयाँ वर्ष दु:ख मेटियोस्
    भोकोपेट भर्ने बाटो भेटियोस् ।
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    [५१]
    बिहानीको किरणसँगै फेरि आयो नयाँ वर्ष
    समस्याको ओइरो देख्छु बिस्मात मान्नु कि हर्ष ?
    ✍️ तोया नाथ चापागाईं

    दमक,झापा

    [५२]
    आउँदोरहेछ धनीलाई हरेक दिन नयाँ वर्ष
    रित्तो खल्ती भएकालाई खै केको उमङ्ग केको हर्ष ।
    ✍️ राजेशराज गड्तौला

    काँडाघारी, काठमाण्डौ

    [५३]
    खाली पेट भर्नलाई अब गरौं है सुरु
    समस्याको समाधानमा आफै बन्नु गुरु ।

    ✍️ धनुष न्यौपाने

    [५४]
    नयाँ वर्षले सबैमा सुख शान्ति छाओस्
    सिर्जना गर्न अति धेरै जाँगर आओस्
    भगवती दवाडी ,झापा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३० सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

  • २५ चैत्र २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

    काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२९
    आँखा छोप्नु कान थुन्नु नि सकिन्न भने बरु
    किन जल्छौ म जे गरुँ देखीनसहनेहरू ?
    वसन्त अनुभव

    [१]
    जल्नेहरू जलिरहून् खरानी नै बनून्
    आफ्नो बाटो नछोड जसले जे जे भनून् ।
    ✍️ वसन्त अनुभव
    घोराहीउपमहानगरपालिका १४, दाङ
    [२]
    पत्रपत्र जलेर खरानी भएको बेला
    आगोमा घिउ थप्न भएछौ आएर भेला ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३]
    नेताको बोलीमा फेरि तिमी भुलियो
    हन चियामा त कति चिनी गुलियो ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [४]
    हेर्दिनँ भने पनि देखिन्छ आँखा अघि भएपछि
    यस्ताे हर्कत गर्नुभन्दा त ! मर ढुक्क गएपछि ।
    ✍️ बाबू विराज
    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु
    [५]
    हावा निकै चल्यो
    सत्ता हेर ढल्यो ।
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [६]
    आँखा छोप्छु मुखै थुन्छु भुलिदिन्छु भनी
    झल्को मेट्न सकिएनँ घाँटी रेटे पनि ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [७]
    मानव बेचिने देशमा मानवताको छैन कदर
    कानुन हुँदाहुँदै पनि हुने सजाय किन बदर ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [८]
    छन् यहाँ धेरै अरूको उन्नति अनि प्रगतिमा जल्नेहरू
    केही गर्न सक्दैनन् आखिर अह्राएको बुद्धिमा चल्नेहरू ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [९]
    यहाँ सोच्दैछन् कसरी सकिन्छ छल्न
    अरूको प्रगति भयो कि थाल्छन् जल्न ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [१०]
    कसैले सक्तैन छेक्न जल्ने मानव जातिलाई
    आफ्नो कर्तव्य नभुली बढौँ सही बाटो समाई ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [११]
    जल्नेहरू हिँड्छन् सधैँ मुन्टो बटारेर
    के नै खालो सार्लान् र खै खुट्टा लतारेर !
    ✍️ विवश पारदर्शी
    झापा
    [१२]
    जलेर सकिनु सकियो सबै भित्र भित्र
    हेर्नु सिवाय हेर्दै बस जलेको त्यो चित्र
    ✍️ बेदु न्यौपाने
    [१३]
    धेरै धेरै सम्झना हजुर, आँखा छोप्नु किन नि? मात्र सम्झेको
    बहिरो बन्न सकिनँ, केही भन्न सकिनँ, व्यर्थ किन बम्केको ?
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा ।
    [१४]
    लाग्छ उन्नतिको शिखरमा पाइला टेकी मरुँ
    प्रशस्त छन् आँखा लोभी र मन पापी गर्नेहरू।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [१५]
    खानु जति खायौ अब अति भयो बल्ल पो तिम्रो पालो हेर आएछ
    आफूले गरेको बेइमानीले बल्ल लाग्दैछ मुटु कलेजो खाएछ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [१६]
    नजलाऊ धेरै जल्नै बाँकी के छ र अब
    मिसिएपछि खरानी माटो नै भयो जब ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१७]
    मान्छेहरूको स्वभाव नै जल्ने हो जल्न दिनु
    बरु घिऊ तेल थपिदिनु गुनासो नलिनु ।
    ✍️ भुजेल अरुण शान्ति
    गोरुबथान,कालिम्पोङ,भारत।
    [१८]
    अरूको प्रगतिमा जल्ने
    रिसको आगो आफैँ गल्ने ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [१९]
    भित्ताको पनि कान हुन्छ सुन्नुपर्ने सस्तो
    हत्केलाले घाम नै छेक्ने भन तिमी कस्तो ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [२०]
    गरिखानेकाे आरिस गर्छौ, तिमी आफैँ गर्दैनाै केही, त्यसै मर्छाै
    पापैपापले भरेको घडा बाेकेर, भवसागर कसरी तर्छाै ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२१]
    नेता न हुँ यो देशको तिमीहरूले नै चुनेको मलाई किन रिस गर्छौ
    अवसर मैले पाएको छु मैले भकारी नभरे के तिमीहरुले भर्छौ ?
    ✍️ पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    [२२]
    गाँउ खायौ, सहर खायौ, खायौ सिङ्गो देश
    जनतालाई झुक्याएर फेर्‍यौ आफ्नो भेष ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [२३]
    अरूको खुट्टा तान्नेहरू
    धेरै छन् यहाँ जान्नेहरू ।
    ✍️ बि कुलुङ
    रंगबुल दार्जिलिङ
    [२४]
    आफूले गर्न सक्दैनन् अरूलाई भन्छन् सजिलो गरी
    छक्कै पर्छु आजभोलि कस्तो हो रुवाउँछन् धरधरी।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा
    [२५]
    परिश्रमी त देखासिकी सधैँ आफैँ गरिखान्छन्
    आरिसे गरिखान नसकी रिसले मरिजान्छन् ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [२६]
    जतिसुकै अग्लाे टाकुराेमा बसेर काैलासे पनि लाज उद्रिन्छ
    विधि विधान मिचेर गरेका कामले खै कसरी बानी सुध्रिन्छ ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२७]
    आँखा जलिरहेछ, पोलिरहेछ यो मन
    अरूको प्रगति देख्दा असह्य हुन्छ झन ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [२८]
    के के गर्न मन छ तिम्रो आफ्नो खुसी गर
    काम कुरो बिगारेर मेरो भर नपर ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।
    [२९]
    मैले आँखा छोपे पनि सत्य कहाँ लुक्ला ?
    गल्ती स्विकारी जनसामु अब को झुक्ला ?
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [३०]
    उद्यमीको ढुङ्गामा मेवा फल्छ
    आरिस गर्ने सलाइझैँ जल्छ ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    [३१]
    प्रगतिमा जल्नेलाई जलिरहनदेऊ
    जता हुन्छ आफ्नो भलो त्यतै शरण लेऊ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [३२]
    आँखा खोलेर हेर्नु कान कोट्याएर सुन्नु के देख्छौ सुन्छौ अरू
    दुश्मन पनि कुनै दिन काम लाग्छ रे दोष नथोपर्नु बरु ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [३३]
    वायुमण्डलमा प्रदुषण सार्है भयो चर्को
    लाग्न थाल्यो मानवदेखि प्रकृतिलाई झर्को ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३४]
    तिमी जस्ता भ्रष्टहरूको त को छ र साथी
    जस्ले गर्छ असल कर्म ऊ नै हुन्छ माथि ।
    ✍️ दस्ता कौशिक
    [३५]
    जसले जति गरून् प्रगति उन्नति, किन आँखा तराैँ
    हामी पनि गराैँ सकेजति प्रगति त्यसै किन मराैँ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार।
    [३६]
    झिँगाको सरापले डिँगो मर्दैन जे गर्छौ गर
    सुर नछोडी गर्छु काम जली मर्नेहरू मर ।
    ✍️ सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    [३७]
    आलोचना गरेर सदनमा बिताए
    एकले अर्काको कुभलो मात्र चिताए।
    ✍️ कला ढकाल, झापा
    [३८]
    आरिसेहरू जलिरहन्छ अरू के काम
    वास्ता गर्न छोडिदिए, कमाउनु छ दाम ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    म जे गरौँ जसो गरौँ न तिमीलाई केको खसखस
    अर्काको प्रगति देखेर जल्नेहरू आँखा चिम्ली बस ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    जल्न खोज्छन् आफ्नाहरू, सफलताको शिखर चढ्दा
    गन्तव्य भुल्नुहुन्न परिश्रमी बनी अगाडि बढ्दा ।
    ✍️ शंकर कार्की,मकवानपुर ।
    [४१]
    कोसिस गरेको हो हजुर मूर्खलाई पाठ सिकाउन
    कतै अन्धो कतै बहिरो हुनुपर्छ सम्बन्ध टिकाउन।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४२]
    मनमा सधैँ हामीले खुसी नै खुसी त छर्नु
    मरेर गए पनि इतिहासमा नाम भर्नु।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [४३]
    अरूको रिस गरे उल्टै आफूलाई नै खन्छ
    आफ्नै कर्ममा विश्वास गर्ने ठूलो मान्छे बन्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ, काठमाडौँ
    [४४]
    कस्ले देख्छ र यहाँ भित्र भित्रै मन बल्छ
    आगोमा हिड्नेकै यहाँ पाइलाहरू जल्छ ।
    ✍️ दीपा समभाव
    खोटाङ्ग
    [४५]
    जल्नेहरू जलेर नै मरुन् छोड्दैनौँ आफ्नो ताल
    लोभको प्यास जागिरह्यो भए पनि मालामाल l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [४६]
    दुईजिब्रेको चालै त्यस्तै कुरा लगाइरहने
    भएको थिचोमिचोमा हामी अब किन सहने ?
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [४७]
    सङ्कीर्णताको राग अलाप्दै नसोध के भो भनी
    झन् अघि अघि बढ्दै जानु विध्न बाधा आए पनि ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा
    [४८]
    जल्नेलाई जल्न दिने सहवास मैले माने
    किचकिचेको सङ्गत छोडी अन्त कतै जाने ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [४९]
    गाउँ र बस्ती मिलेर सारा सबैले सपार
    माटोको माया बुझेमा आज हुनेछ अपार !
    ✍️ आर्त अकुलीन
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२९ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२८ सम्पन्न

  • १९ चैत्र २०८०, सोमबार २२:०४ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२८
    डाडुपन्यु उनकै हातमा उनी परे भान्छे
    भोकै छु भन्न हुने नहुने आफू सानो मान्छे ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-


    [१]
    धेरैबेर बसेँ र्‍याल काढ्दै टुलुटुलु हेरी
    अघाएपछि देलाँ भनेको खानथाल्यो फेरि ।
    -वसन्त अनुभव

    घोराहीउपमहानगरपालिका १४, दाङ

    [२]
    उँचाे अझै माथि चढ्याे सबै उसकाे हातमा
    थिचिएर मर्न लाग्याे निचाे अनेक बातमा ।
    -ताराप्रसाद चापागाईँ

    धुनिबेसी

    [३]
    खान एक्लै पल्केकाले अरूलाई दिन्थ्यो किन ?
    यस्तै मोजमस्ती टिक्छ होला भन हरदिन ।
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन।

    [४]
    डाडुपन्यु आफ्नै हातमा चढेँ आफैँ माथि
    हेर्‍या हेर्‍यै नै सबै भए अरू धेरै साथी।

    -बेदु न्यौपाने 🇳🇵

    [५]
    आफ्नै हातमा भएपछि ढुकुटीको साँचो
    अरूले जेसुकै खाऊन् मलाई केको खाँचो ।
    -डम्बर थामी ‘अनुपम ‘

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    [६]
    डाडुपन्यु हातमा भए पनि भोकभोकै भान्छे
    आफूलाईभन्दा अरूलाई सोच्ने संस्कारी मान्छे।

    -प्रेम सुनार दैलेख

    [७]
    हातमा डाडुपन्यु भएर भाेकै भान्छे
    धेरै दयालु हुन्छन् अरूकाे साेच्ने मान्छे ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।

    हाल भारतबाट ।।

    [८]
    गरे जस्तै गर्छन् नेताहरू चोखो व्यवहार,
    त्यसैको आडमा गर्छन् उनी खुब भ्रष्टाचार।
    -सुरेशकुमार पाण्डे

    दाङ घोराही १८

    [९]
    उमेर हेरेर दिँदा हुनेथियो भान्छेले
    तब त चिन्थ्यो राम्रो भनेर अरू मान्छेले।
    -अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    [१०]
    डाडुपन्युको सहारामा आफूआफैँ नै बाँचेका
    भोक लाग्यो भन्न नसकेर रोएका न हाँसेका।
    -अम्बिका अधिकारी

    झापा बिर्तामोड

    [११]
    भान्सामा डाडुपन्यु आफ्नै हातमा पार्छु
    मीठा मीठा खानेकुरा तर पनि मार्छु ।
    -रचना मोक्तान “यात्री”

    नमोबुद्ध न. पा.-५, काभ्रे ।

    [१२]
    डाडुपन्यु साथमा राखेरै पुगेको छु यहाँसम्म
    मैले कुर्सी पाउनैहुन्न, किन पर्छन् अरू अचम्म ।
    -राजेशराज गड्तौला

    कॅाडाघारी, काठमाण्डौ

    [१३]
    आज तिमी बनेका छौ भान्से भोकै नरहून् कुनै
    मानिस हौँ हामी तिमी जस्तो खाँदैनौँ धातु सुनै।

    -भगवती दवाडी

    [१४]
    जहाँ पनि जसरी पनि बन्न खोजेर भान्छे
    देवता बन्ने होडमा राक्षस बन्दैछ मान्छे !
    -दीपा समभाव

    खोटाङ्ग

    [१५]
    उही जगन्नाथ डाडुपन्यु पर्छ जसको हात
    भोको छु म भन्नै हुन्न रे पेटमा मारिन्छ लात !
    -विवश पारदर्शी

    झापा,

    [१६]
    डाडुपन्यु जसको हातमा उसले मात्रै पेट भर्ने
    खान दिन्छ भनी पर्खेर बस्ने जति भाेकै बस्नु पर्ने।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [१७]
    सबथाेक तिमीसँगै छ जिवनका हरपलमा
    पाल या फाल अधरकाे चिन्तन छैन याे थलमा।
    -हिरालाल न्याैपाने

    सल्यान, बानपा ८

    [१८]
    यस्तै हो यहाँ जे पनि आफू आफू गर्ने
    सोचिरहेका हुन्छन् कसरी पेट भर्ने ।
    -प्रतिज्ञा प्रतिज्ञा

    मेहेलकुना सुर्खेत

    [१९]
    बेमौसमी देशको ढिकुटी पस्कन थाल्छौ जब
    तिम्रै घ्याम्पे भराऊ, दु:खीलाई नहेर भो अब ।

    -प्रेम थापा “मन”बागलुङ

    [२०]
    दोबाटोमा एक्लाएक्लै हुन किन आउनु
    तिम्ले बाटो मोडेपछि बेकार के धाउनु।

    -घनश्याम पन्त, हरिवन सर्लाही

    [२१]
    सरकारले गल्ती गर्यो, गर्छन् मन्त्रीकै कुरा
    नगरिकन चक्काजाम, हुँदैन इच्छा पूरा ।

    -अजय कुमार झा, महोत्तरी, जलेश्वर

    [२२]
    सानाे मान्छे हाे भन्दैमा के खाना खानै नपाउने
    मासु जति तिमी खाने हड्डीमात्रै म चपाउने।
    -भवानी पाेखरेल (बाबू विराज)

    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु

    [२३]
    मह काढ्ने हात चाट्ने नियमै छ बारे
    दोष मात्रै नफलाक्नु सके चाट प्यारे !

    -कमला देवकोटा, पाल्पा

    [२४]
    आफ्नै मान्छे गतिला छन् सबैतिर मेरा
    उनी बस्ने महलमा छैन मेरो डेरा।
    -होम प्रसाद नेउपाने

    धरान,सुनसरी।

    [२५]
    रोइलो गरेर के गर्नु अधिकार उनैले लिए
    अभाव भोकमरी सधैँ उपहार सम्झेर दिए !
    -नील हरि काफ्ले

    सिन्धुली (हाल काठमाडौँ)

    [२६]
    ठुलालाई चैन छ यहाँ सास्ती छ गरिब दु:खीलाई
    सामन्तहरू फुर्ती लाउँछन् समानताको गीत गाई ।
    -बाबुराम पाण्डे

    अर्घाखाँची ।

    [२७]
    यहाँ जहिले पनि हुन्छ गरिबलाई सास्ती
    हुनेखाने ठुलाबडालाई हुन्न नाइँनास्ती ।

    -अनिता भण्डारी ताप्लेजुङ

    [२८]
    पैसा र पद सबैथोक देख्दा भयो यो गति
    नेताको हर्कतले नि सुध्रिने भएन मति ।

    -पद्मा काश्यप पाण्डे, मोरङ

    [२९]
    भरोसाको खेतीमा भ्रमको आगो जलाई
    सास्ती बाहेक के दियौ र खै सत्ता चलाई ।
    -संगीता खरेल

    चन्द्रागिरी ८ काठमाडौं

    [३०]
    सिकेका छन् मान्छेले पनि बकुल्लोको ध्यान
    खोला झोलामा हाल्दाको कायदा पायो ज्ञान ।
    -कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    [३१]
    रुम मिलाएँ मैले ऊ त अन्तै गयो
    आफ्नोमान्छे आजभोलि अर्कैको भयो ।

    -नागेन्द्रप्रसाद यादव

    [३२]
    सानोतिनो नगन्ने उहाँ, चाहन्थ्यो ठूलै भाँडो।
    पाउँदा खेरि दुरुस्तै, देखियो उभिँदा ठाडो।
    -कबिताहरी

    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३३]
    उनकै राजमा बसेर उनलाई दोषी किन ठान्छौ
    अर्काको भागसाग लुटी खानेलाई किन सानो मान्छौ ।
    -नन्दलाल आचार्य
    बेलका-२, उदयपुर

    हाल- एनेलकुटी, सिरहा

    [३४]
    देख्छन् मात्र खाएर डाडुपन्यु चलाएको
    देख्दैनन् ऊ भोकै बसेर खाना खुवाएको ।
    -भुपेन्द्र राना मगर

    धादिङ

    [३५]
    डाडुपन्यु उसको हातमा दिन्छ भन्दै हामी धर्ने
    हेरेको हेर्‍यै भइगयो, कहिले रित्तो भाँडो भर्ने।
    -शोभा आचार्य गौतम

    काठमाडौँ

    [३६]
    नेपालमा बस्यो रीत, भान्छे मात्र अघाउने
    मौन बस्छन् सिधासादा, छैन कोही सघाउने।

    -रामशरण न्यौपाने, भक्तपुर

    [३७]
    जो पुग्यो माथि उसकै हातमा रहने हाे सबै साँचो
    बाँचून् या त मरून् अब सबै अरू कसलाई के खाँचो ?
    -सुशीला शिखा

    काठमाडौँ कागेश्वरी

    [३८]
    भान्छे उनैलाई बनाइदियौ भोकोपेट बाच्यौ
    दुःखकष्ट आफ्ना भागमा झुटा आशामात्र साच्यौ।

    -सुस्मिता अधिकारी ,काठमाडौँ

    [३९]
    डाडुपन्यु छोप्नेलाई चढ्नाले धनको मात
    आशामुखी जनताको भयो पुर्पुरोमा हात l

    -बाबुराम गौतम, गुल्मी

    [४०]
    जुन जोगी आए पनि कानै चिरेका
    जनताको नजरमा सबै गिरेका ।
    -ध्रुव श्रेष्ठ

    खोटाङ, हाल काठमाडौँ ।

    [४१]
    मिठो चोखो उसले खान्छ पन्यु जसको हातमा
    रहलपहल बाँडिदिन्छ बल्ल सयौँ बातमा ।

    -सरिता सेढाई धादिङ

    [४२]
    सानाको नै श्रम चुसेर ठूला मान्छे बन्छन् ,
    दुनियाँले नि बेढङ्गले उनैलाई गन्छन् ।
    -गंगा खड्का

    बूढानीलकण्ठ ,काठमाडौँ

    [४३]
    गरिब जनताकाे रगत पसिना बग्याे खाडीमा
    भ्रष्टाचारीकाे रजाइँ हेर सत्ताकाे बसे राडीमा ।
    -प्रद्युम्न चालिसे

    भक्तपुर कटुञ्जे ।

    [४४]
    भोकै नबस मुख फोड मागेर खाऊ कान्छा
    दिन्नन् भने डाडुपन्यू खोस आफैँ पस भान्छा।
    -पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके।

    [४५]
    निरन्तर बलेको दीप मलिन हुँदाको क्षण
    उज्ज्वलता दिने छ सोच, दुर्बलता कणकण ।

    -होमनाथ गिरी

    [४६]
    पैसा भए सबै म ठूलो मान्छे हुँ त बन्छन्
    दुनियाँका अगाडि धेरै पैसा आफैँ गन्छन् !

    -श्रीकृष्ण धामी – बझाङ

    [४७]
    तिमी यहाँ कहिले सबैको साझा हुने
    मनको कुरा बोली हरेकलाई छुने।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    [४८]
    आफ्नै आफ्नाले पो भरे नेता हेर न देश चहारी
    रनबन किन्छन् पैसाले न्याय निर्धो जन पछारी ।
    -ईन्दु श्रेष्ठ

    चितवन

    [४९]
    घुम्ने कुर्सीमा बसेर नेताले मज्जाले खाए
    सोझा निमुखा जनताले आखिर दुःख पाए।

    -कला ढकाल झापा

    [५०]
    खानको लागि के हुन्छ मनु आँगन धाएर
    मानिस सबै चौतर्फी हेर रमेका खाएर !

    – आर्त अकुलीन

    [५१]
    भाँडो नै खोस्ने हो उनको हातको जसरी भए पनि
    चाबी जसको गोजीमा छ हात पार्ने हो हनुमान् बनी ।

    -म्यामराज राई, भोजपुर

    [५२]
    हात आफ्नै परेको छ अहिले सकेजति भर्नू
    पर्दैन पछि तिम्रा सात पुस्तालाई दुख गर्नू ।

    -शंकर कार्की, मकवानपुर

    [५३]
    माैका छाेपी पुर्‍याउँछन् हात जगनाथ
    आफूमाथि पुगेपछि छाेडिजान्छन् साथ।
    -हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगा बजार ।

    [५४]
    हक अधिकार पाउनलाई हात हात फैलाउने गर
    सानो हुँदा पछि पार्छन् जहिल्यै नपर कसैको पनि भर ।
    -धनुष न्यौपाने

    जुम्ला

    [५५]
    घुमीफिरी उसैलाई छ भान्छे बन्ने पालो
    बाँड्ने बेला देखिजाने त्यसैको मुख कालो।

    -पुष्पा राई, खोटाङ ।

    [५६]
    बिरालो जस्तो भान्से के काम ? चुलोमा बसेर भाँडो रित्तो पार्ने
    नेता त्यस्तै परे देशमा आफू लुट्ने जनता भोकभोकै मार्ने ।
    -चुडामणी देबकोटा

    चनपा१३काठमाण्डौ

    [५७]
    कुर्सी हानाहानमै यिनको जिवन गयो
    विकासको नाममा काम चाहिँ शून्य भयो ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२८ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२७ सम्पन्न

  • ११ चैत्र २०८०, आईतवार १४:५६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२७ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२७ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२७
    यता या त उता, जता मिल्छ मोल
    खेलाडी हुँ हान्छु, उतैतिर गोल !
    ✍️वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    [१]
    जति सक्छौ सुटुक्क ठूलो हड्डी फाल
    त्यसपछि पो ! देख्नेछौ मेरो कमाल ।
    ✍️ वसन्त अनुभव
    घोराहीउपमहानगरपालिका १४, दाङ
    [२]
    दुनियाँ नै स्वार्थी छ दुनाे साेझ्याउन ताक्ने
    चहार्दैमा मालामाल छ कहिल्यै नथाक्ने ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    काम गर्दै जाँदा साथी मिल्नुपर्छ मोल
    म पनि त खेलाडी हुँ हान्दै लान्छु गोल ।
    ✍️ बेदु न्यौपाने
    [४]
    अर्काको आस त गरेर कतिन्जेल बस्छौ
    हार्ने खेलको खेलाडी बन्न कम्मर कस्छौ
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [५]
    मेरो काम हड्डी फाल्ने उसको कामै तान्ने
    जसले फाल्छ झनै ठूलो उतैतिर मान्ने ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    बेला यही हो फेरि फेरि आउन्न यस्तो मौका
    जसले जे भने पनि छोड्नुहुन्न हान्न चौका ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [७]
    फूलबारीमा सजाऔँ सबै फुलाई रहर
    देशको माया अमर हुन्छ गाउँ र सहर !
    ✍️ आर्त अकुलीन
    [८]
    त्यतिमात्र लिन्छु म त, जति सक्छु बोक्न,
    नसिकाऊ त्यसपछि कुलेलम ठोक्न ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [९]
    खेलाडीले जहिले पनि ताक्ने हो नि पोल,
    गोलभित्रको रहस्य त हुन्छ अनमोल ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१०]
    यताउता जहाँ गए पनि गर्छु मैले शासन,
    मैले सदैव गरिरहन्छु समृद्धिको भाषण ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [११]
    अस्थिरताको गोल हान्ने भयो हाम्रो काम
    जनतालाई भुलाए पाइन्छ बल्ल माम ।
    ✍️ प्रेम थापा “मन” बागलुङ
    [१२]
    राजनीतिको खेल हो, सत्ताका लागि मिल्नै पर्छ
    म जस्तै नेता भए मात्रै लुटेरै शासन गर्छ ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [१३]
    आकाशकाे तारा मिर्मिरेमा झरेर बिहानीपखमा नै झुल्किन्छ घाम
    आमाले भन्छिन् देशको लागि मरेर सुनौलो अक्षरमा लेखाउ नाम ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलानी राधे राधे भक्तपुर ।
    [१४]
    फुटबल जस्तो पो भयो, पालैपालो गोल
    बिक्न थाले मान्छे, जता आउँछ बडी मोल।
    ✍️ शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [१५]
    म त खेलाडी मात्र हैन व्यवस्थापक हजुर
    टिक्न टिकाउनु पर्छ माेलताेल हुन्छ जरूर ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१६]
    तिम्राे देशमा खेलहरू हुँदाेरहेछ प्राय: राती
    खेल्दै जाँदा ख्याल गर्नु फेरि गाेल हाेला आत्मघाती ।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ कपिलवस्तु
    [१७]
    जसले पायो उसले खायो
    नपाउने टेबुल ठटायो ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    [१८]
    ओल्लो पोस पल्लो पोस मिलाएरै मोल तोल,
    जसोतसो आफ्नै तर्फ मैले छिराकै छु गोल !
    ✍️ विवश पारदर्शी
    झापा
    [१९]
    अचम्मको हुँदोरहेछ यो राजनीतिको खेल
    जसले सक्छ उसले गर्छ षड्यन्त्र, जालझेल ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [२०]
    जनताहरूलाई आँखामा छाराे हालाैँ
    जहाँ घुस पाइन्छ त्यही कदम चालाैँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    [२१]
    असली गोलको मोल अचेल जिरो
    जालझेलको पारखी दाइ नै हिरो ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा
    [२२]
    सकेसम्म त सोझ्याउँछु मैले आफ्नै दुनो
    चाहे पुग्नु परे परोस् कठघराको कुनो !
    ✍️ कमला देवकोटा, पाल्पा
    [२३]
    मलाई पीडा भएको हो तिम्रो यही बानीले
    पहिले यस्तो थिएनौ बिग्रीयौ भट्टी पानीले।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [२४]
    देश सकियो नेताहरूको मतिले
    यो जनता धनी भयो आफ्नो गतिले ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    [२५]
    मेरो तेरो भन्दाभन्दै मरिन्छ
    प्रभु नाम भुले कहाँ तरिन्छ ?
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२६]
    खेल हो कि जाल या झेल
    हुन् सबै बेमेलको खेल !
    ✍️ दीपा समभाव
    खोटाङ्ग।
    [२७]
    जतिसक्दो चाँडो हड्डी मैतिर फाल
    थाहा पाउछौ तिमी मेरो बाघचाल ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [२८]
    आऊ कुरा गरौँ रुम म मिलाउँछु
    फाट्यो भने मन बिस्तारै सिलाउँछु ।
    ✍️ नागेन्द्रप्रसाद यादव , दाङ
    [२९]
    पालिरहेका नेपालीले बिनाआम्दानीकाे कालो हात्ती
    रजाइँ छ, गरेर मस्ति मामाकाे धनमा मात्ती मात्ती ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३०]
    तानातान भयो त्यो आमाको हड्डी
    जता नि पुग्ने पाए पैसाको गड्डी ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [३१]
    भन्नेले भन्दै गर्दैछन् म गर्ने मोलतोल
    खेलाडी हुँ घुमाएर हान्दछु सधैँ गोल ।
    ✍️ भगवती दवाडी ,दमक,झापा
    [३२]
    नेता हुन या खेलाडी खेल्नु नगरी झेल
    कानुन बराबर गल्ती गर्नेलाई जेल ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३३]
    जता पनि ठिक्क पार्ने मोलमोलाइको भर
    आफ्नो स्वार्थ पूरा भएमा अरूको छैन कर ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [३४]
    सलाम तिमीलाई देशको इज्जत राख्न खेले खेल
    पैसा र मस्तीतिर सोचे हजुर पक्कै परिन्छ जेल ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    [३५]
    खेलाडी हुँ भन्दैमा अरूलाई कमजोर नठानौँ
    गोली पोष्टमा हान्नलाई विपक्षीको खुट्टा नतानौँ ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [३६]
    महाशयको हात लाग्यो कि डाडु पन्यु
    चक्रव्युहमा फस्ला नि फेरि अभिमन्यु ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३७]
    रहदैन कृति पिपलपाते चालले
    बन्दैन सागर क्षणिक बर्खे भेलले ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    [३८]
    टाठोबाठो नेताहरूलाई सधैँको सलाम
    तर मर्दाखेरि भेट्छौ कि त जीउँदो मलाम ।
    ✍️ परिक्रमा श्रेष्ठ, धरान
    [३९]
    भ्रष्टाचारीहरूलाई भ्रष्टाचारमा मुछिदा लाग्न सक्छ राम्रो
    भन्छन् रे ! देश रितिय रितियोस्, मन्त्रीहरूको पहुँच छ हाम्रो ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४०]
    मिसनको खेलो छोडेर आएको छु गोल हान्न
    कसले सक्छौ भन मेरो तिकडमबाजी जान्न?
    ✍️ बाबुराम गौतम, गुल्मी
    [४१]
    भ्रष्टाचारीलाई जेल कोची देश बनाऊँ
    युवाको सीप र क्षमता देशमै खनाऊँ ।
    ✍️ तेजप्रसाद खनाल दाङ।
    [४२]
    खेलाडीको धर्म हो आफ्नोतिर नै खेल्नु
    मोल मिलाउनेलाई कुनातिर ठेल्नु ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [४३]
    स्वार्थीको खेलो फड्को नै निमुखा निर्धा होच्याउने
    काइते दिमाग सोच्ने दुनो कसरी कोच्याउने ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [४४]
    पेल्नसम्म पेल्यो मलाई निकाल्दियो तेल
    देखायो है उसले आज खेलाडीको खेल।
    ✍️ नवशिला
    नवदेव मार्ग लालभित्ती,मोरङ ।
    [४५]
    खेलकाे माेल नबुझेका ती के के किन हेर्छन् ?
    देशकाे शान खेल हाे कि ? खेलाडीलाई फेर्छन् ।
    ✍️ जी.वि.कश्यप आज नेपालगञ्ज
    [४६]
    सदनमा बसी देखाए नेताले खेल
    कामभन्दा बढी लुटपाट जालझेल ।
    ✍️ कला ढकाल झापा
    [४७]
    कोही कसैले मेरो कारण शिर झुकाउन नपरोस् यो अनमोल
    खेलाडीले भकुण्डो खेल्दा अरूलाई हराउन हानुन् सान्दार गोल ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [४८]
    जति उमेर ढल्के पनि गर्छु मैले शासन
    जनताको मतले हाे मैले पाएकाे आसन।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [४९]
    गोलकिपर पनि म नै, म नै हुँ हान्ने
    जो सुकै आए पनि जित्छु, म नै छु जान्ने ।
    ✍️ रचना शर्मा प्रतीक्षा , इमाडोल ।
    [५०]
    नेता न हौँ देस बनाउँछौ भन्ने हाम्रो नारा
    कसले बुझेको छैन यहाँ मुख्य हाम्रो पारा !
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [५१]
    नगर गोलको मोल अनि तोल
    चोक्टा खान जाँदा भाग पर्ला झोल ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंज,बॅाके।
    [५२]
    मौका खोजी लोभी आँखा चारैतिर डुलाउने गर्छौ
    यस्तो बानिले कुन दिन खै तिमी माकुरोझैँ मर्छौ ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [५३]
    न त देश न त खेलाडीको माया गर्ने
    सधैँभरि विदेशीको शरणमा पर्ने ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [५४]
    नेता पनि खेलाडीले जस्तै खेल्छन् यहाँ खेल
    को चाहिँ चोखो होला यहाँ नगर्ने जालझेल ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [५५]
    खासमा असली खेलाडी यसरी चिन्छ
    मौका हेर्छ आफ्नै दललाई गोल दिन्छ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    [५६]
    जता जता जान्छौ तिमी, तरुणी र पैसामा पल्केर
    नजाओस् है जिन्दगी व्यर्थ मुद्धा मामिलामा सल्केर ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा
    [५७]
    ऊ पनि मेरो म पनि उसको हामी बिच के हुन्छ मोल
    कहिले मेरो कहिले उसको मिलाएर हानौँला गोल ।
    ✍️ पुष्पा राई, खाेटाङ ।
    [५८]
    भमराझैँ डुल्ने रहेछ तिम्रो बानी
    बानीलाई नत्यागे होला फेरि हानी |
    ✍️ सरिता सेढाई धादिङ
    [५९]
    चारैतिर नै लाग्ने गर्छ जिन्दगीको मोल
    हिमाल, पहाड, तराईको जेसुकै टोल ।
    ✍️ अजय कुमार झा
    जलेश्वर, महोत्तरी
    [६०]
    जसले जान्यो लिन हुन्छ उन्नति छिटो
    जति पनि आइलाग्छ रुपैयाँको बिटो ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२७ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२५ सम्पन्न

  • २७ फाल्गुन २०८०, आईतवार १२:२९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्का माथि टुक्का- १२५
    होटेल जाऊ क्यासिनो जाऊ खेल्ने गर जुवा
    मोज गर्ने नै यही हो बेला बुझन ए सुवा !
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-

    [१]
    शिव जस्तै पोइ चाहियो, व्रत बस्दै मागेँ
    व्रत तोड्न दारु खोज्दै होटेलतिर लागेँ ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    विश्वासीलो पोइ भनेर सधैँ गर्छन् पुजा
    होटलमा केटी लगेछन् माया धुजाधुजा
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    अञ्जान कृत मनको डायरीबाट ✍️
    [३]
    शिक्षा छैन अब दार्जिलिङमा ज्ञान बाड्न छाड्यो,
    जता हेर्यो हिंसा हत्या राजनीतिले जरा गाड्यो।
    ✍️ बिकास छेत्री अञ्जान
    बिजनबारी, दार्जिलिङ
    [४]
    विकृति र विसङ्गतिले संसार खाइसक्याे
    अरू खबर म चैँ ठिक छु भन्दै अर्काे बक्याे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [५]
    क्यासिनो अनी बारका ढोका गाह्रो होला खोल्न
    भित्ताका नि कान हुन्छन् पर्छ बिचारेर बोल्न ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [६]
    गएर होटेल गयो पैसा खेलेर लास
    आउँछ कि आउँछ कि भनी मानेर आस ।
    ✍️ प्रेम सुनार दैलेख
    [७]
    बैँस रहुन्जेल गरियो मोजमस्ती, अहिले पछुतो लाग्ने
    समय फर्केर आउँदैन आउँदाखेरि अनिन्द्रामा जाग्ने।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [८]
    आफू व्रत बसेर मलाई देखाउॅंछिन् भए जति रिस
    शिव जस्तै भाङ खाने भएको भए हुन्थ्यो नि सधैँ मिस ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]
    विसङ्गतिले गर्दा मैले दिनै होटलतिर जुवा खेल्न लागेँ
    भाङ धतुरो सेवन गर्दै शिव प्रसाद केटी लिएर भागेँ ।
    ✍️ बेदु न्यौपाने ✍️🇳🇵
    [१०]
    अन्धो भएर गर्दै गर मोजमस्ती, कमाउने यो बेला
    जब सकिन्छ अनि थाहा पाउछौ हुँदा अरूबाट हेला ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [११]
    अर्काकाे धनमा पाए मान्छेले गर्ने हाे मस्ती
    हाेटल भित्र छिरेर रमाउँदै थिए अस्ति।
    ✍️ कल्पना भण्डारी
    सिन्धुपाल्चोक ,हाल काठमाडौँ
    [१२]
    होटल जान्छौ रक्सी खान्छौ खेल्छौ जुवा तास
    गराउने नै भयौ क्या हो सडकको बास ।
    ✍️ सरिता सेढाई धादिङ
    [१३]
    विकृतिले बिगार्ने भयो, भविष्यको जोहो गर्ने बेला
    अहिले बाटो बिराएर परिवारले गर्ला नि ! हेला ।
    ✍️ शंकर कार्की, मकवानपुर।
    [१४]
    बनाऊँ भविष्य चार दिनको जिन्दगी गरौँ काम राम्रो
    तिमी विदेश म डिस्को आत्मनिर्भर हुन्छ बालख हाम्रो ।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [१५]
    जुवा खेल जिन्दगी नै राखेर दाउमा
    कही पनि बिक्ने छैनौ कौडीको भाउमा ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१६]
    क्यासिनाेमा छिरी जुवा तास खेली गरेउ मस्ती
    ऋणै ऋणको बाेझ खेप्न नसकी सरेउ बस्ती ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५राधे राधे भक्तपुर ।
    [१७]
    होटेल, बार, क्यासिनोमा जाने आदत खुब बस्यो
    लतका कारण भावी जीवन अन्धकारमा फस्यो ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१८]
    सबले मस्ती गर्नुपर्छ यही हो साथी बेला,
    दोहोरी साँझ जाने जति चोकमा हुनु भेला।
    ✍️ नवशिला,
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    [१९]
    विकृती र विसङ्गतिमा उर्लदो छ जनभावना
    भिरमा जाने गोरुलाई के दिनु र शुभकामना।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    टुक्का
    [२०]
    जुवा नि खेल्यौ, तास नि खेल्यौ, समाज भडायौ
    विकृति ल्याई , यसरी सधैँ जनता लडायौ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२१]
    जुवा खेल्न छोड युवा कमाउने हो बेला
    जिन्दगी त लामो छ नगर साथी झमेला।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [२२]
    सत्तामा जाउ, भत्ता खाउ काम चैँ केही नगर
    गाडीमा घुम भाषण देउ मरिलानु के छ र ?
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [२३]
    होटल गई बोतल हल्लाऊ, यौवन मस्त बनाई
    ऋणी बनेर कतारमा जाऊ जीवन ध्वस्त गराई ।
    ✍️ अजय कुमार झा
    महोत्तरी, नेपाल
    [२४]
    कोही युवा मस्त देशमा कोही खाडीमा पसिना झार्छन् तर्तरी
    मस्त युवाका मस्त परिवार खाडी जानेको आँसु गहभरी ।
    ध्रुव श्रेष्ठ
    खोटाङ, हाल काठमाडौँ ।
    [२५]
    सृष्टिको भाव सुन्दर हुन्छ बुझेर परानी
    आखिर सबै जीवन बन्छ जलेर खरानी !
    ✍️ आर्त अकुलीन
    [२६]
    विकृति विसङ्गति पलायाे देशमा
    बर माग्ने गर्दछन् पहेलाे भेषमा ।
    ✍️ शलिकराम दाहाल
    चा न पा ३ झाैखेल भक्तपुर
    [२७]
    अमूल्य जीवन खेर गयो इन्द्रियकै भरमा अल्झी
    मन र मुटु अझै चस्किँदैछ माया पल्टैपल्ट बल्झी ।
    ✍️ दीपा गुरुङ – समभाव
    [२८]
    भनाई असह्य भयो मन सारै रुने
    जुवामा हारेँ सबैलाई भन्न नहुने ।
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [२९]
    बाहिर क्यासिनो र बृजसम्म खसम
    दुलही रुन्छे छैन नुन टम्म कसम !
    ✍️ कमला देवकोटा, पाल्पा
    [३०]
    छेपारा देखाउँदै मान्छेले बदल्ने गर्छ रङ्ग,
    सद्दे ठानेर पछि लागेका सब परेछन् दङ्ग !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३१]
    दौडाएर कौडा हान्यौ बासै रित्तो भयो
    नाङ्गै भयौ च्याँखे थाप्दा सबै धन गयो ।
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    [३२]
    चलेको छ रङ्गरेली होटलमा र क्यासिनोमा आज
    जुवा तास सौदाबाजी धन्दा नाना निर्धक्क विना लाज !
    ✍️विवश पारदर्शी
    झापा
    [३३]
    उमेर हुँदा चैँ गर न मोजमस्ती धन मासी
    बुढेसकालमा सुस्केरा हाल्दै हुन्छ रुवाबासी ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    [३४]
    सत्मार्गमा हिँडेमा जीवन हुन्छ ढुक्क
    अन्यथा जीवनभर गर्लान् बाबै थुक्क ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    [३५]
    नखेल ए साथीहरू यहाँ जुवा तास
    यसले गर्छ नि ! हजुर धनको नाश ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३६]
    उर्वर जिन्दगी उमेर हुँदा खाएर बसेर नासेकाे
    बुढेसकाल लागेपछि दुःखमा नसुहाउने हाँसेकाे ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३७]
    घरै भाँडेर पनि राेडीमा सुवा गाउने
    अनि खै कसरी घरकीले शान्ति पाउने ?
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा धजार ।
    [३८]
    मोज गर जीवनभर नहुन्जेल रल्ल
    असली स्वाद जिन्दगीको आउनेछ बल्ल ।
    ✍️ धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [३९]
    दिनहुँ खान्छाैँ रक्सी खेल्छाैँ जुवा अनि तास
    हुने भयाे अब जिन्दगी आश्रमकाे बास ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [४०]
    खेलेऊ तिमीले हजारौँ किसिमका जुवा तास
    मुहार देखाउनै लाज भो छिमेकी आसपास ।
    ✍️ मुक्ति काफ्ले
    कोक्राझार असम, भारत
    [४१]
    मोजमस्ती गर्छौ काम छोडी मिली साई सुवा
    बुढेसकालको यो मस्तीले लिकाल्नेछ धॅुवा ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके।
    [४२]
    भट्टी जान्छौ रक्सी खान्छौ हिँड्छौ हल्ला गरी
    ज्यान जान सक्छ हेर अफ्ट्यारोमा परी ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    [४३]
    जुवा खेल्नु राम्रो हैन पाण्डवको भयो वनबास
    सत्चरित्रवान् कर्मनिष्ठ भए गर्छन् सबैले आस ।
    ✍️ शुक्रराज कुँवर
    धरान १०
    [४४]
    बेलैमा मोज गर तिमी देशका युवा
    वृद्ध भएपछि खेल्न सकिन्न नि जुवा ।
    ✍️ भगवती दवाडी, झापा
    [४५]
    मोजमस्तीमा सधैँभरि किन हराउनु ?
    गलत कदममा प्रभुसँग डराउनु ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४६]
    क्यासिनो जाने, जुवातास खेल्ने भयो अति
    बेलैमा होस् पुगाऊ नत्र होला तिम्रो क्षति ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [४७]
    दिन उमेरमा बहाना गरी मोज गरौँ
    वृद्ध उमेर ईश्वरीय चरणमा परौँ ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    [४८]
    लाग्यौ होटल क्यासिनोतिर भने बेचिन्छ गैह्रीखलो
    थाम्नुपर्छ युवा जुटेर अब लौ यो देशको नै बलो।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [४९]
    जति उच्च स्तरमा जान्छन् यहाँ पार्टी क्यासिनोमा गर्ने
    जनताको पीडा कसले देख्ने, आफ्नो खल्ती मात्र भर्ने।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [५०]
    उमेर यही हाे छाेड्नुहुन्न याे रमाउने बेला
    हुनुपर्छ साथीहरू हाेटल क्यासिनाेमा भेला ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा सिरानचाेक
    [५१]
    रक्सी पिउनु जुवा खेल्नु त आजकलको फेशन
    मान्छे हेर्दा सुटेड बुटेड, घरमा छैन बेसन ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [५२]
    बिचार गरी खेल्ने गर पिरतिको खेल
    मन बिग्रियो भने फेरि जानुपर्ला जेल ।
    ✍️ हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [५३]
    बिग्रिन्छ घरबार जुवाले हुन्छ हेर सर्वनाश
    नशाको पोखरीमा जाकिए बन्छ है जिउँदो लाश ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [५४]
    पढ्ने र कमाउने बेलामा खेलेर जुवा तास
    जिम्मेवारी काँधमा बढेपछि लाग्ला उठिबास ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [५५]
    कति सुन्नु मैले च्याङच्याङ च्याङच्याङ दिक्कलाग्दो
    निराशाले म‌ आफैँलाई देख्छु होटलतिर भाग्दो ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [५६]
    बुझ्नुपर्छ समयको महत्व
    हुनुपर्छ आपसी अपनत्व ।
    ✍️ भेष कुमारी लामिछाने
    देवदह ०५, खैरेनी रुपन्देही
    [५७]
    रमाउने अनि कमाउने यही हो बेला
    सकिएपछि त्यो जवानी सबैबाट हेला ।
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    [५८]
    हुन् अब तिमीले मनमा डुलेर
    के फाइदा छ सबै वाचा भुलेर ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [५९]
    रमाइलो गरौँ जिन्दगी हो दुई चार दिन
    आऊ न बस मायालु छेउमा लौ एकैछिन ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [६०]
    जुवा, तास, मोजमस्ती छिनभरका हुन् खेल
    रङ्गीचङ्गी सकिएपछि बन्छ जीवन जेल ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२५ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

  • २० फाल्गुन २०८०, आईतवार २०:२५ मा प्रकाशित
  • ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

    काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२४ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का-
    जोगाउनै कठिन छ यहाँ आफूलाई सत्ता
    पीडितहरू भन्छन् न्याय चाहियो अलबत्ता !
    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-

    [१]
    कुरै बुझ्दैनन् मूर्खहरू त्यत्तिकै जिद्दी गर्छन्
    त्यही भएर विनाकारण पल्टैपल्ट मर्छन् ।
    -वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    सत्ता जाेगाउन सधैँ गठबन्धन गर्छाै हामी
    देश रहाेस् नरहाेस् हामी बन्नुपर्छ सधैँ नामी ।
    -ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    जबसम्म गठबन्धन रहिरहन्छ देशमा, सत्ता उनीहरूकै चल्छ
    प्रतिपक्षमा बसेर सानोतिनो झिनामसिनाहरूको मन भने जल्छ ।
    -कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४]
    देश रहन्न रहने छैनाैँ काेही जनताहरू हामी
    बढ्दो अत्याचारले गर्दा एकदिन आउँछ सुनामी ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    [५]
    ए ! सरकार बचाउ यहाँ छोरीहरू सारा
    अत्यन्त कडा बनाई फेर कानुनको धारा ।
    -डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६]
    कोपिलामै निमोठिए यहाँ कतिपय मुनाहरू
    बेलामा नै फक्रन नपाई कति मर्ने हुन् पो अरू ?
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [७]
    युवाको सपना छैन यो देशभित्र
    परिवर्तन गर्नेको चाला विचित्र ।
    -पुष्पा राई, खाेटाङ।
    [८]
    यस्तै हो यहाँ हेर धेरै चलखेल गरेपछि
    भुलक्कडले पनि बल्ल आहा! भन्छन् मरेपछि ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [९]
    अपवित्र गठबन्धनमा सत्ता चल्छ यहाँ
    जनतालाई न्याय राहत मिल्छ अनि कहाँ ?
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१०]
    तागत चाहिन्छ युद्ध गर्न, खुबी चाहिन्छ झुठो बोल्न,
    चरम प्रगति गर्नैहुँदैन थालिहाल्छ मन पोल्न ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [११]
    सत्ता कुर्सी पदकै लागी गरेको हो राजनीति,
    के मतलव र मलाई तिम्रा संस्कृति र थीति।
    -नवशिला,
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [१२]
    सत्ता सुविधाको लागी युद्धमा धेरै जनता मान्छे रेटियो
    देश जनताका रक्षक हैन कुलङ्घार शासन भेटियो ।
    -चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [१३]
    के पाउँथ्यो र पीडितले न्याय एक्लै हुँदा खडा
    अप्ठ्यारोमा साथ दिन छोडेर पाखा लाग्छन् बडा ।
    -गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [१४]
    हत्याराहरूको मात्र चलखेल बढ्दै गयो
    गाउँघरमा त गरिखान नसकिने भयो !
    -कला ढकाल झापा
    [१५]
    धरती सौम्य गरेर कर्म गर्नुछ कमाइ,
    कर्मको बाटो नछोडी हिँड खुसीले रमाई !
    -आर्त अकुलीन
    [१६]
    पाइन्छ कहाँ जनताले न्याय,भ्रष्टाचारीले हाकेको देशमा
    काले गोरे फेरिदै आए,सिङ्गो देश सक्न जादुमय भेषमा।
    -शंकर कार्की मकवानपुर,
    [१७]
    पुस्तौँपुस्तालाई पुग्ने गरेर सम्पत्ति कमाउँला
    विदेशीकाे शरण परेर पनि सत्ता जाेगाउँला।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [१८]
    कति सुन्नु हो जनताको करकर ?
    आफूलाई छ सत्ता जाला भन्ने डर !
    -विवश पारदर्शी
    झापा
    [१९]
    गठबन्धनको सरकार हाम्रो सत्ता जाेगाइहाल्छाैँ
    कुराेकानी मिलेन भने आफ्नै सरकार पनि ढाल्छाैँ ।
    -भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [२०]
    जनताको न्यायभन्दा मलाई प्यारो सत्ता
    टिकाउनलाई अचेलभरि बॅाड्छु भत्ता ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    कस्तो न्याय नभएको देशमा जन्म दिएछौ नि हो आमा भन्दै
    रुँदैछन् पीडित हत्या हिंसामा कहिलेसम्म हिँड्छौ पैसा गन्दै ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    खाँदाखाँदा दलभुँडे भइएछ
    सत्ताको आडमा धेरै दलिएछ ।
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [२३]
    देश र जनताको ख्याल छैन खाली उही सत्ता
    कुम्लाएको पैसा, अनि दम्भले बनाएछ मत्ता ।
    -प्रेम थापा “मन”बागलुङ
    [२४]
    लिप्त छन् कोही केवल स्वादमा सत्ताको
    जनताको छैन चिन्ता छ आफ्नै भत्ताको ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    [२५]
    अति गर्याैं हामीले सत्तामा पुगेर जनतालाई
    गठबन्धन नगरे खैराँते हुन्छौँ दलका भाइ ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२६]
    जोगाउँदै गर तिमीले सत्ता
    कलिला छोरी भैसके लापत्ता
    -सरिता सेढाई धादिङ
    [२७]
    भ्रष्टाचार नियन्त्रण गर्ने छैन कानुन
    भरौटे शासकले मात्र यी सबै जानुन
    -शशी आचार्य
    [२८]
    जतिसुकै घाेचे पनि लास त किन रुन्न?
    चितामाथि जलाउँदा नि दुख्छ भन्ने हुन्न ।
    -जी.वि.कश्यप
    घाेराही उपमहानगर -१४ दाङ ।
    [२९]
    युवा जति विदेशी भए घरमा बुढापाका
    सुशासन त यस्तै भयो नेता खोइ के भाका ?
    -उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३०]
    जहिल्यै यो देशमा जनता रोगाउछ नेता मोटाउँछ
    हरिकङ्गाल पारेर देशलाई सरकार जोगाउँछ ।
    -बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३१]
    सुकेको रूखमा न्यायको के आस
    लुकेको ऋणमा गरिबको बास ।
    -टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [३२]
    जहाँ जेसुकै हाेस् देश र जनता
    कसैगरी सत्ता जाेगाउँछन् नेता ।
    -हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा ।
    [३३]
    लाख कोशिस गर अब जोगिँदैन सत्ता
    चुपचाप बसे हुन्छ खाएर वृद्ध भत्ता ।
    -पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [३४]
    कस्तो युग हेर यहाँ आयो
    छोरीमाथि मात्र काल छायो ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३५]
    जति जना आउँछौ सडकमा पीडित भयौँ भन्न,
    खबरदार तयार हुनुहोस् देश विरोधी बन्न ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान
    [३६]
    हुँदा खानेको आउनुपर्छ अब राज्यसत्ता,
    दिँदैनन् न्याय हुनेखानेले सब छन् मैमत्ता ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३७]
    बाडेर खान नजान्ने एक्लै एक्लै खाने
    आफू नै हो सर्वहारा माथि माथि जाने।
    -दुर्गा आचार्य
    मोरङ
    [३८]
    धेरै छन् हात बाँधी फटाहालाई गाली गर्नेहरू
    देशलाई सरापेर बस्छन् अल्छ्याइँले मर्नेहरू ।
    -निरज कोइराला
    इटहरी -१६
    [३९]
    न्याय मरेको हाम्रो देशमा के गर्नु न्यायको आस
    पीडितले न्याय खोज्दा खोज्दै भयो सडकको बास ।
    -अनिता भणडारी
    ताप्लेजुङ
    [४०]
    संसदमा त चलेको छ नेताज्यूको सत्ता
    नेताज्यू मिलेर खाएको छ वृद्धाको भत्ता ।
    -श्रीकृष्ण धामी – बझाङ
    [४१]
    कुर्सी र सत्ता जोगाउन मात्र नेताको जान्छ ध्यान
    युवाको रगत पसिना अनि खाडीमा गयो प्राण ।
    -रुना कर्माचार्य दाहाल
    चितवन
    [४२]
    सत्तामा गएर कुर्सीमा बस्न पाए अरू केही चाहिँदैन,
    जनताको सहुलियत टन्न खानु अन्य कतै पाइँदैन ।
    -राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
    [४३]
    जसोतसो गरेर सत्ता जोगाउने काम,
    अनि आइहाल्छ नि भनेजति कालो दाम।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    [४४]
    भ्रष्टाचार लुकाइदिने सहमतिमा सत्ता यो जोगाउँछौँ
    जो खोज्छन् सत्य देखाउन उनलाई अझै कष्ट भोगाउँछौँ ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    [४५]
    न्याय खोज्दा सडकमा किन हुनु नि जन भेडा
    लुकाउन केस जति उपहार दिए कि पेडा ।
    -ईन्दु श्रेष्ठ
    चितवन
    [४६]
    दु:ख लाग्छ न्याय दिलाउनेले नै चलखेल गर्दा
    पीडितलाई नै राहत दिनुको साटो भुँडी भर्दा !
    -पवन कुमार बुढाथेाकी
    काठमाडौं
    [४७]
    सत्ता जोगाउँनै गाह्रो भयो विदेशी सङ्गठन भएर पनि
    हामी नेताहरू सत्तामा हुँदाहुँदै न्यायमा हुनखोज्छन् धनी ।
    -बेदु न्यौपाने
    [४८]
    देशको हालत हेर्दा आँखा आँसुले रसाउने
    अपराधी हुदाँसम्म न्याय यहाँ छैन पाउने
    -हिमा आर सी
    मेहेलकना सुर्खेत
    [४९]
    न्यायको निम्ति हो लोक, लडेका जहिले पनि
    लगायौ न्यायमै बार, महासामन्त नै बनी।
    -रामशरण न्यौपाने, भक्तपुर
    [५०]
    कोहीलाई सत्ता जाला पिर, नपाउँदा कोहीलाई
    जो जो जान्छ मोज गर्छ, जनता मर्छ न्याय नपाई ।
    -ध्रुव श्रेष्ठ
    हाल काठमाडौ ।
    [५१]
    यथावत हुन्छ नठान्नु है, जोगाएर सत्ता
    प्रजाले खोसेको दिन त बन्लाऊ सुख्खा पत्ता ।
    -मोती सुब्बा
    दार्जिलिङ,भारत।
    [५२]
    देशको विकास किन गर्ने बरु गर खेल सत्ताको
    देशको लागि मर्ने जनता नेपालमा विना पत्ताको ।
    -भगवती दवाडी ,झापा
    [५३]
    आफ्नो भएजति बल मति फालेर सत्ता
    जाेगाइरहेछु लगाैटी हुँदै म त मत्ता ।
    -रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    [५४]
    विनाश कार्यमा हिँड्छौ सधैँ तिमी अगाडि सरी
    यो व्यवहार बढ्दै जाँदा सुरक्षा हुन्छ के गरी ?
    -पद्मा काश्यप पाण्डे, मोरङ
    [५५]
    जोगाऊ सत्ता पाल आफ्नो नातागोताहरू
    समय फिर्दा त दुर्दशा होला तिम्रो बरु ।
    -सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    [५६]
    ठुला ठुला भाषणमा मात्रै सीमित भए काम
    भ्रष्टाचार गरेर कमाएका छन् करोडौंँ दाम ।
    -सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [५७]
    जोगाउन गार्‍हो भयो है चेलीबेटी
    मौका पाए पापीले मार्छ्न् गला रेटी ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५८]
    सत्ता जोगाई अब कर्तव्य भुल्ने गर
    सत्यको बाटो अँगाल्दै अलि अघि सर ।
    -धनुष न्यौपाने
    जुम्ला
    [५९]
    यहाँ आफूलाई सत्ता थाम्न सकस भएको बेला
    न्याय माग्दै भेडाहरूले देखाइरहेका छन् खेला l
    -बाबुराम गौतम, गुल्मी
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२४ सम्पन्न

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२३ सम्पन्न

  • १३ फाल्गुन २०८०, आईतवार १९:३७ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२३ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२३ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का

    चाहे भनून् असल मलाई, चाहे भनून् गन्दा
    घर भाड्ने काम छ मेरो, रकम लुट्ने धन्दा ।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूका टुक्काहरू

    [१]
    हुने नहुने कुरा गरी, आपसमा लडाएर
    भाइरल बन्नुछ हेर, लाइक भ्यू बढाएर ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    २०८०/११/१२
    [२]
    अहिंसा बढ्दैछ भनेर कसैलाई सुनाउन मनै छैन
    यो ठूलो भुँडी कहाँ घटाएर मान्छेको अगाडि गन्निदैन ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [३]
    भाङ पेलाइ, देशकाे विकासलाई
    याे देह नढलेसम्मा सत्ता समाइ ।
    ✍️ प्रद्युम्न चालिसे
    [४]
    धन भएपछि सबले गर्छन् हाइ हाइ
    दुःखमा परेमा काेही हुँदैनन् दाजुभाइ ।
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट ।
    [५]
    भर्नु नै छ ठूलो भुँडी भाइरल हुनु छैन
    घर भाँड्ने काम नगरे त हुँदैन नि चैन ।
    ✍️ बेदु न्यौपाने ✍️🇳🇵
    [६]
    नहुने काम गरेर नि भाइरल अवश्य हुन्छु
    भ्यूज धेरै आएपछि त झन सगरमाथा छुन्छु ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७]
    यस्तै काम नगरेमा खाएको नि पच्दैन
    मोजमस्ती गर्नैपर्यो सुको पनि बच्दैन ।
    ✍️ सरिता सेढाई धादिङ
    [८]
    बनाउछौँ देश सके अमेरिका नसके भारत,
    त्यस्तै विकास नगर्दासम्म मुटु पोल्छ भतभत ।
    ✍️ सुरेशकुमार पाण्डे।
    दाङ घोराही १८
    [९]
    गन्दाभन्दा अर्को उचित त ठान्दै ठानिनँ
    दिए अर्ती कति धेरै तर मान्दै मानिनँ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१०]
    आफू त रित्तै परियो अरूको लाई नै पो आँखा लाउने
    लाज सरम छोडे मैले पैसा हो जसरि नि कमाउने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वोरी
    [११]
    अरू काम जेसुकै होस् समाज नै भाँड्छु ,
    लाखौँलाख उठाउँछु अलिकति बाँड्छु ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१२]
    जेसुकै भनून् मान्छेले म त भाइरल बन्ने
    अनि पो जसरी पनि होला सर्वत्र नै गन्ने ।।
    ✍️ भगवती दवाडी ,झापा
    [१३]
    समय यस्तै छ, मलाई पनि सिकायो लुट्न
    जानेको छु परिवेश अनुसार गफ चुट्न ।
    ✍️ शंकर कार्की, मकवानपुर
    [१४]
    मह काँढेपछि अलिकति हात चाट्छु
    बढी कुरा गर्‍यो भने म नि कुरा काट्छु ।
    ✍️ रचना मोक्तान “यात्री “
    नमोबुद्ध न. पा. -५, काभ्रे ।
    [१५]
    चौरासी जुनी पछि पाएको जीवन हो हेर
    पछुतो होला आफैँलाई, खान छोड लुटेर ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [१६]
    सकेजति त कुरा लाउँछु , घर फुटाउन
    जसले जे भनुन् लाग्छु आफ्नै काम जुटाउन ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [१७]
    दश दुनियाँको चियोचर्चो गर्ने मेरो काम
    व्यवहारले छुरा रोप्छु मुखले भन्छु राम ।
    ✍️ नवशिला
    नवदेव मार्ग लालभित्ती,मोरङ।
    [१८]
    मान्छेको जुनीमा लुटपाट त गर्नै पर्यो
    बल्लतल्ल मौका पाउॅदा खल्ती टन्नै भर्यो ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [१९]
    जस्तोसुकै भए पनि सत्ताभित्र बस्छु
    कि त सर्प कि त मुसा बनी भित्र पस्छु ।
    ✍️ समुद्र
    [२०]
    परिवेश नै तेस्तै छ मनले मान्दैन ,
    नलुटिकन घर खर्च धान्दै धान्दैन ।
    ✍️ भेष कुमारी लानिछाने
    देवदह ०५, खैरेनी रुपन्देही
    [२१]
    देशको लागि लड्नेहरू सबै स्वार्थी भएछन्
    स्वार्थी मनको झिल्काहरू सडकमा गएछन् ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि छेन्टाङ धनकुटा
    [२२]
    लुट्न सजिलो छ यहाँ अरूभन्दा
    कसले गर्छ यसरी काम धन्दा ।
    ✍️ हिमा आर सी
    मेहेलकना सुर्खेत
    [२३]
    कथित व्यवहार लुकाउने छारो हानी कामको
    ईमान नै नभएपछि के अर्थ हुन्छ खै दामको ?
    ✍️ दीपा तिम्सना पौडेल-ईलाम
    [२४]
    खोज्ने गर्छन् सबैले अचेल धन पैसाको थैलो
    पैसाको अभाव हुँदा हुन्छ घरमा भाँडभैलो ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [२५]
    दुनियाँलाई देखाएर नाङ्गो नाच नाच्याे हेर हाम्रो अगि ,
    ठग्नु रहेछ समाज र देशलाई घिच्याे हामीलाई ठगी ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [२६]
    छलकपट गरी आर्जेको धनले
    गर्छौ के तिमीले नाङ्गै जाने तनले।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    [२७]
    जसले जेसुकै भनाेस् देश लुट्न त छाडिन्नँ
    देशभक्त जनताले भनेको मान्दै मानिन्नँ ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [२८]
    यो देशमा चोर गुन्डा पुग्ने रहेछ माथि
    असल मान्छे नबन है तिमी पनि साथी ।
    ✍️ विके माकजू , भक्तपुर ।
    [२९]
    उन्नतिका सारा सपनाहरू त्यहीँ दिन खस्यो
    जुन दिन यो देशको सत्तामा डाकाहरू बस्यो।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३०]
    गरिब भनुन् बरु मलाई, उठाउँदिन चन्दा
    जतिसुकै गर रोकिँदैन खराब कालो धन्दा।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [३१]
    देशभित्र चलेको छ लुटको नै खेल
    भाँङ पेल या धतुरो लेऊ मेरो तेल ।
    ✍️ रामशरण न्यौपाने, भक्तपुर
    [३२]
    प्रख्यात छ दुनियाँमा मन्थराको नाम
    गर्व लाग्छ धर्म ठान्छु घर भाड्ने काम !
    ✍️ विवश पारदर्शी
    झापा
    [३३]
    जीवन गति कहिले उकाली कहिले ओराली
    सुखमा रमाउने दु:खमा बस्नुपर्छ सम्हाली !
    ✍️ दीपा समभाव
    काठमाडौ ।
    [३४]
    अरू काम जेसुकै होस् समाज नै भाँड्छु
    लाखौँलाख उठाउँछु अलिकति बाँड्छु ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३५]
    साेझाे औँलाे बनाएर आउँदैन घिउ
    लुट्ने काम नगरे कसरी पाल्ने जीउ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा, सिरानचाेक
    [३६]
    देशमा अस्थिरता ल्याएर बीउ रोपेछौ ठुलो
    आफ्नैमा मात्र पुग्ने गरि मिलायौ पैसाको तुलो ।
    ✍️ प्रेम थापा “मन “बागलुङ
    [३७]
    जसले जति लुटे पनि छुट छ यो देशमा
    सबै सबै नै लागेकै छन् लुटिखाने रेसमा ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल काठमाडौँ
    [३८]
    यस देशको माटोमा नोट फलायो
    नेताहरूले अब देश नै गलायो ।
    ✍️ नीमा छिरिङ भोटिया
    [३९]
    कलिको सेरोफेरो सबै हुनुपर्छ मेरो
    अलिकति केही भएमा लगाउँछु घेरो।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [४०]
    कसलाई पो भनौ तेरो मेरो सबै उस्तै
    दिउन्जेल आहा नत्र त दुश्मन दुरुस्तै ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [४१]
    बुझेर राम्रो गरे, सुरम्य यहीँ संसार
    यो लोकमा काम बिग्रे, माथि हुनेछ हार ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ।
    [४२]
    यथार्थ भन्यौ तिमीले आज, त्यस्तै रहेछ तिम्रो बानी
    लुट्नसम्म लुटिछाड्यौ, बनाउँछु भन्दै दिलकी रानी।
    ✍️मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [४३]
    जसले जे गरे नि आखिर बाँच्नु रहेछ भन्दै
    नराम्रो काममा पनि हात हालेँ यो पैसा गन्दै।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४४]
    सत्कर्मको फल मनुष्य अमृत जस्तै हुन्छ
    तिम्रो दुष्कर्मले आज निर्दोष बालक रुन्छ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौरगाउँपालिका ०४
    बिगारे जुम्ला
    [४५]
    आफ्नो मात्र थैलो भर्ने अरू सबै भाँडमा जाए
    कस्तो उल्टो चलन आयो, तिनले नै सुख पाए ।
    ✍️ शशी आचार्य
    [४६]
    अर्कालाई नराम्रो पार्ने घर बिगार्ने छ मेरो काम
    यसरी नै चलेको छ कमाएका छन् दाम अनि नाम ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [४७]
    वाह ! लाग्या होला कति ठूलो काम गरेँ भनेर
    तब थाहा पाउँनेछौ फिर्ता गर्नुपर्दा गनेर ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [४८]
    मानव तनकाे दिव्य खेलाँ
    नगराैँ कहिल्यै पनि हेलाँ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक बनेपा १४ साँगा ।
    [४९]
    असल धन्दा चलाउन ताकत लाग्छ
    गन्दा धन्दा छिटो मिठो मनोवेग जाग्छ ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [५०]
    सामाजिक प्रतिष्ठा चाहिॅंदैन मलाई, पुग्छ कुर्सी भए,
    सात पुस्ता पुग्ने धन कमाउने हो, मेरो याम नगए ।
    ✍️ म्यामराज राई, भोजपुर
    [५१]
    नत घर भाँडिन्छ नत लुटिन्छ नै बरु दिइन्छ
    दिएर उनीहरूसँगै मज्जाले मदिरा पिइन्छ ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५२]
    कोइली र न्याउली बाँस्न लागे सधैँ बन
    चैत महिनामा हुन्छ उदासी मेरो मन ।
    ✍️ श्री कृष्ण धामी – बझाङ
    [५३]
    देशमा नेता जन्मायौँ
    छिमेकी देश हसायौँ ।
    ✍️ एकान्त प्रेमी
    कालेबुङ
    [५४]
    प्रेमलाई वस्तु देख्छु किनबेच हुन्छ हिजोआज
    नैतिकता पतन भयो मान्छन् गल्ती स्विकार्नु लाज ।
    ✍️ संगीता खरेल
    काठमाडौँं
    [५५]
    घर भाँडे पनि मन पराए उनैलाई जनले
    खाए बाँडे अनि छुटे फेरि पुगे पदमा धनले।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [५६]
    कलियुगमा जन्म्या दानव धर्म कर्म छोडी
    मनै फुटी धनै लुटी नाता रगतको तोडी ।
    ✍️ यामनाथ आचार्य
    पर्वत
    [५७]
    लुटी ल्याउने र भुटी खाने बानी छैन हाम्रो
    परिश्रमको कमाइले जीवन चल्छ राम्रो ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    [५८]
    चोरी चाकरी चल्दैन अब नयाँ प्रविधिको जमाना
    जतासुकै जडित क्यामेरा ,सुरक्षित गर्छ खजाना ।
    ✍️ शुक्रराज कुँवर
    धरान १०
    [५९]
    पैसाको मुख हेरी अरूलाई कसले हेर्ने,
    गति यति विकासको, निकासको बाटै फेर्ने ।
    ✍️ जमुना आचार्य
    [६०]
    रुपियाँमा मोह बस्यो नि अरू चाहिँदैन
    झुट मुट बोलिरन्छु किरिया खाईँदैन !
    ✍️ कमला देवकोटा, पाल्पा
    [६१]
    धेरै जना भएका छाैँ खेलीखाने भैलाे,
    देश टाट भए पनि भर्छाैँ हाम्रो थैलो ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [६२]
    सिमाना बेची नपुगेर देशै बेच्ने अरे
    आफूले खन्नु खाल्डो अनि आफैँ पुर्नु भरे।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [६३]
    भ्रष्टाचार गर्न सजिलो छ सबैभन्दा
    भित्रभित्रै गरेका छन् है यिनैले धन्दा ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [६४]
    भएजति खाइसके अब बाँकी छैन
    सबै चोर खन्चुवा कोही अछुतो भैन ।
    ✍️ शालिकराम दाहाल
    [६५]
    दिउँसै देखाउँछन् तारा
    पेट भर्ने संसार सारा !
    ✍️ आर्त अकुलीन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव1 Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२३ सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२२

  • ६ फाल्गुन २०८०, आईतवार १७:३५ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासमा राखिएको प्रतिनिधि टुक्का

    बुझेर नि ! नसक्नु छ कलियुगको खेल
    मिलेसम्म त मोजमस्ती कुरा बिग्रे जेल ।
    वसन्त अनुभव

    सहभागी टुक्काकारका टुक्काहरू-

    [१]
    कतिबेला के हुने हो ? छैन कुनै टुङ्गो
    फसाउने पो हुन् कि बनाउने हुन् बुङ्गो ।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    विकृति र विसङ्गति फैलिँदैछ अति
    स्वार्थमा नै लिप्त भए साथीहरू कति ?
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    गाह्रो होला कि तिर्खा खप्न टाढा पर्ला खोला
    थुक्ने ठाउँ नि चुन्नुपर्छ, सम्झी राख्नुहोला ।
    ✍️ उमा दाहाल
    शुन्दरहरैँचा – १० मोरङ
    [४]
    मौका परे ठूला माछा हातभरि पर्छन्
    कुरो नमिले भित्रको दुलामा सर्छन् ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।
    [५]
    कुरा नै नबुझी गन्जागोलमा पस्छन्
    सानो कुरा नमिलेपछि आफैँ फस्छन् ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [६]
    कुरा मिले सबथोक हुन्छ, नमिले लगाउँछन् आरोप यहाँ
    बाँच्नलाई गाह्रो भो सरकार, हामी युवालाई हरेक जहाँ ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [७]
    ठुला माछा देखाएर खेल्छन् धेरै खेल
    कुराकानी नमिलेमा आफैँ पर्छन् जेल ।
    ✍️ बेदु न्यौपाने 🇳🇵
    [८]
    मिलेसम्म ग्वाम्मै खान्छु कसैलाई दिन्नँ भाग
    हेर्दै जाऊ देशलाई कति सम्म पार्छु खाग ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]
    जम्मा गर्न खोज्छन् पैसाका ठुलठुला धोक्रा,
    बाहिर बोक्रा देखिए नि भित्रभित्रै खोक्रा ।
    ✍️ डम्बर थामी ‘अनुपम
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१०]
    मोजमस्ती चल्छ, प्रेमको सहमतिहरू चल्दाखेरि
    थोरै चित्त बुझेन भने बलत्कारको आरोप फेरि ।
    ✍️ शंकर कार्की
    [११]
    यहाँ पैसासँग जीवनकाल आकर्षित देखाउने
    खेलले फेल खाएपछि सम्पूर्ण कहानी लेखाउने ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१२]
    चिल्ला कुरा घस्दैँ लगाउँछन् मायामा करकाप
    आराेप लागिसकेपछि हुन्छ जीवन धराप ।
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट ” ।
    [१३]
    मन मिले तयार मान्न भगवान पनि
    नमिलेमा फसाइदिन्छन् यो दोषी छ भनी ।
    ✍️ सरिता सेढाइ धादिङ
    [१४]
    खेल खेल्न माहिर छन् , बुढा नेताहरू
    आफू साँढे हुन राख्छन् आसेपासे बरु ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [१५]
    सहमतिमा प्रेम प्रेमिका गर्छन् माेजमस्ती ठाउँ फेरि फेरि
    साेचे जस्तो नभए बलत्कारकाे आराेप लाउँछन् मौका हेरि ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [१६]
    मोजमस्ती गरी सारा, गल्ली गल्ली चोकमा
    जिन्दगी नै बर्बाद, एकछिनको झोकमा ।
    ✍️ चन्द्रकली राना मगर
    नौबहिनी ३ , प्युठान
    [१७]
    मन मिलेसम्म हिँड्छन् हाँसो मिसाएर
    काम बिग्रिएपछि के गर्नु रिसाएर ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१८]
    मनमा पिर बोकेर सारा मानिस गएका
    मातेर आज कलिका मान्छे के साह्रै भएका ।
    ✍️ आर्त अकुलीन
    [१९]
    खुसी हुने मन मिलेको बेलामा भगवान् भन्ने
    चित्त नबुझ्दा आरोप प्रत्यारोपण खाल्डो खन्ने ।
    ✍️ भगवती दवाडी ,दमक, झापा
    [२०]
    चाहियो आजभोलि मुखमा रामराजा बगलिमा खाजा
    छुस्स केही मनको नपुगेमा हेर बजाइदिन्छन् बाजा ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [२१]
    भागबन्डा मिलुन्जेल पिरती नै यहाँ बसाउँछन् ,
    नमिलेमा बखेडा झिकी दलदलमा फसाउँछन् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२२]
    मोजमस्ती गर्नलाई होटलतिर जान्छन्
    अदालतमा मुद्दा परे नाबालिग मान्छन्।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२३]
    पैसा उडाई कति खेल्छौ जालझेलको खेल,
    पापको घडा जब फुट्छ अनि जाउला जेल ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [२४]
    मौकामा चौका हान्न आफैँ अघि सर्छन्
    मस्ती ल्याएपछि लोभको झोली भर्छन् ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [२५]
    सबैँ कुरा बिग्रेकाे नीतिशास्त्रकाे भएकाे अभाव
    खुलेर आयाे हेर त जताततै विदेशी प्रभाव ।
    ✍️ प्रद्युम्न चालिसे
    [२६]
    पहिले लुकीछिपी अङ्गालो बेर्दै मस्त धोको फेर्छन् चोर
    कुरो बिग्रेपछि छेर्दै लाज पचाउन लगाउँछन् जोर ।
    ✍️ विवश पारदर्शी
    झापा,
    [२७]
    भाग्य तिम्रो त्यस्तै रहेछ पिरतीमा लाग्दा
    समाई हाल्छ कानूनले जहाँ जता भाग्दा।
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [२८]
    टाठाबाठा एकै ठाउँमा छन् अनेकथरि खेल खेल्छन्
    अरूलाई केटाकेटी सम्झेर सधैँभरि यहाँ पेल्छन् ।
    ✍️ पवन कुमार बुढाथेाकी
    काठमाडौँ
    [२९]
    सम्झौतानुसार, बाेलेकाे खै कसैले पनि पूरा गरेका छैनन् काम
    नगर्नेकाे हुँदैन दाेष, ऊ ‘नकचराे’ अगुवाहरूकै जान्छ नाम ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३०]
    थाहा छैन यहाँ कस्ले कस्लाई फसायो
    धनले न्याय जित्ने परिपाटी बसायो ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [३१]
    खै कस्को पो विश्वास गर्नु र पलपलमै कुरा गर्छ फेरिने
    आफ्नो फाइदा हुँदासम्म मात्र राम्रो नत्र गलत नजर हेरिने ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [३२]
    दियो बलिरहने, थप्नुपर्छ तेल
    खेलखेलमा पर्छ है, कहिले जेल ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ भारत।
    [३३]
    स्वार्थका कुरा छाडौँ
    दु:ख सबैको फाडौँ।
    ✍️ तेजप्रसाद खनाल
    [३४]
    सित्तैमा पाए अलकत्रा पनि खान्छन्
    खाने मात्रै हाेइन झाेला भरि लान्छन् ।
    ✍️ नवराज भट्ट
    कञ्चनपुर
    [३५]
    मोजमस्ती गरेकी छु पैसा टन्नै कमाउन
    बैँसको सदुपयोग गरेकी छु रमाउन ।
    समुद्र✍️✍️
    जल्जला७गण्डकी
    [३६]
    बुझेर पनि नबुझ्ने, खेल हुन्छ यहाँ,
    लज्जा पच्चाएको मान्छे बसेको छ जहाँ।
    ✍️ एवाइ प्रभात
    धनकुटा
    [३७]
    नबुझेर मन बगाउँछन् आँसुका भेल,
    आमाको सेवा गर्नेहरू नै पर्दैछन् जेल।
    ✍️ दीपा गुरुङ्ग (समभाव )
    काठमाडौँ
    [३८]
    मन नमिल्दा आगो लाग्नु अनौठो हैन
    असन्तोषको डढेलो सल्काउनु छैन ।
    ✍️नन्दलाल आचार्य
    बेलका, सिद्धार्थटोल, उदयपुर, कोशी ।
    [३९]
    सहमती मै हुन्छ हजुर यहाँ सबै काम
    फसाउने त अनि हुन नमिलेपछि दाम ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    मन मिले भन्छन् मेरो मनको राजा
    मन नमिल्दा यहाँ बजाउँछन् बाजा ।
    ✍️ सरस्वती श्रेष्ठ इटहरी
    [४१]
    पैसा पाए बोली फेर्न लाउॅंदैनन् बेर
    युगलाई दोष दिई बोल्छन् जतिखेर ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [४२]
    तिमीलाई भेट्न भनेर यो गाउँमा धाउँदैछु ।
    आरोप लाउनेको अगाडि उभिन आउँदैछु ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [४३]
    भाैतिक विलास मात्रै हैन हाम्राे जीन्दगी
    गराैँ लाेककाे कल्याण नहोस् है जगजगी ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक, बनेपा१४ साँगा
    [४४]
    माछो समात्दा हेर भ्यागुतो फस्यो
    चतुरे उम्क्यो धूर्त दु्लोमा पस्यो ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [४५]
    ठुलै भाग खोज्छन् सबैले कठिन रहेछ मिलाउन
    गोजी भरिएपछि फेरि भन्छन् सोम रस पिलाउन ।
    ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
    [४६]
    लाग्नुहुन्न लहैलहैमा जीवन जाला खेर,
    बस्नुपर्ला सदा कुनामा रोइकराई धेर ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [४७]
    अनौठो दुनियाँमा देखिन्छ अनेक चाला,
    राम्रो गर्दागर्दै फसाउँछन् भइन्छ हाला।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४८]
    स्वार्थ मिलेसम्म बन्छन् सबै महामानव
    लोभ डाह बढेपछि हुन्छ उहीँ दानव ।
    ✍️ इमान सिंह के.सी.
    व्यास ९ धनुवेसी,कलेस्ति, तनहुँ
    हाल नागार्जुन २ सुन्दरवस्ति,काठमान्डौ
    [४९]
    यहाँ राम्रो काम गर्दा भइहाल्छ जलन
    सोझालाई फसाउने चलेको छ चलन ।
    ✍️ हिमा आर सी
    मेहेलकना सुर्खेत
    [५०]
    धेरै उम्लियो भने पोखिन्छ भन्छन्
    हिजोआज सम्बन्ध पैसामा गन्छन् ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [५१]
    मनको जेल के साह्रो
    अझ दिल झनै गाह्रो।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [५२]
    चन्द्र दाहिने रहुन्जेल कति खान्छौ खाऊ
    ग्रहदशा बिग्रिएपछि मामा घर जाऊ ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    [५३]
    कार्यान्वयन हैन नारा गर्ने रहेछन् चर्को
    सुन्दा बहस यी नेतृत्वको लाग्न थाल्यो झर्काे ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५४]
    कहिल्यै नसकिने त्यही जुँगाको खेल
    कतिसम्म सकेका हुन् गर्न जालझेल ।
    ✍️ गम्भीर दुवाडी
    गजुरी-५,धादिङ्ग
    [५५]
    सबै कुरा बुझेकै छन्, विद्वान हुँ भन्नेले
    उल्टो बाटो हिँडाइ दिन्छन् खाडल खन्नेले ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [५६]
    लेख्नु थियो सुनौलो अक्षरमा नाम तर लेखेनँ
    मस्त थिएँ म जवानीको जोसमा आँखा नै देखेनँ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [५७]
    समय पनि कस्तो आयो बुझ्नु जताततै डर
    आफ्नै सम्झेर नै मन खोल्यो हुन्न कसैको भर।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [५८]
    नबुझ्या झैँ गर्छन् घाटामा कोही बुझ पचाएर,
    दुनियाँ सामु कोकोहोलो गर्छन् स्वर मचाएर ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [५९]
    हाम्रो जीवन रहेछ एउटा खेल
    सलल बगेर जाने साउने भेल ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविताLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२२

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P