• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: वसन्त अनुभव

प्रादेशिक आयुर्वेद चिकित्सालयमा स्वागत तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

  • २७ माघ २०८२, सोमबार १४:२१ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङमा आज एक कार्यक्रमको आयोजना गरी स्वागत तथा विदाइ (फेरि भेटौला) कार्यक्रम गरियो ।

    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कपिलवस्तुबाट यस चिकित्सालयमा सरुवा भई आउनुभएका कविराज निरीक्षक वसन्त रावतलाई स्वागत तथा लामो समय यस चिकित्सालयको पञ्चकर्म विभागमा काम गरी हाल कोशी प्रदेश, भोजपुरमा नयाँ नियुक्ति भई जानलाग्नुभएका कविराज राजन चौधरीको विदाइ, अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगी र चिकित्सालयका निर्देशक डा. प्रवेश श्रीवास्तवले संयुक्त रूपमा टीका, माला तथा दोसल्ला ओढाएर गर्नुभएको थियोे । साथै उक्त अवसरमा राजन चौधरीलाई प्रशंसा पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियोे ।

    अस्पताल विकास समितिका अध्यक्ष हिम बहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सालयका निमित्त निर्देशक डा. प्रवेश श्रीवास्तव स्वागत तथा विदाइ मन्तव्य दिनुभएको थियोे । विदाइ हुँदै गर्नुभएका राजन चौधरीले पनि चिकित्सालयमा काम गर्दै गर्दा आफूले अनुभूत गरेको राख्नुभएको थियोे ।

    कार्यक्रमको सञ्चालन चिकित्सालयका वरिष्ठ अधिकृत एवम् सूचना अधिकारी बसन्त बहादुर के.सी.ले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजTagged वसन्त अनुभव

    व्यङ्ग्यात्मक झिल्का कविता: मतदान

  • २६ माघ २०८२, आईतवार २३:२२ मा प्रकाशित

  • १)
    बाँड्छन् राति नोट
    देखाउँछन् अनेक सपना
    चाहियो मात्रै भोट ।
    ​२)
    रक्सी र मासु
    मिल्छ चुनावको बेला
    नेता बन्छन् आँसु ।
    ​३)
    आफ्नो मत दिएर
    पछि अन्धो भई
    उल्टी हुन्छ पिएर ।
    ​४)
    बन्छन् साह्रै सोझा
    नजितेसम्म त नेताले
    बोकाउँछन् पछि बोझा ।
    ​५)
    आयो फेरि मेला
    झुटा आश्वासन सुन्ने
    चुनावी यो बेला ।
    ​६)
    गर्छन् ठूला कुरा
    भ्रष्ट ती अनुहार
    भाषण मात्रै पूरा ।
    ​७)
    चिल्ला गाडी कुद्ने
    धुलो उडाउँदै गाउँमा
    सोझा जनता गुद्ने ।
    ​८)
    हाम्रो होइन राम्रो
    नखोजौँ अब विकल्प
    परिवर्तन हो हाम्रो ।
    ​९)
    पाँच वर्ष रुने
    एक दिन बिकेर
    देशै सिध्याउने हुने ।
    ​१०)
    सयको नोटमा बिक्ने
    सचेत नभए नागरिक
    हार मात्रै सिक्ने ।
    ​११)
    झुसिलकिरा ती नेता
    चुनावमा पुतली बन्छन्
    खान्छन् हाम्रै जेथा ।
    ✍️
    ​नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, नन्दलाल आचार्य, वसन्त अनुभव

    रहेनन् राते काइँला

  • २५ माघ २०८२, शनिबार ११:०८ मा प्रकाशित
  • नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’ को आज बिहान हृदयाघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ ।

    शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियोे । अस्पताल श्रोतका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्‍याइएका उनको ईसिजी गरेपश्चात अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियोे ।

    नेपाली चलचित्र ‘चिनो’मा खलनायकको भूमिकामा खेलेदेखि उनी ‘राते काइँला’को नामले परिचित थिए । नेपाली, भोजपुरी, बलिउड फिल्महरूमा आफ्नो छुट्टै पहिचान बनाएका थापाको निधनले समस्त शुभचिन्तक एवम् सिने जगत गहिरो शोकमा डुबेको छ ।
    दिवंगत सुनिल थापाको आत्माले छिट्टै चिरशान्ति प्राप्त गरोस् हार्दिक श्रद्धाञ्जली !

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    अहिले नगरे कहिले- झिल्का कविता

  • २५ माघ २०८२, शनिबार ०८:१६ मा प्रकाशित
  • चुनाव विषयक १० झिल्का कविताहरू

    १)
    लिएर प्रलोभन धेर
    आउँछन् सचेत बनौँ
    ब्वाँसो गाई बनेर !
    २)
    भन्ने होइन हाम्रो
    खराब भ्रष्ट नेतालाई
    बिदाइ गरेकै राम्रो ।
    ३)
    अहिले बिक्दा मासुभातमा
    पर्नेछ पछि पछुताउनु
    सराप्दै बसेर दिनरातमा ।
    ४)
    सोची, विचारी जानी
    भिजन हेरेर मात्र
    गरौँ मतको लगानी ।
    ५)
    लगाइदिँदा भ्रष्टलाई माला
    अन्धकार देशको भविष्य
    जनतालाई आँसुको प्याला ।
    ६)
    अहिले जोड्दैछन् हात
    चिन्दैनन् तिनैले पछि
    छातीमै हान्नेछन् लात ।
    ७)
    छोडेर झोलेश्वरको भक्ति
    बेला आयो देखाउने
    जनता जनार्दनको शक्ति ।
    ८)
    खराब ठाउँबाट उध्रिनुपर्छ
    सुधार्न खातिर नेता
    पहिले जनता सुध्रिनुपर्छ ।
    ९)
    विवेकले मत हानेर
    देशको भविष्य कोरौँ
    सही नेतृत्व छानेर ।
    १०)
    अहिले नगरे कहिले
    मतको सही सदुपयोग
    सराप्दै बस्ने जहिले ?
    ✍️
    वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का साहित्य समाज, वसन्त अनुभव

    झिल्का कविता

  • २४ माघ २०८२, शुक्रबार २१:५९ मा प्रकाशित
  • झिल्का कविता
    १)
    विकासको नौलो योजना
    खोजमूलक कार्य थालौँ
    कृषि उत्पादनको सपना ।
    २)
    पेसाको लागि राजनीति
    नगरौँ सहमति कसैले
    संस्कारमा बन्दैछ बेथिति ।
    ३)
    हरियो वन जोगाए
    निरोगी हुन्छौँ हामी
    खुसहाल दिन उदाए ।
    ४)
    देश जलाउनेहरू दलाल
    विदेशी थिए बुझौँ
    पछि हुनसक्छ मलाल ।
    ५)
    नेपाली वीरहरूका सन्तान
    बन्नुहुंँदैन विदेशीको गोटी
    जोगिँदैन आफ्नो स्वाभिमान ।
    ६)
    अखण्ड देशका लागि
    भ्रष्टाचार निर्मूल पारौँ
    कोही नबनौँ दागी ।
    ७)
    आत्मनिर्भर बनाउन योगदान
    हुन्छ कर्तव्य नागरिकको
    जोगाउन आफ्नै स्वाभिमान ।
    ८)
    भन्छौ विकास बराबर
    गर्छौ झारफुक देशमा
    छाड कुरीतिको सफर ।
    ९)
    विज्ञानले पुग्यो संसार
    आकास पाताल खगाल्यो
    छाड्न सकेनौँ कुसंस्कार ।
    १०)
    राजनीतिमा भई इमान्दार
    गरौँ स्वच्छ राजनीति
    सकिन्छ देशबाट भ्रष्टाचार ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    झिल्का कविता

  • २३ माघ २०८२, बिहीबार २१:३३ मा प्रकाशित
  • झिल्का कविता
    १)
    जाेगाउन लागाैँ देश
    बचाएर राख्नुपर्छ स्वाभिमान
    लुटिनु हुँदैन भेष ।
    २)
    घुस्याहा सबैलाई निर्मुल
    गराैँ मिलीजुली हामीले
    नदाेहाेरियाेेस् अब भूल ।
    ३)
    सजाई देशको आँगन
    बढारेर फाेहाेर सबै
    बढुन् अग्रपथमा जन !
    ४)
    नदेखाए हुन्थ्यो लाज
    बचाएर राख भित्रै
    मिलीजुली गराैँ काज ।
    ५)
    बनेर भरिया नेपालको
    सेवा गर्न पाऊँ
    तराई पहाड हिमालको ।
    ६)
    कला, संस्कृतिको सान
    जोगाइराखौँ नेपाली माटा
    गाेर्खालीको यो मान ।
    ७)
    मरेर देश बचाउँछु
    हुँ नेपाली छोरा
    सदैव माटाे हँसाउँछु ।
    ८)
    भिरालो आँगन नेपाल
    सबै अट्छन यही
    तराई पहाड हिमाल ।
    ९)
    सद्भाव र माया
    सब छ यहाँ
    घाम र छाया ।
    १०)
    भाैतारियाे मेरो मन
    उसको यादमा यताउता
    बोकेर मौन क्रन्दन ।
    ✍️
    ईश्वर साउद(भिक्षु)
    रामाराेशन गाउँपालिका ६  सुदुरपश्चिम अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged ईश्वर साउद (भिक्षु), झिल्का कविता, वसन्त अनुभव

    झिल्का कविता

  • २३ माघ २०८२, बिहीबार ००:०४ मा प्रकाशित
  • झिल्का कविता

    १)
    जाडोमा थुरुरु काँप्दै
    बस्दछौँ शरीर तताउन
    माघको घाम ताप्दै ।
    २)
    असल सम्बन्ध गाँसेर
    सबैमा सद्भाव छर्दै
    बसौँ हामी हाँसेर ।
    ३)
    दुष्टताको भाव फालेर
    शान्तिले जीवन बिताऊँ
    एकताको दीप बालेर ।
    ४)
    हत्या हिंसा फालेर
    दसैँ मनाउँछौँ खुसीले
    सत्यको दीप बालेर ।
    ५)
    बिजुली जस्तै चम्केर
    गर्दछौँ कुरा अरूको
    सारा गाउँघरमा लम्केर ।
    ६)
    सोचेर गरेमा काम
    लाग्दैन दाग कहिले
    रहन्छ इज्जत नाम ।
    ७)
    बलको घमण्डले गर्दा
    दुःख पाउँछ मानिसले
    दुष्टको फेला पर्दा ।
    ८)
    वीणा र पुस्तकधारिणी
    हंसवाहिनी सरस्वती माता
    सारा पीडा कष्टहारिणी ।
    ९)
    अगाडि हामी सरेर
    सरस्वती माताको पूजा
    गर्दछौँ चरणमा परेर ।
    १०)
    रमाई आज सङ्क्रान्ति
    मनाउँ सबैले मिलेर
    हटाई मनको भ्रान्ति ।
    ✍️
    खोम काफ्ले
    दागाना,निचुला, भुटान🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged खोम काफ्ले, झिल्का कविता, वसन्त अनुभव

    एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम, १ सय ३५ जना सेवाग्राही लाभान्वित

  • ५ माघ २०८२, आईतवार ०८:२३ मा प्रकाशित
  • दाङ, माघ ३
    दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्वता स्मृति साहित्य प्रतिष्ठान दाङले दिवङ्गत आमा पार्वता पाण्डेको तेस्रो पुण्यस्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।
    कार्यक्रममा स्थानीय १ सय ३५ जना सेवाग्राहीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण गरिएको थियोे ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, मेघराज भट्टराई, वाम बुद्धिजीवी शशिधर भण्डारी, मेडिकल सञ्चालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानका अध्यक्ष देवी पाण्डे, संरक्षक सुरेशकुमार पाण्डे लगायतका साहित्यकार, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।

    स्मृतिशेष आमा पार्वता पाण्डेको सम्झनामा स्थापित पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमितरूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमा सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष खडा गरेर वार्षिक रूपमा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्नु, असी वर्ष पार गरेका वृद्धवृद्धालाई सल ओढाएर सम्मान गर्नु जस्ता कार्य मुख्य रहेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम सम्पन्न

  • २९ पुष २०८२, मंगलवार १५:१५ मा प्रकाशित

  • काठमाडौँ, पौष २६ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चका आजीवन सदस्य
    लघुकथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजे (भारतीय समयानुसार बेलुका ५:४५ देखि राति ८:४५ बजे) सम्म चलेको थियोे ।

    ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रह, तुमिन, सेले, पूर्व सिक्किम, गान्तोक,भारत निवासी लघुकथाकार हेमराज अधिकारीको पहिलो लघुकथा कृति हो । जसमा कुल ८० वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । अधिकारी सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य एवम् प्रशासक र नमस्ते आधुनिक लघुकथा मञ्चको आजीवन सदस्य हुनुहुन्छ ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.कपिल लामिछानेले आफ्नो मन्तव्यमा ‘नेपाली जाति, नेपाली साहित्य, नेपाली भाषा नेपालमा मात्र छैन । नेपालको राजनैतिक भूगोललाई उछिनेर नेपाल बाहिर पनि एउटा ठूलो नेपाली संसार छ । यो कुरा आजको परिचर्चाले पुष्टि गरेको छ’ भन्नुभयो । साथै उहाँले मञ्चको कामको प्रशंसा गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले पनि नेपालभित्रका नेपाली लघुकथाकार र लघुकथाको मात्र कुरा गर्दैन, नेपालबाहिरका लघुकथाकार एवम् लघुकथाहरूको कुरा गर्न, सम्मान गर्न तम्तयार छ भन्ने कुराको पनि आजको कार्यक्रमले पुष्टि गरेको उल्लेख गर्नुभयो ।
    ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रहको बारेमा आफ्नो धारणा राख्दै उहाँले कृतिमा ‘विस्मरण’को कुरा उठाइनु, लघुकथामा हास्य रसको प्रयोग त्यति नभइरहेको अवस्थामा हास्य रसको प्रयोग गरिनु जस्ता कुराहरू उल्लेखनीय रहेकोे भन्दै कृतिकारलाई अझ दृढ भएर लाग्न प्रेरित गर्नुभयो ।
    कृति सुन्दर, पठनीय भएको उल्लेख गर्दै उहाँले कतिपय लघुकथाहरूमा अन्त्य बिस्तार भएको, एउटै लघुकथामा धेरै कालखण्ड आएको, कथाको सार जस्तो देखिएको(जस्तै- चिन्ता र चिता), निबन्धको प्रभाव देखिएको हुँदा सर्जक सचेत रहनुपर्ने बताउनुभयो । साथै उहाँले ‘सामान्यतया यस्ता समीक्षा कार्यक्रममा कृतिका धेरै कमजोर पक्षलाई बताएर सर्जकलाई हतोत्साहित गर्ने गरिँदैन । तसर्थ समीक्षकका कुरा सुनेर सर्जक धेरै हौसिन पनि नहुने’ बताउनुभयो ।

    कार्यक्रममा ‘च्यातिएको जुत्ता’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको विश्लेषण गर्दै परिचर्चाकार डा.हरिप्रसाद भण्डारीले लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो । साथै ती विविध विषयहरूभित्र पनि धेरै विविधता रहेकोे बताउनुभयो ।
    ‘साहित्यकार गरिब भए पनि उनीहरू विचारक हुन्छन्, महान हुन्छन् जस्ता सकारात्मक भावहरू, साहित्यमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर ‘च्यातिएको जुत्ता, पर्फ्युम ब्रान्ड, टिकटकको नृत्य, हुरीको डढेलो, कङ्ग्राचुलेसन सर आदि शीर्षकका लघुकथाहरूले गरेका छन् ।
    समकालीन राजनीतिमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर कफनको खरानी, चिसो चुल्हो, खुद्रा मोल आदि शीर्षकका लघुकथाहरूले गरेका छन् ।
    नेपाली संस्कृति र सांस्कृतिक पर्वहरूमा आएको विचलन, विकृतिहरूको उजागर टोपीको गर्व, सम्बन्धको पुनर्जन्म, कुन लुतो फाल्ने जस्ता लघुकथाहरूले गरेका छन् ।
    प्रविधिको विकास र व्यस्त आधुनिक समाजका कारण वृद्धवृद्धामा पर्नगएको असर, विकसित विकृतिको उजागर अनलाइन सन्तान, विवश मौनता, मुख्य अतिथि, पाखाबारीको मल, कठै सन्चमान जस्ता लघुकथाहरूले गरेका छन् ।
    समाजमा रहेकोे गरिबीको पराकाष्ठाको उजागर ‘बाबाको बाध्यता, कम्बल, चमत्कारको प्रतीक्षा, रुञ्चे माइलोको दसैँ जस्ता लघुकथाहरूले, जीवन दर्शनका सुन्दर पक्षको उजागर मनबहादुरको मन, जङ्गलको बतास, पोलेका मकै जस्ता लघुकथाहरूले, नारी उत्पीडन, स्वतन्त्रता जस्ता कुराको उजागर माइली, हारपछिको जीत, पितृदण्ड जस्ता लघुकथाहरूले गरेको उल्लेख गर्नुभयो । साथै शिक्षा (पौमाङ्गे धिरी), धार्मिक(ब्राह्मणको चतुर्‍याइँ), अन्धविश्वास(ज्योतिष), तेस्रो लिङ्गी(आघात) लगायत विविध विषयवस्तुमा रचित लघुकथाहरूले समाज, राजनीति जस्ता क्षेत्रमा गतिलो व्यङ्ग्य प्रहार गरेका छन् ।
    यसरी विविध विषयवस्तुलाई कथानक बनाई विकृति, विसङ्गति माथि प्रहार गर्दै अन्तमा लघुकथामा सकारात्मक सोच ल्याउनु, हरेक लघुकथामा बिज वाक्य स्थापना गर्नसक्नु कृतिकार अधिकारीको सफल पक्ष रहेकोे छ ।’ उहाँले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.विदुर चालिसेले ‘च्यातिएको जुत्ता’को शिल्प शैली र सौन्दर्यगत पक्षको परिचर्चा गर्नुभएको थियोे ।

    ‘हरेक सर्जकको पहिचान उसको आफ्नो विशिष्ट शैलीले हुन्छ। जुन उसले आफ्नो कृति वा सृजना मार्फत प्रस्तुत गर्ने गर्दछ’ भन्नुहुँदै परिचर्चाकार डा.चालिसेले ‘लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा नेपाली भाषा, साहित्य, संस्कृतिको सुगन्ध पाइने, स्थानीय भाषा (आञ्चलिकता), शैली, परम्परा जस्ता विषयहरू संयोजन भेटिने’ बताउनुभयो ।
    साथै उहाँले लघुकथाहरूमा प्रयुक्त भाषामा सरलता, अनुच्छेदहरूको कुशल संयोजन, विचार, भाव, विम्बहरूको सही प्रयोग, बिज वाक्यको स्थापना, लेखन अनुशासन, इको साउण्ड (प्रतिध्वनीत)को प्रयोग, अधिकांश कथाहरू परावर्तन गर्ने शैलीको प्रयोग जस्ता कुराहरू अधिकारीका सबल पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँका लघुकथाका पात्रहरू कर्तव्यपरायण रहेकोे उल्लेख गर्दै सिक्किमेली समाजमा रहेका प्राकसन्दर्भलाई लघुकथामा समावेश गर्नुभएको बताउनुभयो । साथै उत्कृष्ट शब्द चयन र मानवेतर पात्रको प्रयोग लोभलाग्दो रहेकोे बताउनुभयो ।
    सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै परिचर्चाकार डा. चालिसेले ‘लघुकथाको शीर्षकमा अङ्ग्रेजी शब्दको प्रयोग नगरिदिएको भए सुनमा सुगन्ध हुने थियोे’ भन्नुभयो ।

    कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘च्यातिएको जुत्ता’ का कृतिकार हेमराज अधिकारीले समीक्षकहरूबाट आफ्नो कृतिमा त्यति आलोचना नआएकोमा खुसी व्यक्त गर्दै आएका आलोचना/सुझावलाई ग्रहण गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।

    कार्यक्रममा साहित्यकारहरू त्रिपुरा पोखरेल खरेल, डा.पारसमणि दंगाल, चक्रपाणि भट्टराई, महेश प्रसाईले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
    अन्तमा धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम निकै कठिनाइका बावजुद सफल भएको बताउनुभयो ।
    ‘नेपालबाहिर रहनुहुने नेपाली भाषी स्रष्टाहरू नेपाली भाषामै लेख्नुहुन्छ, नेपाली भाषामा कटिबद्ध हुनुहुन्छ, हिन्दी भाषामा लेख्नुहुन्न । बरु हामी नेपालीहरू हिन्दी लगायत विदेशी भाषामा लेख्न लालायित हुने गर्दछौँ ।’ उहाँले भन्नुभयो । परिचर्चा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, कृतिकार लगायत कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरू, कार्यक्रम हेर्ने/सुन्ने दर्शक/श्रोता, सबैप्रति उहाँले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा.कपिल लामिछाने, प्रा.डा. विदुर चालिसे, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.हरिप्रसाद भण्डारी, डा.पारसमणि दंगाल, त्रिपुरा पोखरेल खरेल, अवधेश सिंह, हेमराज अधिकारी, महेश प्रसाईं, इन्दिरा गौतम, कुमार काफ्ले, चक्रपाणि भट्टराई, गंगादेवी शर्मा, डा. टीकाराम पोखरेल, प्रा.डा.खेमराज खनाल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, सत्यजीत, लोकनाथ पुडासैनी, महेन्द्र न्यौपाने, मीठू कुमारी पाठक, प्रार्थना खनाल, जीविका अश्रु, सुरेशकुमार पाण्डे, तुलसी पण्डित, पुण्य कोइराला, रेवतीरमण सापकोटा, आयुष बडाल, प्रतीक्षा पौडेल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम प्रविधि ह्यान्डलिङ आयुष बडालले गर्नुभएको थियोे ।


    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged वसन्त अनुभव

    एकल रचना वाचनमा गुन्जिइन् स्मृति

  • २६ पुष २०८२, शनिबार १०:३५ मा प्रकाशित
  • दाङ, २५ पुस ।
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङले आयोजना गर्ने नियमित एकल रचना वाचनको ८३ औँ शृङ्खलामा साहित्यकार स्मृति योगीले रचना वाचन गरेकी छिन् ।

    परिषद्ले शुक्रवार आयोजना गरेको एकल रचना वाचन कार्यक्रममा स्रष्टा योगीले कविता, गजल र मुक्तकमार्फत् आफ्ना अनुभूति र समाजप्रतिको दृष्टिकोण श्रोता माझ प्रस्तुत गरेकी थिइन् ।
    कार्यक्रममा वाचन गरिएका रचनामा मायाप्रेमका सूक्ष्म भाव, व्यक्तिगत भोगाइ, समाजको यथार्थता र समसामयिक राजनीतिक परिवेशप्रति व्यङ्ग्य तथा वर्तमान सामाजिक परिवेश समेटिएका थिए । स्रष्टा योगीले संवेदनशील भावनालाई कलात्मक शैलीमा प्रस्तुत गर्दै समाजभित्र विद्यमान विकृति, विसङ्गतिमाथि प्रश्न उठाएकी थिइन् । सरल शब्द चयन र गहिरो भाव समेटिएका उनका रचनाले उपस्थित श्रोताको ध्यान खिचेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै भाषा आयोगका पूर्व सदस्य डा. अमर गिरीले लेखक र साहित्यकार समाज, देशको माटो र स्वयम् आफूप्रति जिम्मेवार हुनुपर्नेमा जोड दिँदै यी सबै गुण स्रष्टा योगीका रचनामा भएको बताए । साहित्यमा विशेषतः एउटा सानो कविताले सिङ्गो आख्यान नै बोकिरहेको बताउँदै प्रमुख अतिथि डा. गिरीले समाजमा विद्यमान विकृति र विसङ्गतिलाई प्रत्यक्ष वा साङ्केतिक रूपमा योगीका रचनाले पनि बोकेको बताए । ‘साहित्यिक रचना सधैँ सजिलै बुझिने खालका मात्र हुँदैनन्, साङ्केतिक अभिव्यक्तिलाई बुझ्ने संवेदनशील पाठक पनि आवश्यक छ’, उनले भने । स्मृति योगीका रचनामा समाज, माटो र आत्मप्रतिको जिम्मेवारी स्पष्ट देखिएको उल्लेख गर्दै डा. गिरीले लेखनलाई निरन्तरता दिन आग्रह समेत गरे । राप्ती साहित्य परिषद् केन्द्रका पूर्वअध्यक्ष पुरुषोत्तम खनालले योगीले वाचित रचनाहरूले समाजको यथार्थतासँगै सर्जकका निजी भोगाइलाई सशक्त रूपमा समेटेकोमा खुसी व्यक्त गरे । उनले आफ्ना जीवनको भोगाइलाई साहित्यमार्फत् कलात्मक शैलीमा प्रस्तुत गर्न सके रचना अझ जीवन्त बन्ने धारणा राखेका थिए ।

    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरेश पाण्डेले स्वागत गरेका थिए। कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम केसीले गरेका थिए। कार्यक्रममा विभिन्न साहित्यप्रेमी, सर्जक तथा पाठकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस किसिमका साहित्यिक कार्यक्रमले स्थानीय साहित्यिक वातावरणलाई चलायमान बनाउनुका साथै नयाँ र स्थापित सर्जकलाई आफ्ना सिर्जना प्रस्तुत गर्ने साझा मञ्च प्रदान गर्ने आयोजकको भनाइ थियो। स्रष्टा योगीको एकल रचना वाचनले राप्ती क्षेत्रको साहित्यिक गतिविधिमा थप ऊर्जा थपेको उपस्थित साहित्यकारको धारणा रहेको थियो ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P