“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/१०/ ०४ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६३[त्रिसठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग पञ्चाङ्ग:०१ महिमा शिवकाे गाउँ सब जन। भक्तिकाे मार्गमा जाउँ सब जन। लाेक परलाेक सुधार्नको लागि, धाममा शिवकै पाउँ सब जन। ज्ञानकाे प्रसाद लाउँ सब जन। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ ढोकै अगाडी शिवजीको थान रहेछ। कति राम्रो मनितो अनि मान रहेछ। मन्दिर भित्र सुन्दर पशुपतिनाथ, हाम्रो धेरै राम्रो संस्कार सान रहेछ। सबैभन्दा असल कर्म दान रहेछ ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०३
हे! ईश्वर महादेव रक्षा गर प्रभु। तिमी सर्व शक्तिशाली दु:ख हर प्रभु हाम्रो भक्तिले खुसी भइ प्रसन्न हुनु, भक्तलाई सदैव शरण धर प्रभु। तिमी बाहेक दुखीको नै को छर प्रभु।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:०४ बोल्दैन भगवान मुर्तिले केही भन्दैन कसैलाई । मान्छेले जस्तो मरिमरि खोइरो खन्दैन कसैलाई। टुलुटुलु हेरि बस्छ गल्ती अनुसारको दन्ड दिन्छ, सबैलाई समान,ठुलो या सानो गन्दैन कसैलाई। जो गर्छ असल कर्म अवरोध बन्दैन कसैलाई ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ दुःख र पीडा कम गर्ने बाटाे देखाऊ भगवान। आफ्नाहरू नजिक सर्ने बाटाे देखाऊ भगवान। दैवी शक्ति अगाडि कसैकाे केही लाग्दो रहेनछ अब दुःखको खोला तर्ने बाटाे देखाऊ भगवान। नराम्राे सोचहरू हर्ने बाटाे देखाऊ भगवान। ह्यारिस
पञ्चाङ्ग:०७ मन्दिर भित्र सजिएर बडाे सान साथमा । बसेकाछन् पलेटी कसी बडाे मान साथमा । धूप दीप नैवेद चढाई भक्ति भावले , गरी शक्तिकाे पूजा यहाँ स्तुति गान साथमा । सदा सर्वदा शान्ति छाओस् भगवान् साथमा ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग: ०८ अचेल भगवान भन्न छोडेका छन्। कोहोर भगवान गन्न छोडेका छन्। किन हुदैछ यस्तो समाजमा आज, बलि अनेक थरी अन्न छोडेका छन्। मान्छेले मान्छे जस्तो बन्न छोडेका छन्।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसठीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०९/ १९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६२[बैसठीऔ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
चित्र संकलन
सुशीला पाैडेल
शुद्धीकरण
जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ चित्रमा पञ्चाङ्ग ~~ पञ्चाङ्ग:०१ गाउँकाे हावा नै मीठो हुन्छ साथी। नदीले बगरलाई छुन्छ साथी। आफ्नै मिहिनेत र आफ्नै करेसा, मनले सुन्दर स्वप्ना बुन्छ साथी। मुटुकाे चाहना कस्ले सुन्छ साथी।
सुशीला पाैडेल
पञ्चाङ्ग:०२
घरमाथि टाँड थपी घर बनेकाे छ । प्रकृतिकाे अनुपम थर बनेकाे छ । चारैतिर बन पाखा बिच हरियाली , खाेलानाल समीपमा डर बनेकाे छ । आकाशमा छुने हिउँ भर बनेकाे छ ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ पराइहरू पर भए हुन्थ्याे। मिल्ने एउटा थर भए हुन्थ्याे। कति शान्त सुन्दर छ बगैचा, मनमा बस्ने वर भए हुन्थ्याे। यस्तै सुन्दर घर भए हुन्थ्याे। ह्यारिस
पञ्चाङ्ग:०४ करेसाको बीचैमा घर कति राम्रो। रमाइलो हरियो पर कति राम्रो। आजभोलि त यस्तो देख्न रहरै छ, खुलेको छ आकाश तर कति राम्रो। सुखमय जिन्दगी भर कति राम्रो।। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५
सुन्दर प्रकृति माझमा त्यो घर राम्रो। प्रकृति, बस्ती बिचमा हुन्छ भर राम्रो। मानव बासस्थानको महत्त्व रहन्छ, बगैँचामा छ, पिपल अनि बर राम्रो। घरमा आहा! आँखेझ्यालको चर राम्रो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०६ मलाई मीठो लाग्छ आफ्नै बारीको फल। खनेर रोप्दा जाग्छ आफ्नै बारीको फल। घर वरिपरि सुन्दर अनि स्वच्छ हुँदा, साँच्चै अनिष्ट भाग्छ आफ्नै बारीको फल। व्यापारीले सघाग्छ आफ्नै बारीको फल। भगवती दवाडी ,झापा
पञ्चाङ्ग:०७
एकान्तमा सुन्दर घर भएको देख्न पाऊँ। सुन्दर बधुको नै वर भएको देख्न पाऊँ। सजिएको फूलबारी घरैबाट देख्ने ताल, मनमा जाँगर र डर भएको देख्न पाऊँ। मायालुको पवित्र तर भएको देख्न पाऊँ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
पञ्चाङ्ग:०८ वरिपरि हरियाली बीचमा घर रहेछ। खोलानाला भन्ने पनि अलि वर रहेछ। एक्लो घर भई सुन्दरताले भरिएको, त्यो फूलमा नै सुन्दरताको भर रहेछ। त्यो घरमा बस्ने मान्छेको के थर रहेछ?
सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग:०९
घरले दिने भलाे जाचाैँ। घर भित्रको बलाे जाचाैँ। माेल छिन्नुभन्दा अगाडि, घरवालाकाे गलाे जाचाैँ।
पञ्चाङ्ग:१० उर्वर भुमि मलिलो छ माटो पसिना मात्रै बगाउनु पर्छ। सुन फल्छ चादी फल्छ यहाँ ठिक सिजनमा लगाउनु पर्छ। मरेपछि मात्रै स्वर्गमा पुग्ने चाहाना किन राख्छौं हामीहरु? संजीवनी बुटी यहीँ छ मरेकालाई पनि जगाउनु पर्छ। यही नै हो स्वर्ग जाग्नुपर्छ सबै अल्छीलाई भगाउनु पर्छ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:११
खेतीको बिचमा छ सुन्दर घर साथी। को होला घरधनी के होला थर साथी। पहाडका गाउँघर बस्ति कति राम्रा, शितल हावा आउने नदी पर साथी। सबकोहीको यस्तो त कहाँ छ र साथी ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग-१२ अक्षर-१९
म जन्मेको गाउँ घर, लेक बेँसी र कुवा उस्तै देखे। त्यहाँ किसानको काधमा हलो अनि जुवा उस्तै देखे। आउछन् शहरकाहरु विकासको कुरा गर्छन् अरे , हजुर आमाको चुलोमा ऐले सम्म धुवा उस्तै देखे। हटिया त्यहीँ छ व्यापारीले बेचिने रुवा उस्तै देखे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सतहत्तराैंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास श्रृङखला दर्ता पछिको भाग :-७७ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/०९/२३गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ मीठो बाेली पनि बहकाउने भाँडाे भयाे। कुव्यवहार चाहीँ बिझाउने काँडाे भयाे। काे कस्ताे हुन्छ निधारमा लेखिएकाे हुन्न, एउटाकाेे जिन्दगी अर्काेलाई घाँडाे भयाे। धन्य समय मान्छे चिन्नलाई चाँडाे भयाे। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ दुश्मनले खाडल खन्ने छ। दुनियाँले देख्दा वाह भन्ने छ। जिन्दगी सुख दुःखका घेरा हो, गन्न नसकिने धेरै पन्ने छ। याद अविष्मरणीय बन्ने छ। ह्यारिस
पञ्चाङ्ग:०३
शार्दूलविक्रीडित छन्द sss, iis, isi, iis, ssi, ssi, s =१९
कौसीमा बसने अलाप गरने , मिलाप मेरै भयो। साथीको मनमा रहेर किनहो, बिलाप धेरै भयो। काहाँको रणमा बचेर अमली ,सोचेर काट्ने थियौ, साथीको घरमा अनेक बर्षमा ,आएर खेरै भयो। चौतारी सपक्कै विरानी भएको , सोचेर तेरै भयो ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
पञ्चाङ्ग:०४
औँसीकाे रातलाई जूनकाे आशा हुने। नयाँ बेहुलीलाई सुनकाे आशा हुने। आशा र विश्वसले चलेकाे जगतमा, बिरामीलाई बाँच्न खुनकाे आशा हुने । अभाव जीवनमा नुनकाे आशा हुने ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०५ दिन दिन जाडोले पेली रहेछ। मनभित्र तर्कना खेली रहेछ। बाहिर जान आउन पनि गाह्रो, हालखुट्टा त्यतिकै जेली रहेछ। जडाउरीले जाडो छेली रहेछ। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०६ दिनहुँ चिसोले जीउ गलेको छ। जठराग्नीले शरीर ढलेको छ। आसै आसमा सत्यानास हुन् थाल्यो, भित्र यो मन भत्भती जलेको छ। द्वन्द, मुठभेड देश चलेको छ! कमला देवकोटा, पाल्पा
पञ्चाङ्ग:०८ कहाँनेर गल्ती भयो , कहाँनेर चुक्यौ हामी। बढ्नुको साटो किन खै दिनदिनै सुक्यौ हामी। गल्ती सबैको हुन्छ तर देखेनौ आफ्नो गल्ती, बदला लिन सधैं उसकै बाटो ढुक्यौ हामी । सत्ताको लागि आफ्नै अनुहारमा थुक्यौ हामी । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९ कतिले दुई मुटु गाँसेर चाहाना छुँदा रहेछन्। कुतिले यहाँ विछोड गराएपछि रुँदा रहेछन्। यस्तै जोड्ने र तोड्नेको प्रक्रियामा सामेल भएरै, भाव असल कमसल खाले कति हुँदा रहेछन्। यिनै भाव यहाँ मानिसमा हाजिरी खुदा रहेछन्।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग अक्षर-२०
सेता दन्ते लहर संग मधुरो मुस्कान छरेर आयौँ, एक छिन् भेट्छु भन्ने बित्तिकै तिमी त यतै सरेर आयौँ। त्यो तिम्रो चाल मग्न पार्ने रुप ढंग नै अनौठो देखिन्छ आहाँ तिमीले त मायालु मनै तान्ने बोलि धरेर आयौँ, कयौँ अप्ठ्यारा बाटा अनि खोला नदिहरु तरेर आयौँ।