• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: पञ्चाङ्ग

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०४

  • ५ मंसिर २०८१, बुधबार २२:४९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचारऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/२९ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०४ [एकसयचारऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सुन्दर फूलहरू फुलेका छन् यहाँ।
    सुन्दरतामा डाली झुलेका छन् यहाँ
    साैन्दर्य सुगन्धले माेहित भएर,
    कति भमराहरू डुलेका छन् यहाँ।
    सबैका मन रम्दै भुलेका छन् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    आहा कति सुन्दर छ फूल यो
    कोपिला टिप्ने नगरौ भूल यो
    प्रकृतिको सौन्दर्य नबिगारौँ
    प्रभुकै पगपगका धूल यो
    अमृत झैं जल हुने मूल यो।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०३
    हजारौं राम्रा भएपनि यौटा भुल हेर्छ दुनियाँले
    यहाँ देख्दैन हिलोमा छ बोट फूल हेर्छ दुनियाँले
    निर्दोष माछाका भुराहरुलाई पनि माफी दिदैन
    भरेलाई तरकारी बनाउन झुल हेर्छ दुनियाँले
    होस् कुकर्मै भवसागर तर्ने पुल हेर्छ दुनियाँले।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    वास्नादार फूलले तानेको मन भन्छु ।
    आफैंले कमाएको सुपथ धन भन्छु ।
    दिगो हुन्छ सबैले सिकाउनु जहिल्यै ,
    पर्दैन आफ्नो संस्कार अनि पन भन्छु ।
    प्रतिकूलमा सम हुन्छन् ज्ञानी जन भन्छु ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग०४

    छिर्केमिर्के पुतली तस्तो रहेछ।
    यसको बास्ना मिठो कस्तो रहेछ।
    थरीथरीका त फूल रहेछ्न् यहाँ ,
    हेर्दा खेरि अचम्म सस्तो रहेछ।
    सेतो र पहेँलो पनि जस्तो रहेछ
    ✍️ बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०५

    आहा !क्या राम्रो प्रकृतिले दिएको फूल देखे मैले
    टपक्क टिप्नलाई थपिँदै जाने हुल देखे मैले।
    कुन्नि अरुको कदर गर्न नजान्नेले यसो गर्छन् ?
    अरुको करेसा बारीको टिप्नु त भुल देखे मैले।
    त्यसैले सम्बन्ध नबिगार्न सानो पुल देखे मैले।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०६
    आहा!प्रकृतिले दिएको सुन्दर फूल रहेछ
    फूलमै झुलिरहने माहुरीकाे हुल रहेछ
    याे प्रकृतिको छटा पनि कस्तो हुन्छ अचम्मको !
    फूलबारी नै बिगारी फूल टिप्नु भुल रहेछ
    फूलले शाेभा दिनु सुन्दरताकाे मुल रहेछ

    उर्मिला के.शी.
    धनकुटा !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग भाग- १२१

  • ५ मंसिर २०८१, बुधबार २०:३१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एक्काइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२१ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/२६
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    जिन्दगी खास बनाउनु छ।
    सुन्दर बास बनाउनु छ।
    सोचे अनुसार हुन्छ जीवन,
    खुशीको रास बनाउनु छ।
    सबैको आस बनाउनु छ।
    सुशीला पाैडेल
    ॐ
    पञ्चाङ्ग:०२

    सबैको आकर्षणमा पर्छ सत्ताकाे साँचो प्रभु
    जनसाधारणलाई नुनतेलकाे खाँचो प्रभु
    पद विचराे एउटा मात्र के गर्नु खै हजुर
    पालैपालो सरकार बनेर हान्ने भाँचाे प्रभु
    रत्तिभर चिन्ता छैन जनकाे भर्न फाँचाे प्रभु ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    उदेकलाग्दो वचन गरेर गइन्
    द्वयाभासको छलीमा परेर गइन्
    समयले साथ दिएन, दोष गरी
    अर्कै हातको सिउँदो भरेर गइन्
    मेरालागि सधैँ उनी मरेर गइन् ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०४

    यहाँ जस्लाई आफ्नु सम्झेँ पनि टुटेको देखिन्छ ,
    खाएर बाचा र कसम फेरि छुटेको देखिन्छ।
    माया पाउन पनि भाग्य चाहिदो रहेछ क्यारे,
    कतिको त भाग्य आफैंले गर्दा फुटेको देखिन्छ ,
    लहैलहैमा फकिदा सर्वश्व लुटेको देखिन्छ ।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०५
    टाढैबाट मन बुझाउनुछ हेरेर मात्र
    मनको बह कापीको पानामा केरेर मात्र
    कोशिश गर्नै पर्यो प्राप्त गर्न नसके पनि,
    मन जित्न सकिंदैन है लुगा फेरेर मात्र
    भाग्यमा नभए हुँदैन रेखा घेरेर मात्र ।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    समय समयमा आउने संस्कृति मान्नु राम्रो,
    हरेक पर्वको महत्त्व विविधता जान्नु राम्रो
    जातीयता अनुसार परम्परामा रमाएर
    आफ्नो संस्कार संस्कृति धर्म धान्नु राम्रो
    धार्मिक गतिविधि अत्यन्त सुन्दर ठान्नु राम्रो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    अर्को खाटमा सर्न खोज्दा झुलले छेक्यो
    काँढालाई फालौँ भनेको फूलले छेक्यो
    के लेखेको भावीले यो मेरो निधारमा —
    धेरै टाढाको देख्नलाई तुलले छेक्यो
    तिमीसँग ~~ बिहे गरौँ त मूलले छेक्यो ॥

     गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०८
    सधैं अर्काकै लागि मात्रै कति नाच्नु जीवन
    आफूले आफूलाई नि कहिले जाँच्नु जीवन
    दुइदिन मात्र बाँचे पनि अर्थपूर्ण बाँचौ
    आखिर एकदिन मर्ने हो के साँच्नु जीवन
    अरे दिनैपिच्छे मरेर कति बाँच्नु जीवन ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    गजबको याे संसार छ अनेकौँ अनेक चिताउँछ मान्छेले ।
    बल गरी काेहीलाई हराइ काेहीलाई जिताउँछ मान्छेले ।
    आकाश पाताल मन डुलाउँछ जवानीमा खुबै गरेँ भन्दै,
    के के न गरेको भन्दै थियाे मात्रै जीवन बिताउँछ मान्छेले ।
    समयको चङ्गुलमा परी हाे आफैंलाई रित्याउँछ मान्छेले ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:१०
    पर्वै पर्वको गर्भ भित्र पो बसेको छ मान्छे
    धर्म र कर्मको रसदमा फसेको छ मान्छे
    के हो सही के हो गल्ती सबै बुझेरै पनि त
    आफैँसँग पटक पटक खसेको छ मान्छे
    कसरी त्यो रागको हिलोमा पसेको छ मान्छे।
    प्रभा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला- १२०

  • २८ कार्तिक २०८१, बुधबार २०:२१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बीसौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२० —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/१९
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग::०१
    जल्नेहरुको मन जलिरहोस् यहाँ।
    मेरो पाइला सधैं चलिरहोस् यहाँ।
    दुष्ट अरूको प्रगतिमा जल्दै गरून्,
    प्रगतिको दीपक बलिरहोस् यहाँ।
    डाह गर्नेको मन गलिरहोस् यहाँ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    दीप बालेर भएपनि जगाउने मन छ
    खराब आचरण सबै भगाउने मन छ
    तिमी आफै भनिदेउ अब म के गरौँ प्रिय,
    दुख पर सारेर सुख मगाउने मन छ
    गलामा गहनाको प्रेम लगाउने मन छ।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०३
    सुख खोजेको दुख मिल्यो
    हात चाहेको मुख मिल्यो
    कसरी चित्त बुझाउनु,
    फल बिनाको रुख मिल्यो
    धर्ती छोडेसी सुख मिल्यो।।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०४
    खरानीलाई आगाेकाे के डर साहेब
    बाेलीकाे ठेगान छैन के भर साहेब
    शब्द प्रयाेगमा लगाम छैन , मुरारि ?
    फेरि नेता बन्ने कस्ताे रहर साहेब
    उमेर कट्या छ सत्तरी पर साहेब ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०५
    आशा त गरेको थिएँ फूल हजुर
    पेटमा पसी निस्कियो शुल हजुर
    आशा र भरोसा भन्ने मात्र रहेछ ,
    खान त खोजेको पानी मुल हजुर
    नसोची खाएछु भयो भुल हजुर ।।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    दुःख सुखका भइ दिने अनेकौ रङ्ग छन्
    सन्तोषी बन्ने प्रार्थना गरौँ प्रभु सङ्ग छन्
    परमात्मा शिवजीको मनले गरौं भक्ति
    पश्चिमा सभ्यता चलनले सबै दङ्ग छन्
    दिव्य ज्ञानी बन्न संसारमा पर्ने ढङ्ग छन् ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:०७
    घरीघरी सोधिरहन्छ काँडाले जीउँदै छ कि मर्यो भनेर
    यदि जिउँदै भए भन्दैछ गाउँ बेसी धाउनु पर्यो भनेर
    दु:खलाई कतिको सहन गर्दो रैछ भनेर त घोचिदिन्छ
    मरेको चुपचाप बस्छ जिउँदोलाई सोध्छ के गर्यो भनेर
    गरेको कर्म असल भए जान्नु भवसागर तर्यो भनेर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    पीडा दिनेले सधैं दिएकै छन्।
    बदला लिनेले नि लिएकै छन्।
    देखावटी नाटक गर्छौं किन,
    जिउनेले एक्लै नि जिएकै छन्।
    पीडा भुल्न सराव पिएकै छन्।
    ह्यारिस

    पञ्चाङ्ग:०९
    प्रवासमा तिहार कस्तो हुँदै होला
    दाजु र बहिनीको मन रुँदै होला
    यस्तो हालतमा पुर्‍याउने मान्छेले
    पक्कै पनि रक्सीले मुख धुँदै होला
    आन्द्रा र भुँडीमा रोगले छुँदै होला /

    • देवी पन्थी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०३

  • २८ कार्तिक २०८१, बुधबार २०:१७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय तीनऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/२२ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०३[एकसयतीनऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    हरियाली वन देखिएको छ।
    फूल राम्रो झन देखिएको छ
    फूल कसलाई मन् पर्दैन र?
    सुन्दरमा मन देखिएको छ।
    श्रमिकमा धन देखिएको।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    देखिएको हरियाली वन छ ।
    त्यसै भित्र फूलहरु झन छ ।
    सम्झी के गर्नु फूलैको संसार ,
    गुलाबको फूलमै यो मन छ ।
    इलम गरे यसैमा धन छ ।
    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०३
    गुलाब फूल जस्तै फूल्न मन छ।
    म यसैको साथमा खुल्न मन छ।
    आहा सुन्दर रमणिय ठाउँमा,
    सधैंभरि मलाई झुल्न मन छ।
    यही फूलमा सधैं भुल्न मन छ।
    ह्यारिस
    पञ्चाङ्ग:०४
    सबैको मन यहाँ रमाउँछ फूल फुलेको देखेपछि
    भमरा पनि त डुल्न आउँछ फूल फुलेको देखेपछि
    आखिर फूल फूलमै आँखा डुल्दो रहेछ यहाँ सबैको
    वनचरी पनि बल्ल गाउँछ फूल फुलेको देखेपछि
    सारा प्रकृतिले माया लाउँछ फूल फुलेको देखेपछि।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०५
    थुँगा थुँगा मिलेर माला बने जस्तै
    धान रोपी धानको बाला फले जस्तै
    सजिन्छन् फूल नयाँ सुन्दर ढाँचामा ,
    हातमा लिइ शिव नाम जपे जस्तै
    उज्यालोले अँध्यारो डाला भरे जस्तै
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:०६
    हरियाली परेको बीच फुल देखिएछ ।
    दुई फाँटको त्यो माझमा झुल देखिएछ।
    सुन्दर रुपको फुललाई हेरेर बसौँ ,
    ढकमक्क फुलेको राम्रो कुल देखिएछ।
    हेर्दाहेर्दै आँखा भित्र त राहुल देखिएछ ।
    ✍️ बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०७
    कति सुन्दर फुलेको फूल त्यहाँ
    थुँगा मिलेर बनेको झुल त्यहाँ,
    कति राम्रो संगठन त्यो फूलको,
    बिगार्न नलागोस् कुनै धुल त्यहाँ,
    भमरा नि डुल्दैँ होलान् हुल त्यहाँ ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- ११९

  • २६ कार्तिक २०८१, सोमबार १९:१९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय उन्नाइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११९ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    शान्तिको दीपलाई जगाउनु पर्छ।
    अबदेखि अशान्ति भगाउनु पर्छ।
    गरिबी र बेरोजगारी अन्त्य गर्न,
    सारा नेपालीलाई मगाउनु पर्छ।
    दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सुकर्म धर्म तर किन भुलिएकोछ आज
    कुकर्मले संसार यहाँ चुलिएकोछ आज
    साहसले अप्ठ्यारोमा सिकाउँदछ हिड्न
    प्रभु जाप सबैका लागि खुलिएकोछ आज
    प्रभु कृपाले उपवन फुलिएकोछ आज ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०३
    हरेक ब्यक्तिको आ-आफ्नो उडान हुन्छ
    राम्रो उत्पादन गर्न सके सान हुन्छ
    स्वास्थ नै धन हो मूलनारा अँगाल्दै
    ठाउँ अनुसार सबैको सम्मान हुन्छ
    सबै भित्र कुनै कला सीप ज्ञान हुन्छ ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    अचेल हरेक चिजको मूल्य बढ्यो भन्छन्
    बिहान बेलुका त्यै समाचार पढ्यो भन्छन्
    नोट मात्रै छापे नया हजार हजारका
    पुरानो मूल्यमान्यता त सबै डढ्यो भन्छन्
    अमूल्य वस्तुमाथि पनि मूल्य चढ्यो भन्छन् ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०५
    बिना आगो बेगर मानव मुटु जल्छ कसरी,
    परिवार साथ बेगर जीवन चल्छ कसरी ।
    बाति, तेल बेगर दियो बलेको देखेको छर?
    त्यसैले परिश्रम बेगर बाली फल्छ कसरी
    जग दह्रो भए फेरि माथि तला ढल्छ कसरी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग;०६
    “””””””””
    देखियाे सबैकाे मजबुर रहेछ ताइँ प्रियवर
    स्पष्ट भयाे है साँचाे त्याे रहेछ अन्त काइँ प्रियवर
    सिद्धान्त आदर्श जलेर खरानी भएकाे छ सारथी
    चलेकाे जताततै बेथितिकाे मात्र दाइँ प्रियवर
    जनले खाेजेकाे केवल सुशासन चाइँ प्रियवर ।
    प्रद्युम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग भाग-११८

  • २६ कार्तिक २०८१, सोमबार १९:१३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय अठारौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११८ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/०५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :-अनिवार्य

    पञ्चाङ्ग:०१
    अदृश्य रूपी मनमा चोटहरू अनगिन्ती छन्।
    लगाएका आरोपका खोटहरु अनगिन्ती छन्।
    सँगै बसे हिँडे,खाए भन्दैमा बिर्सियो नसोच्नु,
    पाइलै पिच्छे चोरेका नोटहरु अनगिन्ती छ।
    धारिला वचन वाणका बोटहरू अनगिन्ती छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    यौटा फूल देवताको पाउमा चढाउँला
    अर्को फूल प्रियसीको नाउँमा चढाउॅला
    बगैॅचाका बोट पनि उखेलेर फालेछन्,
    बीउ पाए उखेलेको ठाउँमा चढाउँला
    डाॅडापारी बादलुको गाउँमा चढाउँला।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    आफ्नो मनलाई आफैं सँग ढाट्नु परेको छ
    देश छोडेर अन्य डाँडा काट्नु परेको छ।
    पारिवारिक समस्याको बाध्यताले गर्दा,
    बैँस जोस परदेशमै साट्नु परेको छ,
    पैसाको लागि गाह्रो काम आँट्नु परेको छ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    जति मादल ठोकेपनि समयलाई नचाउन सकिन
    बितेर भूत बन्यो आफैं उ इतिहास रचाउन सकिन
    हिजो यही समयमा हाँसेर माया गाँसियो आज नासियो
    कस्तो माया रहेछ यो मैले त पहिल्यै जचाँउन सकिन
    टुट्यो सम्बन्ध म बच्चाले रोएर पनि बचाउन सकिन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    कामको परेको रैछ चटारो यहाँ
    त्यसै माथि कसैको छ झटारो यहाँ
    अरुको भलो सोच्ने त दुनियाँ छैन
    साथ नदिएको गाडी खटारो यहाँ
    होडबाजी गर्नेको छ लटारो यहाँ ।।

    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग:०७
    “””””””””
    सत्तामा मात्र माथापाच्ची गर्नुमा नै नाइकेकाे काम हुन्छ
    हिँड्न मनग्गे संख्या जुटाउन
    गाउँघर ठूलै नै धाम हुन्छ
    विश्वास हरायाे धेरै ढाँट्याै , निष्कर्ष संयुक्त उम्मेदवार
    हाम्राे साझा चिन्हमा चट्ट भाेट झारेर सत्तामा खाम हुन्छ
    अन्तिम निष्कर्ष पनि फेल भयाे छैन नि जाने ठाम हुन्छ ।
    प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०१

  • २६ कार्तिक २०८१, सोमबार १९:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/०८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०१[एकसयएकऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    स्पर्शमा भुलेकाे जिन्दगी।
    मनमा डुलेकाे जिन्दगी
    कति सुन्दर पाे देखियाे,
    हावामा झुलेकाे जिन्दगी।
    काँडाका फुलेकाे जिन्दगी।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    काँडामा पनि फुलेको फूल हेर
    त्यहीँ फूलमा भमरा हुल हेर
    एक अर्कोसँग सम्बन्ध हुन्छ नै
    स्वच्छतामा पनि हुन्छ धुल हेर,
    छिद्रता त हुन्छ नै त्यो झुल हेर।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३
    काँडा बिचमा सुन्दर फुल फुलेको छ राम्रो
    घरको बगैचामा रङ्गिन झुलेको छ राम्रो ।
    प्रत्यकले अनमोल सुन्दरता भरिएको
    जसरी मान्छे पनि हरक्षण खुलेको राम्रो
    सधैँ सुगन्ध छर्दै वरिपरि डुलेको राम्रो।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    मुसुक्क हाँसी फूल फूलेकाे देखियाे
    त्यही फूलकाे हाँगा झुलेकाे देखियाे
    साैन्दर्यले झपक्क हुँदा सबैतिर
    घर,आँगन अति खुलेको देखियाे
    त्याे फूलमा भमरा डुलेकाे देखियाे

    -उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०५
    काँडा बिच फूल्ने फूल कति राम्रो
    ढङ्गाबाट फुट्ने मुल कति राम्रो
    आफ्नो ठाउँमा सबैको महत्त्व छ,
    पुतलीका घुम्ने हुल कति राम्रो
    माकुराले बुन्ने झुल कति राम्रो ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    काँडाकै बीचमा फुलेको हुन्छ जिन्दगी
    लुकाएर दु:ख खुलेको हुन्छ जिन्दगी
    अँध्यारोमा थोरै भए नि उज्यालो छर्न
    तेलमा सलेदो घुलेको हुन्छ जिन्दगी
    जल्दै आफू पिडा भुलेको हुन्छ जिन्दगी ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९८

  • २३ आश्विन २०८१, बुधबार ०६:२९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अन्ठानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/१७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९८[ अन्ठानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बडादसैं घरघरमा आएको छ।
    बाढी र पहिरोले सारा खाएको छ।
    दसैं कसैको दशा नबनोस् भन्छु म,
    महलबासी हर्ष खुसी छाएको छ।
    गरीब दुःखीले दुःख नै पाएको छ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग :०२
    बालुवा माटो जौ राखी पानी घडा थापेर यहाँ।
    नव दुर्गा पुजा गर्छन् नि जमरा राखेर यहाँ।
    दसैँ सुरुवात पहिलो दिनमा यस्तै नै गर्छन् ,
    चण्डी पाठ गर्छन् है दुर्गामा बोका भाकेर यहाँ ।
    दशमीमा टीका लगाउँछन् मासु चाखेर यहाँ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०३
    जमरा घडा भरेर बालुवा र माटो दिएर राखिन्छ बेस्सरी ,
    मीठा मीठा परिकारहरु चाखिन्छ पिलेटमा लिएर बेस्सरी ।
    हिन्दुहरुको खुसियालीको चाड रमेर आएको छ यसपालि
    नयाँ नयाँ कपडाहरु सबै परिवारलाई सिएर बेस्सरी ,
    चाडपर्वमा कोही कोही मस्त हुँदै हिड्ने गर्छन् पिएर बेस्सरी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    हामी गरिब वर्गलाई दशैँ आएर के गर्नु?
    भोकै प्यासै बस्नेलाई मालश्री गाएर के गर्नु?
    मीठो खाने राम्रो लाउने हाम्रो तक्दिरमा छैन।
    गरिबहरु नाङ्गै छन् धनीले लाएर के गर्नु?
    पेट खाली छ गीतको धुन बजाएर के गर्नु?


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग-०५
    नराख्नु आमा जमरा यसपालि त कतै राख्ने ठाउँ छैन
    शहर चुर्लुम्म डुबेको छ बाढीले बगाएर गाउँ छैन
    पारी जाने पुल लग्यो बाटोघाटो खानेपानीको मूल लग्यो
    सारा देश शोकाकुल छ आज कहिँ कतै जाउँ जाउँ छैन
    यस्तो बेला पो आयो दशैं जहाँ कसैको निसाना नाउँ छैन।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०६
    पूजा आरम्भ गरिन्छ आज
    बालुवा माटो भरिन्छ आज
    साइत थाहा नभए पनि,
    मकै जौँ धान छरिन्छ आज
    विधि नजान्ने परिन्छ आज।
    कला ढकाल झापा

    ॐ
    पञ्चाङ्ग:०७
    “”””””””
    ठूला झरीले दसैँकाे खुसी सबै जन हरायाे हजुर
    एक ठाउँबाट अर्काेतिर जान मन डरायाे हजुर
    नदिका किनारा खुल्ला राख्नु पर्ने पाठ सिकायाे मज्जाले
    देशभरि नै धनजनको खति झन गरायाे हजुर
    तटका घरटहरा क्षति गरिकन भरायाे हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    पञ्चाङ्ग:०८
    टन्न खान पाउने को पो दशैं।
    आफ्ना कहाँ धाउने को पो दशैं।
    गरीब जहाँको त्यही हो सधैं,
    नयाँ लुगा लाउने को पो दशैं।
    खुशीयाली छाउने को पो दशैं।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग2 Comments on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९८

    साप्ताहिक पञ्चाङ्ग अभ्यास शृङ्खला- ११५

  • १९ आश्विन २०८१, शनिबार ०६:४४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पन्ध्रौ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११५ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०६/१४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    मानिसको उठिबास लगायो प्रकृतिले।
    खाने अन्न वस्तु सबै बगायो प्रकृतिले।
    दैवको लिला अपरम्पार देखियो सबै,
    बस्तीबाट धेरै टाढा भगायो प्रकृतिले।
    दैवको विरोधीलाई जगायो प्रकृतिले।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    क्षितिज परिधि घुम्दै थिएँ म
    सुस्तरी त्यो हावा चुम्दै थिएँ म
    मुटु दुखेर निकानन्द खोज्दा
    अम्मल लागे झैं झुम्दै थिएँ म
    सुनसान एक्लै गुम्दै थिएँ म ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    प्रकृतिले क्षति गर्नुसम्म गरेको छ जताततै।
    विश्वभरिनै मानिसहरु मरेको छ जताततै।
    असाध्य नै विध्वंस मच्चाएर छाड्यो दुनियाँ भरि।
    सयौँ घर बाढी पहिरोमा परेको छ जतततै।
    बाँच्नेको भोकमरिले ज्यान हरेको छ जताततै।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४
    मायाको सम्बन्धमा डर हुदैन
    जात भात र कुनै थर हुदैन।
    समाजले कहिल्यै कुरा बुझेन
    त्यसैले दोष दिने भर हुदैन ,
    समर्पण नहुदा घर हुदैन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०५
    यहाँ रामलाई छाेडेन ।
    धन दामलाई छाेडेन ।
    हान्याे प्रकृतिले जाेडले,
    भिड जामलाई छाेडेन ।
    कुनै ठामलाई छाेडेन ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६
    यहाँ अचाहिँदो धेरै भयो
    दुनियाँ सम्झेनौ मेरै भयो
    दुःखी गरिबको जिउधन
    खाइदिइस् सबै तेरै भयो
    भ्रष्टाचारीहरूको जेरै भयो ॥

    गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०७
    विकाशको नारा लगाउँछन् यहाँ।
    अधोगति धारा बगाउँछन् यहाँ।
    कुरा मात्र ठूला गर्ने केही हैन,
    आफूले नै सारा जगाउँछन् यहाँ।
    आफ्नो लागि तारा मगाउँछन् यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग;०८
    देशैभरि बाढीपैह्रो चलेको यो बेला
    थलथली धराधाम गलेको यो बेला
    के लेखौॅ र माया प्रीति उनिएका कुरा,
    यो देशको शीर तल ढलेको यो बेला
    दैवले नि हामीलाई छलेको यो बेला।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०९
    लग्यो सारा पानीले खेत बारी ओहो ,
    बग्यो भेल सँगै वारि न पारि ओहो ।
    बेमौसमी पानीले गरायो लथालिङ्ग
    हिलोमा डुबायो तरकारी घारीओहो
    बगायो ल्याउन सकिएन वारि ओहो ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१०
    हेर्दाहेर्दै मानव बस्ती लग्यो पानीले
    प्रकृतिले गर्दा नै सबै ठग्यो पानीले
    राज्यसत्ताको अझै हेल्चेक्र्याइँ हुँदैछ
    आफ्नो केही भन्न पाएन बग्यो पानीले
    सबै प्राणी जनहरू नै तग्यो पानीले
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:११
    हरियो वन नेपालको धन हरायो किन ?
    त्यसैले बाढी पहिरो अहिले करायो किन ?
    प्रभु कहर झैँ प्रलय जस्तै हुनेछ हानी
    प्रकृतिसँग खेला मानवले गरायो किन ?
    प्रकृतिले जलमग्न भर्पाई भरायो किन ?
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग-१२
    प्रकृतिकै एक अंश त हो मानवको चोला पनि
    शिर निहुर्याउथ्यो प्रकृतिको पाउमा भोला पनि
    अचेल त मान्छे आफैं नै जान्ने भयो प्रकृति भन्दा
    शहर बनाउनको लागि मासिदिन्छ खोला पनि
    अझ उल्टै बोकाउन खोज्छ सिद्धान्तको झोला पनि।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग2 Comments on साप्ताहिक पञ्चाङ्ग अभ्यास शृङ्खला- ११५

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९७

  • १९ आश्विन २०८१, शनिबार ०६:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- सन्तानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०६/१०गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ९७[सन्तानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सगरमाथाको शिखर चुम्न मन छ।
    त्यहाँ पुगेर वरिपरि घुम्न मन छ।
    यो हाम्रो विश्रको एउटा पहिचान हो,
    विदेशीहरू ल्याई सँगै झुम्न मन छ।
    नवीन साथीहरूसँगै गुम्न मन छ ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    मलाई सुन्दर लाग्छ हिमाली धरामा
    मेरा मन अति जाग्छ हिमाली धरामा
    यस्ता ठाउँहरू सबै देशमा पाइन्न
    हिउँ हेर्दा दु:ख भाग्छ हिमाली धरामा
    हिउँले आँखामा दाग्छ हिमाली धरामा

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०३
    प्रकृतिमा अति रम्न मन छ मलाई।
    यसमै लीन भै जम्न मन छ मलाई।
    कति निस्वार्थ प्रेम छ यसको सबैमा,
    फूलसँग निकै गम्न मन छ मलाई।
    समय पर्खन थम्न मन छ मलाई।
    ह्यारिस
    ॐ
    पञ्चाङ्ग०४
    “विश्वमा अग्लाे सगरमाथा पहिचान छ साथी
    बुद्धकाे जन्मभूमि हुँदा देशकाे मान छ साथी
    नेपालकाे नागरिक हुनुमा लाग्छ गर्व अति
    संसारका वीर हुन् नेपालीकाे आहान छ साथी
    सुरम्य प्रकृतिले दिएकाे वरदान छ साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    पञ्चाङ्ग:०५
    मेरो गाउँबाट हिमाल प्रष्ट रुपमा देखिन्छ हेर
    हाम्रो देश नेपाल सुन्दर प्रकृतिमा लेखिन्छ हेर
    जहाँ जहाँ जान्छौ आफ्नो देशको माया
    सुन्दरताको चित्रण गर्न अनि फुल भेटिन्छ हेर
    सुन्दरता आफैंमा चम्किएको पुरा मेटिन्छ हेर
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    पञ्चाङ्ग:०६
    कति सुन्दर हिमाल पारीको देश हाम्रो
    ढाकाटोपीअनि चौबन्दी चोलो भेष हाम्रो
    सान अनि मान सगै प्रकृति हाँसेको छ
    त्यसैले छिटको सारीमा चुल्ठी केस हाम्रो
    डन्डी बियो र कबडी राष्ट्रिय रेस हाम्रो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग,:०७


    हिमाल पहाड तराई फाँटमा छ
    बर्षातले बिनाश गर्ने छाँटमा छ
    प्रकृतिले त सबै बिगार्यो बिगार्यो
    युवाहरु चैँ बिदेशिने आँटमा छ
    मर्नेहरु जति मसान घाटमा छ


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०८
    त्याे तराईको माथि खुलेको हिमाल हाँसेकाे छ
    सुन्दर, शान्त प्रकृति र हाम्रो मायाँ गाँसेकाे छ
    त्याे गाउँ अनि ति पाखा पखेरा कति रमाइलो
    डाँफे,मुनाल पनि यिनैकाे काखमा नाँचेकाे छ
    पाहुना बनि त्याे ठाउँमा घुम्न जान साँचेकाे छ

    उर्मिला के.शी.
    धनकुटा !

    पञ्चाङ्ग-:०९
    हिमालको काखमा मेरो सानो गाउँ छ
    यै सानो गाउँको विश्वमा ठुलो नाउँ छ
    ऋषि – महर्षिले तप गरेको भुमि यो
    आउनु है हेर्न कति सुन्दर ठाउँ छ
    एकैचोटी हेरे कस्तो मोहनी लाउँछ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्गLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ९७

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P