• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का कविता

विशेष झिल्का लेखन अभियानको २२ औँ शृङ्खला (लालीगुराँस विषयक) सम्पन्न

  • १ श्रावण २०८१, मंगलवार ०९:०६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २२ औँ शृङ्खला (लालीगुराँस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    मनमोहक सुन्दरता मूल
    गुराँस आहा ! पाखापखेरामा
    नेपालको राष्ट्रिय फूल !
    २//
    राता, सेता अनेकथरी
    देखिन्छ स्वर्गझैँ मुलुक
    फुल्दा गुराँस पाखाभरि !
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    लालिगुराँस फुलेर वनमा
    पहिचानको छाताले ढाकेर
    लुकाउने सबैको मनमा!
    २//
    पाखापखेराको रङ्ग फेरेर
    लोभ तुल्याउने दर्शकको
    कहिल्यै नअघाउने हेरेर !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ————-==———–
    [३]
    १//
    पाखाभरि सुन्दरताको मूल
    सेतो रातो ढकमक्क
    फुल्यो लालीगुराँस फूल !
    २//
    लालीगुराँसले देखायो पहिचान
    फुलेर हिमाली पाखामा
    राख्यो राष्ट्रिय सान !
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [४]
    १//
    वन ढाकेर फुल्ने
    लालीगुराँस फूल देखेर
    मन त्यतै झुल्ने !
    २//
    लालीगुराँस लेकैमा फुलेको
    साइलाको आडैमा बसेर
    गाएको छैन भुलेको !
    ३//
    मनलाई खुसी दिन
    अब लेखतिर जाऔँ
    लालीगुराँस फूल लिन ।
    ✍️ ललिता गिरी, सिन्धुली हाल काठमाडौं नेपाल
    ————-==———–
    [५]
    १//
    फुल्छ गुराँस वनमा
    राष्ट्रियताको भावना बोकेर
    छुन्छ सबैको मनमा !
    २//
    नेपालीको दिन्छ पहिचान
    राष्ट्रको गौरव बढाउँदा
    अझै आउॅंछ शान !
    ३//
    नेपालको लालीगुराँस फूल
    पहिचान दिनेलाई सबैले
    नगरौँ अबदेखि भूल !
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    [६]
    १//
    फुलेर लालिगुराँस वनमा
    देखियो सुन्दरताको महल
    उमङ्ग छायो मनमा ।
    २//
    रङ्गीचङ्गी बनेर फुल्यो
    छरेर सुगन्ध वनभरि
    देखेर मन भुल्यो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. ६ सङ्खुवासभा।
    ————-==———–
    [७]
    १//
    राताम्मै गुराँस पाखाभरि
    अप्ठ्यारोमा पनि फुल्छन्
    मन चन्चल हुनेगरी ।
    २//
    पहाडी सुन्दरताको वर्णन
    गुराँस पनि अनेकथरी
    उचाइसँगै रङ्गमा परिवर्तन ।
    ✍️ सतीश पण्डित,बभानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्थ।
    ————-==———–
    [८]
    १//
    नेपालको राष्ट्रिय फूल
    लालीगुराँसको छुट्टै विशेषता
    राष्ट्रिय चिन्हको मूल !
    २//
    धेरै प्रजातिका फुल्छन्
    नेपालको उच्च पाखापखेरामा
    लालीगुराँसको अध्ययनकर्ता डुल्छन् ।
    ३//
    विश्वको मनमोहक फूल
    सबैले संरक्षण गरौँ
    लालीगुराँस मास्नु भूल ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [९]
    १//
    लालीगुराँस फूल्यो वनमा
    सम्झना आउँछ गाउँको
    विरह चल्छ मनमा ।
    २//
    लालीगुराँस राष्ट्रिय फूल
    राष्ट्रको सुन्दर पहिचान
    यसलाई कदापि नभुल ।
    ✍️ पुरुषोत्तम फुयाल, साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    ————-==———–
    [१०]
    भिरमा फुलेको गुराँस
    हेरेर चित्त बुझाउँदा
    मनमा मिठो आभाष !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [११]
    १//
    रङ्गीन फूल वनभरि
    मनमोहक हेरिरहूँ लाग्ने
    इच्छा आकाङ्क्षा मनभरि ।
    २//
    लालीगुराँस फूल हिमरानी
    पर्यटक आउँछन् हेर्न
    भर्छन् आँखाको नानीब।
    ✍️ उमा रिमाल, संखुवासभा 🇳🇵
    ————-==———–
    [१२]
    लालीगुराँस रातो राम्रो
    देशको आहा शिरफूल
    पहिचान बोक्छ हाम्रो ।
    ✍️ रचना शर्मा प्रतीक्षा, इमाडोल , ललितपुर ।
    ————-==———–
    [१३]
    १//
    सुन्दर लालीगुराँस फूल
    पहाडको साैन्दर्यकी खानी
    राष्ट्रिय चिन्हहरूको मूल ।
    २//
    वनपाखाभरि नै फुल्ने
    गुराँस फूलको साैन्दर्यले
    मनको पीडाहरू भुल्ने ।
    ३//
    लालिगुराँस राष्ट्रिय फूल
    राष्ट्रमाथि खेलबाड गरे
    हुन्छ त्यो महाभूल ।
    ✍️ जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ।
    ————-==———–
    [१४]
    १//
    भिरपाखामा चट्ट फूल्छ
    लालीगुराँस भएर राताम्मै
    मानिसको मन भुल्छ ।
    २//
    राष्ट्रिय गौरव हाम्रो
    पाखाभरि लालीगुराँस फूल
    जाेगाउँदा सबैले राम्रो ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    ————-==———–
    [१५]
    १//
    प्रकृतिमा सुन्दर फूल
    लालीगुराँस देख्दा मान्छेकाे
    हुन्छ मन चुलबुल ।
    २//
    ईलामकाे मिल्के डाँडा
    झुम्म फुलेकाे गुराँस
    हुँदैन यसमा काँडा ।
    ३//
    राष्ट्रकाे याे पहिचान
    निशानी छापमा समेत
    यसकाे अति मान ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१६]
    १//
    पहाडमा फुलेकी रानी
    हाम्रो राष्ट्रिय पहिचान
    सौर्न्दर्य नेपालको खानी ।
    २//
    हुँ राष्ट्रिय फूल
    काट्छ किन मलाई
    स्वार्थी मान्छेको हुल ।
    ३//
    मलाई फूल्न दिँदैन
    काट्छन् मन्दिरको लागि
    हरियो वन लिँदैन।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१७]
    १//
    फागुन चैत फुल्दछ
    आहा ! लालीगुराँस रक्ताम्यै
    सबैको मन भुल्दछ ।
    २//
    लालीगुराँस हाम्रो सान
    विश्व माझ चिनाउने
    गर्नुपर्छ यसलाई सम्मान ।
    ✍️ दीप गोले तामाङ, रौतहट
    ————-==———–
    [१८]
    १//
    लालीगुराँस राष्ट्रको सान
    राष्ट्रिय फूल हाम्रो
    गौरव अनि पहिचान ।
    २//
    रङ्गीन बनाउँछ वन
    खुसी हुन्छ सबैको
    चैत, बैशाखमा मन ।
    ✍️काजल न्यौपाने, भोजपुर
    ————-==———–
    [१९]
    १//
    पहाडमा फुल्छ फूल
    ढकमक्क लालीगुराँस वनमा
    नगराैँ फ्याक्ने भुल !
    २//
    चराउँदा बाख्रा वनमा
    टिपेर लालीगुराँस खाएकाे
    राखेको छु मनमा ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ————-==———–
    [२०]
    १//
    फूल फुलेछ वनमा
    वसन्तको आगमनसँगै हेर
    हर्ष भयो मनमा ।
    २//
    नेपालीको छुट्टै पहिचान
    राष्ट्रिय फूल फूल्दा
    देशकै हुन्छ सान ।
    ✍️ कला ढकाल, झापा
    ————-==———–
    [२१]
    १//
    देखेर वनैमा फुलेको
    राष्ट्रिय फूल लालीगुराँस
    मन उतै भुलेको ।
    २//
    हामी नेपालीको शान
    राष्ट्रिय फूल लालीगुराँस
    विश्वले चिनेको पहिचान ।
    ✍️ Amrit KO Ira Ala, पोखरा -१८,चंखपुर
    ————-==———–
    [२२]
    १//
    ढकमक्क फुल्दा पाखाभरि
    रक्ताम्य देखिन्छ वन
    हुन्छन् गुराँस नानाथरी l
    २//
    बढाउँछ नेपालीको शान
    विश्वसामु लालीगुराँस फूलले
    जताउदै नेपालको पहिचान l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [२३]
    १//
    लालिगुराँस राष्ट्रकै गौरव
    पलायो किन कुमति
    बन्दै पाण्डव कौरव ?
    २//
    छर्दै वासन्तिक छटा
    फैलियो सौन्दर्यको सौरभ
    फर्फराउँदै शिवका लटा !
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [२४]
    १//
    पहाडी क्षेत्रमा फुल्ने
    विभिन्न रङ्गको हुन्छ
    लालीगुराँसमा मन भुल्ने ।
    २//
    लालीगुराँस फुल्दा वन
    मनोहर देखिन्छ साथी
    लोभलाग्दो दृश्य झन ।
    ३//
    नेपाल राष्ट्रको प्रतीक
    लालीगुराँस फूल चिनारी
    नेपाली मनको नजीक ।
    ✍️ पृथक प्रकृति ,झापा
    ————-==———–
    [२५]
    १//
    गाउनू लालीगुराँसको महिमा
    सुन्दरताको प्रतीक भनी
    बढाउँदै देशको गरीमा !
    २//
    लालीगुराँस फूल्दा वनमा
    डुलिरहूँ जस्तो लाग्छ
    सम्झेर तिमीलाई मनमा ।
    ✍️ मोती योन्जन, सुब्बा दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [२६]
    १//
    ढकमक गुराँस फुल्यो
    वनपाखा भयो राताम्य
    देखेपछि हृदय झुल्यो ।
    २//
    मन लोभ्याउने फूल
    गुराँस टिपेर फ्याँक्ने
    कहिल्यै नगर्नू भूल !
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [२७]
    १//
    लालीगुराँसको छ खानी
    मनको कुरा मनमै
    नेपाल संसारमा रानी ।
    २//
    राष्ट्रिय चिनारी हाम्रो
    दुनियाँको रमझममा पनि
    हेर्दा गजबको राम्रो ‌।
    ३//
    सुन्दर लालीगुराँस फूल
    दिनको तुलनामा रात
    नेपालको हामी मूल ‌!
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    भारत
    ————-==———–
    [२८]
    १//
    लालीगुराँस फुल्दा वनमा
    भिरपाखा देखिन्छन् रङ्गीन
    माया फुल्छ मनमा ।
    २//
    ढकमक्क गुराँस फुलेको
    उजाड वनमा रमाइलो
    देखेर मन भुलेको ।
    ✍️ सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
    ————-==———–
    [२९]
    लालीगुराँस फुल्छ वनैमा
    अजम्मरी राष्ट्रिय फूल
    बसिरहन्छ नेपालीको मनैमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [३०]
    १//
    काेइलीकाे गाना सुन्दै
    वनमा फूल्याे गुराँस
    प्राकृतिक मधुमास चुन्दै ।
    २//
    राष्ट्रकाे सान लालीगुराँस
    देशकाे आफ्नै पहिचान
    एउटा सुन्दर इतिहास ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ , साँगा बजार।
    ————-==———–
    [३१]
    १//
    वसन्तमा फूलेको लालरानी
    वनै उज्यालो पार्ने
    औषधिको हौ खानी !
    २//
    ढकमक्क फूलेको पाखाभरि
    रातै देखिन्छ बनपाखा
    गुराँस हुन्छन् थरीथरी ।
    ✍️ धनमाया चौधरी, कैलाली ११
    ————-==———–
    [३२]
    १//
    वनमा गुराँस फुलेको
    हेर शिरमा लगाएँ
    कति राम्रो खुलेको !
    २//
    वन ढाक्यो लपक्कै
    दुलही जस्तै देखियो
    पाखा भए छपक्कै !
    ✍️ सञ्जना शर्मा, लमही दाङ
    ————-==———–
    [३३]
    १//
    पाखाभरि गुराँस फुल्यो
    मनमोहक दृश्य देखेर
    मनले पिरहरु भुल्यो।
    २//
    डाँडापाखा सुन्दर देखियो
    लालीगुराँस फूल फुलेर
    सबै हर्षित भेटियो ।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    [३४]
    १//
    फुल्दा रमाइलो हुन्छ
    लालीगुराँस ढकमक्क वनमा
    नहुदाँ मन रुन्छ ।
    २//
    नेपालको राष्ट्रिय फूल
    संरक्षण गरौँ सबैले
    लालीगुराँस हो नभुल ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [३५]
    १//
    पुगौँ गुराँसको राजधानी
    तीन जुरे डाँडा
    छ सुन्दरताको खानी ।
    २//
    पहिचान हो हाम्रो
    फुलेको छ ढकमक्क
    आहा ! कति राम्रो ।
    ३//
    चैत बैशाख फुल्ने
    राष्ट्रिय फूल लालीगुँरास
    मन त्यतै भुल्ने ।
    ✍️ अनिता कार्की, पाँचथर
    ————-==———–
    [३६]
    १//
    रक्तिम बनायौ गुराँस
    नेपालका पहाडी धरा
    तिमी नफूले उराठ ।
    २//
    गुराँसका जङ्गल पस्दा
    स्वर्गकै आभास हुन्छ
    अनुपम सुन्दरताले डस्दा ।
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [३७]
    १//
    इज्जत दिने लाली
    देशको सान यो
    अमृत दिने माली ।
    २//
    राष्ट्रले स्थान दिएको
    लालीगुराँसबाटै हामीले जान्यौँ
    उसैबाट इज्जत लिएको ।
    ✍️ नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । हाल– एनेलकुटी, सिरहा ।
    ————-==———–
    [३८]
    १//
    नेपालकाे राष्ट्रिय फूल
    लालीगुराँस एक मनमोहक
    पहाडी क्षेत्रको मूल ।
    २//
    विभिन्न प्रजातिका फूलेका
    नेपालका पाखापखेरामा लालिगुराँस
    हेर्न पर्यटक डुलेका ।
    ३//
    विश्वमा छुट्टै पहिचान
    सबैले संरक्षण गरौँ
    लालीगुराँस नेपालीको सान ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [३९]
    १//
    लालीगुराँस देशको निसानी
    पहिचान जगाउँछ नेपालको
    नगरौँ यसलाई हानी ।
    २//
    चैत, बैशाखमा रङ्गीचङ्गी
    लालीगुराँस फूलहरू सँगसँगै
    रमाउँछन् सबै साथीसङ्गी।
    ✍️ मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
    ————-==———–
    [४०]
    लालीगुराँस फूल राम्रो
    ढकमक वनमा फुल्दा
    देशको गहना हाम्रो ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
    ————-==———–
    [४१]
    १//
    वनैभरि फुलेका फूल
    लालीगुराँस कति राम्रो
    ढकमक्क बनेका झुल ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ————-==———–
    [४२]
    १//
    गुराँसको फूल फूल्यो
    हेरिरहुँ लागिरह्यो मलाई
    त्यसैमा मन भुल्यो ।
    २//
    जब लालीगुराँस बढ्यो
    डाँडा अनि पाखापखेरामा
    सौन्दर्यको लाली चढ्यो ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    ————-==———–
    [४३]
    १//
    त्यो पारी वन
    गुराँस फूलेको देखेर
    खुसी भयो मन ।
    २//
    टिप्नलाई नगरौँ भूल
    लालीगुराँस नै हो
    हाम्रो राष्ट्रिय फूल !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४४]
    १//
    लालीगुराँस फुले वनैमा
    जताततै रमाइलो भयो
    खुसी छायाे मनैमा ।
    २//
    नेपालको राष्ट्रिय फूल
    वनैभरि रमाइलो देख्दा
    शुद्ध हुन्छ कूल ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    ————-==———–
    [४५]
    १//
    रङ्गीन बनाउँछ जङ्गल
    संरक्षण गरौँ लालीगुँरासको
    हुन्छ सबैको मङ्गल ।‌
    २//
    पाखाभरि लालीगुँरास फूल
    राताम्मे देखेर हजुर
    हुन्छ मन चुलबुल !
    ३//
    लालीगुराँस हाम्रो सान
    राष्ट्रिय फूल देशको
    विश्वमा छुट्टै पहिचान ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [४६]
    १//
    गुराँस राम्रो फूल
    राष्ट्रियताको प्रतीक हो
    टिप्ने नगर्नुहोस् भूल ।
    २//
    हिमालको सौन्दर्य हेर
    गुराँसको फुल्ने मौसममा
    पर्यटन भुल्ने धेर !
    ३//
    गुराँस राम्रो मलाई
    डाँडामा रातै फुलेको
    हेर्न हर्ष बढाई !
    ✍️ भगवती दवाडी, झापा
    ————-==———–
    [४७]
    लालीगुराँस ढकमक्क वनमा
    तिमी सर्वत्र सजाइदेऊ
    स्वच्छ सुन्दर मनमा ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    [४८]
    १//
    गुराँस फुलेकाे वनमा
    कति रमणीय दृश्य
    हेर्दै आनन्द मनमा ।
    २//
    पहाडै देखियाे राम्राे
    ढकमक्क फुल्दा गुराँस
    राष्ट्रिय फुल हाम्राे ।
    ✍️ दिनेशकुमार शर्मा, हेटौँडा, मकवानपुर ।
    ————-==———–
    [४९]
    १//
    नेपालको राष्ट्रिय फूल
    लालीगुराँस वनको गहना
    काटेर नगर्नु भूल !
    ✍️ भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [५०]
    १//
    सुन्दर रङ्गमा सजिएको
    पहाडमा लालीगुँरास फूल
    देश सिंगारेर अग्लिएको ।
    २//
    औषधीको गुण पाइन्छ
    माछाको काँडा अड्केमा
    तुरुन्तै गुराँस खाइन्छ ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [५१]
    १//
    गुराँसले सुगन्ध छर्ने
    सधैँ राष्ट्र राष्ट्रियतामा
    देशको नाम भर्ने ।
    २//
    वसन्तमा सधैँ फुल्ने
    फुलेको लालीगुराँस देख्दा
    मन चारैतिर डुल्ने !
    ३//
    पहाडमा देखिन्छ राम्रो
    सधैँ सुगन्ध छर्ने
    राष्ट्रिय फूल हाम्रो !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५२]
    लालीगुँरास फुलेर रातै
    नेपाल प्रकृतिको भण्डार
    मनमाेहक छ वनपाखै ।
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ।
    ————-==———–
    [५३]
    १//
    चैत्रमा राता जङ्गल
    लालीगुराँस चहार्दै चराहरू
    काेइली गाउँछन मङ्गल ।
    २//
    लालीगुराँस निसानी हाम्राे
    माहुरी रमाउँछ त्यही
    रक्ताम्य पाखा राम्राे ।
    ✍️ हिरालाल न्याैपाने, बानपा ८,काेटमाैला,सल्यान
    ————-==———–
    [५४]
    १//
    मनै लोभ्याउने लालीगुराँस
    औषधीको काम गर्छ
    यसलाई बुझेमा खास !
    २//
    वन ढाकेर फुल्ने
    लालीगुराँस देखेर यहाँ
    सबैको मन भुल्ने ।
    ✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
    ————-==———–
    [५५]
    १//
    भावना लालीगुराँस जस्तो
    दागरहित हुनुपर्छ मान्छे
    मानवमा मानवता कस्तो।
    २//
    सुन्दर छवि बनाउँ
    बगैँचाका निष्कलङ्क कोपिला
    इतिहासलाई दाग नलगाउँ ।
    ३//
    दृश्यमा शोभा गौरव
    आँखामा कहिल्यैँ नबिझाउने
    बन्नुपर्छ इतिहासमै शौरभ ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [५६]
    १//
    वनभरि लालीगुराँस फुल्छ
    रमणीय दृश्य हेर्दा
    एकछिन दुःख भुल्छ ।
    २//
    गुराँस एकताको फूल
    लाली चढाउनुछ देशलाई
    सम्हाल्नु जनताको हुल ।
    ✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा
    ————-==———–
    [५७]
    भिरपाखामा फुलेको लालीगुराँस
    विजयको रातो रङ्गझैँ
    नेपालीको पुर्ख्यौँली पुराण ।
    ✍️ राजु भन्डारि,बबैरिया १ कपिलवस्तु
    ————-==———–
    [५८]
    १//
    फूल आहा फुलेको
    गुराँस अहिले ढकमक्क
    मन त्यतै झुलेको ।
    २//
    पहाडको रानी अरे
    भन्छन् सबै गुराँसलाई
    टपक्क टिपौँ, झरे ।
    ३//
    भन्छन् राष्ट्रिय फूल
    गुराँसलाई हाम्रै देशमा
    सत्यानास् गर्नु भूल ।
    ✍️ राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको २२ औँ शृङ्खला (लालीगुराँस विषयक) सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- २१

  • ३० असार २०८१, शनिबार २२:४३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २१ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २१ का लागि झिल्काकारत्रय सुनगाभा पोखरेल, लक्ष्मी रिजाल र लोक बहादुर क्षेत्री लामिछानेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १//
    लालीगुराँस फुल्दा वनमा
    भिरपाखा देखिन्छन् रङ्गिन
    माया फुल्छ मनमा ।
    २//
    ढकमक्क लालीगुराँस फुलेको
    सुन्दर रमाइलो वनमा
    देखेर मन भुलेको ।
    ३//
    थाकेर शरीर लखतरान
    कहिलेकाही गल्छ अचम्मैले
    आराम नपाउँदा ज्यान ।
    ✍️
    सुनगाभा पोखरेल

    नेपालगन्ज

    [२]
    १//
    हाम्रा हुन् भानु
    प्रेरणाका अद्भुत श्रोत
    भाषाका एक रानु ।
    २//
    आयो असाध्यै पानी
    खेत तिर्खाएको हुनाले
    मान्न थालेँ रानी ।
    ३//
    भोजन जुटाउन वर्षको
    असारमा रोपाइँ गरेर
    आयो समय हर्षको ।
    ✍️
    लक्ष्मी रिजाल

    रुपनगर, सप्तरी, मधेस

    [३]
    १//
    बाटो कसरी पहिल्याउने
    रोज्न आफ्नो खुसी
    नेताले जहिल्यै अल्मलाउने ।
    २//
    छ चारैतिर काँडा
    पन्छ्याउदै थाकिसकेँ म
    भिरपाखा र डाँडा ।
    ३//
    हिँड्दा बाटो एकसुरले
    असरल्ल भेडाले अल्झाउँदा
    विकास छेक्छ झुरले ।
    ✍️
    लोक बहादुर क्षेत्री लामिछाने
    ~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २१

    विशेष झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न

  • २८ असार २०८१, बिहीबार २३:३९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    रोपेर गमलामा धान
    कृषिप्रधान देश हाम्रो
    बढाउँछौँ विश्वसामु सान ।
    २//
    समय पन्ध्र असार
    बाँझै छन् खेतबारी
    गमलामा रोप्न हतार ।
    ✍️ वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    पानी कहिले पर्ने
    खेत छ बाँझो
    रोपाइँ कहिले गर्ने ?
    २//
    दही चिउरा खाएर
    महत्व असार पन्ध्रको
    बुझाउने रोपाइँ लाएर ।
    ३//
    गमलामा धान रोप्ने
    विकृति पनि आयो
    लाजसरम केले छोप्ने !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    ————-==———–
    [३]
    १//
    सबै मिली रमाएर
    असार पन्ध्र मनाऔँ
    दही चिउरा खाएर ।
    २//
    घन्कियो असारे गीत
    रमाए सबै खेतमा
    खुसी त्यो मुहारसित ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [४]
    १//
    असार पन्ध्रको शुभकामना
    केही झिल्का कविताहरू
    सकारात्मक रहोस् मनोभावना !
    २//
    असार पन्ध्र मान्नेहरू
    गमलामा धान रोप्छन्
    हाम्रा देशका जान्नेहरू ।
    ३//
    अर्थविनाको हुन्न सन्देश
    कुरै बुझ्दैनन् नेताहरू
    फुलिसकेका उनका केस ।
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [५]
    १//
    आयो धान दिवस
    खाएर दही चिउरा
    मुरी फलाउन विवश ।
    २//
    असार पन्ध्र नेपालमा
    ओभानो हुँदैनन् रोपाहार
    धानको बीउ कपालमा ।
    ३//
    अठोट सबैको मुरी
    असारदेखि मङ्सिरसम्म खेतमा
    किसानको परालको धुरी ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [६]
    १//
    असारे गीत गाएर
    असार पन्ध्र मनाउनु
    दही चिउरा खाएर ।
    २//
    समयमा पानी परेन
    किसान पर्‍यो मर्कामा
    धान रोपाइँ गरेन ।
    ✍️ वेल थोकर तामाङ, बकैया _८// बस्तिपुर// मकवानपुर
    ————-==———–
    [७]
    १//
    वर्षाको मौका छोपौँ
    बाँझो ती खेतबारीमा
    धानको बीउ रोपौँ ।
    २//
    जीउमा हिलो लाएर
    पन्ध्र असार मनाऊ
    दही चिउरा खाएर ।
    ३//
    रमाइलो असार पन्ध्र
    लक्ष्य एउटै राखौँ
    उडी छुनु चन्द्र ।
    ✍️ सविता भट्टराई, जनकपुर।
    ————-==———–
    [८]
    १//
    दही चिउरा खानू
    असारको पन्ध्रमा हजुर
    खेत रोप्न जानू |
    २//
    पुराना बाली थन्काई
    छुपुछुपु धान रोपिन्छ
    असारे गीत घन्काई |
    ✍️ सरिता सेढाई, धादिङ
    ————-==———–
    [९]
    १//
    रुझेर बर्खे झरी
    काम गर्नुपर्छ यहाँ
    खेतमा बाउसे गरी ।
    २//
    परिश्रम गराैँ सधैँभरि
    अनाज फलाउनु निरन्तर
    खटेर सदा यसैगरी ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे, भक्तपुर
    ————-==———–
    [१०]
    १//
    दही चिउरा असार
    खेती बाँझो राखी
    खान किन हतार ।
    २//
    खेतमा फल्छ धान
    गमलामा रोपेर आफैँ
    विश्वमा खोज्छौ सान ।
    ३//
    कृषिप्रधान देश हाम्रो
    रोप्नेछौँ धान भव्य
    हुनेछ विश्वस्त राम्रो ।
    ✍️ बेदु न्यौपाने
    ————-==———–
    [११]
    १//
    कस्तो मोहनी मन्त्र
    खाएर दही चिउरा
    मनाऔँ असार पन्ध्र ।
    २//
    किसान गोरु जोतेर
    फलाऔँ धानको बाला
    धानको बिरुवा रोपेर ।
    ३//
    टाउकोमा छत्री खाएर
    हो माले भन्दै
    असारे गीत गाएर ।
    ✍️ दीप गोले तामाङ, रौतहट
    ————-==———–
    [११]
    १//
    असारे गीत गाउनु
    दही चिउरा खाएर
    आपसमा खुसीले रमाउनु ।
    २//
    राेप्नु खेतमा धान
    फल्दैन गमलामा राेपेकाे
    कृषककाे कुरा मान ।
    ३//
    खेतमा राेप्ने धान
    नाङ्गो शरीरमा लगाउँदै
    नदेखाऊ कसैले सान ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी ,राधे राधे भक्तपुर ।
    ————-==———–
    [१२]
    १//
    वर्षादको मौका छोपी
    असारे गीत गाउँदै
    छुपुछुपु धन रोपी ।
    २//
    दही चिउरा खाएर
    असार पन्ध्र मनाऔँ
    रोपाइँको गीत गाएर ।
    ३//
    मिलीजुली रोपाइँ गरौँ
    एकताको भावना मिलाई
    विश्व शान्ति छरौँ ।
    ✍️ एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१३]
    १//
    धान रोपेर छोडौँला
    साउने सक्रान्ति मनाएर
    पानी कटाई गोडौँला ।
    २//
    भएन रहर पूरा
    भुसुक्कै बिर्सिएछु मैले
    खेत नभएको कुरा ।
    ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [१४]
    १//
    हिलो खेल्दै रमाउँला
    सधैँ जस्तै यसपाली
    दही चिउरा खाउँला ।
    २//
    रोपेर हिलोमा धान
    पुग्नेछ पक्कै पनि
    वर्ष दिनलाई खान ।
    ✍️ पुरुषोत्तम फुयाल, खोटाङ
    ————-==———–
    [१५]
    १//
    कतै छैन पानी
    दैवको लीला अनौँठो
    कतै डुबानले हानी ।
    २//
    दही चिउरा खाने
    साथीसङ्गी जम्मा भएर
    रोपाइँको मेलामा जाने ।
    ३//
    प्लटिङ्गले जमिन खायो
    गमलामा रोपाइँ गर्दा
    नेताको मन रमायो ।
    ✍️ संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
    ————-==———–
    [१६]
    १//
    मनाऔँ असार पन्ध्र
    खाएर दही चिउरा
    हेराैँ सुर्य चन्द्र ।
    २//
    घन्काऔँ असारे गीत
    किसान सबै मिली
    हुन्छ हाम्राे जीत ।
    ३//
    हलाे जुवा हली
    बाउसे खेताला सबै
    हिलो तनमा दली ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    ————-==———–
    [१७]
    १//
    कृषि पर्व जनाऔँ
    रोपेर धान हिलोमा
    असार पन्ध्र मनाऔँ ।
    २.//
    आउ बसौँं एकैछिन
    असार पन्ध्रमा दहीसँगै
    चिउरा खाने दिन ।
    ✍️ डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [१८]
    १//
    मुलुकका महान जान्नेहरू
    बिस्तारै भुले रिवाज
    असार पन्ध्र मान्नेहरू ।
    २//
    छानामाथि रोपौँ धान
    भनेर रमाउने गर्दछन्
    टारी खेतको अपमान ।
    ✍️ अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [१९]
    १//
    राेप्न खेतमा धान
    किसान छन् मेलामा
    गाउँदै असारे गान ।
    २//
    कृषिको प्रवर्द्धन गर्न
    सरकार तीनै तहकाे
    हुँदैन पछाडि सर्न ।
    ३//
    असार पन्ध्रकाे दिन
    दिवस मात्र मनाई
    हुँदैन जस लिन ।
    ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [२०]
    १//
    वर्षा हुन छाड्याे
    असार पन्ध्र आयाे
    किन किला गाड्याे ?
    २//
    धान राेपाइँको बेला
    खडेरीले गर्नु गर्‍यो
    कसरी बाँच्ने हाेला ?
    ✍️ जी.वि.घाेराही दाङ ।
    ————-==———–
    [२१]
    १//
    असार पन्ध्र मनाउँ
    बाँझिएका खेतहरू सबैले
    मिलीजुली हरियाली बनाउँ ।
    २//
    माछालाई थाप्छन् बल्छी
    असारको महिनामा हामीले
    नगरौँ यसरी अल्छी ।
    ३//
    असार पन्ध्रको दिन
    खाजा दही चिउरा
    रमाऔँ है एकैछिन ।
    ✍️ काजल न्यौपाने, भोजपुर।
    ————-==———–
    [२२]
    १//
    होस् थोरै कमाउने
    पन्ध्र असार मनाएर
    परिवारसँगै हो रमाउने।
    २//
    दही चिउरा खाएर
    धान रोप्न जाऔँ
    असारे गीत गाएर ।
    ३//
    असार पन्ध्र मान्नेले
    धान रोपे गमलामा
    हिलोमा पस्न नजान्नेले।
    ✍️ कला ढकाल, झापा
    ————-==———–
    [२३]
    १//
    असार पन्ध्र मनाउँदै
    दही चिउरा खाएर
    किसान हामी रमाउँदै ।
    २//
    हलो, जुवा, कोदाली
    किसानका औजार हेर
    मिलाउनु पर्छ आली ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
    ————-==———–
    [२४]
    १//
    असार पन्ध्रको दिन
    आसपासका मिली सबै
    रमाऔँ खुसीले एकछिन ।
    २//
    रोप्नु पर्छ धान
    रमाएर असारे हिलोमा
    अनि पाइन्छ खान ।
    ✍️ बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
    ————-==———–
    [२५]
    १//
    असार पन्ध्रमा आउनू
    भन्छन् मलाई सबैले
    बरु यतै धाउनू ।
    २//
    आउनु है एकछिन
    भन्छन् पर्व मान्नेले
    सबैले त्यो दिन ।
    ✍️ सञ्जना शर्मा, लमही दाङ
    ————-==———–
    [२६]
    १//
    खेतमा बसी रमाउँला
    सत्यता मिठो शब्दहरूको
    दही चिउरा खाउँला ‌।
    २//
    दही चिउरा खाएर
    जीवनको बाटो गाह्रो
    असारे माया लाएर ।
    ✍️ नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [२७]
    १//
    रोपाइँमा खेत हुनेहरू
    गाउँदै नाँच्दै आलीमा
    हिलोमा ती रमाउनेहरू ।
    २//
    दही चिउरा खाऊ
    नबने दही चिउरे
    सत्यको गुन गाऊ ।
    ३
    तिम्रो पौरख फलिफाप
    धर्तीमा सुन फल्दा
    अन्नदाताको लाग्छ छाप ।
    ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
    ————-==———–
    [२८]
    १//
    असार पन्ध्र आयो
    नगरौँ सहरमा नौटङ्की
    गोठघरमा खुसी छायो !
    २//
    वास्तविक संस्कार माँसियो
    गाई कुकुर चिनिएन
    संस्कारमा कुसंस्कार टाँसियो ।
    ✍️ ऋजु दिल्पाली, ईटहरी १ सुनसरी ।
    ————-==———–
    [२९]
    १//
    खेलेर हिले हाेली
    असारे गीत गाउँ
    बनाई माटोको रङ्गोली ।
    २//
    दही चिउरा मुछेर
    अमृत मानी खाऔँ
    असार पन्ध्र सम्झेर ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा१४ साँगा बजार।
    ————-==———–
    [३०]
    धानको दिवस आयो
    दही चिउरा खाएर
    सबैको मन रमायो ।
    ✍️ गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [३१]
    १//
    असारको हिलोमा रमाउने
    दही चिउरा खाएर
    हातमा बीउ समाउने ।
    २//
    बाजाको धुनमा नाँचेर
    असारे गित गाउँदा
    उफ्रिनु कम्मर भाँचेर ।
    ३//
    दही चिउरा खाएर
    रोप्ने धान मज्जाले
    बेठी गीत गाएर ।
    ✍️ दुर्गा आचार्य, मोरङ
    ————-==———–
    [३२]
    १//
    महिना असार आयो
    वर्षा वर्षदै गरेछ
    मनमा हर्ष छायो ।
    २//
    धान सबैले रोपेर
    दही चिउरा खाऔँ
    रमाऔँ मौका छोपेर ।
    ✍️ कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
    ————-==———–
    [३३]
    १//
    आषाढ पन्ध्र मनाउँछौँ
    कृषिप्रधान देश भनेर
    सामाजिक सञ्जालमा जनाउछौँ ।
    २//
    किसान पर्खँदैछन् झरी
    मूल नभएको ठाउँमा
    वर्षाकै भर परी ।
    ३//
    आयात गर्नुपर्छ खान
    मल समयमा पाएमा
    फल्थ्यो धेरै धान ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    [३४]
    १//
    धान दिवस आयो
    पकाउने फुर्सद छैन
    दही चिउरा खायो ।
    २//
    रोपे हुर्कन्छ रोपौँ
    खेतबारी बाँझो नराखी
    रोपाइँको मौका छोपौँ ।
    ✍️ अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    [३५]
    १//
    खेतका आलिमा बसौँला
    रोपेर धानका बीउ
    दहि चिउरा खाऔँला ।
    २//
    खेतमा बीउ रोपेर
    असारे गीत गाउँदै
    हिँड्छु भाका छोपेर ।
    ३//
    बाउसेले कोदाली समाए
    हलारले खेत जोत्दै
    असार पन्ध्र मनाए ।
    ✍️ सुनगाभा पोखरेल
    ————-==———–
    [३६]
    १//
    असारे गीत गाएर
    छ धान रोप्नु
    दही चिउरा खाएर ।
    २//
    हिलो छ्यापाछ्याप् गर्दै
    एकापसमा रमाउँदै किसान
    असारे भाका भर्दै ।
    ३//
    असार पन्ध्रको रोपाइँ
    सबैजना रमाइलो गर्न
    राम्रो बेठी बजाइ ।
    ✍️ सतीश पण्डित, भानु६ चुँदी तनहूँ, हाल चनपा ६ मातातीर्थ।
    ————-==———–
    [३७]
    १//
    दही चिउरा खाएर
    धान रोप्दैछु माइला
    तिम्रो माया पाएर ।
    २//
    खेतमा पानी खोलाको
    असारे झरीको पर्खाईमा
    घरिघरि किन बोलाको ।
    ३//
    दही चिउरा बोकेर
    असार पन्ध्र मनाउँदै
    इष्ट देवता ढोकेर ।
    ✍️ मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    [३८]
    १//
    असार पन्ध्रको बाटो
    साह्रै सुन्दर देखिने
    धान रोपेको माटो !
    २//
    अनुपम गाउँ हाम्रो
    किसानको पसिना हेर
    धरतीको पूजा राम्रो !
    ✍️ आर्त अकुलीन
    ————-==———–
    [३९]
    १//
    राेपेर धानको दाना
    मलिलो असार झरी
    उमार्छु एक माना ।
    २//
    खेतमा जाेत्न जाने
    पन्ध्र असार आज
    दही चिउरा खाने ।
    ✍️ दिनेशकुमार शर्मा, हेटौंडा , मकवानपुर ।
    ————-==———–
    [४०]
    १//
    मनसुन आएन सर्वत्र
    ब्याडमा बीउ अग्लियो
    किसान भए अलपत्र ।
    २//
    छिटो छरितो खाजा
    दही चिउरा जोड्छन्
    किसान दुनियाँका राजा ।
    ३//
    हेप्छन् किसानलाई अशिष्टहरू
    सुरक्षा छैन उत्पादनको
    बजेट चपाउँछन् वरिष्ठहरू ।
    ✍️ मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [४१]
    १//
    धान रोप्दै रमाऔँ
    दही चिउरा खाएर
    असार पन्ध्र मनाऔँ ।
    २//
    असारे गित गाउँदै
    रोपौँ धान साथी
    हिलो खेल्दै रमाउँदै ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४२]
    १//
    असार पन्ध्रको दिन
    गमलामा भए पनि
    धान रोप्न हिन ।
    २//
    वर्षदिन खाने बाली
    असारमा लगाउनु पर्ने
    जमिन छन् खाली ।
    ३//
    युवा विदेश भगाउने
    बालक वृद्धले मात्रै
    बाली कसरी लगाउने ?
    ४//
    जमिन भए बाँझा
    सुख जति नेतालाई
    दु:ख भए साझा ।
    ✍️ देव कृष्ण काफ्ले, पोखरा १कास्की
    ————-==———–
    [४३]
    १//
    टन्टलापुर घाममा गराहरू
    मनसुन हरायो कतातिर
    देख्छु फाटेका धराहरू ।
    २//
    गाेठमा छैन मल
    युवा जति विदेशमा
    गाेरुको छैन हल ।
    ✍️ हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान
    ————-==———–
    [४४]
    १//
    हरियाली आएर असार
    किसान भए खुसी
    पानी भएर बजार ।
    २//
    दही चिउरा खाने
    भन्छन् धान कोही
    धान रोप्न जाने ।
    ३//
    असार पन्ध्र मनाउने
    खेतीको काममा साथी
    हाँसीखुसी छन् सघाउने ।
    ✍️ पृथक प्रकृति ,झापा
    ————-==———–
    [४५]
    १//
    मध्य असार लाग्यो
    दही चिउरा सरोवर
    खाने इच्छा जाग्यो ।
    २//
    झट्ट हेर्दा पूर्णचन्द्र
    बाटुलो भाँडाको दही
    आहा असार पन्द्र ।
    ✍️ कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [४६]
    १//
    गरामा धान राेपेर
    कृषिप्रधान देश हाम्रो
    बस्छौँ मल ढुकेर !
    २//
    असार पन्ध्रको बात
    धान राेप्ने चटाराे
    फुर्सद छैन दिनरात ।
    ✍️ भाेलामान बर्देवा, धरान ८ सुनसरी
    ————-==———–
    [४७]
    १//
    असार महिना अहिले
    धानको रोपाइँ हिलोमा
    पाकेर खाउँला जहिले ।
    २//
    असार पन्ध्र मनाउँला
    दहीचिउरा थालमा मुछेर
    शरीरको दुखाइ भगाउँला ।
    ✍️ होमप्रसाद नेउपाने, धरान,सुनसरी।
    ————-==———–
    [४८]
    १//
    असारमा रोपेर धान
    वर्षदिन नै टार्छौँ
    कर्मलाई मानेर सान ।
    २//
    गाँउ शून्य भयो
    बाँझियो खेतबारी सबै
    भूमि खेर गयो ।
    ✍️ पुष्पा राई, ऐसेलुखर्क, खाेटाङ ।
    ————-==———–
    [४९]
    १//
    पहिरोले बाटो भत्काएको
    छैन सिँचाइ अब्बलमा
    खोइ ! कृषिलाई बढाएको ?
    २//
    फल्दैन अछेता खेतमा
    फलाउँ कसरी अब
    चढाउन अन्न देवमा ?
    ३//
    आइसक्यो असार पन्द्र
    आउँदैन अझै मनसुन
    भेटिएन सरकारको चन्द्र।
    ✍️ लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर पर्वत्
    ————-==———–
    [५०]
    १//
    राेपेर धान खेतमा
    दही चिउरा खाउँला
    साथी अर्काे भेटमा ।
    २//
    बाउसे तिमी बन
    राेपाहार चेलीहरू भए
    प्रफुल्ल सबको मन ।
    ३//
    कुलाे मिलाइदेऊ हाम्राेमा
    धानका ब्याड सुक्याे
    भए पानी राम्राेमा ।
    ✍️ मनुहाङ किराँती साेलु, महाकुलुङ ५ चाचालुङ
    ————-==———–
    [५१]
    १//
    रोपाइँमा दही बाँडेको
    चिउरा केरा खुवाउने
    खोरिया सबै फाँडेको ।
    २//
    असारे मास धाएर
    खाजा मीठो मान्दै
    दही चिउरा खाएर ।
    ३//
    किसान सबै दुखिया
    खेतबारीमा रोपाइँ गर्ने
    महाजन साहु मुखिया ।
    ✍️ भगवती दवाडी ,झापा
    ————-==———–
    [५२]
    १//
    असारको महिनामा रमाउनुपर्छ
    बेलैमा वर्षा भएकोले
    धानका बिउ समाउनुपर्छ ।
    २//
    दही चिउरा खाऊँ
    गएर मेलामा हामी
    असारे गीत गाऊँ ।
    ३//
    मात्र मुठी खाएर
    मुरी उब्जाउनुपर्छ है
    बेसी खेत धाएर ।
    ४//
    गड्याङगुडुङ् र हावाहुरी
    कसरी गर्नु राेपाइँ ?
    मानो रोपी मुरी ।
    ✍️ दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [५३]
    १//
    दही, चिउरा खाने
    चलन असार पन्ध्रमा
    रोपाइँ गर्न जाने ।
    २//
    मानो रोपी मुरी
    उब्जाउन जाऊँ साथी
    नबसौँ भोलि कुरी ।
    ✍️ साबित्री प्याकुरेल, धादिङ्ग
    ————-==———–
    [५४]
    १//
    हिलोमा धान रोपेर
    किसान नाँच्दै गाउँदै
    असारे भाका छोपेर ।
    २//
    किसान धर्तीको पुजारी
    प्रसाद पसिना चढाउँछ
    जीवन झुपडीमै गुजारी।
    ३//
    पसिनाले उब्जाएको अन्न
    विभिन्न परिकार बनाएपछि
    कसैलाई गनाउँदैन धन्न ।
    ✍️ पशपती राई, खोटाङ ।
    ————-==———–
    [५५]
    १//
    नेपाल कृषिप्रधान देश
    कति छ रमाइलो
    आफ्नै बाेली भेष ।
    २//
    खेतमा काेदाली चलाऔँ
    दही, चिउरा खाएर
    असार पन्ध्र मनाऔँ ।
    ३//
    खेतमा हलो चलाऔँ
    असारमा धान राेप्दैँ
    मानाेमा मुरी फलाऔँ ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
    ————-==———–
    [५६]
    १//
    महिना यो असार
    गाउँदै असारे भाका
    धान रोप्नै हतार ।
    २//
    फुर्सद एकछिन छैन
    रोपाइँ नसकेसम्म यो
    मनमा हुँदैन चैन ।
    ३//
    राष्ट्रवादीको देखाउने सान
    लाजै नमानी रोप्छन्
    हेर ! गमलामा धान।
    ✍️ रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    [५७]
    १//
    दही, चिउरा हातमा
    धानको बीउ छुपुछुपु
    मनपर्ने खेताली साथमा ।
    २//
    सिमसिमे हेर पानी
    दलदले छ हिलो
    कृषकको दिन जानी ।
    ✍️ मन थापा, पोखरा
    ————-==———–
    [५८]
    १//
    सिंहदरवार कुराहरू खेलाउन
    नाफा नाेक्सानकाे नेताहरू
    जनता थाले टाेलाउन ।
    २//
    रातोदिन खटेर हरी !
    दु:खमै छन् कृषकहरू
    छाेडेनन् पीडा वरिपरि ।
    ३//
    देख्नेलाई रमिता भयाे
    सुन्नेलाई कथा एकादेशकाे
    कृषिक्रान्ति पछाडि गयो ।
    ४//
    राेपेर गमलामा धान
    नीति राम्रो ल्यायाै
    बढाउन पार्टीकाे सान ।
    ✍️ ईश्वर साउद (भिक्षु ), रामाराेसन गाउपालिका ६ सुदेरपश्चिम अछाम
    ————-==———–
    [५९]
    १//
    धान दिवस मनाऊँ
    कृषिप्रधान यो देशको
    मूलभूत विशेषता जनाऊँ l
    २//
    मनाऊँ असार पन्ध्र
    हिलो छ्याप्ने क्रममा
    नलागोस् इज्जतमा रन्ध्र l
    ३//
    दही चिउरा खाऊँ
    एकछिन आराम गरेर
    आआफ्नो काम समाऊँ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [६०]
    असार पन्ध्र मनाए
    हाम्रा माननीय मन्त्रीज्यूले
    अश्लिल हर्कतले गनाए !
    ✍️ सुरेश कार्की
    ————-==———–
    [६१]
    १//
    आकाशले फोटो खिच्यो
    गरिबको पसिना जति
    साहुले गलगिद्ध घिच्यो ।
    २//
    असार पन्ध्र आयो
    सांस्कृतिक पर्व मनाउन
    भाइले दहीचिउरा खायो ।
    ✍️ नन्दलाल आचार्य, बेलका- २, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ————-==———–
    [६२]
    १//
    शून्य गाउँ अलपत्र
    असार पन्ध्रमा पनि
    बाँझो खेत सर्वत्र ।
    २//
    धमाधम खेतीले चटारो
    दहि चिउरा खाएर
    रोपाई गर्न हतारो ।
    ✍️ निर्मल शर्मा, पेदोङ , भारत
    ————-==———–
    [६३]
    १//
    रौपौँला धान छुपुछुपु
    आलीमा बसेर खाउँला
    दही चिउरा कुपुकुपु ।
    २//
    सलल पानी कुलोमा
    हिलोमा डुब्नु सबैले
    नलुकौँ कसैले दुलोमा।
    ३//
    सबैलाई नमस्कार सेवारो
    रमाइलो गरौँ खेतमा
    रोपाइँको आज मैझारो ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत।
    ————-==———–
    [६४]
    १//
    मनाउँछौं धान उत्सव
    छुपुछुपु रोपेर हिलोमा
    दही चिउराको मतलव ।
    २//
    अन्न हाम्रो प्राण
    सन्सार हेर्नुपर्छ बाँची
    किसानको बेग्लै वाण ।
    ३//
    उत्साह जगाएर साधना
    धान दिवसको महत्त्व
    सबैलाई धेरै शुभकामना !
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६५]
    असार पन्ध्र मनाऊँ
    दही चिउराको साथमा
    हाम्रो संस्कृति जनाऊँ ।
    ✍️ शोभा आचार्य गौतम, काठमाडौँ
    ————-==———–
    [६६]
    १//
    असार पन्ध्रको आशा
    देखावटी संस्कृति कृत्रिम
    रहेछ सुन खासा ।
    २//
    बाँझो रह्यो खेतबारी
    राखी बन्धकी स्वाभिमान
    किन्न श्रीमतीको सारी ।
    ३//
    छोराछोरीको भोक टार्न
    खनजोत छैन खेतबारी
    मोबाइलमा ब्याड सार्न ।
    ✍️ ममता पौडेल, बुढीगङ्गा- २ , मोरङ
    ————-==———–
    [६७]
    १//
    रोपेर फलाउँला धान
    नगरौँ कसैले अल्छी
    गर्नुपर्छ मेहनत जान ।
    २//
    बाँझो खेत जोतौँ
    दही चिउरा खाएर
    मिलिजुली धान रोपौँ ।
    ३//
    दही चिउरा खाएर
    मिलेर रोपार बाउसे
    असारे गित गाएर ।
    ✍️ अनिता कार्की, पाँचथर
    ————-==———–
    [६८]
    १//
    किसानको महिना असार
    परिवार पाल्न खेतीमा
    जान्छन् उठेर सखार ।
    २//
    किसानले पाल्छन् सबैलाई
    आफू गरेर परिश्रम
    बाँड्छन् आफैँ नखाई ।
    ३//
    प्रशंसा गराैँ परिश्रमकाे
    त्यागाैँ ढाँटेर खानेलाई
    खेती गर्नेलाई भ्रमकाे ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [६९]
    १//
    दही चिउरा खाने
    बेला हो यो
    रोपाइँ गर्न जाने !
    २//
    मान्छे सङ्गै प्रकृति
    आजभोलि किन होला ?
    बदल्न खोज्दैछ आकृति ।
    ✍️ दीपा गुरुङ्ग(समभाव), खोटाङ्ग
    ————-==———–
    [७०]
    १//
    छुपुछुपु धान रोपौँ
    असार पन्ध्रमा हामी
    अल्छीलाई जाँगरले छोपौँ ।
    २//
    किसानको लागि पर्व
    यो असार पन्ध्र
    सबैले गरौँ गर्व ।
    ३//
    रोपाहार बाउसे दङ्ग
    घुम ओढ्ने भन्दै
    नगरौँ ध्यान भङ्ग ।
    ✍️ शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
    ————-==———–
    [७१]
    असार पन्ध्र आयो
    केही प्रगतिमा पुग्दा
    कृषकमा उमङ्ग छायो ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    [७२]
    १//
    पानी पसिना परिश्रम
    किन किसानकै भाग्यमा ?
    सहुलियत हरदम कम !
    २//
    जोतिनु किसानले पर्छ
    असारमा नेता भनौँदाले
    कृषकको नाटक गर्छ !
    ✍️ बि.कुलुङ, दार्जिलिङ रंगबुल
    ————-==———–
    [७३]
    १//
    मानो रोप्ने समय
    असार श्रावणको महिना
    खडेरीको भयो भय ।
    २//
    किसानलाई भ्याइ नभ्याइ
    गमलामा धान रोप्छ्न्
    नेता आडम्बर देखाई ।
    ✍️ बाल कृष्ण श्रेष्ठ सोलुखुम्बु
    ————-==———–
    [७४]
    दही चिउरा खाएर
    असार पन्द्र मनाउ
    नाचेर अनि गाएर ।
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ
    ————-==———–
    [७५]
    १//
    हिलो किन टेक्नु
    गमलामा धान रोप्दै
    कृषिक्रान्तिको कुरा फेक्नु ।
    २//
    कृषि अनुदान लेऊ
    असारमा बाँडिचुँडी चट्ट
    जुँगा हेरी देऊ ।
    ३//
    असारको पन्ध्र मनाउँदै
    खानु दहीचिउरा हिलोमा
    धान रोपाइँ जनाउँदै !
    ✍️ विवश पारदर्शी, झापा
    ————-==———–
    [७६]
    कृषिविना देश सफल
    महोदय हुन्छ कसरी
    खाद्य समस्याको हल ?
    ✍️ तारा सुनाखरी, दोलखा
    ————-==———–
    [७७]
    १//
    दही, चिउरा खाउँला
    असार पन्ध्र मानेर
    धान रोप्न जाउँला ।
    २//
    हिलाेमा धान राेपाैँला
    वर्षा भए दरर
    घुमले जिउ छाेपाैंला ।
    ✍️ त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ————-==———–
    [७८]
    १//
    नेताले गर्छन् नाटक
    धान रोपेर गमलामा
    नमानी कुनै धक ।
    ✍️ सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल।
    ————-==———–
    [७९]
    १//
    असारको रोपाइँ गरेर
    धान लहलह आहा !
    साउन महिनामा सरेर ।
    २//
    सोचेझैँ रहोस् भावना
    सम्पूर्ण कृषकहरूमा मेरो
    असार पन्ध्रको शुभकामना ।
    ✍️ ललिता गिरी, सिन्धुली, हाल काठमाडौँ नेपाल ।
    ————-==———–
    [८०]
    १//
    जाऔँ असारको मेलामा
    रमाइलो हुन्छ रोपाइँ
    पानी परेको बेलामा ।
    २//
    दही चिउरा खाएर
    असार पन्ध्र रमाइलो
    रोपाइँमा गीत गाएर ।
    ३//
    दही चिउरा खाने
    असार पन्ध्रमा रमाउन
    खेतमा रोप्न जाने ।
    ✍️ लक्ष्मण देउवा डोटी, हाल भारत चेन्नई
    ————-==———–
    [८१]
    १//
    समय महिना असार
    किसानलाई रोप्ने चटारो
    जनजीविकाको मूल आधार।
    २//
    खेतबारी बाँझै राखेर
    किसानको पहिचान दिन्छन्
    गमलामा धान रोपेर ।
    ✍️ अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
    ————-==———–
    [८२]
    १//
    गाएर असारे गीत
    आऊ मित्र ! नभुली
    लगाउँला हिलोसँग मीत ।
    २//
    खानेकुरा सधैँ खाएको
    असार पन्ध्र गते
    गौरवमय मन पाएको ।
    ✍️ लक्ष्मी रिजाल, कञ्चनरूप-१२, रूपनगर, सप्तरी ।
    ————-==———–
    [८३]
    १//
    असार पन्ध्र आयो
    दही, चिउरा मज्जाले
    मिलेरै खान पायो ।
    २//
    हिलोले छेपेको दिन
    आउँछ याद मनमा
    सम्झना बनेर किन ।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    ————-==———–
    [८४]
    दही, चिउरा खान्छौँ
    कृषि नगर्ने अल्छी
    विदेश मात्र जान्छौँं ।
    ✍️ धनुष न्यौपाने “यात्री”, जुम्ला
    ————-==———–
    [८५]
    १//
    धान रोप्दै रमाउँला
    आऊ खेतमा गएर
    असार पन्ध्र मनाउँला !
    २//
    दही, चिउरा खाएर
    धान रोप्न जाउँला
    असारे गीत गाएर ।
    ✍️ नन्दा धामी, नौगड, दार्चुला
    ————-==———–
    [८६]
    १//
    असारे भाका निकाली
    गाउँछन् रोपाहार खुशीले
    भाक्दै सिमेभुमे वनकाली ।
    २//
    किसानको पर्व असार
    माटोसँग गाँसेर नाता
    रमाइलो गरौँ अपार ।
    ३//
    मानिसलाई कृषि कर्ममा
    जगाउन सके आकर्षण
    विकास हुन्छ देशमा ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [८७]
    दही, चिउरा कुपुकुपु
    असार पन्ध्र हिलोमा
    धान रोपौँ छुपुछुपु ।
    ✍️ ध्रुव श्रेष्ठ, खोटाङ हाल काठमाडौँ ।
    ————-==———–
    [८८]
    दही, चिउरा थालीमा
    मनाउँ असार पन्ध्र
    हिलो खेतको आलीमा ।
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा हाल काठमाडौँ ।
    ————-==———–
    [८९]
    १//
    दही, चिउरा खाऊँ
    खेतको आलीमा बसेर
    आषाढको पन्ध्र मनाऊँ ।
    २//
    असारे गीत गाउँदै
    आयो धान दिवस
    माटोको टीका लाउँदै।
    ✍️ पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके।
    ————-==———–
    [९०]
    १//
    नेताको गलामा धान
    धान दिवस मनाउँछ्न्
    देखाई झुठो सान !
    २//
    बीउ, मल बेपत्ता
    नेता गर्छन् भाषणमात्र
    व्यस्त टिकाउन सत्ता ।
    ✍️ गोबिन्द काफ्ले, चन्द्रपुर-१,बागमती ,रौतहट
    ————-==———–
    [९१]
    पर्छ समयमा जान
    असारकाे पन्ध्रमा हामी
    दहीमा चिउरा खान ।
    ✍️ सहयात्री शाेभा अर्याल, रुपन्देही
    ————-==———–
    [९२]
    १//
    बाेकेर बिउ धानकाे
    राेपेर छुपुछुपु गरामा
    फलाउँ फल शानकाे ।
    २//
    दही चिउरा खाने
    असार पन्ध्रमा हजुर
    धान राेप्न जाने !
    ✍️ उर्मिला के.शी. धनकुटा !
    ————-==———–
    [९३]
    १//
    दही चिउरा खाउँ
    परिवार भेला भएर
    रमाइलो गरेर मनाउँ ।
    २//
    जोगाऊ चलेको रित
    अजर रहन्छ नाता
    अमर बन्छ प्रित ।
    ३//
    हाँस्दै नाँच्दै रमाउँदै
    रोप्छौँ धान हामीले
    असारे गित गाउँदैँ ।
    ✍️ सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
    ————-==———–
    [९४]
    किसान बाउसे गाएर
    असार पन्ध्र मान्दै
    दही, चिउरा खाएर ।
    ✍️ शंकर कार्की, थाहा नगरपालिका ३ मकवानपुर।
    ————-==———–
    [९५]
    १//
    नेपाली पर्वका धनी
    आयो असार पन्ध्र
    खेतमा जाउँ भनी ।
    २//
    दही, चिउरा खाउँ
    सबै काम छोडी
    धान रोप्न जाउँ ।
    ✍️ जयनारायण नेपाल, इलाम, हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ।
    ————-==———–
    [९६]
    १//
    अघिपछि महलमा बस्छन्
    फोटो पोस्ट्याउन फेसबुकमा
    जबर्जस्ती हिलोमा पस्छन् ।
    २//
    पर्वमा दहीच्युरा खानू
    किसान भनेर चिनिन
    बेलाबेला खेतमा जानू ।
    ✍️ शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    [९७]
    १//
    खेतमा धान लाएर
    असार पन्ध्र मनाऔंँ
    दही चिउरा खाएर ।
    २//
    असार पन्ध्र आयो
    धान, कोदो रोप्न
    सबैमा व्यस्तता छायो ।
    ✍️ प्रविना प्रयासी, ओखलढुङ्गा
    ————-==———–
    [९८]
    १//
    असार पन्ध्र मनाउने
    फुर्सद छैन किसानलाई
    ठेकामा दही जमाउने ।
    २//
    महलमा धेरै चहलपहल
    असार पन्ध्र मनाउने
    सहरमा हुन्छ छलफल ।
    ✍️ सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा
    ————-==———–
    [९९]
    १//
    खेततिर पाइला मोड्दैन
    रोप्दैछ धान गमलामा
    दही, चिउरा छोड्दैन।
    २//
    आज सहरले सम्झायो
    व्यस्त कृषक मेलापातमा
    दही, चिउराले भुलायो ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ————-==———–
    [१००]
    १//
    म सञ्चार गर्दछु
    दिवस सफल बनाेस्
    याे पुकार गर्दछु ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ————-==———–
    [१०१]
    १//
    असारमा रोपेको धान
    मङ्सिरमा थन्क्याए भने
    झुटा हैन मान ।
    २//
    दही, चिउरा खाएर
    लिएर खेतमा बीउ
    रोपे गीत गाएर ।
    ३//
    पानी असारमा पर्यो
    किसानले रोप्न पाएर
    हर्षका आँसु झर्यो ।
    ✍️ अम्बिका अधिकारी, झापा बिर्तामोड
    ————-==———–
    [१०२]
    १//
    असार पन्ध्रको दिनमा
    दही, चिउरा खानुपर्दछ
    धान रोपी खेतमा ।
    २//
    कृषि हाम्रो आधार
    राख्नु हुँदैन बाँझो
    बेलैमा पुर्‍याउँ विचार ।
    ✍️ समुन्द्रा शर्मा, सुनसरी
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको २१ औँ शृङ्खला (असार पन्ध्र विषयक) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ सम्पन्न

  • २६ असार २०८१, मंगलवार २०:५० मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    मैझारो रोपाइॅं सकियो
    असारे भाका समाउॅंदै
    बेठीमा रमाइलो गरियो ।
    २,
    देख्नेको बुजो लागेपछि
    छन् सारा अबोला
    सत्यले असत्यलाई समातेपछि ।
    ३,
    सोध्छ्यौ, माया नकिन्ने ?
    बिक्रीवितरण हुन्छ र !
    मौकामा प्रेम चिन्ने ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      असारमा धान रोपियो
      हातमा बीउ लिएर
      आकासे भेल छोपियो ।
      २,
      हिलोमा गोरु जोतौँ
      असारे गीत गाएर
      धानको बीउ रोपौँ ।
      ३,
      असारे रोपाइँ घन्कियो
      खेतमा बेठी लाएर
      रोपाइँ मैजारो थन्कियो ।
    • बेदु न्यौपाने
      …
      १,
      सङ्घर्ष हो जीवन
      किन हार मान्ने
      आत्मबल ठुलो धन।
      २,
      सुखदुःख जीवनको पाटो
      हारेर होइन डटेरै
      हिॅंडेर साहसको बाटो।
      ३,
      युद्ध बुझ्नु जीवन
      हारलाई आफूले हराउनु
      खुसी बनाउने मन।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौं
      …
      १,
      रोपाइॅं कतै सकिएको
      छुटफुट मात्र पानी
      छैन प्रकृतिले दिएको।
      २,
      प्रकृतिले दिएन किन?
      विनाश भयो धेरै
      कसरी सकिन्छ लिन ?
      ३,
      जीवन सङ्घर्ष रहेछ
      टाले पनि देखिने
      व्यर्थै वेदना पोखिएछ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      पहिलेदेखि पछाडि पर्‍यो
      काम लिनु रहेछ
      उसैमाथि घात गर्‍यो ।
      २,
      छिमेकी पराईलाई हँसायौ
      धोखा दियौ तिमीले
      मलाई जालमा फसायौ।
      ३,
      जीवनभरि सिकियो पाठ
      बगलीमा प्वाल परेपछि
      मनदेखि लाग्यो उराठ ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      रोपाइँ सिमसिमे पानीले
      असारे गीत गाएर
      कान्छीको जिस्किने बानीले ।
      २,
      जगेर्ना भयो खासाको
      साहित्य झिल्का लेखेर
      उत्थान नेपाली भाषाको ।
      ३,
      भएको वर्षा समयमा
      किसान कर्ममा जुटेर
      रोपाइँ गर्दै चयनमा ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      वर्षातको उर्लँदो भेल
      जस्तै कहिल्यै नसकिने
      जीवनमा अचम्मको खेल।
      २,
      अधिकांश रोपाइँ सकियो
      पहिरो डुबानको डरले
      अचेल मन बहकियो ।
      ३,
      पानी ठूलो परेको
      दैवको लिला अचम्मको
      अचेल के गरेको ?
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      रोपे धान मिलेर
      फल्छ मानोको मुरी
      पसिना माटोमा सिन्चेर ।
      २,
      आफ्नो खेत नबारी
      काम खोज्न जानुछ
      सधैँ सिमाना पारि ।
      ३,
      छैन सरकार गतिलो
      रगत पोखे सहिदले
      भएन भनेको जस्तो।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      एक्काइसौँ शताब्दीको विकास
      द्रुततर गतिमा बढिरहेको
      पाएन देशले निकास ।
      २,
      विश्व बढिरहेछ अगाडि
      कुर्सी खोसाखोस गर्दागर्दै
      देश पुगेछ पछाडि ।
      ३,
      हाम्रै पालामा देखियो
      राजनीतिक गडबडीका इतिहासहरू
      त्यसैले व्यङ्ग्य लेखियो ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      सिमसिम पानी परेको
      असारे गीत गाउँदै
      बीउ खेतमा छरेको।
      २,
      चुनौतीको सामना गरेको
      पुर्वमा डुबान भएर
      हिजो झण्डै मरेको ।
      ३,
      सदनको लडाइँ हेरियो
      देखियो नेताको खिचातानी
      रातारात सत्ता फेरियो ।
    • कला ढकाल, झापा
      …
      १,
      लगाउँछन् फाटेको चोली
      दिनभरि पसिनाले भिज्छ
      कस्तो नम्र बोली ।
      २,
      फूल फुलेपछि झर्नुपर्छ
      यो शाश्वत नियम
      हामी एकदिन मर्नुपर्छ ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      अभियान छ राम्रो
      लेखौँ साप्ताहिक झिल्का
      ज्ञान बढ्छ हाम्रो ।
      २,
      विनाश भयो कति
      बाढी, पहिरो आएर
      जनधनको भयो क्षति ।
      ३,
      सुरक्षित बस्न भनौँ
      छरौँ ज्ञानको ज्योति
      हामी सचेत बनौँ ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      बाध्यताले बिरानो बनायो
      बहाना बरै ! बुझेन
      बेमतलब बात बढायो।
      २,
      फक्रेर फेरी फुलेन
      फसेर फटाको फन्दामा
      फूलमाया फेरि फर्केन ।
      ३,
      मुस्कानले मन मातिन्छ
      मोहनी मादक मौसममा
      मुटुभित्र माया मौलिन्छ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १,
      भरपर्दो सरकार भएन
      देशी विदेशी चलखेलले
      जनताको दु:ख गएन।
      २,
      सिमसिम पानी परेको
      बेँसीमा धान रोप्न
      रोपाहार बाउसे झरेको ।
      ३,
      यादले सतायो धेरै
      सिन्दुर पोते लिएर
      हुन आऊ मेरै ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी भक्तपुर
      …
      १,
      असार पनि सकियो
      धान रोपेर हतारमा
      आराम गर्न बसियो।
      २,
      मरिहत्ते गरे जहिले
      मायामा सधैँ तिमी
      रोपाइँमा आऊ अहिले।
      ३,
      एक्काइसौँ शताब्दीमा विकास
      खेतीयोग्य जमिन प्लाटिङमा
      कहाँ हुन्छ निकास ?
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      हरेक ठाउँ चलखेल
      बाहिरी देखावटी तिक्तता,
      भित्रभित्रै हुँदोरहेछ मेल।
      २,
      कहिले हुन्छ विकास
      भएन परिवर्तन सोचमा
      मिलेमतोमा बजेट निकास।
      ३,
      भएन यस्तो गराएको
      जन्म किन दियौ ?
      मान्छे बुद्धि हराएको।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      असारमा पानी परेछ
      आकाश बादल नलागी
      तप्प असिना झरेछ ।
      २,
      भिरपाखामा पहिरो झर्‍यो
      मार्‍यो खोलानाला बाढीले
      बिचल्लीमा गरिव पर्‍यो ।
      ३,
      तिम्रो कहानी सुनेर
      मुटुमा घाउ लाग्यो
      आफन्तले जाल बुनेर ।
    • अम्बिका अधिकरी, झापा बिर्तामोड
      …
      १,
      सिमसिमे पर्‍यो पानी
      असार मास भिज्दै
      बित्दैछ यो जिन्दगानी ।
      २,
      गाएर असारे गीत
      रोपेर धान खेतमा
      लगाए मायालु प्रीत ।
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      सहेर घाम, पानी
      हाँसखेल गर्दा राम्रो
      बितोस् यो जिन्दगानी।
      २,
      आलस्य सबैले त्यागौँ
      स्वदेश समृद्ध बनाउन
      हातेमालो गरेर लागौँ ।
      ३,
      रोपे ढुकुटी भर्छ
      खेत बाँझो राख्नाले
      मङ्सिरमा आँसु झर्छ।
    • बिके मुखिया, दार्जीलिङ,भारत
      …
      १,
      घाम अनि पानी
      माटो गलेर धेरै
      गर्छ पहिरो जानी ।
      २,
      राती पर्‍यो वर्षा
      पानी बढी आएर
      चिर्‍यो घरको कर्रा ।
      ३,
      घरमाथि उभेको रुख
      ढल्छ कि भनेर
      मनमा हुन्छ दुख ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      असारे माया हिलो
      सम्मान गरौँ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      भयो लगातार वृष्टि ,
      भगवान्को पनि छैन
      सबैमा समान दृष्टि ।
      २,
      अर्काकै बैशाखी टेकेर
      हिॅंड्ने गर्छ मान्छे
      जीवन अजम्बरी देखेर।
      ३,
      रहर हुँदैनन् पूरा
      भन्न नमिल्ने पनि
      हुँदारहेछन् धेरै कुरा
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
      …
      १,
      टिक्दैन परालको खुट्टा
      यसै चल्छ शासन
      भाषणहरू सबै झुट्टा।
      २,
      बुढाहरू थलो छोड्दैनन्
      झोले झ्याम्टे पछिपछि
      रालेहरू बाटो मोड्दैनन्।
      ३,
      देखेको कुरा बोल्नुपर्छ
      कलमे झुटो नलेखोस्
      यथार्थ जहिले खोल्नुपर्छ ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      त्यान्द्रो थियो धागोको
      थप्दै जाउँ लागेथ्यो
      फेला पर्‍यो आगोको ।
      २,
      भ्रष्टहरू भ्रष्टाचारमा भुल्यो
      पाक्यो खिचडी रातारात
      जब फाइल खुल्यो ।
      ३,
      नगर धेरै चुरीफुरी
      जब जेलमा जाकिन्छौ
      लाग्ला अनि कुरीकुरी ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      नराम्रो सोझालाई छलेको
      मरी जाने चोलामा
      कसैको अहित सोचेको ।
      २,
      मेटिँदैन भाग्य लेखेको ।
      मात्र फल निश्चित
      पाइॅंदैन सबै देखेको ।
      ३
      प्रेम राम्रो गाँसेको
      जन्म मृत्यु निश्चित
      किन भ्रम पालेको ?
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कतै भएछ अनावृष्टि
      धान रोपाइँको समयमा
      प्रकृतिको रहेन दृष्टि ।
      २,
      पहाडी भेगमा अतिवृष्टि
      पहिरो धस्कॅंदैछ चारैतिर
      विनाशतिर प्रकृतिको सृष्टि ।
      ३,
      असारमा झरेछ पहिरो
      होसियार रहौँ सबै
      चोट पर्ला गहिरो ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      असार मास लाग्यो
      जताततै चलेको रोपाइँ
      देखेर आशा जाग्यो ।
      २,
      देशको राजनीति बिग्रियो
      समाधानको बाटोमा थुप्रै
      फोहोर मथिङ्गल थिग्रियो !
      ३,
      माया लाउने चाहना
      जाग्यो भने पियारी
      रोपाइँमा भेटको कामना !
    • विवश पारदर्शी, झापा
      …
      १,
      हावामा गन्ध आयो
      कतै तिमीसँग थियो
      झरी कस्तो छायो ?
      २,
      हाम्रो बारेमा कुरा
      दुःखभित्रै छ सुख
      किन चलाउँछौ छुरा ?
      ३,
      कति ठूलो मन ?
      दुनियाँ खुसीले गदगद
      गरिबको छैन धन ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      रोपेर धानको दाना
      अहिले गरेको मेहनत
      वर्ष दिनको खाना ।
      २,
      आकाशबाट बर्सियो पानी
      बगाऊ पसिना धरतीमा
      बिज असल छानी ।
      ३,
      कर्मले फल पाउछ
      अहिले बगेको पसिना
      मङ्सिरमा फल आउॅंछ ।
    • दिनेशकुमार शर्मा , हेटौंडा , मकवानपुर ।
      …
      १,
      किसानलाई खेतीपातीमा हतारो
      विश्वास जितेर जनतालाई
      राजनीतिमा आलोपालोको चटारो ।
      २,
      पालोले खाँदै उग्राउँदै
      जनताले छोडेका साँढेहरू
      घरी घरी डुक्राउँदै ।
      ३,
      माया साटेर लाऊ
      झुठो कुरा गर
      अझै ढाँटेर खाऊ ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
      …
      १,
      असार पन्द्र जनाइयो
      गमलामा धान रोपेर
      कृषक सबै रमाइयो ।
      २,
      बाढी पहिरो जाँदैछ
      बर्खा यामको पानीले
      घर खेत लाँदैछ ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      जीवन रहेछ टालो
      हिँडिरहेछ बाटो खोज्दै
      उकालो र ओरालो ।
      २,
      चल्दैछ जिन्दगी यसरी
      नदीमा पानी बगेको
      सलल सलल जसरी ।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १ ,
      भयो वर्षा अविरल
      गर्ज्यो खोला गदगद्
      बस्ती नबगून् खलल।
      २,
      सचेत बनौँ हामी
      कतै बिपद् नपरून्
      बन्नुहोस् सहयोगी नामी ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगाबजार
      …
      १,
      आयो साउने झरी
      उसको याद आउँछ ,
      मलाई हजुर घरी ।
      २,
      पानी पर्ने बेला
      गरिब जेहेन्दारलाई नगर्नु ,
      सरकार अब हेला ।
      ३,
      चारैतिर फैलियो पानी
      हजुर ज्यान जोगाउनु,
      सबभन्दा राम्रो बानी ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      असारे पन्ध्र गयो
      रमाइलो गर्दै हिलोमा
      धान रोपाइँ भयो।
      २,
      मनभरि गरिएको कामना
      पुरा कहिलै हुँदैन
      सोचेर बनौँ आफ्नोपना।
      ३,
      जिन्दगी भन्नु बोक्रो
      जलेर खरानी हुन्छ,
      मनुष्यको चोला खोक्रो ।
    • मन्जु बोहरा, बझाङ
      …
      १,
      असारमा पानी पर्‍यो
      किसान खुसी हुँदै
      रोपाइँमा बेसी झर्‍यो ।
      २,
      यी मनको कामना
      पूरा भएनन् कहिल्यै
      राति देखेका सपना ।
      ३,
      जिन्दगी मर्ने चोला
      बाँचुन्जेल रमाएर बसौँ
      विश्राम गर्ने खोला ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      हरक्षेत्रमा हेर छेउकुनो
      छन् तल्लीन स्वार्थीहरू
      सोझाउन आफ्नै दुनो ।
      २,
      कस्तो बस्नपुग्यो थिति
      रहेन इमान जमान
      कसैले मान्दैनन् नीति ।
      ३,
      जसको हातमा शक्ति
      उही पूज्य सर्वत्र
      सम्मान आराधना भक्ति !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      रातोदिन पर्‍यो झरी
      बाटोघाटो बन्द भयो
      पैरो आयो हरघडी ।
      २,
      अन्नपात लगे सब
      रहेनन् घरबार केही
      बगाए भेलले जब ।
      ३,
      थपे दु:खको भारी
      सुखको दिन केवल
      पुग्यो है सीमापारि ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      जीवनमा सङ्घर्ष गर्ने
      जति गर्‍यो उति
      त्यसैको भर पर्ने!
      २,
      जून खसाल्छु भन्नेले
      केही पनि नाप्दैनन्
      बसेर तारा गन्नेले!
      ३,
      विकास गर्ने हराए
      ढाँट्न छल्न सिकेर
      कुभलो मन पराए!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      बनमा जनावरहरूका मङ्गल
      देश डुब्दै गयो
      सखाप पारे जङ्गल !
      २,
      किसान हुँ भन्ने
      खेतबारी छ बाँझै
      दिनभरि तास गन्ने !
      ३,
      असारमा परेको झरी
      बाढी अनि पहिरो
      तर्नु कसरी खोलानालाभरि !
    • धनमाया चौधरी कैलाली
      …
      १,
      किसानको सपना पूरा
      बाली लगाउने अब
      रहेनन् केही अधुरा ।
      २,
      निरन्तर परिरहेछ पानी
      खाना खाएर छिट्टै
      रोपाइँ गर्न जानी।
    • साबित्री प्याकुरेल,धादिङ्
      …
      १,
      बाहिर पानी परेको,
      असार महिनाको दिन
      खेतमा रोपाइँ गरेको।
      २,
      असारे गीत गाउॅंदै
      मुठी रोपेर मुरिको,
      मनमा आस लाउॅंदै ।
      ३,
      साप्ताहिक झिल्का राम्रो,
      सबै मिलेर लेखौँ,
      बनाएर यसलाई हाम्रो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खेतसँग प्रीत लाएको
      असारे भाका छोपी
      मिठो गीत गाएको ।
      २,
      हातमा बीउ समाई
      खुसी छन् सबै
      एकैसाथ आपसमा रमाई ।
      ३,
      खान पाइन्छ माम
      खेतमा धान रोपी
      मिलेर गरौँ काम।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
      …
      १,
      नारी पुरुषको जात
      बराबर चाहिँ कुरामा
      भेदभावको अझै खात ।
      २,
      जबर्जस्ती गरेर हुँदैन
      बुझ्नुपर्छ इच्छा चाहना
      बलात्कारले मन छुँदैन ।
      ३,
      समस्याको हल खोजौँ
      कसरी हुन्छ दिदीबहिनी
      प्रगतिको बाटो रोजौँ ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
      २,
      असार मासको काम
      खटेर गर्छन् सबै
      बिर्सिएर खान माम।
      ३,
      असार पन्ध्रको पर्व
      खेतमा धान रोप्दै
      मिलेर गरौँ गर्व।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      नराम्रो विचार नराख
      सबैको मन जिती
      बिझ्ने कुरा नचाख ।
      २,
      धनका छन् भोका
      निर्धनलाई यहाँ नचिन्ने
      क्रुरताको हुन् पोका।
      ३,
      बाहिर ठिक्क पार्ने
      माथि माथि चढाएर
      ह्वात्त तल झार्ने।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      झरीले बनाउॅंछ हुरुक्क
      बाढी, पहिरो नसुन्दा
      मन भयो ढुक्क ।
      २,
      निथ्रुक्क विचरी चरी
      बास जति जलाम्य
      धेरै दुखमा परी ।
      ३,
      मुसलधारे वर्षा झर्‍यो
      दोबाटोको भरिया आज
      नदी किनारामा पर्‍यो ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      …
      १,
      म तिम्रै भक्त
      ठिक्क वर्षा गरी
      कृपा गर सक्त ।
      २,
      फाट्नेलाई जोड्ने तिमी
      बिजुली, गायब नहोऊ
      उकालो लाग्छौँ ठिमी ।
      ३,
      मौसम बिहेको आयो
      कैयौँले पीडा भोगेर
      एउटाले फल पायो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      …
      १,
      गर्मी उधुम थियो
      पानी पर्दा त
      जाडोले ठाउँ लियो ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
      …
      १,
      सङ्घर्ष हो जीवन
      चल्नेछ दुख सुखले
      पसिनाले कमाएको धन।
      २,
      आँसुले भिजेको परेली
      देखाउन गाह्रो हुन्छ
      तप्कना भित्रको तरेली।
    • बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ।
      …
      १,
      सबैले हेरौं सोचेर
      आफुलाई जस्तै पिडा
      अरूलाई बोल्दा घोचेर।
      २,
      ज्ञानको दीप बालौँ
      अहङ्कारको जरालाई सबले
      आफ्नो हृदयबाट फालौँ।
      ३,
      बुझौं अरुको मर्म
      सदा मुस्कान छर्ने
      होस् हाम्रो कर्म।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      भोको बाघ रिसाउँछ
      जब पाउँदैन खाना
      जङ्गल सबै थर्काउँछ ।
      २,
      राजनीतिमा लाज भएन
      नेताहरू धेरै जसोको
      लुट्ने बानी गएन ?
      ३,
      छानिएकाहरू संसदमा लड्छन्
      यस्ता सांसदबाट जनताले
      इतिहासमा के पढ्छन !
    • रबि पौडेल दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      सिमसिम परेको पानी
      हिलोमा धान रोप्दै
      कम्मरमा पटुकी सानी
      २,
      खुसीले हिलोमा खेल्दै
      अङ्गालोमा बाँधिएर सबैलाई
      माया प्रितीमा झेल्दै ।
      ३,
      असारमा धान रोपियो
      सालीको पटुकी पनि
      हिलाम्मे बनी सकियो ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम (हाल भारत)
      …
      १,
      असारे मिठो गीत
      खेतका गरा हिलाम्मे
      रोपाहारसॅंग मिठो प्रीत।
      २,
      मङ्सिरको भयो मेलो
      भयो मैजारो अब
      सकियो असारे खेलो।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      जोखिम पहिरो बाढीको
      पहाडी मुलुक हाम्रो ,
      पैसा बग्दछन् खाडीको।
      २,
      पृथ्वीको संहार भएन,
      उत्ताउलो भयो जलवायु ,
      मान्छेको ध्यान गएन।
      ३,
      जोगाए वनपाखा यहाँ ,
      लगाए वातानुकूलित बोट,
      पहिरो जान्थ्यो कहाँ ?
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वर्दघाट सुस्तापूर्व
      …
      १,
      रोपाइँ गर्ने बेला
      असार महिना यो
      खेतमा भएका भेला।
      २,
      बादल फाटेर आयो,
      रोपाइँ गर्दै खेतमा
      असारे गीत गायो।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      वर्षा भयो अति
      क्षति धेरै भयो
      अझै पर्छ कति |
      २,
      यो वर्षाको भेल
      गर्नु गर्‍यो दैव
      कस्तो प्रकृतिको खेल |
    • सरिता सेढाई धादिङ
      …
      १,
      हरायो निद्रा भोक
      कस्तो लत बस्यो
      लाग्यो मायाको रोग।
      २,
      आयो बाढी पहिरो
      बिचल्लीमा पर्‍यो लौ
      नेपालीको पीडा गहिरो।
    • वेल थोकर तामाङ
      …
      १,
      समस्याहरू सूचनामा आउँदैन
      अचानक झम्टेर बिझाउँछ
      दु:खलाई समाल्नु भ्याउॅंदैन।
      २,
      असारको झरीले सतायो
      जताततै यातायातमा बाधा
      गरीबलाई घाँटीमा अॅंठ्यायो ।
      ३,
      जनसाधारणलाई महङ्गीले चेप्दैछ
      बजार भावहरू चुलिएको
      प्राकृतिक मौसमले हेप्दैछ ।
    • दिल ठकुरी, टिस्टाभेल्ली (दा)
      …
      १,
      सङ्केत देखियो खतरा
      ढल्ने अवस्थामा पुगेछ
      बत्तिस तले धरहरा l
      २,
      जगको इॅंटा खुस्क्यो
      आफ्नै दम्भको कारण
      हातको माछो फुस्क्यो l
      ३,
      सधैँ शेर बन्थ्यो
      मलाई पछार्न त्यति
      सजिलो छैन भन्थ्यो l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      बढ्यो साउनको भेल
      कति छ बाँकी
      सकिन जीवनको खेल ।
      २,
      बर्षातको भेल सरी
      पीडा रुमल्लिॅंदै आउँछ
      जिन्दगीमा घरी घरी ।
      ३,
      ढिलो पानी पर्न
      जान सकिन थाल्दा
      यसपाली रोपाइँ गर्न ।
    • ललिता गिरी सिन्धुली (हाल काठमाडौं)
      …
      १,
      माया गर्ने मन
      गयो आज टाढा
      उतै गयो तन।
      २,
      जाँदैन म छोडी
      मुटुले मान्दैन हेर
      हाम्रो बन्धन तोडी।
      ३,
      आफ्नो कर्म गर
      अरूलाई दुःख नदेऊ
      तारा बनी झर।
    • धनुष न्यौपाने “यात्री”, जुम्ला
      …
      १,
      पर्दैछ सिमसिमे पानी
      खेतको दबदबे हिलोमा
      रोप्दैछिन् धान सान्नानी।
      २,
      खेतबारी बाँझो भएर
      हुँदैछ सुनसान गाउँ
      युवाहरू परदेश गएर।
    • पुरुषोत्तम फुयाल, साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
      …
      १,
      असारमा बर्सातले तर्साउॅंदैछ
      गड्याङगुडुङ बादल मडारिएर
      आकाशमा बिजुलीले थर्काउॅंदैछ।
    • सुनगाभा पोखरेल, हाल- नेपालगन्ज
      …
      १,
      घाम, हावा, जल
      बोटमा आखिर पाकेपछि
      मिठो हुन्छ फल !
      २,
      आकाश रोएर जल
      चारैतिर छ डरलाग्दो
      धरतीमा आयो भल !
      ३,
      सकेसम्म मुसा मार्छ
      द्वारको कालो बिरालो
      दुनो सोझो पार्छ !
    • आर्त अकुलीन
      …
      १,
      कविको यो रङ्गेली
      जिउने बाँच्ने इच्छा
      ज‌ीवनको कस्तो पहेली ?
      २,
      सागरको छ गहिराइभित्र
      मोती मिल्छ रे
      एकपटक डुबौँ मित्र ।
      ३,
      जन्मने र मर्ने
      शाश्वत नियम हो
      आनन्दले इच्छापूर्ण गर्ने ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      खोलामा बस्ती बसेको
      आफ्नो बाटो सोझ्याउँदा
      घरघरमा पानी पसेको !
      २,
      विचित्र मौसमी प्रभाव
      कहिले भारी वर्षा
      कहिले पानीको अभाव ।
      ३,
      प्रकृतिको अनौठो चाल
      सम्झौता गर्न सके
      हुँदैन मानिसको बेहाल ।
    • जयनारायण नेपाल
      …
      १,
      म यता आएछु
      कुरा कसो सान्दाई
      नयाँ खबर पाएछु ।
    • सुरेश कार्की, हाल सिड्नी,अष्ट्रेलिया
      …
      १,
      बाढी, पहिरो गएर
      तहसनहस पार्दैछ सबै
      जनधनको क्षति भएर ।
      २,
      सल्लाह गर्दै बसेको
      कामका कुरा हुदैनन्
      धनको पोको कसेको ।
      ३,
      सपना देख्नु गतिलो
      चढ्दै जानू, शिखर
      सानै हुन्छ बतिलो ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      विश्वासै त हो
      जिन्दगी सुचारु हाम्रो
      सत्यमा हुन्छ जो ।
      २,
      आदतै त भित्र
      लेनदेन गरौँ जिन्दगी
      पाईन्छन् असली मित्र ।
      ३,
      मन्दिरमा पाइॅंदैन देवता
      भेटिन्छन् खोजे झैँ
      हुनुपर्छ मिहिनेती तक्दिरमा ।
    • ईश्वर साउद (भिक्षु), रामारोसन -६, अछाम, सुदुरपश्चिम
      …
      १,
      वर्षाले कतै खुसी
      कतै बाढी पसेर,
      अन्नमा लाग्यो ढुसी।
      २,
      जीवन सुध्रिने आशामा
      बुझाए देश अतृप्तीलाई,
      परे लोभीका पासामा ।
      ३,
      अनौठा अनौठा नीति
      बन्छन् नेपालमा मात्र ,
      बढ्यो केवल बेथिति।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      बर्षातको यो समय
      मस्त छन् किसानहरू
      बाढीको छ भय ।
      २,
      पुल छैन खोलामा
      बाटो लग्यो पहिरोले
      देशको ढुकुटी झोलामा ।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बाँके

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २५ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

  • २३ असार २०८१, शनिबार १९:३१ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    उडेर जान्छ मन
    झन् सम्हाल्न खोज्छु
    रफ्तारमा दौडन्छ धड्कन ।
    २,
    खेतबारीमा खेल्ने याम
    फुरुङ्ग हुन्छन् किसानहरू
    सोच्छन् नअस्ताओस् घाम ।
    ३,
    सफाचट भयो धानसार
    मुसोको चल्यो रुवाबासी
    भरिएपछि भइन्छ होसियार ।

    • म्यामराज राई
      …
      १,
      फूलहरू छ फुलाउनु
      बाटिका हेरचाह गरी
      पुतलीहरू छ डुलाउनु।
      २,
      ज्ञानको आँखा खोलौँ
      विचार गरेर अब
      सत्य कुरा बोलौँ ।
      ३,
      त्यो आफ्नो आफन्तभन्दा
      राष्ट्रको सेवा गरौँ
      उठाएर नेपाली झन्डा ।
    • दीप गोले तामाङ, चन्द्रपुर -१, रौतहट
      …
      १,
      उड्न खोज्दा मन
      सम्हालेर नसकिने हुँदा
      फेरि भइन्छ रनबन।
      २,
      असार मासको बेला
      जाऔँ मेलापात गर्न
      अरूको नपरौँ फेला।
      ३,
      खाली हुँदा दिमाग
      सोच्ने कुरा नहुँदा
      चल्छ यसैको राग।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-अमेरिका,बोस्टन।
      …
      १,
      डाँफे उफ्रॅंदै नाच्दैछ
      पाखा पखेरा रमाई
      हिमाल मुसुक्क हाँस्दैछ ।
      २,
      चन्द्रमा छुने चाहना
      किसानले धान रोप्छन्
      असार पन्ध्रको कामना ।
      ३,
      दहि चिउरा खान
      असार पन्ध्र नपर्खौँ
      हतार खेताला जान !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      असार पन्ध्र आयो
      किसान खेतमा पुगे
      खोला पनि करायो।
      २,
      नेताले गमलामा लगाए
      मालामाल देश भयो
      उद्घाटमा दियो जलाए।
      ३,
      युवा विदेशी भए
      भयो नेताको मोज
      रेमिटेन्सको गुन गाए।
    • सुरेशकुमार पाण्डे
      …
      १,
      धान रोप्दै रमाऔँ
      दही चिउरा खाएर
      असार पन्ध्र मनाऔँ ।
      २,
      असारे गित गाउँदै
      रोपौँ धान साथी
      हिलो खेल्दै रमाउॅंदै ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      किसान गर्छन् कर्म
      मानोबाट मुरी साट्छन्
      सरकार देखाउॅंदैन धर्म ।
      २,
      बुद्धि विदेश गयो
      शान्ति बेपत्ता भई
      विवेक पागल भयो !
      ३,
      गर्छन् नक्कली भाषण
      कृषिप्रधान देश हाम्रो
      खान्छन् विदेशी राशन ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      रोपेर गमलामा धान
      मङ्सिरमा बाली भित्रिने
      मन्त्रीज्यूको हुने स‌म्मान !
      २,
      मलखाद अब नचाहिने
      न सिॅंचाईको पीर
      गाली पनि नपाइने !
      ३,
      अरूले पनि सिकून्
      हामीबाट यस्तो प्रविधि
      श्रमिकहरू विश्वभर बिकून् !
    • सुरेश कार्की
      …
      १,
      धानको खेती हिलोमा
      खाएर दही, चिउरा
      असार पन्ध्र बिलोमा ।
      २,
      धानका बाला झुलाऊ
      सुनका माला गलामा
      झपक्क पारी खुलाऊ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      दुख आउॅंछ सहनुपर्छ
      मनमा संकोच नराखौँ
      रहस्य परिवारमा बहनुपर्छ ।
      २,
      अरूलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      पराईको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      आयो फ़ेरि असार ,
      हाम्रो सरकार अझै
      पर्दैछ जताततै लम्पसार !
      २,
      अनुदानको चिउरा खाएर,
      म हात्ती बनेको
      घटाउॅंदैछु पहाड धाएर।
    • दीपा समभाव, खोताङ्ग
      …
      १,
      सत्यको बाटो रोजी
      हिॅंड्दैछु पाइला चालेर
      अनन्त जीवन खोजी ।
      २,
      जिऔॅं जीवन हाँसेर
      मरिलानु छ के
      नराखौँ अब साँचेर ।
      ३,
      सही हाँसो ल्याउँछु
      भए मनमा चोट
      सत्यकै बाटो खनाउँछु।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ सङ्खुवासभा।
      …
      १,
      पवन वर्षा हेर
      असारे महिना भन्दै
      प्रकृति देन फेर!
      २,
      किसान खेतमा आए
      छरिए अनगिन्ती हेर
      असारे गीत गाए!
    • धनुष न्यौपाने” यात्री”, जुम्ला
      …
      १,
      आयो असार फेरि
      दही चिउराको संस्कार
      सबै गाउँ हेरी ।
      २,
      गैरी खेतमा जाऔॅं
      नौटङ्की धेरै भयो
      धान रोपेर आऔॅं ।
      ३,
      गमलामा रोपेर धान
      भतुवा सरकार तिमी
      जनताले गर्नुपर्ने मान।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      झरी नझर यसरी
      कतै तिमीसँग बसेको
      रुन्छ मन जसरी।
      २,
      खेतमा तिमी आऊँ
      झरी कस्तो आयो
      असारे न्वागी खाऊँ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      यादहरूलाई निषेध भनिदिए
      तर मन निसासियो
      बेहोसिन रक्सी पिए ।
      २,
      घुम्दै हिॅंड्छु भौँतारी
      फेरि भेटिने आशामा
      देउराली अनि चौतारी ।
      ३,
      सम्बन्धमा विष भरेछ
      तिम्रो झुटले यहाँ
      मेरो विश्वास मरेछ ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ
      …
      १ ,
      भयो वर्षा झर्झर
      मनसुनको रमाइलो बेला
      लागौँ मेलामा सरासर।
      २ ,
      रोपौँ धान खलिहानमा
      असारको रमाइलो बेला
      नगरौँ अबेला काममा।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      गोठमा छैन भैँसी
      दहि च्युरा नभन
      दिन नहेर जैसी ।
      २,
      लाग्थ्यो वर्षा पहिले
      खेतबारी बाँझो राखी
      विदेशिए सबै अहिले ।
      ३,
      डेरीमा छैन दही
      चिउरा आउँछ विदेशबाट
      सिस्नो खानु सही ।
    • हिरालाल न्यौपाने ,बानपा ८, काेटमाैला सल्यान
      …
      १,
      सबैले मेहेनत गरौँ
      नराखौ बाझो खेत
      धानको बीउ छरौँ ।
      २,
      असार पन्ध्रको दिन
      किसानको गफमा सबै
      रमाऔँ हामी एकैछिन।
      ३,
      गाउॅंदै असारे भाका
      कति खुसी हुन्छन्
      हाम्रा प्यारा काका।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      मानो रोपेर मुरी
      असारको महिमा अपार
      आउने वर्षासँगै हुरी ।
      २,
      कृषिको राखौँ गरिमा
      नयाँ जोश जगाऔँ
      वर्षा प्रभु महिमा ।
      ३,
      बाँझा खेत धेरै
      गाउँ शून्य आज
      यहाँ काम नपाएरै । ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १,
      धान दिवस मनाऔॅं
      कृषिको विकास गर्न
      आवश्यक कदम चलाऔॅं ।
      २,
      पुर्याऔॅंसमयमै मल
      सिॅंचाई सुविधा पाएमा
      बढ्थ्यो किसानमा बल।
      ३,
      नरहोस् खेत बाँझो
      दहि चिउरा खाउँला
      मिलाई चाँजो पाँजो।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      धान दिवस आयो
      पकाउने फुर्सद छैन
      दही चिउरा खायो।
      २,
      मकै छोडाएर भुटे
      मुरुक मुरुक चपाउँदै
      किसान रोपाइँमा जुटे।
      ३,
      एकार्काको हात समाउँदै
      मायाप्रीतिको भाव साट्छन्
      हिलो खेलेर रमाउँदै।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत
      …
      १,
      असारे गीतको भाकामा
      किसानहरू रमाउॅंदै छन्
      धान रोप्दै पाखामा।
      २,
      गमलामा धान रोपेर
      धान दिवस मनाउदै
      सल्ले मुख छोपेर।।
    • वेल थोकर तामाङ, बकैया_८//बस्तिपुर// मकवानपुर
      …
      १,
      आएन असारमा पानी
      भयो खेती चौपट
      सबैलाई गर्‍यो हानी ।
      २,
      धान दिवस किन
      चिन किसान राम्ररी
      आए नराम्रो दिन ।
      ३,
      पन्ध्र गते असार
      गरेन हतार वर्षाले
      हुँदैन अन्नको पसार ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      रोपेर खेतभरि धान
      गुजारा हुन्छ गरिबको
      सबैले समस्या जान।
      २,
      दही चिउरा मिठो
      जानुपर्छ गर्नलाई काम
      वर्षभरि पुर्याउन पिठो ।
    • सुनगाभा पोखरेल
      …
      १,
      पानी पनि हरायो
      आकाशतिर हेर्दाहेर्दै हजुर
      पेटमा मुसा करायो ।
      २,
      मानो, मुरी, पाथी
      जे जति छन्
      सबैलाई बनाउँछु साथी ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर
      …
      १,
      विद्यालय, लेख्ने भावी,
      भाग्य देशको निधारमा
      हुनुपर्छ गुणस्तरीयता हावी।
      २,
      निष्पक्षताको न्यायिक भट्टीमा ,
      राखेर छान्नुपर्छ विधाता ,
      फोहोर , फाल्नुपर्छ टट्टीमा।
      ३,
      बन्छन् सन्चालक उनै
      चाकडलाई असल मान्नेहरू
      छैनन् , विद्यालयमा कुनै ।
    • लोक वहादुरछेत्री लामिछाने, मोदी गा पा २ देउपुर,पर्वत
      …
      १,
      किसानले गरे काम
      जीवन समर्पण गर्दै
      बनाएर खेती जाम ।
      २,
      प्रफुल्ल मुद्रामा किसान
      असार पन्ध्र मनाउदै
      प्रकृतिको गरेर गुणगान ।
      ३,
      धान रोपाइ सुरु
      खेतीको काम हुँदैछ
      अचेल साथी खुरुखुरु ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      नराखौँ खेत बाँझो
      समयमा मिलाउनु मलजल
      विजन पानीको चाँजो ।
      २,
      धान दिवसको मौकामा
      दही चिउरा खाउँला
      नबसौँ चुल्हो चौकामा ।
      ३,
      सिमसिम पानी पर्दैछ
      हली कोदाली बोकी
      गैह्री खेतमा झर्दैछ ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा
      …
      १,
      आज भ्याउँदिन आउन
      तिमीलाई भेट्न सानू
      जान्छु पर्म लाउन।
      २,
      व्यस्तताले हुन्न भेट
      रोप्न धान, कोदो
      बन्द नेट, इन्टरनेट।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      धान दिवस मनाए
      पत्रकार सम्मेलन गरेर
      फेसबुकमा जानकारी गराए।
      २,
      हिलो नभनी मनाइन्छ
      मानो रोपेर मुरी
      फलाउने सपना सजाइन्छ ।
    • कला ढकाल, झापा
      …
      १,
      खेतमा छैन पानी
      कहिले आउने मनसुन
      बीउ सुक्यो नानी !
      २,
      असार पन्ध्र आयो
      रोपाइँमा रमाउँदै चट्ट
      दही चिउरा खायो ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      सुकिसक्यो खेतको आँत
      हाँस्दैछ अट्टहास गरी
      आकाश देखाई दाँत ।
      २,
      पाइन्न बीउ मल
      खेती हुन्छ कसरी
      छैनन् गोरुका हल ।
      ३,
      रोपेर गमलामा बीउ
      धान दिवसको उद्घाटन
      पाँचतारेमा मन्त्री जिउ ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      दही चिउरा खाने
      आपसमा मिली सबै
      धान रोप्न जाने ।
    • बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी
      …
      १,
      हाँस्दैछ धर्ती मुसुक्क
      सुकिसक्यो सबै खेतबारी
      नेताहरू पाँचतारेमा खुसुक्क ।
      २,
      गमलामा बीउ निकास
      कृषिप्रधान खोज्छौ सम्मान
      यत्तिकैमा कृषिको विकास ।
      ३,
      पानीको कुलो बनाऊ
      हलगोरू पुर्‍याऊ खेतबारीमा
      कृषिप्रधान देश जनाऊ ।
    • बेदु न्यौपाने
      …
      १,
      मनमा पहिरो चल्छ
      जिन्दगी बेकार भयो
      कहाँ पुगेर ढल्छ।
      २,
      कसलाई बताऊ हाल
      सबैले मजाक मान्छन्
      लिन आउँदैन काल।
      ३,
      जन्मिनु गल्ती भयो
      शरीर जिउँदो हुँदै
      सपना मरेर गयो ।
    • ललिता गिरी, सिन्धुली (हाल काठमाडौं नेपाल)
      …
      १,
      गरेर भएपनी अर्मपर्म
      सफल बनाऔॅं है
      हामीले आफ्नो कृषीकर्म ।
    • सरिता सेढाईॅं
      …
      १,
      मन्त्री हिलोमा गए
      जुत्ता लगाएर खेतमा
      उद्घाटन गर्ने भए ।
      २,
      हातमा धान समाएर
      नेताज्यू कार्यकर्ताको भरोसा
      हिँड्छ्न् खुट्टा कमाएर ।
      ३,
      गजब छ यहाँ
      गमलामा धान रोपेर
      पन्ध्र मनाउँछन् जहाँ ।
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी
      …
      १,
      असारमा कोदालो चलाऔॅं
      असाध्यै परिश्रम गरेर
      मानोमा मुरी फलाऔॅं।
      २,
      जतासुकै धर्ती हराभरा
      धान रोपेर किसानहरूले
      सुसेली खेल्छन् गरा ।
      ३,
      कष्टकर गरौँ सामना
      सबैलाई धान दिवसको
      हार्दिक मङ्गलमय शुभकामना ।
    • केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम
      (हाल भारत )
      …
      १,
      असारे गीत गाएर
      म हाँस्न चाहन्छु
      असीम प्रेम पाएर ।
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
      …
      १,
      जल र मल
      मिसाई गरामा रोपाइॅं
      अनि फल्छ फल ।
      २,
      मुठी छरी मानो
      उब्जाउने बेला
      बर्खामास रोप्ने धानो
      ३,
      हराभरा जगत साउने
      झिमझिमे पानीले गर्दा
      पृथ्वी सारा सजाउने ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुपश्चिम अछाम
      …
      १,
      खेतमा रोपेर धान
      किसानको निरन्तर कर्मले
      बढेको नेपाली सान !
    • आर्त अकुलीन
      …
      १,
      असार पन्ध्र मनाउँदै
      धान रोपौ खेतमा
      असारे गीत गाउॅंदै।
      २,
      सपना देख्छ किसान
      मानो रोपी मुरीको
      पाल्दछ सधैं जहान ।
      ३,
      असारमा हिलो खेलेर
      रमाउँछ किसान सधैँ
      भकारी सधैँ भरेर ।
    • समुन्द्रा शर्मा, सुनसरी
      …
      १,
      धान दिवस मानेर
      हिलो खेतमा गए
      बीउ रोपे तानेर।
      २,
      दही चिउरा खाएर
      बेठी पनि लगाएको
      असारे गीत गाएर।
      ३,
      साथीसॅंग छ रमाइलो
      हातमा बोकेको बीउ
      घाम थियो घमाइलो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      खेतमा छरेको बीउ
      आकाशे घामले खायो
      जरिवाना कति लिउँ।
      २,
      सम्झना आउँछ नरेको
      छोरो हरायो परदेशमा
      असारमा पानी परेको।
      ३,
      मनैमा बरियो बाटेर
      रुँदैछ रित्तो डोको
      मायामा रुपैयाँ साटेर।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      असार पन्ध्र मनाऔँ
      दही चिउरा खाएर
      धान दिवस जनाऔँ l
      २,
      आज धान दिवस
      किसानहरू आकाश हेर्दै
      घरमै बस्न विवश l
      ३,
      ठिक छैन जमाना
      देश लुटेर दुष्टले
      भरे आआफ्ना खजाना l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हिजोआज रुँदैछ आकाश
      सचेत हुनु सबैजना ,
      कतिको उठाउँछन् घरबास ।
      २,
      बादलु घुम्टो ओढेर,
      लजाउॅंछन् पहाड मेरो
      म मुस्कुराउॅंछु हेरेर ।
      ३,
      किसानले पसिना रोपेर
      खेत बनायो हरियाली
      खुसी छायो देखेर ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …
      १,
      असार पन्ध्रको बेलामा
      रोप्नलाई गैह्री खेत
      अर्मपर्म गरिन्छ मेलामा।
      २,
      किसानलाई हुन्छ हतारो
      असारको यो महिना
      खेत रोप्ने चटारो।
      ३,
      दही चिउरा खाएर
      पन्ध्र असार मनाऔँ
      असारे गीत गाएर।
    • सतीश पण्डित, भानु ६ चुँदी तनहूँ(हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      खेतमा रोप्दा हमलामा,
      बाठाले लाए बुद्धि ,
      रोप्न थाले गमलामा ।
      २,
      किन रोप्नु धान ?
      बेकारमा लाग्छ हिलो
      पुगेकै छ खान ।
      ३,
      ट्र‍याक्टरले हिलो पार्‍यो
      मसिन रोप्छ धान
      फोटोमा ढाँचा पार्‍यो ।
    • बुढ्यौली साहित्य समाज, सिन्धुली
      …
      १,
      असारे माया हिलो
      सम्मान गरौ सबैले
      किसानी पेशा गतिलो ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      कति माया गर्छु
      तिमीलाई पत्तो भएन
      त्यसैले पछि सर्छु
      २,
      वरपिपलको चौतारीमा आउनु
      बाँसुरीको धुन सुनी
      यसो थाहा पाउनु ।
      ३,
      तिमी आउँदा खुसी
      हुन्छ मन मेरो
      भन्छौ मलाई लुसी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      मेहनत गरेर खानु
      पसिना बगााई खेतमा
      उमार्छु दानाबाट मानु ।
      २,
      रोपाइॅं गर्न जाने
      आज असार पन्ध्र
      दही चिउरा खाने ।
      ३,
      दर्कियो आकाशे पानी
      रोप्दैछु खेतमा बिउ
      असल बिज छानी ।
    • दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर
      …
      १,
      असारमा खै पानी
      कसरी रोप्ने धान
      देखियो खेतिमा हानी ।
      २,
      मानोले उब्जाउ मुरी
      असारमा रोपेर धान
      नआओस् हावा हुरी ।
    • दुर्गा भट्टराई
      …
      १,
      गरेर सुन्दर काम
      उज्वल कर्म गर्दै
      बनाऔॅं अमर नाम!
      २,
      इज्जत सबैको गर्दै
      पवित्र भावना भरौँ
      कर्तव्य पथमा सर्दै!
    • कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा
      …
      १,
      नमुना झण्डा सान
      वीर पुर्खाको नासो
      नेपाल नेपाली पहिचान ।
      २,
      लालिगुँरास राष्ट्रिय फूल
      पहिचान मेटाउन नेताहरू
      गर्दैछन् ठुलो भुल।
    • सङ्गीता खरेल, काठमाडौं
      …
      १,
      वर्षातको आस गर्दा
      बल्ल खुसी लाग्यो
      आज पानी पर्दा ।
      २,
      रोपाइँको छ बेला
      घरको काम सकेर
      छिटो जानुपर्छ मेला ।
      ३,
      गैरी खेतको हिलो
      खेल्दै रमाइलो गरौँला
      साथीहरु नगर ढिलो ।
    • लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई)
      …
      १,
      तन बुढो भयो
      उमेर बढ्दै गएपछि
      बैँस खेर गयो ।
      २,
      असारे गीत गाउॅंदै
      धान रोप्ने खेताला
      स्वरमा स्वर मिसाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      खेतभरि भयो हिलो
      अझ असार लागेदेखि
      बाटोमा धेरै ढिलो ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      धामीको भरमा पर्दा
      ज्यान हाम्रो जान्छ
      समयमै उपचार नगर्दा।
      २,
      जोगिन्छ बार लगाए
      बेलैमा गरौँ उपचार
      रोगले धेरै सताए।।
      ३,
      नसोचौँ जीवनलाई भार
      पाईदैन मनुष्य चोला,
      ईश्वरले दिएको उपहार ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      बसे म पर्खेर
      साझ ढल्दैँ गयो
      देखेर गयो तर्केर।
      २,
      माया गरे धेरै
      बुझ्नेले नबुझ्दा माया
      गयो हेर खेरै।
      ३,
      वेदनाले मन कुटुकुटु
      निष्ठुरीलाई भुल्न मैले
      बनाए पत्थरको मुटु।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      असारे झरी आयो
      किसान हर्षित भए,
      बाली लाउन पायो।
      २,
      सक्दैन किसान बस्न
      हुन्छ निरन्तर लागिरहेको
      खेतबारीको माटोमा पस्न ।
      ३,
      रहर धेरै होला
      आफ्नो पनि उसको
      तर दुखी चोला।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      रोपाइँको फेसन गरे
      मात्र पन्ध्र असारमा,
      सन्जालमा भ्रम छरे।
      २,
      कस्तो भयो विडम्बना
      खेतहरू बाँझो राखी,
      किसान हुने सपना।
      ३,
      विकृतिको नाघ्दा हद
      देखिएन मिसन रोक्ने
      बेकारका मन्त्री पद ।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी( वर्दघाट सुस्ता पुर्व)
      …
      १,
      बेसीका ठुला फाँटमा
      मानो रोपेर मुरी
      जोश जाँगर आँटमा।
      २,
      प्रकृति छटा हाँसेकी
      प्रफुल्ल हुँदै पिरती
      झरनासँग नाता गाँसेकी।
      ३,
      उडेका धुलो हराउँदै
      शीतल पवन सिरसिर
      छङछङ झरना कराउँदै।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      लक्ष्य साझा लिएर
      लाग्दैछ समाज सेवामा
      युवा जमात मिलेर ।
    • बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २४ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू

  • १६ असार २०८१, शनिबार १०:१० मा प्रकाशित

  • [१]
    १.
    कतै छ पानी
    कतै छ सुख्खा
    मिल्दैन मौसमको भविष्यवाणी ।
    २.
    डुब्न लागिसक्यो घाम
    महिना छ असारको
    आली हिलोको काम ।
    ३.
    समय आफैँले छोप्नुपर्छ
    पर्खँदैन कसैलाई यसले
    समयमा धान रोप्नुपर्छ ।
    ✍️

    सतीश पण्डित

    [२]
    १.
    सुधारौँ आफ्नो बानी
    अरूको क्षति चाहँदा
    आफ्नै हुन्छ हानी ।
    २.
    सधैँ नम्र बोल्नू
    रुखो बोलेर हुँदैन
    बोलीमा मह घोल्नू ।
    ३.
    आफ्ना लागि बाँच्नू
    अरूको पिर नगरी
    आफ्ना खुसी साँच्नू ।
    ✍️
    काजल न्यौपाने

    भोजपुर।

    [३]
    १.
    असारे राेपाइँ गरेर
    सबै किसान मिली
    राखौँ अन्न भरेर ।
    २.
    प्लास्टिकले शरीर छाेपौँ
    असार पन्ध्रमा रमाउँदै
    छुपुछुपु धान राेपौँ ।
    ३.
    असारे गीत गाएर
    काम गरौँ खेतमा
    अचार राेटी खाएर ।
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

  • १३ असार २०८१, बुधबार ०७:०२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    मौसमी चाल चाले
    बाँझोमा उम्रिन्छन् आशाहरू
    पसिनाले उमार्न थाले ।
    २,
    खुट्टा तान्नु पहिले
    आफ्नो पाइला चालौँ
    हातमा फल जहिले ।
    ३,
    पाखुरी होस् स्थायी
    लक्ष्यित योजना बनाए
    यात्रा बन्दछ फलदायी ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      हजारौँ फूलहरू फुलिरहे
      सुन्दर ती बगैँचामा
      कति भमराहरू डुलिरहे।
      २,
      लेखिराखौँ हरेक चरण
      पुराना दिनका कथाहरू
      झिल्काले गराउॅंछ संस्मरण ।
      ३,
      जिन्दगी नाटक हो
      हामी अभिनय गर्दैछौँ
      सत्पात्र बन्ने को ?
    • दीप गोले तामाङ, चन्द्रपुर, रौतहट
      …
      १,
      मौसम अनुसारको काम
      नगरी नहुने यता
      छैन जाने ठाम।
      २,
      भइन्जेल पाखुरीमा बल
      उमेर पुगेपछि नसकिने
      जोसुकैले पनि हलचल।
      ३,
      पाइन्छ खोज्दा रहलपहल
      पाखुरी बजार्दा सबैले
      हातमा आउँछ फल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      …
      १,
      मौसमको हलचल हुँदैछ
      थिएन पानीको आशा
      असारे मनसुन छुँदैछ ।
      २,
      मानो रोपेर मुरी
      अन्न फलेर आए
      लाग्ला सुनको धुरी ।
      ३,
      फलाउँछ मानव अन्न
      धान्न मानव जिन्दगी
      ईश्वर रहेछन् धन्न ।
    • बेदु न्यौपाने
      …
      १,
      दाम छैन गोजीमा
      कसो गर्ने होला ?
      छु कामको खोजीमा |
      २,
      खान पाइॅंदैन बसेर
      अल्छी भयौँ भने
      हिॅंडौँला पेट कसेर |
      ३,
      मनसुनले घात गर्‍यो
      कतै सुख्खा अति
      कतै पहिरो झर्‍यो ?
    • सरिता सेढाई धादिङ
      …
      १,
      सम्बन्ध बीचको पहिरो
      बाह्य आँकलन नगर्नु
      असर यसको गहिरो ।
      २,
      परदेसिनु बाध्यता थियो
      म फर्की आउँछु
      जलाई राख्नु दियो ।
      ३,
      आवश्यकताको पहाड देखेर
      म पनि परदेसिएँ
      जिम्मेदारी थाप्लोमा बेरेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जिलिङ
      …
      १,
      हुनुपर्छ पहिला आँट
      गर्न केही प्रगति
      दु:ख पीडा साटासाट ।
      २,
      राम बसे वनैमा
      केवल एक आदेश
      सिताजीलाई राखेर मनैमा ।
      ३,
      देखिॅंदैन बाहिरी चोट
      भित्री छिया छिया
      अर्धमृत भेटियो बोट ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका- ६, सुदुरपश्चिम अछाम
      …
      १,
      बस्नुपर्छ मानेर डर
      वर्षाको महिना सुरु
      प्रकृतिको हुँदैन भर।
      २,
      जीवन बिस्तारै चल्छ
      मिहिनेती बन्दै जाऊ
      गरे सुन फल्छ ।
      ३,
      नछाडौँ आफ्नो कर्म
      सबैलाई बचाउनु पर्ने
      किसानको ठुलो धर्म ।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      हुन्छ यहाँ बारम्बार
      महिलामाथि हुन्छ जहिले
      हत्या, हिंसा बलात्कार ।
      २,
      सुन्दा मन रुन्छ
      हाम्रो देशमा छाउपडी
      कहिले अन्त्य हुन्छ ?
      ३,
      बरु बढोस् सुनको
      बिन्ती गर्छु सरकार
      नबढोस् भाउ नुनको ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      नहुनु गल्ती भयो
      रिस थाम्न नसक्दा
      क्षति बढ्दै गयो।
      २,
      संसारमा दुई जात
      कतिको घरभित्र रोइलो
      परिवारभित्र देखिन्छ अन्तरघात।
      ३,
      कसैलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      अर्काको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      मानव हिॅंड्ने बाटोमा
      सफलता मिलोस् सधैँ
      हुर्की खेलेको माटोमा ।
      २,
      योग अभ्यास गरौँ
      शरीर फुर्तिलो बनाई
      मनमा खुसी भरौँ ।
      ३,
      बगैंचामा फूल फुल्छन्
      सुगन्धित फूलको बासनामा
      भमरा झुम्मिएर डुल्छन्।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे, भक्तपुर
      …
      १,
      हजारौँ फूल फुलिरहोस्
      मगमग बासन छरी
      सदाबहार जिन्दगीमा झुलिरहोस्।
      २,
      असारमा धन रोपाइँ
      चटारो भयो धेरै
      बाढीबाट ज्यान जोगाई ।
      ३,
      खेतालो छैन अब
      के गर्ने खै ?
      देशमा बुढाबुढी सब।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      अन्जान बस्तीहरू ढल्दै
      गरिबी गाँसबास उठ्यो
      एकोहोरो भएर टल्दै ।
      २,
      समाउने हाँगो हुँदैन
      देखेन जनता रोएको
      नेतालाई छाँगाले छुँदैन ।
      ३,
      कति गर्छौ अत्याचार
      पालो गर्दै खाई
      कहाँ टुङ्गिन्छ भ्रष्टाचार ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      देश बचाउ अभियान
      चाल्नु पर्छ सबैले
      भुल्न हुन्न स्वाभिमान।
      २,
      आत्मनिर्भर आफैँ बन्नुपर्छ
      दस नङ्ग्रा खियाई
      बाँझो खेत खन्नुपर्छ।
      ३,
      देशको सिङ्गो कथा
      टुलुटुलु हेर्छ सरकार
      कर्णालीको दर्दनाक व्यथा।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      अकासमा उदाए जून
      जगमग उज्यालो गरी
      उद्यानमा फक्रिए प्रसून।
      २,
      अकेली एकान्त वनमा
      सुकुमारी शकुन्तला बसेकी
      निर्धक्क शान्त मनमा !
      ३,
      अषाढमा धान रोपाइँ
      पाकेपछी मङ्सिरमा काटेर
      गरौँला परालको दाइँ ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      बोक्दैछु विदेशीको भारी
      मनभरि पीडा छ
      बाँझै घुरेनको बारी !
      २,
      पुगेछन् सत्तामा खुनी
      मरुभूमि तुल्य बनाए
      स्वर्ग जस्तो भूमि !!
      ३,
      हाँसो छैन ओठमा
      राक्षसको साम्राज्य भो
      बाढी पस्यो गोठमा ।
    • ऋजु दिल्पाली, इटहरी
      …
      १,
      मन भयो रसिलो
      सबै मिलेर एकता
      यो रहेछ कसिलो।
      २,
      सबै मेरो हुँदैन
      ईश्वरको आशीर्वाद सबैलाई
      दुःखले कसलाई छुँदैन।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      गूगलमा अन्न फल्दैन
      नानीहरू घोप्टिएर नबसौँ
      यसरी जीवन चल्दैन।
      २,
      खेतमा हलो चलाउनु
      सबैले आलस्य त्यागेर
      मानाको मुरी फलाउनु।
      ३,
      समयको सदुपयोग गरौँ
      आज पसिना बगाएर
      भोलि ढुकुटी भरौँ ।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      अविकसित हाम्रो गाउँ
      समस्याहरुले चित्कार छडेर
      देउराली रोएको ठाउँ !
      २,
      युवा परदेश पलायन
      तीन शब्दमा सिमित
      समस्यै समस्याको जीवन।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      तातिइन् पृथ्वी पाल्नलाई
      रमाउँदैछन् किसान खेतीमा
      अनाज फलाउन थाल्नलाई ।
      २,
      एउटै ध्यान किसानको
      निस्वार्थ श्रम गर्दछन्
      अन्न ऐश्वर्य निसानको ।
      ३,
      जुधेर पृथ्वीसँग रमाई
      मस्किन्छिन् धर्ती जब
      देखेर कोदाली समाई ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      मौसमी जलवायु चल्यो
      धर्ती सिॅंन्चित हुँदाखेरि
      फसल राम्रो फल्यो ।
      २,
      पाइला पाइला चालेर
      प्रगतिपथमा सबै लम्कौँ
      वैमनस्यता रिसराग फालेर ।
      ३,
      छन् खेतबारी बाँझो
      फेरि हराभरा बनाउन
      मिलाऔॅं हामीले चाँजो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      किसान खेतमा डुलेको
      असारे झरि परेर
      सबै दु:ख भुलेको।
      २,
      पुर्वमा रोपाइँ हुँदैछ
      बेलैमा पानी परी
      किसानले हिलो छुँदैछ।
      ३,
      सिमसिम पानी परेको
      काधमा कोदाली बोकेर
      बेँसीतिर ओराली झरेको ।
    • कला ढकाल, झापा
      …
      १,
      महिना यो असार
      रोपिन्छ धान खेतमा
      चलेकै छ घरबार।
      २,
      माटोमा पसिना बगाई
      माटोमै जीवन बिताउँछन्
      बाली अनेक लगाई।
      ३,
      पहिला आफू बाँचेर
      अरूलाई पनि बचाउँछन्
      राख्दैनन् तिनले साँचेर।
    • सतीश पण्डित
      …
      १,
      कृषिमा ल्याए आधुनिकता
      उत्पादन हुन्थ्यो धेरै
      त्यागे सामन्ती मानसिकता ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, पवत
      …
      १,
      सिमसिमे पानी परेको
      कुट्टो कोदाली बोकी
      बेँसी खेत झरेको ।
      २,
      बेँसी खेत धाउॅंदै
      गरौँ काम मज्जाले
      असारे गीत गाउॅंदै ।
    • वेल थोकर तामाङ, बकैया _८, मकवानपुर
      …
      १,
      को छ अजम्बरी
      जन्मेको हो मर्न
      बाँचिॅंदैन त सधैँभरि ।
      २,
      घाम सङ्ग छायाँ,
      ट्याक्कै परपुरक जस्तो
      दोहोरो हुन्छ माया ।
    • शम्भु गजुरेल
      …
      १,
      बाँकी जस्ताको त्यस्तै
      अचेलको ताजा खबर
      छैन पहिलेको जस्तै।
      २,
      शोषण गर्छन् श्रमिकमाथि
      काम अनुसारको दाम
      पाइॅंदैन भन्छन् साथी ।
      ३,
      नभई नहुने पानी
      निकास नभएको खण्डमा
      बर्खामा गर्छ हानी ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      भनेर पनि नहुने
      जिन्दगी रहेछ दोधारको
      मनले पनि नछुने ।
    • प्रेम थापा “मन”बागलुङ “
      …
      १,
      आगो र पानी
      नमिल्ने एकापसका पूरक
      यस्तै सोच्छे सानी ।
      २,
      भाग्यको पछि लागेर
      कर्मशील बन्न नसके
      पाइन्न केही मागेर ।
      ३,
      भोकले भोजन मागेछ
      परिबन्दमा फँसेर पो
      नखाएको विष लागेछ ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      धान रोप्ने बेलामा
      घामा लाग्यो टलल
      जाउ साँइली मेलामा ।
      २,
      ब्याडे दाई आए
      हातमा बिउ लिई
      रोपाहारले रोप्न पाए ।
      ३,
      किसान हामी रमाउॅंदै
      खेतबारीमा गएर हेर
      हलो जुवा समाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      लुकेर हान्छौ जहाँ
      जीवन जान सक्छ
      प्रत्यक्ष आऊ, यहाँ ।
      २,
      झुठको तिम्रो खेती
      कहिले सुध्रिन्छौ तिमी
      दुनियाँले छुँदा तेति ।
      ३,
      यहाँ मौसम फारेको
      पानी आउँदैन होला
      हेर किसान हारेको !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      …
      १,
      मौसम भयो आहा !
      ऋतु रोपाइँको पनि
      किसानको यत्ति चाहा ।
    • नागेन्द्रप्रसाद यादव
      …
      १,
      पनौतीको हिले जात्रा
      खानुपर्छ मिलाएर फल
      चिउली केराको मात्रा !
      २,
      मानो रोपेर मुरी
      फलाउनु पर्ने बेला
      नहुनु कोही दूरी ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      बर्सात नहोला जस्तो
      सुक्न लागेछ गराहरू
      रोपाइँ नहुँदा कस्तो ।
      २,
      बीउ उखेलेर सारा
      पानीले धोका दियो
      मनसुनको कस्तो पारा ।
      ३,
      आकाशको भरमा खेती
      बादललाई कति पर्खनु
      उमेर ढल्केछ सेती ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      टाढ़ा नजिकका भेटियो
      हात समाई रमाउँदै
      झिल्काले सबैलाई समेटियो।
      २,
      झरी नयनको कुनामा
      कसैले नदेखी खस्यो
      आफ्नै दौराको तुनामा।
      ३,
      जिन्दगीको गोरेटो साह्रो
      धोका खाँदै हिॅंड्नुमा
      जिउनु एकदमै गाह्रो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      धान रोप्नुपर्छ भनेर
      बिदेश हिॅंडेको उनी
      रुपियाँ देखाउँछन् गनेर ।
      २,
      सबैको मन रिझाउन
      सकिन्न रहेछ कहिले
      थाल्दछ चसक्क बिझाउन ।
      ३,
      रिसाएको जस्तो मुहार
      एकपटक मुस्काउन भन्छु
      मागेर फेरि गुहार ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा
      …
      १,
      पानी पर्यो आज
      बाटो छ हिलो
      नभेटौँ है साँझ।
      २,
      मनमा माया अपार
      साथमै लैजाऊ मलाई
      एक्लै रुन नपार ।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      कर्मयोगी हुन्छ किसान
      गर्दैन फलको आशा
      चाहिॅंदैन भवन आलिसान ।
      २,
      गर्नुपर्छ धेरै कष्ट
      प्रकृति बन्छ शत्रु
      गर्छ उपज नष्ट ।
      ३,
      उत्पादन गर्छ अन्न
      खुवाउॅंछ टन्न सबैलाई
      पर्छ जमिन खन्न ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      सङ्गत अनुसारको फल
      अवश्य मिल्नेछ साथी
      तर नगर्नु छल ।
      २,
      देखियो मिठो सपना
      उपभोग गर्न पाइन्न
      ईश्वरको गर्नु जपना
      ३,
      श्रमिक निरोगी हुन्छ
      देश विकासको आधार
      विभेदले मन छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      आयो रोपाइँको बेला
      खेल्छन् युवा युवती
      हिलो छ्याप्ने खेला।
      २,
      हुँदैन फुर्सद खाने
      एउटै कुरा ध्यानमा
      खेतमा सबरै जाने।
      ३,
      कोही रसिया गाउँछन्
      असारे गीतको पारखी
      गीत सुन्न धाउँछन्।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत
      …
      १,
      आषाढमा धान रोप्ने
      हिउँदमा पिरती लगाई
      हातमा नाम खोप्ने ।
      २,
      पाइला अगाडि चाल
      आउन सक्छ नजिकै
      बर्षातमा नदीको छाल ।
      ३,
      सफलता हात पार्न
      पर्छ अब सबैले
      खेतबारीमा मन सार्न ।
    • ललिता गिरी, सिन्धुली, हाल काठमाडौं
      …
      १,
      जोधाहा रहेछन् ओहो!
      दुष्ट नेतालाई जहिलेसुकै
      सत्ताको मात्रै मोहो l
      २,
      सकिएन गर्न जोहो
      कसरी भेटिन्छ कुन्नि
      छाक टार्ने गोहो l
      ३,
      आत्मनिर्भर बनौँ सबै
      परालम्बी भयौँ भने
      आनन्द मिल्दैन कबै l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      अल्छीलाई महान ठानिन्छ
      मुलुक सतीले सरापेको
      गर्नेहरूको खुट्टो तानिन्छ ।
      २,
      न्यायको मरिसक्यो आस
      दोषीलाई दिन्छ उन्मुक्ति
      निर्दोषलाई सधैँ कारावास ।
      ३,
      जिन्दगी हुन्छ जञ्जालमा
      तर राम्रो देखाइन्छ
      हेर सामाजिक सञ्जालमा ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      अस्पटलाग्दो छ पर्खाइ
      बुझिन्छ समयको मूल्य
      मनको अनौठो सोचाइ ।
      २,
      जिम्मेवारी कस्तो बाध्यता ?
      कर्तव्यबोधले थिचिएको जीवन
      गर्न नसकिने मध्यस्तता ।
      ३,
      अधुरो सपनाहरू लथालिङ्ग
      समेट्न खोज्दा खोज्दै
      जिन्दगी दोबाटोमा ठिङ्ग ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ्ग
      …
      १,
      भोजन जुटाउन वर्षको
      असारमा रोपाइँ गरेर
      आयो समय हर्षको ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ।
      …
      १,
      ब्रह्माण्ड तातो भयो
      प्रलय हुन्छ भन्ने
      सबैको सातो गयो
      २,
      प्रकृतिलाई पनि गाह्रो
      नियम विपरीत गर्दिन्छन्
      बाँच्नलाई पनि साह्रो ।
      ३,
      घामपानी जस्तो भइदिऊॅं
      नत्र हुन्छ अप्ठ्यारो
      नियम अनुसार गइदिऊॅं ।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      मनभित्र पस्यो अशान्त
      हुरी बतास चलेर
      समय आयो दुःखान्त।
      २,
      हाँगा नहोस् समाउने
      टेक्नुलाई पाए भुईॅं
      त्यही उभिएर रमाउने।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      असारे झरी पर्दैछ
      किसानलाई आफ्नै चटारो
      रोपाइँ गर्न झर्दैछ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      आयो असारे झरी
      रुझायो तन मेरो
      पग्लिएँ सुस्तरी सुस्तरी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
      …
      १,
      आगोलाई नठानौँ सानो
      हेलचक्राई गरेको हामीले ,
      जलाई दिन्छ छानो ।
      २,
      घरमा आगो लाग्दाखेरि
      बोलाऔॅं दमकल सबैले
      नोक्सान हुँदैन फेरि ।
      ३,
      आगोले ताप दिन्छ
      दुरुपयोग हुन गएमा,
      हाम्रो खुसी छिन्छ ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      कुरीतिको मारमा पर्‍यो
      मानव समुदाय समाजमा
      नगर्ने काम गर्‍यो ।
      २
      विदेशीको दास सरकार
      देशको लगाम अन्तै
      शासन उस्तै व्यवहार।
      ३
      सरकारमा हुन्छ मारामार
      मुद्दा हुँदैन देशको
      गर्न नपाएर भ्रष्टाचार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      मादकतामा बैँसालु मन
      देखेपछि मेरो सामुमा
      तरङ्गियो यो मायालुपन।
      २,
      अनगिन्ती सपना सजाउँदै
      जीवनको उत्तरार्ध पनि
      आउँदैछ सारङ्गी बजाउँदै।
      ३,
      खहरे जसरी गडगडाउँदै
      आउँदैछ सरर सुसाएर
      बैँसालु वसन्त हडबडाउँदै।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      झिल्का लेखौँ तेसरी
      दुनियाँ हाँसोस् सम्झॅंदै
      पेट मिचिमिचि बेसरी ।
      २,
      दाम्लो बाट्नु चोयाको
      माया लगाउनु सोचेर
      हालत होला खोयाको।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      अन्योलमा हुन्छु कहिले
      गन्तव्य भेट्न नसकी
      भौँतारिने गर्छु जहिले ।
      २,
      बहकिन मन हावामा
      तर पलपल पिल्सिॅंदै
      तातो रापिलो तावामा ।
      ३,
      प्रत्येक श्वासप्रश्वास गनेर,
      आशक्तिमै पो डुब्दैछु
      अजम्बरी शरीर भनेर ।
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
      …
      १,
      आकाशमा जून तारा
      हेरेर रमाएका आफैँ
      खुसीमा दुनियाँ सारा
      २,
      नदीको कलकल पानी
      पानी सबैको जीवन
      सबैको आँखाको नानी
      ३,
      उकालीको बाटो राम्रो
      बस्तीहरू सदा हराभरा
      अनुपम गाउँघर हाम्रो
    • आर्त अकुलीन
      …
      १,
      शरीरभित्र छ पसिना
      मनसुन परिवर्तन हुँदा ,
      आए खेतमा असिना ।
      २,
      सफलताले पाइला चाले
      परिश्रम गर्दा जिन्दगीमा ,
      खुसीले हर्ष थाले ।
      ३,
      देशमा नेताको मोजमस्ती
      विकास नहुदाँ हजुर
      सुख्खा भो गाउँबस्ती ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      असार मासे गीत
      गाउनु पर्छ आई
      लाएर हिलोसँग मीत ।
      २,
      छैन फुर्सद खानलाई
      मुठीले मुरी उब्जाउन
      छिटो मेला जानलाई।
      ३,
      मेलो तयार भयो
      बाउसेले आली लाएपछि
      रोपाहार रोप्न गयो ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      छुपुछुपु धान रोपौँला
      पानी पर्यो भने
      पुरानो घुमले छोपौँला।
      २,
      मानो रोपेर मुरी
      असारको मङ्सिरमा भित्र्याउने
      नढाल्नु है हुरी ।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौ
      …
      १,
      वैदेशिक रोजगारको असर
      युवाहरू सबै विदेशमा
      वृद्धहरू मात्र गाउँघर।
      २,
      खेती गर्ने बेलामा
      बाँझो रह्यो खेतबारी
      कोही छैनन् मेलामा।
      ३,
      बाध्यता र रहर
      कस्तो बन्यो परिस्थिति
      रित्तिॅंदैछ गाउँ सहर।
    • ज्ञानबहादुर क्षत्री, सन्धिखर्क – २, अर्घाखाँची।
      …
      १,
      बेला असार मासको।
      गरौँ रोपाइँ छुपुछुपु
      खोलौँ सृजना सहकालको ।
      २,
      असारे झरी बेला
      अमूल्य प्रकृतिको वरदान
      भर्ने आस्थाको मेला ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      मुठीबाट मानो फलाउने
      यसरी काम गरेर
      कृषकले जीवन चलाउने ।
      २,
      अरूको कुरा काट्न
      छोड सबै जाऔॅं
      खेतबारीमा पसिना साट्न ।
      ३,
      छत्री घुमले छोपेर
      पानी परेको बेला
      रमाउँछौ धान रोपेर ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      फुलेको सुन्दर फूल
      नफक्रेको कोपिला टिप्ने
      नगर्नु है भूल ।
      २,
      बगैंचा बिरुवाले भरौँ
      स्वस्थ जीवन बाँच्नलाई
      नित्य कर्म गरौँ ।
      ३,
      देखिन्छ सुन्दर सप्तरङ्ग
      मनको मैलो हटाई
      पर्नुपर्छ हामी दङ्ग ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २, बालकोट भक्तपुर)
      …
      १,
      यो असारको महिना
      रोप्ने धान मैले
      पुछ्दै निधारको पसिना ।
      २,
      टन्टलापुर घाम चर्को
      हिलोमा छुपुछुपु रोप्छु
      धान नमानी झर्को।
      ३,
      हातमा बीउ समाई
      गुनगुनाई असारे भाका
      खेल्छु हिलो रमाई।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      काम ठग्ने राजयोगी,
      पाउँछ उसले पृष्ठपोषण,
      दिक्दारमा छन् भुक्तभोगी।
      २,
      पहाडका बेँसी टार
      गाउँघर बाँझै खाली
      मेटिॅंदैछ हाम्रो सार ।
      ३,
      शासकले खेरै फाले
      स्रोतहरू अनुपम नेपालको
      धमाधम छोड्न थाले।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वसुपू
      …
      १,
      मन्द मुस्कानको ओठ
      बिर्सन पीडाका चुस्की
      मनभरि चुलिएको चोट ।
      २,
      स्वप्न नगरको सपना
      चाहना रमरम नशाको
      बिर्सन्न यथार्थ कपना ।
    • ममता पौडेल, बुढीगङ्गा- मोरङ
      …
      १,
      मान्छेको स्वभाव घमण्डी
      स्वार्थको सीमा नाघ्दछ
      हुन्छ क्षति उग्रचण्डी ।
      २,
      बर्खायाममा बाढी, पहिरो
      लापरबाही गर्दा मान्छेले
      प्रकृतिलाई दुख्छ गहिरो ।
      ३,
      क्षतिको हिसाव नगरौँ
      दैवीप्रकोप न्यून गर्न
      होसियारीसाथ काम गरौँ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      रहरमा बाँध बाँधेर
      ओठमा मुस्कान भर्दछु
      हाँसो, आँशु साँधेर।
      २,
      असारे भाका मेलामा
      घन्कियो गैरी खेतमा
      रोपाइँ गर्ने बेलामा।
      ३,
      खेतमा धान रोपियो
      असार गई मङ्सिर
      महिनाको आस बोकियो ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      अक्सिजन हाम्रो प्राण
      रुख जीवन हाम्रो
      खानाले बढ्छ त्राण ।
      २,
      नारी पुरुष बराबरी
      भेदभाव नगर्दा राम्रो
      जीवन चल्छ सराबरी।
      ३,
      रुँदै जीवन जाला
      अल्छी भाव सङ्गाल्दा
      दु:ख वर्षाउने चाला ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      ::::::::जय झिल्का साहित्य ! ::::::::::
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

  • १२ असार २०८१, मंगलवार २२:१६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २० औँ शृङ्खला (मनसुन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    उधुम गर्मीको आहत
    एकाएक प्रवेश मनसुनको
    भयो तनमनमा राहत ।
    २//
    गर्मी कतै झरी
    प्रकृतिको एकछ्त्र राज
    गर्दै हिँड्छ मनपरी ।
    ३//
    भगवान् तिम्रै भर
    नहोस् मानवीय क्षति
    बाढी पहिरोको डर ।
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    जतासुकै चल्छ भनसुन
    त्यसैले आउन यसपालि
    गाह्रो मान्दैछ मनसुन ।
    ✍️
    दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [३]
    १//
    जताततै वर्षा भेल
    म कसरी बुझौँ
    दैवको यो खेल ।
    २//
    किसानलाई बन्यौ सहारा
    अनेकौँ रूप तिम्रो
    कसैको तिमी हत्यारा ।
    ३//
    कोही छन् रमाएका
    सर्वस्व गुमाउनेहरू चाहिँ
    बलिन्द्र आँसु बगाएका ।
    ✍️
    विमल खतिवडा माइला, सिलगढी, भारत
    ————-==———–
    [४]
    १//
    गर्जन्छ मेघ खहरे
    मल हाले लहरिन्छ
    खेतमा तरकारी लहरे ।
    २//
    परेको परेकै झरी
    भन्दैछन् काफल पाक्यो
    हाँगामा बसेर चरी ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत।
    ————-==———–
    [५]
    १//
    प्रकृतिप्रदत्त यो मनसुन
    भित्र्याउनलाई चाहेको बेला
    लाग्दैन कसैको भनसुन ।
    २//
    बनाएर रेखा बक्र
    आउँछ मनसुन घुम्दै
    बनाउँदै न्यूनचापिय चक्र ।
    ३//
    आउँछ कहिले झाडीबाट
    प्राकृतिक लीला अचम्मको
    आउँछ बङ्गालको खाडीबाट ।
    ✍️
    डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [६]
    १//
    कति पर्खनु मनसुन
    धैर्यको बाँधै चर्कियो
    चल्छ कि भनसुन ?
    २//
    विक्षिप्त बन्यो पश्चिम
    प्रकृति हुँदा पक्षपाती
    नहुँदा वर्षा सिमसिम !
    ✍️
    चिरञ्जीवी ढकाल, नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ————-==———–
    [७]
    टारी खेतमा पानी
    मनसुन सुरू भयो
    कृषिमा गरौँ लगानी ।
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [८]
    १//
    धेरै भयो गर्मी
    वायुमण्डल नै खल्बलाएर
    किन बन्छन् अकर्मी ?
    २//
    विदेशमा मनसुनको भर
    फरक हुन्छ दिनमै
    तर नमान्नु डर ।
    ३//
    एकनास नहुँदा मनसुन
    बाढी पहिरोको डरले
    नपरोस् कसैले रुन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन!
    ————-==———–
    [९]
    १//
    मनसुन सुरु भयो
    अन्त्य कैले हुने ?
    धेरै बाढी गयो ।
    २//
    जटिल मौसम परिवर्तनले
    चट्याङ झरेको धेरै
    मान्छे मर्‍यो बिजोगले ।
    ३//
    विकासले विनाश ल्यायो
    देश गरिब बनाएर
    जनता लाटो बनायो ।
    ✍️
    एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१०]
    आकाशमा उडे कर्याङ्गकुरूङ
    मनसुन आएन तैपनि
    खडेरीले मकै खर्याङ्गखुरूङ ।
    ✍️
    सुरेश कार्की, हाल सिड्नी अष्ट्रेलिया
    ————-==———–
    [११]
    १//
    आउँदै मनसुन जल
    छन् किसान खेतबारीमा
    पाइँदैन बिउ मल ।
    २//
    गर्जँदै आयो मनसुन
    छैन मल बिउ
    चल्छ निकै भनसुन ।
    ✍️
    मन थापा, पोखरा २१ कृस्ती
    ————-==———–
    [१२]
    १//
    तिमी वर्षादको पानी
    म मनसुनी हावा
    गर्मी भयो सान्नानी ।
    २//
    आँखामा गाजल लगाऊ
    चमक्क चम्काउँदै बिजुली
    तिमी मनसुनमा रमाऊ ।
    ✍️
    होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ————-==———–
    [१३]
    मनको मिठो झरी
    सम्झना गराउँछ तिम्रो
    सायद बर्खामा परी ।
    ✍️
    नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [१४]
    १//
    माैसममा आधारित खेत
    राहत भएन किसानलाई
    सरकारको खुलोस् चेत !
    २//
    जलवायु परिवर्तनकाे असर
    कसर छाेडेनन् किसानले
    तर उत्पादन पसर ।
    ३//
    जलवायु परिवर्तनकाे न्युनीकरण
    उत्थानीकरण गर्नुपर्छ मिली
    हुन्छ वातावरणकाे सबलीकरण ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१५]
    १//
    खेतबारी हुँदैछ रसिलो
    प्रकृति खुल्दैछ हराभरा
    मनसुन भइदियो ढिलो ।
    २//
    तात्तिनु पर्छ किसान
    छ अन्न उब्जाउनु
    गरेर भूमिमा श्रमदान ।
    ✍️
    भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [१६]
    १//
    परेको परेकै पानी
    मनसुन आगमन हुँदैछ
    खुसी छिन् सानी ।
    २//
    मनसुनको महिना असार
    धान रोपाइँको चापाचाप
    नपर्नु बसेर लम्पसार ।
    ३//
    माना रोपेर पाथी
    धानको रोपनी गरौँ
    परमा चलाउनु साथी ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा ।
    ————-==———–
    [१७]
    १//
    पूर्वमा वर्षाको भेल
    बस्ती डुबानमा परेको
    कस्तो दैवको खेल ।
    २//
    आकाशे पानीको भर
    गर्नुपरेको छ किसानलाई
    नपरेमा हुनेछ डर ।
    ३//
    मनसुन सक्रिय बन्दैछ
    सजक रहन सरकारले
    सबैलाई सूचना भन्दैछ ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    [१८]
    १//
    चर्काे लाग्यो घाम
    मनसुनको भर नहुँदा
    भएन खेतमा काम ।
    २//
    बल्ल मनसुन आयो
    वर्षा सुरु हुँदा
    मनमा खुसी छायो ।
    ३//
    कतै वर्षा झरी
    मौसमकाे भर छैन
    बस्ने पो कसाेगरि।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [१९]
    १//
    सुखदुःख भयो मनसुन
    एकैनासको छैन केही
    चट्याङ बाढी अवगुण ।
    २//
    मान्नुपर्छ प्रकृतिको चलन
    मान्छेको हुँदैन हातमा
    भएपनि कुनै दलन ।
    ३//
    किसानलाई झन् खुसी
    मनसुन बन्यो राहत
    हराभरा एकदम भूमि ।
    ✍️
    पृथक प्रकृति ,झापा
    ————-==———–
    [२०]
    भित्रिएछ यहाँ मनसुन
    हुनेछ धान रोपाई
    प्रभुले गरेका भनसुन ।
    ✍️
    कार्की डिबी माकुम
    ————-==———–
    [२१]
    १//
    मन भयो छिन्नभिन्न
    आगोझैं तातो रापले
    हिँडे पङ्खा किन्न ।
    २//
    मनसुन सुरु भयो
    पानीको बहावमा
    राप सेलाएर गयो।
    ३//
    झमझम पानी पर्यो
    गर्मी लजाउँदै हजुर
    अलिअलि पछि सर्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२२]
    १//
    पानी नपरेरै सतायाे
    पसिना बगेकाे छ
    मन निकै अतायाे !
    २//
    बादल पानी पठाइदेउ
    निकै कठिनाई भयाे
    समस्या तिमी हटाइदेउ !
    ३//
    असारकाे खेती लगाऔँ
    खेती राम्रो बनाएर
    कृषकले समस्या भगाऔँ !
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि।
    ————-==———–
    [२३]
    १//
    भएन राम्रो मनसुन
    काम गर्न नेपालमा
    चाहिन्छ राम्रो भनसुन।
    २//
    प्राणीको तागत भर्दछ
    मनसुन समयमा भए
    समस्या सबै टर्दछ ।
    ३//
    मनसुनले बन्छ जीवन
    सर्वत्र ल्याउँछ यसले
    जीवन जगतमा परिवर्तन।
    ✍️
    सतीस पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    ————-==———–
    [२४]
    १//
    आयो असार मास
    मनसुन सुरुवात हुने
    हुन्छ सबैको आस ।
    २//
    वन बनाए घडेरी
    मनसुन सुरु नहुँदा
    लागे सर्वत्र खडेरी ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [२५]
    आहा ! बादल वर्षियो
    पर्‍यो चट्याङ झिलिक्क
    मेरो मनै तर्सियो ।
    ✍
    नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ————-==———–
    [२६]
    सक्रिय बन्दैछ मनसुन
    प्रकृति मात्रै यस्तो
    चल्दैन कसैको भनसुन ।
    ✍️
    शंकर कार्की, मकवानपुर।
    ————-==———–
    [२७]
    १//
    बाहिर पानी परेको
    किसान खुसी भएर
    हर्षका आँसु झरेको ।
    २//
    सक्रिय भयो मनसुन
    गर्नुपर्दैन अब कसैलाई
    बाली लगाउनलाई भनसुन ।
    ३//
    आकासे पानीको भर
    पहाडका किसानको जिन्दगी
    सोचेभन्दा हुन्छ पर ।
    ✍️ देवकृष्ण
    ————-==———–
    [२८]
    १//
    चल्छ नेपालमा मनसुन
    वित्यासै पार्छ कहिलेकाहीँ ,ल
    बाँच्नै गर्नुपर्छ भनसुन ।
    २//
    तराई डुबाउने भलले
    पहाड पहिरोले क्षति
    माटो भिज्दैन मलले ।
    ३//
    संसारको अनुपम देश
    उचाइमा विविधता हुँदा
    सिके बसाइँ वेश ।
    ✍️
    मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [२९]
    १//
    कुद्छ बुट्टा कर्मीले
    अस्वस्थ बनाइदियो हेर
    यहाँ सबैलाई गर्मीले ।
    २//
    सुरु भयो असार
    पर्नसकेको छैन पानी
    सुक्दैछ खोला बगर ।
    ३//
    तातो चर्को घाममा
    पसिना बगाउँदै किसान
    व्यस्त छन् काममा ।
    ✍️
    दिप गोले, चन्द्रपुर-१पौराई रौतहट
    ————-==———–
    [३०]
    १//
    आउदैछ तुफानी मनसुन
    कताकता सुन्दैछु मैले
    मिल्नेभए गर्नहुन्थो भनसुन ।
    २//
    सास फेर्नै गाह्रो
    खै कसरी बाँच्ने
    पानी नपरी साह्रो ।
    ३//
    कतै सुनिन्छ पहिरो
    हामीलाई भयो जातिबिती
    मनसुन आओस् गहिरो ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    [३१]
    १//
    प्राकृतिक प्रकोप मनसुनमा
    जीवन आफैँ समालौँ
    चेतनाको मीठो धुनमा ।
    २//
    समय बितेर रुनुमा
    पीडा मात्रै सकिन्छ
    विपत्तिले अनायसै छुनुमा ।
    ३//
    भयानक रूपमा देखिन्छ
    खेलाँची नसम्झौँ यसलाई
    सतर्कताले दुर्घटना छेकिन्छ।
    ४//
    झुट होइन लेखेको
    मैले यस्ता घटनाहरू
    आफ्नै आँखाले देखेको।
    ५//
    मनसुनको गीत गाएको
    हल्कामा नलिनु कहिल्यै
    जनचेतनाको निम्ति सजाएको।
    ✍️
    अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [३२]
    १//
    तिमी झरी आउछाै
    र मेरो पेटमा
    शक्तिको दिप जलाउछाैै ।
    २//
    तिम्रो तागत मनसुन
    कति छ कति
    तिर्न नसकिने गुन ।
    ✍️
    ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [३३]
    १//
    सबैले मौका छोप्नु
    मनसुन सुरु भयो
    मिलेर धान रोप्नु ।
    २//
    असार मासको बेला
    खेतमा काम गर्छन्
    भएर सबै भेला ।
    ३//
    पर्‍यो मुसलधारे पानी
    बाढी पहिरो गएर
    पुर्‍याउँछ होला हानी ।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [३४]
    १//
    प्रकृतिको खेल मनसुन
    आउँछ आफ्नै खुसीमा
    कसैको चल्दैन भनसुन ।
    २//
    गर्मीले पसिना बगेको
    मनसुन धर्तीमा आउन
    एक्कासी वर्षा खसेको ।
    ३//
    गर्मीले तितरबितर आहत
    प्राणी प्रकृतिको भरमा
    वर्षाले दियो राहत ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [३५]
    १//
    कस्तो अचम्म आज
    मनसुन बद्लिएर आयो
    जताततै गर्दै राज ।
    २//
    न्याय दिने काम
    कर्तव्य हो सबैको
    गरौँ मिली रोकथाम ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [३६]
    १//
    मौसम ऋतु अनुसार
    कहिले प्रचण्ड गर्मी
    कहिले आउँछ तुषार ।
    २//
    वनस्पति हाम्रो आधार
    आएर मनसुन समयमा
    कृषिमा आओस् बहार ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [३७]
    १//
    बल्लतल्ल भित्रियो मनसुन
    हर्षको साथ किसानहरू
    गुनगुनाउछ्न् आफ्नै धुन ।
    २//
    आउनेछ बाढी पहिरो
    जोगाउन गाह्रो ज्यान
    नेपालीको पीडा गहिरो ।
    ✍️
    वेल थोकर तामाङ, मकवानपुर //बस्तिपुर
    ————-==———–
    [३८]
    १//
    सुन्दैन कसैको भनसुन
    सबै सतर्क रहौँ
    बदलिँदै आयो मनसुन।
    २//
    खोलातिर नजानुस् जानीजानी
    पहिरोको जोखिम छ
    पर्दैछ सबैतिर पानी ।
    ✍️
    चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [३९]
    १//
    जोखिममा छ घर
    मनसुन भित्रियो देशमा
    पहिरो जाने डर ।
    २//
    पानि पर्‍यो अति
    जताततै पहिरो गएर
    जनधनको भयो क्षति।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४०]
    १//
    गर्मी यसपालि जस्तो
    बढेर नजावस् फेरि
    मौसम बिग्रियो कस्तो ।
    २//
    मनसुनी वर्षा लागेर
    दर्केर पर्यो पानी
    आयो उत्साह जागेर ।
    ३//
    रमाउँदै लगाउने बाली
    रोपेर धान खेतमा
    उब्जाउने टन्न यसपालि ।
    ✍️
    पुष्पा राई, ऐसेलुखर्क, खोटाङ ।
    ————-==———–
    [४१]
    १//
    कता अल्मलियो मनसुन
    बढेर ताप सूर्यको
    छट्पटिए तारा जून ।
    २//
    आउँछ छिट्टै पानी
    लामो खडेरी पर्दा
    आत्तिने हाम्रो बानी ।
    ✍️
    पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ————-==———–
    [४२]
    १//
    सुरु भयो मनसुन
    किसानको मुहारमा हाँसो
    मनमा मीठो धुन ।
    २//
    लाग्दैन अब जून
    वर्षा सुरु भयो
    निरन्तर मनसुनको धून ।
    ३//
    बाधीले पहिरो जान्छ
    सचेत बनौँ सबै
    घरखेत नै लान्छ ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [४३]
    १//
    बादल गर्जँदै आयो
    गर्‍यो जलले स्पर्श
    धर्तीमा खुसीयाली छायो ।
    २//
    मनसुन सुरु भयो
    प्रचण्ड राप हेर
    शीतल भएर गयो ।
    ३//
    मुसलधारे पर्दा पानी
    सबैलाई लाग्यो डर
    बाढी, पहिरोको हानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    [४४]
    १//
    याे वर्षकाे मनसुन
    कृषक पट्यारीमा दिक्दारीमा
    कसैकाे लागेन भनसुन ।
    २//
    टन्टलापुर घाममा चराहरू
    आवाज सुनिँदैन ढुकुरकाे
    सुकेर चर्किए गराहरू ।
    ३//
    माैसम बिग्रिएर राेगहरू
    रित्तिँदैछन् भकारी किसानका
    बढ्दैछ चिन्ता शोकहरू ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    [४५]
    १//
    मनसुन यता सरेन
    असार लाग्दा पनि
    अझै पानी परेन l
    २//
    मनसुन पूर्वतिरै लुक्यो
    सहन नसकी घाम
    खेतीपाती सबै सुक्यो ।
    ३//
    कतै वर्षे भेल
    जथाभाबी धर्ती भत्काउदा
    बिग्रियो प्रकृतिको तालमेल l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [४६]
    १//
    मनसुन सुरु भयो
    कसरी कटाउनु बर्खा
    जताततै बाढीपहिरो गयो |
    २//
    चाहिने भन्दा अति
    पानी पर्‍यो भने
    हुन्छ धेरै खति |
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    [४७]
    १//
    उपयुक्त माैका छाेपाैँ
    मनसुन भित्रिएको बेला
    जुटेर धान राेपाैँ ।
    २//
    भएर हामी भेला
    चलाउनुपर्छ अब साथी
    धान राेपाइँकाे मेला ।
    ३//
    देखिन्छ प्रकृति रसाएकाे
    मनसुन आएर हाेला
    खुसीले पानी खसाएकाे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ————-==———–
    [४८]
    १//
    मनसुन बल्लतल्ल आयो
    त्यसैले गर्दा हजुर
    गाउँमा खुसी छायो ।
    २//
    धनबिरेले काम पायो
    मनसुनले गर्दा नै
    जानुकीसँग मायापिरती लायो ।
    ३//
    चौतारीको पसले मर्यो
    समय जति सबै
    खेतबारीले जफत गर्यो ।
    ✍️
    नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ————-==———–
    [४९]
    १//
    कृषिप्रधान मेरो देश
    पानी आउने आशमा
    किसानको फुलिसक्यो केस ।
    २//
    उतैबाट आउनुपर्छ मनसुन
    देश कसले चलाउने
    त्यतैबाट आउँछ भनसुन ।
    ३//
    सधैँ छ्याप्छौ हिलो
    एक गरो रोपेर
    देखाउँछौ किन फिलो ?
    ✍️
    पशपती राई, खोटाङ ।
    ————-==———–
    [५०]
    १//
    चर्को लागे घाम
    घाम लागेको बेला
    गर्नुहुँदैन है काम ।
    २//
    अलिकति लागेछ झरी
    राेपाइँको बेला हजुर
    खेतमा सबैको मनपरी ।
    ३//
    किसानलाई पानीको भर
    मनसुन सफा नहुदाँ
    बाढी, पहिरोको डर ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५१]
    १//
    पूर्वमा मनसुन सरेको
    आयो असार नलाग्दै
    बेसरी पानी परेको ।
    २//
    आकाश गर्जिन्छ स
    आकाश कालोनिलो गरी
    मनमा लाग्यो डर
    चट्याङ पर्दा बेसरी ।
    ✍️
    दुर्गा आचार्य, मोरङ
    ————-==———–
    [५२]
    १//
    खेतीमा हुन्छ डर
    मनसुनी वर्षाको पनि
    छैन कुनै भर ।
    २//
    सुख्खा यो वर्ष
    मनसुन गडबड भयो
    छैन मनमा हर्ष ।
    ३//
    सुख्खा बादल झरी
    मनसुनको ठेगाना छैन ।
    दुख हुने सधैँभरि ।
    ✍️
    जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर
    ————-==———–
    [५३]
    १//
    मनसुन आयो भन्छन्
    गर्मीले पराकाष्ठा नाघ्यो
    महिना औॅलामा गन्छन् ।
    २//
    गर्मी कि झरी
    मार्न लाग्यो आजकल
    बॅाच्ने के गरी ।
    ३//
    किसान आत्तिएका छन्
    मनसुन आयो होला
    बीऊ मासियो झन् ।
    ✍️
    राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [५४]
    १//
    आयो मनसुनी पानी
    खडेरीले सताएको बेलामा
    गरौँ खेतमा लगानी ।
    २//
    गर्जेर आयो पानी
    मान्छे कृषिप्रधान देशका
    उकासौँ है जिन्दगानी ।
    ३//
    मनसुन सुरु जब
    गर्मीको चाप पनि
    बिस्तारै सेलाउँदैछ अब ।
    ✍️
    दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [५५]
    कतिको ज्यान लियो
    यो गर्मीले गर्दा
    खाली नोक्सानी दियो ।
    ✍️
    सनत रोकाय बिवश, कुशे गा.पा ८, जाजरकोट
    ————-==———–
    [५६]
    मनसुन समय जस्तो
    हुँदैन अरू समय
    फलेछन् धान कस्तो ।
    ✍️
    गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [५७]
    १//
    वर्षातको धैर्यता टुट्यो
    मनसुन कहाँ गयो
    गर्मीले मुटु फुट्यो ।
    २//
    कतै बाढी भेल
    असारे खेत भरी
    कतै धुलोको खेल ।
    ३//
    डाँडा ढाकेको कुहिरो
    कर्मयोगी किसानको मर्म
    पहाडमा आएको पहिरो ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [५८]
    आयो बङ्गालको खाडीबाट
    मनसुन झुक्काएर वहने
    कसरी जोगिने बाढीबाट !
    ✍️
    लोक बहादुर छेत्री
    ————-==———–
    [५९]
    १//
    हृदयलाई विदारक बनाउँछ
    कतिको घरवार उठाउने
    मनसुनमा मानिस हराउँछ ।
    २//
    मनसुन आवश्यक भएको
    हाँसो रोदनको वर्षा
    बाढीको चपेटामा परेको ।
    ३//
    तागत साहस मनसुनको
    नेताकै रूप लिएका
    चलन नसुन्ने भनसुनको ।
    ४//
    कसैको जिन्दगी अचेतमा
    बाढी पहिराले पीडित
    कमिशन चल्छ बजेटमा ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६०]
    वर्षियाे असारे झरी
    धरा रजाेवती भइन्
    उब्जाउनु बीउ छरी ।
    ✍️
    प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
    ————-==———–
    [६१]
    १//
    जतिसुकै बाढी पहिरो
    सुन्छु आजकल हेर
    सरकार किन बहिरो ?
    २//
    मनसुनले हसायो किसान
    पानीले भरियो खेतबारी
    रोप्छन् किसानले धान ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
    ————-==———–
    [६२]
    १//
    वर्षाले गरेकाे कमालमा
    हेरिबसे वर्षातमा म
    आउनेछु हेर सहकालमा ।
    २//
    गीत गाउँदै मेला
    धान रोप्ने चटारो
    बल्ल पर्‍यौ फेला ।
    ✍️
    भाेलामान बर्देवा, धरान ८ सुनसरि
    ————-==———–
    [६३]
    १//
    बाली लगाउन राम्रो
    परे अति पानी
    नोक्सान हुन्छ हाम्रो ।
    २//
    सिमसिम पानी पर्दा
    बाली राम्रो हुन्छ
    किटनासक औषधी छर्दा ।
    ३//
    पानीले जीवन दिने
    साउनको भेलले नै
    हाम्रो ज्यान लिने ।
    ✍️
    सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
    ————-==———–
    [६४]
    १//
    मनसुन छौ कहाँ
    आकाश खाली देख्छु
    आँसु मात्रै यहाँ ।
    २//
    धानको बीउ डढिसक्यो
    वर्षा आउने आशामा
    किसानको जाँगर मरिसक्यो ।
    ३//
    आधा असार भइसक्यो
    पानी पर्ने आशामा
    रोप्ने बेला गइसक्यो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    [६५]
    १//
    काम बन्ने भनसुनले
    आफ्नै परिवेश वातावरण
    नेपालकाे वर्षा मनसुनले ।
    २//
    जय ! किसान नारामा
    बस्नुपर्ने छ किसानले
    सधैँ पानीविनाको धारामा ।
    ३//
    बेवास्ता मथेर नेती
    गर्छन् किसान दुःख
    मनसुन पर्खेर खेती ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [६६]
    १//
    अवश्य पानी पर्छ
    राम्रो गर्छ मनसुनले
    चारैतिर वर्षा छर्छ ।
    २//
    चारैतिर मनसुन छायाे
    किसान ती साराका
    खुसीकाे दिन आयाे ।
    ✍️
    उर्मिला के.शी., धनकुटा
    ————-==———–
    [६७]
    १//
    मनसुन एकनासकाे रहेन
    बाढी र पहिराेले
    किसानलाई शान्ति भएन ।
    २//
    कहिले चर्काे घाम
    कहिले पानी दर्कने
    कसरी हाेला काम ?
    ✍️
    सुन्दरी घिमिरे
    ————-==———–
    [६८]
    १//
    भएपछि बर्साद् मनसुन
    अन्नबाली राम्ररी फस्टाउने
    गर्नुपर्दैन कसैलाई भनसुन ।
    २//
    गर्छन् सबैले चर्चा
    लामो खडेरी पऱ्यो
    कहिले हुन्छ वर्षा ।
    ३//
    दर्कने पानी परेर
    बढेर जान्छन् खोलानाला
    आउनू होस गरेर ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [६९]
    १//
    बल्ल आयो मनसुन
    खुसी छन् किसानहरू
    गाउँदै असारे धुन ।
    २//
    घुम्टो लाग्यो हिमालमा
    चौतर्फी खुसी बाँडेर
    मनसुन भित्रीयो नेपालमा ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा.-३,काभ्रे ।
    ————-==———–
    [७०]
    अन्तरसम्बन्ध बनायो मनसुनले
    तर हाम्रो देशमा
    अस्थिरता जन्मायो भनसुनले ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [७१]
    १//
    मनसुन बदलिँदै गरेको
    वर्षात् लागेर होला
    पानी धेरै परेको ।
    २//
    कृषकलाई खुसी पार्न
    मनसुन सुरू भयो
    पर्छ बिरुवा सार्न ।
    ३//
    मनसुन बदलिएर होला
    बढ्दै बढ्दै गयो
    घरको छेउको खोला ।
    ✍️
    लक्ष्मण देउवा, डोटी । हाल भारत चेन्नई
    ————-==———–
    [७२]
    १//
    वर्षात सुरु भयो
    महसुस हुँदैछ आज
    अब गर्मी गयो ।
    २//
    मनसुन नभएर गाउँमा
    बिरुवा मरेर गए
    सारेको रोपेको ठाउँमा ।
    ३//
    बुझिँदैन मनसुनको चाला
    बदलिँदो मनसुनको कारण
    बढ्दै गए खोलानाला ।
    ✍️
    ललिता गिरी, सिन्धुली । हाल काठमाडौँ
    ————-==———–
    [७३]
    १//
    ल्यायो मनसुनले पानी
    नाङ्गा ती पाखापखेरामा
    पुर्‍याउन सक्छ हानी ।
    २//
    ऋतु परिवर्तन हुँदा
    हुन्छ चिन्ता किसानलाई
    सुक्खा खडेरीले छुँदा ।
    ✍️
    नन्दा धामी, नौगड, दार्चुला
    ————-==———–
    [७४]
    १//
    रिमझिम मनसुन आयाे
    सारा धरती हरियाली
    किसानकाे आशा लहरायाे ।
    २//
    असारे भाका हाल्दै
    खेतमा राेपाहार रमाउँछ्न्
    मनमा विश्वास बाल्दै ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
    ————-==———–
    [७५]
    १//
    व्योम गर्जेर यसरी
    झर्दा पानीको बहाव
    तर्सिन्छ मन कसरी ।
    २//
    किसानलाई पानी चाहिन्छ
    पानी परे बर्खामा
    वर्षदिन खान पाइन्छ ।
    ३//
    मौसमी हावा चलेर
    क्षति कसैलाई नगरोस्
    बोटबिरुवा सबै ढलेर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [७६]
    १//
    अब भित्रियाे मनसुन
    हर्षित भई किसानहरू
    घन्काउँछन् असारे धुन ।
    २//
    हिलाेमा पिरती लगाई
    पन्ध्र असार मनाऔँला
    दही चिउरा खाई ।
    ✍️
    काेपिला अधिकारी, सिरानचाेक-७ गाेरखा
    ————-==———–
    [७७]
    मनसुनी वर्षाको प्रभाव
    खनजोत गर्नलाई समस्या
    खेतमा पानीको बहाव ।
    ✍️
    भगवती दवाडी

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- १८

  • ९ असार २०८१, शनिबार ०६:५४ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको १८औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १८ का लागि झिल्काकारत्रय म्यामराज राई, बेदु न्यौपाने र राजेन्द्रप्रसाद भुसालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    राजनीतिले खेलाउॅंछ खेल
    छिर्के लाग्दै, लगाउॅंदै
    खोजिन्छ बेमेलभित्र मेल ।
    [२]
    झुण्डको झन्डा बोकेपछि
    आँखा टालिन्छ गुनको
    देशको झन्डा बिर्सेपछि ।
    [३]
    चालकले चलाखीपूर्ण नचलाए
    गाडी दुर्घटनामा पर्छ
    जथाभावी मन बहलाए ।
    ✍️
    म्यामराज राई, भोजपुर
    ———<•>———

    [१]
    जनतामा गराए भ्रान्ति
    सबैमा कलह उदायो
    देशमा भएन शान्ति ।
    [२]
    मानवता कतै भएन
    गरेनन् विकास देशको
    स्वधर्ममा कोही गएन ।
    [३]
    लाउने खाने उमेर
    आनन्द खुसीले रमाउँ
    फर्केर आउँदैन घुमेर ।
    ✍️
    बेदु न्यौपाने
    ———<•>———

    [१]
    राज्य सञ्चालन विधि
    राजनीति तथा शासन
    जाेगाउनु राष्ट्रकाे निधि ।
    [२]
    सर्वत्र सत्ताकाे माेहो
    गर्न गाह्रो जनतालाई
    बिहान बेलुका जाेहो ।
    [३]
    राजनीति गर्ने नेता
    लाग्याे सधैँ दाग
    भएनन् कहिल्यै सेता ।
    ✍️
    राजेन्द्रप्रसाद भुसाल
    ———<•>———

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १८

    विशेष झिल्का लेखन अभियानको १९औँ शृङ्खला ( तुलसी विषयक) सम्पन्न

  • ८ असार २०८१, शुक्रबार ०७:२१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १९ औँ शृङ्खला (तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    जताततै सुगन्ध छर्ने
    उत्तम जडिबुटी तुलसी
    ज्वरो, खोकी हर्ने !
    २//
    खोजेर भेटिँदैन खोट
    भरिपूर्ण छ गुणैगुणले
    मानिन्छ पवित्र बोट !
    ३//
    दोष पारिदिन्छ चुट्टै
    यतिमात्र होइन यसको
    धार्मिक महत्व छुट्टै !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ————-==———–
    १//
    यसको मञ्जरी अनि
    आफ्नै विशेषता औषधी
    भएको तुलसी पनि ।
    २//
    रुघाखोकी औषधी नाम
    यसलाई प्रयोग गरे
    देखाउँछ राम्रो काम ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    //
    छ अनेक गुणयुक्त
    तुलसी सेवन गरेमा
    भइन्छ रोगबाट मुक्त ।
    २//
    अन्तर्य बुझ्नु राम्रो
    तुलसी उपयोग गर्दा
    भलाइ हुन्छ हाम्रो ।
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ————-==———–
    १//
    तुलसीको महत्व धेरै
    आवश्यक विरुवा भनी
    रोपौँ घरमा सबेरै ।
    २//
    जताततै सुगन्ध छर्छ
    अत्यन्त उपयोगी जडिबुटी
    ज्वरो, खोकी हर्छ ।
    ३//
    रातोदिन दिन्छ अक्सिजन
    अत्यावश्यक हो तुलसी
    स्वच्छ राख्छ मन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ————-==———–
    १//
    वरपिपल छन् वरपर
    सुन्दर देश हरियाली
    तुलसी लगाउँ घर ।
    २//
    तुलसी अनेक गुणकारी
    नियमित सेवन गर्दा
    लाग्दैन कुनै बिमारी ।
    ३//
    शोभा घरको आँगनीमा
    सुन्दर लाग्छ तुलसी
    राखौँ चाहे कौँसीमा ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ————-==———–
    १//
    विष्णुको रूपमा रहेको
    हरेक रोगका लागि
    औषधीय गुण भएको ।
    २//
    आयुर्वेदमा अति काइदा
    पुर्‍याउँदो रहेछ यसले
    विभिन्न रोगमा फाइदा ।
    ३//
    घरको सुन्दरता बढाऔँ
    महत्व धेरै रहेछ
    घरमा तुलसी लगाऔँ ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा६ मातातीर्थ
    ————-==———–
    निर्जला व्रत लिएर
    तुलसीको बीउ राखौँ
    शरीरलाई विश्राम दिएर ।
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    ————-==———–
    १//
    तुलसी भगवानकाे रूप
    राेपिन्छ घर मैराेमा
    अक्सिजन दिन्छ खुब ।
    २//
    वृन्दाकाे त्याे अभिशाप
    तुलसी झार हुनुपर्‍यो
    विष्णुले गर्दा पाप ।
    ३//
    तुलसीमा हुन्छ शक्ति
    निर्जला भई सबै
    गराैँ यसकाे भक्ति ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    १//
    नाम जतिकै पवित्र
    आँगनीको डिलमा रोप्दा
    आनन्द हुन्छ मनभित्र ।
    २//
    देवको रूपमा काम
    औषधी पनि रोगको
    बिहान दिउँसो साम ।
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ————-==———–
    १//
    तुलसी खान्थ्यौँ चबाई
    आफ्नो आँगनमा रोपेर
    सम्झी आयुर्वेदिक दबाई ।
    २//
    तुलसीमा आयुर्वेदिक तत्त्व
    रोपिन्छ सबैका आँगनमा
    बुझिकन धार्मिक महत्त्व ।
    ३//
    हात काट्दा गाउँमा
    माडेर तुलसीको पात
    रगत रोकिन्छ घाउमा ।
    ✍️
    चुडामडी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    १//
    तुलसीकाे महत्त्व धेरै
    ओैषधीय गुणयुक्त वृक्ष
    रोप्नु बिहान सबेरै ।
    २//
    शरीर स्नान गरी
    गुणकारी तुलसी रोपौँ
    घर र आँगनभरि ।
    ३//
    रुघाले बिरामी परेमा
    चाँडै बिसेक हुने
    तुलसी सेवन गरेमा ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    १//
    एकातिर तुलसीको महत्त्व
    अर्कोतिर श्राप वृन्दाको
    मानव जीवनको तत्त्व ।
    २//
    जडिबुटीमा धेरै सर्वोत्तम
    स्वस्थकर प्रयोग गर्नु
    फाइदा हुँदैन कम ।
    ३//
    दैनिक रुपमा सेवन
    हजारौंँ छन् गुणहरू
    रोगमुक्त हुन्छ जीवन ।
    ४//
    चिनेमा श्रीखण्ड जस्तो
    वरिपरि छरिएका जडिबुटी
    नचिन्ने मानवहरू कस्तो ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    तुलसीलाई आँगनमा सजाऔँ
    सही सदुपयोग गरी
    स्वास्थ्यलाई पनि बचाऔँ ।
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    ————-==———–
    १//
    घाँटी दुखेमा खाइन्छ
    तुलसीको पात मज्जाले
    आराम भएको पाइन्छ ।
    २//
    तुलसीको दल छर्ने
    निर्जला एकादशीको दिनमा
    नखाई व्रत गर्ने ।
    ३//
    छुट्टै पहिचान भएको
    निर्जला एकादशीको महिमा
    विष्णुको रूपमा रहेको ।
    ✍️
    कला ढकाल झापा
    ————-==———–
    आस्थाको रूपमा हेरिन्छ
    आँगनमा रोपिएका तुलसीले
    प्रचुर अक्सिजन दिन्छ ।
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ————-==———–
    १//
    हाम्रो आँगनीमा पाइने
    जन्मेदेखि नै नमरेसम्म
    हामीलाई तुलसी चाहिने ।
    २//
    हिँड्ने साइत राम्रो
    पर्खिरहने सधैँ हामीलाई
    तुलसी आमा हाम्रो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    १//
    नराखी मनमा हठ
    शोभा हो घरको
    बनाऔँ तुलसी मठ ।
    २//
    तुलसीको महत्त्व जान्नुपर्छ
    समाजिक संस्कार संस्कृति
    हामी सबैले मान्नुप्रर्छ ।
    ३//
    पवित्र महाैषधी जानी
    सबैले तुलसी रोप्नुपर्छ
    अक्सिजनको श्रोत ठानी ।
    ✍️
    जयनारायण नेपाल
    इलाम । हाल सूर्यविनायक २, बालकोट भक्तपुर ।
    ————-==———–
    तुलसीको फूल पात
    प्रदान गर्छ प्राणवायु
    श्वास्थ्य राख्ने जात ।
    ✍️
    लोक् वहादुर छेत्री लामिछाने
    मोदी गा पा२ पर्वत्
    ————-==———–
    १//
    महत्व छ सारै
    निर्जला व्रत बसी
    तुलसीदल छरौँ सखारै l
    २//
    रेखदेख गरौँ नित्य
    शुद्ध चोखो मनले
    झुल्किनु पूर्व आदित्य l
    ३//
    नित्य खाएमा तुलसीपत्र
    रुघाखोकी अनि दग्धी
    निस्केर भाग्छ अन्यत्र l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    औषधीय पौधा भनिन्छ
    तुलसी छेउछाउ रोपिए
    रोगमा प्रयोग गरिन्छ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    ————-==———–
    १//
    मीठो सुवास छर्छ
    खाएमा तुलसी हामीले
    औषधीको काम गर्छ ।
    २//
    रोप्नुपर्छ लगाएर मन
    धेरै छन् फाइदा
    तुलसीको दिन्छ अक्सिजन ।
    ३//
    सामान्य हेर्दा झट्टै
    सधैँ प्रयोग गरेमा
    रोग हुन्छ चट्टै ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    १//
    सबैलाई यो चाहिँने
    कहिलेसम्म पर्खिरहने यसरी
    आँगनमा रोपे पाइने ।
    २//
    औषधी नै लाग्छ
    सबै हेर्नुहोस् यता
    धेरै रोग भाग्छ ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ————-==———–
    १//
    तुलसी गुणकारी धेरै
    मठ बनाइ लगाऔँ
    पूजा गर्नुपर्छ सबेरै ।
    २//
    औषधीमा तुलसी उत्तम
    बुझेर सृष्टिको कथा
    भगवानको चरण परम ।
    ३//
    सुवासना मीठो तुलसीको
    उस्तै औषधीय गुणहरू
    प्रकृतिको उपहार यहीको ।
    ✍️
    दिल ठकुरी दार्जिलिङ
    ————-==———–
    १//
    माने भगवान् तुलसी
    नमान्दा भने झारपात
    उम्रेको मठमा पसी ।
    २//
    बढाउँछ शोभा आँगनको
    खोकीको हो रामवाण
    चरणमा चढाउँछौँ ईशको ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    १//
    अक्सिजन तुलसीले भर्ने
    बहुउपयोगी यस वनस्पति
    सबैले संरक्षण गर्ने ।
    २//
    रुघाखोकी लाग्दा खाइन्छ
    घर अनि करेसाबारीमा
    हेर जताततै पाइन्छ ।
    ३//
    विष्णु भनेर पुजिने
    जल अर्पण गर्दा
    धर्मशास्त्र पनि बुझिने ।
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    ————-==———–
    केही छैन खोट
    महत्त्व छ निकै
    रोपौँ तुलसीको बोट ।
    ✍️
    प्रविना प्रयासी, ओखलढुंगा
    ————-==———–
    १//
    तुलसी आँगनकी माता
    सबैको घरघरमा हुन्छिन्
    रोगकी एक उपचारदाता ।
    २//
    तुलसी सारै फाइदाको
    दिनहुँ खाएमा हुन्छ
    ओखती गुण काइदाको ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    १//
    औँषधी हो तुलसी
    मैले रोपेँ मठमा
    स्याहार गर्नु बसी।
    २//
    अचुक औषधी पाइयो
    रुघाखोकी रोग लागेकोमा
    मज्जाले उमालेर खाइयो।
    ३//
    तुलसीको राख्ने दल
    घरको पुर्व दिशा
    स्याहार पुग्छ मल ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ————-==———–
    १//
    तुलसी आँगनमा राम्रो
    रोप्दैमा आनन्द लाग्ने
    मनै खुसी हाम्रो ।
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    ————-==———–
    १//
    महाैषधी तुलसी महिमा
    राेप्दा शान्ति घरमा
    बढ्दछ परिवारको गरिमा ।
    २//
    तुलसीले दुर्गन्ध हटाउँछ
    राेगव्याध दरिद्रता सबैकाे
    रुघाखाेकी सबै घटाउँछ ।
    ३//
    तुलसीकाे राेपेर बीउ
    बनाउँ बास विष्णुको
    आरधनाले पुण्य लिउ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    १//
    आज निर्जला एकादशी
    तुलसीको दल छर्नु
    सकेमा उपवास बसी।
    २//
    सकारात्मक ऊर्जा छर्छ
    बहुउपयोगी यो तुलसीले
    औषधीको काम गर्छ ।
    ३//
    अक्सिजन दिने गर्छ
    हैन छर्ने मात्रै
    तुलसी हुर्काउनु पर्छ।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ————-==———–
    १//
    विष्णु भगवानको अङ्ग
    पूजा गरिन्छ तुलसीको
    ओखती भएर दङ्ग ।
    २//
    किटाणु भाग्छ जतातता
    स्वास्थ्यलाई फाइदाजनक पनि
    तुलसी रोपिन्छ सत्यता ।
    ३//
    सुगन्ध आहा मन्दमन्द
    तुलसीको महिमा अपार
    गुणको कारण बुलन्द ।
    ✍️
    पृथक प्रकृति, झापा
    ————-==———–
    १//
    राम्रो सुगन्ध दिन्छ
    राेपाैँ आँगनमा तुलसी
    दुषित ग्यास लिन्छ ।
    २//
    गर्दछन् तुलसीकाे पूजा
    भित्रियाे विदेशी संस्कृति
    संस्कार भयाे धुजा ।
    ३//
    तुलसी औषधीकाे रूपमा
    गराैँ प्रयोग सबैले
    पुर्‍याउँ सबैलाई ग्रुपमा ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ————-==———–
    १//
    लेखेको पुग्छ कर्ममा
    तुलसीको पूजा धेरै
    गर्छन् हिन्दू धर्ममा ।
    २//
    रोपौँ तुलसी सम्मानले
    आफ्नो महत्त्व राख्छन्
    अध्यात्म र विज्ञानले ।
    ३//
    विष्णुको रूपमा चरणमा
    पुजा गर्छन् हिन्दुले
    शुद्धता ल्याउँछ वातावरणमा।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ————-==———–
    १//
    तुलसी मठ आँगन
    बालेर धूप बत्ती
    गरौँ भक्ति भजन ।
    २//
    तुलसी थोपा धूलो
    अचुक औषधी मानौँ
    निमोनिया खोकीमा ओखतीमूलो ।
    ३//
    तुलसीको बास आँगन
    भगवानको टेढो नीति
    भेटिन्छ फरक पन ।
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ————-==———–
    १//
    तुलसीको बिज रोपौँ
    नकारात्मकता भरिएको दिमागमा
    सकारात्मक सोच खोपौँ ।
    २//
    धेरै रोगको निदान
    तुलसी रोप्ने दिनमा
    गरौँ सत्य पहिचान ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग
    ————-==———–
    १//
    तुलसीले आँट दिन्छ
    छैन जसको घरमा
    उसको औकात सकिन्छ ।
    २//
    मठमा तुलसी रोपौँ
    घरमा शान्ति मिल्छ
    सङ्घर्षको बाटो छोपौँ ।
    ३//
    समस्या सारा टल्नेछ
    तुलसीको बोटलाई बचाउँ
    भोलि भाग्य फल्नेछ ।
    ✍️
    सुष्मा मगर, रोल्पा
    हाल भारत
    ————-==————
    १//
    कति सुन्दर प्रकृति
    सिद्ध गरि देखाउँछ
    पुर्वीय हाम्रो प्रवृति ।
    २//
    तुलसीको महत्व बुझौँ
    आगनमै रोपेर सबैले
    रोगसित सधैँ जुझौँ ।
    ३//
    आज तुलसी छरिन्छ
    हुर्काइ बढाइ यसलाई
    विवाह पनि गरिन्छ ।
    ✍️
    पशपती राई, खोटाङ
    ————-==———–
    १//
    गाईलाई बाँध्ने गोठ
    बिहान पूजापाठ गर्ने
    सधैँ तुलसीको मोठ ।
    ✍️
    भगवती दवाडी
    ————-==———–
    १//
    अनेक गुण पाइने
    तुलसी जडिबुटी हो
    खोकी, ज्वरोमा खाइने ।
    २//
    अक्सिजन धेरै दिने
    वरपर शुद्ध पारी
    प्रदुषण सबै लिने ।
    ३//
    खर्च खासै छैन
    किन्नै परे पनि
    महङ्गो धेरै हैन ।
    ✍️
    नन्दलाल आचार्य, उदयपुर
    ————-==———–
    १//
    एकादशीमा तुलसी राेपौँ
    माटाेमा बीउ छरेर
    उमार्न घासले छाेपौँ ।
    २//
    तुलसीमा औषधी पाइन्छ
    रुघाखोकीमा काम लाग्ने
    गुणगान वैद्यबाट सुनाइन्छ ।
    ३//
    तुलसीकाे उदक खानुपर्छ
    साक्षात् अवतार विष्णुका
    लागेकाे पाप झर्छ ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर
    ————-==———–
    १//
    आँगन अनि सबैतिर
    पुजारीले रित्तै ठाउँ
    बदलिएको छैन तक्दिर ।
    २//
    मन्दिरको सबैका देउता
    भाकिसके आज यहाँ
    मनपर्ने भेटिएन एउटा ।
    ३//
    सागरभन्दा नि गहिरो
    विश्वास छ मनभरि
    समयले निम्त्यायो पहिराे ।
    ✍️
    ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    १//
    आयुर्वेदिक गुण भएको
    आँगनमा रोपिने तुलसी
    बहुचर्चित हुँदै गएको ।
    २//
    रोग, व्याधलाई टार्छ
    तुलसी पानी पिउनाले
    समस्या निको पार्छ ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    एकादशीमा बीउ जमाएर
    पुज्छौँ विष्णुको रुपमा
    रोप्छौँ मोठ बनाएर ।
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ————-==———–
    तुलसी देवताको समान
    पुजौँ हिन्दु धर्मालम्वीले
    कहिल्यै नगरी अपमान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    ————-==———–
    १//
    तुलसीको महिमा धेरै
    रोपेर यसलाई गमलामा
    सुन्दर पारौँ जतिखेरै ।
    २//
    मनको रोग जान्छ
    ध्यान प्रभुको गरे
    तुलसीले रोग लान्छ ।
    ३//
    तुलसीले रोग लान्छ
    यसलाई उमाली खाए
    रुघाखोकी बिस्तारै जान्छ ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ————-==———–
    पारेर शुद्ध पवन
    शरीर स्वस्थ हुने
    राेप्दा तुलसी आँगन
    ✍️
    भाेलामान बर्देवा
    धरान ८ सुनिसरि
    ————-==———–
    नकारात्मक उर्जा भगाउँछ
    तुलसी रोपे आँगनमा
    सकारात्मक उर्जा आउँछ ।
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा, नेपाल
    ————-==———–
    तुलसी हाम्रो भगवान
    जतन गरेर यसलाई
    गरौँ हरदम सम्मान ।
    ✍️
    विरेन्द्र चौधरी
    ————-==———–
    जो कोहीलाई चाहिने
    तुलसीको पातदेखि जरासम्म
    औषधीय गुण पाइने ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ————-==———–
    तुलसी औषधी पवित्र
    हिन्दुका आँगनको शोभा
    पुजनले शुद्ध चरित्र ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    ————-==———–
    १//
    औषधी तुलसी जति
    घर, आँगनीमा रोपिने
    यसको महत्त्व अति ।
    २//
    यो घरघरमा पाइने
    ठुलो महत्त्व बोकेको
    मर्दापर्दा गर्छ चाहिने ।
    ३//
    पुजिन्छ विष्णु भनेर
    निलहार व्रत बस्ने
    एकादशीका दिन गनेर ।
    ✍️
    दुर्गा भट्टराई
    ————-==———–
    १//
    विष्णुको प्रतीक तुलसी
    आँगनमा रोपे सबैले
    बन्दछ परिवार सुखी ।
    २//
    अक्सिजन धेरै चाहिन्छ
    तुलसी रोपौँ घरघरमा
    औषधीय गुण पाइन्छ ।
    ३//
    शरीरलाई फाइदा उपवास
    एकादशी व्रत बस्नाले
    हामीलाई हुन्छ स्वास्थ्यलाभ ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    १//
    तुलसीकाे महिमा बुझेर
    राेपाैँ सबैकाे घरमा
    ईश्वर सम्झी पुजेर ।
    २//
    महिमा उसको अपार
    अमृतै सम्झेर पुजाैँ
    पार्दछ जीवन साकार ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्धान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    ————-==———–
    चाहिन्छ हेर जतिखेरै
    पवित्र बोट तुलसी
    काम दिन्छ धेरै ।
    ✍️
    वेल थोकर तामाङ
    ————-==———–
    १//
    तुलसी धेरै गुणयुक्त
    सेवन गरेमा यसको
    भइन्छ रोगबाट मुक्त ।
    २//
    घरको शोभा बढाइदिन्छ
    आँगनमा रोपेको तुलसी
    बिहान सधैँ पुजिन्छ ।
    ३//
    मानिन्छ पवित्र बोट
    धार्मिक महत्व बोकेको
    रोपौँ तुलसी बोट ।
    ✍️
    नन्दा धामी
    नौगड, दार्चुला
    ————-==———–
    धर्ममा तुलसीको महत्त्व
    विष्णु अवतार पुज्नू
    यसमा ओखती तत्त्व ।
    ✍️
    प्रद्युम्न चालिसे
    ————-==———–
    १//
    तुलसी आँगनमा रोप्ने
    बालबच्चा फोहोर गर्छन्
    सफा मनले छाेप्ने ।
    २//
    तुलसीले सुगन्ध छर्ने
    सबैले पुजापाठ गर्दा
    मनमा आनन्द भर्ने ।
    ३//
    तुलसीको पवित्र बोट
    नित्य पूजा गरौँ
    नगरी कुनै खोट ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १९औँ शृङ्खला ( तुलसी विषयक) सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P