साताका उत्कृष्ट झिल्का कविताको २७ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २७ का लागि झिल्काकारत्रय सोमनाथ लुइटेल “रवि पाल्पाली”, नन्दलाल आचार्य र सुस्मिता अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. काम लगाउने ठालु परिश्रम गर्ने अर्कै सित्तैमा खाने कालू । २. शुद्ध कहाँ पाइन्छ भेटाउन सकिन्न यहाँ खोजेर पनि खाइन्छ। ३. हुन खोज्छन् भगत नास्तिकले गर्छ पूजा सबै कुरा फगत । ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
[२] १. राष्ट्रको ढुकढुकी सुन्दै संविधानले आशा जगाएको बस्छु मनमा गुन्दै । २. संविधान शिरोधार्य बनोस् सबैको हृदयमा बसेर वैरीका जरा खनोस् ! ३. कसैले लोभ गर्ला चुपचाप गर काम जे पर्ला पर्ला । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर
[३] १. संविधान दिवसको शुभकामना प्रत्येक नेपाली जनलाई अन्यायसँग नहोस् सामना ! २. छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३. नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) अमूल्य छ जीवन नसोची दायाँबायाँ आवेगमा नकाटौँ जिन्दगीको रिबन ! २) खोजौँ समस्याको निकास समाधान होइन आत्महत्या खाली निम्त्याउँछ विनाश ! ✍️ वसन्त अनुभव घोराही, दाङ
//२// —————<•>————— जानिएन हत्या गर्न मारी स्वयम् आफैँलाई छैन यमलोक तर्न । ✍️ महेन्द्र मान बलामी दक्षिणकाली नगरपालिका -९ फर्पिङ,काठमाडौँ
//३// —————<•>————— अमूल्य जिन्दगी हाम्रो आत्महत्या गर्नुभन्दा हजुर गर्नुस् काम राम्रो ! ✍️ अनिता कार्की पाँचथर
//४// —————<•>————— उनले आत्महत्या गरेछन् दोष सरकारकै हुनुपर्छ हजारौँ मलामी गएछन् । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
//५// —————<•>————— १) मनमा परेको चोट आत्महत्या अन्तिम उपाय विकल्प नखोज्दाको खोट । २) असह्य पीडा भित्रको हुन थालेका छन् घटना विचित्र विचित्रको । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
//६// —————<•>————— १) आत्महत्या जघन्य अपराध थाहा पाउॅंदा पनि किन गर्छन् अगाध ? २) हैन समस्याको निकास आत्महत्या गरेर पछि रहला केही आस ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी।
//७// —————<•>————— १) आत्महत्या कसैले नगरौँ जन्मेर बाँचौँ धेरै दुनियाँमा सत्ज्ञान छरौँ ! २) कुनै मरेर बाँचेको संसार हेर्नलाई अझै मूर्ख हेर नाचेको । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
//८// —————<•>————— इच्छा चाहना मरिसके दाँयाबाँया केही नसोची बाँच्ने रहर झरिसके । ✍️ कला ढकाल
//९// —————<•>————— १) जीवन नबनाउँ सस्तो हेर्दाहेर्दै जीवनत्याग गर्दै रुवाउँछन् यहाँ कस्तो ! २) आत्महत्यालाइ निरुत्साहित गरौँ चेतनाको विकास गरी ज्ञानज्योति सर्वत्र छरौँ ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
//१०// —————<•>————— हुँदैन आत्महत्या रोज्न लड्नुपर्छ सङ्घर्ष गर्दै यहाँ आत्मसम्मान खोज्न । ✍️ सुनगाभा पोखरेल नेपालगन्ज
//११// —————<•>————— आत्महत्या हो महापाप आत्मा सधैँ भौतारिने इज्जत सारा सखाप । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
//१२// —————<•>————— १) मनाेबल दर्बिलाे बनाऊ आत्माहत्या गर्नुहुन्न कदापि दु:खलाई बिर्सेर रमाऊ । २) परिस्थितिसँग लड्न सिक आत्महत्या समाधान हाेइन खराब साेच झिक । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
//१३// —————<•>————— हातमा हात गाँसेर अमूल्य छ जिन्दगी बिताउँ सँगै हाँसेर । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ।
//१४// —————<•>————— १) आत्महत्या निकास हैन जीवन फेरि पाइन्न जटिलता कसलाई छैन । २) कठिनाइ टरेर जान्छ धैर्यता राख्नु सधैँ सफलताले शिखरमा लान्छ । ✍️ पुष्पा राई, खाेटाङ
//१५// —————<•>————— आत्महत्या कायर काम आत्मा सधैँ भड्किरहन्छ परलाेकमा मिल्दैन धाम । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
//१६// —————<•>————— १) हिम्मत कसैले नहार्नू समाधान आत्महत्या हैन परिवारलाई पिर नपार्नू । २) आत्मबलको चेतना जगाइ घरघरमा सचेत बनौँ आत्महत्याको सोच भगाइ । ✍️ दुर्गा आचार्य मोरङ
//१७// —————<•>————— अत्महत्या विकल्प हैन अनुपम उपहार जिन्दगी मूल्यवान अरू छैन । ✍️ सङ्गीता खरेल काठमाडौँ
//१८// —————<•>————— १) दिनानुदिन आत्महत्या बढेकाे बिर्सदैछ जीवनकाे मूल्य आजभाेलीकाे मान्छे पढेकाे । २) आत्महत्याकाे जगाऔँ चेतना यसबाट शान्त हुन्छ केही मानसिक वेदना । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची
//१९// —————<•>————— प्याजझैँ सम्झन्छन् जीवन आत्मसात गर्छ आत्महत्या लगाएर कालो रिबन ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग
//२०// —————<•>————— आत्महत्या कायरले गर्छ अनुपम उपहार जिन्दगीमा आशावादीले रङ भर्छ । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि-५,जुम्ला
//२१// —————<•>————— आत्महत्या कहिल्यै नगर्नू समस्या समाधान हुन्छ काल नआउदासम्म नमर्नू । ✍️ नवराज भट्ट कञ्चनपुर
//२२// —————<•>————— आत्महत्या नगर तिमी जीवन खेर फाल्दा सराप्ने छ जिमी ! ✍️ जनक बिसी दक्षिणभारत कोचिनबाट
//२३// —————<•>————— १) आत्महत्या नगर्नु कायर बास हुँदैन स्वर्गमा कालको जिम्मा लाएर ! २) अमूल्य जिन्दगी हाम्रो आत्महत्या निष्कर्ष होइन गरौँ काम राम्रो । ✍️ धनमाया चौधरी, कैलाली
//२४// —————<•>————— जिन्दगी फुलाएर देखाउनू आत्महत्या गरेर होइन सङ्घर्ष लुकाएर सजाउनू । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी
//२५// —————<•>————— १) जीवन अमूल्य हाम्रो सानो कुरामा नलागेर हाँस्दै बाँच्नु राम्रो । ✍️ दुर्गा भट्टराई
//२६// —————<•>————— १) नगर यस्तो काम दुनियाँमा हुन्छ कुरा बाँचेर राख शान । २) बाँचेर यहाँ बस जस्तै परिस्थितिमा बाँच्नु मन आफैँमा कस । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
//२७// —————<•>————— १) शिरमा लगाउने रिबन जोगाई राख्नु होला अमूल्य छ जीवन । २) अमूल्य जीवन हाम्रो आत्महत्या नगर्नु नै कुरा सबैभन्दा राम्रो । ✍️ श्रीकृष्ण धामी – बझाङ
//२८// —————<•>————— १) बेथितिले डुबाएको देश निकम्मा शासकको कर्तुतले बढे आत्महत्याको केस ! २) नहुँदा केही जिउपालो बाध्यताले गर्छन् आत्महत्या ऋणले खिच्दा कठालो ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
//२९// —————<•>————— १) आत्महत्याको छैन निकास परेर जान्छ अगति आत्महत्याले हुँदैन विकास । २) जीवन अमूल्य पाएको नकारात्मक सोचाइमा नपरौँ सूर्य जस्तै उदाएको । ✍️ बेदु न्यौपाने
//३०// —————<•>————— १) सायद जिजीविषा हुँदैन सकिन्छ मोह जिन्दगीको कुनै चीजबीजले छुँदैन । २) चारैतिर अँध्यारो मात्र कोही बन्न सक्दैनन् घाँडाे जिन्दगीको पात्र । ✍️ पृथक प्रकृति ,झापा
//३१// —————<•>————— १: तिमी सृष्टिको फूल अनुपम योगदान तिम्रा ईश्वर हेर्दछन् नभूल ! २) आफैँ मृत्यु अपनाएर भन्दैनन् कसैले पौरखी मानव जीवन सकाएर । ✍️ मनोहरी पौडेल गैडाकोट १
//३२// —————<•>————— १) कसैको नपर्नू भरमा किचकिच नगर्नू कसैलाई आत्महत्या गर्छन् घरमा । २) गरिबीले मान्छेलाई सताउँछ आत्महत्याको बाटो रोज्छन् एउटा सर्वेक्षणले बताउँछ । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
//३३// —————<•>————— हुनुपर्छ सबैलाई भान विकल्प होइन आत्महत्या पीडा पर्दाको समाधान । ✍️ अमृत कोइराला पोखरा
//३४// —————<•>————— १) फाटेको मन सिउनुपर्छ बाधा अड्चनसँग लड्दै परिवारको लागि जिउनुपर्छ । २) निभेको दियो बाल प्रेममा धोका पाउँदैमा अकालमा ज्यान नफाल ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
//३५// —————<•>————— १) जीवन नपालौँ खेर आउँछ, जान्छ समस्या हिम्मत गर्नुपर्छ हेर । २) किन आत्महत्या गर्ने काल आएपछि सबै यो संसारमा मर्ने । ✍️ रुना कर्माचार्य दाहाल चितवन
//३६// —————<•>————— १) बाँचौँ बचाऔँ धर्म घृणित सोच फालेर सपारौँ आफ्नो कर्म । २) समाधानको बाटो खोजौँ आत्महत्या कायरता भनी सफलताको पाटो रोजौँ । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ।
//३७// —————<•>————— जीवनको महत्व जानौँ समस्याको भेटिन्छ समाधान सङ्घर्षलाई यात्रा मानौँ । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
//३८// —————<•>————— कुरा नसुनौँ पहिले आत्माहत्या गर्नुभन्दा त विकल्प सोचौँ अहिले ✍️ कुसुम कुवँर बझाङ
//३९// —————<•>————— १) आत्महत्या कानुनी अपराध अमूल्य मानव जीवन बचाऔँ भई निरपराध । २) नलिई मनमा पीर मृत्युलाई जित्न सिकाैँ राखी उच्च शिर । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ।
//४०// —————<•>————— १) नाफालौँ जीवन खेर आत्महत्या नै समस्याको समाधान होइन हेर । २) बाँचौँ खुसी बनी जन्मेपछि आखिर एकदिन सबै मर्नैपर्छ नि ! ✍️ अनिता भण्डारी, ताप्लेजुङ
//४१// —————<•>————— १) परहत्या ठूलाे घृणित आत्महत्या पाप हो गर्दैन कसैको हित । २) धैर्यवान् बनौँ मानव नगराैँ कसैले आत्महत्या फिजाउँ सर्वत्र वैभव । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
//४२// —————<•>————— आत्महत्या निकृष्ट शब्द सुन्नु नपरोस् कदापि दिन्छ मनमा दग्ध ! ✍️ लोक बहादुर क्षेत्री
//४३// —————<•>————— जीवन सुन्दर फूल आत्महत्या गर्ने कसैले गर्नु हुँदैन भूल ! ✍️ सर्मिला बोहरा, बैतडी
//४४// —————<•>————— नकारात्मक सोच हटाऔँ सबैलाई माया गर्दै आत्महत्या घटना घटाऔँ । ✍️ प्रेम थापा “मन”बागलुङ
//४५// —————<•>————— १) अनेकौँ समस्याको प्रभावले रोज्छ मान्छे आत्महत्या अभाव र तनावले । २) अकाल मृत्युबाट बचौँ गरेर प्रयोग सन्चारको मृत्युको रोकथाम गरौँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
//४६// —————<•>————— काम गर्न जाऔँ आत्महत्यालाई नराेजौँ कहिल्यै आफ्नो जीवन बचाऔँ । ✍️ कल्पना भण्डारी काठमाडौँ
//५२// —————<•>————— बन्द भएमा ढोका गर्छन् मान्छे आत्महत्या जिन्दगीलाई दिँदै धोका । ✍️ विष्णु पंगेनी वालिङ -स्याङ्जा
//५३// —————<•>————— मृत्युको गर्दै माग जिउन नजान्ने कायरले आफैँ गर्छ देहत्याग ! ✍️ इन्दिरा देवकोटा
//५४// —————<•>————- अमूल्य मानव जोवन गरेर हत्या आत्माको नगरौँ जीवनको दोहन । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
//५५// —————<•>————- आत्महत्या गर्छ कायर सबल सुलभ बन्न बन्नुपर्छ गाडीको टायर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
//५६// —————<•>————- १) बढिरहेछ दिनहुँ किन आत्महत्या गर्नेको सङ्ख्या सोचौँ केही छिन । २) आत्महत्या हैन समाधान बहुमुल्य यो जीवनको राखौँ आफैँले मान । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
//५७// —————<•>————- १) मरेर समस्या टर्छ ? जीवनसँग हार खाएपछि नबुझी आत्महत्या गर्छ । २) जीवनको अर्थ हेर आत्महत्या गरेर हट्दैन नफालौँ जीवन खेर । ✍️ दीप गोले तामाङ, रौतहट
//५९// —————<•>————- १) आत्माहत्याद्वारा हुन्न निकास बाँच्नुपर्छ हेर हामीले तबमात्र हुन्छ विकास । २) बनाऔँ सोँच अरू बाडेर लिउँ पीडा हुन्छ सन्चो बरु । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा
//६०// —————<•>————- १) जिउने आस मर्छ कोही नभए साथमा कायरले आत्महत्या गर्छ । २) आफैँले भाग्य लेखाउनुपर्छ कायरले गर्छ आत्महत्या बाँचेर सबैलाई देखाउनुपर्छ । ✍️ सृष्टि एरी, तनहुँ
//६१// —————<•>————- केही बोल्न नपाउँदा आत्महत्याको उठ्छ सोच व्यथा मनमा लुकाउँदा । ✍️ मुक्तिनाथ काफ्ले। जिल्ला चिराङ, असम ,भारत
//६२// —————<•>————- १) नगरौँ पाप कर्म हत्या अपराध हो बुझेर गरौँ धर्म । २) आत्महत्या उपाय हैन अनेक हुन्छन् समस्याहरू जीवनको विकल्प छैन । ✍️ कृष्ण बजगाई भक्तपुर
//६३// —————<•>————- १) जीवन नफालौँ खेर आउँछ जान्छ समस्या हिम्मतिलो हुनुपर्छ हेर । २. आइलागेका समस्या टालौँ जीवनको मूल्य बुझाउन जनचेतना जगाउन थालौँ । ✍️ शान्ता भट्टराई
//६४// —————<•>————- सुन्दर छ जीवन आत्महत्याको कुरै नगरौँ दह्रो बनाउँ मन । ✍️ अरुण कुमार भुजेल कालेबुङ, भारत।
//६५// —————<•>————- १) सबैसँग दुःख बाँट्नू जिन्दगीमा आत्मघात गर्न कहिले पनि नआँट्नू । २) जीवन ईश्वरको वरदान महाशय आत्महत्या होइन कुनै समस्याको समाधान । ✍ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ।
//६६// —————<•>————- अमुल्य जीवन चाेला ईश्वरले दिएकाे उपहार जतनले सजाउनु हाेला । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
//६७// —————<•>————- १) बाँच जीवनसँग नहारेर फाइदा छैन केही आफूलाई आफैँले मारेर । २) समाधान होइन मर्नु आइपरेकोमा होसियार भएर सकेसम्म सङ्घर्ष गर्नू । ✍️ गुणनिधि घिमिरे अमेरिका
//६८// —————<•>————- १) सकिन्छ बाध्यता टार्न मनोबल पार्नुपर्छ दह्रो हुँदैन जीवनदेखि हार्न । २) आत्माहत्या अपराध मानिन्छ जस्तै पिडाहरू आओस् जिन्दगीमा जिउन जानिन्छ । ✍️ दिल ठकुरी, दार्जिलिङ
//६९// —————<•>————- १) आफैँ सकाउने किन जीवन भनेकाे पहिले राम्राेसँग आफैँले चिन । २) जीवन अमूल्य हुन्छ जीवनभन्दा राम्राे यहाँ अरू कुन छ ? ✍️ मनुहाङ किराँती साेलु
//७०// —————<•>————- कसलाई पर्दैन पिर ? आत्महत्या नरोज्नु फेरि डटेर उठाऔँ शिर ! ✍️ भुपेन्द्र राना मगर धादिङ
//७१// —————<•>————- फक्रिने आस मर्यो कसैले घात गरेर उसको श्वास मर्यो । ✍️ मधुसूदन पराजुली मन्डन देउपुर १२ ज्याम्दी काभ्रे
//७२// —————<•>————- १) आत्महत्या गर्ने कति बाँच्नका निम्ति मान्छेलाई ओखती खानुपर्ने अति । २) आत्महत्या गर्नेले गरे घरमा बस्न नसकी परिवार अन्तै सरे । ✍️ भगवती दवाडी, झापा
//७३// —————<•>————- १) आत्महत्या हो महापाप सुखदुःख हाम्रो साथी होइन जीवन अभिसाप । २) जिउनु जीवन पाएको आत्महत्या गरेपछि कहाँ पाइन्छ लाएको खाएको । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
//७४// —————<•>————- आत्महत्या गर्नु पाप मनलाई बाँधेर राखौ घटाऔं दुःखको चाप । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ
//७५// —————<•>————- अनुपम सुन्दर जीवन जानाजान खेर नफालौँ गरौँ तनाव व्यवस्थापन । ✍️ तेजप्रसाद खनाल, लमही दाङ
//७६// —————<•>————- १) नखानु जीवनमा हार आफूले आफैँलाई गर्नु सदैव अतुल प्यार l २) नराख्नु मनमा जल्प निदान हुन्छ पीडाको मृत्यु होइन विकल्प l ✍️ बाबुराम गौतम, गुल्मी
//७७// —————<•>————- मनोबल हुँदैन घटाउन आफूलाई बलियो बनाउँ गलत विचार हटाउन । ✍️ सञ्जना शर्मा लमही दाङ
//७९// —————<•>————- समस्याकाे समाधान खाेज्नु अमूल्य छ जीवन आत्महत्या कदापि नरोज्नु । ✍️ कोपिला अधिकारी
//८०// —————<•>————- १) जीवनमा घृणा पाएर कतिले आत्महत्या गर्छन् लागु औषधी खाएर । २) एकबार पाएको जीवन अब केही नसोची कठोर पारौँ मन । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौँ नेपाल
//८१// —————<•>————- १) कोरिएका जीवनका रेखा आफैँलाई थाहा छैन सबैले भन्छन् देखा । २) कसैले आत्महत्या नगरौँ जस्तो परिस्थिति आओस् मनमा खुसी भरौँ । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई
//८२// —————<•>————- १) नराम्रो सोच हटाउनू फुर्सदको समयमा साथी सिर्जनामा मन लगाउनू । ✍️ बाल कृष्ण श्रेष्ठ
//८३// —————<•>————- १) आत्महत्या जधन्य अपराध जीवनको अन्त्य नसोची थापौँ परिश्रमको काँध । २) व्यर्थमा जीवन फाली महत्वकाङ्क्षा नपालौँ ठूलो रोपेकै फल्छ बाली । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ
//८४// —————<•>————- आत्महत्या गर्नु नराम्रो किन बुझ्दैनौ कुरा अमूल्य जिवन हाम्रो । ✍️ दुर्गा भट्टराई मोरङ
//८५// —————<•>————- १) मनुष्य चोला कर्मको देहको त्याग नगरौँ हिँडौँ बाटो धर्मको ! २) आत्महत्या कायरको काम छोटो बुद्धिले फाल्नेलाई मिल्दैन फेरि परमधाम ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
//८६// —————<•>————- १) नफालौँ जीवन खेर हर परिस्थितिसँग लड्दै बाँच्नु पर्छ हेर । २) आवेगमा आत्महत्या गर्छन् भड्किन्छ उसको आत्मा नर्कको भुमारिमा पर्छन् । ✍️ वेल थोकर तामाङ मकवानपुर, बकैया_८ बस्तिपुर
//८७// —————<•>————- कमजोर मन अचेत विकल्प होइन आत्महत्या बनौँ सबै सचेत । ✍️ रक्षा काली रे
//८८// —————<•>————- १) नफाल्नू अकालमै ज्यान एकैनास हुँदैन समय यसमा दिनू ध्यान । ✍️ नन्दा धामी नौगड दार्चुला —————<•>—————
साताका उत्कृष्ट झिल्का कविताको २६ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २६ का लागि झिल्काकारत्रय राजकुमार राजभण्डारी, दिपक दाहाल र अनमोल राईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१. देखायौ नजर फेरि स्वार्थ लुट्ने दाउमा आउँदैछौ मौका हेरी । २. हानेर तिर झिलिक्क चम्किए चमचम भएर जुधायौ आँखा पिलिक्क । ३. गाईजात्रा पर्व हेर्दाखेरि टुटेको सम्बन्ध हाम्रो मिलन भयो फेरि । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे । मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
१. तिमी काे हाै ? भन्न मिले भन हेर्दा राम्रै छाै । २. राेएर स्वास्नी पाइँदैन भागेर जान्छौ कहाँ झुटकाे खेलाे चाहिँदैन । ३. रोगीका लागि ओखती ढुङ्गाकाे निम्ति माटाे गुनिला हुन्छन् अति । ✍️ दिपक दाहाल हरिवन८सर्लाही
१. गोरुको मुखमा मौलो एक छन् हजुर लिँदैछु म जौँलो । २. गयो जताततै पहिरो भदौरे झरी निष्ठुर दियो चोट गहिरो । ३. बेला बेला आउँछु झिलिक्क झिल्कन्छु झिल्कामा फेरि कतै अस्ताउँछु । ✍️ अनमोल राई
साप्ताहिक झिल्का लेखन अभ्यासको ३४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, संस्कृतिको सुन्दर बीज हिन्दु समुदायमा चारैतिर फैलियो बनेर तिज । २, दर तिजको नाममा खाए, बोलाएर खुवाए सम्बन्ध दाँजिए दाममा । ३, सॅंगिनी नाच हराए छैनन् विरह गीत युवापुस्ताले बेताल समाए ।
म्यामराज राई … १, मेला पर्व रिवाज समाज जोड्ने गरे सबैको सिरको ताज। २, झल्कियो तीजमा कताकति मौलिकता नेपाली समाजको आयातितमा मेरो विमति । ३, देखियो रमझम तीज जागेर्ना गरौँ मिलिजुली मौलिक संस्कृति बीज।
सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ … १, तीज पनि गयो रमझम गराएर फेरि यसपालिलाई बिदाइ भयो । २, कतिलाई दियो चोट नहुनेलाई दुखाएर गयो जीवनमा राखेर खोट ।
पुष्पा राई, खोटाङ … १, राम्रो हुँदैछ तीज फरक ठाउँको अनुभूति विभिन्न खाइयो चिजबिज। २, तीजले ल्याओस् समानता संस्कारलाई बचाई राखोस् बस्दा पनि जतातता। ३, संस्कार असल बनोस् युगानुकूल सुहाउने भई देख्नेले आहा भनोस् ।
अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-क्यानडा, क्यालगरी) … १, आँखामा आँखा जुधायौ गल्ती थिएन मेरो सर्वोच्च अदालतमा कुदायौ। २, कठोर बन्यो न्याय बोलचाल नहुँदा मलाई दियौ काराबासको सजाय । ३, आफ्नो परिवार सिँगार मलाई झ्यालखानमा हाल्यौ बनिसक्यो घरबार नबिगार ।
चुडामणी देबकोटा, पुरानोनैकाप, काठमाडौँ … १, आहा ! सारी लगाएर यो तीजमा नाचिन्छ शिरमा सिन्दूर सजाएर। २, दरलाई दारु बनाए छाडा गीतमा नाचेर नराम्रो सन्देश जनाए। ३, पुराना गीत हराए नयाँ पुस्ताका युवाले बौलाहा गीतमा कराए।
कला ढकाल, झापा … १, तिजले खुल्यो बजार जताततै महिलाको भीड श्रीमान्का दु:ख हजार। २, महँगा चुरा साडी देखासिखी आपसमा चढ्छन् त्यस्तै गाडी। ३, खान्छन् तिजमा मासु विकृति ल्याए तिजमा बग्छन् बाख्राका आँसु।
नवराज भट्ट, कञ्चनपुर … १, खुसी हुन जानियो सामान्य तरिकाले पनि तीज पर्व मानियो |
सरिता सेढाई, धादिङ … १, उसको विवेक हरायो बिनामतलब जसले हजुर सामाजिक सञ्जालमा करायो। २, के पिउँछौ मात्तिनलाई ? उसको एक मुस्कान काफी छ बेहोसिनलाई। ३, हामी बोल्दै बोलेनौ सायद त्यसैले होला एकार्कालाई बुझ्दै बुझेनौ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ … १, सङ्गिनी नाच हराए बियर रक्सी खाएर छाडा गीतमा कराए। २, मुटुमा लाग्यो चोट खर्चिलो तीज मनाउँदा सकियो धेरै नोट। ३, यसपालिको तीज गयो चेलीलाई घर पठाउँदा मन निराश भयो ।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १, तीज महिलाको पर्व जोगाउॅंदै संस्कार संस्कृति गरौँ सबैले गर्व । २, खुसी भएर रमाऔॅं विकृति विसङ्गति हटाउॅंदै सबै पर्व मनाऔॅं । ३, सम्झेर आँसु झर्ने संस्कृती या विकृति फेसन सो गर्ने ।
अनिता भण्डारी, ताप्लेजुङ … १, सम्झना दिदीको आयो भेटघाट पनि भएन यादले साह्रै सतायो । २, जनताका समस्या लेख्दैनौ भएछौ अति स्वार्थी गुन गरेको देख्दैनौ ।
प्रेम थापा”मन”, बागलुङ … १, लाग्दैन पर्वको रहर मनाउनुपर्ने भयो आजकल गरेर धेरै कहर । २, गहनामा मात्र ध्यान गरिबलाई खानु छैन कहिले आउँछ ज्ञान ? ३, सधैँ आफ्नो गान गरिबको पेट भर्न गर बरु दान ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, दुनियाले कुरा काट्दा चित्त दुख्छ मेरो अन्तै मुटु साट्दा । २, भतभती मुटु पोल्दा आनन्द महसुस हुन्छ मनको गाँठो खोल्दा । ३, उनकै याद आउँछ खाली पिरै पिरले यो मुटु जलाउॅंछ ।
हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ … १, सदाचार भयो तीज सम्झिने पानी छम्किने खाएर बीउ बीज । २, दिदीबहिनी माइत गए नाच्न गाउन सबै गाउँभरिका भेला भए । ३, मिलेर अनेक बनाए मिठा मिठा परिकार सम्मान सत्कार जनाए ।
अम्बिका अधिकारी, बिर्तामोड, झापा … १, दर खाने तीजमा खाएपछि गीत गाउने माइती अलमल्ल बिचमा। २, तीजमा चेलीबेटी रमाए संस्कृति पालनको नाममा विकृत संस्कार बसाए। ३, खर्चिलो तीजले परिवारमा ढाड मस्कियो पतिको रातो साडीहरू बजारमा।
दिल ठकुरी, दार्जिलिङ … १, भड्काउँदै यसपालिको तिज वाईनमा डुबेर गयो धार्मिक संस्कारहरू फ्रिज। २, हाँसेरै मनाए हरितालिका महिनौँसम्म चल्यो धुमधामले हृदयमा बालेर मालिका। ३, गीतसङ्गीत फेशनमा छाडा पर्वले तादात्म्यता दिएको अर्धनग्नका उत्ताउला भाँडा।
घनश्याम पन्त, हरिवन, सर्लाही … १, काममा लाग्दैन डर परस्पर ढुङ्गालाई माटोको आखिरीमा लाग्छ भर !
आर्त अकुलीन … १, दिन भयो घमाइलो तिजको पर्व मनाउँदै नारीहरूले गरे रमाइलो। २, हाम्रो संस्कृति जोगाऔॅं आधुनिक अश्लिलता अङ्गालेर चेली विकृति नल्याऔॅं ।
बिके मुखिया, दार्जिलिङ, भारत … १, तीज आयो भनेर श्रीमती बिदा बस्नुभयो महिना दिन गनेर । २, आयो उमङ्ग लिएर गयो रिन बोकाई पत्नी फर्किन् पिएर । ३, वर्ष दिनको भारी साहेबनीको चटपटे बानीले एकै छाक पारी ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर … १, तिज चाड आयो गरायो भेटघाट अनि आफन्तमा हर्ष मनायो । २, महॅंगी उकालो लाग्दै उत्पादनमा सधैँ गिर्दो दैनिक बिचौलिया जाग्दै । ३, आत्मीयता हरायो कता एकअर्कामा शङ्का छायो दमन पाइन्छ जता ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, मज्जाले सबै रमाए आजको दिनभरी यहाँ तीजको पर्व जमाए । २, चेलीहरू माइत गए समयले दिएको कोशेली सबै खुसी भए ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, भुलेछन् तिजको मर्म अचेल सुनिन्छ देखिन्छ रमाइलो पर्वको धर्म । २, महसुस दिलाउन सफल संस्कार संस्कृति स्मृतिमा कस्तो होला फसल ? ३, कायम रहोस् रितिरिवाज चाडको बहानामा विकृति कहिल्यै नहोस् समाज ।
पृथक प्रकृति, झापा … १, भयो तीज बिदाबारी रमाइलो माहोल च्यात्दै बोकाएर ऋणको भारी ! २, हाम्रा सांस्कृतिक पर्व गाँजिए नराम्ररी विकृतिले भएनन् गर्नलायक गर्व ! ३, रहेन कतै मौलिकपन नृत्य छाडा गीतमा देखाउँछ्न् नाङ्गो तन !
वसन्त अनुभव, घोराही, दाङ … १, कहिले मिलाउने केश सोच त एकछिन दलदलमा फस्यो देश ।
दीप गोले तामाङ, रौतहट … १, अधिक कर्जा लिएर तिज राम्रै मनाइयो होटलभित्र सबै जमेर। २, मेरो पनि धक्कु सुनले शरीर सजियो चुस्की लिॅंदै भक्कु ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार … १, चेलीले माइतीघर छोडेर चेली घरतिर फर्कने रुँदै हात जोडेर । २, सम्हाल्नु घरका जेथा विदेशिएका पति सम्झी दिलमै बल्झिन्छ बेथा । ३, कौडी छैनन हातमा एक्लै जाने मेलापात कोही छैनन् साथमा ।
हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान … १, तीज आयो गयो बोकी विकृति तर संस्कृति संरक्षण भयो।
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, ओम् गणेशाय लम्बोदर श्रद्धा भक्ति चढाउँदै साथ दिइरहून् जीवनभर । २, आउँदैछ पर्व विश्वकर्मको श्रद्धाभाव चढाउँदै रमाऊ जगेरा हुन्छ धर्मको । ३, चाडपर्वको मौसम आउँदैछ हुनेलाई खुसी होला नहुनेमा विशाल छाउँदैछ ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, भन्छन् श्रीमान् श्रीमती रथका दुई पाङ्ग्रा लिन्छ जीवनले गति। २, आजकल गर्दिर्नौ विश्वास न आफ्नै ठान्छ्यौ भएँ जिउदो लास। ३, निको चाल मान्दिनँ यही पारा रहिरहे जेसुकै होस् जान्दिनँ ।
सतीश पण्डित, भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, जसोतसो पुगियो माइतीघर माइतमा मायाममताले खुवायो चोखीनीति तुल्याइएको दर । २, तीज सकियो घामपानीमा परस्परमा भेटघाट भइरहन्छ नमरेर बाँचे जिन्दगानीमा ।
कृष्णकुमार वैद्य, बनेपा -९, काभ्रे … १, आयौ मौलिकता छोपेर भन्यौ दरलाई भोज गयौ विकृति रोपेर । २, मौलायो दलगतको किरो नागरिक कोही रहेनन् हुदैछ राष्ट्रियता जिरो !
ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), इटहरी- १, सुनसरी … १, तीज गयो जानेर तन मन खोली थैली खाली ठानेर । २, अर्को साल आउँछु चेलीहरू पर्खी बसे तिजको महिमा गाउँछु। ३, गाउँ, सहर धाउन लहर आउँछ तीजको प्रत्येक साल मनाउन।
कृष्ण बजगाई, भक्तपुर … १, तीजको रमझम सकियो अर्को सालको आशा मनभित्र यही कहियो ! २, आकाशमा जूनतारा हेर थोरै समय निकाली शान्त पाइन्छ धेर ! ३, जिउन सिक्नु पर्छ ठुलो आँट गरी नत्र सपना मर्छ !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, तिज आयो गयो संस्कार संस्कृति बिथोल्दै ऋणको थुप्रो भयो । २, नारी उत्साह राप विश्वमा नै खैलाबैला इतिहासमा राखेर छाप । ३, रक्सीको दर खाएर देखाए नारी उत्साह रातो साडी लाएर ।
बेदु न्यौपाने … १, वर्ष र दिनमा आउने चाड यो तिज गयो छिनमा। २, दिदीबहिनी छमछम नाचियो यसपालिको तिजमा बरिलै सबैले कम्मर भाँचियो। ३, रमाउने फेरि आउने वर्षमा सबै मिलेर तीजको गीत गाउने।
दुर्गा आचार्य, मोरङ … १, आस्थामा अडेको धर्म बचाउन सक्नु सधैँ बुझेर भित्री मर्म ! २, तीज आउँछ जान्छ संस्कार विकृत बने सधैँ टाउको खान्छ ! ३, सत्य जान जन हाड निल्नु अरे सधैँ घाँटी हेरिकन !
विवश पारदर्शी, झापा … १, लायो रौनक तिजको दिदीबहिनी चेलीबेटी माझ लुछातानी सम्बन्ध बिचको । २, हात्ती सदा आयो भयो आखिर भनेजस्तै तिजमा विकृति छायो । ३, के छोपेर बसूँ विकृतिको अघि म तिजमा कसलाई भनूँ ।
ईश्वर साउद(भिक्षु ), रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम … १, शिक्षण संस्था बढेसॅंगै असत्य चिनिनु थियो शिव छोडेर पढेसॅंगै।
लोकबहादुर क्षेत्री लामिछाने … १, अन्तिमाङ्क सङ्ख्यामा लेखिन्छ शब्दालङ्कार राम्रो मिलेमा झिल्का राम्रो देखिन्छ । २, राग मासिक रोग आफ्नो कर्म अनुरूप सबैले भोग्ने भोग । ३, भएमा विवेक बुद्धिनष्ट हरेक मनुष्यको हजुर जीवनमा आइपुग्छ कष्ट ।
प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर … १, मेरो स्वाधिनताको स्वदेश फिरङ्गीले उचाल्दै पछार्दा बन्नेभो तिनकै उपनिवेश !
सुरेश कार्की … १, मौसम पनि खुलेको कति राम्रो आहा ! धानको बाला झुलेको । २, देखेर फूल फुलेको पक्कै रस चुस्न होला मौरी डुलेको । ३, मेहनती आहा कति त्यो माहुरी हेर भए सुस्त गति ।
अमृत कोइराला, पोखरा … १, परम्परा अनुसारको तीज मनाउन छोडे चेलीहरूले रोज्छन् महङ्गा चिजबिज।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, आउँछ अनेक पर्व हरितालिका तीजले पनि बढायो मनमा गर्व। २, वर्ष दिनको तीज बिदा भई गयो खुवाई हरेक चीज।
कोपिला अधिकारी, सिरानचोक, गोरखा … १, नारीहरू तिजमा रमायो सदाका लागि यहाँ , इज्जत पनि जगायो । २, तिजमा रमाउने नारी दुई चार दिन , लगायो रातो सारी । ३, मनमा बोकेर हर्ष हरेक तिजमा रमाउॅंदाखेरि सकियो तिजको वर्ष ।
श्रीकृष्ण धामी, बझाङ … १, उच्च विचार बाँचुञ्जेल कर्ममा रहने प्रधानता ध्यानमा सफलता नपाउँञ्जेल । २, फल प्रभुले प्रदान सफलता पाइने पक्कै लक्ष्य राखौँ प्रधान। ३, प्ररोपकारी जीवन रहुँञ्जेल प्रभु दया पाइने चिन्तन मनले गरुँञ्जेल ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, विभिन्न नामका बियर खान्छन् अनि रमाउँछन् भन्दै मेरो डियर । २, बियर खाएर दर मनोमानी तीज मान्ने नमानी कसैको डर । ३, महँगीले आकाश छोयो तीजको विकृति देखेर सम्झिॅंदा मन रोयो ।
ललिता गिरी, सिन्धुली … १, खुसी मनमा जगाई मान्छु हाँसेरै तिज दुःख सबै भुलाई । २, तीजमा दर खान जान्छु खाली हातै कोसेली छैन लान । ३, यही मेरो चाहना सुखका लाली छाओस् तिजको सबैलाई शुभकामना !
सीमा कार्की समर्पण, मेलचोक, पर्सा … १, तिज सकियो हेर घर लागे दिदिबहिनी खर्च भयो धेर । २, गर्छन् सधैँ तानातान राजनीतिमा कुर्सी नेताले विचार नमिले हानाहान ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा … १, कठिन छ जीउन सियो र धागो चाहिन्छ लुगा सिउन। २, रुखमा पाकेको फल माथि हेरेर बसेँ झर्ने आसमा तल । ३, बारुली कम्मर भाँचेर आपसमा हात मिलाई गरे रमाइलो नाचेर ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. – ६, सङ्खुवासभा … १, सडक आकाश खतीमा सङ्कट खप्दै जनता विकास सुस्त गतिमा ।
समुन्द्रा शर्मा, सुनसरी … १, आफूले आफैँलाई चिन्नू सफल हुन जीवनमा निष्ठाको मार्गमा हिन्नू । २, मनमा सुविचार राखे माटो गोबर चलाउँदा भइँदैन हजुर पाखे । ३, तान्यो झिलिमिली सहरले बाध्यता होलान् कसैका कोही उडे रहरले ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, तीज गयो आज दसैं तिहार आउँदै हामी सबै माझ।
सङ्गीता खरेल, काठमाडौँ … १, सकियो तिज पर्व मनायौँ खुसीले नाचेर संस्कृतिमा गर्दै गर्व। २, धर्म जोगाउने भन्छन् छिर्छन् कमाउने ठाउँ भित्र नगद गन्छन्। ३, मन पराउन छोडे आफ्ना धर्म संस्कृति पाइला कता मोडे ?
सुस्मिता अधिकारी ,काठमाडौँ … १, बजार छ खुलमखुल्ला फुर्सदै फुर्सद नेपालीको फजुल खर्चले भुल्ला ! २, लगानीको नपाएर ठाउँ विदेशी बजार मोटाएको, शून्य पुँजीको भाउ । ३, भन्छन् मान्छेहरू सुख बसेरै खान पाए, गर्नै छोडेका दुख ।
मनोहरी पौडेल, गैडाकोट – १ … १, पुरानो संस्कार संस्कृति मौलिकता कायम राख्दै फैलाऔँ सर्वत्र जागृति । २, चाडपर्व बिग्रिए अति आउँदैन कोही बचाइराख्न बढ्दैछ विपत्ति जति । ३, धार्मिक सहिष्णुता हाम्रो जातिय सद्भाव राख्दै बनाऔॅं समाज राम्रो ।
जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर ) … १, चाडबाडको सदुपयोग गरौँ खुसी हुँदै सधैँभरि मनमा उत्साह भरौँ । २, चाड पालैपालो आउॅंछ गरिबलाई सधैँ पीडा धनीलाई खुसी छाउँछ। ३, जस्तो भएपनि रमाउन घरकै खुसीका लागि परदेसिए धन कमाउन।
लक्ष्मण देउवा, डोटी … १, झिकेर अन्तर्निहित गमर लड्नु पर्दछ एक्लाएक्लै जिन्दगीको कठिन समर l २, प्राय: दु:खकष्ट झेल्नेहरूलाई अभाव खड्किन्न सितिमिति पसिनासँग सिँगौरी खेल्नेहरूलाई l ३, दुष्ट रहेछ सरकार राखेन कहिल्यै पनि आम जनताको दरकार l
झिल्का लेखन अभियानको २९ औँ शृङ्खला (तिज पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————— जाँडको दर खाएर नमासौँ है संस्कृति छाडा गीत गाएर ! ✍️ वसन्त अनुभव घोराही, दाङ —————<•>————— महिलाहरूकाे पावन पर्व हरितालिका तीजमा खुसी हुन्छन् नेपालीजन सर्व । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची । —————<•>————— नारीले संस्कृति मान्छन् तीजमा दर भनेर जाँड रक्सी खान्छन् । ✍️ ललिता गिरी, सिन्धुली —————<•>————— रक्सीको बोतल बोकेर दर खाएर नाच्छन् रक्सी मात्रै धोकेर । ✍️ लक्ष्मण देउवा डोटी —————<•>————— तीजको रहर आयो दर खाने दिनमा घरमा खुसी छायो । ✍️ सञ्जना शर्मा दाङ लमही —————<•>————— लगाएर राताे सारी रक्सी वियर पिउँदै मनाउँछन् तीज नारी । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर । —————<•>————— नगरौँ धेरै खर्च सामान्य तिज मनाऔँ नत्र पछुताउनु पर्छ । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— तिजमा माइत गएर गरिन्छ खुब रमाइलो दिदीबहिनी जम्मा भएर । ✍️ सरिता सेढाई, धादिङ —————<•>————— मौलिकता कतै छैन बोल्दै छाडा भद्दा लिन्छन आनन्द चैन ! ✍️ कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा —————<•>————— पुगोस् मनको चाहना संस्कारी बनौँ सबै हरितालिका तिजको शुभकामना ! ✍️ कार्की डिबी माकुम —————<•>————— तीज संस्कार हाम्रो विकृति नआओस् दरमा खुसीले रमाएकै राम्रो । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ —————<•>————— नेपालीको पर्व तिज विशेष भेट दिदीबहिनीको जुटाउँछिन् आमाले चिजबिज । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— तिज उल्लासमय बनोस् नभनुन् छि: छि: सबले आहा भनोस् ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— तीजको खुसी नारीमा रितीरिवाज हो हाम्रो नाचौँ रातो सारीमा । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। —————<•>————— नारीको चाडपर्व तिज आफ्नो संस्कृतिलाई बिर्सिएर देखाउँदै विकृतिका बीज । ✍️ शंकर कार्की,मकवानपुर । —————<•>————— महान् चाड तिज छायो सर्वत्र खुसियाली रोपौँ संस्कृतिको बीज । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । —————<•>————— कसले भनाइ टेर्यो पर्वहरू भड्किला बन्दा संस्कारले रूप फेर्यो । ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————— छैन हामीलाई जलन तीजकाे अघिल्लो दिनमा खासमा दरको चलन । ✍️ भवानी पाेखरेल ( बाबू विराज) बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु —————<•>————— रातो सारी लर्काएर आउनु बहिनी तीजमा नाचौँला कम्मर मर्काएर । ✍️ कला ढकाल, झापा —————<•>————— आफ्नै देशमा कमाउने तिजको अनुपम रहर नाच्ने हाँस्ने रमाउने ! ✍️ आर्त अकुलीन —————<•>————— विकृतिको बाटो तोडेर बर्बाद पार्छ देखासिकीले संस्कृति जोगाउँ छोडेर । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— खाएर मदिरा बियर बिगारे संस्कृति हाम्रो पश्चिमा चलन लिएर । ✍️ नागेन्द्रप्रसाद यादव —————<•>————— बन्न सकोस् तीज सबै नेपाली जनमानसमा असल संस्कृतिको बीज । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा —————<•>————— लगाई रातो चोला पहिरिएर रातै सारी पुज्नु मनले भोला ! ✍️ तोया नाथ चापागाईं दमक,झापा —————<•>————— रौनकता छायो देशमा चेलीहरू तीजमा रमाउँदै रातो हरियो भेषमा । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ —————<•>————— संस्कृति जोगाउँदै मानौँ हाम्रा विभिन्न पर्व तीजको महत्व जानौँ । ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————— तिज मनाएर रमाउँला चेलीलाई ल्याई माइतमा संस्कार आफ्नो थमाउँला । ✍️ गुणनिधि घिमिरे, अमेरिका —————<•>————— महत्वपूर्ण पर्व आयो सबै नेपाली चेलीबेटीमा निकै खुसीयाली छायो । ✍️ चेतन खनाल (दाह्रीवाला) बङ्गलाचुली १ दाङ —————<•>————— नारीप्रधान चाड तीजमा जाँदैन मन कसैको सुलभ अर्गानिक चिजमा । ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— घाम लागे घमाइलो सबैलाई सौहार्द थप्दै तीज होस् रमाइलो । ✍️ प्रेम थापा “मन”, बागलुङ —————<•>————— तीजमा माइत जाने आमाले पकाएको आहा मिठो दर खाने । ✍️ मन थापा पोखरा २१ बक्रेक —————<•>————— मिठो दर खाएर जोगाऔँ सभ्यता संस्कृति सभ्य गीत गाएर । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी , मोरङ —————<•>————— तिज खुसीको दिन व्रत बस्छन् दिदीबहिनी गाउन नाच्न तल्लीन । ✍️ पृथक प्रकृति, झापा —————<•>————— हाम्रो नेपाल देश तिजमा विकृति देखेर साह्रै दुख्यो केश । ✍️ सानू सपना पौडेल —————<•>————— अन्नजल केही नखाई तिज मनाउँछन् नारीहरूले पूजा गरी शिवलाई । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। —————<•>————— रातो सारी लगाएर तीज मनाऔँ दिदीबहिनी मिठो दर खाएर । ✍️ सविता भट्टराई, जनकपुरधाम —————<•>————— छाडा अश्लील नगाऔँ नाचौँ गाउँघरकै आँगनीमा पार्टी प्यालेस नधाऔँ ! ✍️ देव कृष्ण काफ्ले पाेखरा१, कास्की —————<•>————— भनौँ कहिलेलाई तिज छैन ठेगान मितिको गाउँदै खान्छन् चिज । ✍️ लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर पर्वत —————<•>————— दर खानू चेली टन्न मन रमाएर यो तिजमा हाँसीखेली ! ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३ —————<•>————— तीज साँस्कृतिक चाड सभ्य तरिकाले मनाऔँ नगरौँ कसैले खेलबाड । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— तीजको मर्म बुझेर आफ्नो संस्कृति मनाऔँ विकृति विसङ्गतिसँग जुझेर । ✍️ विवश पारदर्शी झापा, —————<•>————— बारुले कम्मर भाचौँ तिज आयो घुमीफिरी दिदीबहिनी मिलेर नाचौँ । ✍️ जनक बिसी दक्षिणभारत कोचिनबाट —————<•>————— कस्तो पर्व आयो तीजको नाउँमा हेर अनेक विकृति छायो । ✍️ वेल थोकर तामाङ मकवानपुर —————<•>————— बल्ल जुरेको साइत यसपालि दर खान जाने हो माइत । ✍️ रुना कर्माचार्य दाहाल चितवन —————<•>————— रीत दर खाने छाडा गीत गाएर संस्कार कता लाने ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। —————<•>————— खुसी भएर रमाऔँ विकृती विसङ्गति हटाउँदै सबैले तीज मनाऔँ । ✍️ अनिता भण्डारी, ताप्लेजुङ —————<•>————— हेरेर खानू तीजमा बाहुनकी छोरी भन्छ्यौ नडुब्नु सेतो फिँजमा । ✍️ देवी पन्थी —————<•>————— नारीको पर्व तिज मनाऔँ हामी मिलेर हाम्रो संस्कृति बिच । ✍️ धनुष न्यौपाने —————<•>————— नारीको पर्व आयो दरको नाममा रक्सी समाजमा विकृति छायो । ✍️ धनमाया चौधरी, कैलाली —————<•>————— चेलीले नाचेर मनाए मिलेर दर खाँदै खुसीमा सबै रमाए ! ✍️ कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार स्याङ्जा —————<•>————— रातो साडी लगाएर साथीसँग नाच्छौँ गाउँछौँ मिठो दर खाएर ! ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— महिलाको राखौँ मान संस्कृति बचाउन सकेमा बढ्नेछ आफ्नै सान । ✍️ भवानी घिमिरे सर्लाही । —————<•>————— दारुको खाने दर कस्तो जमाना आयो संस्कृति हराउने डर । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि-५,जुम्ला —————<•>————— मनाउँ सभ्य तिज प्रतिनिधि बनोस् पर्वको सभ्यताको रोपेर बीज । ✍️ पुष्पा राई, खाेटाङ —————<•>————— तिज संस्कृति हाम्राे धेरै भड्किलाेपन बढेर लाग्न थाल्याे नराम्राे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी —————<•>————— नारीको तिजको रीत माइतीमा जाने आस गाउँछन् मिलेर गीत । ✍️ बेदु न्यौपाने —————<•>————— गएर माइतीघर आमासँग पकाएको दर खाइन्छ परम्परागत तिउन तामासँग । ✍️ सुनगाभा पोखरेल —————<•>————— तीजमा सारी लगाऔँ शाकाहारी भाेजन गरेर आफ्नाे सभ्यता बचाऔँ । ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————— रूप पार्वतीकाे धरेर गर्छिन् भक्ति नारीले नाथकाे ध्यान गरेर ! ✍️ टिकाराम जोशी —————<•>————— एक महिनाको दर नखाऔँ कसैले पनि संस्कृतिमा पराैँ भर । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— सकिनँ माइत आउन दाइको इज्जत जाला छैन गहना लाउन । ✍️ सृष्टि एरी तनहुँ —————<•>————— जाओस् तिज तताएर जोगाउँदै धर्म संस्कृति सन्देश असल बताएर । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । —————<•>————— तिजलाई भव्य मनाउँ शुभकामना आदानप्रदान गरौँ सेतो फिँजमा नरमाउँ । ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” —————<•>————— साह्रै मन रुन्छ दिदीबहिनी नहुँदा घरमा तिज खल्लो हुन्छ । ✍️ अमृत कोइराला पोखरा —————<•>————— यसपालिको रमाइलो तीजमा जोगाऔँ सबैले संस्कृति नफसौँ महङ्गो चिजबिजमा । ✍️ खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————— तीजको लर्को छायो हाम्रा दिदीबहिनी माझमा उमङ्ग भरेर ल्यायो ! ✍️ रिता खराल,रुपन्देही —————<•>————— आयो विदेशी घेरेर संस्कृति सबै गुुमिसक्यो बस्छन् सबै हेरेर । ✍️ दीप गोले तामाङ, रौतहट —————<•>————— तन्कियो अचेल तिज खोयाबिर्के सितन नानाथरी खान्छन् अनेक चिज । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— बसौँ सम्मान पाएर आफ्नो इज्जत नफालौँ भट्टीमा रक्सी खाएर । ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— चाडपर्वको नाउँमा विकृति भित्रिदैछ अचेल हेर जोगाउन चलाऔँ जागृति । ✍️ विष्णु पंगेनी(पाण्डे ) वालिङ -स्याङ्जा —————<•>————— भन्छन् तिज आयो वर्ष दिनको चाड दर जाँड खायो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— तिज भड्किलो भयो खल्बलिदैँ पारिवारिक सद्भाव मौलिकता हराउँदै गयो । ✍️ मनोहरी पौडेल गैडाकोट ,१ —————<•>————— नारीको तिज महान् सफल पारौँ मिली खुसी हुन्छन् भगवान् ! ✍️ गंगाराम यादव औरावनी २ सुनसरी —————<•>————— संस्कारले नपरोस् रुन तिज मौलिक पर्व विकृतिलाई हुँदैन छुन । ✍️ ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी १ सुनसरी । —————<•>————— खर्चिलो तिज मनाएर सम्पत्ति उडाउनु हुन्न घर कङ्गाल बनाएर । ✍️ कृष्ण बजगाई, भक्तपुर —————<•>————— रमाइलोसँग तीजमा नाचौँ मौलिकतालाई नभुली कत्ति आफ्नो संस्कृतिलाई बचाऔँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————— पकाऊ आमा दर मान्यजनसँग विदा लिई आउँछु म माइतीघर ! ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ —————<•>————— सुखदु:ख मिसाई गीतमा कला संस्कृति जोगाउँदै नाचौँला सँगसँगै तीजमा । ✍️ पूर्णबहादुर श्रेष्ठ हृदयङ्कृत” पनौती न.पा-३,काभ्रे —————<•>————— पूजा आराधना नाचगान रमाउँदै तिजकाे अन्त्य घरकाे बढ्छ सान । ✍️ हिरालाल न्याैपाने बानपा ८ काेटमाैला,सल्यान। —————<•>————— तीजको लहर आयो गाउँ सहर जताततै हर्ष उल्लास छायो । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं —————<•>————— माैलिक संस्कृतिमा रमाउँ सुनमा सुगन्ध घाेली तिजमा मन बहलाउँ । ✍️ हरिगाेपाल न्हुच्छेँ प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । —————<•>————— माइतीघर गएर अब मिलेर चेली माइती रमाउँदै नाचौँला सब । ✍️ दुर्गा भट्टराई मोरङ —————<•>————— तीजको गित गाउने माइतीघर गएपछि त कति धेरै रमाउने । ✍️ अनिता कार्की पाँचथर —————<•>————— नारी चाड तिज व्रत किन बस्ने खाएर मिठाे चिज ? ✍️ मनुहाङ किराँती साेलु —————<•>————— पर्वलाई धुमधामले मान्ने तीजसँग पिरती लगाउँदै सनातनी धर्म ठान्ने । ✍️ लक्ष्मी रिजाल रूपनगर, सप्तरी —————<•>————— स्वतन्त्रताकाे नामा वितण्डता संस्कारमा भित्र्याउने विकृति समाजमा छायाे उद्दण्डता । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— लिन आउथे साइतमा उहिले हाम्रो तीजमा मीठो मसिनो माइतमा । ✍️ समुन्द्रा शर्मा सुनसरी —————<•>————— हर्षले तिज मनाऔँ दिदिबहिनी भेला भई आफ्नो संस्कार जनाऔँ । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— आनन्द लिँदै तिजको चट्ट बनाई खाऔँ दर मौलिक चिजको ! ✍️ सन्तु खत्री —————<•>————— रमाइलो तिजकाे पर्व खुसीले मनाउन पाउँदा चेलीबेटीलाई लाग्छ गर्व । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । —————<•>————— विशुद्ध राख्नुपर्छ भावना आशिर्वाद दिनुहुन्छ शिवले पूरा हुनेछन् चाहना ! ✍️ नन्दा धामी नौगाड दार्चुला —————<•>————— मौलिकता अङ्गालेर रमाऔँ परम्परागत तरिकाले मिलेर एकैपटक दर खाऔँ । ✍️ सङ्गीता खरेल काठमाडौँ —————<•>————— घरमा चेली नहुँदा खल्लो हुन्छ तीज दाजुभाइ सँगै रुँदा ! ✍️ मोहन आचार्य हिलिहाङ ४ सिबुवा पाँचथर —————<•>————— कलुषित नराख बीजमा आफन्तमा सम्बन्ध बढाेस् सद्भावलाई बढाओैँ तिजमा । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ —————<•>————— रमाइलो बाड्दै आयो साराको मन जित्दा विकृति मुट्ठीभरि पायो । ✍️ नन्दलाल आचार्य अक्षान्त सिद्धार्थटोल, उदयपुर —————<•>————— आओ दिदीबहिनी यतातिर तीजमा नाचौँ, गाऔँ भुलेर सारा दु:खपिर । ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर —————<•>————— तीजमा कम्मर भाँच्नुपर्छ रमाइलो गर्दै दिदीबहिनी एकसाथ रमाएर नाच्नुपर्छ । ✍️ काजल न्यौपाने भोजपुर, बोखिम —————<•>————— रमझम तिज छायो दिदीबहिनी रमाइलो गर्ने मौका लिएर आयो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— तीजको रहर लाग्यो दीदीबहिनी लिन जाने रहर भित्रैबाट जाग्यो । ✍️ साहित्य प्रेमी —————<•>———— खानुपर्छ सात्विक दर जोगाऔँ मौलिक संस्कृति नपरौँ विदेशीको भर ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग —————<•>————— संस्कृतिको सुन्दर बीज हिन्दु समुदाय चारैतिर फैलियो बनेर तिज । ✍️ म्यामराज राई, भोजपुर —————<•>————— तिज नारीको पर्व मनाऔँ सबै मिलेर मौलिकतामा गरेर गर्व । ✍️ तेजप्रसाद खनाल लमही दाङ —————<•>————— तीजको लहर मनमा दरको मिठासले रङ्गीन शान्ति छाउने जनमा ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 —————<•>————— सबै नाचाैँ चेली तिजकाे याे बेलामा साथीसङ्गी मिलेर खेली । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही —————<•>————— दारुको दर खाएर विकृत बन्दैछ संस्कृति रत्यौली गीत गाएर । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ —————<•>————— तीज पर्व नारीको नाच्ने गाउने रमाउने चर्चा रातो सारीको ! ✍️ भगवती दवाडी ,झापा —————<•>—————
साप्ताहिक झिल्का लेखन अभ्यासको ३३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, प्रकोपले नागरिक बेपत्ता कयौँ छन् घरबारविहीन ठालुले ढुक्दैछ सत्ता । २, रुखो बोल्नेको योगदानमा मुसुक्क मुस्काउनेको मुस्कानभन्दा शिर निहुराउॅंछु सम्मानमा । ३, बैँसालु भल बगिजाओस् बगाउॅंदैन जोगिएर बसे डराएर भाग्यो, नठानोस् ।
म्यामराज राई … १, रहेन कसैको भर छन् केवल स्वार्थीहरू स्वाभिमान मिट्ने डर । २, मुलुक सतीको सरापमा भलो हुँदैन गर्नेको जिन्दगी पर्छ धरापमा ।
वसन्त अनुभव, घोराही, दाङ … १, डराएर घरमा बसेका मौकामा चौका हान्नलाई भाग्य आफैँ कसेका । २, बुझ्ने गर कुरा नबुझी हुन्न काम नचलाउने मुखका छुरा । ३, बयोवृद्ध घुम्छन् सत्तामा मौका हेरेर बसेका ध्यान गएको भत्तामा ।
बेदु न्यौपाने … १, कसैको हुन्न भर स्वार्थी दुनियाँ चिन्दाचिन्दै किन मान्ने डर? २, जोगाऔँ आफ्नो मुलुक चारैतिर छन् वैरी आँखा लगाउँछन् पल्याकपुलुक। ३, देश भएमा स्वाभिमान सबैतिर फिॅंजिन्छ आफ्नो बेग्लै खाले सान।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, समाधिस्थ ध्यान धारणा चित्तका वृत्तिहरूमा निरोध गरौँ प्राणायाम साधना । २, मन वचन कर्म तन स्वस्थ रहेमा गर्नसकिन्छ हामीले धर्म । ३, नगरौँ कसैको अपमान बालबृद्ध नारी असहायको सम्मान गर्नुपर्छ समान ।
गुणनिधि घिमिरे, अमेरिका … १, महत्त्व कस्तो बनाए विकृति विसङ्गति बढ्यो चाडपर्व मँहगो गराए । २, कति दिन खाने समय दरले बर्बाद कता कता जाने ? ३, मन राख्नै पर्ने गर्मीले खाना माग्दैन शरीरमा असर गर्ने ।
भगवती दवाडी, झापा … १, नहिडौँ प्रतिशोध पालेर जीवित राखौँ अभिलाषा इमानदारीको पोको सम्हालेर । २, भरोसा गर्नै चर्को बुझ्न सकिँदैन कहिले मनको कालो धर्को। ३, इच्छाहरू पर सारेर नबसौँ रुँदै सधैँ निधार गाँठो पारेर।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, कहिले बाढी पहिरो कहिले कोभिड, डेङ्गु चोट लाग्यो गहिरो। २, नजिकिन थाले चाडपर्व चोट पर्यो नबिर्सिने छैन मनमा गर्व। ३, मनमा छैन हर्ष थिलथिलो पार्यो प्रकोपले रहेछ दशाको वर्ष।
सतीश पण्डित, भानु -६, चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ … १, दिनभरि काम गर्नुपर्छ नित्य कर्म मेरो सबेरै खेतमा झर्नुपर्छ। २, बालीमा बाँदरले दिक्क केही कसैको राखेन खेतीपाती चौपायालाई ठिक्क। ३, आरक्षणको प्राय वरिपरि जनावर दिनभरि लखेट्यो आउॅंछन् घरी घरी ।
चुडामणी देबकोटा, पुरानो नैकाप, काठमाडौँ … १, देशमा मलिलो माटो पसिनाले सिचौँ हामी विदेश जानु साटो। २, हिमाल पहाड तराई बलियो हुन्छ देश एक ढिक्का गराई। ३, सबैले मिठो बोलौँ शान्ति स्थापना हुन्छ आफ्नो प्रतिभा खोलौँ।
सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ … १, छैन स्वार्थीको भर पार्छन् तिनले अफ्ट्यारो सधैँ बस्नु पर। २, तिम्रो बोली मधुरो भन्नप पनि कसरी सम्बन्ध रह्यो अधुरो । ३, गर्न सिकौँ समान उपल्लो जाति भन्दै कति गर्छौ अपमान ?
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, सुरक्षित महसुस हुन्न मिठा भाषनले अब जनताको मन छुन्न । २, मनपरी बढ्यो महङ्गी चासो छैन कसैलाई गर्छन् कुरा सप्तरङ्गी ।
पुष्पा राई, खोटाङ … १, छरौँ चारैतिर उमङ्ग, मोतिराम भट्ट जन्मजयन्तीमा, साहित्यको विभिन्न रङ्ग । २, चिन्नु पर्छ चिज, संस्कृतिको गरौँ जगेर्ना , नबनाऔॅं भड्किलो तिज, ३, हुँदैछ खोला धमिलो, कता पहिरो गयो , मन भयो अमिलो ।
भुपेन्द्र राना मगर, धादिङ … १, मन हुन्छ उदास उच्च विचार नपाए दिव्यात्मामा प्रभुको बास । २, आध्यात्मिकको जीवन खास चिन्तनमा मात्र रहँदा प्रभुले सुनिदिने आस । ३, दुःखमा सुखको आभास भर छैन जीवनको कहिले रोकिन्छ श्वास ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, सबैतिर खुसी छायो मुस्कान ल्याउॅंदै ओठमा फेरि तिज आयो । २, खुसी हुँदै रमाउँदै सभ्य भएर मनाउनुपर्छ आफ्नो संस्कार समाउँदै । ३, पुगोस् मनका भावना सम्पुर्णमा हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना ।
अनिता भण्डारी, ताप्लेजुङ … १, मान्छेले खोज्छ मान स्वार्थ देखियो मनमा चाहन्छ ऊ गुणगान। २, मायामा ठुलो घात जीवन बेहाल हुने नसुतेर जान्छ रात।
नवराज भट्ट, कञ्चनपुर … १, फुलाऊ फूल माटोमा स्वार्थी यी नेताहरू हिॅंड्दैछ गलत बाटोमा । २, साम्राज्यवाद हैकम ढल्दैछ होसियार संसारभरिका मानव तेस्रो विश्वयुद्ध चल्दैछ । ३, पाइॅंदैन असत्य ढाक्नलाई खोजिरहेछ वास्तविक नायक अब देश हाँक्नलाई ।
दीप गोले तामाङ, रौतहट … १, संस्कृति जोगाउने काम संस्कार पहिचान हाम्रो सबैले राखौँ नाम !
आर्त अकुलीन … १, मरेको छैन आशा आऔॅं सङ्घर्ष गरौँ जानु पर्दैन खासा ! २, नबोकौँ अर्काको भारी विवेक स्वाभिमान बेचेर बाँझो भए खेतबारी । ३, नबसौँ अन्याय खपेर बन्दैन मुलुक यसरी पुर्खाको नाम जपेर ।
ऋजु दिल्पाली, इटहरी -१, सुनसरी … १, बाँच्नुहुन्न कहिल्यै डरले स्वार्थीको बिचमा पनि हुँदैन कसैको भरले । २, जुरमुराउॅंछन् यहाँ साँढे प्रगतिको बाटो रहेन देश जताततै भाँडे । ३, उर्लिएको बैँस सम्हाल तीजको बेलामा फुरुकफुरुक गीत नाच कमाल ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, तिज आयो देशमा शिरफूल लाएर जाउॅंला डोरी बाटी केशमा ।
इन्दिरा देवकोटा … १, चौतारीमा बिसाएर भारी थकाइ मारेर हजुर पुग्नुपर्ने अब डाँडापारि । २, तिजको नाममा विकार लाग्दैछ रत्यौली जस्तो नबनोस् विकृतिको सिकार । ३, दिदीबहिनी साथीको भेला नितान्त भड्किलो नाचगान तिजलाई बनाएका रेला ।
पृथक प्रकृति, झापा … १, आयो रमाइलो तिज जोगाउ संस्कृति हाम्रो नखाऔॅं नखाने चिज। २, स्वदेशमै फुल्छ फूल विदेशीको गोठालो बन्ने नगरौँ साथी भुल।
वि के मुखिया, दार्जिलिङ, भारत … १, नगर कसैमा भर जिन्दगी उसै चल्छ हुँदैन तिमीलाई डर। २, गर असल काम यो जीवनको यात्रामा रहोस् अमर नाम। ३, कति जान्छ पहिरो ? सम्झनाभरि राखेर पनि माया भयो गहिरो।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, खाँदा तिजको दर ख्याल गर्नु सबैले हुन्छ ग्याष्ट्रिकको डर । २, गर्नुहुँदैन फजुल खर्च धनजनको हुन्छ क्षति हुँदैन शरीरमा वर्च । ३, बनाउनुस् राम्रो सोच चाडपर्व मनाउदा धेरै नहुनुहोस् कोही लोच ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, सबैको मनोकामना पुगोस् पाटी प्यालेस धाउने दिदीबहिनीको मन घुमोस्।
कला ढकाल, झापा … १, समयले फर्केर पर्खॅंदैन चाहेमा जनताबाट सम्भव रोकेर छेकेर फर्कॅंदैन। २, कालसँग कुर्सी जिस्किरहेको आउँछ विपत्तिको बबण्डर हातहातबाट ज्वाला निस्किरहेको। ३, क्रान्तिको आकार हुँदैन कालसँग कहिल्यै नजिस्किनु स्वार्थको सपनीले छुँदैन ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, भ्रष्टाचारी डुङ्डुङ्ती गनाए देश कङ्गाल पारेर आफ्नै महल बनाए ।
प्रेम थापा “मन”, बागलुङ … १, आकाशको रङ्ग निलो मायाको पीडा नभनौँ दुखिरहने यो पिलो । २, भदौरे झरी परेर स्निग्ध देखियो पहाड बादल यताउता सरेर । ३, चाडपर्वको मौसम आयो गरिबलाई पर्छ मर्का धनीले तडकभडक देखायो ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, जननी खस भाषाको छरपष्ट छन् सम्पदा पलाएन किरण आशाको । २, मार्सी फाँट झुलेका मनमोहक हाम्रो सिन्जा मनुष्य छन् भुलेका ।
राज बहादुर बडुवाल, कनकासुन्दरि -५,जुम्ला … १, देखेर के गर्नु ? पावर उसैको छ हावामा उडान भर्नु ! २, संस्कृतिमा विकृति आयो छाडा तिज गीत पुरानोले दु:ख पायो ! ३, लज्जाहीनता समाज पार्दै आधा शरीर छोपी छाडा संस्कृतिमा सिॅंगार्दै !
रबि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, कृषिप्रधान नेपाल विशाल प्राकृतिक विपत्तिले गर्दा खाँदैछ किसानको कपाल l २, फलिफाप भएन कृष्टि उपेक्षित छन् किसानहरू सरकारको पर्दा वक्रदृष्टि l ३, चहर्याइरहेछ किसानको घाउ स्थलगत अनुगमन गरी शीघ्र मल्हमपट्टी लगाऊ l
बाबुराम गौतम, गुल्मी … १, प्रकोपले सत्यनाश गर्यो तीजपर्व आएको बेला विरहमा रुन पर्यो । २, हर्यो सुख चैन के लाउनु पिरती ? मनमा शान्ति छैन। ३, सारा मन्छे घुमाएर पर्यो रुन कठैबरी आज शक्ति गुमाएर !
विवश पारदर्शी, झापा … १, गरगहना सारी लाउँछु सभ्य संस्कृति झल्काउने तीज धुमधामले मनाउँछु। २, भीडभाड होहल्ला सहरको कसले मान्ने सरसल्लाह अनुशासन अभाव पालनको ।
३, महँगी अभावको सामना देश विकासमा अधोगति लाचार गरिबको भावना ।
कृष्ण बजगाई, भक्तपुर … १, आफ्ना आफ्नै रहर लक्ष्य शिखर चुम्ने सङ्घर्षमय हर प्रहर। २, दैवको आफ्नै लीला प्रकृतिको आफ्नै दुनियाँ फुट्दछन् कठोर शिला। ३, देहको अनेक यात्रा अविरल छ पाइला देखिन्छन् अनेक जात्रा।
तोया नाथ चापागाईं, दमक, झापा … १, छातीमा हात राखेर उन्नति गरौँ देशमा दलाल सबै मासेर! २, भ्रष्टाचार बढेर गयो भ्रष्ट मिलेर यहाँ कङ्गाल बनाउने भयो! ३, जुटेर अब देशभरि प्रगति गरौँ यहाँ सधैँ अगाडि सरी ।
कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार, स्याङ्जा … १, नउडाउ आकाशमा मन सम्हाल कठोर दुखलाई साध्य नसम्झ धन । २, दुखाउछ कसैले मन अर्कोलाई त्यस्तै हुने बिज्ने काँडा नबन । ३, खुराक सम्झ आलोचना आफ्नैले भन्छ सच्याउन गल्तीको गर समालोचना ।
हिरालाल न्यौपाने, बानपा ८, काेटमाैला, सल्यान … १, सत्ताको आशले झुटो, चिनेर बोल्यो प्रजातन्त्रले, चुनाव चिन्हको बुटो।
लोकबहादुर क्षेत्री लामिछाने … १, चेलीबेटी भेटघाट घरको गरेर महिनौ अगाडिदेखि नदिनु नाम दरको! २, पीडामा छ माइतीघर आफै पकाउँछौँ यसपालि रातीमा खाने दर!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, ठेलमठेल गरी नाच्ने लाजको भकारो देखाइ तीजको मियो भाँच्ने । २, दरमा रक्सी लिएर नाच्छन् अचेलका चेली खोया बोतल पिएर ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, भिटामिन ज्यादा पाइने बनाउन तरकारी मिठो , हरपल गोलभेडा चाहिने । २, लोचनको रोग भगाऔॅं गोलभेडाको बनाएर जुस, बिरामीलाई जहिल्यै खुवाऔॅं । ३, रोग हुँदैन साझा अल्सरलाई राम्रो हुन्छ , खाएमा गोलभेडा ताजा।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, कर्मशील हात जोडेर बाँच्न सिकौँ धर्तीमा विकृति सबै तोडेर । २, नसोध हाल मलाई बुझ्नै नसकी चरित्र गइन् मन जलाई । ३, बुझेर तिजको मर्म मनाऔॅं पर्व गर्वले नछोडौँ कसैले धर्म ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, चरीको पालो आयो वेदना पोख्ने समय तीजले लहर ल्यायो । २, हिन्दु नारीको चाड मनाऔॅं सबै उमङ्गले मुखमा पुगोस् माड। ३, संस्कृति जोगाउन मनाऔॅं नभित्र्याऔॅं विकृति विसङ्गति, गरिबको दुरी घटाऔॅं ।
धनमाया चौधरी, कैलाली … १, यति कुरा जान्नुपर्छ जगत् चित्तको रूप स्वप्नतुल्य भनी मान्नुपर्छ !!
सुरेश कार्की … १, छ गर्मी बढेको पसिनाले भिजेको शरीर छ पुरै डढेको । २, माहोल बनाएर हेर पुछुताउनु पर्ला पछि टुट्न लाग्दैन बेर। ३, जीवन सङ्घर्ष रहेछ, बुझ्दै बिते दिनहरू अब ढिलो भएछ।
दुर्गा आचार्य, मोरङ … १, समयको साक्षी हुँदैन टारेर केही नटरेपछि एकान्तमा किन रुदैँन ! २, टिप्स दिँदै सान उचालेर टुप्पामा पुर्याई तिजलाई बढायो सम्मान ! ३, जिउँदो लास जिउनेहरू पैतालामा घाम नलाग्ला निसासिन रक्सी पिउनेहरू !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, आमाको हातले पाकेको दर खान आऊ चेलिबेटी तिम्रैलाई राखेको । २, विशेष चलिरहेको पर्व नाच्दै रमाउने तिज साथीहरू बाँड्ने हर्ष । ३, सुखको पल त्यहाँ ! कस्तो रमाइलो थियो मिलिजुली खेल्थ्यौँ जहाँ ।
ईश्वर साउद(भिक्षु), रामारोशन – ६, सदुरपश्चिम, अछाम … १, दर खाने दिन अब नजिक आयो भाइ आउँछ लिन | २, तीजका गीत गाएर गरिन्छ है रमाईलो ताली मादल बजाएर | ३, अचेल एक महिनादेखि दर खाँदै हिॅंड्नेको झार्नुपर्छ लौ ! सेखी ।
सरिता सेढाई, धादिङ … १, बनियो भने लेखक एकदिन पक्कै मैले , निकाल्ने छु पुस्तक । २, घामले के गर्यो ? शितल छैन आज ज्यानबाट पसिना झर्यो । ३, पानी पर्ने भयो भन्दाभन्दै मैले यहाँ बत्ती पनि गयो ।
अमृत कोइराला, पोखरा -१८, चंखपुर … १, तिजको बहार आयो भड्किलो नहुनु कोही चेलीको लहड पलायो । २, मिलेर आगनमा दामी नाच्नु गाउनु खुलेर माइतीको नाक थामी ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, आँखा भएका अन्धा स्वार्थमा गर्ने लुटपुट फैलिएको लुटको धन्दा । २, कालीगण्डकी त्रिशूली दायाँबायाँ बिचमा मेरो बास ठुल्ठुलो रूखको छाया । ३, सम्पूर्णमा शुभ गोधूलि आआफ्ना भावको झिल्का लेखौँ सबैले मिलिजुली ।
प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे … १, नपर्नु कसैको भर विश्वास गर्दै पाखुरीको कर्म गर्न सर। २, बचाई राख धन भविष्यमा काम लाग्छ सहयोगी हुँदैन जन। ३, हेर्दा मात्रै राम्रो कलियुगमा मान्छेको मन डुङ्गाझैँ हुन्छ चाम्रो।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत … १, आफ्नैको छैन विश्वास स्वार्थमा अडेको दुनिया दिलाउॅंछन् नमिठो आभास । २, मनमा खुसी छायो भेटघाट हुने माध्यम तीज पर्व आयो । -कोपिला अधिकारी, गोरखा … १, बाटोमा पैरो गइदियो जनताको सेवा नगर्नेलाई प्रकृति बहाना भइदियो। २, असत्यले जितेको देख्दा रिस उठ्छ इमानीलाई , अपराधीले उपदेश लेख्दा। ३, गाउॅंले सम्झना मनभरिको दुःखमा सहयोग गर्ने , याद आयो दौँतरीको।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, तिजको दिन्छु शुभकामना दिदीबहिनी मिलेर मनाऔॅं साटौँ सुखद भावना।
शोभा आचार्य गौतम, काठमाडौँ … १, निराशामा डुब्यो मन सकिएन गर्न केही व्यर्थै बित्यो जीवन। २, सुन्दैनन् उपदेश गाली बहिरा नेताहरूको छ देशको ढुकुटीमा हालिमुहाली ।
पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके … १, मायालुको बोली रसिलो सबैलाई मख्ख बनाउने जिउ छ कसिलो । २, नेता भए शाकाहारी देश रित्तो बनाए बन्छन् अनि ब्रह्मचारी ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा … १, म खाँदिनॅं दर, दर खाने दिन, खाउला माइती घर! २, भड्किलो भयो रहर, मौलिकता बेचेर व्यापक, बिग्रिए सबका नजर। ३, केवल खान लाउन, बङ्ग्याई आज रीतिरिवाज , सकिन्न सुख पाउन ।
मनोहरी पौडेल, गैडाकोट १ … १, आयो तिज पर्व माइती चेलीको मिलन हो हाम्रो गर्व । २, पिताले गरेका योगदान कुसे औॅंसीमा जस्तै गर्नुपर्छ सधैँ सम्मान । ३, आयो हरितालिका तिज श्रीमान् श्रीमती सम्बन्धमा राखोस् समानताको बीज ।
जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर … १, हाँसो खुसीको कथा यहाँ रचना गर्नुपर्छ छोपेर पिर व्यथा । २, गर्छन् मान्छे अभिमान दुई दिने जीवनको केही छैन ठेगान । ३, दुःख मनभित्र लुकेको चाहना सबको खुसी कहाँ हुन्छ पुगेको ?
रुना कर्माचार्य दाहाल, चितवन … १, झुपडीको होला बास खुसीले बिताउॅंला जीवन खाएर दुई गाँस । २, ऐेस, आराम नहोस् सानो स्वार्थ छ जीवन धान्न पुगोस् ।
नन्दा धामी, नौगाड दार्चुला … १, आफ्नो संस्कृति अपनाऔॅं पर्वको नाममा तडकभडक कहिल्यै विकृति नचलाऔॅं ।
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … १, कसैको भर गर्दिनॅं लक्ष्य पूरा नगरी सायद म मर्दिनॅं । २, पीडाले जेलिएर जिउन साह्रै गाह्रो हुन्छ टुक्रिएको मुटु सिउन। ३, बोझ घटाएर जान्छु म मरेपछि तिमी मोटाउँदै जानू, कान्छु।
ललिता गिरी, सिन्धुली … १, म गर्व गर्छु नेपाली हुनुमा यहाँ आशाका भाव भर्छु । २, अथाह प्रकृतिको धनी मेरो देश नेपाल माया छ नि । ३, मलाई मेरै पारा मन पर्छ हजुर हामी नेपाली सारा
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, सधैँ बाढीको डर गरिबको कारणले हो बस्न पाइएन घर । २, आशाको दियो बालेर अझै जिउँदैछु म मनमा पिर पालेर । ३, यो नदेखिने काल भेटे यही धर्तीमा मैले बिच्छ्याउॅंथेँ जाल।
लक्ष्मण देउवा डोटी … १, छैन कसैको भर आफ्नै मान्छे हत्यारा मनमा सधैँ डर । २, हाम्रो सुन्दर संस्कृतिलाई छाडा गीत गाउनेले विकृत बनाए बाइ ! ३, सकिएन माइत जान एकमहिना अघिदेखि ठिक होइन दर खान ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, इज्जत पाउन साह्रो पाए पछि हामीलाई जोगाउन कति गाह्रो। २, बैगुनीलाई गुणले मार्नु आफ्नो सिद्धान्तको अघि आफू कहिले नहार्नु।
विनोद खाती, मिरिक … १, शिखा भई जल्यो कोऱ्यौ बा भविष्य सन्तानका लागि फल्यो । २, बा जिउँदा देवता ल्याउँछन् खुसी झोलामा सन्तान प्रेममा एकता ।
झिल्का लेखन अभियानको २८ औँ शृङ्खला (कुसेऔँसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————— समस्यासँग खेल्दै जुहारी हरदम चलिरहन्छ्न् पिता बोकी काँधमा जिम्मेवारी ! ✍️ वसन्त अनुभव, घोराही, दाङ —————<•>————— पहिलो भगवान् पिता परिवारका वरिष्ठ गुरु पावन ग्रन्थ गीता । ✍️ बेदु न्यौपाने —————<•>————— पिताको मर्म बुझेर सम्मान् गर्न सिकौँ पसिनामा आफू रुझेर । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— बाबाले ढाल बनेर हरेक दुःख सहे नभुलुन् बाटो भनेर । ✍️ पुष्पा राई, खाेटाङ । —————<•>————— सुन्दर संसार देखाउने भगवान् हुन् पिता साँवा अक्षर लेखाउने । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर । —————<•>————— तिम्रै छहारीमा बढाई संस्कार सिकायौ बा संसार देखायौ पढाई ! ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३ —————<•>————— बुवा गृहस्थीको मर्म सुखदु:खमा हुन्छ धैर्यता तत्परतामा गर्ने कर्म । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— नदेउ कहिले दुख सम्मान गर सधैँभरि त्यहीँबाट हुन्छ सुख । ✍️ शंकर कार्की,मकवानपुर। —————<•>————— विश्वभरिका बुवाहरूलाई सम्मान हार्दिक शुभकामना कुसेऔँसीको सुखशान्ति दिनरात साँझबिहान । ✍️ गुणनिधि घिमिरे अमेरिका —————<•>————— खुलेर जीउन सिकाए आफूले खाई नखाई शिक्षामा सधैँ जिताए । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड —————<•>————— तिम्रा पिल्सिएका हातहरू बन्यो जीवनको आधार दीर्घ रहुन् साथहरू ! ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल —————<•>————— बुबा घरको छानो सन्तानलाई ओत दिई जुटाउॅंछन् दिनहुँ मानो । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। —————<•>————— नदेउँ पितालाई दुख गरौँ सधैँ सम्मान दिएर खुसी सुख । ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी “ कालेबुङ —————<•>————— प्रेरणाका बहुमूल्य गजुर सुमार्गमा हिँड्दैछु बाबा ! सम्झनाको कन्दरामा हजुर । ✍️ प्रेम थापा “मन”बागलुङ —————<•>————— घरको खाँबो उनी सधैँ आदरसम्मान गरौँ उनको आज्ञा सुनी । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ। —————<•>————— बुवालाई नदेउँ दुख आशिष मिलेमा उनको भविष्यमा मिल्छ सुख । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— आफ्नो पैताला फुटाएर सधैँ छोराछोरीकै निम्ति ल्याउनुभयो खानेकुरा जुटाएर । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— सुख बाबुलाई देऊ संसार सानो छ दुःख तिमी लेऊ । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत —————<•>————— बनेर शितल छहारी सन्तानको दु:ख ओत्छन् आफ्ना इच्छा मारी l ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— सिकाउनुहुन्न झुठा बात भगवान मान्छु बाबुआमालाई साथमा रहन्छु दिनरात । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————— औँला समाई हिँडायौ कठिन जटिल गोरेटोमा पिताजी संघर्षमा भिँडायौ । ✍️ नागेन्द्रप्रसाद यादव —————<•>————— पानी मिठो कुवाको अनुशरण गरौँ सधैँ हामी सबैले बुबाको । ✍️ दीप गोले तामाङ – रौतहट —————<•>————— बुवाकाे सम्मान गर उनकाे संरक्षणमा पालियौ उनकाे सेवामा मर । ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————— सन्तानको बलियो काँध सधैँ हौसला दिने बुवा हुन् बाँध । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— उर्जाका स्रोत पिता संघर्षका हुन् सारथि सन्ततिका साक्षात् गीता । ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । —————<•>————— पिता ज्युदो भगवान औशी मात्र नभनी गरौँ सधैँ सम्मान । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ —————<•>————— सरणमा हामी परौँ बुवा हाम्रा भगवान सधैँ सम्मान गरौं । ✍️ अनिता भण्डारी, ताप्लेजुङ —————<•>————— बुबाकाे बुझाै दुख परिवार सदा रमाउँदै पाउँछाै जीवनमा सुख । ✍️ हिरालाल न्याैपाने बानपा ८ काेटमाैला सल्यान। —————<•>————— सन्तानलाई अमृतवाणी पिलाई पथमा लम्काउने सदा माटोमा पसिना मिलाई ! ✍️ राज बहादुर बडुवाल जुम्ला —————<•>————— जरालाई नबिर्सौं शाखाले बुबाको मुख हेरौँ अन्तर्मनको स्वच्छ आँखाले । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। —————<•>————— मन चङ्गा हुन्थ्यो सिरमा उनको स्पर्सले पीडामा उनीसँगै रुन्थ्यो । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————— खन्छु अवश्य कुवा भएर अब प्रतिबद्ध सधैँ बाँच्छु, बुवा ! ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । —————<•>————— बाबा साच्चै महान् आँट भरोसाको केन्द्र मेरा लागि भगवान् । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुखुम्बु —————<•>————— गुणकाे माला उनेर बुवाकाे गलामा पहिर्याउँ मनले श्रद्धा अर्पेर । ✍️ हरिगाेपाल न्हुच्छेँलप्रधान काभ्रे, बनेपा १४ साँगा बजार —————<•>————— सकेनछ भावीले लेख्न भाग्यमा रहेनछ मलाई बुबाकाे अनुहार देख्न । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची —————<•>————— माया गरौँ जिउँदैमा निरास नपारौँ कहिल्यै खुवाउँ मीठो हुँदैमा । ✍️ धनमाया चौधरी कैलाली —————<•>————— हेर्ने बुवाकाे मुख जन्मदाता भगवान हुन् नदिउँ कहिले दुख ! ✍️ गाेपालप्रसाद दाहाल दमक-५ झापा —————<•>————— मार्गदर्शक उनको मुहार नलानू बुबालाई बृद्धाश्रम बृद्धावस्थामा देऊ गुहार । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— बुबा तिम्रो आशिर्वाद त्यति भए पुग्छ मलाई आजीवन साथ । ✍️ ईश्वर साउद(भिक्षु ) रामाराेसन गाउपलिका ६ सुदुरपश्चिम अछाम —————<•>————— तिमीलाई भगवान मान्छु सधैँ बनोस् आशिर्वाद मनको धड्कन ठान्छु । ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— दु:ख मैलो धुने भएको दिएर सन्तानलाई आफू रित्तिनु हुने । ✍️ पृथक प्रकृति ,झापा —————<•>————— बुवा घरको छानो हरेक समस्या झेलेर जोगाई ख्वाए मानो ! ✍️ भुपेन्द्र राना मगर धादिङ —————<•>————— रमाई उनका सन्सारमा खेलेँ हाँसेर खाएँ जाे थियो भन्सारमा । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । —————<•>————— बुबालाई वचन दिएँ मानवता खोज्छु भनी आशीर्वाद थाप्लोमा लिएँ । ✍️ लक्ष्मी रिजाल रुपनगर, सप्तरी, मधेश, नेपाल —————<•>————— बुवा जिउँदो भगवान सन्तानको रक्षा गर्ने सधैँ गरौँ सम्मान । ✍️ वेल थोकर तामाङ बकैया ८ // कर्माया/ मकवानपुर —————<•>————— पराइ जस्तै सम्झिन्छन् बुवाकै अगाडि छोरीलाई दाजुभाइ किन तर्सिन्छन् ? ✍️ सुनगाभा पोखरेल —————<•>————— कुरा धेरै काट्छन् घरमा बा नभएकोले आफन्तले पनि ढाट्छन् । ✍️ कला ढकाल —————<•>————— सदा पितालाई हेरौँ केवल औँसीमा होइन उहाँका मर्यादा नफेरौँ । ✍️ मनोहरी पौडेल गैडाकोट १ —————<•>————– सृष्टिको रचना गर्ने परिवारको खम्बा पिता जीवनको रङ्ग भर्ने । ✍️ कृष्ण बजगाई भक्तपुर —————<•>————— भन्छन् बाबा गगन परिवारलाई पाल्न उनले लाउँछन् आफ्नो तन । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा —————<•>————— पिता छन् देवतातुल्य हुन् सन्ततिका धरोहर हुन्न उनको मूल्य । ✍️ जयनारायण नेपाल इलाम , हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर । —————<•>————— प्रेरणाका स्रोत पिता उच्च सम्मान राख्दछ भागवत ग्रन्थ गीता । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— घरमा खुसीको मेला बाबाले ल्याउनु हुन्छ लुकाउँदै हातको ठेला । ✍️ रुना कर्माचार्य दाहाल चितवन —————<•>————— ईश्वर हुन् बुवा आजकल म भएँ एकदमै स्वार्थी बटुवा ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। —————<•>————— पीडाका भेलहरू रोकी बुवाले सत्मार्गमा डोर्याए दु:खका पहाडहरू बोकी । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— बाबा सात समुद्रपारि जानुभयो घर छोडेर बोकेर रिनको भारी ! ✍️ सर्मिला बोहरा, बैतडी —————<•>————— घाम लाग्यो घमाइलो बाबाको मुख हेर्दा हुन्छ साह्रै रमाइलो । ✍️ अनामिका —————<•>————— दिनुपर्छ उच्च सम्मान सम्झेर सबै सन्तानले उहाँले दिएको योगदान । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। —————<•>————— नभनी आफ्नो दुख काँडामा टेकेर पनि दिन्छन् सधैँ सुख । ✍️ नन्दा धामी नौगाड दार्चुला —————<•>————— बुवाको बलियो काँध संसारको सारा दु:ख रोक्ने सुन्दर बाँध । ✍️ वि के मुखिया दार्जिलिङ, भारत —————<•>————— समाउने पाइनँ हात वाल्यकालमै गुमाएँ बाबा रोएर बित्दछन् रात ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल —————<•>————— चाउरी परेको मुख राम्ररी हेरविचार गरौँ नदिई कुनै दुख । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । —————<•>————— धमिलो पानी कुवाको सुकेर जान्छ घामले गर्छु सेवा बुवाको ! ✍️ बिधुत गुरुङ गोरुबथान भारत —————<•>————— बाबुु शिरकाे टाेपी सन्तति रक्षा खातिर राख्ने समस्या छाेपी । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————— शिक्षाको ज्ञान छरिदिने महान् हुन् पिता मनमा शान्ति भरिदिने । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । —————<•>————— अभावको जिन्दगी जिउँछन् सन्तानलाई खुसी राख्न आफू आँसु पिउँछन् । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— छैन चामल घरमा कसरी चलाउनु घर त्यो ज्यालाको भरमा । ✍️ खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————— बाबा खम्बा घरका बुझ्नेलाई यथार्थ कुरो उनै हुन्छन् भरका । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— पर्दा विरामी साथमा हुँदैन है कोही सेवा गर्ने गाथमा । ✍️ लोक बहादुर क्ष्रेत्री —————<•>————— धेरै गर्नुभयो दुख बाबा हजुरलाई सधैँ दिनेछौँ हामीले सुख । ✍️ अनिता कार्की पाँचथर —————<•>————— पुगोस् मनको चाहना सबै नेपाली बन्धुहरूलाई कुसेऔँसी छ शुभकामना ! ✍️ ललिता गिरी सिन्धुली —————<•>————— बुवाको आशीर्वाद लिन मलाई माफ गरिदिनुस् यसपालि आउन सकिनँ । ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ —————<•>————— आशिष लाग्दै जाओस् धर्तीले बिदा गरेपछि स्वर्गमा बास होस् ! ✍️ लक्ष्मण देउवा डोटी —————<•>————— बुबाकाे परलाेकमा बास टुहुराे भइयाे छिट्टै औँसी लाग्दैन खास । ✍️ काेपिला अधिकारी गाेरखा —————<•>————— बुबाको त्यो काँध छैन कम्जोर पक्कै भन्दा कुनै बाँध । ✍️ अमृत कोइराला पोखरा —————<•>————— सम्झदा खस्दछ्न् ढिका बुवाको सामु अरू सम्बन्ध लाग्दछ फिका ! ✍️ साहित्य प्रेमी धनगढी —————<•>————— चारैतिर घुम्छन् आँखा खोज्दै न्यानो काख बुवा डुलेको पाखा । ✍️ समुन्द्रा शर्मा सुनसरी । —————<•>————— वर्षको मात्र एकदिनमा सजाएर यो मुहारपुस्तिका हुँदैन सम्मान छिनमा । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ —————<•>————— सिकाउनुहुन्न झुठा बात भगवान मान्छु बुबालाई साथ रहन्छु दिनरात । ✍️ सतिश पण्डित —————<•>————— छैनन बुवा जस्ताे काेही पनि संसारमा कसैले नमानाैँ सस्तो ! ✍️ उर्मिला के.शी. धनकुटा ! —————<•>————— फुटेका कुर्कुच्चा हेर फेसबुकमा फोटो होइन बाबाको दिनचर्या फेर ! ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ —————<•>————— भदाैकाे मास छायाे आज कुसेऔँसी आउँदा बाबाको याद आयाे । ✍️ भवानी पोखरेल( बाबु बिराज) बाणगंगा १ जितपुर कपिलवस्तु —————<•>————— बुबाको मुख हेर्नू नपर्खनू त्यो कुसेऔँसी सधैँ मायाले बेर्नू । ✍️ ममता पौडेल बुढीगङ्गा-२ , मोरङ —————<•>————— बालाई राखौँ मनमा जिउँदो देउता हुन् सन्देश दिउँ जनमा । ✍️ सविता भट्टराई जनकपुरधाम —————<•>————— नक्कली आँसु नझार जाऊ आँसु पुछ्न मुखले ठिक्क नपार । ✍️ शम्भु गजुरेल —————<•>————— बाबा आँखाको दृष्टि आमा हुन् जन्मदाता अडेको छ सृष्टि । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>—————
झिल्का लेखन अभियानको २७ औँ शृङ्खला (श्रीकृष्णाष्टमी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
१) नटखट कृष्ण काले गोपीनीको मन मुटुमा चट्ट डेरा जमाइहाले । ✍️ वसन्त अनुभव
घोराही, दाङ
२) श्रीकृष्णको मुरली साधना आज कृष्ण जन्माष्टमीको सबैमा मङ्गलमय शुभकामना ! ✍️
बेदु न्यौपाने
३) श्रीकृष्ण जन्माष्टमी मनाएँ सबैलाई शुभकामना छ पूजा गरेर जनाएँ ! ✍️
अम्बिका अधिकारी
४) कृष्ण जन्माष्टमीको शुभकामना शक्तिको अपरम्पार उनी गरौँ शुध्दताले याचना ! ✍️ शोभा आचार्य गौतम
काठमाडौँ
५) श्रीकृष्ण जन्माष्टमी मनाउँदै एकमाथि छन् अनेक झिल्का कविता बनाउँदै ! ✍️ रबि पाैडेल
साप्ताहिक झिल्का लेखन अभ्यासको ३२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, डम्फु तिमी बजाउॅंछौ केही नसोची दायाँबायाँ आखिरीमा के पाउॅंछौ ? २, बोकेर एउटा आनीबानी हात्तीको दाँत देखाउॅंछौ भन्न नपाइएला पानी । ३, अन्नपानीले बाँचेको ज्यान अहम् भावना किन ? हृदयबाटै गरौँ योगदान ।
म्यामराज राई … १, माटोमा जन्मिएर हामी नगरौँ हेला कसैलाई नभनौँ दमाई, कामी ! २, रगत एउटै हुन्छ काटे सबैको रातो गालीले मुटु छुन्छ । ३, चुहिने छाता हातमा छेकिॅंदैन पानि पनि कति हिॅंडाउनु साथमा ?
रवि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, सबैको एउटै धरती टाढा नजिक छैनौ होस् सबैको अग्रगति। २, माया बसोस् गाढा रगत सबैको एउटै नभनौँ नजिक टाढा। ३, फूलको बास्ना मिठो सबैलाई दिने उही नलागोस् कसैलाई टिठो।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, जातीय विभेद नगरौँ मानव हामी एउटै मनमा ज्ञान भरौँ । २, आफ्नो संस्कार बचाऔँ सबैले बुझ्ने गरौँ इतिहासको बाटो रचाऔँ । ३ भलाई हुन्न डम्फुले काम गरेर देखाऊ बजाउँछ डम्फु लम्फुले ।
वेदु न्यौपाने … १, तिज पर्व आयो दर खाँदै खुसी महिना नै बितायो ।
ताराप्रसाद चापागाईँ … १ एक हातले ताली बज्दैन भन्ने बुझ्दैनौ भेट्छौ समाजको गाली । २ हिंसा अहंभावना लोभ काम क्रोध ईर्ष्याले दुनियाँदारमा बढ्दछ क्षोभ । ३ सक्छौ गर सत्कर्म अपराध नगर कहिल्यै कम्तिमा थाम्नु स्वधर्म ।
गुणनिधि घिमिरे, अमेरिका … १ परम्परा त्यागेर किन ? विकृति फैलाउँदै यसरी सम्झेर लाग्छ घिन। २ तीन दिनको पर्व महिना दिनभरि मनाउने कसरी गर्नु गर्व।
सङ्गीता खरेल, काठमाडौं … १, कतै तिजको लहर कतै डम्फुको ताल विविधताको काठमाडौं सहर ! २, चल्नु हुँदैन कुसंस्कारमा हुनुपर्छ नि बहस जातमा होइन विचारमा ! ३, कसले बुझ्छ मोल पेलिनुपर्छ निर्धाले मात्रै रूप फेर्दैछ कोल !
दीपा समभाव, दुबेकोल खोटाङ्ग … १, बसी खाने ठालु किसानलाई दु:ख दिए फुट्ला तिम्रो तालु। २, परिश्रमले धन कमाउनु सुखमय जिन्दगी बनाई हर्ष उल्लासले रमाउनु। ३, तिजको लहर आयो दर खाने निउॅंले महिना दिन बितायो ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, पत्रकारिता कमाउ धन्दा नबनाऊँ सचेत बनौँ धनले इमान् मन्दा। २, फोहोर भयो राजनीति अराजक भए लिडर सफा हुँदैन सितिमिती। ३, पहेँलो सेतो पोशाक बेइमान लुक्ने टालो बनाए सत्य खाक।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, नौमती बाजा बजाएर आजै घर भित्र्याउॅंछु तिमीलाई डोलीमा सजाएर । २, भनेको मान खुरुक्क धेरै जिद्दी गरेमा बोकेर लैजान्छु जुरुक्क । ३, नसुन अर्काको कुरा मनमा भएका रहरहरू सबै गरिदिन्छु पूरा ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १, सेलोमा डम्फु बजाउॅंछु। डम्फु तामाङको चिनारी । यसैमा पहिचान पाउॅंछु ।
वेल थोकर तामाङ … १, मलाई जालमा पार्यौ बस्यौ विदेश गएर धुरुधुरु रुवाइ मार्यौ। २, यति सुन्दर देश हाम्रो कारणले त बिग्रँदै गयो परिवेश। ३, छैन हाँसो ओठमा नलागे पनि विश्वास गर्नुपर्ने कालो कोटमा।
सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, खोलेर बात मनको कुरा गरौँ मिलेर भलो हुन्छ जनको। २, दिल छोयो मेरो राम्रो तिम्रो कुराले नाच्यो नयन सेरोफेरो। ३, फूलको बिरुवा रोपेको आहा! बगैंचामा सुन्दरता देखियो धर्तीलाई छोपेको ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा … १, गरेर काम खास खुसीले हरेक मनमा हुन्छ ईशको बास !
आर्त अकुलीन … १, देशमा जताततै पहिरो गाउँ भयो युवाविहीन समाजमा चिन्ता गहिरो। २, देशमा भ्रष्टाचारको जालो देश छाडेर नजाऔॅं समाऔॅं फटाहाहरूको कठालो। ३, घरबारीमा सुन फल्छ युवाहरू एकमतले उठ भ्रष्टाचारीको सत्ता ढल्छ।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, बोकेर डरको भारी कतै पनि अब सुरक्षित छैन नारी । २, कस्तो हुन्छ दृष्टिमा सुरक्षित छैन कतै छोरी नजन्मिऊन् सृष्टिमा । ३, सबै अघि सर्नुपर्छ अन्त्य गर्न ज्यादती हामी लक्ष्यमा लागिपर्नुपर्छ ।
अनिता भण्डारी, ताप्लेजुङ … १, कहिलेसम्म बस्ने मागी यी देशद्रोही कहिल्यै सोचेनन् देशको लागि । २, देशमा अँध्यारो छायो एमसीसी र एसपीपीले अमेरिकी सेना आयो । ३, सकिन्न कहिले छेकेर दलालहरू मोटाएका छन् युवा सबै बेचेर ।
दीप गोले तामाङ, रौतहट … १, नेपाली माटो भुलेर किन त्यतै रमायौ उमेर गयो डुलेर! २, किन दास बन्दैछौ पसिना बेचेर रमायौ नेपाल हाम्रो भन्दैछौ । ३, फर्केर आउलौ नेपाल उजाड बनाए देशयो बनाउँ सुन्दर विशाल!
कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा … १, धनको धेरै खोजीमा आफैलाई कहिले नबेचौं केही नरहोस् गोजीमा। २, प्यार थियो राधामा घृणाको जिन्दगी नबिताऔॅं सकियोस् जीवन आधामा। ३, पसिनाको कमाई रसिलो धर्य राखौं मनलाई इज्जत बाधौँ कसिलो।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ। … १, हाँसो बालापनले पायो समय बलवान् हुन्छ खुसी जिम्मेवारीले खायो । २, सबै समयको खेला परिस्थिति वक्र भएपछि लाग्छ चुनौतीको मेला ! ३, मानसिक अपाङ्ग हुन्छ अन्धभक्त कार्यकर्ता हुँदा मुलुक एक्लिॅंदै रुन्छ ।
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, तिथि पाइने पात्रो जिउँदो रहँदा कहिल्यै किन्न नपाइने कात्रो। २, संस्कारमा जीवन सारौँ मनमा प्रभु बन्दना जीवनलाई मात्र सुधारौँ ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, श्रीमती सुन सम्झेर तिजमा रुन्छिन् बरै ! आमा नुन सम्झेर। २, गरिबीको कथा भयो नामर्दको श्रीमती बनेछु रहरहरू सबै गयो। ३, धनबिना मधुवन कसरी ? निमोठेर रहर कल्पना रहरहरू ढल्दैछन् यसरी।
घनश्याम पन्त, हरिवन सर्लाही … १, कति गाह्रो भयो कथाको माध्यमबाट बुझ्नु जिन्दगी बितेर गयो। २, आशा गरे मनमा फेरि उठेर जानेछु नाम कमाउँछु धनमा। ३, लेख्छु झिल्का यहाँ मनको कुराहरू राखेर तिमी छौ कहाँ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, रमाइलो गर्ने आयो चेलीहरूका खुसीको समय सबैको हाँसो छायो। २, तिजको गीत गाउॅंदै महिना दिन रमाउछ देशमा विकृति फैलाउॅंदै। ३, सच्चा सपूत देशमा खोजीरहेछ सबै जनताले गौतम बुद्धको भेषमा।
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, गाढा बनोस् माया सुखदु:ख भए नि जीवनमा नपरोस् छाया । २, पिपलको सितल छाया छुटनु हुँदैन सानू, हाम्रो बसेको माया ।
मन थापा, पोखरा २१ बक्रेक … १, स्वास्थ्यलाई हुने हित गुर्जोको सेवन गर्दा हुन दिॅंदैन सङ्क्रमित । २, हिंसाको खबर आयो जतिसुकै असुरक्षित नारी जनमानसमा कहर ल्यायो । ३, आफ्नो समस्या गम्भीर अरूको चाहिँ धुलो अछामको भए दानवीर ।
पृथक प्रकृति ,झापा … १, टाढा हुन्छु भन्छौ मेरो माया मारेर पाइला अन्तैतिर गन्छौ। २, सदनमा होडबाजी चलेको भ्रष्टाचारी नेताको अभिनयमा सोझा जनता ढलेको। ३, साँच्चै छैन सरम सदनमा बस्ने मान्छेको छैन गतिलो इलम।
कला ढकाल झापा … १, नगर्दा कसैको हानी दोष लगाइदिन्छन् यहाँ निर्दोषलाई सबै जानाजानी । २, परेको बेला बिरामी कसलाई बोलाउँदा राम्रो डाक्टर या धामी ? ३, टुट्न सक्छ मन अरूको कुराले यहाँ गर्नु सदैव जतन ।
अमृत कोइराला, पोखरा -१८,चंखपुर … १, सुरक्षित छैनन् नारी गरिखान छ गाह्रो बोकेर डरको भारी । २, कुम्फु कराँते सिकेर हतियार आत्मरक्षाको निम्ति दैनिक समय झिकेर । ३, गोप्य हतियार मानेर लाइसेन्स झोली नपर्ने सुरक्षित रहौं जानेर ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, जिन्दगी प्रकृतिको जिम्मेवार ल्यायौँ न लानु निरन्तर चलिरहन्छ, दमदार! २, बाटो बनएर हिँड्नु सङ्घर्ष छँदैछ त्यहाँ आफ्नो कमजोरीसँग भिड्नु! ३, सुखदुःख जीवनको पाटो जीवनमा रोज्नु पर्ने छुट्टा छुट्टै बाटो!
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, विकृत भयो तीज ह्विस्की बियर बाहेक देखेन खाने चिज । २, तीज पर्व मनाऔँ भड्किलो नगरी संस्कृति भव्य सभ्य बनाऔँ ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, पर्व यो हरितालिका मनाउन थाले आजभोलि नगर तथा गाउँपालिका । २, महिलाकाहरूको महान चाड हिजोआज पुरूषसँग नाच्दा मस्कियो नारीहरूको ढाड । ३, चलन खाने दर तिथिमिति छैन कुनै कसको पर्ने भर ?
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, जिन्दगी चलाउन सघाऊ समस्याको हुरिबाट मित्र ती आफन्तहरूलाई बचाऊ । २, दु:ख नगर बढार्न आफै बढारिन्छ धुलो पर्दैन तिमीले झार्न । ३, सङ्गतले मति बिग्रियो ओरालोमा हिॅंडिरहेको जिन्दगी चोर चोरीबाटै पक्रियो ।
ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, रहर तीजमा नाँच्ने उफ्रेर बाडुली कम्मर मर्काइ मर्काइ भाँच्ने । २, विकृति बढेर आयो तीजको नचाहिँदो गीत दुनियाँ यसरी हसाँयो । ३, माइती घर जानुछ दिदी बहिनी मिलेर दर पकाएर खानुछ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, कुकर्मको काम गरियो तिनै कामको परिणामले नराम्ररी तल झरियो। २, उपदेश दिनलाई सजिलो देखाउनै गाह्रो कामगरेर दुखिरहन्छ फिलाको पिलो।
होमप्रसाद नेउपाने, धरान,सुनसरी … १, कुरा अधिक राम्रो चाला निकै तुच्छ बिगार्यो छवि हाम्रो । २, लेख्छ आफै मेट्छ कस्तो दुइजिब्रे चाला तब गोदाइ भेट्छ ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, मनाउनु पर्छ तिज संस्कार संस्कृति र परम्पराको मास्नु हुँदैन बीज।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, संसारमा ठुलो माया सक्छौ भने तिमी दिएर बस्नु छाया । २, धनीलाई मात्रै मान्छन् भन्छन् नि भन्नलाई सन्तोष ठुलो ठान्छन् ? ३, तिम्रो माया लाग्छ भन्नेले भनोस् जेसुकै रातभरि आँखा जाग्छ ।
रामप्रसाद पुरी, बादेल, खाेटाङ । … १, धन कमाउने बहानामा बालबच्चा बिचल्ली पारी बिलासिता जीवनको चाहामा । २, हिराको महत्त्व नबुझ्ने बिदेशमा पसिना पोख्ने ठेस लाग्दा सुझ्ने । ३, विदेशी भूमि हराभरा स्वदेशमा सिन्को नभाँच्ने उसैको बारी जरा ।
धनमाया चौधरी, कैलाली … १, तीजमा अब रमेर मनाऔॅंला चाड यसपालि आफन्त सबै जमेर । २, दुःख पीडा भुलेर बाँडौँला खुसी भेटमा एक अर्कामा खुलेर।
पुष्पा राई, खाेटाङ … १, सकारात्मक भए पालक सुन्दर शब्द सिकाऔॅं असल बन्छ बालक ।
प्रेम थापा “मन”बागलुङ … १, रमाउने दिन आए तिजको गीत सुनेर नाच्नेहरू धेरै रमाए। २, मिठा सुरिला भाकामा गाउॅंछन चेलीले गीत नाच्दै भिर पाखामा।
सुनगाभा पोखरेल, हाल:नेपालगन्ज … १, सभ्य भाषाका गीत गाएर भुलौँ पिर पुरातन तिजको रीत । २, विडम्बना छाउॅंदै तिजमा सुरापान मस्ति नहोस् लिएर डान्सबार लिजमा । ३, नारीको ठुलो पर्व हरिको गरेर पूजा मनाउॅंदा हुने गर्व ।
हिरालाल न्यौपाने ,बानपा ८ काेटमाैला,सल्यान … १, दुःखमा आत्तिने बानी धैर्यता र साहसले जीवन चल्छ सानी । २, पितापुर्खाको आशिष् पाएर छॅंदैछ मनमा संकल्प सधैँ कोसिस गरेर । ३, शान्तिको दीप जलाई सधैँ उज्यालो पार्नुपर्छ आफूभित्रको आफ्नो मनलाई ।
कृष्ण बजगाई, भक्तपुर … १, फूलको रस चुसेर लोभी भवरा उड्यो गयो बोट सुकेर । २, बिहान बेलुका रातमा सम्झना झल्झली आउँछ तस्बिर उनकै हातमा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, कसैको भएन भर घमण्ड चुलिएपछि यहाँ सिन्दुरबाटै मारिने डर ! २, अनपेक्षित खबर लेखियो अनुशासनको पाठ सिकाउन छोरालाई आवश्यक देखियो। ३, आफन्त सारालाई रुवायो भरिएपछि रिसको घडा आफ्नै जिन्दगी डुबायो ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, घन्काउॅंदै सन्देशको मन्दरा नविनतम लघुकाव्य झिल्काले छिचोलोस् कुना कन्दरा l २, ओजिला होउन् शब्द झिल्काको भाव बुझेपछि पाठक बनून् स्तब्ध l ३, आआफ्नो ठाउँमा बसी झिल्का कविता कोरौँ पोखेर भावको मसी l
बाबुराम गौतम, गुल्मी … १, आयो भन्दै तिज गीत गाए कलाकारले रोपेर विकृतिको बीज ।
चन्द्रकली राना मगर, नौबहिनी -३, प्युठान … १, सपना सुन्दर सबै निन्द्रसँगै सबै मेटियो विपना बेहाल कठै ! २, उ मौन बस्छ शब्दहरूले ऐॅंठन पार्दै मेरो गला कस्छ। ३, कुराहरू सङ्लो छैन विश्वास नगर्नु कसरी उनी पराई हैन।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ … १, मुटुको घाउ देखिन्न याद गर हत्केलाले कहिल्यै सूर्यलाई छेकिन्न । २, मनभरि पीडाको झोला थाहा छैन जिन्दगी कहाँ अन्त्य होला । ३, मनको मैलो फाल्न न सकेँ सिलाउन न सकेँ टाल्न।
ललिता गिरी सिन्धुली (हाल काठमाडौं नेपाल) … १, काक्रोले गर्मी भगाउँछ पानीको मात्रा पुराई, ग्यास्टिकलाई रोक लगाउँछ । २, स्वास्थ्य स्वस्थ बन्छ काक्रो खाँदा जहिल्यै , रक्तचाप ठिक रहन्छ । ३, शरीर निरोगी बनाऔॅं धेरै फाइदा पाइने, काक्रो सधैंभरि खाऔॅं ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, आयो तिजको लहर भोक भोकै व्रत बस्दै रमाइलो दार्जिलिङ सहर । २, आयो तिज पर्व माइती जाने लहर सबैले गरौं गर्व ।
प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ … १, समाजको जन्जिर तोडेर एक बनौं हामी प्रेमिल हृदय जोडेर । २, दुनियाँ संसार भुलेर मिठो सुवास छरौँ फूलझैँ सुन्दर फुलेर। ३, बनोस् प्रेम गीत चोखो माया गर्नेको सदैव हुन्छ जीत ।
रुना कर्माचार्य दाहाल, चितवन … १, गौरा पर्व आयो आम नेपालीको माजमा , सधैँ खुसीले छायो । २, गौरामा खुसी हर्ष खेल्न बोल्न पाउँदा, सकियो अन्तिम निष्कर्ष ।
श्रीकृष्ण धामी – बझाङ … १, राष्ट्र पहिचान हाम्रो हामी सबै मिलेर बनाउँ देश राम्रो । २, हुन् संस्कृति कृति कदापि भित्रनु हुन्न हस्तक्षेपी ती प्रवृति । ३, देखासिकी गर्न छोडौँ समाज विकास गर्न अन्धविश्वासका पर्खाल तोडौँ ।
जयनारायण नेपाल, इलाम, (हाल सूर्य विनायक -२, बालकोट ,भक्तपुर) … १, हातमा छ मोबाइल भएन झिल्का राम्रो नखुल्दा स्मरणको फाइल । २, आज झिल्का जुरेन समय धेरै बित्यो शब्दहरू फुर्दै फुरेन । ३, लिखत पक्का हुन्छ भावनामा विकार आए कानुनले पनि छुन्छ ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, पञ्च बिरुडा भिजाई पञ्चदेवलाई साक्षी राखी पुजिन्छ गौरा देवीलाई । २, दुलही जस्तै बजाउँदा मन शान्त हुन्छ गोर्या कथा सुनाउँदा । ३, गौरालाई शिरमा राखेर उपासिका लोरी गाउँदै रमाइलो गर्छन् नाचेर ।
नन्दा धामी, नौगाड दार्चुला … १, महान् हुन् ईश अब कसले पत्याउने नसुनाऊ उठ्छ रिस ।
सुरेश कार्की … १, तिजको दर पाक्दैन अब त घरघरमा नाचेर चेली थाक्दैन । २, तिज आयो रम्मझम लाग्न थाल्यो अचम्म सबै चेली छमछम ।
इन्दिरा देवकोटा, कपिलवस्तु न पा ३ … १, धन मात्र सॅंगाल्छ लोभले सत्य देख्दैन , असन्तोषी जीवन अँगाल्छ । २, दुवैतिर उनी ठिक्क फाइदा लिन्छिन् धेरैसँग , सोझा पर्छन् दिक्क। ३, शरीर बुढो होला सम्पत्ति बोझ लागेर , मानवीय भावनाले छोला।
सुस्मिता अधिकारी, काठमाडौँ … १, ढुङ्गोमा जीवन देख्नेहरू रक्ताम्य छन् आजकल दु:खका कथा लेख्नेहरू ! २, अनेकौँ थरी थालमा आश्वासनका छन् परिकार जनता नेताको जालमा !
वसन्त अनुभव, घोराही, दाङ … १, आमाको हातको ढकनी माली गाईको घ्यू खानलाई बिदा मगनी । २, जीवन अर्कैको हातमा दासत्व अन्त्य भएन विभेद लिङ्ग साथमा ।
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, हाँसौँ, खेलौँ, रमाऔॅं वर्ष दिनको तिजमा आफ्नै संस्कृति समाऔॅं । २, विसङ्गति, विकृति हटाई खानुपर्छ तिजैको दर आफ्नै संस्कृति जोगाई ।
झिल्का लेखन अभियानको २५ औँ शृङ्खला (गुरुपूर्णिमा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————— १) बाआमा पहिलो गुरु घर मेरो पाठशाला गर्नलाई सिकाइ सुरु । २) गराएर ज्ञानको पान सत्मार्गमा हिँड्न सिकाए राख्दै सबैको मान । ✍️ वसन्त अनुभव, घोराही, दाङ —————<•>————— १) पृथ्वी नै गुरु सबैले हेर्नुहोला मलाई गर सबैले सुरु । २) कबाट कविता सुरु संसारमा सबैभन्दा पहिले ज्ञान नै गुरु । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— गुरु हाम्रा मार्गदर्शक सम्मान गराैँ ज्ञानकाे नदुखाऊँ मन भरसक। ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी, धादिङ —————<•>————— १) पृथ्वी बाआमा गुरु सन्सार बिचित्र रहेछ बल्ल बुझेँ सुरु । २) बाआमा पहिलो गुरु स्कूल दोश्रो चरण बोलिचाली कखरा सुरु । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ —————<•>————— १) गुरुको चरण परौँ श्रद्धा अनि भक्तिसँगै सबैले आत्मचिन्तन गरौँ । २) गुरुलाई सम्झी मनमा राखी आदरसत्कारको भावना छरौँ शिष्य जनमा । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। —————<•>————— गुरु मिले गुरुवर मिल्यो अनमोल विद्या नहुने कुनै तौल । ✍️ नागेन्द्रप्रसाद यादव —————<•>————— १) मान्नुपर्छ गुरुका कुरा भइन्छ असल व्यक्ति हुँदैन नत्र पूरा । २) गुरु नभए निस्सार छैन जगतमा केही सिकाउने ठूलो चमत्कार ! ✍️ सुनगाभा पोखरेल हाल: नेपालगन्ज —————<•>————— १) सत्मार्गमा डोराउने गुरु ज्ञानको ज्योति छरेर जिन्दगी बनायो सुरु । २) आमाबा हुन् भगवान् सुन्दर संसार देखाउने प्रथम शिक्षक महान् । ३) फैलाई ज्ञानको ज्योति हाम्रो भाग्यरेखा चम्काउने गुरु हुन् हिरामोती । ✍️ वेल थोकर —————<•>————— १) उज्यालाे दिने गुरु लाग्नुपर्छ हामी सबै सम्मान गर्न सुरु । २) खाेलेर तेस्राे आँखा सम्पूर्ण ज्ञान पाएपछि मिल्दछ जीवनकाे भाखा । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची —————<•>————— तिमी सबैका पथप्रदर्शक ज्ञानका विपुल भण्डार हामी सबैका मार्गदर्शक । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । —————<•>————— १) ज्ञानमा लगाएको ताला बाआमा, गुरु भागिदार घर पहिलो पाठशाला । २) गुरु हुन महान् जो जहाँ पुगोस् उनै हाम्रा भगवान् ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —————<•>————— उत्तम शिक्षा गुरुको मनमा लिनुपर्छ सधैँ अन्तिम बिच सुरुको । ✍️ भुपेन्द्र राना मगर धादिङ —————<•>————— १) सन्सारमा तिनै सज्जन रित्तिएको मगजमा प्लास्टर मजबुत बनाउँछन् बन्धन । २) मान्नैपर्ने विश्वभरि महान् सुमार्ग देखाउने अनवरत निस्वार्थी अनि ज्ञानवान् । ३) निष्ठावान् विचारका धनवान् गुरुहरू ज्ञानका भकारी ईश्वर गुरु भगवान् । ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————— १) नमो नम शिवाय माता पिता प्रणाम जय गुरु ईश्वराय ! २) गुरु ढोगे चरण गर्छु कोटी प्रणाम साथ सधैँ शरण ! ३) वाणी श्रुति मधुर देवाधि देव गुरु धन्य ज्ञानी हजुर ! ✍️ पुष्कर अथक रेग्मी, पाल्पा —————<•>————— १) जीवनको ज्याेति गुरु स्कुलबाट हुन्छ पहिले गुरुबाट पढाइ सुरु । २) शिक्षामा उत्कृष्ट बनाई याद हुन्छ सधैँ गुरुजीकाे अमूल्य भनाइ । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————— १) नयाँ यात्रा सुरु आमाबुबा पछिको सधैँ बाटो देखाउने गुरु । २) शिक्षाको ज्योति बाल्दै जीवन सहज बनाउने कुविचारको भावलाई ढाल्दै । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौं —————<•>————— सत्मार्गको दिर्घ बाटो पहिल्याई दिने गुरु मेटाउदै कुमार्गको टाटो । ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल —————<•>————— १) मातापिता प्रथम गुरु सिकाए अनेक व्यवहार शिशु शिक्षा खुरुखुरु । २) प्रणाम गुरुको चरणमा अन्धविश्वास हटाइदेऊ न आएँ हजुरको शरणमा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————— जीवन मार्गका सुरु सदा अन्धकार चिर्ने महान् हुन् गुरु ! ✍️ आर्त अकुलीन —————<•>————— ज्ञानदाता गुरुलाई सम्मान मातापिता प्रथम गुरु हाम्रालागि सदा महान ! ✍️ इमान सिंह के.सि. व्यास ९ धनुवेसी कलेस्ति तनहुँ —————<•>————— १) ज्ञान दिनुहुन्छ गुरु कोटिकाेटी नमन छ भनेको मान्छौँ खुरुखुरु । २) गुरु विश्वासको पात्र धेरै खुसी हुन्छन् दिँदा आभार मात्र । ३) भविष्यको निर्माणमा साथ राम्रोसँग आशिर्वाद दिन्छन् निर्धक्क चुमेर माथ । ✍️ पृथक प्रकृति ,झापा —————<•>————— १) गरौँ वन्दना सुरु बा आमा हुन् हाम्रा प्रथम गुरु । २) गुरुबाट पाईन्छ ज्ञान नम्र जिज्ञासु बनी पढ्नु लगाएर ध्यान । ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत। —————<•>————— माता पहिला गुरु जीवनको पहिलो पाठशाला जीवन हुन्छ सुरु । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————— १) मिल्छ गुरुबाट ज्ञान एकचित्त भएर सबैले गराैँ हरपल ध्यान । २) दुःख हरण गर्ने गुरु माता पिता ज्ञानकाे ज्योति छर्ने । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट —————<•>————— १) गुरुको चरण परौँ सबैजना सक्षम बनेर देशको विकास गरौँ । २) गुरुलाई भगवान मानौँ गर्न हुँदैन हेला पिता सम्मान ठानौँ । ✍️ काजल न्यौपाने भोजपुर। —————<•>————— १) अँध्यारोमा प्रकाश छर्ने गुरु टुकी हुन् शिष्यमा ज्ञान भर्ने । २) गुरुको आज्ञा मानौँ माने गुरुको आज्ञा पुगिन्छ माथि जानौँ । ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ —————<•>————— १) जीवनमा खाँचो गुरु हुन् बाटो देखाउने अन्त्यमा अथवा सुरु । २) मान्न आवश्यक एक देवता जस्तै पुजिने प्रयोग गरेमा विवेक । ३) गुरु कठिन बन्न गर्नुपर्छ श्रम धेरै सजिलो छ भन्न । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ । —————<•>————— १) गुरुलाई सम्मान गरौँ श्रद्धा र भक्तिभावले सधैँ चरणमा परौँ । २) शिक्षाको ज्योति छर्ने माता पिता गुरुलाई नगरौँ अपमान गर्ने । ✍️ कला ढकाल, झापा —————<•>————— १) कखरा सिकाइ सुरु पाठशाला मेरो घर बाआमा हुन् गुरु । २) गुरूको चरण परौँ माता पिता गुरुलाई सधैँ सम्मान गरौँ । ✍️ प्रविना प्रयासी, ओखलढुंगा —————<•>————— १) बाआमाले ज्ञान दिएको अरूको राम्रो गर्नु त्यही संस्कार लिएको । २) पहिलो पाठशाला घर सिकाइ सुरु गर्न बाआमाको हुन्छ भर ! ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई —————<•>————— १) हुन्छन् गुरु उदाहरणीय दिई शिक्षा दीक्षा लाखौँ शिष्यका पूजनीय । २) शिष्य संस्कारी उद्यमी हेर्न चाहन्छन् गुरुजन लगनशील सदा परिश्रमी । ✍️ मनोहरी पौडेल गैडाकोट १ —————<•>————— १) आमाले दिएको ज्ञान भन्दा ठूलो अरू हुँदैन केही जान । २) हात समाई लेखाउने सधैँ सत्मार्गको बाटो बाआमा हुन् देखाउने । ३) आमा घरको गुरु घर पहिलो पाठशाला यहीँबाट सिकाइ सुरु । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल —————<•>————— १) गुरु ज्ञानको भण्डार लिए शिक्षा दीक्षा हुन्छ उज्ज्वल संसार । २) गरौँ सम्मान गुरुको नभुलौँ असल कर्म यही संस्कार सुरुको । ३) राखौँ भावना उच्च मानव जुनी सर्वश्रेष्ठ नगरौँ व्यवहार तुच्छ । ✍️ शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर । —————<•>————— १) गुरुकाे सम्मान गराैँ बाबु आमा नचिढाउँ स्वर्गकाे आसमा मराैँ । २) गुरुकै दिव्य ज्ञानले हामी सम्मानित हुनेछाैँ रमाउछाैँ सभ्य ज्यानले । ✍️ हिरालाल न्याैपाने बानपा ८,काेटमाैला, सल्यान —————<•>————— १) गुरु हुन् शान गर्नुपर्छ हामी सबैले भगवान् गुरुहरूको सम्मान ! २) असल नाम कमाऔँ गुरुहरूको सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाऔँ । ✍️ अनिता भण्डारी, ताप्लेजुङ —————<•>————— १) गुरुप्रतिको श्रद्धा जगाऔँ दिएर उच्च सम्मान अज्ञानता भुवनबाट भगाऔँ । २) बाेकौँ सबैले चाहना राखेर दिलमा गुरुहरूलाई दिउँ खुलेर शुभकामना ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— १) मार्गदर्शक गुरु मेरा मातापिता समेत ती गाउँघर र छिमेकका । २) गर्छन् अक्षराङ्क सिकाउने राम्रो लेख्न लगाई हात थामी डोर्याउने । ✍️ रसज्ञ छहरा —————<•>————— गुरु हाम्रा महान धर्तीको पहिलो पाठ गरौँ हामी सम्मान । ✍️ बिरेन्द्र कुमार चौधरी इटहरी, सुनसरी —————<•>————— १) जन्मदिने हाम्रा बाआमा साक्षात् दिव्य स्वरुप देखिन्छन् कृष्ण राधामा ! २) तपस्याकाे बरदान गुरु प्रतिक्षाकाे फल फलाउने प्रतिफल दिन सुरु । ✍️ ईश्वर साउद (भिक्षु) रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————— १) त्यतिकै मिल्दैन ज्ञान गुरुविनाको चेलामा अपूर्ण ज्ञान रहन्छ जान । २) हरेकले गुरुलाई मान बिनासिकाई र बुझाई पाइदैन कतै ज्ञान । ✍️ शंकर कार्की,मकवानपुर —————<•>————— १) गुरुकै भरमा परेर सफलताको शिखर चुमेकाे शिक्षाको सन्देश छरेर । २) आमाबाबु पहिलो गुरु असल बाटो देखाउन उनीहरूले गरे सुरु । ३) श्रद्धाले शिर झुकाई गुरुकाे सम्मान गरौँ ज्ञानको भण्डार फुकाई । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । —————<•>————— १) शून्यबाट गर्छन् सुरु साक्षात् भगवान् हुन् आमाबाबु अनि गुरु ! २) गुरु हुन् तरु श्रद्धा गरौँ सदैव दिनु पर्दैन अरू ! ✍️ बाबुराम गौतम, गुल्मी —————<•>————— अप्ठ्यारो छ गुरुलाई चौतर्फी गुरु हुँदा सम्झाउनै सकिन्न चुरुफुरुलाई । ✍️ देवी पन्थी —————<•>————— जीवनको सार बताएर खुसी रहन्छन् गुरुवर्ग शिष्यलाई बाटो देखाएर। ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————— १) आमाबाबा नै हुन् जीवनको पहिलो गुरु बिर्सनु हुँदैन गुन । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— १) भगवान सरह गुरु अपमान गरे सधैँ रुनुपर्ला बसी धुरुधुरु । २ छर्छन् शिक्षाको दीप आफू सरह बनाउन सिकाउँछन् अनेक सीप । ३) गुरुले भनेको मानेर अगाडी बढौँ सबै भगवान् बराबर ठानेर । ✍ अमृत कोइराला पोखरा -१८,चंखपुर —————<•>————— १) चेलाहरूमा ज्ञान भरेर गुरु तिमी महान भित्री दीप छरेर। २) हाम्रा गुरु महान संसारै उज्यालो फिजाई बढाउछन् विद्यार्थीको सान । ३) आजैदेखि गरौँ सुरु सत्यको मार्ग चल्न राखी साथमा गुरु । ✍️ शशी आचार्य —————<•>————— १) गुरुले सबैलाई हेर्छन् विद्यालयमा शिक्षा दिएर नजान्ने विद्यार्थीलाई केर्छन् । २) गुरुले विद्या दिए सबैका आँखा खाेलेर पढाएर के लिए ? ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————– १; उज्यालो भविष्यको सुरु संसार देखाउने हामीलाई महान् हुन् गुरु । २; ज्ञानका खानी गुरु भगवान रुपी बुबाआमा उनै अन्तिम सुरु । ✍️ मन्जु बोहरा, बझाङ —————<•>————— १) पहिलो पाठशाला सुरु घरबाटै हुन्छ सबैको बाबाआमा हुन् गुरू ! २) क्याम्पस वा स्कुलको सम्मान सत्कार गरौँ शिक्षाको दिव्य मूलको ! ✍️ साबित्री प्याकुरेल, धादिङ्ग। —————<•>————— १) गुरु साच्चै महान् ज्ञानको ज्योति भर्ने हाम्रो लागि भगवान् ! २) गुरु हजुर दीप जीवन अर्पेर दिन्छौँ ज्ञान र सीप ! ✍️ बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु —————<•>————— १) पहिलो गुरु बाआमा बिर्सनु हुँदैन कहिले पूजा गर्नु रामा । २) गुरु हुन् महान् अज्ञानीलाई ज्ञान दिने बाआमा गुरु भगवान् । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा —————<•>————— १) गुरु हुन्छ ठोक्कर शिक्षा लिनु होला नबन्नु सधैँको बेघर । २) आमा पहिलो गुरु सबै काम हुन्छ आमाबाट नै सुरु । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— १) गुरुको महिमा अपार बुझेर उहाँको आदर्श आफ्नो जिन्दगी सपार । २) अन्धकारलाई दियौ ज्योति यो अज्ञानीको मस्तिष्कमा सुम्पियौ अमूल्य मोती । ✍️ पुरुषोत्तम फुयाल खोटाङ —————<•>————— १) गुरु नै सहयोगी उनै हुन् भर दिन्छन् शिक्षा जीवनोपयोगी । २) गुरुलाई संसार मान्नू यिनै हुन् उपदेशक यिनकै भनाइ मान्नु । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ —————<•>————— १) गुरु हुन् ज्ञानदाता सबले सम्मान गरौँ अटुट हाम्रो नाता ! ✍️ सरिता सेढाई, धादिङ —————<•>————— १) भविष्य सुन्दर लेखाउने गुरु हुन् सबैलाई असल मार्ग देखाउने । २) पूर्णिमाको हार्दिक शुभकामना गुरुप्रति छ आदरसम्मान रहिरहोस् यही भावना ! ३) जथाभावी सकिन्न छाउन असक्षम सरस्वती माता गुरुको महिमा गाउन । ✍️ सरस्वती श्रेष्ठ, इटहरी —————<•>————— १) आज्ञानुगामी रहोस् मनोभावना दिनानुदिन शैक्षिक प्रगतिको सम्पूर्णमा हार्दिक शुभकामना । २) दिनहरू बितिरहुन् मङ्गलमय गुरुपूर्णिमाको छ शुभकामना गुरुशिष्यको होओस् जयजय । ✍️ गुणनिधि घिमिरे अमेरिका —————<•>————— १) गुरु ज्ञानका खानी सम्मान गर्न उनको त्यागौँ नराम्रा बानी । २) दोस्रो भगवान् गुरु गरेमा अपमान उनको पछुताइ रुनुपर्छ धुरुधुरु । ३) ज्ञानको ज्योति छर्ने गुरु हुन् महान् अभरमा सहयोग गर्ने । ४) देखाऔँ सधैँ सदाचार मातापिता अनि गुरुलाई नगरौँ अभद्र व्यवहार । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————— १) संस्कार दिने माता शिक्षा दिने गुरु ज्ञानका हुन् दाता । २) उज्यालो पूर्णिमाको रात बन्छ मानिस विद्वान पाएमा गुरुको साथ । ✍️ अम्बिका गिरी, विराटनगर —————<•>————— बाआमा हुन् मार्गदर्शक संस्कार गुरुको शिक्षा नभुल्नू है भरसक । ✍️ बेदु न्यौपाने —————<•>————— १) दत्तात्रयका चाैबिस गुरु पहिलो शिक्षक आमा घरपरिवारबाट हुन्छ सुरु । २) गुरुचरणमा राखे शिर आनन्दले हर्षित भई छैन मलाई पीर । ३) गुरुवर ज्ञानको ज्याेति छर्ने समाजमा निरन्तर जानेर सँगाल्नु माेती । ४) गुरु ज्ञानकाे भकारी मज्जाले ज्ञान बटुल्नू आदेश सबै सकारी । ✍️ प्रद्युम्न चालिसे —————<•>————— जसले गर्छ सुरु ज्ञान र शिक्षाको जानेमा सबका गुरु । ✍️ प्रेम थापा “मन” बागलुङ —————<•>————— १) गुरुदक्षिणा भनी जानौँ सधैँभरि आज्ञाकारी भई दिएको दीक्षा मानौँ । २) बिना गुरुको ज्ञान कहाँ मिल्छ र एकाग्रता नभई ध्यान । ३) शिष्यमा अनुशासन सुरु संस्कारले मान्छन् जहिले आमाबुबा अनि गुरु ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— १) गर्छिन् काम खुरुखुरु देखाउँछिन् सही बाटो आमा पहिलो गुरु ! २) नयनको फूल बनाउन मार्गदर्शन दिनुहुन्छ गुरु चेलालाई उच्चमा पुर्याउन । ३) गुरुको आसिक लिएर हामी अघि बढेमा जानुपर्दैन व्यर्थै खिएर । ✍️ सीमा कार्की समर्पण । मेलचोक पर्सा —————<•>————— गुरुप्रति श्रद्धा जगाऔँ लिएर दिव्य ज्ञान अचेतना सदैव भगाऔँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा —————<•>————— १) अक्षर ज्ञानको सुरु उज्यालोको पहिलो किरण हाम्रा सबै गुरु । २) असल सोच भरौँ नडुबाउँ आँसुमा कसैलाई गुरुको सम्मान गरौँ । ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ। —————<•>————— गुरु ज्ञानको सागर ज्ञान बुद्धि बढ्छ उहाँहरुलाई गर्दा आदर ! ✍️ दीपा समभाव खोटाङ्ग —————<•>————— १) बिहानीको प्रफुल्ल रवि सबै गुरुको शरणमा बन्छ ठूलो छवि । २) ज्ञानगुनका हुन् खानी बाँड्दै हिँड्ने धरामा सबै आफ्नै मानी । ३) ज्ञानको ज्योति छर्ने फलामको चिउरा चपाउँदै ज्ञानका कुरा भर्ने । ✍️ धनुष न्यौपाने” यात्री” जुम्ला —————<•>————— गरौँ गुरुको मान वेदव्यासको सम्झना गर्दै लिउँ सकेको ज्ञान । ✍️ सन्तु खत्री —————<•>————— १) गुरुकाे उपदेश मान्दा जीवन सफल बन्छ आफ्नो कर्तव्य जान्दा । २) हुन् ईश्वर भगवान् आमाबाबा प्रथम गुरु हाम्रा लागि महान् ! ✍️ दुर्गा भट्टराई मोरङ —————<•>————— १) पाठशालामा सिकाइ सुरु सत्यको बाटोतिर लम्क बाआमा भगवान् गुरु ! २) पुगोस् हरेक चाहना रहनू सदा खुसी गुरुपूर्णिमाकाे हार्दिक शुभकामना । ✍️ श्रीकृष्ण धामी – बझाङ —————<•>————— १) गर्नुहुन्न कदापि अपमान सत्मार्ग देखाउने गुरुको सम्मान गर्नुपर्छ जान । २) आजैदेखि गरौँ सुरु भविष्य निर्माणको लागि चाहिन्छ हामीलाई गुरु । ३) गुरु हाम्रो ईश कुरा बुझ्यो भने भाग्य विधाता जगदीश । ✍️ दीप गोले तामाङ रौतहट —————<•>————— गुरु विनाको चेला असल ज्ञानी भए किन गर्नु हेला ? ✍️ दिल ठकुरी —————<•>————— १) गुरुलाई गर्छौँ मान शिक्षादीक्षा दिनेको हामीले बढाउँछौँ सधैँ शान । २) हिन्दु धर्म ग्रन्थमा ज्ञान दिने गुरुलाई भगवान्को छ उपमा। ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। —————<•>————— १) गुरुपूर्णिमा पवित्र दिन सम्मान गरी तिर्नुपर्छ गुरुको अथाह रिन ! २) गरौँ गुरुको श्रध्दाभक्ति आदर गर्न सिकौँ निष्ठा हो शक्ति ! ३) बाबुुआमा पहिलो गुरु घर पहिलो पाठशाला घरबाटै शिक्षा सुरु । ✍️ जयनारायण नेपाल सूर्यविनायक २, बालकोट ,भक्तपुर । —————<•>————— १) नगर्नू कसैले अपमान अक्षर चिनाउने गुरुको गर्नुपर्छ सधैँ गुणगान । २) विश्वासपूर्ण रहोस् नाता मार्गदर्शन गर्ने गुरु हुनुहुन्छ ज्ञानका दाता । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही —————<•>————— पुजौँ सबले गुरु चित्त नदुखाउँ उनको जिन्दगी बन्छ सुरु ! ✍️ धनमाया चौधरी, कैलाली —————<•>————— कहानी छन् लामा जिन्दगीको पहिलो गुरु नमन छ बाबाआमा ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । —————<•>————— हिम्मत दिने तिमी जतिसुकै देऊ गुरु हामी उर्वर जिमी ! ✍️ लक्ष्मी रिजाल कञ्चनरूप १२, रूपनगर, सप्तरी । —————<•>————— गुरुकै उपदेशमा लहरी सत्ज्ञानमा रमाउँदै हामी सिउरिन्छौँ माथमा पगरी ! ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा —————<•>————— पाठकाे सिकाइ सुरु पहिलो पाठशाला घर बाआमा भगवान् गुरु ! ✍️ श्रीकृष्ण धामी -बझाङ —————<•>————— गुरुकाे महिमा बुझेर मनाऔँं गुरुपूर्णिमा पर्व उनैलाई भगवानझैँ पुजेर । ✍️ भवानी पाेखरेल (बाबू विराज) कपिलवस्तु —————<•>————— ज्ञान दिने गुरु घर पहिलो पाठशाला सिकाइ यहीँबाट सुरु । ✍️ अर्जुन चौलागाईं —————<•>————— गुरुलाई गर्नुपर्छ मान साक्षात् भगवान् हुन् भित्री हृदयदेखि जान ! ✍️ सतिश पण्डित —————<•>————— गुरुको महिमा बुझेर गुरुपूर्णिमा मनाऔँ सबैले स्मृति गङ्गामा डुबेर । ✍️ दीप गोले —————<•>————— गुरुलाई सदैव मान्नुपर्छ संस्कार सिकेर हामीले असल कर्महरू जान्नुपर्छ । ✍️ सञ्जना शर्मा —————<•>————— १) ज्ञानको नयन गुरु सबैले राखौँ मनमा गरौँ प्रचार सुरु । २) ज्ञान दिने गुरु मनको कुरा बुझ्ने अज्ञानको अन्त सुरु । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————— गुरुको आशिक लिएर हामी अघि बढेमा जानुपर्दैन हेर खिएर ! ✍️ सीमा कार्की समर्पण —————<•>————— गुरु हुन् ईश उचित शिक्षा नपाए धूर्त बन्छ मानिस l ✍️ बाबुराम गौतम —————<•>————— १) गुरुलाई सम्मान गरौँ उनलाई भगवान् सम्झेर ज्ञानको झोली भरौँ । २) उज्यालो दिन सुरु आफू जलेर अरूलाई शिक्षा दिने गुरु । ✍️ कला ढकाल झापा —————<•>————— १) गरौँ ज्ञानका कुरा सबैलाई शिक्षा देनु नछाड्नू काम अधुरा । २) तलबको भन्दा माया शिक्षाको हुन्छ शिक्षकलाई सबैमा परोस् छाया । ३) नमन् सबै गुरु सबैभन्दा पहिला भयो आमाबाटै शिक्षा सुरु ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————— गुरुले भनेको मान्नुपर्छ अन्यथा बुझ्नुभयो नि मिसन चौरासी धान्नुपर्छ । ✍️ सुरेश कार्की —————<•>————— असल नाम कमाऔँ गुरुहरूको सम्मान गर्दै गुरुपूर्णिमा पर्व मनाऔँ । ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————— जय गुरु देव: जय जय महेश्वरा: जय सरस्वती सत्यमेव: । ✍️ मनोहरी पौडेल —————<•>————— १) गुरुको चरण परेर असल मान्छे बनौँ राम्रो काम गरेर । २) गुरुको भर परौँ गुरुलाई सम्मान गर्दै जीवनमा रङ भरौँ । ✍️ काजल न्यौपाने भोजपुर। —————<•>————— ज्ञानका ज्योति गुरु नदेखेकाे ठाउँमा पुराउछन् पुज्न गराैँ सुरु । ✍️ भिक्षु ईश्वर अछाम —————<•>————— आमाबाबा नै हुन् जीवनको पहिलो गुरु बिर्सनु हुँदैन गुन । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————— गुरु देवतासरी हाम्रो सधैँभरि ज्ञान दिने सिकाउने शिष्यलाई राम्रो । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । —————<•>————— १) गरौँ वन्दना सुरु बा आमा हुन् हाम्रा प्रथम गुरु । २) गुरुबाट पाइन्छ ज्ञान नम्र जिज्ञाशु बनी पढ्नु लगाएर ध्यान । ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत। —————<•>————— १) पहिलो चरण गरौँ आमाबुबा अनि गुरुमा नमनले ज्ञान भरौँ । २) ज्ञान आशिस लिएर अगाडि बढौँ सधैँ गुरु सम्मान दिएर ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————— १) गुरु ज्ञानको भण्डार लिए शिक्षादीक्षा पक्कै हुन्छ उज्वल संसार । २) गरौँ सम्मान गुरुको नभुलौँ असल कर्म यही संस्कार सुरुको । ३) राखौँ भावना उच्च मानव जुनी सर्वश्रेष्ठ नगरौँ व्यवहार तुच्छ । ✍️ शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर । —————<•>—————- १) भएपछि सृष्टिको सुरु यहाँ समयसित सँगसँगै बाटो देखाइदिने गुरु । २) गुरुको स्थान कहाँ ? हेर रातमा आकाश नक्षत्र चम्किछ जहाँ ! ३) गुरुलाई सम्मान गरौँ जति बाँड्यो घट्दैन जताततै ज्ञान छरौँ । ✍️ पशपती राई, खोटाङ । —————<•>————— ज्ञान बाड्ने गुरु कबाट पढ्दै गर्दा जीवन हुन्छ सुरु ! ✍️ रवि पौडेल —————<•>————— ज्ञानका खानी गुरु अक्षर आरम्भमा आमाबाट चेतना आउन सुरु ! ✍️ भगवती दवाडी —————<•>————— १) ज्ञान दिने गुरु घर पहिलो पाठशाला ज्ञान सिक्यौँ खुरुखुरु । २) जसले गर्छ सम्मान बढ्छ ज्ञान उसैको गुरुको बढ्छ सान ! ३) पुजौँ सबैले गुरु चित्त नदुखाउँ उनैको जिन्दगी बन्छ सुरु । ✍️