• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का कविता

झिल्का लेखन अभियानको प्रथम शृङ्खला सम्पन्न

  • ५ फाल्गुन २०८०, शनिबार ०७:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको प्रथम शृङ्खला गत फागुन २ गते सम्पन्न भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
    झिल्का कविता लेखन अभियानमा अन्य अभ्यास शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली भाषा, संस्कृतिका विभिन्न विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको प्रथम शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    १)
    ज्ञानगुनका कुरा पढेर
    अन्धकार चिर्न सकूँ
    शिक्षाको ज्योति छरेर !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    २)
    सरस्वती विद्याकी दाता
    आज विशेष दिन
    पढाइको खोलौँ खाता !
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    ३)
    सरस्वती विद्याकी खानी
    गरौँ पुजा आराधना
    पढ्ने बसालौँ बानी !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ १८
    ~<•>~
    ४)
    पूरा होओस् चाहना
    वसन्त पञ्चमीको हजुर
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    ५)
    शिरमा रहेमा हात
    पुग्छ मनका कुरा
    हुँदैन जीवनमा आघात !
    ✍️ सीमा कार्की समर्पण
    ~<•>~
    ६)
    सरस्वतीकाे गरौँ पूजा
    ज्ञानकाे भण्डार मिल्छ
    हुँदैन जीवन धुजा !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ~<•>~
    ७)
    ज्ञानको ज्योति छर्नू
    देवी सरस्वती माता
    सबैको रक्षा गर्नू !
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ~<•>~
    ८)
    विद्याकी हुन् खानी
    सरस्वती सबकी माता
    पढ्नमा लगाऔँ बानी !
    ✍️ वि.वि.याक्खा
    ~<•>~
    ९)
    माताको मिलोस् वरदान
    पावन वसन्त पञ्चमीमा
    सकल पुस्तकको ज्ञान !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    १०)
    विद्या सरस्वती भारती
    भक्ति नित्य अध्ययन
    वेदका ऋचा आरती !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    ११)
    विद्याकी सागर सरस्वती
    भ्रष्टाचारीलाई बुद्धि देऊ
    कम्तीमा सुध्रिउन् अलिकति !
    ✍️ अनन्त अर्याल
    ~<•>~
    १२)
    तिम्रा रूप अनेक
    हे सरस्वती माता !
    देऊ बुद्धि हरेक l
    ✍️ बाबुराम गौतम
    गुल्मी
    ~<•>~
    १३)
    विद्याकी खानी माता
    अज्ञानीलाई ज्ञान देऊ
    हे सरस्वती विद्यादाता !
    ✍️ सरिता सेढाई
    धादिङ
    ~<•>~
    १४)
    सबको कल्याण गर्नू
    ज्ञानको ज्योति बाली
    अज्ञानता हाम्रो हर्नू !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    १५)
    कृपा रहाेस् माताकाे
    दाहिना बनून् सरस्वती
    सङ्ख्या बढाेस् ज्ञाताकाे !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    १६)
    शिक्षाको ज्योति छरेर
    ज्ञानको भण्डार भरूँ
    तिम्रो पूजाअर्चना गरेर !
    ✍️ बेदु न्यौपाने🇳🇵
    ~<•>~
    १७)
    सरस्वती विद्याकी खानी
    पुजा गरौँ सबैले
    एकअर्कामा बनेर ज्ञानी !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    १८)
    ज्ञानकी माता रानी
    सबैलाई दिन्छिन् बुद्धि
    बनाउँछिन् सबैलाई ज्ञानी !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ~<•>~
    १९)
    सरस्वती विद्याकी खानी
    ज्ञानको ज्योति छरेर
    सुबिचारको परोस् बानी ।
    ✍️ दीपा तिम्सना पौडेल
    ईलाम
    ~<•>~
    २०)
    दिएर ज्ञान बुद्धि
    कायम रहोस् कामना
    हुनेछ पक्कै समृद्धि !
    ✍️ पृथक प्रकृति
    झापा
    ~<•>~
    २१)
    सरस्वतीको पुजा गरेर
    सत्बुद्धि सबैको आओस्
    ज्ञानको भण्डार भरेर !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    २२)
    ज्ञानको कुरा सिकेर
    पुज्छौ माता सरस्वती
    हामी सबै मिलेर !
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    २३)
    विद्याकी देवी पाएर
    लिन्छौ असल शिक्षा
    ज्ञानमा सधैँ रमाएर !
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड
    ~<•>~
    २४)
    धेरै छन् हरामी
    तिमीबाट ज्ञान पाउॅंदा
    बन्छन् है दामी !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    २५)
    सरस्वतीको गरौँ आराधना
    विद्याकी खानी हुन्
    सबैलाई छ शुभकामना !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    २६)
    जय सरस्वती माता
    अपार विद्याकी खानी
    हुन् हाम्री भाग्यविधाता !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    २७)
    सरस्वती ज्ञानकी खानी
    अक्षर आरम्भ गरेमा
    बन्छन् शिक्षित नानी !
    ✍️ भगवती दवाडी
    झापा
    ~<•>~
    २८)
    मस्तिष्कमा ज्ञान भरिदेऊ
    मूर्ख बन्दैछन् मानव
    सरस्वती उद्धार गरिदेऊ !
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    २९)
    विद्याकी देवी सरस्वती
    सत्बुद्धि मिल्दछ जब
    पुजारी बन्ने सम्मति ।
    ✍️ म्यामराज राई
    भोजपुर
    ~<•>~
    ३०)
    जय सरस्वती माता
    ज्ञान, कला, सङ्गीतकी
    अलौकिक प्रतिभाकी अधिष्ठाता।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ, भारत।
    ~<•>~
    ३१)
    हे सरस्वती माता
    कसैलाई भेदभाव नगरी
    दिने ज्ञान विधाता !
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ~<•>~
    ३२)
    अज्ञानतामा केही लेखेँ
    जसले घोक्दछ किताब
    उसैमा सरस्वती देखेँ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~<•>~
    ३३)
    माता शारदेश्वरी सरस्वती
    पुष्प अर्पदै चरणमा
    गाउँछु पूजामा आरती !
    ✍️ दिल ठकुरी
    (टिस्टा भेल्ली)
    ~<•>~
    ३४)
    सरस्वतीको प्रार्थना गरेको
    रक्षा गर्नु भनेर
    उनकै भरमा परेको !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ~<•>~
    ३५)
    साहसशिल हृदयमा भरिदेऊ
    हे हंसवाहिनी माता
    जीवन तपोमय गरिदेऊ !
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ~<•>~
    ३६)
    पुज्दैछु जानी नजानी
    हे सरस्वती माता
    अटुट ज्ञानकी खानी !
    ✍️ भिम लिम्बू प्रयास
    रिमबीक दार्जिलिङ
    ~<•>~
    ३७)
    बुद्धि विवेक भरेर
    विद्याले सधैँ सजाऊ
    अज्ञानता नाश गरेर !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी ।
    ~<•>~
    ३८)
    सरस्वतीको शिरमा बास
    बोल्दा जिब्रोमा पनि
    अज्ञानताको हुन्छ विनाश !
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    ~<•>~
    ३९)
    ज्ञान हामीलाई देऊ
    अज्ञानी यो भक्तलाई
    सधैँ सरणमा लेऊ !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    ४०)
    सरस्वतीको पूजा गरौँ
    सबैले एकाग्र भई
    विद्या, बुद्धि भरौँ !
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    ४१)
    देवी सरस्वती माता
    चाहन्छु तिमीझैँ बन्न
    बनाइदेऊ ए विधाता !
    ✍️ कमला पौडेल
    ~<•>~
    ४२)
    सरस्वतीकाे पूजा गरौँ
    मन वचन कर्मले
    ज्ञान बुद्धि भरौँ !
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~<•>~
    ४३)
    वसन्तकाे आँगनीमा छायाे
    ज्ञान बुद्धि विवेक
    हेर जताततै झल्मलायाे ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    ~<•>~
    ४४)
    असीम ज्ञानकी दाता
    विद्या बुद्धि देऊ
    हे ! सरस्वती माता ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    ४५)
    सरस्वती तिमीलाई शुभकामना
    आजै तिमी जन्मिछ्यौ
    अविद्या नाघ्ने चाहना !
    ✍️ नन्दलाल आचार्य
    उदयपुर ।
    ~<•>~
    ४६)
    चेतनाको दियो बालेर
    शान्तिको सन्देश फैलाऊँ
    मूर्खता दुष्टता फालेर !
    ✍️ गुणनिधि घिमिरे
    अमेरिका
    ~<•>~
    ४७)
    जय सरस्वती माता
    तिमै चरणकमलमा परेँ
    विद्या बुद्धिकी दाता !
    ✍️ दीपा गुरुङ्ग (समभाव)
    ~<•>~
    ४८)
    हे ! सरस्वती माता
    सदासर्वदा सद्बुद्धि देऊ
    विद्या ज्ञानकी दाता !
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    ~<•>~
    ४९)
    सबै मिलेर पुजौँ
    ज्ञानको मुहान सरस्वती
    हुन् भनेर बुझौँ ।
    ✍️ अनमोल राई
    ~<•>~
    ५०)
    सरस्वती विद्याकी देवी
    स्विकार्नुहोस् भगवती सधैँ
    प्रणाम गर्दछे सेवी !
    ✍️ रिता खराल
    रूपन्देही
    ~<•>~
    ५१)
    ज्ञानको खानी बनेर
    उजागर नै गराइदेऊ
    समभाव गरौँ भनेर !
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    ~<•>~
    ५२)
    जन्मदिने हे माता
    काखैमा बोल्न लेख्न
    सिकाऊ सरस्वती विधाता !
    ✍️ चुडामणी देवकोटा
    चनपा १३ काठमाडौँ
    ~<•>~
    ५३)
    ज्ञानकी देवी सरस्वती
    विद्याविना हुँदैन हेर
    मानवजातिको त उन्नति !
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~
    ५४)
    माताको चरणमा परेर
    गर्छु नित्य पूजाअर्चना
    पूर्ण भक्तिभाव गरेर !
    ✍️ कला ढकाल
    झापा
    ~<•>~
    ५५)
    सरस्वती माता पाएर
    अज्ञानता हटाउँन सकूँ
    शिक्षाको महिमा गाएर !
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ~<•>~
    ५६)
    मनमा सरस्वती माता
    बुझ्न सकेमा सधैँ
    सबैकी ज्ञानकी दाता !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    ५७)
    सरस्वती माताकाे शरण
    अज्ञानताकाे भण्डार हटाई
    गराउने सद्वुद्धिकाे भरण !
    ✍️ कोपिला अधिकारी
    ~<•>~
    ५८)
    ज्ञानकी खानी माता
    स्विकार्नू मेरो नमन
    सम्पूर्ण जगतकी विधाता !
    ✍️ शान्ति कुमारी उपाध्याय
    भक्तपूर, सूर्यविनायक
    ~<•>~
    ५९)
    वीणा पुस्तक धारणी
    माता देवी सरस्वती
    ज्ञान बुद्धिको कारणी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक भक्तपुर
    ~<•>~
    ६०)
    माता देवी सरस्वती
    धारण गर्छ्यौ विणा
    अर्को नाम भारती !
    ✍️ रचना शर्मा प्रतीक्षा
    ~<•>~
    ६१)
    लगाऔँ चित्तले ध्यान
    बढ्ने गर्दछ सबैको
    बुद्धि, विवेक, ज्ञान !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट “
    ~<•>~
    ६२)
    हे ! माता सरस्वती
    देश हाँक्नेलाई देऊ
    सद्बुद्धि, सत्ज्ञान जति !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर पाटन
    ~<•>~
    ६३)
    सरस्वती मातामा जाऔँ
    नजानेका काव्य सिकाई
    झिल्का कविता गाऔँ !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ~<•>~
    ६४)
    पूरा हाेस् चाहना
    वर्ष दिनमा आउने
    सरस्वती पूजाकाे शुभकामना !
    ✍️ श्री कृष्ण धामी
    बझाङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियानLeave a Comment on झिल्का लेखन अभियानको प्रथम शृङ्खला सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४ सम्पन्न

  • १ फाल्गुन २०८०, मंगलवार १२:२४ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको चौथो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    ……………………………
    १,
    तिमी चाँदनी हौ
    जगत् झलमल पार्ने
    वरिपरि बेदाग छौ ।
    २,
    आयो मायाको याम
    खुलेर प्रेम गरौँ
    राम नबनोस् हराम ।
    ३,
    मनदेखि मनसम्मको यात्रा
    जुग गाल्ने कसम
    कस्तो होला आहा !
    • म्यामराज राई, भोजपुर
      ……………………………
      १,
      कोही छैन अजम्मरी
      एकदिन सबै जानुपर्छ
      आखिर भवसागर तरी !
      २,
      जिन्दगी दुईदिने मेला
      पर्दा उठ्छ रङ्गमञ्चको
      थाहा हुँदैन कतिबेला !
    • वसन्त अनुभव, घोराही, दाङ
      ……………………………
      १.
      जिउँदै झिनो आशमा
      उत्कृष्ट जिजीविषा बोकेर,
      कुल्चेर जिउँदो लासमा।
      २.
      बचाऔॅं मौलिक परम्परा
      अतिक्रमणको सिकार नहोस्,
      हाम्रो कुनै धरा।
      ३.
      आयातित चिजबिज मौलियो
      विदेशीका उपभोक्ता भयौँ
      एकदम आलस्य बौरियो।
    • पृथक प्रकृति, झापा
      ……………………………
      १,
      अनुहार रातो पारेर
      दुई पैसाका दाँतबाट
      पसिना तरर झारेर ।
      २,
      दैवलीला छ अपरम्पार
      गरिबको जिन्दगी पर्‍यो
      दुःखीलाई दैव नटार ।
      ३,
      साँझको बेलामा भाग्यो
      परिवार धान्न गाह्रो
      बाध्यता परदेश लाग्यो ।
    • अम्बिका अधिकारी
      ……………………………
      १,
      मायामा नगरी गन्थन
      सुगन्ध फैलाऊ चारतिरै
      बनेर घोटिँदै चन्दन ।
      २,
      परदेशीको पीडा छातीमा
      सम्झेर साहुको ऋण
      ऐँठन हुन्छ रातिमा ।
      ३,
      मिठास सम्झनाका तरेलीहरूमा
      वर्तमानमा परीक्षण हुँदैछ
      टिल्पिलाउँछन् अश्रु परेलीहरूमा ।
    • सरस्वती भट्ट, सिराञ्चोक-५, गोरखा (हाल – राइनास १, लमजुङ)
      ……………………………
      १,
      जब साँझ पर्छ
      दिनको दुख बिसाउँदै
      रात अघि सर्छ।
      २,
      छल्दै हिँडे जूनलाई
      सकिएन कसै गरी
      यादकी प्यारी उनलाई ।
      ३,
      बिहानीको नरम घाम
      जिन्दगीको हिॅंड्ने बाटो
      शुरवात गर्नु काम।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      ……………………………
      १,
      प्रणयको दिवस आयो
      प्रेमी प्रेमीका बीचमा
      हर्ष उल्लास छायो।
      २,
      यौवन रङ्ग बर्साउँछ
      प्रणय ऋतुमा सुखको
      आनन्द विभोर दर्साउँछ।
      ३,
      आयो निकट फागुन
      प्रेमी छिन् विनयसाथ
      सुन्दर उपहार मागून् ।
    • विवश पारदर्शी, झापा
      ……………………………
      १,
      न्याय किनबेचको पसल
      गोजीमा पैसा भएपछि
      सरकार कानुनविद् कमसल ।
      २,
      भ्रष्टाचारी फटाहाको पाइन
      गरिबको निसाफ हरायो
      निर्दोषहरू झ्यालखानमा लाइन ।
      ३,
      प्रेम दिवस आयो
      पश्चिमा संस्कृति नक्कल
      नेपाली युवायुवतीमा छायो ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
      ……………………………
      १,
      बाटो हेर्ने पारेछ
      हेर आज निष्ठुरीले
      घरबार अन्तै सारेछ।
      २,
      गाउँघर नै राम्रो
      चारैतिर हरियो
      हेर गाउँ हाम्रो ।
      ३,
      मेहनती मान्छे भेटिन्छ
      गाउँ घरतिर नै
      अनुहारमा चमक देखिन्छ ।
    • कला ढकाल, झापा
      ……………………………
      १,
      माया प्रेम प्यारले
      बाडुली लाग्दैछ आज
      सम्झियो कि यारले ।
      २,
      हिजो उनैले ढलाए
      सोच फेरिएछ आज
      मिलेर शिर उठाए ।
      ३,
      जाडो जानै आँट्यो
      देखाएर बिहेको प्रलोभन
      उसले सतचुर्ण ढाँट्यो ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      ……………………………
      १,
      तिमीसॅंग जिउने चाहना
      सेलाउॅंदै गए मेरा,
      नानाथरी लायौ बहाना ।
      २,
      प्रतीक्षाको सिमा नाघ्यो
      जुन विश्वास थियो,
      सबै भ्रम लाग्यो ।
      ३,
      तिम्रै खुसी अब
      जेसुकै गरे हुन्छ,
      गर्दिन आस अब।
    • शंकर कार्की, थाहा नगरपालिका – ३, मकवानपुर
      ……………………………
      १,
      रातपछि आउने दिनमा
      सुखको माना खाई
      दिनभरि अर्थ हिसाबमा ।
      २,
      प्रणय दिवस आयो
      रमाए प्रेमी प्रेमिका
      लग्नको चमत्कार छायो ।
      ३,
      पवित्र छ सम्बन्ध
      देखाउॅंछौ सबै तिमीले
      धेरै भयो दुर्गन्ध ।
    • एवाइ प्रभात, सहिदभुमि-छेन्ताङ धनकुटा
      ……………………………
      १,
      कुन कुरा गर्छौ
      ढाँटको बीउ रोपेर
      कुन झोली भर्छौ ?
      २,
      ठुलेले देश चुस्तै
      माइलो दाउ हेर्छ
      कान्छो पनि दुरुस्तै ।
      ३,
      पैसाको खेलमा दौडियौ
      सकेनौ अरू गर्न
      जनताको पसिनामा पौडियौ ।
    • प्रेम थापा “मन”, बागलुङ
      ……………………………
      १,
      मनको तिमी मेरो
      आत्मादेखि स्वीकार गर्छु
      खोज्दा पाइॅंदैन सेरोफेरो।
      २,
      छोडेर जान्न टाढा
      एक्लै पार्दै तिमीलाई
      माया बस्यो गाढा।
      ३,
      देख्दा गर्लान् डाहा
      सबैको उदाहरण बनौँ
      कसैलाई हुन्न थाहा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका, बोस्टन)
      ……………………………
      १,
      मनमा माया साँचिन्छ
      मायाकै भरमा हेर
      वंश परम्परा धानिन्छ।
      २,
      बृहत् मायाको फ्रेम,
      सम्पूर्ण प्राणी प्रकृतिमा
      करुणा मैत्री प्रेम।
      ३,
      नदुखाउन परोस् मन,
      सबैसँग रमाउन पाए
      यही ठुलो धन!
    • दीपा गुरुङ्ग (समभाव), काठमाडौ
      ……………………………
      १,
      छैन मन शान्त
      आँखाबाट आँसु रसायो
      मन भयो भ्रान्त।
      २,
      उर्लेछ खहरे खोला
      प्रेमिका परेछन् स्वार्थी
      खोज्छन् धनको झोला।
      ३,
      तीर होइन हानेको
      तिमीलाई सुख दिउँला
      सधैँ आफ्नै ठानेको ।
    • राज कुमार राजभण्डारी “खोटाङ्गे”, मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर
      ……………………………
      १,
      रिस डाहको साटो
      मनमा राखौँ सबैले
      छातीमा देशको माटो ।
      २,
      देखेर तिम्रो रूप
      आज लठ्ठ भयो
      मेरो ज्यान खुब ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      ……………………………
      १,
      रहर परदेश जाने
      हुन सक्दैन कसैको
      दुखेसो लगाउने खाने।
      २,
      विकासको श्रोत प्रशस्तै
      तर निर्यात शून्य
      आयात भयो मस्तै।
      ३,
      भ्रष्टाचारको जग पुँजीवाद
      कुटामार भाइ भाइमा
      कसलाई हुन्छ याद।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही – १८
      ……………………………
      १,
      मिर्मिरेमै झुलुक्क झुल्कन्छ
      लायक बन्दै जाँदा छोटै समयमा चम्कन्छ ।
      २,
      माइतीले आजै बोलाए
      पतिदेवले दिनभरिको काम
      एकैछिनमा सक्न अह्राए ।
      ३,
      किन दुब्लाइस् नानी
      असन्तोषी बनिस् क्यारे
      सन्तोषले मोटायौं हामी ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      ……………………………
      १,
      झिलिमिली त्यो सहर
      हेर्न मन थियो
      पुगेन कहिल्यै रहर।
      २,
      दुस्मनले आँखा तर्ने
      खै कहाँ जाउँ
      भोकभोकै मर्नु पर्ने।
      ३,
      छैन पानी धारा
      विस्वासमा घात लाग्यो
      देखेर उनको पारा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
      ……………………………
      १,
      आकाङ्क्षा सिङ्गापुर सहर
      तिलस्मी कुरा रहेछ
      फगत महलको रहर ।
      २ ,
      नरसंहार अपराध जघन्य
      आखिर व्यापार भयो
      सत्ता शताङ्क जन्य ।
      ३,
      व्यापार सदनदेखि सडक
      सबै फाइँफुट्टी मात्र
      नाट्य जस्तै तडकभडक ।
    • प्रद्युम्न चालिसे
      ……………………………
      १,
      कविता हाम्रो झिल्का
      गासौँ हारमा मिलाई
      उनेर पातमा सिन्का ।
      २,
      सुनेर बुझेर लागौँ
      एक दुई हैन
      अब पूरै जागौँ ।
      ३,
      फुर्सद भएको बेला
      लेखौ व्यथा केही
      सुकाउँदै पसिनाको ठेला ।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान
      ……………………………
      १,
      उज्यालो नखोज आकाशमा
      जाँउ हिँड आर्यघाट
      रेमिट्यान्स आँउदैछ बाकसमा ।
      २,
      झुल्कियो मलिलो घाम
      रापिलो छैन भने
      ताप्नुको के काम ?
      ३,
      उसको मिठो भाषण
      उस्कै भाग्य कोर्दै
      अहिले जमायो आसन ।
    • ध्रुव श्रेष्ठ हाल काठमाडौ ।
      ……………………………
      १.
      सपना साकार गर्न
      खुकुरीको धारमा तिमी
      जिन्दगीमा अघि सर्न।
      २.
      हार पछि जीत
      सङ्घर्षको यो बाटोमा
      सफलता पाउने रीत।
      ३.
      दुःख पाउनु पर्छ
      सुख पाउनको लागि
      सफलतामा पाइला सर्छ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला
      ……………………………
      १,
      यसरी माया गरौँ
      समृद्धि होस् जगत्मा
      सकेसम्म भाइचारा छरौँ ।
      २,
      परायाको यो चाडपर्व
      विकृतिहरू छरेर यहाँ
      नगर्नु है गर्व ।
      ३,
      सत्यताले पाउनेछ जस
      ह्रदयबाटै गरिएमा माया
      हरदिन प्रणय दिवस ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      ……………………………
      १,
      गरौँ मेहनत कडा
      फल राम्रो हुन्छ
      विकास गरा बडाबडा ।
      २,
      बिग्रॅंदै गयो देश
      जाग युवा हो
      उठौँ, बदलौँ परिवेश ।
      ३,
      हावा वायुमण्डलमा स्वच्छ
      हाम्रो बाँच्ने सहारा
      प्राणीको जीवन बच्छ ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ……………………………
      १,
      ठुला भाषण गर्छन्
      देशको विकास गर्नलाई
      विदेशकै भर पर्छन् ।
      २,
      बाठा अघि सर्छन्
      सोझा जनता हजुर
      यहाँ भोकभोकै मर्छन् ।
      ३,
      कसको पर्नु भर
      अब आफ्नो लागि
      आफैँ केही गर ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………
      १,
      काम मोबाइलको खेती
      छैन कसैलाई फुर्सद
      समयको मात्र क्षति
      २,
      समय भयो सोखिन
      छैन काम धन्दा
      जता गयो जोखिम ।
      ३,
      नारीको छुट्टै कथा
      घरमा सधैं कचकच
      अव्यक्त रह्यो व्यथा ।
    • लक्ष्मी काफ्ले, लामाचौर, पोखरा
      ……………………………
      १,
      बारीमा फुल्यो गुलाफ
      ढकमक आज फुल्यो
      चौतर्फी चल्यो सुवास !
      २,
      जिन्दगी खोली बगर
      शिखर चुमे भन्दैमा
      खुसीले हल्ला नगर !
      ३,
      तराई हरियो जङ्गल
      मिलेर बचाउन सकेमा
      सबैमा हुन्छ मङ्गल !
    • आर्त अकुलीन
      ……………………………
      १,
      बिहानीको प्यारो घाम,
      कठ्याङ्ग्रिने चिसो कति,
      लाग्दछ ईश्वर धाम।
      २,
      चिसो भन्दा भन्दै
      जान लाग्यो शिशिर
      दिन गन्दा गन्दै।
      ३,
      आजभोलिको समय भन्दै
      आफ्नै दिन जान्छ
      समय ऋतु गन्दै।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      ……………………………
      १,
      कोही सहँदैनन् बदनाम
      ‘राम’ चाहियो बुझिदेऊ
      हुन चाहँदैनन् हराम !
      २,
      दिमाग जनताको नभुटौँ
      भनेको केही होइन
      मात्रै मातृभूमि नलुटौँ।
      ३,
      फेदैमा सार्‍यो डेरा
      ताछेर खाऊ भनेको
      बोक्रैसँग खायौ केरा ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ ।
      ……………………………
      १,
      नहटाउदा पन्चायत काल
      परिवारमा रमाउन खोज्दा,
      निकाल्थे शरिरको खाल ।
      २,
      पचायतको खम्बा ढालेर
      ल्याए प्रजातन्त्र सहिदले ,
      आफ्नै शरीर गालेर ।
      ३,
      देश सहिदले सजाएको
      पन्चायत भङ्ग गराई ,
      स्वतन्त्रताक‍ो शिर उठाएको ।
    • सीमा कार्की समर्पण, ठोरी – ४, मेलचोक, पर्सा
      ……………………………
      १,
      डुब्न लागेको बेला
      उपकार भन्दा पनि
      गर्दा रहेछन् हेला ।
      २,
      विकृत नगरौँ रित
      ढाँट छलकपट गरेर
      हुँदैन देशको हित ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      ……………………………
      १,
      तिम्रो चोखो माया
      हराएपछि यहाँ म
      चिनिनॅं आफ्नै छायाँ ।
      २,
      थाके याहाँ चोटले
      बदले पछि तिमी
      पैसै पैसाको नोटले ।
      ३,
      खुशीहरू सबै टुटेपछि
      बाँच्न गाह्रो भयो
      प्रिय सम्बन्धहरू छुटेपछि ।
    • भिम लिम्बू प्रयास, रिमबिक दार्जिलिङ
      ……………………………
      १,
      तिम्रै यादले सतायो
      बिर्सन कहाँ सक्छु
      झनै देह ततायो ।
      २,
      सुन मेरो कुरा
      कर्तव्य भुल्नु हुँदैन
      हुनेछ सपना पुरा !
      ३,
      भगवानको भक्ति गर
      धर्मले शान्ति मिल्छ
      पाप कर्ममा नपर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      ……………………………
      १,
      छैन जाँगर हातमा
      देखेर देशको अवस्था
      लाग्दैन निन्द्रा रातमा ।
      २,
      रोजगार पाउने आसमा
      बसेका युवा जमात
      गाडिए विदेशको भासमा ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………
      १,
      साहित्य रच्ने चाहाना
      निराश यो जीवनको
      दु:ख भुल्ने बहाना ।
      २,
      बस्ने छैन आरामले
      चलेसम्म यो देह
      सक्रिय सधैँ कामले ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      ……………………………
      १,
      राजनीतिको हुन्छ दल
      नेताहरू मिलेर सधैँ
      समस्याको पूरा हल !
      २,
      काममा छैन चाल
      परदेशी जिवनमा नसोध्नु ,
      आमा मेरो हाल !
      ……………………………
      ३,
      परिश्रम अनुसारको फल
      गर्नुपर्ने हामीले सधैँ
      मेहनतीमा निरन्तर बल !
    • श्री कृष्ण धामी, सुन्दर सुदूरपश्चिम – बझाङ
      ……………………………
      १,
      दार्चुलाका सुरम्य पाखाहरू
      हिजोआज किन होला,
      सुनिॅंदैन हाक्पारे भाकाहरू।
      २,
      तिखो वचनको गोलीले,
      लथालिङ्गै पार्छ सम्बन्धहरू,
      नसोची बोलेका बोलीले।
      ३,
      तरकारी मिठो नुनले,
      सधैँ ख्याल राख्ने,
      वैरी जित्नु गुणले।
    • अनमोल राई
      ……………………………
      १,
      सुनौलो छ सन्सार
      मायाको जालले जेलेको
      चल्नु त्यसै अन्सार ।
      २,
      प्रणय दिवस आयो
      अनुनय विनय गरेर
      माया पिरती लायो ।
      ३,
      प्रणय रहोस् सधैँभरि
      वर्षमा एकदिन होइन
      माया होओस् यसैगरी ।
    • गुणनिधि घिमिरे, अमेरिका
      ……………………………
      १,
      बढ्यो झिल्का लहर
      स्रष्टा अनि पाठकले
      पुर्‍याऔँ गाउँ सहर l
      २,
      रमाउन आएको सहर
      हार्दिकता जीवित नदेख्दा
      हरायो भएभरको रहर l
      ३,
      याचकप्रति देखाउछन् दाँत
      कसैले देख्दैन सहरमा
      निमुखा जनको आँत l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………
      १,
      साहित्य सिर्जनाको धरा
      विभिन्न विधामा उब्जाउनु
      साहित्यकार कुना कन्दरा
      २,
      साहित्यमा नशा लागेको
      मनका भावना अनेकौँ
      बाहिर निस्कन चाहेको
      ३,
      जिन्दगीको बेफूर्सद हुँदा
      देशमा रहेको विकृति
      विसङ्गति मनमा छुँदा ।
    • भगवती दवाडी, दमक,झापा
      ……………………………
      १,
      साहित्य सिर्जना हाम्रो
      विभिन्न साहित्यकार मिली
      जगेर्ना गरौँ राम्रो।
      २,
      लेख्दैछु झिल्का म पनि
      अग्रजहरूको कविता पढ्दै
      जानी नजानी भए नि ।
      ३,
      कसो भो जानकारी पाऊँ
      गल्ती औंल्याई दिनु होला
      लेख्नलाई धेरै छन् ठाउँ।
    • सरस्वती श्रेष्ठ, इटहरी
      ……………………………
      १,
      जीवन फूलरूपी काँडा
      मेहनत गर तिमी
      लक्ष्य छैन टाढा ।
      २,
      अनेकौं शक्ति धाम
      यो सुन्दर देश
      नेपाल हो नाम ।
      ३,
      काँधमा छ जिम्मेवारी
      बाबा मेरो धरोहर
      एक्लै बोक्छन् भारी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौं
      ……………………………
      १,
      समय नफाल खेर
      रिसले खान्छ आफुलाई
      अटेर नगर धेर ।
      २,
      बनेर ज्ञानी जन
      बस तिमी समाजमा
      देखाऊ न सहयोगीपन ।
      ३,
      नराख पाप मनमा
      अर्को जन्ममा होइन
      पाइन्छ यही जन्ममा ।
    • सरिता सेढाई, धादिङ
      ……………………………
      १,
      पकाईयो पिरो चुसुक्क
      खाइयो तिमी आएनौ
      बाडुल्की लाग्यो कुटुक्क ।
      २,
      मुटु थर्किने हल्लाले
      आफ्नोलाई फकाउने अर्कीलाई
      हिर्काउनु पर्ला डल्लाले ।
      ३,
      घरकी लक्ष्मी घरैमा
      भागेर पुग्ला कतिन्जेल
      समाज जहानको डरैमा ।
    • कमला पौडेल, चा न पा भक्तपुर
      ……………………………
      १,
      विश्वास नगर्नु मायाको
      यथार्थ विपरित भए
      अनर्थ हुन्छ कायाको।
      २,
      प्रेमको भाका भोला
      जिन्दगीको सार, फेरि
      पाउँदैन मानव चोला।
      ३,
      मौसम आयो प्रेमरोगीको
      गुलाफ फूल बोकेर
      तमासा हेर्नु जोगीको।
    • मोती सुब्बा, दार्जिलिङ, भारत
      ……………………………
      १,
      जीवन सार्थक मायाले
      एक अर्काका सहारा
      सितल पिपल छायाले।
      २,
      नघुलोस् स्वार्थको भेल
      बन्नेछ सुन्दर घर
      निष्कपट आपसी मेल।
      ३,
      सुन्दर परेवा जोडी
      जीवनमा शान्ति छर्दछन्
      जाँदैनन् माया तोडी।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      ……………………………
      १,
      नगरौँ कसैले हेला।
      पौरख गरि खानेको
      हातमा हुन्छ ठेला ।
      २,
      पेटलाई चाहिन्छ माम
      जीवन चलाउन सबैले
      गर्नुपर्छ केही काम ।
      ३,
      गर्नहुन्न कसैले चोरी
      सुन्दर हुन्छ पौरखी
      बुझ यति छोराछोरी ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………
      १,
      घुम्तीमै मोटर अड्कियो
      सँगै जान्छु भन्थे
      यात्रा विचमै टुँगियो ।
      २,
      बह पोख्न पाइएन
      भए वर पर
      तैपनि विरही गाइएन ।
    • हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक, बनेपा – १४, साँगा
      ……………………………
      १,
      गुलाब फूल फुलेको
      प्रेम सप्ताह चलाई
      संस्कृति आफ्नो भुलेको।
      २,
      बाँधिए झुठो वाचाले
      वास्तविक जीवन बुझ्दैनन्
      आजका आला काँचाले।
      ३,
      पश्चिमी भेल संस्कृति
      अॅंगाल्दै विकृति फोहोर
      चुर्लुम्म डुबे नेपाली ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      ……………………………
      १,
      हिमाल पहाड तराई
      एउटै हामी नेपाली
      कोही हुन्न पराई ।
      २,
      साझा फूलबारी हाम्रो
      रङ्गीचङ्गी फूलहरु फुलेका
      आहा कति राम्रो ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      ……………………………
      १,
      समान हामी भएर
      झिल्का काव्य लेखन
      झिल्का काव्यशाला गएर ।
      २,
      नपार्नु मुखले ठिक्क
      लेख्दै जाऊँ सलल
      नहुनू है दिक्क ।
      ३,
      नमस्ते सबैमा गर्दछु
      झिल्का समाज हामीमा
      झिल्का कविता भर्दछु ।
    • बेदु न्यौपाने
      ……………………………
      १,
      गर्छौ मीठा कुरा
      भित्रभित्रै चलाई दिन्छौ
      धारिलो त्यो छुरा
      २,
      देउरालीमा पाती भाकेर
      हिॅंड्छु म जीवनभरि
      देशलाई शिरमा राखेर
      ३,
      मझेरीमा दियो जलेन
      श्रम सीप चल्यो
      पानी किन चलेन ?
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ……………………………
      १,
      मिठाई दिई भुल्याइ
      सुटुक्क कहाँ लुक्छौ
      कति जानेको छुल्याइ ।
      २,
      रमाऊ तिमी रमाऊ
      सबलाई झुक्याएर अझै
      कमाऊ तिमी कमाऊ ।
      ३,
      मुसो बनी पसेर
      हात्ती बनेर निस्कन्छ
      खान्छ घुँडा धसेर ।
    • रचना प्रतीक्षा , ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४ सम्पन्न

    साताका उत्कृष्ट झिल्का- ४

  • १ फाल्गुन २०८०, मंगलवार १०:२३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको चौथो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ४ का लागि झिल्काकार त्रय गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे र सीमा कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    १.
    झिल्का साहित्यको जय
    झट्का हानौँ कुरीतिहरूलाई
    नरहोस् कसैको भय !
    २.
    निरन्तरता रहोस् सधैंभरी
    सजिलो तरिकाले सधैँ
    लेखिरहनु होला यसैगरी !
    ३.
    नौँ शब्दको कविता
    चम्किरहोस् ज्योतिर्मय बनेर
    जबसम्म रहन्छन् सविता ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~<•>~~

    १.
    साहित्यमा उदायाे झिल्का
    व्यङ्ग्य हैन यथार्थ
    भ्रष्टलाई टिपेर मिल्का !
    २.
    राजनीति देशकाे सेवा
    झुठो खेती फगत
    रगतको आहालमा मेवा !
    ३.
    जीवन आशाकाे बाटाेमा
    हामी जिउने गर्दछौँ
    आफ्नाे जन्मभूमिकाे माटाेमा !
    ✍️
    प्रधुम्न चालिसे
    ~~<•>~~

    १.
    राम्रो देखिने कोट
    इमानदारी मान्छेलाई मात्र
    सबैले पुर्‍याउने चोट ।
    २.
    इमानदार सधैँ लडे
    बढेर घुसखोरी यहाँ
    कालाबजारी सर्वत्र बढे !
    ३.
    बोली भएन पूरा
    आफ्नै स्वार्थ हेरी
    विकास सबै अधुरा !
    ✍️
    सीमा कार्की
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ४

    साताका उत्कृष्ट झिल्का- ३

  • २५ माघ २०८०, बिहीबार ०८:४६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको तेस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३ का लागि झिल्काकार त्रय अर्जुन चौलागाईं, विवश पारदर्शी र सरिता सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    (१)
    १.
    हुन्न यता ठेक्का
    जसले भ्याउॅंछ त्यसले
    यसमै राखौं हेक्का ।
    २.
    नारी पुरुष बराबर
    अधिकार बढी नारीमा
    अगाडि बढ्छन् सरासर ।
    ३.
    असल कुरा सिकौँ
    दुई रथका पाङ्ग्रा
    अरू कुरा झिकौँ
    ✍️ अर्जुन चौलागाईं
    ~~<•>~~
    (२)
    १.
    बुढेसकालको छैन साहारा
    मेरो भागमा रहेनन्
    दैवको भए आहारा !
    २.
    अब कसो गरौँ
    मन पोल्छ भतभती
    लाग्छ आफैँ मरौँ !
    ३.
    सम्हाल्छु आफूलाई फेरि
    उता छिमेकी दाइको
    कुपुत्र सन्तान हेरी !
    ✍️ सरिता सेढाई धादिङ
    ~~<•>~~
    (३)
    १.
    हामी हौँ साथी
    सफा छ दिल
    प्रेमभाव सबै माथि !
    २.
    धर्ती आकाश पाताल
    जोडेको हुन्छ प्रेममा
    सदैव आलिङ्गन बबाल !
    ३.
    प्रकृतिको सुन्दर सृष्टिमा
    सागर पहाड विचित्र
    देखिन्छ जगत् दृष्टिमा !
    ✍️ विवश पारदर्शी
    झापा
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ३

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०३

  • २५ माघ २०८०, बिहीबार ०७:५८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको तेस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।


    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
    ……………………………
    १,
    जल, जमिन, जङ्गल
    सारा प्राणी जगत्मा
    चाहिन्छ हरेक पल ।
    २,
    स्वास्थ्य अमूल्य धन
    आफ्नो हेरचाह आफैँ
    जहाँ झल्किन्छ आफ्नोपन।
    ३,
    जूनको तिमी भ्रूण
    भविष्यको आँगन उज्यालो
    सौन्दर्यमा देखिनॅं अवगुण ।

    • म्यामराज राई, भोजपुर
      ………………………………………
      १)
      प्रेम सुन्दर फूल
      अनुपम उपहार ईशको
      सुख आनन्दको मूल !
      २)
      केवल सच्चा कर्ममा
      हुन्छ ईश्वरको प्राप्ति
      शान्ति र मानवधर्ममा !
      ३)
      गरेमा असल काम
      फैलन्छ सर्वत्र कीर्ति
      चम्कन्छ तिम्रो नाम !
    • वसन्त अनुभव, घोराही, दाङ
      ………………………………………
      १.
      हातमा हात मिलाऔॅं
      गरिब दुखी असहायलाई
      हक अधिकार दिलाऔॅं ।
      २.
      छोडौँ कुरा जाली
      भनिहाल कहिले बन्छौ
      मेरो दिलको माली ।
      ३.
      मेरी सानी नानी
      धेरै चकचक नगर
      हुनुपर्छ साह्रै ज्ञानी ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ………………………………………
      १.
      विक्षिप्त सोचको धनी
      हाम्रो समाजमा निहित,
      आधुनिक युगमा पनि।
      २.
      भ्रष्टाचार विद्यमान छन्
      सरकार भए सालिक,
      मौलायो कालोबजारी झन्।
      ३.
      वन राष्ट्रिय धन
      केवल नामको भयो,
      व्यापारी भए सज्जन।
    • पृथक प्रकृति, झापा
      ………………………………………
      १
      देश सङ्कटमा गयो
      भ्रष्टाचारी फैलिए यहाँ
      सङ्घीयताले टुक्रा भयो।
      २
      महॅंगीको मारमा हामी
      देशविहीन जस्तै भयौँ
      समस्या बुझेको दामी।
      ३
      एउटै झण्डा उठाऔॅं
      सचेत बनेर हामी
      दुष्टको चाल बुझाऔॅं ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      ………………………………………
      १,
      हुँदैन भरोसा भर
      फुट्छ सिसा जस्तै
      यो सपनाको घर।
      २,
      सपनाको भ्रममा परेर
      जीवन यो बाँचिरहेछु
      झुठको खेती गरेर।
      ३,
      भरोसा आस्था विश्वास
      जीवनमा महत्त्व राख्ने
      त्यही हुनेरहेछ खास।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती, मोरङ।
      ………………………………………
      १
      आँगन काग करायो
      सुनेर किन किन
      यो मनै डरायो !
      २
      फुलेका बेली चमेली
      प्रकृतिका सौम्य सौगात
      बस बैँस समेली !
      ३
      जीवन भिर पाखामा
      चाहिने माया पिरती
      खुसीले फुल्छ आँखामा !
    • आर्त अकुलीन
      ………………………………………
      १,
      भन्छन् पढ्न आउँछ
      नाम लेख्न सित्तैमा ,
      सरस्वती पुजामा पाउँछ!
      २,
      हामीले आस राखेर
      पूजा गर्छौं सधैँ ,
      माता सरस्वतीलाई भाकेर ।
      ३,
      शिरमा रहेमा हात
      पूरा मनका कुरा,
      पाइन्न जीवनमा अघात ।
    • सीमा कार्की ‘समर्पण’, ठोरी – ४, मेलचोक, पर्सा
      ………………………………………
      १.
      छन् कति बेरोजगार
      देशको प्रमुख समस्या
      जनतामा पर्‍यो मार।
      २.
      कसरी रोजगार दिन्छन्?
      बाहिरी सहयोग पनि
      घुमाएर आफैँ लिन्छन्।
      ३.
      डाडुपन्यु तिनकै हातमा
      जनलाई मात्र देखाई
      दलहरू लिई साथमा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      ………………………………………
      १,
      खोलो सुसाउँछ अगाडि
      बाँधको व्यवस्था छैन
      बुद्धि फर्कियो पछाडि ।
      २//
      उमेरको कुरा नगर
      ढुङ्गा पच्ने गर्थ्यो
      रेली खोला बगर ।
      ३//
      हजारौं हजार सुनाए
      जिन्दगीको कथा व्यथा
      समाधानको बाटो भुलाए ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      ………………………………………
      १,
      हेरेर हिमाल अटल
      देश नेपाल शान्तिको
      मनै बनाउँछ चञ्चल ।
      २)
      युवा हिॅंडे खाडी
      चिल गाडी चढेर
      बाँझो भो खेतबारी ।
      ३ )
      घरको भित्तो गलेर
      ढलेर कति गए
      रुन्छ मन जलेर ।
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      ………………………………………
      १
      गाउँमा अनिकाल आयो
      घरमा खान नहुनेले
      धेरै दु:ख पायो ।
      २
      भ्रष्टाचार बढेको बढ्यै
      सोझा निमुखा जनता
      जहिले हेरेको हेर्यै ।
      ३
      नेताका कुरा जाली
      रोजगारी दिलाउँछौ भन्दै
      बजाउन लाउने ताली।
    • कला ढकाल, झापा दमक
      ………………………………………
      १,
      जीवन घाम-छायाँ
      मन संयमित राखौँ
      बाटा मिल्दछ दायाँबायाँ ।
      २,
      चाहिन्छ लक्ष्य निरन्तरता
      धैर्यता गरेको सफल
      जित सदैव तत्परता ।
      ३,
      आस्था प्रभु माया
      जीवन यात्रा सफल
      पायौँ मानिस काया ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      ………………………………………
      १
      दिएर अधिक ध्यान
      समृद्ध बनी बाँचौँ
      बढाऔॅं सिपयुक्त ज्ञान ।
      २
      पैसा प्रतिष्ठा पद
      समालेर राख्न सकौँ
      ननाघोस् कहिल्यै हद ।
      ३
      मनको मैलो फालेर
      उठौँ जुटौँ शानले
      काँधमा काँध हालेर ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      ………………………………………
      १,
      जिन्दगीले यात्रा बनायो
      बलिया साथ रहेनन्
      सामन्तीले खेत खनायो ।
    • सोमनाथ लुइटेल “रवि पाल्पाली”
      ………………………………………
      १,
      युवाशक्ति विदेश जाने
      युवाले स्वीकृति माग्दा
      बन्दुकको गोली खाने ।
      २,
      हातमा राहदानी बोकेर
      लागे विदेश युवा
      तमसुकमा सनाखत ठोकेर ।
      ३,
      आफ्नो औकात नभुल्नु
      बिनाकाम भौँतारिनु हुन्न
      दूतावासमा स्पष्ट खुल्नु ।
    • चुडामणी देबकोटा, चानपा – १३, काठमाडौ
      ………………………………………
      १,
      चिसो चिसो बतास
      छैन लुगा कपडा
      मन सारै हतास ।
    • नागेन्द्रप्रसाद यादव
      ………………………………………
      १.
      शान्तिको दीप बालौँ
      हरपल अगाडि बढ्दै
      गन्तव्यको पाइला चालौँ।
      २.
      सुरम्य अटल हिमाल
      देश शान्ति बुद्धको
      सुन्दर शान्त विशाल ।
      ३.
      झुटको खेती गरेर
      कति दिनसम्म टिक्ला
      आँखामा छारो भरेर ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत)
      ………………………………………
      १.
      रवाफको बीउ रोपेछौ
      लोभी रहेछौ बुझियो
      आफ्नै कर्तुत छोपेछौ ।
      २.
      भूत तिम्रो गइसक्यो
      बितेका कुरा नगर
      वर्तमान पनि भइसक्यो ।
      ३.
      सक्छौ अगाडि सर
      निर्देशक बन प्रगतिपथमा
      सक्दैनौ हल्ला नगर ।
    • प्रेम थापा “मन”बागलुङ
      ………………………………………
      १,
      लेक बेँसी डुल्दै
      आयो लोभी भॅंवरो
      फूलको रसमा भुल्दै ।
      २,
      मौरी भुल्यो रसैमा
      जाऔॅं हिॅंड मायालु
      सरर मिनी बसैमा ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा
      ………………………………………
      १
      न पच्छ हाँसो
      कस्तो यो समाज?
      न पच्छ गुनासो ।
      २
      उत्ताउलो खुसी बाँड्दा,
      नबोले हुने घोसे
      अधैर्य आँसु झार्दा!
      ३
      तिम्रो जस्तै मेरो
      कहाँ मन बस्छ
      सधैँ एउटै घेरो ।
    • दीपा गुरुङ् ‘समभाव’, बुनपा काठमाडौ
      ………………………………………
      १.
      गरिबी बाध्यता बन्यो
      आत्महत्या गर्नु भन्दा
      युद्धमा मर्छु भन्यो ।
      २.
      युद्ध भूमिमा होमियो
      नेपाल आमाको सन्तान
      अस्तायो वीर कहलियो ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      ………………………………………
      १,
      गरेर नकाम अति
      ढुक्क भएर बसे
      हुन्छ एकदिन क्षति ।
      २,
      नाटक माथि नाटक
      थाल्यौ गर्न भने
      नाटकनै होला घातक ।
      ३,
      सुकिलो छ लुगाभित्र
      लागेछ कालो दाग
      सुन्दा कस्तो विचित्र ।
    • ध्रुव श्रेष्ठ, हाल – काठमाडौ
      ………………………………………
      १//
      प्राणी जगत्को बास्सा
      मार्ने जागाउने आशामा
      प्रकृतिको अदृश्य खास्सा ।
      २//
      तिम्रो बानी मीठो
      पिठो पिसी ल्याउँछु
      जङ्गलमा खोज्दै गिठो ।
      ३//
      जनजीविका राम्रो चलाउनु
      बाल्नु घरमा आगो
      उत्कृष्ट नारी कहलाउनु ।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      ………………………………………
      १)
      देश अप्ठ्यारो मोडमा
      छ आर्थिक मन्दी
      सरकार लुट्ने होडमा ।
      २)
      मिलेर फालौँ सङ्घीयता
      यसले बनायो खलबल
      बढाऔॅं देशमा आत्मीयता ।
      ३)
      सिमानामा काँडेतार लगाऔॅं
      विदेशीले सिमा मिच्यो
      दलालहरू देशबाट भगाऔॅं ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ………………………………………
      १,
      चल्यो बतास रनवन
      शितल छहारी चौतारीमा
      आनन्दले भरियो मन।
      २,
      फूल फुल्यो वनैभरि
      आहा ! कति राम्रो
      बासना चल्यो मनैभरि ।
      ३,
      नासेर जाने धन
      अरूलाई दिन्छु भन्छु
      मान्दैन यो मन।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      ………………………………………
      १,
      सानोतिनो नठान्नु सिप
      निरन्तरताले उर्जा थप्छ
      जगाएर उज्यालो दीप ।
      २,
      खोज बरु ओखतीमुलो
      कसैले थुतुनो चलाउँदैमा
      बल्दैन निमुखाको चुलो ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      ………………………………………
      १.
      कुक्रुक्क पर्दथ्यो पाडो
      अहिले हराएछ सायद
      वनवास गयो जाडो ।
      २.
      जन्माउने एक हुन्छन्
      सपना देख्नु राम्रो
      हुर्काउने अनेक हुन्छन् ।
      ३.
      नाम खोजेँ मैले
      साहित्यको साथ पाएर
      बल्ल भेटेँ अहिले ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर ।
      ………………………………………
      १,
      गयो अब जवानी
      बाँच्नु मन भए
      खानामा अपनाउनु सावधानी ।
      २,
      कति अचम्मको जोस
      उमेरले नेटो काट्यो
      अब पुर्‍याउनु होस ।
      ३,
      ढकमक्क चारैतिर फूल
      सुन्दर नेपाल बनाउनु
      फुटाऔॅं विकासको मूल।
    • राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी- ५ संगम कोलोनी भक्तपुर
      ………………………………………
      १,
      अहम्ता छ मनभित्र
      राम्रो मात्र आफू
      संसारका मान्छे विचित्र ।
      २,
      सपना हुने साकार
      झिनो आस एउटा
      छैन खुसीको बजार ।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं
      ………………………………………
      १
      तिमी नदुखाऊ मलाई
      चोट दिन नखोज
      थकित घाइते बनाई।
      २
      स्वार्थको यो संसारमा
      इमानदारी भएर बचाऊ
      कुनियत बिक्दैन बजारमा ।
    • राज कुमार कार्की, कटारी-१, उदयपुर ।
      ………………………………………
      १/
      हामी हौ साथी
      सफा छ दिल
      चौडा छ छाती ।
      २/
      धर्ती आकाश पताल
      जोडेको हुन्छ प्रेममा
      ठान्न हुन्न बेताल ।
      ३/
      प्रकृति सुन्दर सृष्टिमा
      सागर पहाड विचित्र
      देखिन्छ जगत् दृष्टिमा।
    • विवश पारदर्शी, झापा
      ……………………………………
      १,
      खोला बाँधेर हिउँदमा
      सहर बनाई रमाएका
      वर्षा लागेपछि डुबानमा ।
      २
      उड्छन् चरी ढुकुर
      घरको निदालमा गुँड
      नाच्छन् वनमा मयूर ।
      ३
      पहाडी खेत तरेली
      रमाइलो लाग्छन् दृश्य
      छिमेकी गर्ने परेली ।
    • भगवती दवाडी
      ……………………………………
      १,
      पृथ्वीको मुटु मानिन्छन्
      सिमसारलाई स्वच्छता राखौँ
      पर्यटकहरू आफैँ तानिन्छन् ।
      २,
      सिमसार क्षेत्रका स्थलहरू
      स्वच्छ हराभरा राख्नुपर्छ
      बढ्नेछन् उत्साहजनक अरू ।
      ३,
      सिमसार दिवसको शुभकामना
      पर्यटक अझ बढोस्
      यही हाम्रो चाहना ।
    • हरिनारायण चौधरी, कबिताहरी, सुन्दर हरैंचा – १, मोरङ
      ……………………………………
      १,
      आमाको मिठो बोली
      सधैँभरि देख्न पाउँ
      सुन्दर गुनिउॅं चोली।
      २,
      तिम्रो पाए साथ
      जति बेला हुन्छ
      दु:ख सुखमा हात ।
      ३,
      खेतमा तरकारीको बारी
      पसलमा छैन हजुर
      दु:खमा पैसाको भारी !
    • श्री कृष्ण धामी, बझाङ
      ……………………………………
      १,
      गुराँस फुलेर वन
      लाली छायो पाखाभरि
      हर्षित बन्यो मन।
      २,
      कफी कोपिला चाँप
      फूल फुलेर सेताम्मे
      वसन्तको नौलो छाप।
      ३,
      सेताम्मे चाँप फुलेको
      सेतो केश सम्झेर
      निर्मोहीले चट्टै भुलेको।
    • मोती सुब्बा, दार्जिलिङ, भारत।
      ……………………………………
      क)
      सितन भैंसीको सुकुटी
      राखेर चुस्की लिॅंदै
      रित्याए राष्ट्रिय ढुकुटी l
      ख)
      पारे देशलाई खोक्रो
      ढुकुटीको रस चुसी
      भरे आआफ्नो धोक्रो l
      ग)
      सुशासनमा लाग्यो बिर्को
      जनताको त्यो आशामाथि
      निरन्तर पर्यो चिर्को l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………………
      १.
      जिन्दगीले कहिले सतायो
      मात्दिनॅं भन्दा पनि
      भलिभाँती दिएर मतायो ।
      २.
      कहिले असल जनायो
      आफू नबोल्दा पनि
      ‘राम्रो तपाईं’ भनायो ।
      ३.
      बिचको असल सफल
      हेर्नुस् आफ्नै आँखाले
      गुलाफ राम्रो कमल ?
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      ……………………………………
      १,
      तताउनु पर्छ सडक
      भ्रष्टाचार अति भयो
      नेताले देखाए चटक।
      २,
      गरिबी धेरै मौलायो,
      सहनै नसकेर जन
      सडकमा बोल्न आयो।
      ३,
      देश बचाउन जागौँ
      माया गरेर देशको
      सुधारको बाटो लागौँ।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी
      ……………………………………
      (१)
      तिम्रो चोखो मायाले
      दर्दहरू हुन्छन् निको
      नजिकै हुँदा कायाले ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………………
      १,
      मेरी मायाकी खानी
      धन्य मेरी आमा
      त्यसकारण म भाग्यमानी ।
      २,
      तिम्रो औॅंलाको स्पर्श
      लाग्छ कति प्यारो
      त्यो हर्षित परामर्श ।
      ३,
      किन्न मिल्दैन लाखमा
      अर्ती, आड, आसिक्
      बाँचिरहूँ तिम्रो काखमा ।
    • कमला पौडेल, भक्तपुर चा न पा
      ……………………………………
      १.
      मैले चाहेँ तिमीलाई
      तिमीले मलाई चाह्यौ
      समाजको मन जलाई ।
      २.
      सत्य बोल्ने बानी
      छानी छानी झुट
      सुखले जिउँला जवानी ।
      ३.
      मन कस्तो कस्तो !
      पैसा जस्तो लाग्छ
      सबैभन्दा त्यही सस्तो ।
    • शशी आचार्य
      ……………………………………
      १,
      सोह्रमा नागरिकता पायो
      हिॅंड्यो बेरोजगारी छल्न
      सबै परदेशतिर धायो ।
      २
      सङ्घर्ष जीवनको पाटो
      सहेर घामपानी ठेस,
      फैलिन्छ सफलताको बाटो
      ३
      बढेको छ घमण्ड ,
      भ्रष्टाचारको कालो धनमा,
      दिॅंदैनन् कसैले दण्ड ।
    • भुपेन्द्र राना मगर, धादिङ
      ……………………………………
      १,
      जीवन हो फूल ,
      जहाँ भमरा भुल्छन्
      अब नगरौँ भुल ।
      (२)
      फूलमा रस छैन,
      न केही बास्ना
      कोपिलामै अनर्थ हैन ?
    • जी.वि.चिन्तन घोराही- १४, दाङ
      ……………………………………
      १.
      सात समुद्र पारि
      दौडिए युवा जमात
      बोकेर सपनाको भारी।
      २.
      स्वदेशको बाँझो बारी
      फुल्यो ईलामे झार
      बन्यो तितेपाती घारी।
      ३.
      स्वदेशमै फल्छ मेवा
      पौरखी हात चलाए
      दिनु सके टेवा।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      ……………………………………
      १.
      पढेको काम लाग्दैन
      जस्तो लाग्दैछ अचेल
      मनको पिर भाग्दैन ।
      २.
      के गर्नु सोचेर ?
      हरदिन बदलिँदै छ
      समय सधैँ गनेर ।
      ३.
      समय अवश्य पर्खन्छु
      दुःखले कति भिज्नु
      भोलिबाट टाढै तर्कन्छु ।
    • प्रकाश धमेना क्षेत्री ‘ज्योति’ (हाल – चितवन)
      ……………………………………
      १,
      मन मरेपछि आस
      कोही यहाँ कहिल्यै
      नलाग्दो रहेछ खास ।
      २,
      सफा होस मन
      झुटो नबोल कहिल्यै
      असल मान्छे बन।
      ३,
      तिम्रै बन्छु भनी
      धोका दियौ निष्ठुरी
      आज अर्कैको बनी ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………………
      १)
      नेपाल हाम्रो देश
      सुन्दर अनि शान्त
      भेषभूषा फरक परिवेश ।
      २)
      सगरमाथा हाम्रो शिर
      बिनागल्ती कोही नझुक्ने
      नेपाली हामी वीर ।
      ३)
      प्राकृतिक सुन्दरताको धनी
      गर्व लाग्छ मलाई
      आफू नेपाली भनी ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………………
      १)
      निकै देखियो चुरीफुरी
      कसलाई फसायौ आजकल
      सुनाउन ए ! निष्ठुरी !
      २)
      आँखामा गाजल पोतेर
      देख्छु निकै चम्केको
      जालीले शरीर छोपेर !
    • लुम्बिनी साहित्य प्रतिष्ठान, नेपाल
      ……………………………………
      १
      उज्यालो बनाउॅंछ शिक्षाले
      जीवनको अस्तित्व बुझौँ
      अमर बनिन्छ दीक्षाले।
      २
      प्रश्नको लाग्दछ थुप्रो
      खोज्दा खोज्दै उत्तर
      बन्छ शरीर कुप्रो।
      ३
      प्रविधिको उपयोग जानेमा
      मानव बन्छन् खुसी
      मनको सन्तोष छानेमा।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      ……………………………………
      १ ,
      जब शिशिर लाग्यो
      तन मन सबै
      चिसोले थुरथुर काँप्यो ।
      २ ,
      अब वसन्त आउँछ
      कोइलीको गाना सॅंगसँगै
      वृक्षमा हरियाली छाउँछ।
    • हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक, बनेपा – १४, साँगा बजार
      ……………………………………
      १,
      मेरो मनको कुना
      थाहै नपाइ फुस्केछ
      तिमी बाँधिदेऊ तुना ।
      २,
      चिसोले साह्रै सतायो
      मन मौसम उस्तै
      निस्ठुरीको यादले अटायो ।
      ३,
      तलतल लाग्यो अम्मल
      धेरै आशङ्का किन ?
      खोजी हुँदा कम्बल ।
    • सरस्वती भट्ट, सिराञ्चोक -५, गोरखा (हालः राइनास-१, लमजुङ)
      ……………………………………
      (१)
      गर्नु सबको भलाइ
      गल्ती हुँदा कहिलेकाहीँ
      माफ देउ मलाई ।
      (२)
      मलाई निरास बनायौ
      छोडेर गयौ तिमी
      झुटको खेती खनायौ ।
      (३)
      सम्बन्ध बढाऔॅं हामी
      सबैको आँखा अगाडि
      बन्नुपर्छ सबैभन्दा नामी ।
    • उर्मिला केसी, धनकुटा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०३

    साताका उत्कृष्ट झिल्का कविता- २

  • १५ माघ २०८०, सोमबार १९:४१ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको दोस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २ का लागि झिल्काकार त्रय भवानी पोखरेल, दीपा गुरुङ र कला ढकालका उत्कृष्ट झिल्काहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    [१] भवानी पोखरेलका उत्कृष्ट झिल्काहरू

    १.
    मनकाे गाँठाे फुकाएर
    मलाई दिलमा राख्नु
    यसाे कतै लुकाएर ।
    २.
    खाेज्दा कतै नभेटिने
    भेटेकाे ठाउँमा जाँदा
    झल्काे केही नमेटिने ।
    ३.
    हिँड्नू आफ्नै बाटाेमा
    जहाँ गए तापनि
    फर्किनू यही माटाेमा ।
    ✍️
    भवानी पोखरेल
    कपिलवस्तु

    [२] दीपा गुरुङका उत्कृष्ट झिल्काहरू

    १.
    जोख्दा तोला  तोला
    शब्द छानी छानी
    गल्ती नगर्नु होला ।
    २.
    भमरा भुल्छ रसमा
    समय हुन्न साथी
    कसैको नि वशमा ।
    ३.
    डर छैन हेर
    मृत्यु देखी पनि
    जीवनको दिशा फेर ।
    ✍️
    दीपा गुरुङ
    काठमाडौँ

    [३] कला ढकालका उत्कृष्ट झिल्काहरू

    १.
    ऋणको भारी बोकेर
    बाआमा एक्लै  छोडी
    आँखाको  आँसु  रोकेर ।
    २.
    सम्झौता  छिटो  गर
    यातायातको अवस्था हेरी
    खाल्डो  चाडो भर ।
    ३.
    मिलेर  काम गर
    देश बनाउने कुरामा
    अरूको  भर नपर ।
    ✍️
    कला ढकाल
    झापा दमक

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्का6 Comments on साताका उत्कृष्ट झिल्का कविता- २

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०२

  • १५ माघ २०८०, सोमबार १९:०७ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको दोस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाजको आयोजनामा यो शृङ्खला सञ्चालन भएको हो । साप्ताहिक झिल्का कविता लेखन अभ्यास शृङ्खला विगतको शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
    ……………………………
    १,
    फल हेर्नु पहिले
    मलजलमा ध्यान दिॅंदै
    कर्म गर अहिले ।
    २,
    उम्रिन्छ पैसाको बोट
    लाग्छ, विदेशी भूमिमा
    धन कमाउने अठोट ।
    ३,
    युवा शक्ति विदेश
    देशमा नागरिक खाँचो
    हराभरा बनाउन परिवेश ।

    • म्यामराज राई, भोजपुर
      ……………………………
      १,
      तिमीले बुझेनौ मलाई
      त्यसैले रातदिन कराएँ
      यो मन जलाई ।
      २,
      रातदिन दुःख विदेशमा
      आमाले छोरालाई भन्छिन्
      आऊ हाम्रै परिवेशमा ।
      ३,
      घरको पुकार सुन
      चोक र गल्ली
      अनि चौतारी गुन ।
    • शशी आचार्य
      ……………………………
      १
      राजनीति व्यापार भयो
      देश नाङ्गेझार पार्न
      नेता विदेश गयो।
      २
      हामी सामाजिक बन्नुपर्छ
      त्यो व्यवहारले मात्र
      सबैको हित गर्छ।
      ३
      नागरिक देशभक्त हुनुपर्छ
      दुस्मन डराउँछ सधैँ
      सबैको हित गर्छ।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      ……………………………
      १,
      नेपाल बेची खाएर
      भन्दैछ आन्दोलन गर्छु
      लज्जाले म सर्माएर।
      २,
      बेरोजगारको भर्ती नेपाल
      जित्छ मतदान बुढाले
      बर्बाद बनायो हाल।
      ३,
      उम्रिॅंदैन पैसाको बोट
      देशमा केही गर्नु
      पसिना बगाएको नोट।
    • एवाइ प्रभात, सहिदभूमि-३, छेन्ताङ, धनकुटा
      ……………………………
      १,
      विद्रोह चाल बोकेर
      विकास छैन देशको
      के बस्छौ खोकेर ?
      २//
      पटक पटक गरेर
      जनता ठग्ने चालले
      अन्जान सिधा परेर ।
      ३//
      देखायौ त्यो अन्धोपनले
      विश्वास गर्दा पनि
      छलेर, ढाँटेर जनले ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      ……………………………
      १.
      हिमालमा चुलियो हिउँ
      मायालुलाई चौतारीमा बोलाएर
      गुराँसको फूल दिउँ।
      २.
      म धर्तीमा टेकेर
      आकाश हेर्दै छु
      तिमीलाई नै देखेर।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी ।
      ……………………………
      १,
      सधैँ अगाडि बढ्न
      शिक्षा हो सार
      गाह्रो नमान पढ्न ।
      २,
      माया गर्छु भन्यो
      भर मलाई पारेर
      अरू कसैको बन्यो ।
      ३,
      हेर कति राम्रो !
      मन लोभिन्छ यहाँ
      ईलाम जिल्ला हाम्रो ।
    • दीपा तिम्सिना पौडेल, ईलाम
      ……………………………
      १,
      दिलले दिल जलाई
      भो नसोध भो
      छोडेर गएपछि मलाई ।
      २,
      भयौ अचम्मै अटल
      बेचेर हिॅंडेछौ भन्छन्
      कुन कर्मको फल ?
    • प्रेम थापा “मन”बागलुङ
      ……………………………
      १.
      मन भित्रको चोट
      कसले हो देख्ने
      टुटेको भाग्यको खोट।
      २.
      लिन्छन् गनीगनी नोट
      पाएपछि गायब हुन्छन्
      दिएर नराम्रो चोट।
      ३.
      छ्याप्छ्याती हुन्छन् अहिले
      दिनु भन्दा अगाडि
      कुरा बुझ पहिले ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, संखुवासभा ।
      ……………………………
      १.
      जन्मभूमिको माया थियो
      बस्ने वातावरण नभएर
      विदेशले आश्रय दियो।
      २.
      जन्मभूमि सकिॅंदैन बिर्सन
      जहाँ गए पनि
      गाउॅंघरमै हुन्छ मन।
      ३.
      समस्या कसले टार्छ
      सुनाएर नसुन्ने बहिरो
      बरु जिउॅंदै मार्छ।
    • अर्जुन प्रसाद चौलागाई, सुनापति-१ , रामेछाप (हालः-अमेरिका, बोस्टन)
      ……………………………
      १,
      लैजाला टोपी खोसेर
      नबस आफ्नै भाईको
      घरमा आगो झोसेर।
      २.
      लोभको थैली भरेर
      बिताउँछन् लोभीले जिन्दगी
      लैजाने के मरेर ?
      ३.
      जान्छ एकदिन ढलेर
      खरानी हुन्छ जिन्दगी
      चिताको माथि जलेर।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      ……………………………
      १,
      देशका सहिदको रगत
      भ्रष्टाचारीको लागि बग्यो
      सत्ताको भर्‍याङ फगत ।
      २,
      संविधानको रक्षा भन्दै
      आदर्श सिद्धान्त विपरीत
      मख्ख भोट गन्दै ।
      ३,
      राजनीतिमा लाजले छुॅंदैन
      मुर्छा पर्‍यो कानुन
      भ्रष्टको नैतिकता हुँदैन ।
    • प्रद्युम्न चालिसे
      ……………………………
      १,
      बोट लटरम्म फलेको
      असह्य गर्मी दिन
      चिसो बतास चलेको ।
      २,
      उपकार फलदायी हुन्छ
      कर्मबिना आशा फलको
      इच्छा राख्ने रुन्छ।
      ३,
      मन आस्था ढलेको
      शोभायमान हुन्छ मन्दिर
      सधैँ दियो बलेको ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      ……………………………
      १.
      मरेपछि गुणगान गाउँछन्
      कस्तो रहेछ परम्परा ?
      जिउँदैमा आडम्बरी हराउँछन्।
      २.
      भोका नाङ्गा हेर्दैनन्
      ढुङ्गामा दूध ओइराउने,
      पुरातन सोच फेर्दैनन्।
      ३.
      ढिकी, जाँतो हरायो
      प्रविधिको भयो विकास,
      अचेल आलस्य मौलायो।
    • पृथक प्रकृति, झापा
      ……………………………
      १,
      रिनको भारी बोकेर
      बाआमा एक्लै छोडी
      जाँदैछु परदेश छोडेर ।
      २,
      सहिद दिवस मनाऊ
      माघ सोह्र गते
      सालिकमा माला लगाऊ।
      ३,
      मिलेर काम गर
      देश बनाउने कुरामा
      अरूको भर नपर।
    • कला ढकाल, झापा
      ……………………………
      १,
      नराख्नु आस पहिले,
      गर्ने गर्नु सबैले
      निष्काम कर्म जहिले ।
      २,
      विषय सुखमा अल्झेर
      बस्नु हुन्न प्रदेशमा
      फर्क माटो सम्झेर ।
      ३,
      आउला भनी फर्केर
      लेकबेँसी, बनजङ्गल, झरना
      बसिरहेका सधैँ पर्खेर ।
    • दीपा समभाव, दुबेकोल -खोटाङ्ग (हाल बुनपा काठमाडौ)
      ……………………………
      १,
      तराई, पहाड, हिमाल
      साझा हाम्रो फूलबारी
      प्यारो हाम्रो नेपाल ।
      २,
      दुखिरहन्छ यो मन
      रहर पूरा गर्नलाई
      चाहिने रहेछ धन।
      ३,
      गर्नलाई रहेछ घात
      माया गर्छु भनी
      किन दियौ हात ?
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………
      १ .
      बास बस्ने घर
      मानवलाई सधैँ चाहिन्छ
      गाँसको पनि भर ।
      २
      हिमाल पहाड तराई
      हामी सबै नेपाली
      कोही छैन पराई ।
      ३.
      साथ सहयोग जोड्नु
      नराम्रो मान्छेलाई सबैले,
      मन, मुटुबाट छोड्नु ।
    • श्री कृष्ण धामी, सुदूरपश्चिम बझाङ
      ……………………………
      १,
      पहले कति रमाए
      तिमीलाई भेटेपछि हजुर
      जिन्दगीको परिभाषा समाए।
      २,
      सेवा सबैको गर
      नबस कसैलाई पर्खी
      छैन जिन्दगीको भर।
      ३,
      देश चलाउने हात
      छ असल चाहिएको
      हुनेछ सबैको साथ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      ……………………………
      १,
      असल सोच लिनु
      सधैँभरि सेवक बनी,
      समाजलाई साथ दिनु।
      २,
      घर छाडी गएको
      पराईलाई खुसी पारेर,
      सबैको प्यारो भएको ।
      ३,
      भोग विलासमा अल्झेर
      हराउनु हुन्न परदेशमा,
      घर आउ सम्झेर ।
    • राज कुमार राजभण्डारी “खोटाङ्गे”,
      मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर ।
      ……………………………
      १.
      चिस्याउन आउँछ माघले
      जतिसुकै भोकाए पनि
      खाँदैन घाँस बाघले ।
      २.
      भयो माघ आधा
      ओकले हिउँदे निसान
      सेताम्मे तुसारो बाधा ।
    • कृष्णकुमार वैद्य , बनेपा ९, काभ्रे
      ……………………………
      १,
      सीमाभित्र बस मन
      हैन खुला संसारमा
      स्याहारी आफ्नै तन।
    • रचना शर्मा प्रतीक्षा, ललितपुर ।
      ……………………………
      १ ,
      छैन लुगा ऊनी
      आयो पुस माघ
      बालाऔॅं, आउ धुनी ।
      २ ,
      जता हेर्योसेताम्य
      टुसारो अतिनै पर्‍यो
      कहिले होला साम्य?
      ३ ,
      जब लाग्छ फागुण
      तब वसन्त छाउँला
      हट्छ चिसो अवगुण।
    • हरिगाेपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा १४, सँगा बजार ।
      ……………………………
      (१)
      नदिएपछि प्रमाणपत्रले खान
      धनीपुर्जा धितो राखेर
      बाध्यता परदेश जान।
      (२)
      राजनीतिले सौदाबाजी गर्छ
      उच्चतम योग्यता पुगेका
      युवाशक्ति बिदेसिनु पर्छ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………
      १,
      नुन,चुक घाउमा
      मैले रोजेको सरकार
      मलाई सिध्याउने दाउमा ।
      २,
      हिजोको जिन्दावादको नाराले
      सत्तामा पुर्‍यायो नेतालाई
      दु:ख पायो साराले ।
      ३,
      एक, दुई, तीन
      व्यवहार यस्तै रहे
      फेरिन्न जनताको दिन ।
    • चिरञ्जीवी ढकाल, नेपालगन्ज-२०, राँझा एयरपोर्ट बाँके
      ……………………………
      १
      जिन्दगीमा रमाईलो गरौँ
      समाज प्रगति चाहॅंदैन
      अरूको आशा नगरौँ ।
      २
      समाजले साथ दिॅंदैन
      भोली गरौँला नसोचौँ
      खोसेर कसैले लिँदैन ।
      ३
      अर्काको भरमा नपरौँ
      गरौँ आफ्नो कर्म
      अरूलाई उक्साउने नगरौँ ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाडौ
      ……………………………
      १
      पैसोले गर्नु गर्‍यो
      भए मान्छे बदनाम
      पशुभन्दा तल झर्‍यो ।
      २
      सकिएन समस्यालाई रोकेर
      बेटुङ्गो यात्रामा निस्किॅंदैछु
      बाध्यताको पोको बोकेर।
      ३
      सात समुद्र तरे
      कोही फर्किए हजुर
      कोही उतै मरे ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      ……………………………
      १)
      झुटो बोल्ने बानी
      हुन्छ हानी आफैंलाई
      जान यति बाबुनानी ।
      २)
      किताबले दिन्छ ज्ञान
      खेर समय नफाले
      पढाईमा देउ ध्यान ।
      ३)
      पुर्‍याएर सुन्दर ढङ्ग
      बोल विनम्र भई
      बनाऊ सबै दङ्ग ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………
      १,
      ऋतुहरूमा खास वसन्त
      लागेर चोटहरू अनायसै
      झिल्काकार भएँ अनन्त।
      २,
      चोटमा मल्हम भरिएला
      बिसेक बनेर आउॅंछु
      पीडाको समुद्र तरिएला।
      ३,
      डालीमा फूलहरू खिल्नेछन्
      चोटहरू सह्य भएपछि
      पुनः सबैसँग मिल्नेछन्।
    • दार्जिलिङ भारत।
      ……………………………
      १
      को होला खोई ?
      खोजी रहेछु म
      मेरो बन्ने जोई ।
      २
      चाहिॅंदैन अनुहार राम्रो
      मेरो सङ्गी होस्
      परिवारलाई भन्ने हाम्रो ।
      ३
      नसके दिन सुख
      रुवाउँदिन मेरो मान्छेलाई
      दिन्न म दु:ख ।
    • बिके माकजू , भक्तपुर ।
      ……………………………
      १,
      अचार मीठो आलुको
      ट्वाक्क जिब्रो पड्काउॅंदा
      सातो उडेछ ठालुको ।
      २,
      हिजै सल्लाह गरेछौ
      आज आयो चेतना
      बल्ल जिल्ल परेछौ ।
      ३,
      जान्ने सुन्ने बनेर
      औधी गर्‍यो बाठोले
      आफ्नै खाडल खनेर ।
    • कमला पौडेल
      ……………………………
      १,
      छोडेर लाज सर्म
      थप्यौ भुक्तमान जनतामा
      उल्टो गरेर कर्म ।
      २,
      चैन लुट्ने हाम्रो
      ढाँटको गर्छौ खेती
      कसरी भनौँ राम्रो ।
      ३,
      मेटी आफ्नो सान
      मुर्खता थियो हाम्रो
      तोरी छरेर धान ।
    • रामप्रसाद पुरी,बादेल,खाेटाङ ।
      ……………………………
      १,
      बोलौँ सदा सोचेर
      बिझ्न सक्छ काँडा
      बोले जबर्जस्ती घोचेर ।
      २,
      देखेर तिम्रो चाल
      उदास हुने रहेछु
      आउने पनि साल ।
      ३,
      आँखा आँखा जुधेपछि
      दोधार हुन्छ मन
      प्रेमिल रहर कुदेपछि ।
    • मेचीनगर, झापा
      ……………………………
      १,
      रामराज्य बनाउन खोजे
      शासकले साथ पाउँछन्
      असल कर्म रोजे।
      २,
      काम कुरा विपरीतले
      हास्यपात्र बन्नु भन्दा
      खुसी हुनु परहितले।
      ३,
      गहन विचार सिर्जनाको,
      सधैँ कदर भएदेखि,
      प्यास बुझ्थ्यो तिर्सनाको।
    • मनोहरी पौडेल, गैडाकोट – १
      ……………………………
      १.
      भन्न सजिलो हुन्छ
      मायालु निष्ठुरी भएपछि
      धर्धरी मन रुन्छ ।
      २.
      हेर मायाले एकफेर
      मनमा तिमीलाई सजाउँला
      नबस्नु तिमी सम्झेर ।
      ३.
      कोसौ टाढा जाँदैछु
      झोलामा तस्वीर बोकेर
      सम्झना साथमा लाँदैछु ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      ……………………………
      १,
      महॅंगीले गगन चुम्यो
      विलीन भयो चाहना,
      मानवको अस्तित्व गुम्यो ।
      २,
      बजार भाउ बढेर
      सहर बस्न गाह्रो
      नसकिने पुराउन हेर ।
      ३,
      मिठा सपना बुनेर
      सहर पसेको थिएँ
      फर्किए रिनले उनेर ।
    • सीमा कार्की समर्पण, ठोरी गाउँपालिका -४, मेलचोक, पर्सा
      ……………………………
      क)
      फसेर पनि दलदलमा
      सत्ता सधैँ ओगट्छन्
      छल औ बलमा l
      ख)
      मूलढोका बन्द थिए
      जस्केलबाट भित्र तानी
      फूलमाला लगाई दिए l
      ग)
      नेतामा विवेक छैन
      निमुखा हुँदा पीडामा
      वेदना बुझ्ने हैन l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………
      (१)
      हिमालमा हिउँ सेतै
      देखेर मन रमाउँछ
      हेर्न आउँछु तेतै ।
      (२)
      उकालीमा जाँदा जाँदै
      थकाइ मार्दा एकछिन
      बसेर पानी खाँदै ।
      (३)
      गयौ माया मारेर
      तिमी खुसी भयौ
      मलाई एक्लै पारेर ।
    • उर्मिला के.शी., धनकुटा
      ……………………………
      १/
      सुगन्ध भए सुनमा
      हुन्थ्यो होला कस्तो
      तुलना गरौँ गुनमा।
      २/
      जन्मिन् छोरी भनेर
      नगर हेला कदापि
      बाँचुन् लक्ष्मी बनेर।
      ३/
      छोरी बुहारी बराबर
      सम्झे बढ्दछ उन्नति
      हुन्छ शान्तिप्रिय घर।
    • विवश पारदर्शी, झापा
      ……………………………
      १,
      तिम्रो माया पाउनलाई
      बाआमा छोडेर आए
      तिमीसँग हात समाई ।
      २,
      घृणा पात्र बनायौ
      तिमीले मलाई होइन
      स्वार्थी के पायौ ?
      ३,
      मायाको जलमा पारेर
      फसाउने कुपात्र तिमी
      जिउँदै गयौं मारेर ।
    • कविताहरी, सुन्दर हरैंचा नगरपालिका १ मोरङ
      ……………………………
      १,
      कविको भव्य भेला
      भयो विचारका प्रहार
      साहित्यमा रम्ने बेला।
      २,
      समिक्षा भयो लामो
      पाठक माथि विश्वास
      साहित्य प्रवर्द्धनको खामो।
      ३,
      अमूल्य समय दिए
      थिएन प्रतिस्पर्धा रचनाको
      मनले पदवी लिए ।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      ……………………………
      १.
      कामको राम्रो तरिका
      अचेल छन् मानिस
      व्यस्त संसार भरिका ।
      २.
      आँटेपछि कुराहरू आउँछन्
      हरेक जानकारी लिनुपर्छ
      आवश्यक पर्नेहरू धाउँछन् ।
      ३.
      भोकले भोजन माग्दछ
      आफ्नै पसिनालाई जहिल्यै
      श्रमिकले मालिक ठान्दछ ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      ……………………………
      १)
      हुन्छ मिठो फल
      दिनदिनै हेरचाह गर्नुपर्छ
      दिनुपर्छ सधैँ जल ।
      २)
      हेरेर बाटो अघि
      बढ्दै जाऔॅं सबै
      विरहमा कहीँ नबगी ।
      ३)
      उठाई देशको झण्डा
      बोकेर हिॅंडौँ सबै
      भष्टाचारीलाई दिऔॅं दण्ड ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ……………………………
      १,
      शिक्षाको ज्योति छरौँ
      देशलाई समृद्धितर्फ डोर्‍याउन
      भरमग्दुर प्रयास गरौँ।
      २,
      हृदयमा सन्नाटा छायो
      विगतका अनवरत यात्राका
      अस्मेल याद आयो ।
      ३,
      चौतारीमा शितल छाया
      जूनी जूनीसम्म पनि
      रहिरहोस् हाम्रो माया ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६, दोलखा ।

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविता3 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०२

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०१ सम्पन्न

  • ९ माघ २०८०, मंगलवार ०६:३९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०१ गत आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाजको आयोजनामा यो शृङ्खला सञ्चालन भएको हो । साप्ताहिक झिल्का कविता लेखन अभ्यासको पहिलो शृङ्खलामै निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४ दर्जन बढी (५१ जना)साहित्यकारज्यूहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।


    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
    ~~~
    १,
    हेमन्तले बोकेको घाम
    कलिलो हुन्छ धेरै
    बाक्लो लुगाको याम।
    २,
    हरेक प्रेमिल बात
    जीवन सुखको बाटो
    पर्खाइ चाँदनी रात।
    ३,
    युवाको विदेशिने पाइलो
    देशको अधोगति सङ्केत
    योजना चाहिन्छ दर्बिलो
    • म्यामराज राई, भोजपुर
      …………………………..
      १)
      पुस माघको रात
      उन्मत्त बैँस ठन्डीको
      हुस्सु बहुलायो उत्पात ।
      २)
      बडो गजबको खेल
      बिरालो ढुक्दैछ मुसा
      गरेर अनेकन् झेल ।
      ३)
      आँसु रित्तिए झरेर
      छोडेर गएदेखि तिमीले
      गए रहरहरू मरेर ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …………………………..
      १
      नेपालमा नेपालीको धन
      थापेर सुनको कचौरा
      परदेशमा जाँदैछ जन।
      २.
      आँखामा माया बोकेर,
      फर्किन्छ साहिॅंलो साँझमा
      दुःखको जलपान धोकेर।
      ३.
      गरिबी अचार अमिलो
      गरेर खाने दिनमा
      पसिना हुँदैछ धमिलो ।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
      …………………………..
      १.
      देशका युवा जति
      काम खोज्न भनेर
      खोज्दैछन् जान कति।
      २.
      देशको माया बोकेर
      बाध्यता भयो तिनको
      मुटुमा किला ठोकेर।
      ३.
      सरकार मौन जहिल्यै
      चुनावमा चर्का नारा
      नीति नल्याउने कहिल्यै।
    • अर्जुन प्रसाद चौलागाई
      रामेछापः-अमेरिका,बोस्टन।
      …………………………..
      १.
      विदेशमा हुन्छन् ढेर
      ती कलिला मुना
      बाह्र पास गरेर ।
      २.
      छलछाल कि करकाप
      हेर भविष्यले पिरोल्दा
      हुन्छन् विदेश टाप ।
      ३.
      घर रित्तो पार्दै
      ऋण सार्दै हिँडे
      विदेश आँसु झार्दै ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ
      …………………………..
      १,
      गरौँ रमाइलो आज
      पन्चेबाजामा गर्दै रत्यौली
      नमानी केही लाज ।
    • डिल्ली राज घिमिरे, अर्घाखाँची
      …………………………..
      १.
      टाढियो आफन्त छोडेर
      सम्हाल्न युद्धको मोर्चा
      मृत्यको खोल ओढेर ।
      २.
      पसिना बेच्न हिँडेको
      घर परिवार छोडेर
      आफैँलाई बेच्न भिडेको ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …………………………..
      १,
      सिमा मेरो नाउॅं
      सुन्दरताले भरिएको छ ,
      मेलचोक मेरो गाउँ ।
      २,
      व्यावहारिक बन्धनले घेर्यो
      पसिनाको सिॅंचाई गरी,
      फुलाउॅंछु मैले सेरोफेरो ।
      ३,
      छेपारोको रङ्ग देखाउनेलाई
      जस्तालाई त्यस्तै गर्छु
      मसॅंग जुध्न आउनेलाई ।
    • सीमा कार्की समर्पण
      …………………………..
      (१)
      राहदानी हातमा समाई
      देख्दैछु महलको सपना
      परदेशमा धन कमाइ ।
      (२)
      ढल्केर गयो उमेर
      खोज्दैछु लठ्ठीको सहारा
      सन्तानले हात झिकेर ।
      (३)
      प्राकृतिक रमणीय परिवेश
      भित्रभित्रै खोक्रो बनायो
      राजनीतिले मेरो देश ।
    • भुपेन्द्र राना मगर, धादिङ
      …………………………..
      १,
      स्वार्थमा लगाएको मित
      जित हु्न्छ आफन्तबिनाको
      खोलामा गाएको गीत ।
      २
      कुर्सीको निम्ति झगडा
      चाल खहरे खोलाको
      हुने अनेकन लफडा ।
    • भवानी घिमिरे, सर्लाही
      …………………………..
      १
      हिॅंडियो बाध्यताको बाटो
      छाडेर आफ्नो देश
      जिउन कालको साटो।
      २
      पसिनाको बिक्री गर्न
      काम, दाम उसैको
      परिवारको पेट भर्न।
      ३
      श्रोत भेटिन्छ देशैभरि
      सरकार छ खोटो
      उखान घरी घरी।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …………………………..
      १
      हुन्छ आत्माको जित
      मात्र परोपकारी भावना
      हुन्छ सबैको हित ।
      २
      जीवन यथार्थ भोगाइ
      सदाचारी बन्नु पर्ला
      मनमा राखौँ सोचाइ।
      ३
      हुन्छन् प्रभु मित
      सुकर्म गर्ने प्रेरणा
      गाऔँ मिलन गीत ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …………………………..
      १,
      कान्छा! अगुल्टा मिल्का
      उफ्रिदैछन् झर्झर झर्झर
      झिल्के साहित्यिक झिल्का ।
      २,
      अगुल्टा ठोस्नु जसोतसो
      उड्छन् हराउँछन् झिल्का
      आगो झोस्नु कसो ?
    • कमला पौडेल
      …………………………..
      १,
      परिश्रम बेचेर बाँचिन्छ
      आजकल युगको स्थिति
      इसाराको भरमा नाचिन्छ ।
    • गुणनिधि घिमिरे
      …………………………..
      १
      कालो न कालो
      सृष्टिको एक जीव
      बाँदरको हो सालो ।
      २
      कुकरले अत्याचार गरेको
      जीवनको त्यो मूलबाटोमा
      आखिरी अलपत्र परेको ।
      ३
      घाम लाग्छ कहिले
      यो धरती आकाश
      बादल फाट्छ जहिले ।
    • आर्त अकुलीन
      …………………………..
      १
      स्वदेशमा गरेर काम
      हामी सफल बन्नेछौँ
      यदि घुमे चारधाम ।
      २
      हिमाल, पहाड, तराई
      हाम्रो साझा नेपाल
      कोही छैन पराई ।
      ३
      पानी मिठो मूलको
      लाग्छ राम्रो रहनसहन
      हाम्रै नेपाली कुलको ।
    • दिपा तिम्सना पौडेल, ईलाम
      …………………………..
      १
      राजनीति फोहोरी खेल
      सत्ता प्राप्तिको लागि
      नेताले गर्छन् झेल ।
      २
      आलस्य शरीरले भन्यो
      असहज परिस्थितिले आज
      सपना सपनै बन्यो ।
      ३
      माघको मधुरो घाम
      आकाशमा बादल लागेको
      हातले गरेन काम ।
    • राज कुमार राजभण्डारी “खोटाङ्गे”
      मध्यपुर ठिमी – ५, संगम कोलानी भक्तपुर।
      …………………………..
      १.
      माघको मधुरो घाम
      हरेक बिहानीपख सबैले
      जपौँ हरिको नाम ।
      २.
      योग, ध्यान गरेर
      स्वस्थ बनौँ सबै
      जीवनमा अघि सरेर ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
      …………………………..
      १
      देखेर शासकको मति
      दिक्दार लाग्छ मलाई
      बिग्रँदा देशको गति ।
      २
      मुखले भन्छ साथी
      प्रहार गर्दछ उसले
      छुरा सधैँ ममाथि ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …………………………..
      १
      लजालु आँखाले हेरेर
      मुसुक्क मुस्कुराइन् उनी
      लामो सास फेरेर ।
      २
      ठोसेपछि दन्दन आगो
      भाग्न बाध्य भएछन्
      अरिङ्गाल र खागो ।
      ३
      फेरि झिल्का लेखौँला
      मनको बह कहेर
      काव्यको तिर्सना मेटौँला
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …………………………..
      १
      खेतबारी बन्यो झाडी
      युवा युवती हिॅंडेका
      रोजगारी खोज्दै खाडी ।
      २
      समृद्धिको खोक्रा नारा
      दिनदिनै बढ्दैछ ऋण
      अद्भुत नेतृत्वको पारा ।
      ३
      हरेक मान्छेको मन
      नाचिरहन्छ हरक्षण यहाँ
      कमाउने धुनमा धन ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …………………………..
      १,
      जाडोमा नुहाई आइयो
      शब्दको दुनियाँ छॅंदैछ
      झिल्काको नगर पाइयो ।
      २,
      नबोली भागेर नबस
      सुस्तरी हावाको झोकले
      कुनामा रिसाई नपस ।
      ३,
      आएका स्वागत मिलायो
      पार्टीको निहुँमा कसोरी
      गिलास भरेर पिलायौ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …………………………..
      १.
      भ्रम थुप्रै छरेछौ
      जनताको पसिनासँग खेलेर
      खल्ती पनि भरेछौ ।
      २.
      बुझियो तिम्रो चालबाजी
      भ्रष्टमा रहेछौ राजी
      खबरदार दुईजिब्रे काजी ।
    • प्रेम थापा “मन”, बागलुङ
      …………………………..
      १,
      देश छोडेर जान्छ
      आमाको माया बोकी
      सुखमा परिवार खान्छ ।
      २,
      दाजुभाइ सधैँ लडेर
      जित हुन्छ कसको
      जिते पनि हारेर ।
      ३,
      रुमाल दिएर गयौ
      आँशु आएको छैन
      तिमी निष्ठुरी भयौ ।
    • एवाइ प्रभात, सहिदभूमि-३,धनकुटा
      …………………………..
      १
      घरभित्रको त्यो बन्दीमा
      बसेका छन् नारी,
      झुकेर सधैँ सन्धिमा।
      २
      जीवन बाढीको भेल
      कसैको सुख दुःखको
      हारजितको न खेल ।
    • कला ढकाल, दमक, झापा
      …………………………..
      १
      माघको लागे घाम
      चिसो चाहिॅं हटेपछि
      सबैले गरे काम ।
      २.
      घाम लाग्ने बेला
      काम गर्नेको हातभरि
      अवश्य हुन्छ ठेला ।
    • श्री कृष्ण धामी, बझाङ
      …………………………..
      १/
      कति भएको चिसो
      कपडा धुन नपाई ,
      भएको छु लिसो।
      २/
      जाडोमा ठन्डा पानी।
      तिम्रो कर्म त्यस्तो,
      दुःख नमाने नानी।
      ३/
      घरायसी माखेसाँङ्लोको पिर
      उखरमौलो गर्छ्यौ आउँदा,
      मार्छु रोपेर झिर ।
    • टिकाराम पुन एटम, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      …………………………..
      १/
      आच्छु ! कस्तो जाडो
      माघैमा गर्नु पर्ला
      तातोको चाँजो चाँडो ।
      २/
      हुस्सु शीतलहर चल्दा
      जीवजन्तु मर्न थाले
      चिसोले कठ्याङ्ग्रिएर गल्दा ।
      ३/
      छैनन् लुगा ताता
      गरिबी कस्तो जुनी
      हे ! दैव विधाता ।
    • विवश पारदर्शी, झापा
      …………………………..
      १.
      मेरो सहरमा आयौ
      एक्लो जीवनमा फेरि,
      चोखो माया लायौ।
      २.
      हरेक पल रमाउनु
      लड्न खोजेँ भने,
      मेरो हात समाउनु।
      ३.
      तिम्रो तस्विर नयनमा
      सजाएर राखि सकेँ,
      सधैँ आउनु सयनमा।
    • पुष्पा राई, खोटाङ ।
      …………………………..
      १.
      भन्ने बेला उँभोतिर
      हताश गरेर मनुवा
      खोजी जान्छ भिर ।
      २.
      छोड धक्कु सहरको
      अस्तव्यस्त देख्यौ भने
      सातो जान्छ रहरको ।
      ३.
      नपारौँ सभ्यता खण्डहर
      पुर्खाले सिर्जेका सम्पत्ति
      दुरुस्त राख्नुपर्छ वरपर ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …………………………..
      १
      घरलाई मन्दिर बनाऊ
      ए ! मान्छे हो
      बा, आमालाई सजाऊ ।
      २
      बा, आमा जहाँ
      बुझ है मान्छे
      भगवान् हुन्छन् त्यहाँ ।
      ३
      वृद्धाश्रम बेकाम हजुर
      घर मन्दिर हो
      बा, आमा गजुर ।
    • बिके माकजू, भक्तपुर ।
      …………………………..
      १.
      माया गरेर छाडिन्
      सबैलाई एउटा पोको
      दयालु बनेर बाँडिन्।

    २.
    रहस्य बन्यो पोको
    सबैले मिलेर खोले
    पूरा भए धोको ।

    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा- ६, संखुवासभा ।
      …………………………..
      झिल्काले झण्डै झुक्यायो
      सिक्ने कुरा नछोडेर
      बेरोजगार पारेर झकझकायो ।
    • लक्ष्मी रिजाल, सप्तरी ।
      …………………………..
      १
      झिल्का आगो बनोस्
      परालको धुवाँ हैन
      भ्रष्टाचारीको खोइरो खनोस् ।
      २
      नौ शब्दमा भन्नुपर्छ
      झिल्का ज्वाला बनोस्
      भ्रष्टहरूको चिहान बन्नुपर्छ ।
      ३
      दयामायाले कहिल्यै हुँदैन
      चोटिलो शब्द आओस्
      भ्रष्टलाई चानचुनेले छॅंुदैन ।
    • चुडामणी देबकोटा, चनपा १३ काठमाडौं ।
      …………………………..
      १,
      कुहिरो उधुमै बढियो
      काँप्न थाल्यो शरिर
      बेसरी चिसो गाडियो।१।
      २,
      नुहाउँन सक्दिन चिसापानीमा
      मौसमले च्यालेन्ज गर्यो
      तातोपानी उमाल्छु बिहानीमा।२।
    • हरिनारायण चौधरी, सुन्दर हरैंचा नगरपालिका- १, मोरङ
      …………………………..
      १//
      पीडा थप्न आयो
      लीला बुझ्ने मान्छे
      राजा हुन पायो ।

    २//
    दिन त्यसै टरेछ
    सास नफेर्ने मान्छेको
    अल्छी अलपत्र परेछ ।

    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      …………………………..
      १.
      मौसमले चुनौती दियो
      त्रिपाल मुनिको बास
      ठिहिरोले ज्यान लियो ।
      २.
      अभागी यो कर्म
      सरकार आफ्नै धुनमा
      कसले बुझिदिने मर्म ।
    • मन्दिरा सेढाई, मलेखु,धादिङ
      …………………………..
      १)
      किन हिँड्छौ तर्केर
      सानोतिनो ती कुरामा
      आउने गर फर्केर ।
      २)
      सुनाऊ मनको कुरा
      सुखदु:खका ती सबै
      गरौँला मिली पूरा ।
      ३)
      जब टाढा हुन्छ
      मनको मान्छे सम्झिँदा
      रोएको कसले सुन्छ ?
    • सहयात्री शोभा अर्याल, रुपन्देही , बुटवल
      …………………………..
      १
      बादलको पर्‍यो दृष्टि
      धन्य भयो आकाश
      गराई धर्तीमा आवृष्टि।
      २
      रमाइन् सुख्खा धर्ती
      उब्जाई अन्नको भण्डार
      दिन्छिन् कर्मको अर्ती
      ३
      प्रकृति निहाल्दै कवि
      गर्छन् सुन्दर रचना
      डुब्दैन वास्तवमा रवि।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …………………………..
      १,
      गयौ तिमी तर्केर
      चिप्लो कुरा गर्दै
      नआऊ फेरि फर्केर ।
      २,
      चिसो बढ्यो उखपात
      साँझ पर्ने बित्तिकै
      खाऔॅं तातो दालभात ।
    • ध्रुव श्रेष्ठ, खोटाङ (हाल काठमाडौँ )
      …………………………..
      १,
      मेहेनत गर्नेको कुलो
      बगेर आउॅंछ सधैँ
      संसारमै श्रम ठुलो ।
      २,
      भाषण मात्रै ठुला
      देशभक्तिको छ खडेरी
      हिॅंड्दा खुट्टा लुला ।
      ३,
      कापी कलमको साथमा
      अब चस्मा थपियो
      उमेरमा लाग्यो कमा ।
    • पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके ।
      …………………………..
      (१)
      उद्देश्य उच्च बोकेर
      युवा सागर लम्केको
      विदेशको नारा घोकेर ।
      (२)
      नेपाली युवा शक्तिको
      उपेक्षा गर्ने नेतृत्व
      गुलाम गर्छ भक्तिको ।
    • पद्मा काश्यप पाण्डे, मोरङ**
      …………………………..
      १,
      म मरेको छैन
      तिमी किन रुन्छौ?
      सहिद कहिल्यै मर्दैन ।
      २,
      घामको पहिलो झुल्का
      कसिङ्गर पर्यो आँखामा
      सपना भयो उल्का ।
      ३,
      साँझको टुकी बालेर
      मौनतामा बसेकी आमा
      भित्ताको तस्बिर हेर ।
    • जी कुमार गौतम, भद्रपुर -१, झापा, नेपाल
      …………………………..
      १.
      शिखरले लाली पोत्यो
      धर्तीमा सुन फलाउन
      किसानले खेत जोत्यो ।
      २.
      देख्दा अजङ्गका पहरा
      पहराबाट छङ्छङ गर्दै
      झर्छन् सुन्दर छहरा ।
      ३.
      नरोऊ प्रिया धर्केर
      मुग्लान बस्दिन सधैँ
      आउँछु एकदिन फर्केर ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      …………………………..
      १.
      सबै विदेश गए
      आमाको चोलो फेर्न
      गाउँघर खाली भए ।
      २.
      कर्म गर अब
      भएर हुँदैन अल्छी
      खुसी हुन्छौ तब ।
      ३.
      एउटा सानो घर
      आफ्नै कमाइले बनाएको
      छैन कसैको डर ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४ बिगारे जुम्ला
      ……………………………
      १.
      देशको विकास गर्न
      नल्याऊ विदेशिएका युवालाई
      सरकारी गोलीले मर्न ।
      २.
      सरकार गोली हान्छ
      गरिबको सपना तुहाएर
      होटलमा डिनर खान्छ ।
      ३.
      हावामा हानेको गोली
      गरिबको छातीमा लागेर
      सरकार फेर्छ बोली ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …………………………..
      १ ,
      चिसो जाडो याम
      ताप्न पाए जाती
      तातो न्यानो घाम ।
      २ ,
      राम्रो गरौँ काम
      हामी सबै मिली
      उच्च राखौँ नाम।
    • हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक बनेपा – १४, साँगा बजार
      …………………………..
      १)
      देश बिग्रियो बोले
      तरिका ठिक भएन
      मनको कुरा खोले ।
      २)
      देश बचाउनु पर्छ
      नउठे अब सबै
      देशको अवस्था गिर्छ ।
      ३)
      हुन्छ जनताको जित
      मिलेर सबै गए
      गाँउछौ नेपाली गित ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि ।
      …………………………..
      १/
      जाडो अति सतायो
      यस्तो पौषमा थिएन
      माघ मासले बतायो ।
      २/
      चिसो बाट बच्ने
      तातो तातो खाएर
      झिल्का कविता रच्ने ।
      ३/
      तापक्रम छ घट्दो
      हिमाली भेगमा झन्
      चिसो कति बढ्दो ।
      शोभा आचार्य गौतम, काठमाडौँ
      …………………………..
      १.
      नेपाल राम्रो देश
      जोगाएर राख्नुपर्छ अब
      भेष लगाउने परिवेश ।
      २.
      शीतलहर छ चलेको
      जाडोले थर थर
      कापेर शरीर गलेको ।
      ३.
      कुहिरो लाग्यो कस्तरी
      आगो बालेर तापेको
      अब नआतिनु यसरी ।
    • दुर्गा आचार्य, मोरङ
      …………………………..
      १,
      प्रभातले निशा चिर्यो
      धूमिल थिइन् वसुन्धरा
      क्षितिजबाट रश्मि छिर्यो ।
      २,
      अचाक्ली छ ठन्डी
      तनको थुरथुर हराएन
      ओढे पनि मन्डी l
      ३,
      मधुरो छ ताप
      त्यसै माथि पवनले
      थप्यो उच्च चाप l
    • बाबुराम गौतम, गुल्मी
      ::::::::जय झिल्का साहित्य ! ::::::::::
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविता3 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०१ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- १

  • ६ माघ २०८०, शनिबार १६:५६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्काहरू- १

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खलाको सुरुवात गरिएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यसको प्रथम शृङ्खला शनिवार अपरान्ह सम्पन्न भएको छ । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकार ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १ का लागि झिल्काकार त्रय राजेशराज गड्तौला, राज कुमार राजभण्डारी “खाेटाङ्गे” र पृथक प्रकृतिका उत्कृष्ट झिल्काकाहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    [१] झिल्काकार राजेशराज गड्तौलाका उत्कृष्ट झिल्काहरू-

    १)
    साथमा हुन्नन् कोइ
    सम्पत्ति नहुँदा बखत
    अलग हुन्छन् जोईपोइ ।
    २)
    चाहिने सबैलाई धन
    आफ्ना पनि छेउमै
    सक्किए एक्लिन्छ मन ।
    ३)
    सबैलाई दरबार चाहिने
    झुप्रोको चाहना छैन
    भगवान् छैनन् दाहिने ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [२] झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे”का उत्कृष्ट झिल्काहरू-

    १)
    राजनीति फाेहाेरी खेल
    सत्ता प्राप्तिको लागि
    नेताले गर्छन  झेल ।
    २)
    शरीर आलस्य भयो
    असहज परिस्थितिले गर्दा
    रहर मरेर गयो ।
    ३)
    गर्छन्  मानिस ध्यान
    हरेक दिन बिहानीपखमा
    प्राप्त गर्न ज्ञान !
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी  ५ संगम काेलानी भक्तपुर

    [३] झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्काहरू-

    १)
    हाँगाबाट झरेको फूल
    चल्दैन पूजामा पनि
    गर्नुहुँदैन है भूल ।
    २)
    ढुङ्गालाई देवता मानेर
    मान्छे गर्छन् भेदभाव
    आडम्बर दम्भ पालेर ।
    ३)
    धर्म दर्शनका कुरा
    बग्रेल्ती सुनाउँछन् हजुर,
    नितान्त व्यवहारका भुरा
    ✍️
    पृथक प्रकृति
    झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- १

    भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मङ्गलवार सम्पन्न

  • ४ माघ २०८०, बिहीबार २३:२७ मा प्रकाशित
  • भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मंगलवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वभरका लगभग ४ दर्जन बढी साहित्यप्रेमी झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    पछिल्लो समय लामा लामा विधाले भन्दा छोटा छोटा अर्थात् लघुतम विधाहरूले सर्जक एवम् पाठकहरूको मन जित्ने गरेको देखिन्छ । एकै बसाइँमा लेख्न र पढ्न सकिने भएकोले पनि छोटा विधाहरू सर्जक र पाठकको रोजाइ बन्न पुगेको हो भन्दा अत्युक्ति नहोला ।

    ती तमाम लघुतम विधाहरू मध्ये झिल्का कविता पनि एक हो । यो नेपाली माटोमा उम्रिएको मौलिक एवम् नवीनतम प्रयोगवादी कविता हो । यसलाई विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गरेर चोटिलो पाराले ३ हरफमा लेख्ने गरिन्छ । जसका प्रत्येक हरफमा तीन तीन शब्दहरू रहेका हुन्छन् । एउटा कवितामा जम्माजम्मी ९ शब्दहरू हुनेभएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनै पर्ने हुन्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ५ (भुइँचालो सुरक्षा विशेष)

    सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव

    ~~~~~~
    [१]
    १)
    हल्लाउँदै  धर्तीको  टालो
    कहाँबाट आउँछ जान्छ
    विनाशकारी यो भुइँचालो ।
    २)
    सानोठुलो  भन्दिन हेर
    हाँस्दछ अट्टहास गर्दै 
    धनजनको गराउँदै खेर ।
    ३)
    भूकम्प मिल्दैन रोक्न 
    न सकिन्छ तालिकामा
    यसको समय तोक्न ।
    ४)
    सहर अनि गाउँ
    जहाँतहीँ विध्वंस ल्याउँछ
    हुन्न तोकिएको ठाउँ ।
    ५)
    हरहमेसा सजग बनौँ
    भूकम्पबाट जोगिने उपाय
    सारा जनलाई भनौँ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~~~<•>~~~~
    [२]
    १)
    भुइँचालो आउने सम्भावना 
    सबैमा सतर्कताको सन्देश
    सुरक्षित रहन शुभकामना ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~~~<•>~~~~
    [३]
    १)
    पीडादायी बिपत्ति रोपेर 
    भूकम्प आउँछ अन्जानमै
    सबैको मुटु खोपेर !
    २) 
    च्यात्दै सुरक्षाको जालो 
    धर्ती लगलगी कमाउँदै 
    कहाँबाट आउँछ भुइँचालो ।
    ३)
    बलियो बनाई घर 
    भूकम्पबाट जोगिऔँ भन्दै 
    सचेतना दिलाऔँ वरपर ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~<•>~~~~
    [४]
    १)
    डगमग धर्तीको जालो 
    जहिले, जहाँ पनि 
    आउनसक्छ है भुइँचालो‌ ।
    २)
    हिमाल पहाड तराईं
    केही भन्दैन भूकम्प ।
    ३)
    कतिबेला आउने भूकम्प
    निद लाग्दैन त्रासले 
    मनले गर्दछ जम्प ।
    ✍️
    गोकर्ण दयाल गौरव
    मेलौली नगरपालिका ७ बैतडी
    ~~~~<•>~~~~
    [५]
    १)
    आउॅंदा पिडादायी हुन्छ
    भूकम्पले सखाप पार्दा 
    सबैको मन रुन्छ ।
    २)
    आउने सम्भावना बढी
    सतकर्ता अपनाऔँ सबैले
    हुन्न रुखमा चढी ।
    ३)
    च्याती धरतीको जालो
    सबैलाई अत्यास पार्दै
    कहाँबाट आउँछ भुइँचालो ?
    ४)
    बनाऔँ प्रतिरोधात्मक घर
    जोगिऔँ भूकम्पबाट भन्दै
    बसेर नमानी डर ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    [६]
    १)
    भुइँचालाे तिम्रो नाम
    पृथ्वीको गर्भमा बसी
    जमिन हल्लाउने काम ।
    २)
    प्रकृतिको सुन्दर सृष्टि 
    बनाइदिन्छ पुरै तहसनहस
    भूकम्पकाे पर्दा दृष्टि ।
    ३)
    आउँछ कम्पन गरेर
    धर्ती उथलपुथल बनाई
    प्राण लिन्छ हरेर ।
    ४)
    भुइँचालाेकाे छैन भर
    आउँछ जान्छ कतिबेला
    मनमा सधैँभरि डर ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~<•>~~~~
    [७]
    १)
    भूकम्प हामीलाई चाहिँदैन 
    कुनबेला आउँछ हल्लाउँछ
    खोज्न हिँड्यो  पाइँदैन ।
    २)
    ज्वालामुखी भुकम्प चाहिँदैन
    अनुसन्धान हुँदैछ विश्वमा
    कतै बसेको पाइँदैन ।
    ३)
     विश्वमा नै हल्लाउँछ
    फेल वैज्ञानिक नासा
    आलिसान महल सुताउँछ ।
    ४)
    भूकम्पले नभत्कने बनाऔँ
    विगत जस्तो छैन
    समयमै बुद्धि पुराऔँ ।
    ✍️
    चुडामणी देवकोटा 
    चनपा १३ काठमाडौँ
    ~~~~<•>~~~~
    [८]
    १)
    नेपालमा भूकम्पको धक्का
    प्रतिरोधात्मक घर बनाऔँ
    ज्यान जोगिन्छ पक्का ।
    ✍️
    मन्दिरा सेढाईं
    मलेखु,धादिङ
    ~~~~<•>~~~~
    [९]
    १)
    जब आउँछ भुइँचालो
    मन आत्तिएर हुन्छ
    अनुहार निलो कालो ।
    २)
    यो मनले गुन्छ
    विनाशकारी भूकम्पको झड्का
    कहिल्यै नआए हुन्छ ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    ~~~~<•>~~~~
    [१०]
    १)
    आतङ्क मच्चाउँछ मनको
    आउँछ अनि हल्लाउँछ
    क्षति गर्छ धनजनको ।
     २)
     जस्तो पनि  पाउने 
    अचम्मको शक्ति बाबै !
    नसोधेरै अपर्झट आउने ।
    ✍️
    उमा दाहाल 
    सुन्दरहरैँचा -१० मोरङ
    ~~~~<•>~~~~
    [११]
    १)
    प्रकृतिको एउटा खेल
    समान व्यवहार सबैलाई
    गर्दैन यसले जालझेल ।
    २)
    भुइँचालो त आउँनुपर्छ
    हल्लाउनुपर्छ सारा जगत
    यी अयसीलाई रुवाउँनुपर्छ ।
    ३)
    करोडपतिलाई पुर्‍याउँछ रोडमा
    रोटीको लाइनमा उभ्याउँछ
    सबैलाई समान मोडमा ।
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ
    ~~~~<•>~~~~
    [१२]
    १)
    डर त्रास दिएर 
    झुल्कन्छ थाहै नदिई
    भुइँचालो विनाश लिएर । 
    २)
    सकिन्न हामीले फेक्न
    उपाय गरौँ पहिल्यै  
    निम्तिने विनाश  छेक्न। 
    ३)
    माटो परिक्षण गरौँ 
    बसोबास गर्ने स्थलमा 
    संरचना सोचेर भरौँ । 
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ~~~~<•>~~~~
    [१३]
    १)
    भुइँचालो आयो हल्लायो
    गरायो जनधनको क्षति
    घरबार सबै ढलायो ।
    २)
    चकमन्न मन डरायो
    अदृश्य उल्लेख नसोधी 
    फट्केर कता हरायो ।
    ३)
    नबुझी नबोल भनेका
    के होला सम्झाएर 
    भ्रष्टले पैसा गनेका ।
    ४)
    बनेका छैनन् महल
    भूकम्प गएको बेलामा
    सुरक्षित रहने पहल ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    [१४]
    १)
    भुइँचालोको मानी डर
    भत्किन नदिन संरचना
    उपाय बेलैमा गर ।
    २)
    हाम्रो खुशी हरायो 
    भुइँचालो आउँदा हेर
    धनजन नष्ट गरायो ।
    ३)
    आउँछ कम्पन छरेर
    रोक्न सक्दैनौँ हामी
    बस्छौँ आँखा तरेर ।
    ✍️
    सीमा कार्की समर्पण
    ~~~~<•>~~~~
    [१५]
    १)
    थाहा हुँदैन कसैलाई 
    कहिले आउँछ भूकम्प
    आउँदैन बाजा बजाई ।
    २)
    भुइँचालो आउँछ भनी
    बलियो संरचना बनाए
    प्रतिरोधात्मक हुन्छ पनि ।
    ३)
    बस्ती बसाल्दा सोच्नुपर्छ
    गर्न दिनुहुँदैन जथाभावी 
    संरचनाले थिचिएर मर्छ ।
     ४)
    हल्लियो जमिन थरथर
    भूकम्प प्रतिरोधी नहुँदा
    छिनमै सखाप गाउँघर ।
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    [१६]
    १)
    आउँछ हल्लाउँछ जान्छ
    देखिदैन  कतै  पनि
    सबैले भूकम्प मान्छ ।
    २)
    आयो भने भुइँचालो
    आत्तिएर नबस्नु घरमा
    भनी मेरै पालो ।
    ३)
    सचेत रहौँ अगाडि
    भुल भयो मबाट
    भन्न नपरोस् पछाडि ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँच खपन नपा - ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    [१७]
    १)
    ठाउँ सुरक्षित खोज्नू
    भूकम्प प्रतिराेधी संरचना
    पर्दछ हामीले रोज्नू ।
    २)
    खाट मुनि बस्नु
    चाहिने सामान ठिक्क
    भिर्ने झोलामा कस्नु ।
    ३)
    प्रकोप कहाँ टर्दछ ?
    प्रभुको एउटा लीला 
    जीवन अघि सर्दछ।
    ✍️ 
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    [१८]
    १)
    गएको थाहा हुने
    पत्तै नहुने आएको
    भूकम्पले पार्छ रुने ।
    २)
    डर त्रास भयो 
    भूकम्पले सुन्दर सहर 
    नाम निशानै गयो ।
    ३)
    हामीमै कमजोरी रहेछ
    हजुर ! प्रकृतिलाई नचिन्दा
    लाग्छ यस्तो भएछ ।
    ✍️
    शशी आचार्य 
    ~~~~<•>~~~~
    [१९]
    १)
    भुइँचालो जब आउँछ
    घर हैन साथी
    मनमुटु शिर हल्लाउँछ ।
    २)
    जीवनको भुइँचालो पनि
    जमिन हल्लिएपछि सँगै
    आउँछ केही नभनी ।
    ३)
    कुन होला संसारमा
    कम्पन नभोग्ने प्राणी
    अप्ठ्यारोमा अनि मारमा ।
    ✍️ 
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर  ।
    ~~~~<•>~~~~
    [२०]
    १)
    प्राकृतिक प्रकोप ठुलो
    गर्छ विनाश यसले
    नठान्नू कसैलाई मुलो ।
    २)
    कहाँबाट आयो देखिन्न
    भत्काएर जान्छ संरचना
    छेक्न हुन्थ्यो भेटिन्न ।
    ३)
    सकेसम्म सचेत बनौँ
    बचौँ अनि बचाऔँ
    विज्ञलाई सिकाउन भनौँ
    ✍️
    दीपा तिम्सना पौडेल
    ईलाम
    ~~~~<•>~~~~
    [२१]
    १)
    कहिले कसको पालो
    थाहै नदिएर आउँछ
    सङ्कट यो भुइँचालो ।
    २)
    प्रकृति प्रकोप भुइँचालो
    डर अनि त्रास
    बनेर आउँछ कालो ।
    ३) 
    समयममा सतर्क बनौँ
    कसलाई थाहा भोलि
    सतर्कता अपनाउन भनौँ ।
    ✍️
    शरद प्रधानाङ्ग
    विराटनगर - ७
    ~~~~<•>~~~~
    [२२]
    १)
    प्राकृतिक प्रकोप भूकम्प
    लोकको एक विनाशकारी
    विनायोजना तानिएको पम्प ।
    २)
    भूकम्प प्रतिरोधी घर
    रोकथाम मानवीय क्षति
    खेप्न पर्दैन कहर ।
    ✍️
    म्यामराज राई
    भोजपुर 
    ~~~~<•>~~~~
    [२३]
    १)
    आउँछ बेला बेला,
    हुन्छ धेरै क्षति 
    नगरौँ है खेला ।
    २)
    भूकम्पले लान्छ ज्यान
    बच्ने पो कसरी 
    सोचौँ बेलैमा समाधान ।
    ३)
    बस्ती धेरै भयो 
    थेग्न गाह्राे जमिनले 
    प्रकृति डराई गयो ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    ~~~~<•>~~~~
    [२४]
    १)
    आयो भूकम्प तर्साउँदै
    ज्यानको सुरक्षा गर्नुपर्छ
    जाला लास बर्साउँदै ।
    २)
    हरेक वर्ष आइरहन्छ
    भूकम्प ज्यान मार्ने
    सधैँ धनजन खाइरहन्छ ।
    ३)
    अपनाऔँ सुरक्षाका नीति
    ठुला भवन बनाउने
    छोडौँ अब रीति ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~<•>~~~~
    [२५]
    १)
    पूरै मथिङ्गल हल्लाउँछ 
    मन पनि चिसो ,
    सम्पूर्ण रूपमा गलाउँछ।
    २)
    स्तब्ध बनाएर जान्छ
    सायद अघोरी होला
    सिकार सम्झेर खान्छ ।
    ३)
    ध्वस्त बनाउँछ संसार
    भौतिक चिजबिजको क्षति
    देश विदेशमा समाचार ।
    ४)
    प्राकृतिक प्रकोपको गति
    गरेर छाड्छ विनाश
    विभत्स रूप अति ।
    ५)
    कहालीलाग्दो रूप हुन्छ
    घर भग्नावेश बनाइदिँदा
    पीडित जन रुन्छ ।
    ६)
    हलचल मच्चाएर गयो
    रुवायो धेरै जन,
    भूकम्प क्रूर भयो ।
    ७)
    केवल विक्षिप्त पार्‍यो
    पीडितको पीडित मान्छे
    बसाइँ पनि सार्‍यो ।
    ✍️
    पृथक प्रकृति, झापा
    ~~~~<•>~~~~
    [२६]
    १)
    भुइँचालाे जमिन मुनि
    नसाेचे बेलैमा हामीले 
    मिट्छ मानिसकाे जुनी ।
    २)
    बिर्सेर फेरि भुइँचालाे
    आयो शत्रु भएर
    बोकेर कालको जालो ।
    ३)
    आफैँ हुने सचेत
    उपाय खोज बच्ने 
    नभई हेर अचेत ।
    ४)
    भुइँचालाे आउनु भवितव्य
    सुझाव दियाैँ सबैलाई 
    बच्नलाई  बनाैँ  भव्य ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    ~~~~<•>~~~~
    [२७]
    १)
    हल्लिन्छ तलमाथि दायाँबायाँ 
    मुनि  म्याग्मा  तातो
    यमराजको कालो छायाँ ।
    २)
    रोज हुने ठाउँ
    पृथ्वीका सकल जन
    पार सुरक्षित गाउँ । 
    ३)
    खतरा खर्चालु बस्ती
    भूकम्प आई तहसनहस
    अकस्मात् उडाउँछ मस्ती ।
    ४)
    सरल सुलभ सामानले,
    घर बनाऔँ साथीभाइ
    जीवन हलुका कामनाले ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/१०/२
    ~~~~<•>~~~~
    [२८]
    १)
    बिना भय डर 
    गरौँ जीवनयापन आनन्दको 
    भूकम्प प्रतिरोधात्मक घर ।
    २)
    पृथ्वी थर्थर कमाई
    दिन्छ भुइँचालोले त्रास 
    प्राणीहरूको मन गलाई ।
    ३)
    भुइँचालो गएको आजै 
    नब्बेको माघ दुई
    जनजनमा छ ताजै ।
    ✍️
    बिके माकजू, भक्तपुर ।
    ~~~~<•>~~~~
    [२९]
    १)
    हुनपर्छ बेलैमा सचेत
    ज्यान लिन्छ भुइँचालोले 
    हुँदा यदि अचेत ।
    २)
    पत्तो हुन्न कहिले 
    आउँछ जान्छ भुइँचालो 
    ढुकढुक पारी जहिले ।
    ३)
    विनाश गर्छ जनको
    झार्छ सेखी यसले 
    बुद्धि बल धनको ।
    ४)
    घमण्ड अहङ्कार फाल
    भुइँचालोको बेलामा बस्ने
    ठुलो घरमा काल ।
    ५)
    बनाउँ सानो घर 
    यसरी जिन्दगीलाई सबैले 
    दिनुपर्छ है भर ।
    ६)
    चाल चिन्तन चरीत्र 
    शुद्ध गर्दै हिँडेमा 
    बन्छ प्रकृति पवित्र ।
    ७)
    सोचविचार गरेर कर्ममा 
    भर पर्दछ भविष्य 
    भाव व्यवहार धर्ममा ।
    ✍️
    दीपा गुरुङ्ग(समभाव)
    बुनपा-१२, काठमाडौँ
    ~~~~<•>~~~~
    [३०]
    १)
    भूकम्प यसको नाम
    छैन अन्त्य आदि 
    धरा हल्लाउँने काम ।
    २)
    कालको रूपमा आउँछ
    क्षति, दुःख, गरिबी
    यमराजको नाम पाउँछ ।
    ३)
    सबै सचेत बन
    बलिया घर बनाई
    ढुक्क बनाऊ मन ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    ~~~~<•>~~~~
    [३१]
    १)
    भूकम्पको आए  धक्का 
    बेला  बेला आउँछ 
    ज्यान जोगाउनु पक्का ।
    २)
     भूकम्पले  लिन्छ ज्यान 
     आउँछ कति बेला 
    सबैले दिनुपर्ने ध्यान ।
    ✍️
    श्री कृष्ण धामी - बझाङ
    ~~~~<•>~~~~
    [३२]
    १ )
    भूकम्पले बस्ती खायाे
    जनधनकाे भयो बिचल्ली
    सारा मानव रूवायाे ।
    २)
    भत्केकाे अवशेष पन्छाउँदै 
    कति सुस्केरा हाल्ने ?
    विरही गीत गाउँदै ।
    ३)
    बाँच्नै मुस्किल हरे !
    जिन्दगी चलाउने कसरी ? 
    आशा सबै मरे ।
     ✍️
    हरिगाेपाल प्रधान 
    काभ्रे पलाञ्चाेक, बनेपा १४ साँगा बजार
    ~~~~<•>~~~~
    [३३]
    १)
    अचानक देखा परेर 
    मच्चाउँछ तहल्का ठुलो
    धनजनको क्षति गरेर ।
    २)
    विनाशको छैन सिमाना
    हुन्न थाहा कसैलाई
    को बन्छ निसाना ?
    ३)
    भूकम्प प्रतिरोधक घर
    उपाय सुरक्षित रहने
    पर्दैन मान्नु डर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ~~~~<•>~~~~
    [३४]
    १)
    आज भूकम्प दिवस 
    भूकम्प पीडित जनता
    भोग्दै पालमा सकस ।
    २)
    पीडित पाल मुनि
    दिवस केवल नाटक
    गर्दै नाेटकाे धुनी ।
    ✍️
    प्रद्युम्न चालिसे 
    भक्तपुर कटुञ्जे ।
    ~~~~<•>~~~~
    [३५]
    १)
    हेर्दा पनि देखिदैँन 
    भएपछि कम्पन यहाँ 
    कहीँ कतै छेकिदैँन
    २)
    जति आउँछ ठूलाे
    कसैको हुन्न वशमा 
    उति पारिदिन्छ धुलाे ।
    ३)
    नदेखिए पनि आवरण
    हाेसियारी सदा अपनाऔँ
    जगाउँदै सबैमा जागरण ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा
    ~~~~<•>~~~~
    [३६]
    १)
    भूकम्पले बनाउँछ वित्रास  
    प्रकृति प्रकोप हो 
    हुँदैन कसैको खास ।  
    २)
    दुनियाँ हल्लाउँछ जान्छ
    राख्दैन केही पनि 
    अकालमा ज्यान लान्छ । 
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    [३७]
    १)
    आज भूकम्प दिवस
     त्रिपाल मुनिका पीडित 
    भोकै  बस्न  सकस ।
    २)
    जब आउँछ भुइँचालो
    कहिल्यै पुर्न  नसकिने
    पारेर जान्छ भड्खालो l
    ३)
    झाङ्गिएको कङ्क्रिट वनमा
    आँखा  लाउँछ भुइँचालोले
    जन   अनि  धनमा l
    ४)
    बदलौँ अब मति
    प्रतिरोधी संरचना नभएमा
    भूकम्पले गर्दछ क्षति  l
    ५)
    चेतनामूलक सन्देश छरौँ
    जोखिम न्यूनीकरण गर्न
    मिलिजुली लागि  परौँ l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    [३८]
    १)
    छल्कियो पानी तालको
    हल्लायो बेस्सरी भूकम्पले
    मुखमा पार्‍यो कालको ।
    २)
    बनाउँछ भूकम्पले केन्द्रविन्दु
    छुटाएर राख्दैन कसैलाई
    जाति मुसलमान हिन्दु ।
    ३)
    आउँछ भूकम्प कहिले
    सार्छ पाइला कसरी
    सतर्क रहनुपर्छ पहिले ।
    ✍️
    मोती सुब्बा 
    दार्जिलिङ, भारत।
    ~~~~<•>~~~~
    [३९]
    १)
    डर त्रास भराउँछ
    विनाशकारी हुन्छ भुइँचालो 
    धर्ती चिरा बनाउँछ ।
    २)
    हल्लाउँछ आफू हराउँछ
    पापी हुन्छ भुइँचालो 
    जनधन क्षति गराउँछ । 
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~<•>~~~~
    [४०]
    १) 
    भूकम्पले सङ्केत दिँदैन 
    सबैजना सचेत भए
    यसले ज्यान लिँदैन ।
    २)
    ठुलो सानाे चिन्दैन 
    सुटुक्क आउँछ धर्तीमा
    धनी गरिब बिन्दैन 
    ३) 
    धेरै भुकम्प आए 
    जनताले राहतको नाउँमा
    खोइ के पाए ?
    ✍️
    उर्मिला के.शी.
    धनकुटा
    ~~~~<•>~~~~
    [४१]
    १)
    संसार हल्लाउँदै आउँछ 
    विनाशकारी भूकम्प त्यो
    मनमा त्रास छाउँछ ।
    २)
    बलियाे बनाउँ संरचना
    भूकम्पले क्षति नहुने
    गराैँ आजै याेजना ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~<•>~~~~
    [४२]
    १)
    भूकम्प  दिवस मनाऔँ
    सबैले सजग भएर
    घर निर्माण  गराऔँ ।
    २)
    सानो  घर बनाऔँ
    झुपडीमा  नै बसेर
    परिवार सबै रमाऔँ ।
    ३)
    भूकम्प  आयो  सुटुक्क 
    घर गोठ भत्कायो
    मन भयो  कुटुक्क ।
    ४)
    हुनुपर्छ सबै सचेत 
    घर निर्माण गर्दा
    नभई यसै अचेत ।
    ५)
    हेर्न नसकिने रहेछ
    कस्तो  अचम्मको  होला
    कसरी आएर गएछ ।
    ✍️
    कला ढकाल
    झापा दमक।
    ~~~~<•>~~~~
    [४३]
    १)
    पुर्‍याऔँ निर्माणमा ध्यान
    होइन हजुर भूकम्पले
    संरचनाले लिन्छ जान ।
    २)
    त्राही त्राही बनाउँछ
    थाहा हुँदैन त्यो
    कति बेला आउँछ ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~<•>~~~~
    [४४]
    १)
    भुइँचालाेकाे लाग्छ डर 
    महान विनाशकारी हाे 
    ज्यानको रहन्न भर ।
    २)
    भत्काउँछ ठुलठुला घर 
    राेकथाम गर्न यसलाई
    उपाय सबैले गर ।
    ३)
     मनमा लागेको पीर 
    विनाशकारी भुइँचालाे आउँदा 
    जनताहरू छैनन् धीर ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम । हाल भारतबाट 
    ~~~~<•>~~~~
    [४५]
    १)
    वनको विनाशले गर्दा
    भूकम्पको झड्का लाग्छ
    जथाभावी बसाइँ सर्दा ।
    २)
    काममा डर भगाए
    हराभरा हुन्छ हेर
    सबैले बोट लगाए ।
    ३)
    जनको घनत्व बढेको
    भूकम्प जाने खतरा
    धेरैले छैनन् पढेको ।
    ✍️
    आर्त अकुलीन
    ~~~~<•>~~~~
    [४६]
    १)
    दैवीप्रकोप यो विश्वभरि
    प्रकृतिको मानव संहार 
    नरोकिने भयो हरि ।
    २)
    डर देखाएर गयो
    महान प्राकृतिक प्रकोपले
    मनुष्य चेतनाहीन भयो ।
    ३)
    नब्बे सालको भूकम्प 
    सुनिन्छ अझै डरलाग्दो
    प्रकृतिको यो पम्प ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    
    ~~~~<•>~~~~
    [४७]
     १)
    हल्लिँदा जमिन थर्थर
    मन डरायो देखी
    भूकम्पको सधैँ बर्बर ।
    २) 
    भत्क्याे घर गाेठ
    पुरिए बस्तु सबै
    काम्याे थर्थर ओठ ।
    ३)
     दाेष थिएन कसैकाे
     गुम्याे सबै रहर 
    भयो सत्यानास सबैको ।
    ४)
     हल्लायाे जमिनसँग घर
     दगुर्दै खाली मैदानमा
     मनमा लागेर डर ।
    ५)
    आधा शरीर पुरियाे
    रुँदै आँंखाभरि आँसु
    पुरै रात कुरियाे ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~~~<•>~~~~
    [४८]
    १)
    जमिन चल्दा आपत
    भयो नाश जनधनको 
    सबैमा हुनुपर्छ अवगत ।
    २)
    उत्खनन् रोकौँ हामी
    प्रकृति प्रकोप रोक्न
    वृक्ष लगाऔँ दामी ।
    ३)
    चल्दा सकेसम्म जमिन
    जाऔँ खाली ठाउँमा
    सुरक्षाको गरी एकिन ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    [४९]
    जगत भयो रुवाबास
    काल बनेर आयो
    गर्‍यो धेरैको सर्वनास ।
    ✍️
    मोती पोखरेल 
    ~~~~<•>~~~~
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, भुइँचालो विशेष5 Comments on भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मङ्गलवार सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P