• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साताका उत्कृष्ट झिल्का

साताका उत्कृष्ट झिल्काहरू- ३०

  • २६ आश्विन २०८१, शनिबार ०९:१८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ~<•>~
    [१]
    १)
    भाषण मिठा राम्रा
    लाग्छ छेपारा हुन्
    देशका नेता हाम्रा !
    २)
    बसाले कस्तो थिति
    स्वार्थबाहेक केही नसोच्ने
    घिनलाग्दो भो राजनीति !
    ३)
    पिट्छ्न् केही बोले
    अगाडि पछाडि हुन्छन्
    चम्चा र झोले !
    ✍️
    वसन्त अनुभव
    ~<•>~
    [२]
    १)
    नराम्रो कसैले नभनोस्
    फजुल खर्चले दसैँ
    कसैको दशा नबनोस् !
    २)
    ऋणले सेकिन्छ ढाड
    दु:ख पाउँछ घाँटीले
    नहेरी निल्दा हाड ।‌
    ३)
    बसेपछि जुवाको खालमा
    उजाडिन्छ सुन्दर घर
    डुबिन्छ ऋणको आहालमा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~<•>~
    [३]
    १)
    फूलजस्ताे मुस्कान छरी
    नजिक आउन खाेजिन्
    उनी मेराे वरिपरि ।
    २)
    दुबाेले भुइँ छाेपेछ
    हरियाली वसन्त भन्दै
    मन भने उजाडिएछ ।
    ३)
    दैलाेमा दसैँ आयाे
    बाेकेर आशीर्वाद पुर्खाकाे
    खुसीले मन रमायाे ।
    ✍️
    सन्दीप विश्वकर्मा
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- ३०

    साताका उत्कृष्ट झिल्काहरू- २९

  • १९ आश्विन २०८१, शनिबार ०७:१२ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २९ का लागि झिल्काकारत्रय अर्जुन प्रसाद चौलागाईँ, रबि पौडेल र लक्ष्मी रिजालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    _____________________
    [१]
    १.
    उठ्छु बिहान सबेर
    योग, प्राणायाम, ध्यानमै
    जान्छ समय हेर ।
    २.
    बिहानको समय महत्वपूर्ण
    यस्तो विचार गर्दा
    शरीर हुन्न अपूर्ण ।
    ३.
    ध्यान पुर्याऊँ सबैले
    शरीरलाई स्वस्थ राख्न
    थालौँ अब आफैँले ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-क्यानडा,क्यालगरी
    <<<<<<•>>>>>>

    [२]
    १.
    बाढी पहिराे आयाे
    भयाे जनजीवन अस्तव्यस्त
    धेरैकाे ज्यान खायाे ।
    २.
    निरन्तर जान्छ पहिराे
    सडक अवरुद्ध छन्
    पिर पर्‍यो गहिराे ।
    ३.
    गरिबका सपना बग्याे
    बाढी अनि पहिराेले
    भएका सामान लग्याे ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    <<<<<<•>>>>>>

    [३]
    १.
    मुखले बरबराए भाइ
    विपरीत नगर्न भन्दा
    रहे मनमौजीमा दाइ ।
    २.
    हिसाब त मिलाएको
    कताबाट चित्त बुझेन
    चुहिने गोजी सिलाएको ।
    ३.
    कचकचमा व्यस्त छोरा
    भनेको मनमा नराखे
    बोक्नुपर्ला भविष्यमा बोरा ।
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप-१२, रूपनगर, सप्तरी
    _____________________

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का3 Comments on साताका उत्कृष्ट झिल्काहरू- २९

    साताका उत्कृष्ट झिल्काहरू- २८

  • १२ आश्विन २०८१, शनिबार ११:०८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    हेर सरकारकाे चाल
    धम्क्याउँछ उल्टै दाेषी
    कानुनको छ बेहाल ।
    २.
    गल्ती नगर्ने डर्दैन
    गर्छ निर्धक्क सामना
    कदापि पछाडि सर्दैन ।
    ३.
    सुशासन कायम गर्नू
    नत्र भ्रष्टाचार राेकिन्न
    यसमा अगाडि सर्नू ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर


    [२]
    १.
    परिरहेछ भदौरे झरी
    गुन्जन पानीको थोपाको
    भेट्नु मायालाई कसरी ?
    २.
    मौलिक हाम्रा चाडपर्व
    हुन् धरोहर खुसीका
    साच्चिँकै लाग्छ गर्व ।
    ३.
    कलिला उमेरका नानी
    हुन्छन् खुल्ला दिलको
    सबैसँग हाँसिरहने बानी !
    ✍️
    सुनगाभा पोखरेल


    १.
    चलिरहेछ पितृ पक्ष
    श्रद्धाभावले अर्पण गराैँ
    दान पितृदेव समक्ष ।
    २.
    पूर्वजले आँखा देखाए
    सानामा हुर्काई बढाई
    हामीलाई टाठाे गराए ।
    ३.
    ठूला भयाैँ अहिले
    अझै ज्ञानी बन्नुछ
    घमण्ड नगरौँ कहिले ।
    ✍️
    भुपेन्द्र के.सी.



    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २८

    साताका उत्कृष्ट झिल्काहरू- २७

  • ५ आश्विन २०८१, शनिबार ००:०७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २७ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २७ का लागि झिल्काकारत्रय सोमनाथ लुइटेल “रवि पाल्पाली”, नन्दलाल आचार्य र सुस्मिता अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    काम लगाउने ठालु
    परिश्रम गर्ने अर्कै
    सित्तैमा खाने कालू ।
    २.
    शुद्ध कहाँ पाइन्छ
    भेटाउन सकिन्न यहाँ
    खोजेर पनि खाइन्छ।
    ३.
    हुन खोज्छन् भगत
    नास्तिकले गर्छ पूजा
    सबै कुरा फगत ।
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”



    [२]
    १.
    राष्ट्रको ढुकढुकी सुन्दै
    संविधानले आशा जगाएको
    बस्छु मनमा गुन्दै ।
    २.
    संविधान शिरोधार्य बनोस्
    सबैको हृदयमा बसेर
    वैरीका जरा खनोस् !
    ३.
    कसैले लोभ गर्ला
    चुपचाप गर काम
    जे पर्ला पर्ला ।
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर



    [३]
    १.
    संविधान दिवसको शुभकामना
    प्रत्येक नेपाली जनलाई
    अन्यायसँग नहोस् सामना !
    २.
    छाओस् खुसी जनमा
    उत्कृष्ट संविधान पाएर
    सन्तोष होस् मनमा ।
    ३.
    नैतिकता हरेकमा भएमा
    उपयोग हुन्छ विवेकको
    नेता इमानदार रहेमा ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ



    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २७

    साताका उत्कृष्ट झिल्काहरू- २६

  • २९ भाद्र २०८१, शनिबार १०:०५ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २६ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २६ का लागि झिल्काकारत्रय राजकुमार राजभण्डारी, दिपक दाहाल र अनमोल राईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    १.
    देखायौ नजर फेरि
    स्वार्थ लुट्ने दाउमा
    आउँदैछौ मौका हेरी ।
    २.
    हानेर तिर झिलिक्क
    चम्किए चमचम भएर
    जुधायौ आँखा पिलिक्क ।
    ३.
    गाईजात्रा पर्व हेर्दाखेरि
    टुटेको सम्बन्ध हाम्रो
    मिलन भयो फेरि ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे ।
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।


    १.
    तिमी काे हाै ?
    भन्न मिले भन
    हेर्दा राम्रै छाै ।
    २.
    राेएर स्वास्नी पाइँदैन
    भागेर जान्छौ कहाँ
    झुटकाे खेलाे चाहिँदैन ।
    ३.
    रोगीका लागि ओखती
    ढुङ्गाकाे निम्ति माटाे
    गुनिला हुन्छन् अति ।
    ✍️
    दिपक दाहाल
    हरिवन८सर्लाही


    १.
    गोरुको मुखमा मौलो
    एक छन् हजुर
    लिँदैछु म जौँलो ।
    २.
    गयो जताततै पहिरो
    भदौरे झरी निष्ठुर
    दियो चोट गहिरो ।
    ३.
    बेला बेला आउँछु
    झिलिक्क झिल्कन्छु झिल्कामा
    फेरि कतै अस्ताउँछु ।
    ✍️
    अनमोल राई


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २६

    साताका उत्कृष्ट झिल्काहरू- २५

  • ३२ श्रावण २०८१, शुक्रबार २२:१६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २५ का लागि झिल्काकारत्रय अमृत कोइराला, अन्मोल मुस्कान र सन्तु खत्रीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    नहुदाँ पनि पार
    हिम्मत जुटाउँछु सधैँ
    नहोस् भनेर हार ।
    २.
    उर्लेको देखेर छाल
    डरायो माझी पनि
    सम्झेर आफ्नो काल ।
    ३.
    होस् बरु सानो
    केही हुँदैन घर
    नचुहिने होस् छानो ।
    ✍️ अमृत कोइराला
    पोखरा


    [२]
    १.
    झरीमा जमिन धस्कियो
    बढ्दै गयो चोट
    मुटु झन् चस्कियो ।
    २.
    पानीको के गल्ती
    त्यस्तै छ मौसम
    भरियो डरको खल्ती ।
    ३.
    प्रकृति होइन निन्दनीय
    ईश्वरको सृष्टि सधैँ
    हुन्छ धेरै बन्दनीय ।
    ✍️ अन्मोल मुस्कान
    तकदाहको, दार्जिलिङ


    [३]
    १.
    बेलैमा सचेत हुनुपर्छ
    बाढी पहिरोको मौसममा
    तबमात्र विनास टर्छ l
    २.
    तीनै लोकका स्वामी
    महादेव, शिव शङ्कर
    पर्छौ शरणमा हामी ।
    ३.
    हुनसम्म कष्ट भयो
    घमाइलो होला भन्दा
    दिन बिग्रँदै गयो ।

    ✍️ सन्तु खत्री

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- २५

    साताका उत्कृष्ट झिल्काहरू- २४

  • २६ श्रावण २०८१, शनिबार १०:२४ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २४ का लागि झिल्काकारत्रय भुषण जंग, विकास क्षेत्री र मन्दिरा सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    १.
    निरन्तर पानी बर्सिरह्यो
    शासकले नचिनेको गरिब
    सीमान्त जीवन तर्सिरह्यो ।
    २.
    फूलसँग काँडा हुर्किन्छ
    सुन्दरताको मापदण्ड यो
    लेखेर व्यर्थ फुर्किन्छ ।
    ३.
    जिन्दगी छैन सस्तो
    संघर्षमय यात्रा थाल्नु
    शासकको सपना कस्तो ?

    ✍️ भुषण जंग

    [२]
    १.
    तिमीले दिएको फूल
    सजाएको छु मनमा
    नबनोस् अन्तमा भूल !
    २.
    मनको गाँठो खोल्न
    चाहिन्छ विश्वासको बाटो
    दुषित मनलाई घोल्न ।
    ३.
    गल्ती हजार हुन्छन्
    होस हराउँदा यहाँ
    आँसुले परेली छुन्छन् ।

    ✍️ विकास क्षेत्री

    [३]
    १.
    गल्ती औल्याउनु गनेर
    भन्न खोजेको होइन
    चुप बस्नु भनेर ।
    २.
    मानिसबाट हुन्छ गल्ती
    सक्नुपर्छ महसुस गर्न
    बरु रित्तियोस् खल्ती ।
    ३.
    एउटै छ कथा
    कसको नजर लाग्यो
    नसोच्नू है अन्यथा ।

    ✍️मन्दिरा सेढाई

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- २४

    साताका उत्कृष्ट झिल्काहरू- २३

  • १९ श्रावण २०८१, शनिबार २१:१३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २३ का लागि झिल्काकारत्रय के पी गौतम, शान्ता पौडेल भट्टराई र ईश्वर साउदका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    गाली गर्छन् सबैले
    दिएर सम्पूर्ण विश्वास
    सम्मान गर्दैनन् कसैले !
    २.
    हिम्मत ठूलै हुनुपर्छ
    खराब मध्येको एकले
    अन्य खराबलाई धुनुपर्छ ।
    ३.
    घडी चोर हाइहाइ
    विधिको शासन हुनुपर्छ
    बाख्रेलाइ गरौँ बाइबाइ ।
    ✍️
    के पी गौतम


    [२]
    १.
    गुरू ज्ञानका खानी
    सम्मान गरौँ उनको
    नपुर्‍याऔँ कदापि हानी ।
    २.
    दोस्रो भगवान गुरू
    गरेमा अपमान उनको
    पछुताई रुनुपर्छ धुरुधुरु !
    ३.
    ज्ञानको ज्योति छर्ने
    गुरू हुन महान्
    सधैँ सहयोग गर्ने ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ


    [३]
    १.
    कुराे भयाे ठूलाे
    पचाउन कठिन हुने
    एउटै बाहिर दुलाे ।
    २.
    सिंहासन ठूलो मानी
    हिँडिरहे नेताहरू देशमा
    कुर्सीमा फाइदा जानी ।
    ३.
    पचाएर लाज सरम
    हिँड्नै पर्याे अघि
    नहिँडी के गरम ।
    ✍️
    ईश्वर साउद
    रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का3 Comments on साताका उत्कृष्ट झिल्काहरू- २३

    साताका उत्कृष्ट झिल्काहरू- २२

  • ५ श्रावण २०८१, शनिबार १०:३३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २२ का लागि झिल्काकारत्रय भिक्षु ईश्वर, मनोहरी पौडेल र सविता भट्टराईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    क)
    मेरो मृत्युकाे खबर
    आज थाहा पाएँ
    बितेकाे केही प्रहर ।
    ख)
    दु:खहरूकाे सम्मेलन हुँदैछ
    याे मनकाे दुनियाँमा
    पीडाहरूले शिखर छुँदैछ ।
    ग)
    सम्झिएर उसैलाई घरी
    याद आउँछ मनमा
    सधैँ साउने झरी ।
    ✍️ भिक्षु ईश्वर


    [२]
    क)
    जिन्दगी बनाउन गाह्राे
    बगाउने ठेगान छैन
    वर्षामा पर्दछ साह्रो ।
    ख)
    घुमेर आउने कालमा
    नसुध्रिने स्थिति हाम्रो
    फसियो कुटनैतिक चालमा ।
    ग)
    नेपाल धर्तीको स्वर्ग
    बनाए अख्तियार पाउनेले
    लडाइँ झगडाको नर्क ।
    ✍️ मनोहरी पौडेल
    गैडाकोट,१


    [३]
    क)
    भएछ बर्सात झरी
    रोपाइँ कतै नछुटोस्
    पुगोस् अन्न वर्षैभरि !
    ख)
    कसैलाई पनि नघोच
    सुमधुर बनाऊ नाता
    सकारात्मक राख सोच !
    ग)
    झिल्का भयो साथी
    कहिल्यै पनि ननिभोस्
    पुगोस् माथि माथि !
    ✍️ सविता भट्टराई, जनकपुर


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का6 Comments on साताका उत्कृष्ट झिल्काहरू- २२

    साताका उत्कृष्ट झिल्काहरू- २१

  • ३० असार २०८१, शनिबार २२:४३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २१ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २१ का लागि झिल्काकारत्रय सुनगाभा पोखरेल, लक्ष्मी रिजाल र लोक बहादुर क्षेत्री लामिछानेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    ———<•>———
    [१]
    १//
    लालीगुराँस फुल्दा वनमा
    भिरपाखा देखिन्छन् रङ्गिन
    माया फुल्छ मनमा ।
    २//
    ढकमक्क लालीगुराँस फुलेको
    सुन्दर रमाइलो वनमा
    देखेर मन भुलेको ।
    ३//
    थाकेर शरीर लखतरान
    कहिलेकाही गल्छ अचम्मैले
    आराम नपाउँदा ज्यान ।
    ✍️
    सुनगाभा पोखरेल

    नेपालगन्ज

    [२]
    १//
    हाम्रा हुन् भानु
    प्रेरणाका अद्भुत श्रोत
    भाषाका एक रानु ।
    २//
    आयो असाध्यै पानी
    खेत तिर्खाएको हुनाले
    मान्न थालेँ रानी ।
    ३//
    भोजन जुटाउन वर्षको
    असारमा रोपाइँ गरेर
    आयो समय हर्षको ।
    ✍️
    लक्ष्मी रिजाल

    रुपनगर, सप्तरी, मधेस

    [३]
    १//
    बाटो कसरी पहिल्याउने
    रोज्न आफ्नो खुसी
    नेताले जहिल्यै अल्मलाउने ।
    २//
    छ चारैतिर काँडा
    पन्छ्याउदै थाकिसकेँ म
    भिरपाखा र डाँडा ।
    ३//
    हिँड्दा बाटो एकसुरले
    असरल्ल भेडाले अल्झाउँदा
    विकास छेक्छ झुरले ।
    ✍️
    लोक बहादुर क्षेत्री लामिछाने
    ~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २१

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P