नमस्ते आधुनिक लघुकथा मञ्चले वर्ष मातृभाषी लघुकथा सर्जक सम्मान २०८१ बाट मातृभाषी लघुकथाकार म्यामराज राईलाई प्रदान गरेको छ । मञ्चले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसर पारेर राईलाई सम्मानित गरेको हो ।
स्रष्टा राईले पछिल्लो समय बान्तवा (राई) भाषामा लघुकथा सिर्जना गर्ने, नेपाली भाषामा लेखिएका लघुकथाहरूलाई बान्तवा ( राई ) भाषामा अनुवाद गर्दै संस्थाको फेसबुक समूहमा निरन्तर रूपमा प्रेषण गरिरहनुभएको छ ।
आफ्नो स्थापनाकालदेखिनै संस्थाले राष्ट्रभाषाका साथै मातृभाषाको संरक्षण र प्रवर्द्धन गर्दै आएको छ र मातृभाषी लेखकहरूलाई प्रोत्साहन र सम्मान पनि गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै यस वर्षको ‘वर्ष मातृभाषी लघुकथा सम्मान’बाट राईलाई सम्मानित गरिएको मञ्चले जनाएको छ ।
साप्ताहिक झिल्का लेखन अभ्यासको २२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- —++—
… १, सगरमाथा नापिरहने मन पैँचोमा चरीको पखेटा ओर्लॅंदा हराउॅंछ आफ्नोपन । २, भेटिन्छ आठौँ आश्चर्य खोजे प्रबुद्ध समाजमा मान्छन् आआफ्नो सौन्दर्य । ३, ढकनीले गल्ती गर्दैन छोप्नेले निर्धक्क छोपेपछि खाडीको ताप पर्दैन ।
म्यामराज राई, भोजपुर … १, प्रचण्ड गर्मी धूप सहन विवश प्राणीहरू प्रकृतिको उग्र रूप । २, प्यासी छन् खोलाहरू तीब्र जलवियोजन रुखमा खस्दै मौरीका गोलाहरू । ३, उष्णता बोकी हावा भौतारिँदै छ जताततै खाँदै खुवाउँदै कावा !
वसन्त अनुभव, घोराही, दाङ … १, काम गरेर खानू सामाजिक सेवा गरी इतिहास कोरेर जानू । २, झुक्दैन सगरमाथा शिर सबै नेपाली मिलौँ नगरौँ कसैले पिर । ३, इतिहास रचेर छोडौँ सयौँ थुङ्गा गाँसेर माला बुनेर जोडौँ ।
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, हाम्रो देश सगरमाथा नेपाल स्वतन्त्रताको देश नेपाली वीरहरूको गाथा । २, नेपाल देशको नेपाली सत्ताको आडमा बसेको चौँरीको खर्क हिमाली । ३, डाफे मुनाल हेरेको गणतन्त्र जनतामा आएर देशको मुहार फेरेको ।
बेदु न्यौपाने … १, सगरमाथा नेपालीको पहिचान विश्वको अगाडि यसले राखिरहेछ राष्ट्रको शान। २, राष्ट्रलाई चिनाउने काम सगरमाथाले विश्वभरिमै देशको राखिरहेछ नेपालको नाम। ३, यसको बढाऔॅं गरिमा राष्ट्रलाई चिनाउनेको अझै उच्च रहोस् महिमा।
अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन) … १, सगरमाथा जस्तो शिर बनाई बढ्न अघि बाधक बन्छ पिर । २, सोचिन्छ अनौठा कुरा जिन्दगीमा कहिले भएन सोचेका सपना पूरा । ३, तापको तातो सहन सकिन्न जस्तो भयो तातै हावा वहन ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १, कुरा गहिरो खन्ने आश्वासन बाँड्न जानेमा अगुवा सजिलै बन्ने । २, कामले माम दिन्छ भनेरै म जोतिएँ उल्टै खुन लिन्छ । ३, भोकले भोजन घुमायो हेरेर मात्रै बस्दा अल्छीले अवसर गुमायो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा, मधेस प्रदेश) … १, परिस्थितिको रहेछौ दास जे आउँदा अघि लाग्दोरहेछ नि आस । २, स्वच्छ राखे मनस्थिति अवस्थ सहज हुनेछ आफ्नो आफ्नो अवस्थिति । ३, समयले खेलाँची गर्दैन जसले जे भनोस् हुने कुरा टर्दैन ।
त्रिलोचन भण्डारी, मेचीनगर झापा … १, जोखिममा छ घर बर्खा सुरु भयो पहिरो आउने डर । २, बाडौँ सबैमा ज्ञान प्रकृति प्रकोक आएमा जानै सक्छ ज्यान । ३, गरेर राम्रो काम चिनाउनु छ हामीले यो देशमा नाम।
अनिता भण्डारी, ताप्लेजुङ … १, रुखो बोलीमा काँडा मिसिएको चाप देखियो भेट्न आउॅंदा टाढा । २, वैरागी यो भेषमा के खोजिरहेछ दुनियाँमा अझैसम्म भेटिएन देशमा। ३, आपसी द्वन्द्व चलिरहेको कसलाई के थाहा ? मुटुमा आगो बलिरहेको ।
ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिमअछाम … १, तिम्रो मेरो भेट अब कहिले नहुने याद बसेछ अमेट । २, छातीमा मायाको घाउ बल्झिरहने सदा खाटा सम्झनामा तिम्रो नाउ । ३, पर्खिरहे आस्थामा बसेर तिम्रै नामको जपना सुखद सपना रचेर ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, मायामा संसार अडेको दुखीलाई सधै गारो आँसु पुछ्दै बढेको। २, अरूको लागि राम्रो सोचौँ सधैँ निश्वार्थ कर्तव्य यही हाम्रो। ३, झुटो लाई फालेर अगाडि बढौँ हामी सत्य लाई अङ्गालेर।
सविता भट्टराई, जनकपुर, मुरली चोक जनकपुरधाम … १, मट्टितेल दाउरा चाहिँदैन निहुँ चाहिन्छ मान्छेलाई अप्ठ्यारोमा आफन्त पाइॅंदैन । २, कसलाई आफन्त भन्छौ? आफ्नै भन्नेले रेट्छन् पछि औँलामा गन्छौ । ३, चुर्लुम्म फोहोरमा गाडियौ भरियो कानमा मसला स्वार्थ लुट्यौ टाढियौ।
चुडामणी देवकोटा, पुरानो नैकाप काठमाडौँ … १, कसैले केही भन्छन् किन सोच्नुपर्ने होला ? किमार्थ खेदो खन्छन् । २, अरूको खुसी देखेर भित्रभित्रै जल्दा रहेछन् झन् जिउँदै लेखेर । ३, थुकेर थुक चाट्ने देखियो आडम्बरको पराकाष्ठा आफूले आफैँलाई ढाँट्ने।
पृथक प्रकृति ,झापा … १, सहयात्रा छोडी बिलायौ साथ दिन्छु भन्दै नरित्तिने आँसु दिलायौ। २, उद्योग बन्द गरेका सर्वहारा वर्गलाई हेर्न दिनरात कसरी छलेका ? ३, बाढी, पहिरो गएको दर्जनौँ ठाउँमा हेर अझ क्षतविक्षत भएको ।
कला ढकाल, झापा … १, अन्जान खुसीहरू पाले जीवन सजिलो चल्नेछ गरिबी जरैदेखि उखाले । २, स्पष्ट बोलेपछि छर्लङ्ग हिँडेर उकाली ओराली लडेछ नसोची बेढङ्ग । ३, आधार हुनुपर्छ हेर काम गरेर देखाउनु विश्वास भएकोले धेर ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, स्वदेशमा भुतुक्कै लजाउने बनेर अर्काको भरिया विदेशमा पसिना बगाउने। २, अर्ती कुरा नमान्ने हामी आफ्नै खुट्टामा आफैँले बन्चरो हान्ने।
बिके मुखिया, दार्जीलिङ, भारत … १, आफ्नै माटोमा कर्म आमाको सेवा गर्नु सबैभन्दा ठुलो धर्म ! २, प्रभुले पठाए काज जुटौँ राष्ट्र सेवामा कहिल्यै नमानी लाज ! ३, सौम्य पिरतीको मूल, हेर सुन्दर बगैँचामा ढकमक फुलेका फूल !
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, जनतालाई सास्ती धेरै व्यवस्थाको खिल्ली उडाएर भन्छन् अझै मेरै ।
प्रेम थापा “मन”बागलुङ … १, घर संसार सुन्दर, बनाउने रहर यहाँ , कसलाई हुन्न र? २, परिवार एकत्रित पार्ने, खम्वा बनोस् स्थायी, स्वाभिमान उचाइमा सार्ने। ३, बोलेर हुँदैन यहाँ , गरेर देखाउने महान् देवता मानिन्न कहाँ ?
मनोहरी पौडेल, गैडाकोट १ … १, देश बिगार्ने केटा फकाउॅंछ जनता भोटमा जितेर लाउॅंछ फेटा। २, जङ्गे खम्बा हरायो सरकारले देखेन खै! भाषणमा मात्र करायो। ३, लिम्पियाधुरा टनकपुर पनि जनताले खोज्दैछ अब सरकार खै भनी ?
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, खान हुँदैन मागेर बजाऊ आफ्नै पाखुरा नजाउ कतै भागेर । २, छैन कर्म गरेको पाइँदैन केही खोजेर रहेन भण्डार भरेको । ३, काम गर्न डराउने डुलेर कहिले पुगेन खाने बेला कराउने ।
सञ्जना शर्मा, लमही दाङ … १, जस्तै दुःखी परानी गरिब ती जनताको भयो जीवन खरानी । २, क्रान्तिको बिगुल फुके अन्तमा आएर तिनीहरू फेरि नराम्ररी चुके । ३, भयो यहाँ अति नगरे केही अरू अझै होला कति ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, सपना बेचेर खाए रगतको खोलो बगाई जनताले दुःख पाए। २, उसलाई सन्तोष भयो जनताको अस्तित्व हरायो सबैको मातृत्व गयो। ३, लाखौँ सपुतको बलिदान जननीको छाती चिर्यौ धेरैको जीवन चिहान ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, परीक्षा हुनु अघि नतिजा प्रकाशन गरेर परीक्षा लिने ढोँगी। २, कस्तो जानेको दुराचारीले केवल आफूलाइ सपारेर बिगार्यो सन्तान अत्याचारीले । ३, विकार कसरी गयो ? सारेर ल्याउॅंछ कुप्रवृत्तिले नसुध्रेर धिक्कार भयो ।
लोकबहादुर क्षेत्री लामिछाने … १, मनको मैलो पखालौँ हटाऔॅं सबै दाग दिलमा शान्ति सजाऔॅं । २, के लानु मरेर ? छरौँ मित्रता सबैमा मरौँ प्रिति गाँसेर!
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, मनमा खुसी पाले दुनियाँ जसरी बाँच्छ यसको नाम काले। २, झरी कस्तो आयो मनमा माया राख किसानले गीत गायो।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, गर्मीले साह्रै सतायो ओहो ! पानी पर्दैन बेथिति बसोबास बतायो ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, टाढाको भनेर तिमी बिलौना गाउँछु गीत असारे झरी रिमीझिमी । २, कुहिरोले सबै छेलियो एक्लो धुमधुम्ती बस्दा भएको हौसला सेलियो ।
मोती सुब्बा दार्जिलिङ निमकी डाँडा … १, पगरी नेता पदको कामकुरो सबैको व्यापारी तैपनि ठुलो कदको । २, कुचालमा राजा फालिएको सिद्धान्तहीन छ राजनीति कसैको अनुग्रहमा पालिएको ३, देशको स्थिति खस्केको मौलायो विकार, विकृति झुटो आश्वासन पस्केको ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, पेटभरि छैन खाना सुरापान मस्ती गर्दै अङ्ग्रेजीमा गाउॅंछौ गाना । २, सुत्केरी श्रीमती घरमा बुबा थलिए निमोनियाले बाँचेका पानीको भरमा । ३, लरखराउॅंदै पस्छौ घर काम गर्छन् साथीसङ्गती तिमी हुन्छौ परपर ।
हिरालाल न्यौपाने ,बानपा ८ कोटमौला, सल्यान … १, जिन्दगी बगेको खोला एक दिन मर्नैपर्छ, यस्तो मान्छेको चोला । २, तँछाडमछाड सधैँ गरी बिताउँदा हरेक पल, पछुतो लाग्छ जीवनभरि ।
पुष्पा राई, ऐसेलुखर्क, खोटाङ … १, हेर्दा लाग्छ सदाचार त्यो रूप पशुकोझैँ गर्दै हिॅंड्छ कदाचार। २, फूल फुल्यो पाखाभरि सुन्दर छ दृश्यहरू आहा ! मेरो आँखाभरि । ३, बोकेर जीवनलक्ष्य हाम्रो सेवा गरौँ मनैदेखि जीवनमा सबभन्दा राम्रो ।
दीप गोले तामाङ, रौतहट … १, शरीरमा सारै घाम घाम भएको बेला , गर्नु हुँदैन काम । २, तराईमा घाम अति गर्दाखेरि तातो घामले अन्न उत्पादनमा क्षति । ३, स्वस्थ पाएन पानी पानी नहुदाँ हजुर , स्वस्थमा ठूलो हानी ।
श्रीकृष्ण धामी, बझाङ … १, विचारमा नयाँपन खिल्दैन लेख्ने प्रयास गर्छु पटक्कै भाव मिल्दैन। २, कहिल्यै सकिएन काम हेक्का रहँदैन ईशको भवसागर तार्ने राम । ३, कति गर्छौ विज्ञापन ? नगर झुटको खेती सत्कर्ममा लगाऊ मन ।
अरुण कुमार भुजेल, गोरुबथान,कालेबुङ, भारत … १, चोखो माया गरेर राख्छु सधैँ मनमा ओठमा खुसी छरेर । २, फसाएर मिठो बोलीले घायल बनायौ लौन। कर्के नजरको गोलीले।
वेल थोकर तामाङ, बकैया – ८, मकवानपुर … १, असारमा नि खडेरी कस्तो अनौठो समय ओभानो सेती, भेरी। २, मास्ने बाटो जसरी मौसमले घात गर्यो बाँच्नु अब कसरी? ३, बाँझै छ खेत रोपाइँ गर्ने बेलामा पाल्नु कसरी पेट ?
साबित्री प्याकुरेल,धादिङ … १, बाटोमा आउँदै थिएँ भेट भयो उसॅंग साथै मैले पिएँ ।
सुरेश कार्की … १, लागि रहन्छ डर उर्लियो भेल बर्खामा बगरमा छ घर! २, नचाहेरै हुन्छ मेल यस्तै रहेछ माया बिछोड मिलनको खेल ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, खाएर आएँ भात अर्थोक के सक्थेँ फालेर आएँ जात । २, भोकले भोजन माग्छ खुब बिचारेँ मैले होसले रोग भाग्छ । ३, हिम्मतले संसार जित्यो केही गर्न सकिएन समय आफ्नो बित्यो ।
लक्ष्मी रिजाल, रुपनगर, सप्तरी … १, कसरी गर्छौ राजनीति ? कोरा भाषणले मात्र सुध्रिन्न समाजको बेथिति । २, आफूलाई विज्ञ ठान्ने आपत्विपत् कसैलाई पर्दा अरूको सल्लाह नमान्ने । ३, के भनौँ दाता ? कस्तो मूर्ख ज्ञानी विज्ञ हे भाग्यविधाता !
विवश पारदर्शी, झापा … १, विचरा पिॅंजडाको सुगा उड्न चाहन्छ सधैँ तोडेर फलामे लुगा ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, बीउ झर्दा माटोमा प्रतिकुल हुँदा बखत बाँझै पर्छ पाटोमा ! २, गर्मी चर्को घाममा एकनास हुँदैन मौसम झरी वर्षा याममा !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, चिनाऊ देश नेपाल हिमाल पहाड मधेशी पहिले थियो विशाल । २, अखण्ड देश हाम्रो सुन्दर शान्त नेपाली वीरहरूको प्रदर्शन राम्रो। ३, चिसो बतास हिमाली वीरहरूको बसेर यो एकढिक्का छौँ नेपाली।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, चुँडियो लठारो पुल बिजोग भयो खच्चडको नेताले गरे भुल। २, बोकाएर भारी नुन खै के भनौँ ? कहिले तिर्ने गुन। ३, बनौँ सबै सचेत थाहा पाएर नि! नहोऔॅं अबुझ अचेत ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, हुँदैन ईर्ष्या पालेर उन्नति प्रगति गरौँ मनको तीतो फालेर । २, विवेकका घैलाहरु भरौँ साहित्य बागमा यसरी ज्ञानामृत सिन्चित गरौँ ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, बेहाल छ जिन्दगी कुन दिन मर्छु म नदीमा बगी । २, दैवले लाइदियो बार धेरै पटक जीवनमा मैले खाइसकेँ हार । ३, भाग्यको बार हटाउन मलाई रहर भयो धर्तीको बोझ घटाउन ।
ललिता गिरी सिन्धुली, हाल काठमाडौं … १, समयको हामी दास समयसँग चल्न सके हुनुपर्दैन कसैको आस ।
दुर्गा भट्टराई, मोरङ … १, भइन्छ भन्छन् मालामाल प्रमाणपत्र बिकेन भने राजनीतिमा हाम फाल l २, नेता भए जीर्ण जनताको सेवा सुविधाप्रति सोच राख्छन् सङ्कीर्ण l ३, फुक्ला भाषण गर्छन् विकासे बजेट लुकाई आफ्नै लाद्रो भर्छन् l
बाबुराम गौतम, गुल्मी … १, जतासुकै बढेको तनाव कस्तो होला दुनियाँ ? बुझौँ कसरी जनाब? २, गर्मी बाहिर भित्र एउटा देखिए पनि , अनेक हुँदारहेछन् चित्र ।
दीपा समभाव, खोटाङ्ग … १, टिपिक्क परेको चोली हाँसखेल गरौँ न एकैछिन दिल खोली। २, सलल बगेको खोली रहेछ मिठो तिम्रो सुरिलो त्यो बोली। ३, धोएर रुमाल निचार भइहाल्यो हाँसखेल त के छ विचार?
सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, हाम्रो देश सगरमाथा हामी सबै नेपालीको विश्व चिनाउने गाथा । २, सगरमाथाले सान चुकाउॅंदैन नेपालीहरू जहाँ गए कहिल्यै शिर झुकाउॅंदैन।
ममता पौडेल, बुढीगङ्गा -२ , मोरङ … १, कालो बादल फाटेर धर्ती जलमग्न बनाउॅंदै किसान पसिना साटेर । २, उर्लियो खोला हेर असारे झरी पर्दैमा गयो बालीनाली खेर ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, पुजापाठ गर्ने धेरै मान्छेलाई मान्छे नदेख्ने धर्म जाने खेरै। २, ढुङ्गालाई देउता पुजेका मान्छे सबै एउटै भन्नेले खै बुझेका । ३, भेदभाव आखिर किन दुईदिने सबै पाहुना मर्नै पर्ने एकदिन ।
रुना कर्माचार्य दाहाल ,चितवन … १, तातो बाफ चलेर स्वास फेर्न गाह्रो चर्को धूप बलेर | २, हामी काममा जाऔॅं कोक फ्यान्टाको सट्टा दही मोही खाऔॅं |
सरिता सेढाई धादिङ … १, आगोलाई नठानौँ सानो हेलचक्राई गरेको हामीले , जलाई दिन्छ छानो । २, यता आगो लाग्दाखेरि बोलाऔॅं दमकल सबैले नोक्सान होला फेरि । ३, आगोले ताप दिन्छ दुरुपयोग हुन गएमा, हाम्रो खुसी छिन्छ ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, युवालाई तालिम चाहिन्छ उद्यमशील भए व्यक्तिले स्वरोजगार गर्न पाइन्छ । २, सुतेर देश बन्दैन उद्यम नगरे आफैँले छिमेकी देशले गन्दैन । ३, कर्ममा विश्वास लाग्दछ पसिना पोखे धर्तीमा गरिबी आफैँ भाग्दछ ।
पद्मा काश्यप पाण्डे, मोरङ … १, चिप्लिन्छ अनि लडिन्छ फेरि उठेर हिॅंडौँ तब अलिक बढिन्छ। २, म देशलाई चिन्छु र देशकै लागि अवश्य रगत दिन्छु।
साप्ताहिक झिल्का लेखन अभ्यासको २१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- —++—
१, छु व्यस्त साधनामा जसरी थियो वाल्मिकी चाहे परूँ सामनामा । २, रुख काटिन्छन् जब पाखापखेरी रुन थाले धरती डढ्यो तब । ३, तिमी हौ विश्वास जिउने आधार माया धड्किरहन्छ खुसीको सास ।
वसन्त अनुभव, घोराही, दाङ … १, खुसीको बोकी हाँसो हिॅंड्यौ भनेको सुनेँ लिएर हाम्रो नासो । २, रित्तियो मेरो खल्ती एकचोटि भनिदेऊ न कहाँ भयो गल्ती ? ३, नछोपी दाउ चौका दिएको भए हुन्थ्यो एकचोटि सुधर्ने मौका ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, वातावरण दिवस मनाइयो यसो खोस्रेर बिरुवा रोप्न उपस्थिति जनाइयो । २ एउटा बिरुवा रोपियो थोरै पानी तुर्क्याएर औपचारिक देखाएर छोपियो। ३ हराभरा बनोस् जङ्गल आगो नलगाऔॅं सुक्खामा हुनेछ सबैलाई मङ्गल ।
चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ … १, सधैँ खुसियाली छाउँछ मिलन भए परिवारमा सुख, शान्ति आउँछ । २, तराई, पहाड, हिमाल लाग्छ सबैभन्दा राम्रो मेरो प्यारो नेपाल । ३, जून अनि घाम बुबाआमा हुन् मेरा जिउँदो देवता चारधाम ।
अनिता भण्डारी, ताप्लेजुङ … आनन्द मन घुमेर लाउने खाने रमाउने फर्की आउँदैन उमेर ।
ताराप्रसाद चापागाई, धुनिबेसी … १, दिलको माया दिएको हरायौ तिमी कता भुल्नको लागि पिएको। २, जलेर मन मेरो तिमी पराई हुँदा मर्यो मायाको फेरो। ३, टनकपुर फेरि रुँदैछ सुन्दैन बसेर कुर्सीमा विदेशी मालिक हुँदैछ।
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १ एकदिन जान्छ गुड्दै नफर्किने समयको गति हेर्दाहेर्दै सबै उड्दै। २ नहुने भएछ पुरा सोचेको कुरा कहिले भएछ सबै अधुरा। ३ अन्तैतिर नाता जोडेछौ नयाँ भेटेपछि तिमीले पुरानो माया तोडेछौ।
कला ढकाल, झापा … १ सिर्जना गर्ने दिलासा प्रचण्ड घामले ततायो नवीन बनेन जिज्ञासा । २ नहुने साथमा सिरानी एक्लियो जिन्दगी अचेल यस्तै हजारौँ कहानी । ३ बाटोमा बग्दैन सरिता अध्ययनबिनाको त्यो साहित्य भावमय बन्दैन कविता ।
भगवती दवाडी ,झापा … १, हामीले गर्नुपर्छ भर जिउँदो भगवान् हुन् भन्छन् सबैले डाक्टर। २, बिरामीको छेउमा आई सधैँभरि दिन्छन् शीतल , आफ्नो पीडा लुकाई। ३, सुख्खालाई बनाउँछन् हरियाली जीवन हाम्रो बचाउँने, डाक्टर हुन् शक्तिशाली ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १. जनता थाङ्नामा सुताउँदै झर्ला खाउॅंलाको आशा बित्यो पोखेको उठाउँदै । २. अर्काको धनमा दसैँ किच्च हाँस्दै सहने देखी डराउनुपर्छ सधैँ । ३. कहानी किन गर्नु लाज पचेको देखेर हेर्नेलाई लाजले मर्नु ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १ मन रोयो धेरै पुछी दिने छैन आँसु गयो खेरै। २ मानिसको असीमित चाहना सहजै हुँदैनन् बुझ्ने मनभित्रको सही भावना । ३ मौसमले धोका दिॅंदा देश शोकमा पर्यो मानिसको ज्यान लिॅंदा।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १ भएन घुमन्ते जीवन बनेर यात्रु सधैँलाई घुमाउॅंदै हिॅंड्ने रनबन। २ उल्झिन्छन् समस्यमा नाता धुमिल हुँदै जान्छन् सम्झना ऋणका खाता। ३ मानिस भएर जन्मिए सैतानको व्यवहार गर्दै निर्दोषको रगत पिए।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १ रातमा आउने पानी दिनको चर्को घाम धेरैलाई पुर्याउने हानी । २ प्रकृतिले जाल बुनेछ सतर्कता अपनाउनु सबैले अत्यधिक वर्षा हुनेछ।
संगीता खरेल, चन्द्रागिरी 8 काठमाडौं … १, ढुङ्गाको लगाई सिरानी आकाश ओढेर सडकमा गरिबले बिताउँछ जिन्दगानी।
बिके मुखिया, दार्जीलिङ,भारत … १. कोही गल्ती गरेर कहिले नमाग्ने माफी हाँस्छन् दागा धरेर। २. भन्छन् बगरको बास कुनै उपाय नभएपछि साथमा रहेन आस । ३. हाडी जस्तो फुट्यो सम्बन्ध पनि हजुर पुनः चट्याङले कुट्यो।
पृथक प्रकृति … १, किन हेरिन्छ माथि भूलेको सम्झना कति नभन ऐ साथी ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, ईर्ष्या हुँदैन साँच्नु रुँदै मर्छ मानवता दम्भले हुँदैन बाँच्नु ! ~ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … क/ छोड्दिन काव्य साधना झेल्नु परे पनि अनेक खाले सासना l ख/ आएछ कि ह्रासकाल सरकार फेर्दाफेर्दै बित्यो सरकारको यो साल l ग/ कतै छैनन् सक्षम जता हेर्यो उतै नेता देखिन्छन् अक्षम l
बाबुराम गौतम, गुल्मी … १, लिखित कतिपय अलिखित गाउॅंदै जाने यहाँ जीवन सङ्घर्षको गीत। २, जीवन काँडेदार फूल सुराक्षित कोही छैन मन्दिरमा चढाइन्छ त्रिशूल। ३, जीवनको अर्थ भेटियो लेख्नुथ्यो रहरको कथा बगरमा पुगेर मेटियो!
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १. म नयन खोल्छु सही तथ्य कुरामा अघि सरी बोल्छु । २. जहाँ विश्वास हुन्छ सदा परस्पर एकार्काको मनले मन छुन्छ ।
प्रेम थापा “मन”बागलुङ … (१) बनाउॅंछ उसैले मूर्ख जसको व्यवहार झुटा हार्दछ सत्यवादी तुर्क । (२) हुँदैन औषधी मूर्खको हरायो पुर्खाको सत्य बाहुल्यता छ उसको । (३) घोर कलियुग आयो आर्जनका झुटो व्यवहारले मौलिक युग हरायो ।
लोकबहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर ,पर्वत … १, मनको दियो बालेर जिउनु छ हाँसीखेली दु:ख पीडा फालेर। २, राम्रो काम गरेर जीवन फूलझैँ बनाउनु ईश्वरको भर परेर ।
वेल थोकर तामाङ, मकवानपुर ,बकैया – ८, बस्तिपुर … १, आफैँले दु:ख पाउॅंछ मान्छेको गलत कर्मले प्राकृतिक विपत् आउॅंछ । २, जीवजन्तु सबै भाग्दछ मान्छेको कारणले गर्दा जङ्गलमा डढेलो लाग्दछ । ३, सर्वश्रेष्ठ प्राणी लेखियो धरती बिगार्ने कर्ममा मान्छे अगाडि देखियो ।
दिनेशकुमार शर्मा, हेटौडा, मकवानपुर … १) बाहिर फुलबुट्टे झोला नवीनता रहेनछ भित्र आडम्बरी नबिताऔॅं चोला । २) मात्तिएर जवानीको जोस विगारी सकिएछ घरबार खुल्यो बल्ल होस । ३) सबैलाई आफ्नै ठान्छु भित्री रहस्य बुझिएन बारम्बार धोखा खान्छु ।
हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान … १, सधैँभरि दिन्छु साथ भन्ने गर्थ्यो तिमी छोड्यौ आज हात ।
गंगाराम यादव, औरावनी २ सुनसरी … १. प्रचण्ड भैरहेछ गर्मी देश द्रोहन गर्नेहरू धेरै छन् अधर्मी। २. अन्याय कति गर्छौ ? एकदिन पक्कै तिमी कालै नआई मर्छौ । ३. नबढाऊ जनतासँग दूरी पालो सधैँ नरहला किन गर्छौँ चुरीफुरी?
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। … १. सफलताले शिखर चुमेर मेहनत गर्नुपर्छ खुसीले नहिॅंडौँ अनावश्यक घुमेर। २. जिन्दगी आउँदैन फर्केर त्यसै खेर नफालौँ किन हिॅंड्छौ तर्केर ? ३. मनमुटु जलाई नहिन्नु पुर्याउॅंछ चिन्ताले चितामा आफूले आफैँलाई नचिन्नु।
घनश्याम पन्त, हरिवन सर्लाही … १, अनौठो समय साल किन प्रत्येकको आँगनमा घुमेर आउँछ काल !
आर्त अकुलीन … १ छोड्दा राम्रो रिसराग खानुपर्छ सधैँ हामीले तितो करेला, साग । २ किन लाउनु दोष हुनु थियो भयो पोख्नु हुन्न रोष । ३ खोज्दैछ यस्तो ठाउँ जहाँ बुद्धत्व मात्रै बास बसेको गाउँ ।
दीपा गुरुङ्ग समभाव, खोटाङ्ग … (१) भोकले मेहनत सिकाउँछ मानिसको आचरण हो भोगले विलासी बनाउँछ। (२) राखेर आपसमा भेदभाव आफैँलाई महान् ठान्छौ कस्तो मानसिक अभाव ? (३) छुवाछुतले आँखा छोपिन्छ तर मतलबका कुरा छोएर सुनपानी चोखिन्छ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ … १, विकासले बिनास गर्यो आज सुख खोज्दा ज्यान धरापमा पर्यो ।
मन्दिरा सेढाई, मलेखु,धादिङ … १) तिमी देशभक्ति कसरी सीमा मिचिॅंदा हेर्छौ तिमी राष्ट्रघाती यसरी !
रवि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १. रित्तियो देशको ढुकुटी बाँडीचुँडी सिध्याए सारा थन्क्याए बनाई सुकुटी ! २. गर्दैनन् कमाइ धन्दा जोहो नगर्ने पशुपक्षी सुखी छन् मान्छेभन्दा !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १) जीवन यात्राले थाकेर मन छ बिसाउनु उमेरले मात्रै पाकेर। २) भोलि खुसी आउनलाई थुप्रै विकल्प थिए आफैँभित्र स्वयं रमाउनलाई।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १. हातमा बोकेर पारपत्र डुल्दै त्यो मरुभूमिमा नेपाली परे अलपत्र । २. हेर्नुस् हाम्रो समाज किन स्वार्थी दुनियाँ ? दुःखीको सुन्दैन आवाज । ३. हाम्रो देशको शिक्षा ठुलाबडाकै गर्छ चाकडी कस्तो यो दीक्षा ?
दीप गोले तामाङ, चन्द्रपुर -१, पौराई, रौतहट … १. सनातन हिन्दु धर्म राम्रो धेरै दर्शन बुझ्छ जनको मर्म । २. धर्म छोड्ने बानी बनायो मान्छे यस्तो गर्ने सबै हानी । ३. प्रकृति हाम्रो सुर हामी देव मान्छौ हुँदैन कोही दूर ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १) पाइॅंदैन मिलनसार मन कलियुगको प्रभाव यस्तै सर्वत्र भेटिन्छ दुर्जन। २) चल्दैन हिजोआज अर्मपर्म गाउँघर सहर बन्यो हरायो पुराना कर्म। ३) संस्कृति अनि संस्कार खोलाको गीत भयो खाए नेपालीले मार।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १. लथालिङ्ग बनाए देश भ्रष्टाचारी ,जाली नेताले हरायो रहनसहन भेष। २. खुबै फूर्ती लाउँछन् भोट माग्ने बेला नमस्कार गर्दै आउँछन्। ३. आफ्नो लागि झुक्छन् जनतालाई समस्या पर्दा नेता दुलोभित्र लुक्छन्।
साबित्री प्याकुरेल, धादिङ … १. उमेर पनि ढल्कियो जवानीको रङ्ग सुकेर बुढेसकालतिर अब सल्कियो। २. विश्वास नभएको मन हुँदैन कहिले आफ्नो अरूले कमाएको धन। ३. जीवन बगेको खोली खेरो नफालौँ व्यर्थैमा आउॅंदैन फेरि भोलि।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी दार्जिलिङ … १, एकछिन सोचेर बोल होसियार बनी सधैँ मनको कुरा खोल ।
बिरेन्द्र कुमार चौधरी, इटहरी – १६, सुनसरी … १ मायाविनाको त्यो पल कसिएको कण्ठ जस्तो बनाउँछ भाव विह्वल। २ माया गर पवित्र माकुराको जालोले जस्तो अड्याई राख्छ भित्र।
कोपिला अधिकारी, सिरानचोक -७, गोरखा … १/ कविता भन्न खोज्दा निबन्ध भयो रे आफ्नै मन रोज्दा । २/ भोक लागेको बेलामा ढुङ्गो स्वादिलो हुन्छ काम गर्ने मेलामा । ३/ पानीले खोज्दैन रानी मात्र खोज्छ तीर्खा जीवनको हो खानी ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर … १, सृजना फुलाउने रहरहरू काँडा बनी आएपछि फैलिए रोगका जहरहरू । २, हिजो आहा ! भयो आज निर्बल हुँदा जीवन निरासिॅंदै गयो ।
दुर्गा भट्टराई, मोरङ … १) मनमा शीतल ल्याऊ गर्मी पर भगाएर स्याउ सधैँ खाऊ । २) जङ्गल सबै मासेर आँसु लाग्यो पशुको रुन्छौ हामी हाँसेर।
सविता भट्टराई, जनकपुर … १, सत्य रहेछ सपना नब्युउँझिदा सम्म मात्र ब्युउँझेपछि भ्रमकै थपना ।
सुरेश कार्की, काठ. – ७ … १ जीवन सत्कर्मले सजाउनु आखिर छाडिन्छ संसार संस्कृति मिलेर बचाउनु । २ उदासीमा बज्दैन ताली दुःख सहेमा सुख प्रभुकै बनौँ माली । ३ बेठिक मजाक उडाउनु ? चिन्ता गर्नु व्यर्थ बिन्ती सधैँ चढाउनु ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १. मिठा गफ गरी चौतारीमा सॅंगसॅंगै बसौँ अलि नजिक सरी। २. बगैँचामा सुटुक्क पस्छु तिमी आऊ है! म कुरी बस्छु। ३. सुख पाउने रहर भाग्य मेरो खोटो देख्न पाइन सहर।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, झिल्काको तलतल कस्तो सकस परिरह्यो बेस्सरी बिहानीको चिया जस्तो। २, नलेखौँभन्दा पनि नहुने अन्य केही लेख्दा शब्दले मन नछुने। ३, झिल्का लेख्दैछु रमेर यथार्थ भावहरू खोज्दैछु शब्दहरू धेरै गमेर ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा … १. पैसामा जोडिएको नाता स्वार्थले भरिएको बोली हुन्न अप्ठ्यारोमा छाता। २. खाइन्छन् झुटा कसम बगाउँदै अश्रु धारा बिर्सन्छन् आफ्नै खसम। ३. ओझेल पारिन्छन् सपनाहरू खोली घातका पानाहरू निचोरिॅंदै मिठा सिर्जनाहरू।
तोया नाथ चापागाईं, दमक, झापा, नेपाल … १) आयो ऋतु ग्रीष्म आकाश धर्ती तातेर बन्ने भयो भीष्म । २) छैन शीतल कही कोठा ओछ्यान तातै आउँदा पानीमा रही। ३) चिसो पानी परे शीतल हुन्थ्यो होला आकाश धरा भरे ।
रसज्ञ छहरा, कावासोती-३ नवलपुर, नेपाल … १, गणतान्त्रिक शासन व्यवस्था मन्त्रीमण्डल गठन विघटन जनताको उस्तै अवस्था । २, जनताको बुझ्दैनन् चाहाना पात्र प्रवृत्ति त्यस्तै अनेक बनाउँछन बाहाना। ३, लाग्न छाड्यो आस गर्दैनन् काम कसैले जनतालाई बनाए निराश ।
सतीश पण्डित, भानु – ६, चुँदी तनहू (हाल चनपा ६ मातातीर्थ) … १, सिमसिमे पानी आयो साँझपख हेर त तनमा सितल छायो । २, दिनहरू बितेर जान्छन् एकपछि अर्को गर्दै मान्छेलाई बुढेसकालतिर लान्छन् ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १. मनलाई खुसी राखेर गर्नुछ सङ्घर्ष सधैँ पुग्नुछ लक्ष्य ताकेर। २. सोच्दै अगाडि बढेर इज्जत पर्छ कमाउनु अनगिन्ती अब पढेर। ३. देशको माया गरेर सधैँ अगाडि बढनु छाती गौरवले भरेर।
दुर्गा आचार्य, मोरङ … १/ कतै आगो बलेको कस्ले देख्छ यहाँ भित्र मुटु जलेको ।
शोभा आचार्य गौतम, काठमाडौँ … १. सुन्दर शान्त देश मेरो देशमा कसैलाई पनि नलागोस् ठेस । २. सफलता खोज्ने आस चलेको छ घामपानीमा मुटु धड्कनको सास । ३. सडकमा पानीको काम छैन हजुर मजदुरलाई काम गर्दा आराम ।
श्रीकृष्ण धामी – बझाङ … १, प्रेममा पागल बनेर सहर, बजार घुमेछौ बाबाआमा बारी खनेर । २, बेरोजगार भए बसे बिचल्ली परेमा गरिबी साधुले खरानी घसे । ३, हुँदैन सोचेको कुरा पर्खेर बसे परदेशी भए लालाबाला टुहुरा ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १ साथीसँग रमाउने मन आज मोबाइलको गेममा, समाजबाट टाढिॅंदै जन | २ कस्तो माहोल बनायो कोरोना पश्चातको समयले , प्रविधिले आधिपत्य जमायो। ३ बन्दैछ मोबाइल आज झन् प्रिय पुस्तकभन्दा एकलौटी गर्दैछ राज।
सुस्मिता अधिकारी ,काठमाडौँ … (१) होइन प्रेमको भिखारी स्वार्थमा सम्बन्ध राख्ने सम्पतिको औकात निहारी । (२) सम्वन्धमा धन हेरिॅंदैन आत्मीयता चोखो हुनुपर्छ कुनै पर्खालले छेकिॅंदैन । (३) सम्झिनेहरूले माया तोडेपछि खोजखबर लिनै छोडिदियो अर्कैतिर सहयात्रा जोडेपछि ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १) सिॅंढीले उक्लिनु सिकाउँछ सागरमाथाको चुचुरा देखाउॅंदै सङ्घर्षले सफलता पुराउँछ । २) म रोज्छु फूल उ रोज्छिन् काँडा भँचियो प्रेमको पुल।
राजनारायण राई, राजदल बस्ती सोनादह … १. धर्तीमै छ आनन्द स्वर्गको कुरा नगरॅौ प्रकृतिले दिन्छिन् परमानन्द । २. नेता आए घरमा आश्वासन दिएर गए नबसॅौ यिनका भरमा । ३. जनता भोकै राखेर आश्वासन मात्रै दिॅंदै आए सत्ता चाखेर ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १ , सृष्टि, स्थिति ,संहारको मूल मानौँ झिल्का सबै चराचर भवको । २ , बुझेर मात्र बालौँ उसको गुण जानी समयमै बुझी सम्हालौँ ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार … १ सजाऔॅं नेपाल हाम्रो सबै मिलेर जाऔॅं बनाऔॅं सुन्दर राम्रो! २ मेची गण्डकी काली सलल पानी बग्छन् हामी नेपाली माली। ३ हिमाल उच्च हेर संसार पर्छ दङ्गै सौन्दर्य अति धेर ।
कमल प्रसाद बगाले रेग्मी, वालिङ बजार स्याङ्जा, गण्डकी प्रदेश … १) खोल आफ्नो दृष्टि बाली ज्ञानको दियो पाउॅंछौ भिन्न सृष्टि । २) नगर्नु कसैको हेला हात्ती पनि पर्नसक्छ हेर कमिलाको फेला । ३) फूलसरि बास्ना छर्नु हजारौँ चोट सहेर पनि परोपकार गर्नु ।
रुना कर्माचार्य दाहाल ,चितवन … १. बालबालिका भोलिका कर्णधार उचित पालनपोषण दिऔँ भविष्य बनाउॅंछन् यादगार । २. विभेदको अन्त्य गरौँ छोरा छोरी बराबरी, समानताको शिक्षा भरौँ ।
पुष्पा राई, बादेल, खोटाङ … १) हेरेर घरि जूनलाई याद आउॅंछ मायाका साटेको मायाको गुनलाई । २) मुछिएका यी हातहरू रगत र पसिनामा मिठा लाग्छन बातहरू । ३) आएपछि समस्याको थुप्रोमा चाल्नुपर्ने हुन्छ पाउहरू लुक्नु हुँदैन झुप्रोमा ।
ईश्वर साउद, रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, कर्ममा विश्वास गरौँ समयको सदुपयोग गर्दै जीवन सौन्दर्यले भरौँ । २, समयको निरन्तर गति पच्छ्याउन प्रयास नगरे रोकिन्न कहिल्यै कति ? ३, विगतको समीक्षा राम्रो गर्न कोशिस गरेमा भविष्य बन्छ हाम्रो ।
जय नारायण नेपाल, इलाम (हाल सूर्यविनायक २ बालकोट भक्तपुर ) … १. जीवनमा धोका पाएर अर्थ छैन बाँच्नुको मर्छु पासो लाएर । २. देखाउँदैनन् कसैले चासो आफन्तविहीन आफैँ भएपछि कसलाई पोखौँ गुनासो । ३. ज्यान बलिदान दिएर मर्न बेस बाँच्नुभन्दा अर्थ छैन जिएर ।
ललिता गिरी, सिन्धुली (हाल काठमाडौं) … १. कर्मको फल मिठो सधैँ दुःखमा रमाउने म गाउँले ठिटो । २. सङ्घर्षको भारी बोकेर पुग्न सकिन्न गन्तव्यमा बीचमा पाईला रोकेर । ३. दुःखको जङ्घार तरेर जिउनुको अर्थ सिकाई एकदिन जान्छौँ मरेर ।
लक्ष्मण देउवा, डोटी (हाल भारत चेन्नई) … १. फूलको सुन्दरता देखेर रमाउन सक्छ मान्छे काँडामा पाइला टेकेर । २. सङ्घर्षको यात्रा हाम्रो यसरी बुझौँ सबैले जीवन चल्छ राम्रो । ३. कर्मको खेती गरौँ पौरखी हातहरू चलाउँदै स्वदेशकै लागि मरौँ ।
पद्मा काश्यप पाण्डे, मोरङ … १) लाउने खाने उमेर खुसीले मानव रमाऊ फर्केर आउँदैन घुमेर । २) हाम्रो जीवनको भर राखेर भक्ति भावना मनमा सम्झौँ ईश्वर ।
बेदु न्यौपाने … १. सकिए रुख ढलेर यस्तै पारा भए सकिन्छन् मान्छे जलेर। २. जङ्गल सबै मासियो आधुनिकताको नाउँ लिएर प्रदुषणसँग नाता गाँसियो। ३. बचाउनु विश्वको धन सचेत भए आजै बाँच्छ हरेक जीवन।
विमल खतिवडा माइला, सिलगढी, भारत … १, बाहिरबाट हुँदैछ गोल चोक्टा उनैले खान्छन् भित्रकाले खान्छन् झोल ।
साप्ताहिक झिल्का लेखन अभ्यासको २० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, कमल हिलोमा फुल्छ खास वरदान भगवान्को सिउॅंडी मरुभूमिमा डुल्छ । २, हुने नहुने कुरो सस्तो लोकप्रियतामा कुदिरहन्छौ बुझ्दै नबुझी चुरो । ३, एकनासको हुँदैन बाटो सदा लक्ष्योन्मुख होऔॅं सकेसम्म नराखी रहाँटो ।
म्यामराज राई, भोजपुर … १, मनमा नजमाई शीत बाँचुन्जेल हाँसौ खेलौँ भविष्य छ अनिश्चित ! २, गर्नुहुँदैन कदापि रोष गल्ती आफ्नो जान्दाजान्दै अरूलाई दिएर दोष ! ३, पैसाको मुख कालो अपराध निम्त्याउँछ यसले षड्यन्त्रको हो जालो !
वसन्त अनुभव, घोराही, दाङ … १, ढुङ्गालाई माटोको भर दुवै मिले पो बन्छ सुन्दर घर ! २, आयो जमाना कस्तो ? खै किन यहाँ लोकप्रियता बन्दैछ सस्तो ।
दीपा समभाव, खोटाङ … १, भ्रमर फूलमा डुल्छ रस पसेपछि हेर्दै फूल काँडामा फुल्छ । ३, नचाहिने गर्छौ कुरो समाज सेवाको काम चलाउन आफैँ सुरो
ममता पौडेल, बुढीगङ्गा-२, मोरङ … १, हिम्मत नै गर्नुपर्छ आफू आफैँलाई चिनौँ समयले सब गर्छ ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ … १, दलित अछुत भनेर मानवमाथि मानवले बोल्छन् मानहानि सधैँ गरेर ! २, सबै समान नहुने मानवमा मानवता नभएर कसरी तिनी नछुने ? ३, कहिले हुन्छ समान मानव मानव मिली अवश्य आउॅंछ बिहान !
भोलामान बर्देवा, धरान ८ सुनसरी … १, किन विकार जगाउने ? सत्यतथ्य बुझ्न खोज्दैनन् लान्छना मात्र लगाउने ! २, आफ्नो धरातल भुल्छन् मानवको स्वरूप मात्र आखिर आडम्बरमा फुल्छन् । ३, भएर पुनः मपाई कुनै पनि बहानामा शोषण गर्न नपाई !
पृथक प्रकृति ,झापा … १, बाँकी काम रोकेर आएको भेट्न मायालाई मनमा खुसी बोकेर ! २, सुन्दर बनी फुलिदेऊ भनेर सोच्छु म मेरो मनमा डुलिदेऊ। ३, हाँसेर बोल्नु राम्रो बनोस् नटुट्ने सम्बन्ध झन् गहिरो हाम्रो !
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, मनको हुँदोरहेछ पोको सॅंगालेर राख्दा पनि पूरा नहुने धोको ! २, भन्न सजिलो हुन्छ पर्दा मात्र आफूलाई बल्ल मन छुन्छ। ३, मनलाई नबनाऔॅं अस्थिर सॅंगालेर राख्छ जसले अन्तमा हुन्छ वीर !
अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-अमेरिका, बोस्टन) … १, नगर्नु जोसको बात आउने गर होसमा पाइन्न कसैको साथ ! २, नबिराउनु अनि नडराउनु भ्रष्टाचारी भए कोही दण्ड सजाय गराउनु ! ३, दिनेछन् जनताले साथ हुन् जनार्दन तिनै बुझेर गरे बात !
सतीश पण्डित, चुँदी तनहूँ (हाल चनपा- ६ मातातीर्थ) … १, आफ्नाहरू बिराना बन्छन् लौरी दिएर तार्यो आफैँ ठुला भन्छन् । २, खोला तर्यो भाँच्यो भुल्यो लौरी दिनेलाई खुट्टामा हिर्काएर नाँच्यो। ३, कस्लाई आफ्नो भनौँ संसार विचित्र रहेछ सबैसॅंग व्यावहारिक बनौँ ।
चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ … १, विरोध गर्नेले गर्छ मौका सधैँभरि आउॅंदैन टन्न कमाउनु पर्छ । २, जसले कमाउन जान्छ हेर्दैन राम्रो नराम्रो समाजले उसैलाई मान्छ ।
शंकर कार्की, मकवानपुर … १, कसैलाई समयले पर्खॅंदैन व्यर्थ खेर नफालौँ बितेको पल फर्कॅंदैन।
बिके मुखिया, दार्जिलिङ, भारत … १, हरियो बोटको जरा चौतर्फी ढकमक फूल आखिर सुन्दर धरा ! २, कुरैकुराले घर चलाए समाज बनाउँछु भन्दै मानिसको मन जलाए !
आर्त अकुलीन … १, विश्वास मन फुकाएर अगाडि पछाडि नहेरी बसेका खुसी लुकाएर ! २, जनता नेताको पछाडि नेताजी कुर्सीको दाउमा खुलेर निस्कनु अगाडि ! ३, जङ्गल फडानी नगरौँ नफसौँ पहिरो जानमा हरियो बिरूवाले भरौँ ।
अम्विका अधिकारी, झापा बिर्तामोड … १, हुँदैन कसैको आसले एकदिन जान्छ छोडी आफूले फेर्ने सासले ! २, नगर्नु अर्काको रिस दिन सक्छन् सत्रुले अमृत भनी विष ! ३, लिची, आँप फलेको बढ्यो गर्मी धेरै तातो हावा चलेको !
अनिता भण्डारी, ताप्लेजुङ … १, उदाउँदो बिहानीको घाम स्वास्थलाई धेरै राम्रो गर्नु ताप्ने काम ! २, साग सिस्नो खानु रोग हट्दै जान्छ पर्दैन अस्पताल जानु !
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, सबैले हिम्मत गरौँ मरेको मनलाई आनन्द मनमा माया भरौँ !
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, सपना देशको मेरो उन्नति लिएर साथमा नझुकोस् सधैँ सेरोफेरो ! २, कुर्सीको तानातान हेर बडेमान शून्य जित्ने खै चलाखविना खेर ! ३, चाँदनी रुँदैछ देशमा सिमाना पारि एक्लै न्याया खोज्दैछु केसमा !
एवाइ प्रभात, सहिदभूमि, धनकुटा … १, भ्याइएन गन्तव्य कोर्न सकेनौँ अझै हामीले आफ्नैको फोहोर सोर्न ! २, जहिल्यै कुबुद्धि आउँछ आफ्नो धर्म त्याग्दा सरापले उल्टो गराउँछ । ३, लाकतन्त्रमै त्यस्तो गरेको ? लेखेको भनेको कथित समाचार भ्रष्टाचारले भरेको !
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, देख्दैनन् मजदुरको काम हरपल बगाउँछन् पसिना पाउँदैनन् उचित दाम ! २, खान्छन् व्यन्जन चौरासी ठुलाबडा भनाउँदाहरूले यहाँ हामीलाई बनाउँछन् दासी ! ३, गरिबीको चपेटामा परी व्यवहार सम्हाल्नु पर्ने दुनियाँको इस्तेमाल गरी !
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, रित्तो हुँदैछ गाउँ बेरोजगारीको चपेटाले गर्दा परदेसिए बिरानो ठाउँ ! २, निभ्यो आसाको दियो देशको बेथितिले गर्दा गलेर आउँछ हियो ! ३, आँसुले मुख धुँदै बुढेसकालको सहारा गयो वियोगमा विक्षिप्त हुँदै !
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ … १, स्वास्थ शरीर लिएर बढ्न सकिन्छ अगाडि नहिड रक्सी पिएर ! २, आफूले पाएको ज्ञान दिन सक्नुपर्छ सबैलाई यति कुरा जान ! ३, हेर जीवन जिएर भइन्छ त्यसै बर्बादी रक्सी मात्र पिएर ।
ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ ) … १, मनमा कुरा खेल्छ उपलब्धीको खोजी गर्दै अझ किन धकेल्छ ?
प्रेम थापा “मन”, बागलुङ … १, काममा व्यस्त भएर बन्द सिर्जनाको ढोका खेतको गरामा गएर ! २, मायाको तिर्सना मिठो सकिन्न कसै बिर्सन खाइन्न फल गिठो ! ३, जिन्दगी गाह्रो जिउन सकिन्न किनेर कपडा सुचिकारमा पुगी सिउन !
भगवती दवाडी, झापा … १, चोखो माया साँचेर नगर्नु कलह कसैले जीवनमा बाँचौँ हाँसेर ! २, समयले डाँडा काट्यो तिम्रो त्यो कर्तुतबाट मन त्यसै फाट्यो ।
सरस्वती श्रेष्ठ, इटहरी … १, हार मान्नु हुँदैन दुःख हुन्छ सबैलाई बालक केवल रुँदैन । २, तिमी सानो थियौँ ठुला थिए सोच अहिले कसलाई दियौँ ? ३, बलियो बनाऊ मन प्रदर्शन गर्न शक्ति काम्नु भएन तन !
धनुष न्यौपाने” यात्री” … १, देश गम्भीर मोडमा सबै सचेत बनौँ अस्तित्व बचाउने होडमा ! २, मृग ओरालो लागेको भेट्टाउन मानिसहरू किन ? उसको पछि दौडेको ? ३, जति दबाउ भलिबल उति माथि पुग्छ पुग्छ उसलाई मल !
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, जेठको घाम रापिलो गर्मीले तराई पाक्दैछ हुँदैछ पृथ्वी बाफिलो ! २, उडेका चरा खस्दैछ भनेर औलो लाग्ला मनमा शङ्का पस्दैछ । ३, सम्झिए हुर्केको पहाड सितल त्यो चौतारी छेउमा झरनाको दहाड !
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … १, भगवान्को ढोकामा ताला मान्छेले ल्याएर ठोकेको मान्छेलाई झुक्याउने चाला ! २, तिमीले तुलसी पुजेको भगवान्को आफ्नै नियम यति मैले बुझेको ! ३, सन्सार तिम्रो मेरो बाँचुन्जेल प्राणीको साझा मरेपछिको लोक अँधेरो !
कमला पौडेल … १, खुशीको साँचो गोजीमा अनेकौँ तर्क आवतजावत भौँतारिन्छु सत्यको खोजीमा ! २, भोकले भोजन माग्दछ यसकै लागि भौँतारिएँ रुखोसुखो अमृत लाग्दछ । ३, सुखी परिवार बनाउन हेर छोराछोरी जन्माएँ दुवै उडे कमाउन !
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर … १, आउने जाने क्रम यथार्थ रत्तिभर नभएको जीवन एक भ्रम ! २, परिस्थितिको भिरेर भार परदेश पुगेको हुन्छन् हामीसँगै देशको अनुहार!
बि.कुलुङ, दार्जिलिङ … १, आउँछ अवश्य पालो समय पर्खनु पर्छ हट्छ निरङ्कुशताको जालो। २, अरूलाई रुवाई हाँस्ने अमानवीय कार्य गर्दै प्रीति कहिले गाँस्ने ? ३, गरे असहायको सेवा निस्वार्थ भाव बोकी मिल्छ एकदिन मेवा !
अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत … १, सबैको प्यारो बनौँ मनको पीडा कलमले धेरै कुरा भनौँ । २, अरू केही चाहिॅंदैन बाआमा जस्तो माया संसारैमा कतै पाइँदैन।
सविता भट्टराई, जनकपुरधाम … १, वसन्तमा हरियाली बोट मन उदास हुँदा मनभरि गहिरो चोट ! २, मालामा सुवाउने फूल खोला आउँदा सधैँ तर्न चाहिने पुल ! ३, बगेको पानी खोला बाबा घरमा नभए जिन्दगी के होला ?
श्रीकृष्ण धामी, बझाङ … १, उहाँहरू कसिएर आउनुभयो वरपरको माहोल विचारी फर्की जान पाउनुभयो । २, भातभान्सा खाइसकेर आइयो फुर्सद अनुभव गरिएन कामधाम सकिवरी खाइयो ।
लक्ष्मी रिजाल, कञ्चनरुप १२, रुपनगर, सप्तरी … १, कसैलाई नभन्नु भुलेर पीडा भए पनि मनको कुरा खुलेर ! २, सदनको खेल हेर परेर कुर्सी मोहमा गर्दैछन् समय खेर ! ३, सबैको आउँछ पालो सहन सक्यो भने फ्याँकिन्छ अत्याचारको जालो !
कला ढकाल, झापा … १, विवाहको नाटक गरेर सम्पत्ति सबै कुम्ल्याउने लोभ लालचमा परेर ! २, भएमा प्रेम पवित्र मिल्दछ आनन्द आफैँ त्यही सानो झुपडीभित्र ! ३, मान्छेमा मानवता हरायो देखासिकी गर्दा आपसमा जीवनशैली भड्किलो गरायो।
पद्मा काश्यप पाण्डे, मोरङ … १, प्रेम रोगजस्तो कडा अरू केही हुँदैन याद निकै तगडा ! २, समय कटाउने खेल चोखो मायामा पनि घात हुन्छ अचेल !
साबित्री प्याकुरेल, धादिङ … १, खोज्दै हिॅंडियो गयो डुलेर चौतर्फी बेकार हल्लाको पछि भयो । २, निधारभित्रको यस्तै लेखान्त थाहै हुँदैन कसैलाई जिन्दगी मायावीको उपरान्त । ३, खोजेर कहाँसम्म हिॅंडू यो भाग्यको रेखा घरघर गर्दै भिँडू।
ईश्वर साउद, रामारोसन- ६ सुदुरपश्चिम अछाम … १, मनको पीडा बुझिदिने एउटा साथी चाहियो कोही हुनुहुन्छ खोजिदिने ? २, हरेक रात सम्झिदिन्छु एकान्तमा बसेर हरपल बाटो हिॅंड्नेहरूलाई सोधिलिन्छु । ३, कयौँ सपनाहरू सजाए तिम्रो आगमनको प्रतीक्षामा वियोगमा मन जलाए !
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, बोल्नुपर्छ दिल खोली देखाऔँ यहाँ सबैले स्थिर खालको बोली !
बाबुराम पाण्डे, अर्घाखाँची … १, विश्वास कसैको नगर्नु स्वार्थ पूरा भएपछि छोड्छन् पारेर मर्नु ! २, कमल हिलोमा फुल्छ संसार लोभ्याउने फूल देखेर मन भुल्छ । ३, मनमा पिर लिएर जिउन सक्नुपर्छ हामी दुःखमा सान्त्वना दिएर !
लक्ष्मण देउवा, डोटी (हाल भारत) … १, झमझम पानी दर्कियो आकाशैबाट आज हेर खेतको बाली लर्कियो । २, जाला बैंस खेर केटा छान्दा छान्दै बस्नु पर्ला हेरेर !
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, मेरो कथा अर्को बुझ्छौ होला सोचेँ, मानी दियौ झर्को ! २, जीवन साँच्चै छोटो राम्रो रमाई बाँच्नु हुन्न भाग्य खोटो ! ३, मैले हारी दिउँला तिम्रो जीतको लागि आफैँ आँसु पिउँला !
पुष्पा राई, बादेल, खोटाङ … १, मैले दिएको माया पत्यार नलागे तिमीलाई सम्झनु तिम्रै छायाँ ! २, अँध्यारोमा देखिन्न कहिले मन उज्यालो बनाउनु तिम्रो साथमा जहिले ! ३, मनमा शङ्काको बादल मास्तिर उठेको बेला ओसिएछ कतै मादल !
मोती सुब्बा दार्जिलिङ, निमकी डाँडा … १, छैन पाएको मान राम्रो काम गरे गयो आज जान !
गंगाराम यादव, औरावनी २, सुनसरी … १, सोच्दै नसोच्नेलाई सुख समस्या टार्दै गयो, सन्तापले बढायो दुख ! २, वर्तमान ठुलो झन् भविष्य सोचेर हुन्न भूतकाल व्यर्थ छन् । ३, गर्दै जाऔॅं कर्म जान्छ जीवन बन्दै पालना गर्दै धर्म !
मनोहरी पौडेल, गैडाकोट १ … १, साँझ परेपछि सलादमा गर्मी कसरी कटाउने लोकल अथवा ब्राण्डमा ! २, कोदोलाई ब्राण्डेड बनाउने सोच राम्रै सरकारको शुल्क दाबेर बढाउने ! ३, लोकल पिए खोयाबिर्के ब्राण्डेड पिए ड्रिङ्क्स गुणगान दुवैको छिर्के !
घनश्याम पन्त, हरिवन सर्लाही … १, रित्तो गाग्री भरेर सबैको प्यास बुझाऔॅं उपल्लो जङ्घार तरेर ! २, प्यास सबैको उस्तै जोहो गरौँ मूलको अरू अलि दुरुस्तै ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, पश्चिम आङको चोटले नेपाल आमा मरणासन्न नेतृत्व वर्गको खोटले ! २, लुकाएको पुराना चुक खोज्नु पर्दछ सबै अति भयो छुकछुक ! ३, सन्तान देखिए थरीथरीका सुशासनको माला जप्नु नीतिगत निर्णय तरिका !
साप्ताहिक झिल्का लेखन अभ्यासको १९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, फसाऊ, सके फसाउॅंछु विडम्बना ! राजनैतिक खेल कम्तीमा बनी बसाउॅंछु । २, कानुन बसाइॅं गयो सन्जालमा पूर्ण फैसला नोटको हालीमुहाली भयो । ३, गफिने कर्म माने फल केही नलाग्ला भविष्य कता लाने ?
म्यामराज राई, भोजपुर … १, बल्दैछ आगो दनदनी मिलेमतोमा छन् कलाकार बानेश्वर कुरा कम्पनी ! २, हमेसा खोरको डर रणभुल्लमा छ टाउको रहेन गोडाको भर ! ३, नखोल्दा जनता ठुस्कने दुर्गन्ध साह्रै फैलियो खोल्दा धोती फुस्कने !
वसन्त अनुभव, घोराही, दाङ … १, धेरै भेटिए फसाउने जीवनको पाटो मेरो हाँस्ने अनि हॅंसाउने । २, कानुन कसले मान्यो उसैको महल ठडिन्छ जसले लुट्न जान्यो। ३, जिन्दगी भाँडमा गयो मेलोमेसो मिलाऊ साथी मेरो यस्तै भयो ।
लक्ष्मण देउवा, डोटी (हाल भारत) … १, भ्रमले केही हुँदैन तात्तिएको यो जीवनमा विडम्बनाले खासै छुँदैन ! २, घामसँग उदायो उमङ्ग देखेर आफ्नै प्रगति आफैँ परे दङ्ग ! ३, निराश लाग्छ हिजोआज जीवन देखेर सादा लाग्न थाल्यो लाज !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, यहाँ सबैले फसाउँछन् तान्छन् अरूको खुट्टा आफ्नो घर बसाउँछन् । २, राजनीति फोहोरी खेल किन भ्रष्टाचार गर्नेलाई लगाउँदैनन् होला नेल ? ३, जीवनको भएन भर के हुन्छ कहिले ? आफ्नै इच्छा गर ।
ललिता गिरी, सिन्धुली (हाल काठमाडौँ) … १, अन्धाधुन्ध गोली चलेछ वनजङ्गल मास्ने पापी गाउँघर सबै जलेछ । २, आँटेको कुरा पुगेन भाकेर सबै देवीदेवता मन्दिरमा रुङ्दै रुँगेन । ३, मुस्किलको काम सकियो घमण्डले बन्यो रिसाहा झिल्का लेख्दै बसियो ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, कोट्याए अनेकौँ चुरो सत्ताको भागबन्डा हेरेर चोखिने देखिन्छ कुरो !
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, शङ्का गर्ने आदत आफू जस्तो सोच्छौ बसेछ अर्को कुलत ! २, लिएको सम्पूर्ण भुल्छन् जतासुकै छन् दुईजिब्रे अप्ठ्यारो मान्दैनन् खुल्छन्। ३, शुभकामना उन्नति होस् निन्दाको सप्रोस् खेती अझ चर्चा गरोस् ।
पृथक प्रकृति, झापा … १. भेटिन्छन् यहाँ फसाउने आफू त्यस्तो गर्दिनँ अरूलाई सकेसम्म हॅंसाउने ! २. फस्छौँ हामी नमान्दा यहाँ खोज्छन् फसाउन केही गर्न नजान्दा ! ३. कानुन देखाउने दाँत नोटको हालीमुहाली हुँदा खाइरहेछन् तिनले आँत !
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, (हालः-अमेरिका,बोस्टन) … १, लखेट सबै जुटेर गर्छु भन्दछ जसले घाइते बनाऊ कुटेर ! २, शक्ति उम्लियो जसको सबै छर्लङ्ग देखियो गोठालो रहेछ कसको ?
इमान सिंह के.सि., ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ … १. लगाऊ माया हेरेर तनमनका साथ खुसीले राख मलाई बेरेर। २. घटी हुन दिन्न मायाको उपहार तिमीलाई हुने छैन भिन्न । ३. सुगन्ध छर्दै डुलिरहनु संसारलाई मोहित पारी सुन्दर बनी फुलिरहनु ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, कस्तो स्वार्थी मान्छे डाडुपन्यु हातमा समाई हुन खोज्छ भान्छे। २, हुन नपाए भान्छे पाइन्न खान भनेर भाउन्न हुन्छ मान्छे। ३, राजनीतिका यस्तै दाउ सत्तामा पुग्न नसके कसैले दिँदैन भाउ।
सतीश पण्डित, भानु – ६, चुँदी तनहूँ (हाल चनपा – ६ मातातीर्थ) … १ कुराले बिग्रिन्छ घरबार मतलब नराख्नु नारदको मुखमा बोक्छन् तरबार। २ बोली यस्तो तरबार सहज सहन गाह्रो बोलीले जलाउॅंछ घरबार । ३ मट्टितेल दाउरा चाहिॅंदैन निहुँ चाहिन्छ मान्छेलाई अप्ठ्यारोमा आफन्त पाइॅंदैन ।
चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ … १ विश्वमा उच्च हिमाल सुन्दर स्वर्ग पृथ्वीको हाम्रो देश नेपाल । २ गफाडीको थलो भयो पदलोलुप मोहमा फसेर सिंहदरबारको अस्तित्व गयो । ३ हुँदैन तेलबिनाको सेल लिप्साले देशको राजनीति अत्यन्त झेलयुक्त खेल ।
गुणनिधि घिमिरे, अमेरिका … १, आफ्नै पाराको बानी फसाउॅंदैमा कहीँ फस्छन् ? हुन्छन् तिनै स्वाभिमानी ! २, समय चक्र बलवान् पुतली बन्छ झुसिल्किरो होमिन्छन् हुन महान् ! ३, देश मात्रै मेरो मैले कहिले भने ? तिम्रो सोच अप्ठेरो !
कमला पौडेल, चा न पा भक्तपुर … १, यसरी बदला लिन्छु कालो कलङ्क भन्नेलाई म काजल बनिदिन्छु । २, मतलबका कुरा खोल्दैछ आज धेरै दिनपछि साइनो जोडेर बोल्दैछ। ३, आऊ सुनौँ सुनाउँ सृजनाभित्र प्रस्फुटित भावनाको प्रवाह यो बहाउँ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जीलिङ … १, देखाउँछौ आसुरी शक्ति बेइमानीको सीमा नाघेर गर्दैछौ कसको भक्ति ? २, मति भ्रष्ट हुँदा सबैले दु:ख पाइन्छ जन्मभूमिको अस्तित्व रुँदा । ३, फेर्नुपर्छ यो व्यवस्था काउछो रोप्नु हुँदैन बिगार्छ सबै अवस्था !
ऋजु दिल्पाली, इटहरी १ सुनसरी … १, फूल फुलेछ भीरमा टिप्न जान सकिन लाउन सकिनॅं शीरमा । २, इन्द्रकमलको वासना चल्यो मायालुको मिठो सम्झनाले छातीभित्र मुटु जल्यो । ३, निर्मोहीले बिर्सिन् होली माया दिएर फर्किन् वृतान्त व्यथाहरू खोली।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १ मनको हुन्छ बल बदलिन्छ मौसम सधैँ समयमा फल्छ फल ! २ किन मान्ने हार मन प्रभुसँग भएमा अवश्य लाग्छ पार ! ३ नदीको बग्दछ जल मनले कसैसँग कहिल्यै गर्न नहुने छल ।
कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी … १ शान्तिका हुन् अग्रदूत जन्माइदेऊ नेपाल आमा फेरि बुद्धजस्तै सपूत । २ अशान्तिको युद्ध भयो बुद्धको अर्ती उपदेश लोप हुँदै गयो । ३ बुद्ध जन्मेको देशमा छन् यहाँ जताततै मान्छे पापीको भेषमा ।
अनिता भण्डारी, ताप्लेजुङ … १, नयाँ योजना थाल्नुपर्छ विगत सबै बिर्सिएर पाइला अघि चाल्नुपर्छ। २, छानबिन छिटो गर न्यायपालिकाले अनुसन्धान सही गर्न पछि नपर ।
कला ढकाल झापा … १, हेरेर हरेक बिहान पलपल किन भयो मान्छेको मन चिहान ! २, माछापुच्छ्रे अनि फेवा प्राकृतिक सम्पदा सौम्य कसैको होइन पेवा ! ३, फूलझैँ सुगन्ध छरेर आखिर गएको तिमी पिरतीको नदी तरेर !
आर्त अकुलीन … १, कुर्सीको म पुजारी अरबौँ धन कमाए देशलाई नाङ्गो पारी। २, घाइते बनाए कुटेर राम्रो काम गर्नेलाई भ्रष्ट नेता जुटेर । ३, सोझा जनता फसाउने नेताले झोले बनाएर आपतमा छैन बचाउने।
राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । … १, हृदयमा हुनुपर्छ उदारता व्यवस्था परिवर्तनले हुँदैन उन्नत समाजको सार्थकता। २, एउटा एउटा खाटो सबैले लिएर गएका बोल्दा देखिने टाटो। ३, जनताको आशामा भुमरी बहुदलमा बहुलाएका हुल सोझ्याउने दुना, टपरी।
घनश्याम पन्त, हरिवन सर्लाही … १. सपना भए चकनाचुर जाउ माया सधैँ तिमी मबाट दूर । २, सडकमा धुलो उडाउने ड्राइभर दाइको काम सडकमा गाडी गुडाउने ! ३, आउँला बर्षमा खोला दुई दिनको जिन्दगी भोलिपल्ट के होला ?
श्रीकृष्ण धामी – बझाङ … १. निल गगनको घाम गर्दैछ अग्नि वर्षा बचाऊ प्रभु राम ! २. आमाबाबाको यो माया शीतल प्रदान गर्ने वरपिपलको अनमोल छायाँ !
बिके मुखिया, दार्जीलिङ,भारत … १. विदेश जानुभन्दा बरु लाग्दैछ एकजुट भई आधुनिक कृषिकर्म गरुँ । २. अरूको भर नपरे स्वस्थ खान पाइन्छ गाउँमै कृषि गरे । ३. कृषिप्रधान देश हाम्रो परदेश जानुभन्दा स्वदेशमै खेतीपाती गर्नु राम्रो ।
साबित्री प्याकुरेल, धादिङ … १, पौषमा चाहिएको तातो यतिखेर पो आएर लिन आँट्यो सातो । २ विकृति सबै मासेर जगाऔॅं जागरण जीवनमा बाँचौँ बचाऔॅं हाँसेर । ३ पिऔॅं प्रशस्त पानी गर्मीको हेक्का राखेर स्वच्छ बनाऔॅं जिन्दगानी ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, कुरा गर्छौ मिठा मौका छोपी हिँड्ने तरुल कि गिठा ?
प्रेम थापा “मन”बागलुङ … १, जीवन वैरागी बन्ला, प्रेमको बेचैनले भोलि विचार गरेनौ भन्ला ! २, ओखती सम्झेर विष जीवन चिप्लिएर जाला अधीनमा राख रिस !
होम प्रसाद नेउपाने, धरान,सुनसरी। … १, मनको मिठो फल कामना गर्दछु हजुरलाई ईश्वरले दिन्छ बल ! २, हेरेको जस्तै सपना नेताहरू जनता खोज्छन् कालेले बनायो विपना !
निमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १. हेर्नुहोस् नेताको चाल तिनको स्वार्थका लागि आउँछ जनताको काल ! २. भ्रष्टाचार नियन्त्रण भन्छन् कुर्सीमा बसेर आफैँ कालो धन गन्छन्। ३. चुनावमा कुरा हाँक्ने एकैखाले नेता सबै जितेपछि भ्रष्टाचार ढाक्ने।
विमल खतिवडा माइला, सिलगढी भारत … १, प्रकृति पनि रिसाइछिन् पानी बर्सिएन आज थाकेर काँध बिसाइछिन्। २, सपनीमा पनि आउँदैनौ किन होला आजकाल कतै किन छाउँदैनौ ? ३, भोर भयो अहिले सखारै भेटौँला हामी घामभन्दा अझ पहिले।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १. मानिसको यो जिन्दगानी केही भर हुँदैन भन्छन् कर्कलाको पानी । २, अजम्बरी मेरो माया जुनी जुनी रहनेछ नगर है दायाँबायाँ । ३. हावा चल्छ मन्द आफ्नै यो माटोमा राष्ट्रियताको छ सुगन्ध ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, मन भयो अधुरो कामदारले काम गर्दा नछाडे हुन्थ्यो अपूरो । २, घाम झुल्क्यो बिहानी अर्काको भर पर्दा सधैँ भिज्यो सिरानी ।
बेदु न्यौपाने … १, हाँगा छैन समाउने जहाँको त्यहीँ उभिएर साधन नभएर रमाउने। २, इच्छहरू भित्रै सुक्दैछन् कसलाई गुहार लगाऊॅं आफन्त भनाउँदा लुक्दैछन्। ३, बाँच्दैछु आँसु छेकेर खुसी मनाउने गर्छन् मेरो पीड़ा देखेर।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, सुन्दर शान्त विशाल नलागोस् आँखा वैरीको हाम्रो देश नेपाल।
सरस्वती श्रेष्ठ, इटहरी … १, हुँदैन अहङ्कार पालेर चाहन्छौ भने शान्ति आऊ तामस फालेर ! २, बुद्धको उपदेश राम्रो व्यावहारिक भए हुन्छ शान्ति समृद्धि हाम्रो !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १. परक्क बटारिने जात विपक्षीको अनमोल बानी चुपचाप भेट्दा भात । २. छ हातमाथि आगो खुट्टा तान्ने प्रवृति परिस्थिति तल भाँगो ! ३. नागरिकता नक्कली भयो मान्छे नक्कली भएपछि बाँकी नरही गयो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा) … १, प्रेमिल संसारको सपना सजाइएको मन मुटु बिदेसिनुको पीडा वेदना ! २, छपक्क ढाकेको हिमाल शितोष्ण आहट सिरेटोको मनमा स्वप्निल नेपाल । ३, वृद्ध आमाबुबाको सहारा छोराछोरी श्रीमतीको भविष्य सजिएको मनचरीको चारा।
ममता पौडेल, बूढीगङ्गा-२, मोरङ् … १. साथीहरू माया नबल्झाऊ खाँदै साझा सम्पत्ति नानाथरीले पद अल्झाऊ । २. ठण्डाराम पार यसलाई तिम्रो जाँदैन आउँछ भित्रै दबाऊ जसलाई ! ३. कुरा बुझ्दा गहिरो काम बिगार्ने भाग्छ कसले थाम्ने पहिरो ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, झुपडी महल लाग्छ तिम्रो सकारात्मक सोचले बाँच्ने इच्छा जाग्छ!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १) ध्यान कर्मको योग जीवन साधना हो नबनाउ कसैले बिजोग ! २) अॅंध्यारोमा लड्दै उठेको जीवन हो यो शान्ति पथमा जुटेको ! ३) लागेर आकाशमा जून अब्बल मानिस बुद्धिमा ध्यान दिएर सुन !
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, निर्दोषलाई दोषी बनाउने शक्तिले मात्तिएर सम्पन्न स्वार्थले देश चुसाउने । २, चिनायौ जनतालाई फटाहा रित्याएर देश ,मोटाएका गद्धार र हेपाहा। ३, कसरी भयो घाउ ? राज्यलाइ फत्रक्क गलाउने चिनाइदेउ रोगका नाउॅं ।
लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा – २, देउपुर, पर्वत … १) सोचेझैँ हुँदैन पथ निर्धारित गन्तव्य पुग्नलाई होसियारले हाँक्नु रथ। २) सक्ने मात्रै ताक्नु फत्ते गर्नु ताकेको आकास पाताल नहाँक्नु। ३) सधैँ कर्तव्यपरायण हुनु लगनशीलतासाथ कर्म गरी सफलताको शिखर छुनु।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ,भारत … १, बलियो मायाको डोरी भरोसा छैन कसैलाई हल्लियो नेपालको राजनीति ।
लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी … १, नेता सब भ्रष्ट प्रमाण के खोज्छौ ? देश गतिले प्रष्ट । २, बोकौँ हातमा मसाल छ देश जोगाउनु नगरौँ कुनै सवाल । ३, बनी वीर सपूत गद्दार विरुद्ध लडौँ जोगाऔॅं देश मौजुद ।
शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर … १, शङ्का गर्ने आनीबानी जसको हुन्छ धेरै उसकै हुन्छ मनमानी। २, घाम नलाग्दा रिसाउने लागेपछि पनि हामी उसैसॅंग धेरै किचकिचाउने। ३, भुलबाट सबैले सिक्नुपर्छ राम्रो कामको मेलोमेसो अनि सफलतामा टिक्नुपर्छ।
राजनारायण राई, राजदल बस्ती सोनादह … १. पक्षी गयो उडेर पाइला छोडेन कतै सपना लग्यो चुँडेर। २. मायाको सुवास जताततै गुलाफमा भुल्छ आँखा भाका बुझ्दैन कतै। ३. प्रेम सागर भन्छ साँचो मिलन भएमा आफैँ थोपा बन्छ।
पशपती राई, खोटाङ … १, मन सफा हुनुपर्छ रङ्ग सेतो नखोज कुना पसेर रुनुपर्छ । २, अख्तियारले पो समाउला टेवलमुनि नहेर है बरु दुःखमा रमाउला ।
प्रमिला प्याकुरेल, विराटनगर -५ … १. लेखिन्छन् कथा हजार बुझ्दैनन् मर्म भित्री फिजाउँछन् व्यथाका बजार। २. रुन्छन् प्रेमिल मनहरू परि घृणाको शिकार सुकाउॅंदै मस्त तनहरू। ३. लुटिन्छन् मिठा पलहरू जाकिॅंदै शून्य खाडलमा उदाउॅंछन् निर्मम छलहरू !
तोया नाथ चापागाईं, दमक, झापा … १, राजनीति महको प्याला अघिपछि कुकुर बिरालो स्वार्थमा चाट्छन् गाला ! २, लेखाइमा धेरै फोहर अब लाज लाग्यो आम्दानी हुन्न मोहर । ३, एक्कइसौँ शताब्दी माझ कठै ! देशका नेताहरू नित्य गर्दैछन् बाझाबाझ ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, गाउॅं जन्मेको ठाउॅं सिरमा हिमाल अटल पाउमा खोलिको नाउॅं । २, खेती किसानी काम शीतल हावा, पानी स्वादिलो छ माम । ३, वल्लोघर पल्लोघर छिमेकमा सरसापट ऐॅंचोपैँचो छॅंदैछ सहयोगी काम एकापसमा ।
रोसन अधिकारि, खोटाङ मात्तिम … १, हामी जुटेको दिन जीवनभरिको छ सम्झना जन्ती गएको लिन । २, जीवनमा तिमी आयौ मेरो भाग्यको उदय जस तिमीले पायौ । ३, छोराछोरी छन साथमा जीवन भयो आनन्दित चिन्ता छैन गाथमा ।
देव कृष्ण काफ्ले, पोखरा – १, कास्की … १ बिटो बाँड्न जान्ने ठुलो पदमा रोज्छन् भ्रष्टलाई मात्र मान्ने ! २ लुट्नेलाई नै भोट किन दिन्छन् जनताले आफैँलाई सधैँ चोट ! ३ मुहार फेर्न लागौँ उघारेर मनको ढोका जागौँ जनता जागौँ !
सुस्मिता अधिकारी ,काठमाडौँ … १, संसदमा गर्ने झगडा नेता हाम्रो देशको कुस्ती खेल्न तगडा ! २, उनका दुईजिब्रे बोली जति खाएपनि कमिसन कहिल्यै नभरिने झोली ! ३, जनतालाई केवल चोट राजनीति नेताका लागी पैसा फल्ने बोट !
रुना कर्माचार्य दाहाल, चितवन … १, पोहोर मरिन् सासू आउनु नै थियो अहिले आयो आँसु ।
सुरेश कार्की, काठमाण्डौ- ७ कुमारीगाल (हाल सिड्नी, अष्ट्रेलिया) … १, मुखले आज गन्दैछु व्यवहार जहिले टेडो राजनीतिको उपदेश भन्दैछु ।
जगत राई … १, महादेव किन रिसाए ? बिर्सिएर पानी पार्न ध्यान कता बिसाए ? २. गर्मी भयो धेर सितलु छैन कतै श्वास रोकिन्छ हेर ! ३. लगाउन पाइएन बाली लगाएको बल्ल बचाइयो थोपा सिॅंचाई हाली !
सरिता सेढाई धादिङ … क/ बुझिएन चेपारे कुरो गौप्राणी भएर होला सुझेन कुरोको चुरो ! ख/ बताऊ अन्तरको कुरो गुस्याएर राख्यौ भने लिप्सा रहला अधुरो ! ग/ नेता बने तक्षक निमुखाको श्रम चुस्ने धुन्धुकारी औ भक्षक !
बाबुराम गौतम, गुल्मी … १. खाने बानी बसिसक्यो काँचो होस् पाकेको ज्यानले खान्की कसिसक्यो । २. विरोध गर्नेहरू झन् हुन्छन् आक्रोशित हेर बेकारमा भिड थुप्रिन्छन् । ३. पैसा खायो भन्छन् सित्तैमा होइन पाएको पाए आफैँ गन्छन् ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, संसदमा चलोस् बहस गनतन्त्रको मूख्य प्रणाली कृपया नगर्नु तहसनहस । २, तर्कपूर्ण रहोस् प्रणाली बहुमतको छाप रहोस् बजोस् सर्वहितमा ताली। ३, समयको सदुपयोग गरेर नजाओस् विधेयक थातिमा सत्रमा अघि सरेर ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। … १, स्वर्ग बनाऔॅं पाटो जति टाढा गएपनि नबिर्सनु आफ्नो माटो । २, राम्रो काम गरेर आदर्श व्यक्ति बनी हिँड्नु सुगन्ध छरेर ।
उर्मिला के. शी, धनकुटा … १, अहम्ता कति बढेछ उनलाई मात्र समाउॅंदा स्वतन्त्रताको प्रश्न उठेछ। २, श्रमजीवीलाई वेतन हराएछ जिन्दावाद मुर्दावाद सभामा जबर्जस्त बोलावट आएछ। ३, कति कमजोर व्यवस्था समाउँदा कुनै साहुलाई हनन् भएछ स्वतन्त्रता !
केन्टरमेश क्षेत्रीय, रोल्पा … १. मन भारी हुन्छ अचानक थिचेपछि पीडाले आँसुले परेली छुन्छ। २. देखिॅंदैन आँसुको दाग भिजाएर बग्छ परेली फुकाउँदै पीडाको भाग !
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ … १) सच्चा मन नेपाली सुखदुःखमा साथ दिने छलकपट छैन जाली । २) रमिता हेरेर गिज्याउने सुखदुःखको लेनदेनका साथी पिउॅंदै हात मिलाउने। ३) साक्षत् भगवान्को रूप अग्रज हजुरहरू सबै सिक्नुपर्ने मलाई खुब ।
ईश्वर साउद, रामारोसन – ६, सुदुरपश्चिम अछाम … १ कर्कलाको रहेछ पानी कति बेला ढल्कन्छ ? रमाइलोमा बिताऔॅं जिन्दगानी। २ मीठो बोलीमा हाँस्ने सबैलाई एक समान माधुर्यताको सम्बन्ध गाँस्ने। ३ बोले हाँसे हुनी एकबार पाएको जन्म मरे रहेछ माटोमुनि।
संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं … १. समयले दिएको मेल बर्सौंदेखि लक्ष्य भेट्ने इच्छा भयो भेल। २. याद आउने तिनै खेलेको हाँसेको हामीले बालापनको झल्को दिनदिनै।
दुर्गा आचार्य, मोरङ … १ भ्रष्टाचारी नेतालाई चुनेर जनता आफैँ फसे आफैँले जालो बुनेर। 2 शब्द भरीमा विशेष सम्झेर छातीमा खोपे मैले मेरो देश ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, बाध्यता या रहर आफ्नो देश छाडी विदेश जाने लहर ! २, गरुङ्गो मन बनाई बाआमा जहान छोडेर परदेशको बाटो समाई ।
बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु … १, प्रकृतिको हुन्छ हानी आउँदा जुनसुकै ऋतु बिस्तारै नपर्दा पानी ! २, पानीको स्पर्शले छुँदा जङ्गल बन्छन् हरियाली स्याहार्ने माली हुँदा ! ३, जीवित रहन तन चाहिन्छ पानी हावा बन्द हुँदैन धड्कन ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १ कुरा मन छुने मान्छे एक भएपनि रूप बेग्लाबेग्लै हुने । २ किन चल्छ तानातान शरीर या शब्दको गर्छन् किन हानाहान ? ३ गरोस् जतिसुकै खिचातानी फेरि सबैमाथि आखिरमा दैवको चल्छ मनोमानी ।
दीपा समभाव, खोटाङ् … १, फूलले सुवास छर्दछ बगैँचा रङ्गीन बनाई मनमा आनन्द भर्दछ। २, शिरमा सजिने फूल कहिले कुल्चिएर पापीले गर्दछ ठुलो भूल ! ३, फूलको आफ्नै कथा सजिने चुँडिने दुवै कसले बुझ्ने व्यथा ?
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … (१) देशको भलाइ हुनलाई राष्ट्रिय एकता चाहिन्छ पर्दैन हामी रुनलाई ।। (२) संस्कृति साझा हाम्रो जोगाउँदा मिली सबैले सभ्यता बन्छ राम्रो । (३) युवालाई रोजगारी चाहिन्छ श्रम सिपलाई रोपेमा स्वदेशमै जागिर पाइन्छ ।
पद्मा काश्यप पाण्डे, मोरङ … १: प्रेमको पर्याय विश्वास टुट्यो भने भताभुङ्ग अर्थै रहेन खास । २: पुर्दा पुर्दै खाटाहरू ट्युमर बन्यो क्यान्सरको बन्द बाँच्ने बाटाहरू । ३: कोशिसहरू खेर गए, नौनी जस्ता मनहरू पत्थरका ढेर भए।
मनोहरी पौडेल, गैडाकोट १ … १ विकासको सुस्त गति कानुन मेरो भन्छ डर मान्दैन रति । २ हातमा लिएर लाठो गोठका भैंसी देखाउँछ ठान्छ आफूलाई बाठो। ३ लिएर मनमा कालो धुलियाको काम गर्छ भन्छ कसैको सालो।
जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक १, बालकोट ,भक्तपुर … १. कस्तो अचम्म लाग्छ जस्तो छन् केटाकेटी लडेर एकता भाग्छ । २. एकअर्कामा आरोप प्रत्यारोपभन्दा देशको हितमा लाग्नु, बित्यो समय गन्दा । ३. सोचेर सबैको हित देशले काँचुली फेरे जनताको हुन्छ जीत ।
पुष्पा राई, बादेल, खोटाङ … १, काँचुली फेर्नेले फेर सर्पकोझैँ गरी जीवनको अन्दाज गरी हेर । २, माग्ने पनि तरिका हुन्छ भनेर नजिस्क बुझ आँसु गहभरिका । ३, लगाऊ प्रिती बुझेर वरपिपलको नजिक बसेर चौतारीमा माया लुकेर ।
मनुहाङ किराँती सोलु, महाकुलुङ ५,चाचालुङ … १// गणतन्त्र नराम्रो हैन व्यवस्थापन गर्ने नाइकेको काम सच्चा छैन । २// भ्रष्ट अघि सर्छ भ्रष्टाचार गर्नेको प्रशंसा गरेरै भुँडी भर्छ । ३// कुरा काट्ने गर्छन् ठुलाबडाको गुणगान गाउँदै तलुवा चाट्ने गर्छन् ।
सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा … १, कोही आयो मझेरीमा कसैलाई खोज्दै खोज्दै जानु थियो पँधेरीमा । २, मायाको हात फैलाउॅंदै जोडेकी थियौ नाता गयौ सम्बन्ध मैलाउॅंदै ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा … १ , मनको गहिरो चोट तिम्रै ताजा निसानी बेकार बनायौ अतीत । २ , सकियो अभिलाषा सबै जिउँदो लास जस्तो नलिनु आकाङ्क्षा कबै ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १ चलिरहेछ सत्तामा खेल सहभागी हुँदैछन् नेताहरू अपनाउँदै विविध झेल । २ दिलमा माया बसाउने हुन्छ निरन्तर कोशिस फस्ने अनि फसाउने ।
कोपिला अधिकारी, सिरानचोक ७,गोरखा … १. मर्ने जिन्दगी हाम्रो तेरोमेरो छोडेर साथी एकता गरेकाे राम्रो । २. भोलि बादल खुल्छ धैर्यता राखेर कुरौँ जित हाम्रै हुन्छ ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’, सिरान्चोक-७, उपल्लो गोहोरे, गोरखा … १/ छैनभने कुनै गल्ती कसको हुती हुन्छ रित्याउन तिम्रो खल्ती ? २/ दुष्टहरू सुध्र पहिले परिसकेपछि पछुतो मान्दै किन रुन्छौ अहिले ?
विवश पारदर्शी, झापा … १, कोपिला बढेर फूलमा बिस्तारै बारीमा झर्दैछन् पछुताउॅंछौ बितेका भुलमा। २, व्यक्तिको मधुर बानी फूलको बासना मिठो लोभ्याउॅंछिन् मयालु नानी । ३, नबिर्सौँ आफ्नो जन्मभूमि घरको आँगन प्यारो आउनै पर्छ घुमी ।
साप्ताहिक झिल्का लेखन अभ्यासको १८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, कसैसॅंग हुँदैन पूर्णता अभ्यासले अभ्यस्त बन्न गुरुशिष्यको चाहिन्छ एकता । २, आफ्नै तालमा कुदिरहन्छौ महासागर पुग्ने योजनामा विनालगाम किन खोजिरहन्छौ ? ३, चरी खोज्छिन् चारो कठै ! गुलेलीले ढलिन् मानवको सोचाइ तगारो ।
म्यामराज राई, भोजपुर … १, हमेसा चल्दछ जात्रा जन्मेदेखि हेर नमरुन्जेलसम्म जिन्दगी एक यात्रा ! २, खेलाडीहरू छन् अनेक खेल सबैको उही पालैपालो खेल्छन् हरेक ! ३, छोड्दैनौँ कदापि भेडोपन आफूलाई सम्झन्छौँ बुज्झकी धन्य ! जनता जनार्दन !
वसन्त अनुभव, घोराही, दाङ … १, खुसी पाइन्न खोजेर बाँड्न सकिन्छ अरूलाई मिल्ने साथी रोजेर । २, छुटिएको माया हाम्रो भेटिएर पनि बाँधिएन स्वाभिमानमा बाँच्न राम्रो । ३, परिस्थितिले यसरी छुटायो यात्रामा बिचौली खेल्दाखेल्दै कताकता छातीभित्र दुखायो ।
दिल ठकुरी … १, भाग्य आउँदैन रोजेर कर्म हामीले गर्नुपर्छ अनि पाइन्छ खोजेर । २, सबैमा ज्ञान अधुरा गुरुशिष्यमा भए एकता बन्नेछ ज्ञान पूरा ! ३, यात्रा हाम्रो हुँदैछ सजिलै रोकिन गाह्रो देशमा हाहाकारले छुँदैछ ।
बेदु न्यौपाने … १, सके धेरै कमाऊ खुसी खोज्न अन्यत्र नगई आफैँभित्र रमाऊ । २, सहरतिर सबै झरेका गाउँघर शून्य बनाई किन बसाइँ सरेका ? ३, सुन तस्करी गरेका ठगी, काण्डमा हेर प्रमुख नेता परेका ।
कला ढकाल, झापा … १, नजिकभन्दा झन् टाढा राम्रो देखिन्छ हजुर बन्दैन दु:ख गाढा। २, नेताको जस्तो चरित्र छेपारो जस्तो प्रकृति लाग्न छाड्यो विचित्र। ३, कोही पुगेपछि माथि चढेको भर्याङ भुल्छन् कस्तो मानसिकताका साथी ?
पृथक प्रकृति ,झापा … १, तिम्रा इज्जतका सहरहरू हराएका छैनन् कतै आत्मविश्वास बढाऊ अरू । २, मान्छेहरूका इज्जतका कुरा परिवर्तित सामाजिक दृष्टिकोणले कहिल्यै हुँदैनन् पूरा । ३, क्षमायाचनाको कुरै नगर अलिकति तल झरे उक्लनलाई भरै नपर ।
गुणनिधि घिमिरे, अमेरिका … १, कुरो गरेको मैले संसार फाँड्छु भनेर बात मारेको तैँले । २, भक्ते सोचेर आए पूर्ण नभए पनि रहलपहल पेटभरि खाए । ३, भाइले उल्टो घुमायो गर्मी खाँदै गर्दा पङ्खाले लङ्का छुवायो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर … १, कसैसँग हुन्न पूर्णता सिक्ने इच्छा जाग्दै सोचाइ आओस् समानता। २, बाँचौँ खुसीका साथ सत्कर्ममा मन लागोस् नहोस् अरूको तैनाथ। ३, जाऊन् अरू माथि आफ्नो प्रयासले नहुँदा सम्झौँ आफ्नै साथी।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, आगोको झिल्का देखेँ पानीको देखेँ पोखरी दमकललाई चिठी लेखेँ ।
देवी पन्थी … १, लुटमार नगरौँ भ्रष्टाचार देशमा हुन्छ रमाइलो गरौँ पौरखको व्यापार। २, पसिनाले सिॅंचेको राम्रो मलिलो माटो बन्छ फल्छ सुन हाम्रो। ३, बिस्तारै गरौँ सफर सुरक्षित पुगिन्छ सबै जिउन भने रहर।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, धेरै भए बेपत्ता अधिकांश युवा पलायन भारतको बङ्गाल कलकत्ता । २, सरकार श्रमिकलाई हेर किन उफ्रिन्छौ संसदमा यिनका आवश्यकता फेर । ३, गरौँ सत्कर्म सुकर्म उद्धार गर्नु भोकानाङ्गाको मानवको परम धर्म ।
चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ … १, मेरा खुसी लेऊ जीवनको अन्तिम क्षणसम्म मलाई साथ देऊ। २, फूल बनेर फुलिदिउँला पाए तिम्रो साथ सारा दुःख भुलिदिउँला। ३, तिमी जीवनको सार साथ नभए तिमी मेरो जीवन बेकार।
विमल खतिवडा माइला, सिलगढी, भारत … १, अर्थतन्त्र सुकेर सुकुटी लुट्न पल्केका नेता कुम्लाएर देशको ढुकुटी। २, गाउँ अनि सहर होला हजुर कहिले समानताको छाउने लहर। ३, रहरलाई पोको पारी जानुपर्ने बाध्यता विदेश आँखाबाट आँसु झारी।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ … १, ध्यान गयो कता थियौ बेपत्ता खोजैँ पाऊँ तिमी जतातता ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, आहा! मन डुलेको चैत वैशाख महिना लालिगुराँस छ फुलेको। २, फुल फुल्यो वनभरि टिपी ल्याएँ साथमा छरियो सुगन्ध मनभरि। ३, शिर उच्च हाम्रो हेर प्रकृतिको सुन्दरता आहा! कति राम्रो ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, बाहाना निदाएको गर्नेलाई को सक्छ उठाउन? हाम फाली मर्नेलाई । २, अर्काको भलो चिताउनु नैतिक इमान्दार भएर जीवन मजाले बिताउनु । ३, शरिरको एउटा अङ्गले मात्रै केही गर्दैन काटिन्न जीवन ढङ्गले ।
हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान … १, हिॅंड्नु कर्तव्य बुझेर मनमा पाप बोकी, हुन्न शिला पुजेर। २, सक्छौ गर राम्रो अरूको खुट्टा नतान अस्तित्व हुन्न हाम्रो। ३, इमानदार बनौँ अब जन्मपछि अवश्य मृत्यु , जानुपर्छ एकदिन सब।
शंकर कार्की, मकवानपुर … १, देखेर देशको गति अचम्म लाग्छ यहाँ बिग्रँदा नेताको मति ।
बाबुराम पाण्डे, अर्घाखाँची … १, मानव चोला आखिर अनिश्चित छ यहाँ आध्यात्मिक बाटो छिर । २, युवा गए विदेश देश खाली भो देशमै राखे बेस। ३, बारी बाँझो भयो घरमा हली छैन छोरो मुग्लान गयो।
तेजप्रसाद खनाल,लमही दाङ … १, आमाबाबु मात्रै घरमा छोरा बुहारी परदेशी पैसा जति बगरमा । २, सत्ताको मोह कति ज्यान जाओस् छोडिन्न विरोध गर जति। ३, नबन कसैको भक्ति देशको मुहार फेर्न युवाले देखाऊ शक्ति ।
राज कुमार राजभण्डारी खोटाङ्गे मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर … १, गरेर राम्रो काम बढौँ सधैँ अगाडि कमाऔॅं आफ्नो नाम । २, नपर अर्काको भर सफल हुन्छौ तिमी आफू परिश्रम गर । ३, किन गर्नु आहा ! मुखले चिप्लो घसेर सधैँ गर्छौ डाहा ।
अनिता भण्डारी, ताप्लेजुङ … १, महॅंगीले आकाशै छोयो सुशासनको गफ नलगाऊ जनताको हृदय रोयो । २, अन्धकार रातको कालीमा रमाउँछन् सार्है नेताहरू जनताको गडगडाहट तालीमा ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, प्राणीमा श्रेष्ठ मानव भन्छन् सबैले तर मानव हुँदैछन् दानव । २, सुध्रियोस् मानवको मति जिन्दगी कुमालेको चक्र हुन्छ आफ्नो दुर्गति ।
मंगला उपाध्याय, कलैया उप. म.न.पा. – १, बारा … १, चरीको त्यो व्यथाले मन बनायो घायल बरा! निर्दोषको कथाले ।
गंगा खड्का, बूढानीलकण्ठ ,काठमाडौँ … १, नाटक किन पटकपटक सरकार सदन कस्तो ? भैरहेछ धेरै चटक !
नागेन्द्रप्रसाद यादव , दाङ … १, निधारमा चन्दन घसेर दुष्कर्म गर्दछ सधैँ ऊ मन्दिरभित्र बसेर । २, सत्य, तथ्य स्पष्ट ओरालोतिर अर्थतन्त्र देशको महङ्गीले जनतामा कष्ट । ३, समय एकनास घुमिरहने एकछिन विश्राम नलिई प्रकृतिले सबै सहने ।
प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे … १, देशमा ठुलाठालुको रजाइँ चर्काचर्की पोल खोलाखोल कसले राख्ने कजाइॅं । २, दोषी जाली भ्रष्टाचारी रहेनछन् कोही अछुत झोलेहरू किन सदाचारी ? ३, देशको अस्तित्व हरायो सबै साखुल्ले छद्मभेषी अपराधी सदनमा करायो।
घनश्याम पन्त, हरिवन सर्लाही … १, प्रमादी हो जीव ईश्वर चैँ अप्रमादी परमार्थमा दुवै शिव ।
सुरेश कार्की, काठमाडौँ- ७, कुमारीगाल (हाल सिड्नी, अष्ट्रेलिया) … १, सुध्रिने कहिले अर्थतन्त्र ? जनता खुसीले रमाउने, भएर आर्थिक स्वतन्त्र। २, युवा निरास भए देशमा उपाय नदेखी, छोडेर विदेश गए । ३, आफ्नो स्वार्थ छोडेर राष्ट्रको हितमा लागे, सधैँलाई अहम्ता तोडेर ।
पुष्पा राई, बादेल, खोटाङ … १, ज्ञानका विधाता गुरु दिन्छन् मोक्षको गति दृष्टि उघारी खुरुखुरु। २, दिव्यचक्षु सबै खोलौँ पाई गुरु दर्शन बिकार चाहिॅं पोलौँ । ३, अलौकिक कृष्ण एक मुक्तिका हुन् दाता देखाउॅंछन् रूप अनेक।
तोया नाथ चापागाईं, दमक, झापा, नेपाल … १, भेट्न आएको थिएँ तर तिमी आएनौ त्यसैले आँसु पिएँ । २, हिजो थियौ घर आज किन देखिएनौ किन हुन्छौ पर ? ३, नेपाल मेरो घर प्राणभन्दा छ प्यारो छाडी जान्न पर ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ … १, जनताको मत मागेर लहर ल्याउॅंछु विकासको धोका हुँदैन मरेर। २, नजर दोषी देखाई महान् हुन खोज्छौ आफ्नो जाँगर सेलाई।
एवाइ प्रभात, सहिदभूमि धनकुटा … १, युवा छैनन् देशमा खेतबारी बाँझो हेर आमाबाबु गेरु भेषमा। २, अर्थतन्त्र कता गयो नेता सबै आफ्ना तेरो मेरो भयो।
दुर्गा आचार्य, मोरङ … १, घर बनाएको थिएँ शान्तिले सकून् भर्न पसिनाको मूल्याङ्कन लिएँ । २, इज्जत पाउने सहर खोज्दैछु दुनियाँको भिडमा पाउॅंदैन छुटिएको रहर।
बिकास छेत्री अञ्जान, कैहके, बिजनबारी, दार्जिलिङ … १, गरे के हुँदैन मेरो बेहाल हुँदा तिम्रो मुटुमा छुँदैन । २, सबैले देखे लाचार तुलना जन्तुसँग गरे सकियो तिम्रो आचार । ३, हेरौँ राजनीतिको बजार कुराको हुच्ची मच्चाउँदै जनताको उन्मुक्तिमा हतार ।
रामप्रसाद पुरी, बादेल, खाेटाङ … १, बस्न मन थियो समय भयो दोषी मायाले पीडा दियो।
दीपा तिम्सिना, ईलाम … १, रोकथाम गरेर बोली नयाँ स्विकृतिले दिएको निर्धालाई चल्यो गोली ! २, शुभ झुल्किने घाम धर्ती तताएर गए नराखीकन कुनै डाम ! ३, आयो आयो गयो थाहा नै नपाउँदै के भयो भयो !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, कतै पाइन्न काम सहरमा बाँच्न गाह्रो फर्किनु बरु गाम ! २, गर्छ कुकुर झगडा समृद्धिको पथमा देश छैन शासक तगडा !
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, मैले तिमीलाई रोजे नेताको आँट छैन समयले मलाई खोजे। २, रङ्गीन मनले बोली किन होला गाह्रो मनमा माया खोली।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, गर्गीले तराईमा तातो युवा युवती सहन्छन् बच्चाको लियो सातो ! २, पङ्खा हुनेको हावा नहुनेको कष्टकर जीवन दु:खीको कर्ममा धावा ! ३, मौसम भयो उल्टा पानी नपर्ने कतिबेलै फल्दिन फर्सीको मुन्टा ! भगवती लवाडी … १, जब यात्रा सुरु चुचुरोमा पुग्न सघाउने, एक महामानव गुरु। २, थरी थरीका सिकारी तिनले मच्चाउॅंछन् हाहाकार , जबसम्म जलाइन्न चिङ्गारी ! ३, सधैँ हुँदैनन् साथी घामपानी नभनी हिॅंड्नुपर्छ पुग्नलाई त धेरैमाथि।
दीपा समभावा, खोटाङ्ग … १, जीवन सुखदु:खको खेल मिलन बिछोडको चक्र हाँसो आँसुको मेल। २, जीवन नफर्कने खोला लिएर जानु के ? मरिजाने हो चोला। ३, मन बनाउँदै अधीर सतहमा के खोज्दछौ ? धाउॅंदै ढुङ्गाको मन्दिर।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, नैतिक शिक्षा पाएमा जान्नेछन् आदर गर्न , असल बन्न चाहेमा। २, गर्नु पर्छ कर्म फल पाउन मिठो सेवा ठुलो धर्म। ३, ज्ञान लिन सुरु निरन्तर प्रयास गरेमा खुसी हुनुहुन्छ गुरु।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, रुनु न हाँस्नु जस्तै परिस्थिति आवस सधैँ मितेरी गाँस्नु। २, चकनाचुर हुन्छ सिसा प्रहार भएमा ढुङ्गाको नरोज्नु घृणाको दिशा। ३, नम्र व्यवहार राम्रो क्रोधी स्वभाव देखाएर कहिल्यै नबन्नु चाम्रो ?
अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ,भारत … १, नझुकाऊ, तिमी सिर पुग्न सफलताको शिखरमा नलिनु कहिल्यै पिर। २, गर्नु राम्रो काम परिश्रमले दिन्छ सफलता मिल्दछ हेर नाम।
गंगाराम यादव, औरावनी – २, सुनसरी … १, तापेर आगोको राप किन जाँदैन जाडो सधैँ मानिसलाई ताप ! २, खेल मैदानमा आऊ बाहिरबाट बोलेर हुन्न जितेर देखाएर जाऊ । ३, हेर्न राम्रो हुनुपर्छ क्रिकेट टिम मिलेको खेलले दिल छुनुपर्छ !
रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि … १, आफ्नै श्रममा रमाऊ निरन्तरता देउ कामलाई सके जति कमाऊ । २, सके आफैँ कमाउनु ईर्ष्या नगर्नु अरूको आफ्नै कमाईमा रमाउनु । ३, व्यावहारिक हुन सिक विश्वास गर श्रममा पैसामा कहिल्यै नबिक ।
देव कृष्ण काफ्ले, पोखरा – १ ,कास्की … १, परिस्थिति प्रतिकूल हुँदा सङ्घर्ष जारी राख्नुपर्छ मातृभूमि कहालिएर रुँदा ।
ऋजु दिल्पाली, इटहरी १ सुनसरी … १, नराम्रो काम नगरे हुँदैन दु:ख कहिल्यै ईश्वरको शरणमा परे। २, सम्झाउन जस्तो सजिलो सम्झिन हुँने भए मुटुमा बन्थेन किलो ।
साबित्री प्याकुरेल, धादिङ् … १, केही बर्ष बाँचौला सबै टाडिए पनि झिल्का लेखी हाँसौला । २, गाउँले नबुझे पनि हतोत्साहित किन हुनु? निरन्तर लेखौँ भनी । ३, कलमको सहारा ठुलो चित्त नबुझेको बेला यसले गर्दछ औषधीमुलो ।
मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। … १, खोजेको पाएर हर्ष अक्कबक्क बोल्न नसकी साहस बटुली सङ्घर्ष । २, सम्झाउनै गाह्रो परेछ कुरा नबुझेर सिधाले उफ्रिॅंदै ओरालो झरेछ । ३, धारिलो हतियार बाङ्गो खान नपाएर भोकै लुगा नलाएर नाङ्गो ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, रुमाल छैन फाटेको भिडहरूमा देखे तापनि, छैन माया साटेको । २, बाटो बिराएको नठान्नु गन्तव्यको दोष होइन, मनमा खोट नमान्नु ।
हन्नाह छेत्री, दार्जिलिङ … १, खुसीले गरी काम सुन्दर कर्मको बाटो राखेर अनुपम नाम ! २, सम्झेर अनेक भिर जिन्दगीको लामो यात्रा मनमा अथाह पिर ! ३, सम्झेर तिम्रो मन उकाली ओराली गर्दा उराठ लाग्छ वन !
आर्त अकुलीन … १, फूल मन पराए टिप्न खोज्दा हतारमा काँडा पो समाए । २, तरकारी मिठो नुनले ठिक्क लाए सुहाउला घाँटी राम्रो सुनले ।
ध्रुव श्रेष्ठ, खोटाङ,हाल काठमाडौ । … १, नक्कल गर्नेदेखि सावधान बौद्धिक चोरी गर्नेहरूप्रति साइबर अपराधको प्रावधान । २, चोरेको कसरी मेटिन्छ छोपुन्जेल लुक्छ डालाले फाटेपछि टुप्लुक्कै भेटिन्छ । ३, अन्तस्करणबाट सिर्जना गर पूर्ण हुनेछ अपेक्षा अरूको भरमा नपर ।
पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर … १, कहाँबाट सुरु गरौँ म अलमलमा परे कसको भर परौँ । २, कसलाई मानौँ गुरु अब सबैले भन्नुहुन्छ आफैँ लेख खुरुखुरु। ३, सबैले खुट्टा तान्छन् अचेल सबैले मेरो रिस डाहा मान्छन्।
ललिता गिरी, सिन्धुली … १, गुन्द्रुकलाई पर्दैन पकाउन किन होला भनेको पर्दैन सालीलाई फकाउन। २, मन परेकी साली छ हिस्सी परेकी जिस्किन पो थाली। ३, सालीको बोली रसिलो भनिदिन्छे उसले फेरि लाइहालूँ माया कसिलो।
सतीश पण्डित, भानु ६चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, झिल्का उडेर आयो मनमा थियो उमङ्ग मधुमास बिहानी छायो। २, देखाएँ हिमाल तराई, आफ्नै रहेछन् मायालु होइन रहेछन् पराई। ३, नजाउ भन्छिन् छोडेर रोएर नेपाल आमा असल बाटो मोडेर।
होम प्रसाद नेउपाने, धरान,सुनसरी … १, खुशी सबै हर्छ यादको भेल उर्लिँदा, आँसु तपतप झर्छ । २, गयौ बाटो फेरी आसाको डोरी बाट्दै, बसिरहेछु तिमीलाई हेरी । ३, आशा खुसी रित्तियो मनका तृष्णा मरे, लाग्छ समय सिद्धियो ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, जात सानो ठुलो जात बनाउने खुसी जातको अन्योलता मुलो ।
भोलामान बर्देवा, धरान ८ सुनसरि … १, कर्मको भरोसा गर्नु आफूमा भएका दिव्य ज्ञान सबैमा छर्नु । २, मनैमा हुन्छ भक्ति शुद्ध चरित्रले पाउने सदैव प्रभु शक्ति । ३, आत्मालाई बसाई सर्नु प्रभु सँग आखिरीमा पर्नेछ भवसागर तर्नु ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, कतै देखिन्न समता कसरी हुन्छ विकास? नभएसम्म राष्ट्रिय एकता l २, बनाएर संयुक्त गठ रातदिन लड्छन आपसमा रहेछन् अबुझ शठ l ३, भएन मन शान्त दुष्टहरूको पारा देख्दा हुन्छ झन् आक्रान्त l
बाबुराम गौतम, गुल्मी … १, स्वार्थ बाेकेर आए हाले छाराे आँखामा पुस्ता उनैका रमाए । २, हिजाेभन्दा आज कडा दिनहरू बित्दै जाँदा समस्या भए खडा । ३, लगन साइत जुर्नुपर्छ भन्दैमा बन्दैन कविता मस्तिष्कमा पनि फुर्नुपर्छ ।
त्रिलाेचन भण्डारी, मेचीनगर,झापा … १, नखानु कसैले हरेस गरेर आऊँ हातेमालो बनाउँ नयाँ स्वदेश। २, स्वर्गभन्दा छ राम्रो नाँचेको डाँफे मुनाल हिमाली देश हाम्रो।
बिके मुखिया, दार्जीलिङ, भारत … १, जिन्दगी रहर अप्ठ्यारो हारेर बाँचेको दुनियाँ यात्रीको जीवन फारो । २, रमाउ भनेर नहुने आएछ निर्दयी जमना भावना कहिले नचुने।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, दौड थियो चर्को पछि आउनेले उछिने गुनासो छैन अर्को। २, मनले गरौँ भन्छ विविध अड्चन बाधा शरिरले कसरी सहन्छ?
गोरखा सिरानचोक … १, खोजेर भाग्य भेटिँदैन नबगाएसम्म यहाँ पसिना भान्सामा धुँवा देखिँदैन। २, चुहिन्छ फूलको रगत जब चुँड़िन्छ ऊ बनेर दुष्टको सङ्गत। ३, तिमी हुनु आकाश तिम्रो मेरो प्रेमकथामा म बन्छु बतास।
राजनारायण राई, राजदल बस्ती सोनादह … १, साहित्यमा नाम भरौँ इतिहासमा नाम कोरेर, हामी अघि सरौँ। २, पढाइमा अनेक काइदा गुरुबाट शिक्षा राम्रो लिए धेरै फाइदा । ३, दुई तीन चार गएपछि त खेलमा मलाई भयो हार ।
श्रीकृष्ण धामी – बझाङ … १, यो मेरो देश शिर हो विश्वको नहोस् है अशेष । २, नेताको देखेर चालढाल बढ्दैछ निराशा युवामा विदेशतिर हाम फाल। ३, देवता ठूला किसान गर्दछन् कर्मको पूजा भविष्य गर्दै किटान।
पद्मा काश्यप पाण्डे, मोरङ … १, विश्वास धेरै नगर धोका दिन्छ जसले उसकै भर नपर । २, घाउमा मलम लगाऊ आफैँ डाक्टर नबन दलालहरू सबैलाई भगाऊ ।
सनत रोकाय बिवश, कुशे – ८ जाजरकोट … १, मनमा शान्ति छाउँछ सन्तुष्ट हुनु सधैँ अनि आनन्द आउँछ। २, दुःख तिमी गर फलको आश नगरी सधैँ अघि सर । ३, स्वास्थ्यको ख्याल गर्नु समय निरन्तर चल्छ आफैँमा भर पर्नु ।
धनुष न्यौपाने”यात्री”, जुम्ला … १, चाहिन्न कालो धन हुनुपर्छ सुखका लागि उदार शुद्ध मन । २, हुन्छ संसार हाम्रो खराब बानी छोड्नपर्छ हुन सबको राम्रो । ३, अल्छी आलस्यता भगाई हामी कर्मठ बन्नुपर्छ जोश जाँगर जगाई ।
जयनारायण नेपाल, इलाम ,हाल सूर्यविनायक २, भक्तपुर … १, लुरेले हाँक्छ राज्य भेष साधु जस्तो हुँदै आयो विभाज्य। २, उसको मन कालो चाला धेरै तुच्छ बुन्छ सधैँ जालो ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, जेसुकै पनि पच्ने नेपाली माटो हाम्रो गोर्खालीले इतिहास रच्ने । २, छैन आशा कसैमाथि यही माटो अब्बल नेपालीको माटो साथी । ३, आोशा त्यही हुन्छ मिहिनेत हुन्छ जहाँ पोखिएर मन छुन्छ ।
ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम … १. आफ्नै मनभित्र हल्लीचल्ली शान्ति खोज्दैछ मान्छे बाहिर गल्ली गल्ली । २. अर्काकै राम्रो लाग्यो आफूलाई हेरेन कहिल्यै खुसू अन्तै भाग्यो। ३, भएकोमा सन्तुष्ट छैन हुँदै नभएको खोजेपछि कहाँ भेटिन्छ चैन। -पशपती राई, खोटाङ … १, डडेलो लाग्यो वनमा निभाउने कोही छैनन् विरह चल्यो मनमा । २, चरिले गीत गाउॅंछे मन रुन्छ धुरुरु वन पाखा धाउॅंछे ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, मायामा सौदाबाजी भयो मेरो त्याग ,समर्पण डस्टबिनभित्र फालेर गयो। २, गर्यौ मुटुको चिरफार च्यातचुत पार्दै तिम्रो तस्बिरहरू फाल्दैछु बारम्बार । ३, रोपेर प्रेमको बोट दियौ उपहार मलाई जीवनभर नभुल्ने चोट ।
रुना कर्माचार्य दाहाल, चितवन … १, जीवन रङ्गीन बनाउन सुख, शान्ति भए पर्दैन उत्सर्ग मनाउन। २, पीडाले भरिएको मन बुझ्दैन रत्तिभर कुरा अरबौँ होस् धन । ३, पीडाको आहुति दिएर लाग्छ मरौँ जस्तो अब जहर पिएर ।
लक्ष्मण देउवा डोटी … १, आशाको दियो बाल्नलाई जुटौँ एक भएर नयाँ काम थाल्नलाई। २, नतिजा आफैँतिर पार्न मरिमेटी लाग्दैछ खेलाडी चाहॅंदैन कोही हार्न ।
बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु … १, साहित्यका उर्जाहरू जगमगाऊन् गहनता उपयोगले लम्किरहौँ बढ्दै दर्जाहरू जाऊन् । २, लेखिएका रचिएका कुराहरू ज्यादै हल्का लिएपछि, सकिँदैन समस्याका चुराहरू ! ३, एकातिर दर्शन जति , व्यवहार हेर्दा अर्कोतिर , परिवर्तन भयो कति ?
मनोहरी पौडेल, गैडाकोट १ … १, आमाको आँसु पुछ्नु लायकको सन्तान बनेर रातो टीका मुछ्नु ! २, भावना बुझ्ने गर पहिला घर परिवारको भकारीमा अन्न भर। ३, धनी मन होस् जहाँ गरिब दुखीप्रति तनमा जोस बढोस् !
साप्ताहिक झिल्का लेखन अभ्यासको १७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, दोहोरिरहने तिम्रो बानी कसरी बुझूँ म ? अनजान या मनोमानी । २, गगनभरि फिॅंजियो मन बादलको नक्कल गर्दै हुरीले बुझाइदियो आफ्नोपन । ३, आमा हुन् सृष्टिकर्ता समाजमा नाम बनाइदिएर बुवा दु:ख हर्ता ।
म्यामराज राई, भोजपुर … १, धोका घातको खानी समयमा चिन्न सकिएन स्वार्थी रहेछ बानी ! २, मलाई शत्रु ठानेर गयौ टाढा निष्ठुरी मुटुमा छुरा हानेर ! ३, मार्दछ्यौ जहिल्यै ताना के सम्झूँ तिम्रो धोका या बचकाना !
वसन्त अनुभव, घोराही, दाङ … १, पिर धेरै परेछ दुनियाँलाई होच्याउनु खोज्दा आफैँ तल झरेछ। २, हुँदैछ मिरमिरे साँझको जोगाई राखे बाल्नलाई पिरती हामी माझको।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ … १, के हो पाउने भाग्य कोर्ने दैव कसले कसलाई देखाउने ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, विरक्तमय समय बित्यो खुसी मनाउॅंदै जाँदा तिम्रो मनले जित्यो। २, प्रकृतिसॅंगै रम्न पाउॅंदैछौ तिम्रो हाम्रो अहमताले दु:खको भाका गाउॅंदैछौ ! ३, अहम्ताले प्रकृतिसॅंग बोल्यो ममता सबैलाई चाहिॅंदा आतङ्कित शब्दले पोल्यो ।
केन्टरमेश क्षेत्रीय, रोल्पा … १, कर्मको फल पाउने कर्म नगरी हुँदैन त्यसै कसरी धाउने । २, सत्यमा आफैँ बस यदि सक्दैनौ भने जोगीको खरानी धस । ३, मर्दले खान्छ गरेर देखाउन कसलाई पर्यो नामर्दले देखाउँदै लडेर ।
बेदु न्यौपाने … १, प्रभु असल मित्र सम्भव हुने आस्थामा मनमा राखौँ चित्र । २, मन हुन्छ चञ्चल भक्तिमा हुन्छ शक्ति प्रभु मनमा अटल । ३, प्रभु राखौँ मनमा कुकर्मीको आँखा मात्र अर्काको मात्र धनमा ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, मन पोल्यो हेर देखेर लास चितामा मेहनत गयो खेर। २, जिउने आशा बोकी मनमा असल सोची हिॅंड्दैछु पाइला नरोकी । ३, गरौँ इच्छा पूरा खुलेर असल मनले हुन्नन् अब अधुरा।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, संखुवासभा … १, तिम्रो खुसी हेर्नुछ प्रिय ! लाखौँ जुनी यो अङ्गालोमा बेर्नुछ। २, आऊ, मनमा बस गर राज्य प्यारी, त्यो अङ्गालोमा कस। ३, लग्यो दिल हरेर मनमा राज गर्यो प्रेमको बिउ छरेर।
नवशिला, नवदेव मार्ग ,लालभित्ती,मोरङ … १, हरियाली राखौँ वन संरक्षण गरौँ सबैले नेपालको हो धन । २, मुखले भन्दै राम अरूलाई नराम्रो पार्ने रहेछ तिम्रो काम ।
अनिता भण्डारी, ताप्लेजुङ … १, यस्तै छन् दुनिया सबैप्रति सदा निकाली बनाऔॅं राम्रो नजरिया। २, जगाऔॅं मनमा उत्साह मनबाटै निकाल्दा सबले भनून् आफूलाई वाह ! ३, बनौँ हामीले सज्जन व्यावहारिक समेत भई जोगाऔँ है आफ्नैपन।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, विरहका यी भाकाहरू वैशाखे हुरी बनेर उडे मायाका खाकाहरू । २, सबै रहेछ मन बनाउन नजिक टाढा सघाउॅंदो रहेछ धन । ३, बोल्नुपर्छ रे सोचेर आगो पनि बाल्नलाई फुक्नुपर्छ दाउरा ठोसेर ।
दीपा समभाव, खोटाङ्ग … १, भिन्नभिन्न विचार हाम्रो खोला तर्न सकिॅंदैन यात्रा नगरेको राम्रो । २, आवाज उठाउनु पर्छ सहनु हुँदैन ज्यादती आफैँलाई हानी गर्छ। ३, झिनामसिना कुरा भनेर नजरअन्दाज कहिले नगरौँ पीडा जिउँदै मरेर।
पृथक प्रकृति ,झापा … १, जसले गर्छ मनपरि हाँसेपनि दुईचार दिन रुनुपर्छ उसले जीवनभरि। २, हाँसौँ अनि हसाऔॅं जीवन उत्सव हो सबैले मिलेर मनाऔॅं । ३, मान्छेले आफन्त चिन्दैन पैसा हात नपर्दा कुनै कुरो छिन्दैन ।
विमल खतिवडा माइला, सिलगढी भारत … १, विकासको लहर आयो थोरै देखाई गोजीमा भुॅंडी भरेर पचायो। २, देशको हालत यस्तै सत्ताको मोहमा लिप्त लडाउने त्यो खेलजस्तै। ३, लिपुलेकको खै कुरा ? सरकार सधैँ मौनतामा देश बेचिखायो पूरा।
एवाइ प्रभात, सहिदभूमि धनकुटा … १, मान कि नमान पौरखको फल त्यो मिठो हुन्छ जान। २, जसको मनमा भय जानी राखौँ सबैले हुँदैन उसको जय। ३, जालीले पाउॅंछ ताली कस्तो विडम्बना यस्तो मालीको भाग्यमा गाली ।
बिके मुखिया, दार्जिलिङ, भारत … १, जीवन भयो आधा सङ्घर्ष गर्न नछोडे सकिन्छ नाघ्नु बाधा। २, अलिकति खुसीमा रमाउनुपर्छ दुखसुख दुवै पाटो धैर्यताले मन बनाउनुपर्छ ।
राजनारायण राई, राजदल बस्ती सोनादह … १, मन छैन थिर सोचे जस्तो नहुँदा लाग्छ धेरै पीर। २, सिमसिमे पानी परेको आकाशलाई बादलले ढाकेर शीतल महसुस गरेको । ३, तन मन गल्यो सोचे जस्तो नहुँदा जिन्दगी नराम्रोसँग ढल्यो।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १, शान्तिले फूल फुल्छ माहुरी फूलमा भुनभुनाउँदा आफ्नै आँखा डुल्छ । २, विगतका पुराना बातहरू सबैले गर्छन दुख रङ्गिन बनून् दिनरातहरू । ३, जुनकिरीलाई रमाईलो अँधेरी मान्छेलाई तिर्खा लाग्दा पानी खाने पॅंधेरी ।
चुडामणी देबकोटा, चानपा१३काठमाण्डौ … १, मनको एउटा बारी केही शब्दहरू छैन नजाऊ तिमी पारि । २, हेरेको जस्तो लाग्छ नाम छ दुनियाँको हेर, मनमनै भाग्छ। ३, उसितको मन कस्तो रात पनि मरेछ कहिले नसकिने जस्तो।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, समयले कहाँ पुर्याउँछ वशमा आफैँले राख्नु नत्र परिस्थितिले हुर्याउँछ । २, सहज मात्रै आउँदैन जिन्दगीका हरेक मोडहरू त्यसै सफलता छाउँदैन। ३. घिस्रिन कहिले नछोड्नु घाइते बने पनि गलत बाटो नमोड्नु ।
पुष्पा राई, बादेल, खोटाङ … १, मिलेन खोजेको काम देशमा काम गर्दा पनि आएन दाम । २, माछा बस्ने ताल सोध्न पाएन मैले के छ हाल ? ३, जिन्दगी दुईदिने चोला हेर ! आजभोलि भन्दाभन्दै मरेपछि जान्छ खोला ।
कृष्ण धामी, बझाङ … १, फर्किॅंदैन बनेपछि खोला आज नजिक आउने भोलि टाढा होला । २, रूपको आउॅंछन् पुजारी आफू परे तिम्रो माया माग्ने भिकारी । ३, प्यारो तिमी मलाई भन्छौ भने देखाउॅंछु म आफैँलाई जलाई ।
रुना कर्माचार्य दाहाल, चितवन … १, जीवन बितोस् हाँसोमा भुलेर पनि कोही कहिल्यै नपरोस् पासोमा । २, बढोस् मोह ज्ञानको बजार्दा हात कर्ममा ख्याल रहोस् ज्यानको । ३, गरौँ योग साधना शान्तिपूर्ण जीवन खातिर बढाऔॅं प्रेमिल भावना ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, बराबर ठान्नु सबैलाई एकदिन पालो आउनेछ नठान्नु कमजोर कसैलाई ।
समुन्द्रा शर्मा, सुनसरी … १, लेखन सबैको रहर भावना हुन्छ भरिएको हुँदैन उत्तिको कदर। २, दुःख पाएको मजदुर भुक्तभोगी हुन्छन् सबै जोगाउने गर्छन् भरपुर। ३, सामाजिक काम गरौँ स्वार्थको रोग छाडी पौरखमा भर परौँ।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, जिन्दगीको जोडघट कोरेर मैदान पुग्नुछ सङ्घर्षको नमिलेमा पहाड फोरेर। २, अब केही साँचेर होइन बाँच्नु जिन्दगी अस्तित्व जोगाऔॅं हाँसेर। ३, जीवनका घुम्तीहरू छन् आँखा खोल्न नसकेमा अप्ठ्यारोमा परिन्छ झन्।
घनश्याम पन्त हरिवन सर्लाही … १, दुनियाँ लाग्छ असल राम्रो दृष्टिले हेरे खुसीले भइन्छ सफल । २, रमाऔॅं न आफैँभित्र कर्मयोगी बन्नुछ भने आत्मबोध गरेर मित्र । ३, परिवर्तन समयको नियम दृष्टि अनुसार सृष्टि खानु पर्दैन गम ।
कमला ढकाल, तिलोत्तमा -९, रुपन्देही … १, डढेलो देखेँ वनमा कसरी देखाऊॅं खै ? पीडा भएको मनमा। २, पानीले तिर्खा मेट्ने मुटु खान्छ कटक्क वचनले मन रेट्ने।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं … १, सानी हाम्री नानी धेरै चकचक नगर हुनुपर्छ साह्रै ज्ञानी । २, सुनसान अँधेरी रातमा बाटो खोज्दै हिॅंड्दैछु मेरी मायालुको साथमा ३, जूनले आँसु झार्यो उष्ण यो धर्तीलाई शितल शितल पार्यो ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, पुतलीझैँ पहाडकी नानी हाँसौँ खेलौँ रमाएर जिन्दगी कर्कला पानी ! २, उकाली भिरको बाटो हिँड्न गाह्रो हुन्छ सबैभन्दा पिरलो पाटो ! ३, सौम्य हिमालको छाया आहा झरनाको कलकल विशुद्ध मनको माया !
आर्त अकुलीन … १, हेर्न विकासको फड्को बदलेर दाम्भिक समाज हटाई शोषण, अड्को । २, नबनी नयाँ संविधान इतिहासले सुधारेको भए राखेर एउटै ध्यान । ३, बन्छ सुनौलो भूमि मेची महाकाली ढाकेर रमाइला देश घुमी ।
लोकबहादुर क्षेत्री … १, रोइरहेछ आज नानी बाआमा खुसी माने पढेपछि हुन्छ कहानी ।
देवी पन्थी … १, गन्तव्यमा पुगेर फर्क असुरक्षित त छॅंदैछौ नराम्रो कामबाट तर्फ । २, दिमाग छिटो चलायौ भ्रष्टाचारी जालोमा पस्छ आफैँ फस्छौ बहलायौ । ३, सरल स्वभाव भएर दरिलो हुनेछौ बलले अनेक सङ्कट सहेर ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, भन्छन् सतीको सराप केवल बाहना हो पारे देश धराप । २, देख्दा माला भिरेका रहेछन् यी नक्कली व्यवहारमा सधैँ गिरेमा । ३, युवामा जोश जगाई बनाऔॅं यो देश दुष्कर्मी सारा भगाई ।
जयनारायण नेपाल, इलाम (हाल सूर्य विनायक २ बालकोट भक्तपुर ) … १, सोच्यो अग्र कसले दोष अरूलाई थुपारी पूर्वाग्रह राख्छ जसले ।
प्रेम थापा “मन”बागलुङ … १, सोझो रुखलाई छिटो सबै बन्चरो उध्याउॅंछन् बनाउॅंछन् भारी बिटो । २, छाँट्छ अन्यायको भाषण गाउॅंले निमुखाको बस्तीमा बाहुबलले गर्छ शासन। ३, जीवन रहेछ पिङ माथिल्लो तल्लो मथिल्लो । उम्रॅंदैन कुकुरको सिङ।
हिरालाल न्यौपाने,बानपा ८,काेटमाैला ,सल्यान … १, समयानुसार भन्नेले भन्छन् अपाच्य फेसन गर्नेलाई नराम्रो साथीमा गन्छन् । २, बालापन प्यारो देखेँ परिस्थिति कता गयो सम्झनामा आज लेखेँ ।
दुर्गा आचार्य, मोरङ … १, गाउँघर साह्रै रमाइलो कोइली कराउँदा हुन्छ पुरै वनै घमाइलो । २. विकासको बिउ छर्ने ठुलो चाहना मेरो देशको सेवा गर्ने ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, जहाँ हुँदैन तिर्सना नभएमा जाँगर सीप हुन्न होला सिर्जना । २, जुम्लाको मार्सी धान नबिर्सिकन ल्याउनु है भतेर पकाएर खान ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, सधैँ नङ्ग्रा खियाउॅंछ फेरिॅंदैन चोला निमुखाको दु:खले मात्रै चियाउॅंछ l २, लामो खडेरी पर्यो पृथ्वी तताउने काम मानिसले नै गर्यो । ३, जङ्गल भयो तहसनहस जताततै डढेलो लाग्दा पशुधनलाई पर्यो सकस l
बाबुराम गौतम, गुल्मी … १, अशुभ काग करायो बेइमानी मायाको चालले रातको निन्द्रा हरायो । २, काटेर रातो रिबन जोडेको मायाको गाँठो ओइलायो फूलको जीवन।
होम प्रसाद नेउपाने, धरान,सुनसरी । … १, लोभमा कहिले नपर्नु मनमा सन्तोष लिनुपर्छ धनको घमण्ड नगर्नु। २, ईर्ष्या डाह त्याग्नुपर्छ राखेर भाव सेवाको सत्कर्ममा सदा लाग्नुपर्छ। ३, समयले कहिल्यै पर्खन्न फोर्नुपर्छ मौकामा हिरा बगेको खोला फर्कन्न।
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … १, बालापनको माया गाढा मुटुभित्र पूरा गाडिएको हुँदैन कहिले टाढा । २, घुमेको हाटको मेला अझै स्मरण छँदैछ गाउँ उत्रिएका भेला । ३, ढकमक्क फूल फुलेर सुगन्ध छर्छौ तिमी नौलो बिहानीमा खुलेर ।
धनमाया चौधरी, कैलाली … १, हारेको छ कर्म जता हेरौँ बिरानो कस्ले बुझ्ने मर्म । २, मर्नै पर्छ एकदिन विश्वास छैन कसैलाई भन्दै हिॅंड्छ एकछिन । ३, खहरेझैँ सुक्ने भय दुईदिनको जीवन यो हाँसिदिए बन्छ लय ।
फूलमाया कुलुङ, महाकुलुङ – १, सोलुखुम्बु … १, माछो ठुलो थियो जालमा परेन क्यारे उसले हैरान पारिदियो । २, भन्थ्यो छोड्दिन तँलाई हालत खराव भयो विश्वास थिएन मलाई । ३, अरूलाई औॅंठो ताक्दा आफैँतिर फर्कियो खस्यो रुखको फल पाक्दा ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरि … १, मनाउ सधैँ खुसियाली बगाए गरामा पसिना हुन्छ पाखा हरियाली।
दुर्गा भट्टराई … १, दिॅंदा भइन्छ नाङ्गो नदिॅंदा थाहै छ आफन्तको मुखै बाङ्गो । २, फटाहालाई सधैँको ताली यस्तै बस्दैछ थिति इमान्दारीलाई सबैको गाली । ३, विचार मार्नु हुँदैन गर्नु सामूहिक सङ्घर्ष कसैको प्रलोभनले छुँदैन ।
ऋजु दिल्पाली इटहरी – १, सुनसरी … १, दुःख बिसाउने चौतारी कही भेटिन धर्तीमा त्यसैले हिॅंड्छु भौँतारी । २, अघाएर छोडेको थाल त्यस्तै भयो जिन्दगी नसोध मेरो हाल । ३, जीवन गयो टुटेर संसार उजाड भयो आज तिमीसँग छुटेर ।
लक्ष्मण देउवा, डोटी … १, आगो फुक्ने सोते अँगेनामा दाउरा हाल दाँत फुक्लेको थोते ! २, फूलपाती चढाउने गर्छौ देउता खुसी पार्न कति पैसा छर्छौ ?
विवश पारदर्शी, झापा … १, धेरै खरानी घस्छ तपस्या नगरेका जोगी विद्वान हुँदा फस्छ। २, असल काम गर असहाय दुःखी जनको सेवामा अघि सर। ३, विद्वान नबन्ने हैन सबथोक जान्ने भएर अध्ययन केही छैन।
अरुण कुमार भुजेल, गोरू बथान, कालिम्पोङ, भारत … १, दुःखी भइरहने तनमा एउटा अचम्म बानी कसरी बस्छ मनमा ? २, निरास कसरी भाग्ला ? सधैँ खुसी हुँदै दिलमा घाम लाग्ला ! ३, जातको कुरोले थाकिएला ! अछुत कतिन्जेल भन्ने अब कसरी सिद्धिएला ।
भोलामान बर्देवा, धरान – ८, सुनसरी … १, झिल्का ननिकाल्ने लाइटर बेकामको भन्नु जस्तो गर्मीमा कपडा फाइबर ।
सुरेश कार्की, कुमारीगाल-७ काठमाण्डौ, हाल- सिड्नी अष्ट्रेलिया । … १, नझार्नू, आमा आँसु तिमी दु:खी हुँदा कसरी म हाँसूँ ? २, बाबा मेरो सान हुनु है तिमी सदा उज्यालो बिहान ।
अनिता कार्की, कुम्मायक गाउँपालिका – ५, पाँचथर … न दर्दले छोड्यो जीवनको त्यो पल प्रयास बेइमानीले तोड्यो ।
शरद ओझा ‘मेदिनीराज’, द.न.पा-४, बमरोडा … १, खोज्दैछु दियो जलाई शब्द भाव हराएँ के भएछ मलाई । २, मन खिन्न भयो हरायो जोश जाँगर भावना उडेर गयो ? ३, लेख्न इच्छा जागेन नियास्रो भइरहेछ दिनमा केहीमा मन लागेन ।
मोती सुब्बा, दार्जिलिङ … १, मनको मायालु खरबारी कति दुर सुदूर संसारदेखि अझ पारि ।
विनोदकुमार प्रधान … १, धोकाको खेती गरेर अजर अमर हुँदैनौँ एकदिन जान्छौ मरेर। २, हिॅंड्छौ दुनियाँ हँसाएर गयो भन्ने सुने माइलीकी छोरी फसाएर। ३, गिद्दे नजर लगाएर कति लुकाउँछस् ठुले ? अब छोरो भगाएर।
ललिता गिरी, सिन्धुली … १, सोच्दै छु आज के लेखुँ खै जीवन रूपी राज! २, दैनिकी चल्छ एकोहोरो चुपचाप आफ्नै तालमा विरोध छैन दोहोरो ! ३, नाटक रूपी कथा, पात्र अनेक छन् तेस्तै फरक व्यथा!
शोभा आचार्य गौतम, काठमाडौँ … १, सपना विपना लुटिँदैछ लुटाइमा महोदय हेर्दैछु भविष्यको बागडोर छुटिँदैछ ।
हन्नाह छेत्री, दार्जिलिङ … १, आयो मच्छड आयो काम गर्नै दिएन खायो खानसम्म खायो । २, चराको आवाजले जित्यो संसारकै रीत रहेछ महिनाको समय बित्यो । ३, मुखाले दाइ थिए कतै दाग नलगाई जीवन सुलुत्तै पिए ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा … १, आकाशमा तारा झलल झरिले बिर्सेको याममा किसानको पसिना खलल ! २, छटपटी बडिरहने मनमा धेरै बटुलेर कमाउनेको आसक्त भइ धनमा ! ३, रित्तो गाग्री अशुभ भन्दै हिॅंड्छन् खुरुखुरु कहिले भेटाउने कौस्तुभ !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, डुल्दै छ मन कता हो कता छैन साथमा धन। २, मन भतभती पाक्छ कसो गरूँ हुन्छ शरीर बेसरी थाक्छ। ३, सम्पत्तिमा सबैको हाई विपत पर्दा खेरि गरिदिन्छन् फेरि वाई !
सतीश पण्डित, चुँदी तनहूँ … १, नेताको दोहोरी देखेर पर्दैछन् छक्क जनता कति बस्नु हेरेर । २, जनताले चाहेको कुरा पुरा कहिल्यै भएनन् काम गर्छन् अधुरा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कन्काइ – ४ झापा … १ सातु, सर्वतको दान वैशाख महिनाको धुपमा तृप्ति स्वर्गकै समान । २, नछोड्नु क्लेश कुकर्मको दुई दिनको जीवनलिला पहिल्याऔॅं मार्ग सुकर्मको । ३, समुद्र कहिल्यै सुक्दैन गरेर मानव सेवा शिर कहिल्यै झुक्दैन ।
पारसमणि खतिवडा, सूर्योदय – ३, इलाम (हाल सूर्यविनायक भक्तपुर) … १, एउटा कुरा ढाँट्नलाई बोलेपछि दश झुठो सहज हुन्छ काट्नलाई । २, हुनेले लगाउँछन् कुलो नहुनेले हार्नै पर्ने पैसा, बैँसै ठुलो । ३, काल टरेर जान्छ भन्छन् युग कलीको देवतै पैसाले मान्छ ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, सफा राख मन खुसी हुन जीवनमा चाहिॅंदैन कुनै धन |
सरिता सेढाई धादिङ … १, जीवन समुन्द्रको पानी अटुट सम्बध नभए खरानी बन्छ जिन्दगानी । २, बाँचेछु याद गरेर पर्ला लडाई झगडा नजानु वितृष्णा भरेर ! ३, तानिन्छ मेरो मन व्यवहार सच्चा गर्नेलाई मान्छु आफ्नो प्रियजन !
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, निर्दोष प्राणी ढले बिथोलियो प्रकृतिको चक्र कैयौँका सपना जले ! २, दूषित भयो वायु निम्तिए अनेक रोग औषधीले बढायो आयु ! ३, रोपौँ वृक्ष जुटेर बचाऊ हाम्रो प्रकृति जान्छन् दुःख टुटेर !
सुस्मिता अधिकारी ,काठमाडौँ … १ , झिलिक्क झिल्किने झिल्का कामलाग्ने सबै राखौँ बेकार सबै मिल्का। २ , झिल्का ठुलै रहेछ सल्केछ मुढा पनि लङ्का ध्वस्तै पारेछ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४, साँगा बजार … १, गोहीको आँसु चुहाउनेहरू समाजमा भेटिन्छन् कैयौँ जिउँदै खाडलमा डुबाउनेहरू। २, मुटुको टुक्रा भन्छन् जन्मेपछि फ्याँकिन्छ झाडीमा माया कसरी सहन्छन् ? ३, जहरिला सर्पहरूले डसेर सपेरा बिम्बिली बजाउँछन् नागिनको रगरगी पसेर ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, यो मन कस्तो ? साना अनि ठुला छेपारोको ढङ्ग जस्तो ! २, फूल र काँडाको सङ्गम भएछ क्यारे आवाज सुने छाडाको ! ३, हिजो कपास थियो फाइदामा बेकाइदा गर्ने आज ढुङ्गा भैदियो।
साप्ताहिक झिल्का लेखन अभ्यासको १६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, ढुङ्गाको मन अजब कठै ! देश बेवास्तामा कुर्सी जोगिए गजब ! २, मुखमा राम भन्छन् उतार्छन् व्यवहारमा रावण लट्ठ्याउने कहानी कहन्छन् । ३, आकार बन्छ सुन घन खाएर अनगिन्ती गृहमा प्रवेश सगुन ।
म्यामराज राई … १, हरियाली डाँडापाखा वन मनोरम देखियो प्रकृति वसन्तको हुँदा आगमन ! २, खुसीले यताउता गरी चहार्दै वनपाखा हेर गाउॅंछे कोइली चरी ! ३, रनबन पखेरा डुल्दा देखिन्छ पाखा रक्ताम्य चट्ट गुराँस फुल्दा !
वसन्त अनुभव, घोराही, दाङ … १, हामी बाँचेको माटोमा रोग नलागोस् कसैलाई शत्रु नआऊन् बाटोमा । २, मिलेर बसेको देश हिमाल ,पहाड ,तराई उस्तै संस्कृति परिवेश । ३, इतिहासका पानाहरू हेरौँ वीर गोर्खालीले लेखेको गोरेटो कसैले नफेरौँ ।
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, दुईदिने जिन्दगी कस्तो घमण्डले पालिएको देखेर हुँदैन भनेको जस्तो। २, महॅंगो भयो सन्सार बेरोजगारको भाँडो भरिएपछि हुँदैछ घुसपैठको भन्सार।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ। … १, जोगाऔॅं धर्ती अब प्रकृति प्रकोप बढ्यो सचेत बनौँ सब ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ … १, आमा धर्ती माता पाप लाग्छ रुवाए खोलौँ सम्मानको खाता!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, गुराँसले राताम्मे वन सबैतिर डुलेर हर्दा टक्क अडिने मन। २, खुसी लाग्छ मन सकरात्मक सोच लिॅंदा स्वस्थ रहन्छ तन। ३, जोगाऔँ सबैले हेर बचाउन शरीरलाई आफ्नो नगरी कुनै अबेर।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, कुर्ची तानातान भयो देश बन्यो रणभूमि हेर्दाहेर्दै जीवन गयो। २, युवा खोज्न खास उठाउँछ अनुदान नेता असहाय वृद्धको रास। ३, देश भन्छन् कृषिप्रधान त्यो आकाशतिर हेर्दाहेर्दै किसानको गयो परान।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, खडेरी लामो यसपालि किसानलाई पार्यो मर्कामा सुकायो सबै बालीनाली ।
सरिता सेढाई धादिङ … १, भनेको कुरामा जाग्दैनौँ जबरजस्ती गर्छौँ आफ्नोपनमा बुद्धिजीवीको भनाइमा लाग्दैनौँ । २, लाग्दैछ इज्जतमा धक्का समाजले बनएको नियम पालन गर्नुपर्नेछ पक्का । ३, भौतिक लालचमा डुबिन्छौ थुपारेर सम्पत्ति अपार एकदिन माटोले पुरिन्छौ।
दिल ठकुरी, टिस्टाभेली दार्जिलिङ … १, वसन्तको रौनक छायो पाक्यो काफल वनमा चरीले खान बोलायो। २, धेरै पानी पिउनु बढेको छ गर्मी स्वास्थ्य भएर जिउनु।
अनिता भण्डारी, ताप्लेजुङ … १, जन्मेको ठाउँको माटो भुल्नु हुन्न कहिल्यै , खेली हिॅंडेको बाटो । २, हिमालको काखैमा गाउँ कस्तुरी, मृग खेल्ने कति सुन्दर ठाउँ । ३, आमाभन्दा छिन् राम्री कोही छैन संसारमा धर्ती माता हाम्री।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, छोडिसके गर्न काम नेपालमा हेर मजदुरले नदिएर उचित दाम। २, डढेलो लागेको हेर चारैतिर भयो सुक्खा जिउधनको गयो खेर।
कला ढकाल, झापा … १, स्वार्थमा हिॅंडे सब खोज्न गाह्रो भयो , असल मान्छे अब। २, रहर सबैलाई कमाउन बाटो बिराएर थाले, अकुत सम्पत्ति जमाउन।
शंकर कार्की ,मकवानपुर । … १, भुल्नुपर्छ पुराना बातहरू दिन सबैका आउँछन् रङ्गीन बनून् दिनरातहरू । २, सहभागी दाजुभाइ वारिपारि खुलाएर परिचय दिनुस् हालसम्मको यथार्थ जानकारी । ३, प्रयास जोडी हुनलाई एक्लो बस्नु हुँदैन दिन्न कहिल्यै रुनलाई ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ … १, वनवासी प्रभु राम तिमीलाई नभेटी यहाँ अस्ताउने भयो घाम।
बिके मुखिया, दार्जिलिङ, भारत … १, हुँदैन मुग्लान पसेर अब केही गरौँ आफ्नो देशमै बसेर । २, गुराँस फुल्यो पाखामा गीत गायो न्याउलीले साह्रै विरहको भाकामा । ३, लेकमा फुल्यो चिमाल बिहानी झुल्के घाममा टलल टल्क्यो हिमाल ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, कुर्सीमै हुन्छ ध्यान विकास गर्नुपर्छ भन्ने छैन कसैमा ज्ञान ।
बाबुराम पाण्डे, अर्घाखाँची … १, मनको पखेटा हुँदा ऐ ! दुनियाँ कस्तो दिललाई आनन्दले छुँदा। २, मायालु मनमा आऊँ वनभरि न्याहुली रुँदैछ परदेशी घर जाऊँ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, सत्ताको खेल हुँदैछ जनता दोधार देशमा लुटिने यहाँ रुँदैछ । २, लुटेको धन चाहिॅंदैन हुँदैन प्रगति केही मोजमस्तीमा नि खाइॅंदैन । ३, फक्रियो चमेलीको फूल चारैतिर बास्ना छर्यो बास्नामा हुँदैन भूल ।
ईश्वर साउद , रामारोसन – ६, सुदुरपश्चिम अछाम … १, मानवीयता कता हरायो ? जताततै डढेलो देखिन्छ वन्यजन्तु जङ्गलमा करायो। २, मानिस विवेकहीन बन्दैछ जस्तोसुकै काममा तल्लीन आफूलाई महान् भन्दैछ। ३, आफ्नै विनाश खोज्दैछ किन मानिसहरू आजभोलि कुकर्म मात्रै खोज्दैछ।
घनश्याम पन्त, हरिवन सर्लाही … १, मुसुक्क हाँस्दै तिमी वैशाखको यस्तो घाममा पानी परोस् रिमीझिमी । २, पानीको कस्तो अभाव हाहाकार मच्चियो चारैतिर सुकौरोले पार्यो प्रभाव । ३, साथी तिमी आऊ एउटै छाता ओढेर परतिर टहल्न जाऊ ।
मोती सुब्बा … १, हेर्छु हिमाल हाँसेको जलवायु परिवर्तनले एकातिर हिउँ पगालेर नासेको ! २, लालीगुराँस ढकमक्क फुलेको रङ्ग्याई रातै वनपाखालाई देखेर मन भुलेको ! ३, न्याउलले गीत गाउने आफूले पनि गुनगुनाई यो मन रमाउने !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, देश चल्दैछ अधोगतिमा सुन्दर योजना छैन के भरौँ मतिमा ?
प्रेम थापा “मन”, बागलुङ … १, फूलको बैँस आउॅंदा रुखमा बसी हलेसो विरह गीतै गाउॅंदा । २, संसारमा आमा ठुलो अरू कोही हुन्न बिरामीको ओैषधी मुलो । ३, माया तिमीलाई गर्छु हृदयमा झङ्कार बोकी प्रेमैले सङ्गीत भर्छु ।
मनुहाङ किराँती सोलु (युमन खालिङ), महाकुलुङ ५ चाचालुङ … १, मान्छेको विचार कस्तो घमण्ड कैले शान्त रिसले बौलिएको जस्तो। २, तिमीले रुहाएर राम्रो एक्लोपनमा छु म याद नआउॅंदा हाम्रो।
एवाइ प्रभात … १, झुक्किएर भएको भूल पाठ बन्नसक्छ जिन्दगीमा नबनोस् दु:खको मूल। २, नियालेर पाउ शिर छिटो अवधारणा बनाउॅंछन् मूल्याङ्कन गर्छन् आखिर । ३, अंश नलाग्ने शिक्षा कसैले चोर्न सक्दैनन् गरेर हेर्नुपर्छ समीक्षा ।
पृथक प्रकृति ,झापा … १, डढेलोले नासियो वन आगलागी नियन्त्रणमा विवेकहीनता गरिबको विक्षिप्त मन । २, बदमासीले बदमास गऱ्यो देशव्यापी धनजनको क्षति मानवता ओरालो झऱ्यो । ३, सरकारको ध्यान जानुपर्छ विपत्तिमा राहत नपाउँदा जनताको जनविश्वास मर्छ ।
पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर । … १, मानवकै विरुद्ध लेखिए संवेदनशील भन्ठान्थे मानव सबैभन्दा असंवेनशील देखिए । २, पैसाकै खातिर मर्यो गति छाडेर मानवले विनाश गर्नु गर्यो ।
बि.कुलुङ, दार्जिलिङ … १, हरियो वसन्त कस्तो मन भुलाउन गाह्रो बैगुनीको माया सस्तो ।
नागेन्द्रप्रसाद यादव , दाङ … १, कुराले देश बन्दैन मेहनत गरौँ सबैले पैसा नभई गन्दैन । २, देशको मुहार फेर्न एकजुट भई नेपाली सुन्दर नेपाल हेर्न ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा … १, बोल या नबोल, मायाका ती कुराहरू खोल या नखोल । २, छैन कुनै अन्तर, महसुस गर्न सक्छु माया पाउॅंदैछु निरन्तर ! ३, परिवर्तनशील छ अनुहार , हामी सबैले यहाँ चल्नुछ चलाउने अनुसार !
दीपा समभाव, खोटाङ् … १, फाल्नु जाति विकार बेवास्ता गरेर नबस्नु पाल्दा हुन्छौँ सिकार ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, डढेलोले जङ्गल मास्दै सीमाना पारीको बस्तीमा मनपरि तन्त्रमा गाँस्दै । २, प्रकृति प्रकोप बढेर हरियो वनमा डढेलो भ्रष्टाचारी नेता सडेर । ३, जनधनको क्षति हुँदैछ यसरी घमण्ड नगर पापले संसार छुँदैछ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, डढेलोले गर्यो विनाश मान्छे अविवेकी हुँदा धनजन सुरक्षामा अविश्वास । २, जनवारहरूको उठिबास भयो बिचरा निरीह पशुपन्छीको अकालमा ज्यान गयो । ३, चेतनाको सन्देश छरौँ वातावरणको रक्षा गर्न ज्ञानको भण्डार भरौँ ।
जयनारायण नेपाल, इलाम, हाल सूर्य विनायक २, बालकोट भक्तपुर … १, दुखमा आस साथीको सहयोगको थियो आशा पर्खेछन् आदेश माथिको । २, दुखैमा सहयोग माग्ने कामै छैन आफन्तको समस्या पर्दा भाग्ने । ३, जिन्दगी साह्रै छोटो आपद्मा बहानाबाजी गर्नेको मन साह्रै खोटो ।
देव कृष्ण काफ्ले, पोखरा -१, कास्की … १, बाहिरी ओँठमा हाँसो टिलिक्क दन्त देखाउँदै भित्र हाल्छन् पासो। २, मुखमा मिठो कुरा हुन्छन् जसको धेरै उसैले हान्छन् छुरा।
राजनारायण राई, राजदल बस्ती सोनादह … १, गरौँ असहायको सेवा हर्ष अनि सन्तुष्टिसँगै चाख्न पाइन्छ मेवा। २, गूढ रहस्यको पोको परिश्रममा विश्वास राखे बस्नु पर्दैन भोको। ३, जो चाहन्छ जिउन दूध, दही, मही कसले रोक्छ पिउन।
अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ, भारत … १, गाउँ मेरो महाकुलुङ त्यही सोलुखुम्बुभित्र पर्छ नाउँ माया कुलुङ । २, याद आउँछ घरको चिटिक्क पारी बनाइएको छाना छ खरको । ३, बस्छिन् आमा झुपडीमा हराउॅंछिन् होला पक्कै मान्छे मान्छेको थुपडीमा ।
माया कुलुङ, सोलुखुम्बु … १, सम्भावित जोखिमको शङ्काले काममा जान छाड्यो दियो निभ्यो पङ्खाले । २, डर मनमा पसेपछि मान्छे शान्त नरहला इज्जत तल खसेपछि । ३, इमान बाँड्न साँच्नुभयो सबैलाई राजा बनाई आमा मनभरि बाँच्नुभयो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी सिरहा … १, गरौँ आमाको मान नजिकबाट बुझौँ हामी उनै हाम्रो सान । २, हुर्कियौँ उनकै साथमा चित्त नदुखाऔॅं कहिल्यै राखौँ उच्च माथमा ।
दुर्गा भट्टराई … १, प्रकृति मान्छेका लागि प्रशंसक उपभोक्ता मानिस बचाउन फल्छ जागी । २, माया साटेर लिने प्रशंसक प्रेमी हुन्छ बैँस मायालुलाई दिने । ३, जीवन ओइलाउने फूल सम्झेर आफ्नो चोला जीवनमा नगर्नु भूल ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, भ्रमको खुल्दैन पर्दा निष्ठुरी बसेर मौन नाटकीय नाटक गर्दा। २, नजानु बाटो मोडेर सम्बन्ध गाँसेर बिचमै दोबाटोमा एक्लै छोडेर ।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ … १, नारीको पीडा गहिरो अर्को नारीले नबुझ्दा जीवनमा आउँछ पहिरो। २, नारीको नाम अनेक देवी,बोक्सी, वेश्या सम्बोधन तुच्छ विभेद। ३, नारी सृष्टिकी मूल बगैँचा रूपी परिवार फुल्दछ जहाँ फूल।
सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल … १, महान् बन्न हामी सोचेर मात्र बनिदैन, होला कर्म छानी। २, कर्मै नगरी चम्किने, सर्वत्र देखिॅंदै आए, उस्तै लगानीविना लम्किने। ३, ऋणमा यात्रामा घुम्दा कोशिसले उक्लन सकेन, होस हवास गुम्दा ।
मनोहरी पौडेल, गैडाकोट १ … १, बुझेरै देखेरै अन्मिएको आजकल दुर्नाम किन ? अन्तै अर्कै जन्मिएको ? २, गरिबको पुज्यौ ढोका रुवाउन्न जीवनभर पनि पाउने छैनौ धोका । ३, झुपडी देखेकै थियौ महल बनाउन सकिनॅं घुटुघुटु रगत पियौ ।
हिरालाल न्यौपाने ,बानपा – ८, कोटमौला, सल्यान … १, गए हुन्थ्यो मारेर किन छोडी गयौ ? आज एक्लै पारेर । २, जान्छ जीवन ढलेर एकदिन आर्यघाट पुगी सकिन्छ चितामा बलेर । ३, नरुनु हेरेर लास बाँचुन्जेल कसैको म कहिल्यै भइनॅं खास ।
ललिता गिरी, सिन्धुली … १, सरकार कसका लागि ? सत्ताका व्यापारीको आलोपालो हुन्छन् भ्रष्टहरू सहभागी । २, स्थिरताको रागमा गठबन्धन स्वार्थघातमा पर्दछ किचमिच सत्ता परिवर्तनको गन्थन । ३, ऋणभार देशमा अति नगदनारायण सत्तामा स्वाहा जनता रुने कति ?
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, सकिनॅं खुसीले रमाउन गरिब देशमा जन्मिएर गाह्रो पैसा कमाउन । २, सधैँ विदेश पसेर हुन्न भन्छिन् बुढी कमाउॅंला घरमा बसेर। ३, आधा मन घरमा पसिना बगाउँदैछु प्यारी केही पैसाको भरमा ।
लक्ष्मण देउवा डोटी, हाल भारत … १, अनौठो मौसमी चाल आकाश खुल्छ कहिले फैलियो तुवाँलो बेहाल । २, आशामा जीवन चलेको आखिर एकपटक झर्छ हेर्छन् मात्र फलेको । ३, कुनै घमण्ड छैन गर्न सकेमा राम्रो नत्र केही हैन!
शोभा आचार्य गौतम, काठमाडौँ … १, भ्रस्टाचार नेता हटाऔॅं देश विकास गर्न सत्यचार जनता जगाऔॅं । २, छैन कोही इमान्दारी आजको कलियुग समयमा छन् सबै बेइमानी ।
गंगाराम यादव, औरावनी २ सुनसरी … १, चैते हुरी खडेरी हुरहुरी पाखा सारा चिम्लिदिऊॅं आँखा नहेरी । २, पाल्छन् विदेश जानेले नासियोस् बाँदरको बास बालेछन् चुरोट खानेले । ३, किन जोगाउने घारी? जोगिए पनि तस्करको बसिदिऊॅं दाह्री मुसारी।
कमला पौडेल … १, विभिन्न परिकार बनाउने भन्छन् बन्दाकोपीको प्रयोगले रगतलाई सधैँभरि बढाउने । २, शरिरको वजन घटाऔॅं स्वस्थ राखौँ स्वास्थ्य , रक्तचाप सन्तुलनमा ल्याऔॅं । ३, किन्दा सस्तो पाउने बन्दाकोपी रहेछ हजुर, पलपल काम आउने ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, तिम्रो याद आयो खै कहाँ खोजौं दुःख मात्रै छायो । २, माया गर्छु हेर कसरी म देखाऊॅं ? आफ्नै छाती चिरेर। ३, तिमी मायाकी खानी महॅंगी भयो धेरै किनेँ जानी नजानी।
धनुष न्यौपाने यात्री, जुम्ला … १, बिहान पातमा शीत रमाउँछ मानिसको जिन्दगी खुसीले गाएर गीत । २, कहिले पूर्णेको रात अनुपम मनको मायामा सुन्दर ताराहरूको मात । ३, कलकल बगेको पानी अनुपम मानिसको जीवन, बनेपछि आँखाको नानी ।
आर्त अकुलीन … १, तिमी होइन मालिक सेवक हौ जनताको नबन उभिएको सालिक । २, कर्म गर साथी अनि जीवन पुग्छ हाम्रो प्रगतिपथ माथि।
दीपा तिम्सिना, ईलाम … १, दुनियाँ हो विचित्र सबै आफ्नै स्वार्थमा चिन्दैन कोही मित्र ।
बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी … १, दुःख कष्ट सहेर हुर्काउॅंछिन् सन्तान आमा भावनाको भेलमा बहेर। २, हेर्छन् सन्तान मुख मातातिर्थ औॅंसी चाडमा , छाओस् जीवनमा सुख। ३, सकिन्न वर्णन गरी आमा बाबुको महिमा , पूजनीय धर्ती आकाशसरि।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, अहिले एकलै पारेर गएछौ मलाई छोडी अर्कैसँग माया सारेर। २, के भुल भएछ सोध्न मन थियो ऊ त गएछ। ३, मायाको कुरा खोलेर रमाउॅंछु भनी सोचेथेँ गएछ झुटो बोलेर।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, झिल्का लेख्न लाग्यो कतै केही नफुर्दा अनिन्द्रा रातभर जाग्यो !
कुमारीगाल-७ काठमाडौँ, हाल- सिड्नी अष्टेलिया … १, निरासाको कुरा गर्दै कहिले सम्म बस्ने, जागौँ उत्साह भर्दै । २, गरिएका काम देखौँ उर्जा मिल्छ पक्कै, उज्ज्वल भविष्य लेखौँ । ३, केहि आशा लिएर जन्मिएका छन् युवाहरू, जानेछन् योगदान दिएर ।
पुष्पा राई, बादेल, खोटाङ … १, मस्तिष्कबाट नैतिकता झिके गरे जालझेल प्रपञ्च मनुष्य पैसामा बिके। २, उपदेशलाई बुझ्ने गाली चोरी ,फटाहाको सम्मानमा बजेको देखिन्छ ताली । ३, निर्दोष सिकार हुन्छ नियम कानुनले पनि निमुखालाई मात्र छुन्छ ।
रुना कर्माचार्य दाहाल, चितवन … १, गर्मीले यता सतायो, खडेरी लामो परेर बारीमा मकै पकायो। २, गरेर खानुपर्छ कमाई, हामी परिश्रमी बनेर सधैँ बसौँ रमाई । ३, आनन्द आउने देखेर, जताततै हरियाली पाउँदा यतै बसे लेखेर।
दुर्गा आचार्य, मोरङ … १, नफर्किने गरी बिलायौ परिवारमा छायो सन्नाटा स्वजन बिछोडमा डुबायौ । २, थियो बात बाँकी रोक्नु पर्यो बिचमै को अब हुलाकी ? ३, सम्झनाको अदृश्य झाँकी मानसपटलमा सदा सल्बलाउॅंछ बाँचेर गुण फलाकी।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार … १, त्रसित जगत्को रगत भेटिॅंदैन कतै मान्छे असुर मात्र फगत । २, बुद्धि विदेशमै बस्यो विवेक अझै फर्केन विकास भ्रष्टाचारमा फस्यो ।
ऋजु दिल्पाली ईटहरी १ सुनसरी … १, तुहिए भ्रुण छोरी पुरुष मानसिकताको मञ्जुरीनामा डाक्टरी पेसा चोरी । २, छोरी नभएको घर नवीन सृष्टिको सुरुआत छोरासँग छोराकै स्वयम्वर
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, छोराले वचन भुल्यो आमाले बाटो हेर्दै थामेको आँसु खुल्यो । २, गर्नु गर्यो मलाई चाहिने बेला प्रयोग स्वार्थले मुटु जलाई । ३, बल्ल भिज्यो माटो बिउहरू चल्मलाउन पाए सोझियो किसानको बाटो ।
राजेश्वरी राजोपाध्याय, ललितपुर ::::::::जय झिल्का साहित्य ! ::::::::::
साप्ताहिक झिल्का लेखन अभ्यासको १५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, फूलहरू भाग्न थाले परागसेचन गर्न छोडेर चम्चामा हाम फाले । २, ठालुको काम खोज्छन् चुनावमा मुख मिठ्याउॅंदै मतपत्रमा अरूलाई रोज्छन् । ३, उनको परेपछि लगानी घाटामा कसैले गर्दैन के नगरोस् मनोमानी !
म्यामराज राई … १, के छ मरिलानु ? सबै यहीँ छोडेर रित्तै पर्दछ जानु ! २, यो भागदौड पेलापेल निष्काम छ दुनियाँमा तेरोमेरो भ्रमको खेल ! ३, विशुद्ध पारौँ काया सेवामा मन लगाऔँ त्यागौँ यी मोहमाया !
वसन्त अनुभव, घोराही, दाङ … १, कस्तो निष्ठुरी रहेछ उपहार मैले दिएको त्यसै छोडेर गएछ । २, थाहा पाएर खायौ खुर्सानी पिरो हुन्छ पोल्दा चाल पायौ । ३, आमाको काख प्यारो संसारमै अमूल्य बिछ्यौना नगर्नु वचन सारो ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ … १, होडबाजी कति ठुला नाप्ने केही होइन एउटै ड्याङ्गको मुला । २, देखाउन कति जानेको मह घोली बोलीमा एकोहोरो बनाई तानेको । ३, बुझौँ सबैले कुरा नपरौँ अन्धकारको भुमरीमा भित्रभित्रै चलाउँछन् छुरा।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, जीवनमा भोकतिर्खा सहनु घरमा ठाकठुक हुन्छ कहिल्यै कसैलाई नकहनु । २, सबैले खुट्टा तान्छन् सहनु ठुलो सफलता आफ्नैले झटारो हान्छन् । ३, अग्रजसित मुख नचलाऔॅं पालो सबैको आउँछ अनुशासित भनेर कहलाऔॅं ।
चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ … १, भौतारिने काम नगर अर्काले गर्दिन्छ भन्ने कहिल्यै भर नपर। २, व्यक्त गर्न लेखियो उकुसमुकुस ती भावनालाई मेल खाएको देखियो । ३, पोलेको छ भतभति दिलमा लागेपछि चोट बाँच्नु छैन एकरति।
कला ढकाल, झापा … १, बलेछ आँखामा आगो त्यही भएर अनायास चुँडिएछ प्रेमको धागो । २, एकापसमा प्रेमभाव साटौँ जोगाउन हाम्रो पर्यावरण रुख बिरुवा नकाटौँ। ३, ज्ञान चेतना बाडौँ ए ! दिदीबहिनीहरू हो चटक्कै छाउगोठ छाडौँ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा … १, बेला फूलहरू फुल्ने सबैतिर ढकमक्क पार्दैछन् देख्दा मन डुल्ने। २, देश दोहन भयो युवा पङ्क्ति नजागे नेपालीको अस्तित्व गयो। ३, फूलको मिठो वासना त्यस्तै सुगन्धित बनौँ सबैमा छ कामना।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, विनाश भयो कति ? बढ्यो जताततै आगोलागी जनधनको भयो क्षति । २, सुरक्षित बस्न भनौँ छरौँ ज्ञानको ज्योति हामी सचेत बनौँ ।
अनिता भण्डारी, ताप्लेजुङ … १, सबै रहेछन् भातमारा भाषण मात्र ठोकिरहने, आँट नभएका हुतिहारा। २, जहिल्यै भाका सार्छन् भोकै मार्छन् गरिबलाई, गर्नेलाई पछि पार्छन्। ३, मुखले रामराम भन्ने भित्रभित्रै तिनैले मेरो, रहेछन् खेदो खन्ने।
नवशिला, नवदेव मार्ग , लालभित्ती, मोरङ … १, हावाको वेगमा हिॅंड्नुपर्छ होइन शत्रुसँग डराउने बुद्धि लगाएर भिड्नुपर्छ।
देवी पन्थी … १, चाहिन्छ भाषा, भेष असल सङ्गत नहुँदा एक्लै जिउनु वेश । २, कुँडिन्छ सधैँ मन दुरुपयोग धेरै भयो भ्रष्टाचार गरेको धन । ३, भरिएको छ डम्म सफा हुँदैन खोला ठुलो बाढी नआएसम्म ।
ऋजु दिल्पाली, इटहरी … १, फुलहरु ल्याउछन् खुसी कस्तो स्वार्थी भमरा ? उड्छन् रस चुसी । २, सबैभन्दा सजिलो काम नेता कमाउन सक्छन् पैसा अनि नाम । ३, गर्नुपर्छ निष्काम कर्म प्रतिफल मात्र खोजेर कसरी हुन्छ धर्म ?
दीपा समभाव, दुबेकोल खोटाङ … १, धनले बिगार्यो मन आफ्नै दुनो सोझ्याउँछन् अतृप्त मानव जन ।
मन्दिरा सेढाई, मलेखु,धादिङ … १ कोठामा घाम परेर हिँडौँ धर्म मार्गमा ईशको नाम गरेर ! २ विकास होस् कामना सङ्घर्ष जीवन आखिरी पीडाको गरौँ सामना ! ३ सेवा सबैको धर्म जुटेर मानव बाटोमा मिलेर गरौँ कर्म !
आर्त अकुलीन … १, जीवनको जोड घटाउ हुन्छ दु:ख कहिलेकाहीँ तर पिर हटाऊ ।
प्रेम थापा “मन”बागलुङ … १, भक्तिमा प्रभु गुणगान परोपकार गर्दै गरेमा त्यो हुन्छ महादान । २, मनमा बत्ती बालौँ संस्कार सत्सङ्ग सद्भाव स्वयम् हृदयमा पालौँ । ३, समस्याको हुन्छ समाधान तर्क मन नमिल्दा सदैव हुन्छ घमासान ।
सन्तु खत्री … १, सबैले दियो भोट खाएर चुनाव जिताएपछि हातमा पायो नोट। २, मनलाई सम्झाएर आएँ दुनियाँ रमाइलो लाग्थ्यो आज एक्लो पाएँ। ३, ईश्वरमा गर्दछु आश केही छैन कसैलाई नबन कहिले निराश।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, वैशाखको प्रचण्ड घाम पाखुरामा छोडेर गयो निशानी कालो डाम। २, पौरखले पाक्छ दाल नित्य अल्छि जनले बुन्छन् ईर्ष्यालु जाल। ३, उठाऔॅं हलो कोदालो स्वदेशमै सुन फल्छ नबन प्रवासमा गोठालो।
बिके मुखिया, दार्जिलिङ, भारत … १, मह जम्मा गरी डुल्छ माहुरी उद्यानमा सारा जीवन भरी ! २, वासना हुन्छ फूलमा टिपेर व्यर्थ नफाल्नु परेर चुलबुले भुलमा। ३, कर्तव्य गर्नु भुक्तिको शक्तिको दुरुपयोग नगरी बाटो रोज्नु मुक्तिको।
विवश पारदर्शी, झापा … १, पुरानो घाउ बल्झियो किन होला कुन्नि मन उतै अल्झियो । २, नचाहिने कुरा भनी मलाई बन्नु छैन घमण्डी अनि धनी। ३, उनकै माया लाग्यो किन होला कुन्नि भेट्ने रहर जाग्यो ।
गोबिन्द्र राज तिमिल्सेना, बडिमालिका – ७, बाजुरा … १, कसैको हत्या गरेर संसार जित्न सकिन्न जान्छौँ एकदिन हरेर। २, उज्यालो दीप बालेर अगाडी बढ्न सिकौँ मनको रिस फालेर । ३. मिलेर अगाडि बढ्नुपर्छ सफल बन्नकै लागि हरेक सङ्घर्षमा लड्नुपर्छ।
लक्ष्मण देउवा डोटी, हाल भारत … १, नभुल मात्र मेवामा मोहमाया पर सारेर लाग सामाजिक सेवामा l २, ढुकुटी ठान्यौ पेवा अलिकति डर मान ईश्वरले गर्दैछ चेवा l ३, काम गर्छौ कमालको सत्ता समिकरण सधैँभरि सानो ठुलो बगालको l
बाबुराम गौतम, गुल्मी … १, लिएर नहुने चिज किन सन्ताप लिन्छौ ? छोडेर खुसी खिच। २, आनन्द, खुसी, सुख होइन किनेर पाइने पिरोल्छ यसलाई दुख। ३, सुटुक्क पाए चिन्न दुःखका औषधी यहाँ , हुन्थेन वर्गमा भिन्न।
मनोहरी पौडेल, गैडाकोट १ … १, तिम्रो सकिनँ हुन । धनको गारो चाहिने कहाँ पाउ सुन ? २, बसेर गरौँ कुरा पीडा जति भुलिन्छन् वाचा हुन्छन पूरा । ३, सधैँ अध्यारो मुख बाल एकछिन बत्ती पाउला स्वर्गीय सुख ।
हिरालाल न्यौपाने ,सल्यान, कोटमौला … १, कसैलाई नराम्रो नभन्नु फर्किदा पच्दैन भने जानीजानी पीडक नबन्नु। २, कर्ममा निरन्तर लागौँ आउनेछ पक्कै समय व्यर्थ नबसौँ जागौँ। ३, केही सौम्य याद जिन्दगीमा कहिलेकाहीँ त्यही नितान्त हुन्छ उन्माद।
पृथक प्रकृति ,झापा … १, आज या भोलि मर्न थाहा छैन बोलौँ मिठो बोली २, जिन्दगी दुईदिने चोला बाँचुन्जेल राम्रो होस् भोलि के होला ! ३, दुनियाँमा बाँच्न गाह्रो बिचमा परियो मानव गरिखाने मान्छेलाई साह्रो ।
बेदु न्यौपाने … १, नि:स्वार्थ ध्यान गरौँ सक्ने दान गरी ईश्वरमा भर परौँ ।
ज्ञानेन्द्र क्षत्री … १, कहिलेसम्म मौन बस्ने प्रकृतिको स्थिर रूप पानी बनेर खस्ने। २, भ्यागुताको बिहे गरेर सताउने कहिले हो प्रकृति रौद्र झरेर। ३, मुर्रा आएर हाँस्ने उपहारको नाममा जनावर साटेर सम्बन्ध गाँस्ने।
संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं … १, मन्दिर किन धाउँछौ गरिबलाई गर्छौ हेला तिमीले के पाउँछौ । २, लेखेर चिट्ठी आमालाई तातो घाममा छु खबर दिनु मामालाई । ३, लगाउँछौ आगो बनमा डढेर सबै नस्ट पिर छैन मनमा ?
रबि पौडेल दक्षिण भारत पाण्डेचरि … १, विकासदेखि निकै पर हाम्रो देशको अवस्था घुसखोरी भ्रष्टाचारीहरूमा निर्भर। २, सम्झेर नौनाडी गल्छ युवा जमात खाडीमा वृद्धहरूद्वारा देश चल्छ? ३, आर्थिक अवस्थाको मार कर्णधार सारा विदेशमा? पलायन भइरहेछ लगातार ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, रचनाहरूले तिमिलाई छुनेछन् पढन्त भए जिन्दगीमा आनन्दित मन हुनेछन् । २, महसुसहरू अनुभव भएछन् भूतकाललाई हामीले समझेर नराम्रा आचारणहरू गएछन्। ३, जीवनका पानाहरू पल्टिॅंदैछन् अतितका घटनाहरू बिर्सेर समस्याहरू आफैँमा सल्टिॅंदैछन्।
केन्टरमेश क्षेत्रीय, रोल्पा … १, अकेलो निष्ठा मजबुर पत्थर बीचमा चम्किलो अन्जान छन् कोहिनुर । २, जसको साथमा लाख अरूको अन्जुली खाली भरिन्छ उसको काख ।
कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे … १, फूलको जस्तो सुवास तिम्रो स्पर्शमा पाउॅंछु आनन्दमय हुन्छ मधुमास । २, अर्ध तनमय भएछु तिम्रो साथ पाउँदा शिरमा सिन्दुर भरेछु । ३, आऊ, मुसुक्क हाँसेर नयनमा भिज्ने गरी बसौँला प्रीति गाँसेर ।
फूलमाया कुलुङ-साेलुखुम्बु … १, प्रभुमा मन लागोस् यही छ कामना दु:ख वेदना भागोस् । २, माया बस्यो गाढा सम्झनाले सताइरहँदा हरपल जान सकिएन टाढा । ३, जहाँ रहे पनि यो दुखी संसारमा मन रहोस् धनी ।
त्रिलोचन भण्डारी, मेचीनगर,झापा … १, होडबाजी प्रकृति सक्नलाई वातावरण बिग्रॅंदै गइरहेछ चाहिँदैन भविष्य बक्नलाई । २, मायाको शीतल छायाँले कसरी धानौँ तिमीलाई दायाँ अनि बायाँले । ३, बर्सेनि बिग्रँदो प्रकृति विचारौँ सकिन्न बाँच्न हेरेर पैसाको भकारी ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, रितुजस्तै छ घाम मुटुमा छोएर गयो बिर्सन नसक्ने नाम । २, विचारले पाक्छ भात अन्छीपनको त्यो शून्यता नेता छोड्छन् हाम्रोसाथ । ३, मेरो देशको नाम नेपालमै फल्छ सुन नेता लागे दाम ।
कृष्ण देउबा, डडेलधुरा, आलिताल २ गाङ्गखेत … १, कसैलाई घृणा नगर्नु हेरेर उनको व्यवहार शब्द राम्रो भर्नु।
गंगाराम यादव, औरावनी २ सुनसरी … १, तिमी हिजोका चल्ला काम भन्दा कुरा बढी गर्छौ हल्ला । २, काम गर्छ कालु जङ्गलमा डुलि हिड्ने मकै खान्छ भालु । ३, भुक्ने कुकुरले टोक्दैन नगर धेरै फुर्ती खानलाई जुङ्गाले रोक्दैन ।
देव कृष्ण काफ्ले, पोखरा १,बगर,कास्की … १, गरिबी भोकायो सहेन जकाएर नाङ्गै भिडमा अर्काको जुठोमा मरेन । २, अर्कैको पोल्टामा जन्मेर झाडीमा पुनर्जन्म लियो मायाको जालमा अन्मेर । ३, उडायो सपना हुरीले परदेश गइ कमाउ रहेन के चुरीफुरीले !
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, आनन्दको समय चोरेर आत्मिक सम्बन्ध गाँसे सौन्दर्यको ढुकुटी फोरेर। २, आँखाको नानीभित्र रमाई भावनालाई भावले अचेट्दै कोमल स्पर्शको रजाइँ। ३, मौनताको पर्दाभित्र अचेटेर कल्पनामा रमाउँदै आज नेत्र स्पर्शमा दपेटेर।
घनश्याम पन्त, हरिवन सर्लाही … १, सत्कर्मका बाटो रोज्नु। सही गलत छुट्याई गन्तव्य आफैँ खोज्नु। २, रोपेर बिरुवा माटोमा मलजल गरी हुर्काउनु पसिना चुहाई पाटोमा। ३, नदेख सपना कोरिया मेहनतको फल मिल्दछ फाँडेर बस खोरिया।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, कमाइन्छ मन्नगे धन श्रम गर्न सकियोस् स्वास्थ्य रहोस् तन। २, मिठो मसिनो राम्रो व्यवहार या बोली रुखो अति चाम्रो। ३, आसमा बस्न नपरोस् बरु पौरखी कर्मलाई सबैले सम्मान गरोस्।
अरुण कुमार भुजेल, गोरू बथान,कालिम्पोङ, भारत … १, जिन्दगी रहने भो बाँचे युगयुगान्तर अनन्तकाल सुन्दर हुने हो । २, प्रेमले बाँच भन्छन् दिलमा दु:ख अनि चोटैचोट पो गन्छन् । ३, सधैँ छाडी जानेलाई फर्क भन्ने छैन जाओस् याद सजाई ।
मनुहाङ किराँती सोलु, महाकुलुङ – ५ … १, देशको कार्यभार उठाउन गर्नु भन्छन् हातेमालो , जनताको साथ पाउन! २, सुकिला लुगा लगाई गर्छु निस्वार्थ सेवा , जनताको घरमा धाई । ३, वाचा पूरा गर्छु के गरूँ एक्लै , जनताको भरमा पर्छु ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, वरिपरि फुल्छ फूल घुमफिर आएर त्यही मेरी भमरोको भुल ! २, सहन चाहिँ सहनु जस्तै परिस्थितिमा पनि हुदैँन भन्छन् कहनु ! ३, आँसुको खोलो बगाइ ढाक्नु पर्दैछ सधैँ कालो चस्मा लगाइ !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, नौ शब्दको कथा कोरौं झिल्का सरर खोली भित्री व्यथा। २, झिल्का साहित्य एक फुर्छन शब्द अनगिन्ती सृजना हुन्छन् अनेक। ३, सृजनशील ती हातहरू बोक्छन् कलम अविछिन्न बिताउँदै अनेक रातहरू।
तोया नाथ चापागाईं, दमक, झापा, नेपाल … १, चिप्लो बोल्न जान्दिनँ ठिक्क अरुको अगाडि बनावटी कुरा मान्दिनँ । २, आफ्नो कर्तव्य छोडिएन अपराध लुकाउन छिपाउन राजनीतिक खोल ओडिएन । ३, मानव भएर बाँचौँ कर्म गरौँ मानवकै समाजमा कीर्ति साँचौँ ।
पारसमणि खतिवडा, सूर्योदय ३ इलाम (हाल सूर्यविनायक भक्तपुर) … १, भाग्यमा लेखेको कुरा टारेर टर्दैन भन्छन् ती अति सुरा। २, कर्म पछिको फल हात फैलायो भने गर्छन् भगवान्ले छल।
कोपिला अधिकारी, सिरानचोक – ७,गोरखा … १, मुहान सुक्दै गयो खडेरी मच्चियो बेस्सरी पानीको हाहाकार भयो | २, आउँछ मन कुँडेर स्वास्थ्यमा समस्या आयो धुलो धुँवा उडेर | ३, जङ्गलमा डढेलो गयो भाग्ने ठाउँ छैन जीवजन्तुको उठीवास भयो |
सरिता सेढाई, धादिङ … १, थाहा छ मलाई नपोलिएको कोहि छैन नकोरेर नै सलाई । २, मै हुँ ठान्नेले टेकेको हुन्न स्वर्ग दन्तेकथा मात्र जान्नेले । ३, किन बोल्यौ दुर्वाच्य? कर्म-धर्म मेरै हो चाहिॅंदैन भाग्य अपाच्य ।
कमला पौडेल … १, दुनियाँ यस्तै रहेछ, राम्रो सोच्दा सोच्दै मन भारी भएछ! २, किन यति साह्रो कहिलेकाहीँ त लाग्छ बाँच्न कति गाह्रो ! ३, राम्रो गर्छु भन्दाभन्दै अप्ठ्यारोमा परिने रहेछ गयो दिन गन्दै!
शोभा आचार्य गौतम, काठमाडौँ … १, मनभरि पीडाको पोको खुसी हुन्छु भन्ने मनमै रह्यो धोको । २, दुःखले झेल्दै गयो कर्मले ठगेर होला आज नसोचेको भयो । ३, अन्तिम निर्णय गर्दैछु नसोध्नु कसैले मलाई केही दिनमै मर्दैछु ।
ललिता गिरी, सिन्धुली … १, हुँदैन भावनामा बहकिएर यथार्थ इतिहास लेखियोस् परिश्रम, लगनशीलले माझिएर। २, इरादालाई फत्ते गर्नुछ दिएको बचन पालनमा सात समुन्द्रसम्म तर्नुछ । ३, फर्किनुपर्छ फेरि दार्जिलिङमा कविताको सेतु लगाउँछु एकोहोरो नहेर्नु मिलिङमा।
दिल ठकुरी टिस्टाभेल्ली दार्जिलिङ … १, खुसीको उपहार झिल्का, सद्भावना सधैँ सङ्गाली मनमुटावहरू सब मिल्का । २, नववर्ष भएछ गर्मी , मौसम भयो निष्ठुर पापी बढे विधर्मी ।
शम्भु गजुरेल, सिन्धुली … १ , भरोसाको बिच बाटोसम्मै लाग्यो ठुलो दिवार टुट्यो भरोसा अचम्मै। २. जिजीबिषामै पर्यो खाडल तमासेहरूको त्यो भिड बज्यो विक्षिप्तताको मादल ।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगा बजार … १, तन काम्यो धामीसरि फूलेको सुवास समीपमा प्रेमिल घमाइलो मनभरि । २, छचल्क्याई सुगन्धले छालहरू मनको घडा भरिएर यौवनका उद्भव तालहरू । ३, स्वप्निल तलाउ खनाएर खहरेझैँ उर्लिएर रुझायो कुनाकाप्चा निथ्रुक्कै बनाएर।
ममता पौडेल, बुढीगङगा-२ , मोरङ … १, युवा बजारमा फालाफाल डलरमा मोलतोल गरी भए नेता मालामाल । २, देशका कथित नेतागण कलङ्कको टीका लगाई जान्छौ कहाँ भन ? ३, कति माग्ने भिक्षा सुन्दर देश नेपालमा चाहिन्छ सीप शिक्षा ।
जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २, बालकोट, भक्तपुर) … १, एकजुट भए बन्नेछ सुन्दर देश विश्वको नेपाल सबले भन्नेछ। २, माया गरौँ देशको संरक्षण गर्नुपर्छ सबले भाषा कला भेषको ३, सगरमाथा शिर हाम्रो कला संस्कृतिमा धनी नेपाल देश राम्रो ।
रुना कर्माचार्य दाहाल, चितवन … १, सम्झाएर बारबार जसलाई कुरा कोटाउॅंदै पैसाको अत्तोपत्तो छ कसलाई ? २, राजा हुनलाई पहिले माग्नुपर्ने हुन्छ भिख कहाँ पाइन्छ अहिले ?
ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम … १, राम्रोसँग सोची बोल नघोच बोली वचनले अशान्तिको नबजाऊ ढोल। २, मनमा मिले शान्ति हर्ष उमङ्ग छाउँदै आउनेछ मुहारमा कान्ति ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५ संगम कोलोनी राधे राधे भक्तपुर। … १, दुई जनाको जन्ती उनी पनि गए, गाउँ ठाउँबाट अन्ती । २, आफ्नो ठाउँमा सान देशमा चिनाउनु हामी, सबैले मिलेर पहिचान । ३, गाउँ समाज हाम्रो सबै मिलेर गर्नु , सधैँ काम राम्रो ।
श्रीकृष्ण धामी – बझाङ … १, पाएनन् प्राणीले बाँच्न आगो सल्कियो जङ्गलमा सकेन पंक्षी नाँच्न। २, फल नौलो बन्यो पाएन ऋतु कुर्न औषधीले दिन गन्यो। ३, देखाए जादुको ऐना मख्ख परे जनता गरे भविष्यको बैना।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, सत्ताको खेल देखेर छक्क पर्दछु आफैँ बस्छु झिल्का लेखेर । २, हिमालपारिको त्यो देशमा युवा पसिना बगाउदै चिनारी आफ्नै भेषमा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४ झापा … १, झारपातहरू उखेल्छिन् आमा बाग सुशोभित बनाउन संरक्षण गर्ने मामा। २, फूलको शोभा हुन्नन् झारपातहरूको संसर्ग भएमा मायाले कसैले छुन्नन्। ३, रातले पर्खने बिहानी विरहीले कात्ने रात भिजेको त्यो सिरानी।
साप्ताहिक झिल्का लेखन अभ्यासको १४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, असफलता सफलता हो जरा खोज्दै जाँदा मेहनत गर्छ जो । २, मूर्तिसम्म बन्न मूर्तिले घनसित ठोकिॅंदै अनगिन्ती सम्पन्नता आउॅंछ फुर्तीले । ३, अनन्त नाम रहिरहन एकजुट चाहिन्छ एकापसमा सफल गोहोमा हिॅंडिरहन ।
म्यामराज राई, भोजपुर … १, साह्रै दु:खको खानी ज्वालामुखी भयो जीवन मन जलेर खरानी ! २, गर्छन् हर्ष बढाइँ हार सुनिश्चित छ व्यर्थै बेतुकको लडाइँ ! ३, फेक्छौ षड्यन्त्रको जालो उज्यालो देखिन्छ अनुहार मन निस्पट्ट कालो !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, सफलता मेहनतले पाइन्छ गरेर नुनको सोझो गुनले गुन लाइन्छ । २, खोलाको पानी धमिलो मनको मैलो पखाल नबनाऊ मन अमिलो । ३, कर्म गरेर देखाऊ झिल्का कविता लेखेर इतिहासमा नाम लेखाऊ ।
बेदु न्यौपाने … १, मनको शान्ति खोज्दैछु हुनसक्छ कसैले हराएको त्यही हुनुपर्छ रोज्दैछु। २, छेउकुना नहेरी नहिॅंडनु अपरिचितको नगर्नु विश्वास दुश्मनसित सोझै नभिडनु । ३, रोजेको केटी बल्लतल्ल भित्राउन सकिनॅं समयमा परिरहेछु अब अलमल्ल ।
दिल ठकुरी, दार्जिलिङ … १, करायो करायो गयो षड्यन्त्र ठाउँको ठाउँ विकास नहुने भयो ! २, तारा सम्झेर हिॅंड जूनसम्म त पुगिएला आफ्नै आलस्यसँग भिड । ३, भयो अब नगरौँ अरूको भर लागेन दिवास्वप्नमा कहिल्यै नपरौँ !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, मलाई गरिबीले भगायो बाध्यता थियो जानु ऋणले परदेश पठायो। २, फर्की आए रमाउँला भत्कियो घर आज नयाँ घर बनाउँला।
सनत रोकाय बिवश, कुशे गापा -८, जाजरकोट … १, असफलताले सिकाउॅंछ पाठ कहिलेकाहीँ त्यस्तो हुँदैमा मान्नु हुन्न उराठ। २, गरौँ असल कर्म केही दुःख पर्दैमा नबिर्सौँ आफ्नो धर्म। ३, देखाऔँ कर्म गरेर बिर्सनु हुन्न आफ्नो के लगिन्छ मरेर।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका, बोस्टन … १, धोकाको सहरमा डुलेछु थाहा नपाई तिम्रो मुटु माझ फुलेछु। २, भावीले लेखेको कर्म आफन्त सबै पराई कसले बुझिदिन्छ मर्म ? ३, नबनाऊ मन खिन्न आजसम्म मैले कसैको सकिनँ मन चिन्न ।
लक्ष्मण देउवा, डोटी … १, हाँस्ने र हसाउँने सबैको मन दुख्छ नगर्नु काम फसाउने। २, खोलिदिन्छ मनको ढोका जीवनभर आएर बस कहिल्यै नदिनु धोका । ३, तिमी मनको राजा दुलही बनाएर लैजाऊ मलाई बजाएर बाजा ।
ललिता गिरी सिन्धुली, हाल काठमाडौं … १, राम्रो काम टिक्दैन खाली देखाउने हो पालिस नलाए बिक्दैन । २, परिश्रम गर्ने हार्दैन निरन्तर कोसिस गरे शत्रुले असर पार्दैन । ३, सुन्दर पहाड मगमगायो लालीगुराँस ढकमक्क फुलेर त्यसैसँग वसन्त छायो ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, आनन्दको उत्सव मनाउन आत्मविश्वास हुनपर्छ आफैँमा आफूलाई उद्यमशील बनाउन । २, बितेर जाने जिन्दगानी सुखदुःख जीवनका पाटा दिनप्रतिदिन बितिरहने जवानी । ३, विगत सम्झेर पछुतो गरिरहन्छन् सबै यहाँ कोही हुँदैनन् अछुतो ।
गुणनिधि घिमिरे अमेरिका … १, बाध्यताले परदेश गयौँ झन् दुःखको रास सधैँलाई मुग्लानी भयौँ। २, मर्दाका छैनन् मलामी बिहेका जन्ती समेत भन्छन् गणतन्त्रविद् हामी। ३, व्यवस्था हेर्दा दिक्दार महॅंगी उस्तै अपराधी फैलियो देशमा भ्रष्टाचार।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, झिल्का कविता लेखन मन भावनाको तालमेल कार्य व्यवस्थाको प्रवर्धन ।
रामशरण गैरे … १, बन्द गर भाषण हैन फोस्रा नारा असल बनाऊ शासन । २, सधैँभरि गफ सुनियो प्रगति आफ्नै गरे, जनतामा भ्रम बुनियो। ३, भएन जनताको काम जसको हातमा पर्यो उसैले पारे झ्वाम।
शंकर कार्की, मकवानपुर … १, उडेको थियो आकाशमा रङ्गीन सपनाहरू बोकेर फर्कियो रातो बाकसमा । २, सपना नदेख साथी यहाँ केवल हुन्छन् भ्रष्ट नेता माथि । ३, सकिन्न केही गर्न हामी सबै हार्यौ सिवाय बाँकी मर्न ।
ध्रुव श्रेष्ठ, खोटाङ, हाल नरेफाँट काठमाडौ … १, भुल्छन् आफ्नो गल्ती एकदम खुसी हुन्छन् अरूको बनाएर चल्ती। २, दाइजो प्रथालाई हटाई शिक्षाको ज्योति दिऔँ छोरीलाई महत्त्व पढाइ । ३, विकासको नाममा भ्रष्टाचार हुनुपर्छ सुशासन देशमा अब नगरून् अत्याचार ।
पृथक प्रकृति ,झापा … १, फूल फुल्छ रङ्गीचङ्गी फलको बोट नभाँचिदेऊ मेरो प्यारो सङ्गी । २, फूलको जीवन उस्तै हामी पनि देखिन्छौँ हेर ! साथी दुरुस्तै । ३, हामी आफैँलाई सच्याऔॅं हामी सबैजना मिलेर फूलको बोटलाई बचाऔॅं ।
सुष्मा मगर रोल्पा, हाल भारतको हिमाचल प्रदेश … १, खानलाई जुँगाले छेक्दैन गर्नलाई इच्छाशक्ति भए वैरीले पाइला टेक्दैन । २, जुट्नुपर्छ कम्मर कसेर फुट्छ मूल विकासको हुँदैन आलस्य बसेर । ३, मनको धोको फेरेर देश बनाउन जुटौँ बन्दैन बाटो हेरेर ।
पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर … १, सपना किन्ने रहरमा जवानी अनि पौरख बेचिन्छ बिरानो सहरमा। २, यहाँ चल्छ हुरीबतास उडाउन गरीबको सपना गाँस बास कपास। ३, प्रकृतिले खसायो असिना सेताम्मे बनायो खेतबारी विध्वंस किसानको पसिना।
बिके मुखिया, दार्जिलिङ, भारत … १, मनको आनन्द खोज्दै दुनियाँ चकित परे बस आँसु रोज्दै । २, हावाको चिसो लहर तिम्रो मिठो माया कस्तो सुन्दर सहर ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, कोही हुन्छ फसाउने आफ्नो स्वार्थको निम्ति साथीलाई दलदलमा भसाउने। २, गाउँघर मात्र चार्ने छैन पुगेन भन्दै मागेर छाक टार्ने । ३, आफ्नो पेट भर्ने सिन्का नसारी बसेर कुरा मात्रै गर्ने ।
मोती सुब्बा दार्जिलिङ निमकी डाँडा … १, विकासका पूर्वाधार बनाऊ जनताको क्षमता हेरेर गर्ने वातावरण जनाऊ। २, ठुलो कुरा गरेका सदनमा बसेर नेताले झुठो आश्वासन छरेका। ३, जनतालाई चाहियो काम मात्र हातमुख जोर्ने अब चाहियो दाम।
कला ढकाल झापा … १, खोज्छौ तिमी कहाँ समृद्धि टाढा छैन प्रेम हुन्छ जहाँ । २, लौ अब आइदेऊ बलियो एकता गाँस्न देशको माया लाइदेऊ ।
प्रेम थापा “मन”, बागलुङ … १, खुसीको यात्रा टाढा कसैको खुसीमा रमाऔॅं प्रेमलीला रहोस् गाढा । २, ऋण नलागे जमानी अरूलाई खोजेर पठायो आखिरमा बनायो कहानी । ३, लिएपछि अरूको तिर्नुहोस् स्याललाई मासु पैँचो इमानदारी भएर फिर्नुहोस् ।
चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ … १, ह्रदयको एक कुनामा सम्झना गर्दै कल्पिरहेछु भएझैँ गरी थुनामा । २, मायामा धूलक थियो कतिले काँडा कतिले उपहारमा फूल दियो। ३, मान्छे यसरी चिन्छन् थाहै नपाई समय सुटुक्क धोका दिन्छन्।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, भाषा प्यारो नेपाली देश अनुसार भेष लेखौँ शब्द समाली । २, अचार गुन्द्रुक मिठो हाम्रो आफ्नै पौरख पकाऔॅं ढिॅंडो पिठो । ३, नेपाली बन्धु हाम्रो सबैलाई प्यारो लाग्ने आफ्नै चलन राम्रो ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, हलुका बतास चल्यो भएन शीतल मन गर्मीले सत्ता ढल्यो ।
नागेन्द्रप्रसाद यादव , दाङ … १, सधैँ मानिस तर्किन्छ किन अनास्था होला ? प्रवचन सुन्दा झर्किन्छ । २, आस्था राख्दा मन कृपा पाइने आशा मृत्युमा जादैन धन । ३, सुविचारमा किन भड्किन्छ ? स्वादिष्ट भोजन खाँदा कहिलेकाहीँ पक्कै सड्किन्छ ।
कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी … १, मिलेन जिन्दगीको हिसाब भेटिनँ संसार खोज्दा सफल हुने किताब !
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, अधिक नगर्नु बात हुँदैन अन्त तृष्णाको जिन्दगी बन्छ घात । २, शब्दको झिल्का जोडेर अभ्यासको निरन्तरता दिनु कृति बन्दछ कोरेर ।
कमला भण्डारी ढकाल … १, लक्ष्य बोकेर हिॅंड्नुपर्छ मिल्दछ अवश्य सफलता दुखसित त भिड्नुपर्छ । २, बोकेर खुसी तनले अवश्य फुल्छ जीवनमा हेर भएर नयाँपनले । ३, हुने छैन दायाँबायाँ साचेर राख्नु बरु मैले दिएको माया।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, आफ्नै श्रममा रमाऊ निरन्तरता देऊ कामलाई श्रमको मूल्य समाऊ । २, अर्काको ईर्ष्या नगर्नु आफैँ कमाउनु सके धेरै तल नझर्नु । ३, व्यावहारिक हुन सिक विश्वास गर श्रममा पैसामा कहिल्यै नबिक ।
देव कृष्ण काफ्ले, पोखरा – १, कास्की … १, ठोक्छन् मूर्तिलाई किन ? बिगार्छन् स्वरूप कलाको सुन्दैनन् अर्ती एकछिन । २, सफलता कहाँ हरायौँ लहर थियो सूचनाको कुन भूगोलमा पलायौँ । ३, एकताको बिऊ रोपौँ विकास हुन्छ देशको द्वन्दलाई सद्धभावले छोपौँ ।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, लालचा धेर पलाउनु यही ठुलाे कारण मन दुखी बनाउनु ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, सुस्केरामा भेट्छु उनलाई सुसेल्छ मन एकान्तले औॅंसीमा देख्छु जूनलाई । २, उभेर बस्दा सङ्घारमा उठ्न थाल्छ तरङ्गहरू दिलभित्रको त्यो जङ्घारमा । ३, कोरिसकेँ तिम्रो चित्र हेर्दा कर्के नजरले तीर लाग्यो मुटुभित्र ।
फूलमनया कुलुङ, सोलुखुम्बु … १, सकिॅंदैन सहन अत्याचार तर छैन हुती भ्रष्टाचारले बनाउॅंछ सरकार।
लोक् वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, जि:- पर्वत … १, रुपियाँको हुन्न जात उसले कुरा बुझ्यो अनि भयो हृदयघात। २, भित्ताहरू त्यतिबेला हाँस्छन् जतिबेला रङ्गीचङ्गी पोस्टहरू उसैको छातीभरि टाँस्छन्। ३, जूनको उज्यालो रातमा शत्रु, मित्र दुवैको विश्वास हुन्न बातमा।
राजनारायण राई, सोनादह दार्जिलिङ … १, भुल्छ हिजोको दुःख वसन्तको प्रेममय स्पर्शले शिशिरमा सुकेको रुख। २, पिर भुलेर हाँस्छ रोपेको उम्रिने विश्वासमा सबैसँग प्रीति गाँस्छ। ३, बगेको खोला फर्कॅंदैन बुझ्नु पर्दछ कुरा समयले कहिल्यै पर्खँदैन।
अरुण कुमार भुजेल, गोरू बथान, कालिम्पोङ,भारत। … १, कसले देख्दैन भन? सहरमा अलेख भएको भ्रष्टहरूको कालो धन l २, देश नितारे लुछेर निमुखाले छाक टार्छन् नुनिलो आँसुले मुछेर l ३, परिश्रम गर्नेले हार्दैन बस्ला बरु भोकभोकै जिउने आशा मार्दैन l
बाबुराम गौतम, गुल्मी … १, छैन कसैको भर हुनुपर्छ आफू सही लाग्दैन कसैको डर । २, बिजोक देशको हाल हाम्रो नेताको भने बेग्लै छ चाल ।
अनिता भण्डारी ताप्लेजुङ … १, गर्दिन कसैले भन्दैनन् पर पन्छिन्छन् सबै परेको बेला गन्दैनन् । २, हजुरको गजुर लाउँदै गरिबको जिन्दगी बित्छ दुष्टकै पछि धाउँदै । ३, सधैँ दुःख गर्छन् छ बत्तीको पुतलीजस्तै खुसी खोज्दै मर्छन् !
विवश पारदर्शी, झापा, … १, आदर्श सिद्धान्त मुल्य सत्तामा च्याँखे दाउ छ विकास मृतकतुल्य। २, भन्ने मन थियो भ्रष्टको कालो धन अकुत बजारमा देखियो । ३, मान र अपमान नेताको जुङ्गा लडाइँ गर्दै ह्विपले कमान ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, समयले साथ पाएको बहाना खोज्नु पर्दैन मनले माया लाएको। २, सभ्यताको बाटो खनोस् पुरुषोत्तम समाजको युवामा अब रामजस्तै बनोस् । ३, खहरेको जस्तै लाग्छ जीवनको भेल पनि ओर्लिने डर जाग्छ।
बिकास छेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ … १, मिल्छ धारण गर्न जब पवित्र मनले त्यसको नाम धर्म २, शान्त जसको मन दुःख पीडा दर्दमा त्यही उसको धन। ३, सन्तोषी उही भयो सक्यो चित्त बुझाउन असन्तुष्टि जिउँदै गयो।
घनश्याम पन्त … १, छोटो र मिठो देखा पर्यो भर्खँरै झिल्का रुपी ठिटो । २, बस्यो कस्तो घिडघिडो लेख्न मन हुन्छ झिल्का अझै छिटछिटो । ३ हेर्दैर्छु म पलपल , देखाउॅंदो रहेछ झिल्काले समाजको तस्विर झलमल ।
दीपा समभाव, खोटाङ्ग … १, कसैले नभनी तपाईॅं सोच विचार गरी नबनौँ आफैँ मपाईॅं २, बुझेर अरुको मर्म सेवा गर्न सके हुनेछ मानव धर्म । ३, भएर असल पात्र फेरौँ मुहार देशको होइन आफ्नो मात्र ।
जयनारायण नेपाल, इलाम हाल भक्तपुर । … १, माटो छ राम्रो बाली हुन्छ त्यहाँ नभए हुन्थ्यो चाम्रो । २, के भनौँ कसलाई सबै राम्रै छ जस दिउँ उसलाई । ३, माटोमा फुलेको फूल कोपिला चुँडेर कसैले नगरौँ यस्तो भुल ।
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, अचुक औषधीमा गनेका करेला दैनिक खाऔॅं डाक्टरले छन् भनेका । २, तितो मुख पार्छ उच्च प्रेसर भएको बिस्तारै तल सार्छ । ३, धेरै हटाउँछ रोग फाल्छ बिमार जरैदेखि हटेर जान्छ शोक ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल … १, धेरै काम हाम्रो हामी मिलेर गर्नुपर्ने देशको सेवा राम्रो । २, लाली लगाएको ओठ गाउँघरमा सधैं किसानले , भैँसी पालेको गोठ। ३, सेवा हामीले गर्नु राम्रो काम गरेर , देशमा भोलि मर्नु ।
कृष्ण धामी – बझाङ … १, बुझेर गर्नु मतदान सित्तैमा पायो भनी नजानु भोज खान । २, विचार व्यवहार हेर हाम्रो होइन राम्रो छानेमा जाँदैन खेर ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १ , आउॅंछ बोक्रो ओढेर चिन्नै नसक्ने गरी लान्छ धोक्रो भरेर। २ , आफ्नै लासको मलामी जाउँ कसरी भनिदेऊ ? नगरौँ दुष्टको सलामी।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा -१४ साँगा बजार … १, उखुजस्तै होस् साथी कुभलो नचिताऊ कसैलाई छन् भगवान् माथि । २, चप्पलको सम्बन्ध जसरी छिटाले हान्दै गर्दा रहन्छ सम्झना सधैँभरि। ३, तलुवा बन्नु भएन पीडाले छोड्दा पनि दु:खले कहिल्यै छोडेन ।
केन्टरमेश क्षेत्रीय, रोल्पा … १, चुनावमा हात जोड्छौ सिध्याएर देशको ढुकुटी मातृभूमि पक्कै छोड्छौ । २, अस्ति साख्खै थियौ जेब गरम भएपछि साख्खैको ज्यान लियौ । ३, एक बोतल सुरापान अघिल्लो रात मतदानको देश डुब्यो जान।
हिरालाल न्यौपाने, सल्यान कोटमौला … १, ईश्वर श्रृष्टि मानव त्यागौँ हत्या हिंसा नबनौँ कवै दानव। २, जिन्दगी उकाली ओराली उतारचढाव जरुर आउँछ गन्तव्य विश्राम चौतारी। ३, हातका मैला धनमा नगरौँ लोभ कहिल्यै सन्तोष राखौँ मनमा।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल। … १, कुम्भ मेला हेरियो , धर्म तिर लागेर दिमाग पनि फेरियो । २, मरेर जाने चोला बाँच्नु पर्छ हाँसेर जिन्दगी यस्तै होला ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा … १, झुल्किनन् आज सविता कामले फुर्सदै छैन लेख्दिन झिल्का कविता । २, लोभी छु चाहनाको शब्द मात्र थुपार्दछु गरिब छु भावनाको । ३, लाग्दैछ मूर्खको मेला मलाई नबोलाऊ तिमी होस् उडेको बेला ।
ऋजु दिल्पाली इटहरी १ सुनसरी … १, अनुहारमा भुतुक्कै नहुनु व्यावहारिक, संस्कारित हुनुपर्छ विषाक्त चिजलाई नछुनु । २, सुखमा कति मातेको ? भोलिको विचार नगरी लगायौ कपडा फाटेको । ३, भएछौ तिमी हरामी स्वार्थ पुगेछ क्यारे दु:ख भोग्ने हामी ।
राजेश्वरी राजोपाध्याय, ललितपुर … १, रमाइलो मान्नु परेन संसार देखेर दुःखीको गरिबीले खोलो तरेन । २, सम्पत्ति बढेर भागेछ मुलुक सुन्दर पहाडी जङ्गल डडेलो लागेछ । ३, सुन्दर रङ्गीन सन्सार आँधीबेरी चल्यो यसरी खाली पारेछन भन्सार ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, बनाएर सानो घर ढुङ्गाको अनि माटोकोझैँ त्यही घरको भर ! २, चौतारीमा पिपल छाया चलेको सिरसिरे बतास अमर मुटुभित्र माया ! ३, मरुभूमिको तातो बगर मनमा अतृप्त तृष्णा बगरले हेरेको सगर !