“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय छब्बिसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२६—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/०१ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अरु सुखले बसेको देख्छन् यहाँ। सम्झाउँदा नि डसेको देख्छन् यहाँ। राम्रो गर्दा नराम्रो देख्ने मान्छे हुन् खुसीमा आँसु खसेको देख्छन् यहाँ। बाध्यताले नै कसेको देख्छन् यहाँ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ अन्याय र अत्याचारमा मर्नु हुन्न, दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न। समाजमा विकृति आएको छ यस्तो , आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न, फेसनको नाम इज्जत हर्नु हुन्न।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३ अति भयो केही त कुरा बोल न त्यो मनमा के छ अब त खोल न पक्कै मुटु छ ढुङ्गा त छैन माया कहिलेकाँही त मिठास घोल न कति हार्छौ तिमी प्रेमले गोल न। -शोभा आचार्य गौतम काठमाडौँ पञ्चाङ्ग:०४ अब त अतिनै भो बोल्नु पर्छ मन भित्रका बह खोल्नु पर्छ भन्दै नभनेमा के थाहा हुन्छ , बिस्तारै मनोभाव छोल्नु पर्छ घात गर्नेलाई त पोल्नु पर्छ ।। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५ भन्दैछ शिशिरले खुसी हुँदै म आएको छु । जनजीवन तर्साउँदै सर्वत्र छाएको छु। मेरो हाे साम्राज्य यहाँ के काे कमि छ र म मा ? आजभोलि पानी हैन सक्दाे हिउँ खाएको छु बृद्ध, बाल , कमजोरलाई ङ्याक्न पाएकाे छु।
भवानी घिमिरे सर्लाही ।
ॐ पञ्चाङ्ग:०६ इमान जमान व्यवहारमा मूल भै गिरेकाे साथी जनतामा जताततै समस्या शूल भै पिरेकाे साथी जालझेल राजनैतिक खेल सप्रिएकाे छ हजुर विधिसम्मत व्यवस्था नचल्दा भुल भै तिरेको साथी नेता उपाधि लामखुट्टे पात्लाे झुल भै छिरेको साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग :०७ प्राण हुनेको एक दिन हरण पक्कै थाहा हुन्न पाइने नयाँ वरण पक्कै सुकर्म गरौं फलको चिन्ता होला किन ? सेवामा समर्पित प्रभु चरण पक्कै आत्मा शान्ति तन प्रभुको शरण पक्कै। कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
👉पञ्चाङ्:०८ भाँजो पार्ने झिँजामिजा जिलाएर आऊ गर्न सक्ने सबैकुरा मिलाएर आऊ सफलताको योग फेरि फेरि आउँदैन जोडजाड टुक्राटाक्रि सिलाएर आऊ यथार्थले झूटलाई बिलाएर आऊ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०९ जति दियो नि उति नै पाइन्छ माया मागेर हैन दिएर लाइन्छ माया न अपेक्षा हुन्छ न त स्वार्थ भेटिन्छ बरु आफ्नै बलि पो चढाइन्छ माया खानु परे बिष आफैं खाइन्छ माया। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१० तिमी पिउने पानी बन्नु प्रिया। मेरो आँखाको नानी बन्नु प्रिया। जीवन राम्रो गरि बिताउन, सधैं मायाको खानी बन्नु प्रिया दुष्टको लागि हानी बन्नु प्रिया। ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०८/२७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०८[एकसयआठऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ आँखाबाट आँसु झरेको छ। भाग्यले अन्याय गरेको छ। जिन्दगी कसरी बिताउने, हृदयमा चोट परेको छ। बसाई अन्यत्र सरेको छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ यो जिन्दगीले सबैलाई हँसाएर छोड्यो कसैले त आँखाको आँसु खसाएर छोड्यो माल पाई चाल नपाउनेलाई के थाहा ? आँखाबाट झरी गालामा घसाएर छोड्यो मर्म नबुझी नयाँ घर बसाएर छोड्यो । -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३ मुस्कान छ ओठमा परेलीमा आँसु तिर्खाएको मन छ बरेलीमा आँसु हाँसो छ आधा,आधा बोल्दछ रोदन बसेकी छिन् प्यासले तरेलीमा आँसु नदि वेग झरेका करेलीमा आँसु।
होमप्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०४
आँखाबाट आँसु झरिरहेछ किन यो मनमा पिर परिरहेछ किन जति मन बुझाउँदा पनि नबुझ्ने धैर्यता र शान्ति हरिरहेछ किन अशान्तिले डेरा गरिरहेछ किन। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०५
जिन्दगी कहिले नुहेर बित्ने रहेछ, आँसुले परेली चुहेर बित्ने रहेछ। मनमा आदि हाँसो छ आदि रोदन छ, किन सबै सामु तुहेर बित्ने रहेछ ? अन्ध विश्वासले कुहेर बित्ने रहेछ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग :०६
आँखाबाट बलिन्द्र आँसु झरेकाे पत्तो भएन भाग्यले जीवनमा दुःख छरेकाे पत्ताे भएन जिन्दगीमा जिउँन सजिलो कहाँ छ र त्यत्तिकै हृदयकाे भित्रमा चाेट परेकाे पत्तो भएन उकाली र ओरालीहरू गरेको पत्तो भएन
नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । ॐ पञ्चाङ्ग:०७
जीवन आँसु र हाँसाेकाे पाेका रहेछ प्रिया याैवन आखिर प्रेमकाे ढाेका रहेछ प्रिया सुख र दु:ख जीवनकाे एउटा चक्र रैछ अल्लारेपन जीवनकाे धाेका रहेछ प्रिया जिन्दगी अनन्त मान्छेकाे खाेका रहेछ प्रिया । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
,पञ्चाङ्ग:०८ आँसु खसालि समाधान गर्ने आश्वासन एकोहोरो मायाले मुटु भर्ने आश्वासन त्यो भावनासरि आँसुको मूल्य नबुझ्दा पीडित भइ बाँच्ने आशा मर्ने आश्वासन कति टिक्ला र पर-पर सर्ने आश्वासन ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०९
तिम्रो आँखाको नानीमै म त बसेको थिएँ बेला मौका हेरि मनभित्रै पसेको थिएँ भागी नजाउ है भन्दाभन्दै पनि तिमीले तिम्रो त्यो आँसुको थोपासँगै खसेको थिएँ तिम्रो मायालाई त मुटुमै कसेको थिएँ। -पशपती राई खोटाङ
पञ्चाङ्ग:१० खै कहाँ के छाेयौ थाहा छैन मलाई । किन तिमी राेयौ थाहा छैन मलाई । बर्षाकाे मेघ झैँ आँखामा देख्छु आँसु , कुन पाप धाेयौ थाहा छैन मलाई । कस्तो पिडा फाेयौ थाहा छैन मलाई ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय पच्चीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२५—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०८/२४ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अधर्मीको नाश हुनेछ। सडकको गाँस हुनेछ। लिन्छौं कति पापको घडा, रोगको नै रास हुनेछ। नर्कतिर बास हुनेछ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ धोका दियो उस्ले मागेर हात मेरो, आँखामा निद्रा छैन लुट्यो रात मेरो। पीडा भएपछि मान्छे कठोर हुन्छ, भनेर हिड्छ रे मिलेन जात मेरो। खुसी चोर्यो के आउँछ प्रभात मेरो।
-दुर्गा आचार्य मोरङ
ॐ पञ्चङ्ग:०३ समाज सुन्दर फुलबारी भए सबैमा सदाचार अहाे अहंभाव दिनानुदिन बढायो सबैमा बदाचार अहाे जीवनमा सर्वश्रेष्ठ भए मनुष्य बुद्धिकाे नै हाे कारण भेदबुद्बि माैलाएर हरक्षेत्रमा बढ्यो लदाचार अहाे यही रीतिले देशमा बन्दैन समृद्धिकाे खदाचार अहाे । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-:०४ विदेश नगएर कहाँ जाऔं जमाना पैसाकै आयो हजुर सुका मानाको घिउ आधुनिकताले हजारमा खायो हजुर माग बढेको बढ्यै छोराछोरीको धान्नै नसकिने गरि हेर्नोस् बीस मुरी कोदो बेचेको बल्ल यौटा मोबाइल पायो हजुर यसैले त खेती छाडेर सबैले विदेश तिरै धायो हजुर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ दु:खले नै दु:ख दियो यहाँ भाग्य खोस्यो ज्यान लियो यहाँ आँखाहरू साथ खोज्दै थाके ढल्यो जिन्दगीको मियो यहाँ तड्पियो दुखेर हियो यहाँ । प्रभा पञ्चाङ्ग:०६ देख्दा हिराे छौ पढ्न जिराे छौ सिङ्गो नभइ आधा चिराे छौ कडा पिरो छौ । भवानी घिमिरे
पञ्चाङ्ग:०८ पीडा दिनेले सधैं दिएकै छन्। बदला लिनेले नि लिएकै छन्। देखावटी नाटक गर्छौं किन, जिउनेले एक्लै नि जिएकै छन्। पीडा भुल्न सराव पिएकै छन्। -ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय चौविसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२४—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०८/१७ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो। जिन्दगी केवल दुईचार दिनको नैं घाम छाया हो। घटिया व्यवहार देखाउने काम दुश्मनले हो गर्ने, मन मिल्ने मान्छे टाढा रहे पनि हुने दायाँ बायाँ हो। जो देखाउन मात्रै खोज्छ त्यो जाडोमा आउने चाया हो। -सुशीला पौडेल
ॐ पञ्चाङ्ग:०२ आज खै किन हाे सृजना आइनन् मित्र भावनाले मधुुर गीत गाइनन् मित्र खल्लो खल्लाे अनुभव गर्दैछु हजुर धेरै भयाे गीता नि यता छाइनन् मित्र रात धेरै बित्यो रजनी धाइनन् मित्र । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०३ सारा कष्ट बिर्साउने नानी तिमी डल्लु मान्छे सबै बुझ्ने ज्ञानी तिमी मन मुटु भित्र बसेको मान्छे हौ, सावाँ भन्दा ब्याज प्यारो सानी तिमी मुहारमा मुस्कानको खानी तिमी । -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४ आफ्नो चिन्तनहरूलाई फाटेको खल्तीमा राखेको राम्रो घरभित्रको कचिङ्गल छाँटेको खल्तीमा राखेको राम्रो सत्य कुरा उही हो ‘यो संसारमा कोही पनि पूर्ण छैन’ त्यसैले नचाहिने भ्रम ढाँटेको खल्तीमा राखेको राम्रो सहमत हुने मन्तव्य आँटेको खल्तीमा राखेको राम्रो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५ हिजोआज घरको कुरा पनि संजालमै हालेका छन् घरमा बस्तु पाल्न छाडे मनमा गोमन पालेका छन् सामाजिक सद्भाव र सहिष्णुता त कता हरायो खै भेटेर बोल्न छाडे संजालमै फणा मार्न थालेका छन् एकले अर्कोलाई डस्नको लागि कदम चालेका छन् । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ पाउनु माया लाउनु माया धाउनु माया हो टाढा भए नी झल्झली झल्को आउनु माया हो घामछायाँ हो यो जिन्दगानी पानीको फोका झैँ यो मन भित्र त्यो मन बस्न पाउनु माया हो निस्वार्थ प्रेम सम्झेर प्रीति लाउनु माया हो -गुणनिधि घिमिरे अमेरिका।
पञ्चाङ्ग:०७ हल्लियाे पात भाइ मान्छेकाे जात भाइ दाेषकाे थुप्रो छ है अनन्त खात भाइ खाेज्दैछौ रात भाइ । भवानी घिमिरे
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचारऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०७/२९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०४ [एकसयचारऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~
पञ्चाङ्ग:०१ सुन्दर फूलहरू फुलेका छन् यहाँ। सुन्दरतामा डाली झुलेका छन् यहाँ साैन्दर्य सुगन्धले माेहित भएर, कति भमराहरू डुलेका छन् यहाँ। सबैका मन रम्दै भुलेका छन् यहाँ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ आहा कति सुन्दर छ फूल यो कोपिला टिप्ने नगरौ भूल यो प्रकृतिको सौन्दर्य नबिगारौँ प्रभुकै पगपगका धूल यो अमृत झैं जल हुने मूल यो। कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०३ हजारौं राम्रा भएपनि यौटा भुल हेर्छ दुनियाँले यहाँ देख्दैन हिलोमा छ बोट फूल हेर्छ दुनियाँले निर्दोष माछाका भुराहरुलाई पनि माफी दिदैन भरेलाई तरकारी बनाउन झुल हेर्छ दुनियाँले होस् कुकर्मै भवसागर तर्ने पुल हेर्छ दुनियाँले। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०४ वास्नादार फूलले तानेको मन भन्छु । आफैंले कमाएको सुपथ धन भन्छु । दिगो हुन्छ सबैले सिकाउनु जहिल्यै , पर्दैन आफ्नो संस्कार अनि पन भन्छु । प्रतिकूलमा सम हुन्छन् ज्ञानी जन भन्छु ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग०४
छिर्केमिर्के पुतली तस्तो रहेछ। यसको बास्ना मिठो कस्तो रहेछ। थरीथरीका त फूल रहेछ्न् यहाँ , हेर्दा खेरि अचम्म सस्तो रहेछ। सेतो र पहेँलो पनि जस्तो रहेछ ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०५
आहा !क्या राम्रो प्रकृतिले दिएको फूल देखे मैले टपक्क टिप्नलाई थपिँदै जाने हुल देखे मैले। कुन्नि अरुको कदर गर्न नजान्नेले यसो गर्छन् ? अरुको करेसा बारीको टिप्नु त भुल देखे मैले। त्यसैले सम्बन्ध नबिगार्न सानो पुल देखे मैले।
दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०६ आहा!प्रकृतिले दिएको सुन्दर फूल रहेछ फूलमै झुलिरहने माहुरीकाे हुल रहेछ याे प्रकृतिको छटा पनि कस्तो हुन्छ अचम्मको ! फूलबारी नै बिगारी फूल टिप्नु भुल रहेछ फूलले शाेभा दिनु सुन्दरताकाे मुल रहेछ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एक्काइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२१ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/२६ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ जिन्दगी खास बनाउनु छ। सुन्दर बास बनाउनु छ। सोचे अनुसार हुन्छ जीवन, खुशीको रास बनाउनु छ। सबैको आस बनाउनु छ। सुशीला पाैडेल ॐ पञ्चाङ्ग:०२
सबैको आकर्षणमा पर्छ सत्ताकाे साँचो प्रभु जनसाधारणलाई नुनतेलकाे खाँचो प्रभु पद विचराे एउटा मात्र के गर्नु खै हजुर पालैपालो सरकार बनेर हान्ने भाँचाे प्रभु रत्तिभर चिन्ता छैन जनकाे भर्न फाँचाे प्रभु । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०३ उदेकलाग्दो वचन गरेर गइन् द्वयाभासको छलीमा परेर गइन् समयले साथ दिएन, दोष गरी अर्कै हातको सिउँदो भरेर गइन् मेरालागि सधैँ उनी मरेर गइन् ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०४
यहाँ जस्लाई आफ्नु सम्झेँ पनि टुटेको देखिन्छ , खाएर बाचा र कसम फेरि छुटेको देखिन्छ। माया पाउन पनि भाग्य चाहिदो रहेछ क्यारे, कतिको त भाग्य आफैंले गर्दा फुटेको देखिन्छ , लहैलहैमा फकिदा सर्वश्व लुटेको देखिन्छ ।
दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०५ टाढैबाट मन बुझाउनुछ हेरेर मात्र मनको बह कापीको पानामा केरेर मात्र कोशिश गर्नै पर्यो प्राप्त गर्न नसके पनि, मन जित्न सकिंदैन है लुगा फेरेर मात्र भाग्यमा नभए हुँदैन रेखा घेरेर मात्र ।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०६ समय समयमा आउने संस्कृति मान्नु राम्रो, हरेक पर्वको महत्त्व विविधता जान्नु राम्रो जातीयता अनुसार परम्परामा रमाएर आफ्नो संस्कार संस्कृति धर्म धान्नु राम्रो धार्मिक गतिविधि अत्यन्त सुन्दर ठान्नु राम्रो । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०७ अर्को खाटमा सर्न खोज्दा झुलले छेक्यो काँढालाई फालौँ भनेको फूलले छेक्यो के लेखेको भावीले यो मेरो निधारमा — धेरै टाढाको देख्नलाई तुलले छेक्यो तिमीसँग ~~ बिहे गरौँ त मूलले छेक्यो ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८ सधैं अर्काकै लागि मात्रै कति नाच्नु जीवन आफूले आफूलाई नि कहिले जाँच्नु जीवन दुइदिन मात्र बाँचे पनि अर्थपूर्ण बाँचौ आखिर एकदिन मर्ने हो के साँच्नु जीवन अरे दिनैपिच्छे मरेर कति बाँच्नु जीवन । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०९ गजबको याे संसार छ अनेकौँ अनेक चिताउँछ मान्छेले । बल गरी काेहीलाई हराइ काेहीलाई जिताउँछ मान्छेले । आकाश पाताल मन डुलाउँछ जवानीमा खुबै गरेँ भन्दै, के के न गरेको भन्दै थियाे मात्रै जीवन बिताउँछ मान्छेले । समयको चङ्गुलमा परी हाे आफैंलाई रित्याउँछ मान्छेले ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:१० पर्वै पर्वको गर्भ भित्र पो बसेको छ मान्छे धर्म र कर्मको रसदमा फसेको छ मान्छे के हो सही के हो गल्ती सबै बुझेरै पनि त आफैँसँग पटक पटक खसेको छ मान्छे कसरी त्यो रागको हिलोमा पसेको छ मान्छे। प्रभा
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय बीसौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२० —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/१९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग::०१ जल्नेहरुको मन जलिरहोस् यहाँ। मेरो पाइला सधैं चलिरहोस् यहाँ। दुष्ट अरूको प्रगतिमा जल्दै गरून्, प्रगतिको दीपक बलिरहोस् यहाँ। डाह गर्नेको मन गलिरहोस् यहाँ। सुशीला पाैडेल
पञ्चाङ्ग:०२ दीप बालेर भएपनि जगाउने मन छ खराब आचरण सबै भगाउने मन छ तिमी आफै भनिदेउ अब म के गरौँ प्रिय, दुख पर सारेर सुख मगाउने मन छ गलामा गहनाको प्रेम लगाउने मन छ।
होमप्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०३ सुख खोजेको दुख मिल्यो हात चाहेको मुख मिल्यो कसरी चित्त बुझाउनु, फल बिनाको रुख मिल्यो धर्ती छोडेसी सुख मिल्यो।। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०४ खरानीलाई आगाेकाे के डर साहेब बाेलीकाे ठेगान छैन के भर साहेब शब्द प्रयाेगमा लगाम छैन , मुरारि ? फेरि नेता बन्ने कस्ताे रहर साहेब उमेर कट्या छ सत्तरी पर साहेब । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०५ आशा त गरेको थिएँ फूल हजुर पेटमा पसी निस्कियो शुल हजुर आशा र भरोसा भन्ने मात्र रहेछ , खान त खोजेको पानी मुल हजुर नसोची खाएछु भयो भुल हजुर ।।
धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०६ दुःख सुखका भइ दिने अनेकौ रङ्ग छन् सन्तोषी बन्ने प्रार्थना गरौँ प्रभु सङ्ग छन् परमात्मा शिवजीको मनले गरौं भक्ति पश्चिमा सभ्यता चलनले सबै दङ्ग छन् दिव्य ज्ञानी बन्न संसारमा पर्ने ढङ्ग छन् । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
पञ्चाङ्ग:०७ घरीघरी सोधिरहन्छ काँडाले जीउँदै छ कि मर्यो भनेर यदि जिउँदै भए भन्दैछ गाउँ बेसी धाउनु पर्यो भनेर दु:खलाई कतिको सहन गर्दो रैछ भनेर त घोचिदिन्छ मरेको चुपचाप बस्छ जिउँदोलाई सोध्छ के गर्यो भनेर गरेको कर्म असल भए जान्नु भवसागर तर्यो भनेर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०८ पीडा दिनेले सधैं दिएकै छन्। बदला लिनेले नि लिएकै छन्। देखावटी नाटक गर्छौं किन, जिउनेले एक्लै नि जिएकै छन्। पीडा भुल्न सराव पिएकै छन्। ह्यारिस
पञ्चाङ्ग:०९ प्रवासमा तिहार कस्तो हुँदै होला दाजु र बहिनीको मन रुँदै होला यस्तो हालतमा पुर्याउने मान्छेले पक्कै पनि रक्सीले मुख धुँदै होला आन्द्रा र भुँडीमा रोगले छुँदै होला /
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय तीनऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०७/२२ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०३[एकसयतीनऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ हरियाली वन देखिएको छ। फूल राम्रो झन देखिएको छ फूल कसलाई मन् पर्दैन र? सुन्दरमा मन देखिएको छ। श्रमिकमा धन देखिएको। सुशीला पौडेल
पञ्चाङ्ग:०२ देखिएको हरियाली वन छ । त्यसै भित्र फूलहरु झन छ । सम्झी के गर्नु फूलैको संसार , गुलाबको फूलमै यो मन छ । इलम गरे यसैमा धन छ । धनमाया चौधरी कैलाली पञ्चाङ्ग:०३ गुलाब फूल जस्तै फूल्न मन छ। म यसैको साथमा खुल्न मन छ। आहा सुन्दर रमणिय ठाउँमा, सधैंभरि मलाई झुल्न मन छ। यही फूलमा सधैं भुल्न मन छ। ह्यारिस पञ्चाङ्ग:०४ सबैको मन यहाँ रमाउँछ फूल फुलेको देखेपछि भमरा पनि त डुल्न आउँछ फूल फुलेको देखेपछि आखिर फूल फूलमै आँखा डुल्दो रहेछ यहाँ सबैको वनचरी पनि बल्ल गाउँछ फूल फुलेको देखेपछि सारा प्रकृतिले माया लाउँछ फूल फुलेको देखेपछि। -पशपती राई खोटाङ
पञ्चाङ्ग:०५ थुँगा थुँगा मिलेर माला बने जस्तै धान रोपी धानको बाला फले जस्तै सजिन्छन् फूल नयाँ सुन्दर ढाँचामा , हातमा लिइ शिव नाम जपे जस्तै उज्यालोले अँध्यारो डाला भरे जस्तै सुस्मिता अधिकारी ,काठमाडौँ
पञ्चाङ्ग:०६ हरियाली परेको बीच फुल देखिएछ । दुई फाँटको त्यो माझमा झुल देखिएछ। सुन्दर रुपको फुललाई हेरेर बसौँ , ढकमक्क फुलेको राम्रो कुल देखिएछ। हेर्दाहेर्दै आँखा भित्र त राहुल देखिएछ । ✍️ बेदु न्यौपाने 🌹🌹
पञ्चाङ्ग:०७ कति सुन्दर फुलेको फूल त्यहाँ थुँगा मिलेर बनेको झुल त्यहाँ, कति राम्रो संगठन त्यो फूलको, बिगार्न नलागोस् कुनै धुल त्यहाँ, भमरा नि डुल्दैँ होलान् हुल त्यहाँ । शोभा आचार्य गौतम काठमाडौँ
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय उन्नाइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११९ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/१२ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ शान्तिको दीपलाई जगाउनु पर्छ। अबदेखि अशान्ति भगाउनु पर्छ। गरिबी र बेरोजगारी अन्त्य गर्न, सारा नेपालीलाई मगाउनु पर्छ। दुष्ट आत्मा ठेगान लगाउनु पर्छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ सुकर्म धर्म तर किन भुलिएकोछ आज कुकर्मले संसार यहाँ चुलिएकोछ आज साहसले अप्ठ्यारोमा सिकाउँदछ हिड्न प्रभु जाप सबैका लागि खुलिएकोछ आज प्रभु कृपाले उपवन फुलिएकोछ आज । कार्की डिबी माकुम सुनवल-४, नवलपरासी पञ्चाङ्ग:०३ हरेक ब्यक्तिको आ-आफ्नो उडान हुन्छ राम्रो उत्पादन गर्न सके सान हुन्छ स्वास्थ नै धन हो मूलनारा अँगाल्दै ठाउँ अनुसार सबैको सम्मान हुन्छ सबै भित्र कुनै कला सीप ज्ञान हुन्छ । धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४ अचेल हरेक चिजको मूल्य बढ्यो भन्छन् बिहान बेलुका त्यै समाचार पढ्यो भन्छन् नोट मात्रै छापे नया हजार हजारका पुरानो मूल्यमान्यता त सबै डढ्यो भन्छन् अमूल्य वस्तुमाथि पनि मूल्य चढ्यो भन्छन् । -पशपती राई खोटाङ
पञ्चाङ्ग:०५ बिना आगो बेगर मानव मुटु जल्छ कसरी, परिवार साथ बेगर जीवन चल्छ कसरी । बाति, तेल बेगर दियो बलेको देखेको छर? त्यसैले परिश्रम बेगर बाली फल्छ कसरी जग दह्रो भए फेरि माथि तला ढल्छ कसरी ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग;०६ “”””””””” देखियाे सबैकाे मजबुर रहेछ ताइँ प्रियवर स्पष्ट भयाे है साँचाे त्याे रहेछ अन्त काइँ प्रियवर सिद्धान्त आदर्श जलेर खरानी भएकाे छ सारथी चलेकाे जताततै बेथितिकाे मात्र दाइँ प्रियवर जनले खाेजेकाे केवल सुशासन चाइँ प्रियवर । प्रद्युम्न चालिसे
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय अठारौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११८ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०७/०५ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :-अनिवार्य
पञ्चाङ्ग:०१ अदृश्य रूपी मनमा चोटहरू अनगिन्ती छन्। लगाएका आरोपका खोटहरु अनगिन्ती छन्। सँगै बसे हिँडे,खाए भन्दैमा बिर्सियो नसोच्नु, पाइलै पिच्छे चोरेका नोटहरु अनगिन्ती छ। धारिला वचन वाणका बोटहरू अनगिन्ती छन्। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ यौटा फूल देवताको पाउमा चढाउँला अर्को फूल प्रियसीको नाउँमा चढाउॅला बगैॅचाका बोट पनि उखेलेर फालेछन्, बीउ पाए उखेलेको ठाउँमा चढाउँला डाॅडापारी बादलुको गाउँमा चढाउँला। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३ आफ्नो मनलाई आफैं सँग ढाट्नु परेको छ देश छोडेर अन्य डाँडा काट्नु परेको छ। पारिवारिक समस्याको बाध्यताले गर्दा, बैँस जोस परदेशमै साट्नु परेको छ, पैसाको लागि गाह्रो काम आँट्नु परेको छ।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ जति मादल ठोकेपनि समयलाई नचाउन सकिन बितेर भूत बन्यो आफैं उ इतिहास रचाउन सकिन हिजो यही समयमा हाँसेर माया गाँसियो आज नासियो कस्तो माया रहेछ यो मैले त पहिल्यै जचाँउन सकिन टुट्यो सम्बन्ध म बच्चाले रोएर पनि बचाउन सकिन। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ कामको परेको रैछ चटारो यहाँ त्यसै माथि कसैको छ झटारो यहाँ अरुको भलो सोच्ने त दुनियाँ छैन साथ नदिएको गाडी खटारो यहाँ होडबाजी गर्नेको छ लटारो यहाँ ।।
धनमाया चौधरी कैलाली पञ्चाङ्ग:०६ अनगिन्ती सपना बोकेर यहाँ। माया प्रेम दिलमा तोकेर यहाँ। प्रेमील संसार सजाउनु पर्छ, आफ्नाे प्याराे मायालु रोकेर यहाँ। बनाउनुछ छाती ठाेकेर यहाँ। -ह्यारिस
पञ्चाङ्ग:०७ “”””””””” सत्तामा मात्र माथापाच्ची गर्नुमा नै नाइकेकाे काम हुन्छ हिँड्न मनग्गे संख्या जुटाउन गाउँघर ठूलै नै धाम हुन्छ विश्वास हरायाे धेरै ढाँट्याै , निष्कर्ष संयुक्त उम्मेदवार हाम्राे साझा चिन्हमा चट्ट भाेट झारेर सत्तामा खाम हुन्छ अन्तिम निष्कर्ष पनि फेल भयाे छैन नि जाने ठाम हुन्छ । प्रधुम्न चालिसे