साताका उत्कृष्ट झिल्का कविताको ३० औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३० का लागि झिल्काकारत्रय वसन्त अनुभव, शान्ता पौडेल भट्टराई र सन्दीप विश्वकर्माका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~ [१] १) भाषण मिठा राम्रा लाग्छ छेपारा हुन् देशका नेता हाम्रा ! २) बसाले कस्तो थिति स्वार्थबाहेक केही नसोच्ने घिनलाग्दो भो राजनीति ! ३) पिट्छ्न् केही बोले अगाडि पछाडि हुन्छन् चम्चा र झोले ! ✍️ वसन्त अनुभव ~<•>~ [२] १) नराम्रो कसैले नभनोस् फजुल खर्चले दसैँ कसैको दशा नबनोस् ! २) ऋणले सेकिन्छ ढाड दु:ख पाउँछ घाँटीले नहेरी निल्दा हाड । ३) बसेपछि जुवाको खालमा उजाडिन्छ सुन्दर घर डुबिन्छ ऋणको आहालमा । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~<•>~ [३] १) फूलजस्ताे मुस्कान छरी नजिक आउन खाेजिन् उनी मेराे वरिपरि । २) दुबाेले भुइँ छाेपेछ हरियाली वसन्त भन्दै मन भने उजाडिएछ । ३) दैलाेमा दसैँ आयाे बाेकेर आशीर्वाद पुर्खाकाे खुसीले मन रमायाे । ✍️ सन्दीप विश्वकर्मा ~<•>~
साताका उत्कृष्ट झिल्का कविताको २९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २९ का लागि झिल्काकारत्रय अर्जुन प्रसाद चौलागाईँ, रबि पौडेल र लक्ष्मी रिजालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू _____________________ [१] १. उठ्छु बिहान सबेर योग, प्राणायाम, ध्यानमै जान्छ समय हेर । २. बिहानको समय महत्वपूर्ण यस्तो विचार गर्दा शरीर हुन्न अपूर्ण । ३. ध्यान पुर्याऊँ सबैले शरीरलाई स्वस्थ राख्न थालौँ अब आफैँले । ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी <<<<<<•>>>>>>
[२] १. बाढी पहिराे आयाे भयाे जनजीवन अस्तव्यस्त धेरैकाे ज्यान खायाे । २. निरन्तर जान्छ पहिराे सडक अवरुद्ध छन् पिर पर्यो गहिराे । ३. गरिबका सपना बग्याे बाढी अनि पहिराेले भएका सामान लग्याे । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी <<<<<<•>>>>>>
[३] १. मुखले बरबराए भाइ विपरीत नगर्न भन्दा रहे मनमौजीमा दाइ । २. हिसाब त मिलाएको कताबाट चित्त बुझेन चुहिने गोजी सिलाएको । ३. कचकचमा व्यस्त छोरा भनेको मनमा नराखे बोक्नुपर्ला भविष्यमा बोरा । ✍️ लक्ष्मी रिजाल कञ्चनरूप-१२, रूपनगर, सप्तरी _____________________
साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. हेर सरकारकाे चाल धम्क्याउँछ उल्टै दाेषी कानुनको छ बेहाल । २. गल्ती नगर्ने डर्दैन गर्छ निर्धक्क सामना कदापि पछाडि सर्दैन । ३. सुशासन कायम गर्नू नत्र भ्रष्टाचार राेकिन्न यसमा अगाडि सर्नू । ✍️ नवराज भट्ट कञ्चनपुर
[२] १. परिरहेछ भदौरे झरी गुन्जन पानीको थोपाको भेट्नु मायालाई कसरी ? २. मौलिक हाम्रा चाडपर्व हुन् धरोहर खुसीका साच्चिँकै लाग्छ गर्व । ३. कलिला उमेरका नानी हुन्छन् खुल्ला दिलको सबैसँग हाँसिरहने बानी ! ✍️ सुनगाभा पोखरेल
१. चलिरहेछ पितृ पक्ष श्रद्धाभावले अर्पण गराैँ दान पितृदेव समक्ष । २. पूर्वजले आँखा देखाए सानामा हुर्काई बढाई हामीलाई टाठाे गराए । ३. ठूला भयाैँ अहिले अझै ज्ञानी बन्नुछ घमण्ड नगरौँ कहिले । ✍️ भुपेन्द्र के.सी.
साताका उत्कृष्ट झिल्का कविताको २७ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २७ का लागि झिल्काकारत्रय सोमनाथ लुइटेल “रवि पाल्पाली”, नन्दलाल आचार्य र सुस्मिता अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. काम लगाउने ठालु परिश्रम गर्ने अर्कै सित्तैमा खाने कालू । २. शुद्ध कहाँ पाइन्छ भेटाउन सकिन्न यहाँ खोजेर पनि खाइन्छ। ३. हुन खोज्छन् भगत नास्तिकले गर्छ पूजा सबै कुरा फगत । ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
[२] १. राष्ट्रको ढुकढुकी सुन्दै संविधानले आशा जगाएको बस्छु मनमा गुन्दै । २. संविधान शिरोधार्य बनोस् सबैको हृदयमा बसेर वैरीका जरा खनोस् ! ३. कसैले लोभ गर्ला चुपचाप गर काम जे पर्ला पर्ला । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर
[३] १. संविधान दिवसको शुभकामना प्रत्येक नेपाली जनलाई अन्यायसँग नहोस् सामना ! २. छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३. नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
साताका उत्कृष्ट झिल्का कविताको २६ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २६ का लागि झिल्काकारत्रय राजकुमार राजभण्डारी, दिपक दाहाल र अनमोल राईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१. देखायौ नजर फेरि स्वार्थ लुट्ने दाउमा आउँदैछौ मौका हेरी । २. हानेर तिर झिलिक्क चम्किए चमचम भएर जुधायौ आँखा पिलिक्क । ३. गाईजात्रा पर्व हेर्दाखेरि टुटेको सम्बन्ध हाम्रो मिलन भयो फेरि । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे । मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
१. तिमी काे हाै ? भन्न मिले भन हेर्दा राम्रै छाै । २. राेएर स्वास्नी पाइँदैन भागेर जान्छौ कहाँ झुटकाे खेलाे चाहिँदैन । ३. रोगीका लागि ओखती ढुङ्गाकाे निम्ति माटाे गुनिला हुन्छन् अति । ✍️ दिपक दाहाल हरिवन८सर्लाही
१. गोरुको मुखमा मौलो एक छन् हजुर लिँदैछु म जौँलो । २. गयो जताततै पहिरो भदौरे झरी निष्ठुर दियो चोट गहिरो । ३. बेला बेला आउँछु झिलिक्क झिल्कन्छु झिल्कामा फेरि कतै अस्ताउँछु । ✍️ अनमोल राई
साताका उत्कृष्ट झिल्का कविताको २५ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २५ का लागि झिल्काकारत्रय अमृत कोइराला, अन्मोल मुस्कान र सन्तु खत्रीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. नहुदाँ पनि पार हिम्मत जुटाउँछु सधैँ नहोस् भनेर हार । २. उर्लेको देखेर छाल डरायो माझी पनि सम्झेर आफ्नो काल । ३. होस् बरु सानो केही हुँदैन घर नचुहिने होस् छानो । ✍️ अमृत कोइराला पोखरा
[२] १. झरीमा जमिन धस्कियो बढ्दै गयो चोट मुटु झन् चस्कियो । २. पानीको के गल्ती त्यस्तै छ मौसम भरियो डरको खल्ती । ३. प्रकृति होइन निन्दनीय ईश्वरको सृष्टि सधैँ हुन्छ धेरै बन्दनीय । ✍️ अन्मोल मुस्कान तकदाहको, दार्जिलिङ
[३] १. बेलैमा सचेत हुनुपर्छ बाढी पहिरोको मौसममा तबमात्र विनास टर्छ l २. तीनै लोकका स्वामी महादेव, शिव शङ्कर पर्छौ शरणमा हामी । ३. हुनसम्म कष्ट भयो घमाइलो होला भन्दा दिन बिग्रँदै गयो ।
साताका उत्कृष्ट झिल्का कविताको २४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २४ का लागि झिल्काकारत्रय भुषण जंग, विकास क्षेत्री र मन्दिरा सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१. निरन्तर पानी बर्सिरह्यो शासकले नचिनेको गरिब सीमान्त जीवन तर्सिरह्यो । २. फूलसँग काँडा हुर्किन्छ सुन्दरताको मापदण्ड यो लेखेर व्यर्थ फुर्किन्छ । ३. जिन्दगी छैन सस्तो संघर्षमय यात्रा थाल्नु शासकको सपना कस्तो ?
✍️ भुषण जंग
[२] १. तिमीले दिएको फूल सजाएको छु मनमा नबनोस् अन्तमा भूल ! २. मनको गाँठो खोल्न चाहिन्छ विश्वासको बाटो दुषित मनलाई घोल्न । ३. गल्ती हजार हुन्छन् होस हराउँदा यहाँ आँसुले परेली छुन्छन् ।
✍️ विकास क्षेत्री
[३] १. गल्ती औल्याउनु गनेर भन्न खोजेको होइन चुप बस्नु भनेर । २. मानिसबाट हुन्छ गल्ती सक्नुपर्छ महसुस गर्न बरु रित्तियोस् खल्ती । ३. एउटै छ कथा कसको नजर लाग्यो नसोच्नू है अन्यथा ।
साताका उत्कृष्ट झिल्का कविताको २३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २३ का लागि झिल्काकारत्रय के पी गौतम, शान्ता पौडेल भट्टराई र ईश्वर साउदका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. गाली गर्छन् सबैले दिएर सम्पूर्ण विश्वास सम्मान गर्दैनन् कसैले ! २. हिम्मत ठूलै हुनुपर्छ खराब मध्येको एकले अन्य खराबलाई धुनुपर्छ । ३. घडी चोर हाइहाइ विधिको शासन हुनुपर्छ बाख्रेलाइ गरौँ बाइबाइ । ✍️ के पी गौतम
[२] १. गुरू ज्ञानका खानी सम्मान गरौँ उनको नपुर्याऔँ कदापि हानी । २. दोस्रो भगवान गुरू गरेमा अपमान उनको पछुताई रुनुपर्छ धुरुधुरु ! ३. ज्ञानको ज्योति छर्ने गुरू हुन महान् सधैँ सहयोग गर्ने । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
[३] १. कुराे भयाे ठूलाे पचाउन कठिन हुने एउटै बाहिर दुलाे । २. सिंहासन ठूलो मानी हिँडिरहे नेताहरू देशमा कुर्सीमा फाइदा जानी । ३. पचाएर लाज सरम हिँड्नै पर्याे अघि नहिँडी के गरम । ✍️ ईश्वर साउद रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम
साताका उत्कृष्ट झिल्का कविताको २२ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २२ का लागि झिल्काकारत्रय भिक्षु ईश्वर, मनोहरी पौडेल र सविता भट्टराईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] क) मेरो मृत्युकाे खबर आज थाहा पाएँ बितेकाे केही प्रहर । ख) दु:खहरूकाे सम्मेलन हुँदैछ याे मनकाे दुनियाँमा पीडाहरूले शिखर छुँदैछ । ग) सम्झिएर उसैलाई घरी याद आउँछ मनमा सधैँ साउने झरी । ✍️ भिक्षु ईश्वर
[२] क) जिन्दगी बनाउन गाह्राे बगाउने ठेगान छैन वर्षामा पर्दछ साह्रो । ख) घुमेर आउने कालमा नसुध्रिने स्थिति हाम्रो फसियो कुटनैतिक चालमा । ग) नेपाल धर्तीको स्वर्ग बनाए अख्तियार पाउनेले लडाइँ झगडाको नर्क । ✍️ मनोहरी पौडेल गैडाकोट,१
[३] क) भएछ बर्सात झरी रोपाइँ कतै नछुटोस् पुगोस् अन्न वर्षैभरि ! ख) कसैलाई पनि नघोच सुमधुर बनाऊ नाता सकारात्मक राख सोच ! ग) झिल्का भयो साथी कहिल्यै पनि ननिभोस् पुगोस् माथि माथि ! ✍️ सविता भट्टराई, जनकपुर
साताका उत्कृष्ट झिल्का कविताको २१ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २१ का लागि झिल्काकारत्रय सुनगाभा पोखरेल, लक्ष्मी रिजाल र लोक बहादुर क्षेत्री लामिछानेका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
———<•>——— [१] १// लालीगुराँस फुल्दा वनमा भिरपाखा देखिन्छन् रङ्गिन माया फुल्छ मनमा । २// ढकमक्क लालीगुराँस फुलेको सुन्दर रमाइलो वनमा देखेर मन भुलेको । ३// थाकेर शरीर लखतरान कहिलेकाही गल्छ अचम्मैले आराम नपाउँदा ज्यान । ✍️ सुनगाभा पोखरेल
नेपालगन्ज
[२] १// हाम्रा हुन् भानु प्रेरणाका अद्भुत श्रोत भाषाका एक रानु । २// आयो असाध्यै पानी खेत तिर्खाएको हुनाले मान्न थालेँ रानी । ३// भोजन जुटाउन वर्षको असारमा रोपाइँ गरेर आयो समय हर्षको । ✍️ लक्ष्मी रिजाल
रुपनगर, सप्तरी, मधेस
[३] १// बाटो कसरी पहिल्याउने रोज्न आफ्नो खुसी नेताले जहिल्यै अल्मलाउने । २// छ चारैतिर काँडा पन्छ्याउदै थाकिसकेँ म भिरपाखा र डाँडा । ३// हिँड्दा बाटो एकसुरले असरल्ल भेडाले अल्झाउँदा विकास छेक्छ झुरले । ✍️ लोक बहादुर क्षेत्री लामिछाने ~~~~