• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का लेखन अभियान

विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

  • २० बैशाख २०८१, बिहीबार २०:४७ मा प्रकाशित
  • विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

    झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    १//
    १.
    जीवनमा नपर्दै असिना
    पाऊन् ज्याला हजुर
    श्रमिकले नसुक्दै पसिना !
    २.
    नलगाई मेसिनझैँ काम
    श्रमिकलाई दिऔँ हमेसा
    काम गरेपछि आराम !
    ३.
    पुगोस् इच्छा चाहना
    बाँचुन् श्रमिक सम्मानपूर्वक
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    —————<•>—————
    २//
    १.
    अमेरिकाको सहर थियाे
    श्रमजीवी मजदुरलाई  त्यहाँ
    केही अधिकार दियाे ।
    २.
    ठुलाे आन्दोलनमा लागे
    कम्पनी बन्द गरेर
    सिकागाेका मानिसहरू जागे ।
    ३.
    मई दिवस आयाे
    अधुरै मजदुरका अधिकार
    आठ घण्टा पायाे ।
    ✍️
    रबि पाैडेल दक्षिण भारत पाण्डेचरि
    —————<•>—————
    ३//
    १.
    श्रमिक बढेर  देशमा
    बेरोजगार, दुःखी भए
    नाटकी नेता भेषमा !
    २.
    श्रमको मूल्य चुकाऊ
    परदेशीको दुःख नदेखी
    अत्याचारी भ्रष्ट लुकाऊ !
    ३.
    अन्धकार भयो बेलामा
    सन्तानको इच्छा पुर्‍याऊ
    पसिनाले भिज्नु मेलामा !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ४//
    बाँचाैँ श्रम गरेर
    जीवन बन्छ सुखी
    मनमा शान्ति भरेर !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    —————<•>—————
    ५//
    भोक तब तोडिन्छ
    जब रगत पसिना
    दश नङ्ग्रा जोडिन्छ ।
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    ६//
    १.
    धानौँ श्रम गरेर
    मानव यो चोला
    पवित्र कर्म भरेर !
    २.
    श्रमिकलाई श्रमको चाहना
    श्रमिकले कर्म गर्छन्
    श्रम दिवसको शुभकामना !
    ३.
    लेऊ सधैँ आत्मशान्ति
    मानव जन्म गौरव
    नराख मनमा भ्रान्ति !
    ✍️
    बेदु न्यौपाने🇳🇵
    —————<•>—————
    ७//
    १.
    पसिनाको मूल्य कस्तो
    नसम्झिनु होला हजुर
    यहाँ श्रमिकलाई सस्तो !
    २.
    गरेर खानु राम्रो
    श्रमिकलाई हेला गर्नु
    नराम्रो बानी हाम्रो !
    ३.
    सबैले बुझौँ भावना
    श्रमको इज्जत गरौँ
    श्रमिक दिवसको शुभकामना ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    —————<•>—————
    ८//
    नगरौँ अब बेर
    पसिनाको मूल्य श्रमिकले
    पाउनुपर्छ सबैले हेर !
    ✍️
    सरिता सेढाई धादिङ
    —————<•>—————
    ९//
    १.
    गर्छन्  श्रमिक काम
    देशकै लागि भनी
    दिएनन् उचित दाम !
    २.
    श्रमिकले श्रम गर्छ
    बुझ्न कठिन भयो
    मालिकले ढुकुटी भर्छ ।
       ३.
    श्रम गरेर बाँचौँ
    विश्वमा सन्देश छरेर
    पसिनाकाे मूल्य साँचौँ ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    १०//
    १.
    श्रमिकले गर्छन् श्रमदान
    उनीहरूको मेहनतको कदरमा
    सधैँ गरौँ सम्मान !
    २.
    उनीहरू भोगिरहे शोषण
    छाडेनन्  तर पनि
    गर्न हाम्रो पोषण !
    ३.
    श्रमजीवीले परिश्रम गरे
    उनीहरूको लागि लड्दै
    नेताले गोजी भरे !
    ✍️
    विमल खतिवडा माइला
    सिलगढी, भारत
    —————<•>—————
    ११//
    १.
    श्रमले दिन्छ पहिचान
    जीवनमा आउँछ  खुसी
    गरौँ श्रमिकको सम्मान ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    १२//
    १.
    आफ्नो भर परौँ
    शुभकामना छ सबैमा
    श्रमिकको सम्मान गरौँ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    १३//
    १.
    श्रम जीवनको आधार
    छ दु:ख सबैलाई
    कसैले मान्नुहुन्न हार !
    २.
    गर्नुपर्छ धेरै श्रम
    खुसी मिल्ने आसमा
    पसिनको मूल्य कम !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    १४//
    १.
    ज्यालादारी  काम गरेर
    चलेन जिविकोपार्जन श्रमिकको
    ठेकदार ठग परेर !
    २.
    श्रम दिवस  मनाऔँ
    सबैलाई शुभकामना भन्दै
    चेतना पनि जनाऔँ !
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    १५//
    १.
    अन्तर्राष्ट्रिय श्रमिक दिवस
    श्रमको मूल्यको अभावमा
    श्रमिकहरू भएकाछन् विवश !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    १६//
    १.
    बुझे पसिनाको मुल्य
    स्वयम् अनि राष्ट्रले
    हुन्थ्यो विकास अतुल्य !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    १७//
    १.
    श्रमिक हाम्रो धन
    श्रमै परिचय उसको
    विशाल हुन्छ मन !
    ✍️
    डुकछिरिङ लेपचा
    मिरिक -भारत
    —————<•>—————
    १८//
    श्रमको सम्मान गर
    श्रमले भकारी भर्दै
    उत्साहकाे बिउ छर !
    ✍️
    जी.वि.कश्यप
    घाेराही,दाङ
    —————<•>—————
    १९//
    १.
    सम्मान श्रमको गरौँ
    पूजा गरेर कर्मको
    खुसी, ऎश्वर्यले भरौँ !
    ✍️
    इमान सिंह के.सि.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    —————<•>—————
    २०//
    १.
    गर्ने असल कर्म
    श्रमिक हुन्छन् मेहनती
    श्रम उसको धर्म !
    २.
    श्रमको गरौँ सम्मान
    एकजुट बन्न हामी
    सबैलाई गरौँ आव्हान !
    ३.
    जो अघि सर्छ
    लक्ष्य भेट्छ उसैले
    जसले श्रम गर्छ ।
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती,मोरङ।
    —————<•>—————
    २१//
    १.
    मनाइन्छ मजदुर दिवस
    कसले हेर्ने पीडा
    मजदुर सङ्घर्षमा विवश !
    २.
    सबैको गरिदिन्छ काम
    हुँदामात्र खान्छ ऊ
    छैन कतै आराम !
    ३.
    काम गरिने बलले
    बिरामी हुँदा गाह्रो
    पेट भर्ने जलले !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    —————<•>—————
    २२//
    सहेर आङमा घामपानी
    पसिनाको उचित मुल्य
    नपाइने श्रमिकको कहानी !
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत
    —————<•>—————
    २३//
    १.
    आज श्रमिक दिवस
    वाचा गरौँ सम्मानको
    नपारौँ श्रमिकलाई विवश !
    २.
    नपरोस् गर्नु सामना
    सुनिश्चित होस् अधिकार
    मजदुर दिवसको शुभकामना !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    —————<•>—————
    २४//
    १.
    दैनिक गरेर काम
    पीडा सहेर बाँचेका
    श्रमिक राखेर नाम !
    – आर्त अकुलीन
    —————<•>—————
    २५//
    १.
    रगत पसिना पिउने
    हामी तुच्छ प्राणी
    श्रम बेचेर जिउने !
    २.
    बनेर बाँच्दैछौँ मरेतुल्य
    इमानदारीलाई बेचेर समाजमा
    मिल्दैन सही मूल्य !
    ३.
    तिख्खर बन्छ घाम
    चल्छ आँधीहुरी जीवनमा
    उदाहरण कुल्ली काम !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    —————<•>—————
    २६//
    १.
    सहिदहरू रहुन् अमर
    मजदुरहरू एक हौँ
    श्रमजीवीकै धर्ती सगर !
    ✍️
    सुरेशकुमार पाण्डे दाङ घोराही १८
    —————<•>—————
    २७//
    १.
    ससारभरका श्रमिकले पाउने
    सुविधा कि अधिकार
    दिनभरि बिदा मनाउने !
    २.
    सबैभन्दा निरीह लाग्छ
    दृष्टिकोण श्रमिकप्रति साराको
    अवस्थामाथि टिठ जाग्छ !
    ३.
    श्रमिकप्रति गरौँ सम्मान
    ससारका प्रसिद्ध मानिसहरू
    श्रमबाटै भए महान !
    ✍️
    पारसमणि खतिवडा
    सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर ।
    —————<•>—————
    २८//
    १.
    दिवस यो श्रमिक
    के मनाउनु उत्साहले
    विदेशिँदा युवा क्रमिक !
    ✍️
    ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ ।
    —————<•>—————
    २९//
    १.
    कुरा गर्छन् धेर
    हुन्छ दु:खकष्ट जहिल्यै
    हामी श्रमिकमाथि हेर !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    ३०//
    १.
    एकदिन सुटुक्क आयो
    अधिकार दिनै जानेन
    कसले खुसी पायो ?
    २.
    दुनियाँ चकित परे
    म हाँसेको देखेर
    सारा शासक मरे !
    ३.
    अधिकार मागेर लेऊ
    विडम्बना कस्तो छ
    मूल्यभरिको पसिना देऊ !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    ३१//
    १.
    श्रमजीवी मानव हामी
    खाएर पसिनाको कमाइ
    बाँच्दछौँ इज्जत थामी !
    २.
    शोषण दमन हटाऊँ
    समान हक अधिकार
    दिलाई सबै अटाऊँ !
    ✍️
    विवश पारदर्शी
    झापा
    —————<•>—————
    ३२//
    १.
    श्रमको सम्मान गरौँ
    जिवन सुखी बनाउन
    मनमा  खुसी  भरौँ l
    २.
    काम सानो हुदैन
    सन्तुष्ट रहने मान्छे
    अरूको देखेर रुँदैन l
    ३.
    एउटै हुन्छ लगाव
    महिला पुरुष भनी
    किन गरिन्छ भेदभाव ?
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    ३३//
    १.
    एकताको शक्ति महान
    मई दिवस भाइचाराको
    श्रमिकको क्रान्ति प्रमाण ।
    २.
    श्रमको समय निर्धारण
    आन्दोलन भएको हेमार्केटमा
    श्रमजिवीको क्रान्ति निवारण ।
    ३.
    पर्व मइ दिवस
    राहत सर्वहारा मुक्तिको
    अमर भएर जावस।
    ✍️
    दिल ठकुरी दार्जिलिङ
    —————<•>—————
    ३४//
    १.
    श्रममा खटिन्छ श्रमिक
    मिल्छ खुसी थोरै
    उसैलाई पीडा अधिक !
    २.
    श्रममा पिल्सिन विवश
    उचित न्यायमा कमजोरी
    तथापि मनाऔँं दिवस !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    ३५//
    १.
    हनन् नहोस् अधिकार
    भ्रष्टाचारले ग्रसित भयो
    विश्व सारा संसार !
    २.
    कुनै कारखाना चल्दैन
    श्रमिकहरू छैनन् भने
    किकास फल फल्दैन !
    ३.
    अत्याचारी बढ्न नपाओस्
    मजदुरका खुन पसिनाको
    मूल्य कहिल्यै नहराओस् ।
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    ३६//
    १.
    निर्माण गर्दछन् उनैले
    पसिनाको धारा बगाउन
    सक्दैन अरू कुनैले !
    २.
    पुरा होओस् चाहना
    संसारका कामदार वर्गलाई
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    ३७//
    १.
    गरौँ हामी सम्मान
    रगत पसिना बगाउने
    श्रमिक वर्ग महान ।
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    ३८//
    १.
    मूल्य कहिले पाउने
    पसिना बगाउने मजदुर
    भएनन् कहिले  छाउने !
    २.
    नगरे मजदुरले काम
    बन्द हुन्छन् उद्योगधन्दा
    पाउँदैनन् राम्रो दाम !
    ३.
    नगरौँ श्रमिकलाई घिन
    अधिकार पाइँदैन कठै
    विदा दिएर एकदिन !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    —————<•>—————
    ३९//
    १.
    मनाइन्छ दिवस वर्षेनी
    पाउँदैनन् बालकले काम
    मानवाधिकारले के गर्नी ?
    २.
    फोस्रा भाषण नेताको
    मात्र मन्चमा गुन्जने
    श्रम खेत गराको !
    ३.
    बेची पसिना विदेशमा
    महङ्गोमा आयात सामान
    उल्टो ऋण केशमा !
    ✍️
    लोक बहादुर छेत्री लामिछाने
    पर्वत
    —————<•>—————
    ४०//
    श्रमको सम्मान गरौँ
    सानो, ठूलो नभनी
    सबैमा सुभावना छरौँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    ४१//
    १.
    श्रमको सम्मान गर्नू
    तिमीलाई मालिक बनाउने
    श्रमिकको भर पर्नु !
    २.
    निरन्तर खटेको बेला
    हुनसक्छ काममा गल्ती
    नगरौँ श्रमिकलाइ हेला !
    ३.
    मजदुर दिवस मनाऔँ
    विश्राम लिएर कामबाट
    एकछिन खुसीले रमाऔँ !
    ✍️
    केपी गौतम
    —————<•>—————
    ४२//
    १.
    गरौँ सबैले कदर
    चिनेर श्रमिक हाम्रो
    नहोस् कतै बदर !
    २.
    पूरा गरौँ चाहाना
    सक्दो साथ दिएर
    नदिई कुनै ताना !
    ३.
    अमुल्य हिरा मोती
    एकजुट भएर खोजौँ
    छरेर देशमा ज्योति !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    ४३//
    १.
    मायाको नाटक गर्नेहरू
    तिमीहरूको ढाड जोगाउनु
    दिनरात पछाडि पर्नेहरू !
    २.
    गजब नाटक आहा
    यो जुनीमा पुग्दैन
    तिम्रो दुष्ट चाहा !
    ३.
    छु आँसुले रुझेको
    जीवन अनि सङ्घर्षलाई
    मैले राम्ररी बुझेको !
    ✍️
    सुष्मा मगर, रोल्पा
    हाल भारत
    —————<•>—————
    ४४//
    १.
    श्रमिक देखिन्छन् डटेका
    चन्द्र, सूर्य, धरती
    निःशुल्क छन् खटेका !
    २.
    बन्नेभन्दा नि बनाउने
    जन्मेको कोख श्रमिक
    संसारै कर्मी जनाउने !
    ३.
    वर्षभर रहोस् चाहना
    शुभकामना समस्त कर्मीलाई
    सुख, समृद्धिको कामना !
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    ४५//
    १.
    श्रमको मूल्य चिन
    उत्पादन हेर विनाश्रमको
    हुँदैन, बुझ्दैनौ किन ?
    २.
    यो देशमा श्रमको
    छैन मूल्य कत्ति
    केवल प्रचार भ्रमको !
    ३.
    युवा विदेशिए श्रमलाई
    नसुनौँ नेताका भाषण
    चिरौँ तिनका भ्रमलाई !
    ✍️
    देव कृष्ण काफ्ले
    पोखरा १कास्की
    —————<•>—————
    ४६//
    १.
    श्रमको फल मिठो
    पसिना बगाउन सके
    चाहे होस् ढिडोपिठो !
    ✍️ सुरेश कार्की
    —————<•>—————
    ४७//
    १.
    यता श्रमिक दिवस
    कस्तो कुचाल भयो
    युवा विदेशिन विवश !
    २.
    लगाइन्छ चर्का नारा
    बोलीमा लोली मिलाई
    टार्न केवल झारा !
      ३.
    श्रमप्रति निष्ठा जगाई
      कर्तव्यपथमा लम्काैँ हामी
    अन्यायलाई  दूर भगाई ।!
    ✍️
    जयनारायण नेपाल
    (इलाम हाल सूर्यविनायक २ बालकोट )
    —————<•>—————
    ४८//
    १.
    श्रमिककाे श्रमको भित्र
    विकाश बग्दछ धेरै
    हुन्छ दिव्य चित्र !
    २.
    दिलाऔँ श्रमिकलाई हक
    सत्पात्र मानेर देशकै
    साथमा जोडेर बक !
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार
    —————<•>—————
    ४९//
    १.
    छैन पर्याप्त पोषण
    श्रमिक मजदुर जनलाई
    सर्वत्र हुन्छ शोषण !
    २.
    मनाऔँ श्रमिक दिवस
    सुलभ रोजगार दिऔँ
    नबनाई श्रमिक विवश !
    ३.
    दिनभर गरेर काम
    भोकै सुत्छन् श्रमिक
    भरपेट छैन माम !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    ५०//
    १.
    श्रममै रहेछ गुन
    कदम हजुर बढाएमा
    सकिन्छ आकाश छुन !
    २.
    पसिनाको मूल्य हुन्छ
    सकुन्जेल यसलाई बगाऔँ
    प्रगतिले शिखर छुन्छ !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    ५१//
    १.
    श्रमिक पनि मानव
    सद्भावले काम गरौँ
    नबनी निर्दयी दानव !
    २.
    इमानदारीसँग गर्छ काम
    मूल्य खोज्छ पसिनाको
    दिनू उचित दाम !
    ३.
    सिपको कदर गरौँ
    श्रम अस्तित्व हो
    श्रमिकमा सद्भाव छरौँ !
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    ५२//
    १.
    मजदुरका कति पिर
    श्रम गरुन् जति
    पाउँदैनन् खान खिर !
    २.
    पसिनाको मूल्य हेर
    उनीहरूको मेहनत सधैँ
    खोलामा गयो खेर !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    ५३//
    १.
    नगरेसम्म अलिकति काम
    कसैले कहिले पनि
    नखानुस् है माम !
    २.
    विनाकामको त्यो माम
    दु:ख दिन्छ शरीरलाई
    बनाइदिन्छ है जाम !
    ✍️
    दीपा समभाव
    दुबेकोल
    —————<•>—————
    ५४//
    १.
    खाऔँ श्रमले डटेर
    चल्दछ सहज जिन्दगी
    स्वास्थ्य कुशल रहेर !
    ✍️
    भगवती दवाडी ,झापा
    —————<•>—————
    ५५//
    श्रमिक हुन् देवता
    गर्नुहुन्न फरक हेराइमा
    चाहिन्छ उसलाई सम्मानता !
    ✍️
    राधा चाम्लिङ ( साया), खोटाङ
    —————<•>—————
    ५६//
    १.
    बाँचौँ श्रम गरेर
    आत्मनिर्भरता आफूमा राखी
    शान्तिको कामना भरेर !
    २.
    सफलता हासिल गर्न
    माटोमा बिलाए कति
    यो भोकोपेटलाई भर्न !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    ५७//
    १.
    गर्न नपरोस् सामना
    दु:खकष्टको श्रमिकले अब
    श्रमिक दिवसको शुभकामना!
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    ५८//
    १.
    श्रमिकले पसिना पोख्छन्
    अनौठो बस्यो परम्परा
    लुट्नेले धनै जोख्छन् ।
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    —————<•>—————
    ५९//
    १.
    श्रमिकलाई दिएर हित
    पर्याप्त पारिश्रमिक दिनू
    श्रमजीवीकाे भएन जित !
    २.
    भाषण सिद्धान्तले नहुने
    बाेल्ने कम गराैँ
    गराैँ गरेर देखाउने !
    ३.
    श्रमिकको हित गराैँ
    सबै हामी मिलेर
    सद्भावले देश भराैँ !
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    —————<•>—————
    ६०//
    १.
    श्रमिकले श्रम गरेजति
    ज्याला पाउँछन् कहिले
    मन पोल्छ भतभती !
    २.
    गर श्रमिकको सम्मान
    उनीहरूको श्रमले गर्दा
    तिमीले पाउँछौ माम !
    ३.
    आफू परिश्रममा अल्छी
    गरिबले  परिश्रम गर्छन् 
    हेपेर हान्छौ बल्छी !
    ✍️
    मङ्गला उपाध्याय
    —————<•>—————
    ६१//
    १.
    नष्ट हुँदैछ अधिकार
    बिचमा छन् लुटेराहरू
    श्रमिक लाग्दैनन् पार !
    २.
    बनाउँदै श्रमिक दिवस
    कसले देख्छ पीडितहरू
    बाँचेको भई विवश !
    ३.
    काम गर्ने कालु
    श्रेय लिदै अगाडि
    मकै खाने भालु !
    ✍️
    कृष्ण देउबा
    डडेलधुरा  आलिताल दुई
    गाङ्गखेत मटेला
    —————<•>—————
    ६२//
    १.
    श्रम गरेर खाऊ
    बन्ने गर स्वाभिमानी
    नमोल कसैको पाउ !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    ६३//
    १.
    पसिना घामको तापमा
    नित्य पिसिन्छन् मजदुरहरू
    मालिकको शोषण चापमा !
    २.
    पसिनाको मोल गर्छन्
    श्रम नगर्नेहरूले सधैँ
    गरिब जनता मर्छन् !
    ✍️
    प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ
    —————<•>—————
    ६४//
    १.
    दैनिक मिलिरहाेस् काम
    नबसून् श्रमिक खाली
    हातमा पराेस् दाम !
    २.
    श्रम गर्ने चाहना
    दैनिक जीवन धान्नेलाई
    श्रमिक दिवसको शुभकामना !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    ६५//
    १.
    पसिनाको मुल्य कहाँ ?
    फगत हुन्छ परिश्रम
    छाक टर्दैन जहाँ ।
    २.
    विदा दिन्छ सरकार
    यहाँ मजदुर दिवसको
    गर्दैन राम्रो व्यवहार !
    ३.
    हुनेखाने घुम्छन् रहरमा
    सच्चा मजदुर भने 
    बाटो खन्दैछन् सहरमा !
      ४.
    परिश्रम बनाउ पहिचान
    हुँदैन काम ठूलोसानो
    गर्वले पालौँ जहान !
    ✍️
    कमला
    —————<•>—————
    ६६//
    १.
    मूलधन हाे श्रम
    पसिनाकाे भए कमाइ
    कहिले फल्दैन भ्रम !
    २.
    परिवार पाल्न खाडी
    गाउँघर भयाे सुनसान
    खेतबारी बन्याे झाडी !
    ३.
    अन्न तिमी धन्न
    खुसीले गर्दछु खेती 
    तिमीविना त रहन्न !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————
    ६७//
    १.
    पूर्ण होस् चाहना
    मर्का बुझोस् सरकारले
    श्रमिक दिवसको शुभकामना !
    २.
    सत्तासिन बन्दछन् ठूलो
    दु:ख गर्छन् श्रमिकले
    बिरामीमा छैन औषधीमुलो !
    ३.
    नभुलौँ कसैले सत्यता
    दिनरात खट्ने श्रमिक
    हामी सबैका देवता।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ६८//
    १.
    देश हामीले पालेकाे
    कन्जुस नगर ज्यालामा
    देखाैला सत्ता फालेकाे !
    २.
    श्रमलाई सम्मान गराैँ
    देशकाे विकास गर्न
    श्रमिकमा साहस भराैँ ।
    ३.
    श्रमविनाकाे त्यो कमाइ
    साथी कहाँ आउँछ
    काममा लागाैँ रमाई !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, सल्यान।
    —————<•>—————
    ६९//
    १.
    श्रमको मूल्य पाउनुपर्छ
    ज्याला मजदुर गरेर
    खानु अनि लाउनुपर्छ ।
    २.
    श्रमिकको गरौँ सम्मान
    अनि मात्र हाम्रो
    बढ्दै जान्छ शान !
    ३.
    हाम्रो आफ्नै चाहना
    हामी आफैँ श्रमिक
    सबैलाई एकमुष्ठ शुभकामना !
    ✍️
    ललिता गिरी सिन्धुली
    —————<•>—————
    ७०//
    १.
    अनिवार्य श्रम गरौँ
    मेरो नारा हो
    पाखुरीले सौन्दर्य भरौँ !
    २.
    पूजा हो काम
    सानो, ठुलो नमानौँ
    मेहनतले फलाउॅंछ दाम !
    ३.
    आफूमा विश्वास पलाए
    संसार जित्न सकिन्छ
    कर्मले पहिचान बनाए !
    ✍️
    म्यामराज राई, भोजपुर
    —————<•>—————
    ७१//
    १.
    श्रम हाे धन
    बन्ने सबकाे प्याराे
    हाँसाैँ खुसी मन !
    २.
    पसिनाले सधैँ नुहाऊ
    फल प्राप्तिका निम्ति
    तिमी पाखुरी खुलाऊ
    ३.
    काम सबै समान
    मिलेर लागाैँ जुटौँ
    सानाे, ठूलाे नमान
    ✍️
    फूलमाया कुलुङ- साेलुखुम्बु
    —————<•>—————
    ७२//
    १.
    कानुनमा मात्र लेखियो
    मजदुरको ती अधिकार
    श्रमिकमा पीडा देखियो !
    २.
    बस्नुपर्ने पाखुराको भरमा
    एकदिन काम नगरेपछि
    बल्दैन चुल्हो घरमा !
    ३.
    सबको पुगोस् चाहना
    अन्तर्राष्ट्रिय श्रमिक दिवसको
    सबैलाई दिन्छु शुभकामना !
    ✍️
    धड्कन जैशी अछाम
    —————<•>—————
    ७३//
    १.
    आज श्रम दिवस
    शरीरलाई आराम दिई
    भइयाे मनाउन विवश !
    २.
    दैनिक श्रम गराैँ
    तब भइन्छ स्वस्थ
    सबैमा प्रेरणा भराैँ !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    ७४//
    १.
    श्रमको खेती गरेर
    मेहनतको कमाई खानु
    मनमा शान्ति भरेर !
    ✍️
    सरस्वती श्रेष्ठ
    —————<•>—————
    ७५//
    १.
    सबैले श्रम गराैँ
    यसैमा मिल्छ सन्तुष्टि
    मनमा खुसी भराैँ !
    ✍️
    उर्मिला के.शी.
    धनकुटा ।
    —————<•>—————
    ७६//
    १.
    गरेर श्रमकाे सुधार
    कागजमा होइन व्यवहारमा
    सुनिश्चित हुनुपर्छ अधिकार !
    ✍️
    शालिकराम दाहाल
    चा न पा ३ झाैखेल
          भक्तपुर
    —————<•>—————
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको दसौँ शृङ्खला (श्रमिक दिवस विशेष) सम्पन्न

    नववर्ष विशेष झिल्का लेखन अभियान सम्पन्न

  • १ बैशाख २०८१, शनिबार ०९:५९ मा प्रकाशित
  • झिल्का लेखन अभियानको नवौँ शृङ्खला (नववर्ष विशेष) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले नववर्ष २०८१ को अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    ———-<•>———-
    उदाहरण झिल्का:
    खुसीयाली जताततै हर्षको
    कमी नरहोस् कदापि
    शुभकामना हजुर नववर्षको !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ———-<•>———-

    १//
    पुगोस् हरेकको चाहना
    नरहून् कोही दरिद्र
    नयाँ वर्षको शुभकामना !
    ✍️ वसन्त अनुभव

    घोराही उपमहानगरपालिका- १४, दाङ

    २//
    घुम्दै आयो नववर्ष
    सारा नेपालीको घरआँगनमा
    छाओस् उमङ्ग हर्ष !
    ✍️ मन्दिरा सेढाई

    मलेखु,धादिङ

    ३//
    नहोस् कसैको धर्ष
    वर्षैभरि उमङ्ग छाओस्
    यस्तो आओस् नववर्ष !

    ✍️ मंगला उपाध्याय

    ४//
    आयो नयाँ वर्ष
    घुम्दै फेरि आँगनमा
    बोकेर अथाह हर्ष ।

    ✍️ पृथक प्रकृति, झापा

    ५//
    सर्वदा समृद्धिको चाहना
    बाईबाई, हाईहाई चल्नुपर्छ
    नूतन वर्षको शुभकामना !
    ✍️नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर

    हाल- एनेलकुटी, सिरहा ।

    ६//
    सबैको एउटै चाहना
    मनमा उत्साह उमङ्ग
    नयाँ वर्षको शुभकामना !
    ✍️ जयनारायण नेपाल

    इलाम ,हाल भक्तपुर

    ७//
    शान्ति नयाँ वर्षमा
    दिव्य सन्देश छर्दै
    जीवन बितोस् हर्षमा ।
    ✍️ रबि पाैडेल

    दक्षिण भारत पाण्डेचरि ।

    ८//
    आउने नयाँ वर्ष
    सद्भावले भरियोस् सबैमा
    कसैलाई नपरोस् धर्ष !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१

    हालः-अमेरिका,बोस्टन

    ९//
    नववर्षमा लिएर हर्ष
    उत्साह उमङ्ग मनमा
    नहोस् कसैको अपकर्ष !

    ✍️ निर्मल शर्मा

    १०//
    नववर्ष आँगनमा आायो
    लिएर भारी शुभकामना
    उत्साह उमङ्ग छायो ।
    ✍️ विवश पारदर्शी

    झापा

    ११//
    सबैको पुगोस् चाहना
    उमङ्ग फैलियोस् जताततै
    नववर्षको हार्दिक शुभकामना !
    ✍️ बिकास छेत्री अञ्जान

    कैजले, बिजनबारी, दार्जिलिङ।

    १२//
    खराब बानी त्यागौँ
    नयाँ वर्ष एकासीमा
    सबै सत्मार्गमा लागौँ ।

    ✍️ धनमाया चौधरी

    १३//
    उल्लासमय रहाेस् चाहना
    मिटाेस् निराशा राेगव्याध
    नयाँ वर्षकाे शुभकामना !

    ✍️ प्रकाश के.सी.

    १४//
    आयो नयाँ वर्ष
    दु:खपिर भुली मनाऔँ
    यो खुसी हर्ष !
    ✍️ गंगाराम यादव

    औरावनी २ सुन्सरी

    १५//
    बेलुका सुतेर बिहान
    एक वर्ष बितिगयो
    खनेर उमेरको चिहान।
    ✍️ होम प्रसाद नेउपाने

    धरान,सुनसरी।

    १६//
    आइसक्यो नयाँ वर्ष
    खुसीका साथ मनाऔँ
    लिएर मनमा हर्ष ।
    ✍️ भवानी पाेखरेल(बाबू विराज)

    बाणगङ्गा १ चार नम्बर, कपिलवस्तु

    १७//
    नयाँ बिहानीको माया
    सबैलाई सम्झिरहने दिल
    सधैँभरि रहन्छ छाँया ‌।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    भारत

    १८//
    उमेरहरूको सागो तरेर
    बढ्दैछ जीवन यात्रा
    मृत्युको आभास छरेर ।

    ✍️ अनमोल राई

    १९//
    शुभकामना नयाँ वर्षको
    वसन्तको आगमनमा हरियाली
    छाओस् सम्पूर्णमा हर्षको !
    ✍️ दिल ठकुरी

    दार्जिलिङ

    २०//
    बढाेस् सबैमा सुभावना
    प्रगतिले शिखर चुमाेस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ त्रिलाेचन भण्डारी

    मेचीनगर,झापा

    २१//
    नयाँ वर्षको आस
    परिवर्तनको लहर देशमा
    नहोस् कोही निराश ।
    ✍️ संगीता खरेल

    चन्द्रागिरी ८ काठमाडौँ

    २२//
    मेरो एउटै चाहना
    समृद्ध नेपाल बनोस्
    सबैमा नववर्षको शुभकामना !
    ✍️ शंकर कार्की

    थाहा नगरपालिका मकवानपुर।

    २३//
    हरियाली पालुवा सरी
    आगमन वसन्तको यो
    शुभकामना अञ्जुली भरी !

    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ

    २४//
    सफल रहाेस् चाहना
    हर्ष खुसी छाओस्
    सबैमा नववर्षकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी

    गाेरखा सिरानचाेक

    २५//
    एउटै मनको चाहना
    मनको इच्छा पुगोस्
    नयाँ वर्षको शुभकामना !

    ✍️ कविता गुरुङ, रोल्पा

    २६//
    नववर्ष उमङ्ग सबमा
    उत्तराेतर प्रगति पाइलापाइलामा
    आरोग्यता होस् नेपालीजनमा ।

    ✍️ ज्ञानेन्द्ररत्न वज्राचार्य, काठमाडौँ ।

    २७//
    जीवनमा आओस् हर्ष
    नयाँ दिन खुसीयालीकाे
    बनाेस् नयाँ वर्ष !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे

    मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।

    २८//
    मौका आउँछ पर्खँदैन
    चिन्ने गर समयलाई
    बगेको खोला फर्कँदैन ।

    ✍️ देवकृष्ण काफ्ले

    २९//
    फैलिएर शान्ति सद्भावना
    समृद्धिका पालुवा पलाओस्
    नयाँ सालको शुभकामना !
    ✍️ कृष्णकुमार वैद्य

    बनेपा ९, काभ्रे

    ३०//
    आयो नविन वर्ष
    भुलेर दु:ख पीडा
    मनमा छायो हर्ष !

    ✍️ आर्त अकुलीन

    ३१//
    आयाे नयाँ वर्ष
    फेरिन्छ मात्र भित्तेपात्रो
    दुखीलाई छैन हर्ष !
    ✍️ हिरालाल न्याैपाने

    बानपा ८,सल्यान

    ३२//
    वसन्तकाे साथ पाउँदा
    फेरिऊन् नयाँ साेचहरू
    एकासीको बहार छाउँदा !

    ✍️ फूलमाया कुलुङ, साेलुखुम्बु

    ३३//
    नयाँ वर्ष आयो
    हर्ष र उमङ्गमा
    सबैतिर खुसी छायो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’

    पाँचखपन नपा – ६ संखुवासभा ।

    ३४//
    गरियो सुखदुःखको सामना
    उमङ्ग ल्याओस् नववर्षले
    सबैमा हार्दिक शुभकामना !

    ✍️ विश्वनाथ ढुङ्गेल

    ३५//
    नयाँ वर्षमा गुरु
    मिहिनेत मेरो कर्म
    नवीन यात्रा सुरु ।
    ✍️ धनुष न्यौपाने

    जुम्ला

    ३६//
    फेरिन्छ सालिन्दा साल
    फेरिँदैन कहिल्यै पनि
    निमुखा जनको हाल !

    ✍️ बाबुराम गौतम, गुल्मी

    ३७//
    पुरानो वर्ष जाऊ
    स्वागत छ नववर्ष
    शुभ भएर आऊ !

    ✍️ विके माकजू , भक्तपुर ।

    ३८//
    आयो रमाउँदै नववर्ष
    सुरुआत नयाँ कामको
    खुसी उमङ्ग हर्ष !
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी

    कालेबुङ

    ३९//
    शुभकामना सन्देश छायाे
    विगतकाे वर्ष भुलाउँदै
    मनमा खुसियाली पलायाे ।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे

    दुवाकाेट,भक्तपुर

    ४०//
    नववर्षमा नयाँ गाेरेटाे
    उमङ्ग रहोस् एकनास
    दु:खले काटोस् नेटो !
    ✍️ रमेश पन्थी

    राप्ती-५सिसहनिया दाङ

    ४१//
    पुगोस् मनका चाहना
    सबैमा नयाँ वर्षको
    हार्दिक मङ्गलमय शुभकामना !

    ✍️ अनिता भण्डारी ताप्लेजुङ

    ४२//
    सत्कर्मको जागोस् भावना
    सदा सुखशान्ति मिलोस्
    नयाँ वर्षको शुभकामना !

    ✍️ दीपा तिम्सना, ईलाम

    ४३//
    पहिलो वैशाख सुरुमा
    मङ्गल कामना सबैलाई
    चढाउँछु प्रार्थना गुरुमा ।

    ✍️ मोती सुब्बा

    ४४//
    आयो नयाँ वर्ष
    त्यागौँ हत्या हिंसा
    बाडौँ सद्भावना हर्ष !
    ✍️ सुदर्शन शर्मा

    सिरानचोक ३ गोरखा

    ४५//
    नववर्षको सबैलाई शुभकामना
    सुख समृद्धि छाओस्
    पुगोस् सबैको चाहना !

    ✍️ अमित लोहोरुङ राई

    ४६//
    गराैँ अन्धकारकाे सामना
    बसाउँ उज्ज्वल बस्ती
    सबैमा नववर्षकाे शुभकामना !
    ✍️ हरिगाेपाल प्रधान

    काभ्रे, बनेपा १४ साँगाबजार।

    ४७//
    खुसीहरू लिएर आउनू
    नयाँ वर्ष तिमी
    हरेकको जीवनमा छाउनू !

    ✍️ पुष्पा राई, खोटाङ ।

    ४८//
    शुभकामना नयाँ वर्षमा
    खुसी छावस् सधैँभरि
    बितोस् दिन हर्षमा ।
    ✍️ समुन्द्रा शर्मा

    सुनसरी

    ४९//
    देशमा परिवर्तन आओस्
    नयाँ वर्षको आगमनले
    सुख शान्ति छाओस् !

    ✍️ कला ढकाल, झापा

    ५०//
    खुसियाली छाओस् नववर्षमा
    सारा दुनियाँ रमाउन्
    सुखशान्ति र हर्षमा !
    ✍️ ईश्वर साउद

    सुदुरपश्चिम अछाम रामाराेसन ६ अछाम

    ५१//
    घरमा चुलो बलोस्
    गरिबको जीवनमा पनि
    सुख फलोस् फुलोस् ।
    ✍️ बाबुराजा वियोगान्त

    बैतडी

    ५२//
    गद्दार पुगून् काशीमा
    देश समृद्ध बनोस्
    भ्रष्टाचारी चढून् फाँसीमा !
    ✍️ शोभा शाह थापा

    हेटौंडा ४, मकवानपुर ।

    ५३//
    स्वस्थ रहोस् भावना
    वसन्तको अनुगमन सँगसँगै
    नयाँ वर्षको शुभकामना !

    ✍️ श्रीकृष्ण धामी – बझाङ

    ५४//
    आओस् नयाँ वर्ष
    उमङ्गको संसार ल्याई
    पाइयोस् मनमा हर्ष !

    ✍️ प्रेम थापा “मन” बागलुङ

    ५५//
    कोसेली खुसी हर्ष
    लिएर आइपुग्यो जीवनमा
    फेरि नयाँ वर्ष !
    ✍️ बि.कुलुङ

    दार्जिलिङ रंगबुल

    ५६//
    समृद्ध देशको चाहना
    चौतर्फी बनोस् विकासमय
    नयाँ वर्षको शुभकामना !

    ✍️ भगवती दवाडी, दमक,झापा

    ५७//
    आयो नयाँ वर्ष
    ल्याओस् सबैमा यसले
    उमङ्ग र हर्ष !
    ✍️ दीपा समभाव

    खोटाङ्ग

    ५८//
    बित्याे आसमा असी
    छैन भर एकासीकाे
    हिँड्छन् शब्दवाण धसी !

    ✍️ बासु पौड्याल

    ५९//
    स्वागत छ नववर्ष
    दुःखदायीलाई सुखदायी बनाई
    लिएर आऊ हर्ष !
    ✍️ शकुन राई

    मिरिक , दार्जीलिङ्ग ।

    ६०//
    गर्‍यौँ दु:खको सामना
    सुखको आगमन होस्
    सबैमा हार्दिक शुभकामना !
    ✍️ भुपेन्द्र राना मगर

    धादिङ

    ६१//
    सुख शान्ति आओस्
    नयाँ वर्ष एकासीमा
    सबैमा खुसियाली छाओस् !
    ✍️ भुजेल अरुण शान्ति

    गोरुबथान,कालिम्पोङ,भारत।

    ६२//
    रिसराग सब नाशी
    स्वागत गरौँ सबैले
    दुई हजार एकासी !
    ✍️ विमल खतिवडा माइला

    सिलगढी, भारत

    ६३//
    नयाँ वर्षको शुभकामना
    बारम्बार दिन सकिँदैन
    सुअवसरमा बाड्दैछु भावना !
    ✍️ अम्बिका अधिकारी

    झापा बिर्तामोड

    ६४//
    नववर्ष खास बनोस्
    यादकार होस् सबैलाई
    खुसीले साल चलोस् !
    ✍️ सनत रोकाय बिवश

    कुशे गा.पा. ८ जाजरकोट

    ६५//
    आपसी रिसराग भुलौँ
    शुभ मङ्गल नववर्षमा
    सुखशान्तिमा रमाई झुलौँ !
    ✍️ कार्की डिबी माकुम

    सुनवल-४, नवलपरासी

    ६६//
    उपहार नयाँ वर्षको
    युवा सबै विदेशमा
    खुसी न हर्षको !

    ✍️ देवी पन्थी

    ६७//
    नयाँ वर्षको शुभकामना
    केही झिल्काहरू लेखियो
    आफ्नै मनको भावना !

    ✍️ गुणनिधि घिमिरे अमेरिका

    ६८//
    सबैमा नवीन चाहना
    देशमा शान्ति छावोस्
    दुईहजार एकासीको शुभकामना !

    ✍️ बेदु न्यौपाने

    ६९//
    उत्साह उमङ्ग छरेर
    ल्याओस् नयाँ वर्षले
    सबैको झोली भरेर !

    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ

    ७०//
    आगोको झिल्का झरर
    खुसी आओस् नेपालीहरूलाई
    नववर्षको शुभकामना फरर !
    ✍️ चुडामणी देबकोटा

    चनपा १३ काठमाण्डौ

    ७१//
    नववर्षको हार्दिक शुभकामना
    विश्वमा खुसियाली छाओस्
    मनको एउटै चाहना !
    ✍️ बिके मुखिया

    दार्जिलिङ, भारत

    ७२//
    देखावटी खुसी देखाउन
    नयाँ वर्ष आयो
    गरिब दुखीलाई रुवाउन !
    ✍️ पवन दाहाल

    रतुवामाइ-९ मोरङ

    ७३//
    जीवनमा गरेर सामना
    मनैमा उमङ्ग छाओस्
    नयाँ वर्षकाे शुभकामना !
    ✍️ सहयात्री शाेभा अर्याल

    रुपन्देही

    ७४//
    नयाँ वर्षले ल्याओस्
    सुख समृद्धि सहित
    सबैमा शान्ति छाओस् !

    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।

    ७५//
    आयो उमङ्गको बहार
    प्रकृतिले पालुवा फेर्‍यो
    नववर्षको दिंँदै उपहार !
    ✍ नवशिला

    नवदेव मार्ग, बेलबारी, लालभित्ती, मोरङ।

    ७६//
    आयो नयाँ वर्ष
    जस्ताे भए पनि
    मनाउँ मानेर हर्ष !
    ✍️ गोबिन्द्र राज तिमिल्सेना

    ठेगाना: बडिमालिका ७ बाजुरा

    ७७//
    धैर्य गरेर पर्ख
    आउनेछ सद्भाव, शान्ति
    उमङ्गको नयाँ बर्ख !

    ✍️ प्रमिला प्याकुरेल खड्का

    ७८//
    स्वागतम् नयाँ वर्ष
    स्वर्णिम आगमनले तिम्रो
    छाओस् सबैतिर हर्ष !
    ✍️ नबराज ओझा”दियालो”

    धनगढी, कैलाली

    ७९//
    छर्दै उमङ्ग हर्ष
    शुभकामना छ सबैलाई
    आयो नयाँ वर्ष !
    ✍️ पुष्पा सुवेदी

    नेपालगन्ज,बॅाके

    ८०//
    नयाँ वर्ष आफूजस्तै
    लिएर उमङ्ग सुख
    समृद्धि ल्याओस् मस्तै !
    ✍️ तुलसी छेत्री

    दुलियाजान -असम ।

    ८१//
    वसन्त उमङ्गको नाममा
    शान्तिको सन्देश छर्दै
    नयाँ वर्षको शुभकामना !

    ✍️ बिकाश थापा

    ८२//
    चाहना होऊन् पूरा
    आउँदो नयाँ वर्षले
    पुराओस् मनका कुरा !

    ✍️ धड्कन जैशी अछाम्

    ८३//
    नयाँ वर्षको शुभकामना
    उमङ्ग लिएर आओस्
    गरौँ खुसीले सामना !
    ✍️ शोभा आचार्य गौतम

    काठमाडौँ

    ८४//
    आउँदैछ नयाँ वर्ष
    ल्याएर उमङ्ग खुसी
    छाउँदैछ मनमा हर्ष !
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।

    हाल भारतबाट ।

    ८५//
    यो नयाँ वर्षदेखि
    सकारात्मक सोच राखौँ
    सशक्त रचनाहरू लेखी !
    ✍️ भोज विवश मगर

    नवलपरासी पुर्व

    ८६//
    शिखरमा शैल मुस्कुरायो
    मन्द समीरले व्युँझाई
    हेर नववर्ष आयो !
    ✍️ कमल प्रसाद बगाले
    वालिङ्ग बजार स्याङ्जा

    गण्डकी प्रदेश

    ८७//
    हराभराले छाओस् वर्षभरि
    वनजङ्गल खेतबारी पाखामा
    खुसियाली सर्वत्र छरी !
    ✍️ राजेश्वरी राजोपाध्याय

    ललितपुर

    ८८//
    समृद्ध राष्ट्रको चाहना
    सम्पूर्ण नेपाली जगतलाई
    नववर्षको हार्दिक शुभकामना !
    ✍️ शशीश्री आचार्य

    बौद्ध कुमारीगाल काठमाडौँ

    ८९//
    यो नयाँ सालमा
    नाँच्ने गाउने रमाउने
    सबै आआफ्नै तालमा !
    ✍️ ललिता गिरी सिन्धुली

    हाल काठमाडौँ

    ९१//
    घुमेर आयो फेरि
    एक वर्ष बित्छ
    जहिले पात्रो हेरी !
    ✍️ लक्ष्मण देउवा डोटी

    हाल भारत

    ९२//
    सुनसान अँध्यारो रात
    आघात जलन मुटुमा
    मायाको ठूलो आघात !

    ✍️ उपकार नेचाली

    ९३//
    नयाँ वर्षको आगत
    नाँच्दै आउने उमङ्गलाई
    गर्नैपर्छ मिलेर स्वागत !
    ✍️ घनश्याम पन्त

    हरिवन, सर्लाही

    ९४//
    पात्रोमा अङ्क थपिन्छ
    नयाँ वर्ष भन्दै
    किन मन्त्र जपिन्छ ?
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )

    कनकाइ ४ झापा

    ९५//
    गरौँ सबैले कामना
    सुखी, समृद्ध नेपाल
    हामी सबैको चाहना !
    ✍️ शान्ता पौडेल भट्टराई

    टङ्कीसिनवारी, मोरङ

    ९६//
    सबैको मनमा उत्साह
    अतित भुलेर यसै
    नववर्षमा रमाउने चाह !

    ✍️ सम्पूर्ण जोशी

    ९७//
    पीडा भुलेर जाओस्
    असीको अन्तिम सन्ध्याले
    एकासी सुनौलो ल्याओस् !
    ✍️ नील हरि काफ्ले

    सिन्धुली (हाल काठमाडौँ)

    ९८//
    रित्तो कसैको पेट
    घर छैन उज्यालो
    नयाँ वर्षमा चोट !
    ✍️ बोधराज न्यौपाने

    वालिङ , स्याङ्जा

    ९९//
    कोइलीले गीत गायो
    समधुर शिशिरको जाडोमा
    वसन्त ऋतु आयो !
    ✍️ सीमा कार्की समर्पण

    मेलचोक पर्सा

    १००//
    नववर्षमा नयाँ उमङ्ग
    गएकाे वर्षभन्दा नि
    फेरियोस् जीवन रङ्ग !
    ✍️ भाेलामान बर्देवा

    धरान ८ सुनसरि

    १०१//
    मनभरि छ चाहना
    वर्ष दुईहजार एकासीको
    सबैमा हार्दिक शुभकामना !

    ✍️ सुरेश कार्की

    १०२//
    विकासको गतिविधि सुधारौँ
    नयाँ वर्ष लागेपछि
    न्यायको ढोका उघारौँ !
    ✍️ लिजा पुन मगर

    म्याग्दी

    १०३//
    शुभकामना सुखद जीवनको
    खुसी शान्ति समृद्धि
    संयमता बाँचिरहोस् मनको !

    ✍️ कमला पौडेल

    १०४//
    स्वागत नयाँ वर्ष
    नबिर्सनु है तिमीले
    ल्याउनुछ सबैमा हर्ष !

    ✍️ कपिल किशोर घिमिरे

    १०५//
    नयाँ उमङ्ग ल्याओस्
    आउने वर्षले सबैको
    घरआँगनमा खुशी छाओस् !
    ✍️ कबिताहरी

    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    १०६//
    शुभकामना हजुर नववर्षको
    देशमा सुशासन छाओस्
    माहोल बनोस् हर्षको !

    ✍️ नवीन कुमार ढकाल, हेटौंडा –९

    १०७//
    खाली एउटै चाहना
    रोग, भोक, शोक
    हटोस् हार्दिक शुभकामना !
    ✍️ मनोहरी पौडेल

    गैडाकोट १

    १०८//
    आयामहरू नौला सोच्नेछौँ
    आचरण प्रवृति सुधारेर
    विकृति विसङ्गतिलाई घोच्नेछौँ ।
    ✍️ केन्टरमेश क्षेत्रीय

    रोल्पा

    १०९//
    भ्रष्टाचार खतम होस्
    सदाचारी सब होऊन्
    कसैमा दोष नलागोस् !

    ✍️ होमनाथ गिरी

    ११०//
    बाह्र महिना सकियो
    सुरुआत फेरि हुन्छ
    शुभकामनाको बालियोस् दियो ।
    ✍️ मदनमणि राई

    सोलु दु.न.पा.११तिङ्ला सोलुखुम्बु।

    १११//
    उच्च रहून् मनकामना
    पुरा हुन् आकाङ्क्षाहरू
    नयाँ वर्षको शुभकामना !
    ✍️ तोया नाथ चापागाईं

    दमक,झापा,नेपाल

    ११२//
    बनावटी चिन्ता त्यागौँ
    नयाँ वर्षको उपहार
    देशको चिन्तनमा लागौँ !

    ✍️ कमला भण्डारी ढकाल

    ११३//
    शान्ति छाओस् देशमा
    शुभकामना नव वर्षको
    नआऊन् नक्कली भेषमा !

    ✍️ रिजु दिल्पाली

    ११४//
    बित्यो बाह्र महिना
    गरिबीको परिधिले कठै
    जिन्दगी बित्यो उमङ्गविना !

    ✍️ सन्तु खत्री

    ११५//
    परिश्रमको पसिना तरर
    निरन्तर बगोस् धरतीमा
    नववर्षको खुसी हरर !

    ✍️ बिजयराज न्यौपाने

    ११६//
    गर्नु चुनौतीको सामना
    दाजुभाइ दिदीबहिनी सबैलाई
    नयाँ वर्षको शुभकामना !
    ✍️ प्रविना प्रयासी

    ओखलढुंगा

    ११७//
    नयाँवर्ष बिक्रम सम्बत
    मनाउँछौँ शुभकामना दिई
    बिर्सेर नराम्रा बिगत !

    ✍️ रचना शर्मा प्रतीक्षा, ललितपुर ।

    ११८//
    खुसीको बीउ राेपेर
    नयाँ वर्ष आओस्
    हिँडाैँ उमङ्ग बाेकेर !
    ✍️ सन्दीप विश्वकर्मा

    प्यूठान (हाल:पाल्पा)

    ११९//
    छाउँदै उमङ्ग हर्ष
    विपुल उत्साह वर्षाउँदै
    आओस् हाम्रो नववर्ष !
    ✍️ डम्बर थामी ‘अनुपम’

    कालिन्चोक गा. पा. -६, दोलखा ।

    १२०//
    बोलौँ दिल खोलेर
    नव वर्षको शुभकामना
    पिरो वचनले नपोलेर !
    ✍️ सुरेशकुमार पाण्डे

    दाङ घोराही १८

    १२१//
    दुःख कष्ट हराओस्
    यो नयाँ वर्षले
    खुसीको बहार छाओस्

    ✍️ सरिता सेढाई धादिङ

    १२२//
    समृद्ध राष्ट्रको चाहना
    नववर्ष दुईहजार एकासीको
    सबैमा हार्दिक शुभकामना !
    ✍️ कृष्ण देउबा

    डडेलधुरा

    १२३//
    सुख, शान्तिको कामना
    मनमा उमङ्ग छाओस्
    सबैलाई नववर्षको शुभकामना !

    ✍️ मन्जु बोहरा

    १२४//
    लिएर मनमा हर्ष
    बनोस् काम अड्केकाे
    सुखद बनोस् नववर्ष !

    ✍️ प्रद्युम्न चालिसे

    १२५//
    नयाँ वर्षको शुभकामना
    सुखशान्ति र समृद्धिको
    पुगोस् सबै चाहना !

    ✍️ रसज्ञ छहरा

    १२६//
    मिलिजुली गरौँ सामना
    सखाप पारौँ चुनौतीहरू
    नववर्षको मिठो शुभकामना !

    ✍️ चिरञ्जीवी ढकाल

    १२७//
    नववर्षको हार्दिक शुभकामना
    पालुवा पलाओस् सदैव
    बाँझो नरहून् चाहना !
    ✍️ सञ्जना शर्मा

    लमही दाङ

    १२८//
    अपुरो नरहून् चाहना
    खुसियाली होस् जताततै
    नयाँ वर्षको शुभकामना !
    ✍️ गणेश कार्की

    धनकुटा चानुवा

    १२९//
    घरघरमा नयाँ वर्ष
    रिसराग छोडेर हामी
    मनाऔँ सबैले हर्ष !
    ✍️ बिरेन्द्र कुमार चौधरी

    इटहरी सुनसरी

    १३०//
    आयो नयाँ वर्ष
    फर्केर आएँ उसँगै
    मनाउन खुसी हर्ष !

    ✍️ सुमित्रा शिशु, झापा

    १३१//
    नववर्ष हर्षाेल्लासले मनाऔँ
    प्रगतिमा लागाेस् तनमन
    मिष्ठान्न भाेजन बनाऔँ ।
    ✍️ नवराज भट्ट

    कञ्चनपुर

    १३२//
    घरघरमा नववर्ष आओस्
    नरहोस् कसैसँग शत्रुता
    सबैमा आत्मीयता छाओस् ।

    ✍️ सरस्वती श्रेष्ठ इटहरी

    १३३//
    आयो नयाँ वर्ष
    दु:ख अभाव हटाई
    ल्याओस् खुसी हर्ष !
    ✍️ बाबुराम पाण्डे

    अर्घाखाँची

    १३४//
    नववर्षको यो आगमन
    सदाचार, सौहार्द, सहिष्णुता
    वनोस् प्रफुल्लित मन ।
    ✍️ पेम्वा यल्मो

    दार्जीलिङ,भारत

    १३५//
    खुसीहरू बोकेर आओस्
    नववर्षले सबैको जीवनमा
    हाँसोसँगै उमङ्ग ल्याओस् !
    ✍️ वि.वि.याक्खा

    पाँचखपन -६ संखुवासभा।

    १३६//
    आउँछ वर्षमा एकपटक
    पुरानो गई नयाँ
    देखाउँदै नौलो चटक !

    ✍️ साहित्य प्रेमी

    १३७//
    फूलझैँ जीवन फुलिरहोस्
    नववर्षको शुभेच्छा लिएर
    हर्षमा मन झुलिरहोस् !
    ✍️ दस्ता कौशिक

    – पाँचथर, सिंहपुर

    १३८//
    सिरसिर हावा हुरूरू
    नयाँ वर्षको हर्षोल्लास
    इच्छा चाहना फुरूरू !

    ✍️ हिरादेवी कुलुङ

    १३९//
    नयाँ उमङ्ग छाओस्
    याे नयाँ वर्षमा
    सपरिवारमा नवउत्साह ल्याओस् !

    ✍️ बुढ्यौली साहित्य समाज सिन्धुली

    १४०//
    रहर उत्साह भाग्यो
    गरिबहरूको जीवनमा जब
    माकुराको जालो लाग्यो !
    ✍️ सुष्मा मगर रोल्पा

    हाल ईन्दिया

    १४१//
    समृद्धि सबमा आओस्
    बनाेस् हर्षित जीवन
    नववर्षमा उमङ्ग छाओस् !

    ✍️ शम्भु गजुरेल , सिन्धुली

    १४२//
    जीवन बिताऊँ हर्षले
    शान्ति देओस् मनमा
    सबैको नयाँ वर्षले !

    ✍️ करन बोहरा, बझाङ

    १४३//
    खुसी लिएर आओस्
    नववर्ष सबैको जीवनमा
    हर्षसँगै उमङ्ग छाओस् ।
    ✍️ दुर्गा भट्टराई

    माेरङ

    १४४//
    जीवनमा उमङ्ग छाओस्
    आउँदो नयाँ वर्षले
    नेपालीमा हर्ष ल्याओस् !
    ✍️ सुस्मिता अधिकारी

    काठमाडौँ

    १४५//
    आँधी आओस् हर्षको
    छ मेरो शुभकामना
    सबैमा नयाँ वर्षको !
    ✍️ बिचन्द्र रायमाझी “मुस्कान “

    तानसेन ,पाल्पा

    १४६//
    नववर्ष नेपालमा छायो
    गुराँसको बैँसालु जवानी
    उल्लासमय वातावरण बनायो !

    ✍️ म्यामराज राई, भोजपुर

    १४७//
    नववर्षमा उमङ्ग आओस्
    नेपालीको सद्भाव लिएर
    मुलुकभर प्रगति छाओस् !
    ✍️ एवाइ प्रभात

    धनकुटा

    १४८//
    आँसुकाे भेल आयाे
    हेरे धेरैले रमिता
    दु:खकाे टुसाे पलायाे !

    ✍️ दीपक दाहाल

    १४९//
    आयो आयो नववर्ष
    एकक्षण हरघर नियाल्दै
    पसेर जान्छ हर्ष !
    ✍️ राजनारायण राई

    सोनादह दार्जीलिङ

    १५०//
    अल्छी आलस्य फालेर
    लाग्नुछ कर्म क्षेत्रमा
    मनकाे ज्याेति बालेर !

    ✍️ भुपेन्द्र के.सी.

    १५१//
    फेरि लिएर भारी
    सुन्दर सुखद सपनाको
    लस्कर सहितको सवारी !

    ✍️ उमेश उपाध्याय

    १५२//
    बनोस् जिन्दगानी सुरतालको
    सकारात्मक सोच सद्भाव
    शुभकामना नयाँ सालको !

    ✍️ कृष्ण सुवेदी

    १५३//
    दु:खकष्ट हट्दै जाओस्
    नयाँ वर्षको शुभकामना
    सबैमा खुसियाली छाओस् !

    ✍️ सोमनाथ लुइँटेल रवि पाल्पाली

    १५४//
    फुलको माला गासी
    स्वागत गर्छौ तिमीलाई
    नयाँ साल एकासी ।
    ध्रुव श्रेष्ठ

    खोटाङ,हाल काठमाडौ ।

    १५५//
    नयाँ वर्षको बहार
    लिएर आऊ तिमी
    भरी सबैमा जाँगर !
    ✍️ देव मगर

    तिनाउ-१,कचल,पाल्पा

    १५६//
    नयाँ वर्ष आयो
    उत्साह नयाँ लिएर
    फेरि खुसियाली छायो
    ✍️ बालकृष्ण श्रेष्ठ

    सोलुखुम्बु

    १५७//
    आइपुग्यो नयाँ साल
    नहोस् ताल पहिलाको
    केही होला कमाल !

    ✍️ ज्ञानेन्द्र क्षत्री

    १५८//
    नयाँ वर्षको शुभकामना
    अष्टाङ्गिक मार्ग पछ्याऔँ
    पुग्नेछ सबैको मनोकामना ।

    ✍️ के.पि. गौतम

    १५९//
    अतीतका पीडा भुल्ने
    आओस् नयाँ साल
    समृद्धिको शिखर डुल्ने !
    ✍️ नेत्र घिमिरे

    सूर्यविनायक, भक्तपुर ।

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on नववर्ष विशेष झिल्का लेखन अभियान सम्पन्न

    विशेष झिल्का लेखन अभियानको आठौँ शृङ्खला (होली पर्व विशेष) सम्पन्न

  • १४ चैत्र २०८०, बुधबार १०:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको आठ्सुँ शृङ्खला (होली विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ———-<•>———-


    [१]
    खुसीराजी दिल खोली
    सबै मिलेर मनाऔँ
    रङ्गहरूको पर्व होली !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ———-<•>———-
    [२]
    थरीथरी रङ्ग सङ्गाली
    रमाउछौँ होली पर्वमा
    आफ्नो संस्कृति अङ्गाली !
    ✍️सुस्मिता अधिकारी
    ———-<•>———-
    [३]
    होलीमा नयाँपन आओस्
    शुभकामना छ होलीको
    रङ्गविरङ्गले फोहोरमैला पखालोस् ।
    ✍️ नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा
    ———-<•>———-
    [४]
    मनाऔँ रङ्गको होली
    आहान सरी छेपाराको
    नहोस् मर्दको बोली !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ———-<•>———-
    [५]
    हाेलीकाे वर्षा छायाे
    रङ्गीन सपना सजाउँदै
    शुभकामना सन्देश आयाे ।
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    ———-<•>———-
    [६]
    खेलौँ रमाएर होली
    एउटै पर्वलाई मान्छ्न्
    आज र भोलि !
    ✍️ कला ढकाल झापा
    ———-<•>———-
    [७]
    रङ्गीविरङ्गी रङ्गहरू दलेर
    जबर्जस्ती नलगाऔँ कसैलाई
    पछिबाट नफ्याँकाैं छलेर !
    ✍️ रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
    ———-<•>———-
    [८]
    खेल्नुछ रमेर हाेली
    आपसमा सद्भाव राखेर
    मिठो वचन बाेली।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।
    ———-<•>———-
    [९]
    होली प्रेमको प्रतीक
    बिभिन्न रङ्ग मिसायौँ
    लगायौँ हियाको नजिक !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ———-<•>———-
    [१०]
    १.
    हर्ष उल्लासको होली
    विकृति छाउन थाल्यो
    चाडपर्वमा किन आजभोलि !
    २.
    खुसीले रङ्ग दल्नू
    जबर्जस्ती हुँदैन होली
    सहमतीमा मिलेर चल्नू ।
    ✍️ शंकर कार्की,मकवानपुर ।
    ———-<•>———-
    [११]
    विभिन्न रङ्गहरू खेल्ने
    आएको छ पर्व
    खुसीको मौसम झेल्ने !
    ✍️ पृथक प्रकृति ,झापा
    ———-<•>———-
    [१२]
    छाओस् उत्साह उमङ्ग
    रङ्गीन पर्व होलीमा
    मिलेरै खेलौँ सप्तरङ्ग !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    ———-<•>———-
    [१३]
    १.
    होली आयो रङ्गमा
    रमाऔं सबै मिलेर
    खेलौँ खुसीले उमङ्गमा !
    २.
    होली सप्तरङ्गको नाममा
    गरी संस्कृतिको जगेर्ना
    रमाऔँ सबैलाई कामना !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ———-<•>———-
    [१४]
    १.
    वसन्त ऋतु आगमन
    रमेर खेलाैँ हाेली
    मिलेर आफ्नै घरआँगन !
    २.
    रङ्गको पर्व हाेली
    कसेर मित्रताकाे गाँठाे
    मनमा सद्भाव खाेली ।
    ✍️ प्रद्युम्न चालिसे
    कटुञ्जे भक्तपुर ।
    ———-<•>———-
    [१५]
    मनमा छाओस् उमङ्ग
    मतभेद मनबाट हटाऔँ
    सद्भावमा होलीको रङ्ग !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ———-<•>———-
    [१६]
    थरीथरी उमङ्ग आओस्
    होली पर्व अनुयायीहरुमा
    सद्भावले स्थान पाओस् ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    ———-<•>———-
    [१७]
    सबैले गर्नुपर्छ गर्व
    संस्कृति जोगिने गरी
    मनाउनु होली पर्व !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ———-<•>———-
    [१८]
    रङ्गहरूको पर्व होली
    मनाऊँ उत्साह ,उमङ्गले
    माया ,स्नेह खोली
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ———-<•>———-
    [१९]
    रङ्गहरूको पर्व होली
    सद्धावले हाँसेर खेलौँ
    जानुपर्ने मरेर भोलि !
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ———-<•>———-
    [२०]
    होलीले ल्याओस् उमङ्ग
    पाइन्छ सद्भाव छरेमा
    सबैको मनमा तरङ्ग ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ———-<•>———-
    [२१]
    १.
    होली पर्व आयो
    चारैतिर रस्तीबस्ती हुँदै
    सबैको मनमनमा छायो ।
    २.
    रङ्गहरुको पर्व होली
    एकापसमा सद्भाव साटौँ
    तुच्छ बचन नबोली।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ———-<•>———-
    [२२]
    रमाउने मन खोली
    रङ्गमा रङ्गीन बनेर
    मिलेर खेलौँ होली !
    ✍️ रचना प्रतीक्षा
    ———-<•>———-
    [२३]
    जडिबुटी बनाउने रङ्ग
    अलपत्र छन् वनभरि
    जान्छन् बाहिर छङ्ग ।
    ✍️लोक बहादुर क्षेत्री लामिछाने
    ———-<•>———-
    [२४]
    आयो पर्व होली
    सचेत भई खेलौँ
    पछुतो नहोस् भोलि !
    ✍️ गोकर्ण दयाल (गौरव)
    मेलौली ७ बैतडी ।
    ———-<•>———-
    [२५]
    आउँदैछ घरआँगनमा होली
    रमाउँदै छन् हेर
    नानीबाबुहरू दिल खोली !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ———-<•>———-
    [२६]
    मस्तले खेलौँ होली
    बिर्सदै रिसराग सबै
    माया मिठो घोली ।
    ✍️ तोया नाथ चापागाईं
    दमक,झापा
    ———-<•>———-
    [२७]
    रङ्गहरूको पर्व आयो
    उत्साह उमङ्ग सँगै
    गाउँ, सहर छायो !
    ✍️पुष्पा राई, खाेटाङ ।
    ———-<•>———-
    [२८]
    सद्भावले भाइचारा गर्दै
    मनाउनु होली पर्व
    जाओस् खुसी छर्दै !
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ———-<•>———-
    [२९]
    रङ्गैरङ्गमा खेल्दै होली
    हर्ष उमङ्गले आऊ
    मनका भावना खोली !
    ✍️मन्जु बोहरा बझाङ
    ———-<•>———-
    [३०]
    छरेर सद्भावको रङ्ग
    जनमा खुसी छाउँदा,
    हर्ष उमङ्गले दङ्ग !
    ✍️आर्त अकुलीन
    ———-<•>———-
    [३१]
    उमङ्गको पर्व होली
    सद्भावले मनाउने सबै
    मायाको रङ्ग घोली !
    ✍️संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ———-<•>———-
    [३२]
    होलीको उमङ्ग छरेर
    सात रङ्गको टीकाले
    मनाऔँ उमङ्ग भरेर !
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ———-<•>———-
    [३३]
    आयो होली आयो
    सबैको मन मनमा
    खुसीको उमङ्ग छायो !
    ✍️ सुष्मा मगर रोल्पा
    ———-<•>———-
    [३४]
    रङैरङको पर्व होली
    साथीसङ्गी सबैजना मिलेर
    रमाऔँ हृदय खोली !
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    ———-<•>———-
    [३५]
    रमाइलो पर्व होली
    सबै जातिले मान्ने
    हृदय मन खोली !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ———-<•>———-
    [३६]
    उमङ्गमय खेलौँ हाेली
    नाँच्दै ,गाउँदै ,रमाउँदै
    सम्झना राखी भाेलि !
    ✍️ फूलमाया कुलुङ
    साेलुखुम्बु
    ———-<•>———-
    [३७]
    होली पर्व आयो
    जनमनको तरङ्ग घोलेर
    सरर रङ्ग वर्षायो ।
    ✍️ योगप्रसाद उपाध्यय चापागाईं, काठमाण्डौं ।
    ———-<•>———-
    [३८]
    खुसी आनन्द उमङ्ग
    सद्भाव बाडौँ सबैले
    खेलेर आपसमा रङ्ग !
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    ———-<•>———-
    [३९]
    उमङ्ग वर्षाउने हाेली
    वर्ष दिनमा आउने
    साथीसँग रमाउँला भाेलि !
    ✍️ जानुका
    ———-<•>———-
    [४०]
    होली खेल्ने चाहना
    मनमा खुसी छाओस्
    होलीको हार्दिक शुभकामना !
    ✍️श्रीकृष्ण धामी – बझाङ
    ———-<•>———-
    [४१]
    रङ्गहरुको पर्व होली
    इन्द्रेणीसँग लुकामारी खेल्दै
    बगाएर खुसीको खोली !
    ✍️मन्दिरा सेढाई ,मलेखु,धादिङ
    ———-<•>———-
    [४२]
    रङ्गको पर्व होली
    भाइचारा होस् अटुट
    रङ्गियोस् रङ्गमय टोली !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    ———-<•>———-
    [४३]
    फागुपूर्णिमा पर्व मनाउँ
    रङ्गको होली खेल्दै
    रङ्गीन जीवन बनाउँ !
    ✍️ बेदु न्यौपाने
    ———-<•>———-
    [४४]
    १.
    आयो चाँड होली
    बढाई आपसमा भाईचारा
    खेलेर रङ्गहरूको टोली !
    २.
    रङ्गहरूमा रमाइलो गर्दा
    समय आनन्दले बितेछ
    आँगनीमा झमक्क पर्दा !
    ३.
    वसन्तमा गुराँस फुलेको
    होलीको रङ्गमा भिजेर
    वृन्दावनमा कृष्णजी भुलेको !
    ✍️ मोती सुब्बा
    ———-<•>———-
    [४५]
    जब होली आउँछ
    एकतामा रङ घुल्दा
    सारा देश जगमगाउँछ ।
    ✍️ बाबुराम गौतम, गुल्मी
    ———-<•>———-
    [४६]
    रङ्गहरूको पर्व आयो
    शुभकामना छ सबैलाई
    वातावरण रङ्गीन बनायो ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    ———-<•>———-
    [४७]
    रङ्गको खेलौँ होली
    सम्बन्ध बलियो बनाएर
    आऊ दिल खोली !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ———-<•>———-
    [४८]
    होलीमा रङ्ग खेलौँ
    मान्छेका अनेक रङ्ग
    हरेक क्षण झेलौँ !
    ✍️ देवी पन्थी
    ———-<•>———-
    [४९]
    आजै खेलौँ होली
    दिल खोलेर रङहरूमा
    आउछ आउँदैन भोलि !
    ✍️ भावना
    ———-<•>———-
    [५०]
    होली पर्व आयो
    गाउँ, सहर सबैतिर
    नयाँ उमङ्ग छायो !
    ✍️ सरिता सेढाई धादिङ
    ———-<•>———-
    [५१]
    १.
    खुसी बनयाे होलीले
    खेलाैँ सबै मिलेर
    मिठो वचन बोलीले !
    २.
    विभिन्न रङ्ग घाेली
    खुसी साटौँ आपसमा
    मनाउँ हामीले हाेली !
    ✍️ सहयात्री शोभा अर्याल
    रुपन्देही
    ———-<•>———-
    [५२]
    रङ्गहरूको पर्व होली
    बचाऔंँ सद्भाव मनाएर
    आज र भोलि !
    ✍️ नागेन्द्रप्रसाद यादव , गढवा , दाङ
    ———-<•>———-
    [५३]
    हर्षको पर्व होली
    भिजाऊँ विविध रङ्गले
    मानिसका कमिज चोली ।
    ✍️ विके माकजू
    ———-<•>———-
    [५४]
    १.
    रङ्गहरूको पर्व होली
    हार्दिक शुभकामना सबैलाई
    खेलौँ दिल खोली !
    २.
    आयो पर्व होली
    आऊ मिली खेलौँ
    रङ्गगीयोस् मेरो चोली !
    ३.
    जोगाऔँ संस्कृति हाम्रो
    बाहिरी संस्कृति हामीले
    भित्रन नदिएकै राम्रो !
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    ———-<•>———-
    [५५]
    चढेर वसन्तको डोली
    आयो रङ्गको तिहार
    मंगलमय रहोस् होली !
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    ———-<•>———-
    [५६]
    फागु पर्व होली
    देशभर सप्तरङ्गी उमँङ्ग
    खेलौँ हृदय खोली !
    ✍️ चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    ———-<•>———-
    [५७]
    रङ्गीन चाड होली
    घोली विभिन्न रङ्ग
    खेलौँ दिलै खोली !
    ✍️ रसज्ञ छहरा
    कावासोती -३ नवलपुर
    ———-<•>———-
    [५८]
    खेलौँ सबले होली
    बाडौँ सद्भाव आऊ
    प्रेमको रङ घोली !
    ✍️ नवशिला।
    नवदेव मार्ग, लालभित्ती, मोरङ।
    ———-<•>———-
    [५९]
    १.
    होली पर्व आयो
    आपसी सद्भाव साट्दै
    सबैमा उमङ्ग छायो !
    २.
    घुमेर आयो होली
    गाउँ, सहर सबैतिर
    रमाउँदै खेलौँला भोलि !
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ———-<•>———-
    [६०]
    १.
    वसन्तमा पालुवा टुसायो
    हरियाली डालीमा सजाउँदै
    रङ्गहरूको होली आयो !
    २.
    सत्यताको प्रतीक महान
    कर्तव्यनिष्ठता बोध गराउने
    समर्पणक‍ो होलीका दहन !
    ३.
    खेलौँ रङ्गहरूको होली
    आत्मियताको पवन पर्वमा
    मनको कल्मषहरू खोली !
    ✍️ दिल ठकुरी दार्जिलिङ
    ———-<•>———-
    [६१]
    १.
    सबैको मनमा भावना
    रङ्गको पर्व होलीको
    मेरो हार्दिक शुभकामना !
    २.
    सरल सभ्य भएर
    साथीहरू जम्मा हुँदै
    खेलौँ घरघर गएर !
    ३.
    मनमा छाओस् उमङ्ग
    वर्ष दिनको पर्वमा
    सद्भावका विभिन्न रङ्ग !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ———-<•>———-
    [६२]
    तराईमा होली पर्व
    भड्किलो हुँदै गयो
    कसरी गर्ने गर्व ?
    ✍️ मंगला उपाध्याय
    ———-<•>———-
    [६३]
    नगरौँ जबर्जस्ती कसैलाई
    खुशी साटौँ आपसमा
    होलीको शुभकामना सबैलाई !
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ
    ———-<•>———-
    [६४]
    रङ्गको पर्व होली
    रङ्गीयो नेपाली माटो
    नाचौँ दिल खोली !
    ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ , दार्जिलिङ
    ———-<•>———-
    [६५]
    १.
    होलीको अनेक रङ्ग
    आत्मियता, प्रेम, सद्भावना
    नहोस् कहिले भङ्ग !
    २.
    रङ्ग होलीको घसेर
    मनाऊँ उल्लास हर्षले
    आफ्नो मर्यादामा बसेर !
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
    ———-<•>———-
    [६६]
    १.
    रङ्गहरूको पर्व होली
    हाम्रो जीवन त
    आज कि भोलि !
    २.
    भरौँ विभिन्न रङ्ग
    आफैंसङ्ग आफू नै
    हुँदै हुँदै दङ्ग !
    ३.
    मनाऔँ होसले पर्व
    सम्झेर भोलि आफैँ
    गर्नसकौँ है गर्व !
    ✍️ दीपा समभाव
    रावाबेशी, दुबेकोल खोटाङ्ग
    ———-<•>———-
    [६७]
    पवित्र होलीको रङ्ग
    सबैतिर छ खुशियाली
    नयाँ जोश उमङ्ग !
    ✍️ नबराज ओझा
    धनगढी कैलाली!
    ———-<•>———-
    [६८]
    हर्षित बनायो होलीले
    मनाउँ खुसीको लहरमा
    नगरौँ नमिठो बोलीले !
    ✍️ बिकास छेत्री अञ्जान
    बिजनबारी, दार्जिलिङ।
    ———-<•>———-
    [६९]
    १.
    दुःखलाई गर्नू सामना
    हजुर सबै सबैलाई
    हाेली पर्वकाे शुभकामना !
    २.
    रङ्गहरूकाे पर्व हाेली
    हामी सबैले मनाऔँ
    आफ्नो दिल खाेली !
    ३.
    जतासुकै खुसीयाली आयो
    दुःख, कष्ट भुलाएर
    मनमा उमङ्ग छायाे !
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    ———-<•>———-
    [७०]
    रङ्गीन होस् होली
    हरेक नेपाली जनको
    भरियोस् खुसीको झोली !
    ✍️ शोभा शाह
    ———-<•>———-
    [७१]
    १.
    रङ्गहरूकाे पर्व हाेली
    मनाऔँ सबै मिलेर
    दिलमा दिल खाेली !
    २.
    हाेली पर्व आयाे
    रङ्गहरूकाे उत्सव मनाउँदै
    सवैमा खुसी छायाे !
    ✍️ उर्मिला के.शी.
    धनकुटा
    ———-<•>———-
    [७२]
    रङ्गीचङ्गी रङ्गको पर्व
    रमाऔँ सबै उमङ्गले
    खेलौँ मिली सगर्व !
    ✍️ घनश्याम पौडेल
    गौरीगंगा -९, कैलाली
    ———-<•>———-
    [७३]
    रङ्गको पर्व होली
    खुसी भई मनाऔं
    मिठो वचन बोली !
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ———-<•>———-
    [७४]
    मादलुको तालमा रोली
    आनन्दले मनाइने उत्सव
    रङ छ्यापेर होली !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    ———-<•>———-
    [७५]
    मनमा हर्ष फुटाउछ
    रङ्गसँगै रङ्ग खेल्दा
    खुसीले मायामोह जुटाउछ ।
    ✍️ केन्टरमेश क्षेत्रीय
    रोल्पा
    ———-<•>———-
    [७६]
    १.
    हिन्दुहरूको पर्व होली
    रङ्गविरङ्ग विभिन्न रङ्गसित
    मनाउनुपर्छ है भोलि !
    २.
    होलीले भातृत्व ल्याउँछ
    सबै आफन्तलाई अङ्गालोमा
    शुभकामना दिँदै अटाउँछ।
    ३.
    रङ्गहरूको महत्व होलीमा
    जाति विभेद त्यागेर
    रमाउँछन् मीठो बोलीमा !
    ✍️विनोद ‘सिंह’ खाती,
    मिरिक, दार्जीलिङ ।
    ———-<•>———-
    [७७]
    रमेर होलीको रमझम
    रङ्गसँग गरेर रमाइलो
    मिलेर नाचौँ छमछम ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – संखुवासभा ।
    ———-<•>———-
    [७८]
    रङ्गहरूको पर्व होली
    भएर सभ्य एकापसमा
    खेलौँ दिल खोली !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ———-<•>———-
    [७९]
    गर्दै रङ्ग र्‍याली
    मिली होली खेलौँ
    ल है यसपालि !
    ✍️ विवश पारदर्शी
    झापा,
    ———-<•>———-
    [८०]
    होलीको रौनक चारैतिर
    मन पनि फुरुङ्ग
    हटाउँछ चिन्ता पिर ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ———-<•>———-
    [८१]
    उत्साह उमङ्गको पर्व
    खुलेर मिलेर मनाऔँ
    लिएर मनमा गर्व !
    ✍️ बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
    ———-<•>———-
    [८२]
    होलीलाई वर्षाले सतायो
    रङ्ग नउड्ने भएछ
    यसपाली नरमाइलो बनायो !
    ✍️ भगवती दवाडी
    ———-<•>———-
    [८३]
    खेलाैँ मिलेर हाेली
    शुभकामना छ सबैमा
    रमाओैँ दिल खाेली ।
    ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
    ———-<•>———-
    [८४]
    हर्षले दिल खोली
    एकअर्काका मनका भावना
    साट्दै खेलौँ होली !
    ✍️ मन्जु बोहरा
    बझाङ
    ———-<•>———-
    [८५]
    घरघरमा होली आयो
    प्रेमको प्रतीक बोकी
    जनजनमा हर्ष छायो ।
    ✍️ बिरेन्द्र कुमार चौधरी
    इटहरी,पकली,सुनसरी
    ———-<•>———-
    [८६]
    रङ्गहरूको पर्व होली
    संस्कृति आफ्नो जोगाउँदै
    मनाऔँ दिल खोली !
    ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
    ———-<•>———-
    [८७]
    होलीका दहन गरी
    रङ्गियौँ हामी रङ्गमा
    मनमा उमङ्ग भरी !
    ✍️सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    ———-<•>———-
    [८८]
    खेलौँ आज होली
    साथीभाइ सबै मिली
    आउँदैन है भोलि !
    ✍️ धनुष न्यौपाने
    जुम्ला
    ———-<•>———-
    [८९]
    हाेली पर्व रमाइलाे
    खुसी साटाैँ हामी
    चारैतिर छ घमाइलाे !
    ✍️ ताराप्रसाद चापागाईँ
    ———-<•>———-
    [९०]
    रमाउँदै खेलौँ होली
    साथी सँगी साथमा
    सम्बन्धको मीठास घोली !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    ———-<•>———-
    [९१]
    रङ्गहरूको पर्व होली
    जुटेर साथी आपसमा
    खेलौँ मन खोली !
    ✍️ इमान सिंह के.सि.
    व्यास ९ धनुवेसी,कलेस्ति,तनहुँ
    ———-<•>———-
    [९२]
    १.
    मन हर्षित बनाऔँ
    हामी सबै मिलेर
    भोलि होली मनाऔँ ।
    २.
    अरूलाई रङ्ग दलेर
    आफू भाग्न खोजेँ
    सबै भीड छलेर !
    ३.
    भर हुँदैन भोलिको
    रम्ने रमाउने सबैलाई
    शुभकामना छ होलीको !
    ✍️
    ललिता सिन्धुली
    हाल काठमाडौँ
    ———-<•>———-
    [९३]
    १.
    मलाई छ गर्व
    सबैले हाँसेर मनाऔँ
    अब होली पर्व !
    २.
    बोल मिठो बोली
    रङ्गीन बनोस् सहर
    आयो आयो होली !
    ३.
    पुगोस् मनका भावना
    होलीको सबै सबैलाई
    छ है शुभकामना !
    ✍️ लक्ष्मण देउवा डोटी
    हाल भारत
    ———-<•>———-
    [९४]
    मनाउँ आपसमा हाेली
    आजै हुने काम
    कहिल्यै नभनाैँ भाेलि!
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ———-<•>———-
    [९५]
    नखेलौँ रगतको होली
    सिकाउँदै विश्वलाई भाइचारा
    मनाऔँ दिल खोली !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक, भक्तपुर ।
    ———-<•>———-
    [९६]
    आयो पर्व होली
    मिलीजुली हर्षले मनाऔँ
    मन पुरै खोली !
    ✍️ बिकाश थापा
    ———-<•>———-
    [९७]
    खेलौँ सबैले होली
    मनको दैलो खोलेर
    भरौँ आनन्दको झोली !
    ✍️ पेम्वा यल्मो,दार्जीलिङ भारत
    ———-<•>———-
    [९८]
    मिलाउँ मनको लोली
    खुसियाली भरेर मनमा
    रङ्गले चम्किन्छ होली।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ———-<•>———-
    [९९]
    १.
    उत्साह, उमङ्गले सजाई
    होली पर्व मनाउँ
    आत्मीय सद्भावना जगाई !
    २.
    उपद्रो नगरी मनाऔँ
    सदाझैँ होली पर्व
    उल्लासमय वातावरणमा रमाऔँ !
    ✍️ राजेश्वेरी राजोपाध्याय
    ———-<•>———-
    [१००]
    खेलौँ यसपालि होली
    हातमा रङ्ग दलेर
    मिलीजुली दिल खोली !
    ✍️ बिधुत गुरुड़् गोरुबथान
    ———-<•>———-
    [१०१]
    एकजुट भई रमाउनुपर्छ
    सबैजना हामी मिलीजुली
    होली पर्व मनाउनुपर्छ ।
    ✍️ आशिष ऐडी
    कालिकोट पचालझरन
    ———-<•>———-
    [१०२]
    १.
    रङ्गको पर्व होली
    रमाऔँ सबै मिलेर
    खुसीले दिल खोली !
    २.
    शुभकामना सबैलाई होलीको
    रमाऔँ सुरक्षित भएर
    सम्झेर दिन भोलिको !
    ३.
    रङ्ग हो पर्वको
    रमाऔँ खुसी हुँदै
    संस्कृति हाम्रो गर्वको !
    ४.
    रमाउँदै लगाऔँ रङ्ग
    एकापसमा हुँदै खुसी
    खेलौँ भएर दङ्ग !
    ५.
    सङ्गम रङ्ग पानीको
    नेपाल विश्वमा चिनिन्छ
    धनी संस्कृतिको खानीको !
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ———-<•>———-
    [१०३]
    रङ्गहरूको पर्वमा रमाउछौँ
    संस्कृतिलाई सम्मान गर्दा
    उमङ्गमा खुसी बोलाउछौँ ।
    ✍️ केन्टरमेश क्षेत्रीय
    रोल्पा
    ———-<•>———-
    [१०४]
    रङ्गमा छ मन
    भएर उमङ्ग खुसी
    स्वस्थ स्फूर्त जीवन !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    ———-<•>———-
    [१०५]
    रमाउँदै खेलौँ होली
    मिल्काई मनका द्वेष
    बसमा छैन भोलि !
    ✍️चिरञ्जीवी ढकाल
    ———-<•>———-
    [१०६]
    रङहरूको पर्व होली
    साथीसङ्गतीमा सद्भाव राखेर
    खेलौँ दिल खोली !
    ✍️ म्यामराज राई, भोजपुर
    ———-<•>———-
    [१०७]
    राजीखुसी दिल खोलेर
    मनाऔँ होली सबैले
    रङ्गीन रङ्गहरू घोलेर !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ———-<•>———-
    [१०८]
    १.
    कसैलाई होला खिरैखिर
    मनाउँछन् रमेर होली
    आफूलाई सधैँ पिरैपिर !
    २.
    सद्भावले भर झोली
    कुकर्म त्यागेर आऊ
    मनाऔँ आत्मियताले होली !
    ✍️ रिजु दिल्पाली
    ———-<•>———-
    [१०९]
    प्रल्हाद हाेलीका किन ?
    रङ्ग दलेर रमाउने
    संस्कारमा लुकेकाे दिन !
    ✍️ जि.बि. चिन्तन
    घाेराही उमनपा-१४ दाङ
    ———-<•>———-
    [११०]
    हाँसीखुसी रहाेस् मन
    हाेली खेल्दै सबैकाे
    रङजस्तै रङ्गियाेस् जीवन !
    ✍️ सन्दीप विश्वकर्मा
    ———-<•>———-🤔
    [१११]
    पहाडतिर आज होली
    नबुझेको कुरा पर्‍यो
    मधेशतिर किन भोली ?
    ✍️ सुरेश कार्की
    ———-<•>———-
    [११२]
    प्रेमकाे पर्व हाेली
    तैपनि के भयाे
    बस्छ्याै केही नबाेली !
    ✍️ शम्भु गजुरेल
    ———-<•>———-
    [११३]
    होली खेलौँ सङ्गी
    गाउँ अनि सहरमा
    होलीको रङ्गले रङ्गी !
    ✍️ देव मगर
    उिनाउ-१, कचल,पाल्पा
    ———-<•>———-
    [११४]
    मनमा लिएर उमङ्ग
    दिएर परिचय सभ्यताको
    खेलौँ साथी रङ्ग !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ
    ———-<•>———-
    [११५]
    रङ्गै रङ्गको होली
    साथी मिलेर खेल्नुपर्छ
    ल्याउ अबिरको सोली !
    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली ,
    ———-<•>———-
    [११६]
    होली सबैले मानौँ
    सबै मनमूटु मिलेर
    खुसी बटुली तानौँ !
    ✍️ पवन कुमार बुढाथोकी
    ———-<•>———-
    [११७]
    रङ दल्ने होलीमा
    रङ बदल्ने मौसम
    जादु छ बोलीमा !
    ✍️ जनक बिसी
    दक्षिण भारत
    ———-<•>———-
    [११८]
    विभिन्न रङहरू घाेली
    खुसीकाे बहार ल्याउँदै
    आऊ खेलाैँ हाेली !
    ✍️ भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ———-<•>———-
    [११९]
    खेलौँ सबैले हाेली
    पिच्कारीमा रङ्ग भर्दै
    बनाऔँ रङ्गीन चाेली !
    ✍️ नवराज शर्मा
    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव3 Comments on विशेष झिल्का लेखन अभियानको आठौँ शृङ्खला (होली पर्व विशेष) सम्पन्न

    झिल्का लेखन अभियानको सातौँ शृङ्खला (खुसी विषयक) सम्पन्न

  • १२ चैत्र २०८०, सोमबार ०९:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (खुसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    उक्त अवसरमा सहभागी सम्पूर्ण झिल्काकारहरूप्रति प्रशिक्षक वसन्त अनुभवले हार्दिक कृतज्ञता प्रकट गर्दै बधाई तथा शुभकामना दिनुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ———-<•>———-
    [१]
    १)
    रहेमा प्रफुल्ल मन
    दूर भाग्दछ चिन्ता
    सार्थक बन्छ जीवन !
    २)
    नियालेर हेरे आफूभित्र
    भेटिनेछ अनुपम खुसी
    जिन्दगीको सही चित्र !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ———-<•>———-
    [२]
    १)
    चिन्ता नलिनू कहिले
    पिराेलिन्छ सधैँ छाती
    थाहा भयाे अहिले !
    २)
    खुसीका पारौँ पाेका
    दु:ख कसैलाई नदिऊँ
    जीवनमा नहाेस् धाेका !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ———-<•>———-
    [३]
    १)
    मनको बहलाई रोकेर
    नराख ढुक्कले सुखमा
    धोका हुनेछ जोखेर !
    २)
    अमृत पिउछौँ भनेर
    असल खराव चिन्नेछौँ
    सृजना रचेछौँ गनेर !
    ✍️अम्विका अधिकारी
    झापा बिर्तामोड
    ———-<•>———-
    [४]
    १)
    हुन्छ खुसी आफुभित्र
    नखोजौँ अपनाऔँ सधैँ
    राम्रो विचार मित्र ।
    २)
    हटाऔँ नकारत्मक विचार
    मनमा जलाऔँ ज्योति
    गरौँ सबैसँग प्यार ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ———-<•>———-
    [५]
    १)
    सक्नुपर्छ आफैँ रमाउन
    पर्दैन मान्छेलाई साँच्चै
    अथाह सम्पत्ति कमाउन।
    २)
    नगर्नू अरूको डाहा
    रमाउनु पर्छ भएकोमा
    जिन्दगी हुन्छ आहा !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर।
    ———-<•>———-
    [६]
    १)
    बाहिर छैन खुसी
    मनमा उठ्ने विचारले
    खुसी लैजान्छ चुसी !
    २)
    जीवन जिउने कला
    खुसी मिल्छ साथी
    दिनदु:खीको गरौँ भला !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    ———-<•>———-
    [७]
    मन खुसी राख्नुहोस्
    हुन्छ जीवन अमूल्य
    जीवनको महत्व चाख्नुहोस् |
    ✍️ सरिता सेढाई, धादिङ
    ———-<•>———-
    [८]
    १)
    जीवनको गीत गाउँछु
    कमाएर धन सम्पत्ति
    खुसी किनी ल्याउँछु।
    २)
    आस्था विश्वास भर
    खुसी मिसाई एउटा
    बनाउँछु सुन्दर घर !
    ✍️ नवशिला,
    नवदेव मार्ग , लालभित्ती,मोरङ।
    ———-<•>———-
    [९]
    १)
    असल कर्म गरौँं
    सफलता हासिल गरेर
    मनमा खुसी भरौँ ।
    २)
    चिन्ताले खुसी छाउँदैन
    नयनमा आँसु बाेकेर
    मनले शान्ति पाउँदैन ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ———-<•>———-
    [१०]
    १)
    खुसी हुन जीवनमा
    खराब कुरा नराखौँ
    कहिल्यै पनि मनमा ।
    २)
    खुसी भन्ने कुरा
    सन्तोष लिन सके
    बल्ल हुन्छ पूरा ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ———-<•>———-
    [११]
    १)
    खुसी भनौँ कसरी
    परेको छु दोधारमा
    नभनौँ मन धर्धरी ।
    २)
    लाग्यो वसन्त प्रकृतिको
    छैन हर्षको वातावरण
    सधैँ उहीँ प्रवृतिको !
    ३)
    जसरी पनि खुसी
    जिन्दगीमा रम्नै पर्दोरहेछ
    हुँदा पिर झुसी !
    ४)
    दुई दिनको चोला
    खुसीमा रमाऔँ जमाऔंँ
    पछि जे होला ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ———-<•>———-
    [१२]
    १)
    खुसी हुँदा मन
    शृङ्गारभन्दा नि राम्रो
    अनुपम देखिन्छ तन ।
    २)
    अमुल्य यो जीवन
    खुसी भएर जिउने
    सर्वोपरी होइन धन ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौंँ
    ———-<•>———-
    [१३]
    १)
    एकदमै आनन्द मिल्छ
    कसैले दिन नसकेको
    खुसी शब्दले दिन्छ ।
    २)
    मनमा खुसी आओस्
    आफूसँग छैन भने
    त्यसको रहर नहोस् !
    ✍️ भावना थापा
    बझाङ
    ———-<•>———-
    [१४]
    अमूल्य ठानेमा सन्तोष
    भेटिन्छ मनमा खुसी
    दिइन्न कसैँलाई दोष ।
    ✍️ सुस्मिता अधिकारी
    ———-<•>———-
    [१५]
    काठमाडौँ
    खुसी खोज्ने नाममा
    नलाग्नू है कहिल्यै
    तिमी गलत काममा ।
    ✍️ उमा दाहाल
    ———-<•>———-
    [१६]
    १)
    खुसी छाउँछ मनमा
    धेरै परिमाण गर्नेको
    हाँसो ल्याउँछ जीवनमा !
    २)
    नजाउँ खुसी खोज्न
    आफूभित्र लुकेको हुन्छ
    सक्नुपर्छ चिनेर रोज्न !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ———-<•>———-
    [१७]
    १)
    मन तृप्त जब
    आन्नद प्रभु चिन्तनमा
    खुशी मिल्दछ तब ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ———-<•>———-
    [१८]
    १.
    छरेर खुसीका रङ्ग
    हुँदा शीतल चौतारी
    आफ्नै मनिस दङ्ग !
    २.
    मनको उज्यालो छर्दै
    खुसी मनाऔँ साथी
    अनुपम काम गर्दै !
    ✍️आर्त अकुलीन
    ———-<•>———-
    [१९]
    दिनसक्छु खुसी तिमीलाई
    मायाको झोली भरिदेऊ
    मृत्युुपछि बैतर्नी तर्नलाई !
    ✍️ दिल ठकुरी
    ———-<•>———-
    [२०]
    १.
    खुसी किन आउँदैन
    तिमी टाढा भएदेखि
    रमाइलो पनि छाउँदैन ।
    २.
    कोईली मिठो गाउँदैन
    सबैका खुसी आउँछन्
    मेरो चाहिँ आउँदैन ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ———-<•>———-
    [२१]
    १.
    जतिसुकै मार्नु बुर्कुसी
    अशान्त भएदेखि हृदय
    पाउँदैन खोजेर खुसी ।
    २.
    विदेश गएर कमाउने
    यथावत् खुसीको धोको
    चालीस पुगि रमाउने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ———-<•>———-
    [२२]
    १.
    उकालोमा चौतारी भेट्दा
    बगरै बगर माझ
    लागेको प्यास मेट्दा ।
    २.
    बिझेको काँडा झिकेपछि
    अँध्यारो जिन्दगीमा मैले
    उज्यालो पाठ सिकेपछि।
    ✍️ पृथक प्रकृति ,झापा
    ———-<•>———-
    [२३]
    १.
    खुशी नै हाम्रो
    कथै छ जीवन
    साथी कति राम्रो !
    २.
    आनन्द छ सबैलाई
    एउटा विश्वासिलो भरोसा
    दुःख नदेऊ कसैलाई ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ———-<•>———-
    [२४]
    १.
    सन्तुष्टि परम सुख
    मूलमन्त्र हो खुशीको
    महदुस हुन्न दुख !
    ३.
    उज्यालो हुन्छ मुहार
    स्वयम् खुसी भए
    अन्यसँग नमागौँ गुहार !
    ✍️मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ———-<•>———-
    [२५]
    १.
    मनमा नभए क्लेश
    जहाँ जता जाउँ
    हुन्छाैँ खुसीमै प्रवेश !
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ———-<•>———-
    [२६]
    १.
    खुसीको लहर छल्कियो
    हेरिदिँदा मायाले आज
    मुहारमा मिठास झल्कियो ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ———-<•>———-
    [२७]
    १.
    सारा थकाई भुलेर
    एकछिन बात माराैँ
    साथी खुसीले फुलेर !
    २.
    माेज आनन्दकाे राजमा
    सारा पिरव्यथा बिर्सेर
    रमाऔँ साथी साँझमा !
    ✍️ मनुहाङ किराँती
    सोलु, महाकुलुङ – ५ चाचालुङ
    ———-<•>———-
    [२८]
    १.
    खुसी मिल्ने ठाउँ
    मनमा खुसी छैन
    मुटभित्र छ घाउ !
    २.
    खुसी मेरो पाहुना
    आउँछ छिट्टै जान्छ
    डुलेर देहको छेउकुना !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ———-<•>———-
    [२९]
    १.
    खुसीले काम गरौँला
    समाजमा नाम राखेर
    सुन्दर बास्ना छरौँला
    २.
    खुसीको उज्यालो बालेर
    बसौँ सामाजिक सेवामा
    ज्ञानको ज्योति छरेर
    ✍️ बेदु न्यौपाने
    ———-<•>———-
    [३०]
    १.
    राम्रो बाटो समाउनू
    आफ्नो नाम राखेर
    सधैँ खुसीमा रमाउनू ।
    २.
    खुसी भएर बाँच्नुपर्छ
    एकचोटी पाएको जीवनमा
    नरोई खुसीले नाँच्नुपर्छ ।
    ३.
    हरेस् खानु गल्ती
    बुझेर अघि बढौँ
    यो समाजको चल्ती !
    ✍️ ललिता सिन्धुली
    हाल काठमाडौँ
    ———-<•>———-
    [३१]
    १.
    खुसी जिवनको यात्रा
    सबैसँग हाँसीखुसी रहनुस्
    कहिल्यै नघटाई मात्रा ।
    २.
    अरूलाई खुसी दिनुहोस्
    नचुकाई यस्तो अवसर
    बदलामा खुसी लिनुहोस् !
    ✍️ चुडामणी देवकोटा
    चनपा १३ काठमाण्डौ
    ———-<•>———-
    [३२]
    १.
    कहाँ हराए कहाँ
    बित्छन् खुसी खोज्दै
    सारा जीवन यहाँ ।
    २.
    चाहिँदैन वैभव धन
    भण्डार भए खुशीको
    सन्तोष हुन्छ मन ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत
    ———-<•>———-
    [३३]
    १.
    पाइँदैन मनले रोजी
    अगाडि पाइला चालौँ
    खुसीको बाटो खोजी ।
    २.
    नयाँ काम थालौँ
    मनले खुसी मानेर
    रिसराग दम्भ फालौँ ।
    ✍️
    लक्ष्मण देउवा डोटी
    हाल भारत
    ———-<•>———-
    [३४]
    १.
    मनमा नलागोस् ढुसी
    असल कर्म गरेर
    पाउन सकिन्छ खुसी !
    २.
    प्रफुल्ल भए मन
    उत्साह, उमङ्ग भरिई
    सुन्दर बन्छ जीवन ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ———-<•>———-
    [३५]
    १.
    उनको झल्को मेटियो
    बाटो मोडेर जानेलाई
    त्यहीँ पर भेटियो !
    २.
    थोरै नि कमाए
    मनलाई वशमा राखी
    चित्त बुझाई रमाए !
    ✍️ कला ढकाल, झापा
    ———-<•>———-
    [३६]
    खुसीले मन बहलाउँछ
    सदाबहार मनमा छाएमा
    तब प्रबलता कहलाउँछ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ———-<•>———-
    [३७]
    १.
    दु:खपिर सबै सहनू
    दुई दिनको जिन्दगीमा
    सदा हाँसीखुसी रहनू ।
    २.
    जिन्दगीमा सधैँ हाँस्ने
    पाएको जिन्दगीमा हामीले
    त्यत्तिँकै किन मास्ने ?
    ✍️श्रीकृष्ण धामी – बझाङ
    ———-<•>———-
    [३८]
    १.
    अनुभव विचार साटौँ
    कसका निम्ति प्रतिस्पर्धा
    आपसमा खुसी बाटौँ ।
    २.
    खुसीको गीत गाउँदछौँ
    भलो गर्दा असहायको
    अपार आशिष पाउँदछौँ ।
    ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
    ———-<•>———-
    [३९]
    १.
    दिल खोलेर हाँसौ
    दुई दिनको जिन्दगीमा
    खुसी भएर बाचौँ ।
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ———-<•>———-
    [४०]
    १.
    खुसीमा उमङ्ग छरेर
    साथको अपेक्षा राख्दछौँ
    मित्रता कायम गरेर ।
    २.
    उमङ्ग उत्साह लिएर
    मित्रता बन्धन बाँधियो
    निस्वार्थ भावना दिएर !
    ✍️ बिकास छेत्री अञ्जान
    बिजनबारी, दार्जिलिङ।
    ———-<•>———-
    [४१]
    १.
    खुसी हुन सिक
    रमाइलो छ जिन्दगी
    ती फोहोरमैला झिक ।
    २.
    खुखी त्यसै आउँदैन
    कडा मेहनत गरौँ
    श्रमले घाटा लाउँदैन ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ———-<•>———-
    [४२]
    १.
    खुसी आफैँ खोजेर
    रमाएर बाँच्न सकौँ
    मनले उमङ्ग रोजेर !
    २.
    नजिँकैछ खुसीको मूल
    टाढा खोजेर भेटिन्न
    अरूसँग मागे भूल !
    ✍️ इन्दिरा देवकोटा
    ———-<•>———-
    [४३]
    नखोजौँ धेरै कमाउन
    आफूसँग छ जति
    त्यतिमै सक्नुपर्छ रमाउन ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ———-<•>———-
    [४४]
    १.
    खुसी आफैँले खोज्ने
    सत्य कर्ममा हिँडेर
    सत्य बाटो रोज्ने ।
    २.
    मनैदेखि नै हाँसेर
    रमाएर बाँच्नु सबैले
    प्रेमको माला गाँसेर !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ———-<•>———-
    [४५]
    १.
    चङ्गा बनाई जीवन
    खुसीले रमाउनुछ परिवारमा
    मिलाई मनमा मन !
    २.
    भरोसा एक अर्कामा
    गाउँदै प्रेमील गीत
    बसौँ हिउँद बर्खामा !
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुखुम्बु
    ———-<•>———-
    [४६]
    १.
    सुखमा खुसी छैन
    धेरै सम्पत्तिको चिन्ताले
    निद्रा लाग्ने हैन ।
    २.
    औषधि नै खुसी
    ह्रदयबाटै निकाल्न नसक्दा
    मन भैरहन्छ झुसी ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-अमेरिका,बोस्टन।
    ———-<•>———-
    [४७]
    १.
    देखेर फूल सुन्दर
    आत्मविभोर बनी खुसी
    प्रफुल्ल खुल्छ मनोहर !
    २.
    नलागोस् कतै ढुसी
    पवित्र माया प्रेममा
    सधैँ रमोस खुसी !
    ✍️ विवश पारदर्शी
    झापा,
    ———-<•>———-
    [४८]
    १.
    हर्ष छाउँछ जीवनमा
    गर्नुपर्छ हामीले सङ्घर्ष
    खुसी आउँछ मनमा ।
    २.
    मनमा खुसी छाएन
    कहिले आउँछ खुसी
    न्याउलीले गीत गाएन ।
    ३.
    खुसीको उज्यालो छर्दै
    सुखी हुनुपर्छ हामी
    असल कार्य गर्दै ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ———-<•>———-
    [४९]
    १.
    खुसी होइन तलास
    आत्मसन्तुष्टि हो मनको
    भन्नुपर्दा त खास !
    २.
    बुझ्नेले आफूभित्र पाउँछन्
    खुशीको अर्थ नबुझ्नेले
    भौतारिँदै बाहिर धाउँछन् ।
    ✍️ सरला माझी
    ———-<•>———-
    [५०]
    १.
    अनुशासनहीन छ शासन
    कसरी खुसी हुनु
    सपनाको भ्रमपूर्ण आश्वासन !
    २.
    बैगुनीले छाडेर गयाे
    मायाकाे सपना देखाई
    खुसी निराशा भयाे ।
    ३.
    सकारात्मक साेच देखेँ
    अलिकति खुसी पलायाे
    झिल्कामा रमेर लेखेँ ।
    ✍️ प्रद्युम्न चालिसे
    ———-<•>———-
    [५१]
    १.
    सुर्ता नलेऊ मुसी
    परदेशी बनेको हुँ
    बटुल्नलाई तिम्रो खुसी !।
    २.
    रहनू सदैव हँसमुख
    शत्रुसामु कहिल्यै पनि
    नबिसाउनू मनको दुख l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ———-<•>———-
    [५२]
    १.
    लाग्दैन जीवन अन्धकार
    बाँडेमा मनका बेदना
    खुसीको हुन्छ सन्सार !
    २.
    दुःख जीवनको अङ्ग
    हाँसेर गरौँ समाना
    आउँछ खुसीको रङ्ग !
    ✍️सीमा कार्की समर्पण, काठमाडौँ ।
    ———-<•>———-
    [५३]
    १.
    खुसी नै धन
    रमाउँ आफ्नाे भाग्यमा
    बनाउँदै फरकिलाे मन !
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ———-<•>———-
    [५४]
    १.
    खुसी सागर बनाऊँ
    दु:ख बगाई लान्छ
    हरदिन उत्सव मनाऊँ !
    २.
    आफैँ खुसी बने
    जगत हाँस्न सक्छ
    दर्द दिएनौँ भने !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    ———-<•>———-
    [५५]
    १.
    प्रसन्न हुन्छ मन
    दुखीलाई सहयोग गरी
    बिताऔँ खुसी जीवन !
    २.
    कहिल्यै मन रुँदैन
    असल मान्छे बनौँ
    दुःखले हामीलाई छुँदैन ।
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    ———-<•>———-
    [५६]
    १.
    उखुझैँ देश चुसी
    कन्टेनर बन्न लाग्दा
    कसलाई होला खुसी ?
    २.
    बिहे गरेर मुसी
    आफन्त पराई भए
    हरायो सबै खुसी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक ,भक्तपुर ।
    ———-<•>———-
    [५७]
    १.
    खुसी शब्द मेरा
    दुखेको काँध बन्यो
    कति सर्नु डेरा !
    २.
    बालापनको खुसी हराए
    जतासुकै खोज्दा भेटिएन
    नबुझ्ने जति कराए !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ———-<•>———-
    [५८]
    १.
    लाखौँ सपना बोकी
    सङ्घर्षबिना नै त्यसै
    कहाँ आउँछ खुसी !
    ✍️ कविता गुरुङ
    रोल्पा
    ———-<•>———-
    [५९]
    १.
    खुसी हुँदा मन
    संसार देखिन्छ उज्यालो
    जताततै हेर्दा झन !
    २.
    मनमा खुसी लिएर
    नहिँड्नु कहिल्यै अगाडि
    अरूलाई दुःख दिएर !
    ✍️नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    ———-<•>———-
    [६०]
    १.
    रङ्गको पर्व होली
    खेलौँ सद्भाव राखेर
    लगाम लगाई बोली !
    ✍️धनमाया चौधरी
    ———-<•>———-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on झिल्का लेखन अभियानको सातौँ शृङ्खला (खुसी विषयक) सम्पन्न

    झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम) सम्पन्न

  • ७ चैत्र २०८०, बुधबार २०:०६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    [१]
    असल कर्म गरेर
    योगदान दिऊँ समाजमा 
    छँदैछ जानु मरेर !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    सेवाभावले गर काम
    तिमीले देखेको सपना
    समाजमा राख नाम !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [३]
    आदर्श सिद्धान्त पवित्र 
    सामाजिक काम राजनीति
    नेपालमा छ विचित्र ।
    ✍️
    प्रद्युम्न चालिसे

    [४]
    गर्नुपर्छ समाजको सेवा
    राष्ट्रको गौरव राख्नलाई
    हामीले दिनुपर्छ टेवा !
    ✍️
    गुणनिधि घिमिरे
    अमेरिका

    [५]
    पदोन्नति पाउने आशामा
    व्यवस्था छ टेवलमुनिको 
    खुट्टा तानिन्छ भाकामा !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [६]
    देखाउन होइन नाम
    गरेर देखाऊ समाजमा
    कहिले नबिर्सने काम ।
    ✍️
    शंकर कार्कि,थाहा ३ मकवानपुर।

    [७]
    दुखीलाई साथ देऊ
    अरू नपाए पनि
    आशिर्वाद सधैँ लेऊ !
    ✍️
    कला  ढकाल,  झापा

    [८]
    सामाजिक कार्य गरौँ
    राष्ट्रलाई महान सम्झेर
    अघि अघि सरौँ ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [९]
    देखेका ती सपनाहरू
    आफैँ पूरा गर्नुपर्दछ
    दिन्नन् सहयोग अरू !
    ✍️
    पवन दाहाल

    [१०]
    नखोज्नु नाम, दाम
    फलको अपेक्षा नराखी
    गर्नु सामाजिक काम !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [११]
    गर्नू सामाजिक काम 
    सधैँ सेवा गरेपछि
    हुन्छ अमर  नाम ।
    ✍️
    श्रीकृष्ण धामी - बझाङ

    [१२]
    समाजिक काम गरी
    कसैलाई दोष नदिएर
    कर्तव्यमा अघि बढी !
    ✍️
    एवाइ प्रभात
    धनकुटा,सहिदभुमि

    [१३]
    गरौँ असल काम
    यो समाज सुधारौँ
    चलाऔँ हाम्रो नाम !
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ।

    [१४]
    मनमा उत्साह लिएर
    बन्नेछ इच्छा समाजसेवी
    धन जीवन दिएर ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु

    [१५]
    सेवा कार्य गहन
    मानिस विभिन्न थरीका 
    सक्नुपर्छ है सहन !
    ✍️
    मोती सुब्बा 
    दार्जिलिङ निमकी डाँडा

    [१६]
    सामाजिक काम गराैँ
    एकापसमा सद्भाव राखी
    ज्ञानकाे ज्योति छराैँ !
    ✍️
    केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट ।

    [१७]
    समाजमा सेवा देऊ
    नाम जस कमाई
    सम्मानित मेवा लेऊ !
    ✍️
    विवश पारदर्शी 
    झापा

    [१८]
    हुनेछ सामाजिक सेवा
    सबैमा समभाव भए
    मिल्नेछ बल्ल मेवा !
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    [१९]
    सुधारौँ समाज हाम्रो
    गरेर असल काम
    राखौँ नाम राम्रो !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    [२०]
    कर्मको फल पाउँछ
    धैर्य गर्नुपर्छ हामीले 
    एकदिन पालो आउँछ ।
    ✍️
    लक्ष्मण देउवा डोटी 
    हाल भारत

    [२१]
    नि:स्वार्थ समाजिक काम
    आधार हो आत्मसन्तुष्टिको
    खोजिन्न कुनै दाम !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल

    [२२]
    गरेर केही उपकार
    अँगालेमा हजुर मृत्युलाई
    बैतर्नीमा हुनेछ पार !
    ✍️
    बि.कुलुङ
    रंगबुल

    [२३]
    राखेर मनमा धृति
    गराैँ समाजको सेवा
    नफैलाई कतै विकृति !
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे बनेपा १४ साँगा बजार।

    [२४]
    गरेर परोपकार काम
    सबैको हात मिलाई
    उठाऔँ देशको नाम !
    ✍️
    कमल प्रसाद बगाले
    वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश

    [२५]
    बोकेर सेवाको झोला
    सामाजिक काममा लागौँ
    जे होला होला !
    ✍️
    ललिता सिन्धुली
    हाल काठमाडौँ

    [२६]
    मिलेर गरौँ  काम
    इमानदार भै सबैले 
    राखेर देशको नाम !
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।

    [२७]
    गलत पाइला चालेर
    तिमीले के पायौ
    आफ्नै इज्जत फालेर !
    ✍️
    सुष्मा मगर, रोल्पा

    [२८]
    भेदभाव व्यवस्थापन गर्न
    हातेमालो गर्नसकौँ कामना
    खाल्डाखुल्डी  ठाँउ भर्न ।
    ✍️
    पृथक प्रकृति, झापा

    [२९]
    सामाजिक अभियानमा सक्रिय
    हुँदा समाजमा पाइन्थ्यो
    खुसीको लहर प्रिय !
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३०]
    गरी सामाजिक काम 
    उन्नति प्रगति गर्दै 
    चम्काऊ देशको नाम !
    ✍️
    रुना कर्माचार्य दाहाल 
    चितवन

    [३१]
    समाजमा एकताबद्ध हुँदा
    सकारात्मक भाव बढ्ने
    नकारात्मकतालाई सद्भावले छुँदा !
    ✍️
    संगीता खरेल
    चन्द्रगिरी ८ काठमाडौँ

    [३२]
    असल कर्मको गरेर 
    जोगाऊ सान पुर्खाको
    बिकास समृद्धि भरेर !
    ✍️
    दुर्गा भट्टराई 
    मोरङ

    [३३]
    अभियन्ता पथमा घुमेका
    बनाउन आफ्नै मुलुक
    पाइला पाइला चुमेका !
    ✍️
    नागेन्द्रप्रसाद यादव, दाङ

    [३४]
    गरे सामाजिक काम
    सम्मान दिन्छन् मान्छेले
    रहन्छ आफ्नो नाम !
    ✍️
    प्रकृति देवकोटा 
    चितवन

    [३५]
    गरौँ यस्तो काम
    जगतको भलाई हाेस्
    जसले चम्क्योस् नाम !
    ✍️
    दीपा समभाव
    काठमाडौँ

    [३६]
    उज्यालो ज्योति छर्दै 
    उदाहरणीय बनौँ हामी 
    सामाजिक काम गर्दै ।
    ✍️
    प्रविना प्रयासी 
    ओखलढुंगा

    ~
    [३७]
    गरेमा उदाहरणीय काम
    मरेपछि पनि जनमनमा
    रहन्छ शाश्वत नाम ।
    ✍️
    बाबुराम गौतम, गुल्मी

    [३८]
    सामाजिक सेवा गरौँ 
    पाइन्छ वास्तविक सम्मान 
    मानवताको शिक्षाले भरौँ ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ

    [३९]
    समाजमा बत्ती बालेर
    गौरव नाम राखौँ
    कुसंस्कार सबै फालेर !
    ✍️
    बेदु न्यौपाने🇳🇵

    [४०]
    कति सुन्दर नाम
    सदा समर्पित समाजसेवामा
    उस्तै सुन्दर काम !
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर

    [४१]
    नलागोस् कलङ्कको टीको
    सामाजिक कार्य नगरे
    भूमिगत बस्न निको ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी

    [४२]
    सेवामूलक कर्म गराैँ
    सन्ततिकाे शिक्षा खातिर
    मानवीय सुवास छराैँ ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा

    [४३]
    गरेमा सामाजिक काम
    इमानदार बनेमा सधैँ
    रहन्छ अमर नाम ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही

    [४४]
    घरदेखी गाउँ मिले
    देश चम्किन्छ साथमा
    द्वन्द्वका घाउहरू सिले !
    ✍️
    टिकाराम पुन पुकार 
    छत्रेश्वरी गाउँपालिका २ सल्यान

    [४५]
    देखाउनू काम गरेर
    समाजसेवी बनी सधैँ
    इतिहासमा नाम भरेर ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [४६]
    समाजसेवाको काम गरौँ
    अन्धकार ती रातहरूमा
    आशाको उज्यालो छरौँ ।
    ✍️
    डम्बर थामी 'अनुपम'
     कालिन्चोक गा. पा. -६, दोलखा ।

    [४७]
    विरोध गरौँ अत्याचार
    सफा राख्न समाजलाई
    नगरौँ सामन्ती व्यवहार !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    [४८]
    बुझेर वास्तविक मर्म
    बेलैमा सोचौँ सबैले 
    समाजमा छरौँ सुकर्म !
    ✍️
    नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)

    [४९]
    गरिबहरूलाई सहयोग गराै
    अन्न, कपडा बाँडेर
    सबैको भाेकाेपेट भराैँ !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।

    [५०]
    जसको गोजीमा ढेवा
    अहिले उसैको छ
    सामाजिक काम पेवा ।
    ✍️
    ध्रुव श्रेष्ठ 
    खोटाङ । हाल काठमाडौँ

    [५१]
    गरेर असल काम
    सद्भाव बाँडेर समाजमा
    अमर हुन्छ नाम !
    ✍️
    आर्त अकुलीन

    [५२]
    हामी बन्नुपर्छ सामाजिक 
    अप्ठ्यारोमा परेका व्यक्तिलाई 
    गरौँ सहयोग स्वेच्छिक ।
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची

    [५३]
    परोपकारी बनेको राम्रो
    एकअर्को आपसमा मिलेमा
    बन्छ समाज हाम्रो !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    [५४]
    एकताको भावना देखाऊ
    मिलिजुली काम गरेर
    इतिहासमा नाम लेखाऊ ।
    ✍️
    मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ ✍️

    [५५]
    सगरमाथामा सदा रहोस्
    नेपाली जनको मनमा
    राष्ट्रभाव निरन्तर बहोस् ।
    ✍️
    शोभा शाह थापा,
    हेटौंडा ४, मकवानपुर ।

    [५६]
    गर्नू समाज सुधार
    खटेर सधैँभरि आफैँ
    गरिबको हुन्छ उद्धार !
    ✍️
    भगवती दवाडी

    [५७]
    आजभोलिका सामाजिक काम
    झट्पट फोटो खिँचेर
    पत्रिकामा छपाउने नाम ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत

    [५८]
    गरौँ सामाजिक काम
    पुर्ण हुन्छ मिलेमा
    तोकिन्छ अमर नाम ।
    ✍️
    दुर्गा आचार्य 
    मोरङ

    [५९]
    गरौँ सामाजिक काम
    कुसंस्कार, कुबिचार हटाऔँ
    बनाऔँ स्वच्छ ठाम !
    ✍️
    बिजय रिजाल
    अर्जुनधारा-६, झापा

    [६०]
    सदा होसियार रहनुहोला
    ती प्यालामा मात्तिएकासँग
    रित्याउँलान् जिन्दगीको झोला !
    ✍️ भावना, बझाङ
    हाल दक्षिण भारत

    [६१]
    हातमा हात मिलाई
    समाजलाई सुदृढ पारौँ
    अमृत पान गराई ।
    ✍️
    पुष्पा राई ‘खाेटाङ ।

    [६२]
    जीवनभर गरे सुकर्म
    समाज बन्दछ सफा
    बुझेर दुखीको मर्म ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    [६३]
    इज्जत इमान बच्ने
    असल कार्य गर्नू
    समाजको सामु पच्ने ।
    ✍️
    उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ

    [६४]
    सामाजिक कार्य गरौँ
    कसैको मन नदुखाई 
    जीवनमा अघि सरौँ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा

    [६५]
    गरौँ सामाजिक काम
    सबै जुरुक्क उठी
    लेखौँ ऐतिहासिक नाम ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ

    [६६]
    गरौँ मिलेर काम
    बाँचुञ्जेल कर्तव्य पालन
    भविष्यमा रहन्छ नाम ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    [६७]
    बाटो, कुलो बनाउँ
    फुर्सद हुँदा आफूलाई
    सामाजिक कार्यमा लगाउँ !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    [६८]
    मनमा बनाए परिवेश 
    सामाजिक काम गर्ने 
    रामराज्य बन्दछ देश ।
    ✍️
    सरला माझी

    [६९]
    बुझाैँ समाजकाे मर्म
    गरेर सामाजिक क्रिया
    पूरा हुन्छ धर्म ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा सिरानचाेक

    [७०]
    सामाजिक कार्य गरौँ
    पुण्य मिल्छ गर्नेलाई
    यहीँ भावना छरौँ ।
    ✍️
    शशीश्री आचार्य 
    बौद्ध कुमारीगाल काठमाडौं

    [७१]
    गरौँ यस्तो काम
    उपकार होस् समाजको
    बढोस् देशको नाम ।
    ✍️
    अनमोल चन्द्र नेचाली राई
    लेबोड, दार्जीलिङ

    [७२]
    इज्जत खल्तीमा राख्यो
    खायो पाउँदा ग्वाम्म
    चाख मानेर चाख्यो ।
    ✍️
    मुग्लानको खबर

    [७३]
    पाइन्छ राम्रो मेवा
    कमाइन्छ नाम चारैतिर
    गरेर अटुट समाजसेवा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    [७४]
    जीवन समर्पित गर्दै 
    बढेको छु समाजसेवामा 
    चेतनाको किरण छर्दै !
    ✍️
    दिल ठकुरी 
    टिस्टा भेल्ली दार्जिलिङ

    [७५]
    समाजसेवी टिक्दैन यहाँ
    भ्रष्टाचारीकै छ बिगबिगी
    मिलीजुली हसुर्छन् जहाँ ।
    ✍️
    नेत्र घिमिरे
    सूर्यविनायक, भक्तपुर ।
    [७६]
    सामाजमा मच्चियो खलबली
    भएनन् व्यावहारिक कार्य
    पसिना छुटायो खलखली ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [७७]
    एकतामा हुन्छ बल
    निश्छल हुन्छ जो
    उही बन्छ सफल !
    ✍️
    देवी पन्थी

    [७८]
    जित्न खेलेकाे खेल
    सुरुमै हार खेप्नुपर्‍यो
    जिन्दगीले गर्‍यो झेल !
    ✍️
    ईश्वर साउद (भिक्षु)
    सुदुरपश्चिम अछाम रामाराेसन गाउपालिका ६

    —-<••: जय झिल्का ! जय साहित्य :••>–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव3 Comments on झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम) सम्पन्न

    झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न

  • ३० फाल्गुन २०८०, बुधबार २०:५६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ~~~[
    [१]
    १.
    परिस्थिति रहोस् कस्तै
    प्रगाढ रहोस् सम्बन्ध
    आँखा, आँसुको जस्तै ।
    २.
    अटुट सम्बन्धको खानी
    सम्बन्धको बलियो उदाहरण
    नङ, मासुको कहानी ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~<•>~~

    [२]
    १.
    कहिले नपरोस् रोगाउन
    हाम्रो सम्बन्ध सधैँभरि
    पर्छ मिलेर जोगाउन ।
    २.
    देखाउनुपर्छ राम्रो बानी
    मरेपछि लानु छैन
    बन्नुपर्छ जलेर खरानी ।
    ✍️ शंकर कार्की, मकवानपुर
    ~~<•>~~

    [३]
    १.
    प्यारको नशा पिएर
    जिउन खोज्दै छु
    यादले मुटु सिएर ।
    २.
    चुँडियो गुलाफ प्रेमले
    दुखाउँछ काँडाले मन
    कतिन्जेल जिउँछौ भ्रमले ?
    ✍️ कृष्ण सुवेदी, पोखरा
    ~~<•>~~

    [४]
    १.
    टुटेको सम्बन्ध गाँसाै
    जीवन छाेटाे छ
    दुवै मिलेर हाँसाै !
    २.
    सम्बन्ध खराब हुँदा
    रातभर निद्रा आउँदैन
    हुन्छ बिहानि रुँदा !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ~~<•>~~

    [५]
    १.
    बाँडेर आपसमा जिम्मेवारी
    प्रगाढ बनाऔँ सम्बन्ध
    मिलेर हामी नरनारी ।
    २.
    सुन्दर सपना सजाई
    बसौँ नारी पुरुष
    सम्बन्ध कसिलो बनाई ।
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
    ~~<•>~~

    [६]
    १.
    चेतनाको दियो बाल
    सम्बन्ध गाढा बनाउँदै
    घमण्ड अहङ्कार फाल !
    २.
    पूरा नहुने भयो
    सम्बन्ध हाम्रो अब
    सपना टुटेर गयो !
    ✍️ कला ढकाल, झापा
    ~~<•>~~

    [७]
    १.
    झिल्का हो चौतारी
    लेखौँ मनको भाव
    नजाऊ अन्त भौतारी !
    २.
    झिल्काले छर्‍यो सुगन्ध
    विचार आदनप्रदान गर्दै
    बिस्तार भयो सम्बन्ध !
    ३.
    सानो परिवार हाम्रो
    फलोस् फुलोस् सधैँ
    समेटेर भाव राम्रो !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    ~~<•>~~

    [८]
    १.
    सकियोस् भरोसा गर्न
    जीवनको हरेक मोडमा
    सकिन्छ खुसी भर्न ।
    २.
    सम्बन्ध गाढा बनोस्
    जिन्दगी सुन्दर लाग्छ
    दुनियाँले आहा भनोस् ।
    ३.
    यात्रा सहज बन्छ
    असल सम्बन्ध भए
    त्याग गर्छु भन्छ ।
    ✍️ पुष्पा राई, खाेटाङ
    ~~<•>~~

    [९]
    १.
    सम्बन्ध रहोस् दिगो
    टुटेर फुटेर कतै
    तिर्नु नपराेस् बिगाे ।
    २.
    पैसामा सम्बन्ध जोखिन्न
    विश्वासमा घात भएपछि
    आफ्नै नाता चोखिन्न ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    ~~<•>~~

    [१०]
    १.
    सम्बन्ध हुनुपर्छ राम्रो
    अघि बढौँ मिली
    नछुटोस् साथ हाम्रो ।
    २.
    गरौँ मिठा बात
    अब लेख्न झिल्का
    बढाऔँ हामी हात ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~~<•>~~

    [११]
    १.
    जित भएन हार
    जबदेखि आफ्नैहरूले यहाँ
    गरिदियो सम्बन्धको व्यापार ।
    २.
    कलिले छरेको सुगन्ध
    तिम्रो मेरो बीचमा
    यस्तै बनोस् सम्बन्ध ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~<•>~~

    [१२]
    १.
    खुल्ला रहोस् चाहाना
    मानवता राखौ जिउँदो
    नबनाऊ कहिल्यै बाहाना ।।
    २.
    सम्बन्ध चिसिनु हुँदैन
    बनौँ सधैँ परोपकारी
    आत्मा कसैको रुँदैन ।।
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    ~~<•>~~

    [१३]
    १.
    पानी बिनाको खेती
    फलदायी हुँदैन छाेरा
    लगाउनु पसिनाले रेती ।
    २.
    प्रतिभा अवश्य ठुलाे
    संस्कार र संस्कृति
    हुन् जीवनकाे ओखतीमुलाे ।
    ३.
    भजन जनताकाे नाममा
    कस्ता स्वार्थी खेलाडी
    एकजुट लुट्ने काममा ।
    ४.
    माटाकाे भर ढुङ्गाे
    एकअर्कामा छ निर्भर
    अकाट्य हुन्छ टुङ्गो ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~~<•>~~

    [१४]
    १.
    सम्बन्धमा अचेल तिक्तता
    टोलाएर बस्छु अहिले
    चारैतिर देख्छु रिक्तता ।
    ✍️ नागेन्द्रप्रसाद यादव
    ~~<•>~~

    [१५]
    १.
    यस्तो होस् सम्बन्ध
    आँखा लगाउनेको फुटोस्
    नहोस् कुदृष्टिको गन्ध ।
    २.
    हुनुपर्छ सम्बन्ध झकास
    मिलेर हामी एकआपसमा
    बनाउनुपर्छ सधैँ खास ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~<•>~~

    [१६]
    १.
    नहोउँ कोही टाढा
    एकापसमा मिलेर नै
    सम्बन्ध बनाऔँ गाढा ।
    २.
    बढाऔँ अगाडि पाइलो
    बनाए प्रगाढ सम्बन्ध
    जीवन हुन्छ रमाइलो ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~<•>~~

    [१७]
    १.
    विश्वास हुन्छ पाया
    एकअर्कोमा सदा नै
    आभास नितान्त माया ।
    २.
    सत्य मूल आधार
    पवित्र माया भए
    कहिल्यै हुँदैन निस्सार ।
    ३.
    भुल्नुहुन्न आफ्नो धर्म
    जस्तोसुकै होस् परिस्थिति
    पूरा गर्नुपर्छ कर्म ।
    ✍️ पृथक प्रकृति, झापा
    ~~<•>~~

    [१८]
    १.
    सम्वन्ध रहोस् गाढा
    हुँदैमा कुरा सानोतिनो
    नबनौँ कोही टाढा ।
    २.
    हुनसक्छ कहिलेकाहीँ घोचाघोच
    नठोसी बल्दैन अगुल्टो
    लिऔँ असल सोच ।
    ३.
    सम्वन्धमा नआओस् कुठाराघात
    विश्वासको अन्तिम क्षणमा
    नलागोस् कसैलाई मात ।
    ४.
    झिल्काले सम्बन्ध भाक्यो
    विचार आदानप्रदान गर्दै
    उच्च प्रवन्धलाई डाक्यो ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हाल-अमेरिका,बोस्टन।
    ~~<•>~~

    [१९]
    १.
    मनको मान्छे भनेँ
    पैसाको निम्ति होइन
    यसैले मैले गनेँ ।
    २.
    साइनो रगतको हाम्रो
    सोचेको जस्तै रहोस्
    छैन कुरा चाम्रो ।
    ३.
    नाताको आधारमा मैले
    सम्बन्ध बलियो गरेको
    किन मारिस् तैँले ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ~~<•>~~

    [२०]
    १.
    अनौठो सम्बन्ध हाम्रो
    भेट भएको छैन
    माया झनझन चाम्रो ।
    २.
    बुझिसकेँ हेर मैले
    तिम्रो मनको कपट
    देख्दछु म जैले ।
    ✍️ मंगला आचार्य उपाध्याय
    बारा कलैया १
    ~~<•>~~

    [२१]
    १.
    सम्बन्ध मनले जोड्छ
    आाखिर विचार नमिल्दा
    फेरि उसैले तोड्छ !
    २.
    अमर पिरती हाम्रो
    प्रगाढ रङ्गहरूको जस्तै
    चिनारी सम्बन्ध राम्रो !
    ✍️ आर्त अकुलीन
    ~~<•>~~

    [२२]
    १.
    सम्बन्ध बनोस् राम्रो
    बाधा अवरोधले घेरेर
    पनि नहोस् चाम्रो ।
    २.
    सम्बन्धमा रहोस् माया
    साथ नहुन पनि
    अनुभूति रहोस् दायाँबायाँ ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~

    [२३]
    १.
    टाढाको सम्बन्ध कस्तो
    आकाश धरती माझ
    देखिने क्षितिज जस्तो ।
    २.
    सम्बन्ध रहोस् राम्रो
    बगेको नदी जस्तै
    टिस्टा, रगीत हाम्रो ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ~~<•>~~

    [२४]
    १.
    सम्बन्ध राम्रो बनाउन
    चाहिन्छ व्यवहार पारदर्शी
    सधैँ साथ पाउन !
    २.
    मनको नजिकै सर्नू
    अगुल्टो नठोसी बल्दैन
    नयन कहिल्यै नतर्नु !
    ✍️ सीमा कार्की समर्पण
    ~~<•>~~

    [२५]
    १.
    सम्बन्ध राम्रो हुन
    अवश्य समझदार बनौँ
    एकअर्काको मन छुन ।
    २.
    सबैजना मन्त्रीको दाउमा
    बीचैमा सम्बन्ध बिग्रदा
    कुर्सी अर्काको नाउँमा
    ३.
    सम्बन्ध राम्रो थियो
    पाएको थिएँ पुरस्कार
    अहिले धोका दियो !
    ४.
    एकापसमा प्रेम गरौँ
    सम्बन्ध राम्रो हुन
    खुसीले माया भरौँ ।
    ✍️ शशी आचार्य
    ~~<•>~~

    [२६]
    १.
    कतिपय बिराउँछन् बाटो
    सम्बन्ध निभाउन नजान्दा
    मासिन्छ ठुलठुला पाटो ।
    २.
    बेलाबखत गर्नुपर्छ चियो
    विश्वासमा टिक्छ सम्बन्ध
    छान्नुहुन्न कमजोर मियो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~<•>~~

    [२७]
    १.
    मिलेर उत्सव मनाउँ
    जीवन चोला रहुन्जेल
    सम्बन्ध प्रगाढ बनाउँ !
    २.
    दुईचार दिनको चोला
    मजबुत बनाए सम्बन्ध
    सुनमा सुगन्ध होला !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    ~~<•>~~

    [२८]
    १.
    बाहिरी सुन्दरता देखेर
    झट्ट विश्वास नगर्नू
    बस्नुपर्छ जीवनभर रोएर ।
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    ~~<•>~~

    [२९]
    १.
    सम्बन्ध प्रगाढ बनाेस्
    आपसमा सद्भाव देखेर
    सबैले आहा भनाेस् ।
    २.
    सम्बन्ध बढाउनु राम्रो
    पुरानो यात नयाँ
    माया बढाेस् हाम्रो ।
    ३.
    मन नफाटाेस् कहिल्यै
    झिनामसिना विवाद भए
    फाल्नुपर्छ भन्छु अहिल्यै।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।
    ~~<•>~~

    [३०]
    १.
    सम्बन्ध यसरी बनोस्
    कसैको नजर नलागी
    खुट्टाले जमिन खनोस्
    २.
    सम्बन्धले बाधेको नाता
    बिछोडको बेदना सहेँ
    अदालतमा खोलेँ खाता ।
    ३.
    प्रेम सम्हालेर जान्छन्
    हतेलीमा राखेर कस्तो
    अपमान हुँदैमा मान्छन् ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~<•>~~

    [३१]
    १.
    सम्बन्ध बनोस् गाढा
    अहिले जत्तिँकै सधैँ
    भए तापनि टाढा l
    २.
    नआओस् शङ्काको गन्ध
    सुनेर हावादारी कुरा
    प्रगाढ़ बनोस् सम्बन्ध l
    ३.
    सुमधुर सम्बन्ध बनाउन
    शङ्काको मैलो पखाली
    जान्नुपर्छ है रमाउन l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~<•>~~

    [३२]
    १.
    भएपनि जति टाढा
    लागिरहाेस् माया उसैकाे
    सम्बन्ध बनाेस् गाढा ।
    २.
    सम्बन्ध राम्रो उसैको
    जाने राम्रो निभाउन
    हुँदैन बिफल कसैकाे ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ~~<•>~~

    [३३]
    १.
    मनको साइनो राम्रो
    अटल रहोस् सम्बन्ध
    जुनी जुनी हाम्रो ।
    २.
    विचित्रको संसार कस्तो
    सम्बन्धको डोरी बाट्नु
    माछा पानीको जस्तो ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    ~~<•>~~

    [३४]
    १.
    घाम र छायाको
    जस्तै बनाउनुपर्छ सम्बन्ध
    रिस होइन मायाको ।
    २.
    सम्बन्ध कस्तो हुने
    राम्रो या नराम्रो
    झर्ने, आकाश छुने।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    ~~<•>~~

    [३५]
    १.
    कसैलाई पिर नपार्नु
    सम्बन्ध आत्मिक होओस्
    सानालाई थिचेर नमार्नु ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    ~~<•>~~

    [३६]
    १.
    नाता बलियो हुन्छ
    सम्बन्ध राम्रो भए
    मायाले मन छुन्छ ।
    २.
    माया बलियो गाँस्नू
    विश्वास गरें तिमीलाई
    मनैले माया नमास्नू ।
    ३.
    झुटो बोलेमा सकिन्छ
    तिम्रो साथ भएमा
    पवित्र नाता देखिन्छ।
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।
    ~~<•>~~

    [३७]
    १.
    झिल्काले जुराको सम्बन्ध
    नछुटोस् कहिले पनि
    फैलियोस् जगतमा सुगन्ध ।
    २.
    बन्दैछ सम्बन्ध गहिरो
    झिल्का कवितामा पनि
    नआओस् बिचमा पहिरो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~<•>~~

    [३८]
    १.
    सम्बन्धमा धाजा पर्ने
    नगर काम कतै
    आपसमा मन मर्ने ।
    २.
    समझदारी कायम गर
    विश्वासघात हुने कामको
    भरमा कहिल्यै नपर ।
    ✍️ विवश पारदर्शी
    झापा,
    ~~<•>~~

    [३९]
    सम्बन्ध राम्रो हुनुपर्छ
    सधैँ घर इष्टमित्रहरूमा
    सबैको हित गर्छ ।
    २
    बोली व्यवहारमा मिठास
    नहौस् तितोपिरो कहिल्यै
    घरभित्र लक्ष्मीको बास ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~<•>~~

    [४०]
    १.
    क्षणिक सम्बन्ध जस्तो
    भेट फेरि नहुने
    दिएको माया सस्तो ।
    २.
    यादले सताउँछ कहिले
    अतीतले बल्झाउँछ जब
    लाग्दैन रमाइलो अहिले ।
    ३.
    छुटेपछि सम्बन्ध हाम्रो
    बन्नेछ अधूरो कहानी
    जिन्दगी नितान्त नराम्रो ।
    ✍️ दिल ठकुरी टिस्टा भेल्ली
    दार्जिलिङ
    ~~<•>~~

    [४१]
    १.
    दुनियाँको नजरमा खस्न
    कस्तो सम्बन्ध जोडियो
    माइती घरमा बस्न ।
    २.
    विदेश पस्न बाध्य
    कमाइ गर्न पनि
    भएन सरकार साध्य ।
    ३.
    आफ्नै हृदयमा छुरा
    होला कस्तो सम्बन्ध
    जटिल भयो कुरा ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    ~~<•>~~

    [४२]
    १.
    सम्बन्ध जोडेको राम्रो
    झिल्का कवितालाई देख्दा
    बतासिन्छ मन हाम्रो ।
    २.
    कविता लेखिन्छ खिपेर
    जोडेर सम्बन्ध आपसमा
    प्रेमको सुगन्ध लिपेर ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~<•>~~

    [४३]
    १.
    तुलना नगर्नु धनमा
    सम्बन्ध बिग्रिएर झनै
    फाटाे आउला मनमा ।
    २.
    उदाहरण बनाेस् हाम्राे
    विश्वास गर्नसकेमा हेर
    टिक्छ सम्बन्ध राम्राे ।
    ३.
    नठान्नु कसैले सस्ताे
    सम्बन्ध बढेर जाओस्
    नङ मासुकाे जस्ताे ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा सिरानचाेक
    ~~<•>~~

    [४४]
    १.
    झिल्काले सम्बन्ध बढायो
    भावनाको डोरी जोड्न
    धेरै पाठ पढायो ।
    २.
    परिचयको सिमा बढायो
    साहित्य जगतमा आज
    सम्बन्ध जोडिन सिकायो ।
    ३.
    बन्यो झिल्का चौपारी
    सम्बन्ध खोज्दै म
    डुले सारा भौतारी ।
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    ~~<•>~~

    [४५]
    १.
    प्रारब्ध निश्चल भैजावाेस्
    हुनुहुँदैन पछि अविचल
    सम्बन्धमै सफलता माैलावाेस् !
    २.
    निश्चल सम्बन्ध रत्न
    जरा बलियाे बनाऔँ
    गरेर प्रशस्त यत्न ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ~~<•>~~

    [४६]
    १.
    सम्बन्धमा धमिलो नपारौँ
    रहनुपर्छ यो अन्तिमसम्म
    दिन्छु भनेर नमारौँ ।
    २.
    माहुरी फूलको गन्ध
    फूल फुलुन्जेल सदा
    गाढा रहोस् सम्बन्ध ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    ~~<•>~~

    [४७]
    १.
    जीवन जित हार
    सम्बन्ध विश्वासिलो भए
    हुने बाँच्ने आधार ।
    २.
    सबै नपाइने किन्न
    सम्बन्ध सत्य झुठको
    छद्मवेषी गाह्रो चिन्न ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~~<•>~~

    [४८]
    १.
    अटुट रहोस् सम्बन्ध
    नहोस् केवल औपचारिकता
    मगमगाई रहोस् सुगन्ध ।
    २.
    लम्बिरहोस् हाम्रो सम्वन्ध
    दुखसुख निरन्तर झेल्दै
    छरिरहोस् मनोहर सुगन्ध !
    ✍️ पेम्बा योल्मो
    ~~<•>~~

    [४९]
    १.
    भाइचाराको राम्रो सम्बन्ध
    हामीले मिलेर गर्नुपर्ने
    काममा झन् सुगन्ध ।
    २.
    राम्रो सम्बधको हित
    नराम्रो बानी छाेडेपछि
    भाइचाराको हुन्छ जित ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~~<•>~~

    [५०]
    १.
    सम्बन्धले माया भराैँ
    व्यवहार राम्रो पारेर
    खुसीसँगै प्रेम गराैँ ।
    २.
    व्यवहारले मन छुन
    हुनुपर्छ ज्ञानी विवेकी
    सम्बन्ध गाढा हुन ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~<•>~~

    [५१]
    १.
    सम्बन्ध बिग्रिँदै गयो
    तिमीले शङ्का गर्नाले
    ठुलो क्षति भयो ।
    २.
    सम्बन्धको कुरा नगर
    माया गर्छु तिमीलाई
    मेरै भरमा पर ।
    ३.
    तिमी मेरो साहारा
    सम्बन्ध बिग्रियो भने
    बनिन्छ मृत्युको आहारा ।
    ४.
    टाढियौ सयौँ कोस
    टाढा हुन्छ गाढा
    जाँगर चल्छ जोस ।
    ✍️ ललिता सिन्धुली
    ~~<•>~~

    [५२]
    १.
    सम्बन्ध गाह्रो टिकाउन
    बदनामीको मात्रै खाली
    नाम परो बिकाउन ।
    २.
    जसले सम्बन्ध जोड्छ
    अनि बनाउँछ बहाना
    आफैँ बाटो मोड्छ ।
    ३.
    हातमा हात मिलाएर
    सम्बन्ध अघि बढाऔँ
    टुक्रिएको मुटु सिलाएर ।
    ✍️ लक्षमण देउवा ठकुरी
    आदर्श डोटी, हाल भारत
    ~~<•>~~

    [५३]
    [१]
    आकाश र धरती
    खोलाको दुई तिर
    सम्वन्ध या पिरथी ?
    ✍️ ध्रुव श्रेष्ठ
    ~~<•>~~

    [५४]
    १.
    सम्बन्धमा हुनुपर्छ गाढापन
    मायाप्रेम अनि सद्भाव
    चल्छ जिन्दगी सादामन ।
    २.
    नाता सम्बन्धको तलाउ
    स्वच्छ निर्मल हुनुपर्छ
    संस्कार नभुली चलाऊ ।
    ✍️ राजेस्वरी राजोपाध्याय
    ललितपुर
    ~~<•>~~

    [५५]
    १.
    सम्बन्ध राम्रो बनाऔँ
    सम्झना सधैँ रहन
    सद्भावले सौम्य जनाऔँ ।
    २.
    सम्बन्धले जीवन बन्दछ
    सदैव मिलेमा राम्रो
    यही मनले भन्दछ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~~<•>~~

    [५६]
    १.
    सम्बन्ध राम्रो गासौँ
    जहाँ जहाँ भएपनि
    जीवनमा सधैँ हाँसौँ !
    २.
    झिल्का काव्य पढौँ
    यस पाठशालामा रहेर
    सम्बन्ध गाँस्दै बढौँ ।
    ३.
    बत्ती बल्यो झलल
    लेख्न जान्दा खेरी
    बढ्छ अघि सलल ।
    ✍️ बेदु न्यौपाने 🇳🇵
    ~~<•>~~

    [५७]
    १.
    तिम्राे हृदयकाे सगरमाथा
    दवाई औँला अञ्जलीले
    विरताकाे सुनाैला गाथा ।
    २.
    कुरेर प्रतीक्षाकाे चाैतारी
    भावनाकाे भित्री सागरमा
    नछुटोस् सम्बन्धकाे औतारी ।
    ३.
    टुट्नुहुन्न सम्बन्धकाे डाेरी
    एकमुठ्ठी श्वास रहुन्जेल्
    नजानुस् सहकार्य ताेडी ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर

    —-<••: जय झिल्का ! जय साहित्य :••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न

    झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार १६:३७ मा प्रकाशित
  • झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) फागुन २५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ~~~~

    [१]
    नारीमाथि हुने अत्याचार
    मिलेर बन्द गरौँ
    हत्या, हिंसा, बलात्कार !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    नारीमाथिको यो दुर्व्यवहार
    मिलेर हामी सबै
    हटाऔँ हिंसा बलात्कार !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [३]
    मनाउछौँ नारी दिवस
    घट्छन् फेरि घटना
    हुन्छौँ सहन विवश ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    [४]
    अस्तित्वहीन होइनन् नारी
    छानबिन होस् सरकार
    उम्कन नपाओस् बलात्कारी ।
    ✍️ पृथक प्रकृति, झापा
    [५]
    छोरीलाई भ्रूणमै तुहाउने
    लैङ्गिक विभेदको पराकाष्ठा
    होइन मानवलाई सुहाउने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [६]
    नारीको सम्मान गरौँ
    समस्या पर गरेर
    अत्याचारको विरोधमा जुटौँ ।
    ✍️ मनोज गजमेर
    सहिदभुमि गाउँपलिका ४ धनकुटा
    [७]
    हिंसा अन्याय अत्याचार
    सहेर बस्न सकिँदैन
    न्याय मागौँ बारम्बार ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [८]
    नारी घातक हुँदैनन्
    अत्याचार हुन्छ कसरी
    समस्या नपरी रुँदैनन्
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [९]
    सृष्टि सुरक्षाको सूत्र
    गर्भपतन गरिदिनुस् आमा
    जन्माउनुभन्दा बलात्कारी कुपुत्र ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [१०]
    नारी हुन् जन्मदाता
    इच्छा बुझौँ उनको
    प्यारी हाम्री माता !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [११]
    कतिसम्म सहने अत्याचार
    गर्नुपर्छ शासनमा कडाइ
    झनै बढ्यो बलात्कार ।
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर
    [१२]
    एक भई जुटौँ
    अन्त्य गर्न ज्यादती
    नारी अब उठौँ ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [१३]
    नारी लक्ष्मी पुज्नुपर्छ
    गल्तीमा मौन नभई
    सरकारले सत्य बुझ्नुपर्छ ।
    ✍️ मुक्ति काफ्ले।
    असम, भारत
    [१४]
    छोराछोरी हुन् बराबरी
    नगरौँ छोरीलाई पाखा
    सुरक्षा गरौँ हरघडी ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [१५]
    नारी हुन् माता
    जोगाउँछन् हामीलाई दु:खबाट
    ओढाई ममताको छाता ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१६]
    परिवारको सुन्दर तारा
    नगर हेलाँ नारीलाई
    हुन् भरिलो सहारा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [१७]
    नारी ममताकी खानी
    गर्भदेखिनै गरौँ संरक्षण
    बनाई हृदयकी रानी ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१८]
    नारीको इज्जत गरौँ
    दमनको घर भत्काउँदै
    ममताले दया भरौँ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [१९]
    अधिकार सिमित नारामा
    नारी सुरक्षित छैनन्
    त्रास छ सारामा !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [२०]
    महिला सम्बन्धी नारा
    बाटोमा पार्टीले घन्काउने
    बलात्कृत बालिका सारा ।
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    [२१]
    नाबालिकामाथिको यो अत्याचार
    सहन सकिँदैन कदापि
    न्यायमा जुटाैँ बारम्बार !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [२२]
    गुन्यु चोली सारी
    मात्र भित्र छैनन्
    आजको युगका नारी ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ
    [२३]
    जगत् जननी नारी
    नछोड बलात्कारी दुष्ट
    बन्नुपर्दछ हेर भारी ।
    ✍️ भिम लिम्बू प्रयास
    दार्जिलिङ
    [२४]
    हुँदैन पत्थर पुजेर
    पूजन गर्नु आमाको
    कुभलो रहन्न बुझेर !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली
    [२५]
    समस्या हुँदैन भारी
    सुध्रिएमा बलात्कारी सोच
    सुरक्षित रहन्छन् नारी l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२६]
    किन मान्दैनौ समान ?
    महत्व तिनैको बढी
    बुझेर पनि हानाहान ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [२७]
    नगरे नारीलाई हेला
    कार्यमा देखिँदैन कमी
    पछि परौला फेला ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [२८]
    अति भयो अत्याचार
    अब निर्मूल पारौँ
    हत्या, हिंसा, बलात्कार ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [२९]
    गरेर सम्मान नारीकाे
    शाश्वत जिन्दगी क्षणभर
    यात्रामा सहज सारीकाे ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    [३०]
    सशक्त पाइला नारीले
    पर्नेछ सारेर देखाउनु
    नथिचोस् पीरको भारीले ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३१]
    ओजन मलाई दिनू
    आफू जत्तिँकै ठानेर
    अपराध जिम्मा लिनू ।
    ✍️ नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा ।
    [३२]
    माली हुन् फूलबारीको
    उनै धरा जननी
    गरौँ सम्मान नारीको ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३३]
    सुरक्षा छैन देशमा
    गर्दा पढ्ने लेख्ने
    कलिला छाेरीकाे केशमा ।
    ✍️ सावित्रा नेपाली सबु
    [३४]
    नारीको कमलो मनमा
    बारम्बार नगर अत्याचार
    कहिले नतौलनु धनमा ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [३५]
    नारीले सहन्न अत्याचार
    अब जुट्न थाले
    दमन नगर बारम्बार ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अत्याचार छ नारीमाथि
    यसपालि नारी दिवसबाट
    अन्त्य गरौँ साथी !
    ✍️ प्रकृति देवकोटा
    चितवन,टाँडी
    [३७]
    आऊ मिलेर मनाऔँ
    हर्सोल्लासमा नारी दिवस
    नारी उच्च बनाऔँ ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३८]
    कुरा मनै छुने
    नसोच्नु है अब
    जे गर्दा हुने ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३९]
    खुलेर मनाएपछि दिवस
    पार्नुहुँदैन भुलेर नि
    कुनै नारीलाई विवश ?
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर
    [४०]
    नारी संरक्षक घरको
    गृहलक्ष्मीको भूमिका निवारण
    गर्नुपर्छ सबै जनको !
    ✍️ भगवती दवाडी, झापा
    [४१]
    नारी विशेषत: मारिन्छ
    गर्भमा, जवानीमा, दाइजोमा
    कानुनहरू निष्क्रिय पारिन्छ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३काठमाडौँ
    [४२]
    नारी समाजको बाटो
    संवेदनशील बन्नैपर्छ हेर
    सुधार्नु जीवनको पाटो ।
    ✍️ पुष्पा राई, खोटाङ।
    [४३]
    धरती हुन् नारी
    गरौँ मान सम्मान
    ठानेर ठुलो जिम्मेवारी ।
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
    [४४]
    उच्च तहको ज्ञान
    जसले दिन्छिन् हामीलाई
    गरौँ तिनको सम्मान ।
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    [४५]
    नारीकाे हक अधिकार
    कुण्ठित नगराैँ कसैले
    हँसाऔँ मातृ अनुहार ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा।
    [४६]
    नारी अस्मिताको कुरा
    रक्षक बन्छ भक्षक
    चलाउँछ भित्रभित्रै छुरा ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    [४७]
    फाँसी लगाऔँ बलात्कारीलाई
    महिला हिंसा हटाउन
    सम्मान गरौँ सदाचारीलाई ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    [४८]
    धर्तीमा नारी महान
    सम्मान सबैले गरौँ
    चलाउँछिन् उनैले जहान ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४९]
    मनाउँछन् नारी दिवस
    गाउँ समाजमा होलान्
    कति मर्न विवश ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५०]
    अजस्र ममताकी छहारी
    बुझे महिमा अपार
    देवीत्वको प्रतिरूप नारी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक,भक्तपुर ।
    [५१]
    सत्यम् शिवम् सुन्दरम्
    शिवकाे तीन रूप
    शुद्ध मनले जलार्पणम् ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [५२]
    चेतना बढ्दै गएमा
    घरमा शान्ति मिल्दछ
    नारीको सम्मान भएमा ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५३]
    कस्तो छोरीको भाग
    कोपिला लुट्छ भमराले
    फूललाई बनाउँछ दाग !
    ✍️ सीमा कार्की समर्पण
    [५४]
    शक्तिको रूप नारी
    हकको निम्ति बढ
    नराख पीर भारी ।
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    [५५]
    नारीकाे महिमा अपार
    उनी हुन् सृष्टिकर्ता
    जन्मिनदेऊ है नमार ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [५६]
    नारी आँखाकी नानी
    चिन्नसक्यौ भने तिमीले
    उनी मायाकी खानी ।
    ✍️ विमल खतिवडा माइला
    सिलगढी भारत
    [५७]
    शोषण दमन बलात्कार
    छिट्टै अन्त्य होओस्
    नारीमाथिको ती अत्याचार ।
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    [५८]
    नारी ममताकी कोष
    पवित्र छिन् प्रकृतिझैँ
    नलगाऊ कतै दोष ।
    ✍️ बेदु न्यौपाने
    [५९]
    अर्धनारीश्वर हे कैलाशपति
    बचाऊ नारीको अस्तित्व
    अत्याचार भयो अति !
    ✍️ विवश पारदर्शी
    झापा
    [६०]
    तिम्रो तृप्ति निमित्त
    घोटिँदै ढल्छ जिन्दगी
    निखार बेलैमा सिनित्त ।
    ✍️ कमला पौडेल
    [६१]
    फूलबारी हुन् नारी
    फुलिरहने सुगन्धित फूल
    सौन्दर्यले भरिएको चौतारी ।
    ✍️ म्यामराज राई, भोजपुर
    [६२]
    नारीको रूप अपार
    कठिन कार्य पनि
    सजिलै लाउँछिन् पार !
    ✍️ शशी आचार्य
    [६३]
    नारी सृष्टि संसार
    हाँसी खुसी बाँच्ने
    जीवनको सौम्य आधार !
    ✍️ आर्त अकुलीन
    <•> जय झिल्का ! जय साहित्य ! <•>

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

    झिल्का लेखन अभियान- ३ (शून्य भेदभाव दिवस विशेष) सम्पन्न

  • १९ फाल्गुन २०८०, शनिबार १३:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको तेस्रो शृङ्खला (शून्य भेदभाव दिवस विशेष) गत फागुन १८ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको तेस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षक वसन्त अनुभवले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का

    ~~~~<•>~~~~
    १)
    कुसंस्कारमा जनाई खेद
    अन्त्य गरौँ हरप्रकारको
    जातीय, लिङ्गीय विभेद !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~~~~<•>~~~~
    २)
    जातियताकाे खाडल पुर्नुपर्छ
    हटाउन  अपमान छाेइछिटाे
    अझै समय कुर्नुपर्छ ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ~~~~<•>~~~~
    ३)
    मानव मानवमा विभेद
    कसरी ल्यायाे मान्छेले
    यही अत्यन्त खेद ।
    ✍️ शम्भु गजुरेल
    ~~~~<•>~~~~
    ४)
    निरीहमा नहान्नु छेद
    समान रगत मासुमा
    नगर्नु पटक्कै विभेद ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    ५)
    खुसीले गरेपछि काम
    चारैतिर गाउँ सहरमा
    परिचित हुन्छ ना‌म !
    ✍️ आर्त अकुलीन
    ~~~~<•>~~~~
    ६)
    विभेदप्रति भरौँ खेद
    टुप्पोबाट सकिन्न कहिल्यै
    पहिल्याऔँ यसको फेद !
    ✍️ त्रिलोचन भण्डारी
    ~~~~<•>~~~~
    ७)
    भावनामा गरेर घात
    मान्छे मान्छेमा मान्छेले
    छुट्याइदियो नि जात !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~~~~<•>~~~~
    ८)
    कुसंस्कारको अन्त्य गरौँ
    शुन्यतामा झार्दै विभेद
    मिलेर खाडल भरौँ !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    ~~~~<•>~~~~
    ९)
    मास्नुपर्छ पुरातनवादी सोच
    समाज रुपान्तरण हुने
    मिलिजुली गरौँ खोज !
    ✍️ पृथक प्रकृति ,झापा
    ~~~~<•>~~~~
    १०)
    लैङ्गीक हिंसाका झिल्का
    लेखेर सामाजिक विकृतिहरू
    घर समाजबाटै मिल्का !
    ✍️भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~~~~<•>~~~~
    ११)
    विरोध गरौँ खुलेर
    जातीय ,लिङ्गीय हिंसा
    नगरौँ कसैले भुलेर !
    ✍️ रुना कर्माचार्य दाहाल, चितवन
    ~~~~<•>~~~~
    १२)
    विभेद भएर छुटिए
    चोखो माया गर्नेहरू
    हेर आज लुटिए !
    ✍️ कला ढकाल, झापा
    ~~~~<•>~~~~
    १३)
    मनमा दुषितपन नहालौँ
    जातीय लिङ्गीय विभेदको
    विरुद्ध पाइलाहरू चालौँ !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ भारत
    ~~~~<•>~~~~
    १४)
    संस्कार भयो विस्मृति
    बिग्रँदै गयो परम्परा
    सखाप भयो संस्कृति !
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ~~~~<•>~~~~
    १५)
    लेकमा कुहिराे थियाे
    हटाऔँ निस्तब्ध अँध्याराे
    बालेर मनकाे दियाे !
    ✍️श्रीबहादुर केसी
    शैलुङ्गे, भक्तपुर
    ~~~~<•>~~~~
    १६)
    गरौँ संरक्षण मानवको
    हातमा हात मिलाएर
    फालौँ व्यवहार दानवको !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    १७)
    कसले गर्‍यो घात
    मान्छे केवल दुई
    महिला पुरूष जात !
    ✍️ शंकर कार्की, मकवानपुर ।
    ~~~~<•>~~~~
    १८)
    मान्छे मान्छेको बीच
    हरप्रकारको भेदभाव हो
    अत्यन्त सूक्ष्म नीच !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    १९)
    भेदरहित मानवीय स्राव
    हराएर कहिल्यै नजाओस्
    पूर्वीय संस्कृतिको प्रभाव ।
    ✍️ अनन्त अर्याल
    ~~~~<•>~~~~
    २०)
    नाम मात्रको कानुन
    बढ्दैछ सामाजिक विसङ्गति
    समयमै सबैले जानून् !
    ✍️ लक्ष्मी काफ्ले, पोखरा
    ~~~~<•>~~~~
    २१)
    अधिकार कसैको मार्नुहुँदैन
    समानता खोज्दैछ प्रकृतिले
    कदापि विभेदमा पार्नुहुँदैन !
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ~~~~<•>~~~~
    २२)
    भेदभावले बनाउँछ छेद
    भाषणमा सिमित समानता
    व्यवहारमा अझै  विभेद !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    ~~~~<•>~~~~
    २३)
    साझा फूलबारी हाम्रो
    विभेदको अन्त्य गर्दा
    सबैलाई हुन्छ राम्रो !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधेराधे भक्तपुर ।
    ~~~~<•>~~~~
    २४)
    कुसंस्कारी मानिस धेर
    भेदभावको अन्त्य गर्दै
    चेतना जगाएर हेर !
    ✍️ भगवती दवाडी ,झापा
    ~~~~<•>~~~~
    २५)
    जहाँ हुन्छ अभाव
    त्यहाँ देखिँदोरहेछ ओहो
    पीडापूर्ण असह्य भेदभाव !
    ✍️ रचना ‘प्रतीक्षा’
    इमाडोल, ललितपुर  ।
    ~~~~<•>~~~~
    २६)
    भेदभावको सङ्कीर्ण जालो
    हटाई अब समाजबाट
    बालौँ दीपक उज्यालो !
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु
    ~~~~<•>~~~~
    २७)
    यात्रा नटुङ्गियोस् कहिले
    निरन्तर जीवनका पाइलाहरू
    बढिरहेछन् एकनास अहिले !
    ✍️ दिल ठकुरी (टिस्टा भेल्ली)
    ~~~~<•>~~~~
    २८)
    कुसंस्कार त्यागाैँ  जनमा
    नगराैँ विभेद कुनै
    सङ्गालौँ सदाशयता मनमा !
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा ।
    ~~~~<•>~~~~
    २९)
    पुँजीपतिले गरिबलाई लादेको
    विश्वमा जातभातको संस्कार
    शक्तिशालीले शत्रुता साधेको !
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    ~~~~<•>~~~~
    ३०)
    कहिले जीवन हाँसो
    एकै किसिमको हुँदैन
    कहिले रहेछ नासो !
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~~~~<•>~~~~
    ३१)
    मुल शास्त्र वेद
    संस्कृतमा बुझ्न गाह्राे
    यसमा छैन विभेद !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~~~~<•>~~~~
    ३२)
    आफ्नो सम्झिएँ जसलाई
    पीडाको पोको दियो
    गरेर भेदभाव मलाई !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~~~~<•>~~~~
    ३३)
    भोक हुँदा चल्छ
    काँचो, पाकेको सबै
    विभेद सजिलै गल्छ !
    ✍️नन्दलाल आचार्य
    सिर्जनाकुटी, सिरहा
    ~~~~<•>~~~~
    ३४)
    चेतनाको आगो बालेर
    समानताको विगुल फुकौँ
    जातीयताको जरो फालेर !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ३५)
    जीवन सुखदुःखको सङ्गम
    मनपरेको मात्र तिमी
    गरौँ सुटुक्क घरजम !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ३६)
    विभेदमा हुँदैन मेल
    मौलिक सद्भाव भड्काई
    पश्चिमी खेल्दैछ खेल !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    ३७)
    विकराल छ छेद
    हटाउनु छ चुनौती
    जातीय, लिङ्गीय विभेद !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    ३८)
    जातीय विभेद हटाऊँ
    नेपाल साझा फूलबारी
    सबै नेपाली अटाऊँ !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    ३९)
    जातीय विभेद नगरौँ
    सबैले मानवधर्म अपनाऊँ
    अनाहकमा कोही नमरौँ !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    ४०)
    छाडेर जातको कुरा
    अङ्गालेर जगलाई गरौँ
    बुद्धको सपना पूरा !
    ✍️ अनमोल राई
    ~~~~<•>~~~~
    ४१)
    कुरीतिलाई जरैदेखि फालेर
    ज्ञान भरौँ सबैमा
    चेतनाको दियो बालेर !
    ✍️ सरिता सेढाई, धादिङ
    ~~~~<•>~~~~
    ४२)
    अन्धविश्वासको यो जालो
    हटाऊँ हामीहरू  मिलेर
    पारौँ संसार उज्यालो !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~~~~<•>~~~~
    ४३)
    मरिजाने यो चोलामा
    भेदभाव फस्टायो किन ?
    फ्याकौँ प्रभु झोलामा !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    ४४)
    हेर जातिधर्मका नाउँमा
    चलिरहेकै छ विभेद
    अझै सहर गाउँमा !
    ✍️ बाबुराम पाण्डे, अर्घाखाँची
    ~~~~<•>~~~~
    ४५)
    जिन्दगीमा पैसाको अभाव
    अशिक्षितबाट हुँदैछ झनै
    गाउँसमाजमा हेर भेदभाव !
    ✍️ श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ
    ~~~~<•>~~~~
    ४६)
    जातजातिमा हुँदा भेद
    असमानता हुन्छ दुनियाँमा
    गर्छन् मानिसले खेद !
    ✍️ सीमा कार्की “समर्पण “
    ~~~~<•>~~~~
    ४७)
    सरकारलाई दिउँ दबाब
    सुन्दर देशमा हाम्रो
    हटोस् उचनीचको भाव !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~<•>~~~~
    ४८)
    सभ्य मानव जागौँ
    भेदभाव गर्नुहुन्न है
    रूढिवाद अब त्यागौँ !
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत ।
    ४९)
    देश साझा फूलबारी
    भेदभाव निमिट्यान्न पार्ने
    तपाईँ हाम्रै जिम्मेवारी !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~<•>~~~~
    ५०)
    पुस्तौँदेखिका कैयौँ विभेदन
    बन्दै प्रतिदिन चुनौती
    कसरी शून्यमा छेदन ?
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक, भक्तपुर
    ~~~~<•>~~~~
    ५१)
    संस्कारको बाटो धाऊँ
    भेदभाव गर्ने सबैलाई
    अब  तह  लगाऊँ !
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    ~~~~<•>~~~~
    ५२)
    एउटै रातो रगत
    भेदभाव किन गर्छौ
    छुट्याई जात फगत !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~<•>~~~~
    ५३)
    सबैको रातो रगत
    भित्री संरचना उस्तै
    सर्वत्र मानव जगत !
    ✍️ बेदु न्यौपाने
    ~~~~<•>~~~~
    ५४)
    बढाउँछ दुस्मनी मतभेद
    उपदेश संस्कार विनाको
    अपनाउनु किन लिङ्गभेद !
    ✍️ पेम्वा यल्मो, दार्जीलिङ,भारत
    ~~~~<•>~~~~
    ५५)
    कसले बनायाे जातपात
    अहिले बन्दै आइदियाे
    मान्छेमा पार्दै आघात  !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम ” हाल ” भारतबाट ” ।
    ~~~~<•>~~~~
    ५६)
    उन्नत मानव बनोस्
    साँच्चिकै विभेदरहित उत्कृष्ट
    आहा ! समाज भनोस् !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ~~~~<•>~~~~
    ५७)
    सबैकाे इच्छा तुराैँ
    रूढिवादी संस्कार गाेडी
    विभेदकाे खाडल पुराैँ !
    ✍️ काेपिला अधिकारी
    गाेरखा ,सिरानचाेक
    ~~~~<•>~~~~
    ५८)
    समानताको नारा  लाउँदै
    भेदभावको  खेती  गर्छन्
    तोड्दै जाऔँ  जगाउँदै !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी  पूर्व
    ~~~~<•>~~~~
    ५९)
    घरबाटै सुरुवात  गरौँ
    बिगुल फुकौँ विभेदका
    सुसंस्कारको बिउ छरौँ !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ~~~~<•>~~~~
    ६०)
    छोरा जन्मे पुरस्कार
    दिन्छन् खुसी भई
    छोरी जन्मे तिरस्कार
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~<•>~~~~
    ६१)
    सरकारबाटै लैङ्गिक विभेद
    समानता खाली किताबमा
    व्यवहारमा जताततै छेद !
    ✍️मङ्गला उपाध्याय
    ~~~~<•>~~~~
    ६२)
    मान्छे मान्छेमा अपघात
    किन यस्तो भइदियाे
    जताततै उचनिच जातपात !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~~~<•>~~~~
    —-<••: जय झिल्का ! जय साहित्य :••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on झिल्का लेखन अभियान- ३ (शून्य भेदभाव दिवस विशेष) सम्पन्न

    झिल्का लेखन अभियान- २ (मौलिक संस्कृति विशेष) सम्पन्न

  • १३ फाल्गुन २०८०, आईतवार २०:३५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको दोस्रो शृङ्खला (मौलिक संस्कृति विशेष) गत फागुन १२ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको दोस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    [१]
    फैलाई सर्वत्र जागृति
    जगेर्ना गरौँ देशको
    मौलिक धर्म संस्कृति !
    ✍️ वसन्त अनुभव
    [२]
    नेपाल नेपालीको पहिचान
    सिकार नहोस् अतिक्रमणको
    मिलिजुली गाऔँ गुणगान !
    ✍️ पृथक प्रकृति ,झापा
    [३]
    संस्कृति हाम्रो पहिचान
    जगेर्ना गरौँ सबैले
    देशको यो सान !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४]
    दौरासुरुवाल, ढाका टोपी
    फरिया चोली भेषभूषा
    गौरव मान्छन् नेपाली !
    ✍️ म्यामराज राई, भोजपुर
    [५]
    परम्परा हरेक घरको
    बिर्सनु हुँदैन हामीले
    समाज हाम्रो वरपरको !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    [६]
    आफ्नै भर पर्नू
    हुन्न अरूको भरोसा
    बुझेर अगाडि सर्नू !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [७]
    सोचौँ हामी सबैले
    आफ्नो भाषा संस्कृति
    अपनाऔँ अझ क्रमैले !
    ✍️ तुलसी पण्डित
    [८]
    सबैले दिनुपर्ने ध्यान
    धर्म संस्कृति बचाउनु
    हामी नेपालीको पहिचान ।
    ✍️ शंकर कार्की, मकवानपुर
    [९]
    नेपाली हाम्रा अभिमान
    झुकेको शिरमा उठाई
    खुकुरी भिरे स्वभिमान !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१०]
    हाँसौ आँसु सुकाएर
    यस्तै छ जिन्दगी
    बाँचौँ दुःख लुकाएर !
    ✍️ भिम लिम्बू प्रयास
    रिमबीक दार्जिलिङ
    [११]
    सद्धभाव सबै धर्ममा
    जोगाऔँ मौलिक संस्कृति
    विश्वास गरौ कर्ममा !
    ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
    [१२]
    मौलिक हाम्रा संस्कृति
    अमूल्य निधि सम्झेर
    बदलौंँ गलत प्रवृति !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१३]
    धर्म, संस्कृतिको मान
    सबैले थाहा पाऔँ
    नेपालीको यो पहिचान !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [१४]
    देश डुबेको देख्दैनन्
    मौलिकताको अर्थ के ?
    संविधानमा लेख्दै लेख्दैनन् !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [१५]
    बन नेता असल
    नबेच कुनै नदीनाला
    देश होइन पसल !
    ✍️ विके माकजू , भक्तपुर
    [१६]
    नेपाली कदापि चुक्दैन
    आइपरोस् जस्तै समस्या
    नेपाल कहिल्यै झुक्दैन ।
    ✍️ जमुना लामिछाने
    पोखरा
    [१७]
    हरियो हाम्रो जङ्गल
    संरक्षण गर्दै लगेमा
    हुन्छ सबैको मङ्गल !
    ✍️ सरिता सेढाई धादिङ
    [१८]
    संस्कृति हाम्रो सान
    जोगाऔँ सबै मिली
    गुम्न नदिन स्वाभिमान !
    ✍️ दीपा तिम्सना ईलाम
    [१९]
    गर्नुपर्छ असल कर्म
    अन्धविश्वास छिर्‍यो भने
    रहँदैन संस्कृति धर्म ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२०]
    रहेर आफ्नो धर्ममा
    जोगाऔँ मौलिक संस्कृति
    मन लगाई सत्कर्ममा !
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [२१]
    थोरै कमाएर रमाऊँ
    आफ्नो भाषा संस्कृति
    कहिले नबिर्सेर जोगाऊँ !
    ✍️ कला ढकाल झापा
    [२२]
    धर्म मान्ने गर
    सत्कर्मलाई अङ्गालेर सधैँ
    नपर कसैको भर !
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [२३]
    भाषा भेषभुषा सुन्दर
    लाग्यो नजर दुष्टको
    लोभले गुमायो डगर !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [२४]
    देशको माटोमा रमाऔँ
    बाँचौँ देशको निम्ति
    एकताको संदेश फैलाऔँ !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [२५]
    जोगाऔँ देशको सान
    मौलिक धर्म संस्कृति
    हुन् हाम्रा पहिचान !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    [२६]
    माैलाउँदै विदेशी संस्कृति
    विराेध गरौँ यसको
    जनतामा ल्याऔँ जागृति !
    ✍️ रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
    [२७]
    फैलाई सर्वत्र जागृति
    जोगाऔँ सबै मिलेर
    भाषा धर्म संस्कृति !
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु
    [२८]
    पुर्खाहरूबाट हामीले सिक्नुपर्छ
    मौलिक धर्म संस्कृति
    सतिसाल भएर टिक्नुपर्छ ।
    ✍️ वि.वि.याक्खा
    पाँचखपन नगरपालिका -६
    संखुवासभा।
    [२९]
    परायाको रितीरिवाज हुलेर
    बन्दैन परिचय देशको
    साहित्य संस्कृतिलाई भुलेर !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३०]
    आफ्नै प्यारो लाग्छ
    माैलिक धर्म संस्कृतिमा
    गहिरो ममता जाग्छ ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३१]
    ल्याउँछ सुन्दर बिहान
    दीनदुखीको सेवा गर्ने
    हाम्रो धर्मको पहिचान !
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [३२]
    धर्म आफ्नो जोगाऔँ
    पहिरिई नेपाली भेषभुषा
    संस्कृति आफ्नो मनाऔँ ।
    ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल।
    [३३]
    संस्कृति हाम्रो पहिचान
    मौलिकता जाेगाउन सके
    नेपालीको हुन्छ सान ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३४]
    हामीलाई अनुशासीत बनाउँछ
    हाम्रै मौलिक रितिरिवाजले
    सन्सारमा माथि उठाउँछ ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    [३५]
    जाँदैन साथमा धन
    मनुष्य सर्वोत्तम योनी
    राखौँ आस्थामा मन !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३६]
    संस्कार संस्कृति पहिचान
    पुर्खाले दिएका नासाे
    अमुल्य निधि जान ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३७]
    मुटुकाे आलाे घाउ
    तिम्रै ताजा निसानी
    भइगाे अब नचलाऊ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा१४ साँगा।
    [३८]
    भित्र्याए विदेशी नीति
    लोप हुँदै गयो
    हाम्रो संस्कार रीति !
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [३९]
    देशको हाम्रो सान
    जोगाउनु छ सबैले
    संस्कार संस्कृति पहिचान !
    ✍️ बेदु न्यौपाने ✍️🇳🇵
    [४०]
    अन्तको संस्कृति देखेर
    नगरौँ अरूको सिको
    नहिँंडनु ट्याटु खोपेर !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [४१]
    जाेगाउनु सस्कार संस्कृति
    हामी मिलेर हटाउनुपर्छ
    फैलाई समाजमा जागृति !
    ✍️ श्री कृष्ण धामी -बझाङ
    [४२]
    सनातन मौलिक धर्म
    जोगाउन जागरूक रहौँ
    आफ्नो संस्कृति कर्म !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ
    [४३]
    देश रहे बाँचिन्छ
    धर्म संस्कृति मनोमानी
    जुरुक्क उठौँ साँचिन्छ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [४४]
    मौलिक संस्कृति हाम्रो
    दशै , तिहार , सङ्क्रान्ती
    हिन्दु संस्कार राम्रो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४५]
    फैलाई सर्वत्र जागृति
    जिउँदो राखौँ पहिचान
    नबोकी विदेशी विकृति !
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    [४६]
    विश्वमा नेपालीको सान
    माैलिक धर्म संस्कृतिले
    जनाउँछ असल पहिचान ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा
    [४७]
    देवत्व महिमा अपार
    बोलीसँगै सधैँ मानिसमा
    चाहिने ठुलो संस्कार !
    ✍️ आर्त अकुलीन
    [४८]
    संस्कृति भाषा धर्म
    पहिचान हो हाम्रो
    यसैले बोक्छ मर्म !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [४९]
    धर्मलाई जाेगाउनु राम्रो
    आफ्नो प्यारो लाग्छ
    बढ्छ मान हाम्रो ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [५०]
    जोगाऔँ आफ्नो संस्कृति
    नभित्र्याऔँ विकृति यहाँ
    अपलाई खराब प्रवृति ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    [५१]
    आफ्नोपनमा गर्व गरौँ
    जोगाइ मौलिकता सबैले
    एकताको सन्देश छरौँ ।
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी , मोरङ
    [५२]
    जोगाउँदै गराैँ संस्कृति
    हामीले सम्झदै गराैँ
    हाम्रो परम्पराको स्मृति !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट ।
    [५३]
    सुधारौँ हाम्रा मनोवृति
    सभ्यताको पाठ सिकौँ
    उन्नत बनाऔँ संस्कृति !
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    [५४]
    पुऱ्याऔँ सबैले ध्यान
    धर्म, संस्कृति जोगाए
    बन्छ देशको पहिचान !
    ✍️ सीमा कार्की समर्पण
    [५५]
    पुर्खाले सुम्पिएको नासो
    संरक्षण गर्नु सन्तानहरू
    नसकुन् बनाउन हाँसो ।
    ✍️ संगीता खरेल
    काठमाडौँ
    [५६]
    जाेगाउनु छ संस्कृति
    र सम्पदा स्वदेशकाे
    नहाेस है विस्मृति ।
    ✍️ शम्भुप्रसाद गजुरेल
    सिन्धुलीमाडी
    [५७]
    संस्कृति हाम्रो पहिचान
    भेषभुषा मेलापर्व जात्रा
    राखौं यसको मान !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [५८]
    फालेर खराब प्रवृति
    नेपाली सबै मिलेर
    बचाऔँ धर्म संस्कृति ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल,काठमाडौ ।
    [५९]
    हमला भो सरकार
    मौलिक संस्कृति माथि
    छैन तिम्रो दरोकार !
    ✍️ पूर्णप्रसाद पन्त
    सिराञ्चोक ८, गोरखा
    २०८०/११/११/०६
    [६०]
    बिलाउला आफ्नै भेष
    पहिरेर पहिरन विदेशी
    नरहला भोलि देश !
    ✍️ अनमोल चन्द्र “नेचाली “राई
    लेबोङ,दार्जीलिङ
    [६१]
    नलागौँ गलत बाटोमा
    विभिन्न धर्म संस्कृति
    फुलेको हाम्रो माटोमा
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६२]
    हाम्रो भेष भाषा
    हाम्रो गौरव स्वाभिमान
    जगेर्ना कर्तव्य खासा !
    ✍️ कमला पौडेल
    [६३]
    भाषा धर्म संस्कृति
    बचाऔँं मिलिजुली सबै
    पन्छाई गलत प्रवृति !
    ✍️ विवश पारदर्शी
    झापा
    [६४]
    पृथक संस्कृति राम्रो
    खिच्दै विश्वको मन
    संरक्षणको दायित्व हाम्रो !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक भक्तपुर
    [६५]
    विश्वको मौलिक पहिचान
    अद्वितीय नेपाली संस्कृति
    लागौँ संरक्षणको अभियान ।
    ✍️ शान्ति उपाध्याय
    सूर्यविनायक भक्तपुर
    ~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, राजेशराज गड्तौला, वसन्त अनुभवLeave a Comment on झिल्का लेखन अभियान- २ (मौलिक संस्कृति विशेष) सम्पन्न

    झिल्का लेखन अभियानको प्रथम शृङ्खला सम्पन्न

  • ५ फाल्गुन २०८०, शनिबार ०७:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको प्रथम शृङ्खला गत फागुन २ गते सम्पन्न भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो ।
    झिल्का कविता लेखन अभियानमा अन्य अभ्यास शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली भाषा, संस्कृतिका विभिन्न विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको प्रथम शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    १)
    ज्ञानगुनका कुरा पढेर
    अन्धकार चिर्न सकूँ
    शिक्षाको ज्योति छरेर !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    २)
    सरस्वती विद्याकी दाता
    आज विशेष दिन
    पढाइको खोलौँ खाता !
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    ३)
    सरस्वती विद्याकी खानी
    गरौँ पुजा आराधना
    पढ्ने बसालौँ बानी !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ १८
    ~<•>~
    ४)
    पूरा होओस् चाहना
    वसन्त पञ्चमीको हजुर
    हार्दिक मङ्गलमय शुभकामना !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~<•>~
    ५)
    शिरमा रहेमा हात
    पुग्छ मनका कुरा
    हुँदैन जीवनमा आघात !
    ✍️ सीमा कार्की समर्पण
    ~<•>~
    ६)
    सरस्वतीकाे गरौँ पूजा
    ज्ञानकाे भण्डार मिल्छ
    हुँदैन जीवन धुजा !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ~<•>~
    ७)
    ज्ञानको ज्योति छर्नू
    देवी सरस्वती माता
    सबैको रक्षा गर्नू !
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ~<•>~
    ८)
    विद्याकी हुन् खानी
    सरस्वती सबकी माता
    पढ्नमा लगाऔँ बानी !
    ✍️ वि.वि.याक्खा
    ~<•>~
    ९)
    माताको मिलोस् वरदान
    पावन वसन्त पञ्चमीमा
    सकल पुस्तकको ज्ञान !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~<•>~
    १०)
    विद्या सरस्वती भारती
    भक्ति नित्य अध्ययन
    वेदका ऋचा आरती !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~<•>~
    ११)
    विद्याकी सागर सरस्वती
    भ्रष्टाचारीलाई बुद्धि देऊ
    कम्तीमा सुध्रिउन् अलिकति !
    ✍️ अनन्त अर्याल
    ~<•>~
    १२)
    तिम्रा रूप अनेक
    हे सरस्वती माता !
    देऊ बुद्धि हरेक l
    ✍️ बाबुराम गौतम
    गुल्मी
    ~<•>~
    १३)
    विद्याकी खानी माता
    अज्ञानीलाई ज्ञान देऊ
    हे सरस्वती विद्यादाता !
    ✍️ सरिता सेढाई
    धादिङ
    ~<•>~
    १४)
    सबको कल्याण गर्नू
    ज्ञानको ज्योति बाली
    अज्ञानता हाम्रो हर्नू !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ~<•>~
    १५)
    कृपा रहाेस् माताकाे
    दाहिना बनून् सरस्वती
    सङ्ख्या बढाेस् ज्ञाताकाे !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~
    १६)
    शिक्षाको ज्योति छरेर
    ज्ञानको भण्डार भरूँ
    तिम्रो पूजाअर्चना गरेर !
    ✍️ बेदु न्यौपाने🇳🇵
    ~<•>~
    १७)
    सरस्वती विद्याकी खानी
    पुजा गरौँ सबैले
    एकअर्कामा बनेर ज्ञानी !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~<•>~
    १८)
    ज्ञानकी माता रानी
    सबैलाई दिन्छिन् बुद्धि
    बनाउँछिन् सबैलाई ज्ञानी !
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ~<•>~
    १९)
    सरस्वती विद्याकी खानी
    ज्ञानको ज्योति छरेर
    सुबिचारको परोस् बानी ।
    ✍️ दीपा तिम्सना पौडेल
    ईलाम
    ~<•>~
    २०)
    दिएर ज्ञान बुद्धि
    कायम रहोस् कामना
    हुनेछ पक्कै समृद्धि !
    ✍️ पृथक प्रकृति
    झापा
    ~<•>~
    २१)
    सरस्वतीको पुजा गरेर
    सत्बुद्धि सबैको आओस्
    ज्ञानको भण्डार भरेर !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    २२)
    ज्ञानको कुरा सिकेर
    पुज्छौ माता सरस्वती
    हामी सबै मिलेर !
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    ~<•>~
    २३)
    विद्याकी देवी पाएर
    लिन्छौ असल शिक्षा
    ज्ञानमा सधैँ रमाएर !
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड
    ~<•>~
    २४)
    धेरै छन् हरामी
    तिमीबाट ज्ञान पाउॅंदा
    बन्छन् है दामी !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    २५)
    सरस्वतीको गरौँ आराधना
    विद्याकी खानी हुन्
    सबैलाई छ शुभकामना !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~<•>~
    २६)
    जय सरस्वती माता
    अपार विद्याकी खानी
    हुन् हाम्री भाग्यविधाता !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~<•>~
    २७)
    सरस्वती ज्ञानकी खानी
    अक्षर आरम्भ गरेमा
    बन्छन् शिक्षित नानी !
    ✍️ भगवती दवाडी
    झापा
    ~<•>~
    २८)
    मस्तिष्कमा ज्ञान भरिदेऊ
    मूर्ख बन्दैछन् मानव
    सरस्वती उद्धार गरिदेऊ !
    ✍️ विवश पारदर्शी
    झापा
    ~<•>~
    २९)
    विद्याकी देवी सरस्वती
    सत्बुद्धि मिल्दछ जब
    पुजारी बन्ने सम्मति ।
    ✍️ म्यामराज राई
    भोजपुर
    ~<•>~
    ३०)
    जय सरस्वती माता
    ज्ञान, कला, सङ्गीतकी
    अलौकिक प्रतिभाकी अधिष्ठाता।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ, भारत।
    ~<•>~
    ३१)
    हे सरस्वती माता
    कसैलाई भेदभाव नगरी
    दिने ज्ञान विधाता !
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ~<•>~
    ३२)
    अज्ञानतामा केही लेखेँ
    जसले घोक्दछ किताब
    उसैमा सरस्वती देखेँ ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~<•>~
    ३३)
    माता शारदेश्वरी सरस्वती
    पुष्प अर्पदै चरणमा
    गाउँछु पूजामा आरती !
    ✍️ दिल ठकुरी
    (टिस्टा भेल्ली)
    ~<•>~
    ३४)
    सरस्वतीको प्रार्थना गरेको
    रक्षा गर्नु भनेर
    उनकै भरमा परेको !
    ✍️अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ~<•>~
    ३५)
    साहसशिल हृदयमा भरिदेऊ
    हे हंसवाहिनी माता
    जीवन तपोमय गरिदेऊ !
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    ~<•>~
    ३६)
    पुज्दैछु जानी नजानी
    हे सरस्वती माता
    अटुट ज्ञानकी खानी !
    ✍️ भिम लिम्बू प्रयास
    रिमबीक दार्जिलिङ
    ~<•>~
    ३७)
    बुद्धि विवेक भरेर
    विद्याले सधैँ सजाऊ
    अज्ञानता नाश गरेर !
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी ।
    ~<•>~
    ३८)
    सरस्वतीको शिरमा बास
    बोल्दा जिब्रोमा पनि
    अज्ञानताको हुन्छ विनाश !
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    ~<•>~
    ३९)
    ज्ञान हामीलाई देऊ
    अज्ञानी यो भक्तलाई
    सधैँ सरणमा लेऊ !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~<•>~
    ४०)
    सरस्वतीको पूजा गरौँ
    सबैले एकाग्र भई
    विद्या, बुद्धि भरौँ !
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    ~<•>~
    ४१)
    देवी सरस्वती माता
    चाहन्छु तिमीझैँ बन्न
    बनाइदेऊ ए विधाता !
    ✍️ कमला पौडेल
    ~<•>~
    ४२)
    सरस्वतीकाे पूजा गरौँ
    मन वचन कर्मले
    ज्ञान बुद्धि भरौँ !
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~<•>~
    ४३)
    वसन्तकाे आँगनीमा छायाे
    ज्ञान बुद्धि विवेक
    हेर जताततै झल्मलायाे ।
    ✍️ हरिगाेपाल प्रधान
    बनेपा १४ साँगा बजार ।
    ~<•>~
    ४४)
    असीम ज्ञानकी दाता
    विद्या बुद्धि देऊ
    हे ! सरस्वती माता ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    ४५)
    सरस्वती तिमीलाई शुभकामना
    आजै तिमी जन्मिछ्यौ
    अविद्या नाघ्ने चाहना !
    ✍️ नन्दलाल आचार्य
    उदयपुर ।
    ~<•>~
    ४६)
    चेतनाको दियो बालेर
    शान्तिको सन्देश फैलाऊँ
    मूर्खता दुष्टता फालेर !
    ✍️ गुणनिधि घिमिरे
    अमेरिका
    ~<•>~
    ४७)
    जय सरस्वती माता
    तिमै चरणकमलमा परेँ
    विद्या बुद्धिकी दाता !
    ✍️ दीपा गुरुङ्ग (समभाव)
    ~<•>~
    ४८)
    हे ! सरस्वती माता
    सदासर्वदा सद्बुद्धि देऊ
    विद्या ज्ञानकी दाता !
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    ~<•>~
    ४९)
    सबै मिलेर पुजौँ
    ज्ञानको मुहान सरस्वती
    हुन् भनेर बुझौँ ।
    ✍️ अनमोल राई
    ~<•>~
    ५०)
    सरस्वती विद्याकी देवी
    स्विकार्नुहोस् भगवती सधैँ
    प्रणाम गर्दछे सेवी !
    ✍️ रिता खराल
    रूपन्देही
    ~<•>~
    ५१)
    ज्ञानको खानी बनेर
    उजागर नै गराइदेऊ
    समभाव गरौँ भनेर !
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    ~<•>~
    ५२)
    जन्मदिने हे माता
    काखैमा बोल्न लेख्न
    सिकाऊ सरस्वती विधाता !
    ✍️ चुडामणी देवकोटा
    चनपा १३ काठमाडौँ
    ~<•>~
    ५३)
    ज्ञानकी देवी सरस्वती
    विद्याविना हुँदैन हेर
    मानवजातिको त उन्नति !
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~
    ५४)
    माताको चरणमा परेर
    गर्छु नित्य पूजाअर्चना
    पूर्ण भक्तिभाव गरेर !
    ✍️ कला ढकाल
    झापा
    ~<•>~
    ५५)
    सरस्वती माता पाएर
    अज्ञानता हटाउँन सकूँ
    शिक्षाको महिमा गाएर !
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ~<•>~
    ५६)
    मनमा सरस्वती माता
    बुझ्न सकेमा सधैँ
    सबैकी ज्ञानकी दाता !
    ✍️ आर्त अकुलीन
    ~<•>~
    ५७)
    सरस्वती माताकाे शरण
    अज्ञानताकाे भण्डार हटाई
    गराउने सद्वुद्धिकाे भरण !
    ✍️ कोपिला अधिकारी
    ~<•>~
    ५८)
    ज्ञानकी खानी माता
    स्विकार्नू मेरो नमन
    सम्पूर्ण जगतकी विधाता !
    ✍️ शान्ति कुमारी उपाध्याय
    भक्तपूर, सूर्यविनायक
    ~<•>~
    ५९)
    वीणा पुस्तक धारणी
    माता देवी सरस्वती
    ज्ञान बुद्धिको कारणी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक भक्तपुर
    ~<•>~
    ६०)
    माता देवी सरस्वती
    धारण गर्छ्यौ विणा
    अर्को नाम भारती !
    ✍️ रचना शर्मा प्रतीक्षा
    ~<•>~
    ६१)
    लगाऔँ चित्तले ध्यान
    बढ्ने गर्दछ सबैको
    बुद्धि, विवेक, ज्ञान !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट “
    ~<•>~
    ६२)
    हे ! माता सरस्वती
    देश हाँक्नेलाई देऊ
    सद्बुद्धि, सत्ज्ञान जति !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर पाटन
    ~<•>~
    ६३)
    सरस्वती मातामा जाऔँ
    नजानेका काव्य सिकाई
    झिल्का कविता गाऔँ !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    ~<•>~
    ६४)
    पूरा हाेस् चाहना
    वर्ष दिनमा आउने
    सरस्वती पूजाकाे शुभकामना !
    ✍️ श्री कृष्ण धामी
    बझाङ
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियानLeave a Comment on झिल्का लेखन अभियानको प्रथम शृङ्खला सम्पन्न

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P