झिल्का लेखन अभियानको ३५ औँ शृङ्खला (दसैँ पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
[१]
१)
बुझेर समयको माग
मनाऔँ चाड बडादसैँ
त्यागी आपसी रिसराग !
२)
देखासिकी, दबाबमा परेर
फजुल खर्च नगरौँ
अनावश्यक रिनधन गरेर !
✍️
वसन्त अनुभव
[२] १) खुसीले भरियोस् भावना सबैमा छाइरहोस् यस्तै बडादशैँको हार्दिक शुभकामना । २) दुर्गाको पूजा गरेर खुसीयाली भई मनाऔँ जीवनमा रङ्ग भरेर । ✍️ अर्जुन प्रसाद चौलागाईँ
[३]
१)
बडादसैँको दिन्छु शुभकामना
दुर्गामाताले रक्षा गरून्
गरौँ खुसीले सामना ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
[४] उच्च रहोस् भावना मेलमिलाप सद्भाव सहित बडादसैँको हार्दिक शुभकामना ! ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ।
[५]
कसैलाई काँडा नबिजोस्
दसैँमा सबै रमाउँ
आँखा आँसुले नभिजोस् !
✍️
सविता भट्टराई, जनकपुरधाम
[६] उत्साहित रहोस् भावना भवानीले कल्याण गरुन् बडादशैँको हार्दिक शुभकामना ! ✍️ बाबुराम गौतम, गुल्मी
[१०] १) दशा नबनोस् यसपालि रक्षा गरे दसैँमा हे मङ्गला काली ! २) जनताको बिजोग कस्तो हरायो बडादसैँको रौनक मसानघाटको सुनसान जस्तो । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
[१९]
१)
उत्साह र उमङ्ग
धेरै छ मनमा
यो दसैँको रङ्ग ।
२)
बढोस् सबैमा सद्भावना
नवदुर्गाले कल्याण गरून्
सम्पूर्णमा बडादसैँको शुभकामना !
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
[२०] मनाऔँ स्तर हेरेर तडकभडक ज्यादा देखाउँदा बस्लान् साहुले घेरेर ! ✍️ सरिता सेढाई धादिङ
[२१]
१)
दसैँमा रमाउने चाहना
लिई आशिर्वाद मान्यजनबाट
आशिष र शुभभावना !
२)
आयो दसैँ पर्व
दु:ख पिर बिर्सी
मानौँ सबैले गर्व !
✍️
मन थापा
पोखरा २१ बक्रेक
[२२] १) बाढीले बगाउँदा घर यसपालीको दसैँ मनाउने मरिसक्याे सबै रहर । ✍️ सानु जाेशी सुदुर पश्चिम दार्चुला
[२४] १) बनाऔँ शुद्ध भावना बडादसैँ सुखद् बनाेस् यही छ शुभकामना ! २) शान्ति छाओस् मनमा दसैँ दशा नहाेस् कान्ति छाओस् तनमा ! ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[२५]
रहिरहनुपर्छ सकारात्मक भावना
आपतविपतमा नहुनू विचलित
बडादसैँको मङ्गलमय शुभकामना !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
[२६] १) सुखशान्ति खुसीको चाहना फलोस् फूलोस् जीवनभरि बडादसैँको मङ्गलमय शुभकामना ! २) निधारमा टीका जमरा दुर्गा माताको आशिषले जीवन बनोस् हराभरा ! ✍️ कृष्ण बजगाई, भक्तपुर
[२७]
१)
नेपालीमा उमङ्ग छाओस्
आशिष आपासमा साटेर
रम्न समृद्धि आओस् !
२)
गच्छेले चाडबाड मनाऔँ
देखासिकी गरेर होइन
सभ्य सुसंस्कृत बनाऔँ !
✍️
राज बहादुर बडुवाल
कनकासुन्दरी -५,जुम्ला
[२८] १) होस् सकारात्मक भावना नवदुर्गाले रक्षा गरुन् बडादसैँको सबैमा शुभकामना ! २) विपत्ति नपरोस् देशमा सबै हाँसीखुसी रहुन् नेपाली आफ्नै भेषमा ! ✍️ बेदु न्यौपाने
[२९]
मिलन गराउने चाडपर्व
परिवार एउटै आँगनमा
संस्कृतिमा गरौँ गर्व !
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३०] १) विजयादशमीको पावन अवसरमा दुर्गाभगवतीले बास गरून् सबै मानिसको घरघरमा ! २) रङ्ग र रसैमा नराम्रो सुन्न नपरोस् यो साल दसैँमा ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
[३२] १) सुखशान्ति सर्वत्र छाओस् कामना छ बडादसैँ खुसी बाेकेर आओस् ! २) विकृति नभित्र्याऊँ कसैले संस्कार, संस्कृति जाेगाउँदै सद्भाव बाडाैँ सबैले ! ✍️ सुन्दरी घिमिरे खतिवडा सङ्खुवासभा
[३३]
१)
फेरि दसैँ आयो
उत्साह र उमङ्गसँगै
जनजनमा खुसी छायो ।
२)
गरिबलाई हुन्छ पीर
चाडबाड आएको बेला
अवश्य हुन्छ फिकिर ।
✍️
बिरेन्द्र कुमार चौधरी
इटहरी सुनसरी
[३४] १) लिएर शुद्ध भावना माता दुर्गाको आशिर्वाद बडादसैँ पर्वको शुभकामना ! २) बडादसैँ आइपुग्यो आँगन हाँसीखुसी उमङ्ग लिई चोखो सद्भाव राखन । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
[३५]
स्वच्छ रहोस् भावना
दुख कसैमा नपरोस्
सबैमा छ शुभकामना !
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
[३६] आयो महान् चाडपर्व एकसाथ मिलेर मनाऔँ गर्दै देशको गर्व ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न . पा. ६ संखुवासभा
[४१]
समृद्धि, प्रगतिको कामना
परिवारमा खुसी छाओस्
दसैँको मङ्गलमय शुभकामना !
✍️
रुना कर्माचार्य दाहाल
चितवन
[४२] १) टिका जमरा लगाएर पिङ खेल्न जानुपर्छ दुःख पीडा भगाएर ! २) नेपालीको महान पर्व मनाउनु पर्छ मिलीजुली लिएर सधैँ गर्व । ✍️ कला ढकाल झापा
[४३]
१)
आउँछ प्रत्येक वर्ष
घुम्दै विजयादशमी यहाँ
ल्याएर उमङ्ग हर्ष !
✍️
बाबुराम पाण्डे
अर्घाखाँची
[४४] उच्च रहोस् भावना शुभ होस् बडादसैँको हार्दिक मङ्गलमय शुभकामना ! ✍️ वेल थोकर तामाङ मकवानपुर
[४५]
१)
देवीको पूजा आराधना
शुभ मङगल होस्
सबैमा दसैँको शुभकामना !
२)
पशुपंक्षीको रातो रगतमा
नाम लिएर धर्मको
पाप गर्छन् जगतमा ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[४६] १) हर्ष उल्लास छायो हरेक नेपालीको आँगनमा राष्टिय पर्व आयो । २) पीडा भुलेर खुसीमा मन आनन्द बनाऔं मुस्कान भरी झुसीमा ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
[४७]
आइरहाेस् उदारताकाे भावना
सम्पूर्ण नेपालीमा बडादसैँकाे
हार्दिक मङ्गलमय शुभकामना !
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[४८] १) दसैँमा टीका लगाउँ देवीको पूजा गरेर दुःखकष्ट सबै भगाउँ । २) दसैँमा घरको रहर आशिर्वाद थाप्न जाने खतरा गाउँ सहर ! ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
[५०] १) सबैको पुगोस् मनोकामना धनी या गरिबलाई यही बडादसैँको शुभकामना । २) स-साना कुरामा रमाउँ देखासिकी गर्नु हुन्न खुसीले दसैँ मनाउँ । ✍️ धनमाया चौधरी, कैलाली
[५१]
१)
नलागोस् ऋण कसैलाई
फजुल खर्चलाई घटाएर
उत्सव बनाऔँ दसैँलाई ।
२)
सद्भाव हाम्रो चाहना
खुसीयाली सबैमा ल्याएर
पूर्ण होओस् कामना !
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
[५२] दसैँको पर्व आयाे पिरव्यथा सबै भुलेर सर्वत्र खुसी छायो । ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ, भारत
[५३]
दसैँमा जमरा टीका
शिरमा ठूलाबडाको हात
नहोस् आर्शिवाद फिका !
✍️
साहित्य प्रेमी
सुशील धनगढी
[५४] गरौँ विपत्तिको सामना टरेर जाओस् दशाहरू बडादसैँको हार्दिक शुभकामना ! ✍️ पुष्पा राई बादेल, खाेटाङ
[५५]
रमाइलो चाडपर्व आयो
टिका, जमरा लगाउँदै
मनमा उमङ्ग छायो ।
✍️
धनुष न्यौपाने
जुम्ला।
[५६] हासेर दसैँ मनाउँ आशिष लिन हामीले ठूलाको घरमा जाउँ । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा
[५७]
१)
चाडपर्व संस्कृति हाम्रो
फजुल खर्च नगरी
दसैँ मनाऔँ राम्रो !
२)
दसैँ बनोस् खास
दसैँको सबैलाई शुभकामना
नहाेस् कसैको उठिबास !
✍️
राज कुमार राजभण्डारी खोटाङ्गे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
[५८] खुसीको दिन आयो मनभरी आनन्द छ दशैँको रमझम छायो । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
[६६] दर्शन गरेँ भवानी दसैँको हार्दिक शुभकामना रमाउँदै बितोस् जिन्दगानी ! ✍️ भगवती दवाडी, दमक, झापा
[६७]
१)
दसैँ खुसीको पर्व
मान्यजनको आशीर्वाद लिई
गर्नुपर्छ हामीले गर्व ।
२)
हुनेछ सत्यको विजय
दुर्गा भवानीको कृपाले
शत्रुमा जागोस् भय ।
✍️
जयनारायण नेपाल
इलाम
हाल सूर्यविनायक २ बालकोट,भक्तपुर
[८०] सुन्दर हाेस् भावना दसैँ अनि तिहारकाे सबैमा हार्दिक शुभकामना ! ✍️ श्रीकृष्ण धामी, बझाङ
[८१]
माैलाउन् मनका भावना
हजुरहरू तमाम सबैलाई
बडादसैँकाे हार्दिक शुभकामना !
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम
हाल भारतबाट
[८२] १) दशैँ आयो भन्छन् सर्वत्र छ रमाइलो केटाकेटी दक्षिणा गन्छन् । २) वर्ष दिनको चाड रमाइलो हुने भयो दु:ख मान्न छाड । ३) मेरो सधैँ चाहना सबैको भलो होस् दशैँको यही शुभकामना ! ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
[८३]
बाध्यता छ मनाउन
नभए पनि शान्ति
सन्तान खुसी बनाउन !
✍️
मन्दिरा सेढाई
[८४] दसैँ आयो हजुर सबै अब रमाउनुपर्छ गरेर आ-आफ्नो सुर ! ✍️ मोहन आचार्य पाँचथर
[८५]
आयाे दसैँ आँगनी
आफन्त, साथीभाइसँगै रम्दैछु
खुसीले म पनि ।
✍️
भिक्षु ईश्वर
अछाम
[८६] दसैँ आयो गाउँमा तर खुसी आएन अल्झियो बिरानो ठाउँमा ! ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज =२० राँझा एयरपोर्ट बाँके
[८७]
टुप्लुक्क दसैँ आयाे
खानु कि लाउनु
मलाई दाेधार बनायाे ।
✍️
दीपक दाहाल
[८९]
१)
कसरी बसौँ हेरी
ऋणको भारी बोकाउन
दसैँ आयो फेरि ।
२)
हुँदैछ यहाँ अस्तव्यस्त
होसियार परमाणुको होडबाजीले
बनाउँदैछ संसारलाई ध्वस्त ।
✍️
दीप गोले तामाङ
[९०] १) घर जानेको लर्को नमनाउनू कसैले पनि ओढेर ऋणको बर्को । २) चर्केर आउँछ छाती भोका, नाङ्गा देख्दा दसैँ नआएकै जाती । ३) ल्याउँछन् खसी, बोका यो विपत्तिमा होलान् कतिका बालबच्चा भोका । ✍️ रुना कर्माचार्य दाहाल चितवन
[९१]
१)
गाउँ अनि सहर
चहलपहल निकै बढ्याे
दसैँकाे आयाे लहर ।
२)
गएका विदेश काममा
फर्किन्छन् चाड मनाउन
ती आफ्नै गामठाममा ।
✍️
भुपेन्द्र के.सी.
[९२] १) दुर्गा माताको शक्तिले हुन्छ सबैको कल्याण पूजा अनि भक्तिले । २) थाप्छौँ जमरा टीका लिन्छौँ मान्यजनको आशिर्वाद नबनोस् चाड फिका । ३) सबैमा खुसी आओस् नेपालीका घर आँगनमा चाडको माहोल छाओस् ! ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
[९३]
१)
चाडपर्व दसैँ आयो
आदिशक्ति दुर्गा देवी
भवानीको चर्चा छायो ।
२)
परदेशी घर आए
टाढिएका ती परिवारसँगै
निर्धक्क मिल्न पाए ।
३)
भुलाएर व्यथा पीर
पिङ खेल्दै रमाउँदै
मनलाई राखे थिर !
✍️
विवश पारदर्शी
झापा
[९४] गर्दैछौँ दु:खको सामना विपत्तिमा कसरी दिउँ म दसैँको शुभकामना ? ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा
[९५]
१)
राखेँ मेरो भावना
बडादसैँ सुखद् बनाेस्
यही छ शुभकामना !
२)
शान्ति छाओस् मनमा
दसैँ दशा नहाेस्
कान्ति छाओस् तनमा !
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
~~~~~~~~~~ [९६] चाडपर्व दसैँ आयो सबै एकजुट भएर चारैतिर खुसियाली छायो । ✍️ नेत्रबहादुर श्रेष्ठ सिन्धुपाल्चोक -१३ ~~~~~~~~~~
झिल्का लेखन अभियानको ३३ औँ शृङ्खला (संविधान दिवस विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————– १) समावेशी उत्कृष्ट संविधान सर्वत्र छ खुसी जन जनमा मुस्कान ! २) हटोस् अन्याय अत्याचार शुभकामना संविधान दिवसको पाउन् सबैले अधिकार ! ✍️ वसन्त अनुभव
२//
देशमा संविधान आएको
जनताले संङ्घर्ष गरेर
नेता यताउता छाएको ।
✍️
शोभा आचार्य गौतम
३// संविधान देशको शान इज्जत भनेको ठूलो गर देशको मान । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
४//
१)
नयाँ संविधान आयाे
तर अधिकार आएन
राष्ट्रले के पायाे ?
२)
संविधानमा अधिकार लेखियाे
न्याय नदिने न्यायालयमा
राजनैतिक धाँधली देखियाे ।
✍️
रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
५// १) संविधान कालो बनाए देश खोक्रो पारेर भ्रष्टचारी नेता गनाए । २) संविधान पालना नगर्नेहरू सत्तामा रहुन्जेल स्वादिलो भ्रष्टाचारीहरू बर्बराउँछ अरू । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
६//
संविधान कस्तो बनायो
देशमा जनता मर्दा
आफ्नो खुसी मनायो ।
✍️
सञ्जना शर्मा, लमही दाङ
७// १) संविधान बारे जानुन् मूल कानुन नेपालको सबैले राम्रोसँग मानुन् । २) वीर सहिदको योगदान देशमा आयो गणतन्त्र लेखियो उत्कृष्ट संविधान । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
८//
धारा अध्यादेश संविधानमा
देशको सुरक्षा सर्वोपरी
नरहौँ फोस्रो अभिमानमा ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ
९// मान्नुपर्छ नियम संविधान अलि सप्रेला समाज रहला हाम्रो आत्मसम्मान । ✍️ सुनगाभा पोखरेल
१०//
लाग्छ संविधान यस्तो
बेल पाकेको खुसी
कागलाई नभएको जस्तो ।
✍️
केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
११// संविधान दिवस धारा नेताले बुझेनन् कानुन अहिले देखाए पारा । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
१२//
मूल कानुन जानुन्
आफ्नै मर्यादामा रहेर
सबैले पालना गरुन् ।
✍️
विष्णु पंगेनी(पाण्डे )
वालिङ स्याङ्जा
१३// १) उत्कृष्ट संविधान बनाए गरेर घृणित काम सबै नेता गनाए । २) सुधाराैँ सबले मति गरेर कार्यान्वयन संविधानकाे बढाऔँ विकासको गति । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा
१४//
बनाउँ देश हाम्रो
संविधान नियम ल्याई
स्वर्गझैँ सुन्दर राम्रो ।
✍️
गंगाराम यादव
औरावनी, सुनसरी
१५// १) संविधानले नीति खोजेको सरकारले बनायो अन्धो जनताले आफैँ रोजेको । २) जनताले बलिदान दिए सङ्घर्षमा लड्दै गएर नेताहरूले हुर्मत लिए ! ३// संविधान दिवसको भावना सबै राष्ट्रिय जनसमुदायमा संविधानको हार्दिक शुभकामना ! ✍️ बेदु न्यौपाने
१६//
१)
भन्छन् उत्कृष्ट संविधान
जनता देखिँदैनन् खुसी
कसरी दिन्छन् सम्मान ?
२)
चाहेझैँ राम्रो बनोस्
समावेशी सर्वत्र भई
अझै उत्कृष्ट रहोस् ।
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
१७// १) सबैले पालना गरौँ संविधानको मूल कानुन यसको महत्त्व भरौँ। २) क्षमायाचना त गरौं गल्ती भए हजुर भ्रष्टमा राष्ट्रबाद भरौं । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं
१८//
संविधान आएको दिन
मौलिक अधिकारक साथ
जानेनन् हात लिन ।
✍️
साहित्य प्रेमी सुशील
धनगढी
१९// १) मान मर्यादा भुलेर कानुन लुकाउँछन् देशमा भाषण छाड्दै खुलेर। २) जनतालाई राहत दिन बनेन संविधान मर्यादाको शान्तिको सास लिन। ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
२०//
१)
भविष्यको उज्ज्वल तारा
अत्याचार धेरै भयो
संविधान तोड्ने पारा ।
२)
सबैतिर कुर्सी तानातान
किन राखेउ सरकार
कामै नलाग्ने संविधान ।
✍️
अन्मोल मुस्कान
तकदाह छाउनी, दार्जिलिङ।
२१// दुनियाँको मुहार फेर्ने यो संविधान खै ? सबैको भाग्य केर्ने । ✍️ दीप गोले तामाङ – रौतहट
२२//
१)
विधानका पानामा केरियोस्
अब आउँदो संविधानमा
गन्हाउने नेता फेरियोस् ।
२)
मरिजाने यो चोला
यहाँ कुर्सीकै लागि
बग्छ रगतको खोला ।
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
२३// कागजमा लेखिएको ज्ञान आफैँ पालना गर्दैनन् जसले बनायो संविधान ! ✍️ मन्दिरा सेढाई, मलेखु,धादिङ
२४//
१)
ऐतिहासिक यो संविधान
कागजमा कैद भयो
व्यवहारमा मात्र उखान ।
२)
संविधान बनाए जनता
विदेशी चलखेल भयो
बढी भयो स्वतन्त्रता ।
३)
देश बनाए अचानो
जनताको उस्तै हाल
मानो न छानो ।
✍️
सुरेशकुमार पाण्डे, दाङ घोराही १८
२५// १) संविधान आहा भनुन् अध्ययन गरेर अक्षरस: ठूलो कानुनविद् बनुन् । २) संविधानको संरक्षण गर्नू हाम्रो कर्तव्य हो बर्खिलापमा अघि नसर्नू । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा
२६//
दीप प्रज्वलन गरेर
संविधान दिवस मनाऔँ
देशभक्ति मनमा भरेर ।
✍️
पुष्पा सुवेदी
नेपालगन्ज,बॅाके।
२७// सबैभन्दा ठूलो ऐन सानालाई भने नियम ठूलालाई सधैँ चैन ! ✍️ आर्त अकुलीन
२८//
छैन यहाँ नुन
अर्काको भर परेर
के गर्नु कानुन ?
✍️
नागेन्द्रप्रसाद यादव
२९// संविधान आफैँलाई बनाए कानुन सबैलाई हुनुपर्नेमा गणतन्त्रको धज्जि उडाए । ✍️ शंकर कार्की, मकवानपुर
३०//
१)
संविधान दिवसको शुभकामना
मूल कानुन भनेर
जागाेस् सबैमा भावना !
२)
जसले कानुन मिच्यो
उत्कृष्ट संविधान भन्दै
राष्ट्रकाे सम्पत्ति घिच्यो ।
३)
जसले संविधान बनाए
लिएर हातमा कानुन
आज आफैँ गनाए ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगमकाेलाेनी राधे राधे भक्तपुर ।
३१// संविधान देशको आधार गर्व गर्छौँ हामी स्वतन्त्र सबै पूर्वाधार । ✍️ कार्की डिबी माकुम
३२//
यसमा म आइनँ
आँसु छ आँखाभित्र
लेख्ने शब्दै पाइनँ !
✍️
ऋजु दिल्पाली
३३// संविधान कानुनकाे मूल सबै नेपाली जनताले पालनामा नगरौँ भूल ! ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
३४//
मूल कानुन संविधान
पूर्णतः पालना गरे
जनताकाे हुन्छ मान ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
३५// शान्ति बढ्दै जाओस् संविधान बनाउदै,, हिंसाकर्म घट्दै आओस् ! ✍️ कुसुम कुवँर (बझाङ)
३६//
सही प्रक्रियाको संविधानले
जनतामा प्रगति दिलाउँछ
स्वाभिमान र पहिचानले ।
✍️
प्रेम थापा "मन"बागलुङ
३७// १) ल्याएको हो संविधान जनयुद्ध र जनआन्दोलनले जनतामा इज्जत मान ! २) चुन्न सकेनौँ ड्राइभर गणतन्त्रको रथ हाक्ने खोक्रो भयो घर ! ✍️ लोकबहादुर क्षेत्री
३९// १) संविधान दिवसको शुभकामना सकल नेपालीजनहरूको हेर नहोस् अन्यायसँग सामना । २) छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३) नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
४०//
१)
ठूलाबडालाई छ चैन
गरिब असहायलाई भने
लाग्दछ कडा ऐन ।
२)
सदनमा होडबाजी गर्छन्
भ्रष्टाचारी नेताको नाटकमा
सोझा निमुखा पर्छन् ।
३)
संविधान दिवस मनाए
न्याय बराबर छैन
औपचारिकता मात्र जनाए ।
✍️
कला ढकाल झापा
४१// १) सारा नेपालीको चाहना मौलिक हक नखोसियोस् संविधान दिवसको शुभकामना । २) नेपालीको साझा संविधान जनताको सुरक्षा गर्ने मुख्य कानुनको सम्मान । ३) नेपाली जनताको ज्ञान अनुशासनमा बस्नु पर्छ देशको कानुन जान । ✍️ कृष्ण बजगाई, भक्तपुर
४३//
संविधानले गरोस् जय
हाम्रो भनुन् सबैले
कसैमा नहोस् भय ।
✍️
कपिलकिशोर घिमिरे
४४// कानुनले भन्ने गर्छ संविधान सबैभन्दा माथि सबैले मान्नु पर्छ । ✍️ अरुण कुमार भुजेल दार्जीलिङ्ग, भारत
४५//
संविधान दिवस मनाउँ
कागजमा मात्र होइन
व्यवहारमा पनि जनाउँ ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
४६// १) नेताले गरे लुट यो संविधान हेर्दा जनलाई छैन छुट । ✍️ दुर्गा भट्टराई माेरङ
४७//
१)
देश र जनताकाे
शिला नै हाे
सबै देशकाे एकताको ।
२)
संविधान दिवसको शुभकामना
देशविदेशमा हुनेहरू सबैको
पुगोस् इच्छा चाहना !
✍️
ईश्वर साउद (भिक्षु)
रामाराेसन गाउपालिका ६ सुदुरपशचिम अछाम
४८// बनोस् दुखीको पहिचान अधिकार लिपिबद्व गरेर रङ्ग भरोस् संविधान ! ✍️ राज बहादुर बडुवाल कनकसुन्दरी-५,जुम्ला
४९//
१)
देश चलाउने ऐन
मान्नु पर्ने नियम
सानालाई छैन चैन ।
२)
अत्याचारबाट उकास्ने संविधान
जता हेर्यो हर्ष
सबैको ओठमा मुस्कान ।
✍️
धनमाया चौधरी, कैलाली
५०// संविधान दिवस मनाऔँ हातमा हात राखेर नेपालमा नै रमाऔँ ! ✍️ मोहन आचार्य पाँचथर
५१//
१)
सोचौँ मनमा एकैछिन
नेपाली नेपालमै अट्ने
कहिले आउला दिन ?
२)
बोल्दा पुर्याउँदैनन् होश
नालायक देश हाँक्ने
संविधानको के दोष ?
३)
जनताले रगत बगाए
कानुन हातमा लिएर
नेताले खुट्टा घुमाए ।
✍️
शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
५३//
संविधानबाट थियोे आस
केही भएन सोचेजस्तो
जनता छन् निरास ।
✍️
जनक बिसी
स्वर्गद्वारी नगरपालिका ५ सारी प्यूठान
हाल दक्षिणभारत कोचिनबाट
५४// १) संविधान बनेर आयो जनता भोकै घरमा नेताले छादुन्जेल खायो । २) संविधानको लिएर नाम मात्रै रहेछन् खाने खोइ गरेको काम ? ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
५५//
१)
गरेर आपसमा तानातान
कुर्सीका लोभी नेताले
बिगारे राम्रो संविधान ।
२)
संविधान राम्रो बनाए
आफैँले पालना गरेनन्
त्यसमै पानी खन्याए ।
✍️
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
झिल्का लेखन अभियान - ३३
५६// सार्वभौम देशको पहिचान तलमाथि हुनुहुन्न दबाबमा शक्तिमान् रक्षक संविधान । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
५७//
१)
संविधान संसोधनीय हुनुपर्छ
नाफामुखी होइन जनमुखी
हरेक व्यवधान फुनुपर्छ ।
२)
स्रोत हेरेर कानुन
कार्यान्वयन गरेपछि देखिन्छ
त्यसको गुण अवगुण !
✍️
मनोहरी पौडेल
गैडाकोट १
५८// जनतालाई खै संविधान रगतको बगाएर खोला अधिकार छैन समान । ✍️ सङ्गीता खरेल काठमाडौं
५९//
कस्तो संविधान आयो
यहाँ हत्याराले जेलबाट
वर्षेनी मुक्ति पायो ।
✍️
अनिता भण्डारी, ताप्लेजुङ
६०// १) जसले बनाए संविधान तोड्ने गर्छन् तिनैले जिउँदो लासको चिहान । २) संविधान सबैभन्दा ठूलो केवल नामको बनाए सत्ताधारीको निमित्त खुकुलो । ✍️ पृथक प्रकृति, झापा
६२// १) कसका लागि संविधान नेताहरूलाई सधैँ मोज जनता हुने अपमान । ✍️ ललिता गिरी, सिन्धुली
६३//
१)
कहिल्यै हुँदैन प्रगति
हाम्रो देशका भ्रष्टाचारीहरूको
अब नसुध्रिए मति ।
२)
देशका यूबा खाडीमा
संविधान दिवस मनाउन
नेता चिल्ला गाडीमा ।
✍️
लक्ष्मण देउवा डोटी
६४// समावेशी जातीय पहिचान अझै बनोस् जनतामैत्री सुशासन सहितको संविधान ! ✍️ वेल थोकर
६५//
१)
संविधानलाई पत्रु बनाए
जनतालाई मूर्ख ठानी
आफूलाई राजा भनाए ।
२)
नेताको देखाउँने दाँत
जनतालाई भोकै पारी
पुरियो यिनको आँत ।
३)
फेरिएन पुरानो बानी
शासकको रूप उस्तै
जनतालाई छैन पानी !
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर ।
६६// संविधान एउटा अधिकार सरकार र जनताबीचको परिभाषित सम्बन्धको आधार ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
६७//
संविधान हाम्रो शान
नेपाल आमालाई हँसाउन
राखौ यसको मान।
✍️
सविता भट्टराई, जनकपुर
६८// संविधान पुस्तकमा सिमित जनता अभावमा सदासर्वदा विकृति रहेकाे अव्यवस्थित । ✍️ प्रद्युम्न चालिसे
६९//
१)
संस्कृति संस्कार संविधान
समय सचेतना सबल
सबैको सहभागिता सम्मान ।
२)
विचरण विशुद्ध विद्वान
विराजमान विभु विघत
विकल विधि विद्यमान ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
७०// संविधान देशमा हुनुपर्छ भ्रष्टाचारी सबै खोरमा फटहाहरू हात धुनुपर्छ । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
७१//
राम्रो संविधान बन्यो
जनता जस्ताको त्यस्तै
पर्ख अझै भन्यो ।
✍️
पुष्पा राई, खाेटाङ

झिल्का लेखन अभियानको ३२ औँ शृङ्खला (प्राथमिक उपचार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) मानवताको जागृत गरौँ भिडियो बनाउन होइन घाइतेमा प्राण भरौँ ! २) मिल्दछ यसैमा धर्म आफ्नो बिरानो नभनी गरेमा निस्वार्थ कर्म ! ✍️ वसन्त अनुभव घोराही, दाङ //२// —————<•>————— १) एकापसमा सहयोग गराैँ पशुतुल्य व्यवहार हाेइन सेवामा लागि पराैँ । २) सेवा नै धर्म यसैमा भलाे हुनेछ राम्रो गरेमा कर्म । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारत //३// —————<•>————— १) रोएर हुन्न साथी छोएर शिखर आँफै जीवन पुग्छ माथि । २) गालीमा ताली दिँदै के जिउनु जिन्दगीमा केवल बदला लिँदै । ✍️ साहित्य प्रेमी सुशील धनगढी //४// —————<•>————— काेही बाँच्छ भने प्राथमिक उपचार गर्नू काेमल हृदय बने । ✍️ ताराप्रसाद चापागाईँ //५// —————<•>————— फूल रोपेर हेर स्याहार पुगे गमलामा जगत् जगमगाउॅंछ एकफेर । ✍️ म्यामराज राई, भोजपुर //६// —————<•>————— १) मानवताको गरौँ व्यवहार एकदिन मात्र नभई सकेसम्म भइरहोस् लगातार । २) एकापसमा गरौँ सहयोग यसरी मिलेर गर्दा हट्छ लागेको रोग। ३) गर्दा अरूको सेवा भगवान्ले आशिष् दिई पाउँछ त्यसैले मेवा । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। //७// —————<•>————— १) मानव भएर धर्म गरौँ यही हो मान्छेको सेवा कर्म । २) दुखेकोमा मलम लगाऊँ गरौँ असल कर्म समाज सेवा जनाऊँ । ३) चेतनशील प्राणी मानव समाजसेवामा लागौँ सधैँ कहिल्यै नहुनू दानव । ✍️ बेदु न्यौपाने //८// —————<•>————— १) जहाँ पर्छ आवश्यक प्राथमिक उपचार गरेर गरौँ मानिसको रेखदेख ! २) मेहनतसँग दुर्घटना जोडिन्छ प्राथमिक उपचार नदिँदा मानवताको आधार छोडिन्छ ! ३) प्राथमिक उपचारको महत्त्व परेकालाई गएर सोधौँ अनि बुझिन्छ सारतत्त्व ! ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 //९// —————<•>————— १) मानवको जस्तो व्यवहार घाइते अवस्थामा देखाऊँ यही जीवनको सार । २) सबै रमिता हेर्छन् अझ भिडियो बनाउँदै भिडभाड गर्दै घेर्छन् । ३) रमिता हेर्नुको साटो घाइतेमा तुरुन्त अपनाऔँ प्राथमिक उपचारको बाटो । ✍️ ललिता गिरी सिन्धुली //१०// —————<•>————— १) अस्पताल जानुभन्दा पहिले घटनाको सम्भावना घटाउन होसियार रहनुपर्छ जहिले । २) होसियारी अपनाइरहँदा बारबार आकस्मिक दुर्घटनाहरू घटेमा गर्नुपर्छ प्राथमिक उपचार । ३) अस्पताल नपुग्दासम्म बचाउन जानेसम्मको उपचार गर्दै बिमारी पुऱ्याऔँ जचाउन । ✍️ गुणनिधि घिमिरे, अमेरिका //११// —————<•>————— १) आगजनी दुर्घटना हुँदा छिटो उद्धार गरौँ घाइते छट्पटीमा रुँदा । २) घटनास्थलको नबनाई भिडियो प्राथमिक उपचार दिन स्ट्रेचर बोकेरै हिँडियो । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ //१२// —————<•>————— १) घटनास्थलमा तुरुन्त गएर प्राथमिक उपचार दिइयो सेवाभावले अग्रसर भएर ! २) पहिला अनुमति लिन्छौँ बेहोशीमा भएको भए मुखबाट श्वास दिन्छौँ । ३) उनको अवस्था हेर्छौँ साबुनपानीले घाउलाई धोएर सुतीको कपडा बेर्छौँ । ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ //१३// —————<•>————— चाहिने प्राथमिक उपचार व्यवस्था गरेर राखौँ जीवनरक्षाका निम्ति उपकार । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी //१४// —————<•>————— मानव धर्म निभाउँ प्राथमिक उपचार गरेर घाइतेको ज्यान बचाउँ । ✍️ अनिता कार्की, पाँचथर //१५// —————<•>————— मानिस घाइते हुँदाखेरि गर्नुपर्छ प्राथमिक उपचार उसको अवस्था हेरी | ✍️ सरिता सेढाईं, धादिङ //१६// —————<•>————— १) कुनै दुर्घटना घटे अस्पताल लानु पहिले समस्या घट्छ खटे । २) घटना घटेको ठाउँमा उपलब्ध सामग्री प्रयोगले उपचार गरिन्छ घाउमा । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि -५,जुम्ला //१७// —————<•>————— १) अस्पताल पुर्याउनु पहिल्यै प्राथमिक उपचार गर्नु दुर्घटनामा परेकाेलाई जहिल्यै । २) बिरामीको ज्यान बचाउन प्राथमिक उपचार गर्दै अस्पताल लानु जचाँउन । ३) बुझेर पीडितकाे मर्म साथ सहयोग गर्दा हुन्छ सधैँ धर्म । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । //१८// —————<•>————— १) मानवता दर्साउँ सबैमा प्राथमिक उपचार गरेर समय नफालौं कबैमा । २) आपसी सहयोग बढाउँ घटना देखेको हुँदैन जोखिममा ज्यान नचढाउँ । ✍️ धनमाया चौधरी, कैलाली //१९// —————<•>————— घटनास्थलमै हुन्छ उपचार पहिले जिन्दगी बाँचेमा देखिन्छ सुन्दर संसार ! ✍️ आर्त अकुलीन //२०// —————<•>————— क्षति न्यूनिकरण गर्नलाई प्राथमिक उपचार गरेमा पर्दैन बिरामी मर्नलाई । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ //२१// —————<•>————— सही प्राथमिक उपचारले क्षतिलाई जाेगाउन सकिन्छ मानवीय साेच व्यवहारले । ✍️ जी.वि.कश्यप घाेराही,दाङ //२२// —————<•>————— जीवन एउटा उपहार खतराबाट बच्न बचाउनलाई सिकौँ प्राथमिक उपचार ! ✍️ प्रेम थापा “मन”बागलुङ //२३// —————<•>————— नमानेर कत्ति घाँडो घाइतेलाई उपचार गर्न पुर्याउनुपर्छ है चाँडो । ✍️ दीप गोले तामाङ – रौतहट //२४// —————<•>————— आकस्मिक अवस्था आएमा गर्नुपर्छ प्राथमिक उपचार हामीले अवसर पाएमा । ✍️ कला ढकाल, झापा //२५// —————<•>————— १) अस्पताल लैजाऔँ पहिले प्राथमिक उपचार गरेर बचाऔँ बिरामी जहिले ! २) गरेर प्राथमिक उपचार तत्काल अस्पताल पठाऔँ घाइतेलाई हामी हरबार । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी //२६// —————<•>————— नघटोस् घटना जहाँ घटेमा आवश्यक पर्छ प्राथमिक उपचार त्यहाँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातिर्थ //२७// —————<•>————— मान्छेको उपचार गरौँ धर्म हुन्छ जिन्दगीमा सधैँ अगाडि सरौँ । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा //२८// —————<•>————— सरकार बाँच्छ मागेर जनता औषधी पाउँदैनन् मर्छन् रुघा लागेर । ✍️ नागेन्द्रप्रसाद यादव //२९// —————<•>————— नगरे उपचार समयमा सक्ला बन्न क्यान्सर शुरूमै गाउँको श्वास्थालयमा । ✍️ लोक क्षेत्री //३०// —————<•>————— मानवताको पहिलो धर्म घाइतेलाई उपचार गर्नु मानिन्छ उत्तम कर्म । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा //३१// —————<•>————— सन्देश सुनौँ अहिले प्राथमिक उपचार गरौँ अस्पताल जानुभन्दा पहिले । ✍️ सङ्गीता खरेल काठमाडौँ //३२// —————<•>————— १) अनौठो रहेछ संसार कति अभागीको निधारमा हुँदैन प्राथमिक उपचार। २) सेवा नै मानवधर्म प्राथमिक उपचार गर्नु मानवको पहिलो कर्म । ✍️ बिके मुखिया दार्जिलिङ, भारत। //३२// —————<•>————— १) प्राथमिक उपचारकाे घनत्व दुर्घटनाकाे बेलामा धेरै हुन्छ यसकाे महत्व । २) सतर्क सजग भएर प्राथमिक उपचार गराैँ घटनास्थलमा शिघ्र गएर । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची //३३// —————<•>————— १) जनता भोकले मर्छन् विशेष उपचार नेताले विदेशी अस्पतालमा गर्छन् । २) जनताले सिटामोल पाएनन् अस्पतालको कुरै नगरौँ गाउँमा डाक्टरै आएनन् । ✍️ कृष्ण बजगाई भक्तपुर //३४// —————<•>————— जीवन जाेगाउँ सबैकाे प्राथमिक उपचार गरेमा जान्छ ज्यान कबैको । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगा बजार । //३५// —————<•>————— मानिसको सेवा गरौँ मानवको कल्याण हेतु सधैँ अघि सरौँ । ✍️ जनक बिसी दक्षिणभारत कोचिन //३६// —————<•>————— १) घाइते बिरामी धाउँछ अस्पतालको बेडमा बसी दुख्यो पोल्यो चिच्याउँछ । २) प्राथमिक उपचार राम्रो ओखती सामान्य हुन्छ स्वास्थ्य बिग्रँदैन हाम्रो । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड //३७// —————<•>————— १) गरौँ गम्भीर विचार त्यागेर दम्भ ईर्ष्या गरौँ मनले उपचार ! २) नपखाली मनको मैलो हुँदैन प्राथमिक उपचार बोकेर पापको थैलो ! ३) पुर्याऊ खानमा ध्यान ओठ जीब्रो नबाँधे जान्छ बेकारमा ज्यान ! ✍️ ऋजु दिल्पाली(राजेन्द्र घिमिरे) ईटहरी १ सुनसरी //३८// —————<•>————— १) हुनेगर्छ दुर्घटना यात्रामा पहिला क्यामेरा नझिकौँ प्राथमिक उपचारको मात्रामा। २) खोजौँ साधन पुर्याउन स्वास्थ्य केन्द्रमा हतारले घाइतेको ज्यान बचाउन । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही //३९// —————<•>————— १) प्राथमिक उपचार गर्नु कर्तव्य निर्वाह गर्नलाई सदासर्वदा अघि सर्नु । २) गरौँ आकस्मिक सेवा प्राथमिक उपचार गरेर देऔं स्वास्थ्यमा टेवा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे //४०// —————<•>————— १) बाँच्नु पहिलो अधिकार जीवन अमूल्य हुन्छ दिउँ प्राथमिक उपचार । २) चोटमा मल्हम पट्टी ज्वरोमा पट्टी पानीको नबढ्दै उपचार पद्धति । ✍️ मनोहरी पौडेल गैडाकोट १ //४१// —————<•>————— १) तयारी राखौँ पहिल्यै जतिखेरै दुर्घटना हुनसक्छ राखौँ मलमपट्टी जहिल्यै । २) नराखौँ रोगीलाई लम्पसार बचाउनु मानवको धर्म गरेर प्राथमिक उपचार । ३) यथाशिघ्र उपचार भनेकै ससाना स्वास्थ्यकेन्द्रको स्थापना नजिकमा राम्रो बनेकै । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ। //४२// —————<•>————— १) सेवाको गर काम सबैलाई तिमी यहाँ तब हुन्छ नाम । २) गाउँमा छैन अस्पताल हुँदैनन् बिरामी निको नेताको स्वार्थी चाल । ३) सामाजिक सेवा राम्रो मन हुन्छ आनन्द कतिको मनै चाम्रो। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत //४३// —————<•>————— १) सामाजिक प्राणी भएपछि सामान्य उपचार गर्नुपर्छ देखेर नजिकै गएपछि । २) बिरामी सामान्य देखेपछि घरेलु उपचार गर्नु हस्पिटलले छोड्दैन लेखेपछि । ३) औषधी राख्नुपर्छ घरमा झट्ट बिरामी पर्दा पर्नुपर्दैन अरूको भरमा । ✍️ दुर्गा आचार्य मोरङ //४४// —————<•>————— हेर घटना घट्नेबित्तिँकै मोबाइल तेर्साउने होइन मानवता देखाउ निकै । ✍️ विष्णु पंगेनी(पाण्डे) वालिङ् -८स्याङ्जा //४५// —————<•>————— १) सेवाले धर्म हुन्छ सुखदुःख बाडे आपसमा सबैको मन छुन्छ । २) पीडामा मलम लगाऊँ प्राथमिक उपचार गरेर कलियुगमा पुण्य कमाऊँ । ३) प्राथमिक उपचार गरौँ अरू गर्न नसके घाउमा मलम भरौँ । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ //४६// —————<•>————— सधैँ दुर्घटनाका समाचार तयारी अवस्थामा बसौँ गर्नलाई प्राथमिक उपचार । ✍️ सुनगाभा पोख्रेल //४७// —————<•>————— भएमा चेतनाको सार सोचमोच गरी राखे घरमै प्राथमिक उपचार ! ✍️ सन्तु खत्री //४८// —————<•>————— १) गरौँ सबैको सेवा आफ्नो धर्म निभाए मिल्छ हामीलाई मेवा । ✍️ अनिता भण्डारी, ताप्लेजुङ //४९// —————<•>————— प्राथमिक उपचारको ज्ञान भएमा मात्र पनि बच्छ धेरैको ज्यान । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। //५०// —————<•>————— प्राथमिक उपचार राम्रो सबैलाई जान्न आवश्यक ज्यान जोगिन्छ हाम्रो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ //५१// —————<•>————— सहयोगको राखौँ विचार घाइते देख्नासाथ सबैले गरौँ प्राथमिक उपचार । ✍️ रुना कर्माचार्य दाहाल चितवन //५२// —————<•>————— जे भेटिन्छ घटनास्थलमा उपचार गरी बचाऊ घाइतेलाई उही पलमा । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३ //५३// —————<•>————— १) घटना घटेको ठाउॅंमा प्राथमिक उपचार गरेर रगत रोकौॅं घाउमा ! २) बाँच्ने सबैको अधिकार अस्पताल जानुभन्दा पहिला गरौॅं प्राथमिक उपचार ! ✍️ सर्मिला बोहरा,बैतडी //५४// —————<•>————— अचानक घटनाको लागि प्राथमिक उपचारमा लागौँ मानवता ज्युँदो राखी । ✍️ पुष्पा राई, बादेल, खाेटाङ । //५५// —————<•>————— १) नबगोस् रगत लगातार देखेमा कोही घाइते गरौँ प्राथमिक उपचार । २) शुरुमा घाइतेको उपचार जीवन अमूल्य सबैको गरौँ सही व्यवहार । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ //५६// —————<•>————— १) पर्दाखेरि आकस्मिक मार घरमै दिलाऊँ बिरामीलाई तुरुन्तै प्राथामिक उपचार l २) जताऊँ मानवीय व्यवहार देख्नासाथ घाइते व्यक्ति गरौँ प्राथमिक उपचार l ✍️ बाबुराम गौतम, गुल्मी //५७// —————<•>————— अत्यावश्यक हुन्छ गाउँमा प्राथमिक उपचार पनि बनाउनुपर्छ हरेक ठाउँमा । ✍️ शंकर कार्की,मकवानपुर //५८// —————<•>————— १) घरमा गरिएको उपचार प्रभावकारी हुनाले बन्छ स्वास्थ्य नबिग्रने आधार । २) पीडितको नजिकै परौँ दुर्घटना हुँदा घाइतेलाई सकेसम्म सहयोग गरौँ । ३) अकालमा जाँदैन ज्यान उपचारको लागि दिनुपर्छ मान्छेले मान्छेको ध्यान । ✍️ पृथक प्रकृति ,झापा //५९// —————<•>————— १) दुर्घटना भएको ठाउँमा प्राथमिक उपचार गरे रगत रोकिन्छ घाउमा । २) घटना हुन्छ जब सडकमा छट्पटाउँछ बिरामी भिडियो खिच्छन् तब । ३) सहयोगी हुनुपर्छ जगत उपचार पाए तत्कालै रोकिन्छ बगेको रगत । ✍️ शान्ता पौडेल भट्टराई //६०// —————<•>————— १) हुन्छ दूर्घटना गाडी भिडियो बनाउन व्यस्त उद्दार गर्न छाडी । २) बुझेकै छैन यहाँ प्राथमिक उपचारको मर्म मानवता छैन जहाँ । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ //६१// —————<•>————— घाइते देखिन्छ जहिले प्राथमिक उपचार गरौँ अस्पताल लैजानुभन्दा पहिले । ✍️ अमृत कोइराला पोखरा //६२// —————<•>————— १) जनताको गर्नुपर्छ सरकार नेताहरूकाे मात्रै होइन नि:शुल्क प्राथमिक उपचार । २) कर्तव्य बुझेर बनाैँ सरकार ठट्टा होइन चलाउनै नजान्नेलाई नभनाैँ । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । //६३// —————<•>————— मर्ने गर्छन् अन्जानमा प्राथमिक उपचार नपाएरै आघात पर्छ प्राणमा । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर //६४// —————<•>————— जोसुकै दुर्घटनामा पर्दा ज्यान जानबाट जोगिन्छ प्राथमिक उपचार गर्दा । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा । //६५// —————<•>————— १) रमितेको घुइँचो हुन्छ मान्छेले मानवता नदेखाए साह्रै मन रुन्छ । २) हुँदैन पछाडि हट्न हामी सबैले सक्नुपर्छ प्राथमिक उपचारमा खट्न । ३) मानिस त्यतिकै मर्छ प्राथमिक उपचारमा खटिनु हाम्रो दायित्वमा पर्छ । ✍️ लक्ष्मण देउवा, डोटी //६६// —————<•>————— १) सत्कर्मतिर नै सरेमा भन्छन् हुन्छ राम्रो दुःखीहरूको सेवा गरेमा । २) रगत बगेमा हाम्रो गरौँ प्राथमिक उपचार हुन्छ ज्यानलाई राम्रो । ३) उपचार नपाए नानी निको हुँदैन चोटहरू जान्छ ज्यान सानी । ✍️ सीमा कार्की समर्पण मेलचोकपर्सा //६७// —————<•>————— १) दुर्घटना जीवनमा पर्नसक्छ प्राथमिक उपचारले घाइतेको जीवनबाट जोखिम टर्नसक्छ । २) गरौँ सद्भावपूर्ण व्यवहार हुन्छ घाइतेसँगै बस्दा हाैसला प्राथमिक उपचार । ३) मानवअधिकार संविधानकाे धारामा नेता रुघाखोकीमा विदेशतिर सिटमाेलविना जनता पारामा । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । //६८// —————<•>————— हुनसक्छ दुर्घटना हेर आफ्नो ज्ञान सीपले घाइतेलाई मायाले घेर । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । //६९// —————<•>————— दुर्घटनामा परेका नरलाई प्राथमिक उपचार गरेर जिम्मा दिउ डाक्टरलाई । ✍️ दुर्गा भट्टराई माेरङ //७०// —————<•>————— १) आत्तिएर काम गर्दा बिग्रने बोझ काँधमा अरूको भरमा पर्दा । २) आपतमा अपनाऔँ सदाचार शत्रु नै होस् गरौँ प्राथमिक उपचार । ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर
झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने लगभग ८ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) डुङ्गालाई लगाउने पार आजका यी बालबालिका भोलिका हुन् कर्णधार ! २) कदापि नगरौँ दुर्व्यवहार समुचित पालनपोषण अनि सुनिश्चित गरौँ बालअधिकार ! ✍️ वसन्त अनुभव घोराही, दाङ
//२// —————<•>————— साना हाम्रा बालक सिकाउँ राम्राे कुरा भाेलि देशका चालक । ✍️ तारप्रसाद चापागाईँ
//३// —————<•>————— १) बालबालिका भविष्यको कर्णधार ज्ञानकाे कुरा सिकाऔँ गर्छन् देशको हेरविचार । २) बालबालिका देशको सम्पत्ति असल शिक्षा दिएमा देशको हुनेछ प्रगति । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
//४// —————<•>————— १) शिक्षा भन्छौ नाइँ भन्नलाई देशका चालक बालक हिँड्छन् रोइकराइ ! २) बालकलाई ज्ञान दिनू पढाएर बढाएर खुसीले पछि फाइदा लिनू ! ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
//५// —————<•>————— बालबालिका भविष्य हाम्रो हेरचाह, गोडमेल गरौँ अनि हुनेछ राम्रो ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग
//६// —————<•>————— १) हुन् पछिल्ला सिँढी आजका यी बालबच्चा बनुन् असल पिँढी । २) गरौँ असल व्यवहार तिनै बालबालिका सबैका बन्छन् भविष्यमा आधार । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हालः-क्यानडा,क्यालगरी।
//७// —————<•>————— १) बालबालिका भविष्यको कर्णधार संस्कार सिकाउनु पर्छ लगाउँछन् देशलाई पार । २) राम्रो सोच बोकेर सिकाउनु पर्छ ज्ञान सभ्यतालाई अब तोकेर । ✍️ बिकास छेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ।
//८// —————<•>————— १) बालबालिका भविष्यका सहारा उचित मार्गदर्शन पाए लिनेछन् देशको अभिभारा । २) बनौँ असल अभिभावक राम्रो संरक्षण गरेमा बन्नेछन् देशकै साधक । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा
//९// —————<•>————— १) फूल पृथ्वीभरिका मालिका शैशवावस्था र जवानी बीचको उमेर बालबालिका । २) कदर गरौँ बच्चाको बालक एउटा नागरिक हामीसँगै पक्का हो । ३) बालअधिकार सुरक्षित गरौँ प्रत्येक बालबालिकाका दिमागमा असल संस्कार भरौँ । ✍️ गुणनिधि घिमिरे, अमेरिका
//१०// —————<•>————— १) गर्नुपर्छ बालबालिकालाई प्यार भोलिको देशका सारथि नगरौँ कसैले अत्याचार । २) हुन्छ खुसी अपार यही बालक जन्मदा घर उज्यालो परिवार ! ✍️ सतीश पण्डित भानु ६ चुँदी तनहूँ हनल चनपा६ मातातीर्थ
//११// —————<•>————— १) साना हाम्रा बालबालिका देशको उन्नति गर्नेछन् बनाऔँ सुन्दर तालिका ! २) शिक्षाको बाटो खोलेर सक्षम हामी पार्नुछ संस्कार संस्कृति घोलेर ! ✍️ कमल प्रसाद बगाले वालिङ्ग बजार स्याङ्जा
//१२// —————<•>————— १) असल ज्ञान भरौँ बन्छन् देशको सान बालबालिकालाई माया गरौँ । २) शिक्षा राम्रो दिएर चेतना भरौँ मनमा सधैंँ बालबालिकालाई लिएर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा ।
//१३// —————<•>————— १) किताबका धेरै पाना वीरता अनि साहसको गाएर सकिन्न गाना । २) गृहकार्य समयमै गर आफूले नजानेको शब्द सिक्न अघि सर । ३) बढाऔ उनको मनोबल दण्ड अनि सजाय होइन समस्याको हल ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
//१४// —————<•>————— १// बालबालिकालाई माया गरेर महान योद्धा बनाउन सघाउ लागि परेर । २) देशको मुहार फेरिन्छ बालबालिकालाई जब हामीले कर्णधारको रुपमा हेरिन्छ । ✍️ ललिता गिरी सिन्धुली
//१५// —————<•>————— भविष्यका कर्णधार बालबालिका जारी राखौँ पढाइलेखाइ बनाई सुन्दर तालिका ! ✍️ शलिक राम दाहाल चा न पा ३ झाैखेल
//१६// —————<•>————— १) हात समाई लेखाउँ साना यी बालबालिकालाई असल बाटो देखाउँ । २) प्रेम भाव छरौँ चोखो मनले बालबालिकालाई सबले माया गरौँ ! ✍️ दीप गोले तामाङ – रौतहट
//१७// —————<•>————— १) कुमालेको काचो माटाे कर्णधार हुन् भविष्यका देखाउँ सही बाटाे । २) नपारौँ मगजमा असर बालक हुन् खम्बा बनाउन नराखौँ कसर ! ३) नमनाऔँ खाली दिवस बालशोषण अन्त्य गरौँ शोषकलाई पारी विवश । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि -५,जुम्ला
//१८// —————<•>————— बालबालिका हाम्रो सान राम्रो शिक्षा दिलाए बढ्छ हाम्रो पहिचान । ✍️ धनुष न्यौपाने जुम्ला
//१९// —————<•>————— बालबालिका देशका शान लिएर उच्च शिक्षा राख्दछन् राष्ट्रको मान । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
//२०// —————<•>————— १) बालबालिकालाई पढाऔँ राम्रो ज्ञानी बुद्धिजीवी बनाऔँ कर्णधार हुन हाम्रो । २) बालबालिका काचो माटाे दिनुपर्छ शिक्षा राम्रो हिँडाऔँ राम्रो बाटाे । ✍️ कल्पना भण्डारी काठमाडौँ
//२१// —————<•>————— १) पढ्नमा मन लगाऊ विद्या चाहिन्छ जीवनमा निद्रा सबै भगाऊ । २) स्कुलमा ध्यान दिनुपर्छ विद्वान हुनकाे लागि त्यसैले भलाे गर्छ। ✍️ नवराज भट्ट कञ्चनपुर
//२२// —————<•>————— १) बालबालिकालाई पढ्न सिकाउँ भविष्य हुन्छ उज्ज्वल उचित मार्गमा लगाउँ । २) बालबालिका बगैंंचाका फूल अहिले जतन गरे बुढेसकालमा बन्छन् झुल । ✍️ देवकृष्ण काफ्ले
//२३// —————<•>————— १) बालबालिकालाई माया गरौँ दिनलाई गुणस्तरीय शिक्षा सदैव लागि परौँ । २) बालबालिका हाम्रा काेपिला दिएर ज्ञान सबैले बनाऔँ अझ जोशिला । ३) असल संस्कार दिलाऔँ भविष्य सुनिश्चित पार्नलाई ज्ञानका रस पिलाऔँ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा
//२४// —————<•>————— बालबालिका हुन् कर्णधार असल मार्ग पहिल्याउनलाई सिकाऔँ असल व्यवहार । ✍️ प्रेम थापा “मन”बागलुङ
//२५// —————<•>————— १) कस्तो बनाउने कालिगढ समग्र देशलाइ उचाल्ने नगरौँ बालबालिकामाथि खेलवाड २) नपसोस् प्रभाव अशान्तिको पुस्तौँका कोपिला मास्न अन्धविश्वास र भ्रान्तिको । ✍️ लोक क्षेत्री
//२६// —————<•>————— बालबालिका ज्ञानका ज्योति राम्रोसँग शिक्षा दिउँ भविष्यका कर्णधार माेती । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट ।।
//२७// —————<•>————— आजका कर्णधार भएर भोलि कहाँ पुग्नेछौ दुःख कष्ट सहेर । २) सम्हाल्छौ बुबाको काँध सङ्घर्षको मैदान धेरै समस्या समाधान बाँध । ३) बालबालिका बाँच्न पाउन आफूखुशी रम्दै खेल्दै अधिकारमा धेरै रमाउन । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
//२८// —————<•>————— १) आजका साना कोपिला भोलि राष्ट्रलाई हाक्ने कर्मठ योद्धा जोशिला । २) हाँसन सकुन् खुलेर शिक्षाको ज्योति अङ्गाली नजाउन् देश भुलेर । ३) भोलिका तारा चम्किला फक्रन देऊ फुलेर कलिला साना कोपिला । ✍️ विवश पारदर्शी झापा
//२९// —————<•>————— १) बालबालिका हुन् जीवन जिन्दगीका माया ममता आँखाका नानी कञ्चन । २) गरौँ सबैले सम्बर्धन भविष्य सुन्दर बनाउन बच्चाको गर्दै समर्थन । ✍️ कविराज घिमिरे
//३०// —————<•>————— बालबालिका भोलिका तारा पढ्न दिनुहोस् अहिले बोक्नेछन् देशको अभिभारा । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ
//३१// —————<•>————— १) अपार मायाका खानी बुढेसकालका सहारा हाम्रा दुई आँखाका नानी । २) असल अभिभावक जनाऔँ देश बनाउने चालकको भविष्य राम्रो बनाऔँ । ३) गरेमा उनीहरुमाथि अत्याचार कर्तव्यबाट विमुख हुँदै बन्छन् दुर्व्यसनीको शिकार । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
//३२// —————<•>————— बालबालिका लेख पढ अनुपम कर्म गरेपछि भविष्यमा अगाडि बढ ! ✍️ आर्त अकुलीन
//३३// —————<•>————— १) बालबालिका घरको सुकुन घरबार हुन्छ उज्यालो सिकाउँदा सदाचार गुण । २) बाबुआमा गुरुजनको जिम्मेवारी असल शिक्षा दिएर बालबालिका बन्छन् शिष्टचारी । ३) दिन उघ्रिदैँछ घमाइलो आउँदैछ चाडपर्वको मौसम बालबालिका गर्लान् रमाइलो । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ ।
//३४// —————<•>————— बालबालिका भविष्य हाम्रो दिएर नैतिक शिक्षा बनाऔँ राष्ट्र राम्रो । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
//३५// —————<•>————— सबैका प्यारा बालबालिका ममता दिएर हुर्काऔँ सुन्दर फल डालीका । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार।
//३६// —————<•>————— बालबालिकालाई माया गर्नु कर्णधार हुन् देशका हेरचाहमा अघि सर्नु । ✍️ कृष्ण बजगाई, भक्तपुर
//३७// —————<•>————— १) मिलाएर शुभ समयतालिका समुचित शिक्षादीक्षा दिलाऊँ सबल बन्नेछन् बालबालिका l २) गाउँ अनि नगरपालिका बालअधिकारको प्रत्याभूती देऊ पथभ्रष्ट हुँदैछन् बालबालिका l ✍️ बाबुराम गौतम, गुल्मी
//३८// —————<•>————— १) आजका हाम्रा बालबालिका देशका हुन् भविष्य नपरुन् फन्दामा जालीका । २) कमलो हृदयका कर्णधार जस्तो शिक्षा दिन्छौँ उस्तै बनाउँछन् व्यवहार । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
//३९// —————<•>————— १) बालबालिका सुन्दर सानाेमा ममता अनि प्रेमले लुकाऔँ अङ्गालोकाे छानाेमा । २) बालश्रमकाे बिराेध गराैँ शाेषणमुक्त सभ्य समाज बनाउन चेतना भराैँ । ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
//४०// —————<•>————— १) सानासाना बालक मानी रक्षा गरेकामा हामीलाई बन्नुपर्छ भोलि दानी । २) हातमा किताब दिएर बालबालिकालाई गरे संरक्षण पढनेछन् मनमा लिएर । ३) जगाउनु मनमा भावना आजको बिशेष दिनको सबैलाई छ शुभकामना । ✍️ दुर्गा आचार्य मोरङ
//४१// —————<•>————— १) नारामा सिमित भयो बालबालिका संरक्षण गर्ने सरकार कता गयो ? २) अनेक चाहना हाम्रो साना बालबालिका यी भोलिका सारथि राम्रो । ✍️ कला ढकाल झापा
//४३// —————<•>————— १) सबै अघि सरौँ बालबालिकालाई आफ्नो अधिकारबाट कहिले बन्चित नगरौँ । २) बालबालिकाको सुरक्षा गर्नुपर्छ बालशोषण अन्त्य गर्न सबै अघि सर्नुपर्छ । ✍️ अनिता भण्डारी ताप्लेजुङ
//४४// —————<•>————— १) नहोस् अभाव अवसरको कोपिला हुन् बालबालिका फक्रेर आउन् चराचरको ! २) संस्कार दिएर हुर्काउनु बालबालिकाले भूल गर्ला औधी गरेर नफुर्काउनु ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
//४५// —————<•>————— १) बालिका घरको शान राख्छिन् यिनले सधैँ बाबु, आमाकाे मान । २) बालक देशको कर्णधार जिम्मेवारी छ काँधमा नबस्नु भई मझधार । ✍️ विनोद खाती मिरिक
//४६// —————<•>————— शिशुहरूलाई माया गर दुनियाँलाई कसरी बुझाउने सबैमा ममता भर । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
//४९// —————<•>————— १) बालबालिका भोलिका सार जसले जेसुकै भनुन् यिनमै रहन्छ आधार । २) बालबालिकाको स्याहार उज्वल भविष्य बनोस् गरौँ सबैले पुकार । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी
//५०// —————<•>————— घरबाट सुरू गरौँ बालबालिकालाई संस्कार सिकाउन परिवार अघि सरौँ । ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत
//५१// —————<•>————— देश विकासका आधार तिनै कलिला मुना भविष्यका हुन् कर्णधार । ✍️ तोया नाथ चापागाईं दमक ३, झापा
//५२// —————<•>————— १) बालक देशको कर्णधार उनिहरूलाई पढाई लेखाई बनाउँ सबले होनहार ! २) सक्षम विवेकशील बनाउँ राम्रो संस्कार दिई आफ्नो सक्षमता जनाउँ । ✍️ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा
//५३// —————<•>————— १) नखोसियोस् बाँच्ने अधिकार कसैले कहिल्यै नबनाऔँ बालबालिकालाई भेदभावको सिकार । २) आत्मसम्मान कायम रहोस् बालबालिकाको बुझ्नुपर्छ भावना पराईको भर नपरोस् । ३) स्वास्थ्य उपचारको खाँचो ध्यानाकर्षणको विषय बनोस् हुन्छन् नाजुक काँचो । ✍️ पृथक प्रकृति, झापा
//५४// —————<•>————— १) नाम राख्ने थिएँ समाजमा आफ्नो आमाबुबाको बालबालिकालाइ उच्चशिक्षा दिए । २) ज्ञानगुण सधैँ भरौँ टुहुरा बालबालिकालाई हामीले सक्दो सहयोग गरौँ । ✍️ वेल थोकर तामाङ बकैया_८ // बस्तिपुर,, कर्माया // मकवानपुर
//५५// —————<•>————— उज्यालो प्रभात नानीहरू देशका भविष्य जोगाउन जेल हुलौँ बलत्कारीहरू । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
//५७// —————<•>————— १) नजाऊ छोडेर तिमी इन्द्रेणी जुनकिरी सबै उज्यालो छ रिमिझिमी ! २) चौतारी बिसौनी रुन्छन् प्रीतिका गीत गजल हाम्रै साझा हुन्छन् । ✍️ घनश्याम कोइराला
//५८// —————<•>————— माटोलाई आकार दिन ममता चाहिन्छ साँचोको सकिन्छ शीतलता लिन । ✍️ नागेन्द्रप्रसाद यादव
//५९// —————<•>————— आज छौँ सानासाना हुनेछौँ भोलि ठूलो कोर्छौँ विकासका पाना । ✍️ साहित्य प्रेमी सुशील धनगढी
//६०// —————<•>————— बालबालिका अघि बढ्छ्न् दिनुपर्छ माया हौसला सफलताको शिखर चढ्छन् । ✍️ विष्णु पंगेनी (पाण्डे ) वालिङ स्याङ्जा
//६१// —————<•>————— १) राखौँ है शुभभावना बालदिवस पर्व आज सफलताको गरौँ कामना । २) बालबालिका कच्चा माटो मायाले सिँचित गरौँ देशका हुन् पाटो । ३) स्वच्छ भावनाका हुन्छन् राम्रो पालनपोषणले तिनी सुन्दर भविष्य बुन्छन् । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
//६२// —————<•>————— १) बालबालिकाको कुरा गरेर वर्ष बितेर जान्छ सधैँ निरासा भरेर । २) उनीहरू निश्चिन्त छैनन् मात्र बालअधिकारका कुराले भविष्य कोर्ने हैनन् । ३) हरेक बालबालिका कर्णधार देश यीनैले बनाउँछन् सरकारको लगानी आधार । ✍️ पुष्पा राई, बादेल, खाेटाङ ।
//६८// —————<•>————— फूलहरू जस्तै मालिका देशका कर्णधार हुन् आजका यी बालबालिका । ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके।
//६९// —————<•>————— १) बालबालिका भोलिका कर्णधार खाना, स्वास्थ्य, शिक्षा पाउनु उनको अधिकार । २) हामीबाट सिक्छन् बानी काँचो माटो हुन्छन् हाम्रो बाबु नानी । ✍️ रुना कर्माचार्य दाहाल चितवन
//७०// —————<•>————— १) रत्न बालबालिका कर्णधार राष्ट्र अनि परिवारका बनाउनु प्रेमले अपार । २) घर पहिलो पाठशाला शिक्षा दिँदा औपचारिक बच्चामा ज्ञानको माला । ३) बन्दछ संस्कारी सिपालु घर देश सजाउने असहाय दुःखीप्रति कृपालु । ✍️ मनोहरी पौडेल गैडाकोट १
//७१// —————<•>————— बालशोषण हो अपराध नगर्नू कसैले पनि तोडेर कानुनको साँध । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
//७२// —————<•>————— १) बालबालिका देवता झोलिका गरौँ अगाध स्नेह कर्णधार हुन् भोलिका । २) बालदिवस रहेछ भोलि हकअधिकार पाउन् सबैले रमाउन् मन खोली । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ
//७३// —————<•>————— १) भोलिका सुन्दर सपना शिक्षाले दिनुपर्छ दर्शन रहिरहन्छ मनमा जपना । २) आशाका सुन्दर फूलहरू फुलाउन सके फूलबारीमा हटाउँछन् राष्ट्रका शूलहरू । ३) जगाउँ हौसला दिएर आशाका हाम्रा दीपहरू सुमार्ग असल लिएर । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
//७४// —————<•>————— १) बालबालिका हुन् कोपिला नफक्रिँदै चुड्नु हुँदैन भोलिका हुन् जोसिला । २) अधिकारबाट बन्चित नगरौँ गिलो माटो हुन् समयमै रङ्ग भरौँ । ✍️ धनमाया चौधरी
//७५// —————<•>————— १) बालबालिकामा गरौँ लगानी शिक्षा दिएपछि हेर हुनेछैन कदापि हानी । २) बालबालिकालाई बराबर अधिकार पढ्ने लेख्ने बेला भविष्यकाे सुनिश्चित आधार । ३) बालदिवस सफल पाराैँ हातमा हात राखेर हामी अगाडि साराैँ । ✍️ श्रीकृष्ण धामी – बझाङ
//७६// —————<•>————— बालअधिकारको यो खेल सरकार बन्द गरिँदे आउला बाढी भेल । ✍️ मोहन आचार्य पाँचथर
//७७// —————<•>————— १) भाेलिकाे सपना बालबालिका विदेश पठाउन राेकिएन बनाई वैदेशिक तालिका । २) बालबालिका सन्तान हाम्रो उनीहरू भविष्यको कर्णधार व्यवहार सिकाओैँ राम्रो । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ
//७८// —————<•>————— बालबालिका कर्णधार भोलिका उचित शिक्षा सँगसँगै संस्कार सिकुन् बोलिका । ✍️ समुन्द्रा शर्मा सुनसरी
//७९// —————<•>————— १) बालबालिकाको गराैँ आशा शिक्षामा लगानी गरे हुनुपर्दैन भोलि निराशा । २) ज्ञानको श्रोत शिक्षा उज्ज्वल भविष्यको लागि दिनुपर्छ बालबालिकालाई दीक्षा । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर
//८०// —————<•>————— १) बालबालिका गहना घरका मायाले उठ्छ शिर कहिल्यै नसम्झाै परका । २) बालबालिकाकाे बुझाैँ कुरा यातनाले टाढिन्छन सधैँ हुँदैन जीवन पूरा । ✍️ हिरालाल न्याैपाने बानपा ८काेटमाैला, सल्यान
//८१// —————<•>————— बालबालिका बनुन् आधार देश अनि आमाबाबुको गरुन् सधैँ हेरविचार ! ✍️ सन्तु खत्री
//८२// —————<•>————— १) देशमा छाउँदैन अन्धकार दिएमा राम्रो शिक्षा बन्छन् भविष्यका कर्णाधार । २) चेतनाको सुगन्ध छरी फैलाउँछन् शिक्षाको बास्ना आफैँले परिश्रम गरी । ३) उज्यालो बन्छ घर बाँच्दछन् स्वाभिमानी बनी बर्सन्न दुःखका कहर । ✍️ सीमा कार्की समर्पण मेलचोक पर्सा
//८३// —————<•>————— १) बालबालिका काँचो माटो हामी अविभावक भएर लगाउनुपर्छ सही बाटो । २) चुकाउँदैनन् हाम्रो बोली बालबालिकाले देशका लागि केही गर्छन् भोलि । ✍️ लक्ष्मण देउवा, डोटी
//८७// —————<•>————— हनन् नहाेस् अधिकार असल संस्कार दिउँ बन्छन् भाेलिका कर्णधार । ✍️ काेपिला अधिकारी गाेरखा
//८८// —————<•>————— १) विद्यालय जान वञ्चित बालबालिकाको अधिकार नारामै भाषण भयो अतिरञ्जित । २) बालक श्रमिक घरमा भाषण गर्दै नेता कसरी बस्ने भरमा । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ
//८९// —————<•>————— १) दमन थिचोमिचो नगरौँ बालअधिकार जानौँ हामी अबोधमा शिक्षा भरौँ ! २) मनको मैलो भगाऊँ बालबालिकाको कोमल मस्तिष्कमा असल भावना जगाऊँ ! ३) कणकणमा देवको बास बालबालिकाको पीडा बुझी जगाऊँ उनीहरूमा आस । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं —————<•>—————
झिल्का लेखन अभियानको ३१ औँ शृङ्खला (बालबालिका विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

साप्ताहिक झिल्का लेखन अभ्यासको ३७ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३७ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, आहा ! चाँदनी रात बन्दछ सपना सबको, सुनिरहूँ प्रेमिल बात । २, विदेशी भाषामा अहङ्कार जबाफ हराउॅंछ उसको आफूलाई सोच्छ हिम्मतदार । ३, नछोपी आफ्नो गल्ती बेकार चिच्याउनु साथीभाइमा देखाऊ, सबै खल्ती ।
म्यामराज राई, भोजपुर … १, हेरेर जून, तारा मिलाएर झिल्का लेखौँ हातेमालो गरौँ सारा । २, राजनितिक अत्याचार हुन्छ व्याप्त भष्टाचार किन ? बेथितिले मुटु छुन्छ । ३, पानी परेर फेरि बाहिर निस्कन गाह्रो चित्त बुझाऔॅं हेरी ।
रवि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, आसुरी प्रवृत्ति हेर कुमान्छे बन्दैछन् ती अर्काको खुट्टा तानेर ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ … १, रिमझिम वर्षा छायो प्रकृतिले गर्यो तमासा प्राणीले दु:ख पायो । २, दसैँ आयो रमाउँदै दुखीको छाक छैन कमाई गयो हराउँदै । ३, गरिब रुन्छन् मनमा दसैँ आयो नजिकै कपडा छैन तनमा ।
वेदु न्यौपाने … १, ठुलो पानी आयो। प्राकृतिले के गर्यो। गरिबिको बासै उडायो। २, बाढी, पहिरो आयो दसैँको मुखैमा लौ ! हजारौको ज्यान खायो।
वेल थोकर … १, आनन्द जीवन मेलाले मिल्छ सधैँ क्षणिक कसैलाई पर्खिँदैन बेलाले । २, अङ्गदान संसारमा महादान सार्थक हुन्छ जुनी गरौँ प्रभु गुणगान । ३ धिक्कार जीवन हेलाले गुरुको सधैँ मान गर्नु पर्दछ चेलाले ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, उठ्छु बिहान सबेर योग,प्राणायम,ध्यान गर्दै रहन्छु हेर। २, बिहानको समय महत्वपूर्ण यस्तो विचार गर्दा शरीर हुन्न अपूर्ण। ३, ध्यान पुर्याऊँ सबैले शरीरलाई प्राथमिकतामा राखौँ भन्छु सदा मैले।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, दिएको देख्दा हात, मन भयो चङ्गा लाग्दैछ नपरोस् रात । २, किन जातका कुरा ? भाव मिल्यो भने, हुन्छन् ती बेसुरा। ३, नगरी हुन्न गल्ती, तिललाई पहाड बनाउने कस्तो बढ्यो चलनचल्ती !
दीपा समभाव, दुबेकोल खोटाङ … १, लाग्यो वर्षे झरी काम छैन मानिसको मोबाइल हेर्छौँ दिनभरि । २, छैन अब खेतबारी बजारको घर हाम्रो जानुपर्छ सिमा पारि । २ दसैँ आयो धुमधाम घर रित्तो खल्ती भयो कता जाम ?
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, कृषि क्रान्तिका नारा गमलामा धान रोपेर बेईज्जत गरे सारा । २, आर्थिक क्रान्तिको नारा अत्याचार भ्रष्टाचार ठगी भाषणका भरमा सारा । ३, फुके कोरा ढ्वाङ पत्याउने हामी जनता सरकार जहिलेसुकै स्वाङ ।
गुणनिधि घिमिरे, अमेरिका … १, सहयोगी आफ्ना हातहरू पछाडि फर्केर हेर्दा छैनन् कोही साथहरू , २, सबै अर्थका साथी जिन्दगी एक्लो रहेछ हेर्छन पुगेर माथि । ३, आशा रहेन केही व्यर्थै दु:खी रहेछ मुटु रहेछ यही।
कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा … १, प्रकृतिको भर छैन आपद्विपद् कोही पर्दा हराउँछ मनको चैन l २, अविरल पानी पर्यो मजदुर किसान व्यापारी सबैको हानी गर्यो । ३, धेरै पर्यो पानी शान्ति भएन मनमा नरमाइलो बन्यो जिन्दगानी ।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, फालेर हलो, कोदालो साहुको ऋण काढेर विदेशमा नबन्नू, गोठालो। २, पौरख सबैले गरौँ अपनाई वैज्ञानिक पद्धति अन्नको भण्डार भरौँ । ३, सधैँ जाग्नु सबेर आलस्य गरेर बसे हुनेछ भाइ अबेर।
बिके मुखिया, दार्जिलिङ, भारत … १, लाग्यो अब झरी पहिरोले बग्दैछ गाँउ यसरी हल्ला नगरी। २, रुझ्दैछ जमिन पानीले क्षति नगरी छोड्दैन झरीको यो बानीले।
अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ … १, पानीले जलमग्न बनायो झरीको विवरण बुझ्दा दैवले रिसले खनायो। २, बोतलले नालाहरू थुन्यो सर्वत्र सड़क अवरोध मान्छेले तानाबाना बुन्यो।
चुडामणी देवकोटा, पुरानोनैकाप काठमाण्डौं … १, हुन्न त्यसै खोजी गर मिहिनेत कडा तब पाइन्छ रोजी । २, सुखदुःखमा साथ दिनु कुरा बुझी जनको आनन्दको महसुस लिनु। ३, गर देशको विकास खुशी हुन्छन् जनता तब मिल्छ निकास ।
अनुग्रह राना मगर ‘पुष्प”, पाँचखपन न.पा. ६ संखुवासभा … १, यो असोजे झरी इन्द्र निदाए क्यारे पानी बन्द नगरी । २, बढे फेरि खोला उहि बाटोको समस्या रक्षा गर भोला।
पुष्पा सुवेदी, नेपालगन्ज, बॅाके … १, पहिले थाप्यौ हात आफूलाई भनेको पुगेपछि दियौ फेरि बज्रपात ।
प्रेम थापा “मन”बागलुङ … १, मौकाको फायदा जानेर कुरा काट्न सिपालु हिॅंड्छन् खुट्टा तानेर ! २, झरीले गर्यो मनपरी बेला नकुबेला झरेर क्षती नोक्सानी गरी ! ३, चाडबाड नजिक आयो उमङ्गको पोको बोकेर मनमा खुसी पलायो !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, शहरमा वर्षा चाहिन्न कागजको काम हुन्छ खेतीपाती प्राय लाइन्न।
देवी पन्थी … १, परेको भदौरे पानी खेतमा बाली बिनास के होला जिन्दगानी !
आर्त अकुलीन … १, किन देखिॅंदैन चित्र ? छर्लङ्ग मनका भावको पर्यो दुस्मन मित्र ।
लोक वहादुर छेत्री लामिछाने, मोदी २ देउपुर पर्वत … १, शरदे झरी चम्कियो गरिखान दिएन किसानलाई भन्दै सबैजना बम्कियो । २, चाडपर्वको मुखमा झरी निरन्तर बर्सेको कति ? आफन्त टार्नु कसरी ? ३, लगातार पानी परेको श्रद्धाभाव चढाउँदै श्राद्धमा पितृको आँशु झरेको ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, बुताभन्दा बाहिरको कुरा प्रकृतिदेवी पनि रिसाएर रोप्न थालिन् छुरा। २, गर्नुपर्छ भेटेर बात प्रस्ताव राखेँ मैले समाउन देऊ हात। ३, आँखा किन फरफरायो नजाती हुन्छ भन्छन् त्यसैले थुरथुर गरायो।
सतीश पण्डित, भानु -६, चुँदी, तनहुँ, (हाल चनपा ६ मातातीर्थ ) … १, राम्रो गर्नेहरू नसहने मनोमानी चलेमा खुसी आफूलाई अजीव रहने। २, देश रोइरहेछ पीडाले विधिको शासन कुल्चेका देशलाई सके अखडाले। ३, युवालाई पागल बनाउँदै बुढाहरू बम्केका सत्तामातले अडेका कसलाई समाउँदै।
घनश्याम पन्त, हरिवन सर्लाही … १, प्रकृतिको छैन भर छिनभरमै देखाउॅंछ ताण्डव समयमै सुरक्षा गर ।
विष्णु पङ्गेनी पाण्डे , स्याङ्जा वालिङ … १, तारन्तार पानी आयो केही नहुनेको पनि झुपडी, खेतबारी बगायो । २, खेतीयोग्य जमिन भासिन्छ उब्जनीको नाम शून्य अनि मान्छे मासिन्छ । ३, खेतबारी सबै बगायो भयो भयानक परिस्थिति भोक निन्द्रा हरायो ।
हिरामाया श्रेष्ठ … १, स्वच्छ दिलमा बसेर आनन्द छ तिमीलाई मनसॅंग मन साटेर। २, भाषा विदेशको भन्छ बुझिॅंदैन कस्तो शब्द ? युवा के बन्छ ? ३, गल्ती छोपेर छोपिॅंदैन भित्ताको कान हुन्छ नबोलेको भए खोलिॅंदैन ।
एवाइ प्रभात, सहिदभूमि, धनकुटा … १, देऊ सधैँभरि साथहरू तब हुन्छ ज्ञानी नपठाऊ खाली हातहरू। २, कस्तो पानी परेको ? संसार भिजाउने गरी जूनको आँसु झरेको। ३, कहाँ छ चित्र ? कालो कानुनको अघि प्रहरी हुँदैन मित्र।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, झरीले दिनरात जोड्यो पहाड पहिरोले सखाप तराई डुबाएरै छोड्यो!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, विश्वास बाटोको गाडी स्वार्थ पूरा नभएसम्म हिॅंड्छ अगाडि पछाडि । २, खहरेखोला उर्लेर आयो, बालुवाले थुनेको किनारा मनको बाँध बगायो।
होमप्रसाद नेउपाने, धरान, सुनसरी … १, पुर्वमा डुबान भएको वर्षे झरी लागेर काममा पनि नगएको । २, साहित्यमा राजनीति पसेको अर्काको खुट्टा तान्दै हेर कसरी बसेको।
कला ढकाल, झापा … १, असत्यमाथि सत्यको विजय भगवती माताको कृपाले असुरहरूको विनास तय।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, काम गरेर सिद्ध देखाऊ प्रमाण हामीले सम्बन्ध तब मिल्छ । २, दिएर हुकुम राजाको भित्री आत्मा खुकुलो झिंगा हुनहुनाउने बाजाको । ३, फेरेर छिनछिनमा बोली के गर्न खोजिरहेछौ ? टाटे पाटे रङ्गोली ।
ईश्वर साउद (भिक्षु), रामारोशन – ६, सुदुरपश्चिम अछाम … १, गरेको थिइन् कसुर सम्पति बगाई दियो ईश्वर बनेर असुर l २, खोस्यो मनको चैन ओभाना छैनन् हिजोदेखि परिवार जनका नैन l ३, परिरहेछ अविरल झरी बाँधिदियो ईश्वरले कठै! शिरमा त्रासको पगरी l
बाबुराम गौतम, गुल्मी … १, चाडपर्वको बिचमा झरी लाएको बालीमा नोक्सान मनमा चिन्ता सधैँभरि । २, असोजमा भदौरे पानी बाढीले विचलित बनायो कस्तो होला जिन्दगानी ! ३, अविरल झरी पर्यो चाडबाडको मुखमा यसले किसानलाई गर्नसम्म गर्यो ।
दुर्गा भट्टराई, मोरङ … १, बेमौसमी वर्षा आयो सबै देशबासीको मन पानीले गर्दा डरायो। २, सयपत्री मखमली रमायो फूलको हरेक डालिले मेरो मन समायो । ३, एकान्त मनमा मेरो कसैले ढुङ्गा हान्यो त्यसैले लाएँ घेरो ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं … १, विछोडमा मिलनको आस जीवन यस्तै हो मिलनमा विछोडको त्रास ।
लक्ष्मी रिजाल, कञ्चनरूप १२, रूपनगर, सप्तरी … १, तिम्रो माया मुटुभित्र छैनन् कोही बसेको राखेको छु पवित्र।
सुनगाभा पोखरेल, हाल: नेपालगन्ज … १, शरदमा आकाश रूँदा बाढी पहिरोको डर एकनास झरी हुँदा। २, झारेर धानका फूल किसानी पसिना व्यर्थ आकाश अब खुल।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, ओझेलमा परेको ज्यान बेखबर भएपछि साथी हुँदैन कहिले ध्यान । २, तनावग्रस्त अवस्था साथी जिन्दगीमा परेपछि चट्याङ गरियो शङ्का नियतिमाथि । ३, नेताको छैन विश्वास हामी जनता अँध्यारोमा कहिले होला निकास ?
पृथक प्रकृति ,झापा … १, लगातार पानी परेर देश विपदमा भासियो बाँच्नु पर्यो मरेर । २, व्यवस्थित छैन शहर जताततै डुबान भयो पीडामा थपियो जहर । ३. चाड भित्रिएको बेला दोहोरो मारमा जनता महॅंगीको परे फेला ।
पुष्पा राई, बादेल, खोटाङ … १, दशैं भयो हिले गर्नु हुन्न देखासिकी सम्बन्ध बन्छ मिले । २, घरको भकारी रित्तियो मुखमा माड छैन विदेशी खाद्य भित्रियो । ३, झरीले किसानलाई मार्यो दैवले अन्याय गरेछन् धान खेतमै झार्यो ।
धनमाया चौधरी कैलाली … १, नाता पनि जोडियो पानी परेको बेला सॅंगसगैँ छाता ओढियो । २, अनवरत यो झरी परेको छ हजुर दिन अनि रातैभरि । ३, परेर अनवरत पानी नबिगारोस् कसैको घरबार नहोस् कसैलाई हानी ।
अमृत कोइराला, पोखरा … १, मुगलानको सहेर दुख गन्तव्य खोज्छ प्रदेशी देख्दैन जीवनमा सुख । २, ठगिन्छ सिमा वारीपारी कसले देख्छ यहाँ ? प्रदेशीको ऋणको भारी। ३, बेरोजगारी हाम्रो अभिशाप निर्धोले पाउछ सजाय पहुँचवाला पाउॅंछ माफ ।
हिरालाल न्यौपाने, बागचौर नगरपालिका ८, कोटमौला सल्यान … १, अहोरात्र बर्सियो झरी धनजनको क्षति भयो बचाऊ लौ ! हरि । २, दु:ख निम्छरोले पाउने गाँसबासको भयो समस्या अब कता धाउने । ३, दैव पार लगाऊ हाम्रो छैन आधार जनतालाई देशबाट नभगाऊ ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे … १, बर्सादले विपत्ति आइलाग्यो धनजनको भयो हानिनोक्सानी महाविनाशले भुसुक दाग्यो । २, दिनरात झरझरी वर्षाकाल भइगयो बन्दाबन्दी कामधन्दा भोकप्यासले बनाए बेहाल ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, वर्षाले सत्यानास पार्यो अतिले क्षति गरेर जीवनलाई अन्यत्रै सार्यो ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा ) … १, नेपालमा चाडपर्व आयो भेल बाढी त्रासमा जनताले दु:ख आयो । २, घर फर्किए परदेशी दसैँ तिहार मनाउन, उमङ्ग छायो गाउँबेसी ।
भुपेन्द्र राना मगर, धादिङ … १, रिमझिम परेको झरी बागमती कोशी उर्लेर बाढी आयो गाउँभरि ।
बिरेन्द्र कुमार चौधरी, इटहरी सुनसरी … १, देशभर पानी पर्यो प्रभावित बन्यो गाउँ बाटाघाटा पैरो झर्यो । २, पानी आयो गाउँभरि खोला नालामा बाढी उर्लेर परेको झरी। ३, गरिबको बगायो बास बेमौसमी पानीले गर्दा मुखमा छैन गाँस ।
दुर्गा आचार्य, मोरङ … १, अविरल पानी बर्सियो घरखेत सारा बगाएपछि जनताको मन तर्सियो । २, जिन्दगीमा साँचेर आशा मजबुत भएर बढ्नुपर्छ हुनुहुन्न कहिल्यै निराशा । ३, खहरेखोला बढेको आयो बाढीले खेतबारी बगाएर जनतामा सन्नाटा छायो ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा … १, निरन्तर पानी परिरहेछ सुरक्षित भइ बसौँ सबैतिर क्षति गरिरहेछ ! २, बाढी आउँछ होला अशुभ सुन्न नपरोस् शिव शङ्कर भोला ।
उर्मिला के.शी., धनकुटा … १, परे झरी अविरल डुब्यो बस्ती सबै भयो अति जल । २, यहाँबाट भाग्ने कसरी ? सङ्कट पार गरेर भयो धरती तलाउसरि ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, असोजमा ठूलो झरी रक्षा गर इन्द्र पानी बन्द गरी ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, सुनेका कुराको पछि आएका कोही छैनन् किन लागेका अघि ? २, सुन्दर महिमा हेर जलाजल पानीको वर्षा जाँदैन समय खेर । ३, जताततै बाढी पैरो कतै डुबान भरिभण्ड खन्नेछन् नेताको खैरो ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, प्राकृतिक प्रकोप वृष्टिपातले दसैँको आगमनको रमझममा आशङ्कित बनाउॅंदैछ प्रतिघातले। २, रमाइलो मनाउने चाडबाडमा बाढले खोसियो उत्साहहरू संस्कृति रमाउने पहाडमा । ३, बोनस मिल्दैन प्रतिशतमा मालिकसित नेताको मिलीभगत श्रमिकहरू पर्दैछन् आघातमा।
दिल ठकुरी, दार्जिलिङ … १, बाढी, पहिरो आएछ सरकार मुकदर्शक बन्यो कयौँ जनता खाएछ । २, राहत कसले दिने ? विपतमा परे जनता सरकारलाई बल्ल चिने । ३, वर्षातले धेरै रुवायो मौका छोप्यो सरकारले राहत नेतालाई खुवायो ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, हेर हेर हरी बल्ल पर्यो अब पानी बर्षे झरी। २, उर्लॅंदो छ खोला हिॅंड्न पर्यो गाह्रो कसो गर्नु होला ! ३, दशैँ तिहार आयो यो चाडबाडको बेला मेघ बादल छायो।
विवश पारदर्शी, झापा … १, प्रकृतिले निम्ताएर त्रास मानिसको चाहना विपरित यत्रतत्र भयो सर्वनाश । २, खोलाले लिन्छ बाटो बसाऔॅं सुरक्षित बस्ती नदी किनारको साटो । ३ जोगाऔॅं हरियो बन यही हो हाम्रो भविष्यको सुरक्षित धन ।
जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २, बालकोट भक्तपुर … १, अविरल वर्षियो पानी गरिब दु:खी बेसहाराको स्वाहा भयो जिन्दगानी । २, बगाउँदा मान्छेका झोला उद्दारको पहल नगर्ने कस्तो सरकार होला ? ३, कसैलाई छैन दरकार आँगनबाट मान्छे बग्दा मौन बस्छ सरकार ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, उद्देश्यमा अघि बढ्न मन चाहिन्छ बलियो लक्ष्यको सिँढी चढ्न। २, विवाद झगडा मिलाउन मेलमिलाप गर्नु सधैँ फाटेको मन सिलाउन । ३, बेरोजगारी बढी भए सरकारले दिएन काम युवा परदेश गए ।
कृष्ण बजगाई भक्तपुर … १, वर्षा पानीको निरन्तर बढ्दैछ रूप बाढीको रोक्ने छैन मन्तर । २, कतै बाटो अवरुद्ध जताततै बाढीको तमासा नदी झनै क्रुद्ध ।
देव मगर, तिनाउ-१, कचल,पाल्पा … १, नदीमा बग्छ ढल खोलामा बसायो बस्ती बस्तीमै पस्यो भल। २, बेमौसमी पर्यो झरी रिसाइन् प्रकृति माता देखेर मान्छेको मनपरी । ३, मनले विवेक खोजौँ योजना दीर्घकालीन चुनेर दिगो विकास रोजौँ ।
पशपती राई, खोटाङ … १, एक बाट दुई हे ! मेरी कान्छी नलगाऊ तिमी फुइँ । २, नजाउ तिमी टाढा एक्लै म हुन्छु माया छ गाढा ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, मन कहाँ घुम्छ ? स्थिर यो तनलाई जब बतासले छुन्छ।
नन्दा धामी, नौगाड दार्चुला … १, तनक्क जीउ तन्काएको किन होला मायाले गाजलु आँखा सन्काएको ? २, ओइ ! ह्यान्डसम हिरो भन्दै उनले बोलाउँदा भएँ लाजले रातोपिरो । ३, बिस्तारै बिस्तारै सरी जब पुगेँ सामु दाइ भनेर मरी !
वसन्त अनुभव … १, मनभित्र रहेको हाँसो छैन ममाथि खास पिरतीको कुनै पासो । २, सताएको छ झरी बाढी पहिरो आउँछ देशमा घरी घरी ।
श्रीकृष्ण धामी, बझाङ … १, पानी धेरै परेर गर्यो धेरै क्षति नदीको सतह बढेर। २, प्रकृतिको संरक्षण गरौँ सुरक्षित स्थान रोजेर जीवनलाई खुसीले भरौँ । ३, सक्दो सहयोगमा लागौँ स्वार्थी भावना मनबाट सधैंका लागि त्यागौँ ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, जरैबाट देखियो भ्रष्टाचार , हेर्दै माथि मुलुकको, कसैले सिकेन सदाचार। २, पाइला गनेर चन्दा, विकासको ढोंग रच्दै, देखियो लुटको धन्दा।। ३: लुटेरै दरबार ठड्यायो, के रमाउला बसेर? दुनियाँ रुवायो चिढ्यायो।
मनोहरी पौडेल, गैडाकोट १ … १, अधेरी औँसीको रात जवानी यस्तै होला चढेपछि बैँसको मात । २, सभ्य समाज बनाऔॅं कसैलाई भेदभाव नगरी सबैले आफ्नोपन जनाऔॅं। ३, गल्तीबाट खुलेको होस बढ्दै जाओस् सबैमा जाँगर अनि जोस ।
लक्ष्मण देउवा, डोटी … १, पूर्णिमाको रात जस्तो मुहार झल्काएर पनि आभास नपाउने कस्तो ? २, आफ्नै संस्कृति भुलेर विदेशी संस्कारको कुरा यहाँ बोल्छन् खुलेर । ३, आफ्नो गल्ती लुकाएर समाजमा हिॅंड्नु नपरोस् मानिसले शिर झुकाएर ।
ललिता गिरी, सिन्धुली … १, बाढीले सबै बगायो हेर्यौँ टुलुटुलु बसेर मनमा भय जगायो |
सरिता सेढाई, धादिङ … १, जीवन अस्त बनायो वर्षाले नै देशभरि त्यसैले मन डरायो । २, सपनाहरू बाढीले बगायो उद्धार गर्न भनेर बल्ल हेलिकप्टर मगायो । ३, दुःख, पीडा देखेर जन्म लिएँ कि ! कर्महारा जीवनमा लेखेर ।
सानु जोशी, सुदुर पश्चिम दार्चुला … १, अकर्मण्यताले भरिएछ सिंहदरबार भाषण चाँहिदैन नेताजीको ब्रह्मलुटमा बनाउॅंछन् घरबार ।
तिर्थराज जोशी … १, रिसराग सारा मासेर निभाउँछ आफ्नै ठानी फूल जसरी हाँसेर । २, हृदयको माया देखाई प्रेमको साङ्लोमा बाँधिन्छ , मितव्ययिताको डोर समाई । ३, ज्यानलाई धारमा राखेर चोरलाई गर्छ खबरदारी रातभर आफैँ जागेर ।
साताका उत्कृष्ट झिल्का कविताको २९ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २९ का लागि झिल्काकारत्रय अर्जुन प्रसाद चौलागाईँ, रबि पौडेल र लक्ष्मी रिजालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू _____________________ [१] १. उठ्छु बिहान सबेर योग, प्राणायाम, ध्यानमै जान्छ समय हेर । २. बिहानको समय महत्वपूर्ण यस्तो विचार गर्दा शरीर हुन्न अपूर्ण । ३. ध्यान पुर्याऊँ सबैले शरीरलाई स्वस्थ राख्न थालौँ अब आफैँले । ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी <<<<<<•>>>>>>
[२] १. बाढी पहिराे आयाे भयाे जनजीवन अस्तव्यस्त धेरैकाे ज्यान खायाे । २. निरन्तर जान्छ पहिराे सडक अवरुद्ध छन् पिर पर्यो गहिराे । ३. गरिबका सपना बग्याे बाढी अनि पहिराेले भएका सामान लग्याे । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी <<<<<<•>>>>>>
[३] १. मुखले बरबराए भाइ विपरीत नगर्न भन्दा रहे मनमौजीमा दाइ । २. हिसाब त मिलाएको कताबाट चित्त बुझेन चुहिने गोजी सिलाएको । ३. कचकचमा व्यस्त छोरा भनेको मनमा नराखे बोक्नुपर्ला भविष्यमा बोरा । ✍️ लक्ष्मी रिजाल कञ्चनरूप-१२, रूपनगर, सप्तरी _____________________
साप्ताहिक झिल्का लेखन अभ्यासको ३६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, उसको आज आएन भोलिले जुग खायो गाइएको गीत गाएन । २, लम्बेतान कहानी कह्यो कसले देख्यो अरुण ? अनगिन्ती पानी बह्यो । ३, आजले भोलि ठेलिरह्यो पहाडको दु:ख सम्म्याउन हिजोले आज पेलिरह्यो ।
म्यामराज राई … १, रहरले होकी करले बाँचेका खाना नपाई गरिब दुःखी तरले । २, आँसु कसैले नदेखोस् अर्काको खोसेर नखानु दुःख सधैँ मेटोस् । ३, हजार सपना देख कर्म गरेर देखाऊ झिल्का सधैँ लेख ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, टुप्पोबाट पलाउने नासिन्छ घमण्ड बढ्छ मनमा उचालिँदै तल भासिन्छ ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, तिम्रो वचन कस्तो बिजाई मुटुमा चसक्क किन गर्यो यस्तो ? २, कसरी भुलौँ अतितलाई? कोशिस जारी राखें सकिएन बस्न रमाई । ३, भुल्न प्रयास गरेँ त्यही भएर ठाउॅं छोडी अन्तै सरेँ ।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, मलाई भेट्न बोलाएर केही कुरा नबोली चुपचाप बस्यो टोलाएर । २, पहाडमा दिनदासा सुरु विकासको काम छैन् पहिरो खस्छ खुरुखुरु। ३, मायाको कुरा गर्यो सॅंगै बस्छु भन्दा ऊ पछाडि सर्यो ।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, संविधानभन्दा पनि माथि कोही हुन सक्दैनन् होइन त साथी! २, संविधानमा मौलिक हक छ उल्लेख गरिएको लाग्छ बोल्नलाई धक। ३, वीर योध्दाको योगदान भन्दछन् फेरि सबै उत्कृष्ट नेपालको संविधान।
सतीश पण्डित, भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, हिजोआज प्रेममा परे थाहा छैन खोइ ! मैले के गरे ? २, बाउले गर्छन् गाली हिजोपनि कुटेका हुन् उचालेर हलोको फाली । ३, दिमाग घुम्छ किन ? मैले सक्दिन तिमीलाई चोखो माया दिन ।
लक्ष्मण देउवा डोटी … १, बतास यहाँ चल्दैछ होसियार दलाल हो तिम्रो सत्ता ढल्दैछ । २, यहाँ भाँड्नसम्म भाँडिसके नभएको सपना देखाइ यहाँ ढाँट्नसम्म ढाँटिसके । ३, यहाँ खोला तर्दैछ जीवन गइसक्यो फेरि यिनकै भर पर्दैछ ।
दीप गोले तामाङ, रौतहट … १, लगाएको ढाका टोपी कति राम्रो सुहाएको कालो कपाल छोपी । २, बसिन् उनी थचक्क आइ मेरो काखैमा भयो मन चसक्क। ३, भाषण एउटा कुरा मख्खै पारी बोल्छन् भित्र चलाई छुरा ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा … १, देश बेचेर खायो जनता चुपचाप छ नेता धेरै रमायो। २, लिम्पियाधुरा नेपालको भन्छ खाना पाए चुपचाप अनि देश बन्छ? ३, शरणार्थी काण्ड कता ? सुनिन्दैन आवाज अहिले भ्रष्टाचारी गए जता।
एवाइ प्रभात, सहिदभुमि, धनकुटा … १, जिन्दगी त्यसै चल्दैन मेहनत नगरे कसैले चुलोमा आगो बल्दैन । २, नाजिक बनेर आयो आफू राम्रो भएर मलाई नराम्रो बनायो ।
अनिता भण्डारी, ताप्लेजुङ … १, मन सकिँदैन सिउन सङ्घर्षले सिकाउँछ यहाँ साहसिक जीवन जिउन । २, बेकार जगमा लुकेर तरुवर बृहत् भए आखिरमा जाने सुकेर । ३, बाधा हुनेछ बेअसर नित्य चिन्तन गरेमा जीवनमा नरहने कसर ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, फुरफुर नगर नासिन्छ घमण्डी चालको विचार आफै यहाँ भासिन्छ। २, कस्तो रहेछ चाला अरूलाई मारेर जिउने पर्ला अरूको पाला।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, भ्रम मात्र छर्छन् पुरा गर्छु भन्दै झुटा आश्वासनले भर्छन् । २, गर्दै कुरा खासखुस यताउता मिलेन भन्दै नेताहरूले खाइरहन्छन् घुस । ३, निकाल्न सक्नुपर्छ जुक्ति यो घुसखोरी नेताबाट कसरी पाइन्छ मुक्ति ?
हिरामाया श्रेष्ठ, गजुरी -१, धादिङ … १, प्रेम अचम्मको हुने एकैछिन बोल्न नपाउँदा मन धेरै रुने । २, टुप्पोबाट पलाएको मातिन्छ बढ्छ अहङ्कार धेरै आखिरमा छिनैमा मासिन्छ। ३, मनको कुरा लेखेर भविष्य आफै बनाऊ सुन्दर सपना देखेर ।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, जनताको राज भन्छन् आफै टन्न खाई भोट मात्रै गन्छन् । २, नेताको भ्रष्ट मति जनताको ॲाखामा आँसु हाम्रो देशको गति । ३, सम्पतिको भण्डार गन्छ जनतालाई चाहिन्न केही छादुन्जेल खाएर भन्छ ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ … १, सम्भावनाको घर विदेश दौड़ने बाध्यता हातमुख नजोरिने डर । २, माटो सुहाउँदो रोजगारी मजबुत समृद्धिको बाटोमा भरौँ सिर्जनाले खेतबारी ।
ममता पौडेल, बुढीगङ्गा -२,मोरङ … १, हिजोआज अनि भोलि आजको सदुपयोग गरौ अवश्यै भरिनेछ झोली। २, जीवन एक यात्रा हिडेँ चोटि पुगिन्छ न हिडेँ जात्रा।
बिके मुखिया, दार्जिलिङ भारत। … १, परेको छ गारो पाखुरीले साथ दिँदादिँदै नहेप यति सारो । २, लेख्नु धेरै थियो अधिकार आउला भनेर हेर्दाहेर्दै संसदले पियो । ३, शिक्षक आन्दोलन आयो सहमतिलाई जेल पठाउँदा कसले के पायो ?
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा) … १, जो अन्याय अत्याचारी अधोगति देख्छौ देख्दैनौ ए काला भ्रष्टाचारी ।
प्रेम थापा “मन”, बागलुङ … १, संविधान देखाउने लेखियो न्याय छैन गरिबलाई हत्यारा बाहिर देखियो । २, रास्ट्रको अपमान गर्दै नेता राजनीति गर्छन आफ्नो झोला भर्दै ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरी । … १, श्रमिकले पाउने अधिकार दिन गाह्रो मालिकलाई गर्छौ किन प्रतिकार ? २, रुझिभिजि रोज कमाएको मालिकलाई नाफा पुर्याएर पाउने हक जमाएको । ३, सङ्घर्ष भएर पहिले आफ्नो अधिकार पाउनलाई चाडपर्वको मुखमा जहिले ।
मोती योन्जन सुब्बा, दार्जिलिङ। … १, धोका दिन्न भनेर हिसाब चुक्ता गरायो पाई पाई गनेर । २, विश्वासघात भयो भन्दै पश्चात्ताप गर्छ ऊ दुःखले विह्वल बन्दै ! ३, सुन्दर फूल देखियो लोभि नजर दौडाई काँडा मात्रै टेकियो।
विवश पारदर्शी, झापा … १, हेर सारा गगन बादल वर्षालाई हाँस्दै सकेको पीडा सहन !
आर्त अकुलीन … १, दु:खको घैलो फोडिॅंदैन कुनै काम नभएपछि हातमुख पनि जोडिॅंदैन । २, नगर्दा हुन्छ रहर गधा धोएर गाई बनाउन सक्दैनौ जिन्दगीभर । ३, भ्रममा रुमलिन्न मित्र लाग्न थाल्यो तिम्रो नेताको जस्तो चरित्र ।
अरुण कुमार भुजेल, दार्जीलिङ्ग भारत। … १, ठोकेर मुटुमा किला खोज्दैछे ओठमा मुस्कान छन् आँखा रसिला । २, सपना अपूरो अधुरो चारैतिर छ अन्धकार जीवनको ज्योति मधुरो । ३, कालोनिलो निस्पट्ट सगर लाग्दैछ आजकल मलाई जिन्दगी मरुभूमि बगर ।
वसन्त अनुभव, घोराही, दाङ … १, भन्नलाई स्वयम् मेरो सिन्दुर लगाई जग्गेमा घुमाइदिनु उसलाई सातफेरो । २, दिन पनि खुलेको आहा! दशैँको बहार धान पनि झुलेको । ३, घाम लाग्यो घमाइलो दिनमा गर्मी भएपनि, लाग्छ साह्रै रमाइलो ।
अमृत कोइराला, पोखरा … १, कोही नपाएर खान भोको यहाँ सबै सन्तुष्टि खोज्न जान।
सुनगाभा पोखरेल, हाल: नेपालगन्ज … १, कसरी खोलूँ बह ? चम्किलो रातमा देखिन्छ जमिएला सुखको दह !
जनक बिसी, दक्षिणभारत कोचिन … १, आयो महिमा शारदको धरती अति शोभायमान भयो अन्त्य मेघको । २ , झुल्यो धानबाला खेतमा सयपत्री मखमली हाँस्यो रम्यो तनमन उल्लासमा ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनपा १४ साँगाबजार … १, उजाड भएपछि पाखाहरू सुख्खा रहे यहाँ हेर्ने पनि आँखाहरू । २, आउँदैछन् हाम्रा चाडपर्व सुखद बनून् क्षणहरू लागोस् सबैलाई गर्व । ३, सुनौलो रहोस् बिहान अन्तिम गन्तव्य हाम्रो केवल हो चिहान ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, चाड पर्वको भेल चामल छैन घरमा कसरी पकाउने सेल ? २, विदेशिएको छोरा टाढा दिलमा स्नेहको भावले बल्झन्छ घाउ गाढा । ३, सुचना संचारको नाउमा प्रवेश भएर आजकल छाडा केटाकेटी गाउॅंमा ।
हिरालाल न्यौपाने, बानपा ८ काेटमाैला सल्यान … १, देश बेथितिले चल्छ अराजक जातततै देख्दा युवाको मन जल्छ। २, खेत बाँझो देखिन्छन् बन्द छन् उद्योगहरू युवा जति बेचिन्छन् । ३, नेताको झगडा हुन्छ जनताले दुःख पाउने गुनासो कसले सुन्छ?
कृष्ण बजगाई, भक्तपुर … १, भित्रिँदै छन् चाडपर्व महङ्गी आकाशियो झनै लागेन खासै गर्व । २, खेतबारी बाँझो राखेर लहैलहैमा हिँडेका युवा फर्किन्छन् दु:ख चाखेर । ३, नभुलौँ भाषा भेषलाई गरेर पौरख यहीँ स्वर्ग बनाऔँ देशलाई ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, सत्य कहाँ गएछ यो धर्तीमा कसैलाई फूल काँडा भएछ । २, जात्रा देखाए धेरै असल आफू मात्रै हारेर जित मेरै ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, सुखमा खुसी हुन्छ सम्हाल्न जानेन भने दुःखमा परेर रुन्छ ! २, खास कोही भेटिएन भ्रममा पार्ने मात्रै अन्योलको वातावरण मेटिएन ! ३, परिक्षा लिँदा दिँदा जीवनले मोड फेर्छ बेला बेला झुकिॅंदा !
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 … १, रङ्गिॅंदै छन् गाउँघर चाडपर्वले छोएर होला रित्तिॅंदै छन् शहर । २, सुनसान परदेशको बसाइँ , याद आउँछ गाउँघरको, बस्नुछ आँखा रसाई ।
भुपेन्द्र राना मगर, धादिङ … १, सुन्दर जीवनको पाटो अकालमै चुँडेर यसलाई, नबनाऔॅं माटोको धुलो । २, जीवन कर्कलाको पानी सुख दुःखसॅंग जुधेर, सबैले कटाऔॅं जिन्दगानी । ३, मन बनेमा निराश दिक्क लाग्ने बाँच्नलाई, खुसीको नहुने आस ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, जोडी राधाकृष्ण जस्तै देखियो हजुरको पनि प्रसंशा चौतर्फी प्रशस्तै । २, दुरी बढ्यो अचेल हामीबिचको आज किन ? हुनुपर्ने देखियो सचेत । ३, कहानी राम सिताको लेख्नुपर्ने भयो फेरि आउॅंछ यो युगबिनाको ।
ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम … १, पाउन छोड्यो रासन अहोरात्र रुन्छ देश निरङ्कुश भयो शासन ! २, मत्स्य न्याय भयो खोसिए मौलिक हक आशा भरोसा गयो ।
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, जताततै घेरेको अभावले गरी खाने ठाउँबाट हटाइएछ राजनीति दबाबले। २, अधिकार पाउने आसमा खान छैन पेटभरि फर्के चरी बासमा। ३, कहिले पाउने अधिकार लडाइँको मैदान खाली गर्छ कस्ले प्रतिकार ।
दुर्गा आचार्य, मोरङ … १, बादलले पानी पार्दछ, दुखलाई बाँडेर नलिए सहर्ष आँसु झार्दछ। २, रुखमा कोइली करायो, वसन्त आएको देखेर वर्षाद ऋतु डरायो।
होमप्रसाद नेउपाने, धरान, सुनसरी … १, समयमै सोच्नुपर्छ अब पछुतो मानेर हुदैन, बिग्रन सक्छ जब। २, मान्छे भन्न डराउॅंछ आखालाई दोष किन, मनले मन पराउॅंछ। ३, मन पराउनु राम्रो धोका नदिनु कसैलाई, बैगुनी बानी हाम्रो।
शंकर कार्की … १, केहि लेख्न खोजे शवहरूको माला उनेर झिल्का कविता रोजे । २, भावना पोख्ने ठाउँ साहित्यमा कविता हेर तीन लाइनको नाउँ ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, आँशुले मुख धोएर समस्या झनै बल्झिन्छ हुँदैन समाधान रोएर! २, चाहना थिएन भन्ने आशा लागेर हो तिम्रो नजिक बन्ने!
मन्दिरा सेढाई, मलेखु,धादिङ … १, राष्ट्रिय नेता रमाए निर्दोषको पसिनामा कस्तरी हैकम जमाए। २, सदमा हल्ला चल्दैछ भ्रष्टाचारी नेताले आज निर्दोसको आँखा छल्दैछ। ३, भयो सबैलाई थाहा नेताको भाषण शैली सबैलाई भयो चाहा।
कला ढकाल, झापा … १, स्वार्थी मानिसको जात बेकम्मा बन्दैछ आफू उठाउन नजान्दा हात।
कोपिला अधिकारी, गोरखा … १, बढायौ अचेल दुरी नढाँटीकन भन लौ के पर्यो मजबुरी? २, मायाप्रीतिको सुँइको पाए अबदेखि तिमीसँग भेट्न घरमै प्रतिबन्ध लगाए l ३, नबस्नु कत्ति पिरमा मायाको जित हुनेछ रहेछ भने तक्दिरमा l
बाबुराम गौतम, गुल्मी … १, जनता दुःखमा घेरेको छैन अलिकति फिकिर नेता टुलुटुलु हेरेको।
बिरेन्द्र चौधरी, इटहरी, सुनसरी … १, देखाउनेको भिड लाग्छ भित्री कुरा बुझ्दैनन् उसकै पछि भाग्छ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, मनैबाट निकालौँ तितोपिरो एकैबारको जिन्दगी बाँच्दा बनाऔॅं सबैले सुवासिलो।
विष्णु पंगेनी(पाण्डे ), वालिङ -स्याङ्जा … १, शरद् महिना आयो गाउँ घरमा रमाइलो चाडपर्वमा खुसी छायो । २, साहुले दिएको ऋण हुन्छ होला अप्ठ्यारो हुनेछ तिर्न घृण ! ३, खर्चमा नहौसनु पर्वमा एक छाक अन्न अघाएर परौँ गर्वमा
बेदु न्यौपाने … १, भ्रष्टले मृत्यु देख्दैन लुट्छ जीवनभर देशलाई , इज्जतले नाम लेख्दैन। २, इमानीले गर्छ कर्म अँगाल्छ सेवाको धारणा , गर्छ ठूलो धर्म। ३, भोलि बिहान हुनेछ उदाउनेछन् कोही इमानी , दुःखीको मन छुनेछ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, मेटिन्छ कहिले आशा, लासको श्वासमा अडी , चाडमा नखेल्नु पासा । २, रुपैया खल्तीमा भए भइन्छ पीडामा हेर आवेग भेलमा गए । ३, त्यसैले समय गति, बुझेर मानिस हिॅंडे , सुध्रिन्छ उसको मति ।
जी.वि.कश्यप, घोराही, दाङ … १, आफ्नो कर्तव्य बुझौँ कान छाम्ने गर्नुपर्छ समयमै सबै सुझौँ । २, धानको बाला लहराएको परिश्रमी किसान हर्षित दसैँको तरङ्ग तरङ्गाएको ।
धनमाया चौधरी, कैलाली … १, समयले फन्को मार्यो उकाली ओराली गर्दै अघि बाटो सार्यो । २, भर्न खोजीमा रहेछु हरेक इच्छाका झोलीहरू सबै कुरा सहेछु । ३, भत्किन्छ सपनाको महल बनाउने कोसिसमा हुन्छु खुसीको गर्छु पहल ।
पुष्पा राई, बादेल, खाेटाङ । … १, मुटुको हुन्छ चिरफार प्रेमको घारीमा पसेपछि नहुने रहेछ उपचार । २, हरपल उसैको चाहना बुझ्नेले नबुझ्नेपछि बेकार मुटुभरि गुम्सिएका भावना । ३, गर्छु आज वारपार निकाली फाल्छु उसलाई ठानी काँडे झार।
रुना कर्माचार्य दाहाल, चितवन … १, गर्छौँ हामी गर्व राम्रो लाग्छ हामीलाई हाम्रै आफ्ना चाडपर्व । २, हाम्रो संस्कृति बचाऔॅं मौलिकता बचाई राख्न सारा विकृति हटाऔॅं । ३, आचार विचार हाम्रो सादा जीवन जिउँदा हुन्छ सधैँ राम्रो ।
जयनारायण नेपाल, इलाम ,सूर्य विनायक २, बालकोट ,भक्तपुर । … १, दसैँ पनि आयो नेपाली मनहरूमा सधैँ , हर्ष खुसीले छायो । २, आउँदैछन् देशमा चाडपर्व नेपाली हुनामा मलाई , लाग्छ सधैँ गर्व ।
साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. हेर सरकारकाे चाल धम्क्याउँछ उल्टै दाेषी कानुनको छ बेहाल । २. गल्ती नगर्ने डर्दैन गर्छ निर्धक्क सामना कदापि पछाडि सर्दैन । ३. सुशासन कायम गर्नू नत्र भ्रष्टाचार राेकिन्न यसमा अगाडि सर्नू । ✍️ नवराज भट्ट कञ्चनपुर
[२] १. परिरहेछ भदौरे झरी गुन्जन पानीको थोपाको भेट्नु मायालाई कसरी ? २. मौलिक हाम्रा चाडपर्व हुन् धरोहर खुसीका साच्चिँकै लाग्छ गर्व । ३. कलिला उमेरका नानी हुन्छन् खुल्ला दिलको सबैसँग हाँसिरहने बानी ! ✍️ सुनगाभा पोखरेल
१. चलिरहेछ पितृ पक्ष श्रद्धाभावले अर्पण गराैँ दान पितृदेव समक्ष । २. पूर्वजले आँखा देखाए सानामा हुर्काई बढाई हामीलाई टाठाे गराए । ३. ठूला भयाैँ अहिले अझै ज्ञानी बन्नुछ घमण्ड नगरौँ कहिले । ✍️ भुपेन्द्र के.सी.
साप्ताहिक झिल्का लेखन अभ्यासको ३५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, फोहोर राखेको खाल्डोमा फोहोरीले राजनीति खेलेपछि चढ्छन् फोहोरहरू उकालोमा । २, कलमभन्दा दिमाग चलाउॅंछन् अक्सर सबै क्षेत्रभित्र विशुद्ध कलमकर्मीलाई लडाउॅंछन् । ३, छक्कापन्जा जो जान्दछ पारिरहन्छ कुर्सीमा मानौँ सर्पले गडुल तान्दछ ।
म्यामराज राई … १, राजनीतिक गन्दगीको खेल जतिखेर पल्टिन सक्छ हुन्छ वर्षायामको भेल । २, आफू कुर्सीमा बसेर सोझा जनता लडाउँछन् बलियो कम्मर कसेर ।
केसर बोहरा ( सङ्घर्ष ), सुदूरपश्चिम अछाम, (हाल भारत) … १, लडाइँ धेरै भए निर्धा निर्धा जुधे बलिया माथि गए ।
ताराप्रसाद चापागाईँ … १, मैदानमा लड्छन् साना लडाई हिॅंड्छन् ठूलाठालु जहिल्यै बोकी तानाबाना। २, मर्ने उही साना जहिल्यै उम्कने ठूलाबडा टुट्ने सानाकै माना। ३, कस्ले बुझ्ने कुरा ? लडाइँ मात्र सानाको ठूलाकै चाहना पुरा ।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। … १, लडाइँ गर्दागर्दै गए सबैभन्दा माथि ठूलाठालुहरू निर्धाहरू तल भए । २, ठगी खान पल्केका दुखी गरिब लडाएर माथि पुगेर झल्केका । ३, राजनीतिक सत्ताको खेल भ्रष्टाचार देशमा गर्दै गरे जनतालाई झेल ।
बेदु न्यौपाने … १, चलाख हुन खोज्नेले पाखण्डी बनाए जनता राजनीति गर्न रोज्नेले ! २, गरेर गणतन्त्रको नाउँ जनताको आँखा टालेको कुर्सी ओगट्ने दाउ ! ३, उहिले मान्थे घिन ऐले चारैतिरबाट चाहियो देश चलाउन रिन !
अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 … १, सत्तामा जहिल्यै रडाको विचराको बानी हटेन भाषण सुन्नुस् बडाको। २, हर्रो नपाउने जोगी यसै भन्थे हामीलाई रहिछस् जाइफलको भोगी।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ … १, राजनीति फोहोरी खेल देश डुबाउने नेतालाई लागेर कोच्नुपर्छ जेल । २, आँखामा हाल्छन् छारो कहिलेकाहीँ सम्झिदा पनि तातेर आउँछ पारो। ३, मार्नुपर्छ गोली हानेर देश खाने जति यहाँ सबैलाई छानेर ।
ललिता गिरी, सिन्धुली … १, लडाइँ धेरै गरे कार्यकर्ता जति लडाएर आज नेतामाथि परे। २, राजनीति फेरि खेल नेताले सोझा जनतामाथि सधैँ गर्छन् जालझेल।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, खडेरीमा गिट्टी कुट्छन् पढ्न लेख्न पाउॅंदैनन बालअधिकार सोझै लुट्छन् । २, बालअधिकार हुँदैछ हिनामिना यसरी दिनचर्या बित्दैछ बिचरा! बगाउदै पसिना । ३, सफलताको शिखर छुन आमाबाबु भगवान् हुन् बालबालिकाले पर्दैन रुन ।
हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ … १, सत्तामा बसेर तिनीहरू विदेशीको भक्त बनेर हेर लुटिरहेछ यिनीहरू । २, कति खान्छौ मागेर नेपाललाई युक्रेन बनाउँदैछन् विदेशीको खेलमा लागेर । ३, जेलेन्स्कीहरु धेरै छन् यो देशको लागि खतरा भो झन् ।
दीप गोले तामाङ – रौतहट … १, देशमा राजनीति खेल खुट्टा तान्ने धेर सबै यस्तै बाँचुन्जेल। २, चलाख हुँ भन्नेहरू हार खाए धेरै अरूको बारी खन्नेहरू । ३, मैदानमा लड्छन् दुई जित हुन्छ एकको अर्कोले खान्छ सुई ।
एवाइ प्रभात, सहिदभुमि धनकुटा … १, नडुलाऊ लोभी आँखा भाग्यमा छैन भने कर्मले लगाउँछ पाखा!
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, चाकरी राज देशमा एकअर्को गर्छन् लडाइँ आउॅंछन् जोगी भेषमा ।
राज बहादुर बडुवाल, जुम्ला … १, हटाउँदैनन् कहिल्यै बालश्रम सुनिस्चित भविष्य खै फैलाउॅंदै छन् भ्रम !
प्रेम थापा “मन”, बागलुङ … १, गरे राजनीतिमा धोका बेइमानी र छलकपट मन्त्री भष्टाचारका पोका ! २, बेचेर अस्मिता देशको पुरानालाई उछिन्दै नयाँ उस्तै जोगीको भेषको !
रबि पौडेल, दक्षिण भारत पाण्डेचरी … १, फोहोरकै बीउ रोपेपछि फोहोर थुपारेको बारीमा कृषकले बीउ नछाँटेपछि।
लोकबहादुर क्षेत्री लामिछाने … १, राजनीतिमा सधैँ खेल सत्तामा कसरी पुग्ने जनतालाई गरे झेल । २, इमानको कुरै नगरौँ बेइमानीले गरे राज नेताको भर नपरौँ । ३, जनता पनि मिलेका नेताका चिप्ला कुराले मासु भातमा बिकेका ।
कृष्ण बजगाई भक्तपुर … १, बेरोजगारी धेरै भए रोजगारी दिन्छौँ भन्ने नेता कहाँ गए। २, अत्याचार बढ्दै गएको समाजमा जातिय विभेदको अन्त्य कहिल्यै नभएको ।
कला ढकाल, झापा … १, आपसमा सहनशील बनेर गरौँ सेवा मानवको दिव्यचक्षु अविरल बिउँझाएर।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार … १, कुरा गर्छन् जातिको दाउमा हुन्छन् सबै चौकी हेरेर माथिको । २, विकासको रकम खाएर भाँडो भरियो नेताज्यूको जनताले दुःख पाएर । ३, सपनाको कुरा गर्छन् पूरा हुँदैन कहिले भन्दा आँखा तर्छन् ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, जो छ खास मनको सुन्दर बगैँचामा उसैको लाग्छ आस !
आर्त अकुलीन … १, राजनीतिले डामाडोल गरायो सुरक्षा छैन केही गाँसबास पनि हरायो।
सीता सुनगाभा पोखरेल … १, हुँदैन साथीको अभाव निस्वार्थ सहयोग गरे सबैमा राख्दै प्रेमभाव ! २, किन नराम्रो बन्छौ ? गर व्यवहार उहीँ अरूबाट जे चाहन्छौ । ३, किन भौतारिन्छौ रोज ? नियाल आफूभित्रै तिमी खुसी बाहिर नखोज !
वसन्त अनुभव, घोराही, दाङ … १, दुःखी धेरै मन किन यस्तो सधैँ ? पर्यो मैले सहन । २, आफ्नो मन चङ्गा बोल्न पनि नसक्ने किन यस्तो महङ्गा ? ३, मान्छेको लोभी जात फाइदा मात्र हेरेर हान्छन् मौकामा लात ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, किन हेर्छौ तर्केर आउने गरको छु साँझ घर फर्केर । २, जे जुर्छ खाउँला नगरी सुख छैन कर्म गर्न जाउँला ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, खेल भयो कस्तो कसैले जान्दैन भन्छ नियम नभएको जस्तो। २, सफा कुन खेल ज्ञानको पुस्तक हेर कहाँ छैन झेल ? ३, मेरो कुरा जातिमा सुन्ने सबै चुपचाप चामल हाल पाथीमा।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, खेतमा झार पलायो खडेरी लागेर होला किसान हृदय जलायो । २, खेलौ जुहारी साथी जान्ने भएर हारेछ घमण्डी पुग्दैन माथि । ३, हजार मान्छेको भीड ठाउँ भेटाउन गाह्रो चारैतिर छन् छिॅंडैछिॅंड ।
अम्बिका अधिकारी, झापा बिर्तनमोड … १, धैर्य सहनशीलता भित्र, कहिलेकाहीँ हिंसाको मात्रा झाँगिॅंदोरहेछ नि मित्र ! २, सहनुको सिमा आफैँले तोक्नु सबैतिर हेरी देख्दैन शोषित कसैले। ३, न्याय अन्यायको तराजु साँच्चै अन्धो हुन्छ शोषण गर्दछ बराजु ।
मनोहरी पौडेल, गैडाकोट १ … १, धेरैजसो उस्तै गए कसको विश्वास गर्नु भेडा जम्मा भए। २, राजनिती कच्चा खेल गल्ती गर्ने सबैलाई बाँध्नु पर्ने नेल।
दुर्गा आचार्य, मोरङ … १, सबै समयको खेलाँ लागिरहन्छ सधैँ नै बेला न कुबेला । २, स्वार्थविनाको यो संसार कहाँ पाउने मानिसले खोजी गर्नु बेकार। ३, जसले देश डुबायो लोभी पद प्रतिष्ठा विदेशीलाई गुन लगायो।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, लागिरहन्छ मनमा पिर समय यस्तो होकि खोटो हो तक्दिर ? २, कहिल्यै मात्तिन सुखसँग दिनरात छ साथमा गुनासो गर्दिन दुखसँग। ३, जिन्दगी बगेको खोला जीवनमा सुखदु:ख त कस्लाई पो नहोला ?
अनिता भण्डारी, ताप्लेजुङ … १, राष्ट्रघाती दलाल भ्रष्टाचारी शानले गाडीमा सवार बनेर हिॅंड्छन् सदाचारी २, फटाहाहरू उफ्रेका सदनमा पीडाले रुन्छिन् धर्तीमाता छैनन् पीडाहरू वदनमा। ३, आरोप प्रत्यारोप आपसमा सदनमा भत्ता पचाउने फिरेनन् विवेकता राकसमा।
घनश्याम पन्त, हरिवन सर्लाही … १, पानी परेर रमायो रमायो औधी किसान धानले फूल लगायो । २, आशाको दीप जलेछ खडेरीले खान लागेको बादलको जल झरेछ । ३, पार्टीहरू सबै टुक्रेर स्वार्थको लागि जुटन खाली भाषणमा डुक्रेर ।
भगवती दवाडी … १, फोहोर भएको सहरमा हराभरा बनाएर रमाइलो रहिरह्यो देखिरहने रहरमा । २, फोहोरै फोहोरको सहर सरकार हेरेरै बसिरह्यो नपुग्दासम्म आफ्नो रहर । ३, खडेरीमा गिटी कुट्छन् दिनचर्या चलाउन पर्दछ मङ्सिरमा खेती चुट्दछन् ।
रक्षा काली … १, सत्य धेरैलाई पच्दैन दुश्मनी मोल्न अगाडि यसर्थ आफ्नोपन बच्दैन । २, धर्तीमा पाहुना मानव जानेर वा नजानी कोही बने दानव । ३, प्रेम मजाक बनाए किन गर्छन् दुरुपयोग ? केवल बहानामा सताए ।
पृथक प्रकृति, झापा … १, विश्वासमा मन जाग्छ भूलको क्षमा पाउँदा सहानुभूतिले दया लाग्छ । २, मित्रताको बन्धन कसिलो अपदस्तमा हुनुपर्छ संवेदना भेटघाटको औपचारिकता मलिलो । ३, यात्रा हाम्रो नटुङ्गियोस् लक्ष्यमा अवश्य पुग्नेछौ पाइलाहरू एकाअर्कामा नछुट्टियोस्।
दिल ठकुरी … १, कुरा उठ्छ बारम्बार सुनिश्चित हुन्छ कहिले हाम्रो देशमा बालअधिकार ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा.-६, दोलखा … १, गरेर उच्च कर्म सदैव सत्यमा लाग निभाउनु सनातन धर्म। २, गरेर दुखीको सेवा मरेर आफू बचाऊ पाउनेछौ माथि मेवा। ३, जीवनको सार बुझेर जीवन नटुङ्गिने यात्रा गर सङ्घर्ष जुझेर।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल … १, पानीले ताल फुटाउँछ मायाको कमजोर धरातलले जिन्दगीको यात्रा टुटाउँछ। २, जनतालाई मूर्ख बनाएर सत्तामा बसिरहन पाऊॅं खुइलिएको तालु कनाएर।
होमप्रसाद नेउपाने, धरान,सुनसरी … १, गरेर बालअधिकारको कुरा देखेर मात्रै कहिले हुँदैन सपना पूरा । २, वर्षमा एकदिन रमाएर निर्धक्क बन्ने बालबालिका आधार केलाई समाएर ?
पुष्पा राई, बादेल, खोटाङ … १, भ्रष्टहरूको छ सत्ता जति विरोध गर हल्लिॅंदैन एउटा पत्ता ।
अरुण कुमार भुजेल, दार्जिलिङ्ग, भारत … १, नेपाल आमाका सन्तान गर्छन् सधैँ लुछाचुँडी नेतालाई चाहिन्छ मान ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा … १, बालअधिकार कता हरायो। लेखाइमा सिमित छन्, बेकारमा रोयो करायो ।
भुपेन्द्र राना मगर, धादिङ … १, खराबलाई निकाला गरौँ फोहोरी खेल खत्तम मनमा शान्ति भरौँ । २, राजनीतिले देश खाए बाँकी केही राखेनन् जनताले दुःख पाए । ३, लागौँ देश बचाउन हामी सबै जुटेपछि नेताले सक्दैनन् पचाउन।
लक्ष्मण देउवा, डोटी … १, तिज पर्व गयो समय सँगसँगै घुमेर यताउता सुनसान भयो ।
शोभा आाचार्य गौतम, काठमाडौँ … १, नेताका फोहोरी पहर हटाऔॅं सबै मिली ल्याउनलाई नयाँ लहर।
सन्तु खत्री … १, बोलाउँछ र फर्किन्छ भनी घत हेराहेरमा सुन्दर घर बनिन्छ। २, दुवै कानले सुन्ने राम्रो श्रीमतीको श्रीगणेशपछि आफूले मौनता चुन्ने। ३, मतलबका कुरा रहेछ आज वर्षौँपछि फेरि एउटा मेसेज गरेछ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जीलिङ … १, बुझ्नू, अरूको मर्म पुण्य मिल्दछ यहीँ गर्यो भने सत्कर्म । २, सभ्य समाजमा अटाउन दुष्ट आत्माहरूलाई हामीले सक्नुपर्छ डाँडो कटाउन । ३, चाल्दा नराम्रो खेल क्षणिक आनन्दपछि फेरि बग्छ आँशुको भेल ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, पैसाको महिमा अपार जिन्दगीमा छैन भने पाइला पाइलामा मार। २, खल्ती भए खाली आफ्ना भन्ने सबै तयार गर्न गाली । ३, जिन्दगीमा मचिन्छ हाहाकार होला पैसाविहीन जीवन कहिले बन्दैन साकार ।
रुना कर्माचार्य दाहाल, चितवन … १, परेपछि म थला हेरिरहन्छ दुनियाँ मेरो पासोमा परेपछि गला ।
खडक आर सि मिलन, छेडागाड नगरपालिका -२, साल्मा जाजरकोट … १, कसैले लोभ गर्ला चुपचाप काम गर जे पर्ला पर्ला । २, नाम भएर हुँदैन काम ठूलो हुनुपर्छ हात्तीलाई कसैले छुँदैन ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । … १, घमण्ड बढपन रवाफ अतृप्तले खति हुन्छ समयले दिन्छ जवाफ । २, असल स्वभाव बानी विनयी बन्न सिकौँ अरूको भलो ठानी। ३, लोभको खुकुलो पोको विवेकले कस्न सकेमा रहन्न अधुरो धोको ।
जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक २, बालकोट, भक्तपुर ) … १, बगाएर भावको खोला विकृतिमाथि प्रहार गरौँ झिल्काको झरिलो लोला l २, चेतको दैलो खोलोस् कविको ती अन्तरभावना सत्यको पक्षमा बोलोस् ! ३, कावा खाँदै उड्छ कविको निश्चल हियो कैयौँको अन्तरमा बुड्छ l