• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • २ माघ २०७९, सोमबार ०७:२३ मा प्रकाशित
  • उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू –

    १
    सजीव
    जीवन मृत्यु
    सङ्घर्ष मैदान शत्रु !

    २
    शिकारी
    बाजको सर्प
    न्याउरी किरोको तर्फ !

    ३
    सङ्घर्ष
    जीवन पर्यन्त
    दुष्टता बढेको सर्वत्र !

    ४
    शक्तिशाली
    झम्टन्छ निर्धामाथि
    हरेक सजीव आत्माघाती!

    ५
    बाज
    सर्पको माथि
    छेपारो तान्ने पुतली !

    ६
    द्वन्द्व
    एकअर्को चल्दै
    आखिर निर्धालाई निल्दै !

    ७
    सम्बन्ध
    आक्रोशले पूर्ण
    छली यिनमा धर्म !

    ८
    सृष्टिकर्ता
    जीवनको दाता
    हरण गर्ने दुष्टता !

    ९
    किरो
    छेपारो सर्प
    बाज पुरै हर्छ !

    १०.
    परमेश्वर
    सृष्टिका कर्ता
    सबैका सबै हर्ताकर्ता !

    • जमुना कायस्थ, पोखरा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • १ माघ २०७९, आईतवार २१:३७ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार रञ्जुश्री पराजुलीको ‘हतारको निर्णय’, लघुकथाकार खगेन्द्र बश्यालको ‘तीर्थ यात्रा’ र लघुकथाकार होम प्रसाद नेउपानेको ‘शङ्का’ रहेका छन् ।

    १.
    लघुकथा : हतारको निर्णय

    ✍️रञ्जुश्री पराजुली
    एउटै स्कुल, जाउआउ सँङ्गै एउटै बसमा थियो, निता र राजुको । उनीहरू पाँच कक्षामा पढ्दथे । छुट्टिको बेला टोलका केही अरू साथीसँग अनलाईन गेमहरू खेल्दथे । उनीहरू हुर्कँदै गए । नजानिँदो किसिमले उनीहरू बीच मायाको बीउ पलायो । दैवको लिला अपरम्पार भन्ने उखान चरितार्थ बन्नपुग्यो उनीहरू बीच । दुवैले यु एसमा आई.टी.मा उच्च शिक्षा प्राप्त गर्ने छात्रवृत्ति पाए । अध्ययन पूरा गरे । अभिभावकले स्वदेशमा उनीहरूको अध्ययन र क्षमता अनुसार कतै पनि मुल्याङ्कन नहुने हुनाले समुद्रपारि देशमानै बसेर करियर बनाउँन छुट दिए । दुवैको बाल्यकालदेखिको प्रेमको मुल्याङ्कन गर्दै इन्टरकास्ट नै भएपनि बिहे गर्ने स्वीकृति पनि दिए । उनीहरूले स्वदेशमै भब्य तरिकाले विवाह बन्धनमा बाँधिए । विदेशभन्दा स्वदेशमा नै आफ्नो सीपको आवश्यकता रहेको महसुस गरेर केही वर्ष विदेश बसेर फर्किए ।

    दुवैको पढाइको क्षेत्र एउटै थियो । आफ्नो विषयको काम खोज्न व्यस्त भए । निताले एउटा कम्पनीमा राम्रो नोकरी पाइन् । तर राजुलाई काम खोज्दै भौतारिन पर्यो । उसले चित्तबुझ्दो काम पाएन । उसमा नकारात्मक सोचहरू पलाउन थाल्यो । सानो कुरामा पनि उनीहरू बीच झगडा सुरु हुन थाल्यो । उनीहरू सङ्गै नबस्ने निर्णयमा पुगे । पारपाचुकेको लागि निवेदन दिए ।
    फैसलाको दिन बोलाएको भन्दा अगाडि नै अफिस पुगे । दुवै हाकिमको प्रतीक्षामा बसे । उनीहरू दुवैको मानसिकता उथपुथल भैरहेको थियो। आफ्नो निर्णय प्रति दुवै कताकता सशंकित भएका देखिन्थे । त्यसैबीच हाकिम आइपुगे । उनले दुवैलाई औल्याउँदै “तपाईंहरूको आखिरी फैसला सम्बन्ध विच्छेद हैन त ?”

    दुवैले एक अफसमा मुखामुख गर्दै एउटै स्वरमा “हैन सर ! हामीले हतारमा निर्णय गर्यौँकि जस्तो छ । फेरि सोच्न कोसिस गर्छौँ ।” भन्दै निवेदन फिर्ता लिए ।

    २.
    लघुकथा : तीर्थ यात्रा

    ✍️खगेन्द्र बस्याल
    हरिले आफ्नो छिमेकी साथी रविलाई सुनाए “म केही दिनपछि एक महिने तीर्थ यात्रामा निस्कदैछु । मेरो घरमा ख्याल पुर्‍याउनु होला है ।”

    रविले भने,- “चारधाम तिर हो कि ?”
    उनले भने,- “नेपालमै हो ।”
    फेरि जिज्ञासा आयो,- “नेपालका कुन कुन तीर्थ जाँदै हुनुहुन्छ ?”
    जवाफ आयो,- “तपाईंको अनुमान विपरीतका तीर्थतिर ।”

    उनले भने,- “घरको कुनै चिन्ता नलिनुहोस् । निश्चिन्त रुपले तीर्थ यात्रा गर्नुहोस् । ताकि त्यसको फल सबैलाई प्राप्त होस् । तर त्योभन्दा पहिले यो त बताउनुहोस् । ती पवित्र ठाउँ कुन कुन हुन् ?”

    साहित्यकार हरिको भनाइ रह्यो,- “हरेक स्रष्टाका लागि पाठक भगवान् हुन् । उहाँहरूलाई भेट्न जानु नै मेरा लागि तीर्थ यात्रा भएन र ? अनि स्रष्टा र पाठक बीचको अन्तर संवादको फल सवैका लागि फाइदाजनक नहोला त ?”

    तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।
    ०७९ पुस २६

    ३.
    लघुकथा : शङ्का

    ✍️ होम प्र. नेउपाने
    बाह्र कक्षा पढ्दै गरेकी छोरी बबिता, विद्यालय र ट्युसन सकेर बेलुकी साँझमा घर फर्किन् । खाना खाएर कोठामा पसिन् ।
    एकघण्टा पछि वाक्क वाक्कको आवाज बबिताको आमाले सुन्नुभयो। के भएछ भन्दै आमा बबिताको कोठामा आत्तिँदै पुग्नुभयो।
    “के भयो छोरी यस्तो ?” आमाले शङ्कास्पद प्रश्न उठाउनु भो ।
    बबिता निःशब्द निरुत्तरित रहिन् ।

    आमाको मनमा काला बादलहरू मडारिन थाले । बबिताकी आमा हामफालेर बबिताको बाबाको कोठा पग्नुभयो र घटनाको बेलिबिस्तार लगाउनुभयो। बाबाको मुहार धुरीमा असिना परेजस्तै देखियो । केही बोल्नुभएन ।

         बबिताको बा-आमालाई रातभरि निन्द्रा परेन। बिहान दुवैजनाले बबितालाई केरकार गर्न थाल्नुभयो ।

    “नढाँटी भन छोरी, कोहीसँग नचाहिँदो सम्बन्ध राख्यौ कि ? तिमीलाई गाली गर्दैनौँ । बरु सम्बन्ध बिस्तार गरौँंला ।” बा-आमाले नम्र शब्दमा प्रश्न राख्नुभयो ।

    “मैले त्यस्तो कुनै गल्ती नै गरेको छैन, बाबा, मामु ! ममाथि यस्तो नसचोच्नुस् न हजुरहरूले” विनयपूर्वक बिन्ति बिसाइन् बबिताले।

    “त्यसो हो भने हिँड, जाँचगर्न हेल्थपोष्ट जाउँ। दुधको दूध, पानीको पानी भइहाल्छ ।” बाबाले भन्नुभयो बबिता ,बोलिनन्, बा-आमाको पछि लागिन्।

    बबिताको सबै जाँचको रिपोर्ट आयो। शङ्का गरेको परिणाम देखिएन । डाक्टरले एउटा औँषधि खान दिनुभयो । बा-आमाको मन भने अझै सङ्लिन सकेको थिएन ।

    घरमा आइपुगेपछि फेरि बबिताले वाक्क वाक्क गरेर मुखबाट केही बस्तु निकालिन् ।
    बबिताको बा-आमाले उक्त वस्तु कोट्याएर ठम्याउँदा त, कपालको गुजुल्ट‍‍ो पो रहेछ ।

    धरान,सुनसरी
    ०७९/९/२९

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ३० पुष २०७९, शनिबार १८:२५ मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –

    १.
    प्राणी
    बाँच्नुको बाध्यता
    संहार जैवीक प्रणालीको !

    २.
    जीवन
    कुमालेको चक्र
    पारिस्थितिक प्रणाली नियम !

    ३.
    संसार
    ठूलोबाट सानो
    सामयिक जीवन प्रक्रिया !

    ४
    संहार
    नगरेर दुष्टता
    नहुने कसैको पुष्टता !

    ५.
    मानव
    मिलेर बाँच्नुपर्ने
    अधिकार पाउने उपदेश !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • ३० पुष २०७९, शनिबार १८:२२ मा प्रकाशित
  • उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –

    १
    नियति
    खराव प्रवृत्ति
    स्वार्थीको हुने समृद्धि !

    २
    बेचैन
    अस्थिर मन
    सधैँको अभाव धन !

    ३
    निद्रा
    अर्ध मृत्यु
    आधा जीवन बाँच्ने !

    ४
    छट्पटी
    बेचैन अवस्था
    भूकम्पले हल्लिएको पृथ्वी !

    ५
    मातृत्व
    स्थिर छाती
    बज्रपातको कडा लात्ती !

    ६
    हाँडी
    कालो मुहार
    मकै भन्छ गुहार !

    ७
    तुसारो
    चिसोको प्रतीक
    ठिर्याउने भयो अति !

    ८
    मानसिकता
    मस्तिष्क घात
    यस्तैमा मिल्दैन साथ !

    ९
    खुसी
    वर्षको ईन्द्रायणी
    क्षणिक आउँछ बिलाउँछ !

    १०
    सुत्केरी
    सन्तान जन्माउने
    आमा हुँदैमा रमाउने !

    ११
    चाहाना
    इच्छा जाहेर
    सुन्नेका दिमाग फायर !

    १२
    आगो
    बलेको दाउरा
    चुलामाथिका ती न्याउरा !

    १३
    मन
    अदृश्य रहर
    संसारभरिकै सौम्य लहर !

    १४
    अस्थिर
    चञ्चले स्वभाव
    स्थायित्वको भयो अभाव !

    १५
    भावना
    मनको चाहाना
    खुसीहरू सल्बलाउँछन् रमाउँछन् !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपट भाग- २६ सम्पन्न

  • २९ पुष २०७९, शुक्रबार १९:५६ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २६
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/०९/२८ गते

    आज राष्ट्रिय  एकता दिवस तथा पृथ्वी जयन्ती भएको हुँदा पृथ्वी जयन्तीको बारेमा एक पञ्चाङ्ग लेख्नको लागि जानकारी साथै अनुरोध गर्दछौँ ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २६[छब्बिसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
    घनश्याम पौडेल

    चित्र संकलन  पोखराबाट
    —————–
    श्रीकृष्ण शर्मा

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    एकताका शान पृथ्वी ।
    नेपालीका मान पृथ्वी ।
    महान छ हाम्रो माटो,
    धरतीका गान पृथ्वी ।
    सर्वाधिक भान पृथ्वी ।

    💢आर्त अकुलीन, कैलाली ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    नयाँ नेपाल निर्माण गरेर   गयौ पृथ्वी ।
    आफ्नो ज्ञान विश्वमा छरेर गयौ पृथ्वी ।
    सधैँ खाँचो छ देशमा तिमी जस्तो पुत्र ,
    नेपालीको आँखामा   परेर गयौ तिमी ।
    स्वर्गको   पुल आफैँ  तरेर गयौ पृथ्वी ।

    💢बिना रोका, घोराही दाङ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०३]

    बलियो बनेर   आयौ  पृथ्वी ।
    निकै  सफलता पायौ  पृथ्वी ।
    सक्दैन  है  जित्न  तिमीलाई,
    टुक्रा त्यो सिंँगो बनायौ पृथ्वी।
    सबैको  मनमा  छायौ  पृथ्वी।

    💢सन्जना शर्मा, दाङ लमही ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०४]

    एकताको शान हो राजा।
    इश्वरीय    मान हो राजा।
    देशको एक     तागत हो
    तरङीय गान    हो राजा।
    महानको भान  हो राजा।

    💢शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    नेपाली नेतालाई जगाउन आउ  हे! पृथ्वी ।
    दुश्मन वैरिलाई  भगाउन  आउ  हे! पृथ्वी ।
    तिम्रो  पुनःआगमन  चाहिएको  यति बेला,
    नेपालीलाई  गुन लगाउन   आउ हे! पृथ्वी ।
    नेपालको स्थायित्व तगाउन आउ हे पृथ्वी ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [०६]

    पृथ्वी एकता प्रतिक  बनी  आएका थियौ ।
    बुढी आमाद्वारा तिमी ज्ञान पाएका थियौ ।
    गर्व   लाग्दछ   नेपाली     नागरिक हुनुमा,
    दिनरात  गर्न  एकीकृत     भ्याएका थियौ।
    नेपालीको  मन  मुटुका   छाएका    थियौ ।

    💢शाेभा आचार्य गाैतम, काठमाडौँ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    नेपाल आमाका पुत्र वीर गोर्खाली थियौ पृथ्वी ।
    टुक्रीएको राज्यहरू  एकै  सुत्रमा  लियौ पृथ्वी ।
    चार  जात  छत्तीस  वर्णको  फूलबारी   बनायौ ,
    विश्वमा यो  वीरताको  शान  दिएर गयौ  पृथ्वी ।
    चन्द्र सूर्य  झण्डामा यो राष्ट्रिय गान  छायौ पृथ्वी ।

    💢बेदु न्यौपाने,  काठमाडौ ❤️✍️ ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०८]

    टुक्रे असङ्ख्य राज्य जाेडेर तिमी आयाै।
    ज्यानकाे माया अन्तै छाेडेर तिमी आयाै।
    अखण्ड  पारी  देश  दिव्याेपदेश  छर्दै,
    वैरीका  किल्ला कयाैँ ताेडेर तिमी आयाै।
    प्रणाली   एकतामा माेडेर तिमी  आयाै ।

    💢चन्द्रावती अधिकारी, दुराडाँदा २ लमजुङ
    हाल कोहलपुर बाँके ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०९]
       
    एकताको सुत्रमा  बाँधेर  नेपाल ।
    बनायौ हार सरी  गाँसेर   नेपाल ।
    धप्पधप्प  बल्दैछ  दियो  सरी यो,
    सिङ्गो पारी  बचाइ  राखेर नेपाल ।
    सन्तति कै खातिर साँचेर नेपाल ।

    💢सरिता काफ्ले,  कोहलपुर बाँके ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१०]

    देशकै लागि पसिना खनायौ तिमीले ।
    जुक्ति अनेक लगाई मनायौ तिमीले ।
    बाइसे चौबिसे राज्य एकीकृत पारी  ,
    शान्त सुन्दर नेपाल बनायौ तिमीले ।
    राष्ट्रनिर्माताको कर्म जनायौ तिमीले ।

    💢श्रीकृष्ण शर्मा, पोखरा ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [११]

    झुटो तक्दैन साँचो डग्दैन  नफेर सर्केर  इतिहास  ।
    उनको काल खन्ड बसेनन् बिचारेर खर्केर इतिहास ।
    कुरामात्र हैन काम गरे’पृथ्वी’ले कहिले चुप बसेनन् ,
    बुझ्छौ भने मात्र हेर्ने, नत्र त  नहेर झर्केर इतिहास ।
    गाली मात्र हैन बिगतकालाई  हेर फर्केर इतिहास ।

    💢रामप्रसाद पुरी बादेल, खाेटाङ ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१२]

    देश  बनाउन  भनी  हिँड्यौ  पृथ्वी ।
    शत्रु   देशलाई   गनि हिँड्यौ पृथ्वी ।
    मुला  काटे   झैँ  शत्रुलाई   काटेको,
    एकताको खम्बा बनी हिँड्यौ पृथ्वी ।
    दुश्मनलाई  नै  खनी  हिँड्यौ पृथ्वी ।

    💢पार्वती अर्याल, भरतपुर चितवन ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [१३]

    कुनै शत्रु वैरीसंँग झुकेनन् पृथ्वी ।
    आफ्नो राज्य पुरा गर्न रूकेनन् पृथ्वी ।
    बाइसी चौबिसी राज्य एक् पारी छाडे,
    बिना अर्थ कसैसंँग भुकेनन् पृथ्वी ।
    संकल्प पुरा नभइ सुकेनन् पृथ्वी ।

    💢सरिता सेढाई, चरौंदी धादिङ ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१४]

    देश बनाउन श्रमको लगानी लागायौ तिमीले ।
    शत्रुहरुलाई जुक्ति लगाएर भगायौ तिमीले।
    टुक्राटुक्रा भएको राज्य यो  एउटै मालामा उनि,
    नेपालीहरुको खुन संग शक्ति जगायौ तिमीले ।
    राष्ट्रनिर्माणका पिता बनी झण्डा  टँगायौ तिमीले ।

    💢दुर्गा आचार्य, मोरङ ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    राष्ट्र निर्माणकार्यका  महानायक तिमी ।
    सिकाई राष्ट्र भावको  गीत गायक तिमी ।
    एकताको प्रतिक  सबैले  मान्दै आएका,
    नेपाली  माझमा सधै बस्ने पायक तिमी।
    होनहार      सुपुत्र  चिनिने लायक तिमी।

    💢सीता शर्मा, बिरगंज ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    हे! नेपाल निर्माता फेरि नेपाल जगाउन आउ ।
    चलखेल  बढेकोछ  बैरिलाई   भगाउन आउ ।
    जनता आत्तिएकाछन कुपात्र भए नेता जति,
    हे!  नारायण  नेतालाई  तह  लगाउन   आउ ।
    स्थिरता   कायम  गर्न स्थाइत्त्व तगाउन आउ ।

    💢जनुका गौतम, काठमाडौं ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग    [१७]
               
    अनेक भित्र   उनी शान थिए।
    नेपाल  देश   एक  मान थिए।
    युद्धमा   हत्याकाण्ड   भएनि,
    कला र कौशलका ज्ञान थिए।
    राष्ट्र   निर्माणका    गान थिए।    

    💢कला ढकाल, झापा ।
    ……………………………………

    चित्रपट पञ्चाङ्ग    [१८]

    हाम्रो देशको ध्यान ज्ञान हाै पृथ्वी।
    संसार भरिएको    मान हाै पृथ्वी।
    राष्ट्रियता र      एकताको  तागत,
    पाेर्खाली वीरताकाे सान हाै पृथ्वी।
    महानता र याेग्यताकाे भान हाै पृथ्वी।

    💢सहयात्री शाेभा अर्याल, बुटवल रुपन्देही ।
    …………………………………………………
                                                               
    चित्रपट पञ्चाङ्ग   [१९]

    नेपालको लागि सबै गरे पृथ्वीले ।
    राज्य जित्दै यहाँ अन्न भरे पृथ्वीले ।
    काठमाण्डौ तिर नजर लगाएर ,
    उपत्यका भित्र भ्रम छरे पृथ्वीले।
    पछि त सबैैको दु:ख हरे पृथ्वीले।

    💢नवराज भट्ट, कञ्चनपुर ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    नेपालका पहरेदारमा जियौ पृथ्वी ।
    सबैलाई एकता सुत्रमा सियौ पृथ्वी ।
    नेपालका    धरोहर  सम्पूर्णता  रक्षा ,
    सच्चाशाली आँटिला सपूत थियौ पृथ्वी।
    गर्व  गराउने कलाका  धन दियौ पृथ्वी।

    💢जमुना आचार्य,  सिन्धुपाल्चोक ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    यहाँ एकताको प्रतिविम्ब बोकी।
    आउ हे पृथ्वी चार किल्ला ठोकी।
    हे राष्ट्र निर्माता लौ साहस देऊ ,
    यो चन्द्रसूर्य ध्वजा बोकि नरोकी।
    यी राष्ट्रघातकिले जिब्रो नटोकी ।

    💢बिबस पारदर्शी , झापा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    उदायौ पृथ्वी नेपालकाे माटोमा गर्व छ ।
    छरेर्थ्यौ  उपदेश यहीँ बाटोमा गर्व छ ।
    झाङ्गिदै छ बिरुवा फुल्दै फल्दै एकताको ,
    हिमाल पहाड तराई पाटाेमा गर्व छ ।
    लगायौ मलम घाउको खाटाेमा गर्व छ ।

    💢भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    चारजात छ्त्तीस वर्ण  भनी नेपालमा।
    बाइसे र चौबिसे राज्य गनी नेपालमा।
    एकीकरण गरि सिङ्गो देश बनाउन ,
    जन्मेका थिए पृथ्वी तारा बनी नेपालमा।
    पुन आऊन पृथ्वी अब पनि नेपालमा।

    💢अम्बिका दाहाल, मोरङ्ग ।
    ………………………………………………………………

    चित्रमा पञ्चाङ्ग   [२४]

    नाम जस्तै काममा विवेकका धनी थियौ त्यसबेला।
    एकीकृत गर्ने राष्ट्रको दूरदृष्टि लियौ त्यसबेला।
    अहिले हामी सानले मानले भन्दैछौ देश नेपाल,
    कल छल बलले टुक्क्रा टुक्रा राज्य सियौ त्यसबेला।
    चारजात छत्तीस वर्णमाला गाँसी दियौ त्यसबेला।

    💢होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    टुक्रा टुक्रा भएको देश एक गराए पृथ्वी शाहले।
    देशका शत्रु बैरी जति सबै हराए पृथ्वी शाहले।
    राष्ट्रिय एकता दिवसको शुभकामना सबैलाई,
    राष्ट्र एक शुत्रमा बाँध्न मन पराए पृथ्वी शाहले।
    आज दिन एकता भनि ज्ञान छराए पृथ्वी शाहले।

    💢सुशीला पौडेल ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२६]

    नेपाली धरामा पृथ्वीको छुट्टै शान छ ।
    सगरमाथा जत्तिकै उचाइको मान छ ।
    कहिल्यै नझुकेको गोर्खालीको रगतमा,
    स्वाधीनताको ज्यूँदो स्वाभिमान छ।
    पुर्खाकाे जिवन्त नासोको अभिमान छ ।

    💢त्रिलोचन भण्डारी, मेचीनगर, झापा ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]

    बाइसे चौबीसे राज्य जोडेर गयौ ।
    राष्ट्र पिताको सम्मान छाेडेर गयौ ।
    नेपाल  एकताको   सुत्रमा  उनेर  ,
    नाङ्गो खुकुरीले शीर  तोडेर गयौ ।
    वैरीको अग्लो सिमाना फोडेर गयौ ।

    💢तारा घिमिरे, संखुवासभा ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    आजका शासकले त खै मात्रै शासन गरेका छन् ।
    सिधा साधा जनता चाहि त भोकभोकै मरेका छन् ।
    यो  देश जस्ले बनायो उसैलाई सम्झेनन् कसैले ,
    आजका नेताले जनतालाई भ्रम मात्रै छरेका छन् ।
    भ्रमको खेती गरेर आफ्नो मात्रै भुँडी  भरेका छन् ।

    💢पशपती राई, खोटाङ ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग    [२९]

    तिमीले नै गरेकाे त्यागले याे देश बनेकाे छ।
    साना ठुला सवैले तिम्राे बलिदान गनेकाे छ।
    थियाै तिमी यहाँका महान याेद्धा राष्ट्रनिर्माता,
    बाइसे र चाैबिसे एक पार्ने भनि जनेकाे छ ।
    शिर ठाडाे पारेर सवले नेपाली भनेकाे छ।

    💢उर्मिला के.शी., धनकुटा ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग    [३०]

    चौबीसै राज्यलाई एक गरायौ तिमीले।
    एकता डोरीलाई पुर्ण भरायौ तिमीले।
    झुट्टा दमनकारी पनि सखाप पारेर,
    मौनताको आगो बालेर तरायौ तिमीले।
    लडाकु जीवन साँचोमा सरायौ  तिमीले।

    💢अम्विका अधिकारी, झापा विर्तामोड।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३१]

    तिमी प्रति प्रेम भाव जागेको छ पृथ्वी ।
    सबै जनता तिमी मै लागेको छ पृथ्वी ।
    ढिलै भए पनि सद्बुद्धि पलाएको छ,
    नेता हतोत्साही पन भागेको छ पृथ्वी।
    तोडफोड गर्ने काम त्यागेको छ पृथ्वी।

    💢सरस्वती श्रेष्ठ,  इटहरी ।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३२]

    अनेक भित्र एक शान थिए पृथ्वी नारायण शाह।
    नेपाल नेपालीको मान थिए पृथ्वी नारायण शाह।
    राष्ट्रिय एकता दिवसको  राष्ट्र, राष्ट्रियताका ज्ञान ,
    दूरदर्शी राजाको ज्ञान थिए पृथ्वी नारायण शाह।
    राष्ट्र, राष्ट्रियताका गान थिए पृथ्वी नारायण शाह।

    💢ह्यारिस
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३३]

    देशको दर्बिलो मियो थियौ पृथ्वी ।
    काला रात फाल्ने दियो थियौ पृथ्वी ।
    उनेर माला बुझायौ आमालाई सुन्दर,
    गिद्धे नजर ढाल्ने हियो थियौ पृथ्वी ।
    फाटेका मन टाल्ने सियो थियौ पृथ्वी ।

    💢प्रभा  पोखरेल, हाल अमेरिका ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [३४]

    इतिहास फेर्ने उनी।
    हामीलाई हेर्ने उनी।
    नबिर्सीनु  योगदान,
    विशाल यो केर्ने उनी।
    साना राज्य घेर्ने उनी ।

    💢सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [३५]

    नेपालको ईतिहास फेरे पृथ्वी शाहले।
    सत्रुलाई त सजिलै घेरे पृथ्वी शाहले।
    एलली महिलाको घरमा बास बसेर,
    लडाईँ सकेर सास फेरे पृथ्वी शाहले।
    भ्रष्टचारको नै घाँटी सेरे पृथ्वी शाहले।

    💢कमला पाण्डे पराजुली, झापा ।
    ………………………………………………

    चित्रपट पन्चाङ्ग   [३६]

    नारायणका अवतार दिए पृथ्वीनारायण ।
    सिङ्गो नेपालका नायक लिए पृथ्वीनारायण ।
    कुटनीति र युद्धकलामा निकै अब्बल उनी,
    गोरखामा नै उदाएर पिए पृथ्वीनारायण ।
    नुवाकोटमा अस्ताएका थिए पृथ्वीनारायण ।

    💢देवकी के.सी. काठमाडौं ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [३७]

    नेपाल  एकीकृत गरे  पृथ्वी नारायनले।
    पुर्ब  पश्चिम  सबै भरे  पृथ्वी नारायनले।
    बृहत  नेपाल   तयार  गर्न   लागि  परेर,
    गडी बनाई  रातौँ धरे  पृथ्वी नारायनले।
    जनता बिच माया छरे पृथ्वी नारायनले।

    💢मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार
    बिर्तामोड झापा ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- २६ सम्पन्न

    उदक यात्री गोपालप्रसाद पौड्यालका उत्कृष्ट उदकहरू

  • २८ पुष २०७९, बिहीबार ०४:५२ मा प्रकाशित
  • उदक यात्री गोपालप्रसाद पौड्यालका उत्कृष्ट उदकहरू –

    १.
    जीवन
    निरन्तर चलिरहने
    सम्बन्ध खाली सम्बन्धहरू !

    २.
    विनासकारी
    आज लखेट्नुपर्ने
    सेता हात्तीको बिगबिगी !

    ३.
    समाज
    विकासे एजेन्ट
    शून्य धरातलको खेती !

    ४
    नेपाल
    सुन्दर मुलुक
    अर्कैको पञ्जामा कैद !

    ५
    कठ्याङ्ग्रिने
    शिशिरको जाडो
    झुपडीमा अनेक आर्तनाद !

    • गोपालप्रसाद पौड्याल, विराटनगर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री गोपालप्रसाद पौड्यालका उत्कृष्ट उदकहरू

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • २८ पुष २०७९, बिहीबार ०४:४९ मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –

    १.
    एकल
    वृद्धको भारी
    अनन्त यात्रामा तल्लिन !

    २.
    बाबू
    सबैका माउ
    जीवन्त दु:खले कमाउ !

    ३.
    गास
    बास कपास
    तलतलको स्वर्णिम उच्छ्वास !

    ४.
    मन
    अतृप्त तन
    तृष्णा बढ्दैछ झन् !

    ५.
    भाँडो
    कहिल्यै नभरिने
    भर्यो पुनः चुहिने !

    • कमला देवकोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • २८ पुष २०७९, बिहीबार ०४:४७ मा प्रकाशित
  • उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू –

    १.
    वीरता
    सङ्घर्षको इतिहास
    सम्झदै राष्ट्र निर्माता !

    २.
    नेपाल
    विशाल छाती
    पुर्खाकाे अविरल दुःख !

    ३.
    सम्मान
    श्रद्धा भाव
    राम्रो कार्यकाे गुणगान !

    ४.
    वीर
    सहासी मन
    उच्च शक्ति जन !

    ५.
    एकता
    उन्नतिकाे पथ
    समान गुड्ने रथ !

    • भवानी घिमिरे, सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २६ सम्पन्न

  • २७ पुष २०७९, बुधबार ०७:०२ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २६ [छब्बिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/२६गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल


    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबर]

    अनुप्रास :- सुक्नु ,थुक्नु , फुक्नु , चुक्नु , लुक्नु ,ढुक्नु ,रुक्नु ,झुक्नु आदि ।

    स्थायी :- आफूखुसी

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————

    पञ्चाङ्ग तथा समपञ्चाङ्ग संरचना
    ………………………………………

    ✍️सामन्तीको सामुन्ने झुक्नु हुँदैन हामी [०१]
    ✍️गल्ती  नगरेपछि  लुक्नु   हुँदैन हामी [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    ✍️परिवर्तन  भएनि    स्थिति  हेर्नू  पर्छ [०३]
    …………………………………………………………………
    ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।

    ✍️मेहनती  भएर   रुक्नु   हुँदैन   हामी [०४]
    ✍️अनायासै   कहिले भुक्नु हुँदैन हामी [०५]
    ……………………………
    माथिको १,२,३,४,५ लाई ६,७ ले सोही बिषयमा लेख्नु पर्छ ।

    ✍️आर्काको गलतिमा सुक्नु हुँदैन हामी [०६]
    ✍️जानीजानी कहिले चुक्नु हुँदैन हामी [०७]
    ………………………………………………………
    ३ मा जस्तै १२३४५६७ समेतको भाव ८ ले दिनु पर्छ

    ✍️दु:खद  परिस्थितिमा  समालिनु पर्छ [०८]
    ………………………………………………………

    आखिरी ९,१० ले निचोड वा निर्णय दिनु पर्छ ।

    ✍️केही दिन्छकी भनी ढुक्नु हुँदैन हामी [०९]
    ✍️निन्दा  गरेर  पनि  थुक्नु  हुँदैन हामी [१०]
    ……………………………………………………

    उदाहरण पञ्चाङ्ग तथा समपञ्चाङ्ग

    सामन्तीको सामुन्ने झुक्नु हुँदैन हामी [०१]
    गल्ती  नगरेपछि  लुक्नु   हुँदैन हामी [०२]
    परिवर्तन  भएनि    स्थिति  हेर्नू  पर्छ [०३]
    मेहनती  भएर   रुक्नु   हुँदैन   हामी [०४]
    अनायासै   कहिले भुक्नु हुँदैन हामी [०५]

    आर्काको गलतिमा सुक्नु हुँदैन हामी [०६]
    जानीजानी कहिले चुक्नु हुँदैन हामी [०७]
    दु:खद  परिस्थितिमा  समालिनु पर्छ [०८]
    केही दिन्छकी भनी ढुक्नु हुँदैन हामी [०९]
    निन्दा  गरेर  पनि  थुक्नु  हुँदैन हामी [१०]

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    पञ्चाङ्ग तथा समपञ्चाङ्गहरू
    ………………………………………………

    पञ्चाङ्ग तथा समपञ्चाङ्ग   [०१]

    सामन्तीको सामुन्ने झुक्नु हुँदैन हामी ।
    गल्ती  नगरेपछि  लुक्नु   हुँदैन हामी ।
    परिवर्तन  भएनि    स्थिति  हेर्नू  पर्छ ,
    मेहनती  भएर   रुक्नु   हुँदैन   हामी ।
    अनायासै   कहिले भुक्नु हुँदैन हामी ।

    आर्काको गलतिमा सुक्नु हुँदैन हामी ।
    जानीजानी कहिले चुक्नु हुँदैन हामी ।
    दु:खद  परिस्थितिमा  समालिनु पर्छ ,
    केही दिन्छकी भनी ढुक्नु हुँदैन हामी ।
    निन्दा  गरेर  पनि  थुक्नु  हुँदैन हामी ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    …………………………………………………………

    समपञ्चाङ्ग   [०२]

    वैरी सामु झुक्नु हुन्न ।
    डराएर लुक्नु हुन्न ।
    मेरो देश मेरो स्वर्ग,
    विकासमा रुक्नु हुन्न ।
    बेला मौका ढुक्नु हुन्न ।

    कुकुरझँ भुक्नु हुन्न ।
    बेलुनझैँ फुक्नु हुन्न ।
    माटो भन्नु स्वर्ग सरी,
    सौम्य फूल सुक्नु हुन्न ।
    खाने थाल थुक्नु हुन्न ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ……………………………………

    समपञ्चाङ्ग   [०३]

    गोर्खाली  हौंँ बैरी  सँग  झुक्नु  छैन ।
    नभएको  दोष  लाग्दा   लुक्नु   छैन।
    अग्रगामी  विकासको   बाटो   लिनु ,
    गोर्खाली आफ्नो काममा चुक्नु छैन ।
    काम   गर्दा   मुहानमा   सुक्नु   छैन ।

    नेपालीको   एकतामा   चुक्नु   छैन ।
    कसैले   कसैलाई   नै   थुक्नु   छैन ।
    सबै   लेपाली    हौँ    एक   हुनुपर्छ ,
    विरताको   पुत्र  हामी  लुक्नु   छैन ।
    चन्द्र सूर्य झण्डा  हाम्रो  झुक्नु छैन ।

    ✍️बेदु न्यौपाने, काठमाडौ  ।
    …………………………………………………

    समपञ्चाङ्ग   [०४]

    थाेरै लाभ  मिल्छ  भनी  चुक्नु  हुँदैन ।
    घमण्डले  आफैँ  खान्छ  फुक्नु हुँदैन।
    यथार्थता  कुरा   के हाे  बुझ्ने  गर्नु  है,
    मिथ्या  कुरा विश्वासमा  थुक्नु  हुँदैन।
    बैरी   सामु   पाउ  पर्दै   झुक्नु   हुँदैन।

    ठुलै  अभिलाषा   लिइ  ढुक्नु   हुँदैन।
    हिनता बाेध    गरेर    लुक्नु     हुँदैन।
    सबै आफ्नाे ज्ञानमा बिज्ञ पनि हुन्छन्,
    आफैँ  मात्र  जान्ने  भनी  भुक्नु हुँदैन।
    गर्नु  आँट  सुर्ता   लिँदै   सुक्नु   हुँदैन।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ।
    ……………………………………………………

    समपञ्चाङ्ग   [०५]

    भर्भराउँदो जवानीमा आफू त्यसै सुक्नु हुँदैन ।
    नबुझेर कुरा मानिसहरूलाई थुक्नु  हुँदैन ।
    जोस जाँगर लिई बुझी हामीले काम गरे राम्रो,
    आफैँ हावादारी कुरा गरेर त्यसै फुक्नु हुँदैन।
    जानीकन गरेर गल्ती आफैँ यहाँ चुक्नु हुँदैन।

    बिना गल्ती आफैँ तिमी हामी कहिल्यै लुक्नु हुँदैन।
    गरौ पौरख बरु कसैको आशामा ढुक्नु हुँदैन ।
    आफ्नो काममा आफू अडिग रही गरी खानुपर्छ,
    आफ्नो जीवनको अग्रगतिहरूमा रुक्नु हुँदैन।
    डटेर भिड्ने बरु शत्रु सामु हामी झुक्नु हुँदैन ।

    ✍️रामप्रसाद पुरी बादेल,  खाेटाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [०६]

    पराईको सामु कहिले नझुक्नु छोरा ।
    देशको लागि कार्य गर्दा नचुक्नु छोरा।
    जन्मभूमि,जन्मदाता शिरमा राखेर,
    कायरझैँ पछाडि पनि नलुक्नु छोरा।
    हिँउदोको खहरे जस्तो नसक्नु छोरा।

    ✍️पुष्पा नेपाल (सुवेदी) , इलाम ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    पराई सामु झुक्नु हुँदैन।
    गल्ती नगरे लुक्नु हुँदैन।
    पालो सबैको आउँछ जसै,
    बोलीमा कतै चुक्नु हुँदैन।
    बेमौसममा सुक्नु हुँदैन।

    ✍️घनश्याम पौडेल, पोखरा।
    ……………………………………

    पञ्चाङ्ग   [०८]

    जहाँ खायाे त्यही थुक्नु हुन्न ।
    परेकाे  बेलामा   लुक्नु हुन्न ।
    जीवन  भन्नू नै  सङ्घर्ष हाे ,
    चलेका  पाईला   रुक्नु हुन्न ।
    स्वाभिमान कतै  झुक्नु हुन्न ।

    ✍️चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
    …………………………………………………

    पञ्चाङ्ग   [०९]

    वैरी सामु कहिल्यै झुक्नु हुँदैन हामी ।
    सत्यको मार्ग भए रुक्नु हुँदैन हामी।
    देश रहे हामी रहन्छौँ सोचौँ सबैले ,
    माटोको रक्षार्थमा लुक्नु हुँदैन हामी ।
    असल कर्म गर्न  चुक्नु हुँदैन हामी ।

    ✍️बिना रोका,  घोराही दाङ।
    …………………………………………………

    पञ्चाङ्ग   [१०]

    आकाशतिर फर्किएर कहिल्यै न थुक्नु मान्छे।
    बिनाकारण कुकुरझैँ कहिल्यै न भुक्नु मान्छे ।
    आफु  विवेकशिल  भई  देखाऊ चिन्तन्सिल,
    संघर्षको मैदानमा छौं  कहिले न झुक्नु मान्छे।
    प्रतिभा फिल्डमा देखाउंनु पर्छ न लुक्नु मान्छे।

    ✍️सुरेशकुमार पान्डे।
    घोराही उप महानगर पालिका १८ दाङ ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [११]

    सधैँ असायको भावनामाथि  थुक्नु भयो ।
    सहयोग गर्ने ठाउँमा किन चुक्नु भयो ।
    मानवता यहाँ  हराउदै छ आजभोलि ,
    दु:खीको बाटो छेक्न त तपाईं ढुक्नु भयो।
    नचाहिने कुरा सबैको सामु फुक्नु भयो ।

    ✍️विक्रम तिरूवा सलिन
    जुम्ला,नेपाल
    …………………………………………………

    पञ्चाङ्ग   [१२]

    संघर्ष हो हाम्रो जीवन झुक्नु हुँदैन ।
    समस्या परेको खण्डमा  लुक्नु हुँदैन ।
    आफैँ  नै मेहनत गरेर खानु पर्छ ,
    कसैले पो देला की भन्दै ढुक्नु हुँदैन ।
    यी परिश्रमी हातहरू रुक्नु हुँदैन।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [१३]

    सकेसम्म जानाजानी  चुक्न हुँदैन।
    अबिरल नदि सरि,सुक्न हुँदैन।
    जीवन दु:खसुख चलेकाेनै राम्रो,
    गल्ती नभै यसै हामी  झुक्न हुँदैन।
    आक्राेशमा आएर  नि भुक्नु हुँदैन ।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ
    ……………………………………………

    पञ्चाङ   [१४]

    कसैको प्रलोभनमा हामीले झुक्नु हुँदैन।
    कसैले केही दिने आशाले ढुक्नु हुँदैन।
    अनायासै आफन्त परिवर्तन भए पनि
    परिश्रमी हातहरू हाम्रा रुक्नु हुँदैन।
    अर्काले गरेको अपराधमा चुक्नु हुँदैन।

    ✍️कला ढकाल, झापा ।
    …………………………………………………

    पञ्चाङ्ग   [१५]

    शत्रु सामु लड्नु पर्छ झुक्नु हुँदैन
    बिना गल्ती कसैसंग चुक्नु हुँदैन।
    साहसी र कर्मठ योद्धा बन्नु पर्छ
    रिसानी हो माफ गर थुक्नु हुँदैन।
    कुरोको चुरो  नपाई भुक्नु हुँदैन।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………

    पञ्चाङ्ग   [१६]

    सजग हुनुपर्छ  धेरै  ठाउँमा  आफू चुक्नु  हुँदैन ।
    जथाभावी जेसुकै अनावश्यक कुरा भुक्नु हुँदैन।
    आफ्नो थुतुनु,थुकलाई उचित ठाँउमा राख्नु पर्छ,
    थुक्दा  हेरेर   सुरक्षित  ठाउँ  बाहेक  थुक्नु हुँदैन।
    आफ्नो गल्ती छैनभने कसैबाट आफु लुक्नु हुँदैन।

    ✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [१७]

    वीरका सन्तान हामी झुक्नु हुन्न।
    नबुझेको कुरा लिई भुक्नु हुन्न।
    सफा सुग्घरको ख्याल गरी हिँड्ने,
    मठ मन्दिरहरुमा  थुक्नु  हुन्न।
    सिर्जनशील भावना रुक्न हुन्न।

    ✍️भगवती दवाडी, झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [१८]

    जाबो एम्सिसि सामु झुक्नु भएन।
    गोर्खालीको उत्साह सुक्नु भएन।
    संखरापुर क्षेत्रको दमन् रोक्न ,
    नेपाल सरकार चुक्नु भएन।
    गैर हस्तक्षेपमा लुक्नु भएन ।

    ✍️बिबस पारदर्शी ,झापा ।
    …………………………………………

    पञ्चाङ्ग   [१९]

    तिमी आउँछौ भनी कुर्दै बाटो ढुक्नु गल्ती भएछ।
    चोखो प्रेमलाई भगवान सम्झी झुक्नु गल्ती भएछ।
    मलाई  माफ  गर सानू साँचो  माया  बुझ्नै  सकिनँ,
    तिमी  त  मेरै  मुटु  हौ  भनेर   भुक्नु  गल्ती  भएछ।
    तिम्रो  त्यो  मृग  नयनीमा  सधै  लुक्नु  गल्ती भएछ।

    ✍️पशपती राई, खोटाङ ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [२०]

    हामी वीर   नेपाली  कसै सामु झुक्नु हुँदैन ।
    चाहिएका कुरामा लड्न बोल्न चुक्नु हुँदैन।
    सत्यता सावित   गराउन   नसक्ने भएमा,
    नभएका  कुरा  व्यर्थमा  उसै  फुक्नु हुँदैन ।
    पहिचान खोज्न  कहिलेपनि लुक्नु हुँदैन ।

    ✍️जमुना आचार्य ,सिन्धुपाल्चोक ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    बेकार कुरा फुक्नु हुँदैन।
    निर्दोष लाई थुक्नु हुँदैन।
    पात माथिको ज्यान सबैको,
    अरुको बाटो ढुक्नु हुँदैन।
    झाडीमा मार्न लुक्नु हुँदैन।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ……………………………………………

    पञ्चाङ्ग   [२२]

    भन्छन् झुक्नु सकिन्न ।
    भन्छन् लुक्नु  सकिन्न ।
    छ रगत वीरको ,
    भन्छन्  रुक्नु सकिन्न ।
    भन्छन् चुक्नु सकिन्न ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………

    पञ्चाङ्ग   [२३]

    सधै  आलोचान गरी थुक्नु किन हो।
    नचाहिने ठाउँमा पनि झुक्नु  किन हो ।
    सधै  राम्रो  काम  गर्दागर्दै कैले  काहिँ ,
    सहिबाटो हिड्छौ भने  लुक्नु किन हो ।
    दस औँला खियाउँनेले सुक्नु किन हो।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    ……………………………………………………

    पञ्चाङ्ग    [२४]

    मुख छ भन्दैमा मन्दिरमा थुक्नु हुदैन।
    राम्रो बोल्ने सोचमा चोकमा भुक्नु हुदैन।
    जहाँ गए पनि बोलिको अर्थ हुनु पर्छ,
    स्वाभिमान  धरापमा पारी  चुक्नु हुदैन।
    गल्ती नगरे कोहि कसैसँग झुक्नु हुदैन।

    ✍️इन्दिरा  गौतम, खजुरा बाँके ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२५]
    [०१]
    अर्काेकाे कुरा काटेर थुक्नु हुँदैन।
    गर्ने नसक्ने काममा चुक्नु हुँदैन।
    मानवता भन्ने  त हराउँदै  गयाे,
    बिनाकारण मानव  झुक्नु हुँदैन।
    अरुकाे  नहुने  कुरा  सुन्नु  हुँदैन।
    [२]
    पराइ  सामु  झुक्नु  हुदैन।
    गल्ती बिना त लुक्नु हुदैन ।
    जस्तो सुकै दु:ख पर्दा पनि,
    वैरीकाे  सामु  चुक्नु  हुदैन ।
    अगाडि  बढ्न रुक्नु  हुदैन।।

    ✍️सहयात्री शाेभा अर्याल, बुटवल रुपन्देही ।
    ………………………………………………………

    पञ्चाङ्ग    [२६]

    सधै असल काम गर्नमा चुक्नु हुदैन हामी ।
    गरिब,दुखीलाई कहिल्यै थुक्नु हुदैन हामी ।
    त्यसैले त सबैले महसुस गर्नुछ अात्माले,
    जति नै ठुलो काम गरे नि भुक्नु  हुदैन हामी ।
    अन्याय अनि अत्याचारमा झुक्न हुदैन हामी ।

    ✍️लक्ष्मी महतारा, खजुरा बाँके ।
    …………………………………………………………

    पञ्चाङ्ग    [२७]

    मेरा भन्ने सबै  लुक्न लागे हेर । 
    निर्धो देखेपछि भुक्न लागे हेर।     
    कति मागे सहयोग  साथ हुन्न,  
    मलाई देखेसी  रुक्न लागे हेर ।
    बेकारमा किन ढुक्न  लागे हेर ।

    ✍️जानुका गौतम, काठमाडौं ।
    ……………………………………………

    पञ्चाङ्ग   [२८]

    देशको रक्षाको लागि लुक्नु हुँदैन।
    दुश्मनसँग कहिल्यै झुक्नु हुँदैन।
    देशको भलो हुने काम गर्नु पर्छ,
    राम्रो काम गर्न हामी चुक्नु हुँदैन।
    अनावश्यक रुपमा भुक्नु हुँदैन।

    ✍️ह्यारिस
    ………………………………………………

    पञ्चाङ्ग   [२९]

    तिमिलाई देखेर लुक्न सक्दिन ।
    तिम्रो अघि कहिले भुक्न सक्दिन।
    माया भन्दा बढी  शोषण गर्दैछौ ,
    तिम्रो कारणले म सुक्न सक्दिन ।
    अब  कहिले पनि झुक्न सक्दिन ।

    ✍️गिता रिजाल , धरान ।
    ………………………………………………

    पञ्चाङ्ग   [३०]

    जताततै  फाेहर  हुने  गरेर  थुक्नु  राम्राे हैन ।
    फाेहर  गर्नेलाई सजाय दिन चुक्नु राम्रो हैन।
    सरसफाइकाे अभियान चलाअाैं देशभरमा ,
    प्रतिकार गर्न अघि बढाैं कतै लुक्नु राम्रो हैन।
    घरसमाज सफा राख्ने गराैं है रुक्नु राम्रो हैन।

    ✍️सुशीला पौडेल ।
    ………………………………………………………………

    पञ्चाङ्ग   [३१]

    सकेसम्म कसैले नि चुक्नु हुँदैन।
    हुन्छन् गल्तीहरु तर थुक्नु हुँदैन।
    समानता कहाँ हुन्छ सबैमा हेर्दा,
    देख्ला कि भनी कसैले लुक्नु हुँदैन।
    हाम्रो स्वाभिमानी शिर झुक्नु हुँदैन।

    ✍️दुर्गा आचार्य, मोरङ ।
    …………………………………………

    पञ्चाङ्ग   [३२]          

    कसैले कसैसामु हजुर झुक्नु हुँदैन ।
    आफ्नाे गल्ती केही नभएमा लुक्नु हुँदैन।
    काम गर्दै जानु पर्छ जसले जे भने नि,
    गल्ती भाे भन्दैमा कसैलाई थुक्नु हुँदैन।
    मेहनती हातहरु कतै रुक्नु हुँदैन।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ………………………………………………………

    पञ्चाङ्ग   [३३]

    सकेसम्म  कहीकतै चुक्नु हुँदैन ।
    चुकेपनि खुल्नुपर्छ लुक्नु हुँदैन ।
    गल्ती हुन्छ  मान्छेबाटै तथ्य याे जानी,
    देखाउँदै रिसराघ भुक्नु हुँदैन ।
    वेलुनझैँ उक्सिएर फुक्नु हुँदैन ।

    ✍️केशवप्रसाद ढकाल `प्रीतबीज´ पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [३४]

    शरीरको ऊर्जा शक्ति सुक्नु हुँदैन ।
    विवेक शुन्य बनेर कोही भुक्नु हुँदैन ।
    तल माथि पर्नु सौन्दर्य हो जीवनको ,
    पाइलाहरू  प्रगतिका चुक्नु  हुँदैन ।
    ढाल्ने नियत गरी मान्छे फुक्नु हुँदैन ।

    ✍️प्रभा पोखरेल, हाल अमिरेका ।
    ……………………………………………

    पञ्चाङ्ग   [३५]

    पराईको सामु कहिले नझुक्नु छोरा ।
    देशको लागि कार्य गर्दा नचुक्नु छोरा।
    जन्मभूमि,जन्मदाता शिरमा राखेर,
    कायरझैँ पछाडि पनि नलुक्नु छोरा।
    हिँउदोको खहरे जस्तो नसुक्नु छोरा।

    ✍️पुष्पा नेपाल (सुवेदी) , इलाम ।
    …………………………………………………

    पञ्चाङ्ग   [३६]

    तिम्रो कारण अरूको सामु म झुक्नु पर्यो आज।
    कहिल्यै झूटो कुरा नबोल्दा नि चुक्नु पर्यो आज।
    अलि विचार र विवेकले काम गर्नु है तिमी,
    चोर जस्तै गरी हेर न तिमी लुक्नु पर्यो आज।
    मनमा माया हुँदाहुँदै पनि भुक्नु पर्यो आज।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ……………………………………………………

    पञ्चाङ्ग   [३७]

    खाएपछि त्यही थालमा थुक्न नपरोस् ।
    जोरीपारी हँसाई तल झुक्न नपरोस्।
    जिन्दगीमा अरू त केही चाहन्नँ मैले,
    यी हात थापी कसैसामु ढुक्न नपरोस्।
    कर्तव्यमा झन् दृढ बनूँ चुक्न नपरोस् ।

    ✍️श्रीकृष्ण शर्मा, पोखरा ।
    ……………………………………………

    पञ्चाङ्ग   [३८]

    कुनै  छाेरा आमा  सामु  झुक्नु  नपरोस्  |
    आफ्नो  कर्तव्य  बिर्सेर  चुक्नु  नपरोस् |
    आमको ऋण  तिर्न  चाहेर नि सकिनँ, 
    जन्म दिने आमालाई थुक्नु नपरोस् |  
    आमा  छोराको सम्बन्ध यसरी  सुक्नु नपरोस् |

    ✍️मनिषा बिष्ट कटुवाल, बिराटनगर ।
    …………………………………………………

    पञ्चाङ्ग   [३९]

    बढौन सबैजना अगाडि रूक्न भएन।
    जनता सामुआउँनु पर्छ लुक्न भएन।
    हातेमालो गर्दै अगाडि बढेमा देशको,
    मुहार फेर्नको लागि अब चुक्न भएन।
    पकृति जोगई राख्न मूल सुक्न भएन।

    ✍️सीता शर्मा, बिरगंज।
    ……………………………………………

    पञ्चाङ्ग   [४०]

    कहिले   पनि   चुक्नु हुँदैन हामी ।
    अनावश्यक   भुक्नु   हुँदैन हामी।
    आर्काको लागि राम्रो सोचिनु पर्छ,
    बैरी भए   त  झुक्नु  हुँदैन  हामी ।
    काम  भएमा रुक्नु    हुँदैन हामी।

    ✍️मिराज लुइटेल , काठमाडौं ।
    ……………………………………

    पञ्चाङ्ग   [४१]

    काम गर्दा कहिले पनि चुक्नु हुँदैन ।
    कुरा सुन्नू बढी त्यत्तिकै भुक्नु हुँदैन ।
    पछिको पछुतो भन्दा अहिले सोच्ने हो,
    बिग्रिन्छ भनेर डरले रुक्नु हुँदैन ।
    अनावश्यक कसैसंग झुक्नु हुँदैन ।

    ✍️नवराज भट्ट, महेन्द्रनगर कञ्चनपुर ।
    ……………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २६ सम्पन्न

    दाङ औषधि व्यवसायी संघद्वारा गुरुकुलमा सहयाेग

  • २५ पुष २०७९, सोमबार २०:४७ मा प्रकाशित
  • पाैष २५, चाैघेरा दाङ । नेपाल औषधि व्यवसायी संघ( NCDA) दाङ शाखाले आफ्नाे स्थापना दिवसकाे अवसरमा गोरखनाथ वैदिक गुरुकुल, दाङलाई खाद्यान्न सहित नगद सहयोग गरेको छ ।

    दाङ जिल्लाको श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठ घाेराही-१७ चाैघेरामा विगत ३ वर्षदेखि सञ्चालित उक्त गुरुकुलमा NCDA ले गुरुकुलकै प्राङ्गणमा पुगेर नगद रकम रुपैयाँ ६ हजार सहित ८ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको थियोे ।

    NCDA का अध्यक्ष वि पि पाैडेलले गुरुकुल जस्तो पवित्र संस्थालाई सहयोग गर्न पाउँदा आफू निकै खुसी भएको विचार व्यक्त गर्नुभयो ।

    सहयोग हस्तान्तरण कार्यक्रम NCDA का उपाध्यक्ष मदुसुदन पाण्डे, महासचिव श्याम गिरी, सचिव सुनिल रेग्मी, सह-काेषाध्यक्ष राजीमान, सदस्य महेन्द्र रावत तथा प्रदेश सदस्य ध्रुव रावत र संघका पूर्व अध्यक्ष/सल्लाहकार डा.प्रदिप याेगी लगायतका व्यवसायीहरूकाे उपस्थिति रहेकाे थियाे ।

    कार्यक्रममा दाङ औषधि व्यवसायी संघ परिवार सहभागी भएर गुरुकुललाई खाद्यान्न सामग्री सहित नगद सहयाेग गर्नु भएकाेमा गुरुकुल पूर्व अध्यक्ष प्रकाश भट्टराईले आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रममा वटुकहरूले सबैकाे सुख, शान्ति तथा उन्नति प्रगतिका लागि स्वस्ति वाचन गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दाङ औषधि व्यवसायी संघद्वारा गुरुकुलमा सहयाेग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P