
१.
शङ्का
कालो बादल
निस्पट्ट अँध्यारो खाडल !
२.
शिशिर
कठ्याङ्ग्रीएकाे बस्ती
प्रकृतिले हानेको झापड !
३.
आशा
अमर अजर
हरदम सम्भावनाकाे नजर !
४.
नदी
निरन्तर बहने
बनेको कञ्चन जल !
५.
लालीगुराँस
भीरकाे शाेभा
जगमग फूलको गुच्छा !
- भवानी घिमिरे
सर्लाही

१.
शङ्का
कालो बादल
निस्पट्ट अँध्यारो खाडल !
२.
शिशिर
कठ्याङ्ग्रीएकाे बस्ती
प्रकृतिले हानेको झापड !
३.
आशा
अमर अजर
हरदम सम्भावनाकाे नजर !
४.
नदी
निरन्तर बहने
बनेको कञ्चन जल !
५.
लालीगुराँस
भीरकाे शाेभा
जगमग फूलको गुच्छा !

काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ७२ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको २० औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
तिमीले खायौ हिजोसम्म, आज मेरो पालो,
मिलीजुली नै जनतामा, फ्याक्नु पर्छ जालो ।
✍️ वसन्त अनुभव

[१]
पालै पालाे मिलिमिली देश लुट्दै जानुपर्छ,
कानुन बनाउने हामी नै हाे कस्ले के गर्छ ?
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[२]
खाने मात्रै कुरा तिम्रा केही त गर्देउ विकास,
ऋण थुपार्छौ जनता माथी देउ छिटो निकास।
पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
पनौती न.पा.-३,काभ्रे
[३]
सके जति खानुपर्छ, फुटे भुँडी फुट्छ,
सिलाऔँला फुट्यो भने खुटेपछि जुट्छ ।
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[४]
तिमी हामी मिलिजुली नै देश लुट्ने ठाउँ,
देश लुटी सकेपछि त हामी अन्तै जाउँ ।
💕बेदु न्यौपाने काठमाडौ💕
[५]
पाएसम्म खानुपर्छ है, समय हुँदै आज,
भेटेसम्म खाने हामी, हामीलाई के को लाज ।
प्रदीप के रिमाल
इटहरी -८ सुनसरी
[६]
हाम्रो देश बनिसक्यो लुटी खाने भाँडो,
यस्तालाई सबै मिली कटाउ है डाँडो।
ललिता अभागी
सुनकोशी५सिन्धुली
[७]
हामी नै संसद देशका लुट्ने वरिष्ठ नेता पनि,
देश तहसनहस पार्न बाँकी कहाँ राख्छौ अनि।
हरिनारायण चौधरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[८]
लुटेको नै होस् आफूसँग पैसा भएकै राम्रो,
जे गर्छौ सफल हुन्छ राजनीति पनि हाम्रो।
दस्ता कौशिक
पाँचथर।
[९]
मिलीजुली यिनीहरू खेलिरहन्छन् सधैं खेल,
जनता मिली नधपाउन्जेल गर्छन् जालझेल।
म्यामराज राई
हतुवागढी,भोजपुर
[१०]
जनता बाठो भए, हटाउन्छन् अब जालो,
फेरि गाउँमा गयौ भने घसी दिन्छन् कालो
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[११]
हिजोसम्म भनेर कहाँ हुन्छ जतिसक्दो एक्लै हो खाने,
आफू खाएर जनतालाई झुटो आश्वासन तिर लाने ।
अनिश बाबू उपाध्याय
पाँचथर
[१२]
जतिसुकै गरेपनि रोइ कराइ नेताले टेर्दैनन्,
जनताको पीडा र छट्पटी मरिकाँटे पनि हेर्दैनन् ।
गोमा गुरागाई इटहरी – २
[१३]
ढिला किन नेता साथी आऊ आजै जुटौँ,
बाडीचुडी खानुपर्छ देशलाई लुटौँ ।
✍ नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[१४]
भोलि यो सत्ता नरहला हसुर्छु भेटेजति,
पचाउन नसके घरै डाक्टर कति कति।
अनिल खग्रास
फनपा ९ पर्वत
[१५]
घरकाे खाई सकियाे अब अरूसँग मागाैँ,
बिराेधी जन बढे घेरै घर बेचेरै भागाैँ ।
निरज कोइराला
[१६]
रोडबाट करोड भएँ, यस्तै धन्दा गरी,
आफूलाई हाइ सुख छ, यो जिन्दगी भरि।
घनश्याम पौडेल
सृजना चोक, पोखरा
[१७]
नातागोता पैसावाला जाऔँ टिप्दै नाम,
सबै खाले पद भरौँ ढुक्क आफ्नो ठाम।
मनोहरी पौडेल
गैडाकोट १, नवलपुर
[१८]
आलोपालो मिली खाऊ तिम्रै भयो बिर्ता,
होस् गर जनताले कुट्दै गर्ने छन् फिर्ता।
लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे
[१९]
सबै मिलौ खुसी पारौँ जनता हसाउँने,
सत्ता छ प्यारो, तिम्रो हाम्रो भाँडो कमाउँने ।
होम प्रसाद
धरान,सुनसरी ।
[२०]
हिजो अस्ति तिम्रो पालो अब मेरो पालो,
सकेजती लुटने हो फ्याकेर भ्रम जालो ।
कमला देवकोटा, पाल्पा
[२१]
जहिल्यै तिम्रो मात्रै हालीमुहाली गर्ने देश,
अहिले मेरो पालो सपार्नु परेको छ भेश।
भगवती दवाडी ,दमक
[२२]
मै खान्छु मै लाउँछु तिमीलाई के को पीर,
खान नपाए कहाँ हुन सक्छु र म धीर ।
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[२३]
तिमी कुटे झैँ गर , म रोए झैँ गर्छु,
म र तिमी आलोपालो ढुकुटी भर्छु ।
बिके माकजु , भक्तपुर ।
[२४]
जब फिजाउँछन् उनले दम्भ स्वार्थको जालो,
जुट्नु र उठ्नुपर्छ समाउन अब कठालो ।
प्रेम थापा
[२५]
देश खाने धमिरा हो कुटु-कुटु खाऊ,
कहाँ कस्ले कति खाने मिली पालो लाऊ ।
रामजी लामिछाने
[२६]
जतिसक्दो खानुपर्छ पाए जति सारा,
हाम्रा लागि उभिनेछन् तिनै सर्वहारा ।
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा
[२७]
हामी भ्रष्टाचार सधैँ गर्ने,
आफ्नो खल्ती मात्र हामी भर्ने ।
साहित्य प्रेमी श्री लिम्बू ( प्रयासी)
पाँचथर
[२८]
खाइदेऊकाे संस्कार हुर्कियो यो देशमा हलहली,
खान नपाउनेको चित्र आउँछ आँखामा झलझली।
दीपक ठटाल जलन
खरसाङ।
[२९]
सहिदले देखाएको बाटाे भुल्याै दाजै ,
रगतले सिंचाएकाे माटाे पुर्याै आजै ।
रामकृष्ण दुवाडी
[३०]
धुर्त नेताको भयो देश, संसद अनि कानून,
जनताले अब भोट हाल्दा धुर्त साधु जानून।
बिके मुखिया
दार्जीलिङ भारत।
[३१]
जसरी नि जनतालाई नियत रैछ मार्ने,
साँचिलो भई सदैव गोहीको झैँ आँसु झार्ने ।
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[३२]
त्यसै भन्या होइन रहेछ लुट्न सके लुट,
कसै गरे भ्रष्टाचारीलाई दिने हैन छुट ।।
गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका
[३३]
कमाइ खाने भाँडो भयो राजनीतिक खेल,
आलो पालो लुट्नु पर्छ सबैलाई पुगुञ्जेल ।
सरस्वती वली
बर्दिया
[३४]
जनतालाई भेडा बनाई मुखमा बाँधी टालो,
भागबण्डा मिलाई खानुपर्छ गर्दै आलोपालो ।
बिबस पारदर्शी
भद्रपुर – २ ( झापा )
[३५]
पहिले त लुटे आफैले देश रित्तियो के गरूँ,
अब कमिसनमा ल्याउँन थाले अंग्रेजहरू।
सुरेशकुमार पान्डे
दाङ घोराही१८
[३६]
मिलेर खायौ या छलेर खायौ देश यो सिध्दियो,
लुट्नुसम्म लुट्यौ सारा ढुकुटी आज त्यो रित्तियो ।
सुर्य मणि रेग्मी
चितवन
[३७]
मैले पिटे जस्तो तिमी रोए जस्तो गर,
अहिले म पेट भर्छु, पछि तिमी भर ।
इन्दिरा देवकोटा
[३८]
पुरानालाई माँस्ने भन्थे आफू बन्न रहेछ,
सामन्तका नयाँ रुप फेरिनलाई रहेछ।
अमर सन्तती
[३९]
भाग्यले पाएको हो यो कुर्सी र लगाएको यो बर्दी,
पाइयो घुस अनि झ्वाम्म खाइयो लाग्दैन कि सर्दी
ओमकुमारी बन्जारा रानाभाट
सामाखुसी काठमाडौं
[४०]
म रोए तिमी फकाऊ, गर्नुपर्छ पालो पालो,
जनतालाई यसैगरी, फिजाऔँ हाम्रो जालो ।
बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा
[४१]
खानु खायौ देश भण्डारनै पार्ने गरि रित्तो,
काम केही भएन ठ्याप्पै बिकास छैन बित्ताे।
बिमला पौडेल
भरतपुर ७ कृष्णपुर
[४२]
हिजो पनि लुटेकै थियो, आज पनि लुट्छौँ,
ढुकुटी त हाम्रो बिर्ता हो आनन्दले भुट्छौँ।
लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
[४३]
बेचिसके नेताहरुले नदी चुरे डाँडो ।
जति लुटेपनि नपुग्ने कस्तो रैछ भाँडो ।
चुडामणी ध्रुव देवकोटा
सुर्य नेपाल सिमरा बारा
[४४]
झुकेको छैन अहिले नेपाली जनता वीर,
बैरीको सामुन्नेमा गएर नटेकाऊ शिर ।
अम्विका अधिकारी
झापा बिर्तामोड
[४५]
कस्तो मज्जा आलोपालो घुमिघुमी खाने,
फेद देखि टुप्पैसम्म आफ्नालाई लाने।
दुर्गा आचार्य
मोरङ
[४६]
आफ्नो मात्र पालो नसम्झ नेता जनता रुवाएर,
भोलि अरुको पालो आउँदा छोड्लान नी डुबाएर ।
तारा घिमिरे संखुवासभा
[४७]
राजनीति गठबन्धन सत्ता चलाई मिलिजुली खाने,
समावेशीको नाममा आफ्नै श्रीमतीलाई कुर्सीमा लाने ।
राम कुमारी खडका
तुल्सिपुर उ न पा १९ बिजौरी , दाङ्ग ।
[४८]
खानलाई लुछाचुँडी गर्छाै पालाे हाली,
देशै टाट पल्टाउने फटाहा र जाली ।
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[४९]
मैले खाए तिमी खाऊ नमानी डर रत्तिभर,
चोख्या भनेर फाल्दै गर नत्र भुँडी फुट्ने डर।
मन्दिरा सेढाई
मलेखु,धादिङ
[५०]
देश लुट्ने लुटेरा हाे मिलीजुली खाऊ,
कस्को कति भाग लाग्छ बराबर लाऊ ।
दुर्गा भट्टराई
मोरङ
[५१]
राष्ट्रका अध्यक्ष भई दिए फरार,
जन्ता अब कहाँ गई माग्ने गुहार ।
संझना कुसुम
[५२]
तिमीले देश सिध्याई सक्यौ अब मेरो पालो,
सबै मिली गर्नुपर्छ है देशमा धन्दा कालो।
निर्मला शाही ठकुरी
दैलेख
[५३]
हाम्रै पालो पुग्या छैन, अरु कसलाई दिनु,
भ्रष्ट गरि कमाएकै छ, कोसँग पर्छ लिनु ।
जमुना आचार्य
सिन्धुपाल्चोक
[५४]
खाँदै गर पालैपालो फ्याक्दै गर जनतामा जालो,
मरेको जनता जागेको दिन चैँ दलिदिन्छ कालो।
अरुण कुमार भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[५५]
कति खान्छौ खाऊ मनपरि गरेर खाऊ,
तिम्रै छ पालो जनतामा भ्रम छरी खाऊ ।
सुरेश विश्वकर्मा
डोटी
[५६]
कति दिन फ्याँक्दो रहेछौ मिलीजुली जालो,
आउने छ निमुखाको नि एक दिन पालो ।
रचना शर्मा प्रतीक्षा
ललितपुर ।
[५७]
जालझेल कस्ताे राजनीतिक खेल ,
अब जनताकाे पालाे, पाराैँ है फेल ।
प्रद्युम्न चालिसे
[५८]
मेरो देशको राजनीतिक देखेर आफैँ दु:ख लाग्दो,
कठै हाम्रा नेताको दुर्गतिदेखि मनमा मायाजाग्दो ।
विक्रम तिरुवा सलिन
जुम्ला
[५९]
लाज छैन सरम छैन पालैपालो लुटमार,
गतिहीन देशद्रोही लाइ थुक्नु पर्छ खकार ।
जि कुमार गौतम
(भद्रपुर -१) पृथिविनगर झापा
[६०]
तिमीले खायौ मेची र कोशी म खान्छु महाकाली,
पालो आउँदा लुट्नुपर्छ राख्न हुन्न हात खाली।
गणेश तामाङ वाइबा
ताल्ती,धादिङ नेपाल।।।
[६१]
फेरि पनि आउँन लाग्यो निर्वाचनको पालो,
कोही पनि नपर्नु है लोभ लालचको जालो ।
माहादेब भट्ट
दशरथ चन्द नगरपालिका 01 गुरुखोला कलौन बैतडी
[६२]
जनता धेरै बाठा भए अब सक्दैनौं लाउन जालो,
चुनाव आयो भनी भोट माग्न गए घस्छन् उल्टै कालो।
सरस्वती श्रेष्ठ
इटहरी
[६३]
चुनाव आउँदा हात जोडी गाउँघर सँगै धाउँला,
मिलीजुली राज्यकोषको ढुकुटी बिस्तारै सकाउँला ।
सुमिना तिमल्सिना
चाँगुनारायण 8 भक्तपुर
[६४]
लुट्नु जति लुटिसके अझैँ कति लुट्छ्न्,
बाउको पार्टी नमिले छोरा आई कुट्छन्।
निरु भट्ट
सुर्नया३बैतडी
[६५]
खाऊ खाऊ खानुपर्छ भुँडी फुटुञ्जेल,
यस्तै गरि खेलिन्छ राजनीतिकाे खेल।
मित्र गौतम `उराठी´
अमरपुर,गुल्मी हाल तिलाेत्तमा न पा-२
[६६]
पालैपालाे मिलीजुली खानुपर्छ बाँडीचुँडी ,
नेतृत्व तहले पैला भर्नुपर्छ आफ्नाे भुँडी।
रामकृष्ण रिजाल
बागलुङ
[६७]
राज्यसत्ता चलाउँनु, मिलेमतो गरी,
दुनियाँ सबै घुम्ने छन् हाम्रै वरिपरि ।
कर्ण दयाल
मेलौली नगरपालिका ७, बैतडी
[६८]
राम्रा राम्रा पहिरन गरी उनी आएका,
चिन्ने गाह्रो बनाउन अनुहार भ्याएका।
पौडेल विमुन्स
💕 पोखरा कास्की 💕
[६९]
कहिले मेची खायो कहिले खायो काली,
आलोपालो सबै जनाले इज्जत फाली।
राम रावल सागर
कैलाली
[७०]
भ्रष्टाचारको कालो धन बिदेश पुगे देश लुटे,
कालाे धन्दा गरेका नेताकाे छाेरा जेलबाट छुटे।
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[७१]
पालो मिलाई मिलाई देशलाई लुटलाट गरौँ,
कानुन हाम्रै हातको मैलो, आफ्नो गोजी टन्न भरौँ।
अच्युत घिमिरे
भुटान
[७२]
आलोपालो गरी खाऊ हुन्छ तिम्रै दिन गनाइ,
कहिलेकाही त सुन्ने गर जनताको भनाइ ।
धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
जय टुक्का ! जय साहित्य !!

साताका तीन लघुकथाको चौथो शृङ्खलामा निम्न लघुकथाकारहरूका तीन लघुकथाहरू छनोट गरी प्रकाशन गरिएको छ ।

✍️ दीपक लोहनी
उस्ले आफूलाई ऐनामा हेरी, नदी झैँ एउटा सफेद सिउँदो तालुबाट निधारसम्म बगेको थियो । अनुहारभरी केही किरिङ मिरिङ धर्साहरू थिए । पीडा, रहर र चाहनाहरूको, तर सब अस्पष्ट ।
उस्ले कोठाभरी हेरी, अभाव भरिपूर्ण थियो ।
हेरी- भित्तामा ।
भर्भराउँदो एउटा जवान लोग्नेको तस्बिर, झण्डासहित् भित्तामा झुण्डिएको थियो ।
उसको बोली मौन थियो । टोलाउनु सिवाया कुनै नित्य कर्म थिएन । हेर्नु सिवाय केही थिएन ।
हेरी पुलुक्क टिभीमा ।
एउटा राजनेता भनाउँदो कुर्लिरहेको थियो-
“हाम्रा सहिद महान छन् । यिनै सहिदहरूका देनबाट नै हामीले यी सम्पूर्ण परिवर्तनहरू पाएका छौँ ।”
ऊ जुरुक्क उठी । लोग्नेको तस्बिरसँगै झुण्डिएको झण्डा तानी र धुजा धुजा पारी । बर्षौं देखिको उसको आक्रोश त्यही झण्डामा झुण्डिरहेको थियो ।
@कुरिलो घर
काठमाडौं ।

✍️ अनन्त राज उपाध्याय
कोइली बैनीले काग दाइले अँध्यारो मुख लाएर बसेको देखेर सोधिन् “ किन काग दाइ ! मुख त निन्याउँरो देख्छु, नि ! “
“कोइली बैनी ! तिम्रो शरीर पनि चिल्लो र चिटिक्क परेको छ, स्वर पनि मीठो र मनमोहक छ । तिमीलाई सबैले मन मराउँछन् । आफुलाई त बोल्यो कि खेद्छन् ।” कागले खिन्न मानेर भन्यो ।
कोइली बैनीले सान्त्वना दिदै भनिन् “ यो प्रकृतिको संरचना हो । यसमा दु:ख वा हर्ष मान्नुपर्ने कुरै छैन। तपाईँले दाइ ! समाजमा फालिएका फोहोरहरूलाई खाइदिएर समाजलाई रोगमुक्त पार्नु हुन्छ । त्यसैले तिहारमा दाइको पूजा गरिन्छ । आफ्नो त कसैले पूजा गर्दैन।”
कागले भन्यो “ सायद मैले फोहोर कुराहरू खाएकोले मेरो स्वर खस्रो र नमीठो हुन गइ मलाई कसैले मन पराउँदैन। तिमी त मीठा – मीठा फलहरू खान्छ्यौ, अनि तिम्रो स्वर सबैले मन पराउँछन् । यहीँ कारणले म नेपाली नेता र कर्मचारीहरूलाई भन्छु नराम्रा कुराहरू; घुस, नजराना, चन्दा, बक्सिस केही नखानू । ती सबै कसैगरी पनि गन्हाउँछन् र तिमीहरूलाई कसैले मन पराउँदैनन् ।”
कोइलीले भनिन् “ तर पूजा त हुन्छ नि !”
कागले सोध्यो “ के ले ? हातले कि लातले ?”
हेटौडा

✍️ प्रभादेवी पौडेल
नव विवाहित भाउजूलाई देवरले भन्यो – “पर्सि मेरो चितवनको साथीको बिहे हुँदैछ, साच्चि हजुरको माइती कहाँनेर रे भाउजू ?”
उनले खुशी हुँदै भनिन् – “हुन्छ जानुहोस् बाबु भेटघाट पनि हुन्छ र हजुर आएको देखेर बाआमा निकै खुशी हुनु हुनेछ, त्यहीँ चौबिस कोठी झरेर पूर्व तर्फको बाटो समाउनु, पाँच मिनेटमै घर आउॅछ, अनि बाबु चोकमा गएर विद्युतमा काम गर्ने महेश्वर भट्टराईको घर भनेपछि जस्तै आँखा नदेख्नेले पनि देखाइदिन्छ।”
भाउजूका कुरा सुनेपछि ऊ मख्ख परेर बिहेमा गयो। पुग्ने बित्तिकै बिहे घरमा हाजिर भएर एउटा साथी लिएर भाउजूको माइतीमा गयो। ज्वाई नानी भनेर उनीहरूले निकै सम्मान गरे। खानपिन पछि भाउजूका बाले भन्नुभयो,-” बाबु बेलुका फर्कदा कतिबेला हुन्छ, बिहे घरमा घन्च मन्च सहनु भन्दा सुत्न यतै आउनु नी ।” यो कुरा सुनेर ‘हुन्छ नी बा ! आई हाल्छौ’ भनेर उनीहरू गए । बिहेमा उसका साथीहरू धेरै भेटिए। बेहुली लिएर फर्कदा निकै अबेर भएको थियो । ऊ र उसका साथीहरू दुलही भित्रिन नपाउॅदै दाइको ससुराली तिर लागे।
उनीहरू मस्तसँग निदाइ रहेका थिए । दश/दश जना साथी छोरीको देवरले भोकै लिएर आएपछि आमा बिरामी भएपनि टाउकोमा फेटा बाँधेर खाना पकाउन थाल्नु भयो। बाले आफूलाई नभएर पनि ओढ्ने ओछ्याउँने ब्यवस्था गर्नुभयो। रातभरी उनीहरू गुनगुन, गफ गर्ने हाॅस्ने गरेर घरका कोही सुत्न पाएनन्।
भोलिपल्ट भोज सकेर ऊ घर गयो र आमालाई भन्यो,-“आमा भाउजूका माइती त त्यति हुनेखाने त लागेन।”
“कोको गएका थियौ र बाबु?”
“हामी दश जना थियौ आमा।” उसले कुरा सक्न नपाउॅदै सबै सुनिरहेकी हजुरआमाले जर्कदै भन्नुभयो,- “बाबु उनीहरूको दोष होइन तैँ बेवकुफ होस्। बिहेमा गएको मान्छे त्यत्रा साथी बटुलेर भोकै आधा रातमा जानु हुन्छ? अनि जाडोको महिना घरकालाई बाहेक फाल्तु दश दश जोर ओढ्ने ओछ्याउँने कसका घरमा हुन्छ? आफ्नै घरमा पनि बिचार गर ? तँ त छोरो मान्छे, भान्छा उम्किए पछि पाहुना आउॅदा कति तनाव हुन्छ भन्ने कुरा त हामी छोरी मान्छेलाई मात्रै थाहा हुन्छ। त्यसैले बुद्धि भएको मान्छे कसैको घर पाहुना हुन जाँदा यी कुरा बिचार गरेर मात्र जानुपर्छ बाबु।”
भरतपुर

काठमाडौ, माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३८औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

[१]
पशुपंक्षी
हाम्रा गुरुहरू
मायालु शान्त व्यवहार !
[२]
जोडी
वन चरीका
माया अनेक थरिका !
[३]
जीवन
जिउने जोडी
कस्तो राम्रो परेवाको !
[४]
आहा
जोडी ढुकुर
सुन्दर प्रेमको प्रतीक !
[५]
सुन्दर
जोडी ढुकुर
माया पिरती उधुम !
[६]
उभयचर
अतृप्त प्रेम
उत्तम मानवेतर सन्देश !
[७]
हागाँमा
जाेडी ढुक्कुर
प्रेमकाे सन्देश प्रवाह !
[८]
ढुकुर
प्रेमका प्रतीक
आत्मिक मायाको पाठ !
[९]
पशुपंक्षी
माया कतिकति
शंका हुदैन रत्ति!
[१०]
जोडी
प्रेममा मस्त
प्रेमिल सन्देश प्रवाह !
[११]
प्रेम
जाेडी ढुकुर
सुन्दर बासस्थानकाे खाेजी!
[१२]
चराचुरुङ्गी
जन्मैबाट जाेडी
मृत्युसम्म अटुट सम्बन्ध!
[१३]
आत्मीयता
धर्तीमा जीवनको
अटुट अविछिन्न जगतको !
[१४]
ढुकुर
हाँगोमा बसी
देखायो प्रेमकाे महत्त्व !
[१५]
ढुकुर
साथमा प्यारी
प्रेमालाप सहित भलाकुसारी !
[१६]
प्रेम
मायाको सागर
देखियो ढुकुरमा अपार !
[१७]
ढुकुर
प्रेमिल जोडी
हाँगामा अडिएको संसार !
[१८]
ढुकुर
प्रेमको प्रतीक
गुँड बनाउन अल्छी!
[१९]
हाँगा
प्रेमिल जोडी
माया पिरतीका कुरा !
[२०]
ढुकुर
सुन्दर जोडी
मायाको बर्को ओढी !
[२१]
हाँगामा
जाेडी ढुकुर
अतृप्त प्रेमी मायामा ।
[२२]
ढुकुर
प्रेमिल जोडी
अटुट प्रेम खोजी!
[२३]
डालीमा
ढुकुर जोडी
रमेका संकोच छोडी !
[२४]
एकान्त
बस्यो हाँगामा
मायाको प्रतीक ढुकुर !
[२५]
पाठशाला
ढुकुर जाेडी
माया प्रेमका प्रतीक !
[२६]
मिलेर
बसेको चरी
माया मन भरी
[२७]
प्रेम
सांसारिक रित
जीवन जीउने सहारा!
[२८]
प्रीति
जीवन आधार
सर्वत्र सुन्दर संसार !
[२९]
पिरती
आत्मिक बन्धन
सुन्दर ढुकुर जोडी!
[३०]
सौम्य
भाव आत्मीय
ढुकुरको प्रेमिल उदाहरणीय !
[३१]
ढुकुर
भाले पोथी
प्राकृतिक प्रेम जोडी !
[३२]
ढुकुर
जहिल्यै जोडी
प्रेम गर्न सिकाउँछ!
[३३]
ढुकुर
एकान्तमा रमेका
प्रेमको उदाहरणिय जोडी !
[३४]
आहा!
ढुकुर जोडी
गर्दैछन् प्रेमका बात !
[३५]
रुखमा
जोडि ढिकुर
आहा प्रेमिल हजुर!
[३६]
प्यार
चुच्चोमा ठुँगेर
गर्दै प्रदर्शन अपार !
[३७]
प्रकृति
प्रेममय छहारी
देखाउँदै निरन्तर पियारी !
[३८]
दुई
सकारात्मक
फुलेकाे चैत बैशाख !
[३९]
ढुकुर
प्रेम गर्दै
मायाको पाठ छर्दै !
[४०]
माया
ढुकुरको कस्तो
भावनाले भरियको जस्तो!
[४१]
ढुकुर
प्रेमिल जोडी
रमाउदै रूखको डालीमा !
[४२]
प्राणी
माया विना
जिउन प्राय: असम्भव !
[४३]
ढुकुर
शान्तिको प्रतीक
प्रेमिका जोडी सधैं!
[४४]
प्रेम
हार्दिकताको कसी
दुई अन्तरात्माको मिलन !
[४५]
प्रतीक
चोखो मायाको
सुन्दर ढुकुर जाेडी !
[४६]
प्रेमिल
परेवा जोडी
सांसारिक बन्धन तोडी !
[४७]
ढुकुर
बनमा रमाउँदै
उदाहरणीय प्रेमिल जोडी !
[४८]
प्रेम
एक आपसमा
साटासाट गर्दै जोडी !
[४९]
सम्बन्ध
प्रेमिल मिठास
छरेर विश्वमा सुवास !
[५०]
ढुकुर
जोडी हाँगामा
रमाँउदै एक अर्कामा !
[५१]
प्रेमालिङ्गन
चखेवा जोडी
प्रेमको अजस्र उद्गार !
[५२]
प्रेम
चखेवा जोडी
मायालु स्पर्श गर्दै !
[५३]
प्रेममा
रमाई बसेका
ढुकुर जोडी हाँगामा !
[५४]
आगमन
ऋतुराज बसन्तको
मधुमास प्रेमिल जोडीहरूको !
[५५]
चखेवा
मायामा तल्लीन
मनमोहक बनाउछन् रङ्गीन !
[५६]
हाँगा
जहिल्यै पन्छीलाई
बस्न दिन्छ सहारा !
[५७]
प्रेम
मायाको गाँठो
मिलन दुई आत्माको!
[५८]
माया
ढुकुर जोडी
एक साथ अङ्कमाल !
[५९]
दाेपाया
प्रेमिल जाेडा
मनाउन हनिमुन तगडा !
[६०]
माया
ममताको प्रतीक
आहा सुन्दर तस्बिर !
[६१]
प्रेमिल
एकान्तमा रमाउदै
प्रेमको उदाहरण छर्दै!
[६२]
माया
जोडी ढुकुर
देखेर दिल आतुर
[६३]
ढुकुर
प्रेम प्रतीक
आत्मीय सम्बन्ध नजिक
[६४]
ढुकुर
जाेडी डालीमा
अमर माया लालीमा !
[६५]
प्रतीक
सुन्दर जाेडी
स्वतन्त्र प्रेम खाेली !
[६६]
रूख
प्रेमिल वार्तालाप
ढुकुर जोडीको मिलाप !
[६७]
विश्राम
एक जोडी
न्यानो घाममा आराम !
[६८]
मनको
ढुकुर जोडी
निस्वार्थ भाव तनको !
[६९]
जङ्गल
प्रेमिल जोडी
दुई आत्माको मिलन !
[७०]
परेवा
प्रेमिल जोडी
उल्लासमय आदर्श पल !
[७१]
प्रेमालाप
दाम्पत्य सादर
जीवनमा खुसीकाे आधार !
[७२]
प्रकृति
प्रेमिल जोडी
सच्चा जीवन दर्शन !
[७३]
ढुकुर
दुई प्रेमिल
मायाको मीठो आभास !
[७४]
रुख
आकाश छुने
ढुकुरको प्रेमिल वार्तालाप!
[७५]
ढुकुर
प्रेमको प्रतिक
एक अर्कामा भलाकुसारी!
[७६]
प्यार
उज्यालो जीवन
उच्च कोटिको यात्रा!
[७७]
सुन्दर
जोडी ढुकुर
रक्षा गर भगवान !
[७८]
सुन्दर
जोडी ढुकुर
सँगसँगै डालीमा बसेका !
[७९]
प्रेमासक्त
मायालु जाेडी
परम आनन्द अनुभूति!
[८०]
चरी
मन भरि
आनन्द प्रेमिल जाेडी !
[८१]
माया
डुब्दै जोडी
ढुकुर रुखको डालीमा !
[८२]
पन्छी
जोडी ढुकुर
प्रेमिल जीवनको प्रतिक !

पञ्चाङ्ग चित्रपट : भाग: ०३
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७८/१०/२०
प्रशिक्षक :
सुशीला पौडेल
सविता के.सी.
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीवार
चित्र सङ्कलक :
रामराजा के.सी.
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरु
हार्दिक नमस्कार ।
हामी साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको तेश्रो शृङ्खलामा छौँ । यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
चित्रपट
———-

एकान्त उजाड नै मन परेको छ मलाई
गाउँबाट जंगल तिर झरेको छ मलाई
पुर्पुरोमा हात राखेर सोच्न बाध्य भइयो
अरुले होइन आफन्तले गरेको छ मलाई
त्यसैले कालोबादलले घेरेको छ मलाई।
मानवताको सम्झौता भित्र सायद तिम्रो नाम छैन
रुखमुनी बसिरहेको छौ घरमा तिम्रो काम छैन…?
कवि हौ तिमी कुनै रचना गर्नलाई मस्त छौ यहाँ…?
जाडोले घाँम तापेको भनुँ त यहा कुनै घाम छैन
भन किन यहाँ एक्लै बसेको कित तिम्रो ठाम छैन ..?
✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
हेलामा परे पनि सरल मनको लचिलो डोरो म त
तनले र मनले जनाउनुछ नेपालकै छोरो म त
प्राण रहुन्जेल कसैको साथ होस् अथवा एक्लै रहुँला
अनुहार कालो भए पनि ज्ञान सिकाउने गोरो म त
ल हेर्नुस् त विकल्प र गन्तव्य बिना कै एकोहोरो म त ।
✍️प्रेम थापा, बागलुङ
कल्पनामा तिम्रै बाटाे हेर्दै हेर्दै बसेँ,
आशामुखी सासहरु फेर्दै फेर्दै बसेँ।
रात दिन एकै भयाे तिम्राे साथ छुटेदेखि
मन मुटु तिम्रै यादले बेर्दै बेर्दै बसेँ ।
विरहका गीतहरु केर्दै केर्दै बसेँ।
✍️ चन्द्रावती अधिकारी बाँके कोहलपुर
प्रकृतिको काखमा दु:ख पिर साट्दै मन भुलाएछ
डुब्दै सौन्दर्यमा आकाश छाना मुनि तन भुलाएछ
एकान्तको प्रेमी ऊ त एक्लै बसी मनमनै गुम्दो हो
आफन्तले दिएको चोट सबै सम्झी जन भुलाएछ
धर्ति पो अङ्कमाल गर्दै कल्पनामै धन भुलाएछ ।
✍️सरिता काफ्ले कोहलपुर बाँके
रुन्न भन्छु मान्दै मन पनि कस्तो चोट परेको छ
सोध्नु छ यी आँसुलाई कुन पीडाले झरेको छ?
एक्लै बसी मनका पीडा धेरै खोजे लुकाउन
आफैंलाई थाहा छैन किन कस्ले यस्तो गरेको छ
नयनमा साउने भेल सधै भरि नै झरेको छ
✍️चेतना पोखरेल , मोरङ
कालो बादल मडारिए झै मन भएको छ
सितलता विहिन वृक्ष झै तन भएको छ
सब जन को नजरमा विक्षिप्त देखिन्छ ऊ
सिङ्गो मानव बस्तीमा एक्लो झन भएको छ
उस्को दुःख वेदना नबुझ्ने जन भएको छ।
✍️पद्मा रिजाल- बाँके
पात झरेको नाङ्गै रहेछ ओत लागेको रुख पनि
नदेखिने गरी घोप्टिएका छौ किन आफ्नै मुख पनि
प्रकृतिले दिएका रात र दिन भोग्नै पर्छ मान्छेले
यसरी एकान्तमा बसेर कहाँ भेटिन्छ सुख पनि
कराएरै हिँडे सधैँ लेखेपछि मेटिन्न दुःख पनि
✍️सविता के.सी. काठमाडौं
बासको ठेगान छैन अोत लाग्ने रुखको पात छैन
खाने गास छैन ढुक्कसँग निदाएको त्यो रात छैन
सुखदुःख केहि हैन अौकातको छैन कुनै पर्वाह
भन्थे मानवता भन्दा ठूलो त अर्को कुनै जात छैन
यो स्वार्थी दुनियाँमा कुनै सेवामूलक जमात छैन।
✍️निर्मला सुवेदी,बागलुङ ।
कल्पना छन् मनमा विभिन्न सजिएका रात पाउने आसमा,
जीवन भर तिम्री हुँ हरेक मोडमा हात पाउने आसमा।
एकान्त ठाउँमा बसेर रङ्गिन सपना बुनेकी छु मैले धेरै
तिम्रो सम्झनामा एकोहोरी नै भए मत साथ पाऊँने आशमा
कति टाढा मन उडेको छनै चङ्गा सरि नाथ पाउने आसमा।
✍️दुर्गा आचार्य , मोरङ
आज मलाई एकान्तमा एक्लै पारी छोडिदेऊ भन्छु
मैले लाएको माया बिर्सिएर अन्तै मोडिदेऊ भन्छु
यी रुख अनि पातसँग म मितेरी लाउँदै छु साथी
नछुट्टिने बाचा र कसम तिमीले तोडिदेऊ भन्छु
रुख सुके नि जाग्न सक्छ पानी हाली गोडिदेऊ भन्छु ।
✍️सरस्वती श्रेष्ठ इटहरी
झमझम चिसो पानी पर्दा तिमी याद आयौ
एक्लो जिन्दगीमा आँसु झर्दा तिमी याद आयौ
उजाड छ जिन्दगी पात झरेको रूखजस्तै
गाउँबेसी मेला एक्लै गर्दा तिमी याद आयौ
आफ्नै छाया हेर्दै खोली तर्दा तिमी याद आयौ
✍️पुष्पा नेपाल (सुवेदी ),इलाम
शिशिरकाे पत्झड र उजाड भयाे जिन्दगी
खुसीकाे अासमा टाेलाउँदै गयाे जिन्दगी
ग्रहण लागे झैँ सँधै अन्धकार भयाे हेर
सहनै नसक्ने दुःख र पीडा पायाे जिन्दगी
के गरूँ सुख खाेज्दै दु:ख तिरै धायाे जिन्दगी।
✍️रामराजा के.सी. काठमाडौं
हार आफैँसँग खाएर होला, विकल्प देख्दिन ।
चोटमाथि चोट पाएर होला, विकल्प देख्दिन ।
कहिले आफैँलाई मार्यौ जस्तो लाग्छ, किन होला ?
आफू सधैं एक्लो लागेर होला, विकल्प देख्दिन ।
भगवानले नि चाहेर होला, विकल्प देख्दिन ।
✍️केशब न्यौपाने, नुवाकोट
अथाह पीडा बोकेर टोलाएको छु मौनतामा रुदैँ
भोकै प्यासै रुग्ण ज्यान लोलाएको छु मौनतामा रुदैँ
कोरोना कहरले आफन्तका लास बोकी म एक्लो छु
उराठ वृक्ष झै मन डोलाएको छु मौनतामा रुदैँ
यमराज सामु मृत्यु बोलाएको छु मौनतामा रुदैँ।।
✍️लक्ष्मी प्रसाद फुयाल
मोरङ पथरी शनिश्चरे
पीर~वेदना चैँ सस्तो भयो,
जीवन मेरो खै कस्तो भयो?
बूढो रूख बिना छहारीको
हेर्दा पनि उजाड् जस्तो भयो,
जीन्दगानी मेरो यस्तो भयो।
✍️अरुण कुमार भुजेल
ऊ कसैको यादमा बसेको छ ।
निधारमा खरानी घसेको छ ।
जिन्दगी नबुझेर हिँडेको हो ,
घर छोडी जङ्गल पसेको छ ।
लाग्छ प्रेम कुण्डमा खसेको छ ।
✍️आर्त अकुलीन, कैलाली
शक्तिहिन हुँदै गयाे ।
बुढ्याईले छुदै गयाे।
मेरा सवै पात झरे ।
अब दिन रुदै गयाे ।
शिशिरले धुदै गयाे ।
१
सवैकाे सहारा बन्न सक्थे
हरियालिले म रम्न सक्थे ।
शरदेले मलाइ रङ्ग्यायाे ।
वसन्त आउला भन्न सक्थे ।
पात भरिए त जम्न सक्थे ।
२
✍️ मधुसूदन प्रसाद घिमिरे
मैले रुखसँग प्रेम लाएको छु।
म कसैको मायामा हराएको छु।
मेरी उनिको प्रतीक्षामा जहिले,
एकान्तमा आँसु बगाएको छु।
जिन्दगीका सपनामा रमाएको छु।
सुशीला पौडेल , काठमाडौं
गोरूबथान,कालेबुङ्ग,भारत।

१.
राजनीति
सत्ताको खेल
जहाँ पनि जालझेल !
२
नयन
दृश्य अवलोकन
जीवनयापनमा अनेक मन्थन !
३.
प्रकृति
सुन्दर दृश्य
प्रकृतिको हनोहर सम्पत्ति !
४.
चन्द्रमा
पूर्णिमा व्रत
शुभ फलको आशामा !
५.
प्रेम
मायाको संसार
विश्वासमा बाँच्ने आधार !

१.
धुवाँ
आगाे दाउरा
मान्छे गाउँबस्तीकाे आभाष !
२.
राजनीति
सत्ताकाे खेल
हरेक ठाउँमा जालझेल !
३.
लालिमा
सूर्याेदयकाे तयारी
संसार अन्धकार मुक्त !
४.
बाँसुरी
कृष्णलाई प्याराे
कर्णप्रिय जादूकाे छडी !
५.
काेपिला
खुशीकाे आशा
आकाशबाट फूलहरुकाे वर्षा !
६.
नयन
प्रकृतिकाे दर्शन
अक्षर ग्रन्थहरुकाे मन्थन !
७.
चन्द्रमा
पूर्णिमाकाे व्रत
कालाे दागकाे कष्ट !
८.
पक्षी
आकाश विचरण
आफ्नै उड्ने साधन !
९.
सर्प
मान्छेकाे डर
बाँच्न दुलाेकाे भर !
१०.
कागती
अमिलाे रस
भाेजनकाे स्वादिलाे फल !
नवराज भट्ट
महेन्द्रनगर, कञ्चनपुर

१
सुमन
सुगन्धित साैन्दर्य
स्निग्ध स्वच्छ माधुर्य !
२
फूल
फुल्नु झर्नु
जीवनकाे तिताे यथार्थ !
३
जिन्दगी
अनिश्चित अस्थाई
सबैले भाेग्नैपर्ने नियति !

१.
प्रकृति
आफ्नै कर्म
निरन्तर नछाड्ने धर्म !
२.
खहरे
पानीको भेल
फुर्तीमा सकिने खेल !
३.
बिहानी
उदाउँदो रवि
फिँजाइ सुनौलो छवि !
४.
दिन
अँध्यारोकाे लाेप
चौतर्फी उज्यालोकाे साम्राज्य !
५.
काँडो
जन्मदै तीखो
कसैले नलगाउने साँध !

✍️ आर्त अकुलीन
नेपाली साहित्यमा कविताको एक लघुत्तम उप-विधाको रुपमा ‘उदक’ देखा परेको छ । ‘उदक’ संस्कृत भाषाको नाम शब्द हो । ‘उदक’ नेपाली भाषामा तत्सम शब्दको रुपमा प्रयोगमा आएको छ । ‘उदक’ को शाब्दिक अर्थ जल अर्थात् पानी हुने गर्दछ । उदक लेख्ने लेखक/स्रष्टालाई उदककार वा उदक यात्री भन्ने गरिन्छ ।
पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा क्रमशः एक वटा, दुई वटा र तीन वटा शब्दको प्रयोग गरी विषयवस्तुको उठान, व्याख्या र निष्कर्षमा पुर्याइने कविताको उप-विधाअन्तर्गत काव्यको एक लघुतम रूप नै ‘उदक’ हो ।
नेपाली माटोमा जन्मेर उदाएको ‘उदक’ अनौपचारिक रुपमा लेखन कार्यको थालनी बि.सं. २०७७/०६/२३ देखि भएता पनि संरचनात्मक रुप धारण गरेपछि सामाजिक सञ्जाल मार्फत् औपचारिक रुपमा यस विधाको सुरुआत बि.सं. २०७७/०६/२७ गतेको दिन भएको हो ।

नेपाली हावापानी तथा उर्वर भूमिमा जन्मेका नेपाली साहित्यमा कविताको एक सशक्त उप-विधा ‘उदक’को सुरुवातकर्ता आर्त अकुलीन हुनुहुन्छ । उहाँद्वारा लिखित प्रथम उदक निम्न बमोजिम उल्लेख गरिएको छ :
/ उदक /
तलाउ
विचलित माछा
माझी दाइको जाल !
विषयवस्तु वा भाव, भाषा, शैली, लय, बिम्ब, प्रतीक आदि ‘उदक’का संरचक घटकहरु हुन् भने ‘उदक’का विशेषताहरु अन्तर्गत विशिष्टता, सङ्क्षिप्तता, पूर्णता, व्यापकता, हार्दिकता आदि पर्दछन् ।
कविताको उप-विधाको रुपमा रहेको ‘उदक’को बाह्य संरचनात्मक ढाँचाअन्तर्गत तीनवटा पङ्क्ति हुने गर्दछन् । जसअन्तर्गत पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्द रहने गर्दछन् । पहिलो पङ्क्तिले परिचय अर्थात् विषयवस्तुको उठान गर्दछ । दोस्रो पङ्क्तिले विषयवस्तुको व्याख्या गर्दछ भने तेस्रो पङ्क्तिले विषयवस्तुको बैठान अर्थात् निष्कर्षमा पुर्याउने कार्य गर्दछ । ‘उदक’मा अक्षर गणना हुँदैन ।
उदाहरण :
/ उदक /
दौँतरी ——————- एक शब्द — विषय उठान
उकाली ओराली ——- दुई शब्द — विषयको व्याख्या
वर पीपल चौतारी ! — तीन शब्द — विषयको निष्कर्ष
त्यसै गरी ‘उदक’को आन्तरिक संरचनामा विषयवस्तु वा
भाव र भाषाशैलीय विन्यास मुख्य रुपमा आएका हुन्छन् । सुन्दर तरिकाले विषयवस्तुको उठान गर्दै उत्कृष्ट तरिकाले भाव उत्कर्षमा पुर्याउन सकेको खण्डमा उदक एक नमुना योग्य बन्न सक्दछ । जीवन र जगतका भोगाइका अनुभूतिहरु ‘उदक’मा आउने गर्दछन् ।
उदाहरण :
/ उदक /
जवानी ——————– एक शब्द — विषय उठान
शीतको थोपा ———— दुई शब्द — विषयको व्याख्या
चिता जलेर खरानी ! — तीन शब्द — विषयको निष्कर्ष
एउटै वाक्यलाई खण्ड – खण्ड गरेर वा व्याकरण विपरित अलग – अलग शब्दलाई जोडेर उदक रचना गर्नु हुँदैन । उदक सिर्जनाका क्रममा एउटै वाक्यलाई भाँचेर अर्थात् टुक्रा पारेर र पृथक शब्दलाई संयोजन गरेर लेख्दा यसको मर्म विपरित हुन जान्छ ।
यस तथ्यलाई उदक स्रष्टाहरुले चिन्तन र मनन गर्नु अति असवश्यक छ । ‘उदक’ रचना गर्दा अन्तिममा आवश्यकता अनुसार लेख्य चिन्हको प्रयोग उचित मानिन्छ ।
काव्यात्मक सौन्दर्य खातिर विषयवस्तुलाई पूर्णता दिन बिम्ब, प्रतिक, अलङ्कार आदिको समुचित प्रयोग अति आवश्यक मानिन्छ । त्यसैले उदकमा पनि यस तथ्यलाई हार्दिक मनन गर्दै स्रष्टाले उदक सिर्जना गरेको खण्डमा उदक उत्कृष्ट हुन सक्दछन् ।
‘उदक’ले साहित्यमा अभिधार्थभन्दा पनि व्यञ्जनार्थ र लक्षणार्थ शब्दशक्तिमा जोड दिन सकेको अवस्थामा सुनमा सुगन्ध हुने गर्दछ । नेपाली साहित्यमा कविताको उपविधाअन्तर्गत ‘उदक’ सुरु भएको केही समयमै सयौं स्रष्टाहरुले ‘उदक’ लेखन कार्य थाल्नुभएको छ ।
‘उदक’लाई काव्यिक विधाअन्तर्गत लघुतम रूपको मान्यता दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानले २४ नम्बरमा दर्ता गरेको छ ।
‘उदक’को संरक्षण तथा सम्वर्धनमा खातिर यसबारे छलफल गर्न ‘उदक संवाद समूह’ नामक मेसेन्जर ग्रुप र ‘उदक साहित्य यात्रा’ नामक फेसबुक पेजमा जोडिन हार्दिक अनुरोध छ ।
‘उदक’ को विकास, संरक्षण तथा सम्वर्धनमा अग्रजहरुको सल्लाह र सुझाव सहित स्रष्टाहरुको सामूहिक एकता हुनु आवश्यक देखिन्छ ।
( लेखक कविताको उपविधा ‘उदक’ प्रवर्तक हुनुहुन्छ )