काठमाडौ, ७ जेठ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३४औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३४औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
जित्दैमा मात्तिनु हुन्न, हार्दैमा आत्तिनु हुन्न, बिर्सेर मतभेद थाल्नु पर्छ, सम्बन्ध तुन्न । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] जहिल्यै फरक हुन्छ नेताको व्यवहार बोली, अकालमा मर्न बाध्य छन् आर्तहरू आजभोलि । ✍️ संझना कुवर
[२] जितेपछि कोही-कोही नेता त मातिन्छ, चुनाव आउने बेलामा फेरि तातिन्छ? ✍️ बि.कुलुङ दार्जिलिङ
[३] कोसिस गरि राख्नुपर्छ हुनलाई, नरोकिइकन उद्देश्य छुनलाई । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[४] जसोतसो चुनावलाई जिती मैदानमा आएको, देख्न नपरोस् कागज मिलाएर बजेट खाएको। ✍️ शंकर कार्की थाहा,३ मकवानपुर ।
[५] हार्नेले पाठ सिकोस् जित्नेलाई गरि आदर, जित्ने नमात्तियोस् व्यवहारमा रहनु भर । ✍️ होम प्रसाद नेउपाने धरान।
[६] हारजित जे भएनी मन बाँध्नु पर्छ, अन्तर्घात आफ्नैबाट अरूले के गर्छ । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी, हाल प्रवास
[७] चुनावमा मात्र हो पार्टीको हिसाब, तत्पश्चात त जित्नेको छुट्टै किताब। ✍️ बिके माकजु , भक्तपुर ।
[८] जित एक परीक्षा हो अनि मूल्याङ्कन, हार एक अनुभव हो अनि मन्थन । ✍️ प्रेम थापा “मन”बागलुङ
[१०] प्रतिस्पर्धा हो हारजित हुन्छ, जित्ने खुसीले हाँस्छ हार्ने रुन्छ। ✍️ तारा घिमिरे सङ्खुवा सभा
[११] चरित्र राख शुद्ध, बन, मह दिने माैरी, गाेजी भरे, भेटाैँला फेरि, पाँच वर्षे लाैरी । ✍️ निरज काेइराला इटहरी १६
[१२] जितोन्माद मात्र होईन समृद्धिको कोर खाका, सुन्दर, हराभरा हुँदै जाओस् हाम्रो गाउँ पाखा । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६, दोलखा ।
[१३] नेताहरू जहिल्यै कुर्सी मात्र ताक्छ्न्, अनाहक जुलुसले सडक ढाक्छन् । ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी कालेबुङ
[१४] मत जित्नेले अहङ्कार नपाले हुन्छ, यो हो तिम्रो परीक्षा, मन जित्न सक्यौ भने उत्तीर्ण हुन्छौ यो नै तिम्रो लागि शिक्षा। ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ कौशलटार, भक्तपुर
[१५] जनताले दिएको अभिमतको कदर गर्न सिकून्, भ्रष्टचारको दलदलमा फसेर अब चैँ नबिकून्। ✍️ बिबस पारदर्शी भद्रपुर – २ झापा
[१६] हार्ने जित्ने दुबै मिलीमिली खाऊ, पाँच वर्ष पछि भोट माग्न आऊ। ✍️ बिके मुखिया सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।
[१७] खानुसम्म खायौ हेर देश खौरीखौरी, होश गरे आउँदै छ पाँच वर्षे लौरी । ✍️ बेदु न्यौपाने भोजपुर, निवास काठमाडौ
[१८] जाे जेबाट जिते पनि अब बन्नु साझा, राम्रो काम गरे, जनले मान्ने छन् राजा। ✍️ मित्र उराठी गाैतम
[१९] खेलको मैदान उत्रिएपछि हेर एकले जीत खान्छ, विजेताले समान व्यवहार गरे उसले पनि मान्छ । ✍️ भगवती दवाडी झापा
[२०] कोसिस गर्ने मान्छे महान, विकास तर्फ नै जाओस् ध्यान । ✍️ अनिल प्रसाद यादव रुपन्देही
[२१] हार अनि जीतलाई सामान्य सम्झनु पर्छ, यस्तै सोच राख्ने व्यक्ति प्रगति सदैव गर्छ। ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[२२] नारा थियोे समृद्धि र सुखी तर्फ खट्ने, गर काम दुनियाँकाे दुःख दर्द घट्ने । ✍️ रामकृष्ण दुवाडी पाेखरा ।
[२३] चुनावले ल्याएको झगडा चुनावले समाप्त गरोस् जित्न नसकेर तथानाम गर्ने त्यो अकालमै मरोस् । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२४] एक नहारे अर्कोको जित कहाँ हुन्छ, हार्नेको एकदिन भगवानले सुन्छ। ✍️ सुरेखा चाम्लिंग भक्तपुर
[२५] लडाइँ हामी बिचको, जित हाम्रै भाछ यहाँ, स्थान हामी सबैको हो, आश्रित छौ तिमी जहाँ। ✍️ प्रदीप के रिमाल
[२६] हारजितको खेल रहेछ चुनाव, आऊ हातेमालो गरौँ, रिसराग छोडी देश विकासतिर मिलिजुली अघि सरौँ । ✍️ बुद्धिमान दनुवार कनकाई नगरपालिका ४ झापा
[२७] चुनाव अघि पार्टीको थियौ जितेपछि जनताको, स्वच्छ छवि बनाए तिम्रै मान्छे बन्छन् पार्टी जताको। ✍️ म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
[२८] किमार्थ नगरौँ हारजितमा आतिने र मात्तिने, हो चुनाव लड्ने सम्बन्ध तोड्न चाही किन तात्तिने? ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[२९] राजनीति सेवा पाे हो त मेवा नखाेज्नु हाेला, भलाे गर्नै जन्म लिएको हो मानिसको चाेला । ✍️ रामप्रसाद पुरी ऐसेलुखर्क २, बादेल,खाेटाङ
[३०] यसको उसको नभएर बिन्ती हाम्रो बनिदेऊ, खराबलाई खराब, राम्रोलाई राम्रो भनिदेऊ । ✍️ वसन्त अनुभव घोराही, दाङ
[३१] देशको समुन्नत विकास गर्न सबैले बढाउनु हात, बहुदलीय गणतन्त्रको हुदैन कुनै राजकीय जात । ✍️ जि कुमार गौतम भद्रपुर -१ पृथ्वीनगर झापा
[३२] हारजित मैदानको परिणाम भयो, कोही हारेर चिसो कोही जितेर गयो। ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही१८
[३३] जितेर मात्र हुदैन् उपलब्धि योगदान देऊ, विकासलाई अगाडि बढाउने कसम लेऊ । ✍️ अम्विका अधिकारी झापा विर्तामोड
[३४] जय पराजय जे भएनि चुनावमा पर्छ सहनु, त्यागेर आपसी वैमनष्यता मिलेर बसी रहनु। ✍️ रामकृष्ण रिजाल बागलुङ
[३५] जीतहार खेलकाे हाे नियम कुर्सी मात्र ठूलाे हैन , जनसेवा गर्नेले अहम् झिकेर बसे त काम छैन । ✍️ प्रद्युम्न चालिसे
[३६] अनेकौँ नारा हुन्छ विभिन्न पाटिकाे भित्र, जितेपछि नेताले देखाउँछन् आफ्नो चित्र। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[३७] मैदानमा पुगेपछि हारजित अवश्य हुन्छ, मान्छेले बिर्सिए यति कुरा पछुताएर रुन्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ
[३८] दल मात्र त फरक हो एजेन्डा सबले एउटै बोकेका, जस्तो नारा भएपनि देश विकासको समर्पण घोकेका । ✍️ जमुना आचार्य सिन्धुपाल्चोक
[३९] आगामी साल फेरि तिम्रो पालो हाँस्नेछ मुहार, हेर्नेछौँ हामी बस्ती र गाउँमा हुन्छ के सुधार । ✍️ सुर्यमणी रेग्मी
[४०] जित्दैमा मात्तिनेहरू, हार्दैमा आत्तिनेहरू, अब जाऔँ गाउँतिर , भोकै बसौँ मरौँ बरू। ✍️ गुणनिधि घिमिरे अमेरिका
काठमाडौ, ७ जेठ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
Social media
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] मोबाइल देखासिकी प्रचलन केटाकेटीको सेल्फीको रहर ! ✍️ गुणनिधि घिमिरे अमेरिका
साताका तीन लघुकथाको पन्ध्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका चुनाव विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (हाम्रा बा’को भोट कस्ले खसाल्यो?, हैकम र चुनाव) छनोट गरी प्रकाशन गरिएको छ।
१] लघुकथा : हाम्रा बा’को भोट कस्ले खसाल्यो ?
✍️ चिन्तु गिरी
कुरो त्यस्तै सतचालीस पछिको हो । बिहान मैले मत खसालेर घर फर्केँ। खाना खाएर ४:३० तिर फेरि उहीँ बुथमा पुगेँ । समय सकिन केही बेर थियोे । एकातिर चर्को चर्को आवाज आयो ।म त्यतैँ लागेँ । आठ/दश जना खैलाबैला गर्दै थिए । एउटा रिसले चिच्याउँदै थियो ” छत्तीस सालमा बितेका हाम्रा बा’को भोट कसले खसाल्यो ?” स्याङ्जा
२]लघुकथा: हैकम
✍️ विनाेद नेपाल
स-साना कुरामा पनि सधैँको कचकचले हैरान भएपछि उनीहरू बसेर आ-आफ्ना कुरा राख्ने, सरसल्लाह गर्ने र आइन्दा यस्ता समस्या दाेहाेरिन नदिने निर्णयमा पुगे।
निर्धारित समयमा बैठक सुरु भयाे । पहिले जेठाेले आफ्ना कुरा राख्ने सहमति अनुसार उनले कुरा थाले । पत्नीले उनका कुरा ध्यानपूर्वक सुन्न थालिन् ।
उनी घडी हेर्दै बाेल्दै गरिरहेका थिए । अरूलाई बाेल्ने समय नै नदिई आफूमात्र बाेलिरहेका उनी लामाे समय धाराप्रवाह बाेले । बाेल्नुपर्ने बाेलिसकेपछि घडी हेर्दै एकाएक राेकिए ।
‘हजुरकाे बाेल्नु,भन्नुपर्ने सबै सकियाे जस्ताे छ’ पत्नीले भनिन् ‘अब त म बाेल्न पाउँला नि हैन् ?’
‘माैन अवधि सुरु भयाे’ उनले भने, ‘अब बाेल्न मिल्दैन, आचारसंहिता लाग्छ ।’ २०७९।०१।२७
३] लघुकथा – चुनाव
✍️ मिसु श्रेष्ठ
‘कस्तो जमाना आयो है ! सानो खर्चले नजितिने।´ ‘त्यही त, यी पैसामा बिक्ने नेपाली जनताहरू !’ ‘जनताको बानी बिगार्ने यिनै नेता त हुन् नि !’ ‘बाध्यता छ नि यार ! अरुले खर्च गरेपछि आफूले नगर्दा मत प्रभावित भइहाल्ने।’ नेताले तितो ओकल्यो।
‘ल ल ढुक्क भएर बस्नु । हाम्रो गाडीले यथेष्ट मतदाता ओसारी सकेको छ । सब तयारी पूरा भयो । जित पक्का !’ नेतालाई धाप मार्दै निकटस्थ कार्यकर्ताले आश्वासन दियो ।
“चुनाव आइरहोस् ! रङ्गीचङ्गी मान्छे देख्न पाइने । गाउँमा चहलपहल पनि बढ्ने । यस्तै भइरहे त बाँदर, मृगले बाली क्षति नि गर्दैनथ्यो । जताततै गाडी !” बूढो स्वर सुनियो । “अँ त्यसमाथि जता जाँदा नि पैँसो नलाग्ने ।” “ह्या बूढी ! त्यस्तो नि सधैँ होला त !? चुनाव सकेपछि पैसा त लागिहाल्ला नि ! गाडी त चल्ला के !?” बुढोले आशङ्का व्यक्त गर्यो।
“हैन बुढा ! तिमीले त पैसा लिन्नौ जस्तो लाग्या’थ्यो।” “यी पैसा धेर भएकाहरू ! हामीले मागेका हौँ र छिँढीसम्म आएको लक्ष्मीलाई अवहेलना त गर्नुभएन नि ! फेरि नलिए पनि कसले पत्याउँछ र ?” “भोट त यिनैलाई हाल्यौ त ?” “यिनले हात समातेका छन् र ! गोप्य मतदान हो, मन परेको ठाउँमा हालिन्छ नि !” पिँढीबाट कानमा ठोक्किएको आवाजले नेताजीको कदम टक्क अडिए। काँडाघारी, काठमाडौँ
काठमाडौ, साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको ३३ औँ शृङ्खला २०७८ बैशाख ३१ गते शनिवार सम्पन्न भएको छ ।
टुक्का अभियन्ता तथा बरिष्ठ टुक्काकार वसन्त अनुभवले नियमित रुपमा सञ्चालन गर्दै अाउनु भएकाे याे कार्यक्रम विशेष कारणवस याे पटक अनुभव उपस्थित हुन नसक्नु भएकाे हुँदा टुक्का कविताका परिकल्पनाकार तथा टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे संयाेजन र प्रशिक्षणमा सञ्चालन भएकाे थियाे । याे अभ्यास शृङ्खला टुक्का साहित्य समाजको आयोजनामा नियमित सञ्चालन हुँदै आएको छ।
अभ्यासमा ५१ जना टुक्काकारहरूको सहभागिता रहेको थियाे । अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक चापागाईंले जनाउनुभयो ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्र्याउने सिलसिलामा यस्ता टुक्का लेखन अभ्यास शृङ्खला सञ्चालन गरिदै आएका छन् ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको ३३ औं शृङ्खलाको लागि टुक्का कविताका परिकल्पनाकार तथा कार्यक्रम संयाेजक चापागाईंले समसामयिक विषयमा लेख्नु भएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको थियाे ।
अभ्यासका लागि राखिएको टुक्का
राम्रालाई भाेट भन्थे हाम्रै छानियाे, नुनकाे साेझाे गर्नु रे त्यही मानियाे । ✍️ ताराप्रसाद चापागाईं
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] भाेट हाल्दा हाेस भएन केले भुलायाे, जालझेल प्रलाेभनले मन डुलायाे । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी, हाल प्रवास
[२] बुझ्नुपर्यो नि भोट दिनेले, को हाम्रा को राम्रा कठै हाम्रो देश, जहाँ रहन्छन् सबैका हाम्रा । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[३] हालियो भोट औँलामा कालो पारेर समृद्धि ल्याउनु खोला नाला तारेर। ✍️ बिके मुखिया सिग्रीमताम बस्ती, दार्जीलिङ, भारत।
[४] आफ्नो भने सोझो पन सिधा परियो, जता नोट त्यतै कुदि गोजी भरियो। ✍️ दुर्गा आचार्य मोरङ
[५] विडम्बना यस्तो नै छ हाम्रो देशमा सर्कस देखाउने ले जित्छ रेसमा । ✍️ जि कुमार गौतम भद्रपुर -१ पृथिविनगर झापा
[६] राम्रा छान्दै भाेट दिँदा उत्साह र जाेस् हाम्रा ती पाखा लागुन् पक्षपात नहाेस् । ✍️ कमला देवकाेटा पाल्पा
[७] ककसले नोट दियो उही छानियो, रक्सी मासु खान दिने आफ्नो मानियो। ✍️ लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
[८] भोट पनि जनताको लागि विडम्बना बन्यो भोटकै बेला कसले कसको खोइरो खन्यो । ✍️ दीपक ठटाल जलन खरसाङ।
[९] नुनको सोझो गर्दा गर्दै गरीब मर्ने भयो, जे गरेनी ताला चाबी उस कै हातमा गयो। ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[१०] हालियो भोट मान्छेहरू छानी, राम्रो माथि पुग्दैन भन्ने जानी । ✍️ भगवती दवाडी झापा
११] नाेटले गोजी भरिदिए आफ्नै त हुन् भनि छानेँ एकछाक पेट भरिदिए भगवान झैँ मानेँ । ✍️ सुमिना तिमल्सिना चाँगुनारायण ८ भक्तपुर
[१२] मासु भात खान दिए टन्न खाएर आइयो एउटा भोट बेच्दाखेरि पैसा पनि पाइयो। ✍️ ओमकुमारी बन्जारा काठमाडौँ
[१३] मान्छे हेर्दा भलाद्मी खराब छरे बानी राम्रा भन्दा हाम्रा भने आफैँलाई हानी । ✍️ तारा घिमिरे संखुवासभा
[१४] राम्रा भने पनि दुई दिनमा उस्तै हुन्छ कालो मैलो लागे सरकारी नुनले धुन्छ। ✍️ अनुग्रह राना मगर ‘पुस’ संखुवासभा हाल मलेसिया
[१५] वृद्ध बिधुवा अपाङ्गलाई सहारा दिने जस्को नारा थियो आफ्नो गाउँ आफै बनाउ भन्दै फेरी कस्ताे अभिभारा दियो। ✍️ लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी शनिश्चरे
[१६] लिनु अघि सबै राम्रा, वचन मिठो गुलियो , स्वार्थ पुरा भैसकेपछि तिम्रा कुरा भुलियो। ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी
[१७] राम्रोलाई भोट हालियो नुन खाईएन, नराम्रोलाई चै फालियो गुण गाईएन । ✍️ बिबस पारदर्शी भद्रपुर झापा
[१८] नुनकाे साेझाे गर्नेहरू मासु भात खाए पाँच वर्ष अब यिनले राम्रै लात पाए । ✍️ गणेश तिमल्सिना गति धनुषा
[१९] हालियो भोट सोच विचार गरेर नगम्किनु जनताकाे गाेजी भरेर । ✍️ अम्विका अधिकारी झापा विर्तामोड
[२०] चुनाव अवधिमा बर्सिरहेकोछ घुस्सा अनि लात देश बिगार्नमा सबैभन्दा ठुलो जनताको छ हात । ✍️ बि.कुलुङ दार्जिलिङ, भारत
[२१] भोट पाइने खातिरले पैसा छरियो नुनको सोझो गरेर लातमा परियो । ✍️ बेदु न्यौपाने भोजपुर हाल काठमाडौ
[२२] राम्रो हैन हाम्रोलाई जिताउनुस् भुँडी भर्ने आए उल्टै बिताउनुस् । ✍️ साधना पौडेल रगनी एक ओखलढुंगा ।
[२३] आयो देशमा पञ्चवर्षीय मेला यत्रतत्र पैसा कुम्ल्याउने बेला । ✍️ मिसु श्रेष्ठ काँडाघारी , काठमाडौं
[२४] जे जे भन्यो आज नेताजी, जनले खुरुखुरु माने भोलि नमस्कार भन्दा तिनै टाउको बटार्दै जाने। ✍️ राम रावल सागर कैलाली
[२५] धन हुनेहरूले त पाए भोट, एक भोटको हजारौँ थिए नोट। ✍️ जगत थापा बझाङ्ग
[२६] राम्रो भन्दा पनि हाम्रो भन्ने चलन भयो, त्यसैले त देश आर्थिक संकटमा गयो । ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही १८
[२७] बाध्यतामा परे होलान् कसैको होला रहर, कहर फालिदिन्छु भन्ने पक्कै पुगे शहर। ✍️ म्यामराज राई भोजपुर
[२८] हाम्रा को हुन् राम्रा को हुन् चिन्नै गाह्रो भयो हाम्रा हुन् कि राम्रा हुन् कि यौटा भोट गयो । ✍️ गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका
[२९] राम्रो चुन्ने भन्दा भन्दै निर्णय गरेर हाम्रैलाई रोजियो, ईश्वर सामु हुँदा हुँदै मन्दिरमा गएर मूर्ति खोजियो। ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[३०] मन परेकालाई मतदान दिइयो मेरो छनोटकाे मनमा शान्ति लिइयो । ✍️ रचना मोक्तान ‘यात्री’ काभ्रे ।
[३१] राम्राे मान्छे काे हाे भनी थिएँ अलमल, गाेजि ताताे पारि दिए भयाे झलमल । सुशीला पौडेल