• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

बुद्ध जयन्तीकाे अवसरमा “विशेष टुक्का लेखन श्रृङ्खला-३६” सम्पन्न

  • ३ जेष्ठ २०७९, मंगलवार ०९:३० मा प्रकाशित
  • काठमाडाैँ, 
    जेठ २, गाैतम बुद्ध जयन्तीकाे विशेष अवसरमा २०७९ जेठ २ गते टुक्का साहित्य समाजकाे आयाेजनामा “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३६” सम्पन्न भएकाे छ । 

    टुक्का पाठशालामा सञ्चालन भएकाे उक्त कार्यक्रमकाे संयाेजन तथा प्रशिक्षण टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंले गरेका थिए । कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट ७० टुक्काकारहरूकाे सहभागिता रहेकाे उक्त कार्यक्रममा सहभागी टुक्काकारहरूले बुद्धाेपदेश, अहिंसा, शान्ति तथा गाैतम बुद्धकाे जन्म जयन्ती सम्बन्धी सुन्दर  टुक्का कविताहरू सिर्जना गरेका थिए । 
    कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईंले मानिस सर्वश्रेष्ठ प्राणी भएकाेले हामीहरूले सम्पूर्ण मानव जगत् लगायत चराचर जीवहरूकाे हक, अधिकारकाे रक्षा गर्दै सुख, शान्ति, संवृद्धी का लागि विशेष भूमिका खेल्नु पर्ने कुरामा जाेड दिँदै २५६६ ओैँ गाैतम बुद्ध जयन्ती तथा बैशाख पूर्णिमा काे अवसरमा शान्तिका प्रतीक गाैतम बुद्ध जन्मिएकाे हाम्राे देश नेपालमा दिगाे शान्ति हाेस् भन्दै विश्वभरबाट सहभागी भई सुन्दर टुक्काहरू सिर्जना गर्ने टुक्काकारहरू, टुक्का प्रेमीहरू तथा देश विदेशमा रहनु हुने सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेका थिए ।  

    अभ्यासका क्रममा सङ्कलन गरिएका गाैतम बुद्ध जयन्ती सम्बन्धी  टुक्का कविताहरू

    [१]
    १.
    शान्तिका अग्रदुत गाैतम बुद्ध एशियाका तारा
    बुद्ध दर्शनकाे ज्ञान पाई सुखी भाे संसार सारा ।
    २.
    हत्या हिँसा त्यागेर आउ शान्ति खाेज्दै बढाैँ,
    दुखबाट मुक्ति बुझ्न बुद्धाेपदेश पढाैँ ।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास

    [२]
    १.
    अहिंसाका पुजारी हुन् गाैतम बुद्ध उनै ,
    अकालमा प्राणत्याग नगरुन् जीव कुनै ।
    २.
    हत्या हिंसा काटमारले हुदै हुन्न भलाे ,
    नैतिक शिक्षा संस्कारले चाेख्याउनु थलाे ।
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा

    [३]
    १.
    सिद्धार्थबाट बुद्ध भए बोधिवृक्षको शीतलतामा
    कोसिस गरौँ हामी पनि बुद्ध झैँ बाँच्न निश्छलतामा।
    २.
    लुम्बिनीमा जन्मिए बुद्ध नेपालको नाम राख्दै
    आत्म-शान्ति पाए धेरैले नै उनको वाणी चाख्दै।
    ✍️ दीपक ठटाल जलन
    खरसाङ

    [४]
    १.
    शान्तिको सन्देश पुराउनै पर्छ है घर घर,
    गौतम बुद्धको अनुसरण गरौँ वरपर।
    २.
    नेपाल हाे महान दार्शनिककाे जन्म थलो,
    बुद्धकाे विचारधाराले भयाे जगत भलो।
    ✍️ सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [५]
    १.
    बुद्ध जन्मेको देश तर अशान्ति छायो
    विकास गर्ने पैसा जति नेताले खायो ।
    २.
    संसारमा फैलाउॅ बुद्धको शान्ति सन्देश
    बचाएर राखॅौँ है हाम्रो भाषा अनि भेश ।
    ✍️ राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरंग हाल- प्रवास

    [६]
    १,
    शान्तिको दुत बनेर जन्मिए गौतम बुद्ध,
    बुद्धको जस्तै हामी पनि बनाउँ मन शुद्ध।
    २,
    सत्मार्गमा हिडौँ सबले बुद्ध जस्तै ज्ञानी,
    बनौन सबै हामी पनि बुद्धकाे झैँ ध्यानी।
    ✍️ लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [७]
    १.
    ज्ञानले नै बनाए बुद्धलाई एशियाको तारा,
    शान्तिदूत बुद्ध जगमगाए विश्व भरी सारा।
    २.
    अहिंसा, शान्ति, प्रेमले जितिन्छ संसार बुद्धको ज्ञान,
    मानव भएपछि मानवमा हुनुपर्छ स्वाभिमान।
    ✍️ शरद प्रधानाङ्ग
      विराटनगर -७

    [८]
    १.
    एसियाका तारा तिमी नेपालीका शान,
    व्यक्तिगत सुख त्यागी उच्च पार्‍यौ मान ।
    २.
    अहिले पनि खाँचो छ आऊ फर्केर बुद्ध ,
    पारिदिनु छ तिमीले सबैका मन शुद्ध ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ ।

    [९]
    १.
    शान्ति परम धर्म भन्ने जो थिए
    एशियाका तारा भनेर चिनिए ।
    २.
    सुख-शान्ति चाहने थिए एक बुद्ध
    आज मै हुँ भन्नेहरू गर्दछन् युद्ध।
    ✍️ परिक्रमा श्रेष्ठ
    धरान- सुनसरी ।

    [१०]
    १.
    बुद्धकाे संसारमा आज बुद्धुहरूकाे संख्या बढ्याे,
    शान्तिकाे खै के अपेक्षा गराैँ? अशान्तिको पाराे चढ्याे।
    २.
    बुद्ध पथमा हिड्याैँ भने शान्तिकाे मुहान भेटिन्छ,
    युगाैँ देखि अतृप्त प्यासीकाे तिर्खा सहजै मेटिन्छ।
    ✍️ मित्र उराठी गाैतम
    अमरपुर- गुल्मी
    हाल: तिलाेत्तमा न पा -२, रुपन्देही

    [११]
    १.
    शान्ति फैलाइ रहनु देशमा बुद्ध आएर
    सधैँ सुखी जीवन बिताउनु खुसी पाएर ।
    २.
    सहिदकाे रगतले लेखेकाे याे देशकाे माटोमा
    जनता चाहन्छन् बुद्धलाई भ्रष्ट नेताको साटोमा ।
    ✍️ अम्विका अधिकारी
    झापा विर्तामोड

    [१२]
    १.
    ध्यानबाट आफूलाई चिने, सिके त्याे गूढ ज्ञान,
    ‘एसियाकाे प्रकाश’ भई बने सिद्धार्थ महान ।
    २.
    पञ्चशील नै जीवनकाे, अभिन्न मन्त्र हाे जान,
    जन्मेपछि मर्नुपर्छ सबले, यै सत्य विज्ञान ।
    ✍️ गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [१३]
    १.
    शान्ति प्रिय नेपालीका अग्रदुत बुद्ध
    फेरि जन्मिएर आऊ देश छ अशुद्ध ।
    २.
    एसियाका तारा तिमी सर्वसम्मत तिम्रो भावना
    पच्चिस सय छैसट्ठीऔँ जयन्तीको शुभकामना ।
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [१४]
    १.
    ज्ञान ध्यान शान्ति पाउन शुद्ध चित्त राखौँ,
    बुद्धत्व रसास्वादन एक पटक चाखौँ।
    २.
    आफूलाई पहिला चिन्नु संसार बुझ्न खोज्दा,
    डुबिदैन भवसागर बुद्धत्व ज्ञान रोज्दा।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१५]
    १
    हरेक मन मस्तिष्कमा बुद्धत्वले  बास गरोस् ,
    शान्ति, सद्भाव अहिंसाको प्रेमिल सुवास छरोस् ।
    २
    जपतप ज्ञान ध्यानले चित्त सदा शुद्ध पार्नुपर्छ
    बुद्धि विवेक पुर्‍याएर अहङ्कारलाई झार्नुपर्छ ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा

    [१६]
    १
    शान्तिको राजा महान  हुन् तिनी बुद्ध
    उनको  जस्तै  मन  पारि  राखौँ  शुद्ध ।
    २
    बुद्धको झैँ मन रहोस् उच्च बनाेस् भावना
    सबैमा याे बुद्ध जयन्तीको शुभकामना ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१७]
    १.
    शान्ति दूत गौतम बुद्ध एशियाका तारा,
    बुद्धत्त्वको ज्ञान सिक सारा जगत सारा ।
    २.
    अहिंसाको पाठ पढाउँ सिङ्गो विश्वभर ,
    जीव जन्तु यावतमा समान माया गर !
    ✍️ बिबस पारदर्शी
    भद्रपुर-२ झापा

    [१८]
    १.
    बुद्ध हुन् प्रतीक शान्तिका,
    ज्ञानका हुन् राम्रो वाटिका।
    २.
    हिंसारहित  सारा  दुनियाँ  बनाउन,
    खानदानी त्यागे सदाचारी सिकाउन।
    ✍️ म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [१९]
    १.
    शान्तिकाे प्रतीक बुद्ध तिमी एसियाकाे तारा,
    बुद्ध जयन्ती मनाउँ मनन् गराैँ वाणी सारा ।
    २.
    उम्रिएका लाेभ, पाप र हिंसाकाे अन्त्य गर्न,
    आउ है बुद्ध फेरि पनि शान्तिकाे ज्ञान छर्न।
    ✍️ शान्ति याक्साे
    काठमाडौं ।

    [२०]
    १.
    हाम्रो मन, वचन, कर्मलाई राखेर शुद्ध,
    हृदयमा कैयौँ पटक जपौँ गौतम बुद्ध ।
    २.
    शान्तिको उद्यानमा घुमोस् भमरा,
    सदा सदा शान्त रहिरहुन् धरा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [२१]
    १
    शान्तिका अग्रदूत बनि अहिंसा विश्वमा छर्याै
    बुद्धत्व विश्वभर छर्दै नाम नेपालकाे भर्याै।
    २.
    मायादेवी शुद्धाेदन मातापिता तिम्रा
    मन शान्त राखि पुज्छाैँ भगवान हाम्रा ।
    ✍️ निरज कोइराला
    बेलका १ उदयपुर हाल इटहरी

    [२२]
    १.
    फर्कि आऊ बुद्ध नेपालमा छाइरहोस् शान्ति,
    तिमी बिना छैन कसैको अनुहारमा कान्ति।
    २.
    विश्वभर नै शान्तिकाे प्रतीक तिमी अग्रदूत,
    यहि धर्तीमा फेरी जन्मिउन् तिमी जस्ता सपुत।
    ✍️ शर्मिला श्रेष्ठ
    भैंसेपाटी, ललितपुर

    [२३]
    १.
    त्यागी लोभ-लालच ऐश्वर्यभित्रै कर्तव्य रोजेको,
    बुद्ध झैँ ज्ञानी सपुत देऊ आमा सृष्टिले खोजेको ।
    २.
    कंस झैँ दुष्ट नाश बन्दै जाऊन् प्रह्लादको जय होस् ,
    वैमनस्यता, छलकपट, हिंसा विश्वमा नआओस् ।
    ✍️ धनु शर्मा
    पाेखरा

    [२४]
    १.
    शान्तिको प्रतीक हाे हाम्रो नेपाल
    बुद्व जन्मेको तपोभूमी विशाल।
    २.
    सुन्दर शान्त नेपाल थियाे अाज कहाँ गयो ?
    बुद्ध जन्मिएकाे देशमा नै शान्ति भङ्ग भयाे ।
    ✍️ रश्मि रिमाल
    झापा

    [२५]
    १
    शान्ति उपदेश छर्दै आए महामानव बुद्ध
    उनकै बाटाे पहिल्याऔँ हामी राखी मन शुद्ध ।
    २
    मिठाे बाेलाैँ सत्य बाेलाँ राखि भाव मानवता
    हत्या हिंसा त्यागाैँ सब छाेडी रुप दानवता ।
    ✍️ कृष्ण अधिकारी
    बिर्तामाेड, झापा ।

    [२६]
    १.
    संसारकै शान्ति प्रिय थिए गैतम बुद्ध,
    मानव भित्र हुनु पर्छ सधैँ चित्त शुद्ध।
    २.
    ज्ञान र गुणका धनी गौतम बुद्ध थिए,
    राम्रा राम्रा उपदेश विश्वभरी नै दिए।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [२७]
    १.
    अशान्ति मात्र भेटिन्छ अचेल सबै परिवेशमा
    शान्तिका अग्रदूत गौतम बुद्ध जन्मेको देशमा।
    २.
    हे बुद्ध ! तिमी आएर फेरि बुद्धत्व फिँजाऊ
    शान्तिको पाठ पढाई फेरि देश यो बचाऊ।
    ✍️ प्रीति आत्रेय ज्ञवाली
    बुटवल हाल प्रवास

    [२८]
    १.
    चेतना क्रान्ति
    मनमा शान्ति ।
    २.
    फैलाए ज्ञान
    गरेर ध्यान ।
    ३.
    बुद्धको वचन
    मान्नुपर्छ जन ।
    ✍️ रचना शर्मा प्रतीक्षा
    ललितपुर

    [२९]
    १.
    कहाँ पुग्यौ बुद्ध तिमी बोकी तिम्रो शान्ति,
    जताततै हिंसा देख्छु चलेको छ क्रान्ति ।
    २.
    बोकेर लोभ लालच रहेर अशान्त,
    तड्पिने गर्छ मानिस भनिने सम्भ्रान्त।
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ

    [३०]
    हरायौ कि बुद्ध तिमी डरायौ कि आज,
    शान्तिभूमी भन्न पनि लाग्न थाल्यो लाज ।
    ✍️ रामजी लामिछाने
    पाेखरा

    [३१]
    १
    अहिंसा र ब्रह्मचारी हो रोजाइको पाटो ,
    शान्ति, उपदेशले दिए सत्मार्गको बाटो ।
    २
    त्यागी, ध्यान, साधना, जप असङ्ख्य गनेर,
    सिद्धार्थबाट निस्के गौतम बुद्ध बनेर ।
    ✍️ जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३२]
    १.
    शान्तिका दूत हे बुद्ध तिमी छौ कता
    दर्शन दिन एक पल्ट आऊ यता ।
    २.
    भ्रष्टाचार र व्यभिचारले घेर्यो देशलाई
    आउ सत्सङ्ग सुनाई भरिदेऊ त्यसलाई।
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी

    [३३]
    १.
    बुद्ध फेरि जन्म भन्नु भन्दा आफूभित्र बुद्धत्व जन्माऊ,
    मन भरिको कालो मैलोलाई जति सक्दो चाँडाे अन्माऊ।
    २.
    तिमी कसैको शरणमा नजाऊ आत्माको पुकार सुन्नु,
    नराम्रो त्यागेर राम्रो मात्र साेच्दै मनमा बुद्धत्व गुन्नु ।
    ✍️ अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३४]
    १
    शान्तिका अग्रगामी गौतम बुद्व आउन,
    नेपालमा फेरि पनि दिगो शान्ति ल्याउन ।
    २
    नेपाली हाैँ भनेर परिचय दिन हुन्छ लाज,
    बुद्व जन्मेको देशका जनमा अशान्ति छ आज ।
    ✍️ भगवती दवाडी
    दमक, झापा

    [३५]
    १.
    गौतम बुद्धको जन्म नेपालमा भयो,
    विश्वमा नेपालीको नाम रहन गयो।
    २.
    नेपाल र नेपालीको शान,
    गौतम बुद्ध भए महान।
    ✍️ सुशीला पाैडेल

    [३६]
    १.
    दरबार ऐस आराम सबै त्यागी सन्यासी बनेर ,
    अहिंसा परम धर्मकाे ज्ञान बाँढ्याै भलाे हाेस् भनेर । 
    २.
    बुद्ध तिमी शान्तिका प्रतीक बनेर आएकाे,
    विश्व भरि नै बौद्ध धर्मको दर्शन छाएकाे।
    ✍️ रिना योल्मो
       दार्जीलिङ

    [३७]
    १.
    जन्मले होइन, शुद्ध कर्मले बुद्ध भएका तिमी
    तिम्रै मन्त्रले भर्न सकाैँ सारा, यो आकाश यो जिमी।
    २.
    सिद्धार्थलाई सिद्ध गरी, बुद्धिले बुद्ध बनायौ
    अहिंसा परमो धर्म भनी विश्वलाई जनायौ ।
    ✍️ पदमा शर्मा आँँचल
    कालाचिनी, प बंगाल, भारत ।

    [३८]
    १.
    हामीले अगाडि बढ्दा बुद्धको मार्ग रोज्नुपर्छ,
    मनमा शान्ति ल्याएर ईश्वरलाई खोज्नुपर्छ ।
    २.
    स्वच्छ बनाऊँ मन बुद्धको झैँ उच्च राखौँ भावना,
    दिदैछु सबैलाई बुद्ध जयन्तीको  शुभकामना।
    ✍️ दुर्गा आचार्य
    मोरङ

    [३९]
    १.
    शान्तिका प्रिय अग्रदुत ती गौतम बुद्ध थिए ,
    हत्या हिंसा रहित हुनु भनि उपदेश दिए ।
    २.
    एसियाकै तारा बनि प्रख्यात भए बुद्ध ,
    भन्थे सधैँ हुनुपर्छ हाम्रै यो मन शुद्ध ।
    ✍️ बेदु न्यौपाने भोजपुर, हाल काठमाडौ

    [४०]
    सत्य निरूपण सत्य पानी जस्तो शुद्ध भइकन
    बन्छौ नै भने सुविचार सरल व्यक्ति बुद्ध बन।
    ✍️ प्रकाश बुढाथोकी
    असम भारत।

    [४१]
    १.
    मायादेवीको कोखमा ईश्वरको बास
    सुख सयल नै त्यागे शान्ति खोज्न खास।
    २.
    शान्तिका अग्रदूत गौतम बुद्ध हाम्रा
    लुम्बिनीमा जन्म भयो काम गरे राम्रा ।
    ✍️ बिना रोका
    घोराही  दाङ्ग ।

    [४२]
    १.
    नेपालमा जन्मिएका गौतम बुद्ध ,
    बुद्धको नियम मानौँ हुँदैन युद्ध।
    २.
    मूर्ख पनि सज्जन हुन्छन् दिए सहि ज्ञान,
    जानी राखौँ सबैले बुद्ध नेपालको शान।
    ✍️ गणेश तामाङ वाइबा
    ताल्ती,धादिङ नेपाल।

    [४३]
    १.
    यो एक दुनियाँको दस्तुर अनेक रोग शोक भोग देखेर
    राजपाट सबै त्यागे बुद्धले सांसारिक मोहलाई टेकेर।
    २.
    दिव्य ज्ञान पाउनलाई बुद्धले गरे जोड
    कठोर तपस्या बसे भइन्जेल हाडखोड।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, भारत

    [४४]
    १.
    लुम्बिनीको माटो बोल्छ पाटो पनि बोल्छ ऐले
    बुद्ध जन्मिए नेपालमा नै नेपाली हुन् जैले।
    २.
    हामी सबै धर्म संस्कृतिका ठुला माली
    संसारमा ज्योति छर्ने बुद्ध हुन् नेपाली।
    ✍️ रामशरण न्यौपाने
    भक्तपुर

    [४५]
    १.
    राजगद्दी छोडेर गौतम बुद्ध कहलायाैँ,
    शान्तिको सन्देश छरेर दुनिया बहलायाैँ ।
    २.
    हत्या हिंसा तिमीले सहँदैनौ ,
    अरुलाई कुभलो कहँदैनौ ।
    ✍️ बुद्धिमान दनुवार
    कनकाई नगरपालिका ४झापा

    [४६]
    १.
    झुकाउ शिर बुद्धको चरणमा
    पाइन्छ शान्ति उनको शरणमा।
    २.
    हिँडौ सबैले अहिंसाको बाटो
    पुण्य बनाउँ यो देशको माटो।
    ✍️ बिके मुखिया
    सिग्रीमताम बस्ती दार्जीलिङ भारत।

    [४७]
    १.
    ध्यानमा छ ज्ञान ,
    बुद्ध बाट जान ।
    २.
    विश्वमा अहिंसा तथा शान्ति ,
    बुद्धले ल्याएका हुन क्रान्ति ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर

    [४८]
    १
    बुद्धकाे उपदेशले सिञ्चिएकाे धर्ती हाे नेपाल
    सधैँभरि देखिन्छ शान्त, सौम्य सुन्दर र विशाल ।
    २
    यो भवमा बुद्धकै उपदेश र सन्देश चारैतिर फुलाऊँ
    शान्ति, सहिष्णुता र धैर्यताका रसिला बालाहरू झुलाऊँ ।
    ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं

    [४९]
    १.
    बयर जस्तो बोट हुदैमा मात्र बुद्धचित्त फल्दैन
    हिंसा त्यागेर मन चित्त शुद्ध नभै बुद्धत्व बल्दैन।
    २.
    वुद्धको देशमा सधै युद्ध हुन्छ शान्ति कसरी आउँछ?
    मनमै हिंसा र क्रान्ति उब्झिरहे भ्रान्ति कहॉ हराउँछ?
    ✍️ सुरेशकुमार भट्ट

    [५०]
    १
    जाली नहुनुस् झुटो नबोल्नुस् सधै नै धैर्य गर्नुहोस् ,
    दुई दिनकाे जिन्दगीमा सत्कर्म गरेर मर्नुहोस् ।
    २
    जो मनुष्य सँग जस्तो ज्ञान त्यही दिन्छ ,
    बुद्ध भगवान् को भनाइ मनमा लिन्छ ।
    ✍️ पारस भट्ट प्यासी
    मेलौली दुई बैतडी

    [५१]
    १
    सबैको मन भित्र बुद्ध तिमी आऊ
    क्रोध, ईर्ष्या वैरभाव सब हटाऊ ।
    २
    मानव हित बोलेर भगवान भयौ बुद्ध
    धोई पखालि मनको मैलो पारीदेउ शुद्ध ।
    ✍️ मिसु श्रेष्ठ
    दोलखा, हाल काँडाघारी काठमाडौं

    [५२]
    १.
    बुद्ध बिनाको ज्ञान अधुरो
    अहिंसा शिक्षा भयो मधुरो।
    २.
    बुद्ध वाणी हाे दिव्य अमृत ज्ञान
    कोही सिक्दैनन् बढ्दैछ अपमान ।
    ✍️ रघु न्याैपाने
    पाेखरा

    [५३]
    संसार भरी नै बुद्ध भगवान हुन् भनी चर्चा गर्दछन्,
    सत्य मनले जसले जप्दछ उसैको शरण पर्दछन्।
    ✍️ कमला हरिमाया पाण्डे पराजुली
    चारआली, झापा

    [५४]
    बुद्धको ज्ञान संसारमा अग्रदूत जान,
    आज शान्तिका धर्ती पुत्र उनैलाई मान ।
    ✍️ टिकाराम पुन टिपु
    छत्रेश्वरी २ सल्यान

    [५५]
    एसियाकै तारा भनि चिनिएथे बुद्ध
    हुन पर्छ भन्थे सधै हाम्रो चित्त शुद्ध ।
    ✍️ प्रेम कला चापागाईं ( सिटौला )
    मेचीनगर १२ झापा

    [५६]
    यी आशाका किरण फूल सरी मगमगाउन,
    फेरि जन्मेर आऊ बुद्ध धर्ती जगमगाउन ।
    ✍️ ऋषिराम खनाल
    मध्यबिन्दु-६ नवलपुर ।

    [५७]
    १.
    हो म शान्ति सुनेर परेको हुँ शरण
    गरेको हुँ गौतम बुद्धको आचरण ।
    २.
    यहीँ नै जन्मिएको थिए शान्तिको अग्रदूत गौतम बुद्ध
    जोडौँ प्यार, सदाबहार, फालौँ हतियार,गर्न छोडौँ युद्ध ।✍️ बादल गुरुङ वियोगी
    सङ्खुवासभा, हाल काठमाडाैँ

    [५८]
    १.
    अहिंसा त्यागेर गरौँ मनै देखि बुद्ध ध्यान
    सही मार्ग देखाउछ भनेको सबैले मान।
    २.
    संसार भरि फैलिएको गौतम बुद्ध ज्ञान
    हत्या हिंसा गर्न हुदैन भनेकाे कुरा मान।
    ✍️  राम रावल सागर
    कैलाली

    [५९]
    अध्यारोलाई चिरेर विश्वभरि शान्ति छर्यौ
    सत्यमार्गमा लगाउन कयौँ प्रयत्न गर्यौ।
    ✍️ शारदा दहाल(भण्डारी )
    पाँचखपन -९ संखुवासभा ।

    [६०]
    ज्ञानको निम्ति राजकाज छोडेर गए
    कठोर तपस्या ले नै बुद्ध ज्ञानी भए ।
    ✍️ रुपा गाैतम
    निजगढ, बारा ।

    [६१]
    १.
    सबै प्राणीलाई  बराबर मायाले  हेर्ने,
    बुद्धकै शान्तिको उपदेशले मन घेर्ने।
    २.
    अभाव छैन शान्तिको पाइन्छ तुरुन्तै फल,
    बुद्धम् शरणम् गच्छामि सधैँ जप्न गरे बल।
    ✍️ अच्युत घिमिरे
    भुटान

    [६२]

    ‘अहिंसा परमाेधर्म’ मूल मन्त्र बुद्धकाे

    बजिरहेछ फेरि किन बिगुल युद्धकाे ?

    ✍️ दुर्गा वनवासी, 

    झापा

    [६३]
    १.
    आलै छ देशको कणकणमा छाप
    पहिल्याउनु छ बुद्धका पदचाप ।
    २.
    मान्छे बन्ने हो भने आफैँलाई ठान्नु तुच्छ
    हिंसा गरेर हिड्नेले पनि त बुद्ध पुज्छ ।
    ✍️ रिजाल विनोद
    माेरङ्ग

    [६४]
    १.
    गौतम बुद्ध हुन हाम्रा एशियाका तारा
    शान्तिको बिउ छर्ने बोकेका थे अभिभारा।
    २.
    हत्याहिंसा  हटाउने गौतम बुद्ध  राम्रो
    एसियाका तारा नै हुन चिनारीमा हाम्रो ।
    ✍️ रिना सापकाेटा
    बारा

    [६५]
    शान्तिले छाओस् हाम्राे देशलाई
    समृद्ध बनाओैैँ याे भेषलाई।

    ✍️ पारुहाङ राई (एवाइ प्रभात)
    धनकुटा ।

    [६६]
    १.
    बुद्ध नै हुन् हाम्रा प्रतीक शान्तिकाे,
    नलगाऊँ कसैले खेति भ्रान्तिकाे ।
    २.
    किन छाेडी शन्तिले खै ? बुद्ध जन्मेको देशलाई,
    क्रान्तिले हुन्छ साम्य भन्ने दुविधा भाे कसलाई ?
    ✍️ रामप्रसाद पुरी
    खाेटाङ्ग, हाल काठमाडाैँ

    [६७]
    शान्तिकाे उल्लङ्घन गर्दै छन् बुज्रुक भनाैदाहरू
    बुद्धलाई कठघरामा थुन्दै पाप थप्दैछन् अरू ।
    ✍️ बबिता बिष्ट
    दैलेख ।

    [६८]
    १.
    शान्तिका प्रतीक बुद्ध आउ नेपालमा फर्किएर
    हत्या हिंसाले देश डुब्न लाग्याे नजाऊ तर्किएर ।
    २.
    सबै मिलीजुली बुद्धको जन्म जयन्ती मनाऔँ
    सद्भाव सन्मार्गको बाटो हामी सबैले समाओैँ ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [६९]
    १.
    हत्या हिंसा नगर्नु, हो यो महापाप
    पछुतो लाग्ला, मान्नु पर्ला पश्चाताप।
    ३.
    झगडा नगर्नु जानी जानी
    बुद्ध झैँ बन्नु शान्त र ज्ञानी ।
    ✍️बिके माकजु
    भक्तपुर ।

    [७०]
    सबैकाे मनमा सुख र शान्ति छाउनु
    फेरि पनि गाैतम बुद्ध तिमी आउनु ।
    ✍️ साधना पाैडेल
    रगनी-१ ओखलढुंगा

    >> जय टुक्का! जय साहित्य!! <<

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on बुद्ध जयन्तीकाे अवसरमा “विशेष टुक्का लेखन श्रृङ्खला-३६” सम्पन्न

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १ जेष्ठ २०७९, आईतवार १६:२३ मा प्रकाशित
  • १.
    सुन्दर
    शान्त देश
    नेपालको सान हिमाल !

    २
    माया
    तिम्रो मेरो
    अधुरो प्रेम कहानी !

    ३
    नेपाल
    हाम्रो सान
    नेपाली हुनुमा गौरव !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १ जेष्ठ २०७९, आईतवार १५:२० मा प्रकाशित
  • १
    युवा
    त्यागौं थोत्रा
    नयाँ सिर्जना यात्रा !

    २
    लौरो
    टेक्ने आधार
    सुनिश्चित भविश्य पूर्वाधार !

    ३
    जनशक्ति
    हातेमालो सधैँ
    एकजुट विकास चौतर्फी !

    ४
    उत्साह
    जोस जाँगर
    विकासको आधार प्रवाह !

    ५
    जीत
    सुन्दर सपना
    जीवन जगत हित !

    ६
    चरित्र
    लोभ लालच
    मनुष्य जीवन विचित्र !

    ७
    चुनाव
    सञ्चय अभाव
    राष्ट्र ढुकुटी सखाप !

    • शारदा आचार्य, ललितपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न

  • १ जेष्ठ २०७९, आईतवार १५:०६ मा प्रकाशित
  • काठमाडौ, ३१ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    Social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    🌺🌺🌺
    १
    हिमाल
    गुराँसे बस्ती
    सुन्दर शान्त नेपाल !
    – आर्त अकुलीन, कैलाली
    🌺🌺🌺
    २
    हिमाल
    सुन्दर बस्ति
    लालीगुँरास प्रकृतिको कमाल !
    – अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल: मलेसिया
    🌺🌺🌺
    ३
    हिमाल
    प्रकृतिको खानी
    स्वच्छ छ हावापानी !
    – पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
           पनौती-३, काभ्रे
    🌺🌺🌺
    ४
    बसाेबास
    हिमालयकाे काख
    सुन्दर नीलो आकाश !
    – नवराज भट्ट, कञ्चनपुर
    🌺🌺🌺
    ५
    हिमाल
    गुराँसे थुम्का
    मनमोहक बस्तीको शोभा !
    – मुना दाहाल, काठमाडौँ
    🌺🌺🌺
    ६
    आँखामा 
    कमाल देखिने
    नेपालीको पहिचान लेखिने !
    – ईश्वरी अधिकारी, लमजुङ
    🌺🌺🌺
    ७
    हिमाल
    गुराँस फेदीमा
    मनमोहक बस्ती छेउमै !
    – चक्र शाही, कैलाली
    🌺🌺🌺
    ८
    हिमाल
    सुन्दर बस्ती
    फूलले सजिएको नेपाल !
    – सरस्वती वली, बर्दिया
    🌺🌺🌺
    ९
    हिमाल
    काखैमा गाउँ
    कति सुन्दर ठाउँ !
    – पद्मा रिजाल, बाँके
    🌺🌺🌺
    १०
    स्वच्छ
    हिमाली बस्ती
    राष्ट्रिय फूलले सुशोभित !
    – कमला देवकोटा, पाल्पा
    🌺🌺🌺
    ११
    गुराँस
    हिमाली काख
    प्रकृतिको सुन्दर साथ !
    – टुकादेवी पौडेल आचार्य
    शुक्लागण्डकी-३, तनहुँ
    🌺🌺🌺
    १२
    हिमाल
    नेपालको सान
    गरौ संरक्षणको अभियान !
    – रमा पन्त, पाल्पा
    🌺🌺🌺
    १३
    हिमाल
    फुलेको गुराँस
    आहा सुन्दर दृश्य !
    – सुमित्रा पोखरेल, काठमाडौँ
    🌺🌺🌺
    १४
    नेपाल
    हिमालको  देश
    मिलेको अनेक परिवेश !
    – बुद्धिप्रसाद लामिछाने, कैलाली
    🌺🌺🌺
    १५
    हिमाल
    सुन्दर प्रकृति
    कृत्रिम गाउँ बस्ती !
    – बालकृष्ण खनाल, टीकापुर
    🌺🌺🌺
    १६
    प्राकृतिक
    सौन्दर्यताले भरिपुर्ण
    हाम्रो आफ्नै गाउँ !
    – सुशिला पौडेल, काठमाडौँ
    🌺🌺🌺
    १७
    नेपाल
    हिमालकाे काख
    सुन्दर अनुपम दृश्य !
    – श्रद्धा आचार्य, पोखरा
    🌺🌺🌺
    १८
    नेपाल
    सुन्दर शान्त
    मुसुक्क मुस्कुराएको हिमाल !
    – हिमाल अम्मै, घोडाघोडी, कैलाली
    🌺🌺🌺
    १९
    फुलैफुलले
    ढाकेको बस्ती
    अडिग श्वेत हिमाल !
    – धर्मी शाक्य, बुटवल, रुपन्देही
    🌺🌺🌺
    २०
    नेपाल
    सेतो हिमाल
    लालित्यले छाएको गाउँ !
    – धनमाया चौधरी, कैलाली
    🌺🌺🌺
    २१
    हिमाल
    मनमाेहक गुराँस
    स्वच्छ रमणिय बस्ती !
    – राम सुन्दर थारु, कैलाली
    🌺🌺🌺
    २२
    प्रतीक
    हिमालमा फूल
    मनमाेहक माेहनी रङ्गहरूमा !
    – राेशन पराजुली, धरान
    🌺🌺🌺
    २३
    विशाल
    प्राकृतिक सुन्दरता
    नेपालीहरूको अटल गौरवता !
    – इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    🌺🌺🌺
    २४
    लालीगुराँस
    सुन्दर हिमाल
    हाम्रो देश नेपाल !
    – सविता के.सी., काठमाडौँ
    🌺🌺🌺
    २५
    स्वर्ग
    खाेजूँ कहाँ
    छ त नेपालमै !
    – चन्द्रावती अधिकारी, कोहलपुर
    🌺🌺🌺
    २६
    हिमाल                                 
    हाम्रो सान ,                                                
    सबैले गरेका गान !
    -त्रिलोक रामदाम
    सि.न.न.पा-८, भैरहवा
    🌺🌺🌺
    २७
    हिमाल
    फुल्यो गुराँस
    रमाइलो सुन्दर बस्ती !
    – समुन्द्रा शर्मा, सुनसरी
    🌺🌺🌺
    २८
    हिमाल
    सुन्दर गाँउ
    आहा राम्रो बस्ती !
    – नारायण कोइराला, तानसेन, पाल्पा
    🌺🌺🌺
    २९
    हिमाच्छादित
    श्वेत शैल
    मनोरम ग्रामिण परिवेश !
    – गोपालप्रसाद पौड्याल, विराटचोक, माोरङ
    🌺🌺🌺
    ३०
    हिमाल
    टलक्क टल्केको
    मनै लोभ्याउने दृश्य !
    – सरस्वती श्रेष्ठ, इटहरी
    🌺🌺🌺
    ३१
    प्रेमिल
    हिमाली काख
    प्रकृतिको अनुपम शृङ्गार !
    – शिव खनाल ‘जीवम’, रुपन्देही
    🌺🌺🌺
    ३२
    हिमाल
    चुम्दै आकाश
    लजाउँदै बस्तीमा लालीगुराँस !
    – टीकाराम जोशी, टीकापुर
    🌺🌺🌺
    ३३
    हिमाल
    बस्तीबाट टाढा
    सौन्दर्यको एक झलक ।
    – सोमनाथ लुइटेल ‘रवि पालपाली’, बर्दिया
    🌺🌺🌺
    ३४
    सुन्दर
    मेरो धर्ती
    शिरमा सेता हिमाल !
    – शारदा आचार्य, ललितपुर
    🌺🌺🌺
    ३५
    आहा!
    कति राम्रो
    प्राकृतिक सुन्दरता हाम्रो !
    – राजेश भट्टराई
    सैनामैना-११, रुपन्देही
    🌺🌺🌺
    ३६
    हिमाल
    मिलेको बस्ती
    मनमोहक दृश्यले भरिपूर्ण !
    – खेमराज पुरी, कैलाली
    🌺🌺🌺
    ३७
    प्राकृतिक
    मनोरम दृश्य
    हिमाली काखमा बस्ती !
    – रामचन्द्र ढकाल, चितवन
    🌺🌺🌺
    ३८
    नेपाल
    हिमालको काख
    मायाले पुल्पुलिएका नेपाली !
    – पशपती राई, खोटाङ
    🌺🌺🌺
    ३९
    हिमाल
    मनमाेहक दृश्य
    पृष्ठभूमिमा समृद्ध गाउँ !
    – नारायणप्रसाद उपाध्याय, कैलाली
    🌺🌺🌺
    ४०
    हिमाल
    तिम्रो काखमा
    लालीगुराँस फुलेको शहर !
    – मङ्गला उपाध्याय, बारा
    🌺🌺🌺
    हिमाल
    गुराँसे गाउँ
    मानव विहिन बस्ती !
    – कण्ठराज गिरी, कैलाली, हाल: अस्ट्रेलिया
    🌺🌺🌺
    ४२
    सुन्दर
    प्राकृतिक छटा
    स्वर्ग समान नेपाल !
    – दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ
    🌺🌺🌺
    ४३
    प्राकृति
    हिमाल टल्केको
    सुन्दरता नेपालको झल्केको !
    – बुद्धिमान चौधरी
    कनकाई नगरपालिका-४, झापा
    🌺🌺🌺
    ४४
    हिमाल
    सौम्य गुराँस
    सुन्दर देश नेपाल !
    – प्रद्युम्न चालिसे, भक्तपुर
    🌺🌺🌺
    ४५
    हिमाल
    आकर्षक मनोरम
    चाँदी झैँ टल्केको
    – अम्बिका अधिकारी, झापा
    🌺🌺🌺
    ४६
    सौन्दर्य
    हिमालको लाखमा
    गाउँ प्रकृतिको ममता !
    – प्रेम थापा ‘मन’, बागलुङ
    🌺🌺🌺
    ४७
    गाउँ
    सुन्दर देखिने
    हिमाली गुराँसको चमक !
    – रमेश प्रभात, चितवन
    🌺🌺🌺
    ४८
    काखमा
    सुन्दर हिमालको
    पवित्र ग्रामीण बस्ती !
    – तेजप्रसाद खनाल, लमही, दाङ
    🌺🌺🌺
    ४९
    शिखर
    सुन्दर बस्ती
    गुराँसको अनुपम लालित्य !
    – कविता आचार्य, कैलाली
    🌺🌺🌺
    ५०
    हिमाल
    प्रकृति फुल्ने
    सुन्दर गाउँ नेपाल !
    – सरस्वती श्रेष्ठ, रुपन्देही
    🌺🌺🌺
    ५१
    धौलागिरि
    सुन्दर हिमाल
    लालीगुराँस मुस्ताङ नेपाल !
    – जमुना कायस्थ, पोखरा
    🌺🌺🌺
    ५२
    सुन्दर
    शान्त देश
    नेपालको सान हिमाल !
    – दुर्गा आचार्य, मोरङ
    🌺🌺🌺
    ५३
    काख
    सुन्दर हिमालको
    सुन्दर घरहरू लाखौँलाख !
    – गुणनिधि घिमिरे, पाँचथर, हाल: अमेरिका
    🌺🌺🌺
    ५४
    हिमाल
    सपनाको नेपाल
    सुन्दर शान्त विशाल !
    – जमुना आचार्य, सिन्धुपाल्चोक
    🌺🌺🌺
    ५५
    हिमाल
    गुराँसे गाउँबेसी
    घामले पगालेको कति !
    – सरिता काफ्ले, कोहलपुर, बाँके
    🌺🌺🌺
    ५६
    रहर
    फूलकाे सहर
    हिमालकाे काखमा घर !
    – भवानी घिमिरे, सर्लाही
    🌺🌺🌺
    ५७
    हिमाल
    नेपालको सान
    सुन्दर लालीगुराँसको वन !
    – सीता बिष्ट कार्की (सीबिका), काठमाण्डौँ
    🌺🌺🌺
    ५८
    नेपाल
    शान्त देश
    नेपालीको गौरव हिमाल !
    – दुर्गा भट्टराई, मोरङ
    🌺🌺🌺
    ५९
    गुराँस
    सेतो हिमाल
    सुन्दर भूमि नेपाल !
    – वसन्त अनुभव, दाङ
    🌺🌺🌺

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न

    साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खला सम्पन्न

  • १ जेष्ठ २०७९, आईतवार १३:४५ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========
    पञ्चाङ्ग चित्रपट : भाग: १५
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/२९

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू
    हार्दिक नमस्कार ।

    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग    ०१

    आमाको  माया  लोकमा खोजेर कहाँ पाइन्छ
    ममता  यहाँ  सजिलै   भोगेर     कहाँ पाइन्छ
    आँखाको   फोहर   भनेर   भन्ने पापी सन्तान
    मृत्युपछि  स्नेहलाई   धोएर   कहाँ     पाइन्छ
    आमाको  काख  ममता  बोकेर  कहाँ पाइन्छ ।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”।

    पञ्चाङ्ग   ०२

    माता जन्मदाता जननी मायाकी खानी हुन् ।
    चार बिस काटे पनि तिम्रा अघि सानी हुन् ।
    बाँची रहनु सन्तानको निमित्त सधैँ सधैँ ,
    आखिर सबैको आँखाको सुन्दर नानी हुन् ।
    आमा शब्द घरको मुली मौरीकाे रानी  हुन् ।

    🇳🇵भवानी घिमिरे
          सर्लाही ।

    पञ्चाङ्ग    ०३

    सन्सारकै अपार माया गर्छिन् आमा
    ममताको सुर ताल नै भर्छिन् आमा
    कपट रत्ति छैन , स्वार्थ कत्ती छैन ;
    सन्तानको अति नै भर पर्छिन् आमा
    ज्ञान बुद्धि नम्रताले नै छर्छिन् आमा ।

    🇳🇵प्रेम थापा “मन “बागलुङ ।

    पञ्चाङ्ग   ०४

    कहिले लाख प्यारो ।
    कहिले साख प्यारो ।
    सोच मान्छेको मन ,
    फलमा दाख प्यारो ।
    आमाको काख प्यारो ।

    🇳🇵आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग भाग -१५

    पञ्चाङ्ग  ०५

    जगतको सम्पत्तिमा आमानै मुल्यवान खानी हुन्,
    यस धर्तिमा संसार देखाउने आखाकी नानी हुन्।
    घर घरमा छन् भगवान किन पुज्नु ढुङ्गा लाई
    स्वर्ग जस्तो घर बनाउने घरको मुख्य रानी हुन्,
    सन्ततिलाई विश्वास गर्छिन् एक महान दानी हुन्

    🇳🇵दुर्गा आचार्य
    मोरङ।

    पञ्चाङ्ग   ०६

    आमा माया र ममताकी खानी हुन्
    सन्तानको लागि त जिन्दगानी हुन्
    आमाविना अँध्यारो लाग्छ मलाई
    विश्व चिनाउने आँखाको नानी हुन्
    भोक र प्यास मेटाउने पानी हुन् ।

    🇳🇵सुशीला पौडेल ।

    पञ्चाङ्ग   ०७

    सुन्दर तस्बिर आमाको बनाउन चाहन्छु
    आमाको माया यो दिलमा सजाउन चाहन्छु
    आमाविनाको जिन्दगी अँध्यारो लाग्छ मलाई
    म आमाको मार्गमा ध्यान लगाउन चाहन्छु
    प्रगतिको पाइला अघि बढाउन चाहन्छु ।

    🇳🇵ह्यारिस  ।

    पञ्चाङ्ग    ०८

    अामा तिम्राे स्पर्षले मनभरि हुन्छ
    तिम्राे   दसधारा  मेराे तनभरि हुन्छ
    विन्दुबाट  जिन्दगी याे बनेकाे छ सारा
    तिमी बाँचे  मेराेलागि धनभरि  हुन्छ
    सफलता  तिमीमै छ झनभरि हुन्छ।

    🇳🇵चन्द्रावती  अधिकारी ।

    पञ्चाङ्ग   ०९

    दया, करूणा अनि ममताको खानी हो आमा
    हरेकको आँखा भित्रको प्यारो नानी हो आमा
    चार धाम  तेत्तीस कोटी  देवी-देवता  अनि
    जीवन तरंगीत गराउने पानी हो आमा
    आफू मरि जीवन दान दिने दानी हो आमा।

           🇮🇳अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   १०

    सृष्टिचक्र  कति राम्रो  माया मोह  लायो हजुर
    जन्म्यो हुर्क्यो ठुलो भयो छोराछोरी पायो हजुर
    माया मोह बाल बच्चा आनन्दको हाउभाउ छ
    परिवार  मिलीजुली  काम गर्यो खायो हजुर
    जब वृद्ध बेला हुन्छ अनि दशा आयो हजुर

    🇳🇵गुणनिधि घिमिरे पाँचथर मोरङ  हाल अमेरिका ।

    पञ्चाङ्ग   ११

    सुन्दर चित्र मनमा चट्ट सजाऊ आमाको
    असल पुत्र बनेर झट्ट मजाऊ आमाको
    आँखाको नानी बनेर सधैँ तनमा मनमा
    असल मार्ग चुनेर जब लजाऊ आमाको
    उनकै गुन विश्वमा गाऊ बजाऊ आमाको

    🇳🇵सरिता काफ्ले कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १२

    नौ महिना गर्भमा शरीर बिग्रेको होला बाबै
    मनमा नैतिकता भन्ने कुरा भए छोला बाबै
    आमा भई जन्मिन कठिन छ, बुझ्नु है बालक
    आत्तिदाँ अफैँ डराउँदै भन्दै कोलाकोला बाबै
    प्रसव पीडा कति है बगे रगत खोला बाबै ।

    🇳🇵सविता के.सी.

    पञ्चाङ    १३

    ति आमा  ममता मातृवात्सयकी खानी हुन्
    दुःख आफ्नो लुकाएर माया दिने दानी हुन्
    कहाँ पाइन्छ खोजेर आमाको जस्तो काख
    कहिले बिर्सिन नसक्ने आँखाकी नानी हुन्
    तरलतामा नशा नशामा बग्ने पानी हुन् ।

    🇳🇵तारा घिमिरे संखुवासभा ।

    पञ्चाङ्ग    १४

    आमाको न्यानो काखमा स्वर्ग झै हुन्छ सधैँ
    बच्चाले आमाको साथ नपाए रुन्छ  सधैँ
    नारी जन्म दाता हुन ममताको खानी हो
    मीठो वचनले आमाको मन छुन्छ  सधैँ
    नानी रुँदा आमाको मन सार्है गुन्छ सधैँ ।

    🇳🇵बुद्धिमान चौधरी ।

    पञ्चाङ्ग    १५

    संसारमै बहुमूल्य सम्पत्तिकि खानी  हुन् आमा
    सबैभन्दा  प्राण प्रिय आँखाकी नानी हुन् आमा
    आमाको मनोभावना बुझी सुकर्म गरौँ सबैले
    परिस्थितिनुसार चल्न सक्ने रानी  हुन् आमा
    सन्तान खातिर लड्न सक्ने महान दानी हुन् आमा ।

    🇳🇵दुर्गा भट्टराई
    मोरङ ।

    पञ्चाङ्ग    १६
    १
    आमाको माया छल्न हुँदैन
    ठुलो भएसी दल्न हुँदैन
    आमा ममताकी खानी हुन्
    आमा कहिल्यै गल्न हुँदैन
    मनमा आगो बल्न हुँदैन ।
    २
    आमा ममताकी खानी हुन्
    छोराछोरीकी त रानी हुन्
    आमा छेउ हुँदा दुःख भाग्छ
    उनकी आँखाकी नानी हुन्
    माया दिने उनी दानी हुन् ।

    🇳🇵सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग   १७

    आमा तिमीमा सहारा ममताको पन छ
    तिमीमा आडभरोसा कतिबिघ्न जन छ
    सन्तानको लागि मात्रै दु:ख सहिरहन्छ्यौ
    सारा  जग  अटाउने  रमाइलो  मन  छ
    अनेक पद सम्हाल्ने  कति राम्रो पन छ ।

    🇳🇵जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग     १८

    नौ महिना गर्भमा राखी हुर्कायौ नि आमा
    आधा नै पेट  खाना चाखी हुर्कायौ नि आमा
    तिम्रो गुण के गरेर तिर्ने होला नि यहाँ ?
    जाडाे हुँदा ओढाई पाखी हुर्कायौ नि आमा
    दु:ख पर्दा  नि काखी च्यापी हुर्कायौ नि   आमा ।

    🇳🇵गीता अर्याल नेपालगन्ज २।

    पञ्चाङ्ग   १९

    आमाको दु:ख बुझ्ने सन्तान हो
    मायामा सधैँ   कुद्ने सन्तान हो
    आमाको पीडा दर्द   भुझ्नु पर्छ
    बोलिमा छोरा   पुग्ने सन्तान हो
    दु:ख र  पीडा  सुन्ने  सन्तान हो

    🇳🇵देवकी के.सी. बिरगंज ।

    पञ्चाङ्ग   २०
    १
    जन्माएर सारा संसार चिनाउने  पनि अामा नै हो
    पाठशाला बनि पढाइ सिकाउने पनि अामा नै हो
    अामाको महिमा कहिले पनि बखान गरी सकिन्न
    ताते भन्दै भित्र बाहिर हिँडाउने पनि अामा नै हो
    खाना नखाँदा कोखे गरि खिलाउने पनि आमा नै हो ।
    २
    भविष्य सम्झिन्छु  एक्लै बसेर रुन मन लाग्छ
    परेली  रसाउँछ  अाँसुले  मुख  धुन मन लाग्छ
    जिन्दगी  अन्धकारमय छ  देखिरहेकोछु मैले
    सदाको लागि भगवानको पाउ छुन मन लाग्छ
    अाएन लिन  यमराजको  प्यारो हुन मनलाग्छ।।

    🇳🇵लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा ।

    पञ्चाङ्ग    २१
    आमा र शिशुकाे माया स्वच्छ हुन्छ
    बालक ठुलाे हुँदा छायाँ स्वस्छ हुन्छ
    सानाेमा मर्लाकि ठुलाेमा मार्लाकि
    बिहे नभएसम्म ऊ दायाँ हुन्छ
    बिहेपछि सबै मान्छे बायाँ हुन्छ ।

    🇳🇵 मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग   २२

    आमाको जस्तो काखको माया कहाँ पाइन्छ
    सितल र  छाहारीको छाँया कहाँ पाइन्छ
    माया गरेर मात्र ऋण कसरी तिरिन्छ
    सदैव जिन्दगीभर दायाँ कहाँ पाइन्छ
    मलाई ममता भर्ने काया कहाँ पाइन्छ  ।

    🇳🇵निर्मला सुवेदी, बागलुङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खला सम्पन्न

    उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • २९ बैशाख २०७९, बिहीबार २२:३३ मा प्रकाशित
  • १
    गोधूलि
    साँझ रात्री
    चन्द्रमा मनोरम साक्षी!

    २
    आँधीबेहरी
    चारैतिर छाउने
    प्रयास सुन्दरता जगाउने!

    ३
    स्वदेश
    वरको शहरमा
    त्रसित बुख्याँचा भेषमा!

    ४
    अनुशासन
    पुर्ख्यौली सम्पत्ति
    नमान्ने अटेरी सन्तति!

    ५
    अनारदाना
    रसिलो पोसिलो
    रक्त सञ्चारमा कसिलो!

    ६
    बदमासी
    अनुशासन विहिन
    आस्थाको उडाउने खिल्ली!

    ७
    पोखरी
    विभिन्न कीटपतङ्ग
    दुषित भावनाका हतौडा!

    ८
    स्वरूपमा
    मानवीय जाति
    आखिर बाँदरका नाति!

    ९
    कोइली
    सुमधुर संगीत
    वसन्त ऋतुको स्वागत!

    १०
    चोरलाई
    तर्साउने बिगुल
    ठिंग्रो तताउने सुकुल!

    • जमुना कायस्थ, पोखरा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • २९ बैशाख २०७९, बिहीबार ०५:५८ मा प्रकाशित
  • १
    सम्झना
    पलपलको याद
    कल्पनामा बुनेका सपना !

    २
    घाउ
    मनको पीडा
    हृदयमा वचनले नचलाऊ !

    ३
    चलखेल
    पाँच वर्षमा
    पटकै पिच्छेका झण्डाहरू !

    ४
    दुनो
    दुई पातको
    दही चिउरे साथको !

    ५
    आशा
    भएको जस्तो
    चुनावै पिच्छे भोट !

    ६
    घरदैलो
    अनावश्यक भुमरी
    मनमा धक्का झड्का !

    ७
    भुमरी
    बतास हुरी
    दुधभात बिरालो सुरी !

    ८
    पसिना
    बालीमा असिना
    चिन्ता अप्ठ्यारो मसिना !

    ९
    ढुकुटी
    मुसाको रजाईँ
    चामल उसैको सामल !

    १०
    गाउँ
    मिलाएर खाऊँ
    देश बेचेर जाऊँ !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग चित्रपटको १४ औँ भाग सम्पन्न

  • २८ बैशाख २०७९, बुधबार २०:०९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========
    पञ्चाङ्ग चित्रपट : भाग: १४
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/२२

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सविता के.सी.

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।

    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं   शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग   ०१

    म नै ठूलो छु  भनी  अझै सबैमा  उत्तम हुन्छ कहाँ
    पटकै पिच्छेको त्यो दम्भले सबैको मन छुन्छ कहाँ
    गुणवान कहेर चुप्प लाग्छ थुप्रै अन्याय सहेर
    परीश्रमीले पौरख गर्छ, बसाहा कुरा गुन्छ कहाँ
    आफू आफैलाई भए मख्ख छ अर्कोलाई चुन्छ कहाँ ?

    💢प्रेम थापा “मन”बागलुङ ।

    पञ्चाङ्ग    ०२

    आकारले  सानो ठुलो जोख्ने  गर्नु हुन्न
    वलभन्दा  बुद्धि  ठुलो  अघि  सर्नु हुन्न
    दम्भ मनमा पाली आन्याय किन गर्छौ?
    गुणवान्  बनौँ  कम्जोरी  त  भर्नु हुन्न
    आफू मात्र जङ्घारको बाटो तर्नु हुन्न।

    💢सरिता काफ्ले कोहलपुर बाँके ।

    पञ्चाङ्ग   ०३

    वलको घमण्ड कहिल्यै नगर्नु होला
    सर्वश्व अर्काको कहिल्यै नहर्नु होला
    हुॅदैन विजय दम्भको कदापी यहाँ
    बुद्धिविना अघि कहिल्यै नसर्नु होला
    सानो भनि कहिल्यै अघि नपर्नु होला ।

      💢सरस्वती श्रेष्ठ, रुपन्देही बुट्वल ५ ।

    पञ्चाङ्ग   ०४

    वर्गाकार  पनि सानो  ठुलो  छ
    कर्मको फल जोखिने तुलो छ
    आकारमा देखिएका  धेरै  छन्
    अपनत्व  गर्नेमा  त  फुलो  छ
    सानैले छोडेको राम्रो कुलो छ

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग    ०५

    सानाे भनेर न हेपाैँ जाेख्दा धेर हुन सक्छु
    सधेैँ न ढाँट यसाे गरे अटेर हुन सक्छु
    तिमी ब्रह्माण्ड जस्तै छाै तर म मुसुनाे जस्ताे
    भए नि तिमीलाई पछार्ने सेर हुन सक्छु
    पहिले नै तिमी झरेमा म बेर हुन सक्छु

    💢ताेयानाथ सुवेदी, काँडाघारी,काठमाडौं ।

    पञ्चाङ्ग   ०६

    सानो ठुलो छुट्टाउन जोख्ने तुलो भए हुन्थ्यो
    बातले मात्र हैन  कर्मले    ठूलो भए हुन्थ्यो
    आफू जाती अरु नजाती भन्ने यस्तै चलन
    महल हैन स्वाभिमानको धुलो भए हुन्थ्यो
    ग्यास चुल्हो होइन माटाको चुलो भए हुन्थ्यो।

    💢निर्मला सुवेदी, बागलुङ ।

    पञ्चाङ्ग   ०७

    १
    ~~~~~~~~~~~~~~~~~
    कमिलाले टोक्यो भने हात्ती रुन्छ अरे
    माउतेले किला ठोक्दा गिदी छुन्छ अरे
    कोही भन्छन् जै गणेश कोही जोख्छन् तुलो
    हाती चढी कमिलो नै ठुलो हुन्छ अरे
    तौल गर्दा तलमाथी तुलो हुन्छ अरे  ॥
    २
    कमिलाको तौल हातीभन्दा ठुलो भए
    कमिलाको जस्तै हात्ती बस्ने दुलो भए
    विश्व पनि खलबल हुने थियो साथी
    हात्ती टेक्छ कमिला ती कहाँ धुलो  भए
    कमिलाले नखोलेको कतै चुलो भए ॥

    ~~~~~~~~~~~~~~~~~
    💢गुणनिधिघिमिरे, पाँचथर मोरङ
    हाल अमेरिका

    पञ्चाङ्ग   ०८

    मन रटेको राम्रो
    जन खटेको राम्रो
    खास वेदना सारा
    दु:ख कटेको राम्रो
    दम्भ हटेको राम्रो ।

    💢आर्त अकुलीन
    देवाश्रम, कैलाली ।

    पञ्चाङ्ग     ०९

    हेर यहाँ खपिनसक्नुकाे अचम्म अति भयो रे अब त ।
    हात्ती भन्दा कमिलो गह्रौं हुने कस्तो गति  भयाे रे अब त ।
    भन्नेले भन्छन् फुलेको फूल मुस्कुराउँदा दिक्क लाग्छ अरे
    काल समय उही छ साेचमा उल्टो मति भयाे रे अब त ।
    सत्य भन्ने वस्तु त युधिष्ठिरसँगै सति गयो रे अब त ।

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग    १०

    साइजमा सानो ठुलो भन्ने बानी छ
    सानोलाई  तुला  जोख्ने खानी छ
    आकारमा यसरी नजोख बुद्धिले
    साइजमा ठुलो हात्ती सानो  नानी छ
    सानो ठुलो दुवै शरीरमा पानी छ

    💢सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग    ११

    खाद्य जोगाउने अल्पाहारी हुन्छन् पिपीलिका
    एकताका महान् विद्याधारी हुन्छन् पिपीलिका
    स्थूल शरीरका  मत्ता-हात्ती भन्दा पनि बढी
    लावालस्करमा आज्ञाकारी हुन्छन् पिपीलिका
    बुद्धिमा श्रममाजोख्दा भारी हुन्छन् पिपीलिका।

    💢रामशरण न्यौपाने, भक्तपुर ।

    पञ्चाङ्ग    १२

    कमिलाको तौल बढ्यो के गरेर आज
    हात्ती झुन्डियो देखाऊ ल झारेर आज
    शरीरले मात्र नहुने रहेछ यहाँ
    तौल बराबर हुने के भरेर आज
    अचम्मको तमासा बुद्धि छरेर आज ।

    💢सविता के.सी.  काठमाडौं ।

    पञ्चाङ्ग    १३

    तिल पनि थुपार्दिँदा त पहाड हुन सक्छ
    सानै भएनि साबुन ठुलो लुगा धुन सक्छ
    वजन कमि हुँदैमा महत्त्व कम हुँदैन
    सानाले दिने चाेटमा ठुला पनि रुन सक्छ
    आकाशले नि कुनैदिन पाताल छुन सक्छ ।

    💢रामराजा के.सी.
    फर्पिङ, काठमाडौं ।

    पञ्चाङ्ग   १४

    कमिलाभन्दा हात्ती   बलियो रहेकै छ
    त्यही कमिलाले गर्दा  ज्यान गएकै छ
    सानो  जन्तु  भनि  हेला गर्नु हुन्न कैले
    हात्तीको जङ्गल भरी यात्रा  चलेकै छ
    कमिलाले बाँच्न खाना बोकि लगेकै छ ।

    💢देवकी के.सी. बिरगंज ।

    पञ्चाङ्ग    १५

    सानो भएर   पनि  सानै  किरो हो
    हात्तीको सामुन्ने त साँच्चै जिरो हो
    तुच्छ   नसम्झनु  कमिलोलाई  नि
    हात्तीको निमित्त कमिलो  पिरो हो
    कमिला  महिनेती अनि   हिरो हो

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ।

    पञ्चाङ्ग   १६

    कमिला र हात्ती  पनि साथी हुन सक्छन््
    माैका हेरी  काेही तल माथि हुन सक्छन्
    प्राकृतिक  उपहार   हर बस्तु  थरीथरी ,
    गुण खाेजे काेही माना पाथी हुन सक्छन्
    ज्ञानी गुनी ठान्दा ठान्दै हुन सक्छन् ।

    💢चन्द्रावती अधिकारी, बाँके कोहलपुर

    पञ्चाङ्ग    १७

    वलको घमण्ड गर्नु हुन्न कहिल्यै
    यो मन दम्दले भर्नु हुन्न कहिल्यै
    मै हुँ भन्नेले धोका पाएकै देखिन्छ
    बिना बुद्धि अघि सर्न हुन्न कहिल्यै
    मत्ता हात्ती अघि पर्न हुन्न कहिल्यै ।

    💢दुर्गा भट्टराई
    मोरङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको १४ औँ भाग सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३२औँ शृङ्खला शनिबार सम्पन्न

  • २७ बैशाख २०७९, मंगलवार ०८:३२ मा प्रकाशित
  • काठमाडौ, २४ बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३२औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३२औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    नभन्नु होला मलाई थुइक्क मोरा ! असत्तीले गर्नुगर्यो,
    हेर्नुस् साम दाम अपनाएर भए नि चुनाव जित्नै पर्यो ।
    ✍️ वसन अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    निष्पक्ष भई चुनाव लड्दा हारिन्छ कि जालझेल गराैँ,
    दलिय गठबन्धनमा राष्ट्रिय ढुकुटीले भुँडी भराैँ ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी, हाल प्रवास ।

    [२]
    सोझो औँलाले घिउ नआए टेढो औँलाले झिक्छन् ,
    इमान नभएपछि मान्छेहरू पैसामा बिक्छन् ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ ।

    [३]
    निष्पक्ष भन्दै जालझेल गर्दै चुनाव जित्नै पर्छ,
    चुनाव जितेपछि सम्पूर्ण व्यथाहरू सबै टर्छ ।
    ✍️
    बेदु न्यौपाने
    काठमाडौ

    [४]
    चुनावमै हो कमाउने सुनौलो मौका,
    चुनाव जित्न नै मैले हान्छु छक्का चौका ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा ।

    [५]
    तिमी जस्तो मान्छे नेता हुँदा हाम्रो देशको भविष्य के होला?
    आमाको गाँस बाबाको कपास बेच्दा पितृदेव कति रोला !
    ✍️
    रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [६]
    भ्रष्टाचारबाट मात्र धन आर्जन हुन्छ,
    गरिब जनतालाई कसले मान्छे गन्छ ।
    ✍️
    भगवती दवाडी
    दमक ,झापा

    [७]
    पाँच वर्ष सहिदिन्छु चुपचाप चाेटमा,
    खै के भन्नू मेरै भाेट बिकेपछि नाेटमा !
    ✍️
    निरज काेइराला
    बेलका १ हाल इटहरी

    [८]
    अलिअलि गल्ती गर्छौ तिमी सबैको नेता,
    तिम्रो आडमा बनाउॅंछन् कालो धन सेता।
    ✍️
    म्यामराज राई
    भोजपुर

    [९]
    न हर्ष न विष्मात गाउँमा चुनाव आयो,
    नेताले ललाइ फकाई मात्र भोट पायो।
    ✍️
    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [१०]
    बाहिर हेर्दा ठिकै देखिन्छौ, भित्र चलाउँछौ छुरा,
    भयो कती गर्छौ अब त छोडिदेऊ नहुने कुरा।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [११]
    खर्चको जोहो नगरी चुनाव जितिन्न खोजेर पनि चाहेजति खर्च गर्छु,
    बस जित्नु पर्छ मैले नाथे पैसा त त्यसपछि सातपुस्ता पुग्ने गरि भर्छु।
    ✍️
    शंकर कार्की
    थाहा ३मकवानपुर

    [१२]
    धाँधली नगरी आजसम्म जित्यो चुनाव कसले?
    जित्छ त्यसैले मासु,भात,रक्सी खुवाउँछ जसले।
    ✍️
    दीपक ठटाल जलन
    खरसाङ,०७.०५.२३

    [१३]
    जसरी होस् चुनाव जित्ने मेरो लक्ष्य धोको ,
    सबै हर्कत अपनाउँला काटेर बोको ।
    ✍️
    रामजी लामिछाने
    पोखरा २७

    [१४]
    जसरी पनि मैले नै चुनाव जित्नै पर्छ,
    कुर्सी खुस्किएमा फेरि उसैले मोज गर्छ !
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर – झापा

    [१५]
    भर्खर भर्खर बहुदल आएको,
    बल्ल नेताहरूले के के न पाएको ।
    ✍️
    गुणनिधि घिमिरे

    [१६]
    तल्लीन छन् नेताज्यू जनतालाई दु:खपीडा भोगाउन,
    साम दाम दण्डभेद अपनाउछन् प्रतिष्ठा जोगाउन।
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    [१७]
    साम दाम अपनाउनै पर्याे, चट्ट चुनावमा उठेपछि,
    उठाउनु पर्छ खर्च फेरि, यसरी चुनावमा जितेपछि !
    ✍️
    गोपाल कृष्ण डंगोल
    इटहरी, प्रदेश १

    [१८]
    बाध्यता भो गति मति नछाडेर के गरौँ,
    चुनाव नै जन्म मृत्यु मेरै बाकस भरौँ।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी

    [१९]
    अहिले गर्छौ म्याउँ म्याउँ, जितेपछि हाउ,
    होला पक्कै उहीँ तिम्रो त कमाउने दाउ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२०]
    पुर्खाले दिएको बिर्ता जस्तो, नेतालाई हरेक चुनाव भयो,
    पाँच वर्षमा बल्ल जनताको घर आयो, मुख देखायो गयो ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [२१]
    समृद्धिको धागोमा अब सुखको माला उन्नुहोस्
    आउँछ जान्छ चुनाव त असल नेता चुन्नुहोस्।
    ✍️
    बि कुलुङ
    दार्जिलिङ, भारत

    [२२]
    भन्दैनौँ है थुक्क मोरा!असत्तीलाई फेसो,
    भोट दिने बेलामा चैँ मिलाउँला नी मेसो ।
    ✍️
    ईशहाक हुसैन
    जितपुर सिमरा १४ बारा हाल- बुटवल फुलबारी

    [२३]
    धाँधलीरहित चुनाव भन्न सायद नहोला,
    असलले हारे खराबले जिते मन नरोला ?
    ✍️
    तारा घिमिरे
    सङ्खुवा सभा

    [२४]
    चुनाव जित्न अनेकन् जालझेल गर्छु ,
    विकासको नाउँमा म , आफ्नै खल्ती भर्छु ।
    ✍️
    बुद्धिमान चौधरी
    सुरुङ्गा ४ झापा

    [२५]
    चुनाव त मैले जित्नैपर्छ अरूलाई हराएर,
    के फरक गर्छ र पछि भेँडे जनता कराएर।
    ✍️
    परिक्रमा श्रेस्ठ
    धरान- सुनसरी !

    [२६]
    भ्रष्टाचार गर्ने नेतालाई नदिऔँ है भोट,
    जसले जनतालाई सधैँ दिन्छन् चोटै चोट ।
    ✍️
    भगवती दवाडी

    [२७]
    ढाँटी चुनाव जितेर गर्छु माेजमस्ती,
    गर्दैछु दु:ख अहिले डुली गाउँ बस्ती ।
    ✍️
    रामप्रसाद पुरी
    खाेटाङ,बादेल

    [२८]
    धाकधम्की साम दाम अपनाएर विजयी हासिल गर्नु राम्रो होइन,
    त्यस्तो जीत प्रति धिक्कार छ नेताज्यू, झुठको त्यो खेल खेल्दा मन रोइन।
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२९]
    अब चल्दैन तिम्रो- साम,दाम, दण्ड र भेदको नीति,
    जागीसके जनता, सकिन्छ अब भ्रष्टहरूको मिति।
    ✍️
    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३०]
    नेपालमा हुन्छ हुन्छ भनेपछि ढुक्क हुनु साथी,
    मत देऊ जनता सुटुक्क पुग्छु संसदमा माथि ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    [३१]
    चुनावभरि जनताले सुख भोग्छन्,
    घरदैलो सरकारले खुट्टा ढोग्छन् ।
    ✍️
    रिजाल विनोद

    [३२]
    यसपाली पनि चुनाव हजुर पैसाले जित्न गए,
    भोकाएका भेडियालाई मासुभात खुवाउने भए।
    ✍️
    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३३]
    दारु पानीमा फसाउलान् नसाट्नु होला भोट,
    राम्रालाई होइन है ,हाम्रालाई पुगोस् चोट ।
    ✍️
    राम रावल सागर
    कैलाली

    [३४]
    देशको मुहार फेर्नेहरू आफ्नै पेट भर्छन्,
    वृद्ध भत्ते बुढाहरू कुर्सि माथि राज गर्छन् ।
    ✍️
    विष्णु कुमार
    भारत

    [३५]
    लम्कीझम्की गरेरै भए पनि, चोचोमोचो मिलाइन्छ,
    सत्ता स्वार्थ प्राप्तिका खातिर, फाटेको मन सिलाइन्छ।
    ✍️
    प्रदीप के रिमाल
    इटहरी,सुनसरी

    [३६]
    मान्छे होइन उसको व्यवहार हेरर दिनु भोट,
    हतारमा हालेका मतले पछिसम्म पर्छ नि चोट।
    ✍️
    सम्झना कुबर (कुसुम)

    [३७]
    कुर्सीको निम्ति सडकमा ढुङ्गा हानाहान,
    आफ्नो स्वार्थ पुराउन छि: झन्डा तानातान ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी “
    कालेबुङ,दार्जिलिङ

    [३८]
    जति गर्न सक्छौ नेता यस्तै गरी जित्दै जाऊ,
    जितेपछि बजेटले आफ्नै भुॅडी भरी आऊ।
    ✍️
    सरस्वती श्रेष्ठ

    [३९]
    जालझेल बिना हिजोआज चुनाव जित्नै हुन्न,
    जितेपछि मालामाल, पाँचवर्ष कसैले छुन्न ।
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा

    [४०]
    जब आउछ चुनावकाे माहोल तातिएर ,
    तब हिड्छाै घरदैलोमा बिल्कुल दौडिएर ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [४१]
    यसपाली दुईचार लाख खुस्के खुस्केला,
    दौडधुप गर्नै पर्यो धोती फुस्के फुस्केला ।
    ✍️
    प्रेम थापा “मन “
    बागलुङ

    [४२]
    रातारात बाजी लाग्छ नोटको बिटो दिदै,
    चिने पनि सच्चा नेता बिर्से हातमा लिदै।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    [४३]
    झुठो आश्वासन देखाएर भोट माग्यो,
    जितेपछि देश लुटी आफ्नो बाटो लाग्यो ।
    ✍️
    आर्मित्मा थापा मगर
    स्याङ्जा

    [४४]
    कसैको करकापमा नपरी भोट दिन जानुहोला,
    राम्रोलाई छान्नु नराम्रो छाने फेरि धोका खानुहोला ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [४५]
    राजनीतिमा धेरै बढ्याे नेताहरूकाे भाउ,
    जालझेल गरि चुनाव जित्न खाेज्दैछन् दाउ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४६]
    झुठो आस देखाएर जनतालाई जित्नुपर्याे चुनाव,
    जितेपछि गाउँ फर्किन्नाै पाँच वर्षलाई पुग्छ हिसाव।
    ✍️
    रामकृष्ण रिजाल
    बाग्लुङ

    [४७]
    असल नेता चिनेर हाल्नु भोट,
    नोटमा मत बेचे पाइन्छ चोट।
    ✍️
    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ, भारत।

    [४८]
    निष्ठावान राजनीतिले आज घाटा गर्याे ,
    पापीलाई भो फलिफाप यो के देख्नु पर्याे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [४९]
    चुनाव अघि जति गाली दिएपनि ,निहुर्याउछु शिर ,
    जितेर सत्ता हत्याए आफू मैमत्त, जनता गर्छन् पीर ।
    ✍️
    प्रद्युम्न चालिसे

    [५०]
    माथिबाट आदेश आयाे मत यसलाई हाल्नु,
    नियत ठिक छैन उसको पर्यो नि खेर फाल्नु ।
    ✍️
    शर्मिला खतिवडा
    विर्तामोड ,झापा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३२औँ शृङ्खला शनिबार सम्पन्न

    उदक यात्री गुणनिधि घिमिरेेका उत्कृष्ट उदकहरू

  • २६ बैशाख २०७९, सोमबार ०६:०६ मा प्रकाशित
  • १
    विकास
    सामाजिक चाहना
    सरल सेवा सुविधा !

    २
    प्रविधि
    सरल छिटो
    सत्य अकाट्य अछेद्य ।

    ३
    गन्तव्य
    सम्भावित लक्ष
    दुरी पाईला फड्को !

    ४
    शरीर
    नाशवान पिण्ड
    पञ्चतत्व एकत्रित समूह !

    ५
    सुन्दरता
    भित्र बाहिर
    इच्छा कठिन दुर्लभ !

    • गुणनिधि घिमिरे, अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री गुणनिधि घिमिरेेका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P