• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

पञ्चाङ्ग चित्रपट भाग-१४ सम्पन्न

  • ३१ आश्विन २०७९, सोमबार ०६:४९ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग:-१४
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०६/२७

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको १४[चौधौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

              
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रवर्तक तथा परिकाल्पनाकार
    =================
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी

    चित्र संकलन गुगलबाट

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    Thoughtful elderly man sitting alone at home with his walking cane

    शुद्धीकरण
    ————–
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    सङ्कलक :-
    ———-
    दुर्गा आचार्य & सुशीला पौडेल

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजन
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्रपट पञ्चाङ्ग   [०१]

    दिक्क मानेर लौरो समातेर बसेको देख्छु ।
    आफन्तले नै आफैलाई त्यसै डसेको देख्छु ।
    हाम्रो दिन त गएको हो कि भनेर नसोच्नु,
    बोल्न मन नलागेर कुनामा पसेको देख्छु ।
    सपना जस्तै एकान्तमा सधैँ खसेको देख्छु ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    चित्रपट पञ्चाङ्ग   ०२

    मेरो छोरो-बुहारीको गतिलो घर छ ।
    चौकीदारी गर्न भने मलाई कर छ।
    विदेश तिरै बस्छन छोरो र बुहारी,
    घरमा म एक्लै छु बस्न पनि डर छ।
    हेर्नोस् एउटा निर्जीव लौरोको भर छ।

           ✍️अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग   ०३

    जवानी त कमाउँदैमा गयो।
    अब लौरो समाउँदैमा गयो।
    आफ्ना छोराछोरी कता छन् कता,
    साथ सबै रमाउँदैमा गयो।
    पैसा घर जमाउँदैमा गयो।

    ✍️सुमित्रा पोखरेल काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ०४

    दिन ढल्के घर घर नहुने रहेछ ।
    आफ्नै मानिसको भर नहुने रहेछ ।
    उमेर थियो र सम्पूर्ण नजिक हुन्थे,
    बैँस सकिँदा रहर नहुने रहेछ ।
    अन्तमा मृत्युको डर नहुने रहेछ ।

    ✍️आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग   ०५

    जति पटक जिताए पनि केही,गरेको होइन ।
    जितेर  गएपछि  फर्केर गाउँ, झरेको होइन ।
    यस्तो र उस्तो भन्यो,आखिरमा उनैछन् भोट माग्ने,
    ढलेको सिन्को सम्म वर को पर,सरेको होइन।
    वाध्यताले  जिताइयो  तर  मन,परेको होइन।
                             
    ✍️चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    चित्रपट पञ्चाङ्ग   ०६

    रोगी भएँ असाध्यै थाती छ एक लौरी ।
    आफ्ना समस्त भन्दा जाती छ एक लौरी ।
    हेर्छन् सबै मलाई हो बोझझैँ गरेर ,
    व्यथा सुनेर बस्ने छाती छ एक लौरी ।
    एकान्तको सहारा राती छ एक लौरी ।

    ✍️पद्मा , बाँके
    २०७९/०६/२८

    चित्रपट पञ्चाङ्ग   ०७

    बुढेसकालमा साहारा नहुने रहेछ ।
    उमेरमा जस्तो आहारा नहुने रहेछ ।
    के थाहा र यस्ता  दिन आउला भनेर,
    कसैसँग   धेरै  कुरा  नहुने  रहेछ ।
    वृद्धका ईच्छा नि  पूरा नहुने रहेछ ।

    ✍️दुर्गा भट्टराई
    मोरङ।

    चित्रपट पञ्चङ्ग   ०८

    रुन्छ मन एक्लै बस्दा आँसु कति खसाउ यहाँ ।
    दुनियाँ दारी सोचेर मनमा डर बसाउ यहाँ ।
    सधै हतार हुन्छ आफू परियो बेरोजगारी ,
    सफा दिलमा जग्गा बनाई सबैलाई हसाउ यहाँ ।
    अजम्वरी बाँच्न को सक्छ भन्दै न डसाउ
    यहाँ ।

    ✍️अम्बिका अधिकारी
    झापा विर्तामोड।

    चित्रपट पञ्चाङ्ग   ०९

    चिन्ता छ अब धेरै दुःखका दिन आए ।
    कम्जोर भयो  रोगले  घेर्ने छिन आए ।
    यो  उमेर मान  सम्मान मा ठेंश  पुग्छ ,
    हिंँड्डुल गर्न नसक्ने लौरा बिन आए ।
    साथी बिन मुश्किल दिन एकिन आए।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही ।

    चित्रपट पञ्चाङ्ग   १०

    सबै बुझ्ने भईसक्यौ  मैले के भनुूँ ।
    यता भएन उता भएन जहिले के भनूँ
    जसोगरि भएपनि लौफआफ्नो काम गर,
    गल्ती गर्छौ सधैँ नै तिमी अहिले के भनूँ।
    सम्झाउदै दिन त बिते कहिले के भनुूँ।

    ✍️सन्जना शर्मा, दाङ लमही ।

    चित्रपट पञ्चाङ्ग   ११

    दिन ढल्दै जाँदा एक्लै हुने रहेछ ।
    साना बाल साथी भन्दै रुने रहेछ ।
    हात खुट्टालाई  नि सहारा चाहिने ,
    माथि चढ्छु भन्दा भुईँ छुने रहेछ ।
    कपडामा प्यारो दौरा तुने रहेछ ।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।

    चित्रपट पञ्चाङ्ग   १२

    उमेर ढल्के पछि हिँडडुल गर्नलाई कर हुने रहेछ।
    यसो पाइला चाल्न नसक्दा यहीँ लौरोको भर हुने रहेछ ।
    रैछ जीवन राम्रो नराम्रो,टाढा नजिक उमेर हुँदा मात्र ,
    अतीतको मिठो सम्झना सबै थोक अब घर हुने रहेछ।
    जति भो बृद्धअवस्था उति मरिन्छ भन्ने डर हुने रहेछ ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १३

    जन्मेपछि उमेर सबैको आउँछ हेर ।
    बैँसलाई त सबैले माया लाउँछ हेर ।
    तर जवानी सधैंँ रहदैन नि नानी हो ,
    बैँस त बुढेसकाल तिरै  धाउँछ हेर ।
    बुढेसकालमा कस्ले माया पाउँछ हेर ।

    ✍️पशपति राई, खोटाङ ।

    चित्रपट पञ्चाङ्ग   १४

    सुनसान घरमा एक्लै वस्दा मन रुने रहेछ ।
    काेही छैन सामुमा पीर पर्दा मुटु छुने रहेछ ।
    छैनन् सन्तान दायाँबायाँ भए लागे परदेश ,
    जे परेपनि मनकाे मैलाेआफैंले  धुने रहेछ ।
    बुढेसकालकाे सहारा त लाैरी नै हुने रहेछ ।

    ✍️उर्मिला के.शी., धनकुटा ।

    चित्रपट पञ्चाङ्ग   १५

    लौरोको सहारामा सब छोड्नु परेको छ।
    मैले दुश्मनसँग बाटो मोड्नु परेको छ।
    बुढेसकालमा साथ दिने आफ्नो नहुँदा,
    आफन्तहरू जतिलाई गोड्नु परेको छ।
    भएका सम्बन्ध सबै नै तोड्नु परेको छ।

    ✍️सुशीला पौडेल, काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   १६

    बुढो हुँदै जाँदा कपाल झर्दो रहेछ ।
    एक्लो पनले सारै मन मर्दो रहेछ ।
    साहारा दिने साथीले छोडेर जाँदा ,
    यही बैसाखीमा जिवन टर्दो रहेछ।
    अगाडि यसरी जीवन सर्दो रहेछ।

    ✍️सीता शर्मा, वीरगन्ज ।

    चित्रपट पञ्चाङ्ग   १७

    हातमा लौरो समाई नचाउन जान्नु पर्छ ।
    नेताले अबत जनताको कुरा मान्नु पर्छ ।
    कुशासनले छायो विकृती रोकनलाई नै,
    लौरो चिन्हमा  मतदान  गरेर तान्नु पर्छ ।
    भ्रष्ट जतिलाई मङ्सिर चारले बान्नु पर्छ ।

    ✍️पार्वती अर्याल , भरतपुर चितवन।

    चित्रपट पञ्चाङ्ग  १८

    हजुरबाले सोच्न लाग्नु भयो लौरो   टेकेर भोटलाई।
    साँच्चै भन्न लाग्नु भयो सक्षम युवा देखेर भोटलाई।
    अघिका नेताले डुवाए देश युवामा दिनुपर्छ भोट,
    बुढाबाले भन्छन् दिन्छु युवालाई नै लेखेर भोटलाई।
    म भन्छु नेताहरू के हिँड्छौ  जनता सेटेर भोटलाई।

    बेदु न्यौपाने काठमाडौ ✍️

    चित्रपट पञ्चाङ्ग   १९
    १.
    हाँस्नुपर्छ पर्वमा  काेही रुनु हुँदैन
    राेग भाेक अनि शाेकले  छुनु हुँदैन
    मेरो कुरा साँच्चै सुन्नेभए दुर्गा माता
    दशैँ कहीँ कतै  नि  दशा  हुनु हुँदैन
    आँसुले  कदापि  मुहार धुनु हुँदैन ।
    २.
    सजिलै  मानिसहरू  लुटाउन सक्छन्
    लगाएर  परचक्री  कुटाउन सक्छन्
    फलाम काट्ने फलामजस्तै न हाे मान्छे
    बहाना  उम्दा अनेकाैँ  जुटाउन सक्छन्
    ख्याल गराैँ  सहाेदर फुटाउन सक्छन्  ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।

    चित्रपट पञ्चाङ्ग   २०

    लौरीले भ्रष्टलाई बजाउनु छ।
    मनमा लौरीलाई सजाउनु छ।
    बालेनदेखि भवानीसम्म लौरी,
    लौरीले सबैलाई कजाउनु छ।
    भुलियो भने लौरी लजाउनु छ।

    ✍️घनश्याम पौडेल, पोखरा

    चित्रपट पञ्चाङ्ग   २१

    लाैरीकाे सहारामा जिन्दगी छाेड्नुपर्छ अब,
    शत्रु मित्रकाा अगाडि बाटो माेड्नुपर्छ अब,
    बुढेसकालमा सहारा मेरो कहीँ नहुँदा,
    नातासम्बन्ध त्यो जेछ सबै ताेड्नुपर्छ अब
    परलोकको शान्ति बगैँचा गोड्नुपर्छ अब।।

       ✍️सहयात्री शाेभा अर्याल
         बुटवल १४ रुपन्देही
    चित्रपट पञ्चाङ्ग  २०

    हजुरबाले सोच्न लाग्नु भयो लौरो   टेकेर भोटलाई।
    साँच्चै भन्न लाग्नु भयो सक्षम युवा देखेर भोटलाई।
    अघिका नेताले डुवाए देश युवामा दिनुपर्छ भोट,
    बुढाबाले भन्छन् दिन्छु युवालाई नै लेखेर भोटलाई।
    म भन्छु नेताहरू के हिँड्छौ  जनता सेटेर भोटलाई।

    बेदु न्यौपाने काठमाडौ ✍️

    चित्रपट पञ्चाङ्ग   २१
    १.
    हाँस्नुपर्छ पर्वमा  काेही रुनु हुँदैन
    राेग भाेक अनि शाेकले  छुनु हुँदैन
    मेरो कुरा साँच्चै सुन्नेभए दुर्गा माता
    दशैँ कहीँ कतै  नि  दशा  हुनु हुँदैन
    आँसुले  कदापि  मुहार धुनु हुँदैन ।
    २.
    सजिलै  मानिसहरू  लुटाउन सक्छन्
    लगाएर  परचक्री  कुटाउन सक्छन्
    फलाम काट्ने फलामजस्तै न हाे मान्छे
    बहाना  उम्दा अनेकाैँ  जुटाउन सक्छन्
    ख्याल गराैँ  सहाेदर फुटाउन सक्छन्  ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।

    चित्रपट पञ्चाङ्ग   २२

    आँगन पनि परदेश हुँदो रहेछ
    एक्लो हुँदा सधैँ यो मन रुँदो रहेछ
    चक्र हो जीवनमा भोग्नै पर्ने बुढ्यौली
    सानै कुराले पनि दिल छुँदो रहृेछ
    केवल सत्कर्मले दुःख धुँदो रहेछ

    ✍️पुष्पा नेपाल(सुवेदी )
       इलाम ।

    चित्रपट पञ्चाङ्ग   २३

    सानाे कुराले पनि चसक्क हृदय  छुँदो रहेछ ।
    बोझ भएछु की झैँ लाग्दा भित्री मन रुँदो रहेछ ।
    लौरी र औषधीको भरमा दिन काटनु पर्दा ,
    वृद्ध अबस्थामा सहन सारै गाह्रो हुँदो रहेछ ।
    आँसुका धाराले नै राती सिरानी धुँदाे रहेछ ।

    ✍️नानीबाबा अधिकारी,  काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-१४ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७३औँ भाग शनिबार सम्पन्न

  • ३० आश्विन २०७९, आईतवार ००:३७ मा प्रकाशित
  • काठमाण्डौँ, २९ असोज । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७३औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    photo: Arta Akulin

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    १
    हिमाल
    चाँदीको पर्खाल
    सुन्दर शान्त नेपाल !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’ पनौती-३, काभ्रे

    २
    नेपाल
    हाँसेको हिमाल
    शान्त सौम्य विशाल !

    • आर्त अकुलीन, कैलाली

    ३
    सूर्याेदय
    हिमाल टल्केको
    मनमाेहक सुनाैलाे भएको !

    • प्रद्युम्न चालिसे, भक्तपुर

    ४
    हिमालय
    नाम विशाल
    पहिचान हो नेपाल !

    • कृष्ण जोशी
      हाल: मेरिल्याण्ड, अमेरिका

    ५
    हिमाल
    नेपालकाे गौरब
    प्रकृतिको अनुपम उपहार !

    • राजकुमार राजभण्डारी ‘खाेटाङ्गे’
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    ६
    सौन्दर्य
    मौसम खुलेको
    आहा! मन भुलेको !

    • म्यामराज राई,भोजपुर

    ७
    हिमाल
    अनुपम उपहार
    सुन्दर शान्त विशाल !

    • रमा पन्त, पाल्पा

    ८
    हिमाल
    नेपालको पहिचान
    स्वर्गको एक टुक्रा !

    • सीता पाण्डेय मरासिनी
      रेसुङ्गा नगरपालिका-९, गुल्मी

    ९
    हिमाल
    हिउँ थुप्रो
    विश्वम८ सुन्दर नेपाल !

    • घनश्याम पौडेल
      गौरीगङ्गा नगरपालिका-९, कैलाली

    १०
    हिमाल
    नेपाली माटो
    बुद्ध हिँडेको बाटो !

    • सविता के.सी., काठमाडौँ

    ११
    किरण
    सुर्यको मनमोहक
    दृश्य हिमाल टल्केको !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    १२
    हिमाल
    कल्पित लहर
    सौम्य यो प्रहर !

    • प्रेम थापा ‘मन’, बागलुङ

    १३
    हिमाल
    स्वर्गको काख
    गौरवान्वित अद्भुत आभास !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    १४
    नेपाल
    टलकेको हिमाल
    सुन्दर शान्त विशाल !

    • सरस्वती श्रेष्ठ, इटहरी

    १५
    सम्पदा
    नेपाली सान
    विश्व सामु पहिचान!

    • राम न्यौपाने, कैलाली

    १६
    हिमाल
    नेपालको शिर
    कहिल्यै नझुक्ने वीर ।

    • पशपति राई, खोटाङ

    १७
    हिमाल
    नेपालको पहिचान
    सदैव उँचो शिर

    • गोपाल प्रसाद पौड्याल, विराटनगर

    १८
    स्वर्ग
    मनोरम प्रकृति
    मेरो धर्ती नेपाल !

    • लालबहादुर थापा, कैलाली

    १९
    हिमाल
    राष्ट्रको सिरानी
    पुर्खाले आर्जेको निशानी !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    २०
    सुनौलो
    हिमाली लालिमा
    बुद्ध स्तुपाको गरिमा!

    • कमला देवकोटा, पाल्पा

    २१
    सुनौलो
    हिउँ फुलेको
    स्वर्गको टुक्रा नेपाल !

    • गोपे दाजु, पाँचथर

    २२
    प्रात:काल
    स्वर्णिम छटा
    हिमाल कति ओटा ?

    • नवराज भट्ट, कञ्चनपुर

    २३
    हजुर
    अद्वितीय मुस्कान
    दन्त लहरी गजुर !

    • शारदा आचार्य, लालितपुर

    २४
    हिमाल
    राष्ट्रको गौरव
    सौर्न्दर्य अति मनमोहक ।

    • समुन्द्रा शर्मा, इटहरी

    २५
    हिमाल
    नेपालको पहिचान
    कहिले नहराउने आफ्नोपन !

    • हीरा तामाङ, काभ्रे

    २६
    नेपाल
    हिमालको काखमा
    मन्दिरै मन्दिर साथमा ! – त्रिलोक रामदाम, सिद्धार्थनगर-८, भैरहवा

    २७
    सुनाैलाे
    स्वर्ग हिमाल
    गाैरवशाली देश नेपाल !

    • रामप्रसाद पुरी, बादेल, खाेटाङ

    २८
    अनुपम
    छटा प्रकृतिको
    साैम्य स्वच्छ मनाेहर !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    २९
    हिमाल
    विश्वले चिनेको
    बुद्धको देश नेपाल !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    ३०
    हिमाल
    गुम्बा विहार
    संस्कृति बोकेको नेपाल !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    ३१
    हिमाल
    प्रकृति अनमोल
    नेपालको राष्ट्रिय सम्पत्ति !

    • रतन बिष्ट ‘सिर्जन’, डडेल्धुरा

    ३२
    प्रकृति
    सुनाैलाे माैसम
    हिमालको उचाइमा बाैद्धगुम्बा !

    • नारायण प्रसाद उपाध्याय, कैलाली

    ३३
    सुनौलो
    बिहानीको हिमाल
    स्वयम्भूको मनोरम दृश्य !

    • खेमराज पुरी, कैलाली

    ३४
    हिमालय
    स्वर्णिम आकाश
    प्रकृति संस्कृति एकनास !

    • मनोज थापा, कैलाली

    ३५
    बिहानी
    सुनौलो किरण
    मुसुक्क हाँसेको हिमाल !

    • धनमाया चौधरी, कैलाली

    ३६
    हिमाली
    काखमा रमाइलो
    आहा सुन्दरताको प्रतीक !

    • नारायण कोइराला, तानसेन, पाल्पा

    ३७
    हिमाल
    पर्यटक पल्केको
    प्राकृतिक सुन्दरता झल्केको !

    • मन्दिरा सेढाई, धादिङ

    ३८
    हिमाल
    टलक्क टल्केको
    दृश्यले पर्यटकहरू पल्केको !

    • ईश्वरी अधिकारी, लमजुङ

    ३९
    प्रकृतिक
    अनुपम उपहार
    हाम्रो देशको हिमाल !

    • मङ्गला उपाध्याय, कलैया-१, बारा

    ४०
    हिमाल
    हाम्रो नेपाल
    सुन्दर शान्त विशाल !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    ४१
    हिमाल
    बुद्ध स्तूप
    स्वर्ग भन्दा अद्भुत !

    • वेदना रागी, टीकापुर, कैलाली

    ४२
    हिमाल
    वरिपरि वनपाखा
    बिचमा माटोको थुप्रो !

    • अम्बिका अधिकारी, बिर्तामोड, झापा

    ४३
    हिमाल
    सौम्य प्रकृति
    हामी सबैको सम्पत्ति !

    • कविता आचार्य, कैलाली

    ४४
    लालिमा
    सुन्दर छटा
    अनुपम सौर्न्दर्य रूप !

    • तिला लेकाली, मोरङ

    ४५
    सुन्दर
    पहाडको नजिक
    सुन्दर स्तूपाको साथ !

    • राजेश भट्टराई
      सैनामैना-११, रुपन्देही
      हाल: भरतपुर, चितवन

    ४६
    हिमाल
    स्वर्गको आभास
    अटल शिर सदाबहार !

    • इन्दिरा देवकोटा, कपिलवस्तु

    ४७
    हिमाल
    सूर्यका किरण
    जादुमय स्वर्णिम नेपाल !

    • श्रीकृष्ण शर्मा, पोखरा

    ४८
    पर्वत
    नेपालको गौरव
    शिखरबाट बुद्धको सन्देश !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
      पाल्पा, हाल: बर्दिया

    ४९
    स्वर्ग
    हाँसेको हिमाल
    सुन्दर मेरो नेपाल !

    • हिउँ खतिवडा, कैलाली

    ५०
    नेपाल
    धरतीको स्वर्ग
    नेपाली हुनुको गौरव !

    • कल्पना पहाडी, सिन्धुली

    ५१
    सूर्योदय
    हिमालको काख
    पहिले टल्केको देखिने !

    • सुशिला पौडेल, काठमाडौँ

    ५२
    हिमाल
    अटलताको प्रतीक
    अहङ्कारी नाशवान् देवघर !

    • कण्ठराज गिरी, टीकापुर, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ७३औँ भाग शनिबार सम्पन्न

    दुई कृति विमोचित, खनाल बने दोस्रो चारुकार

  • २९ आश्विन २०७९, शनिबार २३:५० मा प्रकाशित
  • दाङ, लमही/२९ असोज । दाङको लमहीमा आज दुई कृति एकसाथ विमोचित भएका छन् । विमोचित हुने कृतिहरूमा चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष एवम् साहित्यकार तेजप्रसाद खनालको एकल चारु सङ्ग्रह ‘जुनेली रात’ र नेपालका नौ जना मूर्धन्य चारुकारहरूको (नवरत्नको) संयुक्त सङ्ग्रह ‘नवरत्न’ रहेकोे छ ।
    चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेशको आयोजनामा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि एवम् गजल शिरोमणि डा.घनश्याम न्यौपाने परिश्रमी र विशिष्ट अतिथि एवम् चारु प्रवर्तक डा.देवी पन्थीले संयुक्त रुपमा गर्नुभएको थियो ।

    बहर र काफियालाई गजल मुटु र फोक्सोको संज्ञा दिदै गजल शिरोमणि डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ले उक्त दुई कुरा गजलमा अपरिहार्य रहेको जनाउनुभयो । बहर र काफिया बिना गजल, गजल हुन नसक्ने बताउनुभयो । साथै उहाँले बहरबिना लेखिएका सम्पूर्ण गजल चारु भएको उल्लेख गर्नुभयो ।

    चारु नेपालको आफ्नै माटोमा उम्रिएको काव्यको एक प्रविधा भएको उल्लेख गर्दै चारु प्रवर्तक डा.देवी पन्थीले गजलकै शैलीमा लेखिने बिनाबहरका रचना चारु भएको उल्लेख गर्नुभयो । विमोचित कृतिहरूको समीक्षा गर्ने क्रममा उहाँले चारु छोटो समयमा नेपाल लगायत भारतमा समेत लोकप्रिय हुनपुगेको बताउनुभयो । भारतिय सर्जकहरूले चारु हिन्दी भाषामा लेख्ने गरेको बताउनुभयो ।

    उक्त कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै लमही नगरपालिका वडा नं. ५ का अध्यक्ष ओमप्रकाश सुवेदीले साहित्यको उन्नयनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    उक्त कार्यक्रममा साहित्यकार हरि पोख्रेल, स्वर्णशिखा, धनसिंह गिरी, छविलाल कोपिला , जगतराम यादव, भूमि आयोग दाङ जिल्ला अध्यक्ष लेखराज रेग्मी, प्राध्यापक हरेकृृष्ण ज्ञवाली, लिलाराम खनाल लगाएतका महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियो । साथै उक्त अवसरमा विभिन्न साहित्यकारहरूले चारु लगायतका रचना वाचन गर्नुभएको थियो ।

    कार्यक्रममा प्रथम चारुकार अमृता रसाइली रामदाम, अम्बिका खरेल उप्रेती, वसन्त अनुभव, यज्ञलाल सुवेदी, सीता शर्मा पन्थी, सन्जना शर्मा, निम बहादुर थापा, बिना रोका, सुरेश कुमार पाण्डे लगायतका साहित्यकारको उपस्थिति रहेकोे थियो । कार्यक्रममा स्थानीय साहित्यकारहरूका अलावा पूर्वको विराटनगर, चितवन, नवलपरासी, पाल्पा, बुटवल देखि पश्चिम बाँकेसम्मका साहित्यकारहरूको समेत उपस्थिति रहेकोे थियो ।

    कार्यक्रम चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव नागेन्द्र यादवले गर्नुभएको थियो ।

    चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेश समिति घोषणा

    कृति विमोचनका लागि आयोजित उक्त कार्यक्रममा पूर्व गठित चारु साहित्य प्रतिष्ठान, लुम्बिनी प्रदेश समितिको औपचारिक रुपमा सार्वजनिक पनि गरिएको थियो ।

    उक्त घोषित प्रदेश समितिमा तेजप्रसाद खनाल – अध्यक्ष, सन्जना शर्मा – उपाध्यक्ष , नागेन्द्र यादव – सचिव, वसन्त अनुभव – कोषाध्यक्ष र सदस्यहरू – नविना रेग्मी, सिर्जना खनाल, मुना पन्थी र यज्ञलाल सुवेदी रहनु भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दुई कृति विमोचित, खनाल बने दोस्रो चारुकार

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला भाग-६८ सम्पन्न

  • ५ आश्विन २०७९, बुधबार ००:५१ मा प्रकाशित
  • काठमाण्डौँ, २५ भाद्र । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    photo:social media

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू


    [१]
    जीवन
    बाँचुन्जेल रमझम
    मरेपछि उत्रै खाडल !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [२]
    बाँचुन्जेल
    झूप्रो महल
    मरेपछि एउटै खाडल !
    ✍️
    सरस्वती

    [३]
    समानता
    पुर्ने खाडलमा
    बासस्थानमा  गरीब धनी !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [४]
    मानिस
    असमान बसाइ
    मरेपछि समान खसाइ !
    ✍️
    राेशन पराजुली
    धरान।

    [५]
    मानव
    धनी गरिब
    मरेपछि एउटै खाडल !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [६]
    जीवन
    जीवितमा  विभेद
    मृत्युपछि एक समान !
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [७]
    मानव
    जीवनभर भ्रममा
    मृत्युपछि भेट्छ सत्य !
    ✍️
    पशपति राई
    खोटाङ

    [८]
    मालिक
    राजा रङ्क
    दुई गज जमीनका !
    ✍️
    टीकाराम जाेशी
    इमाडोल

    [९]
    जीवन
    स्थायी घर
    केवल चार हातको !
    ✍️
    प्रेम थापा “मन”

    [१०]
    आवास
    महल झुपडी
    अन्तमा खाडलको बास !
    ✍️
    देबकी

    [११]
    जीवन
    बाचुन्जेल विभेद
    मरेपछि सबै समान !
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    [१२]
    हुने
    एउटै चिहान
    बाँचुन्जेल धनको खाडल !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही

    [१३]
    जीवन
    दुईदिने माया
    घाम र छायाँ !
    ✍️
    सपना खनाल
    रुपन्देही

    [१४]
    जीवन
    मान्छे हरिप
    देखाउँछ धनि गरिब
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [१५]
    बाँचुन्जेल
    उचनिच तेरोमेरो
    मर्दा साझा चौघेरो !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    [१६]
    आवास
    झुपडी  महल
    मान्छे बीचमा विभेद !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी भक्तपुर ।

    [१७]
    बेहाल
    धनी गरिब
    समान हुन्छ खाडल !
    ✍️
    भगवती

    [१८]
    उस्तै
    जाने ठाउँ
    जीवन भोगाइ फरक !
    ✍️
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१९]
    लेखा
    पुरा भएर
    जाने ठाउँ समान !
    ✍️
    गुणनिधि घिमिरे
    दमक झापा

    [२०]
    बाँचुन्जेल
    धनकाे  लालस
    मरेपछि माटाेको  बास !
    ✍️
    चन्द्रावती अधिकारी
    काेहलपुर वाँके

    [२१]
    गन्तव्य
    एउटै हुन्छ
    धनी गरिब दुवैको !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी

    [२२]
    बाँचुन्जेल
    धाक समानता
    मरेपछि रहन्न भिन्नता !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा-६ संखुवासभा हाल मलेसिया

    [२३]
    जीवन
    बाँचुञ्जेल विभेद
    मृत्युपश्चात खाडलकै फेँद !
    ✍️
    तेजप्रसाद खनाल
      लमही दाङ।

    [२४]
    मान्छे
    अबुझ किन
    आखिर गन्तव्य एउटै !
    ✍️
    बाबुकाजी सुवाल
    चाँगुनारायण नपा-२, झौखेल, भक्तपुर ।

    [२५]
    धनवान
    अलिशान भवन
    गरीबकाे फुसकाे झुपडी !
    ✍️
    नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर

    [२६]
    घर
    जिउँदामा फरक
    मरेपछि सबैको एउटै !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [२७]
    शरीर
    पञ्चतत्वको  मिलन
    समस्त माटोमै  बिलिन !
    ✍️
    कमला  देवकोटा,
    पाल्पा

    [२८]
    खाडल
    सोचाई अभाव
    मृत्यु शैयामा दबाब !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [२९]
    बाँचुञ्जेल
    छ तेरोमेरो
    अन्तिम गन्तव्य एउटै !
    ✍️
    गोपाल

    [३०]
    विषमता
    आर्थिक विपन्नता
    धनी गरिबबिचको खाडल !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [३१]
    घमण्ड
    धनी गरिब
    मरेपछि  उस्तै खाडल !
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३२]
    रमझम
    फरक गृह
    मरेपछि एउटै घाट  !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [३३]
    बाँस
    महल झोपडी
    अन्त्यमा समान खाडल !
    ✍️
    त्रिलोक

    [३४]
    पृथकता
    धनी गरिब
    एक सामाजिक असमानता !
    ✍️
    कविता आचार्य
    कैलाली

    [३५]
    मान्छे
    बिर्सेर मृत्यु
    रच्दछ ढोँगको ढोलक ।
    ✍️
    गोपे दाजु
    पाँचथर।

    [३६]
    बाँचुन्जेल
    फरक घर
    मरेपछि एउटै खाडल !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [३७]
    धनी
    नदेऊ रवाफ
    जानी एकै ठाउँ !
    ✍️
    प्रदिप नेपाली ।
    बिहादी ५ उराम,पर्बत।

    [३८]
    चिहान
    सबैको बराबर
    असमान रहेछन्  घर !
    ✍️
    वेदना रागी
    टीकापुर

    [३९]
    जीवन 
    बाँचुन्जेल तेरोमेरो
    मरेपछि एउटै चौघेरो ।
    ✍️
    मिलन के.सी(थापा)
    पोखरा

    [४०]
    खाेज्याे
    सुखकाे बाटाे
    अन्तमा  भेटायाे माटाे !
    ✍️
    टीकाराम जाेशी
    इमाडाेल

    [४१]
    नेता
    कसरी मेटिएला
    धनी गरिबको खाडल ?
    ✍️
    रमा

    [४२]
    असमानता
    बढ्दाे समस्या
    धनी गरिबबीचकाे दूरी !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [४३]
    मान्छे
    झुपडीको बास
    सदा महलको आस !
    ✍️
    चन्द्र बोहरा डोटेली
    कैलाली

    [४४]
    अन्तिममा
    जाने खाल्डो
    नगरौंँ उल्टो पाल्टो !
    ✍️
    चक्र शाही
    कैलाली ।।

    [४५]
    जिउँदोमा
    साह्रै घमण्ड
    मान्छेको अन्तिम आवास !
    ✍️
    अबोध निर्मल
    कैलाली

    [४६]
    जुनी
    भनेर नहुनी
    मरे माटो मुनिब !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [४७]
    घर
    हरेकका भिन्न
    चिता दुवैको समान !
    ✍️
    कर्ण थापा
    लम्कि।

    [४८]
    खाडल
    धनी गरिब
    हुन्छ असमान दुरी !
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४९]
    मानिस
    फरक बास
    अन्तमा एउटै खास !
    ✍️
    सुरेशकुमार पान्डे।

    [५०]
    जिन्दगी
    धनी गरिब
    गन्तव्य सबको समान ।
    ✍️
    वासुदेव ज्ञवाली
    तानपा-१ ध्रुवघाट पाल्पा

    [५१]
    पुरिने
    उत्रै खाडलमा
    बाचुन्जेल विभेद धनमा !
    ✍️
    धर्मी शाक्य
    बुटवल रुपन्देही ।

    [५२]
    घर
    सुन्दर संसार
    सन्तोष मुख्य आधार !
    ✍️
    प्रद्युम्न चालिसे

    [५३]
    शून्यता
    मानिसको जीवन
    मसान घाटसम्मको यात्रा !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [५४]
    मानव
    असमान जीवन
    मृत्यु शैया एउटै !
    ✍️
    बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [५५]
    चिहान
    बराबरी पहिचान
    छोडेर जाने परमधाम !
    ✍️
    अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला भाग-६८ सम्पन्न

    उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • ४ आश्विन २०७९, मंगलवार २३:५० मा प्रकाशित
  • १
    संविधान
    दिवस मनाउने
    रक्षाको लागि रमाउने!

    २
    जनता
    स्वाभिमानी साथ
    निर्वाह हक अधिकार!

    ३
    अधिकार
    सबैको बराबर
    उन्नति प्रगति गरेर!

    ४
    दिवस
    मनाउने होड
    देश निर्माणमा जोड!

    ५
    आशावादी
    देश विकाश
    खुलेको असली निकास!

    • जमुना कायस्थ, पोखरा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

  • ४ आश्विन २०७९, मंगलवार ००:१३ मा प्रकाशित
  • १.
    ऐश्वर्य
    घमण्डले मातिएको
    आशिर्वाद पाउन गाह्राे !

    २.
    बदमास
    गरेर नलाग्ने
    समाजबाट बहिष्कार गरिने !

    ३.
    अँगालो
    चिसो मौसम
    असिनाले मनै हरर !

    ४.
    खुशी
    व्यक्त नगरेरेै
    दुःखको पहिरो खस्ने !

    ५.
    आशा
    गरिबको झुपडी
    खरको चुहिएको छानो !

    • अम्बिका अधिकारी, झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री अम्बिका अधिकारीका उत्कृष्ट उदकहरू

    उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

  • ४ आश्विन २०७९, मंगलवार ००:११ मा प्रकाशित
  • १
    जिन्दगी
    हार जीत
    सुख दुःख सङ्घर्ष!

    २
    प्रेम
    गाढा बन्धन
    अनुपम सुखकाे आभास!

    ३
    जिन्दगी
    घाम छाया
    कर्म बन्धन माया!

    ४
    लक्ष्य
    उद्देश्य प्राप्ति
    जीवनकाे ठूलो उपलब्धि!
    ५
    उपहार
    मनको व्यवहार
    स्नेह माया अपार!

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँस्कोटा ढकालका उत्कृष्ट उदकहरू

    उदक यात्री चक्रबहादुर आलेका उत्कृष्ट उदकहरू

  • ४ आश्विन २०७९, मंगलवार ००:०९ मा प्रकाशित
  • १
    वर्षा
    बाढिपहिरोको कहर
    शोकमग्न सुदूरको जहर !

    २
    वेदना
    असहायको दु:ख
    चुँडिदै बाँच्ने अभिलाषा !

    ३
    समसान
    शवहरुको रछ्यान
    कहरमा पुरिँदै बस्तीहरू !

    ४
    समवेदना
    शोकाकुल आफन्त
    धैर्यधारणको कामना व्यक्त !

    • चक्रबहादुर आले, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री चक्रबहादुर आलेका उत्कृष्ट उदकहरू

    साताका तीन लघुकथा

  • २ आश्विन २०७९, आईतवार ००:४२ मा प्रकाशित
  • साताका तीन लघुकथा’को उन्नाइसौंँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (लिभिङ टुगेदर, ढुङ्गाको जात र अन्धविश्वास) छनोट गरी प्रकाशन गरिएको छ।

    [१] लघुकथाः लिभिङ टुगेदर

    ✍️ नर पल्लव
    क्षणिक उन्मादको आवेगमा ‘लिभिङ टुगेदर’ को आधुनिक फेसन अनुकरण गर्दै मृगेन्द्र र निशा ‘लिभिङ टुगेदर’मा सँगै बस्न थालेका थिए। उन्मुक्त भएर स्वच्छन्दतावादी जीवनको सोख राख्ने त्यो जोडी आफ्नै स्वप्निल लोकमा डुबेको थियो। ‘प्लस टु’ गरेपछि दुबै जना पढ्नका लागि सहर आए । सहरको चकाचौँध वातावरण माझ उनीहरू एउटा फ्लेट भाडामा लिएर मस्तीमा झुम्न थाले। उता गाउँघरमा दुबैका अभिभावकहरू आआफ्ना छोरा र छोरीको पढाइप्रति निश्चिन्त थिए।

    सिमसिमे झरी परिरहेको थियो। निशा रिसले मुर्मुरिएर बरन्डामा बेचैन अवस्थामा मृगेन्द्रको प्रतीक्षा गरिरहेकी थिई। मृगेन्द्र ज्यादै नै थकित अवस्थामा देखिन्थ्यो। कारबाट झरेर ‘हेलो डार्लिङ’ भन्दै ऊ निशा नजिक पुग्यो। क्रोधित मुद्रामा घाइते सिंहिनीझैँ निशा मृगेन्द्रमाथि जाइलागी। रिसले चुर हुँदै मृगेन्द्रको कठालो समाउँदै ऊ रन्किन थाली, “यू स्काउन्ड्रल। हाउ डेयर यू लाइ टु मी ? मलाई किन ढाँटेको ?”

    “के भयो ? ह्वाइ आर यू सो मेड एट मी ? किन यसरी जङ्गिएकी ?” मृगेन्द्रले अलि शान्त भावमा सोध्यो ।
    “ह्वाइ डिडिन्ट यू टेल मी डेट यू आर मेरिड ? किन सिङ्गल छु भनेको, हँ ?” निशा मृगेन्द्रमाथि आक्रोश पोख्न थाली।

    “लिसेन टु मी फस्ट। पहिले कुरा बुझ न । कुरा के हो भने…..।” मृगेन्द्रको कुरा टुङ्गिन नपाउँदै “माइ फुट ! यू फ्रड। गो इन्साइड द रुम एन्ड आस्क योर वाइफ।” भन्दै ऊ बेड रुमभित्र पसी। आफ्ना लुगाफाटा लगेजबेगमा राखी र कम्पाउन्ड गेटबाहिर निस्की। टेक्सी लिएर ऊ सरासर बस पार्क पुगी। बेन्चमा बसेर कोक पिउदैँ अलिक बढेको पेटमा हात राख्दै सोच्न थाली, अब यसलाई लिएर बाँचू कि यो सँगै अन्तिम सास फेरूँ…..?” ऊ किंकर्तव्यविमूढ भई।

    अर्को दिन बलात्कृत भनाउँदी उसँग अन्तरवार्ता लिन मिडिया ऊ नजिक झुम्मिन थाल्यो।


    बुद्धनगर, काठमाडौँ

    [२] लघुकथा : ढुङ्गाको जात

    ✍️ विवेक दुलाल क्षेत्री’दमक’
    बगरमा थुप्रै ढुङ्गाहरु थिए । एउटा मानिसले केही ढुङ्गा लिएर घर गयो ।
    श्रीमती बर्तालु थिइन् । धर्मकर्म भनेपछि हुरुक्क हुन्थिन् । श्रीमतीले एउटा ढुङ्गा पूजाकोठामा लगेर अबिर दलिन् । शिवजी मानेर पुज्न थालिन् ।

    एकदिन त्यो घरको सानी नानीले अर्को ढुङ्गा लिएर पूजाकोठामा गई । सानी नानीको हातमा ढुङ्गा देख्नेबितिकै अबिर लगाएको ढुङ्गा बोल्यो,- “तिमीले मेरो स्थान कदापि लिन सक्तैनौ । अब म साधारण ढुङ्गा होइन । उपल्लो ढुङ्गाको जात भैसकेँ ।”

    उसको कुरा अस्वाभाविक मान्दै नानीको हातको ढुङ्गाले जवाफ फर्कायो,- “तिमीमा मान्छेको ठूलो सानो भन्ने घृणित् स्वभाव पनि सरेछ है !”
    दमक बजार ,झापा
    हाल – अबुधाबी ,युएई ।

    [३] लघुकथा : अन्धविश्वास

    ✍️ तिलक तारामी “रेशाली”
    बिहान उठ्नेबित्तिकै सिमाले दाँया हातको पाखुरामा असहज महसुस गरिन् । नियालेर हेरिन् । त्यहाँ नीलडाम रहेछ ।

    आफ्नो पतिलाई देखाउँदै भनिन्,- “यता हेर्नु न, बोक्सीले टोकिछे नि । धामीकहाँ जाऔँ न । फुकफाक गराउनु पर्यो ।”

    “बोक्सी, धामी, झाँक्री यी सब अन्धविश्वास हुन् । यस्तो कुरामा पनि विश्वास गर्ने ? बरु स्वास्थ्यचौकी गएर परीक्षण गराउनु पर्छ ।” पतिले भने ।

    त्यसपछि पतिले बाइक स्टार्ट गरे । पत्नी पछाडि बसिन् । बाइक सररर अगाडि बढ्यो । अलि पर पुगेपछि पतिले झ्याप्प ब्रेक लगाए । झण्डै बाइक पल्टिएन् ।

    “के भयो ? किन एक्कासि ब्रेक हान्नु भएको ?” पत्नीले सोधिन् ।

    “के हुनु नि ? उता हेर न । कालो बिरालोले बाटो काट्यो ।” पतिले भने ।
    बुटवल-११, रुपन्देही

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री ऋजु दिल्पालीका उत्कृष्ट उदकहरू

  • १ आश्विन २०७९, शनिबार १०:३८ मा प्रकाशित
  • १.
    प्रेम
    यौवनको मधुशाला
    दुरुपयोगले जिन्दगी खाला !

    २.
    सत्ता
    आफन्तहरूको राज
    विदेशीको हुने कामकाज ।

    ३.
    राजनीति
    वेढङ्गको थिति
    कुसंस्कार कुरीति कुनीति !

    ४.
    म
    स्वभिमान बेच्दै
    अस्तित्व खाने मान्छे !

    ५.
    नेता
    देशका धमिरा
    जनताका आततायी मित्र !

    • ऋजु दिल्पाली, सुनसरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री ऋजु दिल्पालीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P