किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ ।
वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् ।
यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।
वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।
यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ ।
सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।
कपिलवस्तु – मानसिक परामर्श नै मानव जीवनको अति आवश्यक बन्दै गएको छ। यसै सन्दर्भमा दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको आयोजना र युनाईटेड मिसन टु नेपालको सहयोगमा मिडियाकर्मीहरुलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण कार्यक्रम तौलिहवामा सम्पन्न भएको छ। कार्यक्रमबाट जनसमुदायमा व्यापक सचेतनाका लागि मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखिकरण मिडियाकर्मीहरुसंग गरिएको बताईएको छ। मानसिक स्वास्थ्य अवस्था, यसका लक्षण, नेपालमा यसको बर्तमान अवस्था, यसका भ्रम र सत्यता, चुनौती लगायतको विषयमा युएमएनका प्रतिनिधी सविना लाखाले प्रष्ट पार्नु भएको थियो। विश्वमा कुल जनसंख्याको २५ प्रतिशत मानिसलाई कुनै न कुनै किसिमको मानसिक समस्या रहेको उल्लेख गर्नु भयो।
नेपालमा भने मानसिक समस्या कै कारण दैनिक १६ जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्यांकले देखाएको छ। लकडाउनको समयमा देश भरमै सबैभन्दा बढी २ सय ४२ जनाले लुम्बिनी प्रदेशमा आत्महत्या गरेको तथ्यांक प्रस्तुत भएको थियो।यस्तै मानसिक रोग विशिषज्ञ डा. विक्रम काफ्लेले मानसिक समस्यामा रहेको व्यक्तिलाई सम्झाउनु भन्दा पनि पहिले उसको कुरा सुनिदेने गर्दा आत्म हत्याका घटनामा कमि आउन सक्ने बताउनु भएको छ।
आत्महत्या रोक्न मिडियाहरुको महत्वपुणर् भुमिका रहेको र मान्सिक समस्या कुनै रोग नभइ एक समस्या हो। नियमित औंषधि सेवन, योगआशन र परामर्शबाट निको पार्न सकिने यस समस्याका ७५ औषधि मध्ये १२ प्रकारका औषधि नेपाल सरकारबाट स्वास्थ्य संस्थामा निःशुल्क प्रदान गरिने उहाँले बताउनु भयो। मानसिक समस्या सम्बन्धि कुनै लक्षण देखिए पाटन मानसिक अस्पतालको हटलाईन नंम्बर ११६६ मा निःशुल्क सम्पर्क गर्न सकिने पनि उहाँले जानकारी दिनु भयो। प्रविधिको विकाससंगै मानिसको आकांक्षा पनि बढिरको हुदा त्यस्लाई पुरा गर्न नसक्दा आत्महत्याका घटना बढिरहेको जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेयले बताउनु भयो। मानसिक समस्या सम्बन्धि कुनै लक्षण देखिए नजिकैको मानसिक परामर्श केन्द्रमा सम्पर्क गर्न उहाँले आग्रह गर्नु भयो।
उमेश कुशवाहा,बीरगंज: पर्साको बहुदरमाई नगरपालिका वड़ा न.७ छपकैयामा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
श्री हनुमान मन्दिर संचालन समितिको आयोजनामा र पूर्ब वडा अध्यक्ष प्रभु पटेलको अध्यक्षतामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तदान कार्यक्रममा ७ महिला सहित ५३ जनाले रक्तदान गरेका छन।
रक्तदान गर्नेमा रोमा कुशवाहा,रीमा देवी,अनवर देबी,बबिता देबी,राधेश्याम शाह,चन्दू पटेल,रमोद कुशवाहा,बिकाश कुशवाहा,बिरेन्द्र कुशवाहा समेत रहेका छन।
रक्तदान कार्यक्रममा पुग्नु भएकी प्रमुख अतिथि बहुदरमाई नगरपालिका का उपमेयर सुष्मा कुशवाहाले रक्तदान गर्ने हरूलाई रगत जम्मा गर्ने पकेट दिएर कार्यक्रम शुभरम्भ गर्नु भएको थियो।
कार्यक्रम शुभरम्भ गर्दै उपमेयर कुशवाहाले रक्तदान जीवनको सब भन्दा ठुलो दान भएकोले सबैले रक्तदान गर्नु पर्ने कुरामा जोड़ दिनु भएको छन।
त्यस्तै नेता शिव पटेलले एक एक थोपा रगतले कसैको ज्यान बचाऊँ सकिन्छ,त्यसैले खुलेर रक्तदान गर्न जोड़ दिनु भयो।
कार्यक्रममा प्रमुख अतिथि सुष्मा कुशवाहा,अतिथि शिव पटेल ,प्रभु पटेल,प्रमोद कुशवाहा,यस संस्थाका अध्य्क्ष जटाशंकर शर्मा, फकरोदिन देवान तथा स्थानीयको सहभागी रहेको थियो।
कार्यक्रममा रक्तसंचार केंद्र बीरगंज प्राविधिक टोलीले प्रबिभिक सहयोग गरेको थियो।
श्री हनुमान मन्दिर संचालक समितिले पहिलो नै रक्तदान कार्यक्रममा ५३जनालाई रक्तदान गराउन सफल भएको राधेश्याम साहले हिमालयन दृस्टिका संवाददाता उमेश कुशवाहालाई जनकारी गराउनु भएको छन।
१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा २० दिनकै बीचमा ४ हजार ५ सय ३९ गुनासा आाएका छन् । २४ जेठबाट सुरु भएको कल सेन्टरमा आएका गुनासामध्ये ४ हजार १ सय २८ गुनासा टिपोटयोग्य रहेको महानगरपालिकाले जनाएको छ ।
महानगरले कल सेन्टरलाई प्रभावकारी बनाउन कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ) का सम्पर्क अधिकारीलाई गुनासो सुनुवाईको प्रगति ट्रयाकिङ र अद्यावधिक सम्बन्धी तालिम दिएको छ । विभाग र वडाबाट तोकिएका अधिकारीहरुलाई सभा गृहस्थित कम्प्युटर ल्यावमा गि्रभान्सेस रिअड्रेसिङ मेकानिज्यम सफ्टवेयरमा आधारित तालिम दिएको हो ।गुनासो सुन्ने कर्मचारीले अपनाउनु पर्ने सावधानी, उसमा हुनु पर्ने धैर्यता, गुनासोकर्ताले भनेका कुरा टिपोट गर्ने तथा सफ्टवेयर इन्ट्री गर्ने, गुनासो सम्बन्धित अधिकारीलाई पठाउने तरिका पनि सिकाइएको महानगरपालिकाले जनाएको छ ।अहिलेको चरणमा सम्पर्क अधिकारीलाई गुनासो हेर्ने, सुन्ने, कामसँग सम्बन्धित अधिकारीसँग गुनासो पुर्याउने, गुनासो गरिएको अवस्थाको तस्विर र सुधार भएपछिको तस्वीर लिएर दाँज्ने तथा काम भएपछि समापन टिप्पणी (क्लोजिङ् स्टेटमेन्ट) विवरण लेख्ने तरिका सिकाइएको महानगरको सूचना प्रविधि विभागले जनाएको छ ।तालिमका सहजकर्ता एवम् परामर्शदाता नवराज गुरुङकाअनुसार अधिकारीहरुसँग गुनासो वा सुझावकर्ताले कुरा गर्न पाएको बेला लाइभ सर्भरबाट र कुरा गर्न नपाएको बेला आवाज रेकर्ड गरेर कम्युनिकेसन सर्भरबाट गुनासो रेकर्ड गरिन्छ ।यसअघि सेन्टरमा १५ जनाको गुनासो एकै पटक सुन्न सक्ने क्षमताको १६६००१०५५११ टोल फ्रि सञ्चालन गरेका थियौं । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्छन्,’ ‘कोभिडको समयमा परामर्श र सेवाका लागि सञ्चालन गरिएको ११८० नम्बरको टोल फ्रि पनि कल सेन्टरबाटै सञ्चालन तयारी अन्तिम चरणमा पुर्याएका छौं ।’
रुपन्देही । बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउन चिकित्सकहरूले आग्रह गरेका छन् । मोबाइल-टिभी धेरै समय हेर्दा बालबालिकामा मानसिक, सामाजिक तथा शारीरिक विकासमा बाधा पुग्ने भन्दै चिकित्सकहरूले यस्तो नगर्न आग्रह गरेका हुन् ।
चिकित्सकहरू आवद्ध रहेको रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले आज ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउँ’ अभियान सुरु गर्दै बालबालिकामा मोबाइलको नकारात्मक प्रभावका बारेमा जानकारी गराएको हो । क्लबले रुपन्देहीका विभिन्न नगरपालिकासँगको सहकार्यमा सचेतनामूलक अभियान समेत चलाउने क्लबका अध्यक्ष डा. सन्तोष पोखरेलले बताए ।
डा. पोखरेलका अनुसार बालबालिकाले धेरै समय मोबाइल हेर्दा निद्रामा समस्या, मोटोपना, अटिजम, छिटो रिसाउने, झगडा गर्ने, पढाइमा कमजोर हुने, आँखामा समस्या हुने आफन्तजनसँग घुलमिल नहुने जस्ता समस्या देखिने गरेका छन् ।
पछिल्लो समय मोबाइलको प्रयोगले बालबालिकामा धेरै समस्या देखिएको बताउँदै उनले अभिभावक समेत यस विषयमा सचेत रहनुपर्नेमा जोड दिए । क्लबले बालबालिका बढी जम्मा हुने खोप केन्द्र, मन्टेश्वरी, सार्वजनिक निकायमा राख्ने गरी स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुखलाई ब्यानर तथा सचेतना सामग्री हस्तान्तरण समेत गरेको छ ।
कार्यक्रममा तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले क्लबले सुरु गरेको अभियान निकै सकारात्मक रहेको बताउँदै अभियानलाई साथ दिन तिलोत्तमा नगरपालिका तयार रहेको बताए । तिलोत्तमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा भइसकेको सन्दर्भमा ‘बच्चा भुलाउने नाममा बालबालिकालाई मोबाइल-टिभी नदेखाउँ’ अभियान पनि बालमैत्री कार्यक्रमसँगै अघि बढाइने बताए ।
यस्तै देवदह नगरपालिका प्रमुख ध्रुवप्रसाद खरेलले बालबालिकालाई मोबाइल नदेखाउने विषयमा अभिभावक बढी सचेत हुनुपर्ने बताउँदै परिवर्तनको सुरुआत आफैंबाट गर्नुपर्ने बताए । यसैगरी सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारीले क्लबले सुरु गरेको अभियान समाज सुधारको अभियान भएकाले यो अभियानले सामाजिक सचेतना जगाउने बताए । रोटरी ई-क्लब अफ मेडिकोफ्युजन हाइब्रिड नेपालले यसअघि ‘जथाभावी नथुकौँ, थुकले मृत्यु फैलाउँछ’ भन्ने अभियान सञ्चालन गरेको थियो ।
११ असार, दाङ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको ढकेरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु छ ।
पश्चिमतर्फ आइरहेको भे ११ प ७०५ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना ५ ख ४२०४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २८ वर्षीया दीपिका खत्रीको मृत्यु भएको प्रहरीले जनाएङ्को छ ।दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३५ वर्षीय दिलबहादुर कटुवाल गम्भीर घाइते भएका छन् । मृतक र घाइते श्रीमान् श्रीमती भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐनबहादुर मल्लले बताए ।दुर्घटनापछि मृतकका आफन्त तथा स्थानीय वासिन्दाले बिहान ९ बजेदेखि १ बजेसम्म ढकेरीमा प्रदर्शन गर्दै पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । मृतकका परिवारसँग आइतबार छलफल गर्ने सहमतपछि करिब चार घण्टापछि सडक सञ्चालन गरिएको छ । प्रहरीले ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तनहुँ — कोट–पाइन्ट, दुबोको मालामा बेहुला ठाँटिए । घरबाट निस्कने बेला भयो तर बेहुला–बेहुली चढ्न सिंगारिएको गाडी कतै देखिएन । व्यास नगरपालिका–१० कुमलटारीका २६ वर्षीय बेहुला विनोद सापकोटाले आफ्नो साइकल निकाले । उनका ६ जना साथीहरू पनि आआफ्नो साइकलमा देखा परे । जन्ती हिँड्यो साइकलमै ।
घरभन्दा करिब ६ किलोमिटर परको एक होटलमा बेहुली पक्ष बेहुला र जन्तीको स्वागतका लागि पर्खिरहेका थिए । साइकलमा सवार बेहुला देखेर केहीबेर अचम्म माने । ‘नयाँ आइडिया’ भन्दै हँस्यौली पनि चल्यो । हँसिलो मुहारका साथ बेहुला पक्षको स्वागत गरे । बिहेको विधि सकिएपछि बेहुलाले बेहुली संगीता भुजेललाई पनि साइकलमै चढाएर घर ल्याए ।
मितव्ययिताको नारा चर्को भए पनि तडकभडक तरिकाले विवाह गर्ने चलन समाजबाट हट्न सकेको छैन । विवाहमा बेहुला बग्गी, सजावटसहित महँगा कार र वरियात गाडीमा बेहुली लिन जाने चलन रहेको समयमा सापकोटाले भने साइकलमै आफ्नी बेहुलीलाई अन्माएर ल्याए । मितव्ययी तरिकाले विवाह गर्नुपर्छ र पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन साइकलमै विहे गरेको उनले बताए । उनको यही सोचलाई साथ दिँदै साथीहरू पनि साइकलमै जन्ती गएका हुन् ।यो दृश्य देखिरहेका छरछिमेक भने अचम्म मानेर हेर्दै थिए । पैदलयात्री पनि एकछिन रोक्किएर साइकलमा सवार बेहुला–बेहुली र तिनका साथीलाई हेर्थे । ‘म एक साइकलप्रेमी हुँ, स्वास्थ्यको हिसाबले पनि साइकल महत्त्वपूर्ण साधन हो’, बेहुला सापकोटाले भने, ‘महँगो पेट्रोलियम पदार्थको खपत घटाउनुपर्छ भन्ने सन्देश दिन पनि विवाहमा साइकलको सवारी रोजेको हुँ ।’ नेपाल साइकल उत्सवका क्रममा उनले इलामदेखि मुगुको रारासम्म साइकल यात्रामा पनि गरेका थिए ।
९ असार, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् ।
जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो ।‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले अनलाइनखबरसँग भनिन्, ‘अरु संगठनले पनि कार्यक्रम ल्याउनेछन् । मिल्ने ठाउँमा संयुक्त कार्यक्रम गर्ने, नमिल्ने ठाउँमा छुट्टै कार्यक्रम हुन्छ ।’
पर्साको बहुदरमाई नगरपालिका वाड नं.-०७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम संचालन गरिएको वडा नं ०७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले जनकारी गराएको छन।
अस्थायी वाड कार्यालय छपकैया टोलमा सो तालिम संचालन गरिएको छ।
बहुदरमाई नगरपालिकामा अधिकांस नगरबासी कृषक भएकाले मेरो वडा नम्बर- ७ को महिलाहरुलाई पाँच दिनै नगर स्तरीय कार्यक्रम अनुसार कृषि तालिम सुरु गरिएको यादवको भनाई रहेकोछ ।
कृषकको लागी कृषिमा आधुनीकरण गर्ने उहेश्यले सो तालिम सुरू गरिएको यादवले बताएको छन।
तालिमा ४० जना कृषक महिलाहरुको सहभागिता रहेको छ भने तालिमा असार ०७ गते सम्म चलने छ।
काठमाडौं । मरुभूमिमा पसिनाका थोपा–थोपा सिँचाइ गरेर आर्जेको सम्पत्ति लिई गाउँ फर्केर परिवारका साथ सुखी जीवन बिताउने भनी हरेराम साइले देखेको सपना तुहिएको छ।
बारा जिल्ला कमोवा गाउँका हरेराम दुबईबाट आफ्नो गाउँ फर्किएपछि पाँच वर्षअघि उनले देखेको सपना क्षणभरमा तुहियो।
पत्नी सुनैनाले आफ्नो नानको सम्पत्तिसहित नयाँ पति बनाएको थाहा पाएपछि हरेराम छाँगाबाट खसे । उनले भने, “उनलाई खुसी पार्न के के गरिन, सिसौनगढमा किनेको १० धुर घडेरी सुनैनाकै नाममा पास गराएँ। छोराछोरीको पढाइका लागि सदरमुकाम कलैयामा आऊ धुर जग्गा जोडेँ। त्यो जग्गा पनि उनकै नामबाट रजिस्ट्रेसन पास गराएँ। तैपनि मलाई धोका दिई उनले नयाँ पति वरण गरिन्।’
हरेरामले बैदेशिक रोजगारीका क्रममा श्रीमती मात्र गुमाएनन्, पाँच वर्षसम्म दिनरात मेहनत गरी कमाएको सम्पत्तिसमेत गुमाउनु पर्यो। हरेराम छोराछोरीसहित प्रहरीमा न्यायका लागि पुगेपछि प्रहरीले सुनैनालाई झिकायो तर उनले हरेरामसँग बस्न इन्कार गरिन्।