• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर सहयोग

  • १७ कार्तिक २०८०, शुक्रबार १२:०७ मा प्रकाशित
  • उमेश कुशवाहा, बिरगंज- उपकार सेवा नेपाल संस्थाले एक जना अपागङ्ग ब्यातिलाई व्हिलचेयर दिएका छन।

    उपकार सेवा नेपाल संस्थाद्वारा एक जाना शारीरिक अपाङ्गता भएको बिरगंज १० आदर्शनगर निवासी ९०बर्षिय जमुना प्रसाद गुप्तालाई एक थान व्हीलचेयर संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल र अरुको भलोको लागि रात-दिन,घाम-पानी केहि नदेखि सहयोगको लागि सधै तत्तपर रहने सामजिक अभियन्ता प्रकाश थारूको उपस्थितिमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थारूले जानकारी गराउनु भयो।

    पहिला पनि व्हिलचेयर र बिभिन्न समान फरक फरक ठाउमा संस्थाले सहयोग गर्दै आइरहेको छ।

    Posted in समाजLeave a Comment on उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर सहयोग

    भक्तजन तथा श्रद्धालुहरुलाइ सर्बत वितरण

  • ५ कार्तिक २०८०, आईतवार १५:३४ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगन्ज

    वीरगन्जको बिभिन्न स्थानबाट नवरात्रीको सातौ दिन अर्थात सप्तमी (फुलपाती) को दिन निकालिएको डोलामा सहभागी भएका भक्तजन तथा श्रद्धालुहरुलाई सर्बत वितरण गरिएको थियो ।


    उक्त कार्यमा भगवती डिजिटल स्टुडियो तथा जे.डी इलेक्ट्रिकल्स पसलको सहयोगमा भक्तजनहरुलाई निम्बु पानी र सर्बत वितरण गरिएको छ ।


    उक्त सर्बत वितरणमा पसलका संचालक सन्तोष प्रसाद कुश्वाहा, जयनारायण दास, उमेश कुशवाहा, बिक्की कुशवाहा, प्रिन्स मेहता, प्रितम मेहता, पूर्णिमा मेहता, यादव जी सतुवाला, चन्दन कुमार गुप्ता, शिव संकार सुर्तीवाला, निरञ्जन लगायतको उपस्थिती रहेको थियो|

    Posted in मुख्य खबर, समाजLeave a Comment on भक्तजन तथा श्रद्धालुहरुलाइ सर्बत वितरण

    उपकार सेवा संस्थाद्वारा व्हीलचेयर हस्तान्तरण

  • २९ आश्विन २०८०, सोमबार १८:१२ मा प्रकाशित
  • उमेश कुशवाहा,बिरगंज- उपकार सेवा नेपाल संस्थाले एक जना अपागङ्ग ब्यातिलाई व्हिलचेयर दिएका छन।

    उक्त संस्थाले शारीरिक अपाङ्गता भएको बिरगंज ३० लालपर्सा निवासी ६२बर्षिय व्यक्तिलाई एक थान व्हीलचेयर संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी, सदस्य सज्जन अग्रवाल, राजनितीकर्मी अर्बिन्द सिंह, अरुको भलोको लागि रात-दिन,घाम-पानी केहि नदेखि सहयोगको लागि सधै तत्तपर रहने सामजिक अभियन्ता प्रकाश थारू, शिक्षक राधेश्याम गुप्ताको उपस्थितिमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थारूले जानकारी गराउनु भयो।

    केहि दिन पहिला पनि व्हिलचेयर र बिभिन्न समान फरक फरक ठाउमा संस्थाले सहयोग गरेको थियो।

    Posted in समाजLeave a Comment on उपकार सेवा संस्थाद्वारा व्हीलचेयर हस्तान्तरण

    ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

  • २८ आश्विन २०८०, आईतवार २१:१० मा प्रकाशित
  • काठमाडौं ! सौर्न्दर्य ब्यबसायी तथा ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित भएकी छिन्।

    शाक्यलाई शनिबार राष्ट्रिय नाचघर जमलमा एभरेष्ट इभेन्ट्स तथा करुणाको ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरद्वारा आयोजित मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को ग्रान्ड फिनालेमा उक्त अवार्डद्वारा सम्मानित गरिएको हो।

    विगत १० बर्ष देखि सौन्दर्य व्यावसाय तथा ब्युटिसियनमा कार्यरत शाक्य उपत्यकाको रैथाने नेवा: समुदायका हुन्। परम्परागत ब्यबसाय भन्दा फरक सौर्न्दर्य ब्यबसाय रोजेका उनको ललितपुरको भैसेपाटीमा सिन्दुर ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर रहेका छन्।

    आफुले गर्दै आएका व्यावसायमा खुशी रहेकी शाक्यले कुनै पनि काम गर्दा उक्त कामप्रति लगनशील हुनु पर्ने बताउदै अवार्डद्वारा सम्मानित हुदा अझ काम गर्न प्रेरणा मिलेको बताएकी छिन्।

    मिस्टर एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३को उपाधी मिस कृष्णा कुँवर र सोलिना लामाले चुमेकी छिन् भने श्रीमती प्रिना राई गुरुङ र मिस अरुणा पुरीले फर्स्ट रनरअप ,मिस बिनिता खड्का र श्रीमती झरना काफ्लेले सेकेन्ड रनरअप ,मिस कृतिका गिरी र श्रीमती संगम शर्माले ब्रान्ड एसेम्डर,क्रान्ति घिमिरेले आयोजक छनोट र सरिता पत्र वंशले ब्युटी विथ ब्रेन अवार्ड जितेकी छिन्।i

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on ब्युटिसियन पार्वती शाक्य एभरेस्ट ब्युटिसियन एक्सिलेन्सी अवार्डद्वारा सम्मानित

    शारीरिक अपाङ्ग ब्यक्तिलाई उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर हस्तान्तरण।

  • १९ आश्विन २०८०, शुक्रबार १६:३० मा प्रकाशित
  • उमेश कुशवाहा वीरगंज

    उपकार सेवा नेपाल संस्थाले आज पनि एक जना शारीरिक अपाङ्ग भएको ब्यक्तिलाई व्हीलचेयर हस्तान्तरण गरेको छ।

    बिरगंज महानगर पालिका वार्ड न .६ को वडा कार्यलयमा एक कार्यक्रम बीच गरिब तथा शारीरिक अपाङ्गता भएको व्यक्तिलाई उक्त व्हीलचेयर सोही वार्डको वडा अध्यक्ष जय प्रकश साहको रोहवरमा संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगीले हस्तांरण गर्नु भएकी छन।

    बीरगंज-६ का वड़ा अध्यक्ष जय प्रकाश साह ,संस्थाको अध्यक्ष बिधा कुमारी सरावगी, सदस्य सुमन बगेडिया ,पावन अग्रवाल र समाजिक अभियन्ता प्रकाश थारू को उपस्थितिमा निज पीडितलाई सहयोग प्रदान गरिएको थारूले बताउनु भयो।

    त्यस्तै हिजो पनि एक थान व्हिलचेयर र बिभिन्न समान फरक फरक ठाउमा संस्थाले सहयोग गरेको थियो।

    Posted in समाजLeave a Comment on शारीरिक अपाङ्ग ब्यक्तिलाई उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर हस्तान्तरण।

    उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर तथा बिभिन्न समान हस्तान्तरण।

  • १८ आश्विन २०८०, बिहीबार १८:५७ मा प्रकाशित
  • उमेश कुशवाहा,वीरगंज / उपकार सेवा नेपाल संस्थाले व्हीलचेयर तथा बिभिन्न समानहरु हस्तान्तरण गरेको छ।

    शारीरिक अपाङ्गता भएको पर्सा जिल्ला निवासी बिरगंज-२८ बगहीका ६२ बर्षिय करिमन रामलाई उपकार सेवा नेपाल संस्थाले एक थान व्हीलचेयर सहयोग गरेको छ।

    त्यस्तै ठोरी गाउँपालिका-१ भगवान नगर स्थित अवस्थित रहेको बृद्धावृद्धि आश्रममा पुगेर आश्रय लिएर बसेका करिब २५ जना बृद्धबृद्धा तथा अशक्त असाहाय निसाहायको उपभोगको लागी चामल -२ बोरा, मसुर दाल ,खाने तेल ,रिफाईन तेल ,पिठो,भुजा नुन,लुगा धुने सर्फ, साबुन, टोवाईलेट साफा गर्ने हार्पिक,फिनाईल ,ब्रस,
    मसला तथा बेसार (हर्दी) धुलो खुर्सानी, जिरा, धनिया धूलो डाईफर एडलट को १०० थान
    सो संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगीले सदस्य सुमन बगेडिया द्वय,आश्रमको सदस्य, समाजिक अभियन्ता प्रकाश थारू तथा एम्बुलेन्स चालक राम बहादुरको उपस्थितमा एक कार्यक्रम बीच सामानहरु हस्तान्तरण गर्नु भएको सामजिक अभियन्ता प्रकाश थारूले यस ऑनलाइनलाई बताउनु भयो।

    Posted in मुख्य खबर, समाजLeave a Comment on उपकार सेवा नेपाल संस्थाद्वारा व्हीलचेयर तथा बिभिन्न समान हस्तान्तरण।

    १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० सम्पन्न, एक करोड भन्दा बढीको आर्थिक  कारोबार

  • १० आश्विन २०८०, बुधबार ००:१५ मा प्रकाशित
  • मुग्लिन ! चितवन जिल्लाको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकाको  कुरिनटारमा भाद्र २७ गतेदेखि असोज ७ गतेसम्म  चलेको १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८०  आइतबार समापन भएको छ ।


    हामी सबैको चाहाना समृद्ध इच्छाकामना’ भन्ने नारालाई  आत्मसात गर्दै इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र  इच्छाकामना गाउँपालिका वडा नं. ४ को वडा कार्यालयको संयुक्त आयोजना तथा इच्छाकामना एफ एमको सह–आयोजनामा भएको उक्त महोत्सवको समापन समारोह इच्छाकामना गाउँपालिकाको अध्यक्ष दान बहादुर गुरुङ्गको प्रमुख आथित्यमा सम्पन्न भएको हो ।
    समापन समारोहमा बोल्दै अध्यक्ष गुरुङ्गले महोत्सवले इच्छाकामना गाउँपालिकाको पहिचानमा थप टेवा पुर्‍याएको बताउनुहुँदै आर्थिक चलायमान बनाउन पनि निरन्तर रुपमा यस्तो किसिमको मेला महोत्सव आवश्यक रहेको बताउनुभयो । महोत्सवले कृषिजन्य बस्तुहरुको बजारीकरण, धार्मिक एवम् पर्यटकीय स्थलहरुको प्रबर्दन आदिको प्रचार प्रसार एवम् प्रबर्दन हुने भएकोले यस्तो किसिमको मेला महोत्सवलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।


    भाद्र २७ देखि असोज ७ गते सम्म लागेको महोत्सवको मुख्य–प्रायोजन मनकामना दर्शन प्रा.लि, प्रायोजकमा यति वेभ्रेज प्रा.लि. र सह–प्रायोजक रिभर साइड स्प्रिङ्ग रिसोर्ट तथा महेन्द्र सो रुम कुरिनटार रहेको उक्त महोत्सवमा एक करोड बढीको आर्थिक  कारोबार भएको इच्छाकामना गाउँपालिका वडा नं. ४ का अध्यक्ष एवम् मुल समारोह समितिका संयोजक रुद्र प्रसाद उप्रेतीले बताए । उनका अनुसार महोत्सव आधालाख भन्दा बढी दर्शकले महोत्सव अवलोकन गरेका छन् । महोत्सवमा कृषिजन्य सामाग्री, स्थानिय स्तरमा उत्पादित विभिन्न समाग्रीहरु, लत्ताकपडा, संगै अटो मोवाइल समेत राखिएको थियो । महोत्सवले आर्थिक क्षेत्रलाई चलायमान बनाउन थोरै भए पनि टेवा पुगेको संयोजक उप्रेतीले बताए । विषम परिस्थितिमा महोत्सव गरेका थियौं, मुलुकको आर्थिक अवस्था नाजुक थियो । उद्योगी–व्यवसायी बैंकको ब्याज बृद्धि र खस्किएको अर्थतन्त्रका कारण थप धरासायी थियौं । यस्तो बेला महोत्सवले केही राहत मिलेको आयोजक्ले अनुभूति गरेको  छ । महोत्सव सफल भएको छ, उप्रेतीले भने ।


    त्यस्तै कार्यक्रमका संयोजक एवम् इच्छाकामना उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण गुभाजुले यस क्षेत्रको आर्थिक, कृषि, औद्योगिक विकासका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवले इच्छाकामनाको उद्योग पर्यटन विकास पहिचान एवम् प्रबर्द्धनमा टेवा पुगेको बताए । यस अघि इच्छाकामना उद्योग वाणिज्य संघले इच्छाकामना एफ एम संगको सहकार्यमा ०७५ सालमा पहिलो पटक प्रथम इच्छाकामना महोत्सव आयोजना गरेको थियो ।
    महोत्सवमा विभिन्न स्थानीय उत्पादित बस्तु सेवा एव व्यवसायिक कृषि उपज राखिएका थिए ।  पाँच बर्षपछि इच्छाकामनामा बृहत रुपमा महोत्सव हुन थालेपछि स्थानीयलाई मेला अवलोकन किनमेल एवम् मनोरन्जन पुगेको दावी गरिएको छ । महोत्सवमा स्थानीय कला संस्कृतिका विभिन्न परिकारका साथै विविध सेवा राखिएको र महोत्सवबाट सन्तोषजनक कारोबार भएको दावी गरिएको छ । महोत्सव भव्य एवम् सभ्य रुपमा सम्पन्न भएको आयोजकले जनाएको छ । महोत्सव समापन कार्यक्रममा स्थानीय समाजसेवी बुद्धिजीवी उद्योगी व्यावसायी विभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत दर्शकहरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।
    कार्यक्रममा महोत्सवलाई प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था एवम् सहयोगी हातहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै सम्मान पत्र प्रदान गरिएको महोत्सव मूल समारोह समितिका सह–संयोजक दान बहादुर गुरुङ्गले बताए । कार्यक्रमको सञ्चालन इच्छाकामना उद्योग बाणिज्य संघका उपाध्यक्ष कुमार श्रेष्ठ र रिता नेपालले गरेका थिए ।

    यस्तो बृहत महोत्सव सफल रुपमा गराउन साथ सहयोग गर्नुहुने मुल समिती तथा उप समितीका साथै सम्पुर्ण स्वयंसेवकहरुलाइ आयोजकले धन्यवाद दिदै  यस महोत्सव को बिशेष समिक्षा गर्दै आगामी बर्षहरुमा अझै सुधार गर्दै महोत्सव आयोजना गर्ने आयोजकले जनायो । 

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on १२ दिने दोस्रो इच्छाकामना महोत्सव २०८० सम्पन्न, एक करोड भन्दा बढीको आर्थिक  कारोबार

    घादिङ्गको मझिमटारमा प्रथम अन्जन स्मृति कप- २०८० फुटबल प्रतियोगिता हुँदै,

  • ३ आश्विन २०८०, बुधबार २३:४० मा प्रकाशित
  • समर्पण रम्जान

    असोज ३, धान्दिङ्ग ! घादिङ्गको बेनिघाट रोराङ- मझिमटारमा भोलि  असोज ४ गते बिहिवार देखि ४ दिन सम्म “प्रथम अन्जन सिलवाल स्मृति कप २०८०” आयोजना हुने भएको छ ।

    धादिङ्ग तथा वरपरका क्षेत्रहरूमा रहेका सम्पुर्ण खेलप्रेमी युवा खेलाडीहरुलाई उजागर तथा प्रोत्साहन  गर्ने र सडक दुर्घटना बारे बृस्तित जानकारी गराइ सडक दुर्घटना कम गराउने उदेश्यका साथ उक्त प्रतियोगिता  आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।
    अन्जन सिलवाल स्मृति प्रतिष्ठान, हाइवे स्पोर्टस क्लब र बेनिघाट रोराङ युवा क्लब को संयुक्त आयोजनामा आयोजित “प्रथम अन्जन स्मृति कप-२०८०” प्रतियोगिताको उद्घाटन समारोह बागमति प्रदेशका मुख्यमन्त्री माननिय शालिकराम जम्कट्टेल ज्युको प्रमुख आतिथ्यमा सञ्चालन हुने आयोजकले  एक पत्रकार सम्मेलन गरि  जानकारी गराएको छ ।

    उक्त नकआउट फुटबल प्रतियोगितामा ३२ टिमले खेल्ने छन् ।  आयोजकको अनुसार  टिम दर्ता शुल्क ३०००+ रु २०००/- (कार्ड डिपोजिट) रहने छ । खेलाडीहरुको संख्या : ९+६ जना / टिम म्यानेजर १ जना हुनेछ ।

    खेल संचालन हुने स्थान तथा पुरस्कारहरु :-
    खेल सञ्चालन हुने स्थान :-  बेनिघाट रोराङ- मझिमटार घादिङ्ग
    उद्घाटन हुने मिति र समय :-२०८०/०६/०४ गते दिउसो २:०० बजे

    पुरस्कारहरू :

    प्रथम पुरस्कार रु ५०,०००/-कप/ मेडल / प्रमाण पत्र
    द्वितिय पुरस्कार रु २५,०००/-कप/ मेडल / प्रमाण पत्र
    सेमिफाइनल सम्म पुग्ने २ टिमलाई रू ५/५ हजार ट्रफि / प्रमाण पत्र
    उत्कृष्ट खेलाडी : रु ३०००/- ट्रफि / प्रमाण पत्र
    उत्कृष्ट गोलरक्षक : रु ३०००/- ट्रफि / प्रमाण पत्र
    सर्वाधिक गोलकर्ता : रु ३०००/-ट्रफि / प्रमाण पत्र
    म्यान अफ दि म्याच: रु ५००/-मेडल

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on घादिङ्गको मझिमटारमा प्रथम अन्जन स्मृति कप- २०८० फुटबल प्रतियोगिता हुँदै,

    दोस्रो इच्छाकामना महोत्सव २०८० तिजको दिन तिज गित प्रतियोगिता सहित सम्पन्न 

  • २ आश्विन २०८०, मंगलवार १४:३६ मा प्रकाशित
  • समर्पण रमजान

    मुग्लिन चितवन ! दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौ दिन महिलाहरूको पर्व हरितालिका तिजको अवसरमा तिज गित प्रतियोगिता स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती सहित भब्यताका साथ सम्पन्न गरेको छ ।

    “हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ मुग्लिन र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा  भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को छैटौं दिन असोज १ गतेका दिन तिज प्रतियोगिता सहित  राष्ट्रिय कलाकार बालचन्द्र बरालको बेजोड प्रस्तुति रहेको थियो ।

    तिजको बिशेष दिनमा गाउँपालिका उपाध्यक्ष माया शिलवालको सभापतित्व, बागमती प्रदेश साम्सद कृष्ण सिलवाल र गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ्को विशिष्ट अतिथिमा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित तिज गित प्रतियोगितामा सोह्र  समूहले भाग लिएका थिए ।
    हरेक समुहद्वारा उत्कृष्ट प्रस्तुती दिएता पनि  प्रगति पाठशाला प्रथम भइ बीस हजार, सप्तरङी सांस्कृतिक  मञ्च दोस्रो भइ पन्ध्र हजार र नेवा मिस पुच तेस्रो भइ दस हजार जित्न सफल भएका थिए ।

    तिजको दिनको पावन अवसरमा करिब आठ देखि दसहजारको उत्साहाजनक अनुमानित उपस्थित रहेकोे थियो।
    तिजको दिनको उक्त उपस्थित जनमानसको भिडमा  स्थानीय र राष्ट्रिय कलाकारहरूले आफ्नो बेजोड प्रस्तुति दिएर दर्शकहरुलाइ भरपुर मनोरञ्जन दिएर नचायका थिए । राष्ट्रिय गायक बालचन्द्र बरालको उपस्थितिले कार्यक्रम अझै रोचक र उत्साहजनक रहेको थियो ।

    तिजको अवसर र महोत्सवको अवसर पारेर  इच्छा कामनाका तेक्वान्दोका खेलाडीहरु जस्ले राष्ट्रिय र राष्ट्रिय स्तरमा पदक जितेर आएका थिए उहाँहरुलाइ पनी गाउँपालिकाले  प्रामण पत्र सहित सम्मान गरेको थियो ।

    आगामी दिनहरुमा  महोत्सवका अन्य उत्कृष्ट रोचक राष्ट्रिय तथा स्थानीय गायकहरु कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने र बाँकिका दिनहरुमा पनि महोत्सवमा आउनका लागी महोत्सवका संयोजक  उद्योग बाणिज्य संघ मुग्लिन का अध्यक्ष कल्याण गुभाजुले   जानकारी दिएका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on दोस्रो इच्छाकामना महोत्सव २०८० तिजको दिन तिज गित प्रतियोगिता सहित सम्पन्न 

    इच्छाकामना महोत्सवको दोस्रो दिन आज बबिता बानियाँ जेरि र चन्द्र परियार को दमदार प्रस्तुती हुने

  • २८ भाद्र २०८०, बिहीबार १०:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    मुग्लिन ! चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपलिकामा  संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन दोस्रो दिन राष्ट्रिय कलाकार दोहोरी  गायिका बबिता जेरि र गायक चन्द्र परियार को दमदार प्रस्तुती हुने भएको छ ।

    “हामी सबैको चाहना, समृद्ध इच्छाकामना” भन्ने मूल नाराका साथ इच्छाकामना उद्योग बाणिज्य संघ र इच्छाकामना गाउपालिका वडा नं. ४ को संयुक्त आयोजना तथा इच्छाकामना एफ एम १०२.४ मेगाहर्जको सह–आयोजनामा हिजो  भाद्र २७ गते देखि संचालित दोस्रो इच्छाकामना महोत्सव २०८० को दोस्रो दिन बबिता बानिया जेरि र चन्द्र परियार, बेली डान्सर  बन्दना विश्वकर्मा, डान्सर तथा  मोडल गुड्डी तामाङ र सहित विभिन्न स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जानकारी गराएकोछ ।

     

    महोत्सवको पहिलो दिन सभापति रुद्र उप्रेती र प्रमुख अतिथि कृष्ण सिलवालको प्रमुख आतिथ्य मा सम्पन्न उद्घाटन समारोहमा  विभिन्न समुदाय तथा संघ संस्थाहरुले आ आफ्नो रितिरिवाज अनुसारको  झाँकी प्रर्दशन गरेका थिए ।

    यसै गरि महोत्सव को १२ दिन सम्म विविध राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुद्वारा भरपुर मनोरञ्जन दिने पनि महोत्सवका आयोकहरुले जानकारी दिएका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on इच्छाकामना महोत्सवको दोस्रो दिन आज बबिता बानियाँ जेरि र चन्द्र परियार को दमदार प्रस्तुती हुने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P