• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: समाज

९० जना सर्बसधारण महिला बिरामीहरुलाई नि: शुल्क महिला प्रसुती रोग उपचार

  • २४ पुष २०८०, मंगलवार ११:०८ मा प्रकाशित
  • बारा जिल्लाको महागढीमाई न.पा. वार्ड न. १० गन्जभवानीपुर स्वास्थ्य उपचार केन्द्रमा नि: शुल्क महिला प्रसुती रोग उपचार केम्प राखियेको थियो ।


    लायन्स कल्ब ऑफ बिरगंज ,लायन्स कल्ब ऑफ बारा गन्जभवानिपुर तथा उपकार सेवा नेपाल को सयुक्त आयोजनामा श्री राम अस्पताल बिरगंजको स्त्री रोग विशेषज्ञ डाक्टर दीप्ती यादव र डाक्टर प्रीती यादव को प्राबिधिक सहयोगमा ९०जना सर्बसधारण महिला बिरामी हरु प्रत्येक्ष लभान्बित भएका छ ।

    निज बिरामहरुलाई चेकजाँच गरि नि:शुल्क औषधी समेत उप्लब्ध गराइएको थियो ,डाक्टरहरुको अनुसार ८०%बिरामीहरु महिनवारीको समयमा पेट दुख्ने तथा योनिबाट सेतो पानी बग्ने समस्या देखा परेको छ।


    यस कार्यक्रममा उपकार सेवा नेपाल को तर्फबाट अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा शिवानी शर्मा तथा लायन्स क्लबको तर्फबाट प्रबिन कुमार माली र बंशराज गुप्ताको सहभागीता रहेको थियो , सो कार्यक्रममा स्थानीय भाद्रभलादमी समेत उपस्थिति रहेको समाजीक अभितनता प्रकाश थारूले बताए।

    Posted in समाजLeave a Comment on ९० जना सर्बसधारण महिला बिरामीहरुलाई नि: शुल्क महिला प्रसुती रोग उपचार

    शारीरिक आपाङ्तालाई ह्वील चेयर सहयोग।

  • १७ पुष २०८०, मंगलवार १२:०२ मा प्रकाशित
  • उमेश कुशवाहा , बीरगंज- उपकार सेवा नेपाल संस्थाले एक थान ह्वील चेयर सहयोग गरेको छ।

    बिरगंज मा. न. पा .वार्ड न.१०निवासी एक जना ७२ बर्षिय आमा लाई खुट्टा चलन नसकेर शारीरिक आपाङ्ता भएकोले ह्वील चेअर १सेट उपकार सेवा नेपाल नामक संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्य द्वय सुमन बगडिया र अँकुर शर्मा पीडितको घर मै आफै उपस्थित भइ एक कार्यक्रम बीच व्हीलचेअर हस्तान्तरण गरिएको समाज सेवि प्रकाश थारुले बताउनु भयो।

    उक्त संस्थले यस्तो मानविय कार्य गर्दै आइरहेको छ।

    Posted in समाजLeave a Comment on शारीरिक आपाङ्तालाई ह्वील चेयर सहयोग।

    उपकार सेवा नेपाल द्वारा विभिन्न सामग्री सहयोग ।

  • ११ पुष २०८०, बुधबार १९:३४ मा प्रकाशित

  • उमेश कुशवाहा बीरगंज- ठोरी गाउँपालिका वार्ड न.१ गौतमनगरमा वृद्धवृद्धा तथा असहाय समाजमा आश्रीत २५ जना असहाय वृद्धवृद्धाको उपभोग का लागि उपकार सेवा नेपाल द्वारा विभिन्न सामग्री सहयोग गरिएको छ।

    चामल, दाल, रहर दाल, चिउरा, पीठो, आलू, खानेतेल, चाउ चाउ , चीयापत्ती, चीनी, रिफायन तेल , नून ,डाइपर -६० थान , सेनिट्री पैड -५० थान, फिनेल -२ थान, हार्पिक, लुगा धुने साबुन, सर्फ , कोलगेट पेस्ट , १४ सेट ट्रैक सुट, पैन्ट , १४ थान जैकेट समेत एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    सो कार्यक्रम मा उपकार सेवा नेपालको तर्फबाट संस्था की अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु द्वय सुमन बगेडिया र अंकुर शर्मा लगायत सर्ब सधारण समेतको उपस्थिति रहेको समाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो।

    उक्त संस्थाले पहिला पनि बिभिन्न ठाउ सहयोग गर्दै आइरहेको छ।

    Posted in समाजLeave a Comment on उपकार सेवा नेपाल द्वारा विभिन्न सामग्री सहयोग ।

    जाडोको मौसमको मध्य नजर गर्दै उपकार सेवा नेपालद्वारा विधार्थीलाई जूता बितरण।

  • २ पुष २०८०, सोमबार २०:१२ मा प्रकाशित
  • उमेश कुशवाहा– बिरगंज महानगरपालिका वार्ड न-३२ टेढा स्थित श्रीमती मन मिश्र अधारभूत. बिद्यालय टेढा सिमरामा कक्षा १देखी कक्षा ८ जम्मा ६३८जना अध्यनरत बिद्यार्थी मध्ये कक्षा १ का ७७ जना कक्षा २ का ७७ जनालाई र कक्षा ३मा अध्यनरत ९६ जना गरि जम्मा २५० जना बिद्यार्थीहरु को लागी जाडेा मौसमको मध्य नजर गर्दै जनही एक जोडा छालाको जुत्ता र एक जोडी मोजा उपकार सेवा नेपालद्वारा बिधयालय प्रङ्गणमा एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    उपकार सेवा नेपालको तर्फबाट संस्था की अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु द्वय सुमन बगेडिया र अंकुर शर्मा को टोलि बिधयालय प्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको समाजिक अभियन्ता प्रकाश थारुले बताउनु भयो।

    सो कार्यक्रममा बिधयालय प्रधानाध्यापक राजाराम साह शिक्षक बिक्रम पौडेल , शिक्षिका मीना कुमारी कार्की लगायत बिद्यार्थी शिक्षक शिक्षिका तथा अभिभावकहरु समेतको उपस्थिति रहेको थियो ।

    यो संस्था पहिला पनि बिभिन्न ठाउहरुमा अशक्त, बृद्ध, असाहाय, बालबालिकाहरुलाई सहयोग गर्दै आइरहेको छ।

    Posted in समाजLeave a Comment on जाडोको मौसमको मध्य नजर गर्दै उपकार सेवा नेपालद्वारा विधार्थीलाई जूता बितरण।

    उपकार सेवा नेपालद्वारा एचआईभी प्रभावित बिद्यार्थीलाई सहयोग

  • १ पुष २०८०, आईतवार ०९:०८ मा प्रकाशित
  • उमेश कुशवाहा,बीरगंज – उपकार सेवा नेपाल द्वारा बिरगंज वार्ड न.४ बिर्ता अमर चौक स्थित नेपाल आराधना समाज करुणा भवनमा रहेका १८ जना एचआईभी प्रभावित स्कुल जाने बाबु नानी हरुलाई सहयोग गरिएको छ।

    स्टेशनरी कपि ,पेन्सिल,कटर, ईरेजर फलफूल ,मखाना हर्लिक्स, बिस्कुट तथा पौकेट खर्च सवरुप केहि नगद रकम समेत एक कार्यक्रम बीच सहयोग प्रदान गरिएको छ ।

    उपकार सेवा नेपाल संस्थाको अध्यक्ष बिद्या कुमारी सरावगी सदस्यहरु सुमन बगेडिया र अङ्गकुर शर्मा तथा समाजसेवी अनिशकन्त कुशवाहा लगायतको टोलि आराधना समाजको प्रङ्गणमा एक कार्यक्रम बीच हस्तान्तरण गरिएको थियो।


    सो कार्यक्रममा आराधना समाजका कार्यक्रम संयोजक अवधेश प्रसाद साह तथा फिल्ड औफिसर जवाहर महरा को समेत उपस्थिति रहेको समाजिक अभियन्ता प्रकाश थारूले बताउनु भयो।

    उपकार सेवा नेपाल संस्था पहिला पनि बिभिन्न ठाउँमा बालबलिक, असक्त ब्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on उपकार सेवा नेपालद्वारा एचआईभी प्रभावित बिद्यार्थीलाई सहयोग

    हातेमालो युवा क्लब जेद्दाद्वारा दोश्रो बार्षिकोत्सब भब्यताका साथ सम्पन्न

  • २४ मंसिर २०८०, आईतवार ००:२८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! हातेमालो युवा क्लब जेद्दा साउदी अरबले गत ८ डिसेम्बर २०२३ शुक्रबारका दिन आफ्नो दोश्रो बार्षिकोत्सब तथा सांगीतिक कार्यक्रम भब्यताका साथ समपन्न गरेको छ ।
    क्लबका अध्यक्ष खेमराज कार्की को सभापतित्वमा नेपाली युवा क्लबका महासचिब नर कुमार मगरद्वारा संचालित उक्त कार्यक्रमको प्रमुख आतिथिमा नेपाली महाबणिज्य दूतावास जेद्दाका प्रमुख  सत्रुधन पोखरेल, रहनुभएको थियो भने बिशिस्ट अतिथी तथा अतिथिहरुमा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु, नेपाली यूवा क्लब जेद्दाका  उपाध्यक्ष लक्ष्मण आचार्य, एनआरएनए  आइसिसिका  सदस्य बिशाल कुमार श्रेष्ठ, एनआरएनए एनसिसि साउदीका उपाध्यक्ष राज कुमार गिरि, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डि. पि.अर्याल, एनआरएनए अल कासिमका भुतपूर्व अध्यक्ष रम्जान दिन मियाँ, नेपाली सेवा समिती यान्बुका अध्यक्ष श्री प्रसाद परियार, नेपाली साझा मंचक प्रतिनिधि तेज बहादुर बि.क. समाजसेवी हरु भिम तमु,राज कुमार राई, नेपाली होटल बलादका संचालक सरद बि.क., नेपाल तामाङ् घेदुङ् प्रबास शाखा साउदी अरबका प्रतिनिधि शैलेश योन्जन, मन त मेरो जोग्बिरे समुह जेद्दाका अध्यक्ष शबशन्त लामा, ग्लोबल आइएमइका बजार प्रतिनिधी प्रदिपजङ् के.सि हरु रहेका थिए ।

    यसैगरी सांगीतिक कार्यक्रमलाई भयानक रोचक मनोरञ्जन दिनका लागि स्थानीय कलाकार अतिथि  हरु रोशन दियाली, अर्पित मगर, गुराँस राई, निलम बस्नेत, नवराज राई, सिर्जला दोङ् तामाङ् ,अनिल दोङ् तामाङ् ,रक्षा तिवारी, सुनिल दोङ् तामाङ् ,सरस्वती मगर, बिष्णु कार्की ,मिठु के.सि.,अम्बर बहादुर खड्का,सुर्य बहादुर थापा मगर,बिरेन चौधरी,आकाश राई,डिबोज राई, सबिता पाण्डे रहेका थिए ।

    नेपाली रेस्टुरेन्ट बलादको मुख्य प्रायोजन र ग्लोबल आइएमइको सह प्रायोजनमा आयोजित उक्त कार्यक्रम दिप प्रज्वलन गरि उद्घाटन गरिएको थियो ।
    नेपालको राष्ट्रिय गित सँगै सुरु गरिएको उक्त कार्यक्रममा अतिथिहरुले “हातेमालो युवा क्लब” सफलता साथ छलाङ मार्दै अगाडी बढेकोमा बधाई  दिदै अझै आगामी बर्षहरुमा सफलताको शुभकामना दिएका थिए ।
    कार्यक्रममा युवा क्लबका प्रतिनिधि तेज बहादुर बि.क ले आफ्नो संस्था दोस्रो बर्षमा गरेको कार्यप्रगतिविवरण प्रस्तुत गरेका थिए ।
    कार्यक्रमको दोस्रो चरणमा स्थानीय कलाकार हरुको १९-२० वटा उत्कृष्ट नित्य,तथा बिबिधता झल्किने खालका संगितहरु कौडा, झ्याउरे, कमेडी, पन्चे बाजा, र्‍याप, पुर्वेली गित, तथा अन्य गित नित्यले दर्शकहरूलाई भरपुर  मनोरञ्जन प्रदान गरिएको थियो ।

    उक्त कार्यक्रममा जेद्दा वरिपरि तथा यान्बु ताइफ बाट आएका दाजुभाइ दिदिबहिनीहरुको  बाक्लो  उपस्थिति रहेको थियो भने उपस्थित सबैलाइ आयोजक टिमले रोटि नास्ता र बेलुकाको खाना समेत खुवाएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि महाबाणिज्य दुत सत्रुधन पोखरेलद्वारा क्लब सोछे भन्दा अतिनै द्रुतगतिमा जन्मिनी बितिकै  बयस्क भएर अगाडी बढेकोमा  बधाइ तथा शुभकामना मन्तव्य दिदै यस्ता कार्यक्रमले नेपालीहरुलाई एकीकृत गर्ने, कम्पनीका कामले थकित रहेको यो मनलाई अझै उर्जा थप्ने जनाउनु भयो ।

    कार्यक्रमको अन्त्यमा सभापति खेमराज कार्कीद्वारा कार्यक्रम भब्य रुपमा सफल भएको खुशी व्यक्त गर्दै कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथी,अतिथिहरु, उपस्थित दाजुभाइ दिदिबहिनीहरु, कलाकारहरु, पत्रकार तथा समाज सेविहरु सबैलाई धन्यवाद दिनुको साथै आगामी दिनहरुमा श्रमिकहरुको सहयोगको लागि अझै लागि पर्ने बताउदै कार्यक्रम समापन गरेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on हातेमालो युवा क्लब जेद्दाद्वारा दोश्रो बार्षिकोत्सब भब्यताका साथ सम्पन्न

    अति विपन्न तथा दलित बालबालिकाको लागि शैक्षिक सामाग्री, च्यारिटी कार्यक्रम, पौष्टिक आहार वितरण तथा कार्य क्षेत्रको अनुगमन कार्यक्रम !!

  • ६ मंसिर २०८०, बुधबार ०६:२२ मा प्रकाशित
  • हेल्पिङ्ग लाइभ्स लण्डनको आर्थिक सहयोग तथा इन्टरनेसनल युथ सोसाइटी नेपाल, काठमाडौंको समन्वय तथा पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहजीकरणमा पर्सा जिल्लाको ग्रामीण भेगको अति विपन्न, गरीब , मुस्लिम ,सीमान्तकृत तथा दलित बालबालिकाको लागि शैक्षिक सामग्री तथा पौष्टिक आहार खानेकुरा वितरण गरिएको छ।


    पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३ को कौवाबन गाउँको मुसहर बस्तिको बालबालिका , कटैया गाउँको बालबालिका , वडा-५, महुवनको दलित प्राथमिक विद्यालयको बालबालिका , बिरगंज महानगरपालिका वडा-१९ , बिन्दबासनी केहुनिया गाउँको बालबालिका गरि ५६० जना बालबालिकाको लागि शैक्षिक सामग्रीहरु तथा पौष्टिक आहार वितरण गरिएको छ।


    अति विपन्न , मुस्लिम , दलित , सीमान्तकृत बालबालिकाको लागि शैक्षिक सामग्रीहरुमा ६ वटा कापी, २ वटा कलम, ३ वटा सिसाकलम , २ वटा कटर , २ ईलेजर तथा खानेकुरामा प्रति बालबालिका ४ वटा वाइवाइ चाउचाउ र बिस्कुट वितरण गरिएको छ।


    लन्डनबाट आउनु भएको हेल्पिङ्ग लाइभ्स, लन्डनको फाउन्डर पेसिडेन्ट तथा बरिस्ठ समाजसेवी जाबिद अखतर ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालले गरेको कार्य तथा संस्थाको कार्य क्षेत्रहरूको अनुगमन , निरीक्षण गर्नुभएको छ साथै स्थानीय सामुदायिक छलफल तथा अन्तक्रिर्या गर्नुभएको छ।


    लन्डनको हेल्पिङ्ग लाइभ्सको फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जाबिद अखतरले गरेको कामको मुल्यांकन तथा समाजको सेवा गरेको उहाँलाई पिसफोर दलितस फाउन्डेसन नेपाल टिमले दोसाला ओढाएई सम्मान पत्रले सम्मानित गरिएको छ।


    उहाँको कामको मुल्यांकन , जानकारी प्राप्त गरि , उहाँले बालबालिकाको लागि गरेको सहयोगको प्रसंशा गरि दलित समुदायको अगुवा चोटक राम ज्युले धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ।
    दलित समुदायको रुपान्तरण , परिवर्तन तथा विकासको लागि निरन्तर सहयोग गर्ने , मधेश प्रदेश र पर्सा जिल्लाको दलित समुदायमा पटकपटक आउने अन्तर्राष्ट्रिय स्थरको बरिस्ठ समाजसेवी तथा इन्टरनेसनल युथ सोसाइटी नेपालको अध्यक्ष आदरणीय डा. पिया रतन महर्जन ज्युलाई दलित समुदायले उहाँलाई सम्मानित गरेको छ।


    इन्टरनेसनल युथ सोसाइटी नेपालको अध्यक्ष तथा अन्तर्राष्ट्रिय स्तरको बरिस्ठ समाजसेवी डा. पिया रतन महर्जन ज्युले हाम्रो संस्थाको कार्यको मुल्यांकन गरि दलित समुदायको सामुदायिक रुपान्तरण , सामुदायिक सशक्तीकरण , विकास तथा बालबालिकाको सहयोग र कार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ साथै दलित समुदाय तथा बालबालिकाको लागि प्रगतिको शुभकामना दिनुभएको छ।


    लन्डनको हेल्पिङ लाइभ्सको फाउन्डर पेसिडेन्ट तथा बरिस्ठ समाजसेवी जबिद अखतर ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालको कार्य , कार्य क्षेत्रहरूको अनुगमन , मुल्यांकन तथा निरीक्षण गरि फाउन्डेसनको टिमको हौसला प्रदान गरि , कामको प्रसंशा गर्नुको साथै फाउन्डेसन संग सहकार्य गरि दिगो विकास तथा सामुदायिकको जीवनमा मद्दत गर्न सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ।

    लन्डनको हेल्पिङ लाइभ्स फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जाबीद अखतरको टिम र इन्टरनेसनल युथ सोसाइटी नेपाल, काठमाडौंको अध्यक्ष तथा अन्तर्राष्ट्रिय स्तरको बरिस्ठ समाजसेवी डा. पिया रतन महर्जन ज्युको टिम पर्सा जिल्लामा शैक्षिक सामग्री वितरण तथा परोपकारी कार्यक्रम ( च्यारिटी कार्यक्रम ) २ दुई दिने रहने कार्यक्रम रहेकोे छ।
    डा.पिया रत्न महर्जन काठमाडौ नेपालमा बस्ने सामाजिक, सामुदायिक विकास र मानवीय बरिस्ठ समाजसेवी हुन्। उनीसँग युवा विकास र अन्तर्राष्ट्रिय मामिलाहरूमा व्यापक अनुभव छ। उनी स्थानीय र विश्वव्यापी रूपमा परिचित छन्। उनले विभिन्न अन्तर्राष्ट्रिय फोरम, सम्मेलन र विश्व निकायहरूमा शान्ति निर्माण, सामाजिक समुदाय र युवा विकास जस्ता वकालतहरूमा युवाहरूको आवाज पुर्‍याउनमा ध्यान केन्द्रित गरे। उनले मेटा सेन्टर अनाथाश्रम विद्यालयको स्थापना गरेका छन् र त्यहाँ बीस वर्ष सेवा गरिरहेका छन्। हाल उनी अन्तर्राष्ट्रिय युवा समाज, ट्र्याक नेपाल र इन्टरफेथ पिस फेडेरेसन नेपालको अध्यक्षको रुपमा कार्यरत छन् । उहाँ सामाजिक कार्यको लागि नेपालको दुर्गम दलित बस्ती लगायत अन्तर्राष्ट्रिय स्तरको निरन्तर यात्रा गर्नुहुन्छ ।

    हेल्पिङ्ग लाईभ्स लन्डनले बालबालिकाको शुल्क र शिक्षा ,सीमित यातायात विकल्प भएका बालबालिकाका लागि साइकल दान गर्ने,खाद्य दान / खाद्य बैंकहरू ,आर्थिक सहयोग (परिवार, विधवाहरूको लागि सहयोग ),परिवार र व्यक्तिहरूले आफूलाई समर्थन गर्न सकून् भनेर सीपहरू सिक्नको लागि प्रशिक्षुहरू,महामारी सहायता, सामुदायिक पूजा स्थल र शिक्षाको निर्माण, युवा क्लबहरूलाई सहयोग गर्ने कार्य तथा बालबालिकाको शैक्षिक सहयोग र च्यारिटिको काममा कार्य गरिएको छ।
    यो सबै देशमा मानिसको जीवन परिवर्तन , मद्दतको लागि सक्रिय लन्डनको हेल्पिङ लाइभ्स फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जभिद अखतर संधै रहनुभएको छ।


    शैक्षिक सामाग्री, च्यारिटी कार्यक्रम, पौष्टिक आहार वितरण तथा कार्य क्षेत्रको अनुगमन कार्यक्रमको अध्यक्षता दलित अभिभावक संघको अध्यक्ष उर्मिला देवी मुसहर ज्युको अध्यक्षता , प्रमुख अतिथि हेल्पिङ्ग लाइभ्स , लन्डनको फाउन्डर पेसिडेन्ट तथा अन्तर्राष्ट्रिय बरिस्ठ समाजसेवी जाबीद अखतरको प्रमुख अतिथित्यता , विशिष्ट अतिथि अन्तर्राष्ट्रिय स्तरको समाजसेवी डा. पिया रतन महर्जन ज्यु , अतिथि निना राई , अतिथि रिजना चौलागाईं ज्यु, अतिथि दलित महिला सदस्य , दलित दबाब समुहको अध्यक्ष चोटक राम , पिसफोर दलितस फाउन्डेसन नेपालको कोषाध्यक्ष लिलावती देवी , सचिव दिपेन्द्र राम, सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम, उदम देवी, श्रीकान्ती देवी , कार्यक्रम संयोजक अशोक राम,बिनोद राम ,श्रावण साह लगायतको उपस्थिति रहेकोे छ।

    Posted in समाजLeave a Comment on अति विपन्न तथा दलित बालबालिकाको लागि शैक्षिक सामाग्री, च्यारिटी कार्यक्रम, पौष्टिक आहार वितरण तथा कार्य क्षेत्रको अनुगमन कार्यक्रम !!

    बहुदरमाई नपा.-७ छठघाट पूजाको तयारी पूरा :- वडा अध्यक्ष यादव द्वारा आलोकन

  • ३ मंसिर २०८०, आईतवार ०९:४४ मा प्रकाशित
  • फ़ोटो सौजन्य : निरन्जन यादव

    उमेश कुशवाहा -पर्साको बहुदरमाई नपा. -७ मा पर्ने सम्पूर्ण घाटमा छठ पूजाको तयारी पुरा भएको छ । छठमा पूजा गर्न आउनेहरूका लागि घाटमा टेन्ट निर्माण, बिजुली बत्ती,पानी र रातिका लागि जाग्रमस्थल निर्माण कार्य पुरा भएको वडा अध्यक्ष बिरेन्द्र यादव यादवले जानकारी दिए ।

    यादवले आलोकन गर्दै छठ घाट मा हरेक वर्ष पूजा गर्ने भक्तालुको संख्या बढ्ने क्रम रहेको बताए ।

    सात हजारभन्दा बढी श्रद्धालुले सूर्यलाई जल चढाउने अपेक्षा गरिएको छ । अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई जल चढाउनुका साथै छठी मइयाको पूजा आराधना छठ पर्वको मुख्य विशेषता रहेको छ ।

    भगवान् सूर्यको पूजा आराधना गर्ने यो पर्व विधिवत् रूपमा कात्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म विधिपूर्वक मनाइन्छ।
    छठको पहिलो दिनलाई अरबा–अरबाइन पनि भनिन्छ।

    व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, भांटा,कोदो, मसुरो जस्ता खाद्यान्न कार्तिक महीना भरी परित्याग गरी व्रत बस्ने परम्परा छ । छठ पर्व अत्यन्त श्रद्धा र भक्तिपूर्वक मनाइन्छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on बहुदरमाई नपा.-७ छठघाट पूजाको तयारी पूरा :- वडा अध्यक्ष यादव द्वारा आलोकन

    बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

  • २३ कार्तिक २०८०, बिहीबार ०९:१७ मा प्रकाशित
  • काठमाडौँ | वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु ३८ लाख रकमलिई ठगी गरेको अभियोगमा प्रहरीले एक जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

    उनका अनुसार पक्राउ परेकी कर्माचार्य समेतले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजार तलब हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा रु ३८ लाख रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा मंगलबार पक्राउ गरिएको हो ।

    काठमाडौँ महानगरपालिका–२४ इन्द्रचोकबाट पक्राउ परेकी महिलालाई थप अनुसन्धान तथा कारबाहीको लागि मंगलबारै वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता रेग्मीले बताए ।

    Posted in अर्थ, मुख्य खबर, समाजLeave a Comment on बिदेश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

    मुसहर बस्तीमा एचडिएनपी इन्टरनेसनल अमेरिकाको सहयोग

  • १७ कार्तिक २०८०, शुक्रबार १८:०१ मा प्रकाशित
  • बिरगंज- हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरिकाको सहयोग र पिसफोर दलितस फाउन्डेसन नेपाल, मधेश प्रदेश, पर्साको सहकार्यमा पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-३, कौवाबन गाउँको मुसहर बस्तीको दलित बालबालिका तथा अभिभावकहरुलाई सहयोग गर्नुभएको छ । १२० जना दलित बालबालिकाहरु लाई कापीकलम , सिसाकलम,पोषिलो खानेकुरामा बिस्कुट,चाउचाउ वितरण गरिएको छ साथै ८० जना अभिभावकहरुलाई वितरण गरिएको छ।

    दलित समुदायको बालबालिकाहरुको शिक्षामा पहुँच , विद्यालय टिकाउ , शिक्षामा निरन्तरता , गुणस्तरीय शिक्षा , सिकाईमा सुधार , अभिभावकको चासोको ख्याल र उदेश्यको साथको कार्यक्रम गरिएको छ । कापीकलम , चाउचाउ प्राप्त गरि बालबालिकाहरु खुशी भएको छ्न।
    यस बस्तीको बालबालिकाहरुको अभिभावकहरु सामाग्रीहरु प्राप्त गरि खुशी भैइ बरिस्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाई धन्यवाद दिएका छ्न।

    हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) सन् २०१२ मा अमेरिकी सरकारको गैर मुनाफा सामाजिक संस्थामा दर्ता भएको संस्था हो । स्थापना काल देखि अमेरिकाको टेक्सासको आर्लिंगटन ड्यालस क्षेत्र वरपर प्रशस्त घरबार बिहिन र मागेर जीविका चलाउने दुखीहरूलाई त्रैमासिक रूपमा खाना खुवाउँदै आई रहेको छ, नेपालको विभिन्न जिल्लामा दलित समुदायको लागि आर्थिक सहयोग , अति विपन्नको लागि खाद्यान्न राहत , दलित बालबालिकाको लागि कापीकलम तथा शैक्षिक सामाग्रीहरु सहयोग , सामाजिक कार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेवा सहयोग गर्दै आउनुभएको एचडीएनपी इन्टरनेसनल अध्यक्ष देवी डेविड आचार्यले जानकारी दिए।
    हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ),अमेरीकाको अध्यक्ष देवी डेविट आचार्य ज्युले मुसहर समुदायको बालबालिकाको लागि वार्षिक रुपमा निरन्तर लामो वर्ष सम्म शैक्षिक सामग्रीहरु सहयोग गर्ने , दलित अभिभावकहरुको लागि जिविकोपार्जनको लागि तथा आर्थिक समृद्धिको लागि योजनाबद्ध रूपमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
    पिसफोर दलितस फाउन्डेसन नेपाल ,मधेश प्रदेश, पर्साले एचडीएनपी इन्टरनेसनल ,अमेरिकाको अध्यक्ष तथा वरिष्ठ समाजसेवी देवी डेविट आचार्य ज्युलाइ उहाँको काम र समाजमा गरेको योगदान , सेवाको मुल्यांकन गरि सम्मान पत्रले सम्मानित गरेको छ ।

    पिसफोर दलितस फाउन्डेसन नेपाल मधेश प्रदेशको जिल्लामा सक्रिय दलित समुदायको संस्था हो , विगतको वर्ष देखी फाउन्डेसन दलित समुदायको सशक्तीकरण , सामाजिक न्याय , समानता , दलितको छुवाछूत अन्त्य , शिक्षा , सामाजिक रुपान्तरण , दलित समुदायको लागि वकालत , दलित समुदायको सेवा सहयोगमा सक्रिय रहेकोे छ।
    एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट ज्युले पिसफोर दलितस फाउन्डेसन नेपालको कामको मुल्यांकन तथा निरीक्षण गर्नुभएको छ , अभिभावक , बालबालिका संग स्थलगत छलफल तथा अन्तक्रिर्या गर्नुभएको छ , साथै फाउन्डेसनको टिम संग छलफल गर्नुभएको छ। कौवाबन गाउँको मुसहर बस्तीको स्थलगत अनुगमन , समस्या जानकारी लिनुभएको छ ।

    यस शैक्षिक सामग्री सहयोग तथा वितरण कार्यक्रमको अध्यक्ष दलित अभिभावक संघको अध्यक्षता उर्मिला देवी मुसहर ज्यु, कार्यक्रमको प्रमुख अतिथि हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ), अमेरीकाको अध्यक्ष देवी डेविट ज्यु , फाउन्डेसनको सदस्य पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम , संगीता देवी मुसहर , अशोक राम लगायत दलित युवा , दलित महिला र बालबालिकागरुको उपस्थिति रहेकोे थियोे । कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालको अध्यक्ष तथा दलित सामाजिक अभियान्ता मनोज राम ज्युले गर्नुभएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on मुसहर बस्तीमा एचडिएनपी इन्टरनेसनल अमेरिकाको सहयोग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P