• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

प्रचण्डसँग आक्रोशित छ बालुवाटार

  • १६ फाल्गुन २०७६, शुक्रबार ०५:४९ मा प्रकाशित
  • काठमाडौं। दुई वर्षअघि अस्वाभाविक मानिएको भएपनि एकएक गर्दन जाडिए जसरी प्रस्तुत भएका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड यतिबेला एकअर्कालाई फसाउने र कमजोर पार्ने खेलमा सक्रिय छन्।
    एकीकृत पाएको पार्टीमा कार्यकारी अध्यक्ष पाएपछि प्रचण्डले प्रधानमन्त्री केपी ओलीका विरुद्ध अभियान नै चलाएको बुझाई बालुवाटारको छ। प्रचण्डका पछिल्ला गतिविधिबारे बालुवाटार के ठान्छ त बालुवाटार ?
    स्रोतका अनुसार पछिल्लो समय बालुवाटारले प्रचण्डको चलखेल निकै बढेको निष्कर्ष निकालेको छ। पूर्व एमालेभित्र प्रधानमन्त्री ओलीको आलोचना गर्ने नेतालाई ‘स्पेस’ दिने, उनीहरुबाटै सरकारको आलोचना गराउने र जसरी पनि पूर्व एमाले समूहबाटै सरकारलाई अप्ठेरो पार्ने काम प्रचण्डले गरिरहेको बालुवाटारले निष्कर्ष निकालेको स्रोतको भनाइ छ।
    एमालेको नवौं महाधिवेशनमा केपी ओलीको निकट रहेर उनलाई अध्यक्ष बनाउन सघाएका नेता बामदेव गौतमलाई प्रचण्डले हातमा लिएर केपी ओलीविरुद्ध नै प्रयोग गरिरहेको प्रधानमन्त्रीको बुझाइ छ। गौतमसँगै प्रचण्डले माधव नेपाललाई समेत आफूतर्फ मिलाएर समर्थन लिने र सचिवालय बैठकमा ओलीलाई अल्पमतमा पारेर आफूअनुकूल निर्णय गर्न बाध्य पार्ने गरेको प्रधानमन्त्री मान्छन्।

    भारतलाई नेकपाभित्रकै यस्तो पात्र आवश्यक छ जसले नेकपालाई नै विभाजित गरेर प्रधानमन्त्रीलाई अल्पमतमा पार्न सकोस्। ती पात्रको रुपमा भारतले प्रचण्डलाई रोजेको बालुवाटारको बुझाइ छ।

    ९ सदस्यीय सचिवालयमा अहिले प्रधानमन्त्री ओलीका पक्षमा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल मात्र छन्। यसबाहेक माधव नेपाल, बामदेव गौतम, झलनाथ खनाल, रामबहादुर थापा र नारायणकाजी श्रेष्ठ प्रचण्डका पक्षमा छन्।
    सचिवालयमा बहुमत भएकै आडमा प्रचण्डले पूर्वमाओवादीबाट अग्नि सापकोटालाई सभामुख बनाउने, एमसीसी पुनरावलोकनका लागि कार्यदल गठन गराउने, गोकुल बाँस्कोटालाई राजीनामा गर्न लगाउने तथा राष्ट्रिय सभा सदस्य समेत प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधन गर्न कार्यदल गठन गराउने लगायतका ठूला निर्णय गराइसकेका छन्।
    प्रचण्डले केपी ओलीसँग मिलेर बरिष्ठ नेताको पद खोसेका माधव नेपाललाई समेत अहिले आफ्नो प्रभावमा पारिसकेका छन्। प्रचण्डका यी गतिविधिबाट बालुवाटार सशंकित छ।
    ‘पछिल्ला गतिविधि हेर्दा प्रचण्डले पार्टी एक भएको सन्देश दिन चाहेको देखिँदैन। बरु उनले पूर्वमाओवादीलाई दबाब समूहको रुपमा राख्ने र पार्टीभित्र बार्गेनिङ गर्ने काम गरिरहेको बालुवाटारको बुझाइ छ।
    पार्टी एकीकरण भइसकेको अवस्थामा पूर्वएमाले र पूर्वमाओवादीको ह्याङओभर प्रचण्डले नै जीवित राख्न चाहेको उनका गतिविधिबाट देखिन्छ। प्रचण्ड अहिले पनि पार्टीभित्र पूर्वमाओवादीका ‘सुप्रिम कमाण्डर’ जस्तै छन्,’ प्रधानमन्त्री ओली निकट एक नेताले भने, ‘पूर्वमाओवादीका नेताले पार्टीका विषयमा प्रचण्डले जे बोले त्यही बोल्छन्।
    अर्थात पूर्वमाओवादी खेमा अहिले पनि प्रचण्डबाट पूर्ण नियन्त्रित छ। यसरी आफ्नो गुटलाई आफ्नै नियन्त्रणमा राखेर प्रचण्ड पूर्वएमालेभित्र खेलिरहेका छन्। पूर्वएमालेका नेताहरुलाई नै एक आपसलाई भिडाएर पार्टीमा हावी हुने प्रचण्डको रणनीति देखिन्छ ।’
    ओलीलाई ढलाउने अन्तर्राष्ट्रिय फ्याक्टर
    प्रचण्डको पार्टीमाथि हावी हुने लालसा र यसका लागि भइरहेको सक्रियतामा उनी एक्लै छैनन्। उनलाई अन्तर्राष्ट्रिय शक्ति केन्द्रले सघाइरहेको बुझाइ बालुवाटारको छ। प्रचण्डको ब्याकअपको रुपमा भारत सक्रिय रहेको बालुवाटार ठान्छ।
    भारत पहिल्यैदेखि नेपालमाथि हावी रहँदै आएको हो। तर ओली प्रधानमन्त्री भएपछि नेपालमाथि भारतको पकड केही कम भएको छ। यही कारण भारत ओलीलाई शक्तिबाट हटाउन चाहन्छ।
    भारतले यसअघि पनि आफू प्रतिकूल प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्न सक्रिय भूमिका खेल्दै आइरहेको थियो। यसअघि गठबन्धन सरकार हुने भएकोले प्रधानमन्त्रीलाई सत्ताच्यूत गर्न सहज थियो तर अहिले परिस्थिति त्यस्तो छैन।
    प्रधानमन्त्रीलाई हटाउन अन्य दललाई प्रभावमा लिएर पार पाइने स्थिति छैन। यस्तो परिस्थितिमा भारतलाई नेकपाभित्रकै यस्तो पात्र आवश्यक छ जसले नेकपालाई नै विभाजित गरेर प्रधानमन्त्रीलाई अल्पमतमा पार्न सकोस्। ती पात्रको रुपमा भारतले प्रचण्डलाई रोजेको बालुवाटारको बुझाइ छ।
    २०६१ सालको माघ १९ गते पूर्वराजा ज्ञानेन्द्रले मन्त्रिपरिषदको अध्यक्षता आफैंले गर्ने निर्णय गरे। लगत्तै बंगलादेशको ढाकामा भएको सार्क शिखर सम्मेलनमा उनले ‘चाइना कार्ड’ खेले। भारतले अफगानिस्तानलाई सार्कको सदस्यता दिने प्रस्ताव ल्याउँदा ज्ञानेन्द्रले त्यसको काउन्टरमा चीनलाई पनि सदस्यता दिने प्रस्ताव ल्याए।
    अन्ततः यो विषय पछि अफगानिस्तानलाई पूर्ण सदस्यता दिने र चीनलाई शिखर सम्मेलनमा पर्यवेक्षकको रुपमा निम्त्याउने सहमतिमा गएर टुंगियो। तर, आफ्नो क्षेत्रीय प्रतिद्वन्द्वी चीनलाई ‘स्पेस’ दिएपछि भारत पूर्वराजासँग यतिसम्म चिढियो कि उसले राजतन्त्र अन्त्य गर्ने आन्दोलनको जग मानिएको १२ बुँदे सहमतिको पृष्ठभूमि भारतले नै तयार पारेको बताइन्छ।

    नेपालमाथि आफ्नो अर्धऔपनिवेशिक पकड कायमै राख्न चाहने भारतले नेपालमा आफू प्रतिकूल निर्णय गर्ने सरकारलाई कहिल्यै टिक्न दिएन। जसका कारण नेपालमा जे–जति सरकार आए सबैले भारतको प्रतिकूल हुने गरी निर्णय गर्न सकेनन्। तर, केपी ओलीको सरकारले एउटा होइन श्रृंखलाबद्ध रुपमै भारतको प्रतिकूल निर्णय गरिरहेको छ।

    भलै राजतन्त्र हटाउने १२ बुँदे सहमतिमा नेपालका ७ राजनैतिक दल र तत्कालीन विद्रोही माओवादीले हस्ताक्षर गरेका थिए तर यो सम्झौताको पृष्ठभूमि भारतले नै तयार पारेको थियो र हस्ताक्षर भारतमै भएको थियो।
    नेपालमाथि आफ्नो अर्धऔपनिवेशिक पकड कायमै राख्न चाहने भारतले नेपालमा आफू प्रतिकूल निर्णय गर्ने सरकारलाई कहिल्यै टिक्न दिएन। जसका कारण नेपालमा जे–जति सरकार आए सबैले भारतको प्रतिकूल हुने गरी निर्णय गर्न सकेनन्। तर, केपी ओलीको सरकारले एउटा होइन श्रृंखलाबद्ध रुपमै भारतको प्रतिकूल निर्णय गरिरहेको छ।
    केपी ओलीको सरकारले चीनसँग ११ बुँदे सम्झौता नै गरिदियो जुन नेपालको इतिहासमा त्यसअघि कहिल्यै हुन सकेको थिएन। यसअघिका सरकारले धेरै पटक चाइना कार्ड खेले तर त्यो कुरामै सीमित थियो। यहाँसम्म की निर्दलीय पञ्चायती व्यवस्थाको नेतृत्व गर्दा राजा महेन्द्रले पनि चीनसँग कुनै सम्झौता गर्न सकेका थिएनन्।
    भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरामा सीमा मिचेको विषय यसअघि धेरै पटक चर्चामा आए। नेपालभित्र धेरै पटक विरोध प्रदर्शन भए तर कुनै पनि सरकारले भारतसँग यस विषयमा औपचारिक कुरा गर्ने हिम्मत गर्न सकेनन्। केपी ओली नेतृत्वको अहिलेको सरकार मात्र यस्तो सरकार हो जसले भारतलाई सीमाका विषयमा छलफल गर्न आउ भनी औपचारिक पत्र नै लेख्यो।
    भारतीय दूतावाले यसअघि नेपालमा सिधै पाँच करोडसम्म पैसा दिँदै आएको थियो। अहिलेको सरकारले त्यो रोकिदियो र भारतबाट आउने पैसा मन्त्रिपरिषदमार्फत मात्र लगानी गर्न पाइने नियम बनाइदियो। आफूलाई फाइदा हुने ठाउँमा सिधै लगानी गर्दै नेपालमा आफूअनुकूल वातावरण बनाउँदै आएको भारतलाई यो पनि पचिरहेको छैन।
    ओली सरकारले भारत चीन र अमेरिकासँग समदूरी राख्न चाहिरहेको छ। भारतलाई नेपालमाथि हावी हुन नदिने बरु अन्य शक्तिराष्ट्र चीन र अमेरिकालाई समेत विश्वासमा लिइ सबै मित्रराष्ट्रलाई एकै हैसियतमा राख्ने ओली सरकारको रणनीति छ।
    यही अनुरुप सरकारले निरन्तरजसो भारतको हालिमुहाली रोक्ने खालका निर्णय गरिरहेको छ, चीनलाई विश्वासमा लिन ऊसँग पनि निरन्तर विभिन्न सम्झौता गरिरहेको छ र अमेरिकालाई पनि विश्वासमा लिन ऊसँग एमसीसी सम्झौता गर्ने तयारी गरेको छ। यो सब भारतलाई पचिरहेको छैन।
    त्यसैले उसले अमेरिकासँगको सम्बन्ध बिगार्ने गरी प्रचण्डलाई एमसीसीको विरुद्धमा उभ्याइदिएको बालुवाटार ठान्छ। शक्तिशाली राष्ट्रहरुसँगको सम्बन्ध राख्ने ओलीको प्रयासलाई पार्टीभित्रबाटै विरोध गराइ तुहाउने र पूर्वएमालेभित्रको ठूलो खेमा आफूतर्फ ल्याएर पार्टीमा आफू हावी भइ सत्ता नै हत्याउने रणनीतिमा प्रचण्ड लागेको र यसका लागि भारतले उनलाई सघाइरहेको ओलीको आशंका छ।
    शाभार : डी सी नेपालमा छापिएको मदन कोराला को लेख

    Posted in मुख्य खबर, राजनीति, विचारLeave a Comment on प्रचण्डसँग आक्रोशित छ बालुवाटार

    एनआरएनए एनसिसी साउदीको नेपाल सरकार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरूको कार्यदललाई संस्थागत १० बुँदे ज्ञापन पत्र

  • ४ फाल्गुन २०७६, आईतवार ०१:०४ मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद/साउदी अरब- एनआरएनए एनसिसी साउदी अरबले नेपाल सरकार परराष्ट्र मन्त्रालयको नेतृत्वमा परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरू नेपाली राजदुतास रियादका तर्फ बाट नियोग उप-प्रमुख दिलिप पौड्याल,परराष्ट्र मन्त्रालयका सह सचिव तथा मध्य एसिया, पश्चिम एसिया साथै अफ्रिका  महासाखा प्रवन्ध निर्देशक  हरीश चन्द्र घिमीरे, वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भिष्म कुमार भुसाल, परराष्ट्र मन्त्रालयका शाखा अधिकृत कुल बहादुर राना मगर,  वैदेशिक रोजगार विभागका शाखा अधिकृत जमुना काफ्ले र नेपाली राजदुताबास मलेशियाका पूर्व राजदूत डा. ऋषिराज अधिकारी संमिलित  भ्रमणदल तथा श्रमिक समस्या समाधान तथा न्युनिकरण सम्बन्धमा सल्लाह सुझाव संकलन कार्यदललाई एक कार्यक्रममा १४ फेब्रुअरी २०२० का दिन संस्थागत  १० बुँदे ज्ञापन पत्र बुझाएको छ।
    एनआरएनए आईसिसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, सदस्य यशमीन वैगम, पूर्व मानार्थ सदस्य राजु शैयद, एनआरएनए एनसिसी साउदीका अध्यक्ष तेज थापा र प्रमुख सल्लाहकार डम्मर यादवले उक्त कार्यदल मार्फत नेपाली दुताबास रियाद, परराष्ट्र मन्त्रालय, वैदेशिक रोजगार विभाग र श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयलाई बुझाईएको ज्ञापन पत्रमा उल्लेखीत बुँदाहरू यस्तो रहेको छ:

    १.म्यान पावार ब्यवसायी र बिचौलिया द्वारा नेपाली श्रमिक माथि ठगी: नेपाल सरकारले खाडी मुलुकमा काम गर्न जाने नेपाली श्रमिकका लागि फ्री भिसा फ्री टिकट निती जारी गरेको वर्षौं बितिसक्दा पनि म्यान्पावर व्याबसायीहरुले ठग्ने प्रकृया अझै रोकिएको छैन । नेपाल सकारद्वार निर्धारित सेवा शुल्क लाइ बेवास्त गरि १ लाख देखी डेढलाख सम्म रकम लिने र मात्र १० हजारको रसिद थमाइने कार्यले आज सम्म पनि निरन्तरता पाइरहेको छ । यस्तो प्रकारको ठगी गर्ने व्याबसायीलाई कानुनी दायारामा ल्याएर यथाशिघ्र कारबाही गर्नको निम्ती हामी संस्थागत माग गर्दछौं ।

    २.सम्झौता अनुसारको तलब सेवा सुविधा नपाउनु: बैदेशिक रोजगारीका सिलसिलामा साउदी अरबमा रहेका नेपाली कामदारहरुले भोग्नु परेका  समस्याहरु मध्येको  प्रमुख समस्या सम्झौता अनुसारको  तलब सेवा सुविधा नपाउनु हो । नेपालमा म्यानपावर एजेन्सी र कामदार विच भएको सम्झौतालाइ साउदी अरबमा रोजगारदाता कम्पनीले हु-बहु कार्यान्वयन नगर्दा नेपाली कामदारहरु निकै तनावग्रस्त हुने गरेका छन्, फलतः उनिहरु केही बढि तलव पाउने आशामा भागेर काम गर्न बिवश हुंदा अवैध कामदारको रुपमा शिकार हुने गरेका छन् । यसमा कामदार भगाउन प्रेरित गर्ने विचौलियाहरुको पनि बिगबिगी रहेको छ । अवैध कामदारहरुलाइ साउदी अरबको  कानुनले हेर्ने दृष्टिकोण र उनिहरुले भोग्नु परेको समस्या निकै दर्दनाक रहेको छ । यसको रोगथामका लागि नेपाल सरकार र सम्बन्धित निकायले  गम्भीरता पूर्वक यथाशिघ्र  कदम अघि बढाउन हामी संस्थागत अनुरोध गर्दछौं ।

    ३.श्रम सम्झौता: साउदि अरब र नेपाल सरकार विच हुने भनिएको श्रम सम्झौताले हालसम्म पनि पूर्णता  पाउन सकिरहेको छैन,जसको प्रत्यक्ष मार लाखौंको संख्यामा रहेका नेपाली श्रमिकहरु माथि परि रहेको छ । यदि श्रम सम्झौता भई कार्यान्वयन भएमा बुंदा नम्बर २ मा उल्लेखित समस्या अवश्य न्यूनीकरण हुनेथियो । त्यसकारण सम्बन्धित सरोकारवालाहरुलाइ कुटनैतिक पहल गरि यथासम्भव श्रम सम्झौता कार्यान्वयनका लागि हामी संस्थागत अनुरोध गर्दछौं ।

    ४.पुन: श्रम स्विकृतिको नयां नितिले निम्त्याएको प्रतिकूल असर:  हालै नेपाल सरकारद्वारा कार्यान्वयन गरिएको पुन:श्रम स्वीकृतिको व्यवस्थाले खाडी मुलुक अन्तर्गत साउदि अरबमा रहेका नेपाली कामदारहरु निकै मारमा परेका छन् र सास्ती बेहोर्नुपरेको छ भने पुन: श्रम सम्बन्धी नयाँ नितिले कतिपय घर बिदामा गएका कतिपय नेपालीहरु साउदी फर्कन नपाइ आफ्नो रोजगारी बाट समेत हात धुनु परेको छ । एसार्थ नयाँ नियम थप व्यववस्थित वा पुरानै नियम यथावत राख्न वा सहजता  गर्न हामि अनुरोध गर्दछौं । साथै  श्रम नविकरण सम्बन्धी: सम्बन्धित देशका राजदुताबास बाट नै शुरु गरिने पछील्लो सरकारको घोषणा अझै कार्यन्वयन हुन नसकेकोले हामी संस्थागत ध्यानाकर्षण गराउन चाहन्छौं।

    ५.श्रमिका समस्या छिटो समाधान गर्नको निम्ती स्वयंसेवक परिचालन सम्बन्धी: बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा आएका नेपाली श्रमिकहरु भौगलिक हिसाबले झन्डै भारत जत्रो १३ प्रान्तिय यो देशमा रियाद स्थित नेपाली राजादुताबास र जेध्दा स्थित नेपाली महावाणिज्य दुताबासको पहुंच देखी टाढा रहेका नेपाली श्रमिकहरु समस्यामा पर्दा तत्काल उध्दार कार्यमा कठिनाई आएको नजीर बिगत देखी कायमै छ। यस्ता दुरदराजमा रहेका नेपाली श्रमिकको सहयोग, उध्दार तथा राहत गर्ने उध्देश्यले गैर आसाविय नेपाली संघका कृयाशिल पदाधिकारीहरुलाई बिभिन्न शहरहरुमा परिचालित गर्न सम्बन्धित निकाय समक्ष समन्वय गरी परिचय(सुरक्षा)पत्र बिगतमा सिमित उपलब्ध गराइएता पनि प्रयाप्त नभएकोले उक्त कार्यलाई अझै शशक्त गराउनको निम्ती पहल गर्न सम्बन्धित निकाय तथा सरोकारवालाहरुलाई ध्यानाकर्षण र पहल गर्नको निम्ती हामी संस्थागत अनुरोध गर्दछौं ।

    ६.साउदी अरबमा काम गर्ने नेपालीको जीवन रक्षा: बैदेशिक रोजगारिको शिलशिलामा साउदी अरबमा आई सडक दुर्घटनामा परि मृत्‍युवरण गरेका, कामको दौरान अन्य दुर्घटनामा परि अंगभंग भएका, काम गर्ने शिलशिलामा जान अन्जानमा बिभिन्न केसहरुमा फसी जेल जीवन बिताइरहेका नेपालीहरुको संख्या उल्लेख्य रहेकोछ। यी र यस्ता मारमा परेका श्रमिकहरुको जीवन रक्षार्थ विवरण संकलन गरी  उध्दार,राहत तथा क्षतिपूर्तीको ब्यबस्था गर्नको निम्ती नेपाल सरकारको सम्बन्धित निकायसंग यथा सम्भव समन्वय गरी कार्यन्वयन गर्नको निम्ती हामी संस्थागत अनुरोध गर्दछौं।

    ७.दक्ष जनशक्ती तथा बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपाली श्रमिकको ब्यबस्थापन: नेपाली कामदारहरु:विशेषगरी रोजगारीका सिलसिलामा खाडि मुलुकमा आउने श्रमिकहरुलाई सुरक्षित,मर्यादित र सम्मानजनक रोजगारीका लागि बिदेश पठाउनु पूर्व नेपालमा सीप मुलुक तालिमको ब्यबस्था,अभिमुखिकरण तालिम, सम्बन्धित देशको नियम कानुन सम्बन्धी ज्ञानको तालिम गरेर मात्र बिदेश पठाउने ब्यबस्था र बिदेशमा सिप सिकेर नेपाल फर्केका नेपालीहरुको नेपालमै रोजगारिको ब्यबस्था गर्नको निम्ती नेपाल सरकार, सम्बन्धित निकाय र सरोकारवालाहरुलाइ विशेष चासो एवम् ध्यानाकर्षणका लागि हामी संस्थागत अनुरोध गर्दछौं ।

    ८.नेपाली महिला कामदारहरुको सुरक्षा र ब्यबस्थापन: नेपाल सरकारले खाडी मुलुकमा जाने घरेलु महिला कामदारको निम्ती रोक लगाएपनी छिमेकी देश भारत लगायत अन्य तेस्रो मुलुक हुदै साउदी अरब छिरेका नेपाली घरेलु महिला कामदारहरुको संख्या दिनानुदिन बडदो छ। साउदी अरबमा रहेका केही म्यान पावर ब्याबसायी तथा बिचौलिया संगको मिलिमतोमा नेपालमा  रहेका म्यानपावर ब्याबसायीहरु र बिचौलियाहरुले अन्य देश मार्फत नेपाली महिला साउदी भित्र्याउने गरेको पाइएको छ।  यस्ता अबैध कार्य गर्नेहरु बिरुध्द कडा कारबाही गर्दै रोक लगाउनुको साथै तत्काल समस्या समाधानको निम्ती नेपाल सरकारको सम्बन्धित सरोकारवाला निकाय संग हामी संस्थागत जोडदार अनुरोध गर्दछौं।

    ९.नेपाली श्रमिकहरुको न्युनतम ज्यालाको मापदन्ड: नेपाली राजदूतावास/महावाणिज्यदूतावासको विशेष पहलमा नेपाली कामदारहरुको न्युनतम तलवको पछील्लो मापदण्ड सराहनीय रहेतापनी कयौं रोजगारदाता कम्पनीहरुले त्यसलाई कार्यान्वयन गरेका छैनन्। नेपालका म्यानपावर ब्याबसायीहरुले बनाएका झुटा सम्झौता पत्र जो साउदी अरबमा पुग्ने बित्तिकै खोसिन्छन र च्यातिन्छन अनी नेपालीले नबुझ्ने अरबी भाषामा अर्को सम्झौता पत्रमा हस्ताक्षर गराउने गर्दछन जसको कारण कैयौं रोजगारदाता कम्पनिले कार्यन्वयन गर्नुको सट्टा भने बमोजिमको तलब, सेवा सुबिधा दिन  बाट बन्चित गरेका छन्। त्यस्ता कम्पनीहरुको अभिलेख र तथ्यांक संकलन गरि थप निगरानी बढाउंदै साउदी पठाउनु पूर्व डिमाण्ड पत्र प्रमाणिकरणमा सम्बन्धित निकायले प्रमाणिकरण गरी बैदेशिक रोजगार बिभागमा प्रत्येक नेपालीको अभिलेख सुरक्षित राख्दै न्यायोचित ब्यबस्थापन गर्नको निम्ती हामी संस्थागत माग गर्दछौं।

    १०.दक्ष कामदारहरुको पैठारी: नेपालमा अ-दक्ष (लेबर) कामदार मात्रै पाईन्छन भन्ने संकुचित मान्यता राखि साउदीबाट अधिकांश रोजगारदाता कम्पनिले त्यस्तै कामदारका लागि मात्रै माग गरेको पाइने गरेको छ। त्यसका लागि नेपाली राजदुतावास,  एवम् नेपाल सरकारले साउदीका रोजगारदाता कम्पनी तथा सम्बन्धित निकाय हरुसँग समन्वय गरि नेपालबाट दक्ष कामदारहरु (डक्टर,नर्स, ईन्जिनियर आदि) साउदिको श्रमबजारमा भित्र्याउनका लागि पहल गर्न हामी संस्थागत अनुरोध गर्दछौं ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, विचार, समाजLeave a Comment on एनआरएनए एनसिसी साउदीको नेपाल सरकार परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयका प्रतिनिधिहरूको कार्यदललाई संस्थागत १० बुँदे ज्ञापन पत्र

    रेग्मीलाई इञ्जा सम्मान, पत्रकारद्वय ढुंगाना र सिंहलाई पुरस्कार

  • ३ फाल्गुन २०७६, शनिबार १०:१७ मा प्रकाशित

    काठमाडौं : नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)द्वारा स्थापित इञ्जा सामुदायिक पत्रकारिता पुरस्कार अछामकी पत्रकार मेनुका ढुंगाना र बाजुराका पत्रकार प्रकाश सिंहले संयुक्त रुपमा प्राप्त गरेका छन्।

    एक हजार अमेरिकी डलर राशिको पुरस्कार ढुंगानाको कान्तिपुर दैनिकमा प्रकाशित ‘म छाउपडी रिपोर्टर’ र सिंहको हिमाल खबरपत्रिकामा प्रकाशित ‘कुपोषित बाजुरा’ शीर्षक आलेखले प्राप्त गरेको इन्जाले जनाएको छ।

    सन् २०१९ भरीमा प्रकाशित ३५१ वटा समाचार तथा फिचर प्रतिस्पार्धा सामेल थिए। वरिष्ठ पत्रकार तीर्थ कोइराला, टंक पन्त र किशोर सापकोटाको छनौट समितिले निर्धारण गरेको मापदण्ड अनुरुप दुवै आलेखले बराबर नम्बर प्राप्त गरेकाले संयुक्त रुपमा पुरस्कृत गर्ने निर्णय गरेको हो। 

    ढुंगानाको ‘म छाउपडी रिपोर्टर’ आलेखमा छाउपडी कुप्रथाले निम्त्याएको सामाजिक संकट र सोसम्बन्धी समाचार संकलनका क्रममा उत्पन्न चुनौतीहरुको चित्रण गरिएको छ। छाउपडीविरुद्धमा सक्रिय रुपमा कलम चलाउँदै आएकी ढुंगानासंग आफैं पनि छाउपडीमा बसेको तीतो अनुभव छ।

    सिंहको ‘कुपोषित बाजुरा’ शीर्षक आलेखमा बाजुरामा कुपोषणको कहाली लाग्दो चित्र प्रस्तुत गरिएको छ। जसले नेपालका धेरै जिल्लाहरुको अवस्थाको प्रतिनिधित्व गर्दछ।

    यसैगरी एक हजार डलर राशिको इञ्जा श्रष्टा सम्मान पत्रकार, वरिष्ठ साहित्यकार ८५ वर्षीय प्राध्यापक चुडामणी रेग्मी ‘चुमरे’लाई प्रदान गर्ने निर्णय गरिएको छ। नेपाली झर्रोवादी आन्दोलनका अगुवा रेग्मीलाई धेरैले ‘पूर्वको मोतीराम’ भनेर सम्मान गर्ने गर्छन्। 

    झापाको युगज्ञान साप्ताहिकबाट पत्रकारिताको सुरुवात गरेका रेग्मीले यथार्थ कुरा पाक्षिकको सम्पादन गर्नुका साथै साहित्यिक त्रैमासिक जुही प्रकाशन समेत गरेका थिए। जीवनको अधिकांश समय साहित्यिक गतिविधिमा बिताएका छन्। झापाबाट चर्चित भएका धेरै साहित्यकारहरुलाई प्रोत्साहित गर्न जुहीले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो।

    इञ्जाका वरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहाल, साहित्यकार अम्बिका गुरुङ र अनेशास डिसी कमिटी अध्यक्ष भूपनारायण घर्तीमगर रहेको समितिले वरिष्ठ साहित्यकार रेग्मीलाई सम्मानित गर्ने निर्णय गरेको हो।

    पुरस्कार तथा सम्मान आगामी मार्च १ मा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने जनाइएको छ। 

    श्रोत थाहा खबर

    Posted in ताजा अपडेट, मुख्य खबर, विचार, साहित्यLeave a Comment on रेग्मीलाई इञ्जा सम्मान, पत्रकारद्वय ढुंगाना र सिंहलाई पुरस्कार

    एमसीसी इन्डोप्यासिफिककै रणनीति भएको १० प्रमाण

  • २० माघ २०७६, सोमबार २३:४४ मा प्रकाशित
  • अमेरिकी सम्राजयवादी रणनीति वारे नेपालीहरु जानकार छैनन भन्ने मलाई लाग्दैन । यसरी थाहा हुदा हुँदै पनि आँखा चिम्लनु आत्म सम्मान माथीको चोट हो । अहिले विश्वका १५० देशमा १,७०,००० अमेरिकन सेना खटिएका छन ।

    यस लेखबाट सजिलो र सरल प्रश्न उत्तर शैलीबाट तपाईंका मनमा उब्जि रहेका भ्रमित प्रश्नहरु मेटाउन्ने कोसिस गर्नेछु ।

    अरु ठाँउमा खटिदैमा नेपालमा खटिन्छन भन्ने छ र ?

    अरु ठाउँमा खटिदैमा नेपालमा खटिन्छन भन्ने छैन तर कुनै पनि सहयोगको नाममा त्यो इन्डोप्यासिफिक रणनीति अन्तर्गत हो होइन बुझ्न जरुरी छ । हो भने अवश्य खटिन्छ र अनि मज्जाले परेड खेल्छ । १५० राष्ट्रमा १,७०,००० शेना विश्वभर परेड खेलाई रहेको अमेरिकी शेनाले कसैको उखान सुनेर गोर्खाली भनेर स्यालुट हान्ने वाला त छैन । कि छ र ?

    एमसीसी सहयोग गरेको राष्ट्रमा शेना त लादिन होला बै ?

    सबै ठाँउ जोडेर करिब ३५ ठाँउ जतिमा एमसीसी सफल, प्रस्तावित र हुने चरणम भए नि । सफल गरिएको ठाँउ २५ देश मात्र हो । त्यस मध्य प्रमाण सहित भेटिएको २५ एमसीसी देश मध्य २३ देशमा अमेरिकन आर्मी परेड खेलेको प्रमाण छ्न । चाहिएमा मेरो अन्य प्रकाशित लेखमा हेर्न सक्नु हुन्छ ।

    त्यसो भए एमसीसी इन्डोप्यासिफिक रणनीति अन्तर्गत नै हो त ?

    अवश्य हो त्यो कुरा निम्न लिखित १० प्रमाणले पुष्टि गर्दछ ।

    १) अमेरिकन वैदेशिक कुटनैतिक अधिकारी डेभिड जे र्यान्जले मार्च १३,२०१९ मा काठमाडौं भ्रमणका क्रममा प्रष्ट भनेका छन एमसीसी इन्डोप्यासिफिक रणनीति कै एक अंग हो । ( पढ्नुस प्रमाण)

    २) इन्डोप्यासिक रणनीतिकै कार्यक्रममा भेइतनाममा एलिस वेल्सले इन्डोप्यासिफिक रणनीतिकै चर्चा गर्दै नेपालमा एमसीसी सहयोग बारे बोलेकी छिन । ( हेर्नुस भिडियो प्रमाण) । जहाँ एमसीसी त्यहाँ इन्डोप्यासिफिक रणनीतिको बहस किन आउँछ ? र जहाँ इन्डोप्यासिफिक रणनीतिको बहस त्यहाँ किन एमसीसी आउँछ ?
    ३) इन्डूयासिफिक रणनीतिको पुस्तकमा आर्थिक, सुरक्षा र शेना : तीन पिलर मध्य इन्डूयासिफिक रणनीति सफल पार्न थुप्रै एजेन्सी मध्री एमसीसी पनि एक भएको उल्लेख छ । ( हेर्नुस प्रमाण)

    ४) गुगल गर्दा एमसीसीको सिइओ बारे भेटिए पनि अध्यक्ष को हो त एमसीसीको भनेर पाउन मुश्किल हुन्छ । तर को हुन्छ भने हामीले प्रमाण भेटाएको छौ । ।(हेर्नुस प्रमाण , wikipedia को leadership भन्नेमा लेखिएको छ)

    क) एमसीसीको अध्यक्ष अमेरिकन सेकेरटरी अफ स्टेट हुन्छ भनेसी । स्टेट सकेरेटरी माइक पोम्पे हुन भने माइक पोम्पे नै एमसीसीका अध्यक्ष हुन भन्ने तथ्य प्रष्ट छ । भने पछि माइक पोम्पे को हुन त त्यसको थप खोज गर्दै जादा अरु कुरा पनि भेटिए ।
    ख) एमसीसीको अध्यक्ष Mike Popmpeoको पहिले लेख र शुभकामना हुन्छ इन्डोप्यासिफिक रणनीतिको पुस्तकमा पाइन्छ ।

    ख) उनी पुर्व अमेरिकी आर्मी क्याप्टेन्भएको नि पाइयो ।

    ग) उनी CIA Agent ( Central Intelligence Agent) पनि रहेछन । त्यो एक गुप्तचर संस्था हो ।

    ४) एमसीसी इन्डोप्यासिफिक रणनीति थिएन भने । एमसीसीको अध्यक्ष पटक पटक इन्डोप्यासिफिकको प्रोग्राममा किन सामेल हुन्छन ? किन बोली रहन्छन ? (हेर्नुस भिडियो प्रमाण)

    ५) परराष्ट्रमन्त्री र एमसीसी अध्यक्ष माइक पोम्पे एमसीसी शैनिक रणनीति सङ्ग नजोडिएको भए किन Military, र security हेर्ने council को सदस्य छन त माइक पोम्पे ?

    ७) इन्डोप्यासिफिक पुस्तकमा नेपाल पनि इन्डोप्यासिक रणनीतिमा सामेल भएको कुरा किन उल्लेख छ ? ( हेर्नुस प्रमाण) । नेपाली नेताको लेनदेन र कुनै किसिमको सम्झौता नभएकोले इन्डोप्यासिफिक रणनीति पुस्तकले रहर लागेर यत्तिकै राखेको हो त ?

    ८) एमसीसी लागू भएको देशमा अमेरिकन शेनाको परेड चल्छ नाई प्रमाण हेर्नुस । २५ राष्ट्रमा लागू भएकोमा २३ देशमा अमेरिकन शेना परेड खेल्छ ।(हेर्नुस यस बारे मेरो अघिल्लो लेखमा प्रमाण )

    ९) आफै पनि इन्डूयासिफिक स्ट्राटेजी पुस्तकले नेपाल सङ्ग शैन्य सहकार्य गर्ने कुरा उल्लेख गरेको छ ।

    १०) त्यति मात्र नभएर आफ्नो पुस्तक इन्डोप्यासिफिक स्ट्राटेजीमा नेपाल सन २०१९ देखि नयाँ मुलुक रहेको लिस्ट प्रकाशनमा ल्याएको छ ।

    त्यसो भए नेताहरु एमसीसी इन्डोप्यासिफिक रणनीति होइन भन्ने बारे कस्ता तर्क पेश गरि रहेका छ्न त ?

    यी यस्ता पेश गरी रहेका छन :

    १) कहाँ लेख्या छ शेना आउँछ भनेर सम्झौतामा ?

    हो रणनीतिमा कहि लेखेको हुदैन । माओवादीले नि आर्मी कर्नेल मेजरलाई तपाईंको यति राम्रो क्याम्प रहेछ हान्छु भनेर भनेन । रणनीति भनेको चाल हो । हामी आफ्नो देशमा के हित छ, चलाखी पुर्ण तरिकाले बुझेर कदम अगाडि बढाउने हो । चलाउन सकिनौ भने त्यहीँ हो रणनीति फेल भनेको ।

    २) एमसीसी २००४ साल मै थियो तै । यो इन्डोप्यासिफिक रणनीति त २०१७ साल तिर आएको हो । भनेसी कसरी भयो एमसीसी एन्डोप्यासिफिक रणनीति अन्तर्गत ?

    पहिलो कुरा इन्डोप्यासिफिक रणनीतिमा । स्ट्राटेजी अर्थात रणनीति शब्द जोडिएको छ । त्यतीमै धेरै कुरा बुझ्न काफी छ । त्यो त्यतिकै मट्याङ्रा खेलाउन आएको हैन । दोस्रो इन्डोप्यासिफिक स्ट्राटेजीको विश्वभर शेना पठाउने स्ट्राटेजी सन १९९३ मा “नेशन्ल गार्ड अफ यूनाइटेड स्टेट” भनेर सुरु भयो । ती नामहरु बदनाम हुन थाले पछि इन्डोप्यासिक क्षेत्रमामा इन्डोप्यासिफिक रणनीति अनुसार विकसित भएका हुन ।

    तसर्थ इन्डूयासिफिक रणनीतिको मुख्य जरो एमसीसी भन्दा धेरै वर्ष अघि सुरु भएको हो । त्यो कुरा खोज अनुसन्धान गरेर पढ्दै जादा प्रष्ट हुन्छ ।

    ३) त्यत्रो पैसा आएको छ देश विकाश हुन्छ । त्यसो भए विकास ठप्प पार्ने त ?

    पहिलो कुरा अहिले सम्म नेपाल अमेरिकाले दैनिकी भरेर यहाँ सम्म आएको होइन । दोस्रो ५५ अरव सहयोग भनेको ३ करोडमा बाढ्ने हो भने एकजनालाई १८०० हो, त्यसले नेपाल गरिब भएको होइन । त्यो पैसाले काया पलट हुने होइन। नेपालमा पैसा टन्नै छ, नेपाल गरिब पैसाले भएको होइन । मगन्ते सोच , एकता र कामको कमजोरीले भएको हो देश गरिब।

    आर्को कारण यस्तै यस्तै अनावश्यक सम्झौतामा बिक्ने आदात र मगुवा तालले नेपाल गरिब भएको हो ।

    तार इन्डिया तिर छिराएर देश धनी हुदैन । विकाश नै गर्ने हो भने पहिले तार तान्ने होइन बिजुली निकाल्ने सोच्न पर्छ । पानी निकाल्ने मुहान बनाउनु छैन घैटो बनाउन हतार भनेको यहीँ हो ।

    यो नेपाली अर्गानिक सोच नै होइन । यो रोपिएको नक्सा हो। देश धनी हुन्छ मेहनतले हुन्छ । हाम्रा कमजोरीको खोजी र सच्याईले देश धनी हुन्छ ।

    त्यसो हो भने देशका नेताले हामी किन ढाटेका त ?

    पहिलो त किन ढाटेका भन्ने कुरा त उनिहरुलाई सोध्न पर्छ । दोस्रो अध्यन कम भयो कि भनेर बुझ्न सकिन्छ । तेस्रो साखा सन्तान नै अमेरिका थन्काएका नेताहरुलाई उतैको रहर पलाएको हुन सक्छ । चौथो परिवार छैनन भने राजनीतिक लाभ लिन अमेरिका जस्तो शक्तिशाली देशको नजिक हुने औधी इच्छा हुन पर्छ । पाचौ यी केही पनि होइनन भने हरियो नोटले तान्यो कि भन्ने बुझिन्छ ।

    हरियो नोटमा बिक्ने कि नबिक्ने रोजाई नेता ज्यू को । यति प्रमाण हाम्रो सामु हुदाहुँदै नेताको सति जाँदै बिक्ने वा खबरदारी गर्ने । रोजाई तपाईंको !

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति, विचारLeave a Comment on एमसीसी इन्डोप्यासिफिककै रणनीति भएको १० प्रमाण

    शिक्षामन्त्रीले नेपाली, अंग्रेजी भाषाको प्रवर्द्धनमा जोड दिए

  • १९ माघ २०७६, आईतवार १८:०४ मा प्रकाशित
  • शिक्षा, विज्ञान र प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आइतबार अंग्रेजी र नेपाली भाषाको समान रुपले प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए।

    काठमाडौंमा आज एक कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नेपाली भाषा र अंग्रेजी भाषाको एक साथ प्रवद्र्धन गर्नु पर्नेमा जोड दिए।

    अंग्रेजीको बढ्दो प्रयोगका कारण नेपाली भाषा कमजोर हुँदै गएको बताउँदै मन्त्री पोखरेलले नेपालीहरुलाई अंग्रेजी र अन्य भाषाहरुको ज्ञान हुनु आवश्यक छ भन्नुभयो।

    उनले भने, ‘समृद्ध नेपाल, खुशी नेपाली’ को दर्शनको प्राप्ति शैक्षिक क्षेत्रको विकास भएमा मात्र सम्भव हुने छ।

    मन्त्री पोखरेलले राज्यले प्रविधिको अनुकूल शिक्षाको प्रवद्र्धनलाई प्राथमिकता दिएको बताउँदै इन्टरनेट हाल विद्यार्थीको शिक्षाको स्रोत भएको बतायो। खबरहबबाट

    Posted in ताजा अपडेट, विचारLeave a Comment on शिक्षामन्त्रीले नेपाली, अंग्रेजी भाषाको प्रवर्द्धनमा जोड दिए

    कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै हो मधेसी नेता मनिश सुमन

  • १३ माघ २०७६, सोमबार २१:५० मा प्रकाशित
  • काठमाडौं । राजपा नेपालका महासचिव मनिष सुमनले भारतसँगको विवादित नेपाली भूमीबारे नयाँ खुलासा गरेका छन् । उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतको भएको तर्क गरेका छन् ।

    आइतबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले भारतले प्रदेश नम्बर २ को कुनैपनि भूमी नमिचेको दाबी गरे । उनले भने,‘प्रदेश नम्बर २ को कुनैपनि भूमी भारतले मिचेको कुरा हाम्रो ज्ञानमा छैन् । र, यो कुरा सञ्चारमाध्यममा पनि आएको छैन् ।सत्याखबर.कम बाट साभार

    Posted in ताजा अपडेट, विचारLeave a Comment on कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै हो मधेसी नेता मनिश सुमन

    ‘परिश्रम र समयको क्षतिपूर्ति पारिश्रमिक हो, तर राजनीति सेवा हो पेशा होइन’ मदन कुमार वली

  • १३ माघ २०७६, सोमबार ०७:२७ मा प्रकाशित
  • मदन कुमार वली

    केन्द्रीय सरकारका संसदहरुलाइ मासिक रुपमा पारिश्रमिक सेवा सुबिधा उपलब्ध भएको भएपनि स्थानीय निकायका पदाधिकारीलाइ भत्ताको रुपमा सामान्य सुबिधा मात्र दिइएको थियो तर यसपटक निर्वाचित स्थानीय तहको सरकारका पदाधिकारीहरु नगर प्रमुख, उपप्रमुख, पालिका अध्यक्ष , उपाध्यक्ष्य र वडा अध्यक्षहरुलाई समेत कार्यालय समयमा कार्यालयमै बस्नु पर्ने र सो वापत मासिक रुपमै सुबिधा दिने चुनाव पहिलेनै प्रस्तावको रुपमा आयो फलस्वरुप प्रदेश सरकारले नेपालको संविधानको धारा १९६ बमोजिम प्रदेश सभा सदस्यको पारिश्रमिक र संविधानको धारा २२७ बमोजिम स्थानीय तहको सरकारका पदाधिकारीलाइ दिने पारिश्रमिक र सुबिधा सम्बन्धी निर्णयहरु भएका छन् ।

    युवा नेता बिश्व प्रकाश शर्माले आफ्नो केहि पैत्रिक सम्पतिबाट जलविद्युत र केहि लगानी ट्राभल एजेन्सीमा गरेको त्यस्तै युवा नेता गगन थापाले पनि कृषि फर्महरुमा लगानी गरेको र भर्खर मात्र राजनीतिमा प्रवेश गर्नुभएका रविन्द्र मिश्रले एउटा घर भाडामा लगाई खर्च चलाउने गरेको बारेमा सञ्चार माध्यममा आउने गरेको छ । स्वच्छ राजनीति गर्नेहरुले यस तर्फ पनि सोच्न जरुरी छ।

    पारिश्रमिक पाउने अपेक्षा अनुसार गरिने काम पेशा हो भने पारिश्रमिकको अपेक्षा नराखी समाजको हितमा श्रम र समय खर्च गर्नु समाज सेवा हो । पाउने भन्दा पनि योगदान दिने उदेश्यले गरिने कार्य समाजसेवा हो । राजनीतिज्ञले पनि श्रम र समयको लगानी गर्नु पर्ने भएकोले सो वापतको क्षतिपुर्ति स्वरुप पारिश्रमिक लिने दिने व्यवस्था हुनुपर्दछ ।

    वडा अध्यक्ष सम्मका पदाधिकारिहरु तोकिएको समयसम्म कार्यालयमै बस्नु पर्ने भएकोले मासिक पारिश्रमिक दिने अन्य वडा सदस्यहरुलाइ दैनिक रुपमा कार्यालयमा बस्नु नपर्ने भएकोले बैठकको समयमा बैठक भत्ता तथा यातायात खर्च उपलब्ध गराउनु उचित हुन्छ । राजनीतिकर्मीको उदेश्य समाजको विकास गर्नु, बदल्नु, सुधार गर्नु, उन्नतशिल बनाउनु रहेको हुन्छ भने कर्मचारिको कर्तव्य पालन तथा कानुनको कार्यान्वयन गरी सेवा प्रवाह गरी राजनीतिक व्यवस्थालाइ सहयोग पुर्‍याउनु हुन्छ।

    निर्वाचित जनप्रतिनिधिहरु सामाजिक व्यवस्थापक हुन कार्यालयका व्यवस्थापक होइनन् । त्यसकारण आफ्नो क्षेत्रको विकासको लागि के गर्न सकिन्छ, सम्भावित श्रोतहरुको पहिचान गरी त्यस्ता श्रोतहरुलाइ कसरी परिचालन गर्न सकिन्छ भन्ने बारे स्थानीय सरोकारवालाहरु संग सरसल्लाह गर्ने , विज्ञहरुसंग परामर्श गर्ने, नीति बनाउने, सेवा प्रवाहको अनुगमन गरी कमी कमजोरी देखा परेमा सुधार गर्ने र गराउने जस्ता नीतिगत कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

    राजनीतिकर्मी परिवर्तनका बाहक हुन,सुधारकर्ता हुन, नेतृत्वकर्ता हुन् अत राजनीतिकर्मीले आफुले पाउने सुबिधामा भन्दा समाजकै आम्दानी बढाउने, रोजगारी सृजना गर्ने, समग्रमा देशको विकास गर्नेमा आफुलाइ केन्द्रित गर्नु पर्छ ।यस्का अलावा राजनीतिकर्मीको पनि परिवार हुन्छ, आफ्नै खर्च पनि चलाउनु पर्ने हुन्छ त्यसको लागि आम्दानी त चाहिन्छ नै । त्यस्तो खर्च कसरी चलाउने त्यस सम्बन्धमा दीर्घकालीन व्यवसाय तिर पनि सोच्नु पर्ने हुन्छ ।

    युवा नेता बिश्व प्रकाश शर्माले आफ्नो केहि पैत्रिक सम्पतिबाट जलविद्युत र केहि लगानी ट्राभल एजेन्सीमा गरेको त्यस्तै युवा नेता गगन थापाले पनि कृषि फर्महरुमा लगानी गरेको र भर्खर मात्र राजनीतिमा प्रवेश गर्नुभएका रविन्द्र मिश्रले एउटा घर भाडामा लगाई खर्च चलाउने गरेको बारेमा सञ्चार माध्यममा आउने गरेको छ । स्वच्छ राजनीति गर्नेहरुले यस तर्फ पनि सोच्न जरुरी छ।

    राजनीति देशको मुलनीति हो ,समाज बदल्ने,सुधार गर्ने माध्यम हो तर केही प्रजातान्त्रिक पार्टीहरु फजुल खर्च तथा पैत्रिक सम्पतीमा र कम्युनिस्टहरु कमाउनिस्ट भै दिदा राजनीतिलाइ फोहोरी खेलको संज्ञा दिने गरिन्छ । पदमा पुगे पछि जिन्दगीभरीको कमाई कुम्लो पार्ने आन्तरिक मनस्थिति आजै बाट त्याग्नु पर्छ। किनकी मुख धोएर मात्रै शरीर सफा हुदैन। भाषणले मात्रै सुशासन कायम हुँदैन सामाजिक तथा व्यावहारिक रूपमा भ्रष्टाचार रोक्नु पर्छ ।
    सोसल मिडियामा शेयर

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on ‘परिश्रम र समयको क्षतिपूर्ति पारिश्रमिक हो, तर राजनीति सेवा हो पेशा होइन’ मदन कुमार वली

    एमसीसी अनुदान बहानामात्र भित्री रहस्य अर्कै, हेर्नुहोस प्रमाणहरु …

  • १२ माघ २०७६, आईतवार ०८:४९ मा प्रकाशित
  • एमसीसी सम्बन्धमा एक अनुसन्धानमुलक लेख

    डा.गिर रोदन महरा


    “नेपाली हामी रहौँला कहाँ नेपालै नरहे
    उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे” कवि माधव प्रसाद घिमिरेको कविता, “नेपालको वर्तमान दिनहरुलाई सचेत गराउन सायद यी शव्दहरु साहित्यको लयमा बुनिएका थिए” ।

    एमसीसी अनुदान पाएका २३ राष्ट्रमा अमेरिकन शेनाको परेड

    आफुले भने जस्तो भएन भने आतंकबादी समुहलाई समेत फन्डिङ गर्न पछि नपर्ने अमेरिका, जुन देशमा आतंक पैदा गरेर ३०,०००को मृत्यु भयो, त्यहीँ देशमा एमसीसी अनुदानको नाटक गर्छ । निकारागुआ देशको कुरा हो यो ।

    एउटा अमेरिकन कर्मचारी मर्छ र त्यहीँ बहानामा अमेरिकन शेना भित्राइएको नि पाइयो ।एउटा फेरि यस्तो देश, एमसीसीमा बिकेको राष्ट्रपति, देशको अमेरिकन शेना बोलाउछ

    नेपाली राजनितिक वृतमा पछिल्लो पटक असाध्यै चासो साथ हेरिएको विषय “एमसीसी” वास्तव मै के हो त ?यस विषयमा धेरै लामो बहस भएका छन । यसमा थप शब्द थुप्राने इच्छा थिएन।तर बहसका तर्कहरु केही अपुरो, कति भ्रमपुर्ण, कति असचेत, कति राष्ट्रघाती पाएकोले यस विषयमा लेख्नै पर्ने बाध्यता बन्यो ।

    यति बेला मेरो दिमागले तपाईको जस्तै प्रश्न गरि रहेका छन:

    १) वास्तवमा अहिले उठेका कुरा कति सत्य छन ? कति भ्रमपुर्ण ?

    २) के हो एमसीसी ? के एमसीसी राष्ट्रको लागि फाइदा जनक छ ?

    ३) के हो इन्डोप्यासिफिक स्ट्राटेजी ? के साच्चै अमेरिकी शेना आउँछ एमसीसी सङ्गै ?

    ४) हाम्रो नेपाल र एमसीसीको सम्झौतामा के छ ? त्यसो भए विकल्प के हुन सक्छ ? केही छैन त ?

    ५) अब को संभावना के छ ?यस्तै प्रश्नका कौतहलता म सक्दो प्रमाण सहित तपाईंहरुलाई बुझाउने कोसिस गर्नेछु ।

    १) वास्तवमा अहिले उठेका कुरा कति सत्य छन ? कति भ्रमपुर्ण ?

    अहिले उठेका विषय दुबै सत्य नि छन र भ्रमपुर्ण पनि छ्न । तर सत्य के छन ?सत्य एमसीसी राष्ट्रको विपक्षमा छ भन्ने नै सत्य हो । यो पुरै लेख पढ्दै जादा तपाईं पुरापुरा भ्रम मुक्त हुनु हुनेछ ।भ्रमपुर्ण के छ भने यसको पक्षमा गरिएका ओकालतहरु नबुझेर, बिकेका राष्ट्रघाती दलाल र तिनिहरुका मतियार , ठूला दल र दलिय समर्थनको आधारमा भेडापन कट्टरपन्थी देखाउदै राष्ट्र माथी हुन लागेको राष्ट्रघात बारे अनविज्ञता देखाउनु दु:ख पुर्ण छ । यो भ्रम चिरिनु पर्छ । त्यसमा तपाईंको नि दाइत्व बन्छ ।

    २) के हो एमसीसी ? के एमसीसी राष्ट्रको लागि फाइदा जनक छ ?एमसीसी (अमेरिकन च्यालेन्ज कर्पोरेसन) एक अमेरिकन निगम हो । सन २००४ मा विपक्ष दलको पुरै समर्थन पाएर अमेरिकन कङ्रेसले स्थापना गरेको हो ।सारमा गरिबी हटाउने नारा रहे पनि लुकेको अन्तर्निहित स्वार्थ बुझ्न भने पटक्कै समय लाग्दैन । आखिर सारा विश्व गरिब भयो भनेर उकास्न के अमेरिका लागेकै हो त ?पक्कै त्यसो होइन । किन होइन भने, त्यो मानवता र आर्थिक सहयोग थियो भने कुनै सर्तहरु तेर्सिने थिएनन ।इन्डोप्यसिफिक स्ट्राटेजीहरु पढ्दै जादा लाग्छ । आर्थिक सहयोग विभिन्न नाममा गर्ने र त्यो ठाउँमा आतंकवाद विरुद्धको नाममा आफ्नो अमेरिकन वेस क्याम्प खडा गर्ने र आफू अनुकुलका फाइदा त्यो राष्ट्रबाट लिने । छोटकरीमा आफ्नो सम्राज्यवाद हैकम कायम राखी रहने नै हो ।यसअर्थ एमसीसी, इन्डोप्यासिफिककै स्ट्राटेजी अनुसार चल्ने एक एजेन्सी हो । नाम विभिन्न होलान तर त्यसरी काम गरेको कुरा स्वयं इन्डोप्यासिफिकका गतिविधि देखिन्छ ।

    सहयोग लिदा के भयो त ?सहयोग लिनु राम्रै हो हाम्रो जस्तो गरिब मुलुकमा। चाहिन्छ पनि होला केही समयलाई । तर अझ राम्रो त सधै मागेर हुन्न । मागेर देश धनी बन्दैन । बन्ने मालिक धनी देश होइन, बन्ने माग्ने देश नै हो ।केही छैन सबै लाज पचाएर मागेर चलाउने बिचार गर्यौ । अनुदान लिएर चलाउने सरकारको मगुवा नीति नै छ ।माग्न लाग्यौ, दिन नि दिन तयार नि भयो । तर दिन तयार त भयो, तर तलाई सिध्याउने बाटो दिनु पर्छ भन्ने सर्तमा दियो भने केही अर्थ रह्यो त मागेको ?अमेरिकन सर्तका बारेमा विभिन्न मिडिया आएकै छन ।

    छोटकरीमा अमेरिका सङ्ग बाजिएमा नेपालको कानुन नलाग्ने, अडिट हिसाम अमेरिकाको लागू हुने, भारत सङ्ग सहमति लिन पर्ने, काम गर्दा कुनै पनि कुरामा कर नलाग्ने, काम गर्दा क्षेत्र अधिकार तोक्न नपाउने जहाँ नि बनाउन पाउने सोधी रहन नपर्ने, मन लागे गर्ने नलागे जति बेला नि छोड्न सक्ने । यसरी आफू अनुकुल सबै स्वायत्त अधिकार नेपालको संविधान भन्दा माथी हुन गरि संसदबाट अनुमोदन गरेर दिन पर्ने ।

    यस्ता कुरा छन छैनन ? तपाईं सम्झौताको ७७ पेज पढ्नुस (डाउन लोड एमसीसी र नेपाल बिच सम्झौता) ।

    के त्यती शक्तिशाली अमेरिका यत्तिकै नि आउन सक्थ्यो हैन र ?हो शक्तिशाली अमेरिका यति कै नि आउन सक्थ्यो तर उसलाई विश्वसामु नेपालको विधानले, नेपाल सङ्गको सम्झौताले, नेपालको बहुमत संसदले बोलाएको भन्ने देखाउने छ । सम्झौतामा यस्ता घुमाउरो प्वालहरु छन त्यहीँ सम्झौता नै काफी छ अमेरिकी शेना बोलाउन ।….एउटा देशको उदाहरण दिन्छु । त्यँहा एमसीसी अन्तर्गत काम गरि रहेको कर्मचारीको हत्या हुन्छ । सम्ववत हत्या नि स्वम अमेरिकाले गरेको र आफुहरु सुरक्षीत नभएको बाहनामा अमेरिकी शेना भित्राउछ ।

    के फाइदा छ या छैन त एमसीसी ?

    निसर्त सहयोग थियो, सम्झौताका बुदा देश नै सिध्याउने गरि नआएर, सहयोग मात्र सहयोग थियो भने फाइदा मान्न सकिन्थ्यो देशलाई । तर चीन घेर्ने, नेपाललाई युद्ध कृडा स्थल बनाउने, अमेरिकी शेना भित्राउने कपटी नीति अनुसार आएकोले फाइदा छैन ।

    अमेरिका साह्रै सहयोग गर्न चाहन्छ, के गर्न सकिन्छ ?अमेरिकालाई साह्रै सहयोग गर्ने इच्छा हो भने, सम्झौताका बुदा पुरै परिवर्तन गर्न सक्छौ । र त्यँहा निस्वार्थ सहयोग हो अमेरिकाको । अमेरिकाले कहिले कुनै बाहनामा अमेरिका शेना नेपाल टेक्न पनि ल्याउने छैन । ल्याएमा एमसीसीको नियत विश्वभर कपटी रुपमा बेजती साथ फैलियोस । सहयोग भनेको मानविय र गरिव विरुद्ध हुन्न पर्छ । युद्धरुपमा होइन । यस्तै किसिमका बुदा प्रष्ट आयोस ।होइन भने सहयोग अमेरिकाको राष्ट्रिय स्वाभिमान बेचेर चाहिदैन ।

    के एमसीसी आएमा अमेरिकी शेना आउँछ नेपालमा ?अवश्य आउँछ । तर केही समय लगाएर आउँछ । बाहना खोजेर आउँछ । मेरो अनुसन्धानले देखेको कुरा यहीँ नै हो ।अनुसन्धान कसरी गरे मैले ?

    १) मैले नेपालका नेताहरुबाट नि प्रत्यक्ष यो कुरा थाहा पाएको थिए । अझ थप प्रष्ट पार्नु पर्दा डिल्ली बजार कारागारमा थुनिनो भएका एमसीसी षड्यन्त्रको शिकार कृष्ण वहादुर महराबाट थाहा पाएको थिए । “मेरो सभामुख पद, मेरो इज्जत वा मेरो ज्यानै जाला तर राष्ट्र माथी विदेशी शैनिकको परेड खेल्नु/चल्नु हुदैन” “एमसीसी अनुमोदन प्रस्ताव नल्याएर जे गरेको थिए ठिक गरेको थिए लाग्छ ” ।”इन्डो प्यासिफिक स्ट्राटेजी बारे बोल्यो त अमेरिकन अफिसियल राज्य मन्त्री डेभिड र्यान्ज ।” कान्तिपुर पत्रीका लगायत पत्रीका देखाउदै …

    २) एमसीसी विषयका १०० बढी भिडियो, राष्ट्रिय र अन्तर्राष्ट्रिय अन्तर्वार्ता, ७० बढी लेख पढे । यसरी हेर्दा-पढ्दा, मेरो खोज एमसीसी के कस्तो त छदै थियो । मुख्य अनुसन्धान एमसीसी लागू भएका राष्ट्रको आर्थिक अवस्था के छ ? जनसंख्या कस्तो छ ? कुन भुगोलमा तिनीहरु अवस्थित छन ? यसबाट अमेरिकालाई के-कस्तो फाइदा-घाटा हुन सक्छ ?

    नेपालमा अमेरिकी शेना आउँछ आउदैन भन्दा, के एमसीसी लागू भएको राष्ट्रमा अमेरेकी शेना छन छैनन भनेर अनुसन्धानमा एमसीसीको नियत प्रष्ट हुन्थ्यो ।मैले त्यसै गरे ।…२५ जती देशमा एमसीसी लागू गरि सकेको र केही राष्ट्रमा पेन्डिङको अवस्थामा पाइयो । जस्तै नेपाल र श्रीलंका ।जति देशमा एमसीसी लागु भएको छ लगभग ९९% देशमा अमेरिकी शेना परेड खेलेको पाइयो । अहिले सम्म अनुसन्धानको क्रममा मैले २३ देशमा अमेरिकी शेनाको परेड खेलेको समाचार र फोटो र डकुमेन्ट्री पाए ।

    कुन कुन राष्ट्रमा एमसीसी लागू भएको छ ?

    कुन कुन एमसीसी लागू राष्ट्रमा अमेरिकी शेना परेड खेल्दै छ ?अमेरिकी शेना एमसीसी भएको राष्ट्रमा परेड खेल्दैका प्रमाणहरु :

    १)मोल्डोभा देशमाप्रामाण लिंकहरु : मोल्डोभा देशमा अमेरिकी शेना

    २)फिलिपिन्समाथप प्रमाण:क) फिलिपिन्समा अमेरिकन आर्मीक) फिलिपिन्समा अमेरिकन आर्मी

    ३) जोर्डन देशप्रमाण : अमेरिकन शेना जोर्डनमा

    ४) सेनेगल देशमाप्रमाण लिन्क : अमेरिकन शेना सेनेगलमा

    ५) तान्जेनिया देशमाप्रमाण :अमेरिकन शेना तान्जेनिया

    ६) बुर्किना फासोअमेरिकन शेना बुर्किना फासोमा

    ७) मोजाबिक्यू देशमामोजेविक्यूमा अमेरिकन शेना

    ८) निम्वियानिम्वियामा अमेरिकन शेना

    ९) अमेरिकन शेना लेसोथोमाप्रमाण

    १०) अमेरिकन शेना मोरोक्कोमाप्रमाण

    ११)अमेरिकन शेना मोङोलियामाप्रमाण

    १२)अमेरिकन शेना बेनिनमा
    प्रमाण

    १३) अमेरिकन शेना भानुअटुप्रमाणराष्ट्रपति बिकेर स्वयम् अमेरिका शेना बोलाउदै उसको राष्ट्रमा

    १४) अमेरिकन शेना अर्मेनियामाप्रमाण

    १५) अमेरिकन शेना घानामाप्रमाण

    १६)अमेरिकन शेना मालीमाप्रमाण

    १७)अमेरिकन शेना सल्भेडरमाप्रमाण

    १८)अमेरिकन शेना जर्जियामाप्रमाण

    १९)अमेरिकन शेना निकार्गुवाप्रमाण

    २०)अमेरिकन शेना होन्डुरासप्रमाण

    २१)अमेरिकन शेना कवो भर्डेप्रमाण

    २२)अमेरिकन शेना जेम्बियाप्रमाण

    २३)अमेरिकन शेना लिबेरियामाप्रमाण

    एमसीसी भएका यी राष्ट्रले हामी के शिक्षा दिन्छ ?के हो इन्डोप्यासिफिक स्ट्राटेजी ?

    इन्डोप्यासिफिक स्ट्राटेजी Indo-Pacific Strategy मुख्यतः तीन (३) पिलर (piller) ले बनेको छ । : १) Economic Strategy : यस अनतर्गत Indo Pacific क्षेत्रमा आफ्नो प्रभाव बढाउन आर्थिक सहयोग गर्ने । सहयोगको मुख्य माध्यम USAID हो भने अरु माध्यम MCC र OPIC हुन ।-यसर्थ MCC Indo-Pacific Strategy कै एक महत्त्वपूर्ण भाग हो ।
    -यो कुरा डेभिड रयान्जले प्रष्ट भनेका छन उनी South Asia हेर्ने American State को Secretary हुन ।
    -यो कुरा Indo-Pacific Strategy को पुस्तकमा
    लेखिएका धेरै बाट नि थाहा हुन्छ ।
    -MCC का वकालत गर्ने प्रदिप ज्ञवाली IndoPacific Strategy कै पुस्तकमा ।
    -Indo-Pacific forum मा बोली रहने Mike Pompeo जो United State का Secretary, अमेरिकन आर्मी अफिसर र CIA agent हुन । फोटोमा प्रदिप ज्ञवाली सङ्ग नि देख्न सकिन्छ ।

    २) Security Strategy : आफ्नो सम्राज्यवाद (imperialism) विस्तार गर्न र वैदेशिक हस्तक्षेप गर्न, आफ्नो अनुकुल व्यापारमा भविष्य खोज्न, (security) सुरक्षा र ( anti-terrorism) आतंकबाद विरुद्धको नाममा Security Strategy विकास गर्ने ।

    ३) Diplomacy Strategy: विश्व प्रभाव, विश्व व्यापार र शक्तिशाली अमेरिकाको लागि कुटनैतिक पहलको Diplomacy Strategy विकास गर्ने ।इन्डोप्यासिफिक स्ट्राटेजीकै लागि काम गर्ने एमसीसी पनि आर्को एजेन्सी भएको एन्डोप्यासिफिक स्ट्राटेजीको पुस्तकमा प्रकाशित तथ्य ।थप इन्डोप्यासिफिक स्ट्राटेजी बारे पढ्नु परे डाउनलोड गर्नुस “इन्डोप्यासिकको एक प्रकाशन”।

    बरु हामी के गर्न सक्छौ ?

    १) भ्रष्टाचारमा सयौ अरव सकिन्छ त्यो रोकौ । २) Ncell को १५२ अरव उठाऊ । ३) भाटभटेनीको २० अरव उठाऊ। ४) प्रदेशमा २ मन्त्री मात्र हुने व्यवस्था ल्याऊ । ५) मन्त्रीहरु देखि कर्मचारी सबै आफ्नो गाडी चढ्ने नभए बाइक चढ्ने नभए भाडा तिरेर जाने व्यवस्था ल्याउने ।

    एमसी र नेपाल बिचको सम्झौता पिडिएफ

    MCC को आफ्नो बारे पिडिएफ

    इन्डो ओयासिफिस स्ट्राटेजी पिडिएफ

    यी सबै अध्ययन गरि सकेसी एमसीसी लाई कसरी बुझने ?

    नोट:बिस्तृत अध्ययन एवं प्रमाणका लागी माथिको निलो अक्षर भएको लिन्कमा दबाउनु हुन अनुरोध छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति, विचार7 Comments on एमसीसी अनुदान बहानामात्र भित्री रहस्य अर्कै, हेर्नुहोस प्रमाणहरु …

    भात खाइखाइ स्लिम बन्न मन छ भने अपनाउनुहोस् यी फर्मूला

  • २० पुष २०७६, आईतवार २१:२४ मा प्रकाशित
  • एजेन्सी– आफ्नो मोटो शरीरलाई फिट बनाउने चाहना कसको पो नहोला र ? हुन पनि हामीमध्ये धेरैले आफ्नो शरीरलाई फिट बनाउने चाहनामा भात खान छोडिरहेका पनि हुनसक्छौँ । एशियाली देशमा त झन् यो क्रम बढी हुन्छ । किनकि एशियामा सेतो चामलको भात खाने परम्परा छ । 


    हामी नेपाली पनि दुई छाक भात नै खान खोजिरहेका हुन्छौँ । तर, हामीले खाने सेतो चामलको भातमा चाहिँ स्टार्च र क्यालोरी निकै धेरै हुन्छ । यसले ब्लड सुगर बढाउने मात्र होइन, मोटोपना पनि बढाउँछ । त्यसैले हामीले तौल घटाउनु पर्ने छ भने सेतो चामलको भात भन्दा ‘ब्राउन’ चामलको भात खान सक्छौँ । 

    अमेरिकी तथ्याङ्कअनुसार १०० ग्राम पाकेको चामलमा १३० क्यालोरी र २८ ग्राम कार्बोहाइड्रेट हुन्छ । अनि हामीले खाने गरेको भातमा फाइबर र प्रोटिन हुँदैन । यसमा केही मात्रामा भिटामिन बी हुन्छ । त्यसैले तौल घटाउन मन हुनेहरुले अहिले नियमित खाइरहेको भात भन्दा काब्रोहाइड्रेट कम हुने चामलको प्रयोगलाई प्राथमिकता दिनुपर्छ । 

    Posted in ताजा अपडेट, विचारLeave a Comment on भात खाइखाइ स्लिम बन्न मन छ भने अपनाउनुहोस् यी फर्मूला

    के हो इन्डो प्यासेफिक “एम सी सी” र यसको ‘बौद्धिक सम्पत्ति’ को अर्थ

  • १३ पुष २०७६, आईतवार २०:०५ मा प्रकाशित
  • नारायण गाउँले

    यसै महिना अमेरिकाले नेपाली सेनालाई दुई वटा स्काई ट्रक भनिने जहाज हस्तान्तरण गर्यो । दुई वर्षअघि नेपालले मन्त्रिपरिषदबाटै पास गरेर सेनाको प्रयोगका लागि चार वटा जहाज मागेको थियो । थप दुईवटा जहाज अर्को वर्ष आइपुग्ने अमेरिकाले बताएको छ । यिनका पछाडि पनि थुप्रै शर्त छन् । शर्तअनुसार यसलाई आपतकालीन उद्धार र सरसामानको ओसारपसारमा प्रयोग गर्न त पाइन्छ तर भोलि गृहयुद्ध या सीमामा युद्ध हुँदा यसलाई युद्धको साधन बनाउन पाइँदैन ।

    झट्ट हेर्दा यो सैन्य सहयोग नै देखिन्छ । यो सोझै अमेरिकी सरकारले गर्ने सहयोग पनि हो । तर यसको उद्देश्य बाढीपहिरो, भूकम्प, आगलागीजस्ता प्राकृतिक विपत्ति र मानवीय सङ्कटमा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउनु हो । छिमेकीसँग युद्ध गर्नु या आफ्नै नागरिकमाथि बम बर्साउनु होइन ।

    तर, यो खबर थाहा नपाएर हो या त्यति नबिक्ने ठानेर हो, यसको विरोध भएको देखिएन । यो सैन्य सहयोग हो या होइन, इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो या होइन भनेर कसैले स्पष्टीकरण सोधेको पनि थाहा भएन । उद्देश्य उद्धारको भए पनि यी विमानमा चढ्ने र निरीक्षण गर्ने त हाम्रै नेता र भिआइपीहरू हुन्, लाभ लिने त आफ्नै हुन् भनेर पनि विरोध नभएको हो कि ?

    बाटो र बिजुलीमा आउन लागेको एमसिसी सहयोगको प्रकृति नै आफैमा गैरसैनिक देखिन्छ र सम्झौताले पनि यो पुष्टि गर्छ । यो अमेरिकी सहयोग भए पनि प्रत्यक्ष सरकारी सहयोग होइन । यसको उद्देश्य रोजगारी, ऊर्जा र कनेक्टिभिटी बढ़ाएर गरिबी कम गर्नु हो । एमसिसी आफैमा स्वायत्त र स्वतन्त्र निकाय हो । संसदबाट कानुन पारित नगरी डोनाल्ड ट्रम्प आफैले पनि यसका गतिविधि नियन्त्रण गर्न सक्दैनन् । झट्ट हेर्दा राष्ट्रब्याङ्क नेपाल सरकारको अधीनमा रहेको संस्था हो तर प्रधानमन्त्रीले चाहँदैमा यसको संरचना र नीति फेरिन सक्दैन । यस्तै हो । इन्डोप्यासिफिक रणनीति त एमसिसीले होइन, ट्रम्प सरकारले प्रयोग गर्ने शब्द हो ।

    बाटो र बिजुलीको यो प्रोजेक्टले प्रत्यक्ष लाभ हुने आमसर्वसाधारणलाई हो । रोजगारी पाउने तिनले हो । नेतालाई त कमीशनको ठाउँ पनि छैन र नातेदार घुसाउने ठाउँ पनि छैन । शायद टाढा टाढ़ासम्म आफूलाई कुनै फाइदा नदेखेकाले तिनले यसको विरोध गरेको हुनुपर्छ । आजसम्मका प्रायः सबै वैदेशिक अनुदान या ऋणले तिनै त मोटाएका छन् । अझ निःशर्त आउने सहयोग त एक सुका पनि जमिनमा खन्याउनु परेन । नत्र यो गैरसैन्य सहयोगलाई जबर्जस्ती इन्डोप्यासिफिक सैन्य सहयोग हो भनेर विरोध गर्ने तर घोषित रूपमैं सैन्य सहयोग स्वरूप जहाजहरू आउँदा चाहिँ स्वागत गर्ने किन हुन्थ्यो !

    नाथे दूतावासका त्यो पनि एउटा कर्मचारीले भनेछन्, एमसिसी इन्डोप्यासिफिककै अङ्ग हो । हामीलाई के चाहियो, पुगिहाल्यो ।
    के बुझौं भने दूतावासले एमसिसीलाई चलाउने होइन । सहजीकरण गर्ने हो ।
    तिनका अनुसार पनि आजसम्मको सबै अमेरिकी सहयोग इन्डोप्यासिफिककै अङ्ग हो । अब ती जहाज पनि त्यसैका अङ्ग हुन् । फिर्ता गर्ने आबाज उठाउनुपर्यो । वसन्तपुर दरबार पुनर्निर्माण पनि त्यसैको अङ्ग हो, अब भत्काउनुपर्यो । देशभर यूएसएड मार्फ़त् दर्जनौं आर्थिक र टेक्निकल सहयोगका कार्यक्रम सञ्चालनमा छन्, बन्द गर्नुपर्यो ।

    तिनले भनेको पत्याउने हो भने सुन्न र बुझ्न पर्यो नि पूरा वाक्य । तिनले भनेकै छन् त, इन्डोप्यासिफिक भनेको कुनै सैन्य सङ्गठन या सहयोग होइन । यो कुनै ट्रीटी या संस्था होइन । कसैलाई यसमा हस्ताक्षर गर्न आग्रह गरिएको छैन । यो त बस यस क्षेत्रमा अमेरिकी सहयोग र कार्यक्रमको एकमुष्ट नाम हो । अमेरिकाले यो क्षेत्रमा जे गर्छ, त्यही इन्डोप्यासिफिक रणनीति हो । नेपाल, चीन या भारतमा रहेका दूतावास आफैमा इन्डोप्यासिफिक दूतावास हुन् । सकियो त ! के बिग्र्यो त ?

    कानुनभन्दा माथि भयो भन्ने हल्ला फिँजाएर के हासिल हुने होला ? सम्झौता हुने नै विद्यमान कानुनअनुसार हो र यो सम्झौतालाई संसदले पारित गरेपछि यसको हैसियत ‘डिफ़्याक्टो’ कानुन जस्तै हुने हो । आफैले अनुमोदन गरेको सम्झौता बलियो हुनु भनेको कानुन कमजोर हुनु हो ? सम्झौता बलियो भएर के हुने हो त ? जे त्यसमा लेखिएको छ त्यही हुने न हो । अर्थात्, हाम्रा सांसद र मन्त्रीलाई दशै पेश्की दिनुपर्ने नियम लागू नहोला अरू त हुन्छ नै । त्यसमा कति समयमा कति काम कसरी सम्पन्न गर्ने भनेर लेखिएकै छ । कतिलाई त ‘बौद्धिक सम्पत्ति’ बारे पनि खास ज्ञान रहेनछ । लौ सबै बौद्धिक सम्पत्ति अमेरिकाको हुने भो, नेपाल त मूर्ख मात्रै बन्ने भो भन्ने पढ्न पाइयो । अमेरिकाले दिने पैसा हो, उसको बौद्धिक सम्पत्तिमाथि हक त उसैको हुन्छ नि । हामीले आइफोन किन्न सक्छौं । खोल्न र कसरी बनेको रहेछ भनेर बुझ्न पनि सक्छौं । तर खोलेर, डुब्लिकेट बनाएर बेच्न सक्दैनौं । हरेक सामान र सफ्टवेयरको बौद्धिक सम्पत्ति (intellectual property) माथि त एप्पलकै हक हुन्छ । हामीले किन्ने प्रोडक्ट मात्रै हो, त्यसको बौद्धिक सम्पत्ति होइन ।

    Posted in मुख्य खबर, विचारLeave a Comment on के हो इन्डो प्यासेफिक “एम सी सी” र यसको ‘बौद्धिक सम्पत्ति’ को अर्थ

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P