काठमाडौँ- आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । प्रहरी महानिरीक्षकका लागि सिफारिस भएका तीन प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) विश्वराज पोखरेल भन्दा जुनियर थिए ।
पोखरेल भन्दा धिरजप्रताप सिंह १७ महिना र सहकुल थापा ८ महिना कनिष्ठ हुन् । पोखरेलले सिंह र थापालाई दर्ज्यानी प्रदान गरेका थिए । पोखरेलको पदावधि एक वर्ष अझै बाँकी छ ।
क्षेत्रगत र जातिगतका आधारमा कारबाहीको सिफारिसमा परेकालाई महानिरीक्षक बनाएकाले पोखरेल निकट स्रोतले बताएको छ । स्रोतले भन्यो,’ अन्यायमा परेकाले न्याय खोजिन्छ । पञ्चायत कालमा पनि अन्यायपूर्ण निर्णय कहिले भएको थिएन । अदालत खुलेपछि न्यायका लागि ढोका ढकढक्याइन्छ ।’
सँगसँगै नियुक्त भएका आइजीपीहरूको पनि प्रतिष्पर्धा हुने गरेको थियो ।
काठमाडौं, १४ बैशाख । सत्ता गठबन्धनले पाँचदलिय गठबन्धन बाहेकका दलसँग चुनावी तालमेल गरेको ठाउँमा खारेज गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
विभिन्न स्थानमा गठबन्धनको निर्णयविपरित एमालेसँग कांग्रेस र माओवादीले तालमेल गरेको खबर बाहिरीएपछि गठबन्धनले तालमेल भएको भए खारेज गर्ने निर्देशन दिएको हो ।‘गठबन्धनभित्रका दलहरुले कुनै पनि तहमा गठबन्धन बाहेकका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अबिलम्ब खारेज गर्ने ।’– गठबन्धनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।
१३ वैशाख, बुटवल। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रुपन्देहीका १६ पालिकामध्ये १२ वटा पालिकामा प्रमुख/उपप्रमुखसहित १९ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ८ स्थानीय तहका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष दुवैजना उम्मेदवार बनेका छन् ।
सैनामैना नगरप्रमुख र उपप्रमुखमा एमालेबाट चित्रबहादुर कार्की र बिना राना पुन: उम्मेदवार बनेका छन् । यस्तै देवदह नगरप्रमुखमा कांग्रेसका हिरा खत्री र उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङ उम्मेदवार बनेका छन् ।यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा मनमोहन चौधरी र उपमेयरमा जानकीदेवी श्रीवास्तव फेरि उम्मेदवार बनेका छन् । ०७४ सालको चुनावमा स्वतन्त्रबाट जितेका चौधरी अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यस्तै उपमेयरकी उम्मेदवार श्रीवास्तव जसपाबाट जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेकी हुन् ।
यस्तै तिलोत्तमा नगरपालिकाको उपप्रमुखमा एमालेले जागेश्वरी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले किशुनचन्द्र चौधरी र शान्ता ज्ञवालीलाई नै पुन: उम्मेदवार बनाएको छ ।यस्तै मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा केशवानन्द बानियाँ र सुनिता कलवार नै उम्मेदवारमा दोहोरिएका छन् । अघिल्लो चुनावमा जसपाबाट जितेका उनीहरु लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर उम्मेदवारी दिएका हुन् ।कोटहीमाई गाउँपालिका अध्यक्षमा जसपाका चन्द्रभूषण यादव उम्मेदवार बनेका छन् । यस्तै सम्मरीमाई गाउँपालिकाका अध्यक्षमा जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ माओवादी केन्द्रबाट पुन: उम्मेदवार बनेका छन् ।
अघिल्लो चुनावमा उनी फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए । रोहिणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सनोज यादव र शिवकान्ति हरिजन उम्मेदवार भएका छन् । अघिललो चुनावमा जसपाबाट निर्वाचित यादव दुई महिना अघि एमाले प्रवेश गरेर टिकट पाएका थिए । शिवकान्ति भने राप्रपाकी उम्मेदवार हुन् ।
मायादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ध्रुवनारायण चौधरी, तारादेवी यादव उम्मेदवार भएका छन् । दुवैजना कांग्रेसका उम्मेदवार हुन् । सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा अयोध्या थारु र अमृता गुरुङ उम्मेदवार भएका छन् । दुवैजना एमाले उम्मेदवार हुन् ।
गैडहवामा बच्चुलाल केवट अध्यक्षमा उम्मेदवार भएका छन् । उनी जसपाका उम्मेदवार हुन् । रुपन्देहीका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाका प्रमुख,उपप्रमुख तथा कन्चन र ओमसतिया गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने दोहोरिएर उम्मेदवार बनेका छैनन् । यद्यपि उनीहरु सबै दोहोरिन चाहेका थिए ।
राजनीतिक विश्लेषक मनिकर कार्की पुरानालाई दोहोर्याउनु भन्दा नयाँ उम्मेदवारलाई स्थान दिँदा राम्रो हुने बताउँछन् ।
उनी भन्छन्, ‘स्थानीय तहमा हुने वजेट, करारमा कर्मचारी नियुक्ति,नदीजन्य पदार्थको ठेक्कापट्टाबाट हुने लाभ जस्ता निहीत स्वार्थका कारण जनप्रतिनिधिहरु दोहोरिन टिकटका लागि ठूलो रकम खर्च गर्ने गरेको देखिन्छ।’
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि साउदी अरेबियाका कार्यवाहक राजदूत नाइफ अलोटाइवीबीच सोमबार भएको भेटमा दुई देशको आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको थियो।
श्रममन्त्री श्रेष्ठले नेपाली कामदारको प्रमुख श्रम गन्तब्य बनेको साउदीमा नेपालीहरू विभिन्न समस्यामा परेको गुनासो आएकाले समाधानको पहल गर्न राजदूत अलोटाइवीसँग आग्रह गरेका थिए। सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको भन्दै उजुरी तथा गुनासो गर्ने नेपाली कामदारको संख्या धेरै रहेको उनको भनाइ थियो।
नेपाल र साउदी अरेबिया बीचको श्रम सम्झौतालाई छिटो अन्तिम रूप दिनुपर्ने मन्त्री श्रेष्ठले बताए। श्रम सम्झौता नहुँदा रोजगारदाता तथा मानव श्रोत आपूर्तिकर्ता संस्थाको कर्तव्य स्पष्ट हुन नसकेको बताए। छलफलपछि राजदूत अलोटाइवीले नेपाली कामदारको सहजताको लागि आफू प्रतिबद्ध रहेको बताएका थिए।
मन्त्री श्रेष्ठले साउदी अरेबिया सरकारको सहयोगमा नेपालमा साउदीलक्षित सीप प्रशिक्षण केन्द्र संचालनको प्रस्ताव भएको थियो। अहिले साउदी अरेबिया जाने अधिकांश कामदार अदक्ष रहेकोले सीपयुक्त जनशक्ति उत्पादन गर्न सीप परीक्षण परियोजना संचालन गर्न सकिने उनले बताए। साउदीमा रोजगारीका लागि जाने नेपालीमध्ये अधिकांश अदक्ष कामदार छन्। करिब ४ लाख श्रमिक कार्यरत रहेको साउदी नेपाली कामदारहरूको लागि प्रमुख श्रम गन्तव्य हो। नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मार्च १५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा मालेका महेन्द्र शाहले उम्मेदवारी दिएका छन्। उनीसँगै उपमहानगरपालिकाको मेयरमा पहिलो दिन तीन जनाको उम्मेदवारी परेको छ ।
आईतबार नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका जया घर्तीले मेयरमा उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
त्यस्तै उपप्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका दमबहादुर छन्तयाल र स्वतन्त्रबाट सुशिल नेपालीले उम्मेदवारी दिएका छन् ।
सीपी मैनालीका विश्वासपात्र महेन्द्र शाह नेकपा मालेका बैकल्पिक पाेलिट ब्युरो सदस्य हुन भने पहिलो संविधानसभा चुनावमा नेकपा मालेको तर्फबाट दाङमा बलियो उपस्थिति जनाउन सफल भएका थिए।
/ स्थानीय निर्वाचनका लागि नेकपा एमाले तुलसीपुर नगर कमिटीले सुशासन, समृद्धी र समाजवादको आधार : तुलसीपुरमा फेरी पनि एमालेको सरकार भन्ने मुल नाराका साथमा संकल्प पत्र सार्वजनिक गरेको छ । घोषणापत्रका जनताका साना साना आवश्यकतादेखि समृद्ध तुलसीपुरसम्मका सबै योजनाहरु समेटिएका छन् ।व्यावसायिकरुपमा दुध उत्पादन गर्ने किसानहरुलाई प्रतिलिटर दुधमा २ रुपैया अनुदान दिने कुरा घोषणापत्रमा समेटिएको छ । किसानहरुलाई सुलभ दरका कर्जा प्रवाह गर्नका लागि कृषक कर्जा कोष स्थापनालाई पनि घोषणा पत्रमा जोड दिइएको छ । यसैगरी जनताको आधारभूत स्वास्थ्यको ग्यारेन्टी गर्नका लागि हरेक वडामा एमबिबिएस डाक्टर सहितको स्वास्थ्य सेवा प्रदान गर्ने कुरा उल्लेख गरिएको छ।घोषणपत्रमा तुलसीपुरलाई गरिबीमुक्त, सुशासनयुक्त, लैङ्गिक समता, सामाजिक न्याय, वातावरणीय सन्तुलन र समावेशी विकासका अवधारणामा आर्थिक, सामाजिक, वातावरणीय र साँस्कृतिक रुपमा विकासमैत्री देशकै नमुना स्थानिय सरकार र नमुना उपमहानगरपालिका बनाउने लक्ष्य रहेको उल्लेख छ । त्यस्तै सुरक्षित, समृद्ध, सुन्दर, सफा र आधुनिक सुविधा सम्पन्न हरित उपमहानगरका रुपमा विकास गर्ने र विभिन्न जातजाति, समुदाय, धर्म र सम्प्रदायका मानिसहरु सुन्दर फुलबारीका फूल सरह रमाएको सभ्य र सुन्दर समाज निर्माण गर्ने लगायतलाई समेत घोषणा पत्रमा समावेश गरिएको छ ।क्षेत्रगत विकासतर्फ तुलसीपुर विकास प्राधिकरणमार्फत सडक तथा भौतिक पूर्वाधारको विकासको कामलाई पहिलो प्राथमिकताका साथ अघि बढाउनुका साथै तुलसीपुरका सबै बस्तीलाई सडक सञ्जालले छुनेगरी ट्रयाक निर्माणको कामलाई पूर्णता दिने र ट्रयाक खोलिएका सबै सडकहरुमा कालोपत्रे गर्ने घोषणापत्रमा समावेश गरेको छ । तुुलसीपुुर उपमहानगरपालिको क्षेत्रलाई उत्तर, दक्षिण भएर यातायात सुुविधा पु¥याई रहेको राप्ती राजमार्ग र पूर्व र पश्चिम भएर यातायात सुुविधा पु¥याइ रहेको लमही-घोराही-तुुलसीपुुर-पुुरन्धारा-सुुर्खेतसडकबाट दायाँ बायाँ सहायक सडकहरू विस्तार गरी सडक सञ्जालले आवास, उत्पादन क्षेत्र, व्यापारी क्षेत्र, औद्योगिक क्षेत्र र पर्यटन क्षेत्रलाई जोडिने गरी कार्य गर्ने आफ्नो एजेण्डामा समावेश गरेको छ ।
यसरी विकसित हुने सडक सञ्जालले अत्यावश्यक एम्बुुलेन्स र दमकल सेवा, सार्वजनिक यातायात र निजी सवारी साधनको प्रयोग गर्न प्रत्येक घर परिवारलाई सहज हुुने र हालसम्म सडक सुुविधा सहज हुन नसकेका बस्तीहरूलाई उच्च प्राथमिकता दिई सडक निर्माण कार्यलाई तीव्र पारिने भएको छ । त्यस्तै घोराही-तुलसीपुरको चारलेन सडकलाई पूर्णता दिनका लागि पहल गर्ने र सडक निर्माण गर्दा यसभन्दा अगाडी निर्माण गरिएको सडक पूर्वाधार गुरुयोजनलाई अनुसरण गरिने कार्यलाई समेत घोषणापत्रमा समेटेको छ ।त्यस्तै, बस्ती विकास र सहरीकरण तर्फ तुुलसीपुुर उपमहानगरपालिकाका सबै बस्तीहरूलाई छरिएको अवस्थाबाट एकीकृत रूपमा बस्ती विस्तार हुुनेगरी व्यवस्थित गरिदै लगिने योजनालाई पनि घोषणापत्रमा समावेश गरेका छ । हाल आधुनिक शहरको स्वरूपमा परिवर्तन भईसकेको तुुलसीपुुर बजार क्षेत्र र राजमार्ग क्षेत्रका शहरलाई सफा, स्वच्छ र हराभरा बनाउनुका साथै संरचना निर्माण र सुुविधा विस्तार गर्ने योजना घोषणा पत्रमा उल्लेख छ ।त्यस्तै तुलसीपुरको भूउपयोग नीति निर्माण गरी लागु गर्नुका साथै अव्यवस्थित शहरीकरणलाई रोकी बसोबास, कृषि, कलकारखाना, चरिचरण लगायतका विभिन्न क्षेत्र तोकेर भूउपयोग नीतिलाई कार्यान्वयनमा ल्याइने उल्लेख छ । त्यस्तै एक वडा : एक खेल मैदान निमार्ण गरी खेलाडीहरूको विकास र प्रतिस्पर्धी बनाउन विशेष कार्यक्रम तर्जुुमा लागु गरिने छ । अन्तर्राष्ट्रिय र राष्ट्रियस्तरको खेल जितेका खेलाडीहरूलाई विशेष प्राथमिकता साथ प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ । खेल क्षेत्रको समग्र विकासका लागि खेलकुद महाविद्यालय सञ्चालन गर्ने पनि घोषणा पत्रमा समावेश गरेको छ ।
त्यस्तै उपमहानगरपालिकाका खेतीयोग्य जमिनमा उत्पादन र उत्पादकत्व बढाउन सिंचाईका स्रोतहरुलाई उचित व्यवस्थापन गर्दै परम्परागत सिचाँइ कुलाहरुलाई पक्की गर्दै लैजानुका साथै एक बस्ती एक पोखरीको निर्माणलाई मूर्तता दिइनेछ । खोला, सोता, खोल्सामा ड्याम बनाएर वर्षातमा पानीलाई सञ्चित गरेर हिउँदमा सदुुपयोग गरिनेछ । व्यावसायिक कृषि गर्ने किसानहरुलाई सिचाई मिटरमा पूर्ण अनुदान दिइने कुरालाई घोषणापत्रमा समोवश गरेको छ ।त्यस्तै तुलसीपुरलाई शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि उपमहानगरपालिकाले ल्याएका नीतिहरुलाई कार्यान्वयन गर्नुका साथै तुलसीपुर मेट्रो कलेजमा विश्वविद्यालय तहका वन, कृषि, इन्जिनियरिङ्ग, होटल म्यानेजमेन्ट, पर्यटन, व्यवस्थापन लगायतका कार्यक्रमको सुरुवात गर्नुका साथै यसलाई विश्वविद्यालयकारुपमा विकास गर्नका लागि पहल गरिनेछ । तुलसीपुर बहुप्राविधिक शिक्षालयमा थप प्राविधिक विषयहरु अध्यापन गराइनुका साथै हरेक वडाबाट छात्रवृत्तिको व्यवस्था गरि निम्नवर्गका विद्यार्थीहरुलाई पनि प्राविधिक विषय अध्ययन गर्न सक्षम बनाइनेछ ।त्यस्तै सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच स्थापित गर्नका लागि विगतमा सञ्चालन भएका महत्वपूर्ण कार्यक्रमहरुलाई निरन्तरता दिईनेछ । तुलसीपुर मेट्रो अस्पताललाई विशेषज्ञ सेवा सहित विशेष अस्पतालका रुपमा विकास गरिनेछ । त्यस्तै खानेपानी मानव जीवनको अपरिहार्य कुरा हो । पानीविना मानव जीवनको कल्पना गर्न सकिदैन । यसैगरी सरसफाई स्वस्थ जीवनको लागि पूर्व सर्त हो ।
त्यस्तै यस उपमहानगरमा एउटा निश्चित क्षेत्र छुट्याई औद्योगिक क्षेत्र निर्माणको योजना बनाइनेछ । दुई हजार भन्दा बढीलाई रोजगार उपलब्ध गराउने उद्योगको स्थापनाका लागि आवश्यक पूर्वाधार सडक र विद्युत लाईन प्रशारण तथा जडानमा सहुलियत प्रदान गरिनेछ । त्यस्तै तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा रहेका ढुङ्गा गिट्टी, बालुवा र खानीहरुलाई व्यवस्थित गरेर राजस्व प्राप्ति र रोजगारी सिर्जनाको श्रोतको रुपमा उपयोग गरिनेछ । खानी उद्योग र कल कारखाना सञ्चालन गर्दा पानीका मुहान, जनस्वास्थ्य र वातावरणमा प्रतिकुल असर नपर्ने कुराको सुनिश्चितता गरिनेछ ।त्यस्तै सहकारीतालाई विशेष महत्व दिदै सहकारीको माध्यमबाट पुँजी संकलन तथा उक्त पुँजीको परिचालनबाट शिक्षा, स्वास्थ्य र अन्य सेवामूलक कार्यमा सर्वसाधारण जनताको पहुँच बढाउनका निम्ति “स्थानीय साधन, स्रोतको स्वतःस्फुर्त रूपमा परिचालन गरौँ समन्यायिक आर्थिक वृद्धिमार्फत समुदायको सशक्तिकरण गर्न सहकारी अभियानमा सहभागी बनाँै” भन्ने नाराका साथ आम जनसमुदायलाई सहकारीमा आवद्ध गरिनेछ ।त्यस्तै पर्यटन क्षेत्रको समग्र विकासलाई विशेष महत्व दिदै हाम्रो भौगोलिक अवस्था,हावापानी, विविधतायुक्त संस्कृति तथा विभिन्न धार्मिक धरोहरको प्रचारप्रसारमा तीव्रता प्रदान गरी ठूलो संख्यामा स्वदेशी र विदेशी पर्यटकलाई भि¥याउने अभिप्रायका साथ पर्यटन तथा संस्कृतिको प्रचारप्रसार र सम्वद्र्धनको अभियानलाई अघि बढाइनेछ । थारू भाषा र जातिको भूमिको रूपमा रहेको यस ठाउँलाई थारू समुदायको अध्ययन केन्द्रका रूपमा विकास गर्नका लागि सुकौरामा रहेको सुकौराकोट दरबारलाई थारू संग्रहालयका रूपमा विकास गरिनेछ । थारु समुदायका मानिसहरुलाई सञ्चारमा सहजता र सम्मानका लागि थारुभाषालाई कार्यालयको कामकाजको भाषाको रुपमा समेत मान्यता दिइनेछ ।
त्यस्तै तुलसीपुरलाई हवाई यातायातबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्यसित जोड्न दाङमा अन्तर्राष्ट्रिय विमानस्थलको कार्य अघि बढाईनेछ । टरिगाउँ एयरपोर्टको धावनमार्ग विस्तार गरी हवाई सेवा सुचारू गरिनेछ । त्यस्तै ज्येष्ठ नागरिकका अनुभवहरुलाई नयाँ पुस्तासम्म पुर्याउनका लागि नियमित भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ । आमा बुबालाई सम्मानजनक तवरले पालन पोषण गर्ने छोराछोरीहरुलाई उत्प्रेरित गर्नका लागि श्रवणकुमार पुरस्कार प्रदान गरिनेछ । ज्येष्ठ नागरिकहरुलाई नियमितरुपमा विभिन्न ठाउँमा भ्रमण गराइनेछ । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रलाई थप व्यवस्थित वनाउँदै लगिनेछ ।त्यस्तै नगरवासीमा भएको ज्ञान, सीप र नयाँ प्रविधिको विकास गर्नका लागि विशेष गरेर युवा वर्ग, किसान, अनुसन्धानकर्ताहरुलाई सुविधा सम्पन्न वातावरणमा तथ्यपरक वैज्ञानीक अध्ययन, अनुसन्धान गर्नको लागि तुलसीपुर उप महानगरपालिका क्षेत्रभित्र सुविधा सम्पन्न एक खोज, आविष्कार र अनुसन्धान केन्द्रको स्थापना गरिने छ ।तुलसीपुर उप महानगरपालिकाका हरेक वडामा वडा स्तरीय वाचनालय र कम्तीमा एउटा सार्वजनिक पुस्तकालय निर्माण गरि सञ्चालन गरिनेछ । हरेक शैक्षिक संस्थाहरुमा पुस्तकालयको व्यवस्था गरिने छ ।त्यस्तै दाङ उपत्यकालाई “ग्रीन र ग्रोथ” भ्यालीको रूपमा विकास गर्ने दीर्घकालिन सोंच राखिनेछ । प्राकृतिक श्रोत, साधनलाई स्थानीय समुदायको अर्थपूर्ण सहभागिता र स्वामित्वमा व्यवस्थापन गरिनेछ । “एक मुख दश रूख” का दरले अनिवार्य वृक्षारोपणको अभियान थालेर हरियाली शहर निर्माण गरिनेछ । जलवायुु परिवर्तनबाट जोखिम न्युुनीकरण र अनुकुलन गर्ने किसिमका अभियान थालनी गरिनुका साथै दाङ उपत्यकालाई “ग्रिन गोल्ड भ्याली”को रुपमा विकास गरिनेछ ।
त्यस्तै बाढी, पहिरो, डुवान, आगलागी, भूकम्प, खडेरीलगायतका प्राकृतिकरमानव सिर्जित विपद्हरूलाई उचित व्यवस्थापन गर्न शहरमा दमकल र हरेक वडामा एम्बुलेन्स एवम् स्वयंसेवी उद्धारकहरूको व्यवस्था गरिनेछ । त्यस्तै तुलसीपुर बजार क्षेत्रमा फोहोर व्यवस्थापनको ठूलो समस्या रहेको छ । भविष्यमा बजार, विस्तार हुँदै गर्दा फोहोरमैला व्यवस्थापन र सार्वजनिक सरसफाईको थप समस्या सिर्जना हुने निश्चित छ ।त्यस्तै लैङ्गिक समानता र महिला सशक्तिकरणलाई विकासका हरेक विषयमा आवद्ध गरिनेछ । ज्ञान, सीप र सकारात्मक सोंचलाई नागरिक तहमा पु¥याइनेछ । त्यस्तै तुलसीपुर सबै शवदाह गृहमा विभिन्न धर्म परम्परा मान्नेहरुका लागि आ आफ्नो परम्परा र संस्कृति अनुसार मृत्यु संस्कार गर्नका लागि शवदाह गृह, शवदाह स्थल, कव्रिस्तान र समाधी स्थल निर्माण गरिने छ । शव वाहनको समेत व्यवस्था गरि सञ्चालनमा ल्याइने छ । मृत्यु भएका परिवारजनलाई ५ हजार प्रदान गर्ने समेतको घोषणा पत्रमा समावेश गरेको छ ।
सीमान्तकृत, अल्पसंख्यक तथा पछाडी पारिएको समुदायलाई प्राथमिकता दिने र दाङका सबै स्थानीय तहको विकास निर्माणको सारको रूपमा बबई सभ्यतालाई विकसित गर्दै लैजाने सोंचका साथमा बबई सभ्यताको गुरूयोजना बनाई आध्यात्मिक र आधुनिक रूपले सुन्दर सभ्यताको विकास गर्न तुलसीपुर उपमहानगरपालिकाले विशेष ध्यान दिएर कार्यान्वयन गर्ने उल्लेख छ ।त्यस्तै तुलसीपुरलाई सञ्चारमैत्री स्थानीय तह र विकासमैत्री सञ्चार क्षेत्रको भावनाबाट प्रेरित भई तुुलसीपुर उपमहानगरपालिकाले विद्युतीय, छापा तथा सामाजिक सञ्चारमाध्यमसँग सहकार्य गरी आफ्ना दृष्टिकोण, निर्णय र कार्यलाई पारदर्शी बनाई हरेक पदाधिकारी उत्तरदायी बन्न र सेवाग्राही सुसूचित हुने व्यवस्था गरिने र कार्यालयको कामको पारदर्शिताका लागि आधुनिक प्रविधिको उच्चतम प्रयोगलाई जोड दिने र स्थानीय तहको प्रशासन-जनतालाई सुशासन प्रदान गर्ने योजनालाई घोषणापत्रमा समावेश गरेको छ ।
नेकपा एमालेले स्थानीय सरकारको चुनावका लागि दाङको तुलसीपुरको मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरीलाई चुनेको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले महानगर र उपमहानगरको उम्मेदवारी टुंगो लगाएको हो।
तुलसीपुरको मेयरका लागि चार आकांक्षी सिफारिस भएका थिए। यसअघि एमाले दाङ जिल्लाका अध्यक्ष रहेका खड़का लुम्बिनी प्रदेशका सचिवालय सदस्य हुन्। उनलाई पार्टीले २०७४ सालमा भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट समानुपातिक उम्मेदवार बनाएको थियो। सांसद हुन भने पाएनन्।
केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनलाई सुकुम्बासी समस्या समाधान आयोग दाङको अध्यक्ष बनाएका थिए। उनी अध्यक्ष ओलीका निकट मानिन्छन्।
२०४६ सालपछि प्रजातान्त्रिक राष्ट्रिय युवासंघको पहिलो महाधिवेशनले ओलीलाई अध्यक्ष चुन्दा खड्कालाई उक्त संघको केन्द्रीय सदस्य बनाएको थियो।
खड़का कक्षा सातमा पढ्दादेखि नै पञ्चायतविरूद्ध विद्यार्थी आन्दोलनमा लागेका थिए। २०३५/२०३६ सालदेखि अनेरास्ववियुको सदस्यता लिए। तत्कालीन नेकपा मालेनिकट भ्रातृ संगठनबाट राजनीति सुरू गरेका उनी पञ्चायतविरूद्धको आन्दोलनमा सहभागी हुँदा २०४४ सालमा जेल परेका थिए।
२०४५ सालदेखि पार्टीको पूर्णकालिक सदस्य बनेर उनी भूमिगत भएका थिए। २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको एक वर्षपछि उनी रोल्पा जिल्लाको उपसचिव भएका थिए। २०४८ मा उनी प्रजातान्त्रिक राष्ट्रिय युवासंघ केन्द्रीय सदस्य भए जसको अध्यक्षमा केपी ओली चुनिएका थिए।
रोल्पामा उनले २०५७ सालसम्म जिल्ला सचिव भएर काम गरेका थिए। त्यसपछि उनी दाङ फर्के। २०७२ देखि २०७८ सम्म नेकपा एमाले दाङका अध्यक्ष थिए। अहिले उनी लुम्बिनी प्रदेश कमिटीको सचिवालय सदस्य छन्।
उपमेयर उम्मेदवार स्यानी चौधरी समाजसेवी तथा दिदी घरकी संस्थापक हुन्।
उनले २०६१ सालमा ‘दिदी घर’ स्थापना गरेकी थिइन्। उनको संस्थाले अभिभावक नभएका तथा कमजोर आर्थिक अवस्था भएको परिवारका बालबालिकालाई पढ्न सहयोग गर्दै आएको छ। केही वर्षयता यो संस्थाले बालबालिकालाई आफैंले संरक्षण दिएर लालनपालन र शिक्षा दिएको छ।
चौधरीले राजनीतिशास्त्रमा बिए र समाजशास्त्रमा एमए गरेकी छन्।
दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसले केन्द्रीय सदस्य गेहेन्द्र गिरीलाई उम्मेदवार बनाएको छ।पाँच दलीय गठबन्धनको भागबन्डामा तुलसीपुरको मेयर कांग्रेसको भागमा परेको थियो। गिरी नेपाली कांग्रेसबाट २०५६ सालमा निर्वाचित पूव सांसद समेत हुन्। उनी दुई कार्यकाल नेपाली कांग्रेस दाङको जिल्ला सभापति भइसकेका नेता हुन्। तर, २०७४ सालको निर्वाचनमा गिरी नेकपा एमालेका घनश्याम पाण्डेसँग तुससीपुरको मेयरमा पराजित भएका थिए। गिरी आफूलाई स्वर्गीय नेता खुमबहादुर खड्काको अनुयायी भन्न रुचाउँछन्
त्यस्तै गठबन्धनबाट तुलसीपुरमा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज जोगबहादुर राना मगर उपमेयरका उम्मेदवार बनेका छन्।हक्की स्वभावका मानिने राना मगर यसअघि नेकपा एमाले दाङको उपाध्यक्ष र कार्यबहाक अध्यक्षको भूमिका निर्वाह गरि सकेका नेता हुन्।
घोराहीको मेयरमा माओवादीबाट शर्मा
पाँच दलीय गठबन्धनको सहमति अनुसार घोराही उपमहानगरपालिकाको मेयर नेकपा माओवादी केन्द्रको भागमा परेको थियो।
माओवादीले मेयरमा केन्द्रीय सदस्य हेमराज शर्मा (डायमन्ड) लाई उम्मेदबार बनाएको छ। उनी दाङ जिल्ला सह-इञ्चार्ज हुन्। डायमन्ड माओबादी युद्धकाल उत्कर्षमा पुग्दै गर्दा निकै चर्चामा रहेको नाम हो।
त्यस्तै नेपाली कांग्रेसबाट २०७४ सालमा मेयरमा भिडेका भुपबहादुर डाँगी अहिले उपमेयरको उम्मेदवार बनाइएका छन्। कांग्रेसको भागमा उपमेयर परेपछि गठबन्धनले डाँगीलाई उपमेयरको उम्मेदवार बनाएको हो।
डाँगीले २०७४ सालको निर्वाचनमा घोराहीका मेयर नरूलाल चौधरी भन्दा करिब ४ हजार कम मत पाएर पराजित भएका थिए। डाँगीले पनि आफूलाई स्वर्गिय नेता खुमबहादुर खड्काको हिस्सेदार ठान्छन्। यसपटक पनि पार्टीले घोराहीमा डाँगीको नाम मेयरका लागि एकल रूपमा प्रस्ताव गरेको थियो। तर, दलीय भागबन्डाका कारण अहिले उनी उपमेयरमा भिड्न बाध्य भएका हुन्।
वैशाख, काठमाडौं । गृह मन्त्रालयले चार प्रदेशका प्रहरी प्रमुख परिवर्तन गरेको छ । मन्त्रालयले ९ जना डीआईजीको सरुवा तथा पदस्थापन गर्दै प्रदेश प्रहरी प्रमुखहरु फेरेको हो ।
सरुवा सूची अनुसार लुम्बिनी, सुदूपश्चिम, मधेश र बागमती प्रदेशका प्रहरी प्रमुख फेरिएका छन् । मन्त्रालयले बागमतीको जिम्मा डीआईजी पूजा सिंहलाई दिएको छ । लुम्बिनीमा नलप्रसाद उपाध्याय, सुदूपश्चिममा मोहनकुमार आचार्य र मधेशमा मसाउद आलम खाँ पठाइएका छन् ।
राजेन्द्रप्रसाद चौधरीलाई चाहिँ अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । प्रदेश २ का उमेश रञ्जितकार, बागमतीका प्रकाशजंग कार्की र लुम्बिनीका मुकुन्द आचार्य चाहिँ प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएका छन् ।
हाल सुदूपश्चिममा नेतृत्व गरिरहेका डीआईजी पुरुषोत्तम कँडेललाई चाहिँ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पठाइएको छ ।