काठमाडौंमा महानगरपालिकामा पहिलो मतगणना परिणाम आउँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् ।
वडा नम्बर १ र ३२ को जारी मतगणनाको प्रारम्भीक नजिता सार्वजनिक हुँदा लौरो चुनाव चिह्न भएका शाहले २२ मत ल्याएका छन् भने नेपाली कांग्रेसकी सिर्जना सिंहले १८ र एमालेका केशव स्थापितले १३ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।
वडा नम्बर १ मा हालसम्म ५० र वडा नम्बर २५ मा २५ मत गणना भएको छ । वडा १ बालेन शाह र सिंहको ११-११ मत प्राप्त गरेका छन् । सो स्थानमा स्थापितले ९ मत प्राप्त गरेका थिए । वडा नम्बर ३२ मा २५ मत मध्ये शाहले ११, सिर्जना सिंहले ७ र स्थापितले ४ मत प्राप्त गरेका छन् । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् । ३ लाख २ सय ४२ मत रहेको महानगरपालिकामा १ लाख ९० हजार १ सय ७० मत खसेको छ ।
ललितपुरको महाँकाल गाउँपालिकाको प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । २०० गन्दा अध्यक्षमा नेपाली काँग्रेसबाट सत्तारुढ गठबन्धनका साझा उम्मेदवार गणेश केसी अग्रता बनाएका छन् ।
उनले १२० पाउँदा एमालेबाट अध्यक्षका उम्मेदवार कमला तामाङ ६८ ल्याएर पछ्याइरहेका छन् । यस्तै उपाध्यक्षमा पनि माओवादीबाट गठबन्धनका साझा उम्मेदवार डोल्पा लामाले १२२ मत प्राप्त गरेर अग्रता बनाएका छन् । एमालेका पुरुषोत्तम हुमागाईं ५४ का साथ पछ्याइरहेको अवस्था छ ।
कास्की, वैशाख ३० । मतदाता बोकेको गाडी दुर्घटना हुँदा स्याङ्जाको वालिङमा १४ जनाको मृत्यु भएको छ। मृत्यु भएका १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । उनका अनुसार अहिले उद्धार कार्य भइरहेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा पठाइएको छ।
३० वैशाख, काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिकाका वडा नं. १, २ र ३ मा मतदान स्थगित भएको छ । कांग्रेस र नेकपा एमाले कार्यकर्ताबाट बुथ कब्जाको प्रयत्न भएपछि ढुंगामुढा र झडपको अवस्था आएपछि मतदान रोकिएको हो ।
निर्वाचन अधिकृत वशिष्ट घिमिरेका अनुसार वडा नम्बर १ र ३ मा मतदान सुरु भएपछि स्थगित गरिएको हो । २ मा भने मतदान नै सुरु हुन सकेन । स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायरसमेत भएको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
गैरीमुदीका जनज्योती मावि र कालिढुंगा मावि मतदान केन्द्रमा बिहानैदेखि तनावपूर्ण रहेको छ ।
त्यहाँ थप सुरक्षाकर्मी झिकाइएको र समस्या समाधानका लागि छलफलको प्रयास भइरहेको निर्वाचन अधिकृत घिमिरेले जानकारी दिए ।
वैत्यश्वर कांग्रेस र एमाले एक्लाएक्लै प्रतिस्पर्धामा छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादीबीच गठबन्धन भएको छ ।
कैलालीः प्रधानमन्त्रीपत्नी एवं कांग्रेस नेतृ आरजु राण देउवा यतिबेला चुनाव प्रचारका क्रममा सुदूरपश्चिम प्रदेशमा छिन्। गृहजिल्ला डडेल्धुरालगायतका क्षेत्रमा चुनावी अभियानमा सक्रिय उनी आफ्ना अभिव्यक्तिका कारण पनि चर्चामा छिन्।
कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नपठाउने उद्घोष गरिसकेकी उनले शुक्रबारको एक कार्यक्रममा फेरि उनले मतदातालाई मलेसिया पठाउने स्किम सार्वजनिक गरेकी छन्। त्यो पनि छानिएका ५/६ जनालाई मात्र।
धनगढीको एक वडास्तरीय चुनावी सभालाई सम्बोधन गर्दै ५/६ जना युवालाई निःशुल्क मलेसिया पठाइदिने उनले बताएकी छन्। चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘यो वडामा दुःख पाएर पढ्न नपाएका कसैका छोराछोरी भए १÷२ जनालाई मैले पढाउने कोसिस गर्छु र त्यस्तै मलेसिया जानलाई कसैले मलाइ कोटा दिन्छु भनेको छ। फ्रि भिसा र टिकटको भनेको यहाँबाट काठमाडौँ जानलाई समेत पैसा पर्दैन। धेरैलाई त हामी सक्दैनौँ। त्यसको पनि केही मापदण्ड हुन्छ। तर निर्वाचन सकिएपछि यो वडाबाट केही न केही मान्छेलाई रोजगारी दिने बाटोतिर हामी उन्मुख हुन्छौँ र ५र६ जनालाई मलेसिया पठाउन सक्छौँ।’
यति भनेपछि उनले स्वदेशमै रोजगारी दिने समेत बताइन्।
तर यहाँ रोजगारी दिन भने आफूहरूसँग कुनै स्पष्ट योजना भने नरहेको बताइन्।
‘यहीँ नै रोजगारी सिर्जना हुने काम के ल्याउन सकिन्छ। म अहिले यही नै काम ल्याउँछु भनेर त भन्न सक्दिनँ। किनकि अहिले हामीले त्यो तर्फ योजना बनाएका छैनौँ। तर हामीले त्यो तर्फ योजना बनायौँ भने केही न केही काम गर्न सक्छौँ,’ उनले भनिन्।
उनले आफूले भनेको बाचा पूरा गर्ने प्रतिबद्धता समेत जनाइन।
नेपाली फुटबल टोलीले पहिलोपटक पाएको प्रो–लाइसेन्सप्राप्त प्रशिक्षक हुन् अब्दुल्लाह अल्मुताइरी । कतार फुटबल एसोशिएसनले एक वर्षका लागि अल्मुताइरीलाई प्रशिक्षकको रूपमा पठाएको हो । अल्मुताइरीले कतार फुटबल एसोसिएसनबाट मासिक तलब खान्छन् । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले यहाँ बस्ने र खाने सुविधाको मात्र व्यवस्था गरेको छ ।एक वर्षका लागि आएका अल्मुताइरीको नेपाल बसाइ तीन वर्ष हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पहलमा उनी नेपाल थप दुई वर्ष बस्ने भएका हुन् । अल्मुताइरी नेपाल आएको धेरै समय भएको छैन । तर, विभिन्न कारणले उनको चर्चा भइरहेको छ । नेपालले विश्वकप छनोटअघि इराकविरुद्ध गरेको प्रदर्शनमा उनलाई राम्रो श्रेय गयो । त्यसपछि नेपाली टोलीले साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाउँदा पनि उनी नेपाली समर्थकको नजरमा परे ।
त्यसपछि नेपाली टोलीको प्रदर्शन राम्रो भएको र युवा खेलाडीले मौका पाएकाले टिम राम्रो बनेको चर्चा चल्यो । खेलको नतिजा भने नेपाली टोलीको पहिलेको जस्तै थियो । यद्यपि, प्रदर्शनमा केही परिवर्तन आएको छ । उनी नेपाली टोलीका पहिलो प्रशिक्षक हुन्, जो समर्थकको नजिक छन् । उनले समर्थकसँग गर्ने कुराकानी, उनीहरुको फेसबुक पोस्टमा गर्ने कमेन्टले त्यो देखाउँछ । अल्मुताइरी समर्थकसँग भिडियो कल गर्न पनि भ्याउँछन् । उनले समर्थकको भावनालाई सम्झन्छन् अनि समर्थक उनको भावनाको कदर गर्छन् ।सामाजिक सञ्जालमा गत वर्षको साउन महिनामा उनी विवादमा तानिए । एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङका कारण आफू पदबाट राजीनामा दिन एन्फा जान लागेको उनले उल्लेख गरेका थिए । तीन सातादेखि नेम्वाङले काम गर्न अवरोध सिर्जना गरेको उनको भनाइ थियो ।
त्यो पोस्टपछि उनी निकै चर्चामा आए । उनले समर्थकहरूको साथ पाए । त्यसपछि उनले न त राजीनामा दिए, न एन्फा पुगे । उक्त विवादको छानबिनका लागि एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्वाङले पत्र काटे । त्यसपछि अल्मुताइरीले पनि छानबिनका लागि पत्र काटे ।एन्फा कार्यसमितिले उक्त विवाद मिलाउन सकेन । सोही विवादको विषयमा छानबिन गरिदिन एन्फाले खेलकुद मन्त्रालयलाई आग्रह ग¥यो । मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई छानबिन गरी प्रतिवेदन बुझाउन पत्र पठायो ।राखेपले करिव दुई साता छानबिन गरेर अल्मुताइरीलाई दोषी ठह-यायो । फेसबुकमा अल्मुताइरीले गरेको पोस्ट हटाउन राखेपको छानबिन समितिले निर्देशन दियो । राखेपका बोर्ड सदस्य पूर्णेन्द्र विक्रम लाखेको संयोजकत्वमा बसेको छानबिन समितिले एक खेल पत्रकारले गरेको पोष्टमा वरिष्ठ उपाध्यक्ष नेम्बाङले लाइक गर्दा अल्मुताइरीले रिसको झोकमा उक्त पोष्ट गरेको ठहर ग-यो ।
त्यसपछि अल्मुताइरीले अहिलेसम्म उक्त पोष्ट हटाएका छैनन् । खेलकुद मन्त्रालयले पनि अल्मुताइरीलाई कारबाही गरेन । अल्मुताइरी नेपालमा प्रशिक्षकको रुपमा आएको समयदेखि नै कहिले चर्चा र कहिलो विवादमा आइरहन्छन् । उनी पत्रकारसँग बेल–बेला विवादमा तानिन्छन् । खेलाडीलाई फेसबुक पोष्ट सेयर गर्न लगाउनु, कपाल काट्ने र ट्याटु हान्ने कुरामा आफैले निर्देशन दिनुजस्ता कुराले पनि उनी चर्चामा छन् ।
वरिष्ठ उपाध्यक्षसँगको विवाददेखि खेल पत्रकार र पछिल्लो समय खेलाडीसँगको विवादले अल्मुताइरी चर्चामा छन् ।
अल्मुताइरीसँग किन डराउँछ एन्फा ?
कतार फुटबल एसोशिएसन नेपाली फुटबलका लागि मुख्य सहयोगी माध्यम बनेको छ । कतारले नेपाललाई प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक निःशुल्क पठाएको छ । कतार फुटबल एसोशिएसनले नै अल्मुताइरीलाई सेवा सुविधा दिन्छ । प्रो–लाइसेन्स प्राप्त प्रशिक्षक नेपालमा भित्र्याउँदा ८ देखि १२ हजार डलर मासिक एन्फाले खर्च गर्नु पर्छ ।त्यसको भार अहिले कतार फुटबलले ब्यहोरेको छ । यता कतारकै कतार एरवेजले ए डिभिजन लिगलाई बर्सेनि करोडौं रकम दिन्छ । कतार फुटबलले नै नेपाली खेलाडीलाई ठूलो उपचार गर्नु परेमा नेपालबाट बोलाएर निःशुल्क उपचार गराइदिने गरेको छ । त्यसैले अहिले कतार फुटबल एन्फाको शिरोपर छ । यदि एन्फाले अल्मुताइरीलाई राजीनामा दिन बाध्य बनाएमा कतार फुटबलले आफूलाई हेर्ने नजरिया बदलिन सक्छ भन्ने डर एन्फालाई छ । कतार फुटबलले दिने सुविधा बन्दमात्र गरेमा एन्फालाई आर्थिक भार पर्नेछ ।
उसो त एन्फा अहिले नै आर्थिक भारमा छ । यसै बीचमा अल्मुताइरीलाई एन्फाले हल्का दबाव दिएको सुइँको मात्र पाएमा कतार फुटबलले अल्मुताइरीलाई फिर्ता बोलाउने छ । साथै एन्फासँगको सम्बन्ध पनि चिसिने छ ।
चुनावी माहोलमा बलियो बनाउन अल्मुताइरी मुख्य हतियार
एन्फाको चुनाव आगामी असार ६ गतेबाट हुँदैछ । त्यसका लागि कर्माछिरिङ शेर्पा र पंकज नेम्बाङ प्रतिस्पर्धामा छन् । अध्यक्ष शेर्पाका लागि चुनावमा बलियो बन्न अल्मुताइरीको साथ आवश्यक छ । अल्मुताइरीले बेला–बेला शेर्पालाई आफ्नो दाइ भन्दै मायाले सम्बोधन गर्छन् । त्यसैले अल्मुताइरीलाई झनै बलियो बनाएको छ । वरिष्ठ उपाध्यक्षसँग अल्मुताइरीको सम्बन्ध राम्रो छैन । चुनावका समयमा अल्मुताइरीले शेर्पालाई सहयोग गर्ने प्रस्ट छ ।
त्यसैले शेर्पाले अल्मुताइरीलाई चुनावसम्म आफ्नो साथमा राख्न खोजेका छन् । उसो त एन्फा अध्यक्ष छान्नका लागि समर्थकहरुको भोट चाहिँदैन । तर, पनि अल्मुताइरीलाई साथमा लिँदा चुनावी माहोलमा सहयोग पुग्ने अध्यक्ष शेर्पाको बुझाइ छ ।
खेलाडीले न्याय माग्दा पनि एन्फा मौन
एएफसी एसियन कप छनोटका लागि प्रशिक्षणमा रहेका खेलाडीहरु क्याम्प छोडेर गए । मुख्य प्रशिक्षक अल्मुताइरीसँग खटपट हुँदा खेलाडीले रातारात मैदान छोडेर जानुपर्ने बाध्यता भयो । खेलाडीले मैदान छोडेर गएको विषयमा अल्मुताइरीले उनीहरुलाई माफी दिनु भन्दै पन्छिन खोजे । यता खेलाडीहरुले आफूहरु अन्यायमा परेको भन्दै छानबिन गर्न एन्फासमक्ष आग्रह गरे ।
खेलाडीको आग्रह सुनेका एन्फा अध्यक्ष शेर्पाले चुनावसम्म प्रशिक्षक विवादको विषयमा आफूले केही गर्न नसक्ने बताए । खेलाडीहरु न्यायका लागि भन्दै एन्फा धाए । युवा तथा खेलकुद मन्त्री हुँदै राखेप सदस्य–सचिवसम्म पुगे । लगातारको दबावपछि एन्फाले २५ गतेका लागि बोर्ड बैठक बोलाएको छ ।
उक्त बैठकमा खेलाडीहरुलाई न्याय दिने कुरा उठ्ला तर, प्रशिक्षक अल्मुताइरीलाई कारबाही गर्ने आँट भने एन्फाले नगर्ने जानकारहरु बताउँछन् ।
रियाद/साउदीअरब। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास संगठन, प्रबासी नेपाली एकता समाज (पानस) Overseas Nepali Unified Society (ONUS) साउदी अरबले नयाँ वर्ष वि.सं. २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको अवसर शुभकामना आदान प्रदान साथै आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन ४ मेई २०२२ का दिन साउदीअरबको पूर्वीय प्रान्त दम्माम स्थित एक सभाहलमा सम्पन्न गरेको छ। उक्त राष्ट्रीय अधिवेशनले २०२२ – २०२४ कार्यकालका लागी कुवेर हुमागाईँको अध्यक्षतामा ३१ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन्। उक्त कार्यसमितिको अध्यक्षमा कुबेर हुमागाईं सहित उपाध्यक्षमा धिरज साउद, मनोज धिमाल, मौला इस्माईल, लोकेश कामी र महिला उपाध्यक्षमा प्रमिला सापकोटा निर्वाचित भएका छन् । त्यसै गरी महामन्त्रीमा नबिन मुडभरी, सह-महामन्त्रीमा जनक थापा मगर, सचिवमा लाल बहादुर बोगटी र सह-सचिवमा बिक्रम न्यौपाने निर्वाचित भएका छन्।
उक्त महाधिवेशन बाटै समितिको प्रबक्ताको रूपमा राजन ओझा, सह-प्रबक्तामा धन बहादुर नाथलाई मनोनीत गरेका छन् भने कोषाध्यक्षमा मनिस थापा, सह-कोषाध्यक्षमा संजय थपलियालाई चयन गरिएको छ। त्यसै गरी सदस्यहरुमा पूर्ण बहादुर जिम्मी,नगेन्द्र थापा मगर,सबिन घिमिरे, दिपक उपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टाराई, सिला चाम्लिङ राई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, बिमला राई र भोज कुमार कार्की निर्वाचित भएका छन्।
उक्त अधिवेशन संयोजक सिद्धार्थ कन्दङ्गवाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वीय प्रान्त दम्मामको लागी स्थानीय जनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका कार्यवाहक अध्यक्ष रबिना अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्ष यसमिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक सदस्य राजु सैयद लगायत राष्ट्रीय, क्षत्रिय र स्थानीय समन्वय समितिका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरू, समाजसेवी तथा बुद्धिजीवीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरूको उपस्थिती रहेको थियो।
नयाँ वर्ष २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको शुभकामना आदान प्रदान साथै पानसको दोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रमको संचालकको भूमिकामा प्रमिला सापकोटा र नरेन्द्र कार्की रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रबास संगठन, प्रबासी नेपाली एकता समाज (पानस) Overseas Nepali Unified Society (ONUS) साउदी अरबले नयाँ वर्ष वि.सं. २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्वइदको अवसर शुभकामना आदान प्रदान साथै आफ्नो दोस्रो राष्ट्रिय अधिवेशन ४ मेई २०२२ का दिनसाउदीअरबको पूर्वीय प्रान्त दम्माम स्थित एक सभाहलमा सम्पन्न गरेको छ। उक्त राष्ट्रीयअधिवेशनले २०२२ – २०२४ कार्यकालका लागी कुवेर हुमागाईँको अध्यक्षतामा ३१ सदस्यीयकार्यसमिति निर्वाचित भएका छन्।
उक्त कार्यसमितिको अध्यक्षमा कुबेर हुमागाईं सहित उपाध्यक्षमा धिरज साउद, मनोज धिमाल, मौलाइस्माईल, लोकेश कामी र महिला उपाध्यक्षमा प्रमिला सापकोटा निर्वाचित भएका छन् । त्यसै गरीमहामन्त्रीमा नबिन मुडभरी, सह-महामन्त्रीमा जनक थापा मगर, सचिवमा लाल बहादुर बोगटी र सह-सचिवमा बिक्रम न्यौपाने निर्वाचित भएका छन्।
उक्त महाधिवेशन बाटै समितिको प्रबक्ताको रूपमा राजन ओझा, सह-प्रबक्तामा धन बहादुरनाथलाई मनोनीत गरेका छन् भने कोषाध्यक्षमा मनिस थापा, सह-कोषाध्यक्षमा संजय थपलियालाईचयन गरिएको छ। त्यसै गरी सदस्यहरुमा पूर्ण बहादुर जिम्मी,नगेन्द्र थापा मगर,सबिन घिमिरे, दिपकउपाध्याय, रमेश श्रेष्ठ, दधिराम पौडेल, अमृत रामधाम, अमन बि.क., बिनोद भट्टाराई, सिला चाम्लिङराई, शिव वाग्ले, बेग श्रेष्ठ, सन्त कुमार भण्डारी, ईश्वर श्रेष्ठ, टंक चापागाईं, बिमला राई र भोज कुमारकार्की निर्वाचित भएका छन्।
उक्त अधिवेशन संयोजक सिद्धार्थ कन्दङ्गवाको सभापतित्व रहेको उक्त कार्यक्रममा प्रमुखअतिथिको रूपमा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वीय प्रान्त दम्मामको लागी स्थानीयजनसम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो भने अतिथिको रूपमा गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबका कार्यवाहक अध्यक्ष रबिना अर्याल, एनआरएनए आईसीसी महिला उपाध्यक्ष यसमिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, एनआरएनए एनसीसी साउदीअरबका संस्थापक सदस्य राजु सैयद लगायत राष्ट्रीय, क्षत्रिय र स्थानीयसमन्वय समितिका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू, साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरू, समाजसेवी तथाबुद्धिजीवीहरु र विभिन्न संचार क्षेत्रमा आवद्ध संचार कर्मीहरूको उपस्थिती रहेको थियो।
नयाँ वर्ष २०७९ र इस्लाम धर्मावलम्बीहरुको पर्व इदको शुभकामना आदान प्रदान साथै पानसकोदोस्रो राष्ट्रिय अधिवेशन कार्यक्रमको संचालकको भूमिकामा प्रमिला सापकोटा र नरेन्द्र कार्की रहेकोथियो ।
उमेश कुशवाहा,पर्सा बारा जिल्ला अन्तर्गत पर्ने प्रसौनी गाउपालिका बारा कै नमुना गाउपालिका बनाउने मेरो योजना रहेको उक्त गाउपालिका का उपाध्यक्ष उमेद्वार मनावती कुशवाहाले बताउनुभएकी छन ।
स्थानीय चुनावलाई लक्षित गरी चुनावी घरदैलोको क्रममा स्थानीय जनताको माझ पूगीरहनु भएकी नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी) उपाध्यक्ष उमेद्वार मनावती कुशवाहाले गाउपालिकामा शिक्षा ,स्वास्थ्य र कृषिलाई अग्र भागमा राखेर काम गर्ने बताउनुभएकी छन ।
उहाले गाउपालिकामा दैनीय बनेको शिक्षाको पहुचलाई बिस्तार गरी सुलभ र सरल तरिकाले गरिब , अल्पसंखयक तथा गाउपालिकामा पिछडिएका बर्ग सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।
त्यसैगरी स्वास्थ्य चौकीमा भएको औषधि समेत स्थानीय जनतालाई पाउन गाह्रो भईरहेको हुदा स्वास्थ्य संस्थामा आफै बेलाबेलामा अनुगमन गर्ने र सहज तरिकाले हरेक वडाका स्वास्थ्य चौकीका सेवा प्रवाहको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।
प्रसौनी गाउपालिका अधिकांस नगरबासीले तरकारी खेति गर्ने भएकाले कृषकको लागी कृषिमा आधुनीकरण गर्ने र कृषि उब्जलाई वीरगंज र कलैयाका तरकारी व्यापारी संग समन्वय गरी गाउँ मै तरकारी बिक्रि बितरण गर्ने बाताबरण तयार गर्ने मेरो भावी योजना रहेको कुशवाहाले बताउनुभयो ।
प्रसौनी गाउपालिक अन्तर्गत पर्ने वडा स्तरमा विभिन्न प्रकारका रोजगार सम्बन्धि तालिमको आयोजना गरी वडाका महिलालाई तालिम दिएर सिप सिकाउने र सिकेका सीपलाई गाउपालिका बाट आर्थिक सहयोग गरी घरेलु तथा साना उद्योग चलाउन पहल गर्ने बताउनुभयो ।
बिद्यालय बालबालिकाको लागी बिद्यालय उपरान्त खेल सामग्री उपलब्ध गराई उनीहरुको शारीरिक तन्दुरुस्तीको लागी रुख मुनिको शितल छहारी भएको जघामा खेलमैदानको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो ।
त्यतै अरु अरु पनि धेरै योजना बनाएको छु जुन यो गाउपालिकको मुहार नै फेर्ने उहाले भन्नुभयो ।
जसपा नेपाल पार्टीले पर्साको जिराभवानीमा चुनाव प्रचार प्रसार घरदैलो कार्यलाई तिव्रता दिएको छ । स्थानिय तहको निर्वाचनको मिति नजिकदै गर्दा जसपा नेपाल पार्टीले चुनाव प्रचार प्रसार तथा घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो । जसपा नेपाल पार्टीले पर्साको जिराभवानी गाउँपालिका अध्यक्ष पदको प्रत्यासी बिकाउ प्रसाद भन्डारी तथा उपाध्यक्ष पदको प्रत्यासी बिन्दु देवि चौधरी , वडाका वडाअध्यक्ष, नेशार समानी वडा सदस्य तथा पार्टीमा आबद्ध कार्यकर्ताको सहभागितामा जिराभवानी गाउपालिकाको विभिन्न वडाहरुमा घरदैलो गरिएको छ । जसपा नेपाल पार्टीले आज जिराभवानी गाउँपालिकाको वडा नम्बर १ को महादेवपट्टी पकडिटोल जगतिया लगाएत गाउँमा घरदैलो गरेको छ भने वडा नम्बर २ को सेढ्वा लगायतका टोलमा घर दैलो सम्पन्न गरेको छ । समाजमा बिकासको नाममा भ्रष्टचारी बाहेक अरु केही नगरेकोले जनताले दुःख पाउदै आएको बताएका छ्न । अबको चुनावमा योग्य , इमान्दार , देशप्रेमि नेतालाइ आफ्नो मत दिएर बिजयी बनाउने बिश्वास व्यक्त गरेका छ्न । अबको निर्वाचनमा जिराभवानी गाउँपालिकामा अध्यक्ष बिकाउ प्रसाद र उपाध्यक्ष बिन्दु देबि चौधरी र वार्ड अध्यक्ष नेशार समानी जस्तो नेताको आवश्यकता रहेकोले आफ्नो साथ र सहयोग रहने स्थानीयले बताएका छ्न ।