• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको प्यानल विजयी

  • १६ जेष्ठ २०७९, सोमबार १७:४९ मा प्रकाशित

  • मेघराज राय जिराभवानी जेष्ठ १६/

    पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ। सोमबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ६ वटै सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
    कार्यपालिकाको अल्पसंख्यक सदस्यमा सरोज चौरसीया , दलित सदस्यमा रितिक कुमार हजरा तथा महिला सदस्यहरुमा रुना देवी मुसहेरीन् , अंशुइया देवी , कौशील्या चमइन् र रन्जुदेवी थरुनी निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
    सोमबार ६ सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेस र एमालेबाट ६/६ जना गरि १२ जनाको उम्मेदवारी परेको भएपनि १५ मत सहित काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारले भने १० मत मात्रै पाएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।यसअघि गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष , उपाध्यक्ष र ३ वटा वडाअध्यक्ष काँग्रेसले जितेकोमा २ वटा वडा मात्र एमालेले जितेको थियो ।

    Posted in राजनीतिLeave a Comment on जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको प्यानल विजयी

    पर्साको ठोरीको गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका प्यनल विजयी

  • १६ जेष्ठ २०७९, सोमबार १७:१८ मा प्रकाशित

  • मेघराज राय जिराभवानी जेष्ठ १६/

    गाँउकार्यपालिकाका ६ सदस्यको लागि सोमबार भएको निर्वाचनमा एमालेका प्यनल विजयी भएका छ्न ।गाउँकार्यपालिकाको दलित वा अल्पसंख्यक सदस्यमा एमालेका उम्मेदवार इश्वरी देवी प्रजा र मेघराज सुनुवार विजयी भएका हुन् ।
    पालिकाका २७ जना निर्वाचित जनप्रतिनिधि मध्ये सोमबार भएको मतदानमा २६ जनाले मतदान गरेका थिए । विजयी इश्वरी देवीप्रजा र मेघराज सुनुवारले १७/१७ मत प्राप्त गरेका हुन् भने कांग्रेसकी समिता बिश्वकर्मा र नेकपा माओबादी केन्द्रकी उम्मेदवार अनुखा सुनुवारले ९/९ मत मात्रै प्राप्त गरे ।
    यस्तै कार्यपालिका महिला सदस्यमा पनि एमालेकै देवीमाया थिङ,ज्ञान कुमारी जोशी,फुलमाया दर्जी र धनमाया घलान विजयी भएका छन ।
    गत बैशाख ३० गते भएको निर्वाचनमा ठोरी गाँउपालिकामा अध्यक्ष , उपाध्यक्ष र ३ जना वडाध्यक्ष सहित १६ जना जनप्रतिनिधि जितेर एमाले पहिलो , १ वडाध्यक्ष सहित ७ जना जनप्रतिनिधि जितेर माओवादी केन्द्र दोस्रो तथा १ वडाध्यक्ष सहित ४ जना जनप्रतिनिधि जितेको काँग्रेस तेस्रो भएको थियो ।

    Posted in राजनीतिLeave a Comment on पर्साको ठोरीको गाउँपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका प्यनल विजयी

    बालेनको प्रतिबद्धता-मेरो क्षमता काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु 

  • १३ जेष्ठ २०७९, शुक्रबार १०:११ मा प्रकाशित

  • १३ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले आफ्नो सम्पूर्ण समय महानगरपालिकाको व्यवस्थापनका लागि दिने प्रतिबद्धता गरेका छन् ।

    मेयरमा निर्वाचित भएपछि प्रतिक्रपया दिंदै उनले अबको पाँच वर्ष आफ्नो क्षमता, ज्ञान र कुशलता काठमाडौंलाई पूर्ण विकासित र विश्वकै उत्कृष्ट सहर बनाउन लगाउने प्रतिबद्धतासमेत गरे ।‘महानगरपालिकालाई मेरो सम्पूर्ण समय दिनेछु । महानगरपालिका बाहेक कुनै पनि काममा समय दिनेछैन’ उभने भने, ‘आफ्नो सम्पूर्ण क्षमता, लगनशीलता, क्षमता र ज्ञानलाई महानगरपालिका व्यवस्थित बनाउन, स्वच्छ, सफा र पूर्णविकसित विश्वकै उत्कृष्ट बनाउन लगाउनेछु ।’नगरवासीले दिएको अत्यधिक मतले आफू एकदमै खुसी भएको प्रतिक्रिया दिंदै उनले नगरवासीको मतलाई ऊर्जाको रुपमा लिएको बताए । उनले भने, ‘नगरवासीले हामीलाई यहाँ पुर्‍याउनु भएको छ । यो जिम्मेवारी दिनुभएको छ । यो जिम्मेवारीलाई हन्ड्रेड प्रसेन्ट मेरो पूर्ण क्षमतालाई यसमा दिनेछु ।’

    Posted in राजनीतिLeave a Comment on बालेनको प्रतिबद्धता-मेरो क्षमता काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाउन लगाउनेछु 

    बहुदरमाई नगरपालिका -७ का वडा अध्यक्ष बीरेन्द्र यादव द्वारा पदभार ग्रहण

  • ११ जेष्ठ २०७९, बुधबार १८:१५ मा प्रकाशित
  • वड़ा अध्यक्ष बीरेन्द्र प्रसाद यादव पदभार ग्रहण गर्दै।

    उमेश कुशवाहा,पर्सा,
    बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर-७ को वडा अध्यक्ष बीरेन्द्र प्रसाद यादवले आज बुधबार अस्थायी वडा कार्यालय छपकैयामा पदभार ग्रहण गर्नुभएको छ ।

    जनता समाजबादी पार्टीबाट वडा अध्यक्षको उम्मेदवार भई ६६९ मत प्राप्त गरेर यादव निर्वाचित हुनुभएको थियो ।

    उहाका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रभु पटेल ५५४ मत प्राप्त गरेर चित बुझाउनु भएको थियो।

    यसैगरी नेपालीका काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार अजय पटेल ५०० मत पाउनुभएको थियो।

    जसपाका यादव एमाले भन्दा ११५ र काङ्ग्रेस भन्दा १६९ मत बढी ल्याएर वडाध्यक्षमा प्यनल सहित निर्वाचित हुनु भएको थियो।

    सो अवसरमा बहुदरमाई नगरपालिका ०७ का कर्मचारी,नेपाली कांग्रेसका त्यही वड़ाका वड़ा अध्यक्षका भाबी उमेदवार रहनु भएको अजय पटेल तथा जसपाका नेता कार्यकर्ता र स्थानीयहरुको उपस्तिथी रहेको थियो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on बहुदरमाई नगरपालिका -७ का वडा अध्यक्ष बीरेन्द्र यादव द्वारा पदभार ग्रहण

    नीति तथा कार्यक्रममा संघीयता : कानुन निर्माणदेखि अर्थतन्त्रसम्म 

  • १० जेष्ठ २०७९, मंगलवार १७:१७ मा प्रकाशित

  • १० जेठ, काठमाडौं । सरकारले संघीयता कार्यान्वयनलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको घोषणा गरेको छ ।

    मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको सुदृढीकरण र सुशासनमा प्राथमिकता राखिने बताएकी हुन् । ‘संघीयता कार्यान्वयको हाल सम्म अभ्यास अनुभव र पृष्ठपोषणको आधारमा कार्य विस्तितृकरण प्रतिवेदनको पुनरावलोकन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘संविधानको अनुसूचीमा भएका अधिकारको कार्यान्वयनको लागि कानुनहरुलाई निर्माण गर्न आवश्यक व्यवस्था गरिनेछ ।’यस्तै राष्ट्रिय र रणनीतिक योजना बाहेक अन्य योजनामा प्रदेश र स्थानीय तहको सहकार्यमा गरिने नीति तथा कार्यक्रममा उल्लखे छ । ‘प्रदेश र स्थानीय तहमा वित्तिय हस्तान्तरण गरिनेछ । तीन तहकै सहकार्यमा प्राकृतिक श्रोतको संरक्षण, उपयोगमा बाँडफाँड गरिनेछ । स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रसँग आबद्ध गर्दै आर्थिक समृद्धिको आधार तय गरिनेछ ।’ सरकारले ल्याएको नीति तथा कार्यक्रममा भनिएको छ ।

    Posted in राजनीतिLeave a Comment on नीति तथा कार्यक्रममा संघीयता : कानुन निर्माणदेखि अर्थतन्त्रसम्म 

    बहुदरमाई ७ मा एमाले र कांग्रेसलाई धाका, जसपाका यादव बिजयी

  • ६ जेष्ठ २०७९, शुक्रबार ०७:२१ मा प्रकाशित
  • बहुदरमाई नगरपालिका वडा नम्बर ७ वड़ा अध्यक्ष जसपाका बिजयी उमेदवार बीरेन्द्र यादव

    उमेश कुशवाहा,

    बीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ मा नेपाली कांग्रेस र एमालेलाई ठुलो झटका लागेको छ भने जनता समाजबादी पार्टी नेपालले जित हात पारेको छ ।

    जसपाबाट वडा वडाध्यक्षका उम्मेवारा रहनुभएको बिरेन्द्र प्रसाद यादवले ६६९ मत सहति विजयी हुनुभएको हो ।

    उहाका निकटम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार प्रभु पटेल ५५४ मत प्राप्त गरेर चित बुझाउनु भएको छ ।

    यसैगरी नेपालीका काङ्ग्रेसका वडा अध्यक्षका उम्मेदवार अजय पटेल ५०० मत पाउनुभएको छ । जसपाका यादव एमाले भन्दा ११५ र काङ्ग्रेस भन्दा १९९ मत बढी ल्याएर वडाध्यक्षमा प्यनल सहित निर्वाचित हुनुभएको हो ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on बहुदरमाई ७ मा एमाले र कांग्रेसलाई धाका, जसपाका यादव बिजयी

    स्थानीय तह निर्वाचन: वीरगन्ज महानगरमा जसपाले जितको पहिलो खाता खोलेयो

  • २ जेष्ठ २०७९, सोमबार १२:४६ मा प्रकाशित
  • पर्सा । वीरगन्ज महानगरमा जसपाले खाता खोलेको छ । वडा नम्बर ३२ मा जसपा बाट उमेदवारी दिएका रियाज अहमद मिया १०९९  मत ल्याइ निर्वाचित भएका छन ।

    यहीँ शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतगणना शनिबारदेखि शुरु भएको थियो । मतगणनाको लागि पहिलोपटक महानगरको चारवटा वडाको मतपेटिका चारवटा छुट्टाछुट्टै कोठामा गणना भईरहेको थियो । सुस्त गतिमा चलिरहेको मतगणनाबाट आज पहिलो जित जसपाको हाथमा परेको छ।

    नेकपा एमाले र कांग्रेसलाई हराउदै वीरगन्ज महानगरमा जसपा पहिलो जित आफ्नो नाम गरेको छ । नेकपा एमाले ९५२ मत र कांग्रेसको ९४७ मत हुदा जसपाका मियाँ १४७ मत बढी ल्याइ विजइ भएका छन् ।

    Posted in राजनीतिLeave a Comment on स्थानीय तह निर्वाचन: वीरगन्ज महानगरमा जसपाले जितको पहिलो खाता खोलेयो

    कर्मचारीको गतिबिधि शंकास्पद भेटिएपछि बिवाद भई ,पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित

  • १ जेष्ठ २०७९, आईतवार २०:२८ मा प्रकाशित
  • वीरगन्ज, १ जेठ / पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणना कार्यमा संलग्न कर्मचारीको गतिबिधि शंकास्पद भेटिएपछि बिवाद भई मतगणना स्थगित भएको हो ।
    यहाँ खटेका कर्मचारीहरुले गल्ती गरेको उजुरी नै आएपछि अब ति कर्मचारीहरुलाई खटाएर मतगणना गराउन सक्ने स्थिती रहेन, अर्को कर्मचारी टोली नआएसम्म मतगणना स्थगित गरिएको छिपहरमाई गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत मुकुन्द निरौलाले जानकारी दिए ।
    उनका अनुसार मतगणनाको परिणम सार्वजनिक गर्ने क्रममा गडबडि हुन गएको कुरा सही हो, अंक अग्रेजी हो कि नेपाली भन्ने दुबिधामा त्रुटि भेटिएको बताउँदै अब अर्को कर्मचारी टोली आएपछि मात्रै मतगणना पुनः सुचारु हुने बताए । मत परिणाम स्वरूप सार्वजनिक गर्ने क्रममा कर्मचारीले नेकपा एमालेका उम्मेदवार मनोज साहको मत १५९० को ठाउँमा ‘१६२०’ घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो ।
    प्रतिद्वन्धी पार्टीका प्रतिनिधिहरुले यस्तो गडबडी हिजोदेखि पटक पटक दोहरिएको बताए ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on कर्मचारीको गतिबिधि शंकास्पद भेटिएपछि बिवाद भई ,पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित

    भरतपुर महानगरपालिका : ९५० मत गन्दा रेनुको अग्रता

  • ३१ बैशाख २०७९, शनिबार २२:१९ मा प्रकाशित
  • चितवन । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धन उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन् ।

    ९५० मत गणना हुँदा दाहालले ३७४ मत पाएकी छन् ।
    एमालेका विजय सुवेदीले ३०४ मत पाएका छन् ।

    स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२४ मत पाएका छन् ।उपमेयर
    चित्रसेन अधिकारी (काङ्ग्रेस) :३५८
    हिमला गुरुङ्ग (राप्रपा) २१४

    Posted in राजनीतिLeave a Comment on भरतपुर महानगरपालिका : ९५० मत गन्दा रेनुको अग्रता

    बालेनले काठमाडौंमा बढाए अग्रता, सिर्जनालाई पछि पार्दै स्थापित दोस्रो स्थानमा

  • ३१ बैशाख २०७९, शनिबार १७:१४ मा प्रकाशित
  • काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले अग्रता कायम राखेका छन्।

    पछिल्लो मतगणना अनुसार शाहले ३१२ मत पाएका छन्।

    दोस्रोमा उक्लिएका एमालेका केशव स्थापितले २५१ मत पाएका छन्। यस्तै तेस्रो स्थानमा झरेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७८ मत पाएकी छन्।

    मतगणना जारी छ।

    Copied:setopati

    Posted in राजनीतिLeave a Comment on बालेनले काठमाडौंमा बढाए अग्रता, सिर्जनालाई पछि पार्दै स्थापित दोस्रो स्थानमा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P