जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको प्यानल विजयी

  • १६ जेष्ठ २०७९, सोमबार १७:४९ मा प्रकाशित

  • मेघराज राय जिराभवानी जेष्ठ १६/

    पर्साको जीराभवानी गाँउपालिकाको कार्यपालिका सदस्यमा नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको छ। सोमबार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ६ वटै सदस्यमा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
    कार्यपालिकाको अल्पसंख्यक सदस्यमा सरोज चौरसीया , दलित सदस्यमा रितिक कुमार हजरा तथा महिला सदस्यहरुमा रुना देवी मुसहेरीन् , अंशुइया देवी , कौशील्या चमइन् र रन्जुदेवी थरुनी निर्वाचित भएको निर्वाचन अधिकृत झविन्द्र प्रसाद पाण्डेले जानकारी दिए ।
    सोमबार ६ सदस्य पदका लागि भएको निर्वाचनमा काँग्रेस र एमालेबाट ६/६ जना गरि १२ जनाको उम्मेदवारी परेको भएपनि १५ मत सहित काँग्रेसका उम्मेदवारहरु निर्वाचित भएका हुन् । एमालेका उम्मेदवारले भने १० मत मात्रै पाएको निर्वाचन अधिकृत पाण्डेले जानकारी दिए ।यसअघि गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा गाँउपालिका अध्यक्ष , उपाध्यक्ष र ३ वटा वडाअध्यक्ष काँग्रेसले जितेकोमा २ वटा वडा मात्र एमालेले जितेको थियो ।

    Leave a Reply