• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खला सम्पन्न

  • ११ भाद्र २०८०, सोमबार १३:०३ मा प्रकाशित
  • काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खला यही भाद्र २ गते शनिबार सम्पन्न भएको थियो।
    अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सुनेर खबर छोरा जन्मेको, खाडीमा मात्तिएँ,
    पाँच वर्षै भो घर नगएको, सम्झिई आत्तिएँ ।
    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    दु:ख नै नगरेर फल मिल्यो रहेछौ भाग्यमानी,
    खेती कसले गर्‍यो छोडिदेउ कसले हाल्यो पानी ?
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    बिहान साँझ आमाले भात थालमा दिउञ्जेल,
    जानेको केही थिएन मैले दिएको लिउञ्जेल ।
    गुणनिधि घिमिरे अमेरिका

    [३]
    दुखी होइन सदैव खुसी बन सित्तैमा मिल्यो फल,
    धन्यवाद देऊ उसैलाई जसले गर्‍यो मलजल ।
    त्रिलाेचन भण्डारी
    मेचीनगर,१०, झापा

    [४]
    पाँच वर्षको चमत्कार जन्म्यो उता एउटा छोरो,
    बिना बाबुको भनी सम्झन्छु कस्तो अभागी म मोरो ।
    अर्जुन प्रसाद चौलागाई
    रामेछाप, सुनापति-१
    हाल: अमेरिका,बोस्टन।

    [५]
    खुसियाली मनाउनु विदेशमा पसेर,
    घरमा श्रीमती रुँदैछन् पिडामा बसेर ।
    दुर्गा आचार्य
    मोरङ

    [६]
    छैन मेरो अहिलेसम्म मन अन्त गएको,
    कति चाँडै बिर्सियौ खै भिडियो कल भएको ।
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [७]
    कस्तो जमाना आयो बिना मलजल नै भएछ छोरो,
    सपना सबै टुट्यो परदेशमा भयो ऊ एकोहोरो ।
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।

    [८]
    सधैँभरि सुखी अनि खुशी हुनु, मलाई छाडी गएपनि,
    मन बुझाई बिर्सने प्रयास गर्छु, भाग्यमा रहेछ भनी।
    शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।

    [९]
    हेर्दाहेर्दै आकाशमा उड्यो उनको विश्वास,
    फर्केर आउलान् भन्ने नै मर्‍यो उनको आस ।
    Dinesh Koirala

    [१०]
    तिम्रो नै अभावमा पराइले मन जितेपछि,
    पछुतो बाहेक हात लाग्दैन बेला बितेपछि।
    प्रभादेवी पौडेल
    चितवन

    [११]
    मत विदेशिएकाे आजभन्दा दुईचार वर्ष पहिले,
    राम्रा नराम्रा खबर सुन्दैछु छाेरो जन्मियाे रे अहिले ।
    राज कुमार राजभण्डारी “खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम कालाेनी भक्तपुर

    [१२]
    चुरो नपुगी सुखमा नमात्तिनू,
    हुनु भइगो दु:खमा नआत्तिनू ।
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [१३]
    तिमी धन कमाउँदै जाऊ, मैले सन्तान कमाउँला,
    केकाे चिन्ता लिन्छाै प्यारा चालिस कटेपछि रमाउँला ।
    माधवप्रसाद पाैडेल
    अर्घाखाँची

    [१४]
    छाेराे जन्म्याे न्वारन गर्न बाउकाे ठेगान चाहियाे,
    बाउ काे हाे भन छिटाे नबाेली सुख कहाँ पाइयाे?
    भवानी पाेखरेल ( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु

    [१५]
    अनौठो यो खबरले म त रन्थनमा
    कल्ले छर्‍यो बीज पानी पार्‍यौ बन्धनमा ?
    कमला देवकोटा, पाल्पा

    [१६]
    श्रीमान गयो विदेशमा कमाउन धन,
    घरमा छोरो जन्मेको सुन्दा बिग्रियो मन ।
    बेदु न्यौपाने
    काठमाडौँ

    [१७]
    सोचेजस्तो जिन्दगानी त भएको छ कसको ?
    यस्तै हुन्छ पैसा पछाडि कुदेका छन् जसको ।
    चन्द्रप्रकाश `कमल´
    तिनाउ-१,कचल,पाल्पा।

    [१८]
    चुरो कुरो बिगारी ठुलो कुरो किन गर्छौ ?
    भनेजस्तो नभएपछि किन घृणा भर्छौ ?
    टिकाराम पुन टिपु
    सल्यान

    [१९]
    घर जान नै पाइनँ पाँच वर्षसम्म मालिकको करमा,
    म नभए पनि, छोरा पाउन मेरा दाजुभाइ छन् घरमा ।
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- काँडाघारी, काठमाण्डौ

    [२०]
    परिवारलाई सुख दिउँला भनी म परदेश आएँ,
    न पैसा कमाएँ न सँगै बसेँ उल्टै श्रीमती नै गुमाएँ ।
    एस वि प्रगति प्यूठान (हाल:पाल्पा)

    [२१]
    साँझका पाहुना देउता भनी बास दिएँ,
    आउँ आफैँ फैसला गर म पनि आत्तिएँ ।
    पुष्पा सुवेदी
    नेपालगञ्ज, बाँके ।

    [२२]
    विडम्बना बिहे गरेकै भोलिपल्ट छोरो परदेश जानु,
    बाध्यताको नियति छ बिचरी दुलहीले घर गरी खानु !
    बिबस पारदर्शी

    [२३]
    बुढाले विदेशको धुपमा पसिना बगाउँछ, घर आउँदाखेरि त बुढी अर्काले भगाउँछ ।
    बाबुराम पाण्डे
    अर्घाखाँची

    [२४]
    विर्य दान लिएको हो, असत्य हुँदै होइन,
    छोरो जन्माउन तिमी नै चाहिन्छौ भन्ने छैन ।
    नन्दलाल आचार्य,
    सिद्धार्थटोल, उदयपुर ।

    [२५]
    दुख जिलो गरेर हो कमाएको धन,
    घर छैन , घाट छैन , घुम्छु रनबन
    नागेन्द्रप्रसाद यादव , दाङ

    [२६]
    यस्तै यस्तै चमत्कार हुन्छ अब जतासुकै विज्ञानले थालेपछि छाउन,
    पहिले नै राखेको भण्डारित स्वस्थ शुक्रकिटले सजिलो भाे छोरा पाउन ।
    शुसिला शिखा
    काठमाडौं कागेश्वरी मनोहरा २

    [२७]
    विना परिश्रमकाे फल मिल्यो कस्तो भाग्यमानी,
    फुर्सदै थिएन त के गर्नु ? स्वीकार आफ्नै ठानी।
    मित्र उराठी गाैतम
    तिलाेत्तमा-२,रुपन्देही

    [२८]
    छोरा विदेशमा बस्दैछ, नाति नेपालमा जन्मेको,
    हर्षले मन यो थामेन, विपना मैले के भन्नेको।
    एवाइ प्रभात
    सहिदभुमि३,छेन्ताङ धनकुटा

    [२९]
    सफा सुन्दर र प्रिय हुनुपर्ने मान्छेको ज्ञानले भरिएको मन,
    मान्छे बस्ने ठाँउ फोहर भयो बरु सफा छ जनावर बस्ने वन !
    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [३०]
    तिमी गएपछि तिम्रो त्यो सुन्दर सहर,
    ओइलिएर मरेका हुन् मनका रहर !
    आर्त अकुलीन, कैलाली

    [३१]
    पसिना बगाउँछौ तरतर सम्झेर आफ्नो घर,
    धानेकि छ पियारीले घर बिथोल्ने कुरा नगर ।
    ध्रुव श्रेष्ठ, खोटाङ वजार,
    हाल नरेफांट,काठमाडौ ।

    [३२]
    घर भाड्ने छिमेकी वरपर थुप्रै छन् कसैको कुरा नसुन,
    मेहनतले काम गर भन्नेले जे जे
    भनुन् नछोड है धुन ।
    चिरञ्जीवी श्रेष्ठ,
    धनकुटा ।

    [३३]
    लगाएर आएको थिएँ भरोसाको प्याड,
    दुस्मनले बिउ छरेछ किचोलेर ब्याड l
    बाबुराम गौतम, गुल्मी

    [३४]
    रहेछ कि हामी दुवैको मायामा खोट,
    पाँच वर्ष हराउँदैमा दियौ है चोट ।
    सुस्मिता पौडेल अधिकारी , काठमाडौँ

    [३५]
    म मात्र हो कि मायामा तड्पिने,
    तिमी किन हो यसरी भड्किने ?
    Krishna Ghimire

    [३६]
    तिमीलाई भनी साँचेको माया मेटौँ कि सङ्गालौँ,
    अर्काको नासो त गलाको पासो किन पो अङ्गालौँ ।
    अनमोल चन्द्र राई
    दार्जीलिङ

    [३७]
    किलो दाम्लो छोड्या छैन पाखा भित्ता चरेको,
    पाँच वर्षमा घर आउँदा छक्कै परेको ।
    पद्मा पाण्डे
    पथरी मोरङ

    [३८]
    समयमा घर पुगेनौ, गल्ती ठुलो भयो,
    मुख देखाउनै लाज भो, इज्जत नै गयो ‌।
    बिके मुखिया
    दार्जीलिङ, भारत।

    [३९]
    बुढेसकालमा हाम्रो पनि काँध थाम्ने छोरा भयो खुसीले छौँ गदगद,
    चार महिनाको हुँदा छोडेर आइयो अब त ठुलो भैसके छन् सायद।
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [४०]
    मैले सम्झाएकी थिएँ तिमीलाई राम्रो घर गर,
    तिमीले मानेनौ बाबु बेगर छाेरा पाउन डर ।
    कल्पना भण्डारी
    सिन्धुपाल्चोक , हाल काठमाडौँ

    [४१]
    घर सम्झँदै, विदेश मै बस्छु रोई,
    देश र आमाको माया आँसुले धोई।
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी।

    [४२]
    पसिनाकाे कमाइ सम्झिँदै परदेशमा रमाइयाे,
    सुनेर खबर साताे उडाउने पुर्पुराे समाइयाे ।
    ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [४३]
    विकृति आयो समाजमा पैसाले धेरै मात्तिएर,
    के गर्नु र हुने कुरा भइसकेपछि आत्तिएर ।
    बूढानीलकण्ठ , काठमाडौँ

    [४४]
    छाडी तिमी विदेश गयौ, मेरो बेहाल भयो,
    सावाँसँग ब्याज मिल्यो भन तिम्रो खै के गयो ।
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    [४५]
    घर बसौँ खान्कि छैन चुहुने छ
    छानो,
    खाडी हिँड्यो बुढो कसरी जुटाऊ मानो ?
    चुडामणी देबकोटा
    चनपा १३ काठमाडौ

    [४६]
    वर्षौं बितिसकेछ खाडीमै स्वर्णिम सपना बुनेर,
    खुशीसँगै तर्सिएँ सुत्केरी बुढीको खबर सुनेर ।
    राजेन्द्र प्रधान ‘पासा’, दार्जीलिङ ।

    [४७]
    सबै कुरा थाहा पाई बुझ पचाउने,
    कुरा सानै त हो किन ठुलाे बनाउने ?
    भाेला मान बर्देवा धरान ८ सुनसरि

    [४८]
    देखेको थिएँ खेतबारी गोड्न खेताला लाएको,
    म छु विदेशमा कसरी प्यारी त्यो छोरो पाएको ?
    नवशिला,
    बेलबारी-२,लालभित्ती,मोरङ।

    [४९]
    लाग्छ साह्रै घर परिवार अनि ती साना छाेराछाेरीकाे नै पिर,
    कस्तो रहेछ बरै के गर्ने मेराे याे अभागी कर्महारा तक्दिर।
    सहयात्री शाेभा अर्याल
    बुटवल रुपन्देही नेपाल

    [५०]
    खै कुन्नी कुन बीउ पुगेछ ?
    सम्झी ल्याउँदा शिर नुगेछ ।
    प्रेम थापा “मन”बागलुङ

    [५१]
    छिट्टै आउँनेछु धन ल्याउँछु प्रिया घर सम्हाल,
    मन र घर थाम खेताला खाेजी इज्जत नफाल ।
    रामकृष्ण रिजाल
    बागलुङ

    [५२]
    बाध्यताले ठेलेर हुत्याउँदा खाडीमा पति,
    स्वास्नीले छोरो पाई घरमा निको छैन गति ।
    अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    [५३]
    जहाँ जादा पनि सन्तानको हुने पिर,
    बस्छु विदेशमा तर मन छैन थिर।
    दुर्गा भट्टराई
    मोरङ

    [५४]
    सबका छोरा विदेश गए धन कमाउन मेरो अलि सानै भयो,
    देख्छु सबै चालीस कटेपछी रमाएको मेरो इच्छा बेकार गयो ।
    यामनाथ आचार्य, पर्वत

    [५५]
    विदेशमा श्रीमान गएका पैसा कमाउन,
    श्रीमतीले थालिन् छाेराे जन्माएर रमाउन ।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ९९ औँ शृङ्खला सम्पन्न

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४२ सम्पन्न

  • १० भाद्र २०८०, आईतवार ००:२८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- बयालिसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०५/०७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:४२[ बयालिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि बेलुका ९:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सुशीला पाैडेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    पञ्चाङ्ग:०१
    कति राम्रो मकै बारी रहेछ।
    मकैकाे त लामाे दारी रहेछ।
    नारी सजिएकि हरियाे बन्दै
    मान्छे जस्तै मकै घारी रहेछ।
    मकैकाे खाेस्टा झैं सारी रहेछ।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    सजियौ चिटिक्क हरियो सारीमा तिमी।
    झनै सुन्दर त्यो पहेँलो पारीमा तिमी।
    मकै हो कि मान्छे उस्तैउस्तै लाग्ने भयौ,
    अप्सरा झैँ देखिन्छ्यौ मकै बारीमा तिमी।
    पार्वतीकै झल्को मेट्दिन्छ्यौ नारीमा तिमी।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०३

    सजिएकी निकै हरियो सारीमा तिमी।
    जानु हुन्न थियो त यस्तो घारीमा तिमी।
    नारी घरको एक अभिन्न अंग मान्छन्,
    घर नबसी किन मकै बारीमा~~ तिमी।
    देख्छु खेतको गरा अनि टारीमा तिमी ।

    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०४

    परी हाे की सारी भन्छु छुट्याउन गाह्राे ।
    मकै हाे की घारी भन्छु छुट्याउन गाह्रो ।
    प्रविधिकाे दुनियाँमा भएको  विकास ,
    जुँघा हाे की दारी भन्छु छुट्याउन गाह्रो ।
    खेत हाे की टारी भन्छु छुट्याउन गाह्रो ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५

    हरियो बालीमा सुहाएकी हरियो सारीमा  हेर।
    दुधै दुधले  भरिपूर्ण हुने  मक‌ै   हारीमा   हेर।
    प्रकृति जननी हुन्  उत्पादन दिई  पाल्छिन सबै,
    जताततै सुहाउँछिन्  नारी  खुलेकी  बारीमा हेर।
    लाग्छ हिलो फाेहर मैया त्यो सारीकाे पारीमा हेर।

      रामप्रसाद पुरी बादेल, खाेटाङ ।

    पञ्चाङ्ग:०६
    घरमुनि मकै बारी रहेछ।
    मकै आकारमा नारी रहेछ।
    कति राम्रोसँग सजिएकी हुन्,
    मान्छे आकारको घारी रहेछ।
    मकैले बनेको सारी रहेछ।
    ह्यारिस

    पञ्चाङ्ग:०७

    सजिएकि छिन् नानी राम्रो हरियो सारीमा यहाँ।
    प्रकृतिसँगै रम्दै छिन्  नानी  मकै घारीमा यहाँ।
    नारी एक  अति अभिन्न अङ्ग हुन् घर घरको,
    अल्छि नगरी काममा जाने तिमी  बारीमा यहाँ।
    खेतमा भन्दा नि धेरै फल्ने मकै टारीमा यहाँ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:०८
    सुन्दर देखियो हरियो सारीमा हेर।
    चिटिक्क मकै सारी कस्तो बारीमा हेर।
    आहा सुन्दर मन मोहित दृष्य देखे,
    सुन्दरता झल्कियो त्यहाँ घारीमा हेर।
    सबैको मन गयो बरै पारीमा हेर।

    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:०९

    मकैको जुँगाको लामो लामो केश भएको।
    मकैको  पत्ताको  नै  हरियो  भेष  भएको।
    हरियो   साडीमा   परी  झैँ  सुन्दर  देखिने,
    बारी  परी  जस्ती सुन्दरी  को देश भएको।
    हरियो साडी पारी  गोरो त्यो फेस भएको।
                   बेदु न्यौपाने
                       काठमाडौँ ❤️

    पञ्चाङ्ग:१०
    उस्तै उस्तै देखिएको चित्र अचम्मको।
    बाहिरको  मिले पनि भित्र अचम्मको।
    मानिसले  प्रकृतिको  देखाबटी  गर्दा,
    बन्छन् दुई आपसका मित्र अचम्मको।
    बस्यो माया दुबैको पबित्र अचम्मको।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग;११
    नारी अनि प्रकृति दुवै उस्तै उस्तै लाग्यो मलाई।
    नारीले  प्रकृति  र  प्रकृतिले  नारी माग्यो मलाई।
    यी  दुइ  बीचको अन्तर्सम्बन्ध देखेर छक्क परें,
    मनमा अनेकौं प्रश्न र कौतुहल्ता जाग्यो मलाई।
    प्रश्न मनभित्रै रह्यो कौतुहल्ताले नाग्यो मलाई।
    पशपति राई खोटाङ ।

    पञ्चाङ्ग:१२

    लीला हुन्छ अपार याे प्रकृतिकाे देखिन्छ बाँचे यहाँ।
    मिल्ला खान फलेर अन्न जगमा पाकेर भाँचे यहाँ।
    देख्छाैँ केश समान निर्मित यहाँ याे अन्न बाली मकै,
    खाऊँ याे सबले र जे जति यहाँ बच्नेछ साँचे यहाँ।
    नारीकाे तनले उचाेँ हुन गए छैनन् नि ग्वाँचे यहाँ।

    ताेयानाथ सुवेदी
    काठमाडौं

    पञ्चाङ्ग:१३
    हरियो बस्त्रमा नारी खुलेकी कति।
    मकैबारीमा सुन्दरी झुलेकी कति।
    मकै,  नारीको सुन्दरता मिलेको छ,
    मकै सँगै ढकमक्क फुलेकी कति।
    प्रकृतिमा आफैलाई  भुलेकी कति।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:१४
    सुहाएको हरियो साडीमा नारी।
    मकैझै ठडिएकी झाडीमा नारी।
    प्रकृति र नारी सौर्न्दर्यको खानी,
    पराइले समात्ला नाडीमा नारी।
    बिटुलेर फाल्देला गाडीमा नारी।

    देबकी के.सी.

    पन्चाङ्ग:१५
    नेपालको  हरियालीसँग सिमसिम  पानी छ।
    प्रकृतिमै  रमाउने नेपालीको राम्रो बानी छ ।
    मकैकाे सुत्ला कपाल  झैँ  हरियो छ है फरिया ,
    आकृती देखियाे बोट जस्तै   हरित भाे नानी छ ।
    सबैलाई     लोभ्याउने दृश्य पहिरन  खानी छ ।

    कमला देवकोटा,  पाल्पा

    पञ्चाङ्ग:१६
    आँखालाई आरामै  दिने त्यो हरियो सारीमा हेर।
    भोकलाई  बिरामै दिने मकै छन्  त्यो बारीमा हेर।
    दुवैजना प्रकृतिका सुन्दर सृष्टिहरु जसरी,
    छन् त दुवै गरामै कति सुन्दर छ घारीमा हेर।
    पहेलो छ जरामै मकै पहेलो छ पारीमा हेर।
    सुस्मिता पौडेल ( अधिकारी), काठमाडौँ

    पञ्चाङ्ग:१७

    सृष्टिको सम्पूर्ण रूप नारी हुन्।
    नरित्तिने मायाकी बारी हुन्।
    परेमा  सत्यताको  खडेरी,
    सुन्दरता झल्काउने सारी हुन्।
    घरकी मूल  देवता रानी  हुन् ।

    प्रभा

    पञ्चाङ्ग:१८
    मान्छेकाे जस्तै मकैकाे पनि कैलाे केश रहेछ।
    खाेस्टाकाे सपक्क पारी लगाएकाे भेष रहेछ।
    कला भए बन्दाेरहेछ मकै पनि मान्छे जस्तै,
    हरियाेले परी जस्तै चट्ट खुल्ने फेस रहेछ।
    प्रकृतिले भरिपुर्ण हराभरा देश रहेछ।
    उर्मिला के.शी
    धनकुटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ४२ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-११८ सम्पन्न

  • ९ भाद्र २०८०, शनिबार १८:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ११८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– ११८ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    बस्ती
    मानव आकृति
    अनुपम छ प्रकृति !

    • वसन्त अनुभव
      [२]
      मानव
      संसार विचित्र
      रमाउने आफ्नै पारा !
    • दुर्गा आचार्य, मोरङ
      [३]
      प्रकृति
      मानव आकृति
      रूप नहोस विकृति !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४]
      वातावरण
      ज्यादै दुर्गन्धित
      गरिएन फोहोर व्यवस्थित !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङ्कृत”
      पनौती न.पा-३, काभ्रे
      [५]
      प्रकृति
      मानव बस्ती
      गरेछ पानीले सास्ती !
    • गङ्गा अधिकारी
      [६]
      प्रकृति
      माथी बस्ती
      चित्र मानव हस्ती !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [७]
      पहिचान
      अप्रकाशित संरचना
      छविकारको कलात्मक प्रस्तुति !
    • अगस्टीन राई, पूर्व सिक्किम, भारत
      [८]
      कला
      अद्भुत कृति
      अनेक देखिने प्रकृति !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [९]
      चेहराभित्र
      खिचिएको विचित्र
      मानव बस्तीको चित्र !
    • घनश्याम पौडेल, पोखरा
      [१०]
      प्रकृति
      कतै विकृति
      त्यसैभित्र मानव आकृति !
    • नवराज भट्ट, कञ्चनपुर
      [११]
      प्रकृति
      मानव बस्ती
      देखिन्छ अनेकौ विकृति !
    • राज कुमार राजभण्डारी “खाेटाङ्गे”
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [१२]
      सुकुम्बासी
      बस्तीको पहरेदार
      बदमासी गरे खबरदार !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [१३]
      प्रकृति
      अनौठो खेल
      आखिर मानवसँग मेल !
    • सुरेशकुमार पाण्डे, दाङ
      [१४]
      बस्ती
      समस्या बग्रेल्ती
      सिंहदरबारमा सधैँ मोजमस्ती !
    • केन्द्रप्रकाश बराल, इलाम
      [१५]
      बस्ती
      अव्यवस्थित शैली
      नियाल्दा मानव आकृति !
    • प्रभादेवी पौडेल, चितवन
      [१६]
      कति
      विचित्रको देखिने
      यस्तो अनौठो चित्र !
    • देवी पन्थी, विराटनगर
      [१७]
      विकृति
      कुरूप प्रकृति
      संलग्न मानव आकृति !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [१८]
      प्रकृति
      अदम्य शक्ति
      विनाश नगरौँ रत्ति !
    • गंगा खड्का
      बुढानीलकण्ठ, काठमाडौँ
      [१९]
      मानिस
      बिगार्छ प्रकृति
      झल्किन्छ आफ्नो आकृति !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [२०]
      आकृति
      प्राणी मानवमा
      खेल खेल्दै प्रकृति !
    • बेदु न्यौपाने, काठमाडौँ
      [२१]
      बस्ती
      कहालीलाग्दो परिस्थिति
      मान्छेका स्वरूप बेथिति !
    • पृथक प्रकृति, झापा
      [२२]
      गरिबी
      बाध्य परिस्थिति
      खोलाको डिलमा बास !
    • गुणनिधि घिमिरे, अमेरिका
      [२३]
      प्रकृति
      हेराइ संस्कृति
      भौतिकतामा समेत आकृति !
    • नन्दलाल आचार्य, उदयपुर
      [२४]
      संसार
      नियाल्दै एउटा
      मानव आकृति बस्ती ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [२५]
      खोला
      कुरूप चोला
      बुद्धि देऊ भोला !
    • टिकाराम पुन टिपु, सल्यान
      [२६]
      प्रकृति
      मानव निर्मित
      देखियो आफ्नै चित्र !
    • धनमाया चौधरी, कैलाली
      [२७]
      प्रकृति
      मानव बेथिति
      देख्यो आफ्नै आकृती !
    • बि के विरही, टीकापुर
      [२८]
      तस्बिर
      प्रकृतिको रूप
      मानव चोला सभ्यता !
    • डुकछिरिङ मिरिक
      [२९]
      स्वरुप
      विकृत प्रकृति
      पहिचान मानव प्रकृति !
    • टीकाराम जाेशी, इमाडाेल
      [३०]
      साँघुरो
      प्राकृतिक खोला
      योजना या बाध्यता !
    • सुस्मिता पौडेल (अधिकारी), काठमाडौँ
      [३१]
      बिजोग
      मानव बस्ती
      धेरैको चित्त फाँट्ने !
    • चूडा निर्भिक
      [३२]
      पृथ्वी
      मान्छेकै मस्ती
      विनाश हुँदैछ प्रकृति !
      -पशपति राई, खोटाङ्ग
      [३३]
      बस्ती
      लथालिङ्ग भताबुङ्ग
      खन्चुवा नेताको आकृती !
    • त्रिलोक रामदाम, भैरहवा, रुपन्देही
      [३४]
      अनुपम
      प्रकृतिको दृश्य
      दुबानमा गाउँ बस्ती !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [३५]
      नदी
      फोहोरको घर
      कहालीलाग्दो मानव संसार !
    • देवकी केसी
      [३६]
      आकृति
      मानव बस्ती
      दृष्टि खस्कँदाे संस्कृति !
    • भवानी घिमिरे, सर्लाही
      [३७]
      प्रकृति
      क्षतविक्षत आकृति
      आँसुको सागरमा बस्ती !
    • आर्त अकुलीन, कैलाली
      [३८]
      मानव
      आकृति दृष्टि
      रुष्ट देखिन्छ प्रकृति !
    • मङ्गला उपाध्याय
      [३९]
      पानी
      कस्तो जिन्दगानी
      प्रकृतिको छ कहानी !
    • यादव एनपी
      [४०]
      आकृति
      प्राकृतिक संस्कृति
      मानवीय कीर्ति विकृति !
    • पागल भिक्षुक, कैलाली
      [४१]
      कुरूप
      असभ्य समाज
      विकृत मानव स्वरूप !
    • विवस पारदर्शी
      [४२]
      आवृत्ति
      अव्यवस्थित भित्र
      अनौठो मानवीय आकृति !
    • प्रेम थापा “मन”, बागलुङ
      [४३]
      मानव
      प्रकृतिको सुन्दरता
      गराउँदै गयो कुरूपता !
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      [४४]
      प्रकृति
      फोहोरको विकृति
      बिग्रियो मानवीय आकृति !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४५]
      चित्र
      हेर्दा मानव
      प्रकृति भैदियो दानव !
    • सरिता सेढाइ, धादिङ
      [४६]
      प्रकृति
      बिगारेर आकृती
      कुरूप बनेको बस्ती !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४७]
      चित्र
      आश्चर्य मनमा
      फोहपर वेदनाले विचित्र !
    • शारदा गौतम आचार्य
      [४८]
      अनौठो
      दृष्टिभाव कला
      विनाशका स्वरुप अनेक !
    • कण्ठराज गिरी, टीकापुर
      [४९]
      झुपडबस्ती
      फोहर डङ्गुर
      मानव आकृति लङ्गुर !
    • जमुना कायस्थ, पोखरा
      [५०]
      प्रक्रुति
      बिग्रदो सभ्यता
      अस्तब्यस्त मानव आकृति !
    • दुर्गा भट्टराई, मोरङ

    [५१]
    मानिस
    बिगार्दै प्रकृति
    चौतर्फी हराउँदै संस्कृति !

    • कविता आचार्य, कैलाली
      [५२]
      विकृति
      मानव आकृति
      कस्तो अचम्म प्रकृति !
    • गुलाब कान्छो, बाजुरा
      [५३]
      अतिक्रमण
      फैलिएको प्रदुषण
      मानव स्वास्थको शोषण !
    • तोया घिमिरे
      शङ्खमुल, काठमाडौँ
      [५४]
      बस्ती
      मानव आकृति
      दुबैको जीवन्त उपस्थिति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५५]
      प्रकृति
      मानव आकृति
      बिनासले ल्यायो विकृति!
    • मिलन के. सी.(थापा),पोखरा
      [५६]
      विवेक
      विकृत आकृति
      समाजका स्वरूप अनेक !
    • जिज्ञासु पन्त, लमजुङ
      [५७]
      वस्ती
      फोहोरको मस्ती
      मानव स्वास्थ्यमा सास्ती !
    • सरस्वती श्रेष्ठ, रुपन्देही
      [५८]
      प्रकृति
      बाहिरी चित्र
      नियालेर हेर्दा विचित्र !
    • प्रविना प्रयासी, ओखलढुङ्गा
      [५९]
      व्यथा
      विनासको कथा
      बिग्रदै हाम्रो अवस्था !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [६०]
      गजब
      विनासक तत्त्व
      विचित्रको यो दुनियाँ !
    • बुद्धिप्रसाद सापकोटा
      गैँडाकोट-७, नवलपुर
      [६१]
      विचित्र
      नर आकृति
      चौतर्फी बानर प्रवृति !
    • सप्तराज देवकोटा
      [६२]
      प्रकृति
      मानवको कृति
      विनास फोहोरको आकृति !
    • चेतराज जैशी, हाल: UAE
      [६३]
      मानव
      प्रकृतिका दानव
      उर्लँदो खोलाको स्वभाव !
    • भगवती दवाडी, झापा
      [६४]
      आकृति
      आँखामा आँसु
      यस्तै छ प्रकृति !
    • लक्ष्मी रिजाल, कञ्चनरूप-१२, सप्तरी
      [६५]
      जीवन
      दर्शन बाेध
      सचित्र बिम्बित आभाष !
    • राेशन पराजुली, धरान
      [६६]
      मानव
      विवेकहिन बानी
      फोहोरको भयो खानी !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [६७]
      फाेहाेर
      मानव बस्तीमा
      बित्दै कस्टकर जीवन !
    • उर्मिला के.सी., धनकुटा
      [६८]
      आकृति
      डुबान बस्ती
      कुरूप देशकाे अनुहार !
    • श्रद्धा आचार्य, पोखरा
      [६९]
      आकृति
      प्रकृति दृश्य
      फोहोर मानिसको बस्ती !
    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली
      [७०]
      प्रकृति
      फोहोरको डङ्गुरमा
      मानवको राम्रो आकृति !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [७०]
      झुक्याउने
      चित्र कस्तो
      प्रकृति मानव जस्तो !
    • नारायणप्रसाद अम्मै
      घो. न. पा. १, सुखड, कैलाली
      [७१]
      विडम्बना
      सुन्दर धर्ती
      बिग्रेको मानव प्रवृत्ति !
    • तिला लेकाली
      [७२]
      अप्रभुता
      धैर्य दुगन्धिता
      मानव विकृति प्रस्तुता !
      -अच्युत घिमिरे, सरपाङ, भुटान
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला-११८ सम्पन्न

    अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ हुन सक्ने।

  • ९ भाद्र २०८०, शनिबार १२:३१ मा प्रकाशित
  • रियाद, ९ भदौं । साउदी अरेबियामा अब बालबालिका विद्यालय नजानु अभिभावकका लागि समस्याको कारण बन्न सक्छ ।

    त्यहाँको शिक्षा मन्त्रालयका अनुसार विना कुनै बहाना वा कारण २० दिन विद्यालयमा बिद्यार्थी नआएका विद्यार्थीका अभिभावकलाई जेल हाल्न सक्ने कानुन बनाईएको छ ।

    साउदी अरेबियाको समाचार संस्था मक्का न्यूजपेपरले रिपोर्ट गरेको छ कि यदि कुनै विद्यार्थी २० दिनसम्म विद्यालयमा नआएको खण्डमा विद्यार्थीको अभिभावकलाई राज्यको बाल संरक्षण कानून अन्तर्गत सार्वजनिक अभियोजन कार्यालयमा पठाउने जिम्मेवारी विद्यालयलाई दिईएको छ । समाचार अनुसार सार्वजनिक अभियोजन कार्यालयले बच्चा विद्यालय नआउनुको कारणबारे छानबिन गरी मुद्दालाई फौजदारी अदालतमा पठाउने छ ।

    यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी अनुपस्थित हुनु अभिभावकको लापरवाहीबाट भएको प्रमाणित भएमा न्यायाधीशले अभिभावकलाई तोकिएको अवधिसम्म जेल सजायको आदेश दिन सक्नेछन् । समाचार अनुसार यस्तो अवस्थामा विद्यालयका प्रधानाध्यापकले शिक्षा मन्त्रालयलाई जानकारी दिनुपर्नेछ, जसले अनुसन्धान थाल्छ र विद्यार्थीलाई पारिवारिक हेरचाहमा सार्ने आदेश दिनेछ।

    त्यसपछि परिवारको हेरचाहले विद्यार्थीलाई आफूसँगै राखेर यस विषयमा अनुसन्धान गर्नेछ।

    समाचार अनुसार अनुसार, यदि एक विद्यार्थीले ४ दिन बिदा लिन्छ भने प्रारम्भिक चेतावनी जारी गरिनेछ। यसपछि विद्यार्थीले ५ दिन बिदा लिएपछि दोस्रो पटक चेतावनी दिइ अभिभावकलाई जानकारी गराइनेछ । १० दिनको अनुपस्थिति पछि तेस्रो चेतावनी जारी गरिनेछ र अभिभावकलाई बोलाइनेछ। १५ दिन अनुपस्थित भएपछि विद्यार्थीलाई शिक्षा विभाग मार्फत अर्को विद्यालयमा स्थानान्तरण गरिनेछ। त्यसैगरी २० दिनपछि शिक्षा विभागले बाल संरक्षण ऐनका प्रावधान कार्यान्वयन गर्नेछ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on अब २० दिनसम्म स्कुलमा छोराछोरी नपठाउने आमाबाबुलाई जेल सजायँ हुन सक्ने।

    साताका तीन लघुकथा- ३७

  • ९ भाद्र २०८०, शनिबार ०८:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (३७औँ) शृङ्खलाका लागि लघुकथाकार डा.विदुर चालिसेको लघुकथा ‘छाती’, लघुकथाकार एलपी पराजुलीको लघुकथा ‘फाँसी’ र लघुकथाकार शिवहरि अधिकारीको लघुकथा ‘भत्केको घर’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १)
    लघुकथा: छाती

    ✍️ डा. विदुर चालिसे
    सास अड्किएकाे थियाे । नि:श्वास पनि थिएन । चिकित्सक हैरान थिए । अफसाना लत्रक्क परेर ओछ्यानमा पल्टिरहेकी थिइन् । उनकाे मुटुकाे सञ्चालन लगभग गतिहीन भइसकेको थियो । पसिना पसिना भएका चिकित्सकले नजिकैकाे ताेदीरामलाई साेधे-
    “कति भयाे बिरामी परेकाे ?”
    “केही दिन भयाे हाेला !”

    थप जिज्ञासाले ताेदीरामकाे मन बतासिएकाे थियाे नै । उनले वेदना, संशय, निरू परायता र करूणाकाे भाव घुलित शब्दले बिरामीकाे माया माथि प्रश्न थपे-
    “बिरामीलाई के भएकाे रहेछ ?”
    “उसलाई मानसिक तनाव चर्काे चढेकाे थियाे ।”
    बाँच्ने आशामा अस्पतालमा पुर्‍याइएका अफसानाकाे अवस्था देखेर ताेदीराम कालाेनिलाे भए । छेउमा बसेर रुन र कराउन थाले । चिकित्सकले उनीहरूलाई सम्झाउँदै भन्न थाले-
    “यस बिरामीकाे मुटु पनि सानाे थियाे ।”
    ताेदीराम खुम्चिएकाे निधार चाउरी पारेर चिकित्सककाे मुख हेर्न थालिन् । रुन्चे रुवाइमा फेरि साेधे-
    “अनि अरू ?”
    “अरू त कलेजाे पनि सानाे ।”
    “मन नि ?”
    “त्याे पनि निकै सानाे थियाे ।”
    “हृदय ?”
    “त्याे त छँदै थिएन ।”
    “उसाेभए बिरामी बामपुड्के हाे र ?”

    चिकित्सक भने अफसानाकाे राेकिएकाे सास ब्युँताउन उनकाे शरीरभरि मसाज गरिरहेका थिए । प्रयास असफल भएपछि उनले ताेदीराम लगायत आफन्तहरूलाई अन्तिम घाेषणा गरिदिए-
    “यसलाई पार्किन्सनकाे दीर्घ राेग पनि रहेछ ।”
    “अर्थात ?”
    “बेलाबेला नसा कामिरहने ।”

    ताेदीराम अफसानालाई अत्यन्त बेदित भावमा अबिर, फूल, माला र धुप चढाएर अफसाेची किर्तन भट्याउन थाले-
    “यस्तै रहेछ चलेकाे लघुकथा ।”
    ठुला छातीका मानिसहरूकाे छातीभरि किलाेका किलाे माला लत्रिएकाे थियाे । तर अत्तरकाे साथमा झिङ्गा पनि भन्किरहेकाे थियाे ।

    २)
    लघुकथा: फाँसी

    ✍️एलपी पराजुली
    “हाम्रो पूजनीय जनावरलाई मार्ने अपराधीहरूलाई सिधै फाँसी दिनुपर्छ ।” -धर्मगुरूले आक्रोशित हुँदै भनेपछि हजारौँ भक्तजनहरूले जोसका साथ ताली पिटे र जयजयकार गरे । सधैँ शान्त रहने धर्मगुरु आज आक्रोशित थिए ।

    अनुहार रातो पार्दै उनले थपे- “परम्परा छोड्दैनौँ, संविधान मान्दैनौँ भन्दा रहेछन् । त्यसो भन्न पाइन्छ ? नेपाली भएपछि नेपालको संविधानमा जे लेखेको छ, त्यो त मान्नुपर्छ नि ! संविधानमा नलेखेको मागेर पाइन्छ ?”

    धर्मगुरूको कुरा बुझेर हो वा नबुझेर हो यसपटक धेरै कमले मात्र ताली पिटे । भिडियो खिचिरहेको एक सञ्चारकर्मी युवकलाई धर्मगुरुको भनाइमा चित्त बुझेनछ, उसले क्यामेरा बन्द गर्दै प्रश्न गर्‍यो :

    “अनि नेपालको संविधानमा व्यवस्थै नभएको मृत्युदण्ड वा फाँसीको अनुचित माग चाहिँ राख्न मिल्छ र गुरुजी ?”

    कपन, काठमाडौँ
    ५ भाद्र २०८०

    ३)
    लधुकथा: भत्केको घर

    ✍️ शिवहरि अधिकारी
    गहभरि आँसु लिएर आमाले भनिन् – “बाबु ! घर भत्क्यो ।”
    “घर बनाउने ठेगदार नै गतिलाे नभएपछि । यता टाल्याे उता भत्किन्छ, उता टाल्याे यता भत्किन्छ । जताततै मुसाहरूले भ्वाङ मात्रै पारेका छन् ।” छाेराले गुनासो पाेखे।

    “कुरा गरिसाध्य छैन बाबु ! मुसापनि साना छन र ! बिराला भन्दा ठुल्ठुला छन् । बिरालाेदेखि मुसा डराउनु पर्नेमा, यहाँ त मुसादेखि बिरालाहरू डराउँछन् । उनीहरूकै राज चलेको छ । बिरालाे पनि छटटु रहेछ; साना मुसालाई च्याप्पै समाउँछ । ठुलो मुसा देख्ना साथ म्याउँ गर्छ, पछि पछि सर्छ ।” फाटेकाे मजेत्राेकाे छेउले आँसु पुछ्दै भनिन्।

    आमाको कुरा सुनेपछि छाेराले भने- “आामा अब याे भत्केको घर टालटुल गरेर हुँदैन । अब मुसाहरू नपस्ने गरि नयाँ घर बनाउनु पर्छ ।”
    २०८०/५/७
    भरतपुर महानगर पालिका वडा नं ७ कृष्णपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा- ३७

    टुसासको आयोजनामा झापाको त्रिफला पुस्तकालयमा टुक्का सर्जक भेटघाट, रचना वाचन र सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न

  • ८ भाद्र २०८०, शुक्रबार १५:५१ मा प्रकाशित
  • भदाै ७ झापा,
    टुक्का साहित्य समाजकाे आयाेजनामा त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी झापामा टुक्का कविताका सर्जक भेटघाट, रचना वाचन तथा सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न भएकाे छ ।

    टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईँकाे सभापतित्व तथा त्रिफला राष्ट्रिय पुस्तकालयका संरक्षक प्रेम प्रकाश फलहारी ज्यूकाे प्रमुख अतिथ्यमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल र भारतका साहित्यकारहरूकाे उल्लेखनीय सहभागिता रहेकाे थियाे ।

    hdrpl

    कार्यक्रममा बाेल्दै प्रमुख अतिथि फलहारीले नेपालमा नै दुई हरफकाे कविता लेखन अभियान शुरु भई देश विदेशमा समेत लाेकप्रिय भई सकेकाे जानकारी पाउँदा अत्यन्त खुसी व्यक्त गर्दै नेपालमा नै शुरुवात भएकाे काव्यिक उपविधा टुक्का कविताकाे प्रकाशन र प्रचारप्रसारमा सक्दाे सहयाेग गर्ने प्रतिवद्धता व्यक्त गर्नुकाे साथै त्रिफला राष्ट्रिय पुस्तकालयकाे बारेमा जानकारी गराउनु भएकाे थियाे ।

    कार्यक्रममा टुक्का कविताकाे चाैथाे वार्षिकाेत्सवकाे अवसरमा घाेषणा भई वितरण गर्न बाँकी रहेका टुक्काकारहरू राजेन्द्र प्रधान पासालाई टुक्का साहित्य समृद्धि सम्मान २०८० र टुक्काकार परिक्रमा श्रेष्ठलाई टुक्काश्री साहित्य सम्मान २०८० प्रदान गरिएकाे थियाे ।

    उक्त कार्यक्रममा टुक्का साहित्य समाजकाे तर्फबाट अध्यक्ष चापागाईँ, राजेन्द्र पासा तथा भगवती दवाडीले त्रिफला राष्ट्रिय पुस्तकालयलाई टुक्का कविता सङ्ग्रहरू लगायत विभिन्न पुस्तकहरू उपहार स्वरुप प्रदान गर्नु भएकाे थियाे ।

    कार्यक्रममा टुक्काकारहरू राजेन्द्र प्रधान पासा, भगवती दवाडी, परिक्रमा श्रेष्ठ, भानु पाेख्रेल, त्रिलाेचन भण्डारी, बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छाे), भेालामान बर्देवाले टुक्का कविता तथा साहित्यकारहरू राधा घिमिरे, दुर्गा सिग्देल लगायत विभिन्न साहित्यकारहरूले समेत रचनाहरू वाचन गर्नु भएकाे थियाे ।

    साहित्यकार लक्ष्मी अच्युत ढुङ्गानाकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रम टुक्काकार त्रिलाेचन भण्डारीले सञ्चालन गर्नु भएकाे थियाे भने टुक्काकार भानु पाेख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएकाे थियाे ।

    कार्यक्रममा सहभागी साहित्यकारहरूले टुक्का कविताकाे श्रष्टा भेटघाट कार्यक्रमकाे क्रममा त्रिफला राष्ट्रिय पुस्तकालयकाे समेत अवलाेकन भ्रमण गर्ने अवसर प्राप्त भएकाेमा खुसी व्यक्त गरेका थिए । 

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुसासको आयोजनामा झापाको त्रिफला पुस्तकालयमा टुक्का सर्जक भेटघाट, रचना वाचन र सम्मान पत्र वितरण कार्यक्रम सम्पन्न

    पञ्चाङ्ग अभ्यास शृङ्खला- ५७

  • ७ भाद्र २०८०, बिहीबार ००:२२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: सन्ताउन्नौंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको भाग :-५७ (सन्ताउन्नौं)——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/०५/०४गते
    भोलि बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    समय केहाे कस्ताे हुन्छ कहिले चिन्न सकिन्न।
    समय खराब राम्रो कतै कसैकाे छिन्न सकिन्न।
    निरन्तर बगिरहने नदी जस्तै गतिमा हिड्ने,
    त्याे समयलाई सुदृढ बनाउन पिन्न सकिन्न।
    पैसाले घडी किन्न सकिन्छ समय किन्न सकिन्न।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    खुसुक्क घरभित्र पसेर यहाँ।
    हिँड्छन् उनीहरू नै डसेर यहाँ।
    मानिस पनि अजिवका हुन्छन् हो,
    अघि कुराले चिल्लो घसेर यहाँ।
    कुरा काट्छन् बाहिर बसेर यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:०३

    पूजा सर्पको हाेइन शक्तिको गरिदै छ ।
    भाव भक्ति र अधिक श्रद्धाले भरिदै छ ।
    विष सारा निली दिँदैछौ शुद्ध हावा यहाँ ,
    तिम्रो कृति आजभोलि चौतर्फी छरिदै छ ।
    बिज्ञानकाे अध्ययनशालामा सरिँदै छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४

    पूजा गर्नु घरको छेउ नाग देवता।
    पखाल्नु छ मनको लेउ नाग देवता
    अरू केही माग्नु छैन तिमीसँग आज,
    दुःख र कष्ट हरि देऊ नाग देवता,
    जिन्दगीको पाइनँ भेउ नाग देवता ।

    श्रीकृष्ण शर्मा पोखरा

    पञ्चाङ्ग:०५
    मान्छे रहने त समाजमा नै हो जहाँ जहाँ बसे पनि।
    समाज बिहिन हुनै सक्दैन समाजबाटै खसे पनि।
    मेरो शरीर मेरो खुशी अरुलाई के चासो भन्नेले नै,
    फेरि कुरा काट्छ त कसैले आँखामा गाजल घसे पनि।
    कस्ती बुढी मान्छे जस्ती रे कम्मरमा पटुकी कसे पनि।
    -पशपति राई खोटाङ ।

    पञ्चाङ्ग०६

    दैलामाथि नागलाई लाउॅदैछन् अब।
    लामबद्ध चाडबाड अउॅदैछन् अब।
    बर्षाकाल सकिएर जाॅदैछ बिस्तारै,
    रमाइलो तीज गीत गाउॅदैछन् अब।
    दर खान माइतीमा धाउॅदैछन् अफ।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७

    नेपालिको पसिना जमाउन सक्दैनौ नेता।
    श्रमिकको मोल त कमाउन सक्दैनौ नेता।
    लाजलाग्नु पर्ने हो जनतालाई यिनै मान्दा ,
    जनताको खुनमा रमाउन सक्दैनौ नेता।
    गणतन्त्रले केहि समाउन सक्दैनौ नेता।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।

    पञ्चाङ्ग०८
    अक्षर-१५

    गरिबलाई जहाँ गए पनि बास छैन।
    भाडामा अन्न हुन्न मुख खाली गाँस छैन।
    सड्कको पेटीमा मसंगै सुतेको साथीको,
    उस्को बिहानै उठेर हेर्दा त सास छैन।
    त्यसैले सधैँदर्द कुनै दिन खास छैन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    कृष्णको पाऊ शिरबाट छोडे नाग देव आज।
    मनका बिष सबैलाई तोडे नाग देव आज।
    खडेरीमा पानी दिई सबैको पुण्य गरेका थियौ,
    अन्यायको संजाललाई फोडे नाग देव आज।
    देशको मंगलमा हात जोडे नाग देव आज।
    सुस्मिता पौडेल (अधिकारी ),काठमाडौँ

    पञ्चाङ्ग:१०
    अक्षर-१६

    गरिबको जुनी जहाँ गयो त्यही बास छैन।
    भाडामा हुन्न अन्न पेट छ खाली गाँस छैन।
    सधैं सड्क पेटीमा बिताउनु छ रात यहाँ,
    कसैले उसको ब्यथा सुन्ला भन्ने आस छैन।
    त्यसैले त दु:खिको जिन्दगी कुनै खास छैन।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:११
    घर सफाई गरे वरपर आज।
    नागको पूजा गरे घरघर आज।
    सुरुवात भयो अब पर्वहरूको,
    पानी पनि बर्सियो दरदर आज।
    मुटु मेरो कमायो थरथर आज।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:१२
    समाएर हात उठायौ मलाई।
    सकेपछि बात उठायौ मलाई।
    आखिर उठाएर फाल्नै रहेछ,
    लगाउन लात उठायौ मलाई।
    देखाउन घात उठायौ मलाई।

    ✍️अच्युत घिमिरे, सरपाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:१३

    घर घरमा नागपूजा लगायौँ आज।
    प्रार्थना गरि दुःख कस्ट भगायौँ आज।
    विविध संस्कृति बाेकेकाे याे देश हाम्रो,
    दियाे र फूलले शान्तिकाे जगायौँ आज।
    धर्म संस्कार बचाँउन सगायौ आज।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग अभ्यास शृङ्खला- ५७

    उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू

  • ५ भाद्र २०८०, मंगलवार २०:१८ मा प्रकाशित
  • उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू –

    १.
    कविता
    उत्कृष्ट सृष्टि
    उच्च मनोबलको विकास !

    २.
    कविता
    मनको भाव
    प्राणी जीवनको लगाव !

    ३.
    रचना
    प्रकृतिको चित्र
    प्रवेश ब्रह्माण्डको भित्र !

    ४.
    कविता
    कलमको मित्र
    पस्किन्छन् भाव विचित्र !

    ५
    कृति
    भावनाको सृष्टि
    अमर कविको चिनारी !

    • सुस्मिता अधिकारी
      काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुस्मिता अधिकारीका उत्कृष्ट उदकहरू

    उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

  • ५ भाद्र २०८०, मंगलवार २०:१५ मा प्रकाशित
  • उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –

    १.
    भदौरे
    घाम चर्को
    चिन्ता रोग शोकको !

    २.
    मकै
    पाक्ने याम
    पेटको अग्निमा आराम!

    ३.
    नाग
    मित्र प्रकृतिको
    डस्नु स्वभाव उसको !

    ४.
    जीव
    जन्तु पुजन
    आत्मियताको ज्वलन्त उदाहरण !

    ५.
    आगो
    पोल्नु नाश
    स्थलचर संरचनाको सत्यानास!

    ६.
    नमरी
    स्वर्ग देखिन्न
    भावीको लेखा मेटिन्न !

    ७.
    दृढता
    जनको आस्था
    स्वार्थी तस्कर नेता !

    ८.
    देश
    बेच्ने कला
    अन्ततः जीवन कठघरा !

    ९.
    पृष्टपोषण
    चारित्रिक शोषण
    अशान्त मनमा स्थिरता !

    १०.
    डङ्गुर
    पन्छ्याउने धोको
    घण्टी बजाउनेको खोजी!

    ११.
    आमा
    साटो मामा
    तीजमा पोलेका तामा !

    १२.
    बाबा
    छाहरी रुखको
    सदा बक्षस्थल सन्ततीको !

    • कमला देवक्कोटा, पाल्पा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू

    उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू

  • ४ भाद्र २०८०, सोमबार ११:०९ मा प्रकाशित
  • उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू –

    १.
    आँसु
    पानीकाे ओइरो
    निसासिएकी आँखाकाे नानी !

    २.
    आँखा
    पानीको खानी
    पिरमा पौडिन्छिन् नानी !

    ३.
    आँसु
    आँखाको कवज
    पानीको अभावमा जरुवा !

    ४.
    आँसु
    पीडा हर्ष
    झार्छ स्विकार्न सहस्र !

    ५.
    पानी
    आँखामा नानी
    संसार देखाउने बानी !

    • भवानी घिमिरे
      सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका सुन्दर उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P