सुर्खेत । रुकुम पश्चिममा माया, प्रेममा परी विवाह गर्न भागेका केटाकेटी घरभित्र मृत भेटिएका छन् । मृत भेटिनेमा त्रिवेणी गाउँपालिका–४ खुम्चेरी गाउँमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी ऋषि पाठकले जानकारी दिए ।
उनका अनुसार सपना वडा नम्बर ६ की हुन् । सपनालाई लोकेन्द्रले चार दिनअघि विवाह गर्ने भन्दै भगाएका थिए । स्थानीयले सोधिखोजी गर्दा उनीहरू शनिबार बिहानै ९ बजेतिर लोकेन्द्रकै घरमा रहेको अस्थायी टहरामा दुवै मृत भेटिएको पाठकले बताए । लोकेन्द्र झुन्डिएको अवस्थामा फेला परेका थिए भने सपनाको शव भुइँमा थियो ।
प्रहरीका अनुसार लोकेन्द्रको आमा बिरामी थिइन् । उनका बुबाले श्रीमतीलाई उपचारका लागि नेपालगञ्ज लगेका थिए । त्यही समयमा घरमा यस्तो घटना घटेको हो ।
प्रहरीले आमाबुवा आएपछि मात्रै आवश्यक कानुनी प्रक्रिया सुरु गरेर घटनाको अनुसन्धान गर्ने बताएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू अमेरिकी राष्ट्रपति ट्रम्पको यस नीतिको मारमा पर्ने भएका हुन् । ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
नेपयोर्कका अनुसार स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली २४ जुन २०१५ पछि अमेरिका पुगेकाहरू रहेका छन् । अमेरिकाले पछिल्लो ४ वर्षमा १ सय ३ नेपालीलाई फर्काइसकेको छ । सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र सन् २०२४ मा १६ नेपालीलाई नेपाल फर्काएको थियो । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।
अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्यांकअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भए पनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् । तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानुनी सुरक्षा नभएकाले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।
अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले जानकारी दिए ।
ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए ।
विशेषगरी ‘मेक्सिकोमा रहनुहोस्’ नीतिलाई पुनः लागू गर्ने र सीमामा थप सेना र स्रोतहरू तैनाथ गर्ने योजना पनि उल्लेख गरिएको छ ।
यसका साथै उनले छिट्टै ‘मेक्सिको खाडी’को नाम फेरेर‘अमेरिका खाडी’ राखिने बताए ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~~~~~<•>~~~~~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
१. छाडिँदैन जोरी खोजे, लगाइन्छ तह चाहे गरोस् बिन्तीभाउ चाहे पोखोस् बह ! ✍️ वसन्त अनुभव वसन्तविहार टोल, घोराही ~~~~~~<•>~~~~~~ २. जोरी खोज्ने जोसुकै रहुन्, छोडिँदैन हट आरिस किन गर्न पर्यो व्यर्थै छटपट । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । ~~~~~~<•>~~~~~~ ३. नखोज मसँग तिमीले पनि धेरै जोरी थाहा छैन र तिमी पनि हौ म जस्तै मोरी । ✍️ पवनकुमार बुढाथोकी काठमाडौँ ~~~~~~<•>~~~~~~ ४. जोरी खोजेरै भनेको हो सारा कुरा मेरो विश्वभरिमै हक लाग्ने मात्रै हो र तेरो ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~~~~~~<•>~~~~~~ ५. मुर्खसँग किन खोज्छौ यहाँ जोरी ? उसले देख्दैन आफ्नै कमजोरी । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~~~~~~<•>~~~~~~ ६. हठ गर्दै बस्ने छैन मर्द अघि सर्छ काम गरिसकेपछि कस्ले दाम भर्छ । ✍️ वेदु न्यौपाने ~~~~~~<•>~~~~~~ ७. भएको कानुनको कार्यान्वयन नगर्ने समस्याग्रस्त घोषणा गर्न अघि नसर्ने । ✍️ कला ढकाल, झापा ~~~~~~<•>~~~~~~ ८. हेक्का राख्नु नटुटोस् धैर्यको बाँध उत्रन्छौँ लगाइ खुकुरीमा साँध । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ ~~~~~~<•>~~~~~~ ९. भावनामा म कहिले बहकिनँ अन्याय र अत्याचार सहदिनँ । ✍️ दीप गोले तामाङ, रौतहट ~~~~~~<•>~~~~~~ १०. अब भिडले कानुन हातमा लिने जस्ताे देखियाे आजका पत्रपत्रिकामा जताततै यही लेखियाे। ✍️ नवराज भट्ट कञ्चनपुर ~~~~~~<•>~~~~~~ ११. यो न्याय हो कि अन्याय यो मन अलमल हुन्छ दोषीलाई कारबाही हुन्न निर्दोषीलाई थुन्छ । ✍️ भुपेन्द्र राना मगर धादिङ ~~~~~~<•>~~~~~~ १२. जस्ता छन् अरू त्यस्तै गर्न जान आफ्नो खुट्टा तान्नेको खुट्टा तान। ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ ~~~~~~<•>~~~~~~ १३. जोरी खोज्नेले प्रमाण खोजुन् अरूले असल बाटो रोजुन् । ✍️ प्रेम थापा “मन”बागलुङ ~~~~~~<•>~~~~~~ १४. झगडाको मूल जरो पैसा रहेछ यसैमा हाई हाई अलिकति के कमाउनु पर्छ दुश्मन हुन्छन् दाजुभाइ । ✍️ चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ ~~~~~~<•>~~~~~~ १५. यथार्थ छ एकातिर, बल मिच्याइँ अर्कातिर तिम्रो हेर्ने आँखा खुल्ला राख, नबनाऊ है यति साह्रो चिम्रो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~~~~~~<•>~~~~~~ १६. मै हुँ भन्नेहरूलाई तह लाउने म गर्छु अरू काम त्यस्तै हो शासन गर्न अघि सर्छु । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~~~~~<•>~~~~~~ १७. असल कर्म गरौँ है ,खोज्ने होइन जोरी मात्रै किन होला मानिसको जातले कुरा काट्ने जात्रै । ✍️ भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ~~~~~~<•>~~~~~~ १८. लुकेका छन् हेरर दाउ लगाउँछन् आखिर घाउ ! ✍️ आर्त अकुलीन ~~~~~~<•>~~~~~~ १९. लुकेर प्रहार गर्नेलाई , मैले पनि जाने बेला मौका पाएर, चार बाइस मुक्का हाने ✍️ नागेन्द्रप्रसाद यादव ~~~~~~<•>~~~~~~ २०. उखान टुक्का रचेर म सुसेली गाउँछु विरूद्वमा लाग्ने लाई तर पनि लाउँछु ✍️ शालिक राम दाहाल चा न पा ३ झाैखेल भक्तपुर ~~~~~~<•>~~~~~~ २१. सुरा पिएर जताततै नगर मुख छुरा भित्ताको नि कान हुन्छ भन्छ बुझी गर्नु कुरा । ✍️ बिबा तामाङ दार्जिलिङ ~~~~~~<•>~~~~~~ २२. कुकर्मले आइलाग्छ पापको लड्डु हातमा एकदिन पक्कै मर्नुपर्छ को जान्छ साथमा ! ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी । ~~~~~~<•>~~~~~~ २३. हिम्मत छैन यहाँ जोरीपारी खोज्ने अधिकार कहाँ कसैलाई पो रोज्ने । ✍️ मोती .योन्जन’ सुब्बादार्जिलिङ। ~~~~~~<•>~~~~~~ २४. आँखामा धूलो हालेर गर्दैछन् चोरी चोरको श्वर ठूलो गर्छ सिना जोरी । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। ~~~~~~<•>~~~~~~ २५. भए नभएका सबै आरोप लगाइ भुट्नुपर्छ यहाँ सबै जोरी खोज्नेलाई । ✍️ ज्ञानबहादुर क्षत्री सन्धिखर्क – २, अर्घाखाँची । ~~~~~~<•>~~~~~~ २६. हुनुपर्छ खुलेर नै विचारको मन्थन निष्कर्षमा पुग्ने बेला धेरै हुन्छन् गन्थन । ✍️ दीपा गुरुङ समभाव दुबेकोल खोटाङ ~~~~~~<•>~~~~~~ २७. असल पाखा खराब काखी च्याप्ने जमाना कस्तो झोले बनायो जन कमायो लोकप्रियता सस्तो । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला ~~~~~~<•>~~~~~~ २८. गरिब अलिक उँभो लागे चढ़न दिनु हुन्न कतैबाट मलाई बाह्र हातको टांगाले छुन्न । ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ ~~~~~~<•>~~~~~~ २९. आइलाग्नेलाई भन्थे त जाइ लाग्नु केही सीप नचले फर्किएर भाग्नु । ✍️ गुणनिधि घिमिरे अमेरिका ~~~~~~<•>~~~~~~ ३०. चाहे जे गरुन् जस्ताेसुकै भनुन् आफ्नाे चल्छ शासनमा अरु कसकाे राज चल्छ म बसिरहेकाे आसनमा । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ~~~~~~<•>~~~~~~ ३१. नियन्त्रण गर्न खोज्दा झनै बल्झिगयो महाशक्ति सम्झेको कागजी बाघ भयो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~~~~~<•>~~~~~~ ३२. हाम्रो पनि दिन फिर्छ सधैँ यस्तै हुन्न त्यतिखेर चहादैँनौ तिम्रा करा सुन्न । ✍️ विवश पारदर्शी, झापा ~~~~~~<•>~~~~~~ ३३. जाे जसले जनताको धन सम्पत्ति गर्छन् चाेरी ढाकछोप गर्न उसैले आखिरमा खाेज्छन् जाेरी । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । ~~~~~~<•>~~~~~~ ३४. नगर कान्छी तिमी के के कुरा चलाउँछ अरूले फेरि छुरा । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~~~~~~<•>~~~~~~ ३५. हठी स्वभाव भएर दु:ख झेल्नु पर्यो मै हुँ भन्ने घमण्डीको बल्ल सेखी झर्यो । ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ ~~~~~~<•>~~~~~~ ३६. नपाउनेले पाए खान्छन् एकैपटक अलकत्र के था यिनलाई पूजापाठ फूल अनि बेलपत्र । ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ~~~~~~<•>~~~~~~ ३७. गर्नेले ईर्ष्या र डाहा, लम्कन्छु अगाडि या जन्जिलरले बाधुन, हटिन्न पछाडि । ✍️ खुनराज काेईराला सिद्धलेक -३ गैरीगाउँ,धादिङ ~~~~~~<•>~~~~~~ ३८. कति पाेखाैँ र तिमीसँग आफ्नो मनको बह हेर्दैनाै हामीलाई भइसक्यो आँसुको दह । ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ ~~~~~~<•>~~~~~~ ३९. रिस बाहेक छैन काम अरू नसक्ने गोरू खोस्रीखोस्री मरू ! ✍️पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। ~~~~~~<•>~~~~~~ ४०. चाल पाएँ तिम्रो विचार नि गर्दिनँ अब बिन्तीभाउ आवश्यक पर्दा प्रयोग गर्ने बुझिसकेँ तिम्रो दाउ । ✍️ पुष्पा राई, खाेटाङ । ~~~~~~<•>~~~~~~ ४१. जोरी खोज्नेहरूसँग टाढै बस्नुपर्छ हेरौँ घमण्ड गर्नेहरूको कति झर्छ । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~~~~~<•>~~~~~~ ४२. अति गर्दा खति हुन्छ, धेरै नबन्नू बाठो ढाड नै भाँचिनसक्छ, देखेनौ यहाँ लाठो । रवि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची हाल : बुटवल, रुपन्देही, नेपाल ! ~~~~~~<•>~~~~~~ ४३. नाङ्लो ठटाई हात्ती भगाउने कस्तो होला चाल? उल्टो परे दाउ फेरि आफैँलाई पर्ला नि गाल। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। ~~~~~~<•>~~~~~~ ४४. चाहे होस् सधैँ रिस तिम्रो घाम भन्दा प्रचण्ड जोरी खोज्न छोडिदैन जसले गर्छ घमण्ड । ✍️ खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट ~~~~~~<•>~~~~~~ ४५. लुकाइन्छ सत्य कुरा लेखिन्छ झुटो इतिहास जो आउँछ जोरी खोज्न लगाइन्छ है उठिबास । ✍️ सुस्मिता अधिकारी, काठमाण्डौ ~~~~~~<•>~~~~~~ ४६. जाेरी खाेज्न चाहने आउँछन् कति कति गरिखाँदा रिस गर्छन् बिग्रिएर मति । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी ~~~~~~<•>~~~~~~ ४७. मै खाउँ मै लाउँ आफैँ चलाउँ सत्ता भनी सोच राख्नेले खाँदै बस्नु भत्ता । ✍️ अम्बिका गिरी – विराटनगर ~~~~~~<•>~~~~~~ ४८. पराइकाे इमानमाथि धूलाे र हिलाे पाेत्ने आफ्नाे खेतबारी बाँझो राखेर अर्कैको जोत्ने । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे,साँगाबजार बनेपा १४ ~~~~~~<•>~~~~~~ ४९. नसोच यो ढुङ्गालाई नै कसैले फुटाउँछ हल्लिएर आउँछ झरी, बाढीले लुटाउँछ । ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । ~~~~~~<•>~~~~~~ ५०. नियतमा खोट हुनेहरूकै चल्छ लुकिछिपी बहस अति नै गर्न थालेपछि आफैँमा हुन्छ तहसनहस । ✍️ कबिताहरी सुन्दरहरैंचा नगरपालिका १ मोरङ ~~~~~~<•>~~~~~~ ५१. कामचोर बन्नु है तिमी हाम्रा खातिर गर्छौँ पुरस्कृत बनाउँछौँ त माहिर । ✍️ इन्दु श्रेष्ठ, चितवन ~~~~~~<•>~~~~~~ ५२. सम्बन्धमा बादल छाए सम्बन्धलाई गोडौँला छोड्न परे बरु असल तह लगाई छौडौँला । ✍️ हन्नाह छेत्री दार्जिलिङ ~~~~~~<•>~~~~~~ ५३. सहयात्रा गर्ने हौ भने बदलिएर आऊ नत्र सुन्दैनौँ मृत्युपर्यन्त तिम्रो बिन्तीभाउ l ✍️ बाबुराम गौतम, गुल्मी ~~~~~~<•>~~~~~~ ५४. खेलिरहुन् न जोरी हजुर चिन्ता लिनु हुन्न सत्य माथि अडिग रहे कोही कसैले छुन्न। ✍️ तोया नाथ चापागाई दमक,झापा,नेपाल ~~~~~~<•>~~~~~~ ५५. जोरी खोज्ने पछि आफैँ पछारिन्छ्न् छु देखेकी घमण्ड गरे एक्लो भइन्छ यथार्थ लेखेकी । ✍️ सबिता खड्का, कैलाली ~~~~~~<•>~~~~~~ ५६. भन्दै थिएँ अधिकार हाम्रो हो चारैतिर घेरौँ प्रमाणबिना तह लाउने कसले होला हेरौँ । ✍️ राधा आचार्य ,बुटवल,रुपन्देही ~~~~~~<•>~~~~~~ ५७. बढ्दै छ चिसो पुस गएपछि पनि उत्पात भयो दिन कष्टकर बनी । ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सु,प,अछाम ~~~~~~<•>~~~~~~ ५८. देशमा खाँडो जगाउन युवाहरू जुटी देखाऊ निरङ्कुशता धेरै भयो देशप्रेमी नाम लेखाऊ । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही ~~~~~~<•>~~~~~~ ५९. शासन सत्ता चलाउनुपर्छ मस्तीमा स्वार्थ विपरीत गएमा राख्छाैँ गस्तीमा । । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ~~~~~~<•>~~~~~~ ६०. कर्म नगरे माया केकाे, एकपटक सम्झाउनू सम्झाउदा पनि नमाने, अर्काेपटक थन्क्याउनू । ✍️ प्रमाेद नेपाल वीरगञ्ज । हाल: काठमाडौँ -५
माघ ५ गते/वसन्त अनुभव लघुकथा महासङ्ग्रह ‘शताब्दम् महाशक्ति’को शनिवार परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेकृत उक्त पुस्तकको परिचर्चा गरिएको थियोे । अपरान्ह ३ बजेदेखि भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम झन्डै ३ घन्टासम्म चलेको थियोे । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै आजभोलि लघुकथाको बाढी आएको र अधिकांस लघुकथाहरू लघुकथा बन्ननसकेको बताउनुभयो ।
“हामीले विशुद्धता(purity) तर्फ ध्यान नै दिन सकिरहेका छैनौँ, त्यसैले लघुकथा विशुद्ध हुन सकिरहेको छैन ।” चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो- “हुन त ! म लघुकथालाई छुट्टै विधा नै मान्दिनँ । कथामा जे जे हुनुपर्छ, सबै कुरा/तत्वहरू यसमा भएकोले यसलाई कथा नै भन्दछु ।”
“म प्रायः कार्यक्रममा त्यति जाने गर्दिनँ, सम्भवतः यस्तो कार्यक्रममा उपस्थित भएको पहिलोपटक होला ।” भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । शताब्दम् महाशक्ति बारे बोल्दै उहाँले ‘लघुकथा महासङ्ग्रह’को सट्टा ‘वृहत् लघुकथासङ्ग्रह’ या ‘लघुकथा सागर’ राखेको भए राम्रो हुने विचार राख्नु भयो ।
कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा. कपिल लामिछानेले ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहमा रहेका लघुकथाहरू प्रायः सबै लघुकथाकै सिद्धान्त र संरचनाभित्र रहेको उल्लेख गर्नुभयो । “लघुकथाहरू अढाई सय/ तीन सय शब्द वा डेढ पेजसम्मका रहेका छन्, जुन लघुकथाको संरचनागत कसीभित्र नै पर्दछन् । लघुकथाहरूमा आकस्मिक उठान, विस्तार, संवाद, आकस्मिक एवम् झड्कादार अन्त्य रहेका छन् । साथै लघुकथामा पृथक शैलीको प्रयोग गरिएको छ ।” भन्दै उहाँले डा.चालिसेका लघुकथाहरू अत्यन्त बौद्धिक रहेको र आम पाठककालागि बोधगम्य नरहेको बताउनुभयो ।
कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक, भाषा आयोगका सदस्य गोपाल अश्कले पनि ‘शताब्दम् महाशक्ति’ सिद्धान्तगत एवम् संरचनागत दृष्टिले उपयुक्त रहेको उल्लेख गर्नुभयो । परिचर्चाकार प्रा.डा.कपिल लामिछानेको कुरामा सहमति जनाउँदै उहाँले भन्नुभयो, “लघुकथाहरू बौद्धिक रहेका छन्, एकपटक पढेर भाव बुझ्न सकिँदैन, दोहोर्याएर, तेहर्याएर पढ्नुपर्ने हुन्छ । आम पाठककालागि बोधगम्य छैनन् ।”
लघुकथा महासङ्ग्रह भनिएकोमा असहमति राख्दै उहाँले ‘भोलि कसैले यस सङ्ग्रहको भन्दा धेरै लघुकथाहरू समेटेर सङ्ग्रह निकालेमा त्यसलाई के भन्ने ? वृहत् महासङ्ग्रह भन्ने वा अरू कुनै ?” महासङ्ग्रहको मापदण्ड के हो ?” उल्टै प्रश्न गर्नुभयो ।
“शताब्दम् महाशक्ति आफैँमा ऎतिहासिक सङ्ग्रह बन्न सफल भएको छ । कृतिकारले ‘अलिफ लैला’ वा ‘अरेवियन नाइट्स’सँग यसलाई जोड्ने मोह किन देखाउनुभएको होला ?” बुझ्न नसकिएको परिचर्चाकारहरूको मत रहेकोे थियोे ।
परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार डा.विदुर चालिसेले सबैप्रति आभार प्रकट गर्नुभयो । कृतिकारले शताब्दम् महाशक्तिलाई उपन्यासको दर्जा दिन खोजेको भन्ने कुरालाई खण्डन गर्दै उहाँले भन्नुभयो, “मैले उपन्यास नभनी उपन्यासको छ्नक दिने गरी शताब्दम् महाशक्ति आएको भन्ने उल्लेख गरेको हुँ, उपन्यास भनेको छुइनँ ।”
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा हरिप्रसाद भण्डारी, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, प्रा.डा.खेमराज खनाल मीठू कुमारी पाठक, गुप्त बहादुर श्रेष्ठ, सुरेशकुमार पाण्डे, भुमिका तिमल्सिना, दिनेश गुप्ता, शान्ता तिमल्सिना, आयुष बडाल, अनिष पाठक लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ लघुकथाकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उतीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३०———————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/२९ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ शान्तिको दीपलाई जगाउनु पर्छ। अबदेखि अशान्ति भगाउनु पर्छ। गरिबी र बेरोजगारी अन्त्य गर्न, सारा नेपालीलाई मगाउनु पर्छ। दुष्ट आत्मा ठेगान लगाउनु पर्छ। -सुशीला पौडेल
पञ्चाङ्ग-०२ सागर सम्मै पुग्नु पर्थ्यो बाटैमा सुकेजस्तो भो भावहरु आउन छाड्यो खै कता लुकेजस्तो भो निरन्तर धाउन छाड्यो खै किन हो पञ्चाङ्गले बोल्यो मिठो कवि लेख्नलाई भने चुके जस्तो भो पुसको चिसो रातमा कुकुरले भुके जस्तो भो। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३ जसको कसम खाएको छौ उसलाई छोड भन्दिन म अरूलाई रूवाएर त त्यो मन यता माेड भन्दिन म सम्बन्ध भनेको क्षणिकलाई होइन जुनिभरिकाे हाे त्यसैले कसैको खुसीनै लुटी सम्बन्ध जाेड भन्दिन म। जिन्दगीको पनि ख्याल गर्नुपर्छ नाता तोड भन्दिन म राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर
पञ्चाङ्ग:०४
मायामा त हृदयले छुनु पर्छ। दुःख र सुखमा साथ हुनु पर्छ। जीवनमा आखिर के पाे हुन्छ र, एक आपसकाे मैलाे धुनु पर्छ। दु:खमा सँगै मिलेर रुनु पर्छ। -ह्यारिस
पञ्चाङ्ग:०५ खुन चुसेर अर्काकाे , बाँच्नु पर्छ मैंले। राग गाएर कानैमा , नाच्नु पर्छ मैंले । राेग सार्ने मच्छर हुँ , यस्तै जुनी पाएँ , मान्छे भेट्दा आनन्दता,साँच्नु पर्छ मैंले। बास बस्न नि कम्मर भाँच्नु पर्छ मैंले । तीर्थराज जाेशी , कैलाली पञ्चाङ्ग:०६
धेरै कुरा सिक्न पाएँ तिमीलाई विश्वास गरेर धोखा पनि औधी खाएँ तिमीलाई विश्वास गरेर हिजो आज आत्मादेखी मलाई माया नगरे पनि मैले आज गीत गाएँ तिमीलाई विश्वास गरेर म तिम्रो दिलमा छाएँ तिमीलाई विश्वास गरेर
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयब्राहऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०९/२५गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११२[एकसयब्राहऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~
पञ्चाङ्ग:०१ अरूलाई चुसेर बाँच्छ परजीवी। चुस्न पाएँ खुसीले नाच्छ परजीवी। उसले भनेको यदि पाएन भने, टोकेर नै कम्मर भाँच्छ परजीवी। उपयुक्त समय जाँच्छ परजीवी। सुशीला पौडेल
पञ्चाङ्ग:०२ सुनौलो पखेटा ठूला भुँड तिम्रो अर्काको रगत चुस्ने सुँड तिम्रो खाएको बानी छुट्नै गाह्राे भयो नि, आकर्षक नौ तलाको गुँड तिम्रो गुँडमा भरिएको छ कुँड तिम्रो ।। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३ धक भएन रतिभर रगतमा नाच्दैछौ तिमी थाेरै पनि खाेट नभएको ठाँउमा भाँच्दैछौ तिमी अरूकाे जिन्दगी दाउमा राखेर रमाइ रमाइ, परजीवी बन्यौ सजिलै फगतमा बाँच्दैछौ तिमी जीउँदै अर्कोलाई मारी आफ्नो ज्यान साँच्दैछौ तिमी ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०४ परजीवीले खान्छ जानेर यहाँ। प्राणीको हात खुट्टा हानेर यहाँ। बाँच्नु पर्छ जो कोहीलाई चुसेर, चुस्न नपाए मर्छु ठानेर यहाँ आफू जोगिन अरु तानेर यहाँ। -ह्यारिस
पञ्चाङ्ग-०५ जति लुकाए नि सत्य एकदिन आफैं बोल्छ साहेब उ त नाङ्गो हुन्छ नै अरुको पनि वस्त्र खोल्छ साहेब कि तपाइँ आफैं भनिदिनुहोस् म परजीवी हुँ नत्र रगत किन चुस्नुहुन्छ पसिनाले त पोल्छ साहेब हिसाब कसको कतिभो समयले नै मोल्छ साहेब। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ दियो लामो सुड प्रकृतिले नोचि नोचि खान्छौ तिमी, जताततै अप्ठ्यारो जहाँ पनि उडि जान्छौ तिमी। विवेक छैन तिमीलाई धनी गरिब सबै डस्ने, कतिपय ठाउँमा सुड लात्ती दुबैले हान्छौ तिमी, झुल बेगर सुत्छ गरिब उस्कै खुन लान्छौ तिमी ।
दुर्गा आचार्य मोरङ
ॐ पञ्चाङ्ग:०७ “””””””””” सृष्टिका सबै प्राणीलाई चाहिने छ चारा हजुर जिउनका लागि खाने पिउने छुट्टै पारा हजुर दैव पनि विचित्रको कुसल रचनाकार नै हुन् जीवलाई बचाउने उसैले लिन्छ भारा हजुर यावत् चराचर भित्र बसेर दिन्छ सारा हजुर । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०८ चाहेर हुँदैन जाग्नुपर्छ सबै, आफ्नो सुरक्षामा लाग्नुपर्छ सबै सफाइ सामाजिक समस्या बन्दा दुर्गन्ध भएमा भाग्नुपर्छ सबै उचित सुझाव माग्नुपर्छ सबै।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
१] केटाकेटी हुन्छ अबोधपन कञ्चन निर्मल मन !
वसन्त अनुभव [२] बालबालिका हुन्छन् निर्दोष पुर्याउनुपर्छ सबैले होस !
भोज विवश मगर गैंडाकोट-३, नवलपरासी पूर्व [३] बालबालिका भोलिका कर्णधार सबैले राख्नुपर्छ ख्याल !
रमा पन्त, पाल्पा हाल- नियुजिलैन्ड [४] केटाकेटी स्वच्छ मन उनिहरु देशको शान !
बिबा तामाङ, दार्जिलिङ [५] केटाकेटी अबोध बालबालिका उनीहरूमा छैन ज्ञान !
वेदु न्यौपाने [६] सकिन्छ गरे केही हुन्छन् बाल कर्णधार !
हिरामाया श्रेष्ठ गजुरी-१, धादिङ [१२] चञ्चलता हुन्छ बालापन विशुद्ध सबैको मन ! कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [१३] निस्वार्थ हुन्छ बालपन कोमल त्यो मन !
सुरेशकुमार पाण्डे दाङ, घोराही-१८ [१४] नानीहरू चिसो मौसम बाहिर डुलाउनु कम !
भुपेन्द्र राना मगर, धादिङ [१५] केटाकेटी हुन्छन् निर्दोष बुबाआमाको हुन्छ जिम्मेवारी !
दीप गोले तामाङ, रौतहट [१६] आफ्ना इच्छाहरू मेटी सारौँ अघि केटाकेटी !
पौष २८, बङ्गलादेश बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो । साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।
उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।
कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] भेडा अधीर दुरदुहाई सत्तामा स्यालको रजाइँ !
वसन्त अनुभव [२] भेडा भेँडाहरूकाे बथान स्याल दिँदैछ ज्ञान !