• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

बालक हराएको सूचना,आमा बुवा रुदै मीडियामा छोरालाई खीजी दिन अनुरोध।

  • १२ भाद्र २०७९, आईतवार १५:१८ मा प्रकाशित
  • हराएको बालक

    उमेश कुशवाहा:-पर्साको बहुदरमाई नगरपालिका -८ हाल बीरगंज महानगरपालिका राधेमाई-१३ घर भएका ४ फिट ३ इन्च अग्लो,बर्ष उनइस (१९) का संदिप गिरी नाम गरेको बालक हराएको छन।

    गहुगोरो हरियो कलरको ज्याकेट,कालो कलरको पाइंट, र कालो कलरको टी-शर्ट लगाएको यही साउन २६ गते देखी १७ दिन देखी बीरगंज महानगरपालिका-१३ राधेमाईबाट हराएको हुनाले कहि कतै देखनु हुने महानुभावले यही मीडिया वा तलको सम्पर्क नम्बरमा खबर गरीदिनु हुन बालकको आमा-बुवा, दाजु बहिनीले रूदै हार्दिक अनुरोध गर्नु भएको छन।

    9845318736 , 9814293559

    तपाइको सहयोगले परिवारमा खुसि आउन सक्छ । शेयर गर्नु होला।

    बताइनु हुने ब्यातिलाई केहि जिन्सी समानको ब्यवस्था गरिएको बालकदाईले बताउनु भयो।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on बालक हराएको सूचना,आमा बुवा रुदै मीडियामा छोरालाई खीजी दिन अनुरोध।

    उदक यात्री आर्त अकुलीनका केही उत्कृष्ट उदकहरू

  • १२ भाद्र २०७९, आईतवार ०९:५१ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    —————- … ✍️ आर्त अकुलीन
    १
    जिन्दगी
    उकाली ओराली
    एउटा सुन्दर चौतारी !

    २
    पवन
    निरन्तर वहाव
    सबैको सुन्दर जीवन !

    ३
    कृत्रिमता
    अगाडि गुलाब
    पछाडि भने कटारी !

    ४
    सिर्जना
    भावको गङ्गा
    आखिर गन्तव्य सागर !

    ५
    जिन्दगी
    पहराको फूल
    आखिर ओइली झर्ने !

    ६
    दिल
    स्वप्नील आकाश
    माया पिरतीको वर्षा !

    ७
    रचना
    भावको उडान
    समाज सुधारको सपना !

    ८
    आकाश
    चम्किलो जून
    हेरेरै प्रफुल्लित मन !

    ९
    बिहानी
    उषाको माधुर्य
    मन मस्तिष्कको लालित्य !

    १०
    काँडाघारी
    अनुभव अनुभूति
    जिन्दगीको अर्को अध्याय !

    • देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका केही उत्कृष्ट उदकहरू

    ११ वर्षदेखि अस्पताल उपचाररत चण्डेश्वर मुखिया ४० लाख रियल हस्पिटलको बिल मिनाहा पछि स्ट्रेचरमा नेपाल फर्किए

  • ११ भाद्र २०७९, शनिबार २३:३७ मा प्रकाशित
  • समर्पण रम्जान

    ११ भदौ २०७९ ! साउदी अरब, वैदेशिक रोजगारीको सिलसिलमा सन् २०१० मा आइ बिगत ११ बर्ष लामो समयदेखि साउदी अरबको दम्माम स्थित एक अस्पतालमा उपचाररत रहेका नेपालका चण्डेश्वर मुखियालाई नेपाली दूतावास रियादको अथक प्रयास र सहयोगमा नेपाल पठाउन सफल भएको छ ।

    २०१० मा साउदी आएका मुखिया सन् २०११ मा सडक दुर्घटना परि गम्भिर घाइते भएका र ११ वर्षदेखि दमामस्थित अल मौवासत अस्पतालमा उपचाररत रहेका थिए ।

    साविक धनुषा जिल्ला बारामझिया गा.वि.स. वडा नं . ० ९ स्थायी ठेगाना भएका श्री चण्डेश्वर मुखिया ( राहदानी नं . ५३७३४०६ ) लाई नेपाल एयरलाइन्सको उडानबाट २६ अगष्ट २०२२ शुक्रबार का दिन नेपाल पठाइएको दूतावास रियादले जानकारी गराएको छ । सन् २०११ देखि अस्पतालमा उपचाररत रहेका श्री मुखियाको उपचार खर्च निजको स्वाथ्य वीमा कम्पनिले छोडेपछि पनि उनको कम्पनीले उपचार निरन्तर राखेको तर सडक दुर्घटनाबाट टाउकोमा गम्भिर चोट लागेका उनलाई धेरै लामो समयसम्म अस्पतालमा राखेर उपचार गराउँदा पनि स्वास्थ्य अवस्थामा खासै सुधार नआएपछि कम्पनीले उनको परिवारलाई केही आर्थिक सहयोग गरेर उनलाई नेपाल पठाउन चाहेको थियो । तर , परिवारले आफ्नो आर्थिक अवस्था निकै कमजोर रहेकोले उनलाई नेपालमा लगेर अस्पतालमा राख्न सक्ने अवस्था नरहेको जानकारी गरायो । कम्पनीले उनलाई नेपाल पठाउने व्यवस्था मिलाइदिन पटक पटक राजदूतावाससँग अनुरोध गरिरह्यो । परिवारले जिम्मा लिने सहमती नदिंदासम्म जबरजस्ती उनलाई नेपाल पठाउन नसकिएको र सन् २०१८ सम्म कम्पनी राजदूतावासको सम्पर्कमा थियो । सो पश्चात् , कम्पनीले साउदी अरबको श्रम कानून बमोजिम रोजगारदाताले पूरा गर्नुपर्ने सम्पूर्ण दायित्व पूरा गरेको , निज मुखियाको उपचारमा वीमाले कभर नगरेको धेरै ठूलो रकम समेत अस्पताललाई तिरेको , परिवारलाई केही आर्थिक सहयोग गर्छु भन्दा पनि बिरामी लिन नमानेकोले अब उप्रान्त आफूले निजको अस्पताल बसाईको खर्च जिम्मा लिन असमर्थ हुने व्यहोरा जानकारी गरायो । त्यसपश्चात , कम्पनी कहिल्यै सम्पर्कमा आएन । बिरामी अर्धचेत अवस्थामा रहेको हुंदा कसैले जिम्मा नलिंदासम्म अस्पतालले डिस्चार्ज पनि गर्न सकेन र परिवारले पनि निजको जिम्मा लिएन । यसबीचमा राजदूतावासले बिरामीको परिवारलाई मनाउने प्रयास गरिरह्यो । तर सफलता हासिल भएन । कम्पनी सम्पर्कमा आउन छोडेपछि के अस्पतालको विल पनि ४० लाख साउदी रियाल नाघिसकेको थियो । अस्पतालले निज मुखियाको अस्पतालको विल जिम्मा लिन र निजलाई नेपाल लैजानको लागि राजदूतावास समक्ष पटक पटक अनुरोध गयो । पछिल्लो समय राजदूत निज चण्डेश्वर मुखियाको अस्पतालको विल मिनाहाका लागि अस्पतालको उच्च व्यवस्थापनसँग नियोग प्रमुख स्वयं र दूतावासका अन्य कर्मचारीस्तरमा थुप्रै पटक आवश्यक बैठक एवम् छलफलहरू गयो । परिणामस्वरूप , अस्पतालले सम्पूर्ण विल मिनाहा गरिदिएर निज चण्डेश्वर मुखियालाई नेपाल लैजान सघाउने बचन दियो । राजदूतावासको पटक पटकको अनुरोधपछि परिवार पनि बिरामीको जिम्मा लिन राजी भयो ।
    सो पश्चात् , राजदूतावासले बिरामीको आवश्यक कागजात तयार गर्नुका साथै उनको एक्जिट भाको लाग श्रम कार्यालय र अध्यागमन कार्यालयसँग समन्वय गऱ्यो साथै , नेपाल एयरलाइन्सको जहाजमा स्ट्रेटचर राख्ने व्यवस्था गर्न र स्ट्रेटचर बापतको खर्च वैदेशिक रोजगार बोर्डले व्यहोर्ने व्यवस्था गर्न नेपाल सरकारका सम्बन्धित निकाय र नेपाल एयरलाइन्ससँग निरन्तर पहल , सम्पर्क एवम् समन्वय गयो । अस्पतालले चण्डेश्वर मुखियाको उपचार , बेड र नर्सिङ केयर वापत तिर्न बाँकी रहेको सम्पूर्ण रकम मिनाहा गरिदिनुका साथै उनलाई दमामबाट रियाद एयरपोर्टसम्म उनीहरूकै एम्बुलेन्समा ल्याइदियो । निजलाई एकजना नर्ससहित स्ट्रेटचरमा राखेर नेपाल लैजाँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्यो ।

    चण्डेश्वर मुखियालाई नेपाल लैजान सकिने वातावरण निर्माण गर्ने क्रममा दमामस्थित अल मौवासत अस्पतालले देखाएको अभूतपूर्व सदासयताको लागि विशेष आभार प्रकट गर्दै श्री मुखियालाई नेपाल पठाउने कार्यमा प्रत्यक्ष वा परोक्षरूपमा सहयोग गर्नुहुने सम्पूर्णमा दूतावास रियादले धन्यवाद ज्ञापन गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ११ वर्षदेखि अस्पताल उपचाररत चण्डेश्वर मुखिया ४० लाख रियल हस्पिटलको बिल मिनाहा पछि स्ट्रेचरमा नेपाल फर्किए

    भिजिट भिसामा खाडी मुलुक जान खोज्ने १९७ जनालाई रोक्यो प्रहरीले

  • ११ भाद्र २०७९, शनिबार १९:२६ मा प्रकाशित
  • भिजिट भिसामा खाडी मुलुक जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका १९७ जनालाई प्रहरीले रोकेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले १९७ जना नेपालीको कागजात शंकास्पद देखिएको भन्दै रोकेको हो।

    कार्यालयले गत बिहीबार देखि अहिलेसम्म खाडी मुलुक जान खोज्ने नेपालीहरूलाई रोकेको कार्यालयले जानकारी दिएको छ।

    रोकिनेमा १०३ महिला र ९४ पुरुष गरी जम्मा १९७ जना यात्रुहरू छन्।

    उनीहरूको कागजात शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि भन्दै प्रहरीले रोकेको हो।

    उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्‍युरो बबरमहलमा बुझाएको छ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on भिजिट भिसामा खाडी मुलुक जान खोज्ने १९७ जनालाई रोक्यो प्रहरीले

    बिक्रेताले ग्राहकलाई एकको सट्टा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् – साउदी अरब वाणिज्य मन्त्रालय।

  • ११ भाद्र २०७९, शनिबार १८:५७ मा प्रकाशित
  • साउदी अरब सरकारको वाणिज्य मन्त्रालय द्वारा जारी सूचनामा जनाइएअनुसार स्टोरहरूले ग्राहकलाई एउटा मात्र उत्पादन चाहिने अवस्थामा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् यदि यस्तो गरेको पाइएमा कानुनी कारबाहीको लागि तयार हुनुपर्नेछ।

    साउदी अरेबियाको वाणिज्य मन्त्रालयले स्पष्ट पारेको छ कि विक्रेताले ग्राहकहरूलाई एउटामात्र सामान चाहिएको अवस्थामा अर्को पनि किन्नु पर्ने बाध्यात्मक स्थिति सिर्जना गर्ने अधिकार बताएको छ सुचनामा भनिएको छ १ प्राप्त गर्न वा एउटा उत्पादनको बिक्रीलाई अर्कोसँग जोड्नका लागि 2 उत्पादनहरू किन्न बाध्य पार्ने अधिकार छैन”।

    यो सुचना ग्राहक अधिकारको बारेमा जनचेतना जगाउने साप्ताहिक अभियानको एक भागको रूपमा वाणिज्य मन्त्रालयको आधिकारिक ट्विटर ह्यान्डलबाट स्पष्टीकरणमा आएको हो।

    यद्यपि, मन्त्रालयले यस नियममा दुई अपवादहरू निर्दिष्ट भने गरेको छ।

    १.पसल वा बिक्रेताहरूलाई यो विधि प्रयोग गर्न अनुमति दिइन्छ यदि पसलमा कुनै निश्चित उत्पादन खरिद गर्दा 1 वस्तु नि:शुल्क प्राप्त गर्ने प्रस्ताव छ।

    1. जब उत्पादनको ब्रोसर वा क्याटलगले निर्दिष्ट गर्दछ कि दुई वस्तुहरू एकअर्कासँग जोडिएका छन्।

    यसो भएको अवस्थामा भने बिक्रेतालाई उल्लेखित कानुन आकर्षित हुने छैन ।

    • राज्यको वाणिज्य मन्त्रालयले सबैलाई थप जानकारीको लागि https://dalil.mc.gov.sa/ भ्रमण गर्न र ग्राहक गाइडको लिङ्कमा क्लिक गर्न आह्वान गरेको छ।
    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on बिक्रेताले ग्राहकलाई एकको सट्टा २ वटा उत्पादन किन्न बाध्य पार्न सक्दैनन् – साउदी अरब वाणिज्य मन्त्रालय।

    पञ्चाङ्ग अभ्यास शृङ्खला भाग- ५ सम्पन्न

  • ११ भाद्र २०७९, शनिबार ०१:०३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ५ (पाँच )
    ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/०५/०७
    ………………………………………….
    प्रशिक्षक:-
    ———–
    गुणनिधि घिमिरे
    तोयानाथ सुवेदी
                  
    भाषा शुद्धीकरण:-
    ————
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    सुशीला पौडेल & दुर्गा आचार्य

                       संयोजक:-
                       =====
       सोमनाथ लुइटेल “रवि पाल्पाली”
                           तथा
       पञ्चाङ्ग साहित्य समाज नेपाल ।
    ======================

    अभ्यास संरचना
    ————

    पञ्चाङ्गको संरचना :- १४ अक्षर
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
    कसरी लेख्न सकिन्छ ?
    —————-
    पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ ।
    जस्तै :-

    उठान गर्दा  विषय वस्तु सँग सम्बन्धित हुनुपर्छ ।

    आखिर तिमी आयौ दंग परि   मसँग । [१]
    काम  पारेर   आयौ अघि सरि मसँग । [२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नु पर्छ

    कति पीडा लुकाएर   फुकाउन आयौ  , [३]
    ———————————

    १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ

    आँसु देखायौ दुबै आँखा भरी मसँग । [४]
    दिनरात   रोएन     धरधरी     मसँग । [५]

    उदाहरण पञ्चाङ्ग
    ————
    आखिर   तिमी  आयौ दंग परी मसँग ।
    काम    पारेर   आयौ अघि सरि मसँग
    कति पीडा लुकाएर   फुकाउन आयौ  ,
    आँसु देखायौ दुबै आँखा भरी मसँग ।
    दिनरात   रोएर      धरधरी     मसँग ।

    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    अनुप्रास :-
    ======
    परि ,चरी, खरी ,गरि , मरि , तरि , हरि,
    भरी , धरी, झरी , आदि ।

    स्थायी:-
    =====
    आफू खुसी
    ======================
    पञ्चाङ्ग    ०१

    आकाशमाथि उडेको चरी हराएछ ।
    उड्दा उड्दै अचानक झरी हराएछ ।
    दया माया करूणा भाव छैन कसैमा,
    मलाई लाग्दैछ आज हरि हराएछ ।
    भाग्य लेख्ने विधाताको खरी हराएछ ।

    💢आर्त अकुलीन, कैलाली ।

    ✍️पञ्चाङ्ग    ०२

    तीजमा माइत जान बोलायो चरीले।
    पहिले जस्तै नरोक्ला भदौरे झरीले।
    तीजको बेला मै चेली फुरुक्क भएर
    फरिया पनि सजाएॅ टल्किने जरीले।
    यो तीज जसै मानिन्छ अनेक थरीले।

    💢घनश्याम पौडेल, सृजना चोक पोखरा ।

    ✍️पञ्चाङ्ग     ०३

    तिमी  मेरो   संसारको  सुन्दर  परी हौ ।
    बर्सात् हौ मायाप्रेमको  साउने झरी हौ ।
    कठिन छ माया मार्न तिमीलाई भुल्न,
    म हुँ कोरा पाटी त तिमी लेख्ने खरी हौ ।
    तिमी  दिलकी  रानी  स्वप्निल नगरी हौ ।

    💢वसन्त अनुभव, घोराही, दाङ ।

    ✍️पञ्चाङ्ग     ०४

    कुहुकुहु कोइली चरी कता गयो खै?
    बनपाखा नै रुझ्ने झरी कता गयो खै?
    धेरै भयो खोजेको तिम्रो सुमधुरता ,
    कहिले नआउने गरि कता गयो खै ?
    मेरो कोमल मनै हरि कता गयो खै?

    💢पशपती राई,  खोटाङ ।

    ✍️पञ्चाङ्ग     ०५

    उनलाई देख्दा स्वर्गको  परि झैँ लाग्यो ।
    स्वर्ग बाट धर्तीमा  उनी झरी झैँ लाग्यो ।
    आँखामा बिझाइ   रहन्छ उन्कै तस्वीर ,
    खै  कुन्नी मलाई मोहनी गरि झैँ लाग्यो ।
    मिठो मीठो कुराले मन भरी झैँ लाग्यो ।

    💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।

    ✍️पञ्चाङ्ग     ०६

    तिमी सुन्दरी परि आयौ ।
    आकाशबाट झरी आयौ।
    नतमस्तक   छु  खुसीले ,
    माया  र प्रेम  भरी आयौ।
    विश्वास मेरो गरि आयौ  ।

    💢गुणनिधि घिमिरे, दमक ।

    ✍️पञ्चाङ्ग     ०७

    मन भाव बुझ्ने  खालको चरी चाहियो ।
    टारी  खेत   रोपाइँलाई  झरी  चाहियो ।
    दयाका  खानी प्रकृति  भरमा  जीवन ,
    अकस्मात! बदल्न सक्ने परी चाहियो ।
    क्षण  मात्र  नाँइ जीवन  भरी  चाहियो ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    ✍️पञ्चाङ्ग     ०८

    जीवन धान्न काेही बसाइँ सरी गए ।
    देशको जनशक्ति समुद्र तरी गए ।
    ढुङ्गा पाक्ने आस देखाइ नेता कुर्सीमा,
    बालाे, राेगी र वृद्ध बिचमा परी गए ।
    भुँइ मान्छेका पुस्तौँ यस्तैमा मरी गए ।

    💢भवानी घिमिरे, सर्लाही ।

    ✍️पञ्चाङ्ग     ०९
    [१]
    उड्दै छु म आज चरी बिच जंगलैमा।
    बसेको छु हाँगा भरी  बिच जंगलैमा।
    चरी जन्म कर्म    मैले लिएर नै आएँ,
    झरी पर्‍यो ठुलो गरि  बिच जंगलैमा।
    जाउँ त्यो समुन्द्र  तरी बिच जंगलैमा।
    [२]
    तिमी  त  अर्कैको  जालमा परि आएछौ।
    माया  देखाई   छोडी  जाने गरि आएछौ।
    यसरी   झुठको    खेती   कहिल्यै  नगर्नु,
    पिडा  पर्दा   सात    समुन्द्र तरि आएछौ।
    ती आँखामा आँसुको बर्षा भरि आएछौ।

    💢बेदु न्यौपाने, काठमाडौ 😘✍️

    ✍️पञ्चाङ्ग     १०

    यो साल दु:ख पनि  परी  परी आयो ।
    बर्षायामको भेल  जस्तै  गरी आयो  ।
    पिर माथी पिर – नै    थपिदै  आउँछ ,
    किन होला  यस्तो  जीवन भरी आयो।
    दु:खै दु:खमा मेरो   भाग्य सरी आयो ।

    💢आर्मित्मा थापा मगर, स्याङ्जा ।

    ✍️पञ्चाङ्ग     ११

    तिमी मेरो मनको   झरि हौ भन्ने ठान्छु ।
    आकाशमा रम्ने ती चरी हौ भन्ने ठान्छु ।
    समयको   खेल  थाहा   हुन्न कसैलाई ,
    वैकुण्ठबाट    झर्ने परी हौ भन्ने ठान्छु  ।
    सबैको दु:ख    हर्ने हरि हौ भन्ने ठान्छु ।

    💢संगिता शर्मा, सिन्धुली ।

    ✍️पञ्चाङ्ग     १२

    गुनासोमा रून्छे पिञ्जडाकी चरी हेर।
    दुःख  नदेउ आफ्नै  बुहारी   परी हेर।
    मेरो छोरी पनि यस्तै हो भनी सोच है,
    आकाशको    जुन  हराँउछ  घरी हेर।
    नयनमा आँसु    तिम्रो  भरी भरी हेर।

    💢सुमित्रा पोखरेल,  काठमाडौं ।

    ✍️पञ्चाङ्ग      १३

    गुन्द्री काम्लो साथमा   दरि आयो मलाई ।
    बसबस  भनेर    हरि        आयो मलाई ।
    आफ्नो माने संसार नै आफ्नै हुन्छ यहाँ ,
    आकाशबाट   वर्षे    झरी  आयो मलाई ।
    बाचाउन   नै  अघि  सरि   आयो मलाई।

    💢सीता कडेंल सापकोटा, भरतपुर चितवन ।

    ✍️पञ्चाङ्ग     १४

    तिमीबाट  टाढा   मन   सरि   गयाे हेर।
    मै   अभागीलाई    पीडा परि गयाे हेर।
    कहिल्यै पनि  आएन सुखका ती दिन ,
    अँखाबाट  आँसु   धारा  झरी गयो हेर ।
    तिमीसँग  मन         मेराे मरि गयाे हेर ।

    💢मनिषा बिष्ट कटुवाल,  मेचिनगर १५ फुलमासि।

    ✍️पञ्चाङ्ग      १५

    सुन्दर  देखिएकी  मायालु   परी तिमी।
    राम्रो   काम  गर्नुपर्छ  अघि सरी तिमी।
    हजारौं      पीडा दबाएर नै हास्नु पर्छ,
    आँसु लुकाएर  सधैँ आँखा भरी तिमी।
    भित्र  भित्रै  राेयाैँ  किन  धरधरी तिमी।

    💢सहयात्री शोभा अर्याल, बुटवल ।

    ✍️पञ्चाङ्ग     १६

    भो  उपहार    मनमा  झरी परेकोछ ।
    हेर मायाको जालमा    चरी परेकोछ।
    झुठको खेती एक त सबै थाहा हुन्छ,
    जोडेको यो  सम्बन्धमा हरि परेकोछ।
    कहाँ पोख्ने मायालाई  भरि परेकोछ।

    💢दुर्गा आचार्य, मोरङ ।

    ✍️पञ्चाङ्ग      १७

    आकाशमा उड्ने त्यो चरिकाे याद आयाे!
    निथ्रुक्कै    भिजाउने झरिकाे याद आयाे!
    माैसम   वदलिदै   जाँदा    वर्षाै   वितेछ,
    वालापनमा    खेल्ने   परिकाे याद आयाे!
    कालाे पार्टीमा लेख्ने खरिकाे याद आयाे!

    💢उर्मिला के.सी. , धनकुटा ।

    ✍️पञ्चाङ्ग     १८

    आकाश माथि किन उड्छ चरी घुमेर ।
    उस्तै  छ  मेघ   पनि पार्छ झरी घुमेर ।
    धर्ती हिलाे हुन गएपछि भिज्छ ज्यादै ,
    जम्द‌ेै   भरिन्छ  जल त्यैँ जसरी घुमेर ।
    हाेला  नदी  जल   बहेर     भरि घुमेर।

    💢ताेयानाथ सुवेदी, काडाघारी,काठमाडौं ।

    ✍️पञ्चाङ्ग    १९

    तिमी त कतै      माजालमा परि छौ रे ।!
    हुन्न भन्दा भन्दै अगाडि  नै सरि छौ रे !
    जाे आउँदा पनि सधैंनै तिम्रै हुँ भन्छ्यौ,
    पहिलेकाे    केटा    नपाएर मरि छौ रे !
    काम फुत्केपछि त   आँखा तरि छौ रे !

    💢नवराज भट्ट, कञ्चनपुर ।

    ✍️पञ्चाङ्ग    २०

    चोट थियो  कसै   गरि  मौन बसिरहें।
    चोट भयो   तनै   भरी  मौन बसिरहें।
    आँसु    लुकाउन धेरै नै कोसिस गरें,
    आँसु बग्यो खोला सरी मौन बसिरहें।
    रोयो   बनमा  नि   चरी मौन बसिरहें।

    💢शिखा खतिवडा, डुमर्वाना बारा ।

    ✍️पञ्चङ्ग      २१

    भगवान भए     हरिले  बुझेको राम्रो।
    अप्सराको अंश  परिले बुझेको राम्रो।
    प्रत्यक्ष    देखिदैन    अदृश्यमै पुजन,
    लेख्ने पाटिलाई खरिले बुझेको राम्रो।
    एकल वनको     चरीले बुझेको राम्रो।

    💢दुर्गा निरौला, काठमाडौं ।

    ✍️पञ्चाङ्ग    २२

    आजभोलि नाच्ने नै भए चरि मिलेर।
    यादैबिना     खप्ने भए नै झरि मिलेर।
    कसरी   बिर्सने  बिगतका    कुराहरु ,
    मौका पाएकी गरे   मनपरि    मिलेर।
    आँफैलाई नै   फँसाएको धरि मिलेर।

    💢अच्युत घिमिरे, भुटान ।

    ✍️पञ्चाङ्ग    २३

    कति तनाव हुन्छ झरी आएको बेला ।
    पछाडि हट्ने छैन परि आएको बेला ।
    दुश्मनै   भएपनी  कर्तव्य  पूरा  गर्छु ,
    गहभरी  आँसु नै भरी आएको बेला ।
    मन बुझाउ कुरा   गरि आएको बेला ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली “

    ✍️पञ्चाङ्ग     २४

    मिठो गीत सुनाउने  चरी  हुनू तिमी
    दिल सिँच्न पिरतीकाे झरी हुनू तिमी
    मानवता  हराएको स्वार्थी  दुनियाँमा
    पर्दा दु:ख  साथ दिने परी हुनू तिमी
    मेरालागि सधैँभरि हरि हुनू तिमी ।

    💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    ✍️पञ्चाङ्ग     २५

    अब तिम्रो मन टाढा सरि गएको छ।
    दोष मेरै अभागि म पिर गएको छ।
    जिवनले सन्तोष केहो थाहा पाएन,
    मनभित्र तप आँसु झरी रहेको छ।    
    तिमी देखि अब मन मरि गएको छ।

    💢अनुप आचार्य, काठमाडौं ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग अभ्यास शृङ्खला भाग- ५ सम्पन्न

    नव काव्यिक विधा चारु र टुक्काका दुई पुस्तकको विमोचन

  • ११ भाद्र २०७९, शनिबार ००:४५ मा प्रकाशित
  • काठमाडाैँ, १० भाद्र ।
    चारु साहित्य प्रतिष्ठानकाे आयाेजनामा आज एक कार्यक्रम बिच नव काव्यिक विधाका दुई पुस्तकहरू लाेकार्पण भएका छन् । उक्त पुस्तकहरूको लोकार्पण प्रमुख अतिथि रामकृष्ण वान्तवा र अन्य विशिष्ट अतिथिहरूले संयुक्तरूपमा गरेका थिए ।

    लोकार्पित हुने पुस्तकमा डा.देवी पन्थीद्वारा लिखित एवम् भुँडी पुराण प्रकाशनद्वारा प्रकाशित “गजलकाे सिद्धान्त र गजलकाे परिवर्तित स्वरुप चारु” तथा ताराप्रसाद चापागाईंद्वारा लिखित एवम् प्रकाशित “टुक्का कविता सङ्ग्रह” रहेका छन् ।

    तीज विशेष कार्यक्रम अन्तर्गत स्रष्टा भेटघाटको अवसर पारेर काठमाण्डौँ बागबजार स्थित हाेटल हार्दिकको काव्य हलमा उक्त पुस्तकहरू लोकार्पण गरिएको थियो । उक्त कार्यक्रमको सह-आयोजकमा खाेरिया साहित्य सृजना र टुक्का साहित्य समाज, नेपाल रहेको थियोे ।

    चारु प्रणेता डा.देवी पन्थीकाे सभापतित्व र वरिष्ठ साहित्यकार रामकृष्ण वान्तवाकाे प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार तथा समाजसेवीहरू कलानिधि दाहाल, युवराज नयाँघरे, उर्मिला पन्त पाण्डेय, गंगा कर्माचार्य पौडेल , माया पौडेल सुप्रभात भण्डारी , ध्रुवप्रसाद गजुरेल विशेष अतिथिको रूपमा उपस्थिति रहेको थियोे भने आमन्त्रित स्रष्टाहरुलाई खोरियाका प्रणेता जनार्दन अधिकारी धड्कनले स्वागत गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष डा.देवी पन्थीले नेपालमा प्रवर्तन भएका विभिन्न विधा तथा उपविधाहरू सङ्गठित भएर सहकार्य गर्दै अगाडि बढ्नु पर्ने कुरामा जाेड दिंदै यो उद्देश्य पूरा गर्न “आविष्करण नेपाल” नामको संस्था गठन भैसकेको बताए । कार्यक्रममा प्रमुख अतिथि रामकृष्ण वान्तवाले “आविष्करण नेपाल” का मनाेनित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

    प्रमुख अतिथि रामकृष्ण वान्तवाले गजलको विकल्पमा प्रयोगमा ल्याइएको चारुलाई नदी र समुन्द्रको पानीबाट बनेको बादलसँग तुलना गर्दै चारु रूपी बादलबाट संसारभरि पानी वर्षिने र चारु संसारभर फैलने जानकारी गराए । उनले चारुको लोकप्रियता नेपाल, भारत लगायत विश्वका अनेक देशमा दिनदिनै बढ्दै गरेको र यसबाट नेपाली साहित्यकार पनि साहित्यमा नयाँ प्रयोग गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह विश्वभर भएको बताए । उनले चारु, खोरिया, टुक्का कविता, उदक, एलाक, सन्देश, पञ्चाङ्ग, बाछिटा आदि नव विधाको उत्तरोत्तर प्रगतिको कामना समेत गरे ।

    कार्यक्रममा उपस्थित प्रतिनिधि स्रष्टाले चारु, खोरिया, टुक्का, एलाक, पञ्चाङ्ग, उदक, सन्देश , तीज गीत प्रस्तुत गरेका थिए। टुक्का कविताका प्रणेता ताराप्रसाद चापागाईंले सहयोगी संस्था प्याब्सन र अन्य सबैलाई धन्यवाद दिएका थिए। कार्यक्रमको अन्त्यमा चारु प्रतिष्ठानको तर्फबाट तीज भोजको आयोजना गरिएको थियो ।
    कार्यक्रमको सञ्चालन सन्देशका प्रवर्तक ध्रुवप्रसाद गजुरेलले गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on नव काव्यिक विधा चारु र टुक्काका दुई पुस्तकको विमोचन

    ७५ प्रतिशतले पुराना सांसदलाई जिताउन चाहँदैनन् : सर्वे

  • ९ भाद्र २०७९, बिहीबार १९:०६ मा प्रकाशित
  • काठमाडौं : काठमाडौंका मतदाताले पुराना सांसदलाई जिताउन नचाहेको बताएका छन्। काठमाडौंका मतदातामाँझ गरिएको एक सर्वे अनुसार पुराना सांसदलाई जिताउन नचाहनेको हिस्सा ७५ प्रतिशत छ। २० प्रतिशतले मात्रै अहिलेको सांसदलाई जिताउन चाहेको बताए।

    मिडिया आउटलेट एजेन्सीले काठमाडौंका क्षेत्र नम्बर १,४,५ र ८ क्षेत्रका १ हजार ४ सय ५८ जनासँग गरेको सर्वेका क्रममा ५ प्रतिशतले अहिलेका सांसद जिताउन चाहे/नचाहेको कुनै जवाफ नदिएको निर्देशक अरुण लम्सालले बताए। 

    त्यसो त पछिल्लो समयमा राजनीतिक वृतमै एउटै व्यक्ति धेरै पटक सांसद बन्न नपाउने बहस हुन थालेको छ। कम्तीमा ३ पटकभन्दा बढी सांसद बन्न नपाउने व्यवस्था ल्याउनुपर्ने आवाज उठ्न थालेको बेला यस्तो सर्वेले राजनीतिक दललाई उम्मेदवार छनोट गर्न चुनौती थपेको लम्साल बताउँछन्। 

    काठमाडौंका मतदाता पनि एउटै व्यक्ति दोहोरिने तर कुनै काम नगर्ने प्रवृतिप्रति आजित भइसकेकाले अबको निर्वाचनमा दलहरूले युवा उम्मेदवार छनोट नगर्ने हो भने ठूलो क्षति बोहोर्ने निश्चित भएको जानकारहरू बताउन थालेका छन्। 

    पछिल्लो समयमा स्वतन्त्रको चाप बढ्दै गएको छ। स्थानीय तहको निर्वाचनका क्रममा काठमाडौंमा स्वतन्त्रबाट बालेन्द्र शाह, धरानमा हर्क साम्पाङ, धनगदीमा गोपाल हमाल र बर्दिबासमा प्रल्हाद क्षेत्रीले निर्वाचन जिते। 

    स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित निकालेसगै प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बन्नेको लर्को लाग्न थालेको छ।
    स्थानीय तहको निर्वाचनमा स्वतन्त्रको चाप जस्तै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा पनि स्वतन्त्रको माहोल देखिएको निर्देशक लम्साल बताउँछन्। 

    अबको चुनावमा कसलाई जिताउन चाहनुहुन्छ भन्ने प्रश्नमा ७८ प्रतिशतले स्वतन्त्र उम्मेदवार जिताउन चाहेको बताएका थिए। १८ प्रतिशतले मात्रै राजनीतिक दलका उम्मेदवार जिताउन चाहेको जवाफ दिए। ४ प्रतिशतले भने कुनै जवाफ दिएनन्। 

    मिडिया आउटलेटले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सुरुवाती काम कस्तो लागेको छ भनेर पनि प्रश्न सोधेको थियो। उक्त प्रश्नमा ५० प्रतिशतले राम्रो लागेको प्रतिक्रिया दिए। ३७ प्रतिशतले ठिकै लागेको बताए। ९ प्रतिशतले पहिलाको जस्तै, २ प्रतिशतले नराम्रो र २ प्रतिशतले कुनै जवाफ नदिएको लम्साल बताउँछन्।

    उक्त सर्वेका क्रममा प्रतिनिधिसभाका सांसद मात्र नभई प्रदेश सांसदको पनि नाम थाहा नभएको जवाफ दिएका थिए। प्रदेश सांसदको कामबाट मतदाता सन्तुष्ट छैनन्। ७४ प्रतिशतले असन्तुष्टी जनाएका छन्। २२ प्रतिशतले मात्रै कामप्रति सन्तुष्ट भएको उल्लेख गर्दा ४ प्रतिशतले कुनै जवाफ दिएनन्।

    काठमाडौंका १, ४, ५ र ८मा स्वतन्त्र उम्मेदवारले आउँदो मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बन्ने घोषणा गरिसकेका छन्। राजनीतिक वितृष्णा बढ्दै गएकाले उम्मेदवारले वैकल्पिक अनुहार चाहेको सर्वेका क्रममा देखिएको छ। 

    मिडिया आउटलेट एजेन्सीले करिब २ हप्ताअघि उक्त क्षेत्रमा सर्वेक्षण गरेको थियो। सर्वेका क्रममा कुन कुन पार्टी मिलेर चुनाव लड्दा देशलाई फाइदा होला? भनेर पनि प्रश्न सोधिएको थियो। 

    तर, मतदाताले कुनै पार्टी मिल्न नहुने प्रतिक्रिया दिए। ८४ प्रतिशत मतदाताले कुनै पनि पार्टी मिल्न नहुने जवाफ दिए। ६ प्रतिशतले माओवादी र कांग्रेस मिल्दा र ७ प्रतिशतले एमाले र माओवादी मिल्दा देश बन्ने बताए। ३ प्रतिशतले भने कुनै पनि प्रतिक्रिया दिएनन्। 

    काठमाडौंका मतदातालाई आफ्नो क्षेत्रका सांसदको नामै थाहा नभएको पाइएको छ। ६२ प्रतिशतले सांसदको नाम थाहा नपाएको बताए। ३५ प्रतिशतले मात्रै सांसदको नाम थाहा भएको जवाफ दिए। ३ प्रतिशतले भने कुनै प्रतिक्रिया दिएनन्।
    मिडिया आउटलेटले प्रमुख तीन पार्टीका शीर्ष नेता को राम्रो (विश्वास) मान्नुहुन्छ भन्ने प्रश्नमा सर्वे गरेको थियो। 

    उक्त सर्भेक्षणमा एमालेका अध्यक्ष केपी शर्मा ओली अघि देखिएका छन्। ४६ प्रतिशतले ओलीलाई, २३ प्रतिशतले माओवादी अध्यक्ष पुष्कमल दाहाललाई र १५ प्रतिशतले कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वास गरेको मतदाताले बताए। १६ प्रतिशतले भने कुनै जवाफ दिएनन्। 
    मिडिया आउटलेटले ५ जना पूर्वप्रधानमन्त्रीमध्ये को राम्रो मान्नुहुन्छ ? प्रश्नमा सर्वे गरेको थियो। उक्त सर्वेक्षमा ओली अघि देखिएका छन्। दाहाल भन्दा डा. बाबुराम भट्टराई अगाडि देखिएका छन्। 

    ४१ प्रतिशतले ओली, १५ प्रतिशतले भट्टराई, १३ प्रतिशतले दाहाल र ८ प्रतिशतले शेरबहादुर देउवालाई रुचाएको सर्वक्षेणका क्रममा देखिएको निर्देशक लम्साल बताउँछन्। ५ पूर्व प्रधानमन्त्रीमध्ये कसैलाई नरुचाउने २० प्रतिशत छन्। 

    मिडिया आउटलेटले हाम्रो देश नबन्नुको मुख्य कारणमा पनि प्रतिक्रिया लिएको थियो। ७६ प्रतिशतले भ्रष्टाचारका कारण देश बन्न नसकेको जवाफ दिएका थिए। ६ प्रतिशतले महंगी, ७ प्रतिशतले बेरोजगार, ४ प्रतिशतले शिक्षा/स्वास्थ्य र ७ प्रतिशतले अन्य कारणले देश नबनेको जवाफ दिएका थिए। 

    काठमाडौं क्षेत्र नम्बर १ मा वडा नम्बर १०, ११, २९, ३१ र ३२ का मतदातालाई सोधेको थियो। त्यस्तै निर्वाचन क्षेत्र ४ मा वडा नम्बर १, ७, ८, ३०, क्षेत्र नम्बर ५ मा वडा नम्बर २,३,४, ५ र क्षेत्र नम्बर ८ मा वडा नम्बर १३, १५, १९, २०, २३, २४, २५ मा सर्वे गरेको थियो। 

    निर्देशक लम्सालले वडा कार्यालयमा आएका सेवाग्राहीसँग सोधेर सर्वे गरिएको बताए। मिडिया आउटलेटले स्थानीय तहको निर्वाचनका क्रममा भरतपुर महानगरपलिकाका उम्मेदवारका विषयमा मतदातासँग सर्वे गरेको थियो। 

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on ७५ प्रतिशतले पुराना सांसदलाई जिताउन चाहँदैनन् : सर्वे

    प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं शृङ्खला कार्यक्रम गर्दै ।

  • ८ भाद्र २०७९, बुधबार २०:२६ मा प्रकाशित
  • २४ अगस्ट २०२२! प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं श्रृंखला कार्यक्रम मिति: आगामी १० भदौ २०७९, अथार्त २६ अगष्ट २०२२ शुक्रबार बेलुकि साउदि सयम ४:४५ मा अनलाईन भर्चुअल जुम मार्फत गर्न लागेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।

    प्रवाशमा रहेका नेपाली श्रमिकहरमा कामको व्यस्तताले गर्दा आफ्नो स्वास्थ्यमा त्यति ध्यान नपुर्याउने हाम्रो शारीरिक तथा स्वास्थ्य बनावट अनुसार खानपानको कुरामा ध्यान नपुर्याउने भएकाले नेपाली श्रमिकहरुको स्वास्थ्यलाइ मध्यनजर गर्दै नाक, कान र घाँटी सम्बन्धित बिभिन्न प्रकारका समस्याहरुको उपचार, तथा रोकथामका उपायहरु सम्बन्धित यो शृङ्खलामा जानकारी दिइएने नेपालले बताउनुभयो।

    उक्त शृङ्खलाको कार्यक्रममा नाक, कान घाँटीको समस्या र उपचार बारे बि.पी. कोईराला मेमोरियल क्यान्सर हस्पिटल, भरतपुरका नाक, कान तथा घाँटी रोग बिशेषज्ञ डाक्टर सुभाष देवकोटाद्वारा परामर्शित गरिने भएको छ । उक्त कार्यक्रममा उपस्थित भई फाईदा लिनका लागि प्रवासी नेपाली समन्वय समिती “पिएनसीसी”ले सबै श्रमिकहरुलाइ अनुरोध गरेको छ ।

    बृस्तित जानकारीका लागि तलको पोस्टर हेर्नू होला ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on प्रवासी नेपाली समन्वय समिती पिएनसीसीले ” प्रवासीसँग डाक्टर” नामक कार्यक्रमको आठौं शृङ्खला कार्यक्रम गर्दै ।

    बैदेशिक रोजगारीका लागि दुबई गएका दाङका एक युवकको मृत्यु

  • ८ भाद्र २०७९, बुधबार १७:१३ मा प्रकाशित
  • बैदेशिक रोजगारीको शिलाशिलामा दुबई गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका वडा नं. १ कालितरा घर भई हाल शान्तिनगर – ६ तिलवारी बसोबास गर्दै आएका २४ वर्षीय जगत वली रहेका छन् । वली ५ महिना अघि बैदेशिक रोजगारीको शिलशिला दुबई गएका वली करिब १ महिना देखि परिवारसंग सम्पर्क विहिन भएका थिए ।

    वलीसंग कम्पनीमा काम गर्ने साथीहरुले भने भलिवल खेल्न गएको बेला कम्पनीबाट भागेको बताएका थिए । तर बेला बेलामा वलीको नम्बर र फेसबुक खुल्ने गरेपनि परिवारमा सम्पर्क नगरेको वलीको परिवारले बताएको छ । कम्पनीमा काम गर्ने साथी तथा अन्य व्यक्तिले वलीको हत्या गरेको हुन सक्ने परिवारले आशंका गरेको छ । वलीको घरमा श्रीमती र एक छोरी छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on बैदेशिक रोजगारीका लागि दुबई गएका दाङका एक युवकको मृत्यु

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P