• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

घोराही तुलसीपुर फोरलेन सडक बारे आज काठमाडौंमा छलफल।

  • १० माघ २०७९, मंगलवार ११:४७ मा प्रकाशित
  • उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज काठमाडौंमा फोरलेन सडकसम्बन्धी छलफल राखिएको छ ।

    फोरलेन सडक निर्माणमा पहल गरिरहनुभएका निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वलीभद्र रानाको पहलमा मन्त्री, आयोजना कार्यालयका प्रतिनिधि, ठेकेदारलगायतको उपस्थितिमा फोरलेन सडक निमार्णका विषयमा छलफल हुनेछ ।

    आधिकारिक प्रतिनिधि भइसकेपछि घोराहीमा कार्यालय समेत स्थापना गरेर सुनिलजंग रायमाझीले काम गर्न शुरु गर्नुभएको छ । वलीभद्र रानाले निर्माण व्यवसायी महासंघको पहलमा काम शुरु गर्न लागेको बताउँदै ठेक्का रद्द भएमा दङालीले झन दुःख पाउने भएकोले पहल गरेर यो काम गर्न लागेको बताउनुभयो । ‘ठेक्का तोड्दा पाँच वर्ष विजोग हुने अवस्था हुन्छ । त्यसकारण सकेसम्म यसलाई सम्पन्न गर्नुपर्छ भन्ने हेतुले मैले पहल गरेर काम शुरु गरेको हो’– उहाँले भन्नुभयो– ‘काम शुरु गर्न प्राविधिक कुरा हेर्नुपर्छ । बालुवा गिट्टी थुपारेर मात्रै काम हुँदैन । पुराना पेटी ठेकेदारको सबै क्लियर गराएर मात्रै काम हुन्छ ।

    त्यो भइरहेको छ ।’उहाँले पुराना ठेकेदारसँगको कारोबार मिलान गरेर नयाँढंगले काम शुरु हुने बताउनुभयो । ‘शुरुमा एकै चोटी २५ ठाउँबाट काम शुरु गर्ने इस्टिमेट भइसकेको छ, पाँच ठाउँ ग्राभेलको काम गर्ने र यस वर्ष असारसम्म बबईदेखि सर्रासम्म आधा पिच सक्ने अर्को आर्थिक वर्षको चैतसम्म सबै काम सक्ने गरी योजना बनेको छ’– उहाँले भन्नुभयो– ‘फोरलेन र टु लेनको सडकमा शुरुमा फोर लेन मात्रै काम गर्ने र बाँकी टु लेन पनि फोर लेन बनाउने गरी छ । हामीले बजेटको लागि पनि पहल गरिरहेका छौं । पैसा थप गर्न एक्जिम बैंक पनि तयार छ ।’

    Posted in Uncategorized, मुख्य खबर, राजनीतिLeave a Comment on घोराही तुलसीपुर फोरलेन सडक बारे आज काठमाडौंमा छलफल।

    झापामा एकै पासोमा दम्पतीको आत्महत्या

  • १० माघ २०७९, मंगलवार १०:५५ मा प्रकाशित
  • झापाको कचनकवल गाउँपालिकामा एउटै पासो लगाई युवायुवतीले झुन्डिएर आत्महत्या गरेका छन्।

    कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनाको खुट्टामुनिमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशीले आत्महत्या गरेका हुन्।

    उनीहरु माछा मार्ने नाइनलको जालको डोरी बनाई पासो लागेका हुन्। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकका अनुसार घटनास्थलमा प्रहरी टोली घटाइएको छ।

    गत वर्ष उनीहरुले भागी विवाह गरेका थिए। तर, युवतीका अभिभावकले छोरी नाबालिग भएको भन्दै आफ्नो घर फर्काएको प्रहरीले बताएको छ। दुवैजनाले झुन्डिएर आत्महत्या गरेपछि केटा र केटी पक्षबीच विवाद चलेको बताइएको छ।

    यसअघि गत साउनमा कचनकवल-५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए।

    Posted in मुख्य खबर, समाजLeave a Comment on झापामा एकै पासोमा दम्पतीको आत्महत्या

    साताका तीन लघुकथा

  • १० माघ २०७९, मंगलवार ०६:३६ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार बिष्णु उप्रेतीको ‘नातिको तर्क’, लघुकथाकार दिव्य गिरीको ‘मूल्य’ र लघुकथाकार अजित आचार्यको ‘व्यस्तता’ रहेका छन् ।

    १.
    लघुकथा: नातिको तर्क

    ✍️ बिष्णु उप्रेती
    “हजुर बा तपाईं त नामी ज्याेतिष, धेरै मान्छेकाे ग्रह दशाफल बताउनु हुन्छ । सबैले तपाईंलाई पत्याएका छन्; बिश्वास गर्छन् । लु अब भन्नू त ! हिजाे बिहानको जहाज दुर्घटना के कारणले भयाे ?” नित्यकर्म सकेर चिया पिउन थालेका हरिशंकरलाई नातिले प्रश्न गर्याे ।

    “ठिक प्रश्न गरिस् नाति तैँले । तँ अचेल अलि चलाख हुँदै गएकाे छस् । यस्ता शास्त्र सम्मत् कुराहरू सबैले जान्न जरुरी छ । अचेलका मानिसहरूले यी जाेतिषिय कुरामा विश्वास नगरेर धेरै दु:ख पाएका छन् । अब कुरा सुन् – हरेक महिनाकाे एक गते मृत्युवाण हुन्छ । याे शास्त्रमा स्पष्ट लेखेकाे छ । त्यस्मा पनि एक गते अष्टमी तिथि पर्याे भने त झन खतरा हुन्छ, क्रुर हुन्छ । फेरि उक्त दिन बिहान नौ बजेदेखि एघार बजेसम्म कालकाे मुख पश्चिम दिशामा थियाे। त्यसैले याे दुर्धटना पक्का थियोे ।”

    नातिले नियालेर हजुरबा काे अनुहार हेर्‍यो अनि साेध्याे- “अनि नि हजुर बा ! साँच्चै विश्वमा नाम चलेका राम्राे कम्पनीको हालसालै बनेकाे नयाँ जहाज त्यसबेला त्याे दिशामा उडाएको भएपनि याे दुर्घटना हुने नै थियाे त ?”

    २०७९/१०/०४
    बिर्तामोड झापा

    २.
    लघुकथाः मूल्य

    ✍️दिव्य गिरी
    दुई भाइ छोराहरूले नयाँ घर बनाउनु पर्‍यो भनेर रातदिन कराएपछि आमा बीस मुरी धान फल्ने खेत बेच्न बाध्य भइन् । आमालाई खेत बेच्दा लागेको पीर र पीडा छोराहरूले घर बनाएपछि भने केही कमी भयो ।
    दुवैजना छोराले आमालाई नयाँ घरमा लगे । आमालाई घरको निरीक्षण गराए । बैठककोठा, सयनकोठा, भान्छाकोठा, सानासाना नाति-नातिनाको निम्ति पढ्नेकोठा, पूजाकोठा, शौचालय आदि सबै राम्रा र चिटिक्क परेका थिए ।
    आमाले ती सबै हेरिसकेपछि सोधिन् – “बाबु हो, तिमीहरूले घर राम्रो बनाएछौ । कोठाहरू पनि ठूला र फराकिला रहछेन् । सबैको लागि कोठाहरूको व्यवस्था पनि गरेछौ । तर खोई त मेरो निम्ति कोठा ? मलाई त बिर्सेछौ ।”
    आमाको प्रश्न सुनेर दुवै दाजुभाइ एक-अर्काको अनुहार हेर्न थाले ।

    माघ ५, २०७९

    ३.
    लघुकथा: व्यस्तता

    ✍️अजित आचार्य
    हरिराम र रामहरी सँगै पढेका मिल्ने साथीहरू हुन् । सँगै लोकसेवा उत्तीर्ण गरेर जागिर खाए । सँगसँगै जस्तो सेवा निवृत्त पनि भए । सेवा निवृत्त जीवन रामहरीले बिराटनगरमा परिवारसँग बिताइरहेका थिए भने हरिराम आफ्नै पौरखले जोडेको बुटवलको घरबारीमा बस्थे ।

    उनीहरू बीच भेटघाट कम टेलीफोन वार्ता अलि ज्यादा हुने गर्थ्यो। पछिल्लो एक वर्षमा भने उनीहरूका बीचमा फोनवार्ता पनि कम हुँदै गएको थियो । एकदिन रामहरीले साथी हरिरामलाई फोन गरेर सोधे, -“मित्र ! आजभोलि केमा व्यस्त हुनुहुन्छ ? फोनमा कुरा नभएको पनि धेरै भयो । के कसरी समय चल्दैछ ?”

    हरिरामले फोनमा स्पष्टीकरण दिए, -“के गर्नु र ? खासै काम त केही छैन । फुर्सद जस्तै छ । तर बिहान उठेदेखि साँझसम्म यही फोनले व्यस्त बनाउँछ । यसो बिहान एकघण्टा जति एफएम सुन्छु । देश विदेशका खबर थाहा पाउँछु । त्यसपछि फेसबुक हेर्छु । दिनमा २०-२५ जनालाई फेसबुकमा जन्मदिनको शुभकामना दिन्छु । अरू ८-१० जना जतिलाई फेसबुकमा हार्दिक समवेदना लेख्नुपर्छ । १०-१५ जनालाई बधाई तथा सफल कार्यकालको शुभकामना लेख्नै पर्छ । ५-७ जनालाई वैवाहिक वर्षगाँठको शुभकामना लेख्यो, अरू १०-१२ जना जतिलाई शुभ यात्रा लेख्छु । कहिलेकाहीँ आँफूले पनि फेसबुकमा केही १-२ कुरा लेख्छु । त्यसमा लाईक कमेन्ट क-कसले गरे भन्दै हेर्‍यो । टिकटकमा मान्छेहरू नाचेको हेर्‍यो, बस्यो । यस्तै यस्तैमा व्यस्त भइन्छ । अरू केही कुरा गर्न भ्याईन्न।”

    हरिरामको लामो स्पष्टीकरण सुनेर रामहरीले पनि फोनबाटै भने, -“तपाईँ अहिले व्यस्त हुनुहुँदो रहेछ। पछि फुर्सदमा कुरा गरौँला है।“ यति भन्दै उनले फोन काटीदिए ।

    व्यास-९, कलेस्ती, तनहुँ ।
    २०७९ माघ २ गते

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    उदक यात्री हिमाल अम्मैका उत्कृष्ट उदकहरू

  • ९ माघ २०७९, सोमबार २२:०५ मा प्रकाशित
  • उदक यात्री हिमाल अम्मैका उत्कृष्ट उदकहरू –

    १.
    मौसम
    बदलिएको भ्रम
    यात्रा वैदेशिक श्रम !

    २.
    मन
    धमिलो पानी
    बनाउने अमिलो जिन्दगानी !

    ३.
    तुफान
    बचेराविहीन गुँड
    अस्ताउँदै डाँडापारिको घाम !

    ४.
    अनुहार
    फुटेको ऐना
    उसले दिएको उपहार !

    ५.
    जमाना
    खरका छाना
    हामी पाखाका भुसुना !

    • हिमाल अम्मै
      घोडाघोडी नगरपालिका-१०, पहलमानपुर, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री हिमाल अम्मैका उत्कृष्ट उदकहरू

    उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

  • ८ माघ २०७९, आईतवार ०७:०८ मा प्रकाशित
  • 🌺 केही उदकहरू 🌺
    —————– … ✍️ आर्त अकुलीन
    १
    मुसा
    फर्सीको स्वाद
    चौतर्फी मातेर उन्माद !

    २
    मष्तिस्क
    फर्सीका जराहरू
    सधैँ अस्तित्ववादी चिन्तन !

    ३
    सृष्टि
    सुख दुःख
    जीवन मृत्यु शाश्वत !

    ४
    सेती
    बाहिर सौम्य
    भित्र अश्रु सागर !

    ५
    उद्यान
    फलेको फूल
    चौतर्फी डुलेको भमरा !

    ६
    दरबार
    सुन्दर सपना
    सबैभन्दा ठुलो संस्कार !

    ७
    वियोग
    आँसुको धारा
    जीवन आँसुकै साहारा !

    ८
    धरती
    सबैको जन्मभूमि
    चौतर्फी आँसुको मुहान !

    ९
    बालबालिका
    भोलिका कर्णधार
    अथाह गरिबीको भारी !

    १०
    सुझाव
    सुन्दर उपदेश
    नपच्ने कुकुरलाई घिउ !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री आर्त अकुलीनका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८७ औँ भाग सम्पन्न

  • ७ माघ २०७९, शनिबार १९:१५ मा प्रकाशित
  • काठमाण्डौँ, माघ ७ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६४ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media
    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –

    [१]
    गरिब
    चाहेर हुन्न
    खुसीले कोहि रुन्न !
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, काभ्रे

    [२]
    बचपन
    गरिबीकाे पीडा
    अभावले भुमरीमा जीवन !
    ✍️ नारायणप्रसाद उपाध्याय, कैलाली

    [३]
    जीवन
    गरिबको घरमा
    अभाव छ अधरमा !
    ✍️ भुपेन्द्र राना मगर, धादिङ

    [४]
    दुःखदायी
    जीवन यात्रा
    गरीबी निवारण चपेटा !
    ✍️ जमुना कायस्थ, पोखरा

    [५]
    गरिबी
    अभाव झेल्दै
    फक्रँदैछ सुन्दर फूल !
    ✍️ ताराप्रसाद चापागाईँ, धुनिबेसी

    [६]
    निर्धन
    दु:खमै बित्ने
    गरिब सर्वहाराको जीवन !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा

    [७]
    गरिबी
    बालापनको व्यथा
    कमजोर आर्थिक अवस्था !
    ✍️ सरिता सेढाई

    [८]
    जाडो
    गरीबलाई गाह्रो
    धनीलाई अति प्यारो !
    ✍️ घनश्याम पौडेल, पोखरा

    [९]
    गरिबी
    फक्रिन नपाउँदै
    अभावै अभावको जिन्दगी !
    ✍️ धनमाया चौधरी, कैलाली

    [१०]
    खै
    के गर्नु
    भाेक फाटेर मेटिने !
    ✍️ राेशन पराजुली, धरान

    [११]
    तस्बिर
    गरेर कैद
    भाइरल बन्ने सोच !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा-६, संखुवासभा

    [१२]
    बालबालिका
    भोलिका कर्णधार
    अथाह गरिबीको भारी !
    ✍️ आर्त अकुलीन, कैलाली

    [१३]
    अभाव
    गरिबको पीडा
    बिचरा! चपेटामा बालबालिका !
    ✍️ सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नपा.-९, तम्घास , गुल्मी

    [१४]
    बालापन
    अनेकन दवाव
    गरिबी भित्र अभाव !
    ✍️ मिलन के.सी.( थापा), पोखरा

    [१५]
    बालापन
    फक्रने उमेर
    बाघ्यतामा बाँचेको जीवन !
    ✍️ इन्दिरा देवकोटा
        कपिलवस्तु न पा ३

    [१६]
    गरिबी
    संघर्षशील यात्रा
    जीवनको यथार्थ परिभाषा !
    ✍️ राजाराम रत्गैंया, अमौरा, कैलाली

    [१७]
    बालअधिकार
    पाउँछु खै
    कहाँ पुगेर मैले !
    ✍️ मङ्गला उपाध्याय

    [१८]
    बालक
    गरिबीको पराकाष्ठा
    अनुहारमा सजिलै देखिने !
    ✍️ सुशिला पौडेल, काठमाडौँ

    [१९]
    निर्धो
    जाडो छिर्दो
    बाल अधिकार पिर्दो !
    ✍️अच्युत घिमिरे, भुटान

    [२०]
    अभाव
    फाटेको नाना
    कसरी पुग्छ शिखरमा !
    ✍️ समुन्द्रा शर्मा, सुनसरी

    [२१]
    भारी
    झुत्रा कपडा
    नियाल्दै आफ्नै टारी !
    ✍️ हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [२२]
    बालिका
    सुन्दर कोपिला
    गरिबीको ज्वाला रापिला !
    ✍️ वसन्त अनुभव
           घोराही, दाङ

    [२३]
    जीवन
    भोगिरहेको अवस्था
    वास्तविक गरिबीको परिचय !
    ✍️ सविता के.सी., काठमाडौँ

    [२४]
    कमल
    जीवन अनमोल
    पहरामा हुर्कँदै पीपल !
    ✍️ रामप्रसाद पुरी, खोटाङ

    [२५]
    गरिबी
    आकाशको छानो
    छैन मुठ्ठी मानो !
    ✍️ टिकाराम पुन ‘टिपु’
    छत्रेश्वरी गाँउपालिका-२, सल्यान

    [२६]
    गरिब
    अभावको जिन्दगी
    फक्रिँदै गरेको फूल !
    ✍️ बुद्धिमान दनुवार, सुरुङ्गा-४, झापा

    [२७]
    सानी
    पौरखी नानी
    गरीबी छ जिन्दगानी !
    ✍️ चक्र शाही, कैलाली

    [२८]
    बालापन
    गरिबी जीवन
    हिनताबोध लुगामा झन् !
    ✍️ सरस्वती श्रेष्ठ, रूपन्देही, बुटवल

    [२९]
    बेहाल
    गरीबी दुर्दशा
    नासिन्छ सबै हर्ष !
    ✍️ शिव कुमार रेग्मी
       पोखराथोक,पाल्पा

    [३०]
    गरिबी
    बच्चाको पीडा
    मजदुरी गरेर गुजारा !
    ✍️ प्रदिप नेपाली
    बिहादी-५, उराम, पर्वत

    [३१]
    भोगाइ                                                             कारुणिक  अवस्था                                               अँगाल्ने अनेक विवशता !
    ✍️ जमुना आचार्य, सिन्धुपाल्चोक

    [३२]
    गरिबी
    कुन सृष्टि
    के होला अन्तर्दृष्टि ?
    ✍️ प्रेम थापा “मन”, बागलुङ

    [३३]
    छ
    नाङ्गो शरीर
    मनमा छैन पिर !
    ✍️ बालकृष्ण खनाल, कैलाली

    [३४]
    अभाव
    जीवनको नियती
    प्रकृतिको माथि भर !
    ✍️ गोपेन्द्र रिजाल, पाँचथर

    [३५]
    सास
    बाचुन्जेल आस
    गरिबको जिन्दगी लास !
    ✍️ सिङ्गर विशाल, बाँके

    [३६]
    गरिबी
    नलुक्ने छोपेर
    यथार्थ स्पष्ट झल्किने !
    ✍️ सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    [३७]
    दयनीय
    गरिबी अवस्था
    भोगेका हाम्रा बालबालिका !
    ✍️ खेमराज पुरी, कैलाली

    [३८]
    गरिबी
    अभावको बालापन
    बचाउन संघर्षशील जीवन !
    ✍️ सरस्वती वली, बर्दिया

    [३९]
    गरिबी
    भाेकमरीमा बाँच्ने
    बच्चा लाग्ने श्रममा !
    ✍️ श्रद्धा आचार्य, पोखरा

    [४०]
    परिस्थिति
    ईश्वरको वरदान
    सुख दु:ख आत्मियता !
    ✍️ चक्र आले मगर, कैलाली

    [४१]
    बालापन
    काँचो माटो
    सजाउने हातको कला !
    ✍️ राम न्यौपाने, कैलाली

    [४२]
    गरिबी
    कष्टकर जिन्दगी
    बचाइ राख्छ इज्जत !
    ✍️ पशुपति राई, खोटाङ

    [४३]
    अभाव
    टाल्दै सकिने
    कसरी मष्तिस्क फक्रिने !
    ✍️ रेनुका मरासिनी, अर्घाखाँची

    [४४]
    स्वदेश
    जन्ती मलामी
    मानवास्थाको चरित्र चित्रण !
    ✍️ कण्ठराज गिरी, टीकापुर, कैलाली

    [४५]
    गरिबी
    पेट पाल्न
    श्रम गर्नु बाध्यता !
    ✍️ उर्मिला के.सी., धनकुटा

    [४६]
    गरिबी
    चिसो धेरै
    कपडा नहुँदाको पिर !
    ✍️ तेजप्रसाद खनाल, दाङ

    [४७]
    दीनता
    दुखी मानवता
    गर्मी होस् जाडो !
    ✍️ म्यामराज राई, भोजपुर

    [४८]
    गरिब
    बालबालिका अबोध
    हुन्छ किन विभेद ?
    ✍️ दुर्गा भमरकोटे, काठमाडौँ

    [४९]
    गरिबी
    बालबालिकाको आर्तनाद
    दिएन परिस्थितिले साथ !
    ✍️ ऋजु दिल्पाली, सुनसरी

    [५०]
    गरिबी
    भन्दैन कसैलाई
    कलिला मुना बालिका !
    ✍️ धर्मी शाक्य, रुपन्देही

    [५१]
    अथाह
    गरिबीको पीडा
    भोग्न बाध्य बालबालिका !
    ✍️ गोपालप्रसाद पौड्याल, विराटनगर

    [५२]
    अभाव
    मधुर मुस्कान
    भोग्दै कठिन जीवन !
    ✍️ दुर्गा आचार्य, मोरङ

    [५३]
    जिन्दगी
    अभाव पीडा
    मुस्कान कठोर बाध्यता !
    ✍️ बाबूकाजी सुवसल ‘विकेश निराशी’, भक्तपुर

    [५४]
    बाध्यता
    अनेक थरी
    हाम्रै गाउघर वरिपरि !
    ✍️ बुद्धिप्रसाद लामिछाने, कैलाली

    [५५]
    गरिबी
    अभावै अभावमा
    अल्झेको  दु:खदायी जिन्दगी !
    ✍️ दुर्गा भट्टराई, मोरङ

    [५६]
    अभाव
    भाग्य खराब
    चल्ने जीवन धराप !
    ✍️ भवानी घिमिरे, सर्लाही

    [५७]
    तस्बिर
    आफै बाेल्ने
    गरिबीको स्पष्ट चित्र !
    ✍️ प्रद्युम्न चालिसे, भक्तपुर

    [५८]
    गरीबी
    जीवन साह्रो
    शरीर ढाक्न गाह्रो !
    ✍️ सुमित्रा पोखरेल, काठमाडौँ

    [५९]
    बीज
    असीमित सम्भावना
    सर्वजन हिताय सुखाय !
    ✍️ मोतिप्रसाद शर्मा

    [६०]
    गरिबी                                      
    भूमण्डलको शत्रु                               
    दया सहानुभूती अभाव !              
    ✍️ त्रिलोक रामदाम                            
    सिद्धार्थनगर-८, भैरहवा

    [६१]
    अभाव
    गरिबको पीडा
    बाहिर मिठो मुस्कान !
    ✍️ कविता आचार्य, कैलाली

    [६२]
    जीवन
    भोगिरहेको अवस्था
    वास्तविक गरिबीको परिचय !
    ✍️ सविता के.सी., काठमाडौँ

    [६३]
    चाहना
    नाङ्गो शरीरका
    हजारौँ  देखिएका सम्भावना !
    ✍️ कमला देवकोटा, पाल्पा

    [६४]
    गरिबी
    जाडोको मौसम
    खान लाउनको दुःख !             
    ✍️अम्बिका अधिकारी
    झापा, बिर्तामोड

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ८७ औँ भाग सम्पन्न

    पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग-११

  • ७ माघ २०७९, शनिबार १२:०५ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन पहिलो शृङ्खला भाग-११

    नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयर चन्द्रगढी अवतरण

  • ६ माघ २०७९, शुक्रबार १३:५८ मा प्रकाशित
  • काठमाडौँ । बाँकेको नेपालगन्जबाट काठमाडौँका लागि उडेको श्री एयरको विमान झापामा अवतरण भएको छ । काठमाडौँ विमानस्थलमा भिजिबिलिटी कम भएका कारण श्री एयरको ४४० विमानलाई झापा डाइभर्ट गरिएको थियो।

    भिजिबिलिटी क्लियर भएपछि ९ बजेर ४५ मिनेटमा सो विमान झापाबाट काठमाडौँका लागी । ७ बजे नेपालगन्जबाट उडेको श्री एयरको सो विमान ९ बजेर ६ मिनेटमा चन्द्रगढीविमानस्थलमा अवतरण गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपालगन्जबाट काठमाडौँ उडेको श्री एयर चन्द्रगढी अवतरण

    पञ्चाङ्ग चित्रपट भाग – २७

  • ६ माघ २०७९, शुक्रबार ०८:३२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- २७
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०७९/१०/०५ गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २७[सत्ताइसौँ]  चित्रपटमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल

    चित्र संकलन  धादिङबाट
    —————–
    सरिता सेढाई

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~

    चित्रपट पञ्चाङ्ग   [०१]

    खेतबारीमा काम गरे खान मिल्छ।
    हरिया फलफूल फुल्दा मान मिल्छ।
    मेहनतको फल मीठो हुन्छ भन्थे,
    कामदारलाई त यहाँ जान मिल्छ
    काम दिएमा हामीलाई सान मिल्छ।

    ✍️शिव कुमार रेग्मी, पोखराथोक पाल्पा ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०२]

    मेहनत  गर्यौ   भने सुन  फुल्छ यहाँ।
    जुनसुकै मौसममा अन्न झुल्छ यहाँ ।
    विदेशमा   हैन यहीँ   बसी काम गरौँ,
    कर्म गर्यौं भने भाग्य ऑफै खुल्छ यहाॅ।
    रातदिन जमिनमा मन  डुल्छ यहाँ।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०३]

    आफैँले उमारेको साग खानु लगाउनु पर्छ ।
    निर्यात सब्जीलाई प्रतिबन्ध लगाउनु पर्छ ।
    सरकारले  कृषिमा  क्षेत्रमा  नै राहत  दिनु, 
    विशेषकले   उत्पादकलाई   जगाउनु पर्छ ।
    उत्पादन  वृद्धि  गर्न  प्रविधि मगाउनु पर्छ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०४]

    आफ्नै गाउँ घर जानु राम्रो ।
    खरको सुन्दर छानु राम्रो ।
    लेक र बेँसीमा सुन फल्छ,
    खुसीले दिएको मानु राम्रो ।
    काम गरी आफ्नो खानु राम्रो ।

    ✍️आर्त अकुलीन, कैलाली ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०५]

    आफ्नाेलागि राम्रो पाटाे बनाउनुपर्छ ।
    पाटाेसम्म   पुग्न   बाटो  बनाउनुपर्छ ।
    जथाभावी हुर्याएर उम्रन्न कि बिउ ,
    उम्रन त याेग्य माटो  बनाउनुपर्छ ।
    आफ्नैसँग पनि फाटो बनाउनुपर्छ ।

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ………………………………………………

    पञ्चाङ्ग   [०६]

    कृषिमा दिल  बास बसेको जीवन।
    काममा काम खास बसेको जीवन।
    मेहनत    गरेर     अपुग    मासिने,
    श्रममा  दुःख  नास बसेको जीवन।
    खेतीपातीमा  सास बसेको जीवन।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [०७]

    आफ्नै खेतबारी श्रम गरे खान पुग्छ हेर।
    मलजल गरी खेती गरे खानपुग्छ हेर।
    किन जान्छौ विदेशमा सुन यहींँ छन् फलेका,
    किसान बनी जहान पाले खान पुग्छ हेर।
    आनन्दले परिवार पाली खान पुग्छ हेर।

    ✍️सरिता सेढाई, धादिङ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०८]

    उर्वर याे माटो छ ।
    जानकार बाटो छ ।
    फल्छ फसल राम्रो,
    आफ्नो गरा पाटाे छ ।
    घेरा यहाँ भाटाे छ।

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………………

    पञ्चाङ्ग   [०९]

    मात्रै जोते पुग्छ नि हाम्रो आफ्नै धरा छ।
    कतै  सम्म  टारी खेत त  कतै  गरा  छ।
    त्यसै  बाँझिएर  लडेको  धेरै  वर्ष  भो,                                  विदेशमा छन् पाखुरी जसको दरा छ।
    घरमा त बुढाबा आमा  मात्रै  बरा  छ।

    ✍️पशपति राई खोटाङ्ग।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    उर्वर छ माटाे सुन फल्छ यहाँ ।
    चाहिने त्याे कृषि चुन फल्छ यहाँ ।
    बगाए पसिना खाेस्रिएर धर्ती ,
    पग्लिएर माटाे नुन फल्छ यहाँ।
    सग्लिएर मन गुन फल्छ यहाँ।

    ✍️त्रिलाेचन भण्डारी, मेचीनगर झापा ।
    …………………………………………

    पञ्चाङ्ग   [११]

    फल्दैन  अन्न पुजेर ढूङ्गा।
    अांँउदैन पानी कराएर उडाई चङ्गा।
    पर्छ गर्न मेहनत खेतबारीमा ,
    पर्छ खन्न कुलो पानीलाई ।
    राख्नु धैर्य देश्को माया गर्ने बानीलाई ।

    ✍️लोकबहादुर क्षेत्री लामिछाने
    ………………………………………………

    पञ्चाङ्ग   [१२]

    परिश्रमले सुन फल्छ हाे ।
    कृषि गरेमा भान्सा चल्छ हाे।
    आफ्नाे पाैरख मिठाे कमाइ,
    सजिलैसङ्ग चुल्हाे बल्छ हाे।
    करेसाकाे साग नि गल्छ हाे।

    ✍️मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
    …………………………………………………

    पञ्चाङ्ग   [१३]

    मेहनत गरे यही माटोमा सुन फल्छ नी ।
    विदेशी भूमिमा कैयौँको देह जल्छ नी।
    अब विदेशमा हैन आफ्नै  पाटो खन है,
    बाउबाजेको त  छाक यसैमा चल्छ नी ।
    तिम्रो पनी यही माटोमा दियो बल्छ नी ।

    ✍️सुमित्रा पोखरेल, काठमाडौं ।
    ………………………………………………
              .
    चित्रपट पञ्चाङ्ग   [१४]

    विदेशमा गएर आफ्नो दुःख पीडा कसले सुन्छ  साथी।
    मेहनत पसिना बगाए आफ्नै देश हरियो हुन्छ साथी।
    बारीभरी फल सब्जी फलाई हराभरा बनाउ यही,
    हेर्ने  हाम्रो आँखाले पनि त्यही हरियो चीज चुन्छ साथी।
    आम्दानीको स्रोत बनाए  यही  पनि शिखर छुन्छ साथी।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    …………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१५]

    किसानले खाने खेल्ने माटो पाठशाला।
    पशु पन्छी हरियाली  साटो पाठशाला।
    देश  चल्छ पेट चल्छ, टर्छ  सारा  कष्ट ,
    मेहनती  किसानको  पाटो पाठशाला।
    समृद्धिमा छिटो पुग्ने बाटो पाठशाला।

    ✍️होम प्रसाद नेउपाने, धरान सुनसरी ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१६]

    पाटाबारी पानी मुहान फरफराउदाे माटाे राम्राे।
    यहीँ माटाेमा लगाऊ बाली विदेश जाने साटाे राम्राे।
    मलजल गाेडमेल मेहेनतले उब्जाउने हाेनी,
    ढुङ्गा  गिट्टी बालुवा मिलाई बनाए हुन्छ बाटाे राम्राे।
    त्यही बाटाेमा बाली ओसार्दा सजिलै फुक्छ गाँठाे राम्राे।

    ✍️धन कुमारी रेग्मी, चितवन ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [१७]

    आफ्नै माटाेमा पसिना बगाएर हेर।
    हरियाली फाँट बन्छ जगाएर हेर।
    नजाऊ परदेश  युवा  आफ्नै भूमिमा,
    खान पुग्छ आफ्नै माटो गलाएर हेर
    तिनी सुख्खा फाँटहरू भराएर हेर।

    ✍️शाेभा आचार्य गाैतम, काठमाडौँ ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [१८]

    परिश्रमी भए अन्न फल्छ हेर।
    आफ्नै पौरखले भान्सा जल्छ हेर।
    खानु सिधो पिठो कमाएर मीठो,
    कृषिले रुखो माटो त गल्छ हेर।
    जाने सबै घरमा कम्पोस्ट मल्छ हेर।

    ✍️दुर्गा आचार्य , मोरङ ।
    ………………………………………

    चित्रपट पञ्चाङ्ग   [१९]

    फल्छ हिरामोती यहाँ पृथ्वीको माटो, कर्मले हाल्ने सबै ।
    मेहेनतले  जीवनका  अभावलाई  पुग्छ   टाल्ने   सबै ।
    पसिना पोख यो भूमिमा खाँचो टर्छ पाल्छ चल्छ जीवन,
    उर्भर बनाई गर काम, मल, बिऊ,  श्रम  हाल्ने  सबै ।
    बाँझो पाटामा भर पौरखले रङ्ग यहीँ छ पाल्ने सबै ।

    ✍️रामप्रसाद पुरी बादेल खोटाङ।
    ………………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२०]

    अर्काको भारी बोक्नु भन्दा त आफ्नै खेतमा काम लिनु।
    दुःख सुख जे भए हात पसार्नु पर्दैन दाम लिनु।
    सम्मानको अर्थ ककस्ले बुझ्ने सधै हेप्ने गर्छन् यहाँ,
    माटो छोडेर जानू पर्दैन अर्काको देश नाम लिनु ।
    पसिना बगाऊ पाखुरी बजारी खान पुग्ने थाम लिनु।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२१]

    हरियो तराईको फाँट भए पछि।
    बन्दैछ हरा भरा आँट भए पछि।
    लोभ लाग्दो  देखिने रैछ पर बाट।
    किन नहोस् राम्रो ठाँट भए पछि ।
    जीवन धान्ने यही  छाँट भए पछि  ।

    ✍️सन्जना शर्मा, दाङ लमही ।
    …………………………………………

    चित्रपट पञ्चाङ्ग   [२२]

    जान हुन्न परदेशमा जीवन जलाउन पर्छ ।
    श्रम गरौँ यही माटोमा जन हिरा फलाउन पर्छ ।
    ताजा अनि शुद्ध खाउँ खुवाएर अरूलाई,
    स्वाभिमानी किसान बनेर श्रम गलाउन पर्छ।
    आम्दानीको दिगो श्रोत बन्छ धार चलाउन पर्छ ।

    ✍️इन्दिरा देवकोटा ,कपिलवस्तु  नपा ३।
    …………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२३]

    दु:ख गर्दामा आफ्नै खेतिबारीकोले खान पुग्छ ।
    बसोबासको थलो राम्रो    जन्मभूमी मान पुग्छ ।
    सानो ठूलो हुन्न परिश्रम हातमा हुनुपर्छ ,
    सेवामूलक धारणा नभएकोमा जान पुग्छ ।
    गुन्द्री मान्द्रो डोको डालो बुन्ने खालको तान पुग्छ ।

    ✍️जमुना आचार्य , सिन्धुपाल्चोक ।
    ……………………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२४]

    मिहेनतीले भोकभोकै मर्नु पर्दैन।
    गुलाम भै सातसमुन्द्र तर्नु पर्दैन।
    स्वतन्त्र भै स्वदेशमा नै बाँच्न सकिन्छ,
    माटो भए अरुको भर पर्नु पर्दैन।
    ती परचक्रीको चाकडी गर्नु पर्दैन ।

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२५]

    आफ्नै माटोमा श्रम गरौँ चलाउन जीवन ।
    जान हुन्न है अरूकोमा गलाउन जीवन ।
    आफ्नै देशमा कामगर्ने बानी बसाउनु छ,
    बारीको श्रमले पर्दैन जलाउन जीवन ।
    जान पर्दैन कतै हिरा फलाउन जीवन ।

    ✍️बेदु न्यौपाने , काठमाडौं ।
    ………………………………………………………

    चित्रपट पञ्चाङ्ग  [२६]

    हराभरा करेसाबारी भएर होला ।
    बारीभरी तरकारी लगाएर होला ।
    मानिसको धन मन अमूल्य छ तन,
    तन भरी मन भरी जगाएर होला ।
    घरको रौनक छाँट बगाएर होला ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके ।
    ……………………………………………

    चित्रपट पञ्चाङ्ग   [२७]
    [०१]
    मेलापातमै  गाउँ  घरमा  जानु छ।
    पाटी जत्रो सानाे सानाे मेरो छानु छ।
    दु:ख  गरे सुन फलाउन  सकिन्छ ,
    साँझ बिहानमा खाने थाेरै मानु छ।
    महिना  गरेर  आनन्दले  खानु  छ।
    [०२]
    दु:ख गरेमा त सुन फल्छ हजुर।
    मेहनतले जीवन  चल्छ हजुर।
    आफैंँले कमाएको नै खान राम्रो हाे,
    साँझ र बिहान  चुलाे  बल्छ हजुर।
    दु:ख गरे   गुजारा टहल्छ हजुर।
    [०३]
    सधैंँभरि पिर बरै।
    नझुकाेस शिर बरै।
    जिन्दगी यस्तै रहेछ,
    अग्लाे तारै भिर बरै।
    दुई खाेली तिर बरै।
    [०४]
    पराइकाे थर प्याराे माया।
    जन्मिएको घर प्याराे माया।
    दु:ख  सुख  यस्तै नै  रहेछ,
    तिजमा त्याे दर प्याराे माया।
    बाआमाकाे भर प्याराे माया।

    ✍️सहयात्री शाेभा अर्याल,रुपन्देही  बुटवल ।
    …………………………………………………

    चित्रपट पञ्चाङ्ग   [२८]

    उब्जिन्छ अन्न सिँचाइ बारीमा हुन्छ ।
    जोताई   गरेसी  राम्रो टारीमा हुन्छ ।
    के  हुन्न  पसिना  बगाए  किसानले,
    विकासको बाटो सधैँ नारीमा हुन्छ ।
    धेरै उब्जनी अँगालो  भारीमा हुन्छ ।

    ✍️सुरेशकुमार पान्डे, घोराही १८ दाङ्ग ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग – २७

    ‘फूलहरू हतियार उठाऊ’ – कविता

  • ६ माघ २०७९, शुक्रबार ०६:२० मा प्रकाशित
  • - देवकी के.सी.

    अबेला नगर फूलहरू
    हतियार उठाउन
    आफ्नै अस्तित्वको खातिर
    तिम्रा अस्तित्त्व लुटेर भमराहरू
    निर्धक्क नाचिरहेछन्
    यो मुलुकको
    प्रजातन्त्र
    लोकतन्त्र
    र गणतन्त्रको
    कानुनले
    बलत्कारी भमराहरूलाई छोएन
    बरु
    समाजमा बहिस्कार भए
    कुमारी आमा बनेका फूलहरू
    के प्रजातन्त्र
    भमराहरूको मात्र हो ?
    के लोकतन्त्र
    भमराहरूको मात्र हो ?
    के गणतन्त्र
    भमराहरुको मात्र हो ?
    के फूलहरु अनागरिक हुन् ?
    किन बिर्सिए भमराहरूले ?
    माटो जोगाउन
    रणमैदानमा उत्रिएका
    गर्भवती फूलहरूको गाथा
    पितृसत्तात्मक जराले जेलिएका
    उन्मत्त भमराका मस्तिष्कहरू
    निरिह नठान फूलहरूलाई
    फूलहरू
    धैर्यवान भएका हुन्
    हिजो माटो जोगाउन
    रगत बगाउने फूलहरू
    युद्धमैदानमा
    उत्रिएका छन् आज
    आफ्नै अस्तित्त्व जोगाउन
    सङ्कल्प गरेका छन् फूलहरूले
    कठघरामा
    बन्दी नभएसम्म
    युद्धविराम नगर्ने !!!???

    • देवकी के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘फूलहरू हतियार उठाऊ’ – कविता

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P