साताको तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बीचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (३० औँ) शृङ्खलाका लागि लघुकथाकार गोपालप्रसाद थपलियाको लघुकथा ‘झिँगा’, लघुकथाकार समीर पाख्रीनको लघुकथा ‘अबको कदम’ र लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘योगदान’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा : झिँगा
✍️ गोपाल प्रसाद थपलिया “हजुर जस्तो मान्छे किन चुपचाप बस्नु भो शिव दाइ ?” जीवनले सोधे। “त्याग र वलिदान हरायो। क्रान्तिकारी मूल्य र मान्यता हरायो । कसरी पैसा कमाउने र चुनाव कसरी जित्ने र मोज गर्ने योजना बाहेक भित्र अरू कुरा केही हुँदैन । बाहिर जनताको सेवा गर्ने भाषण गरेपनि भित्र त कमिसनको लागि बार्गेनिङ चल्छ ।” शिवले भने।
“ठूलाठूला भनिएका मान्छेहरू त देशको विकास र जनताकै कुरा मात्र गर्छन् । तर सही काम केही गर्दैनन् । यसो भन्नु चाहिँ उनीहरूको बाध्यता हो । उनीहरू बच्नु छ नि ।” जीवनले भने । “जीवनजी ! तपाई पनि निःस्वार्थ रूपले सामाजिक सेवामा लागेको व्यक्ति, विदुर पनि तपाईसँगै सामाजिक सेवामा लागेको व्यक्ति । आज ऊ कति धनी भयो र तपाई किन धनी बन्नु भएन ? मेरो कुरा यहीनेर हो ।”
“मैले के भन्नुपर्छ र ? मलाई पनि उहाँलाई पनि सबैले देखेकै छ, भोगेकै छ । म आफ्नो उद्देश्य के हो त्यही अनुसार काम गर्छु । मेरो व्यक्तिगत उहाँसँग लिनु दिनु केही छैन । अब सबै कुरा जनताले फैसला गर्ने कुरा हो यो, शिव दाइ ।” “कुरा त ठीकै हो । तर जनता पनि दुई भागमा विभाजित छन् । स्वार्थी र निस्वार्थी । यो कुराले धेरै समस्या ल्याएको छ, जीवनजी ।”
“शिव दाइ ! हामीले मात्र बुझेर नहुने रहेछ । हामीले त अलिअलि बुझेकै छौ । तर सबैले बुझेको रहेनछ । नबुझेको हो कि बुझेर बुझ पचाएको हो ? त्यो थाहा हुन पनि त पर्खनु सिवाय अरू केही छैन ।” “मैले त के बुझेको छु भने जीवनजी ! कमिसनको चक्करमा परेकाहरू आफू पनि राम्रो काम गर्दैनन् र अरूले गरेको असल काम पनि सहँदैनन् ! सबै ठाउँका इमानदारहरूको विरोध गर्छन्, यिनीहरू ।”
“शिव दाइ ! आफू सोझो उभिएपछि छायाँ बाङ्गो भएर हामीलाई कसैले केही गर्न सक्तैन । समाजको सकारात्मक परिवर्तन हाम्रो उद्देश्य हो ।” “तपाईको कुरामा मेरो कुनै आपत्ति नै छैन । तर मैले देखेको गम्भिर समस्या भनेको हामीसंँग शुद्ध मह छ । विदेशबाट यिनीहरू झिँगा मगाउँछन् ।” २०८०/०२/ २५ गते जेठ बिहीबार, दिनको २ बजे काठमाडौँ।
२) लघुकथा : अबको कदम
✍️ समीर पाख्रिन पारिजात कक्षमा पुरस्कार वितरण कार्यक्रमको भव्य तयारी थियो । प्रसिद्ध लेखक, साहित्यकारहरूको गरिमामय उपस्थितिले कार्यक्रमको शोभा ह्वात्तै बढेको थियो । प्रमुख अतिथिको रूपमा शिक्षा तथा संस्कृति मन्त्रीको आगमन लगत्तै कार्यक्रमले गति लियो ।
केही क्षणको औपचारिकतापछि पुरस्कार वितरण कार्यक्रम अघि बढ्यो । लगातार तीनवटा बेग्लाबेग्लै साहित्य विधाका लेखकहरूको नाम उद्घोष भयो । पहिलो र दोश्रो पुरष्कृत स्रष्टाहरूले क्रमश: पचास, पचास हजार राशिको पुरस्कार र सम्मान पत्र ग्रहण गरे । तर तेश्रो पुरस्कृत स्रष्टा भने मञ्चमा भौतिक रूपमा उपस्थित भएनन् । उनको पत्र लिएर एकजना मञ्चमा पुग्यो र सञ्चालकलाई पत्र थमायो । पत्रमा लेखिएको थियो- “मेरो पुरस्कार राशि पचास हजार रूपैयाँ प्रेक्ष्यालयमा उपस्थित कवि तथा निबन्धकार श्री विपन्न जिज्ञासुलाई उनको आर्थिक अभावका कारण अहिलेसम्म प्रकाशित हुन नसकेको निबन्ध सङ्ग्रह ‘आँसुको बाढी’ प्रकाशनार्थ प्रदान गरेको छु ।”
सञ्चालकले पत्र जस्ताको तस्तै पढेर सुनाए र विपन्न जिज्ञासुलाई मञ्चमा आमन्त्रण गरे । उद्घोष सुनेर दङ्गदास उनी मञ्चमा उभिन पुगे । नभन्दै उक्त पुरस्कार राशि प्रमुख अतिथिज्यूले निज जिज्ञासुको हातमा थमाउँदै भने “हामी वर्षेनि लाखौ रूपैयाँको पुरस्कार वितरण गर्छौँ । जुन पुरस्कार जानेमानेका हातमा पर्दै आएका छन् । तर विपन्न जिज्ञासु जस्ता सीमान्तकृत स्रष्टाहरू कृति प्रकाशनबाट वञ्चित रहेछन् । यसैले म यही मञ्चबाट कृति प्रकाशन कोष स्थापनार्थ आयोजक संस्थालाई अनुरोध गर्दै पच्चीस लाख राशिको अक्षय कोष गठनार्थ रकमान्तर गर्ने घोषणा गर्दछु ।” तालीको गडगडाहटले सभाहल लामो समयसम्म गुञ्जयमान भइरह्यो । २०८०/२/२४
३) लघुकथा : योगदान
✍️ प्रभादेवी पौडेल “हाकिम साहेब ! मेरो पनि उमेदवारी दर्ता गर्नुहोस् । सधैँ बुढो गोरुले ठाउँ ओगटे झैँ कुर्सी ओगट्ने ?” रातोदिन उनै नेताको झोला बोकेर हिँडेको चक्रेले हिम्मत गर्यो यसपालि । यो सुनेर दुवैका सामु उल्टै निर्वाचन कार्यालयका हाकिमले प्रश्न गरे,-“कस्तो कुरा गर्नुहुन्छ तपाईं ? ल भन्नुहोस् आजसम्म पार्टीको लागि के के काम गर्नुभयो ? र कतिपटक जेल जानुभयो ? “
“मसँग केहीवर्ष सँगै हिँड्दाको अनुभव छ, र यसैको आधारमा बनाएको नयाँ भिजन र मिशन छ ।” “यसपालि त गरिदिन्छु भनेकै थिएँ । मात लागेछ । बरु धरौटीनै जफत होला नि ?” “भए होस् ! जनता पनि अब चुप लागेर बस्दैनन् ।”
जसरी हुन्छ, कार्यकर्ताले पनि मासुभातको ज्याला त तिर्नै पर्यो। तै चुप मै चुप, पुरानै नेता सत्तामा पुगे । चक्रेले हारे पनि मनलाई शान्ति गरायो। प्रतिनिधि सभाको पहिलो बैठक चलिरहेको बेला एकजना व्यक्ति आएर जरुरी काम छ भनी नेतालाई बाहिर बोलायो । उनले जङ्गिँदै सोधे,- “म बैठकमा छु, भन्ने थाहा छैन ?”
“हो त्यही थाहा भएर त बोलाएको। डराउनु पर्दैन । पुरानो केस होइन । अर्को नयाँ केस आएको छ । उनीहरूले त झन् प्रमाणसहित हजुरले ज्यान मारेको मुद्धा दायर गरेका छन्।” भरतपुर ९ , चितवन २०८० / ०२ / २४
२५ जेठ, काठमाडौं । अब साउदी अरबमा वैदेशिक रोजगारीको भिसाका लागि जाने नेपाली श्रमिकले सरकारबाट प्रमाणित शैक्षिक योग्यताको प्रमाणपत्र बुझाउनुपर्ने भएको छ । नेपालस्थित साउदी दूतावासले १२ जुनदेखि भिसा प्रक्रियाका लागि परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण (एटेस्टेसन) भएको शैक्षिक योग्यताको प्रमाणपत्र पेश गर्न निर्देशन दिएको हो ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेलका अनुसार यो व्यवस्थाले एसईई वा सोही तहका अन्य शैक्षिक कोर्सभन्दा कम योग्यता भएका श्रमिकले साउदीको भिसाका लागि आवेदन नै दिन नपाउने अवस्था बन्नेछ । यसले एसईई वा सो सरह उत्तीर्ण नभए पनि साउदी जाने तयारीमा रहेका श्रमिकहरु अन्योलमा परेका छन् ।
‘एसईई वा एसएलसीभन्दा तलका कक्षामा उत्तीर्ण भएको विद्यालयको शैक्षिक प्रमाणपत्र प्रमाणीकरण गर्न कुनै सरकारी नियका छैनन्, उनीहरुसँग त्यसको आधिकारिकर एकीकृत रेकर्ड हुँदैन,’ उनले भने,‘परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले कागजात प्रमाणीकरण गर्न सम्बन्धित विषयको सरकारी कार्यालयले गरेको प्रमाणीकरण माग्छ, यस्तो अवस्थामा एसएलसीभन्दा कम पढेकाहरुको प्रमाणपत्र नै प्रमाणीकरण हुन सक्दैन ।’
उनका अनुसार अब एसएलसी उत्तीर्ण नगरेकहरुले साउदी समेत जान नपाउने र एसईई वा त्यसभन्दा माथिको तह उत्तीर्ण गरेकाहरुले पनि प्रमाणपत्र प्रमाणीकरण गर्न राष्ट्रिय परीक्षा बोर्ड वा विश्वविद्यालयहरुमा धाउनुपर्नेछ । त्यसपछि सो कागजातका आधारमा फेरि कन्सुलर सेवा विभागमा लाइन बस्न जानुपर्नेछ ।
वैदेशिक रोजगार व्यवसायी संघले यस विषयमा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी को ध्यानाकर्षण नै गराएको छ । ज्ञापनपत्र बुझाउँदै संघले कामदारको भिषा प्रक्रियामा अनावश्यक रुपमा शैक्षिक योग्यताको प्रमाणपत्र माग गरेर सो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तरगत कन्सुलर सेवा बिभागबाट प्रमाणित गरी पुनः साउदी दुतावसबाट प्रमाणीकरण गर्नु पर्ने अनिवार्य अव्यवहारिक, कानुन र प्रचलन विपरीत लागु गर्न लागि परेको आरोप लगाएको छ ।
‘नेपालबाट साउदी अरब लगायत खाडीका देशहरु तथा मलेसियामा जाने कामदार प्रायः अदक्ष कामदार जाने भएको हुदा अन्य मुलुकहरुमा शैक्षिक प्रमाणपत्रको आवश्यक नहुने र सो काममा उनीहरुको पुर्ख्यौली पेशा पनि भएको हुँदा काम गर्न सिप र क्षमता भएको तर, आधिकारिक शैक्षिक योग्यताका प्रमाणपत्र नहुने कारणले गर्दा रोजगारीबाट बञ्चित हुन जाने तवरबाट भएको दूतावासको उक्त काम कारवाही रोक्न कुटनीतिक पहल मार्फत सो प्रावधान खारेज गरी पूर्ववत व्यवस्था गर्न माग गर्छौं,’ संघले भनेको छ ।
वैदेशिक रोजगार व्यवसायी संद्दका अध्यक्ष राजेन्द्र भण्डारी प्रमाणीकरणको नाममा श्रमिकलाई काठमाडौं बसालेर यहाँ दौडधुप समेत गराउँ वैदेशिक रोजगारीमा जाँदा लाग्ने लागत बढाउने गरी साउदीको घोषणा आएको बताउँछन् । यसले श्रमिकलाई पिरोल्ने र सिपयुक्त श्रमिकले पनि वैदेशिक रोजगारीको अवसर नपाउने अवस्था आएकाले सरकारले तुरुन्तै यो व्यवस्था खारेज गर्न पहल लिनुपर्ने भण्डारीले बताए ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४६ [छयालिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/२३ गते समय :- साँझ ८ बजे ।
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:-
✍️रहर थियो नि गायक बन्ने बनिएन के गर्नु [०१] ✍️खै गएर भन्नु पर्थ्यो रे सोर्स भनिएन के गर्नु [०३]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
💢जानिएन जमाना अनुसारको चल्न अझै पनि [०३]
माथिको शेरलाई सम्बोधन गरी परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️खन्नु पर्ने थियो हिँड्ने गोरेटो खनिएन के गर्नु [०४] ✍️नजान्दा कलाकारको नाममा गनिएन के गर्नु [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ । …………………………………………………………
उदाहरण पञ्चाङ्ग
✍️रहर थियो नि गायक बन्ने बनिएन के गर्नु [०१] ✍️खै गएर भन्नु पर्थ्यो रे सोर्स भनिएन के गर्नु [०३] 💢जानिएन जमाना अनुसारको चल्न अझै पनि [०३] ✍️खन्नु पर्ने थियो हिँड्ने गोरेटो खनिएन के गर्नु [०४] ✍️नजान्दा कलाकारको नाममा गनिएन के गर्नु [०५]
✍️दुर्गा रिजाल आचार्य, मोरङ । ………………………………………………………………
पञ्चाङ्ग [०१] [०१] रहर थियो नि गायक बन्ने बनिएन के गर्नु ? खै गएर भन्नु पर्थ्यो रे सोर्स भनिएन के गर्नु ? जानिएन जमाना अनुसारको चल्न अझै पनि, खन्नु पर्ने थियो हिँड्ने गोरेटो खनिएन के गर्नु ? नजान्दा कलाकारको नाममा गनिएन के गर्नु ? ०२] कुकर्मदेखि सधैँ डराउनुपर्छ नत्र स्वर्ग जाने बाटो पाइदैन। मर्त्य लोकमा सुकर्म गर्न गाह्रो छैन माथि धनको पाटो पाइदैन । यहाँ बाचुन्जेल तिमीले छानीछानी वकिल र न्यायाधीश राख्छौं होला, पछिफेरि जानेबेला इश्वरको अदालतमा छान्ने माटो पाइदैन। यही बनाऊ कर्मको घर त्यहाँ घर बार्न बासको भाटो पाइदैन।
✍️दुर्गा रिजाल आचार्य , मोरङ । ………………………………………………………
पञ्चाङ्ग [०२]
सेतो बादल वर्सिदैन । खाँटी मादल चर्किदैन। सुन भनेको सुन नै हो, असल मान्छे तर्किदैन । कसैसित ऊ झर्किदैन।
✍️देवी पन्थी , बिराटनगर । …………………………
पञ्चाङ्ग [०३] [०१] सबैको मनमा फुली दिए राम्रो । अर्काको भएमा हुली दिए राम्रो । वचनमा पक्का हुन बोल्नू सत्य , आफ्नो हैन भने भुली दिए राम्रो । विश्वास सदैव चुली दिए राम्रो । [०२] माया गर्छु भन्नेले कुरा फेर्छौ किन ? छोडेर जाने भएपछि हेर्छौ किन ? कस्तो बेला आयो मनमा छैन दया , कुराको डोरीले मलाई बेर्छौ किन? समाज जोडेर मलाई घेर्छौ किन ?
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ……………………………………………………
पञ्चाङ्ग [०४] [०२] पढाइ लेखाइ छैन हजुर कामै के गर्नु र। खेती गरे आउँदैन हजुर दामै के गर्नु र। पैसो बिना बाच्नुँ कठिन अहिलेको जमानामा, खोल्दा भित्र खाली हुन्छ हजुर खामै के गर्नु र। नमेटिने लागेको छ हजुर डामै के गर्नु र । [०२] दुष्ट अनि फटाहाको जित हुनुपर्छ यहाँ। जाली अनि दुर्जनको हित हुनुपर्छ यहाँ। बाच्नँ गार्हो असल र इमान्दारी जनलाई, साँचो बोल्दा दुनियाँको गीत हुनुपर्छ यहाँ। आफ्नो बाटो हिँड्न भयभित हुनुपर्छ यहाँ ।
राेपेपछि एक दिन राम्रोसँग फल्छ यहाँ । उन्नतिकाे पथमा लम्कने भए बल्छ यहाँ । समयकाे पर्खाइमा रम्न नसकेमा पनि, सबैकाे आँखाकै ताराे हुँदा छिटै ढल्छ यहाँ । उमेरैमा जीवन व्यर्थ भएमा गल्छ यहाँ ।
✍️प्रविणा पल्लवी, महाेत्तरी । …………………………………………………
पञ्चाङ्ग [०६]
खाल्डोमा पस्न खोज्नेलाई पस्न दिनुपर्छ। भुईंमा खस्न खोज्नेलाई खस्न दिनुपर्छ । जीवन स्वतन्त्र छ, कानुन अरुले बनाको, विषले डस्न खोज्नेलाई डस्न दिनुपर्छ । खरानी घस्न खोज्नेलाई घस्न दिनुपर्छ।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹 …………………………………………………………
पञ्चाङ्ग [०७]
बाटोमा बस्ती छ। धुलोमा मस्ती छ । बाँच्नु छ यसरी, दुखमा सास्ती छ । खानामा नास्ती छ ।
✍️धनमाया चौधरी, कैलाली। ……………………………………………………
पञ्चाङ्ग [०८] [०१] ईश्वरकाे दुई हात जाेडेर आए। साहित्य बाटोका बाधा ताेडेर आए। साहित्य लेख्ने ईच्छा तिब्र भएकैले, हिँड्ने बाटोका ती घुम्ती माेडेर आए। अनेक ईच्छा, आकांक्षा छाेडेर आए । [०२] गलत बाटो हिँड्न डराउनु पर्छ सधैँ। नकारात्मक साेच हराउनु पर्छ सधैँ। अध्यात्म कर्मले तनमन शुद्ध गर्दछ, मनमा शान्ति धुन भराउनु पर्छ सधैँ। राम्रो कामकाे हामी सराउनु पर्छ सधैँ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ……………………………………………
पञ्चाङ्ग [०९]
माता अनि पितालाई दुई हात जोडेर आऊ। पुराना बाचा बन्धनहरू सबै तोडेर आऊ। भेट हुने दोबाटोमा कुरेर बसेकी छु आज, दु:ख सुखका ति कैयौं घुम्तिहरू मोडेर आऊ। चाहिँदैन हिरा मोती केही सबै छोडेर आऊ ।
प्यारो माइती घर नि छोडेर आएँ। बारीका बोट बिरुवा गोडर आएँ। जन्मघर कसलाई लाग्दैन प्यारो, ब्रह्मचारी बस्ने इच्छा तोडेर आएँ। अकस्मात मैले बाटो मोडेर आएँ।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ………………………………………………
पञ्चाङ्ग [११]
फटाहा अनि दुष्टहरूको जित गरेका छन् । भ्रष्ट अनि दुर्जनहरू नजिक सरेका छन् । सोझा साझा बाँच्नलाई त हुने भयो कठिन, सत्यतथ्य पछि पार्दै झुट अघि परेका छन् । प्रमाण खोज्दा भ्रष्टहरू चै खुबै डरेका छन् ।
पञ्चाङ्ग [१२] [०१] दुःख सुख सधैँ सधैँ मानवीय तनलाई हुन्छ । हर्ष र खुसी साेच विचार गर्ने मनलाई हुन्छ । घामपानी वर्षा हिउँद भइरहने प्रक्रियामा , सबैभन्दा बढी प्रभाव गरिब जनलाई हुन्छ । जीवन विताउने आ-आफ्नो पनलाई हुन्छ । [०२] धर्तीमा परेको शीत सुकाउन रवि हुन्छ अरे । यज्ञमा चामल घिउ मिसाएकाे हवि हुन्छ अरे । अक्षरबाट बिकृति विसंगतिलाई काट्न यहाँ , हरेक कुना कन्दरा पस्ने उही कवि हुन्छ अरे । साधना जमाए जीवनमा राम्रो छवि हुन्छ अरे ।
✍️भवानी घिमिरे , सर्लाही । ……………………………………………………
पञ्चाङ्ग [१३]
बुबा अनि आमालाई हँसाउने सपना बोकेको थिएँ। दु:ख पिंडालाई मन भित्र-भित्रै आफैले छोपेको थिएँ। अचम्म!यहाँ त बुबा सपना पनि किन्नु पर्दोरहेछ, संघर्ष गर्दा इच्छा पुरा हुनेछ भन्ने नै सोचेको थिएँ। कहाँ छ त त्यो सुखको आभास त्यही मैले खोजेको थिएँ।
✍️दस्ता कौशिक,पाँचथर। …………………………………………………………………
पञ्चाङ्ग [१४]
हिजोआज महङ्गीको सिस्नुले पोलेको छ। आँसुले रगत पसिना पीडा घोलेको छ। बाँच्नु भन्नू मात्र छ,मरेको तुल्य भएर, बँच्ने आधार एउटै मकैको खोलेको छ। सरकार भित्र हालिमुहाली झोलेको छ।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी । …………………………………………………………………
पञ्चाङ्ग [१५]
दुःख लाग्छ गद्धार राष्ट्रका नाति लेण्डुप दोर्जे देख्दा। अन्तरघाती दुष्टत: तिते पाती लेण्डुप दोर्जे देख्दा। छाती फुलाइ बाती बाल्दै कुदेका छन् सारा देशद्रोही , नेता चोर चाण्डाल भाँती नजाती लेण्डुप दोर्जे देख्दा। लम्पसारवादी दलालका ताँती लेण्डुप दोर्जे देख्दा ।
✍️बिबस पारदर्शी, झापा । ……………………………………………………………
पञ्चाङ्ग [१६]
लेख्दैछु सोचेर माता पिताको नाम राखेर। यिनै सन्तानको निम्ति हातमा काम राखेर। हुर्कायौ बडायौ पढायौ ठूलो मान्छे बनायौं, बृद्ध बाआमा छोडिदिए पैसा दाम राखेर। बृद्धाआश्राम् जान्छन् र दान गर्छन् राम राखेर।
✍️कमला पाण्डे पराजुली, झापा। ……………………………………………………
पञ्चाङ्ग [१७]
अर्ना भैॅसी उपहार लिई आएका। कालापानी लिपुलेक दिई आएका। नेपालको जम्बो टोली गई भारत, दूधघिऊ मजासँग पिई आएका। नफाटेको टालो उल्टै सिई आएका।
✍️घनश्याम पौडेल, पोखरा । ……………………………………………
पञ्चाङ्ग [१८]
हामी देश बनाउन लाग्नु पर्छ। दुष्टलाई भगाउन जाग्नु पर्छ। नेपाल भएर नै हामी छौं यहाँ, व्यबहारहिन देखि भाग्नु पर्छ। हाम्रो हक अधिकार माग्नु पर्छ।
✍️सुशीला पौडेल । …………………………………………
पञ्चाङ्ग [१९]
आजभन्दा भोलि मानेको छ। किन होला यस्तो ठानेको छ। रिसाउँदै भन्दै थियो उस्ले, पत्थर छोपेर हानेको छ। उर्जाशील शक्ति जानेको छ।
✍️डिल्ली राज घिमिरे, अर्घाखाँची । ……………………………………………
पञ्चाङ्ग [२०]
भाग्यको लेखा शिरमा हुन्छ रे । कर्मको बाटो भिरमा हुन्छ रे । भाग्य र कर्मको निर्देशनमा , मान्छे असाध्यै पीरमा हुन्छ रे। जिब्रोको ध्यान खिरमा हुन्छ रे ।
✍️प्रभा पोखरेल, हाल अमेरिकाबाट । ………………………………………………
पञ्चाङ्ग [२१]
कसैलाई जिउ गर्दा अाफू गिर्नुपर्छ भने । दयाकाे त्याे भिख माग्दै झाेली भिर्नुपर्छ भने । टाढैबाट नमस्कार गरेकै पाे राम्राे हाेला , आफ्नै आत्म सम्मान नै बेची तिर्नुपर्छ भने। वचनले कमलाे याे मुटु चिर्नुपर्छ भने ।
✍️चन्द्रावती अधिकारी, दुरा दाँडा २ लमजुङ हाल कोहलपुर बाँके । ………………………………………………………
पञ्चाङ्ग [२२]
हाम्रा बाउले धेरै राम्रो काम पो गरे हजुर । लैनो भैंसी दिएर रागो पो ल्याए अरे हजुर। गोठभरी नै राँगैराँगा के गर्या होला नि यस्तो, गोठाला गर्ने दाजु चैं विदेशमै मरे हजुर। आखिरमा घाँस काट्ने भाइ एक्लै परे हजुर।
✍️पशपती राई, खोटाङ । ……………………………………………………
पञ्चाङ्ग [२३]
एलाच्छन्दः(१५।८१७२),”रेखा” इत्यस्या नामान्तरम् लक्षण:सजना नयौ शरदशयतिरियमेला । गण: स ज न न य सङ्केत :।।ऽ ।ऽ। ।।। ।।। ।ऽऽ वर्ण:१५, यति: ५ अक्षरमा । रचना: राजेन्द्रकुमार बज्राचार्य
हरेक क्षण तिमीसँगै हुन पाए हुन्थ्याे। मनका व्यथा सँगसँगै धुन पाए हुन्थ्यो। मन परेकाे मान्छे आफ्नै सामु भइदिए , दुख बाँडी एकापसमा रुन पाए हुन्थ्यो । आँसु अनि हाँसाेेले सँगै छुन पाए हुन्थ्यो।
✍️उर्मिला के.शी., धनकुटा । ………………………………………………
पञ्चाङ्ग [२७] [०१] कुरा गर्न साँझपख भरे आउन। निहुँ तिहुँ सानो काम परे आउन। खाई पिई यतै बास बस्नु पर्छ है , त्यहाँ आफ्नो सबै काम टरे आउन। माथ्लाघरे अन्तरे र नरे आउन । [०२] डरलाग्दी छिन् सासु घर मरे जाँदिन। माईतै दुःख भोग्छु जे जे परे जाँदिन । गरीखानै गाह्रो भयो मलाई साह्रो भो, बटुलेर राखुन् या छरुन् छरे जाँदिन । त्यहीँ बसुन् शहर सरुन् सरे जाँदिन । [०३] बुढा पात सबै झरे हामी बाँकी छौँ। कोही नेतागिरी गरे हामी बाँकी छौँ। बोल्नै सकिएन हाम्रो पिठै बिकेन , धेरै साथी अघि सरे हामी बाँकी छौँ। सबै साथी पारी तरे हामी बाँकी छौँ। [०४] खोला तरेपछि मात्र साथी सम्झियो। धोक्रो भरेपछि मात्र साथी सम्झियो। विश्वासिलो साथी ठान्नु व्यर्थ रहेछ, आफ्नो टरेपछि मात्र साथी सम्झियो। गाह्रो परेपछि मात्र साथी सम्झियो । [०५] गुन कहिले देखिन्छ ? मान्छे मरेपछि। मान्छे पर भाग्छन् आफ्नो खाँचो टरेपछि। सत्य धर्म र संस्कृतिको ख्याल राख्नु है , कस्ले राम्रो भन्छ चारैतिर सरेपछि। मानसम्मान हराउँछ गल्ति गरेपछि ।
साउदी अरब ! गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबले आफ्नो नवौं राष्ट्रिय महाधिवेशन आगामी जुलाइ २८ तारिख, २०२३ शुक्रबारका दिन गर्ने कुरा आफ्नो फेसबुक पेजबाट महाधिवेशन सम्बन्धि सार्बजनिक सूचना जारी गर्दै जानकारी गराएको छ ।
संघका अध्यक्ष डमर यादवको अध्यक्षमा गत २ जुन, २०२३ शुक्रबार सम्पन्न राष्ट्रिय परिषद्को ९औं पूर्ण बैठकले राष्ट्रिय महाधिवेशन मार्फत आगामी कार्यकाल २०२३-२५ का लागि नयाँ कार्यसमिति चयन गर्नका लागि उक्त महाधिवेशन गर्ने निर्णय गरेको कुरा महासचिव उमेश भट्टराई ले जानकारी दिए । महासचिव भट्टराईका अनुसार एनसिसी साउदीले आफ्ना मातहतका क्षेत्रीय र स्थानीय समितीहरु चयन भैसकेको र अनुमोदन पनि गरिसकेको जानकारी दिदैं अन्तराष्ट्रिय समन्वय परिषद्वारा गत १८ अप्रिल, २०२१ मा पारित राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ अनुसार आगामी जुलाइ २०२३ भित्र सबै राष्ट्रिय समन्वय परिषदहरूले अधिवशेन सम्पन्न गरिसक्नु पर्नेछ । महासचिव भट्टराईले जानकारी अनुसार “परिषद्को ९औं पूर्ण बैठकले निर्वाचन निर्देशिका एवम् नियमावली २०२१ सर्वसमितमा पारिद गर्दै ९औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न ३ सदस्यिय राष्ट्रिय महाधिवशन निर्बाचन समिति र ३ सदस्यिय निर्बाचन अनुगमन समिति गठन गरेको छ । राजेन्द्र (जोन) अर्यालको संयोजकत्वमा गठित राष्ट्रिय महाधिवेशन निर्बाचन समितिमा आइसिसि सदस्य तेज बहादुर थापा सहित एक जना पछि थपने भएको छ । त्यसैगरि आइसिसि महिला उपाध्यक्ष यास्मिन बेगम संयोजक रहने गरि लामो समय साउदि अरबमा कर्मक्षेत्र बनाइ बिभिन्न सामाजिक संघ संस्थाहरूमा आवद्ध समजिक अभियान्ता ओम घले, बिरेन्द्र कुमार चौधरी सम्मेलित निर्बाचन अनुगमन समिति गठन भएको छ । निर्वाचन समितिले राष्ट्रिय महाधिवेशन निर्वाचन निर्देशिका नियमावली २०२३, एनसीसी साउदि अरबको बिधि बिधान, आइसिसिको बिधान र आइसिसिद्वारा निर्दिष्ठ राष्ट्रिय महाधिवेशन सञ्चलन नियमावली २०२१ लाइ आधार मानि आफ्नो कार्यभार पूरा गर्ने छ । यसैगरि अधिवेशलाई सफलताको साथ सम्पन्न गर्न परिषद्को ९औं पूर्णले विभिन्न समितिहरु गठन गरि जिम्मेवारी र कार्यभार बाडफाड गरेको छ । गत आठौं महाधिवेशनमा गठित बिधान संसोधन सिमितले यसपटक पनि निरन्तरता पाएको छ, श्रीमति यास्मिन बेगमको संयोजकत्वमा एनसिसि साउदि अरबका संरक्षक मण्डलका सदस्य ओम घले तथा बिरेन्द्र कुमार चौधरी बिधान संशोधन समितिमा रहनु भएको छ । यसैगरि ९औं अधिवेशनलाइ ऐतेहासिक रूपमा सम्पन्न गर्न राष्ट्रिय समन्वय परिषदका मौजुदा बरिष्ठ उपाध्यक्ष तथा उपाध्यक्षहरूलाइ, महासचिव तथा प्रबक्ता बिभिन्न समितिहरूको संयोजकको रूपमा जिम्मेवारी सुम्पिएको छ ।”
महाधिवेशन साउदी अरबको राजधानी रियादमा हुने कुरा पनि जनाएको छ ।
काठमाडौं : भारतको उत्तर प्रदेशको बहराइच जिल्लामा नवविवाहित जोडीको सुहागरातको दिनमा नै मृत्यु भएको छ।
विवाहको पहिलो रात नै दुलहा र दुलहीलाई हृदयघात भएको थियो। दुबैको शव हनिमुनको ओछ्यानमा लडिरहेको अवस्थामा फेला परेको बहराइज प्रहरीले जनाएको हिन्दुस्तान टाइम्सले उल्लेख गरेको छ।
गत मे ३० मा २४ वर्षीय प्रताप यादवको २२ वर्षीया पुष्पा यादवसँग विवाह भएको थियो। मे ३१ गते बेलुका बेहुला लिएर घर फर्किए। विवाहपछिका सबै संस्कार पूरा गरी सोही रात दुवै कोठामा सुत्न गए। भोलिपल्ट बिहान दुवै हनिमुनको ओछ्यानमा मृत फेला परेका थिए।
उनीहरुको मृत्युको कारण पत्ता लगाउन फरेन्सिक विशेषज्ञहरूको टोलीलाई कोठाको जाँच गर्न बोलाइएको थियो। कैसरगञ्ज प्रहरी स्टेशनका इन्स्पेक्टर राजनाथ सिंहले उनीहरुको हृदयघातबाट मृत्यु भएको जनाएका छन्।
काठमाडौं । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न आउने मुस्लिम समुदायको पहिलो समुह बिहिवार साउदी अरब आईपुगेको छ।
यस वर्षको हजका लागि बिहिबार साउदी अरेवियाको जेद्दा आइपुगेको नेपाली हजयात्रीहरूको २६८ जनाको पहिलो समूहलाई राजदूत नवराज सुवेदी तथा नेपाली महाबाणिज्यदूतावास, जेद्दाका कार्यवाहक महाबाणिज्यदूत शत्रुध्वन पोखरेलले जेद्दा विमानस्थलमा स्वागत गरेका थिए ।
मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुबिधा छ।
विभिन्न समूह गरी २४ गतेसम्ममा यस वर्षका झण्डै एक हजार एक सय ८० हजयात्री साउदी अरेबिया पुग्ने गृहमन्त्रालयले जनाएको छ ।
उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन्। नेपालमा मुस्लिमको जनसङ्ख्या १२ लाखको हाराहारीमा रहेको जनाइएको छ ।
परासी : नवलपरासीको रामग्राम नगरपालिका–१४ पर्सावलकी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन्।
आफ्ना भारतीय साथीको सहयोगमा हशिवुन निशाले आफ्ना २९ वर्षीय श्रीमान् अब्दुल नसिम खाँको बिहीबार राति हत्या भएको प्रहरीले जनाएको छ।
मोबाइलको डाटा केबलले घाँटी कसेर हत्या गरिएका खाँको शव प्रहरीले भोलिपल्ट बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए।
हत्या गर्न सहयोग गर्ने भारतनीय नागरिक र हशिवुन भारतमा सँगै पढेका साथी रहेको प्रहरीले जनाएको छ। उनीहरू विगत दुई वर्षदेखि सम्पर्कमा रहेका थिए। आफ्ना क्रियाकलापका बारेमा श्रीमानले थाहा पाएपछि हशिवुनले हत्याको योजना बनाएको अनुसन्धानमा खुलेको डीएसपी पाण्डेले बताए।
हत्यापछि दुवै जना मिलेर शवलाई नजिकै रहेको छिमेकीको खेतमा पुरेका थिए। माटोले आधा पुरेको अवस्थामा रहेको शवलाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हत्यापछि हशिवुनले आफ्ना श्रीमान बिहीबार रातिदेखि हराएको भन्दै खोजीका लागि प्रहरी चौकी बैरागनाथमा निवेदन दिएकी थिइन्।
दुई जना छोरा रहेका उनको परिवारमा घरायसी झगडा हुने गरेको थियो। आफूलाई बारम्बार घरेलु हिंसा गर्ने, बालबच्चाको हेरचाह नगर्ने भएकाले साथीलाई बोलाएर हत्या गरेको प्रहरी समक्ष उनले बयान दिएकी छन्।
हत्यामा संलग्न भारतीय नागरिकको नाम प्रहरीले खुलाएको छैन। फरार रहेका उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। हत्या आरोपमा उनीहरूमाथि कर्तव्य ज्यानमा मुद्दा अगाडि बढाइएको डीएसपी पाण्डेले जानकारी दिए।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४५ [पैँतालिसौ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/१० गते समय :- साँझ ८ बजे ।
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
💢प्रकृति हाे हर्ने भर्ने मानव निमित्त [०३]
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️सारा राज्य उही गर्छ झुट बाबु भन्दै [०४] ✍️सत्य कर्म गर नहाेस् लुट बाबु भन्दै [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ । …………………………………………………………
उदाहरण पञ्चाङ्ग
✍️बिहानीले निम्तो दियो खुट बाबु भन्दै [०१] ✍️चराहरू बिउझिए जुट बाबु भन्दै [०२] 💢प्रकृति हाे हर्ने भर्ने मानव निमित्त [०३] ✍️सारा राज्य उही गर्छ झुट बाबु भन्दै [०४] ✍️सत्य कर्म गर नहाेस् लुट बाबु भन्दै [०५]
✍️भवानी घिमिरे, सर्लाही । …………………………………………………………
पञ्चाङ्ग [०१]
मानव, आशामा बाँच्दछ यहाँ वितेका सम्झना साँच्दछ यहाँ मानव नै सर्वश्रेष्ठ प्राणी हाे जीवन धुनमा नाँच्दछ यहाँ परिस्थितिले नि जाँच्दछ यहाँ ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ……………………………………………
पञ्चाङ्ग [०२]
दिन रात ध्यान खानामा हुँदा पैसा खर्च नयाँ नानामा हुँदा अभावले डेरा जमाएकै छ बुझेको दर्शन पानामा हुँदा झस्किन्छु दिलको थानामा हुँदा ।
✍️प्रभा पोखरेल, हाल अमेरिकाबाट । …………………………………………
पञ्चाङ्ग [०३] [०१] भ्रष्टाचार गर्नेको मन कुटुकुटु खान सक्दैन जनता सापेक्षका काम सुटुसुटु जान सक्दैन जरो गडेको छ अब त बेथितिलाई अन्त गरौँ उदाएका नक्षेत्रलाई गुटुमुटु लान सक्दैन जनताको खुन पिउँदै घुटुघुटु धान: सक्दैन । [०२] आँखामा पानी हुँदासम्म माया गर्छु देशलाई हृदयले नै धुँदासम्म माया गर्छु देशलाई देशलाई माया गर्ने युवाहरू खाडी मुलुकमा पीडै पीडाले रुँदासम्म माया गर्छु देशलाई खुट्टाले माटो छुँदासम्म माया गर्छु देशलाई ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा। हाल बर्दिया । ………………………………………………………
पञ्चाङ्ग [०४] [०१] बिना गल्तीनै दोषी बनायौ तिमीले मलाई नै पराई जनायौ तिमीले शब्द भएको भए भन्थे मैले हेर गयौ आगोमा घिउ खनायौ तिमीले दुखमाँ खुसीयाली मनायौ तिमीले। [०२] मेरो मन मन्दिर ढलायौ ठिकै छ बिना आगो कसरी जलायौ ठिकै छ धेरै समय कुरेकै हो मैले पनि हिँडदा हिँड्दै छुरा चलायौ ठिकै छ बेमौसमको मुना पलायौ ठिकै छ।
✍️सञ्जना शर्मा, दाङ,लमही लुम्बिनी प्रदेश, नेपाल। ………………………………………………………………
पञ्चाङ्ग [०५]
घाडोतन्त्र फालेमा शान्ती पाईन्छ हामीले सारा जात-जाति मिलेरै खाईन्छ हामीले चार जात छत्तीस वर्णको फुलबारी हो सबै मात्रृभाषामा गीत गाईन्छ हामीले विकृति खत्म भए पौधा लाईन्छ हामीले।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा । ………………………………………………
पञ्चाङ्ग [०६]]
आज र भाेली भन्दै टार्ने धेरै छन् यताकाे कुरा उता सार्ने धेरै छन् अपमानित गरेर समाजमा आँखाबाट नै तल झार्ने धेरै छन् मुखले मात्र ठिक्क पार्ने धेरै छन्।
✍️सुशीला पौडेल । …………………………………………
पञ्चाङ्ग [०७] [०१] बिहानीले निम्तो दियो खुट बाबु भन्दै चराहरू बिउझिए जुट बाबु भन्दै प्रकृति हाे हर्ने भर्ने मानव निमित्त सारा राज्य उही गर्छ झुट बाबु भन्दै सत्य कर्म गर नहाेस् लुट बाबु भन्दै । [०२] बिहानीकाे पहिलो प्रहर स्नान गरी वरी यहाँ । नित्य कर्म पूजापाठ सफेद त्यो वस्त्र धरी यहाँ । आफ्नो धर्म छाेडेका छैनन् यहाँ घाम अनि जूनले , हिँडेका देखिन्छन् नित्य दिन सारा ज्याेति छरी यहाँ । सेवा गर्न तल्लीन उस्तै शीत रातमा झरी यहाँ ।
✍️भवानी घिमिरे, सर्लाही । ……………………………………………………
पञ्चाङ्ग [०८] [०१] आन्दोलन गरेर हुन्न सिधै फाँसी देउ फाँसी दिएको दिन हेरी सबै हाँसी देउ भ्रष्टचारी बढार्नु पर्छ अब सबै मिली घाटमा लान यिनलाइ हरियो बांसी देउ केही नलागे भित्तामा किलाले टाँसी देउ । [०२] देशमा शान्ति ल्याउन यहाँ आन्दोलन गर्नु परेको छ नेपाल आमाका सन्तान लडाँई गर्दै मर्नु परेको छ दुबोसरी मौलाउँदै छ यहाँ भ्रष्टाचारको जालो पाटीपाटी सदनमै खिचातानी गर्छन् पर्नु परेको छ भ्रष्टाचारी उम्कने बाटो खोज्दै सिमाना तर्नु परेको छ । [०३] विकासको मुल फुटाऔं अब देशवासी सबै जुटाऔं अब के हेर्नु देश कङ्गाल बनाको देश लुट्नबाट छुटाऔं अब लुटेरा हाँडीमा भुटाऔं अब ।
✍️सरिता सेढाइ, धादिङ । ……………………………………………
पञ्चाङ्ग [०९]
अब पापीहरूको नाश हुनु नै छ सही त्यो सत्यताको खास हुनु नै छ यो अत्याचार छोड ए ! मनुष्यहरू यिनै पापीहरूको लाश हुनु नै छ यहाँ अब धर्मको बास हुनु नै छ।
✍️बेदु न्यौपाने, काठमाडौ 🙏। ……………………………………………………
पञ्चाङ्ग [१०]
भ्रष्टाचार विरुद्धमा उठ सर्जक अब बहिराेलाई सुनाउन जुट सर्जक अब धमिराेले बढाउँदै छ हामी पुर्ने देवल लाठी अनि मुङ्ग्राे लिई कुट सर्जक अब देश खाने कीरालाई भुट सर्जक अब ।
✍️चन्द्रावती अधिकारी, लमजुङ दुराडाँडा २, हाल कोहलपुर बाँके । ………………………………………………………………
पञ्चाङ्ग [११]
सुन काण्ड गर्ने मानव भेटिए संसदमै रहेछन् उजागर गर्छु भन्दैमा मेटिए संसदमै रहेछन् यहाँ कुनवेला देशलाई बिक्री गर्नेछन् दलालले बचाउनेलाई बाटोमा रेटिए संसदमै रहेछन् साधु र चोर पनि यहाँ फेटिए संसदमै रहेछन्।
✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ । …………………………………………………………
पञ्चाङ्ग [१२]
यति धेरै मिहिनेत राम्रो काममा लगाएको भए मतिभ्रष्ट बुद्धि दिमागबाट टाढै भगाएको भए तिमीलाई तीन करोड जनताले सलाम गर्नेथ्यो देश निर्माण गर्नलाई युवा शक्ति जगाएको भए आफैं नै अघिअघि सरेर पसिना बगाएको भए।
✍️पशपती राई, खोटाङ । ………………………………………………………
पञ्चाङ्ग [१३]
जिन्दगी एक खेल रहेछ कसैको लागि झेल रहेछ बाँचुन्जेल रमाएर बसौं भन्न खोज्दा त भेल रहेछ दुःखीको लागि नेल रहेछ।
✍️ह्यारिस, काठमाडौं । ……………………………………
पञ्चाङ्ग [१४]
जिउमा रगत हुँदासम्म काम गर्छु देशमा अप्ठ्यारो कामले छुदासम्म काम गर्छु देशमा समस्या भएपछि बिदेश नै जान्छन् युवाहरू पीडै -पिडाले रुदासम्म काम गर्छु देशमा झरेको आँसुले धुदासम्म काम गर्छु देशमा
मनमा उनकै मीठा बात परेपछि दिनमा भन्दा झन् गाह्रो रात परेपछि कतिन्जेल दुई किनारा हुनुपर्ला खै खुसी हुँला दोभानको मात परेपछि तिम्रो स्युँदोमाथि मेरो हात परेपछि ।
✍️श्रीकृष्ण शर्मा पोखरा, हाल घान्द्रुक । …………………………………………………
पञ्चाङ्ग [१६]
लाग्ने त विष,खाएकै होला नि देखिने राम्रो ,लाएकै होला नि आरोप भए, सत्य सत्य बोल असल कर्म,धाएकै होला नि मानव बन्न,चाहेकै होला नि।
✍️होम प्रसाद नेउपाने, धरान,सुनसरी । ………………………………………………
पञ्चाङ्ग [१७]
बर्षा यामको च्याउझै उम्रेकाछन् दल नेपालमा भएको राजतन्त्र फाल्दा के आयो फल नेपालमा यहाँ काम बन्नलाई कसैको झण्डा बोक्नु पर्ने रे त्यसैले नेताकै चल्ती शक्ति अनि बल नेपालमा देख्नु पर्छ यहीँ जात्रा बाधेकाछन् हल नेपालमा ।
✍️दुर्गा रिजाल आचार्य , मोरङ । ………………………………………………………
पञ्चाङ्ग [१८]
फूलमा विष फलेको छ भित्र बाहिर जलेको छ भोगेर पीडा जिन्दगी यो खै कसरी हो चलेको छ भएको आस्था ढलेको छ ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………………………
पञ्चाङ्ग [१९]
रहर सारा बनाई बिटो जलाई दियौ नि हेरेको हेर्यै यो देह मेरो गलाई दियौ नि सोचेको पनि थिइन मैले यो होला भनेर भनेर यौटा गराई अर्कै छलाई दियौ नि चुसेर रस बॅचेको छोक्रा मलाइ दियौ नि।
✍️घनश्याम पौडेल, पोखरा । ………………………………………………
पञ्चाङ्ग [२०]
यि भुइँ आँशुले लिप्दैछ जिन्दगी बन्द कोठरीमा बित्दैछ जिन्दगी ऐन चैन चिनेर लाग्दोरहेछ यि आँखाले फोटो खिच्दैछ जिन्दगी मनमा रहर खिल्दैछ जिन्दगी।
✍️धनमाया चौधरी, कैलाली । ………………………………………
पञ्चाङ्ग [२१]
मेरा तीन पञ्चाङ्गहरू छन्द: वृत्त (७।२४ पिङ्गल)ग्लिति वृत्तम् । गण: र ज र ज र ज गु गु सङ्केत :ऽ।ऽ ।ऽ। ऽ।ऽ ।ऽ। ऽ।ऽ ।ऽ। ऽ ऽ वर्ण:२०, यति:८ अक्षरमा । [०१] ध्वान्त रात खुल्छ आज, बिम्ब हेर सूर्यको समान साथ क्लान्त हात गल्छ आज, लम्ब धर्छ भूमिमा जमान साथ घोर पाप गिर्छ एक, साथ जन्म भूमिमा गरी अलाप हुन्न राज चेत साथ, मर्छ श्रापमा परी अमान साथ सार्थ हुन्न फर्क आज, कर्म क्षेत्रमा धरी रमान साथ । [०२] एक जिन्दगी छ जन्म, देश काल राख ख्याल मित्र आज मर्नु पर्छ हेर एक, मात्र लानु के छ पुण्य चित्र आज ज्ञान, दान ध्यान, शील, मात्र भाव पूर्ण त्यो हियार भित्र जिन्दगी सदैव हुन्छ, दुःख सारको हियो पवित्र आज मित्रता अनेक हुन्छ, मित्र भावना सदैव भित्र आज । [०३] दुःखको घडी छ आज, साथ लाग्नु छैन दैव ! मित्र कोही जिन्दगी छ दुःख आज,माथ साथ छैन है विचित्र कोही मात्र लाग्छ धेर दुःख, साथसाथ हेर आज शत्रु खोज्दै स्वार्थ मात्र पूर्ण गर्छ, आफ्नु जात भाइ बन्धु भित्र कोही छैन हेर पात्र भित्र,आफ्नु साथ मित्रता पवित्र कोही ।
✍️राजेन्द्रकुमार बज्राचार्य , ललितपुर । …………………………………………………………………
पञ्चाङ्ग [२२]
जनता छल्न सतीले श्रापेको देश भनेर लुट्छन् पाइलो पाइलो अप्ठेरो पर्ने खाल्टो खनेर लुट्छन् भ्रष्टाचारी दलाल ठगहरूको कमि छैन कतै नजानिदो पाराले खुसामदी गर्दै कनेर लुट्छन् घुस मागदै गोप्य बनेर रुपैयाँ गनेर लुट्छन् ।
✍️बिबस पारदर्शी , झापा । …………………………………………………………
पञ्चाङ्ग [२३]
देशमा भ्रष्टाचारले सिमा चाँगेको छ यहाँ पक्राउ देखेर भ्रष्टाचारी भागेको छ यहीँ ईज्जत् इमान भन्ने नै नभए पछि नेतामा अत्यचार गर्नमा नै मन जागेको छ यहाँ बिदेशीसँग पैसाको भिख मागेको छ यहाँ ।
✍️दुर्गा भट्टराई , मोरङ । …………………………………………………
पञ्चाङ्ग [२४]
मनभित्र तिमीलाई नै सजाएको थिएँ हराएपछि खोज्न पनि लगाएको थिएँ कतै पनि तिम्रो टुङ्गो नभएपछि मैले सधैँ मन पिरै-पिरमा जलाएको थिएँ जिन्दगी नै पागलको झैँ गलाएको थिएँ।
✍️दस्ता कौशिक, पाँचथर । ……………………………………………
पञ्चाङ्ग [२५]
पुर्खाको धनले सराप्नेछ उनैको मनले सराप्नेछ फर्की आऊ खन अब पाखा पारीको बनले सराप्नेछ तिम्रै धड्कनले सराप्नेछ ।
✍️सुमित्रा पोखरेल, काठमाडौं । …………………………………………
पञ्चाङ्ग [२६]
आँखाको नानी हुन् हाम्री आमा मायाकी खानी हुन् हाम्रीआमा सन्तानको लागि सधैँ सधैँ मनको रानी हुन् हाम्री आमा मूलको पानी हुन् हाम्री आमा।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ………………………………………
पञ्चाङ्ग [२७]
भित्री कालो कर्तुत बोकी जलायौ मलाई साथ दिन्छु भनेर आज छलायौ मलाई यता मख्ख उता ठिक्क दुइ जिब्रो जस्तै भो अचम्मको माया तिमीले लगायौ मलाई तिम्रो मायाले आज पनि गलायौ मलाई ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
टुक्का साहित्य समाज, नेपालको आयोजनामा टुक्का कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । वाचन कार्यक्रम शुक्रबार अपरान्ह ६ बजेदेखि भर्चुअल रूपमा सञ्चालन भएको थियोे ।
वरिष्ठ टुक्काकार एवम् छन्द प्रशिक्षक रामशरण न्यौपानेको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको अध्यक्षता भने समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले गर्नुभएको थियोे ।
कार्यक्रमको समापन मन्तव्य दिदै कार्यक्रमका अध्यक्ष एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले वाचन कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो । साथै प्रत्येक महिनाको तेश्रो शुक्रबार हुने भर्चुअल रचना कार्यक्रममा जोडिनका लागि सम्पूर्ण टुक्काकारहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा रामशरण न्यौपाने, वसन्त अनुभव, चूडा निर्भीक, सुरेशकुमार पान्डे, होमप्रसाद नेउपाने, बेदु न्यौपाने, शोभा गौतम, जमुना आचार्य, रामप्रसाद पुरी लगायतले आ-आफ्ना टुक्का कविता वाचन गर्नुभएको थियो । कार्यक्रमको सन्चालन टुक्का साहित्य समाजका महासचिव चूडा नीर्भिकले गर्नुभएको थियो ।