• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: बिज्ञान/प्रविधि

मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

  • २ श्रावण २०७९, सोमबार ११:३५ मा प्रकाशित
  • सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो ।
    आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन आउँछ । सरकारले वैशाख महिनादेखि नै महँगा स्मार्टफोन आयातमा रोक लगाएको थियो । जुन, भदौ १४ गतेसम्मका लागि थप गरेको हो ।
    गत आर्थिक वर्ष २०७८/७९ को जेठ महिनासम्मको अवधिमा नेपालले विदेशबाट ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको स्मार्टफोन आयात गरेको छ । यसअवधिमा ५५ लाख ८६ हजार सेट स्मार्टफोन भित्रिएको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on मोबाइल आयातमा झनै कडाई, ३८ हजारभन्दा बढी मूल्यको ल्याउन नमिल्ने

    बहुदरमाई नगरपालिका -७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम शुरू ।

  • ६ असार २०७९, सोमबार ०१:०४ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज,

    पर्साको बहुदरमाई नगरपालिका वाड नं.-०७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम संचालन गरिएको वडा नं ०७ का वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवले जनकारी गराएको छन।

    अस्थायी वाड कार्यालय छपकैया टोलमा सो तालिम संचालन गरिएको छ।

    बहुदरमाई नगरपालिकामा अधिकांस नगरबासी कृषक भएकाले मेरो वडा नम्बर- ७ को महिलाहरुलाई पाँच दिनै नगर स्तरीय कार्यक्रम अनुसार कृषि तालिम सुरु गरिएको यादवको भनाई रहेकोछ ।

    कृषकको लागी कृषिमा आधुनीकरण गर्ने उहेश्यले सो तालिम सुरू गरिएको यादवले बताएको छन।

    तालिमा ४० जना कृषक महिलाहरुको सहभागिता रहेको छ भने तालिमा असार ०७ गते सम्म चलने छ।

    Posted in बिज्ञान/प्रविधि, समाजLeave a Comment on बहुदरमाई नगरपालिका -७ मा पाँच दिने महिलाहरुको लागि कृषि तालिम शुरू ।

    आन्तरिक हवाई उडानको भाडा बढ्यो

  • २१ फाल्गुन २०७८, शनिबार १८:५७ मा प्रकाशित
  • काठमाण्डाै – आन्तरिक हवाई उडानको भाडा बढेको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको भाउ बढाएपछि उडान कम्पनीहरुले पनि भाडा बढाएका छन् ।

    भोलिदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।

    नेपाल आयल निगमले एक सय १२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on आन्तरिक हवाई उडानको भाडा बढ्यो

    त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

  • १९ फाल्गुन २०७८, बिहीबार २०:४५ मा प्रकाशित
  • १९ फागुन, काठमाडौं । त्रिभुवन विमानस्थल क्षेत्रमा कमजोर सुरक्षा प्रबन्धको फाइदा उठाउँदै अनाधिकृत व्यक्ति सजिलै छिर्न थालेपछि चारकिल्ला क्षेत्रभित्र तारबार मर्मत तर सरसफाइको काम सुरु गरिएको छ ।

    विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार कोटेश्वर क्षेत्रबाट यस्तो मर्मतको काम थालिएको हो । यो काम विमानस्थललाई घेर्ने सबै क्षेत्रमा गरिने भएको छ । ‘झाडी पन्छाउने र तारबार मर्मतको काम थालेका छौं,’ उनले अनलाइनखबरसँग भने, ‘यसबाट मानिसहरुको गतिविधिसमेत निगरानी गर्न सहज हुने छ ।’

    अघिल्लो साता काठमाडौंबाट दोहा उड्ने क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा पार्किङ क्षेत्रमै व्यक्ति पुगेर जहाज चढेका थिए । उनी विमानस्थल घेर्न बनाएको पर्खाल नाघेर विमानस्थल क्षेत्र भित्र प्रवेश गरेको पाइएको हो ।

    विमानस्थलको बाहिरी घेरा कुल १० किलोमिटर हाराहारीको छ । यसमा लगाइएको तारबार जिर्ण अवस्थामा पुगेका कारण सुरक्षा चुनौती थपिएको छ ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on त्रिभुवन विमानस्थलको तारबार मर्मत कार्य सुरु

    आज देशभर दिनभरि झरी हुने सम्भावना

  • २१ माघ २०७८, शुक्रबार १०:०८ मा प्रकाशित
  • पर्सा संवाददाता

    आज पर्सा लगायत देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ ।

    गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

    बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ ।
    पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पनि बताएको छ ।
    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ ।
    त्यस्तै सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
    बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on आज देशभर दिनभरि झरी हुने सम्भावना

    तराईमा असिना र पानी, हिमालमा हिमपात

  • २० माघ २०७८, बिहीबार १७:५४ मा प्रकाशित
  • बुधबार बाँक्लो हुस्सु र कुहिरोले चिसिएको पश्चिम तराईमा बिहीबार असिनासँगै वर्षा भएको छ। वर्षाले यहाँको चिसो झन बढेको छ भने असिनाले अन्नबालीमा क्षति पुर्‍याएको छ।  

    पहाडी जिल्लाको उच्च स्थान तथा हिमाली जिल्लामा सामान्य हिमपात भएको छ भने तराईका सबै जिल्लामा सामान्य वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुलीले जनाए। उनका अनुसार तराईका सबै जिल्लामा वर्षा भए पनि सबै क्षेत्रमा भने वर्षा भएको छैन।

    लुम्बिनी प्रदेशका बाँके र दाङमा अरु जिल्लाभन्दा केही बढी वर्षा भएको छ। नेपालगन्जमा पाँच मिलिमिटर वर्षा हुँदा दाङ ५.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरले जनाएको छ। कार्यालयका अनुसार दाङको बेल्झुन्डी, नयाँबस्ती आसपास ठूलो वर्षा भए पनि घोराही, तुलसीपुर, लमहीलगायतका क्षेत्रमा हल्का वर्षा भएको छ। 

    त्यस्तै कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख, रुकुम पश्चिम, जाजरकोट, जुम्ला, कालीकोट लगायतका जिल्लामा हल्का वर्षा भयो। यहाँका हिमाली क्षेत्रमा हिमपातसमेत भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जानकारी दिए।

    उनका अनुसार सुदूरपश्चिम प्रदेशको डोटीमा सबैभन्दा धेरै वर्षा भएको छ। डोटीमा ६ मिलिमिटर वर्षा भएको उनको भनाइ छ। उनले जनाएअनुसार बैतडीमा पाँच, अछाममा ३.२ मिलिमिटर वर्षा हुँदा अन्य जिल्लामा हल्का वर्षा भयो भने हिमाली क्षेत्रमा सामान्य हिमपात भयो। त्यस्तै सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा ४.६ मिलिमिटर वर्षा भएको छ। ठूलो वर्षा नभए पनि प्रायःजसो ठाउँमा वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख पराजुलीले जनाए।

    नेपालगन्जको तापक्रम १० डिग्री सेल्सियस रह्यो भने सुर्खेतको वीरेन्द्रनगरको तापक्रम आठ डिग्री सेल्सियस थियो। जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका अनुसार धनगढीमा १०.८, जुम्लामा ०.८, घोराहीको ८.९, भैरहवाको १०.२, दिपायलको ८ र डडेल्धुराको ३.३ डिग्री सेल्सियस तापक्रम थियो। तराईका जिल्लामा वर्षासँगै सामान्य असिना पानी र हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुँदा अत्यधिक चियो बढेको छ। चिसोको कारण यहाँका स्थानीय आगो तापेर दिन कटाए। 

    बिहानैदेखि तराईमा हुस्सु लागेको थियो र पहाडमा कुहिरो ढाँकेको थियो। चिसो हुँदा फुटपात तथा टेन्टमा निर्माण गरिएका साना पसलहरु पूर्णरुपमा बन्द थिए। ठूला पसलहरु खुला भए पनि सन्तोषजनक व्यापार हुन नसकेको यस क्षेत्रका व्यापारीहरुले जनाएका छन्। हुस्सु, कुहिरोसँगै वर्षा भएपछि यहाँका उडानसमेत प्रभावित भएका थिए। नेपालगन्जबाट सुदूरपश्चिम र कर्णालीका जिल्लामा हुने उडान प्रभावित भए।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on तराईमा असिना र पानी, हिमालमा हिमपात

    खोप लगाउन आजदेखि विद्यालय खुल्ने

  • १६ माघ २०७८, आईतवार ११:१७ मा प्रकाशित
  • काठमाडौं । सरकारले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारदेखि कोरोनाविरुद्धको खोप विद्यालय मै लगाउने भएको छ ।खोप कार्यक्रमका लागि स्थानीय तहसँग समन्वय गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले यसअघि खोप लगाउन छुटेका विद्यार्थीलाई आइतबारदेखि २० गतेभित्र खोप लगाइसक्न पनि भनेको छ ।खोप अभियानको लागि पाँच दिन विद्यालय खोल्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । यो अवधीमा पनि पढाइ भने वैकल्पिक विधिबाट गर्न मन्त्रालयले सुझाव दिएको छ ।अहिले खोप अभियानको लागि मात्रै विद्यालय खोल्ने निर्णय गरिएकाले भौतिक रुपमा विद्यालय खोल्ने नखोल्ने भन्ने बारेमा भने निर्णय हुन बाँकी रहेको छ ।सीसीएमसीको सिफारिसमा विद्यालय बन्द गर्ने निर्णय गरिएकाले सीसीएमसी कै सिफारिसमा मात्रै विद्यालय खोल्ने पनि मन्त्रालयले स्पष्ट पारेको छ ।कोरोनाको सङ्क्रमण तीव्रगतिमा बढेपछि सरकारले गत पुस २५ गते सीसीएमसीको सिफारिसमा देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । तर निजी विद्यालय संगठनहरुले विद्यालय तत्काल खुलाउनुपर्ने माग गर्दै आएको छ ।

    Posted in बिज्ञान/प्रविधिLeave a Comment on खोप लगाउन आजदेखि विद्यालय खुल्ने

    देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

  • ९ माघ २०७८, आईतवार ०९:१० मा प्रकाशित
  • काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ । आइतबार बिहान देशका विभिन्न स्थानमा मौसम बदली रहेको छ। मधेश‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भने हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

    यस्तै‚ कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानमा साथै प्रदेश १‚ बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    राति देशभर मौसम बदली रही अधिकांश प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार आगामी सोमबारसम्म देशको अधिकांश भू–भागमा मौसम बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने छ। शनिबार बिहानदेखि पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले क्रमशः नेपालभर प्रभाव पार्ने सम्भावना रहेको छ ।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना

    आजको मौसम : सबै प्रदेशमा हल्का वर्षाको सम्भावना

  • २३ पुष २०७८, शुक्रबार ०७:०३ मा प्रकाशित
  • हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरि आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ का एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपात भएको छ।

    शुक्रबार देशभर आंशिक देखी सामान्य बदली रही सबै प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ । प्रदेश १ , प्रदेश नं २, बाग्मती प्रदेश र गण्डकी प्रदेश का एक-दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यस मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभाव वाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

    शनिबार देशभर सामान्य बदली रहने छ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ। त्यस्तै आइतबार देशको सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य देखी पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन /चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाँकी प्रदेशहरूका एक-दुई स्थानहरूमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

    Posted in बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on आजको मौसम : सबै प्रदेशमा हल्का वर्षाको सम्भावना

    दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

  • १४ पुष २०७८, बुधबार ०८:२४ मा प्रकाशित
  • facebook sharing button

    काठमाडौं १४ पुस– जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहेको छ। देशका अधिकांश स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागमा रातिदेखि नै हल्का हिमपात भइरहेको महाशाखाको भनाइ छ।

    महाशाखाका अनुसार आज (बुधबार) दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका अधिकांश स्थानमा दिनभरजसो नै वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भू–भागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावनासमेत रहेको छ।

    https://www.facebook.com/plugins/page.php?href=https%3A%2F%2Fwww.facebook.com%2FRautahat-Times-1853643104750697%2F&tabs=timeline&width=340&height=150&small_header=false&adapt_container_width=true&hide_cover=false&show_facepile=true&appId=1424143921095139

    आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। 

    राति पनि देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात हुने महाशाखाले जनाएको छ। 

    पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू–भागमा अधिकतम तथा न्यूनतम तापक्रममा गिरावट आउने सम्भावना रहेको महाशाखाले जनाएको छ।

    देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

    त्यसैगरी, यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

    Posted in ताजा अपडेट, बिज्ञान/प्रविधिLeave a Comment on दिनभर वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपात हुने

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P