आज देशभर दिनभरि झरी हुने सम्भावना

  • २१ माघ २०७८, शुक्रबार १०:०८ मा प्रकाशित
  • पर्सा संवाददाता

    आज पर्सा लगायत देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ ।

    गएरातिदेखि नै मेघगर्जन र चट्याङ्गसहित धेरै ठाउँमा पानी परेको हो । अहिले केही ठाउँमा पानी पर्न रोकिए पनि दिनभर झरी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

    बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ ।
    पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो । उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले पनि बताएको छ ।
    पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि मौसम बद्ली भइहेको छ ।
    त्यस्तै सल्यानमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।
    बिहीबार बेलुका बनगाड कुपिण्डे नगरपालिका–७ लाम्साराकी ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

    Leave a Reply