• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४० सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १९:५६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४० औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४० मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    भाग्यभन्दा ठुलो कर्म
    पाखुरीमा पसिना मिलाए
    फल पाइन्छ विनासर्म ।
    २,
    उज्यालो बाटो बनाउॅंदै
    सहज, कठिन साथसाथै
    नवपुस्ताको भविष्य डोर्‍याउॅंदै ।
    ३,
    ढुङ्गा बन्छ मूर्ति
    मूर्तिमा गहिरिॅंदा ढुङ्गै
    गरिरहन्छ विश्वासको आपूर्ति ।

    • म्यामराज राई
      …
      १,
      बालक गिलो माटो
      जस्तो बनाए त्यस्तै
      भविष्यको दह्रो पाटो।
      २,
      माइतीघर जन्मेको घर
      छोड्नु पर्ने बाध्यता
      फेरिँदै माइती थर।
    • सरस्वती श्रेष्ठ
      …
      १,
      भाग्य ठुलो भन्छन्
      तर व्यवहारले चाहिँ
      दुर्भाग्यलाई नै गन्छन् !
      २,
      राम्रो देख्ने नयन
      कता हरायो कुन्नि !
      अहिले खोज्दै अयन ।
      ३,
      सम्झौतामा मन अडिन्छ
      खुसी बाँडेर हिॅंड्दा
      अगाडि छिटो बढिन्छ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      मायाको प्रीति गाँसौँ
      मन मिले कसैसँग
      भित्री मनले हाँसौँ ।
      २,
      जीवन‌ दिव्य उपहार
      जन्म, मृत्यु घटना
      आखिरमा जीवनकै सार ।
      ३,
      इष्टदेवलाई मनमा टासौँ
      कलह नहुनु राम्रो
      क्लेश मनबाटै नासौँ ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कर्मले भाग्य बन्छ
      पसिना बगाउँदा मात्रै
      बल्ल फल रहन्छ।
      २,
      उज्यालो बाटो समाऊ
      नजान्नेलाई सिकाउँदै तिमीले
      ज्ञानको प्रवाह बगाऊ।
      ३,
      ज्ञानको ज्योति बाल
      भरसक त्यसैको लागि
      कर्म आजैदेखि थाल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      भाग्यमा छ भन्दैमा
      कोहि ठुलो हुँदैन
      पैसै पैसा गन्दैमा ।।
      २,
      मनभन्दा झन् धन
      यहाँ देशभन्दा व्यक्तिको
      ठुलो हुँदैछ मन ।
      ३,
      विश्वास हो ठुलो
      ढुङ्गालाई भगवान् सम्झेर
      बाल्न सिकाउॅंछन् चुलो ।
    • दीपा समभाव, दुबेकोल खोटाङ्ग
      …
      १,
      अरूलाई दोष दिन्छन्
      भ्रष्टाचारी नेताले सधैँ
      स्वार्थ मात्र लिन्छन् ।
      २,
      आहा ! हरियाली ठाउँ
      चियाबारी र धुपीसल्लाको
      बिचमा सुन्दर गाउँ ।
    • कला ढकाल, झापा
      …
      १,
      कहिल्यै हार्नु हुन्न
      अगाडि बढ्ने प्रेरणा
      जितेर कदापि छुन्न ।
      २,
      अनौठो यात्रा भए
      असल मान्छे भन्नेछन्
      शिखर चढ्न गए ।
      ३,
      बर्सेनि आकाश खस्छ
      बराबर मानेर आऊ
      तिमीमा दुनियाँ बस्छ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      गरिब सबैको हेला
      गाँसबास नपाउनेहरू यहाँ
      दु:खमा आएर भेला।
      २,
      देश छोडेर जान्छ
      भ्रष्टाचारी नेता भएर
      पसिना बेचेर खान्छ।
      ३,
      भाषणमा चल्दैन देश
      श्रम गरौँ सबैले
      हरियाली बनाऔॅं परिवेश।
    • एवाइ प्रभात, खाल्सा छिन्ताङ सहिदभुमि, धनकुटा
      …
      १,
      एउटा भैँसी पालौँ
      दुध बेचौँ बजारमा
      खाडीतिर फाल नहालौँ ।
      २,
      सीप हुँदैन हातमा
      ऋण खोजेर हिँड्दा
      पर्छन नेपाली घातमा।
      ३,
      पैसा बरर झर्दैन
      आफ्नो पेशा गरौँ
      बाकसमा फर्किनु पर्दैन।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाडौँ
      …
      १,
      गाउँतिर अब मोडौँ
      गाई भैँसी पाली
      खाडी जान छोडौँ ।
    • सविता भट्टराई जनकपुरधाम
      …
      १,
      जसले ज्यादा उचाल्छ
      काँधमा हाली उसैले
      भिरमा लगेर फाल्छ ।
      २,
      साथ दिन्छु भनेर
      हावामा बही जान्छ
      बेलुन जस्तै उड़ेर।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      कस्तो कालो माटो
      हिँड्न भयो गाह्रो
      कति सानो बाटो ?
      २,
      कुन होला थर ?
      जान्नु मन लाग्यो
      बनाउनु पर्‍यो घर।
      ३,
      माया प्रेममा हाँस्यौँ
      दुईदिने यो जिन्दगीमा
      परिवारको मायामा बाँचौँ ‌।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      सधैँको पापी मन
      इज्जत इमान फालेर
      नथुपार कालो धन ।
      २,
      देखायौ राक्षसी गति
      गर्दैछौ दानवी कर्म
      देखिएन राम्रो मति !
      ३,
      धर्मबिनाको त्यो कर्म
      अहङ्कारले भरिएको मन
      हरायो लाजघिन सर्म ।
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे ), इटहरी १ सुनसरी
      …
      १,
      देश कति सुन्दर
      छ हिमालको काखमा
      तिम्रो हाम्रो घर।
      २,
      हिमालसम्म दुष्टको नजर
      मिलेर जोगाऔॅं सम्पत्ति
      जोगिए बन्छ रहर ।
      ३,
      के गर्छौ लुटेर ?
      आफ्नै स्वाभिमान पनि
      आफैले खान्छौ भुटेर।
    • सुरेशकुमार पाण्डे, घोराही -१८, दाङ
      …
      १,
      सौहार्दको कामना गर्दछु
      भेटघाट छैन सन्जालमा
      आत्मियताको रङ्ग भर्दछु ।
      २,
      चाडपर्वको रमाइलो याम
      फूलहरू ढकमक्क आँगन
      चेलीको चटारो काम ।
      ३,
      माइतीको इमान बढोस्
      सफलताको पाटो पछ्याउँदै
      उत्तरोत्तर प्रगति चढोस् ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      पानी भर्ने कुवा
      देशलाई बाजी थापेर
      खेलिदियो आज जुवा ।
      २,
      भर पर्छ कोचमा
      मुलुक फेर्ने कुरा
      आएन यिनको सोचमा ।
      ३,
      मुलुकको भविष्य सोचौँ
      हामी सबै मिलेर
      देशद्रोहीलाई अब कोचौँ ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      प्रकृति छ सुन्दर
      जगत् यो जीवनमा
      अनौठो छ रहर ।
      २,
      मातापिता भगवान् राम्रा
      गर्नुपर्छ सेवा सधैँ
      हुन् जीवनदाता हाम्रा ।
    • नेत्रबहादुर श्रेष्ठ, ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
      …
      १,
      छोरी अर्काको नासो
      भन्छन् किन होला ?
      धेरैले गलाको पासो ।
      २,
      शिक्षा सीप धीरत्व
      दाइजो भन्ने कुप्रथाको
      दिन हुँदैन निजत्व ।
      ३,
      ॠणको भारी बोकेर
      महाजन भए खुसीको
      समाजमा कोही खोकेर ।
    • पृथक प्रकृति
      …
      १,
      बेकामे जाल बुन्दैछन्
      धान खाने मुसा
      पालेर भ्यागुतो थुन्दैछन् ।
      २,
      जनताले कुरा सुन्दैछन्
      आउँछ समय पर्खनु
      उस्तालाई जस्तैले थुन्दैछन् ।
      ३,
      डाँठै डाँठ छन्
      जाली झेली धुर्तको
      साँठगाँठ धेरै झन् ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      ईश्वर आस्था हाम्रो
      नैतिक शिक्षा दिएर ,
      बनाऔॅं समाज राम्रो।
      २,
      ढुङ्गालाई मूर्तिको आकार
      कलाको गर्छौं पूजा,
      कर्मले सपना साकार ।
      ३,
      हिॅंडेमा मनको बाटो
      भेटिन्छ ईश्वर सहजै ,
      सेवा धर्मको पाटो।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      कर्मविनाको त्यो फल
      अनिश्चित हुन्छ पक्कै
      गर्छन् भगवान्ले छल।
    • कोपिला अधिकारी, गोरखा
      …
      १,
      समय आउँछ पर्खिॅंदैन,
      परिस्थितिले लायो पछुतो
      बहेको खोलो फर्किॅंदैन।
      २,
      आफूलाई पर सार
      बच्नलाई होला गारो
      अरूलाई खोर पार।
      ३,
      जेलजाल जानी जानी
      विरोधीलाई तह लाऊ
      क्रमश: छानी छानी !
    • विवश पारदर्शी, झापा
      …
      १,
      सबैले भन्छन् हाम्रो
      पक्ष विपक्ष होइन
      कता खोजौं राम्रो ?
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      कर्ममा विश्वास गर्नु
      फल मिठो हुन्छ
      भाग्यको भर पर्नु ।
      २,
      उज्यालो संसार देख्न
      धैर्यता र त्यागले
      भविष्य पर्छ लेख्न ।
      ३,
      भ्रममा पर्नु हुन्न
      मान्छेको कठोर मनले
      दुखेको दिल छुन्न ।
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      मिहिनेतले भाग्य बन्छ
      पौरख गरेको देख्दा
      सबैले आहा भन्छ।
      २,
      ज्ञानको ज्योति छर
      सभ्य समाज बनाउनु
      सबैमा सद्बुद्धि भर।
      ३,
      विश्वास जसले गर्छ
      ढुङ्गालाई भगवान् सम्झेर
      सधैँ मख्ख पर्छ ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      सद्भावले मनाऔॅं पर्व
      संस्कार परम्परा जोगाउन
      चाहिँदैन अर्व खर्व ।
    • मिसु श्रेष्ठ
      …
      १,
      पीडाले देह गाल्छ
      अति भएपछि मान्छे
      मौन बस्न थाल्छ!
      २,
      सम्झन्छन् पू्र्खाको बिर्ता
      लिन जान्नेले कहिल्यै
      दिन जान्दैनन् फिर्ता!
      ३,
      धनको मुख कालो
      नगर्नु आफन्तमा कारोबार
      भाइ, भतिजो, सालो ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      सुखदु:खले दसैँ सकायो
      पछिपछि लागिरहेछ तिहार
      चाडपर्वले शरिर मकायो ।
      २,
      मखमली फुल्यो बारीमा
      दीपावली मनाउन गाउँघर
      व्यस्तता देखिन्छ नारीमा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      कर्म हाम्रो धर्म
      कर्म गर्न कसैले
      गर्नु हुँदैन शर्म।
      २,
      गर्वले फुल्दछन् छाती
      जब जब पुग्दछन्
      शिखरमा हाम्रो जाति।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      दुई जोईको पोइ
      विचरो तानातान भएर
      कुनामा बसेर रोइ।
      २,
      खोज्द‌ै थियो फसाउन
      सकेन कहिल्यै उसले
      मजाले जनता हॅंसाउन।
      ३,
      जुत्ताको माला लगाउँछन्
      आजित भइसके जनता
      सर्वत्र नगर घुमाउँछन्।
    • सतीश पण्डित, भानु -६, चुँदी तनहुँ (हाल चनपा६ मातातीर्थ)
      …
      १,
      अल्छी नबन नानी
      समय आउँछ पर्खॅंदैन
      कर्मले गर्दैनन् हानी ।
      २,
      जिज्ञासा राख ज्ञानी
      नयाँ खोज अनुसन्धान
      ज्ञानले हुन्न सानी ।
      ३,
      मर्ने एकदिनको चोला
      भ्रष्टाचार गरेर कतिन्जेल
      मित्र बाँच्ने होला ।
    • भगवती दवाडी, झापा
      …
      १,
      माया जीवनभरिको अभिभारा
      नसकिॅंदो रहेछ प्राणी ,
      बाँच्नलाई यहाँ बिनाआहारा ।
      २,
      यहाँ बोटबिरुवालाई पनि
      चाहिने पानी घाम,
      पौष्टिकको रूपमा अनि ।
      ३,
      दाल, भात, तरकारी
      खाँदा जीवन स्वस्थ ,
      हुँदैन मासुको भारी ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      आमाको मुटु चर्किन्छ
      कमाउन पर्देशिएको छोरो
      बाकसमा सुतेर फर्किन्छ ।
      २,
      छैनन् पेटमा हरि
      तड्पाइ तड्पाइ मार्छन्
      कठै ! सहन्छन् कसरी !
      ३,
      खेलिन्थ्यो कपर्दी छुर
      हातखुट्टामा चोट लाग्दा
      लागेन कहिल्यै झुर ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी , मोरङ
      …
      १,
      मैले गरेको माया
      तिमीलाई तीतो लागे
      तिमी घाम छायाँ ।
      २,
      जिन्दगी रहेछ चोला
      यो जीवन बाँचे
      पुन: भेट होला ।
      ३,
      मैले सपनीमा देखेँ
      तिम्रो मुहार माया
      त्यसैले स्नेहले सेकेँ ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      आकाश राम्रो जूनले
      ताराहरु माझ हुँदा
      धर्ती सुन्दर फूलले ।
      २,
      फुल राम्रो चमेली
      बास्ना आउँछ हरर
      भॅंवरो बस्छ खेली ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      भाग्य आफै बनाउने
      अडिॅंदैन ढुङ्ग्र‍ोमा दुध
      बुझेर आफै जनाउने।
      २,
      रहरको जाल हान्दा
      स्वास्थ्यमा समस्या नपारौ
      नबुझी जाल तान्दा।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      दसैँले नेटो काट्यो
      अब बहार तिहारको
      द्यौसीभैलोले माहोल बाट्यो ।
      २,
      पिङ त मच्चिरहेछ
      गाउँ बेँसी सँगाली
      चचहुइ टुप्पो खसिरहेछ ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, साँगा बजार बनेपा -१४
      …
      १,
      दोषीले दोषीलाई समाउँछ
      आफ्नो आङको भैँसीलाई
      आङभित्रै लुकाई खेलाउँछ।
      २,
      युवापुस्ता देख्नै नसक्ने
      धर्मराउँदै बोल्छन् बेहोसमा
      आफैमा स्थिरता नबक्ने।
      ३,
      कुहिएका सडेगलेका थुप्राहरू
      बुझ्दैनन् एक्काईसौ शताब्दी
      सत्तामा लत्पतिएका कुप्राहरू ।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      ढकमक्क कर्म फुल्छ
      जसले बगाउँछ पसिना
      उसैले फल बटुल्छ l
      २,
      जिन्दगी कर्कलाको पानी
      मरिलानु केही छैन
      नपुर्‍याऔॅं कसैलाई हानी l
      ३,
      नगरेर ढिला सुस्ती
      नित्य गरौँ व्यायाम
      जीवन्त रहन्छ तन्दुरुस्ती l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      रात जुनेली राम्रो
      आआफ्नो व्याख्या हुन्छ
      मत राख्यौं हाम्रो ।
      २,
      शिशिरको आगमन सॅंगसँगै
      बाली भित्र्याउँछ किसानले
      किन्दा पर्छ महँगै ।
      ३,
      माया पिरती गासौँ
      मन मुटु साटेर
      पलाएको घमण्ड नासौँ ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      गर्नलाई कुनै कर्म
      पसिना बगाउन धरमा
      नमान कहिल्यै सर्म !
    • आर्त अकुलीन
      …
      १,
      यादका झिल्काहरू बोकेर
      साथ लागेर आएँ
      जिन्दगीको यात्रा रोकेर ।
      २,
      हिॅंडेँ बाटो बनाउॅंदै
      एक्लै भएर पनि
      यात्रीको अस्तित्व जनाउॅंदै ।
      ३,
      समयको रहेछ खेल
      सकिएन बुझ्न बेलैमा
      आयो डरलाग्दो भेल ।
    • राजेशराज गड्तौला, काडाघारी, काठमाडौँ
      …
      १,
      उतारचढाव जीवन खास
      प्रगतिका खातिर जरुरत
      उकालीमा बढ्छ सास ।
      २,
      ढाल्न लाग्दैन बेर
      निर्माणमा महिनौ लाग्ने
      काँडामा हिॅंडनु धेर ।
      ३,
      ढुंगा सालिग्राम बन्न
      निरन्तर पानीमा घस्रन्छ
      थाल्छन मानवमा गन्न ।
    • हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान
      …
      १,
      समयले धेरै सिकायो
      रुनु हुँदैन भन्दा
      आँसु किन झिकायो।
      २,
      दसैँ पनि सकियो
      हाँसो रोदनको बीचमा
      गरिबको आँसु मक्कियो।
      ३,
      समयले सिकाएको खेलमा
      हारजित अवश्यै हुन्छ
      नपरौँ कहिले झेलमा।
    • विकास क्षेत्री अञ्जान, कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १,
      बसौँ सबैको आँखामा
      लालीगुराँसझैँ सुन्दर फुलौँ
      रङ्गीन बनी पाखामा।
      २,
      मनमा छन् चिहान
      इच्छाहरूको लास छोपेर
      आवोस् उज्यालो बिहान।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      विश्वासमा छक्याउँदै भयो
      ढाँटेर झोली भर्छन्
      जनतालाई झुक्याएर गयो ।
      २,
      एक मुठ्ठीको सास
      कहिले जाने हो
      देखाए जनतामा आस ।
      ३,
      ढाँटेरै झोली भरेका
      आफ्नो स्वार्थको लागि
      पाटी हेर्दाहेर्दै सरेका ।
    • बेदु न्यौपाने
      …
      १,
      परिश्रमको मिठो फल
      प्राप्त हुन्छ अवश्य
      समयमा गरे मलजल ।
      २,
      भेटिन्छ यही माटोमा
      हामीले चाहेको सबै
      हिॅंडेपछि सही बाटोमा ।
      ३,
      नेपाली माटोमा उम्रेको
      मनभरि नेपालीपन मिसाएर
      साहसी, बहादुरी उफ्रेको ।
    • ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      नगर्नु गरिबलाई हेला
      पृथ्वी गोलो छ
      पछि परिन्छ फेला ।
      २,
      सद्भावमा मनाऔॅं संस्कार
      आडम्बर छोडेर मनाऔॅं
      अॅंगाल्दै सहिष्णुताको आधार ।
      ३,
      सौहार्दको कामना गर्दै
      हर्ष उल्लासका साथमा
      विश्वासको रङ्ग भर्दै ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      गरौँ सबैले सम्मान
      फलाउँछन् अन्न बाली
      लगाई टन्न किसान
    • चन्द्रकली राना मगर, नौबहिनी गा पा प्युठान
      …
      १,
      भाग्यलाई दोष दिएर
      कर्म नगरी बस्छन्
      मनमा पिर लिएर ।
      २,
      भविष्यको चिन्ता गरेर
      भाग्य आफैले बनाऔॅं
      कर्ममा निरन्तर लागिपरेर ।
      ३,
      जीवन परिवर्तन गरौँ
      संसार उज्यालो बनाउन
      आफै लागि परौँ ।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      सम्पत्ति पुर्खाले आर्जेको
      उपभोग गर्न नजान्दा
      विपत्ति सन्तानलाई आइलागेको ।
      २,
      जल्नेहरू सधैँ जलिरहन्छन्
      अर्काको परिश्रमले मोटाउनेहरू
      कुराको खेती गरिरहन्छन्।
      ३,
      कर्मको दीप बालौँ
      अरुको कुरा काटेर
      समय खेर नफालौँ ।
    • सुन्दरी घिमिरे खतिवडा, सङ्खुवासभा
      …
      १,
      शरद् ऋतुमा आउने
      महान् पर्वहरूको अवसरले
      खुसीको गीत गाउने।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      राजनीतिमा देखिन्छ तनाव
      बदलासॅंगै कमाउ धन्दा
      नैतिकताको सर्वत्र अभाव ।
      २,
      बलियाको हातमा लाठी
      राजनीतिका शक्तिशाली युवा
      उमेर केवल साठी ।
      ३,
      देश बनाए कङ्गाल
      होइनन् असली पात्र
      रहेछन् साह्रै चण्डाल ।
    • जयनारायण नेपाल, इलाम हाल सूर्य विनायक २, बालकोट ,भक्तपुर
      …
      १,
      हल्ला हल्लाउँदै आयो
      ऋणको धोक्रो ठड्याउँदै
      कुनाकाप्चा मज्जाले छायो ।
    • नन्दलाल आचार्य, बेलका-३, उदयपुर
      …
      १,
      दसैँ आयो गयो,
      खुसी क्षणिक बनाएर,
      अहिले शून्य भयो।
      २,
      खानेकुरा मिठा खाएर ,
      खुसी दिगो नहुने,
      राम्रा लुगा लाएर।
      ३,
      स्वार्थमा पर्व चल्दैछ,
      आनन्द दया भलाइ,
      सोच्ने फुर्सद ढल्दैछ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      आफैले कर्म गरेर
      यहाँ देखाऊ सबैलाई
      उज्यालो ज्योति छरेर ।
      २,
      कर्म नगरी बसेर
      फल त्यसै पाइँदैन
      कुनै मन्दिरमा पसेर ।
      ३,
      लेखिएको सकिन्न मेट्न
      कसले सक्यो आजसम्म
      भाग्य लेख्नेलाई भेट्न ।
    • लक्ष्मण देउवा, डोटी
      …
      १,
      मन छ डुलेको
      आउँदैछ भनी तिहार
      आँगनीमा सयपत्री फुलेको।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा
      …
      १,
      गर्नुपर्छ सत्य कर्म
      रगत पसिना बगाउँदा ,
      मिल्छ संस्कारमा धर्म ।
      २,
      ढुङ्गाको बन्छ मूर्ति
      पर्ला घरको मान्छेले ,
      धेरै नलगाउनु फूर्ति ।
      ३,
      दसैँपछि आउॅंछ तिहार
      जाउ साथी हो
      घुम्न भारतको विहार ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      नमान आफै ठुला
      मेहनत गर देसभित्रै
      फलाऊ काउली मुला ।
      २,
      जहिले मकै मिठो
      मेहनत चलाऊ जाँगरको
      बन्नेछ अवश्य स्वादिलो ।
      ३,
      प्यारो आफ्नो माटो
      सत्कर्म गर सधैँ
      हिॅंड सत्यको बाटो ।
    • जानुका बास्कोटा, तारकेश्वर -९, काठमाडौँ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३९ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १९:४६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    नवदुर्गाको प्रसाद लगाउॅंछु
    विजयादशमीको दिन पारेर
    जितको खुसी मनाउॅंछु ।
    २,
    हिन्दु धर्मावलम्बीहरूको पर्व
    राखेर धार्मिक सहिष्णुता
    दसैँ मनाऔॅं सगर्व ।
    ३,
    मालश्री लाग्छ कलनाद
    आभासमा महान् दसैँ
    वाह ! दक्षिणासॅंगै आशीर्वाद ।

    • म्यामराज राई
      …
      १,
      दसैँको जमरा टीका
      आशीर्वाद लिनलाई जानु
      नहोस् कसैको फिका ।
      २,
      नवरात्रि सुरु हुँदैछ
      बाढी पहिरो गएर
      यो मन छुँदैछ ।
      ३,
      दसैँमा रमाइलो गरेर
      आशीर्वाद लिन जाने
      टीका जमरा भरेर ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      …
      १,
      आमाबुवाको आशिष् पाए
      मिठो मसिनो बनाएर
      टीका जमरा लाए ।
      २,
      शिरैमा जमरा झपक्कै
      रातो टीका निधारमा
      टल्केको हेर टपक्कै ।
    • साहित्य प्रेमी सुशील, धनगढी
      …
      १,
      दसैँको रातो टीका
      शिरमा लगाएर जमरा
      कसैलाई नहोस् फिका ।
      २,
      आशीर्वाद ठुलाको पाउनू,
      मनाउँदै नेपालीको पर्व
      ज्ञानले विश्वभरि छाउनू ।
      ३,
      रमाइलो दसैँ आएको
      नवदुर्गाले रक्षा गरून्
      शुभकामना सबैमा छाएको ।
    • बेदु न्यौपाने
      …
      १,
      दशहरा राम्ररी मनाऔॅं
      मद्यपान गरेर होइन
      जातीय संस्कृति जनाऔॅं ।
      २,
      ठूलाबडाका आशिष् पाऊन्
      निधारभरि टीका लगाई
      ससुराली घर जाऊन् ।
      ३,
      आफन्तसित सम्बन्ध सुधार्न
      चाडपर्वमा भेटघाट गर्दा
      आत्मीयताको ढोका उघार्न।
    • दिल ठकुरी, दार्जिलिङ
      …
      १,
      थोरै खर्चमा पनि
      रमाउँन सक्छौ सबै
      यही छ कथनी।
      २,
      नराम्रोमा राम्रोको जीत
      मनको फोहोर फालौँ
      सुन्दरताकै गाउँ गीत ।
      ३,
      रातो टिका जमरा
      लगाई मनाऔॅं खुसी
      वर्ष दिनको परम्परा।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      भयो नवदुर्गाको पूजा
      टीका लगाउने मात्र
      रह्यो बाँकी जम्मा।
      २,
      आशीर्वाद दिनुस् माता
      अज्ञानी छौँ हामी
      हजुर एकमात्रै विधाता।
      ३,
      निधारमा रातो टीका
      जमरा कानमा लगाई
      नहोस् कसैमा फिका।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      हालः-क्यानडा,क्यालगरी।
      …
      १,
      रातो अक्षता निधारमा
      दसैँको टीकाको दिन
      खुसी छाओस् परिवारमा।
      २,
      मान्यजनबाट टीका लगाउने
      गरेर सबैसँग भेटघाट
      आपसमा सम्बन्ध बढाउने।
      ३,
      दु:खसुख रहोस मनमा
      सबै हाँसीखुसी रहून्
      नफालून् चित्त धनमा ।
    • सतीश पण्डित, भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )
      …
      १,
      कहीँ छैन बाटो
      घरको यादले उफृन्छ
      कुरा बुझ्दैन लाटो।
      २,
      बाढीले बेहाल बनायो
      अधिकांश डुबान पहिरो
      खोलाले उपस्थिति जनायो।
      ३,
      खोलाको साबिक ठाउॅंमा
      मान्छेले पेलेर ठड्याए
      बगायो घरहरू गाउॅंमा ।
    • चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      दसैँको टीका लगाऊ
      मान्यजनको आशीर्वाद थाप्दै
      भएको मनमुटाब भगाऊ।
      २,
      परिवारमा खुसी आओस्
      दुर्गा भवानीको आशीर्वादले
      एकताको सन्देश छाओस्।
      ३,
      नखेल्नु जुवा तास
      चाडपर्वको नाममा कसैले
      हुन्छ है बनीबास।
    • कला ढकाल, झापा
      …
      १,
      निधारमा रातो टिका
      दसैँको उज्यालो पक्ष
      लगाउन नपाए फिका ।
      २,
      मान्नेले खुसीले मनाऊ
      नमान्नेको आफ्नै ईच्छा
      दसैँ विवादित नबनाऊ ।
    • ध्रुव श्रेष्ठ, खोटाङ बजार
      …
      १,
      दुर्गा भवानीको प्रसादले
      सकारात्मक उर्जा थपियोस्
      मनमा आशीर्वादको बर्सादले |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      मनाऔॅं दसैँ रमेर
      दुःखसुखको यो जिन्दगी
      घरपरिवार आपसमा जमेर।
      २,
      चाडपर्वले मनमा शान्ति
      दसैँमा मान्यजनको आशीर्वादले
      पाओस् उज्यालो कान्ति ।
      ३,
      मनमा शक्ति आओस्
      बनेर सुनौलो बिहानी
      दसैँले सद्भाव छाओस्।
    • राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
      …
      १,
      टिका दसैँको सान
      लिएर आशिष् माथमा
      गरौँ अग्रजको मान ।
      २,
      सत्यको विजय हुन्छ
      दुष्ट चरित्र पालक
      सदा व्यर्थमा रुन्छ ।
      ३,
      अनास्थामा मानिस तानातान
      छन् संस्कार सनातनीको
      राम्रा नभुलौँ जानाजान ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      मन छैन थिरमा
      सन्तान सबै परदेश
      टीका जमरा शीरमा।
      २,
      आशीर्वाद छ तिमीलाई
      खुशी हुनु सधैँ
      दाहिने हुन् दुर्गामाई।
    • पुष्पा सुवेदी, नेपालगन्ज, बाँके
      …
      १,
      दसैँ राम्रोसँग मनाउनु
      वर्ष दिनको चाड
      दसैँमा नयाँ लगाउनु।
      २,
      जाँडरक्सी खानु हुँदैन
      धनसम्पत्तिको तनको नाश
      जँड्याहालाई कसैले छुँदैन।
      ३,
      खर्च धेरै नगर
      चाहिन्छ भविष्यमा पैसो
      गलत काममा नसर।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      शुभकामना छ बडादसैँको
      छाओस् हर्ष उमङ्ग
      पुगोस् चाहना सबैको ।
      २,
      मनाउँदै गरौँ गर्व
      यो हो नेपालीहरूको
      दसैँ महान् पर्व।
      ३,
      मिठा परिकार खाएर
      खुसी हुन्छन् सबै
      टीका जमरा लाएर ।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १,
      दाहिने होऊन् दुर्गा
      अभावले कसैलाई पनि
      नपारोस् कदापि मुर्गा l
      २,
      राता अछेता निधारमा
      लगाएर मनाऔॅं दसैँ
      सबले आआफ्नो परिवारमा l
      ३,
      टिकासँगै थापौँ आशीर्वाद
      आजको दिनमा कसैको
      मुहारमा नहोस् अश्रुपात l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      हिन्दुहरूको महान् पर्व
      देखाउनका लागि होइन
      क्षमतानुसार मान्नु गर्व ।
    • विष्णु पङ्गेनी पाण्डे, वालिङ, स्याङ्जा
      …
      १,
      कति सुन्दर बाटो
      कुरा नबुझेर म
      बने हजुर लाटो।
      २,
      खुसीको आर्शीवाद पाएँ
      तिमीलाई आज भेट्दाखेरि
      सॅंगसँगै टिका लाएँ ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      पर्व, संस्कृति जनाउनु
      अरुको देखासिकीमा होइन
      आफ्नो हैसियतमा रमाउनु ।
      २,
      नसोचौँ कसैको अहित
      विवेकशील प्राणीको दसैँ
      बन्नुपर्छ अब हिंसारहित ।
      ३,
      निधारमा जमरा टिका
      बर्सेनि आउने पर्व
      नहोस् कसैको फिका ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      राष्ट्रिय चाडपर्वहरूमा बडादसैँ
      भेट्घाट ,मेलमिलाप शुभावसर
      आफन्तहरू भेटिन्छन् जसै।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गापा, देउपुर, पर्वत
      …
      १,
      टालौँ सम्बन्धको छेद
      यसपालि दसैँ पर्वमा
      हटाई आपसी मतभेद !
      २,
      बडाका घरमा आई
      आशिर्वाद ग्रहण गरौँ
      टीका जमरा लगाई !
      ३,
      फुटाएर आत्मीयताको मूल
      यस विजयादशमी पर्वमा
      बनाऔँ परिस्थिति अनुकूल !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      निधारमा रातो टीका
      शिर भरी जमरा
      नहोस् दशमी फिका।
      २,
      सफल बनून् सामना
      पर्व बनोस् उल्लासमय
      विजयादशमीको हार्दिक शुभकामना।
    • तोया नाथ चापागाईं, दमक,झापा,नेपाल
      …
      १,
      हिन्दुहरूको दसैँ पर्व
      आशीर्वादका पोका साटौँ
      मनाऔॅं सबै सगर्व ।
      २,
      सुख, शान्तिको भावना
      दसैँले ल्याओस् समृद्धि
      नेपाली जनमा शुभकामना ।
      ३,
      टीका, जमरा शिरमा
      दसैँमा होस् सबैको
      नमानौँ कसैले पीरमा ।
    • राज बहादुर बडुवाल, कनकासुन्दरी -५,जुम्ला
      …
      १,
      मलाई टीका लगाइदिनुस्
      दक्षिणाको चिन्ता नलिई
      आशीर्वाद दिएर पठाइदिनुस् ।
      २,
      यसपालि आइयो गाउँ
      दसैँमा घुमफिर गर्दा
      भेटियो नौलो ठाउँ ।
      ३,
      आऊ नानीबाबु यता
      टीकाजमरा लगाएर मात्रै
      अनि जाऊ उता ।
    • नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर ।
      …
      १,
      निधार छ खाली
      यो कस्तो समय
      दैव पनि जाली !
    • आर्त अकुलीन
      …
      १,
      बडादसैँको चलोस् सुवास
      मान्यजनले दिएको आशिर्वादले
      प्रगतिको मिलोस् आभास।
      २,
      बडादसैँले भरोस् लालित्य
      उर्वर देश नेपालमा
      भावनाले भरोस् साहित्य ।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
      …
      १,
      दसैँ आयो गयो
      कति थिएनन् खुसी
      किन यस्तो भयो ।
      २,
      गयो बाढी पहिरो
      दसैँको मुखमा हेर
      कतिलाई चोट गहिरो ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      …
      १,
      खुसी दोब्बर हुने
      अक्सर चाडपर्व आए
      परदेशीको मन रुने ।
      २,
      गाएर उमङ्गको गीत
      हामीले मेला लगायौँ
      हुनाले सत्य जित।
      ३,
      जय दुर्गा भवानी
      रक्षा गर्नुहोस् सबैको
      अज्ञानता होस् खरानी ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      सबै खुसी भएर
      दुर्गा माताको आशिष्
      लागोस् दसैँ आएर।
      २,
      भाग्य सबैको चम्कियोस्
      पीडा नहोस् कसैलाई
      पाइला सफलतामा लम्कियोस्।
    • सानु जोशी, सुदुर पश्चिम दार्चुला,
      …
      १,
      विजयादशमीको हार्दिक शुभकामना,
      दुर्गा माताको आशीर्वादले
      पूरा होऊन् मनोकामना ।
      २,
      नेपाली संस्कृति अपरम्पार
      विश्व जगत्को आकर्षण
      प्रभाव विश्वभर अपार ।
    • नबिन कुमार ढकाल, हेटौडा-९
      …
      १,
      मिलेर गरौँ सामना
      मानवता सदैव रहिरहोस्
      विजयादशमीको हार्दिक शुभकामना ।
      २,
      सत्मार्गको बाटो खोजौं
      दम्भ अभिमान त्यागेर
      वसुधैव कुटुम्बकम् रोजौं ।
      ३,
      घमण्डले तिमी फुल्छौँ
      सम्पतिको भुतले छुँदा
      क्षणभङ्गुरको चोला भुल्छौँ ।
    • ऋजु दिल्पाली(राजेन्द्र घिमिरे), ईटहरी १ सुनसरी ।
      …
      १,
      जहिले कहाँ पाइन्छ ?
      टीका जमरा आशिष्
      बडादसैँ पर्व चाहिन्छ ।
      २,
      वैमनस्यता दूर गरी
      नम्रताले झुक्नु पर्छ
      मान्यताले शरण परी।
      ३,
      समयमै वेग भर्नू ,
      तडकभडक छोडी सबै
      औकातमा चल्ने गर्नू !
    • विवश पारदर्शी, झापा
      …
      १,
      टीका ग्रहण गरी
      आशीर्वाद लिने दिन
      मनमा उमङ्ग भरी।
      २,
      आफनै संस्कृति मनाऔॅं
      अगालौ आफ्नै संस्कार
      हामी नेपाली जनाऔँ ।
      ३,
      सुगन्धित जमरा लगाई
      आफ्नो सिरमा सिउरेर
      समाजको दुर्गन्ध भगाई।
    • शशी श्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      सबैका घरघरमा दसैँ
      आयो बोकेर हर्ष
      मनाऔॅं रमाउॅंदै यसै ।
      २,
      हटून् सबका पिर
      दाहिने परून् कालिका
      नझुकोस् बसैको सिर ।
      ३,
      सुख र शान्ति
      मिलोस् मनमा सबका
      हटोस् देशबाट क्रान्ति ।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      चाड मनाउने चाहना
      फजुल खर्च नगरी
      बडादसैँको हार्दिक शुभकामना ।
      २,
      दक्षिणा सकेको दिन्छन्
      फराकिलो उहाको मन
      आशिष् धेरै लिन्छन् ।
      ३,
      हातमा दक्षिणा गन्दै
      लिङ्गेपिङ सबै खेल्छन
      चचहुइ चचहुइ भन्दै ।
    • हिरामाया श्रेष्ठ
      …
      १,
      नहोस् कतैबाट हेला
      पहिरोले बगाए घरबार
      हरे चाडपर्वको बेला ।
      २,
      कसरी धान्नु परम्परा
      लुगाफाटो अन्नपात छैन
      मात्र थुपार्‍यो कचरा ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      दसैँ मनाऔॅं हर्षले
      कसैलाई नपरोस् दु:ख
      असत्य हटाऔॅं सङ्घर्षले ।
      २,
      निधारमा रातो टीका
      लगाइ मनाऔॅं सबैले
      कसैको नहोस् फिका ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      जताततै हुँदै रमाइलो
      चाडपर्व छायो सर्वत्र
      मनमा छाओस् घमाइलो ।
      २,
      पिङको चचहुइ छायो
      सबैको मनमनमा बसेर
      दसैँले प्रिति लायो ।
      ३,
      भोक प्यारो भएको
      पर्वले नेपाली मनमा
      उमङ्ग सर्वत्र छाएको ।
    • लक्ष्मी रिजाल, कञ्चनरूप १२, सप्तरी ।
      …
      १,
      आयो महान् पर्व
      मितव्ययी बनी मनाउँदै
      गरौँ सबैले गर्व।
    • अरुण कुमार भुजेल, गोरूबथान कालेबुङ, भारत
      …
      १,
      बडादसैँमा आशीर्वाद मिलोस्
      मनोकाङ्क्षा पूरा हुन्
      जीवनमा खुसी बढोस् ।
      २,
      टीका जमरा पाएर
      चाडपर्व मान्नु पर्छ
      खुसीका साथ रमाएर ।
      ३,
      बाआमाको आशीर्वाद पाएर
      भाग्यको मार्ग खुलून्
      सधैँ खुसी आएर ।
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      आत्मियता सबैले गाँसेर
      ठुलाको आशिष् थापौँ ,
      मनका पीडालाई मासेर।
      २,
      मनमा आत्मीयता जगाई
      हटाऔॅं मनका मैला ,
      माताको प्रसाद लगाई ।
      ३,
      फैलिन्छौँ दुबो जसरी,
      मातापिताको आशिष्ले हामीलाई ,
      आउँछ खुसीयाली सधैँभरि ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा
      …
      १,
      उज्यालो घाम घमाइलो
      दसैँको यही अवसरमा
      गर्नु सबै रमाइलो ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      दसैँ लागेछ आहा
      चारैतिर रमझम देखियो
      लाग्यो अति डाहा ।
      २,
      टिकाको रमझम चारैतिर
      घरघरमा जमघट टन्नै
      आफूलाई चाहिॅं पीर ।
      ३,
      दसैँको मौका पारेर
      खुसी हुँदै बसे
      माछा मासु तारेर ।
    • राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      सितल शशीको सामीप्यमा
      फुर्यो रौनक दसैँको
      चचहुइ चचहुइ लिङ्गेपिङमा ।
      २,
      गगनमा चङ्गा उडेको
      आहा ! मन चन्चल
      उमङ्गले प्रकृति हाँसेको ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, साँगा बजार बनेपा १४
      …
      १,
      मानेर सब मान्यजन
      आशिष लियौँ अपार
      पायौँ यही दिव्यधन।
      २,
      अक्षता रातो निधार
      शीरमा जमरा पहेँलो
      लाग्यो सोह्रै श्रृङ्गार।
      ३,
      खुसीले छाएको सबमा
      हरिया,निला,पहेँला
      उडेका चङ्गा नभमा।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      दसैँको मनमा भावना
      संस्कृति बचाउने सबैमा
      दिॅंदैछु मनैदेखि शुभकामना।
      २,
      मान्यजनको रमाइलो भेटमा
      आशीर्वाद पाउने आसले
      मुसुक्क मुस्कुराउदै गेटमा।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      सपरिवार विजयादशमी मनाउँदै
      सारा नेपाली जगत्
      नेपाली संस्कृति जनाउँदै।
      २,
      जमरा सिउरेको कानमा
      चाड मनाउँदै सबैले
      तगारो नलागोस् मनमा ।
      ३,
      निधारमा रातो टीका
      आशीर्वाद ग्रहण गर्दै
      खुसीमा रमाउँदै बालबालिका ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      जमरा रातो टीका
      परदेशी अनुपस्थित हुँदा
      दसैँ लाग्यो फिका ।
      २,
      जुटिएन सपरिवार हामी
      आउने वर्ष पक्कै
      मनाऔॅंला विजयदशमी दामी ।
    • कोपिला अधिकारी, सिरानचोक, गोरखा
      …
      १,
      दसैँ मनाउने रेसमा
      भएन रमाइलो खासै
      सन्तान हुनाले परदेशमा ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    पञ्चाङ्ग लेखन शृङ्खला भाग- ११९

  • २६ कार्तिक २०८१, सोमबार १९:१९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय उन्नाइसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११९ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    शान्तिको दीपलाई जगाउनु पर्छ।
    अबदेखि अशान्ति भगाउनु पर्छ।
    गरिबी र बेरोजगारी अन्त्य गर्न,
    सारा नेपालीलाई मगाउनु पर्छ।
    दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    सुकर्म धर्म तर किन भुलिएकोछ आज
    कुकर्मले संसार यहाँ चुलिएकोछ आज
    साहसले अप्ठ्यारोमा सिकाउँदछ हिड्न
    प्रभु जाप सबैका लागि खुलिएकोछ आज
    प्रभु कृपाले उपवन फुलिएकोछ आज ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०३
    हरेक ब्यक्तिको आ-आफ्नो उडान हुन्छ
    राम्रो उत्पादन गर्न सके सान हुन्छ
    स्वास्थ नै धन हो मूलनारा अँगाल्दै
    ठाउँ अनुसार सबैको सम्मान हुन्छ
    सबै भित्र कुनै कला सीप ज्ञान हुन्छ ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    अचेल हरेक चिजको मूल्य बढ्यो भन्छन्
    बिहान बेलुका त्यै समाचार पढ्यो भन्छन्
    नोट मात्रै छापे नया हजार हजारका
    पुरानो मूल्यमान्यता त सबै डढ्यो भन्छन्
    अमूल्य वस्तुमाथि पनि मूल्य चढ्यो भन्छन् ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:०५
    बिना आगो बेगर मानव मुटु जल्छ कसरी,
    परिवार साथ बेगर जीवन चल्छ कसरी ।
    बाति, तेल बेगर दियो बलेको देखेको छर?
    त्यसैले परिश्रम बेगर बाली फल्छ कसरी
    जग दह्रो भए फेरि माथि तला ढल्छ कसरी ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग;०६
    “””””””””
    देखियाे सबैकाे मजबुर रहेछ ताइँ प्रियवर
    स्पष्ट भयाे है साँचाे त्याे रहेछ अन्त काइँ प्रियवर
    सिद्धान्त आदर्श जलेर खरानी भएकाे छ सारथी
    चलेकाे जताततै बेथितिकाे मात्र दाइँ प्रियवर
    जनले खाेजेकाे केवल सुशासन चाइँ प्रियवर ।
    प्रद्युम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग भाग-११८

  • २६ कार्तिक २०८१, सोमबार १९:१३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय अठारौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११८ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०७/०५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :-अनिवार्य

    पञ्चाङ्ग:०१
    अदृश्य रूपी मनमा चोटहरू अनगिन्ती छन्।
    लगाएका आरोपका खोटहरु अनगिन्ती छन्।
    सँगै बसे हिँडे,खाए भन्दैमा बिर्सियो नसोच्नु,
    पाइलै पिच्छे चोरेका नोटहरु अनगिन्ती छ।
    धारिला वचन वाणका बोटहरू अनगिन्ती छन्।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    यौटा फूल देवताको पाउमा चढाउँला
    अर्को फूल प्रियसीको नाउँमा चढाउॅला
    बगैॅचाका बोट पनि उखेलेर फालेछन्,
    बीउ पाए उखेलेको ठाउँमा चढाउँला
    डाॅडापारी बादलुको गाउँमा चढाउँला।
    -घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०३
    आफ्नो मनलाई आफैं सँग ढाट्नु परेको छ
    देश छोडेर अन्य डाँडा काट्नु परेको छ।
    पारिवारिक समस्याको बाध्यताले गर्दा,
    बैँस जोस परदेशमै साट्नु परेको छ,
    पैसाको लागि गाह्रो काम आँट्नु परेको छ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    जति मादल ठोकेपनि समयलाई नचाउन सकिन
    बितेर भूत बन्यो आफैं उ इतिहास रचाउन सकिन
    हिजो यही समयमा हाँसेर माया गाँसियो आज नासियो
    कस्तो माया रहेछ यो मैले त पहिल्यै जचाँउन सकिन
    टुट्यो सम्बन्ध म बच्चाले रोएर पनि बचाउन सकिन।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    कामको परेको रैछ चटारो यहाँ
    त्यसै माथि कसैको छ झटारो यहाँ
    अरुको भलो सोच्ने त दुनियाँ छैन
    साथ नदिएको गाडी खटारो यहाँ
    होडबाजी गर्नेको छ लटारो यहाँ ।।

    धनमाया चौधरी कैलाली
    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग:०७
    “””””””””
    सत्तामा मात्र माथापाच्ची गर्नुमा नै नाइकेकाे काम हुन्छ
    हिँड्न मनग्गे संख्या जुटाउन
    गाउँघर ठूलै नै धाम हुन्छ
    विश्वास हरायाे धेरै ढाँट्याै , निष्कर्ष संयुक्त उम्मेदवार
    हाम्राे साझा चिन्हमा चट्ट भाेट झारेर सत्तामा खाम हुन्छ
    अन्तिम निष्कर्ष पनि फेल भयाे छैन नि जाने ठाम हुन्छ ।
    प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०१

  • २६ कार्तिक २०८१, सोमबार १९:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/०८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०१[एकसयएकऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    स्पर्शमा भुलेकाे जिन्दगी।
    मनमा डुलेकाे जिन्दगी
    कति सुन्दर पाे देखियाे,
    हावामा झुलेकाे जिन्दगी।
    काँडाका फुलेकाे जिन्दगी।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    काँडामा पनि फुलेको फूल हेर
    त्यहीँ फूलमा भमरा हुल हेर
    एक अर्कोसँग सम्बन्ध हुन्छ नै
    स्वच्छतामा पनि हुन्छ धुल हेर,
    छिद्रता त हुन्छ नै त्यो झुल हेर।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३
    काँडा बिचमा सुन्दर फुल फुलेको छ राम्रो
    घरको बगैचामा रङ्गिन झुलेको छ राम्रो ।
    प्रत्यकले अनमोल सुन्दरता भरिएको
    जसरी मान्छे पनि हरक्षण खुलेको राम्रो
    सधैँ सुगन्ध छर्दै वरिपरि डुलेको राम्रो।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    मुसुक्क हाँसी फूल फूलेकाे देखियाे
    त्यही फूलकाे हाँगा झुलेकाे देखियाे
    साैन्दर्यले झपक्क हुँदा सबैतिर
    घर,आँगन अति खुलेको देखियाे
    त्याे फूलमा भमरा डुलेकाे देखियाे

    -उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:०५
    काँडा बिच फूल्ने फूल कति राम्रो
    ढङ्गाबाट फुट्ने मुल कति राम्रो
    आफ्नो ठाउँमा सबैको महत्त्व छ,
    पुतलीका घुम्ने हुल कति राम्रो
    माकुराले बुन्ने झुल कति राम्रो ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०६
    काँडाकै बीचमा फुलेको हुन्छ जिन्दगी
    लुकाएर दु:ख खुलेको हुन्छ जिन्दगी
    अँध्यारोमा थोरै भए नि उज्यालो छर्न
    तेलमा सलेदो घुलेको हुन्छ जिन्दगी
    जल्दै आफू पिडा भुलेको हुन्छ जिन्दगी ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १५९ सम्पन्न

  • २६ कार्तिक २०८१, सोमबार १८:५६ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्कामाथि टुक्काको १५९ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    ~~~~~<•>~~~~~
    १)
    देखाउनु छ समाजमा आनबान सान
    ऋण काढेर तिहारमा  गर्नैपर्‍यो दान ।
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    तिहारमा दान सान इज्जतकाे कुराे 
    देखावटी गर्दा गर्दै खाेक्राे भयाे चुराे । 
    -ताराप्रसाद चापागाई
    ३)
    सिस्नुपानी देउसी भैलो तिहारमा खेलियो 
    राजनीति सत्तामा खेल खेल्दा दशा झेलियो ।
    -बेदु न्यौपाने
    ४)
    इज्जत जान्छ भनेर नदेखाऔँ फोस्रो सान
    आफ्नो गच्छे अनुसार गरौँ तिहारमा दान ।
    -अर्जुन प्रसाद चौलागाई
    अमैरिका, बोस्टन
    ५)
    ऋण काढेर दान, गर्नुपर्छ नै हेर
    तिहारपछि साहु आउँछ उत्तिखेर ।
    -एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    ६)
    यसै त बडादशैँको ऋण काँधमाथि बोझ बनेको थियो
    फेरि लैजा है केटा ऋण भन्दै साहुले केही रकम दियो ‌।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ७)
    तिहारमा प्रतिष्पर्धा एकअर्को डाहमा 
    घर घरको अर्थ व्यवस्था रुने आहमा ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ८)
    यो समाजमा जसरी पनि राख्नुपर्छ मान
    इज्जतको कुरो छ गरेँ ऋण काढेर दान ।
    -भुपेन्द्र राना मगर
    ९)
    भन्छन् बाउ बाजेदेखी मानेर ल्याएको चलन
    ऋणमाथि ऋण थपिँदा हुन्छ मनमा जलन ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    १०)
    काग र कुकुर, गाई ,गोरु गरियो हजुर पूजा
    ऋण काढियो दारु मासु गरियो जिउनार भुजा ।
    -नवशिला
    बेलबारी – २, नवदेव मार्ग, लालभित्ती, मोरङ।
    ११)
    सयपत्री र मखमली बारीमा छ फुलेको
    परदेशी भाइलाई सम्झेर मन डुलेको ।
    -कला ढकाल, झापा
    १२)
    सयपत्री मखमली सेलरोटी हाम्रा पौराणिक चलन
    तिहारमा दिदीले केही शर्त राख्दा राक्षसलाई जलन ।
    -चुडामणी देबकोटा 
    पुरानोनैकाप काठमाण्डौ
    १३)
    गलामा फूलको माला होस् त निधारमा सप्तरङ्गी टीका
    मनाउँन पाउन सबैले तिहार नहोस् कसैको फिका ।
    -अनिता भण्डारी, ताप्लेजुङ
    १४)
    सान देखाउने आदतले पारिसक्यो शुन्य
    ऋणको भारले थिचेपछि केकाे मिल्छ पुन्य ?
    -त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा
    १५)
    तिहार बहिनी मानेर टीका लगाउने
    उसैलाई प्रेमिका  बनाएर भगाउने ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १६)
    हुनेले त देखाउलान्, दान गरी आफ्नो सान
    नहुनेको कसरी  रहला, समाजमा मान ।
    -राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    १७)
    घाँटी  हेरेर सबैले चाडपर्व मनाऔँ
    फजुल खर्च गरेर भड्किलो नबनाऔँ ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    १८)
    आफ्नो गच्छे अनुसार पर्व मनाऔं 
    देखासिकी गरी खराब नबनाऔँ ।
    -दुर्गा भट्टराई
    १९)
    चाडपर्वमा फजुल खर्च गरी नदेखाउँ सान मान 
    ऋण परी भविष्यमा कमन्डलु बाेकी माग्नुपर्ला दान ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर 
    २०)
    वर्ष दिनको चाडपर्वमा खुसी भई रमाउनुपर्छ 
    जे छ त्यसमा सुखसङ्ग आनन्दित हर्षित हुनुपर्छ ।
    -सबिता खड्का, कैलाली
    २१)
    चाडपर्व मनाई संस्कृतिलाई जाेगाउनु
    दसैँ तिहार मनाउँदा ऋण नबोकाउनु ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल का म न पा ५
    २२)
    दम्भले फुल्छन् सम्झेर सबैतिर खुला
    जो भ्रष्टचारी फेरि उसैका फूर्ति ठूला ।
    -प्रेम थापा “मन”बागलुङ
    २३)
    देखासिकी लौ गरि खानु
    मरेपछि के छ र  लानु ?
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    २४)
    आजकलको जमानामा कस्ले पत्याउछ यहाँ रिन
    सही  मान्छेले त  मान्नुपर्दछ सधैँभरि हेर्नुस् घिन !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौं
    २५)
    दशा ग्रह पन्छाउन परेशानी किन ?
    हिचकिच मान्नुहुन्न जाबो दान दिन !
    -विवश पारदर्शी 
     झापा,
    २६)
    अरूको देखासिकीमा पाउनु छ सम्मान
    ऋण काढेरै भए पनि गर्नुपर्‍यो दान ।
    -डम्बर थामी ‘अनुपम’ 
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    २७)
    जहाँ पनि हुने खाने बढप्पन देखाउने देखिन्छ लर्काे
    तर आफैँले बुझ्नुपर्छ देखासिकी छाेडेर, नगर्नु  चर्को ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    २८)
    ऋण काढेर देखासिकी नैं नगरौँ
    संस्कृति जोगाउन सबै अघि सरौँ ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    २९)
    वर्ष दिनमा मनाइने रमाइलो चाड
    भाँडभैलो नगर्नु पिएर रक्सी र जाँड ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
     रित्याई ढुकुटी गर्छौ झुटो पिर
    संस्कृति भाडेर पार्छौ ठाडो शिर ।
    -हरिगाेपाल न्हुच्छेँ प्रधान 
    काभ्रे, साँगा बजार बनेपा १४
    ३१)
    हर्ष र उमङ्ग पटक्कै छाएन यसपालिको तिहारमा 
    सत्तरङ्गी फूलका माला राताे टीका भएन याे निधारमा ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारत ।
    ३२)
    दान गरी ठूलो बन्ने छैन मलाई चाहा
    दुनियाँको बाल भएन छि: भनुन् कि आहा !
    -मन्दिरा सेढाई, मलेखु, धादिङ
    ३३)
    बाँडेर न्यायमा जोगिए जस्तो पुण्यमा जोगिँदैन 
    लुटेको धनले मनमा शान्ति कहिल्यै भोगिँदैन । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ३४)
    घाँटी हेरी  देउसीलाई गर्नू दान
    नदेखाऊ तिमीले आडम्बरी सान ।
    -भगवती दवाडी
    ३५)
    भित्रिँदैछ चाडपर्व वर्षैपिच्छे थरिथरिका 
    आफ्नो चलन बिर्सिइकन खोज्छन् नयाँ तरिका ।
    -सुनगाभा पोखरेल 
    कपिलवस्तु १बैरिया
    ३६)
    तिहार एक ठूलो पर्व
    खुसीले सबै गरौँ गर्व !
    -आर्त अकुलीन
    ३७)
    ऋण काढेर भए पनि  गरिन्छ महादान 
    नत्र कसरी  समाजमा रहन्छ उँचो सान ?
    -बाबुराम गौतम, गुल्मी
    ३८)
    समाजको लागि हैन आफन्त आफन्त मिलेर मनाऊँ
    अरूले जे भने पनि रीतिरिवाज पहिले नै जनाऊँ !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ३९)
    सच्चाइ पुरानो रीति दान पुण्य कर्म 
    ऋण काढी दान गर्न गरौँ अब शर्म ।
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ
    ४०)
    दुनियाँलाई देखाउन गरिँदैन ऋण काढेर सान
    सादा जीवन उच्च विचार त्यहीँ नै हुन्छ नि ठूलो मान ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४१)
    पर्वहरू साल सालै महङ्गो हुँदै गयो
    जसरी पनि गरीब मारमा पर्ने भयो ।
    -अरुण कुमार भुजेल 
    गोरू बथान,कालेबुङ,भारत
    ४२)
    देखाए के हुन्छ फुर्तीसरि  हैसियत बरु
    एकबारको जीवन हो जेसुकै भनुन् अरू ।
    =अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    ४३)
    रमाइलो हाम्रो पर्व तिहार यो वर्षैपिच्छे आउँछ 
    आफ्नो स्तर अनुसार मनाउँ है तब खुसी छाउँछ ।
    -सुशीला शिखा 
    काठमाडौं कागेश्वरी
    ४४)
    ऋण काढेर देउसीलाई दिन्छ दान
    अरूको अगाडि देखाउनै पर्यो सान ।
    -दीप गोले तामाङ
    ४५)
    गर्नैपर्यो केही न केही बचाउन आफ्नो सान
    ऋण काढेर नि देउसीलाई दिनैपर्यो दान ।
    -रचना शर्मा प्रतीक्षा 
    इमाडोल, ललितपुर ।
    ४६)
    चाडपर्व तिहार हामी नेपाली 
    सेखासेखले संस्कृति रह्यो खाली ।
    -हन्नाह छेत्री, दार्जिलिङ
    ४७)
    मसलाको बढ्यो मूल्य फलफूल उसैगरी
    फलामको भयो च्युरा तिहार पनि यो घरी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४८)
    विकृति धेरै ल्याएर समाजमा चाडपर्व हरायो 
    जहिले पनि अर्धनाङ्गो भई मञ्चमा धेरै करायो । 
    -विकास क्षेत्री अञ्जान 
    कैजले, बिजनबारी, दार्जिलिङ
    ४९)
    यता पनि दान उता पनि दान, देउसी भैलोले फुटायो कान
    पैसा फल्ने रुख नभएपछि, कतिलाई दिएर सक्नु सम्मान ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ५०)
    सायद कतै भूल भएको हुनुपर्छ संस्कृतिमा हाम्रो 
    जानाजान सिको गर्दै अरूकाे संस्कार हुँदैछ नराम्रो ।
    -ईश्वर साउद
    रामारोशन गाउँपालिका  ६ सुदुरपश्चिम अछाम
    ५१)
    जसरी कमाएर भएपनि गर्नु दान
    समाजमा बढाएकै छ  हेर सानमान ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ५२)
    दिदीबहिनी तिहारमा नआउने 
    मैले भाइ टीका कसरी लगाउने ।
    -भवानी पोखरेल (बाबु बिराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६० सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार २२:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    सहभागी टुक्काकारहरूद्वारा सृजित सुन्दर टुक्का कविताहरू-


    ~<•>~
    १)
    जात नै जाला जस्तो गर्छन् लेख्दा कतिपय
    टुक्का अघि बढेकोमा आरिस हो कि भय ?
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    टुक्का कविता छाेटाे मिठाे भावनाकाे कला 
    मै हुँ भन्ने घमन्डीलाई पार्न सक्छ थला । 
    -ताराप्रसाद चापागाईँ
    ३)
    निरन्तर  फस्टाउँदै   गइरहेको   छ  टुक्का
    आरिस गर्नेहरू होसियार है लाग्ला मुक्का !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ४)
    थोरै शब्द धेरै वर्णन टुक्काको आसय  
    पढ्दै गर्दा भाव बुझ्दा मन कवितामय !
    -सागर आँसु -डोटी
    ५)
    छोटो मिठो, चोटिलो भाव बोक्छ टुक्का
    क्रान्ति बुझ्न नसक्दा खाने गर्छन् मुक्का ।
    -दीपा समभाव 
    दुबेकोल खोटाङ्ग
    ६)
    नबोलौँ भनेको थिएँ जबरजस्ती बोलायो
    कसेर गाँठो पारेको मन समेत खोलायो।
    -प्रदीप के रिमाल
    ७)
    लेख्नु काव्य बनोस् अझै  रसिलो
    शब्द भण्डार बनून् झन् कसिलो ।
    -भगवती दवाडी, झापा
    ८)
    सबै विषयमा टुक्का लेख्न सकिन्छ 
    हिँड्न नजानेमा खुट्टाले दु:ख दिन्छ ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ९)
    आरिसे  जतिले  गर्दै  गरुन्  रिस  अनि  डाहा
    कस्को भविष्य कस्तो हुन्छ तिनलाई छ र थाहा ?
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका, बोस्टन
    १०)
    हुन्छन् समाजमा  दुष्ट मान्छे कति कति
    हो हुँदैन कहिल्यै  त्यस्ताको राम्रो मति ।
    -सतीश सिकारु
    चनपा ६ मातातीर्थ।
    ११)
    आरिसेकाे त खासै साहित्यमा छैन काम
    टुक्का कविता नलेखी कहाँ आउँछ नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्ययपुर ठिमी ५ संगम काेलाेनी राधेराधभक्तपुर ।
    १२)
    भुक्ने कुकुर भुक्छ 
    दैलोमा आई ढुक्छ ।
    -नागेन्द्रप्रसाद यादव ।
    १३)
    कहिल्यै नखोज मान
    कर्मले देखिन्छ सान !
    -आर्त अकुलीन
    १४)
    खुट्टा तान्नेहरूको कमी छैन 
    जे गरेपनि  खुशी भने  हैन ।
    -कला ढकाल, झापा
    १५)
    पाप लाग्छ जस्तो गर्छन् पढ्दा महोदय
    साहित्य नै होइन पो ! भन्छन् कतिपय ।
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १६)
    लेख्न सजिलो र चोटिलो हुन्छ
    टुक्काले समाजको मैलो धुन्छ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १७)
    टुक्का कविता लेखौँ हामी भाव र कला भर्दै  
    रिस डाहा  गर्नेहरू पछिपछि  लाग्छन्  सर्दै ।
    -बेदु न्यौपाने 🌹🌹
    १८)
    टुक्का लेख्दा भाव चाेटिलाे आओस् महाशय
    पढ्नेले  तुरुन्तै  बुझाेस् नि ! यसकाे  आसय ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १९)
    लक्ष्यमा पुग्न टुक्काले गरेको देखेर यात्राको तय
    शुभ चिन्तकलाई खुसीयाली छ आरिसेलाई भय ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    २०)
    समावेशी बनेको छ टुक्का लेखन सान्दर्भिकता लय
    मुर्खको औषधि छैन आरिस गर्ने खुम्चिन्छ लेख्ने जय ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    २१)
    चिनी राख्नुपर्छ धेरै जसो यस्तै हुन्छन् कतिपय 
    अडिग  भै बढिरहनु  गरी आफ्नो  सुन्दर  तय ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    २२)
    दुश्मनलाई ढाल्नुछ
    कुरीतिलाई फाल्नुछ ।
    -दीप गोले तामाङ, रौतहट
    २३)
    मै हुँ भन्ने यहाँ बिगार्न थाले, लेख्दा अचेल टुक्का
    बिग्रियो भनी बताउँदा, तयार हुन्छन् हान्न मुक्का ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    छाेटाे मीठो हुन्छ टुक्का पढ्न नि सजिलो 
    बाेक्ने गर्छ भाव अर्थ अति गहकिलो ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ -५
    २५)
    टोक्यो भन्दैमा कुकुरले मिल्छ र टोक्न कुकुरलाई
    रोकेर  कहाँ  रोकिन्छ  र  सृजनशील  हात  समाई ।
    -पुष्पा राई,बादेल,खाेटाङ।
    २६)
    जातै जाओस् तर टुक्का लेख्न छाेडिन्न
    टुक्का छाेडी अन्ततिर ध्यान माेडिन्न ।
    -भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु
    २७)
    सायद ठूला ठूला कवि भ‌एर होला
    बगाउन चाहादैनन् यो टुक्काको खोला ।
    -रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ भारत।
    २८)
    टुक्काहरू लेख्ने नलेख्ने आ-आफ्नै हो नि खुबी 
    डाहा र रिसले  उन्नति हुन्न जाने हाे डुबी ।
    -सुशिला शिखा 
    कागेश्वरी काठमाडौं
    २९)
    लेख्न न छोडौँ है चोटिलो टुक्का
    आरिसेको मुखैमा हानौँ मुक्का ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
    टुक्काले त भ्रष्टलाई व्यङ्ग्य हान्दछ
    त्यसैले त  ईर्ष्या गर्छ  खुट्टा तान्दछ !
    -विवश पारदर्शी 
    झापा
    ३१)
    अचम्मका मान्छे यहाँ उस्तै रहेछ चलन 
    सधैँ अरूको प्रगतिमा गर्ने गर्छन् जलन ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ३२)
    छोटो मीठो दुई लाइनको यो कविता
    आऊ सबले लेखौँ नबनाउँ रमिता ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३३)
    कामना गर्दछु टुक्काले धरती आकाश छोओस्
    आरिसे दुष्ट मोराहरू आँसुले मुहार धोओस् !
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ।
    ३४)
    देखेर मात्र पुग्दैन कि त केही काम गरौँ
    भनेर मात्र हुँदैन अझ, अघि पनि सरौँ ।
    -प्रेम थापा “मन”बागलुङ
    ३५)
    सानाठूला धनी गरीब मूर्ख विद्वान् सबै यहाँ पर्छ नाच्नु 
    नेपाली साहित्यका आँगनमा सम्मानित नै भएर बाँच्नु ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ३६)
    भनेर मात्रै हुँदैन काम गर्दै जाऊँ
    मिलेन टुक्का भने अवश्य क्षमा पाऊ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    ३७)
    मै मात्र हुँ कि जान्ने बुझ्ने जस्तो गर्छन् मेरै भनौदाहरू
    मेरो केही नलाग्ने भएपछि भन्नुस् हजुर कसो गरुँ ?
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३८)
    टुक्का कविता लेख्दै गएमा धेरैले डाहा गर्छन् 
    साहित्य कस्तो रसपान हाे बुझ्दैनन् पछि पर्छन् ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ३९)
    नलेख्नेलाई लेखौँ  भन्दै कर पनि नगरौँ
    टुक्कालाई मायाँ गर्ने जति सधैँ अघि सरौँ ।
    -अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ,भारत
    ४०)
    कति रिस गर्छन्  बरै हामीले टुक्का लेख्दा
    आरिसले जल्छ्न् नि टुक्का मौलाएको देख्दा ।
    -अनिता भण्डारी ताप्लेजुङ
    ४१)
    लेख्न जान्नेहरूका लागि लेख कला नै होला
    टुक्का लेख्न नजान्ने आफैँ बगाउँछन् त खोला ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४२)
    साजबाज गरेँ धेरै, लेखूँ टुक्का मिठो भनी 
    बङ्गारा नै सबै झार्‍यो, लोहाको चिउरा बनी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४३)
    टुक्का चोटिलो हुन्छ कला विम्ब र यथार्थ बोल्छ
    मनमा   पाप  हुनेहरूलाई  भतभती   पोल्छ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा 
    ४४)
    यो मनको कुरा मनमै कति राखियो 
    दुःख सुखको अनुभवबाट चाखियो ।
    -नीमा छिरिङ भोटिया 
    जलढका कालेबुङ
    ४५)
    उसले जे जे गरि खान्छ आरिस किन गर्नू
    बरु टुक्का कविता लेख्नु साहित्याकास भर्नू ।
    -तिला लेकाली
    ४६)
    साहित्य आफ्नाे भाव र भावनाका शब्दकाे मेल
    दायाँबायाँ नहेरी बगाउनु सृजनाकाे भेल ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४७)
     यहाँ कसले डाहा गरेर के हुन्छ 
    साहित्यिक शब्द सबैको मन छुन्छ ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४८)
    आरिस गर्दा हुन्छ है आफैँमा हानी
    सकेसम्म रिस कम गरौँ है जानी ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ।
    ४९)
    जति नै खुट्टा ताने पनि ढुक्कले टुक्का अघि बढ्दैछ
    अनमोल विधा यो साहित्यको आज शिखर चढ्दैछ।
    -तोया नाथ चापागाईं
    दमक, झापा
    ५०)
    लेख्दा पनि घमण्ड गर्ने है ! म जस्तो कोही छैन भन्ने 
    हामी पनि लेख्छौँ कविता तर संज्ञा ठुटे कवि गन्ने ।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५१)
    आजभोलिका शासक डाडु पन्यू समाउन पाएर आफू आफैँमा छन् दङ्ग 
    मन्त्रीलाई समेत फिर्ता पठाएकोले देखियो यिनका सुशासनको ढङ्ग !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ५२)
    बुझ्न छोटो मीठो टुक्का छायो मुटु मन
    गर डाहा तिमी झाँगिँदैछ रनवन ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५३)
    टुक्का कविता लेख्दा पढ्दा जान्छ भनेर हो कि जात
    बोक्रे कविले बेलाबखतमा  गरिरहन्छन् घात l
    -बाबुराम गौतम, गुल्मी
    ५४)
    शब्दको भावभित्र हुन्छ जमेको
    संसार यसैमा खुसीले रमेको ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५५)
    समयलाई नफालौँ खेर
    लेखौँ टुक्का सोचेर गमेर ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ 
    ५६)
    साहित्य साहित्य हुन्छ कसैकाे हुँदैन पेवा
    नबुझे टुक्का हिरो हाे बुझेमा मिष्टान्न मेवा ।
    -शारदा भण्डारी काफ्ले
    विराटनगर
    ५७)
    कुन शब्द खोजेर  कविता कोरौँ
    ‌मीठामीठा भाषा कहाँबाट गोरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही
    ५८)
    कामपछि नाम आफैँ फैलिँदै जान्छ 
    काम जस्तै जिवनकाे उचाइ लान्छ ।
    -ईश्वर साउद(भिक्षु) 
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ५९)
    मौलाउँदै गएकोले पर्यो होला चोट
    टुक्का कवितालाई कसले लायो खोट |
    -सरिता सेढाई, धादिङ
    ६०)
    विज्ञ छु भनेर घमण्ड गर्छौ किन ?
    आफू कति पानीमा छु पहिले चिन ।
    -विनोद साथी 
    मिरिक
    ६१)
    चुपचाप कर्म गर्दै जानुस्
    बेथितिको विष स्वाट्टै खानुस् ।
    -लक्ष्मी रिजाल 
    रुपनगर, सप्तरी ।
    ६२)
    कुनै दिन अवश्य लेख्ने छन् टुक्का रमाई 
    धन्य बन्लान् टुक्का संग्रह खुसीले समाई । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ६३)
    जान्दछु भनेर कम्मर कस्ने पनि देखियो
    आफ्नै घमण्ड ईर्ष्या बाहेक के नै पो लेखियो।
    -बिकास क्षेत्री अन्जान
    ६४)
    रूप बेग्लै प्रतिभा बेग्लै गराैँ सबैकाे मान
    पृथक विधाकाे सत्कार गराैँ पुराऔँ ध्यान ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,बनेपा १४ साँगा बजार

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार १८:५१ मा प्रकाशित
  • सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल शाखाको आयोजनामा हिजो कार्तिक २४ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा ‘सगरमाथा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न भएको छ ।

    प्रा.डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् साहित्यकार कलानिधी दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा साहित्य, समाजसेवा र पर्यावरणको क्षेत्रमा अतुलनीय योगदान दिनुहुने मूर्धन्य व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा
    काठमाण्डौका हरिभक्त सिग्देल (काठमाण्डौ), मानन्धर अभागी (साँखु काठमाडौँ), सोलुखुम्बुकी डा.रेनुका सोलु (सोलुखुम्बु), हेमन्तराज काफ्ले (नेपालगन्ज) र इलामकी ज्योति जुङ्गल रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले आफ्नो शुभकामना मन्तव्य राख्दै लेखेर वा बोलेर मात्रै साहित्यकार नभइने, त्यसका लागि कवि आफैँमा आत्मविश्वास, लगनशीलताका साथै मधुर वाणी र व्यवहार हुनुपर्ने बताउमु भयो । साथै उहाँले सम्मानित पाचै जना व्यक्तित्वहरूलाई हार्दिक बधाई पनि ज्ञापन गर्नुभएको थियो ।

    नेपाल शाखाका इन्चार्ज अमन एकलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्थाको स्थापना भएदेखि हालसम्म गरेका हरेक साहित्यिक, सामाजिक लगायतका कार्यहरूको फेहरिस्त प्रस्तुत गर्नुभएको थियोे । साथै उहाँले संस्थाको आगामी कार्ययोजना बारे पनि जानकारी गराउनु भएको थियो ।

    कार्यक्रमको शुरुमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समर चेम्जोङ आभासको शुभकामना मन्तव्य पढेर सुनाइएको थियोे । साथै सम्मानित व्यक्तित्वहरूले पनि ‘सम्मानले आफूमा साहित्य र समाजका क्षेत्रमा अझै केही गरॅौ या गर्नुपर्छ’, भन्ने उत्प्रेरणा थपेको कुरा बताएका थिए ।

    कार्यक्रममा करिब दुई दर्जन स्रस्टा/सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्जक, साहित्यानुरागी व्यक्तित्वहरू, संस्थाका पदाधिकारीहरू सुमित्रा सुमी, मन्दिरा मधुश्री, टुका देवी पौडेल आचार्य लगायतको उपस्थिति रहेको थियोे ।

    कार्यक्रम प्रतिष्ठानका नेपाल शाखा अध्यक्ष बुद्धि बल श्रेष्ठको अध्यक्षतामा एवम् उपाध्यक्ष भैरवी भूगोलको कुशल सञ्चालनमा सम्पन्न भएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८१ सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार ०७:०३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    खुकुरी
    गोर्खाली सान
    हाम्रो वीरताको पहिचान !

    • वसन्त अनुभव
      [२]
      सिरुपाते
      खुकुरीकाे धार
      प्रसिद्ध नेपाली हतियार !
    • ताराप्रसाद चापागाईँ
      [३]
      खुकुरी
      कसिलो हात
      नेपाली पहिचानको बात !
    • रचना शर्मा प्रतीक्षा, ललितपुर
      [४]
      खुकुरी
      नेपाली पहिचान
      वीर गाेर्खालीकाे सान !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५]
      खुकुरी
      हाम्रो पहिचान
      बढेको सबैको सान !
    • रमा पन्त, पाल्पा
      [६]
      खुकुरी
      काट्ने दुबै
      राँगा अनि कुखुरी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [७]
      जोगाउन
      संस्कार सस्कृति
      धार नमेटाऊ कत्ती !
    • हीरामाया श्रेष्ठ
      [८]
      वीरता
      नेपालीको सान
      खुकुरीले दिन्छ पहिचान !
    • गुणनिधि घिमिरे, अमेरिका
      [९]
      खुकुरी
      ठुलो योगदान
      नेपाली समाजको परान !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१०]
      नेपाली
      कतै रुक्दैन
      कहिल्यै अनायासै झुक्दैन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [११]
      पहिचान
      वीर नेपाली
      वैरीलाई खुकुरीले हान !
    • पशपती राई, खोटाङ
      [१२]
      खुकुरी
      नेपालीको सान
      नगर कसैले अपमान !
    • नागेन्द्रप्रसाद यादव
      [१३]
      खुकुरी
      सबैको स्वाभिमान
      हामी नेपालीको पहिचान !
    • आर्त अकुलीन
      [१४]
      खुकुरी
      देखाऊ पहिचान
      भ्रष्टलाई खोजीखोजी हान !
    • डा. देवी पन्थी
      [१५]
      हतियार
      नेपालीको सान
      एउटा छुट्टै पहिचान !
    • कला ढकाल झापा
      [१६]
      हतियार
      खुकुरीमा धार
      शान्ति सुरक्षाको आधार !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [१७]
      खुकुरी
      प्रसिद्ध हतियार
      गोर्खालीले बचाएको उपहार !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१९]
      छप्काउने
      शत्रुको घाँटी
      खुकुरी गोर्खालीको साथी !
    • नवशिला,
      नवदेव मार्ग, लालभित्ती, मोरङ
      [२०]
      खुकुरी
      हतियारको नाम
      चिनारीको गर्छन् गुणगान !
    • पृथक प्रकृति, झापा
      [२१]
      गोर्खाली
      उठ नेपाली
      हातमा खुकुरी उचाली !
    • घनश्याम पौडेल, पोखरा
      [२२]
      वीरता
      चम्किलो खुकुरी
      नेपाली इतिहासको गौरव !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२३]
      खुकुरी
      हुनु होसियार
      नेपाललाई चिनाउने हतियार !
    • धनमाया चौधरी, कैलाली
      [२४]
      खुकुरी
      गाेर्खालीकाे हतियार
      फिरङ्गीले खाए हार !
    • नवराज भट्ट, कञ्चनपुर
      [२५]
      खुकुरी
      गौरवको सान
      हामी नेपालीको पहिचान !
    • बेदु न्यौपाने
      [२६]
      खुकुरी
      मासु काट्ने
      केवल हतियार नसम्झ !
    • ध्रुव श्रेष्ठ, खोटाङ
      [२७]
      खुकुरी
      काट्ने हतियार
      दुश्मनी व्यवहार होसियार !
    • सविता के.सी.
      [२८]
      खुकुरी
      जमाना थियो
      बैरीको सातो लियो !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौँ
      [२९]
      गोर्खाली
      खुकुरीको सान
      वीर पुर्खाको मान
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३०]
      खुकुरी
      बिरताको चिनो
      शत्रुलाई हराएको हतियार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३१]
      खुकुरी
      पुर्खाको पहिचान
      यो हाम्रो सम्मान !
    • दीप गोले तामाङ, रौतहट
      [३२]
      निसान
      वीर नेपालीको
      हतियार खुकुरी पहिचान !
    • विवश पारदर्शी, झापा
      [३३]
      खुकुरी
      धारिलो धार
      देश बचाउने हतियार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [३४]
      अगहन
      जुरठ लगन
      डुल्ही डुल्हा माँगन !
      सागर कुस्मी, कैलाली
      [३५]
      खुकुरी
      हाम्रो पहिचान
      नेपाली वीरताको निसान !
    • कमला देवकोटा, पाल्पा
      [३६]
      खुकुरी
      गौरवशाली हतियार
      अहिले काट्छन् कुखुरी !
    • दुर्गा अधिकारी भमरकोेटे, हाल – कपन
      [३७]
      खुकुरी
      वीरताको कहानी
      भयो सुनौलो बिहानी !
    • सङ्गीता खरेल, काठमाडौँ
      [३८]
      खुकुरी
      नेपालीको सान
      गाेर्खाली नाम पहिचान !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [३९]
      खुकुरी
      नेपालीको साथी
      शत्रुको लिन्थ्यो सातो !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४०]
      खुकुरी
      वीरताकाे निशानी
      पुर्खाकाे गाैरवगाथा नेपालीकाे !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४१]
      खुकुरी
      नेपालीको सान
      वीर पुर्खाको पहिचान !
    • सुरेश न्यौपाने
      [४२]
      खुकुरी
      गोर्खालीको पहिचान
      वीरता चिनाउने हतियार !
    • तिला लेकाली
      [४३]
      खुकुरी
      पित्तलको काँजो
      शत्रुलाई हान्छ भाँजो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      खुकुरी
      हाम्रो सान
      हामी नेपालीको पहिचान !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४५]
      खुकुरी
      गोरखालीको सान
      वीर हुनुको अभिमान !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४६]
      खुकुरी
      धारिलो हतियार
      नचिन्ने आफ्नो पराइ !
    • कण्ठराज गिरी, टीकापुर
      [४७]
      खुकुरी
      वीरको सान
      हामी नेपालीको स्वाभिमान !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४८]
      खुकुरी
      चलाएर युद्धभूमिमा
      ल्याए वीरताको आँधी !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४९]
      खुकुरी
      नेपालीको हतियार
      असत्यमाथि विजयको प्रहार !
    • सरस्वती वली
      [५०]
      खुकुरी
      गोर्खालीको सान
      विश्वभर यसैको गुणगान !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [५१]
      खुकुरी
      गोर्खालीको हतियार
      छोडेन कुनै मतियार !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [५२]
      खुकुरी
      कर्दकाे मान
      तमाम मर्दकाे सान !
    • रामकृष्ण दुवाडी, पाेखरा
      [५३]
      गाेर्खालीकाे
      सान एनेपालीको
      खुकुरी पहिचान साहसीपनकाे !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५४]
      खुकुरी
      गोर्खालीको सान
      विश्वमा वीरत्वको पहिचान !
    • त्रिलोक रामदम
      [५५]
      खुकुरी
      नेपालीको शान
      विश्वले गर्छ मान !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
      [५६]
      खुकुरी
      सूर्यझैँ न्यानो
      बन्नु जीवनको छानो !
    • कृष्ण बजगाईँ, भक्तपुर
      [५७]
      खुकुरी
      हतियार हाम्रो
      विश्वमै छ राम्रो !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५८]
      खुकुरी
      जब चम्कियो
      राष्ट्रघातीले पानी छम्कियो !
    • घनश्याम पन्त
      [५९]
      धारिलाे
      सान खुकुरीकाे
      सान उस्तै नेपालीकाे !
    • टीकाराम जाेशी, टीकापुर
      [६०]
      अवगुणलाई
      गुणले जित्ने
      एक गज्जवको काइदा !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [६१]
      खुकुरी
      नेपालीको पहिचान
      बढोस् पुर्खाको सान !
    • सुस्मिता अधिकारी ,काठमाण्डौं
      [६२]
      खुकुरी
      गाेर्खाली सान
      प्रसिद्ध नेपाली हतियार !
    • श्रद्धा आचार्य, पोखरा
      [६३]
      खुकुरी
      पुर्खाको चिनारी
      सुरक्षाको सौम्य साधन !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न

  • २१ कार्तिक २०८१, बुधबार १७:३८ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका तिहार विशेष उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    खेलेर देउसी भैलो
    मनाऔँ तिहार पर्व
    फालेर मनको मैलो !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    //२//
    सप्तरङ्गी टिका निधारमा
    गलामा माला मखमली
    रमाइलो चाड तिहारमा ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    //३//
    तिहारको रमझम आयो
    सयपत्री मखमली फुलेर
    मनमा हर्ष छायो ।
    -पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    //४//
    सयपत्री फूलको माला
    निधारमा टीका सप्तरङ्गी
    उज्यालो तिहारकाे पाला ।
    -श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    //५//
    हटाउन मनको मैलो
    सबैसॅंग मिलिकन यसपालि
    खेल्नुपर्छ देउसी भैलो !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    //६//
    जागोस् सबैमा सद्भावना
    हँसिलो रमाइलो पलसँगै
    तिहारको मङ्गलमय शुभकामना !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    //७//
    निधारमा होस् टीका
    मनाऔँ तिहार सबैले
    नहोस् कसैको फिका !
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    //८//
    सप्तरङ्गी टीका लगाई
    दीर्घायुको कामना गर्दैछु
    दैलोमा ओखर फुटाई ।
    -समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    //९//
    तिहार बनोस् रसिलो
    देउसी भैलोको आशिषले
    पर्व रहाेस् कसिलाे !
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    //१०//
    उज्यालो चाड तिहार
    हटुन् पिर चिन्ता
    मनसङ्गै हाँसोस् निधार !
    -कपिलकिशोर घिमिरे
    —————<•>—————
    //११//
    सयपत्री मखमलीको माला
    परदेशमा बिदा मिलेन
    भाइलाई नपर्खिनू यसपाला ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    //१२//
    सबैको घर दैलोमा
    तिहारको रौनक छायो
    रमाऔँ देउसी भैलोमा !
    -ललिता देउवा सहयात्री
    —————<•>—————
    //१३//
    सयपत्रीको माला उनेर
    माइतीको प्रतीक्षामा रहँदै
    देउसी भैलो सुनेर !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    //१४//
    उल्लासपूर्ण रहोस् तिहार
    दाजुभाइ र दिदीबहिनीको
    प्रगाढ बनोस् पियार !
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    //१५//
    झिलिमिली बत्तीको पर्व
    खेलेर द्यौसी भैली
    खुसीले गरिरहेका गर्व !
    -आर्त अकुलीन
    —————<•>—————
    //१६//
    हिन्दुहरूकाे महान चाडपर्व
    सबै खुसीले रमाउँछन्
    मनमा लाग्दछ गर्व ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    —————<•>—————
    //१७//
    जमेर मनाऔँ तिहार
    भाइबन्धु इष्टमित्र सबै
    खाली नहोस् निधार !
    -नागेन्द्रप्रसाद यादव ।
    —————<•>—————
    //१८//
    पुछेर मनकाे धूलाे
    मनाउँ चाड तिहार
    मौलिक पर्व ठूलो !
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४ ।
    —————<•>—————
    //१९//
    तिहारको रौनक छायो
    देउसी भैलो खेल्दै
    मनाएको याद आयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    //२०//
    गलामा मखमली लगाई
    निधारमा सप्तरङ्गी टीका
    भाइको कष्टहरू भगाई !
    -एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    —————<•>—————
    //२१//
    हाैसला जागेर आओस्
    तिहारकाे हार्दिक शुभकामना
    सर्वत्र खुसीयाली छाओस् !
    -रबि पाैडेल
    जैमिनि -न. पा. – ७ जैदि बागलुङ ।
    —————<•>—————
    //२२//
    मिलिजुली मनाउँ तिहार
    खुसी मिठास मनमा
    पवित्र राखौँ विचार !
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    //२३//
    तिहारको रौनक चल्दैछ
    महान् चाड हिन्दुहरूको
    बजारमा महङ्गी बल्दैछ ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    //२४//
    तिहार रमाइलो बत्तीले
    नखेलौँ जुवा तास
    डुबाउँछ तासको पत्तीले !
    -धनमाया चौधरी कैलाली
    —————<•>—————
    //२५//
    मखमलीको माला गाँसेर
    राख्नू चेली थालीमा
    माइतीलाई पर्खनू हाँसेर ।
    -अरुण कुमार भुजेल
    दार्जीलिङ्ग, भारत
    —————<•>—————
    //२६//
    हेर्दाहेर्दै तिहार आयो
    सबैका घरआँगनमा हेर
    रङ्गोली बत्तीले छायो !
    -अम्बिका गिरी, विराटनगर
    —————<•>—————
    //२७//
    झिलिमिली बत्तीको तिहार
    लक्ष्मीको होस् पूजा
    शुभ होस् विचार !
    -नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३
    —————<•>—————
    //२८//
    दीपावलीको बहार आयो
    गाउँ सहर आँगनीमा
    उफ्रँदै देउसिरे गायो ।
    -ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी
    —————<•>—————
    //२९//
    बत्तीको झिलिमिली पर्व
    सप्तरङ्गी टीका लगाई
    मनमा खुसी गर्व ।
    -कला ढकाल, झापा
    —————<•>—————
    //३०//
    तिहार देशभरि छायो
    आपसमा सुखदुःख बाँडेर
    सबैको मन रमायो ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    //३१//
    बत्तीले झलमल्ल दैलोमा
    सयपत्री मखमलीको तिहार
    साथीसङ्गी मिलेर भैलोमा !
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    //३२//
    आँगनमा तिहार आयो
    मखमली फूल फुल्दा
    नयाँ उमङ्ग छायो ।
    -सञ्जना शर्मा
    लमही दाङ
    —————<•>—————
    //३३//
    झिलिमिली तिहार आयो
    कमेरोले घर लिपी
    गाउँघरमा खुसी छायो ।
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    //३४//
    तिहारमा लक्ष्मीको पाइलो
    देउसी भैलो खेलेर
    गरौँ है रमाइलो !
    -सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    //३५//
    दाजुभाइको घुमेर फेरो
    रहुन् अष्टचिरञ्जीवी दाहिना
    आसिक लागोस् मेरो ।
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १बैरिया
    —————<•>—————
    //३६//
    आँगनमा आइन् भैलो
    बलिकाे आशिष् थाप्न
    खुल्यो आमाकाे थैलो ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————
    //३७//
    रङ्गोली बत्ती दैलोमा
    सप्तरङ्गी टीका लगाई
    नाच्दै देउसी भैलोमा ।
    -मन थापा
    पोखरा २१ बक्रेक
    —————<•>—————
    //३८//
    कसैका माइती पर
    माइती तिहारमा आउलान्
    झलमल पार्दैछन् घर ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    //३९//
    सबैको घरमा झिलिमिली
    देउसी भैलो खेल्दै
    भई तन्दुरुस्त जाँगरिली !
    -नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    //४०//
    तिहारमा हाँसेर रमाउने
    मिलेर सप्तरङ्गी टीका
    सयपत्री माला लगाउने ।
    -साहित्य प्रेमी सुशील
    धनगढी
    —————<•>—————
    //४१//
    तिहारकाे सुनाैलाे पल
    देउसी भैलाे खेल्ने
    इच्छा बढ्दैछ प्रबल ।
    -काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    //४२//
    सयपत्री ढकमक्क फुलेको
    दाजुभाइ विदेशमा हुँदा
    चेलीबेटीको मन डुलेको !
    -दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    //४३//
    खेलौँ देउसी भैलो
    खुसी बाँडौँ आपसमा
    पखालेर मनको मैलो ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    //४४//
    पशुपन्छी मानव पूजन
    तिहारमा सप्तरङ्गी टिका
    लगाई मखमली सुमन ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    //४५//
    खुसी भए माली
    फूल राम्रो बिक्यो
    नाफा कमाए यसपालि ।
    -देव कृष्ण काफ्ले
    पोखरा १ कास्की
    —————<•>—————
    //४६//
    भन्दैथिएँ केकाे खैलाेबैलाे ?
    राष्ट्रिय चाड मनाउन
    आएछन् देउसी भैलाे ।
    -शम्भु गजुरेल
    —————<•>—————
    //४७//
    घरघरमा दिपावली मनाऔँ
    अविरल अविराम नदीझैँ
    दिदीभाइको माया बनाऔँ ।
    -विष्णु पंगेनी(पाण्डे )
    वालिङ् स्याङ्जा
    —————<•>—————
    //४८//
    मखमली फूल फुल्याे
    रमाइलो तिहारकाे आगमनले
    सारा दु:ख भुल्याे ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    //४९//
    तिहार मौलिक हाम्रो
    देउसी भैलो खेलौँ
    सयपत्री मखमली राम्रो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    //५०//
    रङ्गीचङ्गी पर्व तिहार
    देउसी भैलो खेल्दै
    मखमली माला सिँगार ।
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    —————<•>—————
    //५१//
    फूलैफूलको चाड तिहार
    सम्बन्ध जोड्ने पर्व
    झिलिमिली बत्ती सिँगार !
    -देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    —————<•>—————
    //५२//
    दसैँपछि तिहार आउँछ
    सबै नेपालीका घरघरमा
    झिलिमिली दीपक छाउँछ ।
    -पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    //५३//
    हुँदैन खाली निधार
    मनाए चेलीको हातबाट
    सप्तरङ्गी भाइटीका तिहार !
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    —————<•>—————
    //५४//
    गरौँ तिहारको सामना
    देउसी भैलो खेलेर
    दीपावली भाइटीकाको शुभकामना !
    -बेदु न्यौपाने
    —————<•>—————
    //५५//
    आउँछ तिहार वर्षदिनमा
    संस्कृति मनाउँदा हाम्रो
    डुबाउँछ कतिलाई ऋणमा ।
    -दिल ठकुरी, दार्जिलिङ
    —————<•>—————
    //५६//
    आयो तिहार दैलोमा
    दीपले स्वागत गरौँ
    लक्ष्मी आइन् भैलोमा !
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    —————<•>—————
    //५७//
    पानी भर घैलामा
    घरबेटी आमा हेर
    भैलेनी आयो दैलामा ।
    -बिबा तामाङ
    दार्जिलिङ
    —————<•>—————
    //५८//
    आमाले सेलरोटी पकाउँछिन्
    ढोकामा ओखर फोरेर
    दिदीले वैरीलाई भगाउँछिन् ।
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    //५९//
    आयो तिहार पर्व
    रमाइलो गरौँ सबैले
    संस्कृति हाम्रो गर्व !
    -दीपा समभाव
    दुबेकोल खोटाङ
    —————<•>—————
    //६०//
    सप्तरङ्गी टीकाको चाहना
    चेली माइतीको चाडपर्व
    तिहारको हार्दिक शुभकामना !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    //६१//
    मनाऔँ तिहार रमेर
    पुज्दै माता लक्ष्मी
    खेलौँ भैलो जमेर !
    -तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    //६२//
    नहोस् खाली निधार
    दिदीको आशीर्वादले भाइ
    जित्नू सिङ्गो संसार !
    -काजल न्यौपाने
    भोजपुर
    —————<•>—————
    //६३//
    वरपर झिलिमिली बनाओैँ
    जम्मा भएर छरछिमेक
    हाँसीखुसी तिहार मनाओैँ ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    —————<•>—————
    //६४//
    उमङ्ग बोकेर आयो
    चेली माइतीको पर्व
    हर्षोल्लासले मनमा छायो ।
    -सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    //६५//
    रमाइलो तिहार आयो
    सयपत्री फूल फुलेर
    सबैमा खुसी छायो ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ
    —————<•>—————
    //६६//
    धनलक्ष्मीको मन बढोस्
    हृदय खोलेर मनाऔँ
    लक्ष्मीको नजर परोस् !
    -घनश्याम पन्त, हरिवन सर्लाही
    —————<•>—————
    //६७//
    आँगनी चम्किलाे माझमा
    शुभकामना दिन्छु तिहारकाे
    दिपावली गराैँ साँझमा !
    -हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान
    —————<•>—————
    //६८//
    दीपावली राम्रै रहोस्
    छाओस् घरमा खुसीयाली
    दु:खको दर्शन नहोस् !
    -जनक बिसी, दक्षिण भारत कोचिन
    —————<•>—————
    //६९//
    दुःखलाई मनमा गालेर
    मनाउँछन् तिहार सबैले
    झिलिमिली बत्ती बालेर !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    //७०//
    फूलैफूलले चारैतिर सजाएको
    तिहार मौलिक पर्व
    पीरमर्का समेत कजाएको ।
    -नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    //७१//
    भरेर पानी घैलोमा
    पूजा गरौँ माताको
    भैलेनी आए दैलोमा ।
    -मोती सुब्बा
    —————<•>—————
    //७२//
    झिलिमिली तिहारै आयो
    जताततै रङ्गीचङ्गी देख्दा
    मनमा उमङ्ग छायो ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    //७३//
    मनले आँटेकाे पुगाेस्
    याे तिहारमा कसैकाे
    मन कत्ति नदुखाेस् !
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला,
    —————<•>—————
    //७४//
    कुर्दै होलिन् आँगनीमा
    भाइटीकाको साइत हेरी
    दिदी सपनी विपनीमा !
    -भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    //७५//
    जनतालाई तिहारको खुसी
    खोइ कसरी रमाउनु ?
    आयो मालामा ढुसी ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    //७६//
    फूलको दुइदिने चोला
    माला गाँस्दै दिदी
    दाजुभाइ रुँदै होला ।
    -पशपती राई, खोटाङ
    —————<•>—————
    //७७//
    हरघडी टिलपिल टल्कन्छ
    महान् तिहारको बत्ती
    झिलिमिली भई झल्कन्छ !
    -अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    —————<•>—————
    //७८//
    मखमली माला गाँसेर
    तिहार आयो आँगनमा
    स्वागत गरौँ हाँसेर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    //७९//
    परदेशी भन्छन् अहिले
    खुसीसँगै दुखी हुनुपर्ने
    चाडपर्व आएपछि जहिले ।
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    //८०//
    सप्तरङ्गी टिका निधारमा
    गलामा माला पहिरिएर
    छमछमी नाचौँ तिहारमा !
    -शब्द को खेलाडी ( बिशु हाङ राई)
    विराटनगर नेपाल
    —————<•>—————
    //८१//
    तिहार आयो हाँसेर
    खेलौँ मिलेर देउसी
    मखमली माला गाँसेर !
    -सविता भट्टराई, जनकपुरधाम
    —————<•>—————
    //८२//
    तिहारको रमाइलो आयो
    सयपत्री ढकमक्क फुलेर
    हर्ष उमँग छायो ।
    -दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    //८३//
    धनधान्यको नहोस् अभाव
    गराैँ लक्ष्मीको आराधना
    हुनेछ सुखद् प्रभाव !
    -जयनारायण नेपाल
    भक्तपुर
    —————<•>—————
    //८४//
    नओइलाओस् सयपत्रीको फूल
    तिहारमा भेटघाट चेलीमाइतीको
    लोकसंस्कृतिमा नभइरहोस् भूल !
    -गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    //८५//
    तिहार फूलैफूलको पर्व
    मौलिक चाड हाम्रो
    गरौँ सबैले गर्व ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    —————<•>—————
    //८६//
    वेदनाको खाट भाँचियोस्
    रमाइलो गर्दै हरपल
    खुसीले सबै नाचियोस् ।
    -अन्मोल मुस्कान
    तकदाह छाउनी दार्जिलिङ
    —————<•>—————
    //८७//
    फालेर मनको मैलो
    रमाएर खेलौँ सबैले
    तिहारमा देउसी भैलो ।
    -उमा दाहाल
    सुन्दर हरैचा १० मोरङ
    —————<•>—————
    //८८//
    आहा ! तिहार आयो
    पियो, खायो मजाले
    ह्वात्तै ऋण बढायो ।
    -देवी पन्थी
    —————<•>—————
    //८९//
    खाेलेर मनकाे दैलाे
    खेलाै साथीभाइ मिलेर
    देउसी र भैलो ।
    -प्रद्युम्न चालिसे
    —————<•>—————
    //९०//
    हुन्छ झिलिमिली कति
    सेलराेटी मसला हातमा
    तिहार रमाइलाे अति !
    -भुपेन्द्र के.सी.
    —————<•>—————
    //९१//
    तेलमा बाती बल्दछ
    प्रभु कृपाले हाम्रा
    सबै बाधा टल्दछ ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    //९२//
    अरूलाई आनन्द मिलाेस्
    हाम्रा हरेक कामबाट
    आफ्नाे देश उज्यालियाेस् !
    -दीपक दाहाल
    —————<•>—————
    //९३//
    बालेर खुसीको दियो
    नेपालीको घर आँगनमा
    तिहार पर्व भित्रियो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    //९४//
    टीका लगाइदिने आसमा
    हिँडे माइत दिदीबहिनी
    दाजुभाइ काैडा तासमा !
    -जी.वि. घाेराही ।
    —————<•>—————
    //९५//
    भुलेर पीडा तिहारमा
    हासाैँ दाजुभाइ दिदीबहिनी
    लगाऔँ टीका निधारमा !
    -सन्दीप विश्वकर्मा
    कपिलवस्तु
    —————<•>—————
    //९६//
    रातोमाटो सुहाएको दैलोमा
    लिपपोतपछि क्या आनन्द
    रमाउन् केटाकेटी भैलोमा !
    -राजेश्वरी राजोपाध्याय
    —————<•>—————
    //९७//
    खेल्दै देउसी भैलो
    आएँ हजुर म
    झिल्का कविताको दैलो !
    -सरिता सेढाई
    —————<•>—————
    //९८//
    कसिलो हुँदै जाओस्
    सम्बन्ध दाजुभाइ दिदीबहिनीको
    मनमुटाव कहिल्यै नआओस् !
    -ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    //९९//
    शरदले फूल फुलायो
    सयपत्री, मखमली रङ्गीचङ्गी
    मनलाई पुलकित बनायो ।
    -म्यामराज राई
    —————<•>—————
    //१००//
    सप्तरङ्गी टीकाको चाहना
    चेली माइतीको चाडपर्व
    तिहारको हार्दिक शुभकामना !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    //१०१//
    झिलिमिली बत्ती बालेर
    लक्ष्मीको पूजा गरेको
    मनको मैलो फालेर !
    -विवश पारदर्शी
    झापा
    —————<•>—————
    //१०२//
    मनको कति मैलो
    भन्नु परेन तिमीलाई
    कसरी खोल्नु दैलो ?
    -नीमा छिरिङ भोटिया
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P