पुस २४ गते, प्याब्सन स्थापना दिवस मनाउन लागेकाे प्याब्सन घाेराहीले ३ दिने कार्यक्रम अन्तर्गत साेमबार घाेराही उपमहानगरपालिका वडा नं. ७ सुक्रवार उत्तरवाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल)लाई खाद्यान्न सहयाेग हस्तान्तरण गरेकाे छ । प्याब्सन घाेराहीले गुरुकुललाई एक कार्यक्रम गरि एक क्विन्टल चामल, तीस लिटर तेल, पाँच किलाे मकै, दस किलाे दाल, बीस किलाे सुन्तला, भेली, चियापत्तीलगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरुले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका वक्ताहरुले देशकाे माैलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल) का मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराउनुभएकाे थियाे ।
कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले आ-आफ्ना विचार राख्नुभएकाे थियाे । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटी सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।
अल कासिम ! साउदी अरबको मध्य पश्चिम् क्षेत्र बुरैदा अल कासिममा नेपाली तथा अन्य यात्रुहरुका सुबिधाका लागि आइ-मिग ट्राभल्स एन टुर्सले आफ्नो शाखा खोलेको छ ।
बिशेष गरि नेपालीहरुका लागि सस्तो सुलभ मुल्यमा सेवा दिने उद्देश्यले उक्त ट्राभल्स खोलिएको एक लगानीकर्ता व्यावसायी मनिष कोइरालाले जानकारी गराए ! नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अन्य ट्राभल्स अफिसहरुको भन्दा सस्तो मुल्यमा सेवा सुबिधाहरु दिने कुरा कोइरालाले जानकारी गराए ।
गत ३ जनवरी शुक्रबारका दिन विविध संघ संस्थाका प्रतिनिधि तथा समाजसेवीको रहोबरमा खोलिएको उक्त ट्राभल्सले धेरै नेपालीहरुलाइ तथा अन्य देशका जनतालाई सरल सुलभ सेवा दिने कोइरालाले बताए !
उक्त ट्राभल्सबाट आन्तरिक तथा अन्तरास्ट्रिय हवाइ टिकटहरु, साउदी अरब भरी आवातजावत गर्न यातायातको ब्यबस्था, श्रम तथा पासपोर्ट सम्बन्धित सेवाहरु, बैन्किङ सेवाहरु, सामाजिक सुरक्षा कोष, एब्सर आइदी बनाउन देखि तथा अन्य अनलाइन सेवाहरु प्रदान गर्ने छ । ब्यबसायी कोइराला भन्नुहुन्छ, धेरै सेवा लिन आउनुहुने सेवाग्राहीहरुलाइ विशेष छुट सहित सेवा दिइने छ ।
साउदीको कुनैपनी कुनाबाट कुनैपनी सेवा अनलाइन मार्फत, फोन सम्पर्क बाट पनि लिन सक्ने मनिष कोइरालाले बताए । अन्य जानकारीका लागि नितेष कुवर 0554461043 ईश्वर गौतम 0561735801 मा सम्पर्क गरि सेवा लिन सक्नुहुनेछ ।
तमु धिँ समाज जेद्दा साउदी अरबद्वारा गत ३ जनवरी २०२५ शुक्रबारका दिन आफ्नो चार्ड सप्ह्री ल्हो ल्होसार बेजोड सांस्कृतिक कार्यक्रम सहित भब्यताका साथ सु-सम्पन्न गरेको छ ।
नेपाली महाबाणिज्यदूतावास जेद्दाका कार्यवाहक महाबाणिज्य दूत सृजना अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बेद तमुको सभापतित्वमा मायाँ गुरुङद्वारा संचालित उक्त कार्यक्रम दुई चरणमा गरि सु-सम्पन्न भएको थियो । कार्यक्रमको पहिलो चरणमा उपस्थित बरिस्ठ ब्यक्तित्व तथा अतिथिगणहरुले शुभकामना मनतब्य दिएका थिए । दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड नित्य तथा अन्य सांगीतिक कोसेलीहरु पस्किएर भरपुर मनोरञ्जन दिएको थियो ।
नेपाली राष्ट्रिय गान तथा गुरुङ समुदायको पहिचान युक्त आफ्नै गान सँगै सुरु गरिएको कार्यक्रममा ल्होसारको परिचय र महत्वलाई दर्सकमाझ प्रस्तुत गर्दै आश्था गुरुङले स्वागत मन्तव्य दिँदै उपस्थित सबैलाई स्वागत गरेकि थिइन् ।
गुरुङ संस्कृति अनुसार कार्यक्रममा फेटा तथा भाङ्रो लगाएर उपस्थित अतिथिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु द्वारा कार्यक्रम आयोजक टिमलाइ धन्यवाद ज्ञापन गर्दै शुभकामना दिनुको साथै यस्तो मौलिक तथा सांस्कृतिक कार्यक्रमले बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक आपसमा जोड्ने र स्वदेशी भुमिमा रहेको आभास तुल्याउने जनाएका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि सृजना अधिकारिले यस्ता कार्यक्रमले सम्पुर्ण नेपालीहरुलाइ खुशी दिलाउने, एक आपसी भाइचारा कायम गर्ने तथा दुखमा साथ मिल्ने, एक आपसमा चिनजान गर्न मौका मिल्ने, बताउदै आफू र आफ्नो महाबाणिज्य दूतावासबाट हुन सक्ने सहयोग सबै नेपाली श्रमिकहरुलाइ प्रदान गर्ने कुरा बाताउनुभयो । पहिलो चरणको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सभापति वेद तमुले उपस्थित सम्पुर्ण प्रायोजकहरु :- अलमाराइ कम्पनी, नेपाली होटल मेलम्ची, काठमाडौ होटल बलद, तथा अन्य विभिन्न संघ संस्था र ब्यक्तिगत बाट आर्थिक, भौतिक सहयोग गर्नुहुने सबैलाइ हृदयदेखी धन्यवाद दिएका थिए । यसै गरि कार्यक्रम सफल बनाउन दिनरात खटिने स्वंसेवकहरु, कलाकारहरु, अतिथिहरु,उपस्थित दाजुभाइ दिदिबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु, तथा पत्रकार सबैलाइ बिशेष धन्यवाद दिदैं संस्थाले पीडित श्रमिकहरुका लागि पनि धेरै सहयोग गरेको र आगामी दिनहरुमा पनि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरु, संघं संस्थाका प्रतिनिधिहरु, दूतावास जेद्दाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
बिशिस्ट अतिथिहरुमा नेपाली महाबाणिज्य दूतावासका दूत सुवास यादब, श्रम सहचारी तम्राज काफ्ले, उपदूत बुद्दमाया भट्टराई, रहेका थिए भने एनआरएनए साउदीका उपाध्यक्षद्वय राज गिरि, कृष्ण श्रेष्ठ, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्याल, युवा क्लबका महासचिव नर कुमार मगर, इस्लामीक दावा सेन्टरका मन्जुर अलि मियाँ यान्बुका श्रीप्रसाद बर्देवा, किरातराई अयोख्याका अध्यक्ष लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुले अतिथिमा आशन ग्रहण गरेका थिए !
कार्यक्रममा सहयोगी दाताहरु , कलाकारहरु तथा प्रायोजकहरुलाइ प्रमाण पत्र प्रदान् गर्नुको साथै गुरुङ संस्कार अनुसार केही चेलीहरुलाइ मायाँको चिनो सहित सम्मान गरिएको थियो । नर कुमार मगर तथा राज गिरिद्वारा संचालित दोस्रो चरणको कार्यक्रममा बिबिध प्रकारका सांगीतिक कोसेलीका साथमा मिठो नेपाली भोजन सेल रोटि तथा खानाको ब्यबस्थापन गर्दै पाहुनालाइ बिदाइ गरिएको थियो ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय छब्बिसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२६—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०९/०१ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अरु सुखले बसेको देख्छन् यहाँ। सम्झाउँदा नि डसेको देख्छन् यहाँ। राम्रो गर्दा नराम्रो देख्ने मान्छे हुन् खुसीमा आँसु खसेको देख्छन् यहाँ। बाध्यताले नै कसेको देख्छन् यहाँ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ अन्याय र अत्याचारमा मर्नु हुन्न, दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न। समाजमा विकृति आएको छ यस्तो , आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न, फेसनको नाम इज्जत हर्नु हुन्न।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०३ अति भयो केही त कुरा बोल न त्यो मनमा के छ अब त खोल न पक्कै मुटु छ ढुङ्गा त छैन माया कहिलेकाँही त मिठास घोल न कति हार्छौ तिमी प्रेमले गोल न। -शोभा आचार्य गौतम काठमाडौँ पञ्चाङ्ग:०४ अब त अतिनै भो बोल्नु पर्छ मन भित्रका बह खोल्नु पर्छ भन्दै नभनेमा के थाहा हुन्छ , बिस्तारै मनोभाव छोल्नु पर्छ घात गर्नेलाई त पोल्नु पर्छ ।। -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५ भन्दैछ शिशिरले खुसी हुँदै म आएको छु । जनजीवन तर्साउँदै सर्वत्र छाएको छु। मेरो हाे साम्राज्य यहाँ के काे कमि छ र म मा ? आजभोलि पानी हैन सक्दाे हिउँ खाएको छु बृद्ध, बाल , कमजोरलाई ङ्याक्न पाएकाे छु।
भवानी घिमिरे सर्लाही ।
ॐ पञ्चाङ्ग:०६ इमान जमान व्यवहारमा मूल भै गिरेकाे साथी जनतामा जताततै समस्या शूल भै पिरेकाे साथी जालझेल राजनैतिक खेल सप्रिएकाे छ हजुर विधिसम्मत व्यवस्था नचल्दा भुल भै तिरेको साथी नेता उपाधि लामखुट्टे पात्लाे झुल भै छिरेको साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग :०७ प्राण हुनेको एक दिन हरण पक्कै थाहा हुन्न पाइने नयाँ वरण पक्कै सुकर्म गरौं फलको चिन्ता होला किन ? सेवामा समर्पित प्रभु चरण पक्कै आत्मा शान्ति तन प्रभुको शरण पक्कै। कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
👉पञ्चाङ्:०८ भाँजो पार्ने झिँजामिजा जिलाएर आऊ गर्न सक्ने सबैकुरा मिलाएर आऊ सफलताको योग फेरि फेरि आउँदैन जोडजाड टुक्राटाक्रि सिलाएर आऊ यथार्थले झूटलाई बिलाएर आऊ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०९ जति दियो नि उति नै पाइन्छ माया मागेर हैन दिएर लाइन्छ माया न अपेक्षा हुन्छ न त स्वार्थ भेटिन्छ बरु आफ्नै बलि पो चढाइन्छ माया खानु परे बिष आफैं खाइन्छ माया। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:१० तिमी पिउने पानी बन्नु प्रिया। मेरो आँखाको नानी बन्नु प्रिया। जीवन राम्रो गरि बिताउन, सधैं मायाको खानी बन्नु प्रिया दुष्टको लागि हानी बन्नु प्रिया। ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०८/२७गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०८[एकसयआठऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ आँखाबाट आँसु झरेको छ। भाग्यले अन्याय गरेको छ। जिन्दगी कसरी बिताउने, हृदयमा चोट परेको छ। बसाई अन्यत्र सरेको छ। सुशीला पौडेल
पञ्चाङ्ग:०२ यो जिन्दगीले सबैलाई हँसाएर छोड्यो कसैले त आँखाको आँसु खसाएर छोड्यो माल पाई चाल नपाउनेलाई के थाहा ? आँखाबाट झरी गालामा घसाएर छोड्यो मर्म नबुझी नयाँ घर बसाएर छोड्यो । -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३ मुस्कान छ ओठमा परेलीमा आँसु तिर्खाएको मन छ बरेलीमा आँसु हाँसो छ आधा,आधा बोल्दछ रोदन बसेकी छिन् प्यासले तरेलीमा आँसु नदि वेग झरेका करेलीमा आँसु।
होमप्रसाद नेउपाने धरान,सुनसरी ।
पञ्चाङ्ग:०४
आँखाबाट आँसु झरिरहेछ किन यो मनमा पिर परिरहेछ किन जति मन बुझाउँदा पनि नबुझ्ने धैर्यता र शान्ति हरिरहेछ किन अशान्तिले डेरा गरिरहेछ किन। शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०५
जिन्दगी कहिले नुहेर बित्ने रहेछ, आँसुले परेली चुहेर बित्ने रहेछ। मनमा आदि हाँसो छ आदि रोदन छ, किन सबै सामु तुहेर बित्ने रहेछ ? अन्ध विश्वासले कुहेर बित्ने रहेछ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग :०६
आँखाबाट बलिन्द्र आँसु झरेकाे पत्तो भएन भाग्यले जीवनमा दुःख छरेकाे पत्ताे भएन जिन्दगीमा जिउँन सजिलो कहाँ छ र त्यत्तिकै हृदयकाे भित्रमा चाेट परेकाे पत्तो भएन उकाली र ओरालीहरू गरेको पत्तो भएन
नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । ॐ पञ्चाङ्ग:०७
जीवन आँसु र हाँसाेकाे पाेका रहेछ प्रिया याैवन आखिर प्रेमकाे ढाेका रहेछ प्रिया सुख र दु:ख जीवनकाे एउटा चक्र रैछ अल्लारेपन जीवनकाे धाेका रहेछ प्रिया जिन्दगी अनन्त मान्छेकाे खाेका रहेछ प्रिया । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
,पञ्चाङ्ग:०८ आँसु खसालि समाधान गर्ने आश्वासन एकोहोरो मायाले मुटु भर्ने आश्वासन त्यो भावनासरि आँसुको मूल्य नबुझ्दा पीडित भइ बाँच्ने आशा मर्ने आश्वासन कति टिक्ला र पर-पर सर्ने आश्वासन ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-०९
तिम्रो आँखाको नानीमै म त बसेको थिएँ बेला मौका हेरि मनभित्रै पसेको थिएँ भागी नजाउ है भन्दाभन्दै पनि तिमीले तिम्रो त्यो आँसुको थोपासँगै खसेको थिएँ तिम्रो मायालाई त मुटुमै कसेको थिएँ। -पशपती राई खोटाङ
पञ्चाङ्ग:१० खै कहाँ के छाेयौ थाहा छैन मलाई । किन तिमी राेयौ थाहा छैन मलाई । बर्षाकाे मेघ झैँ आँखामा देख्छु आँसु , कुन पाप धाेयौ थाहा छैन मलाई । कस्तो पिडा फाेयौ थाहा छैन मलाई ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय पच्चीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२५—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०८/२४ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अधर्मीको नाश हुनेछ। सडकको गाँस हुनेछ। लिन्छौं कति पापको घडा, रोगको नै रास हुनेछ। नर्कतिर बास हुनेछ। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ धोका दियो उस्ले मागेर हात मेरो, आँखामा निद्रा छैन लुट्यो रात मेरो। पीडा भएपछि मान्छे कठोर हुन्छ, भनेर हिड्छ रे मिलेन जात मेरो। खुसी चोर्यो के आउँछ प्रभात मेरो।
-दुर्गा आचार्य मोरङ
ॐ पञ्चङ्ग:०३ समाज सुन्दर फुलबारी भए सबैमा सदाचार अहाे अहंभाव दिनानुदिन बढायो सबैमा बदाचार अहाे जीवनमा सर्वश्रेष्ठ भए मनुष्य बुद्धिकाे नै हाे कारण भेदबुद्बि माैलाएर हरक्षेत्रमा बढ्यो लदाचार अहाे यही रीतिले देशमा बन्दैन समृद्धिकाे खदाचार अहाे । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-:०४ विदेश नगएर कहाँ जाऔं जमाना पैसाकै आयो हजुर सुका मानाको घिउ आधुनिकताले हजारमा खायो हजुर माग बढेको बढ्यै छोराछोरीको धान्नै नसकिने गरि हेर्नोस् बीस मुरी कोदो बेचेको बल्ल यौटा मोबाइल पायो हजुर यसैले त खेती छाडेर सबैले विदेश तिरै धायो हजुर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०५ दु:खले नै दु:ख दियो यहाँ भाग्य खोस्यो ज्यान लियो यहाँ आँखाहरू साथ खोज्दै थाके ढल्यो जिन्दगीको मियो यहाँ तड्पियो दुखेर हियो यहाँ । प्रभा पञ्चाङ्ग:०६ देख्दा हिराे छौ पढ्न जिराे छौ सिङ्गो नभइ आधा चिराे छौ कडा पिरो छौ । भवानी घिमिरे
पञ्चाङ्ग:०८ पीडा दिनेले सधैं दिएकै छन्। बदला लिनेले नि लिएकै छन्। देखावटी नाटक गर्छौं किन, जिउनेले एक्लै नि जिएकै छन्। पीडा भुल्न सराव पिएकै छन्। -ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय चौविसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२४—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०८/१७ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ पाउनु मात्र माया होइन गुमाउनु पनि माया हो। जिन्दगी केवल दुईचार दिनको नैं घाम छाया हो। घटिया व्यवहार देखाउने काम दुश्मनले हो गर्ने, मन मिल्ने मान्छे टाढा रहे पनि हुने दायाँ बायाँ हो। जो देखाउन मात्रै खोज्छ त्यो जाडोमा आउने चाया हो। -सुशीला पौडेल
ॐ पञ्चाङ्ग:०२ आज खै किन हाे सृजना आइनन् मित्र भावनाले मधुुर गीत गाइनन् मित्र खल्लो खल्लाे अनुभव गर्दैछु हजुर धेरै भयाे गीता नि यता छाइनन् मित्र रात धेरै बित्यो रजनी धाइनन् मित्र । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
पञ्चाङ्ग:०३ सारा कष्ट बिर्साउने नानी तिमी डल्लु मान्छे सबै बुझ्ने ज्ञानी तिमी मन मुटु भित्र बसेको मान्छे हौ, सावाँ भन्दा ब्याज प्यारो सानी तिमी मुहारमा मुस्कानको खानी तिमी । -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४ आफ्नो चिन्तनहरूलाई फाटेको खल्तीमा राखेको राम्रो घरभित्रको कचिङ्गल छाँटेको खल्तीमा राखेको राम्रो सत्य कुरा उही हो ‘यो संसारमा कोही पनि पूर्ण छैन’ त्यसैले नचाहिने भ्रम ढाँटेको खल्तीमा राखेको राम्रो सहमत हुने मन्तव्य आँटेको खल्तीमा राखेको राम्रो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०५ हिजोआज घरको कुरा पनि संजालमै हालेका छन् घरमा बस्तु पाल्न छाडे मनमा गोमन पालेका छन् सामाजिक सद्भाव र सहिष्णुता त कता हरायो खै भेटेर बोल्न छाडे संजालमै फणा मार्न थालेका छन् एकले अर्कोलाई डस्नको लागि कदम चालेका छन् । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ पाउनु माया लाउनु माया धाउनु माया हो टाढा भए नी झल्झली झल्को आउनु माया हो घामछायाँ हो यो जिन्दगानी पानीको फोका झैँ यो मन भित्र त्यो मन बस्न पाउनु माया हो निस्वार्थ प्रेम सम्झेर प्रीति लाउनु माया हो -गुणनिधि घिमिरे अमेरिका।
पञ्चाङ्ग:०७ हल्लियाे पात भाइ मान्छेकाे जात भाइ दाेषकाे थुप्रो छ है अनन्त खात भाइ खाेज्दैछौ रात भाइ । भवानी घिमिरे
झिल्का कविता लेखन सुरुआत गरेको एक वर्ष पूरा भई दोस्रो वर्षमा प्रवेश गरेको अवसरमा झिल्का साहित्य समाजले बिहीबार झिल्का कविताको प्रथम वार्षिकोत्सव मनाएको छ । भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रम अपरान्ह ६ बजेबाट सुरु भई अढाई घन्टासम्म चलेको थियोे । झिल्का प्रवर्तक एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो सत्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवम् चारु प्रवर्तक, चारु साहित्य प्रतिष्ठानका अध्यक्ष डा. देवी पन्थीले तीन थान झिल्का कविता वाचन गरेर गर्नुभएको थियोे । कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथिहरूलाई राप्ती साहित्य परिषद दाङ शाखाका उपाध्यक्ष एवम् सक्रिय झिल्काकार सुरेशकुमार पाण्डेले स्वागत गर्नुभएको थियोे । छोटो समयमै झिल्काले साहित्य जगतमा राम्रै छाप छोड्न सफल भएको भनेर सराहना गर्दै प्रमुख अतिथि डा. पन्थीले आफ्ना स्पष्ट नियम र सिद्धान्तसँगै परिपक्व हुँदै जाओस्, प्रगति गर्दै जाओस् भनेर शुभकामना दिनुभयो । साथै उहाँले सबै नयाँ प्रविधाहरूले कम्तीमा वर्षको एउटा पुस्तक निकाल्ने, भौतिक रूपमा कार्यक्रम गर्नुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा टुक्का साहित्य समाज, नेपालका अध्यक्ष, टुक्का प्रवर्तक तारा प्रसाद चापागाईं, पञ्चाङ्ग प्रवर्तक सोमनाथ लुइँटेल, राप्ती साहित्य परिषद, दाङ शाखा अध्यक्ष यम रेग्मी, झिल्का कविता प्रशिक्षक/संयोजक, एवम् ‘झिल्का मेरो साथी’ झिल्का प्रतियोगिताका निर्णायक समिति संयोजक म्यामराज राई, प्रतियोगिताका प्रायोजक एवम् सक्रिय झिल्काकार अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।
कार्यक्रममा डा. देवी पन्थी, तारा प्रसाद चापागाईं, सोमनाथ लुइँटेल, यम रेग्मी, अनुग्रह राना मगर, म्यामराज राई, पुष्पा राई, सुरेशकुमार पाण्डे, जयनारायण नेपाल, बाबुराम पाण्डे, बालकृष्ण श्रेष्ठ, होमप्रसाद नेउपाने, भगवती दवाडी, अर्जुन प्रसाद चौलागाईं, ज्ञान बहादुर क्षत्री, हिरालाल न्यौपाने, राजेशराज गड्तौला, वसन्त अनुभव, सन्दीप विश्वकर्मा, राजकुमार राजभण्डारी, जीबी चिन्तन, रामप्रसाद पुरी, हरिगोपाल न्हुच्छे प्रधान, बिके मुखिया, छत्रपति दाहाल, सङ्गिता खरेल, चुडामणि देवकोटा, सुमित्रा अधिकारी, नीमा भोटिया, मोती सुब्बा, कला ढकाल, अमृत कोइराला, देव गाहा लगायत लगभग ४ दर्जन झिल्काकार, पाठक, शुभेच्छुकज्यूहरूको उपस्थिति रहेकोे थियोे ।
‘झिल्का मेरो साथी’ झिल्का कविता प्रतियोगिताको नतिजा घोषणा
उक्त अवसरमा ‘झिल्का मेरो साथी’ झिल्का प्रतियोगिताको नतिजा पनि प्रस्तुत गरिएको थियोे । निर्णायक समिति संयोजक म्यामराज राईले मूल्याङ्कनमा अपनाइएका आधार, प्रक्रियाहरू, प्राप्ताङ्क बारे जानकारी गराउनु हुँदै प्रतियोगिताका विजेताहरूको नाम घोषणा गर्नुभएको थियोे । उहाँले दिनुभएको जानकारी अनुसार- •भानु ६ चुँदी तनहूँ हाल चनपा ६ माथातीर्थका सक्रिय झिल्काकार सतीश पण्डित, प्रथम •मलेखु, धादिङकी सक्रिय झिल्काकार मन्दिरा सेढाई, द्वितीय र गोरूबथान, कालेबुङ, भारतका सक्रिय झिल्काकार अरुण कुमार भुजेल, तृतीय हुनुभई पुरस्कृत हुन सफल हुनुभएको थियो । त्यस्तै उत्कृष्ट १० भित्र पर्नुहुने झिल्काकारहरूमा कला ढकाल, झापा, कृष्ण बजगाई, भक्तपुर, रुना कर्माचार्य दाहाल, चितवन, सीमा कार्की समर्पण, मेलचोक पर्सा, रोशन आपगाईं, म्याङ्लुङ तेह्रथुम, सुरेशकुमार पाण्डे, घोराही-१८ दाङ र राज कुमार राजभण्डारी खाेटाङे, मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर रहनुभएको छ ।
रचना(झिल्का कविता) वाचन कार्यक्रम
प्रथम वार्षिकोत्सव, प्रतियोगिताको नतिजा घोषणा एवम् रचना वाचनको पहिलो सत्र (उद्घाटन सत्र)को समापनसँगै दोस्रो सत्रको कार्यक्रम (झिल्का कविता वाचन) सञ्चालन गरिएको थियोे । उक्त कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न स्थानहरू- भारत, अमेरिका, जापान, मलेसिया आदि स्थानहरूमा रहनुभएका नेपाली भाषी साहित्यकार/झिल्काकारहरू जोडिएर आ-आफ्ना चोटिला/पोटिला, उत्कृष्ट झिल्काहरू वाचन गर्नुभएको थियोे । यसरी उपस्थित भएर झिल्का वाचन गर्नुहुनेहरूमा डा. देवी पन्थी, तारा प्रसाद चापागाईं, सोमनाथ लुइँटेल, अनुग्रह राना मगर, म्यामराज राई, पुष्पा राई, सुरेशकुमार पाण्डे, जयनारायण नेपाल, बाबुराम पाण्डे, बालकृष्ण श्रेष्ठ, होमप्रसाद नेउपाने, भगवती दवाडी, अर्जुन प्रसाद चौलागाईं, ज्ञान बहादुर क्षत्री, हिरालाल न्यौपाने, राजेशराज गड्तौला, वसन्त अनुभव लगायतका सक्रिय झिल्काकारहरू रहनुभएको छ ।
झिल्का कविताको प्रथम वार्षिकोत्सव कार्यक्रमको पहिलो सत्रको सञ्चालन कुशल कार्यक्रम सञ्चालिका एवम् सक्रिय झिल्काकार पुष्पा राईले गर्नुभएको थियोे भने दोस्रो सत्रको सञ्चालन झिल्काकार वसन्त अनुभवले गर्नुभएको थियोे ।
दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित रचना वाचन कार्यक्रम अन्तर्गत ७९औ श्रृङ्खलामा साहित्यकार वसन्त अनुभवको एकल कविता वाचन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतमा र वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न परिषद्को सभाहलमा भएको थियो । साहित्यकार वसन्त अनुभवले विभिन्न विषयवस्तुका १५४ वटा नयाँ विधाका झिल्का कविता वाचन गर्नुभएको थियो । ती वाचित रचनाहरूको समीक्षा वरिष्ठ साहित्यकार नारायण नेपालले गर्नुभएको थियो । समीक्षकको रूपमा बोल्दै वरिष्ठ साहित्यकार नेपालले भन्नुभयो,
“अनुभवका झिल्का कविता सुन्दर छन्। छोटा कवितामा जति सक्यो अभिधा अर्थभन्दा लक्षिणा र व्यञ्जना अर्थ हुनुपर्छ। अनि मात्र पाठकको मन तान्न सक्छ। त्यतातिर पनि उहाँले ध्यान दिनुपर्ने हुन्छ। झिल्का कविताको प्रवर्तक भएकोले पनि उहाँ सम्मानको पात्र हुनुहुन्छ । सबै झिल्का कवितामा उज्यालो पक्ष समेटिएका छन् । समसामयिक विषयवस्तुका छन् । अन्यायको विरुद्धमा छन्। राष्ट्रप्रेमका भावना उठाएका छन् । जेष्ठ नागरिकले भोग्नुपर्ने यथार्थ पीडा छन् । समानताको पक्षमा आवाज उठाएका छन् ।” उहाँको भनाइ थियो ।
त्यसैगरी प्रमुख अतिथि रूपमा रहनुभएका वरिष्ठ साहित्यकार गणेश विषमले भन्नुभयो,” झिल्का कविता विधा अत्यन्त सरल विधा र यसमा सबै भाव अटाउन सक्ने भएकोले यो विधाको धेरै महत्व रहेको कुरा मैले महसुस गरे । लेखनलाई निरन्तरता दिन लेखकलाई अनुरोध गर्दछु।” उहाँको भनाइ थियो। “कुनै पनि विधाको प्रवर्तक गर्नु सानो कुरा होइन। त्यसको लागि धेरै ज्ञान, साहस र धैर्य चाहिन्छ । त्यो उहाँमा छ। उहाँ धन्यवादको पात्र हुनुहुन्छ। ” राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार तथा विशिष्ट अतिथि पुरुषोत्तम खनालको बताउनुभयो।
राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासी,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, सिस्नोपानी नेपाल दाङका अध्यक्ष तथा दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली,राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, प्रगतिशील लेखक सङ्घ लुम्बिनी प्रदेश सल्लाहकार केशव थापा, राप्ती साहित्य परिषद् केन्द्रका सचिव आदिम केसी,कोषाध्यक्ष डा. खेमराज मल्ल ,लेखक सङ्घ दाङका उपाध्यक्ष गोविन्द पौडेल, नयाँ युगबोध राष्ट्रिय दैनिकका पत्रकार गोविन्द खड्का, रङ्गभूमि टेलिभिजनका सञ्चालक हुमबहादुर रेग्मी लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।
त्यसैगरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी,साहित्यकारहरू नगेन्द्र गुरु हरिप्रसाद पौडेल “स्वर्णशिशिखा “सुवाष न्यौपाने, धनसिंह गिरी, एक नारायण चापागाईं, वीणा रोका, गौतम, प्रदीप राज श्रेष्ठ, सुशीला आचार्य, शारदा शर्मा, देवेन्द्र रिजाल, दामोदर पौडेल, गुरुप्रसाद महरा, कमला कुमारी रावत, एकराज शर्मा अधिकारी, खेमराज गाउँले, रिमा गौतम लगायतको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा संस्थाको तर्फबाट स्रष्टा अनुभवलाई प्रशंसापत्रले सम्मान गरिएको थियो। परिषद् उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रको सञ्चालक सचिव घनश्याम केसीले गर्नुभएको थियो ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ४५ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४५ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, तिमीले बनाउने दूरीमा गन्ध आउॅंछ स्वार्थको सुहाएन धानसारको मुरीमा । २, बलियो तिम्रो पाखुरी खटाए पाखाभरि रातोदिन भाग्दछ अभावको हुरी । ३, प्रयोगशालामा गरिरहन्छु अभ्यास ध्याउन्नमा भविष्यको सुरुङ शेष नि:शेष खास । ✍️म्यामराज राई … १, ढुङ्गा पुज्छन् समाजमा मानवता हरायो भन्दै रूढिवादी भित्र्याउँछन् आपसमा। २, विज्ञानको युग पाएर कुसंस्कारभित्र हामी रहन्छौँ भलाद्मीको गीत गाएर। ३, जीवन बगेको खोली खेर नफालौँ व्यर्थैमा आउँदैन फेरि भोलि। ✍️ विकास क्षेत्री अञ्जान कैजले, बिजनबारी, दार्जिलिङ … १, तिमी बनाऊ दूरी, मलाई मतलब भएन म बस्छु कुरी । २, म असाध्यै लुरी तापनि खोज्दैछु चढ्न, साहित्यको चुचो धुरी । ३, दुई दिनको चुरिफुरी देखाएर नबढाऊन् कसैले एक आपसमा दूरी । ✍️दीपा समभाव दुबेकोल खोटाङ … १, बनेर कुशल पात्र देश बिगार्न लागे खुट्टा तान्नेले अहोरात्र । २, सधैँ चिन्ता, दु:ख कहिले होला खोइ ? यो मनमा हाइसुख। ३, म केही गरूँ यो देशको निम्ति नाम राखेर मरूँ । ✍️खडक आर सि मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट … १, थरीथरीका माया देखियो घामजूनको जस्तो खेल अनौठो कहानी लेखियो । ✍️ ताराप्रसाद चापागाईँ … १, बनाउॅंदा अरूसॅंग दूरी फाइदा हुन्न त्यसमा गरेर हुन्छ चुरीफुरी? २, बनाऔॅं बलियो पाखुरी भगाउन नि सक्छ आएमा पनि हुरी। ३, साहित्यको चढौँ धुरी तागत निकाल्दा मात्र आउॅंछ भित्रैबाट फुरी। ✍️अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ (हालः-अमेरिका,बोस्टन) … १, भ्रममा मान्छे परेर भरोसा सबैमा गरिन्छ विश्वास जान्छ मरेर । २, आइपर्ने सबै कुरा भोग्ने आफैले रहेछ विश्व बह्माण्ड पूरा । ३, हुँदा सबै साथी आफैले ख्याल राख्नु स्वास्थ्य सबैभन्दा माथि । ✍️पुष्पा राई बादेल, खोटाङ … १, देखियो स्वार्थको खानी क्रमशः बग्दैछ आँखाबाट पीडाको नुनिलो पानी । २, छलकपटले धेरै जिएर पापी भए दुनियाँ अरूकै पसिना पिएर। ✍🏻अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ … १, मानिसमा अभिमान चुल्यो काम सफल भएपछि सफलताको श्रोत भुल्यो। २, बखान राम्रो नराम्रो सबैको हुन्छ यहाँ समयमा तिम्रो हाम्रो। ३, पुग्छ साहित्यकारको विचार एउटा कुनाबाट अर्को डुल्छ दृष्टिकोण संसार। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, अचम्मका मायालु भेटिए निरन्तरता भएन भन्दै अनौठा कहानी लेखिए । २, मुसोको नदेखाऊ चुरिफुरी हेर्दाहेर्दै भयो बेहोस फेरि बोलाउनुपर्ला सुरी । ३, विचार गरेर बोल कसैसँग नबुझी नबोल्नु तिर्नुपर्ला भारी मोल । ✍️बेदु न्यौपाने … १, आकाशमा छ जून चाहेर पनि कसैले सकिन्न कहिल्यै छुन । २, सङ्गीत भरेर गाएपछि राम्रो सुनिन्छ गीत सबैबाट प्रशंसा आएपछि । ३, धानको बाला झुलेर रमाएको छ मन खुसीले सारा भुलेर । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा । … १, खै कसरी कमाए ? हेर ! मुसा बिराला उत्सव गरी रमाए ! ✍️आर्त अकुलीन … १, गरौँ कसको भर सबै उस्तै छन् लाग्छ शङ्काको डर। २, भयो हालत खराब दुई गिलास पिएँ नखाने चिज सराब। ✍️चुडामणी देबकोटा पुरानोनैकाप काठमाडौँ … १, देखाउँदै अरूको गल्ती भ्रष्टहरू अहिले देशमा भर्दैछन् आफ्नै खल्ती | ✍️सरिता सेढाई धादिङ … १, कस्ती छिन बुहारी ? छोरो लाटो बाठो सधैँ खेल्छिन् जुहारी । २, काम, दाम उही समय कुरी कार्यालयमा हेर्दै घडीको सुई । ३, मान्छेमा मायालु छाएँ नौलो कविता लेख्छु साधनामा काम पाएँ । ✍️निर्मल कुमार लामिछाने … १, कसम खाइखाइ फसायो पापी राक्षस दुष्टले यसरी कतिलाई रुवायो? २, खोज्छ खुनीले खुन नसकेपछि तिर्न उसले कसैले लगाएको गुन। ३, छुचो मान्छेको मतिले गर्दैन कसैको भलाइ उसको यस्तै गतिले। ✍️सतीश पण्डित भानु६ चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, अराजक भीडको झुण्ड मार्गचित्रबिना नै त्यो बनाए विषको कुण्ड । ✍️प्रेम थापा “मन”बागलुङ … १, कमान त कमाएँ जम्मा गर्न सकिन साना कुरामा रमाएँ ! २, मुसो भयो हात्ती कसरी भयो बुझिनॅं ? निर्धोको छातीमा लात्ती ! ✍️धनमाया चौधरी कैलाली … १, सायद मन बुझेन, टाढियो उनी यसै, मेरो साथमा बसेन । २, पार्नेछु तिमीलाई सखाप, भाग चाहियो सत्ताको म बस्नेछु चुपचाप । ✍️भुपेन्द्र राना मगर धादिङ … १, माया पनि देखियो दुःख, सुखको बाटोमा यसैले कथा लेखियो। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, ढुकुटी बाँडेर खाए त्यागी इमानदार नेता देश कङ्गाल बनाए । २, खिचलो उही भागबन्डाको व्यस्त छन् नेताज्यूहरू व्यापारमा कमाउ धन्दाको ! ३, बनाई झुन्ड लावालस्कर नेताज्यू विदेश भ्रमणमा बोकेर भ्रष्टाचारी तस्कर ! ✍️वसन्त अनुभव घोराही, दाङ … १, चिसो मौसम आयो पुराना थोत्रा कपडाको पालो अब आयो । २, अब जुट्ने पालो भ्रष्टाचारी लखेट्न हामीले फाल्नुपर्छ अब जालो । ३, अचम्मका मान्छे भेटिन्छन् सामाजिक सञ्जालभित्र नै, हुने नहुने देखिन्छन् । ✍️कला ढकाल झापा … १, झिल्कामा बामे सर्दैछु, पुग्नु छ सागरमा भर्खर खोला तर्दैछु। ✍️रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ … १, किन हान्दैछन् जनले आफ्नै खुट्टामा बन्चरो, पैसामा बिक्ने मनले । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, जनताहरू सडकमा उत्रिन्छन् किन प्रजातन्त्रले सुन्दैन? संविधान टेकेरै खटिन्छन् । ✍️लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपु, पर्वत जिल्ला … १, प्रमाणहरू बिस्तारै जुट्दैछन् लुटेराहरूको समूह डगमगाउँदै दलालहरू नसाबाट फुट्दैछन् । २, अबलाई बेर्नु फर्कन्छ छुटकारा दिलाउन सक्दैनन् बाटो भएर तर्कन्छ। ३, अल्सरले पेटमा सताएपछि क्यान्सर देखियो खतरनाक राष्ट्रधन खोलासरी बगाएपछि। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, शङ्काले लङ्का जलाउँछ नभए मायामा विश्वास आफ्नै देह गलाउँछ। ✍️मन्दिरा सेढाई मलेखु, धादिङ … १, नजानेर भुल भयो कसैलाई बनेछ शूल सधैँलाई बिर्सिएर गयो । २, भएपनि नकारात्मक सोच्छ जिद्दीपन घरिघरि ल्याएर एकार्कामा च्वास्स घोच्छ । ३, निरासा बोध भएपछि एकान्तहरू मन पर्छ लामो सम्बन्ध तुहेपछि। ✍️दिल ठकुरी दार्जिलिङ … १, सुनेथेँ मायाले हसाउँछ थाहै भएन मलाई यसैले नयन रसाउँछ। २, पहिले कसम खुवायो स्वार्थसिद्ध हुनासाथ दुष्टले अश्रु दहमा डुबायो। ✍️अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ,भारत। … १, के गर्छौ कुरा ? अघिपछि नहेरी तिमी भित्रभित्रै रोप्छौ छुरा । २, छ सजिलो भन्न व्यवहारमा हुन्छ अप्ठ्यारो राम्रा कामहरू गन्न । ३, लेख्दै अघि बढौँ इतिहास साक्षी छ पाना फर्काएर पढौँ । ✍️रबि पौडेल दक्षिण भारत पाण्डेचरी … १, जनता सडकमा आउँदैछन्, नारा जुलुस लगाउँदै राज्यको कन्सिरी तताउॅंदैछन्। २, साँढेले मकै खायो किसानको हातमा डन्डा बालीनालीले दु:ख पायो । ✍️होमप्रसाद नेउपाने धरान,सुनसरी । … १, अनौठो कहानी बोकेर कति बन्छौँ नजान्ने दिनहुँ सोमरस धोकेर ! २, इमान्दारीता देखाउन खोज्छन् सङ्गतको दोष गर्दै नराम्रो बाटो रोज्छन् ! ३, को हो सही ? हुन्डी फोरी श्रीकृष्ण चोरी गर्थे दही ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, सभ्य कर्म गरौँ अरुको देखासिकी नगरी आफ्नै भरमा परौँ । २, सकिन्छ भनेर चेप्न महान् आफै ठानी निमुखालाई हुन्न हेप्न। ३, कहिल्यै नगरौँ अलमल अल्छी बानी त्यागे भइन्छ पक्कै सफल। ✍️भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व … १, अनौठो देखे चालमा बित्थामा विश्वास गरेर फसेको पाइन जालमा । २, टुङ्गोमा पुग्न पाइन आधा बाटोमा होला भिरमा समाउन आइन । ३, आधार केही हुँदैन गरिब भनेर हेला जातीय भेदभावले छुदैन । ✍️अम्बिका अधिकारी झापा बिर्तामोड … १, भ्रष्ट नक्कली भेषमा हाम्रा देशका नेताहरू सम्पत्ति थुपार्छन् विदेशमा । २, अर्कैको हातामा साँचो तर हामीलाई पर्यो राष्ट्र राष्ट्रियताको खाँचो । ३, कहिले भरिन्छ गागर जाली भ्रष्टहरूको विरुद्धमा अब उर्लिन्छ जनसागर । ✍️डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा … १, भरिएपछि चाहेको खल्ती आफू राम्रो बनेर देखाउॅंछन् अरूको गल्ती । २, नगर बोली चर्को हिजो एउटा कुरा आज गर्छौ अर्को । ३, माफी माग्दै आउँछौ हुन्छ गल्तीको महसुस अनि आफै पछुताउँछौ । ✍️अनिता भण्डारी ताप्लेजुङ … १, फूलझैँ मुहार सजियो मन्दिरको शिखर भएर मनमा मन कजियो । २, खुसीको भाका आयो मायाको नजर देखेर बाँच्न पिरती लायो । ३, थाकेको बाटो फर्कियो सागरको छाल भई सपना फेरि सर्कियो । ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी … १, थालेछु झिल्कासँग रमाउन आदतै बनाइदियो मलाई आजभोलि कलम समाउन ✍️विष्णु पंगेनी(पाण्डे ) वालिङ् -स्याङ्जा … १, काण्डैकाण्ड बनाए देशमा जनताका विश्वासिला पात्रले लगानी काम्बोडिया केसमा । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा … १, जाडोमा मायालु घाम गर्मीमा भन्ने गरिन्छ पोल्छ पुकार्दैमा नाम । २, तातोपानी पानीको जरुरी नत्र चिसोले खान्छ चल्छ रुघाखोकीको हुरी । ३, एउटा सपना देखेर बलबहादुर सहर पस्यो पेवा बख्रा बेचेर । ✍️पृथक प्रकृति झापा … १, नथाप्नु पाप शिरमा क्षणिक लाभ भएपनि भलो हुँदैन चिरमा । २, उघ्रन्छ झुटको पर्दा अनिष्ट होला भविष्य पापको भाँडो भर्दा। ✍️कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, व्याप्त जताततै भ्रष्टाचार छानबिन निकाय स्वयं समाउछ गोप्य उपहार । २, रोजगार न भाइचारा खाडीमा ज्यावल हान्दैछन पौरखी नेपाली तारा । ३, आँखामा गाजलु लगाई नहिड मायालु त्यसरी मनमा आगो सल्काई । ✍️बिमल पोखरेल धरान -१७,पटनाली … १, महॅंगो भए चाखिदिऊॅं सुन जस्तो सुन्तला तिम्रो मन राखिदिऊॅं । २, प्रकृतिले दिएको वरदान मङ्सिरको घाममा बसेर गरौँला सुन्तलाको रसपान । ३, केस्रा केस्राहरू बाँडिएको सुन्तलाको प्रकृति अद्वितीय छैन एकार्कामा टाढिएको । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, नराम्रो सुन्नु नपरोस् आफूले राम्रो गरौँ अर्काले सपना नहरोस् । २, जिन्दगीमा के पाउनु ? गुमाउनु धेरै छ गुण के लाउनु ? ३, समाज फरक भयो बुझ्नै गाह्रो हुने पुरानो चलन गयो । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, खान जान्यौ अन्न धन्न ढाकछोप गरी नमिल्ने घुस भन्न ! २, तिमी पनि साले खायौँ सबै मिली गर्छौ आले जाले ? ३, बोली होला गोली सोच्ने घडी आयो आज होकि भोलि ! ✍️विवश पारदर्शी झापा, … १, अराजकता मौलायो देशमा भाषण गर्छन् ठुलो छदम भेषी भेषमा । २, नहुनु कोही टाढा मायाको अनुभूति दिलाउँदै सम्बन्ध बनोस् गाढा । ३, कामले काम सिकाउँछ परिश्रमी दक्ष व्यक्तिलाई सेवाको लागि झिकाउँछ। ✍️राज कुमार राजभण्डारी खोटाङे मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर । … १, दिलभित्र सजायो उनलाई मन बुझाऊ कसरी हेरेर त्यो जुनलाई । २, के अर्थ खालीको ? रहर विवश बाध्यताले जलायो सपना नेपालीको । ३, उठौँ कम्मर कसेर ए ! नेपाली हो हुन्न अब बसेर । ✍️दीप गोले तामाङ रौतहट … १, देशले भ्रष्ट देखेन गल्ती कस्को भनौँ कानुनले नाम लेखेन। २, जनता आन्दोलन गर्ने देशको सम्पति बेचेर नेताले गोजी भर्ने। ✍️दुर्गा आचार्य मोरङ … १, भिएनाको भ्रमण गरी निहाले पुष्पनाथले दृश्य , मनमा उमङ्ग छरी ! २, मचाउँछन् हर्षका नजर झुम्छन् प्रत्येक मानव , हेरेर प्रेमिल टावर । ३, आफ्नै शैली दिएर कोरेर चार शब्द , भमण डायरी पढेर । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, यहीँ नेपालमा रहेछ धनीको जताततै पहुँच कष्ट गरिबलाई भएछ। ✍️सुशीला शिखा कागेश्वरी काठमाडौं … १, आउँदैछ कठ्याङ्ग्रिॅंदो जाडो कथा होला छेपाराको जाडोले टुप्पी ठाडो । ✍️बिबा तामाङ दार्जिलिङ … १, भोट माग्न घरमा जितेपछि नचिन्ने जनता कसको पर्नु भरमा ? ✍️राज बहादुर बडुवाल कनकासुन्दरी -५,जुम्ला … १, उज्यालो धर्ती सारा जननी ममताकी खानी सन्तानलाई देख्ने जुनतारा। २, ओढाउने मायाको बर्को सन्तानको खुसी बाहेक नचाहने केही अर्को । ३, गर्नुहुन्छ माया धेरै संसारमा सबैभन्दा राम्री लाग्छ आमा मेरै । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, बेथिति देखेपछि लेखिन्छ सेता बिरालाका कर्तुत बादल फाटेपछि देखिन्छ । २, ख्यालैमा साम्राज्य लियो कुखुरा चोर्यो गाउँलेको स्यालले दु:ख दियो । ३, ढाँट्न जान्यो काइदा नाउँ राख्यो राजनीति लुट्यो जनताबाट फाइदा । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, चिसोमा बच्नु पर्दछ जतिसुकै बेलामा हामीले तातोले सर्दी हर्दछ । २, तराई पनि सेलायो पहाडी चिसो झरेछ साँच्चै लुकामारी खेलायो । ३, भ्रमण राम्रो भयो नानीहरू खुसी रहेका समय छिट्टै गयो । ✍️भगवती दवाडी … १, अति गर तर नचिताऊ कुनै खति आऊ होऔॅं सरोबर। २, नहटौँ पछि कहिल्यै आँट गरौँ जब्बर पुगौँ गन्तव्य पहिल्यै। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ … १, दिनुपर्छ यसपालि चोट चुनाव आएकै बेला छानीछानी दिऔँ भोट । ✍️कमल थापा … १, गर्छन् सबैले जयकार धन हुनेको लागि गरिब पो अन्धकार । ✍️नन्दा धामी नौगड, दार्चुला … १, अडेको विश्वासमा संसार सधैँ खेलाची नगरौँ घट्दैन प्रेमको आकार । २, बोलेको देखाऊ गरेर, नसके बोल्दै नबोल, नबस नालीमा परेर। ३, तिम्रा खेतालाहरू सर्दैमा, सत्यको बिज मासिन्न, तिमीले गद्दारी गर्दैमा । ✍️मनोहरी पौडेल गैडाकोट १ … १, सुधार आफ्नो बानी काटेर दुनियाँको कुरा के पाउँछ्यौ नानी ? ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ