• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८६ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:२८ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    पन्छी
    सुन्दर जोडी
    सारा मर्यादा तोडी !

    • वसन्त अनुभव
      [२]
      पन्छी
      एक उड्ने
      हेर आफ्नै संसारमा !
    • दीप गोले तामाङ, रौतहट
      [३]
      पन्छी
      मिलनकाे सार
      आफैंलाई खुसीकाे आभार !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [४]
      पन्छी
      मिलन जोडी
      मर्यादामा माया प्रेम !
    • बेदु न्यौपाने
      [५]
      साैन्दर्य
      सुन्दर प्रकृति
      जाेडी पन्छीकाे आकृति !
    • ताराप्रसाद चापागाईँ
      [६]
      पन्छी
      स्वतन्त्रता चाहन्छ
      मान्छेले परिबन्धमा पार्छ !
    • रमा पन्त
      पाल्पा, हाल- न्युजिलैन्ड
      [७]
      पन्छी
      सुन्दर जोडी
      बसेका घुम ओढी !
    • सरिता सेढाई, धादिङ
      [८]
      चखेवा
      रमाएको जोडी
      सन्देश समाज समुन्नतिमा !
    • चेतराज जैसी, हाल- UAE
      [९]
      जोडी
      एकअर्कालाई छोडी
      जाँदैन दिल तोडी !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१०]
      पक्षी
      गज्जब आयो
      प्रकृतिले गुन लगायो !
    • सुरेशकुकमार पाण्डे
      दाङ, घोराही-१८
      [११]
      पन्छी
      गर्दै गौरव
      देखाउँदै आफ्नो पौरख !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१२]
      चरी
      अनौठो नमान्नु
      देखिन्छन् विश्वमा धेरैथरी !
    • चूडामणि देवकोटा
      पुरानोनैकाप, काठमाण्डौ
      [१३]
      सुन्दरता
      प्राकृतिक उपहार
      जोडी पन्छीकै सिउर !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१४]
      चरा
      युगल जोडी
      आफैमा सुन्दर धरा !
    • आर्त अकुलीन
      [१५]
      माया
      घुम्टो ओडी
      पन्छीकाे सुन्दर जाेडी !
    • राज कुमार राजभण्डारी खाेटाङे
      ऐसेलुखर्क-३, खाेटाङ
      [१६]
      नृत्य
      फकाउन जोडी
      मर्यादा आफ्नै तोडी !
    • नागेन्द्रप्रसाद यादव
      [१७]
      प्रेम
      सुमधुर सम्बन्ध
      सुन्दर चखेवाको जोडी !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१८]
      प्रकृति
      सुन्दर जोडी
      चरीमा पवित्रता हेरी !
    • सविता के.सी.
      [१९]
      आहा!
      सुन्दर जोडी
      यस्तो भेटिन्छ कहाँ !
    • सरस्वती वली
      [२०]
      पक्षी
      प्रकृतिका उपहार
      भेटिन्छन् जङ्गलमा सदावहार !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [२१]
      चरा
      स्वतन्त्र प्राणी
      देखिन्छ सुन्दर रानी !
    • धनमाया चौधरी, कैलाली
      [२२]
      मन
      सोचे जस्तो
      हुँदैन हाम्रो जीवन !
    • बाबुराम पाण्डे
      [२३]
      चरी
      चिरिबिरी नाच्दै
      डालीमा पिरती गाँस्दै !
    • चक्र शाही, लम्की, कैलाली
      [२४]
      चरी
      देख्छु वरिपरि
      बसेका मिलेर सधैँभरि !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२५]
      चरी
      खेल्दै वरिपरि
      हुन्छन् सधैँ जङ्गलभरि !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२६]
      माया
      सम्बन्ध गहिरो
      कहिले नआओस् पहिरो !
    • कला ढकाल, झापा
      [२७]
      चरा
      सुन्दर जोडी
      बस्छ्न् मर्यादा नछोडी !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२८]
      उदक
      उभयचर
      शिरमा छत्र
      घाम पानीबाट सुरक्षित !
    • कण्ठ राज गिरी, टीकापुर
      [२९]
      पन्छी
      प्रेममा परेछन्
      सुन्दरताको प्रदर्शनी गरेछन् !
    • विवश पारदर्शी, झापा
      [३०]
      जोडी
      कलात्मक शरीर
      ममता उस्तै अपार !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३१]
      चरा
      हुर्काउँछन् बचेरा
      उन्मुक्त उड्छन् बरा !
    • कमला देवकोटा, पाल्पा
      [३३]
      पक्षी
      अद्भुत श्रृङ्गार
      प्रभुकाे अनुपम उपहार !
    • नवराज भट्ट, कञ्चनपुर
      [३४]
      चरा
      उड्दै वरिपरि
      रमायो खुसीले मनभरि !
    • अनमोल मुस्कान
      तकदाह, छाउनी, दार्जिलिङ
      [३४]
      प्रकृति
      अनुपम रचना
      चराको सुन्दर जोडी !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३५]
      जोडी
      प्रेमिल उपहार
      लाग्छ सुन्दर संसार !
    • संगीता खरेल, काठमाडौँ
      [३७]
      सृष्टि
      प्रेममा दृष्टि
      सिर्जनामा हुन्छ अतिवृष्टि !
    • पशपती राई, खोटाङ
      [३८]
      पन्छी
      सुन्दर जाेडी
      विश्व रेकर्ड ताेडी !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [३९]
      चरा
      सुन्दर जोडी
      रमाइरहेका प्रकृतिमै हेरी !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४०]
      जोडी
      सुन्दर जोडी
      पंख फिजाई उडी !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४१]
      अनमोल
      ममताको हिसाब
      जिन्दगीको एउटा किताब !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४२]
      चरी
      बसेका डालीमा
      मस्तले आफ्नै छहारीमा !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४३]
      चरी
      बस्न मन
      आफूलाई पनि यसरी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [४४]
      जाेडी
      प्रकृतिको रचना
      पिरती गास्ने डालीमा !
    • दुर्गा भट्टराई, माेरङ
      [४५]
      चरा
      प्रकृतिको उपहार
      सुन्दर बनाउने संसार !
    • रुना कर्माचार्य दाहाल
      चितवन
      [४६]
      डाली
      पछीका जोडी
      जाँदैनन् दुबैलेे छोडी !
    • सरस्वती श्रेष्ठ
      रुपन्देही, बुटवल
      [४७]
      चरा
      म सुन्दर
      भन्दैनन् ती बिचरा !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [४८]
      पक्षी
      सुन्दर सार
      लक्ष्यमा खुसीको आभार !
    • श्रीकृष्ण धामी, बझाङ
      [४९]
      चरी
      देखिन्छ परी
      धारण गरेका अनेकथरी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५०]
      जल
      थल नभमा
      राज खगकाे पङ्खमा !
    • टीकाराम जाेशी, टीकापुर
      [५१]
      पक्षी
      सुन्दर जोडी
      नजाउन रूख छोडी !
    • सुस्मिता अधिकारी, काठमाण्डौँ
      [५२]
      चरी
      डालीमा बसी
      आखिरी जोवन उघारी !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८५ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:२४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८५ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८५ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    नेता
    साह्रै टेढा
    छन् जनता भेडा !

    • वसन्त अनुभव
      [२]
      देश
      सोझा जनता
      विश्वास गर्छन् बेइमानको !
    • रमा पन्त
      पाल्पा, हाल- नियुजिलैन्ड
      [३]
      भेडा
      ल्यापटप चलाउँछ
      नेता मुख बजाउँछ !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [४]
      नेता
      धेरै गफाडी
      कार्यकर्ता गर्दछन चाकडी !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [५]
      नेता
      बिना काम
      यस्तैको पछि लाम !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [६]
      नेता
      साेझा जनताहरूलाई
      दिँदैछ लाेभकाे आश्वासन !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारतबाट
      [७]
      नेता
      साह्रै गनाए
      जनतालाई भेडा बनाए !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [८]
      नेता
      दोस देखाए
      इतिहासमा नाम लेखाए !
    • कला ढकाल, झापा
      [९]
      राजनीति
      चतुर नेता
      भेडा साधारण जनता !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१०]
      स्याल
      मिठो भाषणमा
      भेडा बसेका आसनमा !
    • आर्त अकुलीन
      [११]
      भेडा
      आखिर जनता
      नेता चुनावपछि बेपत्ता !
    • चूडामणि देवकोटा, पुरानो नैकाप, काठमाडौँ
      [१२]
      जनता
      सोझा सिधा
      नेताको बोली बेपत्ता !
    • केन्द्रप्रकाश बराल, इलाम
      [१३]
      उच्च
      आसन धु्र्तको
      अनभिज्ञता बथान भेडाको !
    • कमला देवकोटा, पाल्पा
      [१४]
      नेता
      जाली झेली
      जनता अनौठो भेडा !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१५]
      राजनीति
      गन्दा खेल
      भ्रष्टसँग मिल्दैन मेल !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१६]
      नेता
      भ्रष्टाचारको भाँडो
      देश जनतालाई घाँडो !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [१७]
      नेता
      भाषण चट्ट
      जनता सधैँ मख्ख !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१८]
      हामी
      भेडा जनता
      छट्टु हाम्रा नेता !
    • ज्ञानबहादुर क्षत्री
      सन्धिखर्क-२, अर्घाखाँची
      [१९]
      अचेत
      हामी नेपाली
      कहिले हुने सचेत !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [२०]
      समाएँ
      पाखुरा जोडले
      अङ्गालोमा बाँधे रमाएर !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [२१]
      लोकतन्त्र
      समयको सत्यानास
      स्यालले खायो घाँस !
    • पशपती राई, खोटाङ
      [२२]
      मञ्चमा
      नेताको भाषण
      भेडामाथि गर्दै शासन !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [२३]
      बोलेर
      पुर्याउँछन् रीत
      भाषणमा मात्र सिमित !
    • सरिता सेढाई, धादिङ
      [२४]
      नेता
      पदका गोठाला
      जनता भेडाका बथान !
    • सुस्मिता अधिकारी, काठमाण्डौंँ
      [२५]
      नेता
      जनता अल्मल्याउने
      मुलुकपाराको किर्ते राज !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२६]
      भेडा
      मौन दर्शक
      स्यालको दमन नीति !
    • समुन्द्रा शर्मा, सुनसरी
      [२७]
      धुर्त
      स्यालको नीति
      केवल दमनको शासन !
    • कविता आचार्य, कैलाली
      [२८]
      राजनीति
      जाल झेल
      बुझ्न नसकिने खेल !
    • नारायण कोइराला
      तानसेन, पाल्पा, हाल- कुवेत
      [२९]
      जहाँ
      जनता भेडासरि
      त्यहाँ नेता स्यालसरि !
    • टीकाराम जाेशी, टीकापुर
      [३०]
      नेता
      गर्छन् भाषण
      सुन्छन् भेडिया दसान !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [३१]
      जनता
      सबै भेडा
      त्यसैको लिँदै फाइदा !
    • सुरेश न्यौपाने
      [३३]
      भेडा
      कुकुरको भाषण
      विवेकहिन खोज्छन् आशन !
    • सरस्वती वली
      [३४]
      नेता
      धूर्तका खम्बा
      कुशासनको खेल अध्येता !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३४]
      नेता
      नीतिको बर्खिलाप
      हुँदैन कहिले मिलाप !
    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’, पाल्पा
      [३५]
      भेडा
      जनता हामी
      भोट दिने जानिजानी !
    • चक्र शाही, लम्की, कैलाली
      [३७]
      स्यालले
      जनशून्य चेतनाले
      डुबानमा हामी ख्यालले !
    • रामप्रसादपुरी, बादेल, खाेटाङ
      [३८]
      विवेकहिन
      भेडाकाे बथान
      छट्टु स्यालकाे बखान !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३९]
      नेता
      गर्छन् भाषण
      लागाउँछन् निरङ्कुश शासन !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४०]
      स्याल
      धुर्त नेता
      भेडा निस्किए जनता !
    • सविता के.सी.
      [४१]
      नेता
      भोटका भिखारी
      जाली फटाहा अत्याचारी !
    • विवश पारदर्शी, झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८४ सम्पन्न

  • २७ पुष २०८१, शनिबार २१:२२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    टुहुरो
    सडक बास
    कबाडी बेचेर गास !

    • वसन्त अनुभव
      [२]
      टुहुराे
      सडकमा बालक
      जिन्दगी छ बिचल्लीमा !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [३]
      टुहुरो
      सडकमा बिचल्ली
      हुनेखानेहरूको भयो हल्लीखल्ली !
    • भोज विवश मगर
      गैँडाकोट-३, नवलपरासी पूर्व
      [४]
      बालक
      हुनेखाने होटलमा
      हुँदा खाने सडकमा !
    • रमा पन्त
      पाल्पा हाल: न्युजिलैन्ड
      [५]
      टुहुरो
      सडकमा बास
      खानेकुराको छैन आस !
    • बेदु न्यौपाने
      [६]
      दुर्भाग्य
      टुहुरो भएमा
      कष्टकर जीवन रहेमा !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [७]
      गरिबी
      बुझ्दैन सरकार
      अँध्याराे भविष्य बालककाे !
    • ताराप्रसाद चापागाईँ
      [८]
      बालक
      कर्ममा विवश
      पढ्ने लेख्ने उमेरमा !
    • दुर्गा अधिकारी भमरकोटे, कपन
      [९]
      झाेली
      माग्नेकाे खाली
      गाेदामभरि अन्नका बाेरा !
    • नवराज भट्ट, कञ्चनपुर
      [१०]
      निसाह्य
      टुहुरो भएपछि
      हेपिन्छन् कोही नरहेपछि !
    • चूडामणि देवकोटा, पुरानो नैकाप, काठमाण्डौँ
      [११]
      पीडा
      आमा नहुँदा
      गाँस बास सडकमा !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१२]
      चाहाना
      बालकको सोच
      जन्माउने छोडने चलन !
    • चक्र शाही, लम्की, कैलाली
      [१३]
      आश
      सडकको बास
      टुहुरोपन बन्दै अभिशाप !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१४]
      अनाथ
      सडकको साथ
      धेरै देखिन्छ जमात !
    • घनश्याम पौडेल, पोखरा
      [१५]
      जिन्दगी
      अङ्कुरण अवस्था
      सुखसयलको भएन अवस्था !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१६]
      बालक
      सडकमा बास
      छैन कसैको साथ !
    • कला ढकाल, झापा
      [१७]
      टुहुरो
      एक्लो जिन्दगी
      मनमा भिषण सुनामी !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१८]
      टुहुराे
      बालककाे खल्ती
      कपडा बेच्दा गल्ती !
    • श्रीकृष्ण धामी, बझाङ
      [१९]
      सङ्घर्ष
      आफ्नो जीवन
      दुःख कष्ट संसार !
    • घनश्याम पौडेल
      गौरीगङ्गा-९, कैलाली
      [२०]
      भाग्य
      एकल यात्रा
      दैव पनि निष्ठुरी !
    • कविता आचार्य, कैलाली
      [२१]
      जिन्गी
      आँसके कहानी
      भुँख पियास बलिदानी !
    • सागर कुस्मी, कैलाली
      [२२]
      अनाथ
      सडकको बास
      छैन गास कपास !
    • धनमाया चौधरी, कैलाली
      [२३]
      टुहुराे
      दु:खकाे जिन्दगी
      सपना सधैँ अधुरो !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२४]
      ओहो
      यस्तो जिन्दगी
      बाँच्ने को हो ?
    • नागेन्द्रप्रसाद यादव
      [२५]
      टुहुरो
      अनन्त जिउने
      सपना सधैँ अधुरो !
    • विवश पारदर्शी, झापा
      [२६]
      अनाथ
      छैन आस
      सधैँ सडकको बास !
    • बुद्धिप्रसाद लामिछाने, घोनपा-८, कैलाली
      [२७]
      गरिबी
      पिठ्युँमा पाेकाे
      पेटभरि खाने धाेकाे !
    • भवानी घिमिरे, सर्लाही
      [२८]
      बालक
      अभिभावकको अभाव
      ट्याग सडक छाप !
    • कमला देवकोटा, पाल्पा
      [२९]
      टुहुरो
      बिचरा बबुरो
      बिहिन गाँसबास टहरो !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३०]
      बालक
      सडकको यात्री
      सिरेटोमा बित्दैछ रात्री !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [३१]
      काम
      गरिबीको खोजी
      काँधमा बोरा रोजीरोजी !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [३३]
      गरिबी
      पिठ्युँमा भारी
      सडहरू सबै चाहारी !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [३४]
      जिन्दगी
      गरिबीको बन्धकी
      अरूको हुँदा जगजगी !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३४]
      टुहुरो
      सडकमा एक्लै
      संसार भयो बेग्लै !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [३५]
      अनाथ
      टुहुराे जिन्दगी
      नगराेस् कसैले दिल्लगी !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३७]
      कर्मयाेगी
      कर्मकाे अभ्यास
      पाैरखले जाेडेको गाँसबास !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हाल: काठमाडौँ-५
      [३८]
      टुहुरो
      बाटैमा हुर्कियो
      परिश्रम गरेर फुर्कियो !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३९]
      सडकबालक
      कवाडी बेचेर
      आफ्नै पेट पालक !
    • डम्बर थामी ‘अनुपम’
      कालिञ्चोक गा.पा.-६, दोलखा
      [४०]
      सधैँ
      सडकको बास
      छैन कुनै आस !
    • सरिता सेढाई, धादिङ
      [४१]
      जिन्दगी
      छैन घर
      पर्नुपर्ने फोहोरको भर !
    • पृथक प्रकृति, झापा
      [४२]
      टुटेर
      परिवारको नाता
      सदैव सडकमा बास !
    • सुस्मिता अधिकारी, काठमाण्डौँ
      [४३]
      पेट
      पीडाको भारी
      आन्द्रा छुट्टी खेल्दा !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      बालक
      एक्लो बास
      जिन्दगी भएन खास !
    • अनमोल मुस्कान
      [४५]
      अनाथ
      सानो भाइ
      मानवताको मनबाट बिदाइ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४६]
      गरिबी
      बाध्यताको डोरी
      विद्यालय टाढाको दूरी !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [४७]
      मजबुरी
      अनाथ जिन्दगी
      भाेकाे पेटलाई बन्दगी !
      — पागल भिक्षुक
      जानकी-८, कैलाली
      [४८]
      अभाव
      कसैको आस
      टुहुरो सडकको बास !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४९]
      असहाय
      छैनन् सहारा
      बालक बिचरा हाय !
    • विके माकजू
      [५०]
      जिम्मेवारी
      बोकायो भारी
      यात्रा गर्दै नहारी !
    • सङ्गीता खरेल, काठमाडौँ
      [५१]
      आस
      सडकमा बास
      सुन्दर भविष्यको तलास !
    • सुरेश न्यौपाने
      [५२]
      बालक
      बाध्यतामा बरा
      खोजेर खानुपर्ने हराभरा !
    • भगवती दवाडी, झापा
      [५३]
      जिम्मेवारी
      काधमा भारी
      बोकेर सपनाका डङ्गुर !
    • दीप गोले तामाङ, रौतहट
      [५४]
      असहाय
      समाजको छोरा
      बोकी हिँड्छ बोरा !
    • पशपती राई, खोटाङ
      [५५]
      बालक
      सडकको बास
      सारा जीवनयापन सकस !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५६]
      टुहुरो
      सधैँ रून्छ
      पीडा कसले सुन्छ !
    • सानु जाेशी, दार्चुला
      [५७]
      मानवता
      सडकमा विकास
      अन्धकारमय देशको भविष्य !
    • डि पी दोभान
      [५८]
      गल्ती
      मातापिताको गर्ने
      नाबालक सडकमा पर्ने !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५९]
      टुहुरो
      भाग्यले भुटेको
      राज्यले समेत लुटेको !
    • ऋजु दिल्पाली
      ईटहरी-१, हलगडा
      [६०]
      पढ्ने
      आनगिन्ती चाहना
      बाध्यता सडकमा रहन !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [६१]
      बालक
      छैन अधिकार
      केवल दिवस मात्र !
    • शारदा आचार्य
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक पञ्चाङ्ग भाग- १२९

  • २७ पुष २०८१, शनिबार २१:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय उन्नातीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२९———————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/२२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    सम्पूर्ण दुश्मन गलाएर जाउँ प्रिय।
    प्रेमको दीपक जलाएर जाउँ प्रिय।
    आँधीहुरी तुफान जे जति आए पनि,
    प्रेमको फसल फलाएर जाउँ प्रिय।
    दुष्टलाई छुरा चलाएर जाउँ प्रिय।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    बिहानै सुन्छु हल्ली उसको
    एउटै पर्छ गल्ली उसको
    बेठीक त भन्नै भएन नि,
    सधैं देखिन्छ खल्ली उसको
    मुटु भित्र छ पल्ली उसको ।

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    नियतिका प्रहारकाे , चाेट छेकी रहेछु।
    आफ्नाे घाउ अझैसम्म,आफैं सेकी रहेछु ।
    धेरै दुःख दिने मान्छे ,हाँस्दाे रहेछ धेर ,
    पर कतै क्षितिजमा , श्वास फेंकी रहेछु।
    रिस उठ्याे आफैंसँग , स्वप्न रेकि रहेछु ।
    तीर्थराज जोशी कैलाली

    👉पञ्चाङ्ग:०४
    सब जान्दाजान्दै कसरी पछि सर्ने म
    मन पराएर किन दुस्मन गर्ने म
    यस्तो सम्भव हुनै सक्दैन म देखि
    एक्लो भै एकछिन् नदेख्दा दङ्ग पर्ने म
    तिमीलाई रुवाई कुन‌ खुसी भर्ने म ?

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०५
    यसरी बडाबाटै आज देश लुटियो,
    सागसिस्नु र ढिढो पाक्ने मेस लुटियो।
    जताततै फैलिदै छ विदेशी संस्कार,
    नदी नालासँग पुरै धनेश लुटियो
    धोती चोलो ढाकाटोपीको भेष लुटियो।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    माया प्रेम गासौँला हामी।
    सँगसँगै हासौँला हामी।
    जिन्दगी खुसी बनाउन,
    बाधा सबै मासौँला हामी।
    जल्नेलाई नासौँला हामी।
    ह्यारिस

    ॐ
    पञ्चाङ्ग:०७
    सम्म देखेर तलाउमा हिँड्न मिल्दैन हजुर
    फाटेकाे मन त! सियाेले छिड्न मिल्दैन हजुर
    प्रकृतिप्रदत्त वस्तु त! साझा हुन्छ महासय
    समय बलवान् कसैले गिड्न मिल्दैन हजुर
    छाेराछाेरी बाआमासँग भिँड्न मिल्दैन हजुर ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग-८
    आँखा फेर्न नसके पनि दृष्टिकोण फेर्ने गर्नुस् न है
    प्रतिक्रियाको बुद्धि छैन केही बेर ठेर्ने गर्नुस् न है
    तपाइँ दुनियाँको मात्रै गल्ती कतिन्जेल हेर्नुहुन्छ
    कहिले कसो आफ्नै मुहार ऐनामा हेर्ने गर्नुस् न है
    मै हुँ भन्ने अहंकारलाई बुद्धिले बेर्ने गर्नुस् न है।
    पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १११

  • २७ पुष २०८१, शनिबार २१:०९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकएघारौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/१८गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १११[एकसयएघारौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    पुरुषको आँखाबाट आँसु आएको देख्ने को छ?
    सदैव मानसिक तनाव पाएको देख्ने को छ?
    भन्ने गरिन्छ मर्द कहिल्यै पनि रुनु हुँदैन,
    तनाव मेटाउन अनेक खाएको देख्ने को छ?
    आफ्नो सबै त्यागेर एकान्त धाएको देख्ने को छ?
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    चिन्ता धेरै पाएको जस्तो देखिन्छौ
    तातो चिसो खाएको जस्तो देखिन्छौ
    भनिन्छ मर्दले रुनु हुँदैन रे ,
    लेक बेसी धाएको जस्तो देखिन्छौ
    बादलुले छाएको जस्तो देखिन्छौ ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३

    परेली भिजेको छ आँखाकाे पानीले कठै
    दुःख दिइछिन् यिनलाई सान्नानीले कठै
    नपाउँदा कस्तो कस्तो पाएपछि भाे सस्तो
    गर्नेलाई रुवाए सृष्टिको खानीले कठै
    बिजाेगमा पर्यौ कान्छा तिम्रो बानीले कठै ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०४
    प्रविधिले मान्छेसँग मान्छेको भेट गरायो अचेल
    सम्बन्ध चाहिँ भयो बुरुक्क उफ्रिने खरायो अचेल
    वस्तुमा नै देख्छन् मान्छेहरू खुसी बजार जान्छन् किन्न
    बाहिर डुल्दा डुल्दा आत्माभित्र पस्नै डरायो अचेल
    आफैं भित्र थियो खुसी त खोइ कता हरायो अचेल।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ:०५

    चिन्ताले जीवनमा दु ख मात्र दिएको देखिन्छ,
    किनहो कुन्नि आँखा भरि आँसु लिएको देखिन्छ।
    जमनालाई नै दिमागमा भण्डार गरी राखेर,
    मनमा पिर भएर उसले पिएको देखिन्छ ,
    दिन प्रतिदिन आफ्नो स्वरुप खिएको देखिन्छ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०६

    आँखाबाट आँसुहरू झारेकाे कसले देख्छ ?
    मनका इच्छा,चाहना मारेकाे कसले देख्छ ?
    कसलाई रहर हुन्न जिउँन सहजै
    जिन्दगीले घाटामा पारेको कसले देख्छ ?
    निधारमा भाग्यले टारेकाे कसले देख्छ ?

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।।

    👉पञ्चाङ्ग:०७
    जिउने रहरसँग ‌ हारेको ‌ मान्छे
    बहानामा डुबाएर मारेको मान्छे
    उस्ले नरोएको दिन कहिले छ र?
    आफ्नैले मर्नु न बाँच्नु‌ पारेको मान्छे
    जोडले खुट्टा तानेर झारेको मान्छे ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०८
    मेरो मनमा चोट परेको छ।
    अत्याचार दिनहुँ गरेको छ।
    कसले बुझ्ने मनको भावना,
    यी आँखाबाट आँसु झरेको छ।
    दुखाइले बसाइँ सरेको छ।
    ह्यारिस
    ॐ
    पञ्चाङ्ग:०९
    “””””””””
    प्राणीमा आहार निन्द्रा भय हुन्छ साथी
    मान्छे जीवनमा लक्ष तय हुन्छ साथी
    हाँसाे राेदन हुनु अनाैठाे कुरा ह्वाैन
    प्रगतिकाे पथ यदा क्षय हुन्छसाथी
    सफलता प्राप्त जब लय हुन्छ साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १२८

  • २७ पुष २०८१, शनिबार २१:०५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय अठाईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२८————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/१५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    एक एक शब्दको मूल्य चुकाउनु पर्ने छ एकदिन।
    बोलेका,लेखेका शब्दले झुकाउनु पर्ने छ एकदिन
    कसको हैसियत के कति देखिएकै छ भन्नु पर्दैन,
    अहिलेसम्म देखाएको लुकाउनु पर्ने छ एकदिन।
    अपाच्य शब्दको तुजुक फुकाउनु पर्ने छ एकदिन।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    तारा झार्छु भन्छन् मायामा जून एक्लै हाेला
    तरकारी , अचार बिना नुन एक्लै हाेला
    के काे मजा दौरा नभएको गाेजी भएर
    नाक, कान कता हुन् कता सुन एक्लै हाेला ,
    मान्छे छैनन् सुन्ने भने त्यो धुन एक्लै हाेला ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०३
    आजभोलि कि खेलामा हुन्छ कि मेलामा हुन्छ मान्छे
    जहाँ हुन्छ रामरमिता त्यस्तै भेलामा हुन्छ मान्छे
    थोरै पनि दु:ख गर्ने जमाना त गैसकेछ कठै!
    पसिना बगाउन चाहादैनन् झेलामा हुन्छ मान्छे
    गम्भीर भएर सोच्नै मान्दैन रेलामा हुन्छ मान्छे।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    बाबाले हेर छोडेर जानु भो
    संसारी नाता तोडेर जानु भो
    भगवान् लाई खाँचो भएर नै
    आफन्तलाई मोडेर जानु भो
    नजन्मिने रे कोरेर जानु भो
    -सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:०५
    यहाँ चोखो प्रेममा राजनीति झैँ खेल हुन थालेछ,
    फटाहा र जालीहरुको धेरै नै मेल हुन थालेछ।
    जसरी तिमीले त्यो चोखो प्रेमलाई लत्याएर गयौ
    माया गर्ने हरुको दिल अब त जेल हुन थालेेछ,
    त्यसैले होला मायालुको आँखामा भेल हुन थालेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    खुसीमा एकसाथ हासौँला हामी।
    भएका शत्रु बैरी मासौँला हामी।
    जिन्दगी हाँसेर बिताउनु पर्छ,
    प्रेममा जल्नेलाई नासौँला हामी।
    मिलेर प्रेम माला गासाैँला हामी।
    ह्यारिस

    पञ्चाङ्ग:०७
    पुरानो कुरालाई छोडेर जाने
    अड्कलहरू सब तोडेर जाने
    नयाँ सालको शुभकामना साथै
    उत्साह र उमङ्ग गोडेर जाने
    सफलता केवल ओडेर जाने ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११०

  • २७ पुष २०८१, शनिबार २१:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११०[एकसयदसौँऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    पञ्चाङ्ग:०१
    भुक्ने कुकुर सदैव भुक्छ जान्छ यहाँ।
    गर्ने केही होइन अरूको खान्छ यहाँ।
    कुकुरले आफ्नो गल्ती कहिल्यै देख्दैन,
    मैले जे गरे त्यही राम्रो हो मान्छ यहाँ।
    आफूले आफैंलाई चलाख ठान्छ यहाँ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    कुकुरै कुकुरले भरिएको देश हाम्रो
    विदेशीको कम्पनी छरिएको देश हाम्रो
    कुन दिन आमालाई टोक्छ यसले यहाँ ,
    बिचमा हड्डी फाल्ने गरिएको देश हाम्रो
    भाइभाइले लडी मरिएको देश हाम्रो ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०३
    कुकुर भन्दा मान्छे अचेल धेरै भुक्न थाले
    आफ्नै फोटो टाँसेर संजालभरि थुक्न थाले
    कुकुर हो कि मान्छे टोकि पो हाल्छ गाँठे ख्याप्प
    ज्यान मोटाई डुम्म छ बुद्धि भने सुक्न थाले
    सर्वश्रेष्ठ हुँ भन्ने मान्छे हेर कसरी चुक्न थाले।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    कुकुरलाई ठान्छु एउटा साँचो साथी
    हृदयदेखि मान्छु एउटा साँचो साथी
    प्राचीनदेखि गहिरो सम्बन्ध हुनाले
    आफूतिर नै तान्छु एउटा साँचो साथी
    अझ अगाडि लान्छु एउटा साँचो साथी।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-
    अक्षर-१५
    कुकुर घरमा बफादार हुन्छ अचेल,
    जहिले पनि सहि ठाउँमा छुन्छ अचेल
    किनकि मानिसमा त्यति चेतना नै छैन
    किन हो कुनित रातिसम्म रुन्छ अचेल
    त्यसैले मेरो मनले पनि सुन्छ अचेल।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०६
    पालेको कुकुरले टोकेर हैरान भो
    तलाई मार्छु भन्दै ठोकेर हैरान भो
    भनिन्छ कुकुरलाई वफादार पशु
    नीच ब्यबहारले झोकेर हैरान भो
    सधैं बार मिति तोकेर हैरान भो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १२७

  • २७ पुष २०८१, शनिबार २०:५९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय सत्ताईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२७————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/०८
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    कुरा नमिले मिलाउनु आफैं।
    फाटेको मन सिलाउनु आफैं
    जिन्दगी जिउनु छ जसरी पनि,
    दुश्मन जति जिलाउनु आफैं।
    गर्न नसके बिलाउनु आफैं ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आउने मिति सर्दै गयो
    माया पिरती टर्दै गयो
    अन्त्य बिनाको पर्खाइले
    पर्खने इच्छा मर्दै गयो
    एकान्त मन पर्दै गयो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
    आँसुले परेली चुहेर बित्ने रहेछ।
    मनमा आधी हाँसो छ आधी रोदन छ,
    किन सबै सामु तुहेर बित्ने रहेछ ?
    अन्धविश्वासले कुहेर बित्ने रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    गिलो माटोलाई आकार बनाउँदै छु
    सप्रियोस भनेर पानी खनाउँदै छु
    परिश्रमको फल त पाइन्छ होला नि ,
    घाँटी सुकाइ अक्षर नै भनाउँदै छु
    असल नागरिक भनी जनाउँदै छु ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग -०५
    कालो मनले त घोच्छ मात्रै कसैलाई छुदैन साहेब
    रोए जस्तो गरेपनि त्यो कहिल्यै रुदै रुदैन साहेब
    जबसम्म रुन सक्दैन मन सफा कसरी हुन सक्छ
    धुन्छ मन आँसुले मात्रै गङ्गाजलले धुदैन साहेब
    दियो बले मनको अँध्यारोको अस्तित्व हुँदैन साहेब।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    हतियारलाई अङ्गिकार गरियो डरका खातिर महाेदय
    त्राहिमाम भएर हजुर ज्यान जाेगाउन आखिर महाेदय
    पीडा अति तिखाे भनिन्छ मर्नु भन्दा बाैलाउनु जाति रे
    निकाअनन्त उही रहेछ केवल खाए हजुर जागिर महाेदय
    दिन प्रतिदिन युवाकाे लस्कर लाग्याे झन बाहिर महाेदय ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०७
    मायामा त हृदयले छुनु पर्छ।
    दुःख र सुखमा साथ हुनु पर्छ।
    जीवनमा आखिर के पाे हुन्छ र,
    एक आपसकाे मैलाे धुनु पर्छ।
    दुखमा सँगै मिलेर रुनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग०८
    खेल्न मन छैन कसैसँग मायाको हाेली खास
    किन हो किन बाेल्न मन छैन आजभोलि खास
    जिन्दगी त दुईदिने घाम छाँया न हाे त्यसैले
    लेख्न खाेज्दैछु म मनको कुरा सबै खाेली खास
    माया गर्छु भन्नेकाे विश्वास लाग्दैन बाेली खास।
    राज कुमार राजभण्डारी खाेटाङे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०८

  • २७ पुष २०८१, शनिबार २०:५३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/२७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०९[एकसयनौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर फूल फुलेका छन्।
    मन त्यसैमा डूलेका छन्।
    हेर्दा राम्रो देखिने फूल,
    सबैका आँखा झुलेका छन्।
    आकाश धर्ती खुलेका छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल फुलेर सुगन्ध छर्दै छ
    हरियालीको रङ्गिन भर्दै छ
    फूल आफैँमा स्वछन्द हुन्छ नै
    त्यो स्वच्छता त बोटमा सर्दै छ
    सुन्दरता हेर्दा अशान्ति हर्दै छ
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग-०३

    छेउमा प्रकृति सधैं लठ्ठ पर्दैछ आहा,
    त्यो सुन्दर फुलले सुगन्ध छर्दैछ आहा।
    हिमाल पहाड र तराई जता पाइने,
    घामको लाली किरण त्यतै सर्दैछ आहा,
    सबैलाई लोभ्याउने मोह गर्दैछ आहा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    राखेकाे चित्र मलाई साह्रै सुन्दर लागेकाे छ
    देखेर मेराे मनमा कस्ताे उमङ्ग जागेकाे छ
    याे सुन्दर दृश्य कसलाई मन पर्दैन हाेला
    दृश्य हेरेपछि मेराे रातकाे निद्रा भागेकाे छ
    आँखाले पनि किन हाेला त्यही फूल दागेकाे छ

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०५

    हिमालको बुइमा हिउँ देख्छु म त
    पहराकाे हरियो जिउ देख्छु म त
    ढकमक्क फूल फुलि बसाएको ठाउँ ,
    धरती सजाउने बिउ देख्छु म त
    छ सुन्दर शान्तमा घिउ देख्छु म त ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०६
    एकबारको जिन्दगीमा फूल जस्तै हाँसी देउ है
    सुवास छर्दै धर्तीमा दुर्गन्ध सबै नासी देउ है
    देउताले पनि लासले पनि तिम्रो चर्चा गर्नेछन्
    तिमीले भने सधैं अजम्बरी माया गाँसि देउ है
    दिन्छु तिम्लाई चोखो माया मुटुभित्रै टाँसी देउ है।
    -पशपती राई खोटाङ ।

    ॐ
    पञ्चाङ्ग:०७
    “””””””””
    प्रकृतिको सुन्दर उपहार फूल हजुर
    महका लागि जुटेको माहुरी हुल हजुर
    दैवले प्रत्येक जीवलाई नचाउने गर्छ
    वर्षा लाग्यो भेट्ने गाह्रो भाे छैन पुल हजुर
    बाध्यता नबुझी रिसाए हुन्छ भुल हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग,:०८
    फूलले चारैतिर सुगन्ध छरेकाे छ
    कति सुन्दर यो ढकमक्क परेको छ
    फूल स्वतन्त्रले नै बाँचिरहन्छ सधैँ
    प्रकृति सौरम्यताले यहाँ भरेकाे छ
    फक्रेर प्रकृतिलाई सम्मान गरेकाे छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    राप्ती साहित्य परिषद् दाङद्वारा पसिनाको पोको कविता सङ्ग्रहको समीक्षा

  • २७ पुष २०८१, शनिबार २०:४८ मा प्रकाशित
  • दाङ, पौष २६ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९४ औँ श्रृङ्खलामा साहित्यकार कृष्ण गिरीको ‘पसिनाको पोको’ कविता सङ्ग्रहको समीक्षा कार्यक्रम दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतित्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

    नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले कविता सङ्ग्रहको समीक्षा गर्नुभएको थियो । पसिनाको पोको कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोधलाई उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीतिलगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताउनुभयो ।
    प्रमुख अतिथि आचार्यले विचार बिनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कवितामार्फत कृति ल्याउन सकेको बताउनुभयो ।

    कवि, लेखकले विचार र कलालाई सृङ्गारिक रूपमा कलात्मक ढङ्गले व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै सर्जक गिरीको कविता सङ्ग्रह पसिनाको पोकोमा वैचारिक रूपमा विविधता भरेर कृति ल्याएको टिप्पणी गर्नुभयो ।

    कृतिको समिक्षा गर्दै डा. पन्थीले साहित्यकार गिरीको २४ वटा कविता संग्रहित पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रूपमा उजागर गरेको बताउनुभयो । ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरुको गिरी वंशावली खकन कविता संग्रह २०६४ प्रकाशन गरिसक्नु भएको छ ।

    लेखक सङ्घ दाङ अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली ,निवर्तमान तथा सल्लाहकार अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य राम प्रसाद जैसी, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे,
    पाण्डे, चन्द्रप्रकाश देवकोटा, देवेन्द्र रिजाल,नरेशजङ्ग राणा , नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का,समान्तार अनलाइनका सम्पादक छवि पुरी,रङ्गभूमिका टेलिभिजन हुम रेग्मी, नारायणपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष मदनकुमार बस्नेत लगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

    त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरूमा प्रकाश केसी,मदन गिरी, रीमा गाैतम,शान्ता रोका , सुशीला आचार्य, गणेश सुवेदी हरिप्रसाद पौडेल,एकराज शर्मा अधिकारी, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, कमला रिजाल, नवराज देवकोटा ,
    देवेन्द्र रिजाल, धनसिंह गिरी,हिरा डिसी, नवराज देवकोटा, हरिप्रसाद पाण्डे, कुलबहादुर वली, महेश कुमार न्यौपाने, रामप्रसाद देवकोटा, कृष्ण प्रसाद गौतम, शैलजा शर्मा, चन्द्रप्रकाश देवकोटा,गिरिराज खनाल,अनिल गिरी, लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा “पसिनाको पोको” पुस्तकका लेखक कृष्ण गिरीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P