• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ११०

  • २७ पुष २०८१, शनिबार २१:०३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०९/११गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: ११०[एकसयदसौँऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    पञ्चाङ्ग:०१
    भुक्ने कुकुर सदैव भुक्छ जान्छ यहाँ।
    गर्ने केही होइन अरूको खान्छ यहाँ।
    कुकुरले आफ्नो गल्ती कहिल्यै देख्दैन,
    मैले जे गरे त्यही राम्रो हो मान्छ यहाँ।
    आफूले आफैंलाई चलाख ठान्छ यहाँ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    कुकुरै कुकुरले भरिएको देश हाम्रो
    विदेशीको कम्पनी छरिएको देश हाम्रो
    कुन दिन आमालाई टोक्छ यसले यहाँ ,
    बिचमा हड्डी फाल्ने गरिएको देश हाम्रो
    भाइभाइले लडी मरिएको देश हाम्रो ।।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०३
    कुकुर भन्दा मान्छे अचेल धेरै भुक्न थाले
    आफ्नै फोटो टाँसेर संजालभरि थुक्न थाले
    कुकुर हो कि मान्छे टोकि पो हाल्छ गाँठे ख्याप्प
    ज्यान मोटाई डुम्म छ बुद्धि भने सुक्न थाले
    सर्वश्रेष्ठ हुँ भन्ने मान्छे हेर कसरी चुक्न थाले।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    कुकुरलाई ठान्छु एउटा साँचो साथी
    हृदयदेखि मान्छु एउटा साँचो साथी
    प्राचीनदेखि गहिरो सम्बन्ध हुनाले
    आफूतिर नै तान्छु एउटा साँचो साथी
    अझ अगाडि लान्छु एउटा साँचो साथी।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-
    अक्षर-१५
    कुकुर घरमा बफादार हुन्छ अचेल,
    जहिले पनि सहि ठाउँमा छुन्छ अचेल
    किनकि मानिसमा त्यति चेतना नै छैन
    किन हो कुनित रातिसम्म रुन्छ अचेल
    त्यसैले मेरो मनले पनि सुन्छ अचेल।

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग:०६
    पालेको कुकुरले टोकेर हैरान भो
    तलाई मार्छु भन्दै ठोकेर हैरान भो
    भनिन्छ कुकुरलाई वफादार पशु
    नीच ब्यबहारले झोकेर हैरान भो
    सधैं बार मिति तोकेर हैरान भो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १२७

  • २७ पुष २०८१, शनिबार २०:५९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय सत्ताईसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२७————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/०८
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    कुरा नमिले मिलाउनु आफैं।
    फाटेको मन सिलाउनु आफैं
    जिन्दगी जिउनु छ जसरी पनि,
    दुश्मन जति जिलाउनु आफैं।
    गर्न नसके बिलाउनु आफैं ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    आउने मिति सर्दै गयो
    माया पिरती टर्दै गयो
    अन्त्य बिनाको पर्खाइले
    पर्खने इच्छा मर्दै गयो
    एकान्त मन पर्दै गयो ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
    आँसुले परेली चुहेर बित्ने रहेछ।
    मनमा आधी हाँसो छ आधी रोदन छ,
    किन सबै सामु तुहेर बित्ने रहेछ ?
    अन्धविश्वासले कुहेर बित्ने रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    गिलो माटोलाई आकार बनाउँदै छु
    सप्रियोस भनेर पानी खनाउँदै छु
    परिश्रमको फल त पाइन्छ होला नि ,
    घाँटी सुकाइ अक्षर नै भनाउँदै छु
    असल नागरिक भनी जनाउँदै छु ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग -०५
    कालो मनले त घोच्छ मात्रै कसैलाई छुदैन साहेब
    रोए जस्तो गरेपनि त्यो कहिल्यै रुदै रुदैन साहेब
    जबसम्म रुन सक्दैन मन सफा कसरी हुन सक्छ
    धुन्छ मन आँसुले मात्रै गङ्गाजलले धुदैन साहेब
    दियो बले मनको अँध्यारोको अस्तित्व हुँदैन साहेब।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    हतियारलाई अङ्गिकार गरियो डरका खातिर महाेदय
    त्राहिमाम भएर हजुर ज्यान जाेगाउन आखिर महाेदय
    पीडा अति तिखाे भनिन्छ मर्नु भन्दा बाैलाउनु जाति रे
    निकाअनन्त उही रहेछ केवल खाए हजुर जागिर महाेदय
    दिन प्रतिदिन युवाकाे लस्कर लाग्याे झन बाहिर महाेदय ।
    प्रद्युम्न चालिसे

    पञ्चाङ्ग:०७
    मायामा त हृदयले छुनु पर्छ।
    दुःख र सुखमा साथ हुनु पर्छ।
    जीवनमा आखिर के पाे हुन्छ र,
    एक आपसकाे मैलाे धुनु पर्छ।
    दुखमा सँगै मिलेर रुनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग०८
    खेल्न मन छैन कसैसँग मायाको हाेली खास
    किन हो किन बाेल्न मन छैन आजभोलि खास
    जिन्दगी त दुईदिने घाम छाँया न हाे त्यसैले
    लेख्न खाेज्दैछु म मनको कुरा सबै खाेली खास
    माया गर्छु भन्नेकाे विश्वास लाग्दैन बाेली खास।
    राज कुमार राजभण्डारी खाेटाङे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०८

  • २७ पुष २०८१, शनिबार २०:५३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/२७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०९[एकसयनौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सुन्दर फूल फुलेका छन्।
    मन त्यसैमा डूलेका छन्।
    हेर्दा राम्रो देखिने फूल,
    सबैका आँखा झुलेका छन्।
    आकाश धर्ती खुलेका छन्।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फूल फुलेर सुगन्ध छर्दै छ
    हरियालीको रङ्गिन भर्दै छ
    फूल आफैँमा स्वछन्द हुन्छ नै
    त्यो स्वच्छता त बोटमा सर्दै छ
    सुन्दरता हेर्दा अशान्ति हर्दै छ
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग-०३

    छेउमा प्रकृति सधैं लठ्ठ पर्दैछ आहा,
    त्यो सुन्दर फुलले सुगन्ध छर्दैछ आहा।
    हिमाल पहाड र तराई जता पाइने,
    घामको लाली किरण त्यतै सर्दैछ आहा,
    सबैलाई लोभ्याउने मोह गर्दैछ आहा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    राखेकाे चित्र मलाई साह्रै सुन्दर लागेकाे छ
    देखेर मेराे मनमा कस्ताे उमङ्ग जागेकाे छ
    याे सुन्दर दृश्य कसलाई मन पर्दैन हाेला
    दृश्य हेरेपछि मेराे रातकाे निद्रा भागेकाे छ
    आँखाले पनि किन हाेला त्यही फूल दागेकाे छ

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:०५

    हिमालको बुइमा हिउँ देख्छु म त
    पहराकाे हरियो जिउ देख्छु म त
    ढकमक्क फूल फुलि बसाएको ठाउँ ,
    धरती सजाउने बिउ देख्छु म त
    छ सुन्दर शान्तमा घिउ देख्छु म त ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग-०६
    एकबारको जिन्दगीमा फूल जस्तै हाँसी देउ है
    सुवास छर्दै धर्तीमा दुर्गन्ध सबै नासी देउ है
    देउताले पनि लासले पनि तिम्रो चर्चा गर्नेछन्
    तिमीले भने सधैं अजम्बरी माया गाँसि देउ है
    दिन्छु तिम्लाई चोखो माया मुटुभित्रै टाँसी देउ है।
    -पशपती राई खोटाङ ।

    ॐ
    पञ्चाङ्ग:०७
    “””””””””
    प्रकृतिको सुन्दर उपहार फूल हजुर
    महका लागि जुटेको माहुरी हुल हजुर
    दैवले प्रत्येक जीवलाई नचाउने गर्छ
    वर्षा लाग्यो भेट्ने गाह्रो भाे छैन पुल हजुर
    बाध्यता नबुझी रिसाए हुन्छ भुल हजुर ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग,:०८
    फूलले चारैतिर सुगन्ध छरेकाे छ
    कति सुन्दर यो ढकमक्क परेको छ
    फूल स्वतन्त्रले नै बाँचिरहन्छ सधैँ
    प्रकृति सौरम्यताले यहाँ भरेकाे छ
    फक्रेर प्रकृतिलाई सम्मान गरेकाे छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    राप्ती साहित्य परिषद् दाङद्वारा पसिनाको पोको कविता सङ्ग्रहको समीक्षा

  • २७ पुष २०८१, शनिबार २०:४८ मा प्रकाशित
  • दाङ, पौष २६ राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत १९४ औँ श्रृङ्खलामा साहित्यकार कृष्ण गिरीको ‘पसिनाको पोको’ कविता सङ्ग्रहको समीक्षा कार्यक्रम दाङको नेपाल पत्रकार महासङ्घको हलमा भव्य रूपमा समीक्षा गरिएको छ ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ गायक तथा संगीतकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल र वरिष्ठ साहित्यकार गणेश विषमको विशिष्ट आतित्यमा कार्यक्रम सम्पन्न गरिएको थियो।

    नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थीले कविता सङ्ग्रहको समीक्षा गर्नुभएको थियो । पसिनाको पोको कृतिले समाजको वर्तमान परिवेशसँगै कविताको चेतनाबोधलाई उजागर गर्न सफल भएको बताउनुभयो । कृतिमा उल्लेख कविताले समाज, मानवता, राजनीतिलगायत विषय र सर्जकका आफ्नै भोगाई पनि समावेश गरेर विविधता प्रदान गरेको बताउनुभयो ।
    प्रमुख अतिथि आचार्यले विचार बिनाको कला साहित्य हुन नसक्ने भन्दै कला, विचारसहितको प्रस्तुतिमा साहित्यकार गिरीले कवितामार्फत कृति ल्याउन सकेको बताउनुभयो ।

    कवि, लेखकले विचार र कलालाई सृङ्गारिक रूपमा कलात्मक ढङ्गले व्यक्त गर्ने प्रयास गर्नुपर्ने भन्दै सर्जक गिरीको कविता सङ्ग्रह पसिनाको पोकोमा वैचारिक रूपमा विविधता भरेर कृति ल्याएको टिप्पणी गर्नुभयो ।

    कृतिको समिक्षा गर्दै डा. पन्थीले साहित्यकार गिरीको २४ वटा कविता संग्रहित पसिनाको पोकोमार्फत समाजको उत्पीडितलाई व्यङ्ग्यात्मक र सिर्जनात्मक रूपमा उजागर गरेको बताउनुभयो । ४ दशक लामो शैक्षिक क्षेत्रमा क्रियाशील गिरीले यसअघि दहखोले महन्थहरुको गिरी वंशावली खकन कविता संग्रह २०६४ प्रकाशन गरिसक्नु भएको छ ।

    लेखक सङ्घ दाङ अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिनुभएको थियो ।
    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा,प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पदम प्रसाद शर्मा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा.लोकराज पराजुली ,निवर्तमान तथा सल्लाहकार अध्यक्ष दीपक शर्मा “समीर,” प्रगतिशील लेखक सङ्घ केन्द्रीय सदस्य राम प्रसाद जैसी, पुरस्कार संस्थापकहरु हरिप्रसाद पाण्डे,
    पाण्डे, चन्द्रप्रकाश देवकोटा, देवेन्द्र रिजाल,नरेशजङ्ग राणा , नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का,समान्तार अनलाइनका सम्पादक छवि पुरी,रङ्गभूमिका टेलिभिजन हुम रेग्मी, नारायणपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष मदनकुमार बस्नेत लगायतका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो।

    त्यसै गरी सो कार्यक्रममा वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी साहित्यकारहरूमा प्रकाश केसी,मदन गिरी, रीमा गाैतम,शान्ता रोका , सुशीला आचार्य, गणेश सुवेदी हरिप्रसाद पौडेल,एकराज शर्मा अधिकारी, गोपाल भुसाल अभिलाषी दामोदर पौडेल, मधुसुधन गौतम, नारदप्रसाद भण्डारी, वीना रोका, कमला रिजाल, नवराज देवकोटा ,
    देवेन्द्र रिजाल, धनसिंह गिरी,हिरा डिसी, नवराज देवकोटा, हरिप्रसाद पाण्डे, कुलबहादुर वली, महेश कुमार न्यौपाने, रामप्रसाद देवकोटा, कृष्ण प्रसाद गौतम, शैलजा शर्मा, चन्द्रप्रकाश देवकोटा,गिरिराज खनाल,अनिल गिरी, लगायतको साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।

    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा “पसिनाको पोको” पुस्तकका लेखक कृष्ण गिरीलाई संस्थाको तर्फबाट प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज

    ३४औं स्थापना दिवसका अवससमा प्याप्सन द्वारा उत्तरवाहिनी संस्कृत गुरुकुलमा सहयाेग

  • २३ पुष २०८१, मंगलवार ०९:०० मा प्रकाशित

  • पुस २४ गते, प्याब्सन स्थापना दिवस मनाउन लागेकाे प्याब्सन घाेराहीले ३ दिने कार्यक्रम अन्तर्गत साेमबार घाेराही उपमहानगरपालिका वडा नं. ७ सुक्रवार उत्तरवाहिनीस्थित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल)लाई खाद्यान्न सहयाेग हस्तान्तरण गरेकाे छ । प्याब्सन घाेराहीले गुरुकुललाई एक कार्यक्रम गरि एक क्विन्टल चामल, तीस लिटर तेल, पाँच किलाे मकै, दस किलाे दाल, बीस किलाे सुन्तला, भेली, चियापत्तीलगायतका खाद्य सामग्रीहरु हस्तान्तरण गरेकाे छ ।

    प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बालकृष्ण ओलीकाे अध्यक्षता एवम् प्याब्सनका केन्द्रीय सचिव यादव गिरीकाे प्रमुख आतिथ्यतामा आयाेजित हस्तान्तरण कार्यक्रममा बाेल्ने वक्ताहरुले आफ्नाे भाषा, संस्कार र संस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्नेमा जाेड दिएका थिए । कार्यक्रमका वक्ताहरुले देशकाे माैलिक पहिचान स्थापित गर्नका लागि सबै पक्ष लाग्नुपर्ने बताए । कार्यक्रममा श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत माध्यामिक विद्यालय (गुरुकुल) का मूल गुरु देवनाथले गुरुकुलमा अध्यापन गराइने शिक्षाका विषयमा जानकारी गराउनुभएकाे थियाे ।

    कार्यक्रममा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारी, जिल्ला अध्यक्ष निर्मल न्याैपाने, उत्तरवाहिनी गुरुकुलका गुरु देवनाथलगायतले आ-आफ्ना विचार राख्नुभएकाे थियाे । गुरुकुलका व्यवस्थापक प्रकाश भट्टराईकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सहजीकरण प्याब्सन घाेराही नगर कमिटी सचिव बिमल भण्डारीले गर्नुभएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज

    बुरैदा अल कासिममा खुल्यो नेपाली ट्राभल्स अफिस ।

  • २१ पुष २०८१, आईतवार ०२:०६ मा प्रकाशित
  • अल कासिम ! साउदी अरबको मध्य पश्चिम् क्षेत्र बुरैदा अल कासिममा नेपाली तथा अन्य यात्रुहरुका सुबिधाका लागि आइ-मिग ट्राभल्स एन टुर्सले आफ्नो शाखा खोलेको छ ।

    बिशेष गरि नेपालीहरुका लागि सस्तो सुलभ मुल्यमा सेवा दिने उद्देश्यले उक्त ट्राभल्स खोलिएको एक लगानीकर्ता व्यावसायी मनिष कोइरालाले जानकारी गराए ! नेपाली दाजुभाइ दिदीबहिनीहरुलाइ अन्य ट्राभल्स अफिसहरुको भन्दा  सस्तो मुल्यमा सेवा सुबिधाहरु दिने कुरा कोइरालाले जानकारी गराए ।

    गत ३ जनवरी शुक्रबारका दिन विविध संघ संस्थाका प्रतिनिधि तथा  समाजसेवीको रहोबरमा खोलिएको उक्त ट्राभल्सले धेरै नेपालीहरुलाइ तथा अन्य देशका जनतालाई सरल सुलभ सेवा दिने कोइरालाले बताए !

    उक्त ट्राभल्सबाट आन्तरिक तथा अन्तरास्ट्रिय हवाइ टिकटहरु, साउदी अरब भरी आवातजावत गर्न यातायातको ब्यबस्था, श्रम तथा पासपोर्ट सम्बन्धित सेवाहरु, बैन्किङ सेवाहरु, सामाजिक सुरक्षा कोष, एब्सर आइदी बनाउन देखि तथा अन्य अनलाइन सेवाहरु प्रदान गर्ने छ ।
    ब्यबसायी कोइराला भन्नुहुन्छ, धेरै सेवा लिन आउनुहुने सेवाग्राहीहरुलाइ विशेष छुट सहित सेवा दिइने छ ।

    साउदीको कुनैपनी कुनाबाट कुनैपनी सेवा अनलाइन मार्फत, फोन सम्पर्क बाट पनि लिन सक्ने मनिष कोइरालाले बताए ।
    अन्य जानकारीका लागि
    नितेष कुवर 0554461043
    ईश्वर गौतम 0561735801
    मा सम्पर्क गरि सेवा लिन सक्नुहुनेछ ।

    Posted in अर्थ, ताजा अपडेट

    तमु धिँ जेद्दाले तमु ल्होसार भब्यताका साथ मनायो ।

  • २१ पुष २०८१, आईतवार ०१:१६ मा प्रकाशित
  • रम्जान समर्पण, जेद्दा साउदी अरब !

    तमु धिँ समाज जेद्दा साउदी अरबद्वारा गत ३ जनवरी २०२५ शुक्रबारका दिन आफ्नो चार्ड सप्ह्री ल्हो ल्होसार बेजोड सांस्कृतिक कार्यक्रम सहित भब्यताका साथ सु-सम्पन्न गरेको छ ।

    नेपाली महाबाणिज्यदूतावास जेद्दाका कार्यवाहक महाबाणिज्य दूत सृजना अधिकारीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष बेद तमुको सभापतित्वमा मायाँ गुरुङद्वारा संचालित उक्त कार्यक्रम दुई चरणमा गरि सु-सम्पन्न भएको थियो ।
    कार्यक्रमको पहिलो चरणमा उपस्थित बरिस्ठ ब्यक्तित्व तथा अतिथिगणहरुले शुभकामना मनतब्य  दिएका थिए । दोस्रो चरणको कार्यक्रममा स्थानीय कलाकारहरुको बेजोड   नित्य तथा अन्य सांगीतिक कोसेलीहरु पस्किएर भरपुर मनोरञ्जन दिएको थियो ।

    नेपाली राष्ट्रिय गान तथा गुरुङ समुदायको पहिचान युक्त आफ्नै गान सँगै सुरु गरिएको कार्यक्रममा ल्होसारको परिचय र महत्वलाई दर्सकमाझ प्रस्तुत गर्दै आश्था गुरुङले स्वागत मन्तव्य दिँदै उपस्थित सबैलाई स्वागत गरेकि थिइन् ।

    गुरुङ संस्कृति अनुसार कार्यक्रममा फेटा तथा भाङ्रो लगाएर उपस्थित अतिथिहरुलाइ सम्मान गरिएको थियो । कार्यक्रममा उपस्थित अतिथीहरु द्वारा कार्यक्रम आयोजक टिमलाइ धन्यवाद ज्ञापन गर्दै शुभकामना दिनुको साथै यस्तो मौलिक तथा सांस्कृतिक कार्यक्रमले बिदेशमा रहेका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक आपसमा जोड्ने र स्वदेशी भुमिमा रहेको आभास तुल्याउने जनाएका थिए ।

    कार्यक्रममा आफ्नो मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि सृजना अधिकारिले यस्ता कार्यक्रमले सम्पुर्ण नेपालीहरुलाइ खुशी दिलाउने, एक आपसी भाइचारा कायम गर्ने तथा दुखमा साथ मिल्ने, एक आपसमा चिनजान गर्न मौका मिल्ने, बताउदै आफू र आफ्नो महाबाणिज्य दूतावासबाट हुन सक्ने सहयोग सबै नेपाली श्रमिकहरुलाइ  प्रदान गर्ने कुरा बाताउनुभयो ।
    पहिलो चरणको कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष सभापति वेद तमुले उपस्थित सम्पुर्ण प्रायोजकहरु :- अलमाराइ कम्पनी, नेपाली होटल मेलम्ची,  काठमाडौ  होटल बलद, तथा अन्य विभिन्न संघ संस्था र ब्यक्तिगत बाट आर्थिक, भौतिक सहयोग गर्नुहुने सबैलाइ हृदयदेखी धन्यवाद दिएका थिए । यसै गरि कार्यक्रम सफल बनाउन दिनरात खटिने स्वंसेवकहरु, कलाकारहरु, अतिथिहरु,उपस्थित दाजुभाइ दिदिबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु, तथा पत्रकार सबैलाइ बिशेष धन्यवाद दिदैं संस्थाले पीडित श्रमिकहरुका लागि पनि धेरै सहयोग गरेको र आगामी दिनहरुमा पनि गर्दै जाने प्रतिबद्धता जाहेर गरेका थिए ।
    कार्यक्रममा स्थानीय कलाकारहरु, संघं संस्थाका प्रतिनिधिहरु, दूतावास जेद्दाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।


    बिशिस्ट अतिथिहरुमा नेपाली महाबाणिज्य दूतावासका दूत सुवास यादब, श्रम सहचारी तम्राज काफ्ले, उपदूत बुद्दमाया भट्टराई, रहेका थिए भने   एनआरएनए साउदीका उपाध्यक्षद्वय राज गिरि, कृष्ण श्रेष्ठ, एनआरएनए आरसिसि जेद्दाका अध्यक्ष डिपि अर्याल, युवा क्लबका महासचिव नर कुमार मगर, इस्लामीक दावा सेन्टरका मन्जुर अलि मियाँ यान्बुका श्रीप्रसाद बर्देवा, किरातराई अयोख्याका अध्यक्ष लगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुले अतिथिमा आशन ग्रहण गरेका थिए !  

    कार्यक्रममा सहयोगी दाताहरु , कलाकारहरु तथा प्रायोजकहरुलाइ प्रमाण पत्र प्रदान् गर्नुको साथै गुरुङ संस्कार अनुसार केही चेलीहरुलाइ मायाँको चिनो सहित  सम्मान गरिएको थियो ।
    नर कुमार मगर तथा राज गिरिद्वारा संचालित दोस्रो चरणको कार्यक्रममा बिबिध प्रकारका सांगीतिक कोसेलीका साथमा मिठो नेपाली भोजन सेल रोटि तथा खानाको ब्यबस्थापन गर्दै पाहुनालाइ बिदाइ गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाज

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२६

  • ७ पुष २०८१, आईतवार २३:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय छब्बिसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२६—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०९/०१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अरु सुखले बसेको देख्छन् यहाँ।
    सम्झाउँदा नि डसेको देख्छन् यहाँ।
    राम्रो गर्दा नराम्रो देख्ने मान्छे हुन्
    खुसीमा आँसु खसेको देख्छन् यहाँ।
    बाध्यताले नै कसेको देख्छन् यहाँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    अन्याय र अत्याचारमा मर्नु हुन्न,
    दुनियाँ स्वार्थी हुन्छ पर सर्नु हुन्न।
    समाजमा विकृति आएको छ यस्तो ,
    आफू गिर्ने काम कहिल्यै गर्नु हुन्न,
    फेसनको नाम इज्जत हर्नु हुन्न।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    अति भयो केही त कुरा बोल न
    त्यो मनमा के छ अब त खोल न
    पक्कै मुटु छ ढुङ्गा त छैन माया
    कहिलेकाँही त मिठास घोल न
    कति हार्छौ तिमी प्रेमले गोल न।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    पञ्चाङ्ग:०४
    अब त अतिनै भो बोल्नु पर्छ
    मन भित्रका बह खोल्नु पर्छ
    भन्दै नभनेमा के थाहा हुन्छ ,
    बिस्तारै मनोभाव छोल्नु पर्छ
    घात गर्नेलाई त पोल्नु पर्छ ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    भन्दैछ शिशिरले खुसी हुँदै म आएको छु ।
    जनजीवन तर्साउँदै सर्वत्र छाएको छु।
    मेरो हाे साम्राज्य यहाँ के काे कमि छ र म मा ?
    आजभोलि पानी हैन सक्दाे हिउँ खाएको छु
    बृद्ध, बाल , कमजोरलाई ङ्याक्न पाएकाे छु।

    भवानी घिमिरे
    सर्लाही ।

    ॐ
    पञ्चाङ्ग:०६
    इमान जमान व्यवहारमा मूल भै गिरेकाे साथी
    जनतामा जताततै समस्या शूल भै पिरेकाे साथी
    जालझेल राजनैतिक खेल सप्रिएकाे छ हजुर
    विधिसम्मत व्यवस्था नचल्दा भुल भै तिरेको साथी
    नेता उपाधि लामखुट्टे पात्लाे झुल भै छिरेको साथी ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग :०७
    प्राण हुनेको एक दिन हरण पक्कै
    थाहा हुन्न पाइने नयाँ वरण पक्कै
    सुकर्म गरौं फलको चिन्ता होला किन ?
    सेवामा समर्पित प्रभु चरण पक्कै
    आत्मा शान्ति तन प्रभुको शरण पक्कै।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    👉पञ्चाङ्:०८
    भाँजो पार्ने झिँजामिजा जिलाएर आऊ
    गर्न सक्ने सबैकुरा मिलाएर आऊ
    सफलताको योग फेरि फेरि आउँदैन
    जोडजाड टुक्राटाक्रि सिलाएर आऊ
    यथार्थले झूटलाई बिलाएर आऊ ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग:०९
    जति दियो नि उति नै पाइन्छ माया
    मागेर हैन दिएर लाइन्छ माया
    न अपेक्षा हुन्छ न त स्वार्थ भेटिन्छ
    बरु आफ्नै बलि पो चढाइन्छ माया
    खानु परे बिष आफैं खाइन्छ माया।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१०
    तिमी पिउने पानी बन्नु प्रिया।
    मेरो आँखाको नानी बन्नु प्रिया।
    जीवन राम्रो गरि बिताउन,
    सधैं मायाको खानी बन्नु प्रिया
    दुष्टको लागि हानी बन्नु प्रिया।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १०८

  • ७ पुष २०८१, आईतवार २२:५९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयआठऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०८/२७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १०८[एकसयआठऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    आँखाबाट आँसु झरेको छ।
    भाग्यले अन्याय गरेको छ।
    जिन्दगी कसरी बिताउने,
    हृदयमा चोट परेको छ।
    बसाई अन्यत्र सरेको छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    यो जिन्दगीले सबैलाई हँसाएर छोड्यो
    कसैले त आँखाको आँसु खसाएर छोड्यो
    माल पाई चाल नपाउनेलाई के थाहा ?
    आँखाबाट झरी गालामा घसाएर छोड्यो
    मर्म नबुझी नयाँ घर बसाएर छोड्यो ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    मुस्कान छ ओठमा परेलीमा आँसु
    तिर्खाएको मन छ बरेलीमा आँसु
    हाँसो छ आधा,आधा बोल्दछ रोदन
    बसेकी छिन् प्यासले तरेलीमा आँसु
    नदि वेग झरेका करेलीमा आँसु।

    होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:०४

    आँखाबाट आँसु झरिरहेछ किन
    यो मनमा पिर परिरहेछ किन
    जति मन बुझाउँदा पनि नबुझ्ने
    धैर्यता र शान्ति हरिरहेछ किन
    अशान्तिले डेरा गरिरहेछ किन।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०५

    जिन्दगी कहिले नुहेर बित्ने रहेछ,
    आँसुले परेली चुहेर बित्ने रहेछ।
    मनमा आदि हाँसो छ आदि रोदन छ,
    किन सबै सामु तुहेर बित्ने रहेछ ?
    अन्ध विश्वासले कुहेर बित्ने रहेछ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग :०६

    आँखाबाट बलिन्द्र आँसु झरेकाे पत्तो भएन
    भाग्यले जीवनमा दुःख छरेकाे पत्ताे भएन
    जिन्दगीमा जिउँन सजिलो कहाँ छ र त्यत्तिकै
    हृदयकाे भित्रमा चाेट परेकाे पत्तो भएन
    उकाली र ओरालीहरू गरेको पत्तो भएन

    नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ॐ
    पञ्चाङ्ग:०७


    जीवन आँसु र हाँसाेकाे पाेका रहेछ प्रिया
    याैवन आखिर प्रेमकाे ढाेका रहेछ प्रिया
    सुख र दु:ख जीवनकाे एउटा चक्र रैछ
    अल्लारेपन जीवनकाे धाेका रहेछ प्रिया
    जिन्दगी अनन्त मान्छेकाे खाेका रहेछ प्रिया ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    ,पञ्चाङ्ग:०८
    आँसु खसालि समाधान गर्ने आश्वासन
    एकोहोरो मायाले मुटु भर्ने आश्वासन
    त्यो भावनासरि आँसुको मूल्य नबुझ्दा
    पीडित भइ बाँच्ने आशा मर्ने आश्वासन
    कति टिक्ला र पर-पर सर्ने आश्वासन ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-०९

    तिम्रो आँखाको नानीमै म त बसेको थिएँ
    बेला मौका हेरि मनभित्रै पसेको थिएँ
    भागी नजाउ है भन्दाभन्दै पनि तिमीले
    तिम्रो त्यो आँसुको थोपासँगै खसेको थिएँ
    तिम्रो मायालाई त मुटुमै कसेको थिएँ।
    -पशपती राई खोटाङ

    पञ्चाङ्ग:१०
    खै कहाँ के छाेयौ थाहा छैन मलाई ।
    किन तिमी राेयौ थाहा छैन मलाई ।
    बर्षाकाे मेघ झैँ आँखामा देख्छु आँसु ,
    कुन पाप धाेयौ थाहा छैन मलाई ।
    कस्तो पिडा फाेयौ थाहा छैन मलाई ।

    भवानी घिमिरे
    सर्लाही ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १२५

  • ७ पुष २०८१, आईतवार २२:५२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एकसय पच्चीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१२५—————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०८/२४
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    अधर्मीको नाश हुनेछ।
    सडकको गाँस हुनेछ।
    लिन्छौं कति पापको घडा,
    रोगको नै रास हुनेछ।
    नर्कतिर बास हुनेछ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    धोका दियो उस्ले मागेर हात मेरो,
    आँखामा निद्रा छैन लुट्यो रात मेरो।
    पीडा भएपछि मान्छे कठोर हुन्छ,
    भनेर हिड्छ रे मिलेन जात मेरो।
    खुसी चोर्यो के आउँछ प्रभात मेरो।

    -दुर्गा आचार्य
    मोरङ

    ॐ
    पञ्चङ्ग:०३
    समाज सुन्दर फुलबारी भए सबैमा सदाचार अहाे
    अहंभाव दिनानुदिन बढायो सबैमा बदाचार अहाे
    जीवनमा सर्वश्रेष्ठ भए मनुष्य बुद्धिकाे नै हाे कारण
    भेदबुद्बि माैलाएर हरक्षेत्रमा बढ्यो लदाचार अहाे
    यही रीतिले देशमा बन्दैन समृद्धिकाे खदाचार अहाे ।
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-:०४
    विदेश नगएर कहाँ जाऔं जमाना पैसाकै आयो हजुर
    सुका मानाको घिउ आधुनिकताले हजारमा खायो हजुर
    माग बढेको बढ्यै छोराछोरीको धान्नै नसकिने गरि हेर्नोस्
    बीस मुरी कोदो बेचेको बल्ल यौटा मोबाइल पायो हजुर
    यसैले त खेती छाडेर सबैले विदेश तिरै धायो हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    दु:खले नै दु:ख दियो यहाँ
    भाग्य खोस्यो ज्यान लियो यहाँ
    आँखाहरू साथ खोज्दै थाके
    ढल्यो जिन्दगीको मियो यहाँ
    तड्पियो दुखेर हियो यहाँ ।
    प्रभा
    पञ्चाङ्ग:०६
    देख्दा हिराे छौ
    पढ्न जिराे छौ
    सिङ्गो नभइ
    आधा चिराे छौ
    कडा पिरो छौ ।
    भवानी घिमिरे

    पञ्चाङ्ग:०८
    पीडा दिनेले सधैं दिएकै छन्।
    बदला लिनेले नि लिएकै छन्।
    देखावटी नाटक गर्छौं किन,
    जिउनेले एक्लै नि जिएकै छन्।
    पीडा भुल्न सराव पिएकै छन्।
    -ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्ग

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P