• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

साप्ताहिक उदक लेखन शृङ्खलाको ४८औँ भाग शनिबार सम्पन्न

  • ११ बैशाख २०७९, आईतवार ११:५९ मा प्रकाशित
  • काठमाडौ, १० बैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४८औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    Social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला
    [१]
    आमा
    धुवाँकाे जीवन
    फुकेर कहाँ कहाँ ?
    ✍️
    राेशन पराजुली
    धरान।

    [२]
    चुरोट
    फोक्सोमा खोट
    नखाने गरौँ अठोट !
    ✍️
    प्रेम थापा “मन”
    बागलुङ

    [३]
    धूम्रपान
    खराब लत
    दिर्घ रोगको डर !
    ✍️
    राजाराम रत्गैंया
    अमौरा कैलाली

    [४]
    धुम्रपान
    गरेमा जान
    यसले लिन्छ ज्यान !
    ✍️
    रमा पन्त

    [५]
    जीवन
    बृद्ध आमा
    धुम्रपानकाे खराब आदत !
    ✍️
    नारायण प्रसाद उपाध्याय
    कैलाली ।

    [६]
    जीवन
    वृद्ध बेसहारा
    कुलत रोगको इसारा !
    ✍️
    जमुना कायस्थ
    पोखरा

    [७]
    धुम्रपान
    कुलतमा ध्यान
    अकालमा जाने ज्यान !
    ✍️
    भवानी घिमिरे
    सर्लाही ।

    [८]
    निरस
    सुन्दर जिबन
    स्वार्थी भ्रष्ट जनजीवन !
    ✍️
    घनश्याम पौडेल

    [९]
    धुम्रपान
    स्वास्थ्यमा हानि
    लिन्छ मान्छेको ज्यान !
    ✍️
    बुद्धिमान चौधरी
    सुरुङ्ग ४झापा

    [१०]
    धूम्रपान
    स्वास्थ्यमा बाधक
    लिन्छ यसले ज्यान !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी

    [११]
    धुमपान
    धुँवाको उडान
    अकालमै जाने ज्यान !
    ✍️
    आर्त अकुलीन
    कैलाली

    [१२]
    चुरोट
    जीवन लिन्छ
    पीर भुल्ने बहनामा !
    ✍️
    समुन्द्रा शर्मा
    इटहरी

    [१३]
    बहाना
    लागुपदार्थ सेवन
    असाध्य राेगहरुकाे उत्पादन !
    ✍️
    चन्द्रावती अधिकारी

    [१४]
    जिएको
    चुरोटको खुसीमा
    अनभिज्ञ आफैँलाई पिएको !
    ✍️
    शारदा दहाल (शरु)
    संखुवासभा ।

    [१५]
    धुवाँले
    फोक्सो जलाउँछ
    सारा तन गलाउँछ !
    ✍️
    पुष्पशायरा
    बिराटनगर ।

    [१६]
    नशा
    चुरोटको धुवाँ
    जीवन बिनाश पथमा !
    ✍️
    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    [१७]
    ब्यथा
    जीवन भुलाउँदै
    मिश्रीत सुर्तिको धुवाँमा
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१८]
    जननी
    क्रोधाग्निको ज्वाला
    रक्तरहित जिर्ण वय !
    ✍️
    कण्ठराज गिरी

    [१९[
    जहर
    रहरके रहर
    हो जिनगीक डग्गर ।
    ✍️
    सागर कुस्मी
    कैलाली ।

    [२०]
    अज्ञानता
    नगर्नु धुम्रपान
    पीडा हट्दैन जान ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी

    [२१]
    धुम्रपान
    मनको तलतल
    मेटाउछ भन्ने भ्रम !
    ✍️
    बालकृष्ण खनाल
    टीकापुर

    [२२]
    आँखाले
    दर्शायो चोट
    आत्महानीको देखाउदै भोट !
    ✍️
    इश्वरी अधिकारी
    लमजुङ ।

    [२३]
    संघर्ष
    आफ्नो मृत्युुसँग
    धूम्रपान लिन्छ ज्यान !
    ✍️
    मानन्धर रमेश
    येँ ११४२/६,२/७,७

    [२४]
    धुम्रपान
    नगर्नु कसैले
    यसले लिन्छ ज्यान !
    ✍️
    मंगला उपाध्याय

    ।२५]
    तलतल
    धूम्रपान सुर्तीजन्य
    रोगको जड अनन्य !
    ✍️
    कमला देवकोटा
    पाल्पा

    [२६]
    जीन्दगी
    धुँवाको साम्राज्य
    फुङ्ग उडेको भविष्य !
    ✍️
    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [२७]
    सर्को
    लगाउँछ लाइन
    विविध रोगको लर्को !
    ✍️
    बिके माकजु
    भक्तपुर ।

    [२८]
    धूम्रपान
    क्षणिक आनन्द
    समस्याको ल्याउँछ लहर !
    ✍️
    नारायण कोइराला
    तानसेन पाल्पा।

    [२९]
    धूम्रपान
    लिन्छ ज्यान
    कदापि नफसौँ कुलतमा !
    ✍️
    दुर्गा अधिकारी भमरकोटे ।

    [३०]
    अम्मल
    मनकाे तिर्सना
    सङ्गतकाे फल जीवनभर !
    ✍️
    प्रद्युम्न चालिसे

    [३१]
    चुस
    निरन्तर चुस
    नेपाल आमाको रगत !
    ✍️
    मोतीप्रसाद शर्मा
    पहलमानपुर

    [३२]
    चुरोट
    छाडा मन
    चाहना तृष्णा जिताहा !
    ✍️
    सविता के.सी.
    काठमाडौँ ।

    [३३]
    चुराेट
    धुँवामा निकाेटिन
    कारक फाेक्साेकाे क्यान्सर !
    ✍️
    तोयनाथ सुवेदी

    [३४]
    अम्मली
    कुलतमा राेग
    चुराेटले सल्कायाे ओठ !
    ✍️
    श्रद्धा आचार्य
    पोखरा

    [३५]
    लत
    क्षणिक आनन्द
    रोग कष्ट अनन्त !
    ✍️
    शिव खनाल जीवम
    रुपन्देही ।

    [३६]
    बरबाद
    चुरोटको सेवनले
    हुॅदैछ उनको स्वर्गबास !
    ✍️
    घनश्याम पौडेल
    पोखरा

    [३७]
    सानी
    बस्यो बानी
    पार्दैछ जीवन खरानी !
    ✍️
    पशपती राई
    खोटाङ ।

    [३८]
    चुरोट
    तलतल मेटाउने
    फोक्सोको सर्वनाश हुने !
    ✍️
    सीता पाण्डेय मरासिनी
    रे.नपा.-९,गुल्मी ।

    [३९]
    बस्यो
    बानी लहलहैमा
    लैजाला ज्यान धन !
    ✍️
    सुमित्रा पोखरेल
    काठमाडौं

    [४०]
    धुम्रपान
    सुख दुःखमा
    आत्तिने मात्तिनेको सहारा !
    ✍️
    धनमाया चौधरी
    कैलाली

    [४१]
    कुलत
    नराम्रो बानी
    गाह्रो किन छाड्नलाई !
    ✍️
    खेमराज पुरी
    कैलाली

    [४२]
    धुँवा !
    रोगग्रस्त नबनाऊँ
    मेरी आमा नेपाललाई !
    ✍️
    प्रेमप्रसाद भट्टराई
    सम्प्रति: सुन्दरहरैँचा नपा.१२,मोरङ
    सूर्योदय नपा.१४,इलाम ।

    [४३]
    चुरोट
    खाने लत
    जीवन बनाउँछ अचेत !
    ✍️
    मिलन के. सी.( थापा)
    पोखरा

    [४४]
    धूम्रपान
    लिन्छ ज्यान
    पुर्याऔँ सबैले ध्यान !
    ✍️
    नारायण प्रसाद निरौला

    [४५]
    छोडौँ
    धुम्रपानको बानी
    यसले गर्छ हानी !
    ✍️
    सुशीला पौडेल

    [४६]
    जिन्दगी
    छैन सजिलो
    धुवाँसगै बित्छ कसैको !
    ✍️
    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [४७]
    धुम्रपान
    धनको नाश
    ध्वस्त भो जीवन !
    ✍️
    भगवती दवाडी

    [४८]
    अम्मल
    नजाती लत
    सुधाराैँ सुधाराैँ आदत !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [४९]
    धुम्रपान
    धनको नाश
    जीवनको भयो वनबास !
    ✍️
    सरस्वती वली
    बर्दिया नेपाल

    [५०]
    बूढेशकाल
    धुम्रपानले हानी
    छुटेन सानैको बानी !
    ✍️
    सरस्वती श्रेष्ठ

    [५१]
    कम्पन
    चुरोटको सर्काे
    सधैँ यमराजको तर्सो !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    [५२]
    अम्मल
    बुढेसकालको साथी
    नानी देखिको बानी !
    ✍️
    रघु थापा

    [५३]
    धुमपान
    राेगी ज्यान
    धन स्वास्थ्यकाे घान !
    ✍️
    सुरेशचन्द्र घिमिरे

    [५४]
    नशा
    आनन्दको आभास
    अज्ञानता नै बिनास !
    ✍️
    शारदा आचार्य
    ललितपुर !

    [५५]
    सर्काे
    लाग्छ मजाकाे
    तलतल बल्छी कालकाे !
    ✍️
    टीकाराम जाेशी
    टीकापुर

    [५६]
    बालिका
    थिइन् यिनी
    कुनै बेला जीवनमा !
    ✍️
    नरेन्द्रबहादुर क्षेत्री
    बुट्वल १२, रुपन्देही

    [५७]
    सेवन
    गर्ने धुम्रपान
    धुवाँसँगै उडेको जीवन !
    ✍️
    सरिता काफ्ले
    कोहलपुर बाँके

    [५८]
    आनन्द
    मिल्छ त्यहाँ
    सन्तुष्टि छ जहाँ !
    ✍️
    गोपाल प्रसाद पौडेल

    [५९]
    धूम्रपान
    नगरौँ सेवन
    लिन्छ यसले ज्यान !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [६०]
    नशा
    खराब आदत
    फोक्सोको ठूलो दुर्दशा !
    ✍️
    गुणनिधि घिमिरे पाँचथर मोरङ
    हाल अमेरिका

    [६१]
    धुम्रपान
    लिन्छ ज्यान
    स्वास्थको लागि हानिकारक !
    ✍️
    पद्मा, बाँके

    [६२]
    धूमपान
    पीडाको गोलचक्कर
    चुरोटझैँ सकिन्छ ज्यान !
    ✍️
    श्रीकृष्ण शर्मा
    पोखरा

    [६३]
    लत
    नानी देखिको
    छुटेन नराम्रो बानी !
    ✍️
    उर्मिला पन्त पाण्डेय*
    ज्ञानेश्वर , काठमाण्डौँ*

    [६४]
    धुम्रपान
    लिन्छ ज्यान
    बेलैमा दिउँ ध्यान !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    [६५]
    धूम्रपान
    फोक्सोमा असर
    नउडाऊ बिडीको धुँवा !
    ✍️
    शाही सुरेन्द्र

    [६६]
    जिन्दगी
    एक धर्को
    चट्ट चुरोटको सर्को !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४८औँ भाग शनिबार सम्पन्न

    गाेरक्ष चिन्तन कार्यक्रममा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.अर्याल

  • १० बैशाख २०७९, शनिबार २३:१४ मा प्रकाशित
  • दाङ जिल्लाको घाेराही उपमहानगरपालिका वडा नंं. १७ मा अवस्थित श्री गाेरक्ष पात्रदेवता सिद्ध रत्ननाथ मठमा रहेको गाेरखनाथ वैदिक गुरुकुलकाे आयाेजनामा संचालित गाेरक्ष चिन्तनकाे ४८औँ श्रृंखलामा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको उपस्थिति रहेको थियो ।

    अष्ट्रेलियाकाे सिड्निमा रहेर अध्यात्मकाे क्षेत्रमा काम गर्दै आउनुभएका विदुर प्रसाद सापकाेटाकाे प्रमुख उपस्थिति रहेकाे कार्यक्रममा एकाएक उपकुलपति अर्याल उपस्थित हुनुभएको आयोजकले जनाएको छ । साथै यसरी उपकुलपति डा.अर्याल कार्यक्रममा आगमन हुँदा गोरक्ष चिन्तनको गरिमा उँचो भएको धारणा व्यक्त गरेको छ ।

    आध्यात्मिक चिन्तक अन्तर्राष्ट्रिय प्रवचनकर्ता डा. चिन्तामणिनाथ याेगीले कार्यक्रमकाे महत्त्वको बारेमा जानकारी गराउनु हुँदै दाङकाे गाेरखनाथ वैदिक गुरुकुलले संचालन गरेकाे जुम भर्चुअल कार्यक्रमकाे गरिमा बढाईदिएकाेमा धन्यवाद ज्ञापन गर्दै आगामि दिनहरुमा पनि एकसाथ रहेर धार्मिक, शैक्षिक जागरणका विषयमा अगाडि बढ्नका लागि ठूलाे मद्दत मिल्नेछ भन्ने आशा प्रकट गर्नुभयाे ।

    प्राप्त जानकारी अनुसार उक्त शृङ्खलाको कार्यक्रममा प्राचार्य सन्ताेषी सुवेदीले हरेक साता गुरुकुलमा भएगरेका गतिविधिका बारेमा जानकारी गराउनु भएकाे थियाे, भने पूर्व अध्यक्ष तथा गाेरक्ष चिन्तन जुम भर्चुअलका संचालक प्रकाश भट्टराईले गुरुकुलका बारेमा अवगत गराउनु भएको थियो ।

    साथै पूर्व अध्यक्ष भट्टराईले गुरुकुलमा वटुक मात्र नभई कन्याले पनि गुरुकुलीय शिक्षा लिईरहेकाे र आफूहरूले जुनसुकै जातजाति र समुदायका व्यक्तिहरुलाई संस्कृत शिक्षा लिनका लागि खुल्ला गरेको बताउनुभयो। साथै उहाँले हरेक शुक्रबार सन्चालन हुँदै गोरक्ष चिन्तन कार्यक्रमको ५० औँ शृङ्खला विशेष तवरले मनाउने पनि जानकारी दिनुभयो।

    हाल केही दिनकाे बसाईमा नेपालमा आउनुभएका सत्संगप्रेमि विदुर प्रसाद सापकाेटाज्यूले आफूलाई नेपालीपन, नेपाली माटाेकाे बेग्लै श्रद्धा लाग्ने भएकोले नेपाल बसाईमा क्रममा आफ्नाे घरपरिवार भन्दा गुरुकुल र साधु सन्तकाे सङ्गतमा रमाउन पाउँदा आनन्दाभूति भएकाे बताउनुभयो।
    साथै उहाँले गाेरखनाथ वैदिक गुरुकुल दाङकाे बेग्लै पहिचान पाएकाे र आगामी दिनमा सँगै मिलेर गुरुकुल शिक्षाकाे विकाश विस्तारमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

    कार्यक्रममा निङ्गलासैनि गुरुकुल धनगढिका प्राचार्य र वि.वि.सि नेपाली सेवाका पूर्व पत्रकार भगिरथ याेगी लगायतको सहभागिता रहेकाे थियाे ।

    मठ समितिका ताेयनाथ याेगीले धन्यवाद एवम् कृतज्ञता ज्ञापन गर्नुभएको थियो, भने बटुकहरुले बिबिध शैक्षिक कृयाकलाप प्रस्तुत गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरक्ष चिन्तन कार्यक्रममा पाेखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा.अर्याल

    मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

  • १० बैशाख २०७९, शनिबार ०९:२८ मा प्रकाशित
  • सप्तरी, वैशाख १० । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

    हनुमाननगर कङ्कालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादवको मृत्यु भएको प्रहरी उपरीक्षक अविनारायण काफलले जानकारी दिए।

    सप्तरीको भारदहबाट पथरगाडातर्फ लागि जन्ती जाँदै गरेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल एकापसमा ओभरटेक गर्ने क्रममा ठोकिएका थिए।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • ९ बैशाख २०७९, शुक्रबार ००:०७ मा प्रकाशित
  • १
    बैँस
    उर्लदो भेल
    सुक्दो खहरे खोला !

    २
    बैँस
    उन्मत्त समय
    चिप्लिएर लड्ने भय !

    ३
    बैँस
    फक्रेको गुलाब
    भमराको गिद्धे नजर !

    ४
    बैँस
    कलकलाउँदो मुना
    सुरक्षा दिनु जरुरी !

    ५
    बैँस
    बसन्तको फूल
    ढुक्दै माहुरीको हुल !

    • सरस्वती श्रेष्ठ, रुपन्देही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • ९ बैशाख २०७९, शुक्रबार ००:०५ मा प्रकाशित
  • १.
    विहानी
    सूर्याेदयकाे समय
    नयाँ दिनकाे थालनी !

    २.
    हवाईजहाज
    आकाशकाे यान
    यात्रामा समयकाे बचत !

    ३.
    गाेरस
    अमृत पान
    गाई विधाता समान !

    ४.
    फलफूल
    शाकाहारी भाेजन
    प्राणीहरूकाे ठूलाे उपकार !

    ५.
    भाेजन
    शाकाहारी मांसाहारी
    मृग बाघकाे सिकार !

    ६.
    आनन्द
    सन्तुष्टिकाे द्योतक
    मनमा सधैँ मृगतिष्णा !

    ७.
    विचार
    समाजकाे दर्शन
    मान्छेकाे गन्तव्यकाे बाटाे !

    ८.
    नजर
    फरक फरक
    देवता दानव राक्षस !

    ९.
    नमन
    मनमा आदरभाव
    आत्मीयता प्रसन्नता सफलता !

    १०.
    राेग
    शिथिल शरीर
    औषधिकाे मनग्य व्यापार !

             - नवराज भट्ट
        महेन्द्रनगर, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग साहित्य समाज पाठशालाको २७ औँ अभ्यास शृङ्खला सम्पन्न

  • ८ बैशाख २०७९, बिहीबार २३:५६ मा प्रकाशित
  • ——————————————–
    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/ ०१/०६
    ………………………………………….
    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला
                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================

    अनुप्रास  आफ्नो मन मुताविक राख्नु होला र स्थायी तल दिएकोछ
    ——

    स्थायी 
    ——
    आउँछ हाम्रो पालो वा आउँछ हाम्रो दिन

    —–
    पञ्चाङ्ग   ०१

    राम्रो खाने घुम्न जाने कहिले आउँछ हाम्रो  दिन
    घुमी-घुमी  गरि खाने  कहिले  आउँछ हाम्रो दिन
    सर्वहारा  हामी  भयौँ सामन्तीले राज गर्दा गर्दै
    गर्दै दु:ख सर्दै   लाने   कहिले  आउँछ हाम्रो दिन
    झुटो  बोल्ने नेता  माने कहिले आउँछ हाम्रो दिन ।

    💢सोमनाथ लुइटेल रवि पाल्पाली ।

    पञ्चाङ्ग   ०२

    छटपटिँदा मरुभूमिमा भेटेपछि मूल आउँछ हाम्रो दिन
    एक्लो हुँदा रणभूमिमा भेटे पाण्डव हुल आउँछ हाम्रो दिन
    जीवन सफल बनाउन पनि अनेक चाहिने मानिसलाई
    पापी ती रावण मार्न भेटे विभीषण कुल आउँछ हाम्रो  दिन
    प्रकृतिमा हराभरा बगैँचामा देखे फूल आउँछ हाम्रो दिन

    💢सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   ०३

    देशको विकास गर्ने कहिले आउँछ पालो
    भोकाको पेट नि भर्ने कहिले आउँछ पालो
    कामको थलो कहाँ होला पत्तो  छैन अझै नि
    गन्तव्य पथमा  सर्ने  कहिले  आउँछ  पालो
    समस्या नभइ  टर्ने  कहिले  आउँछ  पालो ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग   ०४

    दु:खमा धैर्य गरे आउँछ हाम्राे दिन
    साहसी भए भरे आउँछ हाम्राे दिन
    सधैँ एकै नास काेही हुँदैन बुझ्नु भाे
    आत्तिएर नै मरे आउँछ हाम्राे दिन
    वस्तीबाट नै सरे आउँछ हाम्राे दिन ।

    💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग   ०५
    ~~~~~~~~~~~~~~~~~~
    बाँचुञ्जेल खुसीसँग मिलीजुली खानु पर्छ आउँछ हाम्रो दिन
    बाँची राख्ने कोही छैन पक्कै हामी जानु पर्छ आउँछ हाम्रो दिन
    बाँचुञ्जेल हाई हाई मरे छैनन् कोही भाई नियम जिन्दगीको
    हामी रित्तै जानु पर्छ न त केही लानु पर्छ आउँछ हाम्रो दिन
    पाथी परे पाथी पर्छ नत्र पक्कै मानु पर्छ आउँछ हाम्रो दिन

    💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग   ०६

    माया सजाएर आउँछ हाम्रो पालो ।
    आफै लजाएर आउँछ हाम्रो पालो ।
    उकाली ओराली हिँडेर बढ साथी ,
    दु:ख भजाएर आउँछ हाम्रो पालो ।
    बाजा बजाएर आउँछ हाम्रो पालो ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   ०७

    तिमी हामी रमाउने कहिले आउँछ हाम्रो दिन ?
    सँगसँगै कमाउने कहिले आउँछ हाम्रो दिन ?
    रातदिन सपनीकाे यादले सुकेकाे छ याे ज्यान
    चोखो माया जमाउने कहिले आउँछ हाम्रो दिन ?
    नम्र हात समाउने कहिले आउँछ हाम्रो दिन ?

    💢भवानी घिमिरे,  सर्लाही ।

    पञ्चाङ्ग   ०८

    तिमीमात्रै रजाइँ गर्छौ कहिले आउँछ हाम्रो पालो
    आफ्नाहरूकै पेट भर्छौ कहिले आउँछ हाम्रो पालो
    हिजो पनि ठाउँमा तिमी थियौ आज पनि तिमी आफैँ
    सबैभन्दा अगाडि सर्छौ कहिले आउँछ हाम्रो पालो
    लेकबेसीमा आफैँ चर्छौ कहिले आउँछ हाम्रो पालो ।

    💢पुष्पा नेपाल  (सुवेदी ) ,  इलाम ।

    पञ्चाङ्ग   ०९

    मीठो होइन पीठोले भेट भर्ने कहिले आउँछ हाम्रो दिन?
    समाजको लागि यहाँ केही गर्ने कहिले आउँछ हाम्रो दिन?
    स्वार्थपूर्तिका लागि लालयित हुने गर्छन् सबै यो दुनियाँमा
    सागर भेट्नलाई त्यो खोल्सो तर्ने कहिले आउँछ हाम्रो दिन?
    सन्तोषको लागि अन्तै  बस्ती सर्ने  कहिले आउँछ हाम्रो दिन?

    💢 निर्मला सुवेदी, बागलुङ।

    पञ्चाङ्ग   १०

    सँगसँगै रमाउने कहिले आउँछ हाम्रो दिन।
    दुवै हात समाउने कहिले आउँछ हाम्रो दिन।
    एकै परिवार पनि छुट्टिएर बस्नु परेको छ
    दुबै मिली कमाउने कहिले आउँछ हाम्रो दिन
    घरजम जमाउने कहिले आउँछ हाम्रो दिन ।

    💢सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   ११

    घुम्ने कुर्सिमा बस्न जानी कहिले आउँछ हाम्रो पालो
    जानी मन त लाग्छ नानी कहिले आउछ हाम्रो पालो
    फेरि पनि आउँदै छन है तिनै जोगी कान चिरेका
    झुटका हुन् राम्रै खानी कहिले आउँछ हाम्रो पालो
    जिते भने पाइन्न पानी कहिले आउँछ हाम्रो पालो?

    💢गीता अर्याल, नेपालगन्ज ।

    पञ्चाङ्ग   १२

    एक दिन हाम्राे पनि आउँछ पालाे
    चिन्ता  नगर  सबैले पाउँछ पालाे
    प्रतीक्षाकाे फल मिठाे हुन्छ भनौ न
    न आए आफैँ घरमा धाउँछ पालाे
    काेही त हाेला जसले लाउँछ पालाे ।

    💢नवराज भट्ट, महेन्द्रनगर ।

    पञ्चाङ्ग   १३

    उनीहरुलाई नै पुगेको छैन कहिले आउँछ हाम्रो पालो
    थरी थरी भागबन्डा धेरै हुन्छ कहिले आउँछ हाम्रो पालो
    हेर जनताका खुन सुकिसक्यो सामन्तीको चुसाइले गर्दा
    अगाडि सर्न खोज्यो खुट्टा तान्ने छन् कहिले आउँछ हाम्रो पालो
    चाकडी, चाप्लुसी गर्न जानिएन कहिले आउँछ हाम्रो पालो ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १४

    सँगसँगै रमाउने कहिले आउँछ हाम्राे पालाे?
    सान मान जमाउने कहिले आउँछ हाम्राे पालाे ?
    साेझा अनि निमुखाकाे  चामल बिक्ने छैन यहाँ
    आफ्नै खेत कमाउने कहिले आउँछ हाम्राे पालाे?
    आफ्नै पूर्जा समाउने कहिले आउँछ  पालाे?

    💢चन्द्रावारी अधिकारी, कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १५

    कति काट्ने दु:ख, कहिले आउँछ हाम्रो दिन
    बिधाताले हेर्ने कहिले आउँछ हाम्रो दिन
    सुखसँग बस्ने सास फेर्ने आउँदैन होला
    सुख दु:ख बाँड्ने कहिले आउँछ हाम्रो दिन
    रमाइलो क्षण कहिले आउँछ हाम्रो दिन ।

    💢देवकी के.सी. काभ्रे हाल बिरगंज ।

    पञ्चाङ्ग   १६

    तिमीसँगै म नि हुने कहिले  आउला पालो
    हर्षका साथ म रूने कहिले आउला पालो
    तिमीसङ्गै मिलेर हातमा  हात समाएर
    खुसीले आकाश छुने कहिले आउला पालो
    उमङ्गमा आँखा धुने कहिले आउला पालो

    💢सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग    १७

    देशको माटो चलाउने कहिले आउँछ हाम्रो पालो
    यी हातहरु गलाउने कहिले आउँछ हाम्रो पालो
    सधैं अर्कोको कमरा भइ बस्नु पर्ने कस्तो बध्यता
    धर्तीमा अन्न फलाउने  कहिले आउँछ हाम्रो दिन
    सुखका दिन पलाउने कहिले आउँछ हाम्रो पालो ।

    💢आर्मित्मा थापा मगर ,स्याङ्जा ।

    पञ्चाङ्ग   १८

    सुख दुःख घुम्दै घुम्दै आउँछ हाम्राे पालाे
    सुख पनि दुःख गुम्दै आउँछ हाम्राे पालाे
    नियतिकाे खेल हाे याे भन्ने कुरा सम्झेर
    बाँचेकाले देह चुम्दै आउँछ हाम्राे पालाे
    जिन्दगीमा भाेग झुम्दै आउँछ हाम्राे पालाे

    💢ताेयानाथ सुवेदी, काठमाडौं, काँडाघारी ।

    पञ्चाङ्ग   १९

    आत्मनिर्भर भै रमाउने कहिले आउँछ हाम्रो दिन
    निडर  रुपमा  कमाउने कहिले आउँछ हाम्रो दिन
    सामन्तीले  राज  गर्दा गर्दै  र  उनकै भर पर्दा पर्दै
    दु:ख सुख जीत थमाउने कहिले आउँछ हाम्रो दिन
    ज्वलन्त सुमार्ग समाउने कहिले आउँछ हाम्रो दिन ।

    💢प्रेम थापा  “मन” बागलुङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको २७ औँ अभ्यास शृङ्खला सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न

  • ७ बैशाख २०७९, बुधबार २२:४१ मा प्रकाशित
  • काठमाडौ, ३ बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    दुनियाँ नै सिपालु छ, यी आँखामा भ्रम छर्न,
    चोर पनि साधु बन्छ, आफ्नो स्वार्थ पूरा गर्न।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    नेतालाई कता राख्नु, साधु कि चोर ?
    हाल्नुपर्ने अब यिनैलाई हो खोर ।

    राजेशराज गड्तौला
    रतुवामाई- मोरङ, हाल- प्रवास

    [२]
    आँखा बन्द गरी नदेखेझैँ गर्छ अनैतिक काम,
    नजाने जस्तो गरी स्वार्थी भएर लिन्छ धेरै दाम ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३]
    कसैले तपाईं नभन्दै मपाईं आफैँले भनेर,
    स्वार्थ पूरा भएपछि को निहुरिन्छ सानो बनेर ?

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [४]
    जालझेल भ्रम छरी कति दिन टिक्छाै?
    मर्नुपर्ने कुरा भुली स्वार्थमा नै बिक्छाै ।

    ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [५]
    दुनियाँको के कुरा गर्नु आफ्नै घरमा खिचातानी,
    त्यसैले त छिमेकीले यहाँ गर्न थाले मनोमानी।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [६[
    इन्धनको भाउ चढ्यो है डाँडा माथि,
    गाडीको लस्कर नेताको हेर साथी !

    भगवती दवाडी
    दमक झापा

    [७]
    स्वार्थका लागि दुनियाँ सिपालु छन्, साधुको धारण गर्छन् जब,
    नछर्किदा हुन्छ भ्रमको खेती, जनताहरूको आँखामा अब ।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [८]
    लोभी आँखा पापी मनले छर्दै जान्छन् यीनले आँखामा भ्रम
    मिति पुगेपछि चोरको पनि आउँछ खोरमा पस्ने क्रम ।

    बेदु न्यौपाने
    काठमाडौ

    [९]
    पर्दैन कसैले यहाँ हेर छक्क र मख्ख पर्न,
    त्यति पनि थाहा छैन सुद्धि गयो र मास छर्न ।

    लक्ष्मी रिजाल
    बेलका नपा २, उदयपुर नेपाल ।

    [१०]
    भ्रमको खेती मौलाएको दुनियाँमा चोरहरूको जगजगी
    साधु होओस् कि चोर, नेता होओस् कि चम्चा सबैको छ रगरगी।

    दीपक ठटाल जलन
    खरसाङ

    [११]
    कोबाट सिक्यो? कुन्नि दुनियाँलाई ढाँट्न,
    हामी सिक्यौं तिमीबाट स्वार्थीलाई छाँट्न।

    म्यामराज राई
    हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

    [१२]
    यस्तै छ दुनियाँको कानुन्,
    खै के हो कुन्नी आफैँ जानुन् ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [१३]
    मौलाउँछ भ्रमको खेती आकाश पाताल जोड्ने कला,
    नाम दाम कमाएर ठुलो समाजको गर्दछ भला।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [१४]
    बाठाकै त राज छ नि लाटालाई आलु,
    टेढो बाटो रोज्नेहरू बनेका छन् ठालु ।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१५]
    जनताको सामु आउँदा साधुको भेषमा आए,
    गुण्डाको नाइके रहेछन् आज देशै बेची खाए।

    शंकर कार्की
    मकवानपुर

    [१६]
    जसो जसो गर तिमी दाम पैसा कमाऊ ,
    दुनियाँको वास्ता किन ? आफू मात्र रमाऊ ।

    रामजी लामिछाने
    पोखरा ।

    [१७]
    कति गर्छौ नेता भ्रष्टाचार जालझेल
    राजनीति गर्नेको गोजीको तालमेल !

    रितु बुढाथोकी

    [१८]
    अघि पछि काटाकाट स्वार्थ लिदा मेल,
    देखेकै हो, महोदय ! घिनलाग्दो खेल !

    वसन्त अनुभव
    घोराही, दाङ

    [१९]
    छिर्की हान्छौ सधैँ तिमीले साह्रै निष्ठुरी बनी,
    चोर हिड्छ साधुको भेषमा गरेर दुश्मनी ।

    कमला देवकोटा
    पाल्पा

    [२०]
    अस्थिरताको बीऊ रोप्ने यथावत छन् चोर,
    मुटु कोप्ने वचन भए , हुनुपर्छ कठोर ।

    प्रेम थापा “मन”
    बागलुङ

    [२१]
    देश, दुनियाँ अनि समाजलाई धेरै पढेर,
    भ्रमको पर्दा च्यातौँ एक पाईला अघि बढेर ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [२२]
    चोर डाका बदमासले जान्ने भई लुटे देश सारा,
    ऋण माथि ऋण थप्दै जनतालाई बोकाउँदै भारा !

    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२३]
    मै खाऊँ मै लाऊँ भन्ने हाम्रो राज्यमा,
    अझै विश्वास गर्छन् जनता भाग्यमा।

    अनिल खग्रास

    [२४]
    हिड्नुनै छ एकदिन, आज परे पनि थला,
    कहरको अवस्थाले, अवरुद्ध हुन्छ गला।

    प्रदीप के रिमाल
    इटहरी:- आठ सुनसरी

    [२५]
    भ्रमको खेती गर्छौ ,जनता फसाउँछौ ,
    गोही झैँ आँसु झारी , दुनियाँ हसाउँछौ ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२६]
    अरुबेला खै के हो के हो लुछाचुँडिको खेल,
    विना बादल आउदैछ रे खहरेमा भेल ।

    टिकाराम पौ टिपु
    छत्रेश्वरि गाँउपालिका २ सल्यान

    [२७]
    जसले सक्यो चोर्न ढाँट्न, उसैको चैन जहिल्यै,
    स्वार्थी मान्छे ठुलो भो भुँडी, भरिदैन है कहिल्यै।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [२८]
    भाषण गर्दा देशलाई जापान बनाउँने भने,
    सरकारमा पसेपछि ढुकुटी खाने मुसा बने।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२९]
    भ्रममा बाँच्न पाउँदा पनि जीवन चल्छ,
    नहिडी हुन्न हिडेपछि खुट्टा धेरै गल्छ ।

    पुष्पशायरा
    बिराटनगर

    [३०]
    लडाए जनताहरू झोली भरिदिने,
    जितेपछि मरि जानु यि नेताले चिने ।

    इन्दिरा देवकोटा
    कपिलवस्तु

    [३१]
    उखान थियोे काले काले मिलेर खाम भाले,
    अहिले चाहिँ सब जनाले यसै भन्न थाले ।

    मित्र उराठी गाैतम
    तिलाेत्तमा न पा – २, रुपन्देही

    [३२]
    जब बूढो हुन थाल्छु राजनीतिकले छुन्छ,
    युवा तिम्रा तर्क फरक मेरो फरक हुन्छ ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३३]
    जो मैमत्ता त्यहीँ ठुलो मान्छे हुन्छ ,
    डन हुँ म, मलाई कसले छुन्छ ?

    बिके माकजु
    भक्तपुर ।

    [३४]
    तिम्रो जस्तो छैन मेरो नजराना आँखामा,
    बाटो बनाइ देखाउनु छ भिर पाखामा ।

    जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [३५]
    साधुलाई चढाई सुली, चोर बसे आसन,
    त्यति नगरे कसरी चल्थ्यो, जालीको शासन ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३६]
    जालझेल स्वार्थ भ्रम चल्छ धेरै राजनीतिमा,
    माैलाउँछ यस्तो कुरा हाम्रो देशकाे बेथितिमा ।

    रामकृष्ण रिजाल
    बागलुङ

    [३७]
    झराे खराे बाेल्नु पर्छ ,अब भ्रममा पर्न हुन्न ,
    भ्रष्टाचारी भाेट माग्न आए लागाै है बाटाे थुन्न ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [३८]
    अरूलाई सधैँ होचा आफैँ ठालु ठान्छन्,
    जुत्ता खोल्न निहुरिदा ढोगेको पो मान्छन् ।

    मिसु श्रेष्ठ
    काँडाघारी , काठमाडौं

    [३९]
    भ्रम छर्छन् गरेर देखावटी हाेडबाजी,
    पालैपालो राज गर्छन् मिलेर खुसीराजी ।

    दुर्गा भट्टराई
    मोरङ

    [४०]
    लहलह खेती बाली भ्रमकै झुले सस्तो,
    आश्वासनकाे नालिबेली फाँटै खुले जस्तो ।

    रामकृष्ण दुवाडी

    [४१]
    भ्रम जालको घेराबाट सकिदैन तर्न,
    खोज्छु तर सकिदैन आफ्नो बसाइ सर्न ।

    कर्ण दयाल
    मेलौल िनगरपालिका ७, बैतडी

    [४२]
    उहिलेका मान्छे भन्थे “पाप एकदिन धुरीबाट कराउँछ”
    हिजोआजका त पाप पनि बिल्डिङ्गको स्ल्यापबाटै हराउँछ।

    बि.कुलुङ
    (दार्जिलिङ )

    [४३]
    मतलबी भाे दुनियाँ सारा भ्रमकै खेती गर्ने,
    परोपकार सेवाभावमा जहिल्यै पछि सर्ने ।

    त्रिलोचन भण्डारी
    मेचीनगर ,झापा

    [४४]
    उखान सुन्दा दिमाग घुम्ने, वियर पिउँदा मती,
    भोट हाल्दा बिचार गरेस साथी नत्र होला खती।

    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    ✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २९ औँ शृङ्खला शनिबार सम्पन्न

    काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला !

  • ७ बैशाख २०७९, बुधबार २१:२६ मा प्रकाशित
  • काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला परेको छ। बुधबार दिउँसो २ बजे काठमाडौं महानगरपालिका-३२ कोटेश्वर नरेफाँटस्थित सुनमाया श्रेष्ठको घरको डेराबाट गोली र नक्कली सुन फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। श्रेष्ठको घरमा प्रमिला तामाङ भन्ने व्यक्तिले लिएको कोठाबाट सो सामान बरामद भएको हो। लामो समयदेखि तामाङ सम्पर्कमा नआएपछि कोठा खोल्न महानगरपालिकाबाट प्रतिनिधि पुगेको थियो। खोल्ने क्रममा त्यहाँबाट गोली तथा नक्कली सुन बरामद भएको प्रहरी उपरीक्षक मैनालीले बताए। सुन जस्तो धातु बरामद गरेपछि प्रहरीले सुनचाँदी व्यवसायीका प्रतिनिधिलाई घटनास्थलमा ल्याएर परीक्षण गराएको थियो। ती प्रतिनिधिले पनि सो धातु सुन नभएको पुष्टि गरेको मैनालीले बताए। त्यहाँबाट पेस्तोलमा प्रयोग हुने ९ एमएम लेखिएको चार राउन्ड गोली, युइपेङ गोल्ड १ किलो फाइन गोल्ड लेखिएको पहेँलो रंगको धातु, नेपाली सेनाको जर्सी, कम्ब्याट पोसाक, राहदानी लगायत सामान बरामद भएको हो।त्यस्तै विभिन्न व्यक्तिका नाममा चेक, नागरिकता, कपाली तमसुक, जन्मकुण्डली लगायत कागजात पनि प्रहरीले बरामद गरेको छ। प्रहरी वृत्त नयाँ बानेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    Posted in अर्थ, ताजा अपडेट, मुख्य खबरLeave a Comment on काठमाडौंको कोटेश्वरबाट चार राउन्ड गोली र एक किलो नक्कली सुन फेला !

    साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न

  • ७ बैशाख २०७९, बुधबार १३:४७ मा प्रकाशित
  • काठमाडौ, ३ वैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गरिदै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    ताल
    क्षितिज रेखा
    आफूभित्र समाहित प्रतिबिम्ब !

    सविता के.सी.
    काठमाडौँ ।

    [२]
    प्रतिविम्व
    पानीको ऐनामा
    छर्लङ्ग तस्विर झल्किएको !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ

    [३]
    ताल
    प्राकृतिक सुन्दरता
    मन लोभ्याउने दृश्य !

    बुद्धिमान चौधरी
    सुरुङ्ग ४ झापा

    [४]
    ताल
    प्राकृतिक ऐना
    आजकल संरक्षण छैन !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती -३,काभ्रे

    [५]
    सृष्टि
    कर्म आधार
    विधाता निर्णय अपार !

    राेशन पराजुली
    धरान।

    [६]
    प्रकृति
    सौम्य शालीनता
    मनमा प्रतिबिम्बित सृष्टि !

    आर्त अकुलीन
    कैलाली

    [७]
    पृथ्वी
    सौन्दर्यकाे खानी
    जलाशय पर्वतकाे दर्पण !

    नवराज भट्ट
    महेन्द्रनगर

    [८]
    तलाउ
    सुन्दर छाँया
    हिमाल देखिने बिचित्र !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [९]
    नमन
    सम्पूर्ण मित्रमा
    हृदय खोलेर प्यार !

    वेद प्रसाद रिजाल

    [१०]
    प्राकृतिक
    छटाले सिंगारिएको
    सुन्दर दृश्य हिमाल !

    दिवाकर भट्टराई
    तनहुँ

    [११]
    प्रतिविम्ब
    रारा फेवातालमा
    प्राकृतिक सौन्दर्यले भरिपूर्ण !

    रमा पन्त
    पाल्पा

    [१२]
    प्रकृति
    सुन्दर शान्त
    स्वर्गको आभास अति !

    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    [१३]
    मिली
    गरौं संरक्षण
    सौन्दर्य भित्रको सौन्दर्य !

    गोपाल प्रसाद पौड्याल

    [१४]
    हिमाल
    पानीको मुहान
    सम्पूर्ण जगतको प्राण !

    मानन्धर रमेश, येँ

    [१५]
    हिमाल
    हिउँको सागर
    विदेशीका लागि अवलोकन !

    सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    [१६]
    कञ्चन
    हिमालको काखमा
    मोहक सौम्य छटामा !

    प्रेम थापा “मन”
    बागलुङ

    [१७]
    ताल
    प्रतिबिम्ब प्रकृतिको
    संरक्षण नभए बेहाल !

    कमला देवकोटा,
    पाल्पा

    [१८]
    मनमोहक
    प्राकृतिक छटा
    झल्किएको छ प्रतिबिम्ब !

    शारदा दहाल भण्डारी
    संखुवासभा

    [१९]
    दृश्यावली
    प्रकृति सुन्दरता
    जलाशय हिमालको प्रतिविम्व !

    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [२०]
    हिमाल
    सुन्दर ताल
    सौम्य अनि विशाल !

    वसन्त अनुभव
    घोराही, दाङ

    [२१]
    कैलाशकुट
    प्रकृतिको रङ्गमञ्च
    जलपरीको अनुपम नृत्य !

    कण्ठराज गिरी
    टीकापुर हाल अष्ट्रेलिया केनबेरा।

    [२२]
    छायाँ
    पौडी खेल्दै
    तालसँगै हिमालको माया !

    हिमाल अम्मै घोडाघोडी
    कैलाली

    [२३]
    हिमाल
    तालमा नुहाउँदै
    प्रकृतिको अनुपम छटा !

    रमेश प्रभात
    चितवन

    [२४]
    ताल
    काखमा हिमाल
    प्रकृतिमा सजिएको मुहार !

    भवानी घिमिरे
    सर्लाही ।

    [२५]
    हिमाल
    काखमा ताल
    कञ्चन प्राकृतिक विम्ब !

    वेद प्रसाद रिजाल

    [२६]
    हिमाल
    जलाशय पर्वत
    मनमोहक अनुपम सृष्टि !

    रुपा गौतम
    बारा

    [२७]
    हिमाल
    शान्त तालमा
    हेर्दैछ आफ्नो मुहार !

    धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [२८]
    हिमाच्छादित
    नग प्रतिविम्बित
    कञ्चन जलराशिमा मनमोहक !

    महानन्द भट्ट
    कंचनपुर ।

    [२९]
    नेपाल
    सुन्दर हिमाल
    तरङ्गीत टलपल ताल !

    होम प्रसाद
    धरान,सुनसरी ।

    [३०]
    आफैँमा
    आफ्नै काया
    अनुपम दर्पण छाँया !!

    उमेश कार्की
    संखुवासभा ।

    [३१]
    प्रकृति
    अनुपम दृश्य
    स्वर्गको एक टुक्रा !

    पशपती राई
    खोटाङ

    [३२]
    मुस्कुरायाे
    चाँदीझैँ हिमाल
    तालमा पर्यो छाँया !

    सीता पान्डेय मरासिनी
    रे.नपा.-९,तम्घास , गुल्मी

    [३३]
    हिमाल
    प्रकृतिकाे वरदान
    दिव्य मनमाेहक दृश्य !

    श्रद्धा आचार्य
    पोखरा

    [३४]
    हिमाल
    नेपालकाे पहिचान
    विश्वमा बेग्लै शान !

    ओम प्रकाश मदुवा
    जानकी -६,कैलाली

    [३५]
    छाँया
    प्राकृतिक तालमा
    सुन्दर हिमालयको दृश्य !

    खेमराज पुरी
    कैलाली

    [३६]
    चारैतिर
    प्रकृति हिमाल
    आहा सुन्दर ताल !

    अन्जिता राउत
    सोलुखुम्बु

    [३७]
    हिमाल
    अनुहार नियाल्छ
    स्वच्छ मनमोहक ताल !

    समुन्द्रा शर्मा
    इटहरी सुनसरी

    [३८]
    जलाशय
    प्राकृतिक उपहार
    प्रतिविम्बित सुन्दर दृश्य !

    सरस्वती वली
    बर्दिया नेपाल

    [३९]
    हिमाल
    सुन्दर जलाशय
    मनमोहक दृष्यको छटा !

    सुशीला पौडेल

    [४०]
    हिमाल
    प्राकृतिक दृश्य
    जीवनको अनुपम प्रतिविम्ब !

    शिव खनाल जीवम

    [४१]
    प्रकृतिको
    अनुपम उपहार
    सौन्दर्यको अतुलनीय छटा !

    मंगला आचार्य उपाध्याय
    बारा कलैया १

    [४२]
    हिमाल
    प्रकृतिको उपहार
    अनुपम सौन्दर्यको खानी !

    सरिता काफ्ले
    कोहलपुर बाँके

    [४३]
    सुन्दर
    ताल छेउ
    हिमाल मनमोहिनी संसार !

    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही, हाल सुर्खेत

    [४४]
    हिमाल
    मनोरम दृश्य
    प्रकृतिको अनुपम उपहार !

    मिलन के.सी.(थापा)
    पोखरा

    [४५]
    दबङ्ग
    हिमाल दङ्ग
    साक्षात्कार हुँदा प्रतिविम्ब !

    टीकाराम जाेशी
    टीकापुर

    [४६]
    मनोरम
    हिमाल पहाड 🗻
    प्रतिविम्ब अद्भुत जलकुण्ड !

    जमुना कायस्थ
    पोखरा चिप्लेढुङ्गा!

    [४७]
    नेपाल
    धर्तीकाे स्वर्ग
    तलाउमा प्रतिविम्बित हिमाल !

    नारायण प्रसाद उपाध्याय
    कैलाली

    [४८]
    मनाेहर
    प्रकृतिकाे बरदान
    हिमालकाे देखियाे प्रतिविम्ब !

    भावना मञ्जु
    माेरङ

    [४९]
    प्रकृति
    सुन्दर शोभा
    देशको गहना सम्पत्ति !

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [५०]
    हिउँ
    पानीको स्रोत
    सुख्खा जमिन ओतप्रोत !

    बिके माकजु
    भक्तपुर ।

    [५१]
    हिमाल
    ऎना हेर्दैछ
    रूपकाे रेखा काेरेर !

    बिनु बाबा घिमिरे

    [५२]
    हिमाल
    पृथ्वीको प्राण
    नेपालको पहिचान शान !

    घनश्याम पौडेल

    [५३]
    उल्लास
    प्रकृति प्रेम
    सुन्दर हराभरा मनोरम !

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [५४]
    हिमाल
    सुन्दर ताल
    प्रकृतिको काखमा नेपाल !

    कविता आचार्य
    कैलाली

    [५५]
    हिमाल
    चाँदीको गजुर
    नेपालिको शान हजुर !

    मन्दिरा सेढाई

    [५६]
    छवि
    तालमा हेरी
    सृजनामा रमेको कवि !

    घनश्याम पौडेल
    पोखरा

    [५७]
    धर्ती
    अनुपम उपहार
    जिवन साकार सदाबहार !

    अबोध निर्मल
    कैलाली

    [५८]
    नेपाल
    सुन्दर ताल
    प्रष्ट आकृति हिमाल !

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५९]
    सुन्दर
    अति सुन्दर
    सौम्य स्वर्गीय अनुभव !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ, हाल अमेरिका

    जय उदक ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखन शृङ्खलाको ४७औँ भाग शनिबार सम्पन्न

    कतारमा बन्दी जिबन बिताइरहेका २१ नेपालीहरुले पाए आममाफी ।

  • ७ बैशाख २०७९, बुधबार ०८:२१ मा प्रकाशित
  • समर्पण रम्जान! २० अप्रिल २०२२,

    दोहा ! इस्लाम धर्मावलम्बीहरूको महान पवित्र महिना रमादानको शुभ अवसरमा कतारका जेलमा विभिन्न कसुरमा बन्दी जीवन बिताइरहेका २१ जना नेपालीहरुले आम माफिको रुपमा क्षमा पाएका छन् ।

    कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका २१ (एक्काईस) जना नेपालीहरूलाई क्षमादान गर्नुभएको जानकारी नेपाली दूतावास दोहाले जानकारी गराएको छ ।

    क्षमादान पाउनेहरुमा याैनजन्य क्रियाकलापमा संलग्न ३, चाेरीजन्य क्रियाकलापमा संलग्न ११, मादकपदार्थ बिक्रिवितरणमा संलग्न २ र आर्थिक हिनामिनामा संलग्न ५ जना कसुरदार ठहरी सजायँ भोग्दै जेल जिबन बिताइरहेका थिए ।

    रमदान महिनाको समयमा कतार सरकारले प्रत्येक बर्ष केहि कैदीहरुलाई क्षमादान गर्दै आइरहेको र यस बर्षपनि क्षमादान पाउनेहरु मध्य २१ नेपालीहरु रहेका छन् क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको पनि दूतावास दोहाले जनाएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कतारमा बन्दी जिबन बिताइरहेका २१ नेपालीहरुले पाए आममाफी ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P