“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नसाठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५९————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०४/१२ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०२ नागको माला लगाउने उनै शिव हुन् मनमा उर्जा जगाउने उनै शिव हुन् भगवान् सम्झिने त आ-आफ्नो विधि हुन्छ भुत र प्रेत भगाउने उनै शिव हुन् कैलाश कुटी जगाउने उनै शिव हुन् । धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०३ व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो एक घरका अर्को घरकासँग चिनजान छैन, छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ?
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ नागको स्थान झरियो आज बिहानै पूजा गरियो आज श्रावण नागे पञ्चमी पारी, पण्डित जस्तै परियो आज फलले पेट भरियो आज। घनश्याम पौडेल,पोखरा।
प्रकृतिमा रहेका बिषाक्त साेस्ने नाग रक्षक देशकाे साथी सुशासन प्रत्याभूति दिने नेता बाग भक्षक देशकाे साथी जतासुकै असन्तुष्टि छाएको कता हरायो मानवता भन्छन् , मूल्यमान्यता र सिद्धान्तको खाेल ओड्ने तक्षक देशकाे साथी स्वाधीनता पैसामा साट्न पछि नपर्ने अक्षक देशको साथी । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०७ सनातन हाम्रो धर्मलाई धान्दछौं हामी आफूलाई प्रकृतिको अंस ठान्दछौं हामी जीवन र जगतसित सम्बन्ध गाँसी, यो प्रकृतिलाई पुजा गर्न जान्दछौं हामी नागलाई पनि देवता नै मान्दछौं हामी । -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसन्ताउन्नौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५७————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०३/३० पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ सदाको लागि दुष्टकाे शिर तल पारेर झार्ने हतियार मसँग छ जिउँदो भएकाे शरीरलाई मरेतुल्य पार्ने हतियार मसँग छ सोचिरहेका छाै हाैला तिमी, आफू जस्तो विद्धान र जान्ने कोही छैन् यहाँ त्यस्ताे ठूलो घमण्डको झाडीलाई बेराले बार्ने हतियार मसँग छ खराब नियत लिइ आउनेलाई पर सार्ने हतियार मसँग छ। -सुशीला पौडेल
पञ्चाङ्ग-२. भानुको शिरमा बिर्के टोपी चटक्क देखियो निधारबीच त्यो रातो टीका झलक्क देखियो भानु देखेॅ अझै राम्रो दौरा र सुरुवालमा, रामायण छ साथैमा र पो गमक्क देखियो रघु नन्दनको गाथा सुन्दा मसक्क देखियो। घनश्याम पौडेल
पञ्चाङ्ग -३
दुई शब्दहरू मिठा बाेली देउन माया तिम्रो जवानीकाे रङ्ग घाेली देउन माया दुई दिनकाे जीवनमा मरिलानु के छ? ती भित्री मनका कुरा खाेली देउन माया मलाई माया,प्रेमकाे गाेली देउन माया । नाम केसर बाेहरा ( आदर्श ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
पञ्चाङ्ग -४ मङ्गल ध्वनिले मन हुन्छ पवित्र यहाँ यहाँ प्रभु निराकार छैनन् सचित्र यहाँ मन तरंगित हुँदा निर्णय ठिक नहुने दुःखमा पहिचान हुने सच्चा मित्र यहाँ मात्र सुख साथ दिने हुन्छन् विचित्र यहाँ।
कार्की डिबी माकुम सुनवल-४ न.प.
पञ्चाङ्ग-५ मुटुको भावलाई शब्दमा सार्न सक्ने भए नयनको भाषा परस्पर पार्न सक्ने भए कहिल्यै कसैलाई चोट पुग्ने थिएन होला, तरहको तुल्य जितसँग हार्न सक्ने भए मनभित्रको आँधीहरू नै टार्न सक्ने भए ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग-६
देशमा शान्ति आओस् अब खुसियाली छाओस् सधैँ, प्रकृतिले पनि खुसी हुँदै चोखो माया लाओस् सधैैँ अशान्तिका पर्खालहरू भत्किएर नै जाउन् अब कोइलीले मधुरो स्वरमा मीठो गीत गाओस् सधैँ, पन्छी पनि स्वतन्त्रमा वनमा नाच्न पाओस् सधैँ।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग-७ हातमा पुस्तक शिरमा टोपी छ गुरु हजुरको घाँसीबाट उत्प्रेरित भो जीवन शुरु हजुरको नेपालीको आदिकवि भनी चिनिने भानु तिमी हौ, पछ्याउन मन लाग्छ बाटो खुरुखुरु हजुरको चाहाना छ नेपाली शब्दमालामा जुरु हजुरको !! धनमाया चौधरी कैलाली
पञ्चाङ्ग-८ भ्रष्टाचार विरोधी हुँ भन्छ भ्रष्टाचार नै गर्छ बाबै खेती राजनीतिको गरेर बिउ भ्रमको छर्छ बाबै कृषिप्रधान देश अरे एक गेडो चामल नि छैन नुन देखि सबै कुरा पारीबाटै ल्याउनु पर्छ बाबै जनता भने तुइन चुडेर सधैं सधैं मर्छ बाबै। पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसत्ताइसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०४/०१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२९{एकसयउन्नतीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
पञ्चाङ्ग:०४ लालीगुराँस फूलेर वन उज्यालो भयो घुम्न आउँछौ भनेर मन उज्यालो भयो फूल्नु र झर्नु त प्रकृतिको नियम हो नि, राष्ट्रिय फूल देखेर तन उज्यालो भयो नेपालीहरूको आफ्नो पन उज्यालो भयो ! -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५ पाखा भरि राष्ट्रिय फुल फुलेको देखियो, टाढाबाट हेर्न आउने झुलेको देखियो देशको सान,मान मानिन्छ यो फूलबारी , पाखा छपक्कै हुनेगरी खुलेको देखियो पर्यटकहरूले धेरै डुलेको देखियो।
-दुर्गा आचार्य मोरङ ।
पञ्चाङ्ग-०६ वनैभरि गुराँस फुल्दा कोइलीले गीत गाइ दिन्छ प्रकृतिको अटुट माया सधैंभरि यिनैले लाइ दिन्छ अनि त आँखामै ढकमक्क फुल्छ लाली गुराँस सधैं, कानमा कुहुकुहु गर्दै कोइली मुटु नै खाइ दिन्छ परदेशमा छु तर याद त वनपाखाकै आइ दिन्छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग :०७ पहाडको काखमा फुल्छ मन लाली गुराँस हेरी भुल्छ मन आँखाका रङ्गीन सपना छोडी, जाती बँगैचातिर खुल्छ मन प्रकृति चुम्बन लिन डुल्छ मन ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
ॐ पञ्चाङ्ग:०८
सृष्टिको मूल हाे फूल हजुर काेपिला टिपेमा भुल हजुर बगैंचामा प्रफुल्लता छाउने आँखा माया गाँस्ने पुल हजुर खास संस्कार नै कुल हजुर । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयछपन्नौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५६————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८२/०३/२३ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल ======================
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ अधर्मकाे डाेरीले सत्यलाई नराम्ररी कस्दै छन् अरूलाई खनेको गैह्रो खाडलमा आफैं फस्दै छन्। मनमा द्वेष राखेर आवेगमा कार्य गर्नेहरू, किन? खनिएछ भन्दै टाउको समाउँदै बस्दै छन् सबैकाे आँखाबाट अविश्वासी भइ तल खस्दै छन्। -सुशीला पौडेल
पञ्चाङ्ग:०२ सिमाना मिची खोलीको बीच जुरेछ शहर त्यै खोला राती उर्लेर आई पुरेछ शहर पानी र आगो नखेल्नु भन्थे बुढा र पाकाले, ढुङ्गा र रूखका ठुटा आई कुरेछ शहर दिउसो पनि रातमा जस्तै घुरेछ शहर।। -घनश्याम पौडेल,पोखरा
👉पञ्चाङ्ग:०३ जहाँ छैन पीडा त्यहीँ सर्न मनपर्छ सुखको छहारीभित्र पर्न मनपर्छ के के भोग्नु एक पटकको जिन्दगीमा अगाडि सरेर केही गर्न मनपर्छ विकल्प नभेटेपछि मर्न मनपर्छ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०४ जान्नुस् तपाईँ लाउन मित हाे संसार गाउन सक्नेकाे लागि गीत हाे संसार खेल खेल्न मैदानमा उत्रिसकेका ती , खेलाडीहरुकाे लागि जित हाे संसार समताकाे भाव हुँदा हित हाे संसार ।
-भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०५
देश सबल हुन्छ एकतामा जाेडेर साथी बगैंचा राम्रो हुन्छ झारपात गाेडेर साथी जुनसुकै मुल्य चुकाएर नि देश बचाउ , देश विकास हुँदैन नेपाल फाेडेर साथी आफ्नाे संस्कार संस्कृतिकाे बाटाे माेडेर साथी । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-:०६ देश बनाउनलाई त हातहरु चाहिन्छ थोरै भएनि सपनाका खातहरु चाहिन्छ सकारात्मक सोचाइ आउनु पर्यो पहिला, म मात्रै हैन हामी भन्ने बातहरु चाहिन्छ एक्लैले बन्दैन हजारौं जातहरु चाहिन्छ। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०७ मन यसरी फाटेर पनि मनैले सिएर बसे आज जीवनभरि दु:ख परे पनि हास्दैँ जिएर बसे आज आँखाभित्र भएकोआँसु आज रित्तिएर सुख्खा भएछ, दोधारमा मन राख्दै आँसु संगाल्दै पिएर बसे आज दिनै अचानोको धार बनेर पनि खिएर बसे आज।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०८
पापीहरुलाई भगाउनु छ धर्म गर्नेलाई मगाउनु छ कलि आजको भोलि देखिन्छ रे, राम्रो चिजलाई जगाउनु छ दुष्टलाई तह लगाउनु छ। -ह्यारिस
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसत्ताइसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८२/०३/१९
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२७[एकसयसत्ताइसीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफूखुसी स्थायी :- आफूखुसी अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ दुश्मन लागे पनि डराउनु हुँदैन त्यस्तासँग मुखले कराउनु हुँदैन रीस डाहले मार्न खोज्ने धेरै छन् यहाँ, मार्नेलाई तल झराउनु हुँदैन काला कर्तुत मन् पराउनु हुँदैन। -सुशीला पौडेल
👉पञ्चाङ्ग:०२ काल केवल आफ्नो सर्त मानेर लान्छ सिध्याउन खोज्ने समेत छानेर लान्छ कस्को परिणाम कति थाहा नै नहुँदा, एकपछि अर्को, क्रमशः तानेर लान्छ कर्म चक्रको तिखो बाण हानेर लान्छ ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
पञ्चाङ्ग:०३ सन्तान जन्माउनु जीवन प्रक्रिया भनिन्छ आपसमा कुरा गर्नु अन्तरक्रिया भनिन्छ जन्म र मृत्यु भगवानको हातमा नै हुन्छ , छोराछोरी सतमार्ग हिड्नु शुक्रिया भनिन्छ सन्तान कर्मकाण्ड गर्नु काजक्रिया भनिन्छ । -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४ एकले अर्को तान्दा खसिन्छ सबै बिचार गर्यौ होला फसिन्छ सबै रीसले अरू खान्छ बुद्धिले आफू, होलमा काम गर्दा बसिन्छ सबै आपसी माया प्रीति कसिन्छ सबै। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५ संकट पर्याे भनेर नडराऊ आकाश झर्यो भनेर नडराऊ निकास खाेज विचार पुर्याइ , अरुले गर्याे भनेर नडराऊ त्यो सुख टर्याे भनेर नडराऊ ।
-भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०६ बझ्नु पर्छ सबैले अन्यायमा पर्नु हुदैन आपत पर्यो भन्दै पछिपछि सर्नु हुदैन कसैको ज्यानमाथि कहीँ नगर्नु खेलवाड , फड्के कति भर पर्दो छ नत्र तर्नु हुदैन त्यसरी आतिएर अप्ठेरोमा झर्नु हुदैन।
पञ्चाङ्ग:०१ आज त तुलसीको बिरुवा सार्नु पर्छ औषधिजन्यले भरिपूर्ण पार्नु पर्छ आज पर्व हाे हरिसयनी एकादशी, भन्दछन् यस दिन खाना नि बार्नु पर्छ मन भित्रको सबै विकार झार्नु पर्छ पञ्चाङ्ग:०२ तुलसीको विरूवामा पानी हालेॅँ मैले। कसो गरी रोप्नु पर्छ जानी हालेॅँ मैले आज साह्रै पुन्य तिथि एकादशी रैछन्, पैले जसो भयो ऐले मानी हालेँ मैले सनातनी संस्कार यो धानी हालेँ मैले। -घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३
हरिशयनी एकादशी परेकोछ आज तुलसी रोपेर मोठमा सरेकोछ आज सबैको घर घर मनाउने पर्व राम्रो , कलश सफा गर्दे पानी भरेकोछ आज, भजन र किर्तन पनि गरेकोछ आज।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ एकादशीमा तुलसी रोप्ने दिन आज तुलसी मठमा बुट्टा खोप्ने दिन आज मनको ईच्छा पूरा होस् है व्रत बस्नेको , रङ्गिन मठमा माटो थोप्ने दिन आज रीतिरिवाज संस्कृति छोप्ने दिन आाज -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०५ हरिशयनी एकादशी सबै मानौँ हामी रीतिस्थिति परम्परा सकेको धानौँ हामी कुरीतिले हामीलाई कुमार्गमा लैजान्छ यो सनातनी हिन्दु धर्म सबै जानौँ हामी सन्ततिलाई थाहा दिन रीति तानौँ हामी -सुरेश चन्द्र घिमिरे कपन
पञ्चाङ्ग:०६ तुलसी रोपण एकादशी व्रत बसियो आज उपासनाले ईश्वरको चरण परियो आज, धार्मिक कार्यले मनलाई आनन्दित तुल्यायो, तुलसी पुजेर धुपको वासना छरियो आज उनकै नाममा कलशमा जल भरियो आज। -शोभा आचार्य गौतम काठमाण्डौँ
पञ्चाङ्ग :०७ तुलसीको बिरुवा रोपेर आएँ किराले काट्छ कि त छोपेर आएँ धर्म संस्कार हाम्रो जगाउँ है, तुलसी रोप्न मठ बोकेर आएँ पानी जाने प्वाल त्यो खोपेर आएँ। -सुमित्रा पोखरेल ,काठमाडौं।
पञ्चाङ्ग :०८
तुलसीकाे पूजा हाे एकादशी ,तुलसी सार्यौँ नभन्नु उपवासले स्वस्थ्यमा लाभ मिल्छ खाना बार्यौँ नभन्नु धर्म धारणकाे निम्ति हाे धर्मलाई ढोंगी नबनाऔँ , दिनभर भाेक भाकै बसी पेटलाई मार्यौँ नभन्नु सत्यको विजय हुन्छ पक्का पहिले नै हार्यौँ नभन्नु ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग-०९
हाम्रो संस्कारलाई हामीले नै जगेर्ना गर्ने हो यहाँ धर्म कर्म गरेर भवसागर तर्ने हो आफ्नो धर्म संस्कार भन्दा ठुलो अरु केही छैन, तुलसी मठमा पनि संस्कारकै बिज छर्ने हो आफ्नै संस्कारमा जन्म्यौ आफ्नै संस्कारमा मर्ने हो। -पशपती राई खोटाङ ।
झिल्का कविता ********************* १) बगैँचामा फुलेका फूल जीवनमा नगर्नू है चुँडेर ठूलो भूल ! २) आमाको असीम माया सधैँ सम्झिराख्नू है नपरोस् कसैको छाया ! ३) साँचो साथी बन छलकपट केही नगरे आनन्द हुन्छ मन ! ४) बोल्दा गर विचार शब्दमा हुन्छ शक्ति नबनाऊ मनको भार ! ५) ज्ञानको दियो बाल तिमी अन्धकार हटाऊ पार जीवनलाई लाल ! ६) ढिलासुस्ती नगर कहिल्यै समयको गरे पालन जीवन चल्दछ जहिल्यै ! ७) पाइँदैन कतै सदाचार देख्न सक्छौँ हामीले हरेक क्षेत्रमा भ्रष्टाचार ! ८) ज्ञानको अमूल्य सार भनेको रहेछ शिक्षा जीवन जिउने आधार ! ९) नेता घुम्छन् गाडीमा देशका मेरुदण्ड युवाशक्ति पसिना चुहाउँदै खाडीमा ! १०) राजनीति फोहोरी खेल सोझासिधा जनतामाथि नै गर्नुपर्ने अनेक झेल ! ✍️ सतीश पण्डित भानु६ चँदी तनहुँ हाल चनपा ६ मातातीर्थ
✍️ नन्दलाल आचार्य १. उमानाथ दाहालको लघुकथा “मूल्य” बारे विश्लेषणात्मक टिप्पणी- “मूल्य” कथा कुनै पृष्ठभूमिमा होइन, घरभित्रको भान्साकोठादेखि शुरू हुन्छ । त्यहाँ नारीको श्रम बोल्दैन, तर पुरुषको अधिकारले कराउँछ । उमानाथ दाहालको कलमले ‘मूल्य’ नामक लघुकथामा घरको श्रम र त्यसको अदृश्य पीडालाई एउटा स्त्रीको मुखर प्रतिरोधमार्फत साहित्यिक दृश्य बनाएको छ। शब्दहरूले यहाँ केवल संवाद जनाएका छैनन्, तिनीहरूले भित्र लुकेका सामाजिक संरचना र परम्परागत लिंग विभाजनलाई चिर्दै सत्यको पर्खालमा चोट पुर्याएका छन् । रमेशको प्रतिनिधित्व गर्छ त्यो समाज, जसले स्त्रीको २४ घण्टे श्रमलाई घरको कर्तव्य भन्दै खारेज गर्छ। शर्मिला भने उभिन्छिन्- एक स्थायी श्रमिकको हैसियतमा, एक आमाको भूमिकामा, र अन्ततः एक सचेत नागरिकका रूपमा । शब्दजाल होइन, जीवनजाल भत्काउन उद्दत हुन्छन् शर्मिलाका वाक्यहरू- “मेरो श्रमको चैँ मूल्य हुँदैन ?” यो प्रश्न केवल रमेशलाई होइन, सम्पूर्ण पितृसत्तालाई सोधिएको प्रश्न हो । यो कथा एउटा लघु संवादमा पनि श्रमिक अधिकार, लिङ्ग समानता, पारिवारिक न्याय र आत्म-सम्मानको सशक्त विमर्श हो । शब्दहरू शोषणको पर्दा च्यात्न सक्ने हतियार हुन्छन् । उमानाथ दाहालको कलममा त्यही सामर्थ्य देखिन्छ । जन्मोत्सवको अवसरमा यो कथा उनलाई स्त्री चेतनाको संवाहक र लघुकथालाई सामाजिक औजार बनाउने कुशल शिल्पी को रूपमा सम्मानित गर्छ ।
२. गरिमा आचार्यको लघुकथा “सञ्चय” बारे विश्लेषणात्मक टिप्पणी- गरिमा आचार्यको ‘सञ्चय’ लघुकथा, एक मौन रुख र बकबक गर्ने मान्छेबीचको संवाद होइन; बल्कि, मौनता र आत्मचिन्तनको प्रतीकात्मक संवाद हो । दिनेश भनेको हामी हौं; जो सधैं बोल्छौं, बयान गर्छौं, व्यक्त गर्छौं, तर सुन्दैनौं । रुख भने त्यो सहनशील शक्ति हो, जसले अत्याचार चुपचाप पीर गर्छ, तर अन्ततः समय आएपछि बोल्छ । रुखको मौनता केवल मौनता होइन; त्यो शक्ति सञ्चयको अवस्था हो । उसले बोलेको वाक्य “म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु” भन्ने क्षणमा कथा एक चिन्तनको गहिराइमा पुग्छ । यहाँ प्रकृति पात्र हो, साक्षी हो र शिक्षक पनि । गरिमा आचार्यले मितवाचक शब्दमा प्रकृतिवादी दर्शन र मानवीय चेतनाको सुन्दर समन्वय गरेकी छन् । उनी प्रकृति र जीवनबीच संवाद गराउने कलामा सिद्धहस्त देखिन्छिन् । रुखको मौनता आजको मानव समाजप्रति एउटा चेतावनी हो; मौनलाई कमजोर नठान । यो लघुकथा शब्दमा होइन, ‘वृत्तान्तभन्दा पर’ को अनुभूतिमा बाँचेको कथा हो । वाणीले नभई मौनताले सञ्चय गरिने शक्ति र शान्तिको सन्देश छ । गरिमा आचार्यका लागि यो लघुकथा एक सशक्त काव्यात्मक संवाद पनि हो, जसले उनीभित्रको चिन्तक सर्जक, प्रतीकवादी लेखकको पहिचान दिन्छ । उनको जन्मोत्सवमा, यस कथाले उनलाई मौनताको दर्शन बुझ्ने दार्शनिक दृष्टिकोण र लघुकथालाई ‘स्व-चिन्तनको आँखा’ बनाउने शिल्पकारको रूपमा सम्मान दिन्छ । निष्कर्ष- यी दुई लघुकथाले छुट्टाछुट्टै स्वरूप र सन्देश बोके पनि, दुबै कथा सर्जकका जीवनदृष्टि, अनुभव र कलात्मक परिपक्वताको उँचाइ प्रस्तुत गर्छन् । उमानाथ दाहालको कथाले विरोधको मूल्य सिकाउँछ । गरिमा आचार्यको कथाले मौनता को शक्ति सम्झाउँछ । उहाँहरूको जन्मोत्सवमा साहित्यिक शुभकामना यही हो- “कलम चलिरहोस्, सत्य बोलिरहोस्, मौनले बोलोस्, र आवाजले हृदय हल्लाओस्।” यी दुबै सर्जककाे जन्म दिनको अवसरमा शुभकामना स्वरुप तल प्रस्तुत छन् माथि विवेच्य लघुकथा~~~ १. लघुकथा- मूल्य ✍️ उमानाथ दाहाल भान्साकोठामा भाँडा बजेको सुनेर फुल्याउँदै गरेकी नानी छोडेर शर्मिला हतार हतार पुगी । ” समयको केही ख्याल छैन, बसेर कहिल्यै नअघाउने बेकारी ! ” रमेश जङ्गियो । शर्मिला हतार हतार दिउरे निकाल्दै थिई रमेशले थप्यो ” दिनभरि लखतरान परेर आउँदा पनि घरमा खाजाको व्यवस्था हुँदैन “ ” आज नानीले धेरै झगडा गरी नत्र म चियाखाजा तयार गरी राख्थें ” शर्मिला सुस्तरी बोली । ” कस्ले सुतिदेओस्, कस्ले मोबाइल हेरिदेओस्, नानीको बहाना छँदैछ । ‘आइमाईलाई सजिलो र बाख्रालाई सम्म’ काम लाग्दैन भन्ने साँच्चै रहेछ ” ऊ फतफताउँदै कोठा भित्र पस्यो । शर्मिलालाई निको लागेन । ऊ चिया लिएर कोठामा गई र टेबुलमा राख्तै भनी ” सुन्नु भो ? आज तपाईंको वचनले मलाई बाणले जस्तै घोच्यो “ ” ठिकै त भनेकोछु, ज्यादा भनेकोछु र ?” रमेशले ठाडठाडै जवाफ दियो । ” घर भित्रको कामलाई कामै जस्तो ठान्नुहुन्न तपाईँ , कस्तो विवेक नभएको मान्छे ” शर्मिलाले हिम्मत गरेर भनी । रमेशले चिया सुरुप्प पार्यो । शर्मिलाले अरू थपी ” बिहान सबैभन्दा छिटो उठेर घरको सफाई , चियानास्ता, खाना, धन्दा, नानीहरूको स्कुलको तयारी, दिउँसोको खाजा, कोठा मिलाउने, लुगा धुने , हाटबजार, बेलुकाको खाना यी सबै काम हैनन् ? मैँले २४ घण्टा खट्नु पर्छ सम्झिनु भएको छ “ रमेशले खिसीको हाँसो हाँस्यो र भन्यो ” ” ‘जुन गोरुको सिङ छैन उस्कै नाम तिखे’ “ शर्मिलाले दृढ आवाजमा भनी ” रातको १ बजे तपाईँकी छोरी छटपटाई भने मै तयार हुनु पर्छ, जतिबेला मन लाग्यो उतिबेला तपाईँको इच्छा पुरा गर्न मै तयार हुनु पर्छ, मैले राती भन्न पाएकीछु ?” ” भयो बेतुकका भाषण नछाँट, मलाई सुन्नु छैन ” । शर्मिलाले रमेशको अनुहारमा हेरी। उसले आँखा जुधाएन । पुनः शर्मिला बोली ” सुन्नु भो ? एउटा श्रमिकले दिनमा ८ घण्टा काम गर्छ र ज्याला पाउँछ । म २४ घण्टा काम गर्छु । मेरो श्रमको चैँ मूल्य हुँदैन ?” ००० शिवसताक्षी नगर पालिका झापा
~~ २. लघुकथा- सञ्चय ✍️ गरिमा आचार्य “दिनेशजी, सुन्नुस् त !” एक्कासी सुनेको स्वरले दिनेशले चौका खायो । ऊ सधैं बकबक गरिहन्थ्यो तर त्यसको साथी रुख भने मौन थियोे । कारण बुझ्न नसकेर दिनेश हैरान थियोे । दिनेश विगत सम्झन्थ्यो- अरू मान्छे आउँथे । सुस्ताउँथे । शरीरमा ताजापन भर्थे । त्यही शक्तिले साथीका हाँगाबिँगा काटकुट पार्थे । लिएर घर जान्थे । दोहोरो कुरा गर्न नपाएर ऊ निराश हुन्थ्यो । यतिबेला भने उसको साथी भन्दै थियोे, “तिमीहरू बढता बाेलेर शक्तिहिन छौ । म मौन रहेर तिमीहरूको अत्याचार सहने शक्ति बटुल्छु ।” बिउँझदा त दिनेश रुखमुनि थियोे । रुखका पातले हम्केर वरपर शीतल वातावरण बनाइरहेका थिए ।
सिरहा/साउन १२/रोजिना धमला कथा केवल कल्पनाको खेल होइन, यो समाजको मर्मस्पर्शी शल्यक्रिया हो, जहाँ भावनाहरूको चिरफार गरिन्छ, विचारहरूको पट्टी बाँधिन्छ र समयको घाउमा चेतनाको मलहम लगाइन्छ । यही सन्देश बोकेको कथासङ्ग्रह ‘शल्यक्रिया’ को लोकार्पण आज सिरहाको गोलबजार-४ स्थित श्री बुढानिलकण्ठ आवासीय माध्यमिक विद्यालयमा एक भव्य समारोहका बीच सम्पन्न भयो ।
कार्यक्रमको विशेष आकर्षण थियो- लोकार्पणको ऐतिहासिक शैली । नन्दलाल आचार्यद्वारा रचित ‘शल्यक्रिया’ कथासङ्ग्रहको विमोचन समाजका विविध जातीय, भाषिक र सांस्कृतिक पृष्ठभूमिका पाँच प्रेरणादायी किशोरीहरूमार्फत् गरियो । उनीहरू थिए- पासाङमाया तामाङ, लक्ष्मी यादव, रानी महतो, रोशनी ठाकुर र पुनिता साह । यिनै पाँच किशोरीलाई प्रतीकात्मक रूपमा ‘पञ्चकन्या’ भनिएको थियो, जसले नेपाली साहित्यको नयाँ युगको शुभारम्भमा एक प्रकारको सांस्कृतिक पुनःपाठको सङ्केत गरे । हिन्दू धर्मग्रन्थमा अहल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरी गरी जम्मा पाँचवटी कन्याहरूको समुदायलाई पञ्चकन्या भनिन्छ । ‘शल्यक्रिया’ कथासङ्ग्रहको विमोचनमा भने पासाङमाया, लक्ष्मी, रानी, रोशनी र पुनितालाई पञ्चकन्याको रूपमा हेरिएको थियोे ।
उक्त लोकार्पण समारोहको सभाध्यक्षता विद्यालयका प्रधानाध्यापक रामवरण यादवले गर्दै भने, “हामीले शिक्षालयलाई पाठ्यपुस्तकको परिधिभन्दा बाहिर ल्याउँदै सिर्जनशीलता, समावेशीपन र साहित्यिक चेतनाको प्रयोगशाला बनाइरहेका छौँ । ‘शल्यक्रिया’ कथाकृति त्यही प्रयोगशालाको एक प्रयोग हो, जहाँ विद्यार्थीहरू पाठक होइनन्, साक्षी बनिरहेका छन् ।”
‘शल्यक्रिया’ कथासङ्ग्रह शब्दाङ्कुर मासिक पत्रिकाद्वारा प्रकाशित कृति हो, जसमा नन्दलाल आचार्यले नेपाली समाजको आन्तरिक सन्त्रास, संरचनात्मक हिंसा, वर्गीय विभाजन र मौन पीडाका अनेक विम्बहरूमार्फत समाजको चित्रण गरेका छन् । सङ्ग्रहमा भएका २० थान कथा केवल घटना होइनन्, तिनमा यथार्थको नशा छ, प्रतिरोधको ज्वाला छ र परिवर्तनको भाषा छ । सहभागी वक्ताहरूको कथन थियोे ।
उद्घोषक रितिका साहको लयात्मक स्वर, पुस्तकमाथि युवाहरूको सरल भाषामा विमर्श, र सहभागी शिक्षकहरूको सकारात्मक दृष्टिकोणले कार्यक्रमलाई पाठ्यपुस्तक बाहिरको सिकाइ बनायो । कुनै औपचारिक औपचारिकता होइन, यो साक्षात्कार थियो, जहाँ युवाले साहित्यसँग हात मिलाए ।
लोकार्पण भनेको केवल फूल, मालाले सजाइएको कुनै औपचारिक क्षण होइन, यो चेतनाको उद्घाटन हो । खासगरी जब समाजका विविध प्रतिनिधित्व भएका किशोरीहरूले ‘पञ्चकन्या’को रूप लिन्छन् र एउटा कथासङ्ग्रहको झिल्को बाल्छन्, तब त्यो सामान्य साहित्यिक कार्यक्रम रहँदैन, त्यो परिवर्तनको प्रतिकात्मक अनुष्ठान बन्छ ।
“साहित्य विद्यालयमा पस्दैछ, विद्यार्थीहरू किताबको अनुहार चिन्दैछन्, र शिक्षकहरू पाठ्यपुस्तकबाहिरको संसार देखाउँदैछन् । यही हो ‘शल्यक्रिया’ को सबभन्दा सशक्त अर्थ ।” सहभागी अञ्जली यादवले भनिन् ।
कार्यक्रममा कक्षा ८, ९ र १० का करिब ९० जना विद्यार्थीहरूको उपस्थिति मात्र थिएन, तिनीहरूको अनुहारमा देखिएको उत्सुकता, मुटुभित्रको प्रश्न र आँखाभित्रको उज्यालो पनि साहित्यप्रतिको नयाँ पुस्ताको सम्भावनाको सङ्केत थियो ।
धेरै लेखकहरू लेख्छन्, केही बोल्छन्, तर थोरैले लेखेर बोल्न सक्छन्- आवाज दिएर शब्दको आत्मा ब्युँताउन सक्छन् । लीलानाथ गौतम त्यस्तै बिरलाहरूको श्रेणीमा पर्छन्, जो लेख्छन् पनि, बोल्छन् पनि, र हरेक उच्चारणमा जनताको उज्यालो सपना, शिक्षकको तीतो सास्ती, र समाजको मौन असहमति गुँजिन्छ ।
१. गौरीडाँडाबाट सुरु भएको यात्रा
२०३८ सालको कात्तिक २७ गते, महोत्तरी जिल्लाको बर्दिबास-३ स्थित गौरीडाँडामा जन्मिएका लीलानाथ गौतम खडानन्द र देवमायाको कोखबाट जन्मेका सञ्जीव साहित्यिक चेतनाका जरा हुन् । यो गाउँको हावा, माटो र गरिबीमा हुर्किएर बालकविताका शब्दहरू लेख्दै लीलानाथले नेपाली साहित्यमा आफ्नो पहिलो अक्षर कोरे ।
शिक्षक भएर पाठशालामा प्रवेश गर्नु अघि नै उनले ‘मुना’ बालपत्रिकामा आफ्ना बालभावनाहरू पोख्न थाले । बाल्यकालमै शब्दसँगको सामिप्यता उनले केवल किताब पढेर हैन, जीवनको भोगाइबाट बटुले । गाउँको चोक, चौतारो र कष्टपूर्ण जनजीवन नै उनको पहिलो विद्यालय बन्यो ।
२. शिक्षण र साहित्यको समन्वय
२०५८ सालदेखि निरन्तर २४ वर्षदेखि उनी शिक्षणमा संलग्न छन् । निजी र सरकारी दुवै विद्यालयमा आफ्नो शिक्षकीय दायित्व निर्वाह गरेका गौतम हाल भँगाहा नगरपालिकास्थित माध्यमिक विद्यालयमा नेपाली विषय अध्यापन गरिरहेका छन् । तर उनको शिक्षण केवल पाठ्यपुस्तकसम्म सीमित छैन । उनी हरेक दिन कक्षाकोठा र समाजबीच पुल बनाउँदै आएका छन्, जहाँ पढाइभित्र कविताको आत्मा भेटिन्छ र कविताभित्र शिक्षाको सार भेटिन्छ ।
शिक्षकको रूपमै २०८० सालमा भँगाहा नगरपालिकाबाट उत्कृष्ट शिक्षक पुरस्कार पाउनु पनि यही यात्राको एउटा साक्षी हो ।
३. कविता : प्रतिरोधको सौन्दर्य
शब्दहरू उनीसँग बोल्दछन्, रुन्छन्, रिसाउँछन्, झरनाझैँ बग्दछन् । यिनै शब्दहरू उनी सामाजिक सञ्जालमार्फत वाचन गरेर जनतालाई सुनाउँछन् । न केवल मनोरञ्जनको निम्ति, बरु जनचेतनाको निम्ति उनी समय र बौद्धिकता लगानी गर्छन् ।
हालैको शिक्षक आन्दोलनमा वाचन गरिएको उनको कविता “आशैआशमा झुलायौ सरकार” भाइरल भयो। सरकारप्रतिको आक्रोश, शिक्षकहरूको अन्योल र जनता भित्रको मौन असन्तोष त्यो कवितामा मिसिएको थियो । यस्तो कविता केवल लेख्न लेखेर होइन, जीवन बाँचेर र बाँच्न बचाउन लेखिन्छ । भोगाइको रङमा रङिएको त्यो कविता सरकारको काँतर गालामा प्रश्नको झापटजस्तै थियो ।
४. कथाहरू : समाजको ऐना
गौतमको कथा लेखन शैली सादा छ, तर सरल छैन । त्यो सादगीभित्र झन्झनाउने यथार्थ छ । शब्दहरू हँसिला लाग्छन्, तर अन्त्यमा पाठक रुवाउने गहिराइ राख्छन् । उनका कथाहरू सामाजिक आलोचना पनि हुन्, व्यक्तिगत पीडा पनि, र सांस्कृतिक व्यङ्ग्य पनि ।
४.१ ‘काजीको गाउँ’ सत्ताको संरचनागत मनोविज्ञानको व्यङ्ग्य हो, जहाँ एक काजी पात्रले गाउँको सामाजिक चेतनालाई कति अपहेलित गर्न सक्छ भन्ने चित्रण गरिएको छ ।
४.२ ‘त्यसपछि मैले मितज्यू देखिनँ’ स्मृतिको स्पर्श लिएर लेखिएको कथा हो, जहाँ हराएको सम्बन्ध र बदलिँदो समाजको चित्र सजीव छ ।
४.३ ‘भोज’ भनेको मात्र परिकारको समुच्चय हैन, त्यो वर्गीय र सांस्कृतिक द्वन्द्वको कसी हो ।
४.४ ‘उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन्’ भनेको केवल शीर्षक मात्र हैन, त्यो एक युगको अवमानित आदर्शको घोषणा हो ।
४.५ ‘कोलम्बस किस्ने’ भोलि हुने सपना होइन, आजको विडम्बनालाई ऐतिहासिक आवरणमा व्यङ्ग्य गर्ने कथा हो ।
यी सबै कथाहरूले समाजका विविध तहको चिरफार गर्छन्, राजनीतिक विडम्बना, शिक्षाको उपेक्षा, गाउँको मौन द्वन्द्व, सत्ताको अदृश्य आँखा ।
५. सामयिक लेखन र समालोचना
गौतम २०६० सालदेखि उनले विभिन्न पत्रिकामा सामयिक लेख, कविता र समालोचनाहरू लेख्दै आएका छन् । त्यो लेखन कुनै हल्लाको पछि लागेको छैन, बरु आफ्नो सोचको गहिराइबाट निस्किएको विश्लेषण हो ।
गौतमका लेखहरू सजिलो भाषामा लेखिए पनि सजिलै पच्ने छैनन् । तिनीहरू सोच्न बाध्य पार्छन् । राजनीतिक दाउपेच, शैक्षिक विकृति, र सांस्कृतिक पक्षबारे उनको कलमले उठाउने प्रश्नहरू सदा सरकार र समाजका आलसी विवेकलाई झस्काउने छन् ।
६. कृति प्रकाशन र सम्भावना
हालसम्म उनले कुनै पुस्तक प्रकाशित गरेका छैनन् । तर प्रकाशित नहुनु न लेखकको कमजोरी हो, न समाजको । गौतमका शब्दहरू पुस्तकको खोलभित्र सीमित छैनन्; ती शब्दहरू सामाजिक सञ्जालमा उड्छन्, भिडभाडमा सुनिन्छन्, आन्दोलनको जुलुसमा गुञ्जिन्छन् ।
तर अब समय आएको छ- ती फुटकर कथाहरू, वाचन गरिएका कविताहरू र पत्रिकामा हराएका लेखहरूलाई एक सुगन्धित फूलमालामा गुँथ्ने । लीलानाथ गौतमको लेखनले एउटै पुस्तकमा सीमित हुनुपर्छ भन्ने होइन; तर उनका विचारहरूले यश र आगामी पुस्ताका लागि कागजमा अमिट भएर बाँकी रहनुपर्छ भन्ने पक्कै हो ।
७. भविष्यको साहित्यिक मूल्य
आज लीलानाथ गौतमको कथा, कविता वा लेख कुनै पाठ्यक्रममा समावेश छैन होला । तर भविष्यले उनलाई फरक आँखाले हेर्नेछ । भविष्यले थाहा पाउनेछ- यी नै त थिए ती शिक्षक, जसले बोर्डको डसामा अड्किएको समाजलाई कविताको आवाजमा बोल्न सिकाए । ती नै त थिए लेखक, जसले असिनपसिन शिक्षकलाई ‘आशैआशमा’बाट झुल्ने होइन, प्रतिरोध गर्न सिकाए ।
८. शब्दको आवाज, आवाजको विद्रोह
उनको लेखन शैली शुद्धिकृत गद्य होइन, त्यो प्राण लिएर बाँचिरहेको जीवित गद्य हो । ‘भोज’ को पात्र होस् या ‘उदयबहादुर’, उनीहरू केवल कल्पना होइनन्; उनीहरू तपाईंहामीभित्र बाँचिरहेका असन्तुष्ट आत्माहरू हुन् ।
गौतमका शब्दहरूले कहिले काँध थिचेर सम्झाउँछन्, कहिले कान समातेर झक्झक्याउँछन् । उनीले लेख्छन्, किनभने चुप लाग्न सक्दैनन् । बोल्छन्, किनभने समाज मौन छ ।
९. अन्त्य होइन, सुरुआतको अन्तर्नाद
लीलानाथ गौतमको नाम कुनै पुरस्कारको सूचीमा छैन; कुनै ठूला प्रकाशन गृहमा उनको आत्मपरक जीवनी निस्केको छैन । तर यिनै गौतमका शब्दहरू सामाजिक सञ्जालको झ्यालबाट लाखौँ पाठकको मुटुमा पसिरहेका छन् ।
कथाहरू त उनले लेखिसके, अब समयले ती कथाहरूलाई दस्तावेज बनाउने हो । कविता त उनले बाचन गरिसके, अब पाठकले ती कवितालाई आत्मामा गुनगुनाउने हो।
हिजो ‘मुना’ को बालकवि आज ‘आशैआशमा’ झुल्दैन, झल्किन्छ । आजको शिक्षक भोलिको साहित्यिक दस्तावेज हो भने, लीलानाथ गौतम त्यो दस्तावेजका जीवित पन्ना हुन् ।
अनि अन्त्यमा, उनको सम्पर्क नम्बर ‘९८४४१०४७०३’ मात्र एउटा अंकहरू को जोड होइन; त्यो एक आवाज हो, जसले भन्न सक्छ- “यदि सुन्न चाहन्छौ यथार्थको आवाज- त ल आऊ, लीलानाथ सुनेर हेर ।”