२५ असोज, काठमाडौं । नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुन सक्रिय रहे पनि न्यूनचापीय प्रणाली कमजोर रहेकाले मनसुन क्रमिकरूपमा सुधार हुँदै गएको महाशाखाका मौसमविद् हीरा भट्टराईले जानकारी दिए । उनले अबको दुई दिनपछि नेपालको मौसममा पूर्णतया सुधार हुने बताए । मौसमविद् भट्टराईले भने, ‘मनसुन जारी रहे पनि वर्षा गराउने प्रणाली कमजोर भएको छ । आज कर्णाली र सुदूरपश्चिमका केही स्थान र पूर्वका धेरै स्थानमा वर्षा हुने देखिन्छ । भोलिदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशमा सुधार हुन्छ, बिहीबारदेखि देशैभर मौसम सफा रहन्छ ।’
जारी मनसुनका साथै आसपास विकास भएको न्यूनचापीय प्रणालीको प्रभावले विगत आठ दिनदेखि निरन्तरको वर्षा पछिल्लो तीन दिनयता खण्डितरूपमा मात्रै भइरहेको छ । मनसुन बाहिरिन भने अझै एक साता लाग्ने महाशाखाले जनाएको छ ।
हाल नेपालमा हरियाणा आसपास रहेकोे न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ भने प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।
दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश नं १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम १८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।
साउदी अरब ! नेपाली साझा मंच साउदी अरबको पहलमा पर्वतको कुश्मा नगरपालिका वडा नंं १कि दुबै मिर्गौला फेल राजकुमारी सार्की र कुश्मा-२ कि छाला क्यान्सर पीडित दिपा पाद्य्यलाई आर्थिक सहयोग गरेको छ।
ज्याला मजदुरीकाे भरमा आफ्नो दैनिकी चलाउदै आईरहेका, विगत ३ महिना अगाडि देखि दुवै मिर्गौलामा समस्या देखिएका पर्वतका सार्कीको उपचारको लागि ८/१० लाख खर्च लाग्ने भएपछि आर्थिक समस्या परेपछि संस्थाले सहयोग गरेको छ ।
त्यसैगरी सोही पर्वत जिल्लाकै अर्का छालाको क्यान्सर पीडित पाध्यको उपचारमा पनि आर्थिक समस्या भएको र उहाँको श्रीमान मानसिक रोगी भएको जानकारी प्राप्त भएपछि दुबै पीडितको बारे बुझी मन्चको खोवर संयोजक भरत पौडेलको नेतृत्वमा अभियान संचालन गरि पीडितलाई आर्थिक सहयोग गरिएको संस्थाले जनाएको छ ।
संस्थाले मृगौला पीडित सार्कीलाई ने रु १२ हजार र क्यान्सर पीडित पाद्य्यलाई ने रु २० हजार आर्थिक सहयोग गरेका छ । पीडित दुबैलाई रेमिट गरि रकम हस्तान्तरण भैसकेको पनि संस्थाले जानकारी गराएको छ ।
पीडित दुबै जना सार्की र पाध्य दम्पतीको सिघ्र स्वास्थ्य लाभको कामना सहित आर्थिक सहयोग गरि मानवीयता व्यक्त गर्नु हुने खोवर संयोजक पौडेल तथा एफपिआईमा कार्यरत दाजुभाइ लगायत सम्पूर्ण सहयोगी मनहरुमा नेपाल साझा मन्च साउदीले हार्दिक आभार व्यक्त गरेको छ ।
जुम्ला, असोज २२ गते । जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किँदा ७ जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी धर्मराज जोशीका अनुसार मृत्यु हुनेमा घरमूली ५५ वर्षीय गणेश शाही, २२ वर्षीय छोरा रमेश शाही, रमेश शाहीका २२ वर्षीया श्रीमती पानसरा शाही, रमेश शाहीका ८ वर्षका छोरा अनमल शाही, छोरी मिलन शाही, छिमेकी सुरेन्द्र हमाल र २५ वर्षीया विद्या शाहीको मृत्यु भएको छ ।
घटनामा परी स्थानीय सरस्वती हमाल, रामबहादुर हमाल गम्भीर घाइते हुनुभएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दसहितको टोली उद्धारका लागि पुगेको प्रशासनले जनाएको छ ।
आमा छोरा बेपत्ता
जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी र पहिरोले हिमा गाउँपालिकामा आमा छोरा बगेर वेपत्ता भएका छन् । हिमा गाउँपालिका –३ जोगिवाडामा बाढी आउँदा स्थानीय २५ वर्षीया सत्यदेवी योगी र उहाँका ३ वर्षीय छोरा विनम योगी बगेर बेपत्ता भएका छन् । उहाँहरुको खोजी भइरहेको छ । ्
इलाम १७, असोज । स्करपियोले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम नगरपालिका ४ का २३ बर्षिय बिशाल राई रहेका छन् । मेची राजमार्ग अन्तर्गत इलाम–बिब्ल्याँटे सडक खण्ड अन्तर्गत इलाम नगरपालिका ५ बिब्ल्याँटेमा ताप्लेजुङ्गबाट काठमाडौं जाँदै गरेको प्र ३ बा ०८८५ नम्बरको स्कारपियोले प्र १–०१–०१४ प १०६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।
स्करपियाको ठक्करबाट गम्भिर घाईते भएका राईको इलाम अस्पतालमा सामान्य उपचारपछि सघन उपचारका लागि झापाको बिएण्डसि अस्पताल रेफर गरिएपनि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । घटनापपछि ठक्करदिने गाडिका चालक नुवाकोट कपने गाउँपालिका ७ का २४ बर्षिय छिरिङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
काठमाण्डौँ, २५ भाद्र । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६८ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
photo:social media
अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू
[१] जीवन बाँचुन्जेल रमझम मरेपछि उत्रै खाडल ! ✍️ सविता के.सी. काठमाडौँ ।
[२] बाँचुन्जेल झूप्रो महल मरेपछि एउटै खाडल ! ✍️ सरस्वती
[३] समानता पुर्ने खाडलमा बासस्थानमा गरीब धनी ! ✍️ नारायण प्रसाद उपाध्याय कैलाली ।
[४] मानिस असमान बसाइ मरेपछि समान खसाइ ! ✍️ राेशन पराजुली धरान।
[५] मानव धनी गरिब मरेपछि एउटै खाडल ! ✍️ धनमाया चौधरी कैलाली
[६] जीवन जीवितमा विभेद मृत्युपछि एक समान ! ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
[७] मानव जीवनभर भ्रममा मृत्युपछि भेट्छ सत्य ! ✍️ पशपति राई खोटाङ
[८] मालिक राजा रङ्क दुई गज जमीनका ! ✍️ टीकाराम जाेशी इमाडोल
[९] जीवन स्थायी घर केवल चार हातको ! ✍️ प्रेम थापा “मन”
[१०] आवास महल झुपडी अन्तमा खाडलको बास ! ✍️ देबकी
[११] जीवन बाचुन्जेल विभेद मरेपछि सबै समान ! ✍️ दुर्गा भट्टराई मोरङ
[१२] हुने एउटै चिहान बाँचुन्जेल धनको खाडल ! ✍️ शिव खनाल जीवम रुपन्देही
[१३] जीवन दुईदिने माया घाम र छायाँ ! ✍️ सपना खनाल रुपन्देही
[१४] जीवन मान्छे हरिप देखाउँछ धनि गरिब ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
साताका तीन लघुकथा’को उन्नाइसौंँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (लिभिङ टुगेदर, ढुङ्गाको जात र अन्धविश्वास) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथाः लिभिङ टुगेदर
✍️ नर पल्लव क्षणिक उन्मादको आवेगमा ‘लिभिङ टुगेदर’ को आधुनिक फेसन अनुकरण गर्दै मृगेन्द्र र निशा ‘लिभिङ टुगेदर’मा सँगै बस्न थालेका थिए। उन्मुक्त भएर स्वच्छन्दतावादी जीवनको सोख राख्ने त्यो जोडी आफ्नै स्वप्निल लोकमा डुबेको थियो। ‘प्लस टु’ गरेपछि दुबै जना पढ्नका लागि सहर आए । सहरको चकाचौँध वातावरण माझ उनीहरू एउटा फ्लेट भाडामा लिएर मस्तीमा झुम्न थाले। उता गाउँघरमा दुबैका अभिभावकहरू आआफ्ना छोरा र छोरीको पढाइप्रति निश्चिन्त थिए।
सिमसिमे झरी परिरहेको थियो। निशा रिसले मुर्मुरिएर बरन्डामा बेचैन अवस्थामा मृगेन्द्रको प्रतीक्षा गरिरहेकी थिई। मृगेन्द्र ज्यादै नै थकित अवस्थामा देखिन्थ्यो। कारबाट झरेर ‘हेलो डार्लिङ’ भन्दै ऊ निशा नजिक पुग्यो। क्रोधित मुद्रामा घाइते सिंहिनीझैँ निशा मृगेन्द्रमाथि जाइलागी। रिसले चुर हुँदै मृगेन्द्रको कठालो समाउँदै ऊ रन्किन थाली, “यू स्काउन्ड्रल। हाउ डेयर यू लाइ टु मी ? मलाई किन ढाँटेको ?”
“के भयो ? ह्वाइ आर यू सो मेड एट मी ? किन यसरी जङ्गिएकी ?” मृगेन्द्रले अलि शान्त भावमा सोध्यो । “ह्वाइ डिडिन्ट यू टेल मी डेट यू आर मेरिड ? किन सिङ्गल छु भनेको, हँ ?” निशा मृगेन्द्रमाथि आक्रोश पोख्न थाली।
“लिसेन टु मी फस्ट। पहिले कुरा बुझ न । कुरा के हो भने…..।” मृगेन्द्रको कुरा टुङ्गिन नपाउँदै “माइ फुट ! यू फ्रड। गो इन्साइड द रुम एन्ड आस्क योर वाइफ।” भन्दै ऊ बेड रुमभित्र पसी। आफ्ना लुगाफाटा लगेजबेगमा राखी र कम्पाउन्ड गेटबाहिर निस्की। टेक्सी लिएर ऊ सरासर बस पार्क पुगी। बेन्चमा बसेर कोक पिउदैँ अलिक बढेको पेटमा हात राख्दै सोच्न थाली, अब यसलाई लिएर बाँचू कि यो सँगै अन्तिम सास फेरूँ…..?” ऊ किंकर्तव्यविमूढ भई।
अर्को दिन बलात्कृत भनाउँदी उसँग अन्तरवार्ता लिन मिडिया ऊ नजिक झुम्मिन थाल्यो।
बुद्धनगर, काठमाडौँ
[२] लघुकथा : ढुङ्गाको जात
✍️ विवेक दुलाल क्षेत्री’दमक’ बगरमा थुप्रै ढुङ्गाहरु थिए । एउटा मानिसले केही ढुङ्गा लिएर घर गयो । श्रीमती बर्तालु थिइन् । धर्मकर्म भनेपछि हुरुक्क हुन्थिन् । श्रीमतीले एउटा ढुङ्गा पूजाकोठामा लगेर अबिर दलिन् । शिवजी मानेर पुज्न थालिन् ।
एकदिन त्यो घरको सानी नानीले अर्को ढुङ्गा लिएर पूजाकोठामा गई । सानी नानीको हातमा ढुङ्गा देख्नेबितिकै अबिर लगाएको ढुङ्गा बोल्यो,- “तिमीले मेरो स्थान कदापि लिन सक्तैनौ । अब म साधारण ढुङ्गा होइन । उपल्लो ढुङ्गाको जात भैसकेँ ।”
उसको कुरा अस्वाभाविक मान्दै नानीको हातको ढुङ्गाले जवाफ फर्कायो,- “तिमीमा मान्छेको ठूलो सानो भन्ने घृणित् स्वभाव पनि सरेछ है !” दमक बजार ,झापा हाल – अबुधाबी ,युएई ।