साउदी अरब— साउदी अरबस्थित पिज्जा सप नामक कम्पनीमा कार्यरत रहँदै आएका पाल्पा जिल्लाका जित बहादुर नेपाली (गैरे) गम्भीर प्रकृतिको क्यान्सर रोगद्वारा पिडित भएपछि उपचारका लागि सहयोगको अपिल गरेका छन् । जीवन–मृत्युको संघर्ष गरिरहेका ४३ बर्षिय गैरे आर्थिक अभावकै बीच उपचाररत छन्।
पाल्पा जिल्लाको साविक दर्छा गाउँ विकास समिति–१, हाल रामपुर नगरपालिका–३ स्थायी ठेगाना भएका गैरेले साउदी अरबमा श्रम गरी परिवारको भविष्य सुरक्षित गर्ने प्रयास गर्दै आएका थिए। तर स्वास्थ्यमा समस्या देखिएपछि प्रारम्भिक उपचार साउदीमै गरेपनि रोग जटिल बन्दै गएपछि थप उपचार सम्भव हुने नदेखिएकोले उनलाई नेपाल ल्याइएर उपचार गरिरहेको परिवारले जनाएको छ।
नेपालकै उत्कृष्ट चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा निरन्तर उपचार गराईरहेका गैरेको उपचार प्रक्रिया लामो र अत्यन्तै खर्चिलो रहेको उपचार गर्ने चिकित्सकहरुले बताएका छन् । गैरेको आर्थिक अवस्था कमजोरका कारण परिवारलाई उपचार खर्च जुटाउन कठिनाइ भइरहेकोले स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरु उपचारकोलागि सहयोग गर्न परिवारले अपिल गरेको छ।
श्रम गरी देशको अर्थतन्त्रमा योगदान पुर्याएका श्रमिकको जीवन बचाउन सबैमा मानवीय सहयोग आवश्यक रहेको भन्दै “सानो सहयोगले पनि एउटा अमूल्य जीवन जोगाउन ठूलो भूमिका खेल्न सक्छ,” परिवारजनले बताएका छन्।
जित गैरेको उपचारका लागि आर्थिक सहयोग गर्न चाहने इच्छुक व्यक्तिहरूले साउदी अरबमा रहनु भएका नम्न समाजसेवी सँग सम्पर्क गरि सहयोग गर्न सक्नेछन्।
आर्थिक संकलन संयोजक: श्री बीरेन्द्र कुमार चौधरी : 054-054-7829 श्री पदम महत : 055-700-3824
नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’ को आज बिहान हृदयाघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ ।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियोे । अस्पताल श्रोतका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्याइएका उनको ईसिजी गरेपश्चात अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियोे ।
नेपाली चलचित्र ‘चिनो’मा खलनायकको भूमिकामा खेलेदेखि उनी ‘राते काइँला’को नामले परिचित थिए । नेपाली, भोजपुरी, बलिउड फिल्महरूमा आफ्नो छुट्टै पहिचान बनाएका थापाको निधनले समस्त शुभचिन्तक एवम् सिने जगत गहिरो शोकमा डुबेको छ । दिवंगत सुनिल थापाको आत्माले छिट्टै चिरशान्ति प्राप्त गरोस् हार्दिक श्रद्धाञ्जली !
१) लिएर प्रलोभन धेर आउँछन् सचेत बनौँ ब्वाँसो गाई बनेर ! २) भन्ने होइन हाम्रो खराब भ्रष्ट नेतालाई बिदाइ गरेकै राम्रो । ३) अहिले बिक्दा मासुभातमा पर्नेछ पछि पछुताउनु सराप्दै बसेर दिनरातमा । ४) सोची, विचारी जानी भिजन हेरेर मात्र गरौँ मतको लगानी । ५) लगाइदिँदा भ्रष्टलाई माला अन्धकार देशको भविष्य जनतालाई आँसुको प्याला । ६) अहिले जोड्दैछन् हात चिन्दैनन् तिनैले पछि छातीमै हान्नेछन् लात । ७) छोडेर झोलेश्वरको भक्ति बेला आयो देखाउने जनता जनार्दनको शक्ति । ८) खराब ठाउँबाट उध्रिनुपर्छ सुधार्न खातिर नेता पहिले जनता सुध्रिनुपर्छ । ९) विवेकले मत हानेर देशको भविष्य कोरौँ सही नेतृत्व छानेर । १०) अहिले नगरे कहिले मतको सही सदुपयोग सराप्दै बस्ने जहिले ? ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ
झिल्का कविता १) विकासको नौलो योजना खोजमूलक कार्य थालौँ कृषि उत्पादनको सपना । २) पेसाको लागि राजनीति नगरौँ सहमति कसैले संस्कारमा बन्दैछ बेथिति । ३) हरियो वन जोगाए निरोगी हुन्छौँ हामी खुसहाल दिन उदाए । ४) देश जलाउनेहरू दलाल विदेशी थिए बुझौँ पछि हुनसक्छ मलाल । ५) नेपाली वीरहरूका सन्तान बन्नुहुंँदैन विदेशीको गोटी जोगिँदैन आफ्नो स्वाभिमान । ६) अखण्ड देशका लागि भ्रष्टाचार निर्मूल पारौँ कोही नबनौँ दागी । ७) आत्मनिर्भर बनाउन योगदान हुन्छ कर्तव्य नागरिकको जोगाउन आफ्नै स्वाभिमान । ८) भन्छौ विकास बराबर गर्छौ झारफुक देशमा छाड कुरीतिको सफर । ९) विज्ञानले पुग्यो संसार आकास पाताल खगाल्यो छाड्न सकेनौँ कुसंस्कार । १०) राजनीतिमा भई इमान्दार गरौँ स्वच्छ राजनीति सकिन्छ देशबाट भ्रष्टाचार । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८
झिल्का कविता १) जाेगाउन लागाैँ देश बचाएर राख्नुपर्छ स्वाभिमान लुटिनु हुँदैन भेष । २) घुस्याहा सबैलाई निर्मुल गराैँ मिलीजुली हामीले नदाेहाेरियाेेस् अब भूल । ३) सजाई देशको आँगन बढारेर फाेहाेर सबै बढुन् अग्रपथमा जन ! ४) नदेखाए हुन्थ्यो लाज बचाएर राख भित्रै मिलीजुली गराैँ काज । ५) बनेर भरिया नेपालको सेवा गर्न पाऊँ तराई पहाड हिमालको । ६) कला, संस्कृतिको सान जोगाइराखौँ नेपाली माटा गाेर्खालीको यो मान । ७) मरेर देश बचाउँछु हुँ नेपाली छोरा सदैव माटाे हँसाउँछु । ८) भिरालो आँगन नेपाल सबै अट्छन यही तराई पहाड हिमाल । ९) सद्भाव र माया सब छ यहाँ घाम र छाया । १०) भाैतारियाे मेरो मन उसको यादमा यताउता बोकेर मौन क्रन्दन । ✍️ ईश्वर साउद(भिक्षु) रामाराेशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
उपकार सेवा नेपालले सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाजस्तै यस महिनामा पनि ठोरी गाउँपालिका वडा नं. १, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुवा तथा बालबालिकाहरूका लागि आवश्यक दैनिक उपभोग्य सामग्री सहयोगस्वरूप प्रदान गरेको छ।
आश्रममा आश्रित १७ जना लाभार्थीहरूको उपभोगका लागि चामल ९० किलो (३ बोरा), सोयाबिन १० किलो (१ बोरा), चिउरा १० किलो, खाने तेल ५ लिटर, मसुरो दाल ५ किलो, रिफाइन तेल ४ लिटर, नुन ५ किलो, लेडिज चप्पल, साबुन १० पिस, ट्राउजर, टी–सर्ट, फलफूल तथा मिठाईलगायतका दैनिक आवश्यक सामग्रीहरूको व्यवस्था गरिएको थियो।
सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा आश्रमका सदस्य रामबहादुर थिङलाई बोलाई संस्थाका अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारुले उक्त सामग्रीहरू औपचारिक रूपमा हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै संस्थाका पदाधिकारीहरूले समाजका असहाय तथा कमजोर वर्गको सेवा गर्नु नै उपकार सेवा नेपालको मुख्य उद्देश्य रहेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपकार सेवा नेपालले विगतदेखि नै प्रत्येक महिना नियमित रूपमा आश्रमका लागि आवश्यक सामग्री सहयोग गर्दै आएको छ, जसले आश्रम सञ्चालन तथा आश्रितहरूको दैनिक जीवनयापनमा महत्वपूर्ण सहयोग पुगिरहेको आश्रम पक्षले जनाएको छ।
दाङ, माघ ३ दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्वता स्मृति साहित्य प्रतिष्ठान दाङले दिवङ्गत आमा पार्वता पाण्डेको तेस्रो पुण्यस्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे । कार्यक्रममा स्थानीय १ सय ३५ जना सेवाग्राहीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण गरिएको थियोे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, मेघराज भट्टराई, वाम बुद्धिजीवी शशिधर भण्डारी, मेडिकल सञ्चालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानका अध्यक्ष देवी पाण्डे, संरक्षक सुरेशकुमार पाण्डे लगायतका साहित्यकार, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
स्मृतिशेष आमा पार्वता पाण्डेको सम्झनामा स्थापित पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमितरूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमा सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष खडा गरेर वार्षिक रूपमा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्नु, असी वर्ष पार गरेका वृद्धवृद्धालाई सल ओढाएर सम्मान गर्नु जस्ता कार्य मुख्य रहेका छन् ।
नमस्ते आधुनिक लघुकथा मञ्चका आजीवन सदस्य लघुकथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजे (भारतीय समयानुसार बेलुका ५:४५ देखि राति ८:४५ बजे) सम्म चलेको थियोे ।
‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रह, तुमिन, सेले, पूर्व सिक्किम, गान्तोक,भारत निवासी लघुकथाकार हेमराज अधिकारीको पहिलो लघुकथा कृति हो । जसमा कुल ८० वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । अधिकारी सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य एवम् प्रशासक र नमस्ते आधुनिक लघुकथा मञ्चको आजीवन सदस्य हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.कपिल लामिछानेले आफ्नो मन्तव्यमा ‘नेपाली जाति, नेपाली साहित्य, नेपाली भाषा नेपालमा मात्र छैन । नेपालको राजनैतिक भूगोललाई उछिनेर नेपाल बाहिर पनि एउटा ठूलो नेपाली संसार छ । यो कुरा आजको परिचर्चाले पुष्टि गरेको छ’ भन्नुभयो । साथै उहाँले मञ्चको कामको प्रशंसा गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले पनि नेपालभित्रका नेपाली लघुकथाकार र लघुकथाको मात्र कुरा गर्दैन, नेपालबाहिरका लघुकथाकार एवम् लघुकथाहरूको कुरा गर्न, सम्मान गर्न तम्तयार छ भन्ने कुराको पनि आजको कार्यक्रमले पुष्टि गरेको उल्लेख गर्नुभयो । ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रहको बारेमा आफ्नो धारणा राख्दै उहाँले कृतिमा ‘विस्मरण’को कुरा उठाइनु, लघुकथामा हास्य रसको प्रयोग त्यति नभइरहेको अवस्थामा हास्य रसको प्रयोग गरिनु जस्ता कुराहरू उल्लेखनीय रहेकोे भन्दै कृतिकारलाई अझ दृढ भएर लाग्न प्रेरित गर्नुभयो । कृति सुन्दर, पठनीय भएको उल्लेख गर्दै उहाँले कतिपय लघुकथाहरूमा अन्त्य बिस्तार भएको, एउटै लघुकथामा धेरै कालखण्ड आएको, कथाको सार जस्तो देखिएको(जस्तै- चिन्ता र चिता), निबन्धको प्रभाव देखिएको हुँदा सर्जक सचेत रहनुपर्ने बताउनुभयो । साथै उहाँले ‘सामान्यतया यस्ता समीक्षा कार्यक्रममा कृतिका धेरै कमजोर पक्षलाई बताएर सर्जकलाई हतोत्साहित गर्ने गरिँदैन । तसर्थ समीक्षकका कुरा सुनेर सर्जक धेरै हौसिन पनि नहुने’ बताउनुभयो ।
कार्यक्रममा ‘च्यातिएको जुत्ता’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको विश्लेषण गर्दै परिचर्चाकार डा.हरिप्रसाद भण्डारीले लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो । साथै ती विविध विषयहरूभित्र पनि धेरै विविधता रहेकोे बताउनुभयो । ‘साहित्यकार गरिब भए पनि उनीहरू विचारक हुन्छन्, महान हुन्छन् जस्ता सकारात्मक भावहरू, साहित्यमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर ‘च्यातिएको जुत्ता, पर्फ्युम ब्रान्ड, टिकटकको नृत्य, हुरीको डढेलो, कङ्ग्राचुलेसन सर आदि शीर्षकका लघुकथाहरूले गरेका छन् । समकालीन राजनीतिमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर कफनको खरानी, चिसो चुल्हो, खुद्रा मोल आदि शीर्षकका लघुकथाहरूले गरेका छन् । नेपाली संस्कृति र सांस्कृतिक पर्वहरूमा आएको विचलन, विकृतिहरूको उजागर टोपीको गर्व, सम्बन्धको पुनर्जन्म, कुन लुतो फाल्ने जस्ता लघुकथाहरूले गरेका छन् । प्रविधिको विकास र व्यस्त आधुनिक समाजका कारण वृद्धवृद्धामा पर्नगएको असर, विकसित विकृतिको उजागर अनलाइन सन्तान, विवश मौनता, मुख्य अतिथि, पाखाबारीको मल, कठै सन्चमान जस्ता लघुकथाहरूले गरेका छन् । समाजमा रहेकोे गरिबीको पराकाष्ठाको उजागर ‘बाबाको बाध्यता, कम्बल, चमत्कारको प्रतीक्षा, रुञ्चे माइलोको दसैँ जस्ता लघुकथाहरूले, जीवन दर्शनका सुन्दर पक्षको उजागर मनबहादुरको मन, जङ्गलको बतास, पोलेका मकै जस्ता लघुकथाहरूले, नारी उत्पीडन, स्वतन्त्रता जस्ता कुराको उजागर माइली, हारपछिको जीत, पितृदण्ड जस्ता लघुकथाहरूले गरेको उल्लेख गर्नुभयो । साथै शिक्षा (पौमाङ्गे धिरी), धार्मिक(ब्राह्मणको चतुर्याइँ), अन्धविश्वास(ज्योतिष), तेस्रो लिङ्गी(आघात) लगायत विविध विषयवस्तुमा रचित लघुकथाहरूले समाज, राजनीति जस्ता क्षेत्रमा गतिलो व्यङ्ग्य प्रहार गरेका छन् । यसरी विविध विषयवस्तुलाई कथानक बनाई विकृति, विसङ्गति माथि प्रहार गर्दै अन्तमा लघुकथामा सकारात्मक सोच ल्याउनु, हरेक लघुकथामा बिज वाक्य स्थापना गर्नसक्नु कृतिकार अधिकारीको सफल पक्ष रहेकोे छ ।’ उहाँले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.विदुर चालिसेले ‘च्यातिएको जुत्ता’को शिल्प शैली र सौन्दर्यगत पक्षको परिचर्चा गर्नुभएको थियोे ।
‘हरेक सर्जकको पहिचान उसको आफ्नो विशिष्ट शैलीले हुन्छ। जुन उसले आफ्नो कृति वा सृजना मार्फत प्रस्तुत गर्ने गर्दछ’ भन्नुहुँदै परिचर्चाकार डा.चालिसेले ‘लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा नेपाली भाषा, साहित्य, संस्कृतिको सुगन्ध पाइने, स्थानीय भाषा (आञ्चलिकता), शैली, परम्परा जस्ता विषयहरू संयोजन भेटिने’ बताउनुभयो । साथै उहाँले लघुकथाहरूमा प्रयुक्त भाषामा सरलता, अनुच्छेदहरूको कुशल संयोजन, विचार, भाव, विम्बहरूको सही प्रयोग, बिज वाक्यको स्थापना, लेखन अनुशासन, इको साउण्ड (प्रतिध्वनीत)को प्रयोग, अधिकांश कथाहरू परावर्तन गर्ने शैलीको प्रयोग जस्ता कुराहरू अधिकारीका सबल पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँका लघुकथाका पात्रहरू कर्तव्यपरायण रहेकोे उल्लेख गर्दै सिक्किमेली समाजमा रहेका प्राकसन्दर्भलाई लघुकथामा समावेश गर्नुभएको बताउनुभयो । साथै उत्कृष्ट शब्द चयन र मानवेतर पात्रको प्रयोग लोभलाग्दो रहेकोे बताउनुभयो । सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै परिचर्चाकार डा. चालिसेले ‘लघुकथाको शीर्षकमा अङ्ग्रेजी शब्दको प्रयोग नगरिदिएको भए सुनमा सुगन्ध हुने थियोे’ भन्नुभयो ।
कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘च्यातिएको जुत्ता’ का कृतिकार हेमराज अधिकारीले समीक्षकहरूबाट आफ्नो कृतिमा त्यति आलोचना नआएकोमा खुसी व्यक्त गर्दै आएका आलोचना/सुझावलाई ग्रहण गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यकारहरू त्रिपुरा पोखरेल खरेल, डा.पारसमणि दंगाल, चक्रपाणि भट्टराई, महेश प्रसाईले शुभकामना मन्तव्य दिनुभएको थियोे । अन्तमा धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम निकै कठिनाइका बावजुद सफल भएको बताउनुभयो । ‘नेपालबाहिर रहनुहुने नेपाली भाषी स्रष्टाहरू नेपाली भाषामै लेख्नुहुन्छ, नेपाली भाषामा कटिबद्ध हुनुहुन्छ, हिन्दी भाषामा लेख्नुहुन्न । बरु हामी नेपालीहरू हिन्दी लगायत विदेशी भाषामा लेख्न लालायित हुने गर्दछौँ ।’ उहाँले भन्नुभयो । परिचर्चा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, कृतिकार लगायत कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरू, कार्यक्रम हेर्ने/सुन्ने दर्शक/श्रोता, सबैप्रति उहाँले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम प्रविधि ह्यान्डलिङ आयुष बडालले गर्नुभएको थियोे ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयउन्नपचासौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०९/१७
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४९[एकसय उनन्पचासौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१
शिरमा टोपी ढल्केको छ
विश्वले हेर्न पल्केको छ
शुभकामना छ आजको,
नेपालीपन झल्केको छ
आज पोशाक टल्केको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग :०२
शिरमा यो ढाकाटोपी लगाएको छ
आन्दोलनमा जेनजी भगाएको छ
अफ्नो संस्कार संस्कृति जगेडा राखौँ,
हाम्रो नेपाली पोसाक रमाएको छ
देश चन्द्र सूर्य झण्डा थमाएको छ।
✍️ वेदु न्यौपाने
पञ्चाङ्ग:०३
नेपालीको शिरकाे पोशाक टाेपी हाम्रो सदाकाल धीरकाे पाेशाक टाेपी हाम्रो नेपालीत्त्वकाे चिनारी विश्व आँगनीमा, स्वाभिमान हाे थिर पाेशाक टाेपी हाम्रो लागाए हुन्न पीर पाेशाक टाेपी हाम्रो । प्रद्युम्न चालिसे -भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०४ जताततै बम अनि बारुद पड्किएको सुनिन्छ खोइ!शान्ति सुरक्षा जहाँपनि खड्किएको सुनिन्छ हेल्मेट भित्रै पनि टाउको फुटिसक्यो दुनियाँको, नेपालीको भने ढाकाटोपीमै अड्किएको सुनिन्छ मुटु पनि हाम्रो ढाकाटोपीमै धड्किएको सुनिन्छ। -पशपती राई खोटाङ।
चित्रपट पञ्चाङ्ग-०५ अक्षर-१५
नेपालको शान ढाकाटोपी भनेर मानौँ संस्कृतिको जगेर्नामा सभ्य बनेर मानौँ हो नेपालीले बुझ्नु पर्छ हाम्रो पहिचान, सिमानामा किल्ला गाड्नलाई खनेर जानौँ अैाँलाले भ्याए जति संस्कार गनेर जानौँ।