साताका तीन लघुकथा हिमालयन दृष्टि अनलाइन पत्रिकामार्फत सञ्चालित एक नियमित स्तम्भ हो । नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित गरिएका लघुकथाहरू मध्येबाट उत्कृष्ट तीन लघुकथा छ्नोट गरी प्राप्त हुन आएका लघुकथाहरू यहाँ प्रकाशन गर्ने गरिन्छ । यस साता प्रकाशित हुने लघुकथाहरूमा लघुकथाकार टङ्कबहादुर आलेमगरको ‘मुसो’, लघुकथाकार म्यामराज राईको ‘एक घुट्को’ र लघुकथाकार ज्यो.नानी बिवुको ‘जिम्मेवारी बोध’ रहेका छन् ।
१. लघुकथा : एक घुट्को
✍️ म्यामराज राई प्रशान्त महासागर चुपचाप बसिरहेथ्यो । त्यसको बिच भागमा शान्तिवाटिका बनेको थियो । मानौँ, गौतम बुद्धको भूमि हो । चारैदिशा प्रशस्त मनोरम दृश्य हेर्न मिल्थ्यो । सुन्दर दृश्यावलोकन स्थल बन्यो । हरेक दिन हजारौँको सङ्ख्यामा बाह्य तथा आन्तरिक पर्यटकहरू झुमिन्थे । शहरको कोलाहलबाट बच्न तथा जागिर जीवनको तनाव कम गर्दै पारिवारिक माहौलमा खुसी साट्न पुग्थे । कोण – कोणबाट फोटो खिँच्नेहरू थिए । आ-आफू खिँच्थे । एक अर्काको खिँच्थे । त्यहाँ सामाजिक सञ्जालमा सबै प्रयोग भइरहेथे । मनु र धनु पनि छिल्लिॅंदै एक अर्कामा पालैपालो तथा सामूहिक रूपमा टिकटकमा व्यस्त थिए । आँखाले प्राकृतिक दृश्यहरू कैद गर्नुभन्दा पनि उनीहरू मोबाइलकै सहारा लिइरहे । पर्याप्त टिकटक बनाइसकेपछि फोटो लिनतिर लागे ।
“खिँच्दे त ।” धनुले आफ्नो मोबाइल मनुतिर तेर्साइन् । “पहिले मेरो ।” मनुले अघि नै मोबाइल तेर्साइसकेकी थिइन् । शान्तिवाटिकाले मुसुमुसु मुस्कुराउॅंदै बोल्यो, “पालैपालो खिँच्दा पनि त भयो ।”
“चुपलाग, अघि त्यत्रो टिकटक अगाडि खिँचिदिएँ ।” धनुले उग्र स्वर ओकलिन् । “ए, बाबा ! एउटा खिँच्दे न मेरो । त्यसपछि तॅंलाई अघाञ्जेल खिँचिदिउॅंला ।” मनु पनि हार्न मानिनन् ।
अब दुवैले बुद्धको भूमिमा पाण्डव र कौरवहरूको महाभारत सिर्जना गरिछाडे । अचानक दुवैको हातबाट दुवैको आइफोन चिप्लियो । महासागरले पनि पानी सरह दुई ओटै आइफोनहरू एकै घुट्कोमा निलिदियो ।
त्रियुगा नगरपालिका -११, संगम टाेल उदयपुर, १ नम्बर प्रदेश
३. लघुकथा : जिम्मेवारी बोध
न
✍️ ज्यो. नानी बिवु
डिसेम्बर तीन तारिख अपाङ्गता दिवस । नगरपालिकामा आज भव्य कार्यक्रम थियो तर आफूलाई साङ्ग ठान्ने मानसिक अपाङ्गहरुको उपस्थिति कमै हुनेछ । साङ्गलाई निमन्त्रणा नगरेको होइन । धेरै घरमा उपस्थितिको लागि अनुरोध गर्दै निमन्त्रणा कार्ड दिॅंदै गर्दा मान्छेहरुको कुरा गराइ र अनुहारले मैले अनुमान लगाइसकेको थिएँ । मेरै घरबाट पनि उक्त कार्यक्रममा उपस्थित हुन अरूलाई फुर्सद भएन र म एक्लै जाँदै थिएँ ।
“कहाँ जान लागेकी नानी ?” बाटोमा एक जना आमाले सोधिहाल्नु भयो । उहाँको छोरी पनि अपाङ्ग हुनुहुन्थ्यो । म हतारमा थिएँ ढिलो नगरी आफ्नो गन्तव्य भन्दै “हजुरहरु जाने होइन?” सोधिहालेँ । मेरो घरका सदस्यलाई जस्तै उहाँहरूलाई पनि फुर्सद रहेनछ । बरु आफ्नी छोरी मेरै जिम्मा लगाएर पठाउनुभयो । उहाँ दिदीलाई भने उक्त कार्यक्रममा जाने मन रहेछ । खुसी हुँदै मेरो साथ आइहाल्नु भयो । हामी गन्तव्यतर्फ अगाडि बढ्यौँ । मेरो न्यूनदृष्टिको समस्या अनि उहाँमा वाणीको समस्या । उहाँले मेरो कुरा कतिको बुझ्नुहुन्थ्यो थाहा थिएन तर मलाई उहाँको कुरा बुझ्न गाह्रो भइरहेको थियो । उहाँ मेरो हात समाउँदै आफ्नो भाषामा मसँग कुरा गर्दै हिँडिरहनुभएको थियो । मैले पनि बुझेसम्मको उत्तर फर्काउने प्रयास गरिरहेको थिएँ ।
उहाँलाई साथ लिएर गन्तव्यतर्फ अगाडि बढ्दै गर्दा जति पाइला अघि बढ्छन् उति मनमा कता कता डर पलाइरहेको थियो । जिम्मेवारी थपिएको महसुस भइरहेको थियो । अलिकति अगाडि पुग्दा एउटा अटोले हामीलाई उछिनेर गयो । अटो कटेपछि उहाँले मलाई अलि छेउ छेउबाट हिॅंड्न सङ्केत गर्दै मलाई छेउपट्टि हिँड्न लगाएर आफू सडकपट्टि सर्नुभयो । उहाँको यो व्यवहारले मलाई एकदमै छोयो अनि अघिसम्मको डर पनि एकाएक हट्यो र मन खुशी भयो किनकि मलाई जस्तै जिम्मेवारी बोध र डर त आखिर उहाँलाई पनि त रहेछ ।
पञ्चाङ्ग चित्रपट भाग :- २५ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/०९/२१गते
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २५[पच्चिसौँ] चित्रपटमा छौं। यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
बाटोदेखि बाटो पारी नजिकैको ठाम हेर । खोलादेखि नालासम्म देखिने गाम हेर । पहाडको बिचोबिच कलकल गर्ने खोला , वरिपरि हरियाली टुरिष्टको डाम हरे । नेपालकै पोखरा हेमजा फेंदी नाम हेर ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
सेती नदी किनारमा स्वर्ग जस्तो गाउँ राम्रो। जता हेरूँ सुन्दरै छ जहाँ जहाँ जाऊँ राम्रो। सुन जस्तै झुलेका छन् लहलह धान बाला , धर्तीभरि खोजी मैले अन्त कहाँ पाऊँ राम्रो। बाटोघाटो हरियाली हेम्जा फेदी ठाउँ राम्रो।
✍️श्रीकृष्ण शर्मा, पोखरा । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [०३]
देख्दा नदी पुगेर हिँड्दा बाटो पो रहेछ। छेउछाउ रूख उम्रने माटो पो रहेछ। म टाढा छु टाढै बाट सलामी छ मेरो , घोडा दौडने गोरेटोको साटो पो रहेछ। हाम्रै आँगन मकैबारी पाटो पो रहेछ।
✍️होम प्रसाद नेउपाने, धरान सुनसरी । …………………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
लोभलाग्दो चिरिच्याट्ट कति राम्रो गाम हेर। पर्यटक नै मख्ख पार्ने सुन्दर ठाम हेर। लाग्छ यति सुन्दर स्थल अर्को छैन धर्तीमा, अझै मनोहर देखिन्छ रे लाग्दा घाम हेर। स्वर्गकै अमोल टुक्रा हेम्जा फेदी नाम हेर ।
आहा! कति राम्रो सुन्दर ठाउँ पोखरा। हेर्दै लोभ लाग्दो घुम्न जाऊँ पोखरा। वरीपरी तालतलैया छ बाटोघाटो, सुनौ सुनौ लाग्ने सुन्दर नाउँ पोखरा। वर्षको एक चोटि कसै धाँउ पोखरा।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [०६] [०१] मनमोहक दृश्य यि रमणिय गाउँ छ । सौन्दर्यले आनन्द हेमजा फेंदी नाउँ छ । पहेंलै पाकेका छन् धानका बाली खेतमा, रङ्गी चङ्गी घर हेर कति राम्रो ठाउँ छ । अमृत झैँ बग्ने खोला अन्त कहाँ पाउँ छ। [०२] कति धेरै सुन्दर हेम्जाफेदी गाउँ रैछ । जान मन लाग्यो नी घुम्नै पर्ने ठाउँ रैछ । एकातिर बाटोछ त अर्कोतिर खोला छ, रङ्गी चङ्गी घर हरु हेर्नैपर्छ जाऊंँ रैछ । चिसो पानी लाग्ने धान मिठो छ खाऊंँ रैछ।
✍️सरिता सेढाई , चरौँदी धादिङ । ……………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
देशको लागि फेरिने सास राम्रो । ढिँडो अनि गुन्द्रुकको गाँस राम्रो । लेक बेसी पहराको सौम्य दृश्य, आफ्नै यो गाउँघरको बास राम्रो । प्राकृतिक सुन्दरता खास राम्रो ।
✍️आर्त अकुलीन, कैलाली । ……………………………………………
चित्रपट पञ्चाङ्ग [०८]
चटक्कै परेको हिमालमा बसेको छ हाम्रो पोखरा। लहरै बस्तीमा जाडो गर्मी पसेको छ हाम्रो पोखरा । पर्यटकहरु भिडभाड सधै भइरहन्छ यहाँ, शहर र बजारले भाउ कसेको छ हाम्रो पोखरा। असल खराब मानचित्र घसेको छ हाम्रो पोखरा ।
✍️अम्विका अधिकारी, झापा विर्तामोड । ………………………………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
राम्रो पोखराको हेमजा फेंदी ठाउँ लाग्यो। मन लोभायो त्यहांँ आफै जाउंँ जाउंँ लाग्यो। हाम्रो देशको यो हो स्वर्गतुल्य मध्य स्थान, जीवन बित्यो न गई दर्शन पाउंँ लाग्यो। बाटो र खोलाको बिच शुन्दर गाउँ लाग्यो।
✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ……………………………………………
चित्रपट पञ्चाङ्ग [१०]
सडक बाटो पुगेको घेरेको नदीनालाले ठाउँ राम्रो छोडेर नजाऊँ कतै लोभलाग्दो भरिपूर्ण गाउँ राम्रो उपल्लो दर्जाको परिदृश्य नभेटिएला सायद कतै आऊ साथीसङ्गी जम्मा भई घुमफिर गर्न जाउँ राम्रो भरपूर मनोरञ्जन लिई मनमा राख्न पाउँ राम्रो ।
विश्व मानचित्रमा कसेको छ हेमजा फेंदीमा। सौन्दर्यता रमाइ बसेको छ हेमजा फेंदीमा। प्रकृतिलाई हेर्नलाई विदेशी पाहुनाहरू , पर्यटकले हेर्न पसेको छ हेमजा फेंदीमा। इन्द्रेणीको रङ्गले घसेको छ हेमजा फेंदीमा।
✍️कला ढकाल, झापा । ………………………………………………………
चित्रपट पञ्चाङ्ग [१२]
खाेली छेउ जगमग छ नि एक गाउँ । हेमजा फेदी पाेखरा हाे नि त्यस्काे नाउँ । मनाेरञ्जन साथमा ज्ञान बढाउन , साथी सँगी मिली हामी घुम्नलाई जाऊँ। साँच्चै अर्को छैन त्यस्तो मनाेहर ठाउँ ।
सलसल नदि बग्ने छेउमा गाउँ जस्तो । सडक पनि मजाको मस्तिको ठाउँ जस्तो। अव सब सुविधाले पोखरा फेदी हेर , सकल घर मजाका हेर्न पो जाऊँ जस्तो । नभनि फल टिपेरै आफु नै खाऊँ जस्तो ।
✍️गुणनिधि घिमिरे, अमेरिका । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
हेम्जाको बाटो हेर्दैमा राम्रो ऑऔॅ कि घुमेर। पोखरा हुॅदै बाग्लुङसम्म जाऔॅ कि घुमेर। जति नै हेर्यो त्यति नै राम्रो चर्चित बाटो यो, याम्दीमा बसी ट्राउट माछा खाऔॅ कि घुमेर। कुस्मामा पुगी पिरती मिठो लाऔॅ कि घुमेर।
✍️घनश्याम पौडेल, पोखरा । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [१५]
पाेखरामा सुन्दर कति राम्रो ठाउँ छ। हेर्दा अानन्द लाग्ने अनगिन्ती गाउँ छ। पर्यटन लाेभ्याउने हाम्रो नेपालमा, सुन्दर नगरी हेमजा फेदी नाउँ छ। व्यवसायीलाई तिनै ठाउँकाे भाउ छ।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
पोखराको नजिकमै छ सुन्दर ठाउँ हेमजा। अप्सरा नि डुल्न आउने सुन्दर गाउँ हेमजा। मिहिनेती किसान बस्छन् यहाँ सजाउँछन् बारी, नेपालकै आलु फल्ने प्रसिद्ध छ नाउँ हेमजा। जसरी नि एकचोटी घुम्दै फिर्दै जाऊँ हेमजा!
✍️पशपती राई , खोटाङ्ग । ………………………………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
सबैभन्दा मनपर्ने सुन्दर ठाउँ पोखरा। हिमालको काखमा बसेको छ गाउँ पोखरा। कतै ओडार देवी देवताको मन्दिरहरू, ठूला ठूला छन् तालहरू को छ नाउँ पोखरा। आऊ न साथी घुम्नलाई हामी जाउँ पोखरा।
✍️कमला पाण्डे पराजुली, झापा चारआलि । …………………………………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
पहाडको फेदमा सुन्दर गाउँ रहेछ । सुन्दरताले छाँटिएको यो ठाउँ रहेछ। सपना हो कि विपना हो भन्नै नसकिने, यो गल्छी भइ बग्ने नदीको नाउँ रहेछ। सडकको पेटी आँखाको झैँ भाउँ रहेछ।
✍️धनमाया चौधरी, कैलाली । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
सुन्दर देस मेराे यहीँ हाे । उत्तम फेस मेराे यहीँ हाे। विदेशी लोभिए याे टुक्राेमा, छ खानी गेस मेरो यहीँ हाे । पुर्खाकाे शेष मेरो यहीँ हाे ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
कति राम्रो पोखरा सुन्दर गाउँ भएको। हेर्दा रमणीय ताल नदी ठाउँ भएको। हेर्दा स्वर्ग जस्तो भान भएको उज्यालो छ , व्यापार गर्नेलाई कसिलो भाउ भएको । त्यो सुन्दर नगरी हेमजा नाऊँ भएको।
नदी र सडकको बिचमा सुन्दर गाउँ लाग्याे । मननै लाेभ्याउँने घुमफिर गर्ने ठाउँ लाग्याे। हाम्राे देशमा धेरै छन् पर्यटक स्थलहरु, जता हेरेपनि हेराैँ लाग्ने मनमा जाऊँ लाग्याे। स्वर्गकाे एक टुक्रा हाे याे अन्त कहाँ पाऊँ लाग्याे।
✍️उर्मिला के.शी. , धनकुटा। …………………………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
धेरै नै प्रभावशाली प्रकृतिको काख भेटियो। हेमजामा लुकेको सुन्दरताको लाख भेटियो। हेरेर नअघाउने पोखराको हेमजा फेंदी, विशेष दृष्टिकोणमा विश्वस्तको चाख भेटियो। प्रमाणित सम्बन्ध यो जीवनको साख भेटियो।
मनै मोहित बनाउने हेर न हेम्जा। यस्ता सुन्दर ठाउँ घुम फेर न हेम्जा। कलकल बगेको पानी र जङ्गल हरियो वन जङ्गलले घेर न हेम्जा। लेखक आफ्ना शब्दमा केर न हेम्जा।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ……………………………………………
चित्रपट पञ्चाङ्ग [२४]
नेपालकै सुन्दर सहर लाग्छ पोखरा । घुम्न सधैं भरि नै रहर लाग्छ पोखरा । प्रकृतिले अनुपम उपहार दिएको , बिर्सन नै नहुने ठहर लाग्छ पोखरा । पर्यटकोहरूको लहर लाग्छ पोखरा ।
चित्रपट पञ्चाङ्ग [२५] [०१] सुन्दर हराभरा ठाउँ राम्रो। सुन्दा खेरि आन्दकाे नाउँ राम्रो। हाम्रो मन मुटुमा छ पाेखरा, हरियाली सुन्दर गाउँ राम्रो। आन्दकाे लाग्ने त्यहाँ घाम राम्रो। [०२] हाम्रो याे देशकाे सास हाे पाेखरा। विभिन्न खानाकाे गाँस हाे पाेखरा। राम्रो हराभरा हरियाली बस्ती, पर्यटककाे नै बास हाे पाेखरा। सुन्दरताले हाम्रो खास हाे पाेखरा।
✍️सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही। …………………………………………………………
चित्रपट पञ्चाङ्ग [२६]
पोखरा प्राकृतिक सुन्दर ठाउँ हो । घुम्न लायक दुबै शहर गाउँ हो । नेपालको पर्यटक नगरी हाम्रो , सबैमिली एकचोटि हामी जाऊँ हो । पोखराको हेमजा फेदी यो नाउँ हो।
बल्ल जीवनमा जुनेली रात भेटियो । खुशीले भन्दैछ न्यानो हात भेटियो । कति हिँडीयो राग विरागमा डुबेर , अन्त्यमा मन बुझ्दिने जात भेटियो । निश्चिन्त पेटभरि खान भात भेटियो ।
नेपाली धरणी सुयोग्य गतिलो पाएर खै के भयो । खोजी शान्ति विकासका पलहरु पर्खी सँधै रुन्छ यो ।। अर्को चन्द्र जितेर सोच्छ कहिले पुग्ने भनी मङ्गल । खुट्टा तान्न पछार्न मात्र कसियौं खै एकताको बल ।।
चल्दै सृष्टि हिमाल शैल चुचुरा भेट्यौ सफा झल्मल । छन् भण्डार जडीबुटी खनिजका पग्लेर बग्छन् जल ।। लाग्दा घाम सँधै विहान पखमै हुन्छन् चुली झल्झल । होस् आकर्षण विश्व पर्यटकमा खै एकताको बल ।।
डाँडा खोँच गरा र खेत हरिया भेटने पहाडी जग । धेरै ताल नदी सलल्ल झरना छन् श्रोतले जग्मग ।। बोक्छन् धेर पहाडले विविधता लाग्नेछ देवस्थल । यस्तो राष्ट्र उठोस् उठाउन भनी खै एकताको बल ।।
चौडा फाँट मधेशका सब गरा खाद्यान्नले टन्न छन् । हात्ती बाघ बँदेल बाँदर तथा गैँडा यहीँ चर्दछन् ।। नाच्छन् नाच मयूरले छमछमी बाक्ला घना जङ्गल । खोजे के रहँदैन यो मुलुकमा खै एकताको बल ।।
क्षेत्री व्राह्मण वैश्य शुद्र गनियौं बाँड्दैगयौं जातमा। बाँडिन्छौं अझ राजनीति दलकै बोकेर स्वार्थीपना ।। स्वार्थी बेस्कन बन्दछौ यदि भने झर्छौं अझै झन् तल । नेपालीपन बर्सिएर झरियो खै एकताको बल ।।
धर्ती शान्त सजाउने मन भए जागेर उठ्नोस् सब । तन्नेरी वय फाल्नुछैन गतिलो गर्ने गरौं सम्भव । लागौं हात समाउँदै प्रगतिमा मिल्नेछ मीठो फल ।। पाई सुन्दर स्वर्ग नर्क हुन गो खै एकताको बल ।।
उदक यात्री पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”का उत्कृष्ट उदकहरू- १ अनमिका सुन्दर चित्र प्रतिभाको अनेक चरित्र ! २ उदक साहित्यको पाटो सत्मार्गको मुख्य बाटो ! ३ मनुष्य नियत खराब देखियो विशाल प्रभाव ! ४ गुराँस छरेर रङ्ग पर्दछु म दङ्ग ! ५ जिन्दगी एक बारको किन देखाउँछन् हारको ! ६ राजनीति शत्रुता नहुने कस्तो गजबको रिति ! ७ धर्ती समान व्यवहार सारा दुनियाँ प्रति ! ८ आकास निलो रङ्ग सम्बन्ध बढोस् झन् ! ९ भगवान मानिसको आस्था स्वच्छ सुन्दर नाता ! १० मानिस बुद्धिमान प्राणी अनेकौँ सोचको बानी !
–पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३काभ्रे
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६६ औँ शृङ्खला यही पौष १६ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ७० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६६औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
[४३] दुई हातमा लड्डु थियोे, खोज्यौ मुखले टिप्न अंश वंश सबै गुमाएर , सकेनौं कोही छिप्न । 🌑रेनुका मरासिनी अर्घाखाँची
[४४] कालो गए गोरो आउँछ, गोरो गए कालो, कति एक्लै खानु मैले, अब उसको पालो । 🌑प्रदीप के रिमाल इटहरी, सुनसरी।
[४५] लोभले लाभ लाभले त विलाप भइदियो, मेरै भाग भनेको त अर्कैतिर गइदियो । 🌑जमुना आचार्य सिन्धुपाल्चोक
[४६] उता खुसी बनाउन खोजे यता भयो विलाप, यस्तै यस्तै हुँदो रहेछ कि पुन: मेलमिलाप । 🌑रबि श्रेष्ठ सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल
[४७] खाँदाखाँदै पस्किएको भाग हरायो, कठै ! छट्टु स्याल देखी बाघ डरायो । 🌑बाबुराम गौतम गुल्मी
[४८] अझै केही हुन्छ कि भनेर म भित्री खेल खेल्दैछु, बुद्धिको भाडोमा बिर्को लाग्दा आज यो दिन झेल्दैछु। 🌑मन्दिरा सेढाई मलेखु,धादिङ
[४९] जति थैला टाले पनि नचुहिने हैन, लोभको भाँडो केही गर्दा नि भरिदैन । 🌑बिबस पारदर्शी भक्तपुर -७/
[५०] आँखाहरू गई लोभ लालचमा बस्यो, भुइँको टिप्न जाँदा पोल्टाको पनि खस्यो । 🌑हिमा रोका मेहेलकुना सुर्खेत
[५१] न त पाइयो नैतिकता, न त इमानदारी, कार्यकर्ता अन्धा नै भए, छैन खबरदारी । 🌑रामप्रसाद बेल्बासे ‘एक्लो यात्री’ शीतगङ्गा -५, अर्घाखाँची हाल : बुद्धभूमि -३, कपिलवस्तु।
[५२] जति धन भए नि नपुगेकाे मानिसलाई कहिल्यै, उमेर पुगिसक्दा पनि पैसाको पछि लाग्छन् जहिल्यै । 🌑शाेभा आचार्य गाैतम काठमाडौँ
[५३] पैसा भन्दा बेच्न लागे प्रतिष्ठा नै पनि, नेता होडबाजि गर्छन् को बन्ने हो धनी । 🌑घनश्याम बराल
[६४] आसेपासेको भर परी सबतिर लोभ गर्नेको यस्तै हालत हुन्छ, मुखमा आएको गाँस खान सकिएन नि भन्दै अब धुरुधुरु रुन्छ। 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
[६५] खुड्किलाहरू पार गर्दै गर्दै विजयी हुँदै गएँ, आफ्नै बुद्धि नपुगेर न यताको न उताको भएँ । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[६६] लोभले लाभ लाभले विलाप, नेपालीको टुक्कै महान, पाकेको खीर छताछुल्लै भो, भोकै रहे घरका जहान । 🌑यामनाथ आचार्य पर्वत
[६७] खान्न खान्न लाेकाचार भित्रभित्र पाेका पार, एकाएक भागेर गयाे हिजाेकाे मित्र यार । 🌑प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
[६८] धेरै भाग आफूले मात्रै खान खाेज्दा, माछाे माछाे भ्यागुताे भयाे सवै राेज्दा । 🌑उर्मिला के.शी. धनकुटा
[६९] अर्काकाे लाेभ गरी मानवलाई कति पुग्छ हाेला, लाेभ गरेर के नै पाे लानु छ र मरिजाने चाेला। 🌑सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[७०] बसेको थिएँ विजयोन्मादको अहमता साँचेर भाग खोसेर लग्यो अर्कैले मेरो ढाडै पो भाँचेर । 🌑रचना मोक्तान “यात्री” नमोबुद्ध न. पा. -५, काभ्रे ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २५ [पचिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०९/१९ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- ——- गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
टोपी दिवस …………… नेपाली राष्ट्रिय पोशाकको अभिन्न अङ्ग शिरको टोपीको बारेमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ ।
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना ……………………
✍️नेपालीकाे शिरमा ढाका टाेपी शान बढ्छ [०१] ✍️ढाका टाेपी लगाइ सभा बस्दा मान बढ्छ [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
✍️विश्वमा चिनाउने नेपालीको पहिचान [०३] ………………………………………………………………… ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
💢शाेभा आचार्य गाैतम, काठमाडौँ । ……………………………………………………
पञ्चाङ्गहरू ………………………………………………
पञ्चाङ्ग [०१] [०१] नेपालीकाे शिरमा ढाका टाेपी शान बढछ। ढाका टाेपी लगाई सभा बस्दा मान बढछ। विश्वमा चिनाउने नेपालीको पहिचान, लागाएको त्यो टाेपीले रक्षाकाे भान बढछ। व्यवसायी व्यापारमा खुसीको तान बढछ। [०२] दाजुभाइकाे त्यो शिरमा ढल्कियाे टाेपी। नेपाली संस्कार, संँस्कृति छल्कियाे टाेपी। विश्वमा चिनाउने नेपाली चिनारी हाे, उच्च शिर राख्दै त्यो ढाका झल्कियाे टाेपी। नेपालीलाई सुहाउने टल्कियाे टाेपी।
✍️💢शाेभा आचार्य गाैतम, काठमाडौँ । …………………………………………………
पञ्चाङ्ग [०२]
ढाका टोपी नेपालीको सान हो साथी । लगाएपछि टोपीकै मान हो साथी । सगरमाथा जस्तै उच्च शिर छ हाम्रो , स्वभिमान बढाएको भान हो साथी । नेपाली निर्मित श्रोत खान हो साथी ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ……………………………………………
पञ्चाङ्ग [०३]
शिरमा मेरो ढाका टोपी नेपाली सान हो । गौरव गाथा बोकेको इज्जत र मान हो । वीरको चिनो रक्तको टाटो मैलो नठान , सगरमाथा झैँ अग्लो ईश्वरीय थान हो । टोपी हाम्रो पहिचान र पुर्खाको दान हो ।
💢पुष्पा नेपाल(सुवेदी), इलाम । ………………………………………………
पञ्चाङ्ग [०४]
सगरमाथा सरि उच्च सान हाम्रो टोपी । अग्लो शिरमा कैलाशकै भान हाम्रो टोपी । हिमालको चिसो पानी पिई आगो ओगल्ने , वीरताको गाथा महिमा गान हाम्रो टोपी। कहिल्यै झुक्न नजानेको मान हाम्रो टोपी ।
💢श्रीकृष्ण शर्मा, पोखरा । ………………………………………………
पञ्चाङ्ग [०५]
आँटेका कुरा गर्दिन्छु पूरा भन्दछन् दैवले। नसुने पूरा क्यै छैनन् कुरा भन्दछन् दैवले। मारेर ताली ठोक्दै ताली हुँदैन केही काम, भए नि लुरा बन्नु है सुरा भन्दछन् दैवले। मिल्काई छुरा निकाल चुरा भन्दछन् दैवले।
💢घनश्याम पौडेल,पोखरा । ……………………………………………………
पञ्चाङ्ग [०६]
लगाएर ढाका टोपी, सान बढ्छ नेपालीको । संसारभर सर्वत्र, मान बढ्छ नेपालीको । संँस्कृति र सभ्यताको, हुन जान्छ संरक्षण, जताततै विश्वभर, गान बढ्छ नेपालीको । सिक्न मिल्छ अवसर, ज्ञान बढ्छ नेपालीको ।
✍️💢वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ । ……………………………………………………………
पञ्चाङ्ग [०७]
संँस्कृतिको मान मेरो ढाका टोपी । सभ्यताको जान मेरो ढाका टोपी । कहिले नझुक्ने सगरमाथा झैँ, नेपालीको शान मेरो ढाका टोपी । वीरताको गान मेरो ढाका टोपी ।
💢आर्त अकुलीन, कैलाली । ………………………………………………
पञ्चाङ्ग [०८]
नभुलौं लगाउन नेपालीले शिरमा टोपी। उकालो चढिरहँदा नखसोस् भिरमा टोपी। नेपाली टोपी नेपालको चिनारी हो मौलिक उत्साह बढाउन अडिरहोस् थिरमा टोपी। साथ नै रहोस् देशका हरेक पीरमा टोपी।
💢रचना शर्मा प्रतीक्षा, ललितपुर । ………………………………………………
पञ्चाङ्ग [०९]
नेपालीको ढाका टोपी ढल्काउँदै हिँडे। राष्ट्रिय पोसाक सबै टल्काउँदै हिँडे। स्वाभिमानी बन्नुपर्छ अब भने हामी, विदेशको टाई सुट झल्काउँदै हिँडे। आफ्नो मुद्रा झन् बाहिर पल्काउँदै हिँडे।
💢भगवती दवाडी ,झापा । ………………………………………………
पञ्चाङ्ग [१०]
हामी बाह्रै महिना टोपी लगाउछौँ सँधै टोपी दिवस । टोपीकै आडमा दुष्मन भगाउछौँ सँधै टोपी दिवस । टाढैबाट नेपाली भनी दङ्गाउँछौँ हाम्रो टोपीले भने, नेपालको सान र मान जगाउछौँ सँधै टोपी दिवश। शिरको टोपीले संसार रङ्गाउछौँ सधैँ टोपी दिवस।
💢मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार बिर्तामोड झापा । …………………………………………………………
पञ्चाङ्ग [११]
नेपालीको ढाका टोपी ढल्क्यो शिरैमा। विदेशीको आँखा पनि झल्क्यो शिरैमा। हेर्दा राम्रो देखिने नेपाली भनी चिन्ने , आहा कस्तो राम्रो भनि छल्क्यो शिरैमा। मधेशी पहाडीको टल्कियो शिरैमा।
💢सरस्वती श्रेष्ठ , इटहरी । ……………………………………………
पञ्चाङ्ग [१२]
देश नेपालको पहिचान हाम्रो शिरको टोपी। बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई भिरको टोपी। सबैले माया गरौ इज्ज्यत दिऊँ सदा सर्वदा, असली नेपाली हो मान प्रतिष्ठा चीरको टोपी। दौरा सुरुवाल ढाका ढल्काउने वीरको टोपी।
💢अम्विका अधिकारी, झापा विर्तामोड । …………………………………………………
पञ्चाङ्ग [१३]
आफ्नो राष्ट्रियता खोज्न अन्तैतिर धाउनु पर्छ अचेल। अर्काको देशमा आफ्नो देशभक्ति गाउनु पर्छ अचेल। एकछिन टोपी नलाउँदा त सिर्कना हान्नु हुन्थ्यो बाले, एकछिन टोपी लाउन दिवस आउनु पर्छ अचेल। मुखले मात्रै पो एकताको नारा लाउनु पर्छ अचेल।
💢पशपती राई, खोटाङ । ……………………………………………………………
पञ्चाङ्ग [१४]
नेपाल हाम्राे विश्वमा राम्राे मल्कँदै नेपाली। सगरमाथा झलल श्वेत टल्कँदै नेपाली। सम्पदा हाम्राे प्रकृति रम्य समग्र विश्वकाे, उर्वरा माटाे पहिचानमा पल्कँदै नेपाली। टाेपी छ शिर चिनारी स्थिर ढल्कँदै नेपाली।
💢सुरेश चन्द्र घिमिरे, लमजुङ । …………………………………………………
पञ्चाङ्ग [१५]
लगाउँदा राम्रो नेपालीको मान बढाउँछ । ढाका टाेपी नै हाे नेपालकाे सान बढाउँछ । राष्ट्रिय पाेशाक हामीले सम्मान गर्नुपर्छ, नेपाली हुनाकाे यहाँ हाम्रो भान बढाउँछ। स- सानालाइ संँस्कृतिको याे ज्ञान बढाउँछ ।
💢सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही । …………………………………………………………
पञ्चाङ्ग [१६]
(पञ्चाङ्ग दोश्रो प्रयास )
हजुरहरुबाट टाढा भएर पल-पल रुवाउने कुनै चाह छैन। कसम न त कुनै बाहाना छ मसँग बाहना त कसैप्रति डाह छैन। घरमा बुवाआमा रहुन्जेल मात्रै हो स्वतन्त्रले ढुकढुकी चल्ने, त्यसपछि त सासले पनि कतिखेर साथ छोड्छ थाह छैन। अब मानेन मनले अन्तै जान त्यो बाहेक अर्को कुनै चाह छैन।
✍️💢मनकी साथी [निस्मा चौधरी ) …………………………………………………………………
पञ्चाङ्ग [१७]
ढाका टाेपी नेपालीको अनि छान राम्रो । सगरमाथा शिर झैँ उच्च सान राम्रो । दौरा सुरुवाल काेट माथी ढाका टाेपी , नेपालीको पोशाक गरौंँ है मान राम्रो । राष्ट्रियता जोगाउन गरौंँ दान राम्रो ।
💢तारा घिमिरे स्वेच्छा, सङ्खुवा सभा । …………………………………………………
पञ्चाङ्ग [१८]
ढल्काउँदा ढाका टोपी मान सबै पाए जस्तो। टल्काउँदा शिखर झै शान सबै पाए जस्तो। शिरको स्वाभाव मुटुभित्र सजाएर दिन्छ, झल्काउँदा ज्योति छरि भान सबै पाए जस्तो। पल्काउँदा शिरको टोपी गान सबै पाए जस्तो।
हिमाल झैँ अग्लो शिरमा टल्किन्छ ढाकाटोपी। नेपाली पहिचान हाम्रो झल्किन्छ ढाकाटोपी। भुल्नु हुँदैन अब हामी पश्चिमी संस्कारमा, कपालभरी रङ्ग देख्दा जल्किन्छ ढाकाटोपी। हाँस्दै झरना नदीसँगै छल्किन्छ ढाकाटोपी।
💢बिना रोका, दाङ। ………………………………………………………
पञ्चाङ्ग [२०]
लगाऊँ यो जीवन भरि टोपी सबैले । खडेरी वा परियो झरी टोपी सबैले । संसारभरि जोगाउँनुछ स्वाभिमान, शिर छोपौँ इज्जत गरी टोपी सबैले। नझुकौँ लगाऊँ नडरी टोपी सबैले।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ । …………………………………………………
पञ्चाङ्ग [२१]
सगरमाथा चिनाउँने नेपालीको मेरो टोपी । विश्वभरि नाम पाउने गोर्खालीको तेरो टोपी। आज मात्र हैन हामी सधैँ शिरमा टोपी लाऊँ, गरिब दुःखी भएपछि टुप्पी निस्क्यो घेरो टोपी । गाउँबेंँसी खोंँच मैदान लेकालीले फेरो टोपी ।
💢गुणनिधि घिमिरे, अमेरिका । ………………………………………………………
पञ्चाङ्ग [२२]
आँखामा नेपाली टोपी छाउँछ नेपालीले । टोपीले मान-सम्मान पाउँछ नेपालीले । नेपालीको टोपी जस्तै सगरमाथा नै हो , मान जोगाउन टोपी लाउँछ नेपालीले । ढाका टोपीको गित नै गाउँछ नेपालीले ।
💢जानुका गौतम, काठमाडौं । ………………………………………………
पञ्चाङ्ग [२३]
नेपालीको सान टोपी हो। लगाएमा मान टोपी हो। हाम्रै इज्जत राख्छ जानौँ, गर्न सकौँ दान टोपी हो। पाल्पालीको भान टोपी हो।
💢कला ढकाल, झापा । ……………………………………
पञ्चाङ्ग [२४]
मान-सम्मान बढाउँछ नेपालीको । उच्च शिखर चढाउँछ नेपालीको । पहिरन हाम्रो टोपी शिरको शोभा , आँखामा चित्र गढाउँछ नेपालीको। नैतिक पाठ पढाउँछ नेपालीको।
💢संगिता शर्मा , सिन्धुली । …………………………………………
पञ्चाङ्ग [२५]
माया जालको थोत्रो टोपीको घेरो नबनाऊँ । आउने जाने गर्छु बाटो लामो फेरो नबनाऊँ । जालहारीले जालै हान्दा टोपी खस्यो पानीमा , बुन्दै जाँदा लागाउने तेरो मेरो नबनाऊँ। आँखाले हेर्न नमिल्ने त्यस्तो डेरो नबनाऊँ ।
💢गिता रिजाल, धरान । ………………………………………………
पञ्चाङ्ग [२६]
सगरमाथा झैं अटल रहने मान हाम्रो। बहादुरी वीर यहाँको चिनारी भान हाम्रो। भेष भुषा संँस्कृति संसारमा छगजवकाे , कतै झुक्दै नझुक्ने शिरकाे टाेपी सान हाम्रो । प्याराे लाग्छ नेपालीको भाषा भेष गान हाम्राे।
💢उर्मिला के.शी., धनकुटा । ……………………………………………………………
पञ्चाङ्ग [२७]
नेपालीको पहिचान शिरमा ढाका टोपी राखौँ। पखेरीमा गिताउंँछन् भिरमा भाका छोपी राखौँ। राष्ट्रियता बोकेको हाम्रो प्यारो पहिरन टोपी हो, देश विदेशमा चिनाउंँछ सिमा नाका गोपी राखौँ । विदेशीको पहिरन त्यागौँ आफ्नो खाका रोपी राखौँ ।
नेपालीको हरेक कुनामा टोपीको पहिचान गराऊँ। नसा नसामा माया गरेर टोपीको पहिचान गराऊँ। नेपालको सान अनि मान हो सगरमाथा जस्तो उच्च , मनको ढुक ढुकुटीबाट टोपीको पहिचान गराऊँ। पाहुनालाई सम्मानसाथ टोपीको पहिचान गराऊँ।
💢दुर्गा आचार्य, मोरङ । ………………………………………………………
पञ्चाङ्ग [२९]
टोपी लगाएर झिक्ने हो कि अड्याएर ठड्याउनु बेस। हिँड्दा त ठिकै हुन्छ निहुरिँदा कसरी अड्याउनु बेस। भारी बोक्दा नाम्लोले थिचिन्छ चेप्टिन्छ कतै झर्दैन पनि, हिँड्दा उफ्रिँदा सधैँ शिरमै कसोगरी गड्याउनु बेस। टोपी दिवस महत्त्व अरुबेला कहाँ गड्याइनु बेस।
💢होम प्रसाद नेउपाने, धरान,सुनसरी । ……………………………………………………………
पञ्चाङ्ग [३०]
ढाका टोपी शिरमा लगाई शान बढाऊ। यी तीन करोड नेपालीको मान बढाऊ। राष्ट्रिय भेष नेपालीको विश्व चिनाउने, दिदी टोपी बुन्ने मेसिनको तान बढाऊ। हाम्रो संस्कार संस्कृतिको ज्ञान बढाऊ
भेषभुषा नेपालीको जोगाइ राखौँ सदा । नेपालमा उत्पादन लगाई चाखौँ सदा । पहिचान राख्छ बढाउँछ गौरव हाम्रो , विश्व बीचमा नमुनाको खडा भाकौँ सदा। नेपाली उत्पादनहरू लिन डाकौँ सदा।
हामी सबै नेपालीमा यो शिरको टोपीले सान दिन्छ। तराई पहाडी मधेसी हिमाली सबैमा भान दिन्छ। हामी जहाँ भएनी ढाका टोपी हाम्रो पुर्खा पहिचान, अड्डा अदालत जाँदा टोपीको छुट्टै मान्य स्थान दिन्छ। नेपाली ढाका टोपीले हाम्रा पुर्खा हरूको मान दिन्छ।
शिरमा ढाका टोपी टल्केको छ। जाडोमा टोपी तिर पल्केको छ। नेपालीको शान ढाका टोपी हो, देख्दा नेपालीपन झल्केको छ। विदेशी नेपालतिर सल्केको छ।
💢सुशीला पौडेल । ………………………………………
पञ्चाङ्ग [३४]
पुर्खाको मानको लागि टोपी झल्काउनु पर्छ । नेपाली सबैले देखाउन पल्काउनु पर्छ । शिरको शोभा मात्र होइन हाम्रो पोशाक हो , ढाका टोपी लगाएर मन टल्पाउनु पर्छ । स्वदेशबाट विदेशसम्म सल्काउनु पर्छ ।
टोपीले सुन्दर बनाउँछ हेर्दा। नेपाली हो भनि जनाउँछ हेर्दा। जाडोमा बचाउँछ सबैलाई नै, नेपालीको पर्व मनाउँछ हेर्दा। टोपी माथि फूल खनाउँछ हेर्दा।
💢ह्यारिस …………………………………………
पञ्चाङ्ग [३६]
मेरो टोपीले हिमाल झल्काउँछ हेर। विदेशीलाई देशले पल्काउँछ हेर । नेपालको राष्ट्रिय पोषाक सान नै हो, शिरको टोपीले शिर टल्काउँछ हेर । विदेशीहरूले लोहिदै सल्काउँछ हेर।
💢मिराज लुइटेल, काठमाडौं । ………………………………………
पञ्चाङ्ग [३७] [०१] जवानीमा दामको महत्व छ। पेट पल्ट कामको महत्व छ। समयले जे माग्छ त्यही दिनु, बुढो हुँदा त्यो धामको महत्व छ। मर्ने बेला रामको महत्व छ। [०२] मान्छेेले सकेको काम गर्नु पर्छ। सुत्ने नभै खाटबाट झर्नु पर्छ । केही नगरेर गुजारा हुँदैन , हरेक ठाउँमा अघि सर्नु पर्छ । एकदिन सबैले नै मर्नु पर्छ ।
💢नवराज भट्ट, कञ्चनपुर । ………………………………………
पञ्चाङ्ग [३८]
शिरमा टोपी ढल्काएको राम्रो सुहाउँछ। आफ्नो संस्कृती झल्काएको राम्रो सुहाउँछ। ढाका टोपी त्यो शिरमा लगाएर त हेर, विदेशीलाई पल्काएको राम्रो सुहाउँछ । प्रीतिको आगो सल्काएको राम्रो सुहाउँछ।
काठमाडौ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६५ औँ शृङ्खला यही पौष ९ गते शनिबार सम्पन्न भएको थियो। अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ६५औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
बाहिर मात्र बुढो हजुर, भित्र लक्का जवान, हेर्नुस् सत्ता मेरै हातमा, यो मुलुकको कमान । ✍️वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] राजनीति र कुटनीतिलाई उमेरले हुन्न, सधैँ सत्ता मेरै हातमा बुढेसकालले छुन्न । 🌑ताराप्रसाद चापागाईँ धुनिबेसी ।
[२] देश बिग्रियोस् केको चिन्ता यस्ता बुढालाई, चुनाव जिताउने हामी उस्तै दाजुभाइ । 🌑हरि पराजुली
[३] देशको लागि नगर्नेे बुढा, कहिले युवा हुन्छ ? बेचिसक्यो युवाहरू, देश बेच्ने विचार बुन्छ। 🌑एवाइ प्रभात धनकुटा हाल मोरङ
[४] हिड्दा, डुल्दा, र बोल्दाखेरि बढे पनि सास, प्राण हुन्जेल मर्ने छैन, सत्ता छोप्ने आस । 🌑बाबुराम गौतम गुल्मी
[५] तन मात्रै बुढो हजुर, मन अझै सोर, नछाड्ने भरसक कुर्सी, हट्ने कहाँ हो र । 🌑बुद्धिमान दनुवार सुरुङ्गा ४ झापा
[६] हाँसी हाँसी नबोलीकन सत्ता आफ्नै हातमा लिएर बस्छु, भन्नेले बुढो भन्दै गर्छन् भारीकाभारी पैसा बोरामा कस्छु । 🌑अम्विका अधिकारी झापा विर्तामोड
[७] जित्न खाेज्ने आयाे भने छेकाराे हाल्छु ऐले, र्याल सिँगान चुहाउन अब छाड्छु मैले । 🌑धन कुमारी रेग्मी भरतपुर
[८] हाम्रो देशका सांसदहरूको हुन्न कुनै सिमा, देशलाई विकास गर्न लगाऔंं तीब्र गतिमा । 🌑कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[९] बाँचुञ्जेल कुर्सी रोक्नुभयो मलाई छाड्नु भैन, जे जे भनेपनि विजन उखान बाहेक छैन। 🌑सुरेशकुमार पान्डे दाङ घोराही १८
[१०] काम गर्ने बुद्धिले हो, बुद्धि बुढो हुँदैन, बुढापामा अनुभव हुन्छ उमेरले छुँदैन । 🌑अजय कुमार झा
[२८] धेरै नै बूढो भएँ म त कपाल सेतै फुल्यो, तर पनि युवा जोशमा कुर्सीमा मन भुल्यो । 🌑डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा.-६, दोलखा ।
[२९] अब युवा जागिसके तिम्रो जवान काम छैन, छक्कापन्जा गर्दै बल खोसे नि दीर्घायुको हैन। 🌑म्यामराज राई भोजपुर
[३०] तन्नेरीलाई पालो देऊ बुढो कति दाउनु, आराम नि गर्नु पर्छ बस्न घरमा आउनु । 🌑सरिता सेढाई धादिङ
[३१] भन्न पाइन्छ नसके नि गर्न, हेर बाँचुन्जेल, एकवर्ष धान्छौ यात धान्दैनौ, निको छैन खेल ? 🌑अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा
[३२] सत्ता हातमा आएपछि बूढो पनि जवान हुन्छ, सत्ता रापले पोलिएर तरुनीलाई पनि छुन्छ । 🌑दीपक ठटाल जलन,२४.१२.२२
[३३] यो बूढो भयो रङ्ग र गयो नभन है साथी, चुरिफुरी यिनकै बढी नजाउन्जेल माथि । 🌑कमला देवकोटा पाल्पा
[३४] बुढो साँढेले गाई ओगटेझैँ ओगटेर सत्ता, नखाँदा राम्रो र्याले काकाबाले साँसदको भत्ता । 🌑बिके माकजु भक्तपुर ।
[३५] मेरै राज हो राजनीति, मेरै हो पेवा, पहिला आफू अनि मात्र अरूको सेवा । 🌑प्रेम थापा “मन” बागलुङ
[३६] राजनीतिमा हिँडेपछि कामले कहिल्यै बुढाे हुन्न, उमेरले नेटाे काटे पनि राजनीतिमा हात धुन्न। 🌑राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ सङ्गम काेलाेनी भक्तपुर ।
[३८] जीवनपर्यन्त देश र जनता प्रेमी बन्नु, भ्रष्टाचारी उन्मुलन गर्न जरैदेखी खन्नु । 🌑भुपेन्द्र राना मगर धादिङ
[३९] बूढो कसलाई भनेको होला, म त अझै छु तन्नेरी यस्तो अब टन्न हसुरेर बनाउनु छ घर, दरबार जस्तो । 🌑राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[४०] भन्नेहरू भन जे जे , म नै राज्य थाम्छु, बोल्नेबेला खै के हुन्छ मात्र अलि काम्छु । 🌑भगवती दवाडी झापा
[४१] अब जनता जागिसके, छैन तिमीजस्ताको काम, हुन त जसले जित्यो, उसैले कमाउने हाे दाम । 🌑शर्मिला लामा सिन्धुपाल्चोक
[४२] छैनन् कोही लक्का जवान अघिअघि सर्ने, मै बुढोले घिस्रिएर शासन गर्नुपर्ने । 🌑होम प्रसाद नेउपाने धरान,सुनसरी ।
[४३] अहिले पनि उही हालत बूढाकै हुने भो शासन, युवा पिँढीले अझै पाएनन् माथिल्लो ठाउँको आसन । 🌑अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ हाल:-अमेरिका,बोस्टन।
[४४] उकाली बाटो ओराली झर्दै आखिर रमाए, स्वार्थमा लिप्त पुरानै बाटो सबैले समाए । 🌑आर्त अकुलीन कैलाली
[४५] बस्छु बजार पाल्छु भेडा गाेठ छ गाउँमा, मुख मिठ्याउँछन् भुरा कुर्सी चढ्ने नाउँमा । 🌑निरज कोइराला बेलका १ उदयपुर
[४६] उम्दा बहरहरू खाडितिर , डुक्रीनु पर्ने मै बूढो, झिँजा छेस्का एकछिन झिलिक्क, काम लाग्छ उही मुढो । 🌑टिकाराम पुन टिपु छत्रेश्वरि गाँउपालिका २ सल्यान
[४७] देश समाप्त पार्न लागे यिनीहरूले अब तके गर्नु , यी नेताहरूको मुखभरी मेरो तर्फबाट कुरा पर्नु! 🌑विक्रम तिरूवा सलिन जुम्ला
[४८] पिण्ड खाने बेलामा पनि युवाकै जस्तै फुर्ती, सत्ता र भत्ताको लोभमा, चपाउँदै छन् सुर्ती । 🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची, हाल : बुटवल, रुपन्देही, नेपाल !
[४९] माखो केही मार्नु छैन निरन्तर छ यहाँ शासन, लाज सरम पचाएर जमाइरहन्छन् आसन । 🌑त्रिलाेचन भण्डारी मेचीनगर, झापा
[५०] बोलिमा रहेन दम अनि सहारा लौरौ चाहिने, नेपालमा मात्र रहेछ यस्तो अवसर पाइने । 🌑शंकर कार्की थाहा ३ मकवानपुर।
[५१] जनताले पत्याउन छाडिसके, अब बुढाे भइयाे, सत्तामाेह त्यागिएन अझै फेरि संसदमा गइयाे। 🌑शाेभा अाचार्य गाैतम काठमाडौँ
[५२] बुढेसकालले केही हुन्न, व्यवहार बालापन, अहिले बामे सर्दैछु, उठ्छ सत्ता पाउँदा त मन। 🌑जमुना आचार्य सिन्धुपाल्चोक