• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

उपमेयर कप भलिबलको उपाधी पद्मोदयलाई, उपविजेता गोर्खा मा.वि.

  • १५ माघ २०७६, बुधबार ०९:०९ मा प्रकाशित
  • घोराही, १४ माघ
    घोराही उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप बिद्यालय स्तरिय छात्रा भलिबल प्रतियोगीताको उपाधि पद्मोदय पब्लिक नमुना माबि भरतपुरले जितेको छ ।

    पद्मोदयले गोर्खा माबि घोराहीलाई ३—१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । गएको पुस २७ गते देखि सुरु भएको भलिबल प्रतियोगीताको आज भरतपुर मैदानमा फाईनल खेल भएको हो ।

    गोर्खा र पद्मोदय विचमा भएको पहिलो खेलमा २५—१५, दोस्रो खेलमा पद्मोदय र गोर्खाको २५—१४, तेस्रोमा २५ — १८ र चौथो खेलमा २५ — १४ अंक ल्याउदै पद्मोदयले उपमेयर कप भलिवलको उपाधि जितेको छ ।

    प्रतियोगीतामा ज्ञानसिन्धु माबिलाई हराउँदै पद्मोदयले फाइनलको यात्रा गरेको थियो भने गोर्खाले माबि रझेनालाई हराउँदै फाइनलको यात्रा गरेको हो । प्रथम भएको पद्मोदयले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

    यस्तै दोस्रो भएको गोर्खा माबिले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् । विजेता र उपविजेतालाई भोली नगरको स्थापना दिवसमा पुरस्कार तथा शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    प्रतियोगितामा नगर भित्रमा मावि स्तरका १३ विद्यालयका छात्राहरु सहभागि भएका थिए । बिद्यालयस्तरबाटै छात्राहरुलाई भलिबलमा प्रोत्साहन गर्ने उदेश्यले यसबर्ष देखी भलिबल प्रतियोगीता आयोजना गरिएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिनुभएको छ ।

    यसैविच आज महिला जनप्रतिनिधी र महिला पत्रकारहरु बिच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । खेलमा जनप्रतिनिधी महिलाले जित हाँसिल गरेका छन् । जनप्रतिनिधी र पत्रकारहरु बिच भएको पहिलो खेलमा २५—शून्य र दोस्रो खेलमा २५ — ९ अंकले जनप्रतिनिधी महिलाहरु विजयी भएका हुन् ।

    जनप्रतिनिधीहरुको तर्फबाट उपप्रमुख सीता सिग्देल न्यौपाने र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको नेतृत्वमा खेल भएको हो ।
    सोसल मिडियामा शेयर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on उपमेयर कप भलिबलको उपाधी पद्मोदयलाई, उपविजेता गोर्खा मा.वि.

    नेपालले सिधै सन् २०२१ को टी-२० विश्वकप छनोट खेल्ने

  • १४ माघ २०७६, मंगलवार ०१:४० मा प्रकाशित
  • भिडियो हेर्नुस

    ९ माघ, काठमाडौं । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार जारी गरेको सूचना अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।
    आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी-२० वरियताका आधारमा नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
    ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् ।
    ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on नेपालले सिधै सन् २०२१ को टी-२० विश्वकप छनोट खेल्ने

    मेयर कप रनिङ फुटबल फाइनल खेल घोराही १४ र १८ बिच हुने

  • ११ माघ २०७६, शनिबार २३:२६ मा प्रकाशित
  • –वसन्त अनुभव-

    घोराहीमा जारी तेस्रो मेयर कप रनिङ फुटबल प्रतियोगीतामा घोराही उ.म.न.पा. वडा नम्बर १४ र १८ बीच अन्तिम खेल हुने भएको छ । घोराही १८ को नवलपुर खेल मैदान आज भएको सेमीफाइनल खेलमा दुबै वडाले फाइनलमा प्रतिस्पर्धा गर्ने भएका हुन् ।

    प्रतियोगीतामा वडा नम्बर १४ ले वडा नम्बर ७ लाई हराउँदै फाइनल यात्रा गरेको छ । वडा नम्बर १४ ले वडा नम्बर ७ लाई ८ —१ गोल अन्तरले हराउँदै फाइनल यात्रा गरेको छ । यस्तै वडा नम्बर १८ ले वडा नम्बर ६ लाई ३—१ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको खेलको सहजिकरण गरिरहनुभएका दाङ जिल्ला फुटवल संघका महासचिब नरेन्द्र पुनले जानकारी दिनुभएको छ ।

    पुुस २७ गतेदेखि सुरु भएको तेस्रो मेयर कपको फाइनल खेल माघ १३ गते हुने आयोजक घोराही उपमहानगरपालिकाले जनाएको छ । २०७४ सालदेखि मेयर कप फुटबल प्रतियोगीता सञ्चालन हुदै आएको छ ।

    पहिलो मेयर कप वडा नम्बर १५ ले जितेको थियो भने दोस्रो मेयर कप वडा नम्बर १३ ले जितेको थियो । मेयर बिजेता वडाले एक लाख रुपैया पुरस्कार प्राप्त गर्ने छ ।
    सोसल मिडियामा शेयर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on मेयर कप रनिङ फुटबल फाइनल खेल घोराही १४ र १८ बिच हुने

    नेपालले सिधै सन् २०२१ को टी-२० विश्वकप छनोट खेल्ने

  • ९ माघ २०७६, बिहीबार २०:०८ मा प्रकाशित

  • ९ माघ, काठमाडौं । नेपालले सन् २०२१ मा भारतमा आयोजना हुने आईसीसी टी २० विश्वकप क्रिकेटको लागि सिधै ग्लोबल छनोट खेल्ने भएको छ ।
    अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले विश्वकपका लागि बिहिबार जारी गरेको सूचना अनुसार नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो ।
    आईसीसी २०२० जनवरी १ मा सार्वजनिक भएको टी-२० वरियताका आधारमा नेपालसंगै जिम्बाबे, हङकङ र युएईले सिधै ग्लोबल छनोटमा स्थान बनाएका छन् ।
    ग्लोबल छनोटमा कूल १६ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट उत्कृष्ट चार टिमले विश्वकपमा खेल्नेछन् ।
    ग्लोबल छनोट ८/८ राष्ट्रको विभाजन गरी सन् २०२१ को मार्च देखि जुलाई सम्म चल्ने छ ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपालले सिधै सन् २०२१ को टी-२० विश्वकप छनोट खेल्ने

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि, महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

  • ७ माघ २०७६, मंगलवार २०:०८ मा प्रकाशित
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ ।

    रङ्गशाला निर्माणस्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठूला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    स्थानीयस्तर, सङ्घसंस्था, गैरआवासीय नेपाली, पालिकाहरु, सहकारी, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकूद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरुबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुलादान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिनुभयो ।

    कम खर्चमा ठूलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि रु ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिनुभयो ।

    महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानून व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्ब ५० करोड खर्च गरेर रङ्गशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणको नेतृत्व लिएको छ ।दनेपालएक्स्प्रेसबाट

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि, महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

    घोराहीमा मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिता सुरु

  • २८ पुष २०७६, सोमबार २१:१२ मा प्रकाशित
  • -वसन्त अनुभव–

    घोराही, २८ पुस / घोराही उपमहानगरपालिका तेस्रो मेयर कप रनिङ फूटबल तथा प्रथम उपमेयर कप छात्रा भलिवल प्रतियोगिता हिजो देखी सुरुभएको छ । घोराही उपमहानगरपालिका १८, नवलपुर खेल मैदानमा हिजो देखी सुरु भएको प्रतियोगिताको प्रतिनिधी सभा सदस्य शान्ता चौधरीले उद्घाटन गर्नुभएको थियो ।

    सामाजिक विकास समितिका संयोजक भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सांसद चौधरीले खेल क्षेत्रलाई अघि बढाउन सरकारले लगानी र संरक्षणमा बिषेश ध्यान दिएको बताउनुभयो । खेलकुद जित्ने र हार्ने मात्रै नभई स्वस्थ रहने, अनुशासित बन्ने र आत्मीयता बढ्ने क्षेत्र भएको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा नगर प्रमुख नरुलाल चौधरीले खेलकुदलाई नगरले विषेश पक्षकारुपमा विकास गर्ने योजना बनाएको बताउनुभयो । खेल क्षेत्रको संरक्षण, प्रर्बद्धन, खेलाडीहरुलाई उत्साहित एवं खेल प्रति आकर्षित गर्न नगर स्तरीय र वडा स्तरमा समेत खेलकुदलाई उच्च प्राथमिकता दिईएको उल्लेख गर्नुभयो ।

    जिल्ला फुटवल संघका अध्यक्ष शुसिल श्रेष्ठले सरकारकै संरक्षण र लगानीमा खेल क्षेत्रको विकास हुने बताउनुभयो ।
    उपप्रमुख सीता सिग्देल न्यौपानेको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण गोविन्द घर्तीले गर्नुभएको थियो । मेयर कपमा १९ वटै वडाका खेलाडीहरुले प्रतिस्पर्धा गरेका छन भने उपमेयर कप छात्रा भलिबल प्रतियोगितामा ११ विद्यालयका छात्राहरु सहभागी हुने भएका छन् ।

    भलिबल आगामी माघ ४ गते देखी सुरु हुनेछ भने फुटवल हिजो देखी नै सुरुभएको थियो । हिजो वडा नम्बर १३ र १५ विच भएको थियो । वडा नम्बर १३ लाई शून्यका बिरुद्ध १ गोलले १५ विजयी भएको थियो। आज नबलपुर र भरतपुर मैदानमा दैनिक तीन तीन समुह बिच प्रतिस्पर्धा हुनेछ । लिक चरणमा हुने खेल आगामी माघ १३ गते सम्म चल्ने भएको छ । सोसल मिडियामा शेयर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on घोराहीमा मेयर कप फुटबल र उपमेयर कप भलिबल प्रतियोगिता सुरु

    घोराही १४ मा शुरु भयो अध्यक्षकप फुटवल प्रतियोगिता

  • २४ पुष २०७६, बिहीबार २०:२७ मा प्रकाशित
  • –वसन्त अनुभव-

    घोराही, २४ पौष / दाङ जिल्लाको सुन्दर नगरी घोराहीमा आजदेखी अध्यक्ष कप फुटबल तथा क्रिकेट प्रतियोगिता सुरु गरिएको छ । प्रतियोगिता घोराही उपमहानगरपालिका वडा नं. १४ को आयोजनामा शुरु भएको हो । आगामी पुस २७ गते देखि हुने मेयरकप फुटबल प्रतियोगिताका लागि खेलाडी छनौट गर्न फुलबल प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

    घोराही उपमहानगरपालिकाकि उप–प्रमुख सिता सिग्देल न्यौपानेले आज प्रतियोगिताको उद्घाटन गर्नु भएको हो । उप-प्रमुख न्यौपानेले कार्यक्रममा सम्बोधन गर्दै समाज रुपान्तरण र खेल क्षेत्रको विकास गर्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो । साथै उहाँले महिला र छात्राहरूको लागि भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी दिनु भयो ।

    उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष शक्तिराम डाँगीले सबै खेलाडीलाई अनुशासित र जिम्मेवार भएर खेल्न आग्रह गर्नुभयो । उक्त खेल प्रतियोगितामा घोराही उप-महानगरपालिका वडा नं.१४ मा अवस्थित सम्पूर्ण विद्यालयहरुबाट विद्यार्थीहरु सहभागी भएका छन। वर्षातका कारण खेल मैदानमा पानी जमेको र दिनभर चिसो जाडोयुक्त मौसम भए पनि खेलाडीहरुले कुनै प्रवाह नगरी अनुशासित र उमंगका साथ उत्साहवर्धक रुपमा खेलमा सहभागीता जनाएका थिए ।

    घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाकी उप–प्रमुख सिता सिग्देल न्यौपानेको प्रमुख आतिथ्यतामा उद्घाटन कार्यक्रम सप्पन्न भएको थियो । कार्यक्रमको सन्चालन वडासदस्य गुलाम रसुलले गर्नुभएको थियो ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on घोराही १४ मा शुरु भयो अध्यक्षकप फुटवल प्रतियोगिता

    लम्जुङ्गमा आयोजक त्रिवेणी र सामना सेमिफाइनलमा

  • १७ पुष २०७६, बिहीबार २२:३२ मा प्रकाशित
  • लमजुङ(हाम्रो खेलकुद)- आयोजक त्रिवेणी युथ क्लब (हरियो) र सामना युथ क्लब तुरतुरे तनहुँ लमजुङमा जारी जिल्लाको सर्वाधिक धनराशिको २८औं संस्करणको त्रिवेणी कप खुल्ला राष्ट्रिय पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    यससँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । यसअघि बुधबार श्री भगवती युथ क्लब टोखा काठमाडौं र समाज कल्याण काठमाडौंले अन्तिम चारको यात्रा तय गरेको थियो । सदरमुकाम बेशिसहरस्थित सहजी खेल मैदानमा बिहीबार भएको खेलमा आयोजक त्रिवेणीले दोर्दी गाउँपालिका लमजुङमाथि २–० को जित निकाल्दै सेमिफाइनलमा पुग्न सफल भएको हो ।

    सोमबार भएको दोस्रो क्वाटरफाइनलमा सामना युथ क्लबले लमजुङ मस्र्याङ्दी युथ क्लबलाई सडनडेथमा ७–६ ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भयो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा सामनाले बाजी मारेको हो ।

    अब शुक्रबार त्रिवेणी र समाज कल्याण काठमाडौं र श्री भगवती युथ क्लब काठमाडौं र सामनाबीच सेमिफाइनल खेल हुनेछ । १२ पुसबाट शुरु भएको राष्ट्रव्यापी प्रतियोगितामा देशभरका २० क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुनेले १ लाख ५० हजार रुपैया हात पार्नेछन् । सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान ५० हजार पाउनेछन् । सर्वाधिक गोलकर्ता र सर्वोकृष्ट खेलाडीले जनही १५–१५ हजार हात पार्नेछन् । साभार हाम्रोखेलकुद

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on लम्जुङ्गमा आयोजक त्रिवेणी र सामना सेमिफाइनलमा

    साउदी अरबको बुरैदा स्थित नेपाली फुटबल क्लबले आफ्नो एक खेलाडीलाई प्रमाणपत्र सहित गर्‍यो बिदाइ

  • ५ पुष २०७६, शनिबार ०१:५९ मा प्रकाशित
  • रम्जान “समर्पण”


    साउदी अरब। बुरैदा नेपाली फुटबल क्लब, साउदी अरबले आफ्नो क्लबका एक खेलाडी अजय तामाङ लाई बिदाइ गरेको छ ।
    केहि बर्षदेखि अलमराइ कम्पनीमा काम गर्दै आएका तामाङ आफ्नो कर्म भुमिको बसाइँ लाई बिट मार्दै जन्मभुमी जान लागेका छन् ।
    स्थापनाकाल देखिनै क्लबमा अनुशाशित रहेर क्लबलाइ मायाँ गर्दै मिडफिल्डरमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएका थिए ।


    उहाँको क्लब प्रतिको मायाँ साथ सहयोग को उच्च कदर गर्दै क्लबले खादा र प्रमाणपत्र प्रदान गर्दै बिदाइ गरेको छ ।
    यो अनौपचारिक कार्यक्रममा उपस्थित सम्पुर्ण खेलाडी साथिहरुको उपस्थिति थियो । क्लबका साथीहरू, म्यानेजर मनिष कोइराला, कोषाध्यक्ष बिजय सुनार र सचिब रम्जान दिनमियाँ द्वारा उहाँको योगदानको सदैब क्लबले स्मरण गरिरहने बताए । साथमा जुन लक्ष्यनुसार कर्मभुमी जादै हुनुहुन्छ, उहाँको लक्ष्य पूरा होस्,कर्मभुमी बसाइँ सुखद होस् भन्दै शुभकामना व्यक्त गरेका थिए ।


    बिदेशी भुमिमा रहेर नेपाली दाजुभाइमा एक आपसी सद्भावना कायम गर्ने उद्देश्यले गत अगस्ट 2018 मा क्लबको स्थापना भएको थियो। “खेल खेलौ स्वस्थ रहौं” भन्ने नाराकासाथ अगाडी बढेको क्लबले धेरै खेलाडी बिदाइ गरेको र धेरै खेलाडी क्लबमा आवद्ध गराएको छ ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी अरबको बुरैदा स्थित नेपाली फुटबल क्लबले आफ्नो एक खेलाडीलाई प्रमाणपत्र सहित गर्‍यो बिदाइ

    पब्जीको ‘विश्वकप’मा नेपाली टिमले जित्यो १० लाख

  • १ पुष २०७६, मंगलवार १८:२३ मा प्रकाशित
  • रम्जान “समर्पण“

    १ पुस, काठमाडौं । मोबाइल कम्युटरमा खेलिने अनलाइन गेम ‘पब्जी’ खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले दशलाख पुरस्कार जीतेका छन् ।

    साउदीअरब बनाना कल्चर नामक संस्थाद्वारा आयोजित पहिलो ‘पब्जी मोबाइल स्टार च्यालेन्ज वर्ल्डकप’ प्रतियोगितामामा नेपाली टिम ‘इलिमेन्टि्रक्स’ले सातौं स्थान हासिल गरेकोछ ।

    सहभागी टिमलाई दुई समूहमा बाँडेर खेलाइएको खेलमा ‘टिम ए’ मा मध्यपूर्व र उत्तरअफ्रिकाका टिमहरु र बाँकी टिमहरु ‘बी’ मा थिए ।

    विश्वका ३२ राष्ट्रहरुले भाग लिएको उक्त प्रतियोगितामा पहिलो पुरस्कार रसियाको ‘टिम यूनिक’ले जित्दै एक लाख डलर प्राप्त गर्‍यो । थाइल्यान्डको आरआरक्यू एथेनाले दोस्रो स्थान जित्दै ६० हजार डलर प्राप्त गर्यो । तेस्रो स्थान हासिल गर्ने अर्जेन्टिनाको टिम केयसोले ४० हजार डलर प्राप्त गर्यो । चौंथो, पाचौं र छैटौं, सातौंका लागि पुरस्कार राशी क्रमशः १६ हजार, १४ हजार १२ र १० हजार डलर थियो ।

    एकैसाथ धेरैजनाले खेल्न मिल्ने यो खेलमा नेपालीहरु पनि अति लिप्त हुंदाँ केही समयअघि सरकारले प्रतिवन्ध लगाएको थियो । तर, पछि अदालतले उक्त प्रतिवन्ध हटाएको थियो । नेपालमा खेलिएको उक्त खेलको परिणाम आज नेपाली टिमले १० हजार डलर(दश लाख रुपैंया) जित्न सफल भएको छ ।

    श्रोत अनलाईनखबर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on पब्जीको ‘विश्वकप’मा नेपाली टिमले जित्यो १० लाख

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P