• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख

  • २५ मंसिर २०७६, बुधबार १७:२८ मा प्रकाशित
  • रजत विजेतालाई ६ लाख, कास्य जित्नेलाई ३ लाख

    काठमाडौँ — १३ औं सागमा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई सरकारले ९ लाख रुपैयाँ दिने भएको छ । यो सागमा दुई वा दुई भन्दा बढी स्वर्ण जित्ने खेलाडीले जनही ११ लाख पाउने छन् भने टिम गेममा जित्नेले ५–छ लाख पाउनेछन् । स्वर्ण जित्ने खेलाडीका प्रशिक्षकले पनि ५ लाख पाउनेछन् ।

    त्यस्तै रजत जित्नेलाई ६ र कास्य जित्नेलाई ३ लाख दिने भएको छ। बुधबार सागका पदक विजेता खेलाडीलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले आफ्नै निवासमा यो घोषणा गरेका हुन्। मंगलबार सम्पन्न सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको छ।

    साभार कान्तिपुरसमचार

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सरकारको घोषणा : सागमा स्वर्ण जित्नेलाई ९ लाख

    १३ औं सागमा चार स्वर्ण पदक जितेकी गौरिकाले ५६ लाख पाउने !

  • २५ मंसिर २०७६, बुधबार १७:२१ मा प्रकाशित
  • काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेसँगै सागमा नेपालका लागि सर्वाधिक स्वर्ण जित्ने गौरिका सिंहले पुरस्कार पनि सबभन्दा धेरै पाउने भएकी छन् ।

    बुधबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिने घोषणा गरे । यस हिसाबले सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन् ।

    यस्तै, रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन्। यसरी हेर्दा उनले कम्तिमा ५६ लाख पाउने छिन्। ‘गाैरिकाले चार स्वर्ण जितेकाले उनले एक स्वर्ण बराबर ११ लाख पाउनेछिन्,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने। व्यक्तिगत तर्फ कांस्य जित्नेलाई ३ लाख दिने घोषणा गरिए पनि टिम इभेन्टमा जित्नेलाई कति दिने खुलाइएको छैन। यसमा पनि पुरस्कार दिइए गौरिकाले पाउने पुरस्कार रकम अझै बढ्नेछ।
    प्रधानमन्त्रीले गरेको घोषणा अनुसार व्यक्तिगत तर्फ स्वर्ण जित्नेले जनही ९ लाख र टिम इभेन्टमा जित्नेले ५ लाख पाउनेछन्।

    साभार कान्तिपूर मसचार

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on १३ औं सागमा चार स्वर्ण पदक जितेकी गौरिकाले ५६ लाख पाउने !

    सागमा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्रीले भेटेर बधाई दिँदै, पुरस्कार घोषणाको तयारी

  • २५ मंसिर २०७६, बुधबार ०९:३३ मा प्रकाशित
  • २५ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक विजेता नेपाली खेलाडी, तिनका प्रशिक्षक र  पदाधिकारीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेर बधाई दिने भएका छन् ।
    भेटघाटका लागि उनीहरुलाई प्रधानमन्त्री ओलीले बुधबार बालुवाटारस्थित निवासमा बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाटको लागि दिउँसो सवा २ बजेको समय निर्धारण गरिएको छ ।
    सो अवसरमा प्रधानमन्त्रीले खेलाडीहरुलाई सम्बोधन गर्ने र प्रोत्साहनस्वरुप पुरस्कारसमेत घोषणा गर्ने तयारी छ ।
    साग प्रतियोगितामा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जित्दै नेपाल दोस्रो भएको छ । प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण सागको उदघाटन र समापन समारोहमा सहभागी हुन पाएका थिएनन् । उनले समापन समारोहको दिन मंगलबार भिडियो सन्देशमार्फत् खेलाडीहरुलाई बधाई दिएका थिए ।


    साभार अनलाइनखबर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सागमा पदक जितेका नेपाली खेलाडीलाई प्रधानमन्त्रीले भेटेर बधाई दिँदै, पुरस्कार घोषणाको तयारी

    साग को समापन समारोहमा ‘ड्रोन लाइट’ मा नेपालकाे नक्सा र झण्डा

  • २५ मंसिर २०७६, बुधबार ०९:२० मा प्रकाशित
  • unn.prixa.net

    रम्जान समर्पण

    २४ मंग्सिर मंगलबार का दिन १३ औं दक्षिण एसियाली खेलकुद (साग) को समापन समारोह भव्यका साथ सम्पन्न भएको छ । 

    विभिन्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको कला र विद्यार्थीहरुको नाचसँगै ‘ड्रोन लाइट’ ले समापन समारोहलाई निकै झकिझकाउ बनाएको थियो ।

    १ सय ५० वटा ‘ड्रोन लाइट’ प्रयोग गरेर , नेपालको नक्सा, झण्डा, मन्दिर तथा बुद्धका आकृतिहरु बनाइ देखाइएको थियो । 

    विभिन्न सांस्कृतिक दृश्य सहिदको ड्रोनको प्रयोगले नयाँ र आकर्षक कलाकृति प्रदर्शन गर्दा यो बर्ष बिगतका बर्षहरु भन्दा निकै उत्कृष्ट रहेकोे थियोे । यसलाई कम्प्युटर सफ्टवेयरबाट नियन्त्रण गरिने भएकोले ड्रोन प्रयोग गर्न सजिलो हुने यस क्षेत्रका बिग्यहरु बताउँछन् ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबर, लोकप्रियLeave a Comment on साग को समापन समारोहमा ‘ड्रोन लाइट’ मा नेपालकाे नक्सा र झण्डा

    १३ औं (साग) खेलकुद पुरुष फुटबलमा नेपाल विजयी, जित्यो स्वर्ण

  • २४ मंसिर २०७६, मंगलवार १७:५० मा प्रकाशित
  • रम्जान समर्पण

    १३ औं  दक्षिण एसियाली खेलकुद (साग) को अन्तिम दिन दशरथ रंगशालामा भएको नेपाल र भुटानबीचको पुरुष फुटबल फाइनल भिडन्तमा नेपालले भुटानलाई २-१ गोल अन्तरले हराउँदै  नेपाल विजयी भएको छ ।

    उक्त खेलमा नेपालका  तर्फबाट अभिषेक रिजालले १६ औं मिनेटमा पहिलो गोल गरेका थिए । त्यसै गरि  खेलको ३६ औं मिनेटमा भुटानका तर्फबाट छेन्जो ग्याल्जेनले १ गोल गरी जवाफी गोल फर्काएका थिए ।  स्वर्ण पदकका लागि भएको फाइनल प्रतिस्पर्धामा नेपाली टिमका सुनिल बलले ५३ औं मिनेटमा अर्को गोल थप्दै नपाली टिमलाई अग्रता दिलाएका थिए ।  

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उक्त खेलमा विजेता टिम नेपालले स्वर्ण पदक जितेको छ भने पराजित हुने भुटानी टिमले रजत पदकमा सीमित भएको छ । राउन्ड रोविन लिगमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको नेपालले ४ खेलबाट १० अंक हासिल गर्दा दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको भुटानले ९ अंक हासिल गरेको थियो । यसै गरि अघिल्लो खेलमा नेपालले भुटानमाथि नै ४–० को जित हासिल गरेको थियो ।

    उक्त खेलमा नेपाल भुटान दुवै टिमबाट  थप गोल हुन नसकेपछि नेपालले  २-१ को जितसँगै स्वर्ण जितेको छ ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on १३ औं (साग) खेलकुद पुरुष फुटबलमा नेपाल विजयी, जित्यो स्वर्ण

    भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै,प्रशिक्षक हरि खड्काले दिए राजीनामा

  • २३ मंसिर २०७६, सोमबार १५:३२ मा प्रकाशित

    २३ मंसिर, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग पराजित भएको छ । यससँगै भारतलाई हराएर स्वर्ण जित्ने नेपालको सपना १३औं सागमा पनि अधुरै रह्यो ।

    सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो ।

    तर पोखरा रंगशालामा भएको फाइनलमा भारतले नेपाललाई २–० गोल अन्तरले हरायो ।

    उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्रता दिलाएकी उनले ५५ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाइन् ।

    त्यसपछि नेपाल खेलमा फर्कन सकेन र २–० हार व्यहोर्‍यो ।   साग महिला फुटबलको फाइनलमा भारतसँग २-० ले पराजित भएसँगै नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

    समचार साभार अनलाईलखबर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on भारतलाई हराएर स्वर्ण जित्ने सपना अधुरै,प्रशिक्षक हरि खड्काले दिए राजीनामा

    बक्सिङमा ललिताले स्वर्ण पाउन सकिनन्

  • २३ मंसिर २०७६, सोमबार १५:१९ मा प्रकाशित
  • केहि दिन देखि नेपालमा भईरहेको १३ औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत सागको बक्सिङमा नेपालकी ललिता मर्हजनले स्वर्ण पदक पाउन सकिनन्  ।

    भारतकी कलाइभानी श्रीनिवासन र ललिता महर्जन बिच सोमबार भएको ४८ केजी तौल समूहको बक्सिङ खेलको फाइनलमा उनि पराजित भएकी हुन् । यससँगै उनले रजत पदकमा चित्त बुझाएकी छन् ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on बक्सिङमा ललिताले स्वर्ण पाउन सकिनन्

    गल्फ कप को खेलमा कतार साउदीसित पराजित

  • २२ मंसिर २०७६, आईतवार १३:४७ मा प्रकाशित
  • रम्जान समर्पण

    केहि दिनदेखि कतारमा जारी 24 औं अरबियन गल्फ कपको सेमिफाइनल खेल 7 डिसेम्बर 2019 का दिन  कतार र साउदी अरब बिच हुँदा साउदी अरबले कतारलाई पराजित गरेको छ । वक्रास्थित अल जनीब रंगशालामा भएको उक्त खेलमा साउदीले कतारलाई 0 का बिरुद्द 1 गोलले पराजित गरेको थियो ।

    केहि समयदेखि साउदी कतार को आपसि सम्बन्ध बिच्छेदको समयमा यो खेल दुवै देशका लागि निकैने महत्वपूर्ण रहेको अबस्थामा साउदी ले सेमिफाईनल जित्दै फाईनलमा प्रवेश गरेको छ । उक्त खेलमा साउदीको तर्फबाट अल हम्दानले खेलको 28 औं मिनेटमा 1 गोल गरेको थिए ।

    सोहि दिनमा ईराक र बहराईन बिच भएको पहिलो खेलमा बहराईनले ईराकलाई पेनाल्टिसुटमा पराजित गर्दै फाईनलमा पुगेको र आज डिसेम्बर 8 तारिक बेलुकि 8 बजे खलिफा रंगशालामा साउदी अरेबिया र बहराईन बिच फाईनल खेल हुने छ ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on गल्फ कप को खेलमा कतार साउदीसित पराजित

    साग फुटबलको फाइनल पुग्ने पहिलो टीम भुटान ।

  • २२ मंसिर २०७६, आईतवार ००:३६ मा प्रकाशित
    साग फुटबलको ऐतिहासिक यात्रामा भुटान, फाइनल पुग्ने पहिलो टीम

    तेह्रौ दक्षिण एसियाली खेलकुद (साग) मा भुटानले पुरुष फुटबलमा शनशनीपूर्ण पुनरागमन नेपालसँग ४–० को फराकिलो अन्तरले पराजित भएपनि तीन खेल जित्दै फाइनल पुगेको छ ।

    अहिलेसम्म भुटानले पदकको नाममा ६ काँस्य मात्रै जितेको छ । सागको ३५ वर्षे यात्रामा भुटान फाइनल पुगेको पनि पहिलो पटक हो । भारतले सहभागिता नजनाए पछि राउण्ड रोबिनका आधारमा खेलाइएको फुटबलमा भुटानले श्रीलंका, बांग्लादेश र माल्दिभ्सलाई पराजित गरेको छ ।

    ९ अंक जोड्ने क्रममा श्रीलंकालाई ३–०, बांग्लादेशलाई १–० र माल्दिभ्सलाई २–१ ले पराजित गरेको छ । शनिबार श्रीलंकालाई पराजित गरेपछि भुटानी टीममा खुशीयाली छाएको छ ।उसोत, भुटानले फुटबलमा राम्रो प्रगति गरिसकेको छ । साग खेलिरहेको टीम मध्ये फिफा बरियतामा भुटान तेस्रो स्थानमा छ । १०३औं स्थानमा रहेको भारतले यसपटकको साग खेलेको छैन ।

    फिफा बरियतामा माल्दिभ्स १४२, नेपाल १६१, भुटान १८६, बांग्लादेश १९२, पाकिस्तान १९९ र श्रीलंका २०१औं स्थानमा छ । भुटानले अहिलेसम्म एउटा पनि स्वर्ण जित्न सकेको छैन ।

    श्रोत हिमालयन खबर

    Posted in खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साग फुटबलको फाइनल पुग्ने पहिलो टीम भुटान ।

    रोल्पाली चेली निमा बनिन उसुमा २ स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी

  • १९ मंसिर २०७६, बिहीबार १६:५८ मा प्रकाशित
    • वसन्त अनुभव –

    नेपालमा चलिरहेको १३ औ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी निमा घर्ती मगरले उसु खेलमा स्वर्ण पदक जितेकी छन ।

    लगनखेलको कभर्डहलमा बिहिवार बिहान भएको महिला उसु तर्फको थाउलो नाम्छवान अलराउण्डमा उनले स्वर्ण पदक जितेकी हुन । कुल १८.९१ अंक जोड्दै उनले बंगलादेशकी मोर्जिना अख्तरलाई हराएकी थिइन।

    निमाले स्वर्ण जित्दा एकदमै खुशी लागेको बताएकी थिइन। निमाले गत वर्ष भारतमा भएको १२ औ सागमा पनि उसु थाउलो खेलमै नेपालका लागि स्वर्ण पदक जितेकी थिइन । निमा उसुमा लगातार २ वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी भएकी छिन । उनको घर राप्ती अञ्चलको रोल्पा जिल्लामा पर्दछ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on रोल्पाली चेली निमा बनिन उसुमा २ स्वर्णपदक जित्ने पहिलो नेपाली खेलाडी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P