• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

मासिक किस्ता ३२ हजार ७८५ बाटै किन्न सकिन्छ हुन्डाई क्रेटा

  • २२ चैत्र २०७७, आईतवार ००:४२ मा प्रकाशित
  • काठमाडौं । हुन्डाईको चर्चित कम्प्याक्ट एसयूभी क्रेटा मासिक ३२ हजार ७८५ रुपैयाँ किस्ता तिर्नेगरि खरिद गर्न सकिन्छ । यो मासिक किस्ता क्रेटाको डिजेल इन्जिन भएको इ भेरियन्टको आधारमा निकालिएको हो ।
    हुन्डाईले अहिले आउँदै गरेको नयाँ वर्ष २०७८ को अवसर पारेर स्कीम सार्वजनिक गरेको छ । यो स्कीममा ग्राहकले पाउने छुट रकमलाई मिलाएर यो मासिक किस्ता निकालिएको हो ।
    हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले इ भेरियन्टको डिजेल क्रेटाको मूल्य ४४ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ । अहिले चलिरहेको अफर अनुसार क्रेटाको खरिदमा ग्राहकले १ लाख ३० हजार नगद छुट र स्क्र्याच कार्ड मार्फत न्यूनतम २० हजारदेखि ७८ हजार रुपैयाँसम्म जित्न सक्ने छन् । यसमा रहेको न्यूनतम २० हजार थप नगद छुट पाउँदा कुल १ लाख ५० हजार रुपैयाँ छुट हुने छ ।

    अहिले बजारमा अटो लोन निकै कम व्याजदरमा उपलब्ध रहेको छ । अधिकांश ठूला बैंकले ७ प्रतिशत हाराहारीमा कर्जा दिइरहेका छन् । हामीले यहाँ नविल बैंकले अफर गरेको ६.९९ प्रतिशत व्याजदरलाई आधार मानेर मासिक किस्ता निकालेका छौं ।
    बैंकले दिइरहेको व्याजदर अनुसार गाडीको मूल्यको ५० प्रतिशत रकम कर्जा सुविधा पाउन सकिन्छ । गाडीको मूल्यको ५० प्रतिशतले हुन आउने रकम २१ लाख ७३ हजार रुपैयाँ ७ वर्षको लागि कर्जा सुविधा लिँदा मासिक ३२ हजार ७८५ रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

    यस्ता छन् उपलब्ध सबै भेरियन्ट र मूल्य
    डिजेल इन्जिन भएको इ भेरियन्टभन्दा माथि इ लोडेड रहेको छ । यसको मूल्य ४५ लाख ५६ हजार रुपैयाँ रहेको छ । पेट्रोल इन्जिन भएको इ भेरियन्टको मूल्य ४७ लाख ५६ हजार, इ लोडेडको ४७ लाख ९६ हजार र एस भेरियन्टको ५३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
    कम्पनीले डिजेल इन्जिन भएको एस भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ रहेको छ भने पेट्रोल इन्जिन एसएक्सको मूल्य ६१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
    क्रेटाको सबैभन्दा महंगो भेरियन्ट एसएक्स सिभिटीको मूल्य ६७ लाख ९६ हजार रुपैयाँ रहेको छ भने एसएक्स (अप्सनल) सिभीटीको मूल्य ७४ लाख ९६ हजार रुपैयाँ रहेको छ ।
    नयाँ वर्ष अफरमा के पाइन्छ
    हुन्डाईले सधैझैँ यस वर्षपनि नयाँ वर्षको अवशरमा ग्राहक लक्षीत योजना सार्वजनिक गरेको छ । यस योजनामा क्रेटा किन्ने ग्राहकले १ लाख ३० हजार नगद छुट, २० देखि ७८ हजारसम्म स्क्र्याच कार्ड मार्फत जित्न सकिने, एक्सचेन्ज बोनस गाडी हेरेर १ लाख रुपैयाँसम्म, शिखर अटो प्लस इन्स्योरेन्स, परिवारमा दोस्रो हुन्डाई गाडी लिनेलाई १५ हजार लोयलटी बोनस जस्ता अफर गरिएको छ ।
    यी हुन् क्रेटामा उपलब्ध फिचर
    नयाँ जेनेरेशन क्रेटामा दिइएको सबै लाइट एलइडी रहेका छन् । कम्पनीले यसमा ट्रियो बीम एलइडी हेडल्याम्प दिएको छ भने, एलइडी डिएलआरको प्रयोग गरिएको छ । यसमा दिइएको इन्टेरियर लाइटसमेत सबै एलइडी छन् ।

    नयाँ क्रेटा रेगुलर मोडलको तुलनामा निकै आरामदायी रहेको छ । यसलाई प्रिमियम बनाउन कम्पनीले टप भेरियन्टमा ठूलो पानारोमिक सनरुफ, लेदर अपहोलिस्टीक, भ्यान्टिलेटेड फ्रन्ट सिट, ८ वे पावर ड्राइभर सिट, अटोमेटिक एयर प्यूरीफएर दिइएको छ । पछाडि बस्नेलाई हेडरेष्ट कुसन, वायरलेस चार्जर, बोसको ८ वटा स्पीकरसहितको अडियो सिस्टम, १०.२५ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको कलर टिएफटी इन्ट्रुमेन्ट कन्सोल जस्ता नयाँ फिचर दिएको छ ।
    हुन्डाईले क्रेटामा नयाँ एड्भान्स व्लुलिंक कनेक्टीभीटी दिएको छ । जसको माध्यमबाट ५० भन्दा धेरै फिचरहरु रिमोट र भ्वाइस कमाण्डबाट कन्ट्रोल गर्न सकिने छ ।
    नयाँ क्रेटामा तीन फरक ड्राइभिङ मोड उपलब्ध रहेको छ । फ्रन्ट ह्वील ड्राइभ सिस्टम रहेको क्रेटामा स्नो, स्यान्ड र मड तीन ड्राइभ मोड छन् । चालकले बाटोको अवस्था अनुकुल यसलाई चलाउन सक्ने छन् ।
    नयाँ क्रेटाको बडी निकै बलियो र सुरक्षीत रहेको छ । यसमा प्रयोग भएको हाइस्ट्रेन्थ स्टीलले दुई वटा अफ्रिकन हात्तीको तौल थेग्न सक्ने कम्पनीले दाबी गरेको छ ।
    यसको अलावा गाडीमा लेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेविलिटी म्यानेजमेन्ट सिस्टम, सबै चक्कामा डिस्क ब्रेक, हिल स्टार्ट एसिस्ट कन्ट्रोल, गाइडलाइनको साथ रियर पार्किङ क्यामेरा र ६ वटासम्म एयरव्याग दिइएको छ ।

    Posted in अर्थLeave a Comment on मासिक किस्ता ३२ हजार ७८५ बाटै किन्न सकिन्छ हुन्डाई क्रेटा

    काठमाडौं ओर्लिएको तीन घण्टामै एटिएम ह्याकमा सक्रिय चिनियाँ, त्यो फोन कल जसले रोक्यो चोरी

  • १८ चैत्र २०७७, बुधबार १९:३१ मा प्रकाशित


  • काठमाडौं : ‘हाम्रो बैङ्कको एटिएम बुथमा केही शङ्कास्पद गतिविधि भइरहेको छ।’

    मङ्गलवार मेगा बैङ्कका एक कर्मचारीले महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी रामेश्वर पौडेललेलाई फोनमार्फत् जानकारी दिए।

    समय करिब ५ बजेर १५ मिनेट गएको थियो। साँझको समय भिआइपी मोमेन्ट भइरहेकाले पनि डिएसपी पौडेल ड्युटीमा नै खटिएका थिए। लैनचौरको खानी विभागमा उनको डियूटी थियो। त्यसपछि उनी बैङ्कका कर्मचारीले दिएको जानकारी अनुसार काठमाडौंको ज्याठातिर लागे।

    ज्याठामा रहेको मेगा बैङ्कको एटिएममा गएर हेर्दा बैङ्कका कर्मचारीले दिएको जानकारी अनुसार मानिस थिएनन्। त्यसपछि यताउता हेर्दा एउटा हुलिया ठ्याक्कै मिल्यो। उनी अर्को एटिएम बुथतिर हान्निएका थिए। डिएसपी पौडेललेको टोलीले ती मानिसलाई नियन्त्रणमा लियो।

    अनुसन्धानबाट खुल्यो उनी २९ वर्षीय चिनियाँ नागरिक हुन् भन्ने। बैङ्कको एटिएममा केही खोलेर उनले सिरियल नम्बर आफ्नो मोबाइलमा खिचेका थिए। जुन दृश्य एटिएमभित्र जडान गरेको सिसि क्यामरामा कैद भएको थियो। त्यही फुटेज र अन्य गतिविधिको आधारमा प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। दिउँसो ५ बजेर ३७ मिनेट एटिम झिरेर चिनियाँ नागरिकले बुथमा शंकास्पद गतिविधि गरेको देखिएको छ।

    प्रहरी अब उनलाई छोड्ने पक्षमा थिएन। किनकि केही प्रमाण पाइसकेको थियो। त्यसैले प्रहरीले उनी बस्ने होटेलको कोठासम्म पच्छ्यायो। ज्याठाको एक होटेलमा मङ्गलवार नै काठमाडौं आएर कोठा लिएर बसेका रहेछन्। होटेलको चौथो तलमा ४ सय ५ नम्बरको कोठामा बस्थे। प्रहरीले चिनियाँ दोभाषे प्रयोग गरेर उनीसँग कुरा गर्‍यो। चिनियाँ नागरिकले नै आफू बस्ने होटलको बारेमा जानकारी दिएका थिए।

    ‘दिउँसो करिब २ बजेतिर काठमाडौं आएर होटेलमा पुगेर कोठा बुक गरेको देखियो। उ नेपाल आएको केही समय पनि भएको थिएन’, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा डिएसपी रामेश्वर पौडेलले भने।

    पक्राउ परेका चिनियाँ नागरिक

    चिनियाँ नागरिक बस्ने कोठाबाट विभिन्न किसिमको १० चाबीको झुप्पा, १० थान एटिएम कार्ड, ड्रिल मेसिन र त्यसमा प्रयोग हुने काँटी लगायतका अन्य सामान समेत फेला पार्‍यो। यसले उनी नेपाल एटिएम ह्याक गर्नको लागि नै आएको भन्ने थप पुष्टी गरिदिएको थियो।

    मार्च १० तारिकमा पर्यटन भिसा लगाएर ९० दिन नेपाल बस्ने अनुमति लिएर उनी काठमाडौं झरेका थिए। झरेको केही घण्टामा नै उनी एटिएम बुथमा सिरियल नम्बर क्याप्चर गर्न भन्दै छिरे। तर यतिकैमा उनको मिसन सक्सेस भएन। पक्राउ समेत परे।

    पक्राउ परेका चिनियाँ नागरिकले आफूले एटिएमको सिरियल नम्बरबाट खिचेर लग्ने योजनमा छिरेको प्रहरीमा प्रारम्भिक बयान दिएका छन्। प्रहरीको आफ्नै अनुसन्धान र प्राविधिक टोलीसँग बुझ्दा पक्राउ परेका चिनियाँ नागरिकले सिरियल नम्बर खिचेर चिन पठाएपछि त्यहाँको गिरोहले थप एटिएम ह्याकको प्रक्रिया सुरु गर्ने खुलेको छ।

    ‘उसले मलाई चीनबाट नै एटिएम खोलेर सिरियल नम्बरबाट खिचेर पठाउनु भनेर पठाएको थियो भन्ने भनिरहेको छ। थप अनुसन्धान गरिरहेका छौँ,’ डिएसपी पौडेलले भने।

    यसअघि पनि दरबारमार्ग, ठमेल, लाजिम्पाट लगायत क्षेत्रबाट एटिएम ह्याक गरेको अभियोगमा चिनियाँ नागरिक समातिएका छन्। उनीहरू लाखै रुपैयाँ चोरी गरेका घटना धेरै छन्। चिनियाँ नागरिक चीनबाट नै योजना बनाए एटिएमबाट रकम चोरी गर्नको लागि नै नेपाल आउने गरेको खुलेको छ। जसको पछिल्लो उदाहरण मङ्गलवार पक्राउ परेका २९ वर्षीय चिनियाँ युवा हुन्।

    उनी एक दिन काठमाडौं बसेर पोखरा जाने अनि चीन फर्किने योजनामा रहेको प्रहरीलाई बताएका छन्। उनी पहिलो पटक नेपाल आएको पासपोर्टबाट खुल्छ।

    Posted in अर्थLeave a Comment on काठमाडौं ओर्लिएको तीन घण्टामै एटिएम ह्याकमा सक्रिय चिनियाँ, त्यो फोन कल जसले रोक्यो चोरी

    सुनको मूल्यमा सामान्य गिरावट

  • १० चैत्र २०७७, मंगलवार १३:३८ मा प्रकाशित
  • नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार तोलामा ८७ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
    यस्तै तेजाबी सुन तोलामा ८६ हजार २५० रुपैयाँमा कारोबार भएको छ । 
    यसैबीच चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा १२५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

    Posted in अर्थLeave a Comment on सुनको मूल्यमा सामान्य गिरावट

    ग्रेटवालले सुरु गर्‍यो नेपालमा प्रचार, सबैभन्दा सस्तो इलेक्ट्रीक कार नेपाल आउने

  • १० चैत्र २०७७, मंगलवार ०९:४८ मा प्रकाशित
  • काठमाडौं । ग्रेटवाल मोटरको लागि नेपालकोआधिकारीक वितरक भिजि इम्पेक्सले शोसल मिडियामा प्रचार सुरु गरेको छ । कम्पनीले ग्रेटवाल मोटर्सको आधिकारीक फेसबुक पेजको रुपमा ‘जीडब्ल्यूएम नेपाल’ (GWM Nepal) संचालनमा ल्याएको हो ।

    कम्पनीले बनाएको फोसबुक पेजमा ग्रेटवाल मोटर्सको पुराना मोडलको तस्विर राख्नुको साथै, ग्रेटवाल र हावलका विभिन्न पाटोहरुलाई उल्लेख गरिएको छ ।

    ग्रेटवाल नेपाल ल्याउन थुप्रै व्यवसायीक समूह लागेको भएपनि अन्त्यमा विशाल ग्रुप अन्तर्गतको भिजि इम्पेक्सले डिलर सिप पाएको थियो । अब कम्पनीले ग्रेटवाल मोटर्स अन्तर्गत रहेका ग्रेटवाल र हावल ब्राण्डका गाडी नेपाली बजारमा ल्याएर विक्री गर्ने छ ।
    कहिलेसम्ममा नेपाली बजारमा ग्रेटवालका उत्पादन आउने छ भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएपनि ग्रेटवालको चर्चित इलेक्ट्रीक कार ओरा आर १ भने नेपाल आउने आधिकारीक स्रोतले जानकारी दिएको छ । यसको साथै, कम्पनीले हावल ब्राण्डका एसयूभी नेपाली बजारमा ल्याउने जनाएको छ
    संसारकै सस्तो मध्येको एक इलेक्ट्रीक कारको रुपमा नेपाल आउने ओरा आर १ धेरै नेपालीले प्रतिक्षा गरेको मोडलमा पर्छ । साथै, ग्रेटवालका पीकअप र हावलका एसयूभीले पनि धेरैलाई तान्ने अनुमान गरिएको छ ।

    कम्पनीले आधिकारीक रुपमा यसको लञ्चिङ गर्ने समयमको जानकारी नदिएको भएपनि सम्भवत जुलाई अन्तिमसम्ममा यसको विक्री सुरु हुने अनुमान गरिएको छ ।

    Posted in अर्थLeave a Comment on ग्रेटवालले सुरु गर्‍यो नेपालमा प्रचार, सबैभन्दा सस्तो इलेक्ट्रीक कार नेपाल आउने

    आइफोन–१२ मा चार्जर नदिएकाले एप्पललाई १९ लाख अमेरिकी डलर जरिवाना

  • ८ चैत्र २०७७, आईतवार २३:२० मा प्रकाशित
  • गत वर्ष सार्वजनिक भएको आइफोन–१२ को बक्समा चार्जर नभएका कारण एप्पलमाथि १९ लाख अमेरिकी डलर जरिवाना लागेको छ।
    एप्पल इन्साइडरका अनुसार ब्राजिलको उपभोक्ता संरक्षण नियामक कम्पनी प्रोकन–एसपीले ब्राजिलमा चार्जर बिना आइफोन–१२ बेचेको विरुद्धमा एप्पललाई जरिवाना लगाएको हो।

    डिसेम्बरमा प्रोकन–एसपीले एप्पललाई ब्राजिलभित्र आइफोन–१२ सँग चार्जर पनि प्रदान गर्न अनुरोध गरेको थियो तर महिनौँसम्म एप्पलले त्यसमा कुनै प्रतिक्रिया दिएन। आफ्ना प्रयोगकर्तालाई चार्जर दिन नसक्नुको कारण विस्तृतमा खुलाउन नसकेकाले ब्राजिलियन नियामक कम्पनीले एप्पललाई यहीँ मार्च १९ मा ठूलो रकम तिर्न लगाएको छ।

    एप्पलले आफ्ना उपकरणबारे दिएको विज्ञापनमा झुटो कुरा फैलाएको र उपकरणहरु त्रुटीसहित बेचेको आरोपमा पनि ब्राजिलले एप्पललाई १९ लाख अमेरिकी डलरको जरिवाना लगाएको एप्पल इन्साइडरले लेखेको छ।
    प्रोकन–एसपीका कार्यकारी निर्देशक फर्नांडो कापेजले भनेका छन्, ‘एप्पलले ब्राजिलमा कडा उपभोक्ता संरक्षण कानुन र संस्थाहरु छ भनेर बुझ्न र तिनलाई सम्मान गर्न आवश्यक छ।’

    एप्पलले वातावरण संरक्षणको लागि गत वर्षबाट आफ्ना उपकरणहरुमा चार्जर नराख्ने घोषणा गरेको थियो, तर ब्राजिल एप्पलको यस वर्णनबाट सन्तुष्ट नभएको एप्पल इन्साइडरले जानकारी दिएको छ।
    प्रयोगकर्ताले गरेका उजुरीमध्ये एप्पलले उपभोक्तासँग गर्ने सम्झौता पूरा गर्न नसकेको, आफ्ना वारेन्टी अन्तर्गत उपकरणहरु मर्मत नगरेको र आइफोन पानी प्रतिरोधपनि नभएको आरोप छ।

    एप्पलले आफ्ना यी समस्या सुधारेर प्रयोगकर्ताका मागअनुसार परिवर्तन नल्याएमा ब्राजिलको नियामक कम्पनीले यो मुद्दा अदालतसम्म पुर्याउने बताएको छ।

    Posted in अर्थLeave a Comment on आइफोन–१२ मा चार्जर नदिएकाले एप्पललाई १९ लाख अमेरिकी डलर जरिवाना

    अर्थमन्त्रीलाई ध्यानाकर्षण

  • १ चैत्र २०७७, आईतवार २०:४० मा प्रकाशित
  • नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिमा अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई भेट गरी बजारमा सुनको माग अनुसारको आपूर्ति हुन नसक्दा यस क्षेत्रमा प्रतिकूल असर परेको जानकारी गराएको हो । साविकमा दैनिक २५ केजी सुन बिक्री वितरण हुँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष चैतको पहिलो हप्तादेखि नै दैनिक १० केजीमा आयात झारिएकामा हाल अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा आइसकेकाले सुनको दैनिक कोटा वृद्धि गर्न ध्यानाकर्षण गरिएको छ । मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढ्ने तथा राजश्व चुहावट हुने भएकाले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तीमा पनि ३० केजी बनाउनु पर्ने भनिएको छ ।सुनको बिक्री वितरणलाई विकेन्द्रीत गरी नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ ले तोकेअनुसार काठमाडौँको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर अन्य आठ वटा स्थानबाट सुनको बिक्री वितरणको व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रतिनिधिमण्डलले मन्त्रिपरिषद् सचिवालयका सचिव बैकुण्ठ अर्याललाई पनि सोही विषयमा आज ध्यानाकर्षण गराएको छ ।

    Posted in अर्थLeave a Comment on अर्थमन्त्रीलाई ध्यानाकर्षण

    फेरि घट्यो सुनको मूल्य

  • २८ फाल्गुन २०७७, शुक्रबार १९:३१ मा प्रकाशित
  • शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारको तुलनामा बिहीबार सुनको मूल्य केही बढेपनि शुक्रबार पुनः घटेको हो । 
     नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार सुनको मूल्य तोलामा ८६ हजार ८०० र बुधबार ८६ हजार २०० नै रुपैयाँ रहेको थियो । 
    यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 
    यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ।  यसअघि बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँ रहेको थियो । 

    Posted in अर्थLeave a Comment on फेरि घट्यो सुनको मूल्य

    सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव सुरु

  • २६ फाल्गुन २०७७, बुधबार १७:५९ मा प्रकाशित
  • २६ फागुन, सुर्खेत । सुर्खेतको बुलबुले उद्यान परिसरमा कर्णाली उत्सवको दोस्रो संस्करण बुधबारबाट सुरु भएको छ । कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यले कर्णाली उत्सव आयोजना गरिएको ऋति फाउण्डेसनले जनाएको छ ।
    उत्सवको दोस्रो संस्करणमा विभिन्न शीर्षकमा १४ वटा बहस हुने जनाइएको छ । कर्णालीको मौलिक कला र संस्कृति, ऐतिहासिक विरासत, पर्यटन, जलस्रोत, जडिबुटीका हिसाबले निकै महत्वपूर्ण क्षेत्रको रुपमा मानिने कर्णाली वर्षोदेखि अभाव र दुःखको अर्को नाम बनिरहेकोमा आयोजकले चिन्ता व्यक्त गरेका छन् ।
    कार्यक्रममा कर्णालीसँग सम्बन्धित छाउ र भाउ, बाडो, थाडो र ओटालो, आफ्नै कथा, आफ्नै बान्की, कहरी सुकालो होला, कइले जाला कठै ?, हाट जान्या, भोट जान्यालगायतका शीर्षकमा छलफल हुनेछन् ।
    शुक्रबार कर्णाली घुमाउटो पड्यो, पढ्नु पड्डोछ, साक्षर शिक्षित र प्राज्ञिक, प्राङ्गारिक प्रयास, पुईसाका कुडा, थैलीदेखि बैँकसम्म, पूर्वाधार विकासः समृद्ध कर्णालीको पूर्वाधारका विषयमा बहस हुनेछ ।
    शनिबार पश्चिममा प्रशासक, पश्चिमका प्रशासक, सरकारी गैरसरकारी, लोकतन्त्रको लय र मुख्य मान्ठ, मूल कुडा सेसनमा बहस हुुने तालिका छ । मुख्य मान्ठ, मूल कुडामा कर्णालीका प्रदेशका मुख्यमन्त्री र प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बहस गर्नेछन् ।
    गत वर्ष फागुन १९, २० र २१ गते यही स्थानमा कर्णाली उत्सवको पहिलो संस्करण भएको थियो । गत वर्षकै लयमा अझै परिस्कृत गर्दै उत्सवको दोस्रो संस्करण सुरु भएको उत्सवको आयोजक संस्था ऋति फाउण्डेशनका संयोजक कमल लम्सालले जानकारी दिए ।
    यस संस्करणमा गत वर्ष जस्तै बिहीबारदेखि प्रत्येक दिनका दैनिक शीर्षकहरु ‘हाम्मो मानंबी, सुर्के थैली र कैथा कैथ्यो नेतृत्व अन्तर्गत’ विभिन्न सत्रहरु सञ्चालन हुनेछन् ।

    Posted in अर्थLeave a Comment on सुर्खेतको बुलबुले उद्यानमा कर्णाली उत्सव सुरु

    साउदी रोजगारदाताहरुको विवरण अपलोड गर्न दूतावासको आग्रह 

  • २५ फाल्गुन २०७७, मंगलवार १६:१५ मा प्रकाशित

  • काठमाडौं : साउदी अरबस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा साउदी अरबस्थित रोजगारदाताहरुको विवरण तत्काल अपलोड गर्न आग्रह गरेको छ । नेपाली कामदारका लागि प्रमाणीकरण भएका डिमाण्डका कागजपत्र विभागको अनलाइन प्रणालीमा अपलोड गर्न जनशक्तिको अभावले गम्भीर समस्या उत्पन्न भएको दूतावासले बताएको छ ।
    दूतावासमा प्रमाणीकरण भएका तर अनलाइन प्रणालीमा दुई हजार बढी फाइल अपलोड हुन सकेका छैनन् । करिब ५० हजार नेपाली कामदारको डिमाण्ड रहेको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुले वैकल्पिक व्यवस्था गरी प्रमाणीकरण गरिएका ती मागपत्र तत्काल विभागको अनलाइन प्रणालीमा अपलोड गरी पठाउन माग गरेको छ ।
    दूतावासले एक सूचना प्रकाशित गरी बिहीबारसम्म १ सय ७० रोजगारदाताहरुको विवरण नोपलका म्यानपावर कम्पनीले फेमिसमा अपलोड गरेको नदेखिएको भन्दै विवरण अपलोड नभएमा दूतावासले प्रमाणीकरण गरेपनि मागपत्र अनलाइन नहुने बताएको छ । दूतावासमा आइपुगेका फाइल प्रमाणीकरण भई अपलोड हुन नसकेको समस्या करिब दुई महिनादेखि समाधान हुन सकेको छैन ।

    परराष्ट्र मन्त्रालयमासमेत ध्यानाकर्षण गर्दा पनि समस्याको समाधान नभएपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले गत हप्ता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्य प्रसाद गौतमलाई भेटी मागपत्र अपलोड गर्ने व्यवस्थाको लागि पहल गर्न माग गरेको थियो । व्यवसायीहरुले साउदी अरबस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेर नपठाउँदा नेपाल आउने डिमाण्ड बंगलादेश लगायतका देशमा डाइभर्ट हुन थालेको दावी गरेका छन् ।

    दूतावासले भने प्रमाणीकरण भएका मागपत्र विभागको अनलाइन प्रणालीमा अपलोड गर्ने जनशक्तिको अभाव रहको बताउँदै आएको छ । दूतावासले दूतावासको अनलाइन प्रणाली (https://demand.nepalembassy.gov.np) र विभागको वैदेशिक रोजगार सूचना प्रणाली (फेमिस) एक आपसमा जोडिन नसकेका कारण प्रमाणीकरण भएका मागपत्र विभागको सूचना प्रणालीमा अपलोग हुन नसकेको बताएको छ । दूतावासले कार्यबोझ बढेको भन्दै मार्च १० तारिख अर्थात आगामी सोमबारसम्म नयाँ मागपत्र प्रमाणीकरण नगर्ने बताइसकेको छ ।

    यसैबीच मागपत्र प्रमाणीकरण भई नआएका कारण रोजगारीका लागि साउदी अरब जान स्वास्थ्य परीक्षण गराइसकेका हजारौं कामदारहरुको मेडिकल रिपोर्ट डेट एक्पाएर भई पुनः मेडिकल गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।

    वैदेशिक रोजगार ऐन अनुसार भिसा प्राप्त भएपछि मात्रै वैदेशिक रोजगारीमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएपनि साउदी अरबमा रोकिएका डिमाण्ड आएमा एकै चोटी स्वास्थ्य परीक्षण गराउँदा व्यवहारिक कारणले कठिनाई हुने आँकलन गरी धेरै म्यानपावरहरुले कामदारलाई आफ्नो स्वास्थ्य परिक्षण गराई राख्न भनेको रोजगारीका लागि साउदी अरब जाने तयारीमा रहेका धनुषा नकजाझिजका सलिम मियाँले बताए । साउदी अरबको हालको नियम अनुसार मेडिकल रिपोर्टको अवधि ३ महिना मात्र हुन्छ । तीन महिना नाघेपछि त्यस्ता कामदारहरुले पुनः मेडिकल गर्नुपर्ने व्यव्स्था रहेको छ  ।

    source: madhyaneadaily.com

    Posted in अन्तर्राष्ट्रिय, अर्थLeave a Comment on साउदी रोजगारदाताहरुको विवरण अपलोड गर्न दूतावासको आग्रह 

    उद्धघाटन हुन नपाउँदै खरानी भयो ! धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि.

  • २२ फाल्गुन २०७७, शनिबार १६:०१ मा प्रकाशित
  • धनगढी,२२ फागुन । धनगढी उप-महानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रा.लि.उद्धघाटन हुन नपाउँदै खरानी भएको छ । लामो समय डडेल्धुरामा व्यवसाय गरेका युवा व्यवसायी भोजराज भट्टले सुदूरपश्चिम प्रदेशलाई लक्षित गरि धनगढीमा तीन करोड लगानिमा आलोक मल्टी कन्सर्न उद्योग संचालनमा ल्याउन लागेका थिए ।त्यो  उद्योगमा लागेको आगोले उद्योग संगसगै  युवा व्यवसायी भोजराज भट्टको करोडौं पैसा र पसिना अनि व्यवसायमार्फत समग्र सुदूरपश्चिम प्रदेशलाई सेवागर्ने सपना समेत खरानि भएको छ।हाउस डेकुरेसन संगसंगै कन्सल्टेन्सी सेवा उपलब्ध गराउने उद्धे्रश्य बोकेका भट्टले धेरै सेवाग्राहीले घरभित्रको डिजाइन कस्तो राख्ने रु वास्तुशास्त्र अनुसार कुन दिशामा वेड, किचन, बाथरुम, ट्वलेट राख्दा शुभ मानिन्छ यी सबै पक्ष, अर्थात प्रश्नहरु मा समेत ग्राहकहरुलाई सन्तुष्ट गराउने भट्टको उद्धेश्य चक्नाचुर भएको छ ।आगलागीको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। आगलाागी बाट करोडौंको नोक्सान भएको आकलन गरिएको छ ।उद्योगमा भएको आगलागी करिब दुई घण्टापछि नियन्त्रणमा आएको हो ।साभार :पश्चिम टुडे  

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on उद्धघाटन हुन नपाउँदै खरानी भयो ! धनगढीको आलोक मल्टी कन्सर्न प्रा.लि.

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P