प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी फागुन ०६ गते अथार्त फरवरी १८मा प्रवासी संग डाक्टर” को अर्को श्रृंखलामा मिर्गौलासम्बन्धी समस्या तथा सामाधानमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन हुने भएको छ।
कार्यक्रमको पहिलो शृंखलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी संगसगैं आउने स्वास्थ्य समस्या सम्बन्धि बिषयमा केन्द्रित रही सम्पन्न भएको थियो भने दोस्रो श्रृंखला मानसिक स्वास्थ्यमा केन्द्रित रहेर जुम माध्यमबाट विभिन्न अनलाइन पत्र-पत्रिका तथा फेसबुक पेज मार्फत सीधा प्रसारण गर्दै भब्यरुपमा सम्पन्न भएको थियो।
अब आगामी कार्यक्रम सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र काठमांडू की विशेषज्ञ डाक्टर कल्पना श्रेष्ठद्वारा मिर्गौलासम्बन्धी समस्या तथा सामाधानबारे सल्लाह सुझाव लगायत विशेष छलफल हुने पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
विशेषगरी खाडी मुलुकमा रहेका नेपाली नागरिकको स्वास्थ्यमा मृगौलाको समस्या चरम रुपमा देखिएको तथ्यांकले देखाएको र यसो हुनुमा त्यहाँको हावापानी तापक्रम नेपालको अनुकूल नहुने भएकोले खाडी मुलुकमा रहेका नेपालीहरुलाई लक्षित गरी मृगौला सम्बन्धी सचेतना कार्यक्रम अगाडि ल्याइएको प्रमुख नेपालले बताउनुभयो ।
विश्वका अधिकांश मुलुकको कुल जनसंख्याको १० प्रतिशत मानिस मिर्गौला सम्बन्धी रोगबाट पीडित हुने गरेको तथ्याङ्क विश्व स्वास्थ्य संगठनको तथ्याङ्क छ । यस आधारमा नेपालमा करीब ३० लाख मानिसमा मिर्गौला सम्बन्धी जोखिम रहेको चिकित्सकहरु बताउँछन् ।
करीब ३० हजार व्यक्ति रोगको अन्तिम चरणमा पुगी डायलासिस वा प्रत्यारोपण गर्नुपर्ने अवस्थामा रहेको उनीहरु बताउँछन् । पछिल्लो समय त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गौला प्रत्यारोपण गराउनेको संख्या ५ सय ५० पुगेको छ । यस्तै, मुलुकका विभिन्न अस्पतालमा १३ सय बढीले सफल मिर्गौला प्रत्यारोपण गरेको तथ्याङ्क छ ।
जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom
काठमाडाैं : अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) लाई विरोधीहरूले राजनीतिक स्वार्थका रुपमा प्रयोग गरेर जनतामा भ्रम सिर्जना गरेको काठमाडाैंमा आज आयोजित कार्यक्रमका सहभागीहरूले बताएका छन्।
अर्थविद, राजनीतिक विश्लेषक, कानुनविद् एवं यस सम्बन्धी जानकारहरूले एमसिसीलाई देशको हित विपरीतमा छ भनी अपव्याख्या गरेर जनसाधारणमा अफवाह फैलाउनु राजनीतिक बेइमानी भएको टिप्पणी गरे।
‘एमसिसीको यथार्थ र आवश्यकता’बारेको अन्तरक्रियामा वक्ताहरूले नेपालजस्तो विकासोन्मुख देशका लागि एमसिसी परियोजनामार्फत हुने लगानी अपरिहार्य भएकाले यसलाई फिर्ता गर्न नहुने धारणा राखे।
साथै उनीहरूले एमसिसी नेपालबाट फिर्ता भए एसियाली विकास बैंक, विश्व बैंकजस्ता अन्तरराष्ट्रिय दातृ निकायले नेपाललाई सहयोग गर्दैनन् भन्दै यसबाट नेपालको आर्थिक विकासमा नकारात्मक असर पर्ने तर्क गरे।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेलले एमसिसी परियोजनालाई लिएर भइरहेको विरोध देखावटी मात्र भएको र राजनीतिक ‘स्पेस’ दिनलाई विरोध गरिएको टिप्पणी गरे।
‘एमसिसीको विरोध ओपन सेक्रेट छ, यो परियोजनाको सम्झौतामा को को सहभागी थिए, त्यसैले अहिलेको विरोध राजनीतिक स्पेसका लागि देखावटी मात्रै हो।’
उपाध्यक्ष पौडेलले नेपालसँग लामो सम्बन्ध रहेको अमेरिकासँगको सम्बन्धलाई बिगार्न नहुने बताए। ठूला विकासे परियोजनामा सधैँ बखेडा झिकेर देश विकासमा कस्तो असर पर्छ भन्ने विगतका उदाहरणबाट सिकेर अघि बढ्नुपर्नेमा उनको जोड थियो।
वरिष्ठ अधिवक्ता गान्धी पण्डितले अमेरिकासँग नेपालको लामो सम्बन्ध रहेको चर्चा गर्दै एमसिसीको गलत व्याख्या गरेर जनमानसमा हौवा फिजाएर कूटनीतिक सम्बन्धलाई कमजोर तुल्याउन नहुने धारणा राखे। उनले उक्त परियोजनाको रकम सडक सञ्जालको विकास र विद्युत् प्रसारण लाइन निर्माणका निम्ति अनुदान भएको स्पष्ट पारे।
जलस्रोतविज्ञ ज्ञानेन्द्रलाल प्रधानले एमसिसीको विरोध गर्नु राजनीतिक बेइमानी भएको र यो परियोजनालाई ठूला मिडियाले पनि साथ नदिएको गुनासो गरे। उनले विगतमा अरुण तेस्रो आयोजना रोकिएर भूटानभन्दा पछि परेको देशको अवस्थालाई बुझेर पनि एमसिसी परियोजनालाई फर्कन दिन नहुने जिकिर गरे।
राजनीतिक विश्लेषक अरुणकुमार सुवेदीले एमसिसीलाई राजनीतिक रङ्ग दिएर विरोधीले परियोजनाको अपव्याख्या गर्नु राष्ट्रहित विपरीत भएको तर्क गरे। अर्का
राजनीतिक विश्लेषक सरोज मिश्रले एमसिसी परियोजना नेपालले नस्वीकारे विदेशी लगानी नभित्रने आशङ्का व्यक्त गरे। विश्लेषक विजय मिश्रले एमसिसी परियोजनालाई राष्ट्रघाती भनेर जनतामा भ्रम सिर्जना गर्न कतिपय दलहरू लागेको धारणा व्यक्त गरे।
यस्तै, प्राध्यापक कपिल श्रेष्ठले एमसिसीबारे भएको झुटको खेतीले जनसाधारणमा भ्रम पारेको बताए। कानुनविद् सेमन्त दाहालले एमसिसी परियोजनालाई लिएर विरोध गर्नुको कुनै औचित्य नभएकाे बताए।
स्तम्भकार हरिविनोद अधिकारीले पनि एमसिसीबारे संसद्लाई नै सार्वभौम अधिकार प्रयोग गर्न दिइनुपर्ने धारणा राखे। प्राध्यापक कृष्ण हाथेछुले एमसिसीको आवश्यकता र औचित्यका आधारमा निर्णय गरिनुपर्ने बताए।
हिमालय एयरलाइन्सले साउदी अरबको रियाद र दमाममा गर्दै आएको दुईतर्फी उडान स्थगित गरिएको जनाएको छ । एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेको जनाएको छ भने उक्त कारणबारे भने स्पष्ट रूपमा खुलाइएको छैन ।
हिमालयद्वारा जारी सूचनामा `अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म हामी काठमाडौं-दमाम-काठमाडौं र काठमाडौं-रियाद-काठमाडौं क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको कुरा जानकारी गराउदछौ भनी उल्लेखित सूचनामा जनाइएको छ।
सूचनामा `यस क्षेत्रहरूकालागि हाम्रा उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं ´ भनि उल्लेख गरिएको छ ।
` एयरलाइन्सको सुचनाअनुसार टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिशेड्युल सुविधाको लागि सम्बन्धित ट्राभल एजेन्सी वा एयरलाइन्सकै विक्री कार्यालयमा सम्पर्क राख्नु हुन समेत अनुरोध गरेको छ ।
हिमालय एयरलाइन्सले यसअघि साउदी अरेबियाको दमाम-काठमाडौं दैनिक र रियाद-काठमाडौं हप्तामा २ वटा उडान गर्दै आएको थियो ।
हिमालय एयरलाइन्सले तत्कालका लागि उडान स्थगित गरेसँगै साउदी अरब संग नेपालको सिधा हवाई सम्पर्क विच्छेद भएको छ अब साउदीबाट नेपाल तथा नेपालबाट साउदी अरब यात्रा गर्नको लागि विभिन्न देशका एयरलाइन्सहरु मार्फत ट्रान्जिट भएर मात्र यात्रा गर्न सकिनेछ।
सिधा उडान भर्ने हिमालयले तत्कालका लागि उडान नभर्ने भएपछि यहाँ रहेका नेपालीहरुमा निराश छाएको छ । नेपाल एयरलाइन्सले नेपाल-साउदी सिधा उडान भर्ने समाचारहरु बाहिरीए पनि हिमालयकै उडान स्थगितले थप अन्योल सृजना भएको छ ।
११ फेब्रुअरी २०२२, साउदी अरब ! नेपाल-साउदी सिधा उडान भर्दै आएको हिमालय एयरलाइन्सले कुनैपनी अग्रिम सूचना बिना गत ९ फेब्रुअरी बुधबारका दिन उडान रद्द गर्दा कैयौं नेपाली यात्रुहरु अलपत्र परेका छन् । ९ फेब्रुअरी बुधबार २:१० को रियाद बाट उडान हुनु पर्ने फ्लाइट उडान हुनु पहिले सूचना जारी नगर्दा हिमालयन एयरलाइन्स बाट आफ्नो स्वदेश फर्किदैं गरेका, साउदिका विभिन्न ठाउँबाट आएका नेपालीहरु एयरपोर्टमा अलपत्र परेका थिए ।
केहि यात्रुहरु सोही स्थानका रहेका र आफ्नो बासस्थान तर्फ फर्के पनि 50-60% यात्रु भने टाढा-टाढा बाट आएका, कोइ इकमा इक्स्पायर भइ तथा हुरुब लागेर इक्स्जिट लागि जान लागेका नेपालीहरु आफ्नो फर्किने ठाउँ नहुदाँ उहाँहरुलाइ भने शुक्रबार बिहान सम्मका लागि एयरलाइन्सले होटलमा राखेको तर खान र पानी बिहिवार बिहान सम्म मात्रै दिएको एक पीडितले बताएका छन् ।
पीडित नेपालीहरु मध्ये कतिपय हुरुब लागेर जान लागेका र खान, बस्न, पानी पिउन समेत पैसा नरहेको, एयरलाइन्सले टिकटको मात्रै पैसा फिर्ता गरेको, पिसिआर गरेको पैसा फिर्ता नदिएको, तथा एयरलाइन्सका एक प्रतिनिधिले तपाईं हरुको उडान हुँदैन भन्दै बृस्तित सहयोगको कुरा नगरी सम्पर्क बिहिन भएको कुरा जनाउदैँ उद्दारका लागि साउदीको नेपाली दूतावास तथा अन्य संघसंस्थाहरु सित पीडितहरुले अनुरोध गरेका छन् ।
“मुति सक्यो दैलो देख्यो” भने जस्तो ९ फेब्रुअरी बुधबार नेपालीहरु अलपत्र परे पछि १० फेब्रुअरी बिहिवार हिमालय एयरलाइन्सले एक सूचना जारी गर्दै `अपरिहार्य परिस्थितिका कारण अर्को सूचना प्रकाशित नहुँदासम्म हामी काठमाडौं-दमाम-काठमाडौं र काठमाडौं-रियाद-काठमाडौं क्षेत्रहरूका लागि कुनै पनि यात्रुवाहक उडानहरू सञ्चालन गर्न असमर्थ रहेको र ओहोरदोहोर उडान स्थगित गरिएको कुरा जनाएको छ ।
उक्त सूचनामा `यस क्षेत्रहरूका लागि हाम्रा उडानहरू अवस्था सामान्य भएपछि सञ्चालनमा आउने कुराको सुनिश्चितता पनि यसै सूचनाद्वारा गराउँदछौं, टिकट पूर्ण रिफन्ड र नि:शुल्क रिसेड्युल सुविधाको लागि तपाईंको सम्बन्धित ट्राभल एजेन्सी वा हाम्रो विक्री कार्यालयमा सम्पर्क राख्नु हुन विनम्र अनुरोध समेत गर्दछौँ । हाम्रा यात्रुहरूमा पर्न गएको असुविधाको लागि हामी क्षमा प्रार्थी छौं ´उक्त सूचनामा उल्लेख गरिएको छ ।
पीडित नेपालीहरुको उडान हुनेबेला सम्म निशुल्क खान बस्न, निशुल्क अर्को एयर टिकट दिन र पिसिआर गरेको पैसा समेत दिन हिमालय एअरलाइन्स लाई ध्यानाकर्षण गराउदछौं।
९ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा वेस्टर्न ह्युमन रिसोर्स प्रालि मार्फत साउदी आएका १५ जना नेपालीहरु दम्माममा अलपत्र परेपछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्च द्वारा करिब १५ दिनलाई पुग्ने खाद्यान्न सामानहरु प्रदान गरेका छन् ।
पीडित हरुको बारेमा पिटि अनलाईन मार्फत जानकारी प्राप्त भएपछी नेपाली साझा मन्च साउदीका अध्यक्ष अकल प्रधानको नेतृत्वमा पीडितहरुलाइ भेट गरि समस्या बुझेको थियो। उहाँहरुको समस्या बुज्दा खाद्यान्न लगायतको समस्या रहेको पाए पछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने दाल ,चामल ,तेल मसला ,फलफुल लगायतको सामग्री मन्चको संयोजक अकल प्रधान ,उप संयोजक अन्जान गुभाजु,प्रवासी मिलनको सचिव उदय चौधरीले आज पीडितको रुममा पुगी हस्तान्तरण गरेको छ।
१५ जना पीडित मध्ये एक देव लामा अल्सरको विरामी रहेको उनको उपचारको लागि दिदिबहिनी समुह साउदिकि अध्यक्ष तुलसी गुरुङको समन्वयमा उपचार गरेको थियो । पीडितहरुको सहयोगमा साथ दिनु हुने काजी गुरुङ (अध्यक्ष ),रबिन्द्र शाह ,उदय चौधरी र ज्ञानु तमु तथा प्रवासी मिलन एकत समाजका सम्पुर्ण टिम ,पीडित बारे जानकारी दिनु हुने पिटि अनलाईन , दिदीबहिनि समुह साउदीकि अध्यक्ष तुलसी गुरुङ र नेपाली साझा मन्चको सम्पुर्ण टिमलाइ नेपाली साझा मन्च ,राष्ट्रिय समन्वय परिवारले आभार प्रकट गरेको छ ।
९ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा वेस्टर्न ह्युमन रिसोर्स प्रालि मार्फत साउदी आएका १५ जना नेपालीहरु दम्माममा अलपत्र परेपछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने खाधन्न सामग्री प्रदान गरेका छन् ।
पीडित हरुको बारेमा पिटि अनलाईन मार्फत जानकारी प्राप्त भएपछी नेपाली साझा मन्च साउदीका अध्यक्ष अकल प्रधानको नेतृत्वमा पीडितहरुलाइ भेट गरि समस्या बुझेको थियो। उहाँहरुको समस्या बुज्दा खाद्यान्न लगायतको समस्या रहेको पाए पछि प्रवासी मिलन एकता समाज र नेपाली साझा मन्चको समन्वयमा करिब १५ दिनलाई पुग्ने दाल ,चामल ,तेल मसला ,फलफुल लगायतको सामग्री मन्चको संयोजक अकल प्रधान ,उप संयोजक अन्जान गुभाजु,प्रवासी मिलनको सचिव उदय चौधरीले आज पीडितको रुममा पुगी हस्तान्तरण गरेको छ।
१५ जना पीडित मध्ये एक देव लामा अल्सरको विरामी रहेको उनको उपचारको लागि दिदिबहिनी समुह साउदिकि अध्यक्ष तुलसी गुरुङको समन्वयमा उपचार गरेको थियो । पीडितहरुको सहयोगमा साथ दिनु हुने काजी गुरुङ (अध्यक्ष ),रबिन्द्र शाह ,उदय चौधरी र ज्ञानु तमु तथा प्रवासी मिलन एकत समाजका सम्पुर्ण टिम ,पीडित बारे जानकारी दिनु हुने पिटि अनलाईन , दिदीबहिनि समुह साउदीकि अध्यक्ष तुलसी गुरुङ र नेपाली साझा मन्चको सम्पुर्ण टिमलाइ नेपाली साझा मन्च ,राष्ट्रिय समन्वय परिवारले आभार प्रकट गरेको छ ।
९ फेब्रुअरी २०२२, साउदि अरब ! नेपाली राजदूतावास, मलेशियाबाट आज एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात भएको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुवात गरिएको हो । मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध छन् ।
राहदानी विभागबाट उहाँको राहदानी प्रिन्ट समेत गरेर परीक्षण गरिएको छ। दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्रोल्मेण्ट गरेको छ।
राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ। विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले भाग लिनु भएको थियो।
त्यस्तै, उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेशियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस, राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति थियो।
सो कार्यक्रममा कार्यवाहक राजदूत मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गर्नु भयो।
अर्यालले मलेशियामा बसोबास गर्ने नेपालीहरुलाई बधाइ दिंदै अब मलेशियाबाट अब विद्युतीय राहदानी मात्र जारी हुने र यन्त्रबाचक राहदानी जारी नहुने कुरा बताउनु भयो।
काठमाडौं। अवैध रुपमा टर्कीबाट युरोपेली देश ग्रिस प्रवेश गर्न खोजेका नेपाली सहित १९ जना आप्रवासीको हिउँमा जमेर मृत्यु भएको छ । टर्कीको सानो सहर एडिर्नेको गभर्नर कार्यालयलाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार शवहरु भेटिएको ठाउँमा खोजी र उद्धार कार्य भइरहेको छ । गृहमन्त्री सुलेमान सोयलुका अनुसार मारिनेहरु २२ जनाको समूहमा थिए । सोयलुका अनुसार १९ जना इप्सालामा हिउँले कठ्यांग्रिएर मारिए ।
इप्साला युरोपेली संघ प्रवेश गर्नको लागि प्रयोग गरिने सीमा क्षेत्र हो । हिउँको तुफानबाट बाँच्न सफल भएकाहरुका अनुसार यसरी युरोप प्रवेश गर्न खोज्ने समूहमा नेपालीहरु पनि थिए । बाँच्न सफल भएकाहरुले टर्कीको हुर्रियत डेलीन्यूजसँग कुरा गर्दै आफूहरुलाई खाना समेत नदिएर ग्रीसको एउटा क्याम्पमा राखिएको बताएका छन् । सोही समूहमा रहेका बंगलादेशी रियाज एका अनुसार उनीहरु जनवरी ३१ मा ग्रीस प्रवेश गरेका थिए त्यसपछि ग्रीक सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेर क्याम्पमा पठाएका थिए ।
‘उनीहरुले हामीलाई ३ दिनसम्म खाना पानी केही पनि दिएनन् । त्यहाँ हिमपात भइरहेको थियो र हामीसँग त्यसबाट बच्नको लागि उपयुक्त कपडा थिएनन्’ रियाजले भने । उनका अनुसार त्यसपछि ग्रीक सुरक्षाकर्मीहरुले उनीहरुलाई फेरि टर्कीतर्फ नै धपाइदिए । उनका अनुसार त्यसपछि कठिन यात्रा गर्दै उनीहरुले अन्ततः एउटा गाडी भेटेर सहयोग मागेपछि बच्न सफल भएका थिए । रियाजका अनुसार उनी गएको समूहमा पाकिस्तानी, अफ्रिकी, नेपाली र अफगानीहरु थिए र उनीहरु सबै मरे ।
धनकुटा : वैदेशिक रोजगारीका क्रममा साउदी अरबमा मृत्यु भएका छथर जोरपाटी गाउँपालिका–५ परेवादिनका रामकुमार लिम्बूको शव ल्याउन पहल सुरु भएको छ।चार महिनाअघि मृत्यु भएका लिम्बूको शव सेन्टर फर माइग्रेशन एण्ड इन्टरनेशनल रिलेशन (सिएमआइआर)को सहजीकरणमा वैदेशिक रोजगार बोर्डमार्फत ल्याउन पहल सुरु गरिएको धनकुटा नगरपालिकाअन्तर्गतको आप्रवासी स्रोत केन्द्रका सूचना अधिकृत मञ्जु राईले बताइन्।‘लिम्बूको मृत्यु भएको लामो समय बितिसक्दा पनि शव ल्याउन कुनै प्रक्रिया सुरु भएको रहेनछ‚’ सूचना अधिकृत राईले भनिन्‚ ‘हामीले उनका श्रीमतीसँग कुरा गरेर आवश्यक डकुमेन्ट संकलन गरी सिएमआइआरको सहजीकरणमा नेपाली दूतावास साउदी अरबमा निवेदन पेश गरेका छौं।’
केही दिनअघि थाहाखबर डटकममा ‘साउदीमा मृत्यु भएका पतिको शव कुर्दै विष्णुमाया’ शीर्षकमा समाचार प्रकाशन भएको थियो। सूचना अधिकृत राईका अनुसार यसअघि वैदेशिक रोजगार बोर्डले दूतावासलाई सम्बोधन गरेर पत्र लेखे कुनै प्रक्रिया अघि बढेको रहेनछ। अन्य देशको हकमा मृत्यु भएको कम्तीमा पनि एक साताभित्र शव आउने भए पनि साउदी अरबको हकमा भने साढे दुईदेखि तीन महिनासम्म समय लाग्ने राईले बताइन्। तर‚ लिम्बूको मृत्यु भएको चार महिनाभन्दा बढी समय बितिसकेकाले सकभर छिटो शव आइपुग्ने उनको भनाइ छ।सूचना अधिकृत राईले भनिन्‚ ‘हामी निरन्तर फलोअपमा छौं। कम्पनीसँग पनि सम्पर्क भइसकेको छ।’
३९ वर्षीय लिम्बूको गत असोज २६ गते उपचारका क्रममा निधन भएको थियो। उनका श्रीमती विष्णुमायाका अनुसार उनी १८ वर्षदेखि साउदी अरबस्थित ‘एइड दहिम अल हामउड एन्ड पार्टनर्स ट्रेडिङ एन्ड कन्ट्रयाक्टिङ’ कम्पनीमा काम गर्दै आएका थिए। बाटोमा काम गरिरहेका बेला गाडी आउँदा साइड दिने क्रममा उनी पुलबाट खसेर गम्भीर घाइते भएका थिए।मृतकका श्रीमती र १४ वर्षीय एक छोरा छन्। उनीहरू अहिले मोरङको सुन्दरहरैचा नगरपालिका–६, गछियामा सुकुम्बासी जग्गामा बस्दै आइरहेका छन। जीविकोपार्जनका लागि गछिया खोलामा बालुवा चाल्ने काम गर्दै आइरहेको विष्णुमायाले बताइन्।
७ फेब्रुअरी २०२२, साउदी अरब ! बिगत केहि हप्ता देखी साउदी अरवको जेद्धा स्थित एक कम्पनीको कोठामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबको निरन्तर पहल र सहयोगमा आज नेपाल फर्कन सफल रहेका छन् ।
बिरामी रानाको छटपटाइरहेको भिडियो सामाजिक संजालमा यत्र तत्र फैलिए लगत्तै एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले नेपाली महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सत्य तथ्य बुझेर उहाँको उपचार तथा खान बस्न सबै कुराको ब्यबस्थापन गरेको र दूतावास तथा सम्बन्धित निकायसितको निरन्तर पहल समन्वयमा आज उहाँ नेपाल फर्कन सफल रहेको एनआरएनए अध्यक्ष यादवले जानकारी गराउनु भयो ।
उक्त कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा पीडित रहेका ९ जना नेपाली मध्ये ७ जना लमिन लामा, यम ब पुन:मगर, हस्त ब पुन: मगर , जितेन्द्र सिङ्दवा, जीवन जेठ्ठी मगर, सुशील बुढा र धन बहादिर बिश्वकर्मा पहिले नै फर्किसकेका र बाकी बिरामी आएस राना को इक्सिट भिसा लागेर आज स्वदेश फर्किदै गरेको र अर्का मेघ बहादुर कल्लीको इक्जिट लाग्न बाकी रहेको, तर उहाँको पनि केहि दिनमा इक्सिट लाग्ने अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।
उहाँहरु दुइजना मध्य बिरामी आयस रानाको साउदीमा केस रहेको र अर्का मेघ बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नहुदाँ नेपाल फर्किन सकेका थिएनन् । बिरामी आयस रानालाइ इक्स्जिट भिसा लगाउन एनआरएनए साउदीको महाबाणिज्य दूतावास जेद्दासितको निरन्तर समन्वयमा अहिले बहिर्गमन भिसा लागेको, उहाँलाई नेपाल फर्काउन आवस्यक हवाइ टिकट समेत एनआरएनए साउदीले उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी गराए ।।
उहाँको उद्दार गरि नेपाल फिर्तीका लागि बिशेष सहयोग गर्नुहुने महाबाणिज्य दूतावास जेद्दा स-परिवार बिशेष धन्यवाद तथा आभार प्रकट गर्दै उहाँको सहयोगको लागि पहल गर्नु हुने “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए निवर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ हरुलाइ पनि अध्यक्ष यादवले आभार प्रकट गरेका छन् ।