मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अनुसन्धान जारी
काठमाडौँ — अमेरिकाको टेक्ससस्थित सान एन्टोनियोमा ट्रेलर ट्रकभित्र कम्तीमा ४६ जना मृत फेला परेका छन् । मृत अवस्थामा फेला परेका सबै जना आप्रवासी हुन सक्ने भन्दै उनीहरूको पहिचान भने भइनसकेको टेक्ससका गभर्नरलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।
टेक्ससका गभर्नर ग्रेग एबोटले सोमबार ट्विटरमार्फत् जो बाइडेनको सरकारले ल्याएको घातक खुला सीमा नीतिका कारण यो घटना घटेको आरोप लगाएका छन् । सोही ट्रकमा रहेका कम्तीमा १६ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकाहरू कुन देशका हुन् भन्नेबारे अझै पहिचान हुन नसकेको बीबीसीले उल्लेख गरेको छ । फरार रहेका ट्रकका चालकलाई प्रहरीले खोजिरहेको अमेरिकी समाचार संस्था न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।
सान एन्टोनियो अमेरिका-मेक्सिकोको सीमाभन्दा करिब २५० किलोमिटरको दूरीमा छ । उनीहरूको मृत्यु कसरी भयो भन्नेबारे भने अझै प्रहरीले सार्वजनिक गरेको छैन ।
अमेरिका आप्रवाससम्बन्धी विषय राजनीतिक मुद्दाको विषय बन्ने गरेको छ । गत वर्ष अमेरिका-मेक्सिकोको बोर्डर हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरूको जमातलाई प्रहरीले पक्राउ गरेको थियो । विभिन्न देशबाट मानिसहरू असुरक्षित बाटो हुँदै अवैध रुपमा अमेरिका छिर्ने गर्दछन् ।
सोमबार भएको घटनालाई पनि यहि क्रममा भएको हुन सक्ने आशंका गरिएको छ । यसभन्दा अघि सन् २०१७ मा पनि सान एन्टोनियोको वालमार्टमा एउटा ट्रकमा १० जनाको शव भेटिएको र सन् २००३ मा पनि सान एन्टोनियोकै दक्षिणी क्षेत्र स्वेल्टरिङका १९ जना मृत फेला परेको द गार्जियनले उल्लेख गरेको छ ।
साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका ९९ नेपालीले ‘एक्जिट भिसा’ वहिर्गमन भिसा पाएका छन् । यही जुन १७ देखि २३ सम्मको अवधिमा उनीहरुको नाममा साउदी सरकारले एक्जिट भिसा जारी गरेको हो ।
रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी सरकारले उनीहरुलाई एक्जिट भिसा उपलब्ध गरेको हो । ‘साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र इकामा नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा १७–२३ जुन २०२२ सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा ९९ जनाको वहिर्मन भिसा प्राप्त भएको छ,’ दूतावासले आज विज्ञप्ति जारी गर्दै भनेको छ ।
अवैध रुपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रुपमा एक्जिट भिसा आवश्यक पर्छ । एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन् । सम्बन्धीत देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ ।
एक्जिट भिसा आएकाहरुलाई दूतावासमा आएर भिसा लिएर जान विज्ञप्तिमा भनिएको छ । एक्जिट भिसा आएको ६० दिन भित्र स्वदेश फर्कनु पर्ने नियम साउदी अरबको रहेको छ ।
‘दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरिन्छ । र, एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्नु हुन अनुरोध गरिन्छ,’ नेपाली दूतावासले भनेको छ ।
काठमाडौं । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले साउदी पत्रकार जमाल खशोग्गीको हत्यापछि बिग्रिएको सम्बन्धलाई पूर्णतया सामान्य बनाउने उद्देश्यले टर्कीका राष्ट्रपति रेसेप तयिप एर्दोगानसँग वार्ता गर्न वर्षौंपछि पहिलो पटक बुधबार टर्कीको भ्रमण गरेका छन् ।
यसअघि गत अप्रिलमा एर्दोगानले पनि साउदीको भ्रमण गरेका थिए । सन् २०१८ मा टर्कीको स्तानबुलस्थित वाणिज्यदूतावासमा साउदीका अमेरिका निवासी पत्रकार खशोग्गीको हत्या भएको थियो ।
पत्रकार खशोग्गीको हत्यामा मुद्दा चलाउन एवं क्षेत्रीय शक्तिहरू बीचको सम्बन्ध सुधार गर्न एर्दोगनले साउदीको भ्रमण गरेका थिए ।
उनले त्यहाँ रहँदा युवराज मोहम्मदसँग एक वार्ता गरेका थिए । सो क्रममा टर्कीको संकटग्रस्त अर्थतन्त्रलाई राहत दिन मद्दत गर्न साउदीले लगानीको सम्भावना बढाएको थियो ।
एर्दोगानले गत हप्ता रियादका डि फेक्टो लिडर प्रिन्स मोहम्मदसँग अंकारामा हुने वार्ताको क्रममा सम्बन्धलाई अझैं उच्च तहमा लैजान के गर्न सकिन्छ भन्ने बिषयमा छलफल गर्ने बताएका थिए ।
यस भ्रमणले दुई देशबीचको सम्बन्ध दरार आएको अवस्थाबाट हटाउँदै पुरानै मजबुत स्वरुपमा लैजाने सम्भावना बढाएको छ । एक टर्कीका वरिष्ठ अधिकारीले रोयटर्सलाई भनेका छन्, साउदी र टर्की बीचको सम्बन्धमा ‘नयाँ युग शुरु हुनेछ’।
यस्तै टर्कीको घटेको विदेशी मुद्रा भण्डारलाई पुनःस्थापित गर्न मुद्रा स्वैप लाइनको वार्तासमेत हुने विश्वास गरिएको छ ।
गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् । नियमित उडान भर्नका लागि एयर अरेबिया र यूएईको फ्लाई दुबई कम्पनीले प्रक्रिया अघि बढाएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । यी दुवै संयुक्त अरब इमिरेट्स (यूएई) का अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनी हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई प्रदीप अधिकारीका अनुसार एयर अरेबियाले आउँदो दुई हप्ताभित्रै नियमित व्यावसायिक उडानका लागि इच्छा प्रकट गर्दै प्रक्रिया थालेको छ।उनका अनुसार खासगरी भैरहवा विमानस्थलबाट श्रम गन्तव्य मुलुक जान चाहने यात्रुको माग तथा चाप उच्च छ। सोही कारण अन्य विदेशी वायुसेवा कम्पनीले पनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि रुचि बढाएका छन्।
यसैगरी एक महिनाअघि विमानस्थल उद्घाटनसँगै साताको तीन दिन नियमित उडान सुरु गरेको जजिरा एयरलाइन्सले पनि छिट्टै हप्तामा सातै वटा उडान सुरु गर्ने तयारी गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका प्रमुख गोविन्दप्रसाद दाहालले जानकारीदिए।हाल काठमाडौँ–कुवेत रुटका लागि जजिराको न्यूनतम भाडा ३३ हजार रहेको छ। भैरहवा–कुवेत रुट भएर अवतजावत गर्दा भने यसमा २० प्रतिशत अर्थात् छ हजार ६०० कममा सेवा दिँदै आएको जनाइएको छ।जजिरा एअरले छिट्टै आफ्नो उडान तालिका परिवर्नन गरी बिहानका लागि पनि बनाउने योजना बनाएको उक्त वायुसेवाको नेपालका लागि आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभलका अध्यक्ष रवीचन्द्र सिंहले जानकारी दिए। साभार कान्तिपुर दैनिक बाट
वैदेशिक रोजगारीमा रहेकाहरूले वार्षिक रूपमा निश्चित रकम रेमिटेन्स पठाएको आधारमा मात्रै प्राथमिक सेयर निष्काशन (आइपिओ)मा दिइन लागिएको आरक्षणमा सहभागी हुन पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले यसको लागि कार्यविधि बनाइरहेको छ।
‘अहिलेलाई वार्षिक करिब एक लाख रुपैयाँ रेमिटेन्स पठाएकाहरूले आरक्षण सहितको यस योजनामा सहभागिता पाउने गरी कार्यविधि बनाउने तयारी गरिरहेका छौं,’ कार्यविधि निर्माण समितिका एक सदस्यले भने, ‘यस्तो रेमिटेन्स रकमको टुंगो लाग्न बाँकी छ। तर सेयरमा आरक्षण पाउन रेमिटेन्समा केही न केही योगदान गरेको भने हुनुपर्नेछ।’
मुलुकको विदेशी मुद्रा सञ्चितिमा ह्रास आएसँगै यस्तो मुद्रा भित्र्याउने विभिन्न उपायमध्ये सेयरमा आरक्षणको अभ्यास गरिन थालिएको हो। आगामी आर्थिक वर्षको लागि पेश भएको बजेटमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत सेयर आरक्षित गर्ने उल्लेख गरिएको छ। आरक्षण दिइने कोटा बजेटमा घोषणा भए अनुसार नै हुनेछ।
वैदेशिक रोजगारीमा रहेकाहरूले पनि सेयरमा छुट्याइने कोटाअनुसार सेयर भर्न डिम्याट एकाउन्ट खोल्नुपर्ने हुन्छ। यस्तो खाता अनलाइन फारम भरेर पनि खोल्न सकिने व्यवस्था गरिन लागिएको छ। यस्तो खाता खोल्दा ग्राहक पहिचान विवरण पनि आवश्यक पर्छ।
हाल कुनैपनि कम्पनीले जारी गरेको सेयर खरिद गर्न सेयर खाता अनिवार्य हुन्छ। यस्तो सेयर खातालाई डिम्याट एकाउन्ट समेत भनिन्छ। अहिले निक्षेप संग्रहकर्ता (सेयर खाता खोलिदिने संस्था) को रूपमा सेयर ब्रोकर र विभिन्न बैंकहरूले काम गरिरहेका छन्।
वैदेशिक रोजगारीमा रहेकासँग पहिलो चरणमा भिडिओ कलबाट उनीहरूको आफ्नो व्यक्तिगत विवरण लिइने योजना बोर्डको छ। पछि रोजगारीमा रहेकाहरू नेपाल फर्किएको समयमा डिम्याट खोलिएको संस्थामा एकपटक उपस्थित भएर यस्तो पहिचान अद्यावधिक गराउनुपर्ने हुन्छ।
वैदेशिक रोजगारको प्रमुख गन्तव्य मध्येको एक प्रमुख राष्ट्र साउदीअरबमा वर्तमान समयमा करिब ४ लाख भन्दा अधिक नेपाली श्रमिकहरू विभिन्न क्षेत्रमा कार्यरत रहेका छन्। जस मध्ये हजारौँ संख्यामा अलपत्रमा परिने श्रमिकहरू दिन प्रतिदिन बढ्दै गएको छ। श्रमिक समस्याहरू न्युनिकरण गर्ने उद्देश्य सहित मागपत्रहरू दूतावास द्वारा प्रमाणिकरण पश्चात मात्र कार्यान्वयन हुने प्रावधान लागू हुनुको वावजुत पनि हिजो आज एकै प्रकारका श्रमिक समस्याहरू बढ्दै गईरहेको सुन्न र देख्न सकिन्छ । विशेषतः साउदीअरबमा रोजगार दाता द्वारा पाउनु पर्ने तोकिएको काम र तत् सम्बन्धित तलब सहित अन्य सेवा सुविधा बाट बन्चित भई उद्धार र न्यायोचित न्यायीक उपचारका लागी सहयोग मागीरहेको श्रमिकहरूको संख्या दिन प्रतिदिन बढ्दै गएको छ। यही समस्याहरूलाई ध्यानमा राखी साउदीअरबका लागी कुटनितिक नियोग नेपाली दूतावास रियादले सकेसम्म रोजगारीका लागी साउदीअरब नआउन र आउनै परेमा आवश्यक सबै जानकारी प्राप्त भए पछि मात्र आउन आफ्नो अफिसियल सामाजिक संजाल फेसबुक मार्फत सुचनानै जारी गरेको छ।
पछिल्लो समयमा साउदी सरकारले ल्याएको श्रमिक मैत्री कानुन र विगतको तुलनामा आप्रवासी कामदार सम्बन्धी लचिलो कानुन लागु भए पश्चात श्रमिक समस्याहरू न्युनिकरण हुनुको साटो दिन प्रतिदिन वृद्धि हुँदै गएको छ। यो भन्दा पहिला न्यूनतम एक वर्षको लागी साउदीअरब बसोबास अनुमति पत्र (ईकामा) रोजगार दाताले दिनु पर्ने थियो भने अहिले ३महिने, ६ महिने र एक वर्षेको गरी वर्गीकरण गरिएको छ भने सोही कानुनी व्यबस्थालाई उपयोग गर्दै नव आप्रवासी कामदारहरूको पहिलो ३ महिने ईकामा बनाई त्यसलाई नवीकरण नगरी रोजगार दाताले आफ्नो जिम्मेवारी बाट पन्छिने गरेको देख्न सकिन्छ।
यसै क्रममा पाँच महिना अगाडी व्लुग्यालेक्सी ओभर्सीज बाट साउदीअरब आएका मध्ये १७ जना कामदार सडकमै अलपत्र परेको पिडित मध्येको एक कुमार खवासले जानकारी दिएका छन्। उनका अनुसार हाल एनआरएनए आरसीसी दम्मामले जीवन रक्षार्थ खान र बस्ने ब्यवस्था मिलाएको र उद्वारको पर्खाईमा रहेको खवासले बताए भने आरसीसी दम्मामका अध्यक्ष विष्णु भण्डारीले पिडीत श्रमिकहरूको न्यायोचित व्यवस्थापनको लागी म्यानपावर व्यवसायी र नेपाली दूतावास रियाद संग समन्वय गरिरहेको र सकरात्मक परिणामको अपेक्षा गरिएको बताए।
त्यस्तै कृष्ण रामदाली राई संगै साउदीअरब आएको ३-६ महिना भईसकेको १० जना नेपाली श्रमिकहरुले हाल सम्म ईकामा नपाएको राईले बताए । राईका अनुसार दैनिक १० घण्टा काम तोकिए पनि अतिरिक्त ६-७ घण्टा काम गर्नु पर्ने र समयमै तलब सुविधा नपाएको सुनाए। करार पत्र अनुसार काम र तलब सुविधा नभएको भनि म्यानपावरलाई भन्दा काम गर्न गए पछि काम त गर्नै पर्छ, चुपचाप काम गर भन्दै फोन काट्ने गरेको राईको भनाई छ। उल्लेखित पिडित वा अलपत्र परेको नेपाली श्रमिकहरू मात्र प्रतिनिधि पात्रहरू हुन् र यस प्रकारको समस्याहरू दिन प्रति दिन बढ्दै गईरहेको देखिन्छ। कोभिड-१९ को महामारीको अवस्थामा होस या पोस्ट कोभिडको अवस्थामा नेपाली दूतावास रियादले जवाजात(साउदी पास्पोर्ट अफिस) मार्फत कम्पनीले ईकामा नबनाई दिएका, नवीकरण नगरि दिएका, हुरूप लाएका तथा कुनै मुद्दा नपरेका तर अन्य कारणले अवैध हुन पुगेका नेपाली श्रमिकहरूलाई बहिर्गमण भिषा दिलाउँदै सहज स्वदेश फिर्ती गराउँदै आएको छ। पछिल्लो पटक ३१ मेई देखी जुन ७ सम्ममा ९३ जना आप्रवासी नेपाली श्रमिकहरूलाई दूतावासले वहिर्गमण भिषा दिलाएको नेपाली दूतावास रियादले जनाएको छ।
नेपाली दूतावास रियादले जुन म्यानपावर मार्फत आएको वा कम्पनीमा नेपाली श्रमिकहरू समस्यामा परेका छन् उक्त म्यानपावर व्यवसायी र कम्पनीको मागपत्र रोके पनि पहिलो पटक वा प्रक्रिया पुर्याएर आएको मागपत्रहरू प्रमाणिकरण गर्दै आएको छ।
मागपत्रहरू नेपाली नियोग दूतावासले प्रमाणिकरण गर्ने भएको कारण सम्बन्धित म्यानपावर व्यवसायी र कुटनिति मार्फत रोजगारदाता कम्पनीलाई जवाफदेही बनाउन थप कडाईका साथ दूतावास प्रस्तुत हुनु पर्ने देखिन्छ।
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी अशाढ ०३ गते अथार्त जुन १७मा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी उनीहरूको स्वास्थ्य सम्बन्धी विभिन्न प्रकारका समस्याहरूको निदानमा आधारित भएर जनचेतनामुलक कार्यक्रम गरिने बताइएको छ । जनरल फिजिसियन द्वारा प्रवासमा रहेका नेपालीहरुको स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रम नेपाली समयाअनुसार बेलुका ७ बजेर ३० मिनेटमा सञ्चालन हुनेछ भने यो कार्यक्रम पिएनसीसीको आधिकारिक फेसबुक पेज लगायत साउदी अरब लगायत खाडी मुलुकमा अवस्थित नेपालीहरुलाई सुचनाको हकबाट सुसज्जित गर्दैआएको हिमालयन दृष्टि तथा मलेसिया लगायत आसपासका देशहरुमा नेपालीहरुमाझ परिचित हिमाल टाईम्स डटकमको फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने भएको छ।
पछिल्ला दिनहरुमा प्रवासी नेपाली समन्वय समिति पि.एन.सी.सी द्वारा प्रवासमा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरी यस्ता किसिमका विभिन्न स्वास्थ्यसम्बन्धी विशेषज्ञ डाक्टरहरु द्वारा जनचेतनामूलक कार्यक्रमहरु संचालन गरिदै आएको छ। यसै श्रृंखलाको निरन्तरतास्वरुप आउँदो शुक्रबार पनि जनरल फिजिसियन द्वारा कार्यक्रम सञ्चालन गर्न लागेको यस कार्यक्रममा प्रवासमा रहेका नेपाली श्रमिक दाजुभाइ हरु प्रत्यक्षरुपमा लाभान्वित हुन सक्ने तथा कार्यक्रममा जुम माध्यमबाट सहभागीता जनाई डाक्टरद्वारा दिइने स्वास्थ्यसम्बन्धी सल्लाह सुझावको फाइदा लिन हुन पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले बताउनुभयो।
जुम माध्यमबाट कार्यक्रममा सहभागी हुनको लागी :-zoom
८ जुन २०२२! साउदी अरबको अल कासिमको बुरैदा स्थित गन्तव्य स्पोर्टिङ् क्लबले इस्लाम धर्मावलम्बीहरुको महान पर्व “इदुल अधा” को पावन अबसरमा बृहत साउदी स्तरीय भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ ।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल भावनाका साथ साउदी अरबमा छरिएर रहेका खेल प्रेमी नेपालीहरुलाई एक आपसमा जोड्ने र मनोरञ्जन दिने उद्देश्यका साथ आयोजना गरिएको उक्त भलिबल प्रतियोगिता आगामी ८ जुलाई २०२२, शुक्रबारका दिन बुरैदामा हुने कुरा क्लबका प्रतिनिधि मनिष कोइरालाले जानकारी गराएका छन् । इदको छुट्टीको समयमा सबै स्थानबाट आउन सहज हुने र इदको अवसरमा मनोरञ्जन पनि हुने हुँदा कोइरालाले साउदी अरबको सबै स्थानहरुबाट प्रतियोगितामा उपस्थित हुनका लागी समेत आब्हान गरेका छन् ! प्रथम पुरस्कार ३ हजार रियल, (नेपाली करिब एक लाख रुपैयाँ ), दोस्रो पुरस्कार १५ सय रियल( नेपाली करिब ४८ हजार रुपैयाँ ,) र तेस्रो पुरस्कार ५ सय रियल (नेपाली करिब १६ हजार रुपैयाँ) रहेको उक्त प्रतियोगितामा ५०० रियल टिम दर्ता शुल्क रहेको छ । पुरस्कारहरुको साथमा बिजेता, उप-बिजेताहरुलाइ प्रमाणपत्र, ट्रफी सहित मेटलहरु पनि प्रदान गरिने कुरा कोइरालाले हिमालयन दृस्टी लाई जानकारी गराए ।
अन्य बृस्तित जानकारीका लागि तल दिएका सम्बन्धित ब्यक्ति तथा समपर्क नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।
नेपालमा दलहरु र सरकारले श्रम मन्त्री बन्ने आलोपालो प्रणाली लागू गर्दा विदेशमा उद्धारको पर्खाईमा बसेका श्रमिकको सुरक्षामा थप चुनौती थपिने गरेको छ । पछिल्लो समय साउदी अरब गएका श्रमिक अलपत्र बन्ने क्रम बढे पनि सरकारले नियमति उद्धारको समयन्त्र बनाउनुको सट्टा श्रम मन्त्रीको पालो पु-याउने नियम बनाएको देखिन्छ । अन्य देशबाट गरिने उद्धार प्रक्रिया केही सहज भएपनि साउदीबाट उद्धार गर्न प्रभावकारी समयन्त्रको आवश्यक पर्ने भएकाले छिटोछिटो श्रम मन्त्री परिवर्तन हुँदा उद्धारमा सुस्ता देखिने विज्ञहरुको भनाइ छ । विदेशमा रहेका श्रमिकको उद्धारका सम्बन्धमा जानकार बन्दै गरेका मन्त्री कृष्णकुमार श्रेष्ठलाई पालो सकिएको जनाउँदै पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ । उनको बदलामा पार्टीले शेरबहादुर कुवँरलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मा लगाएको छ । तत्काल श्रमिक उद्धारमा जुटनु पर्ने मन्त्री परिवर्तन भइरहँदा नियमित उद्धारको काममा असर पर्ने विज्ञको भनाइ छ । दवावपूर्ण कुटनीति पहल गर्नु पर्ने साउदी अरबबाट श्रमिक उद्धारमा लामो समय लाग्ने गरेका बेला पटक पटक मन्त्री फेरिँदा त्यसको नकारात्मक असर श्रमिकमा पर्ने गरेको छ । श्रम आप्रवासन विज्ञ रामेश्वर नेपाल मन्त्री र प्रशासक परिवर्तन सरकार र पार्टीको आवश्यकता भएपनि श्रमिकको समस्याका बारेमा बुझेर काम गर्नु पर्ने बेलामा मन्त्री फेरिँदा तत्काल उद्धारको पखाईमा रहेका श्रमिक र उनीहरुको परिवारमा नकारात्मक असर पर्ने बताउँछन् । पछिल्लो समय साउदी अरबमा अलपत्र पर्ने श्रमिकको संख्या बढ्दै गएपनि त्यहाँ स्थित गैर आवासीय नेपाली संघ एनआरएन लगायत नेपाली दूतावासले समेत जनचेतना कार्यक्रमसमेत सञ्चालन गर्न थालेको छ । साउदी अरबमा ठूलो संख्यामा नेपाली अलपत्र परेको जनाउँदै दूतावासले उद्धारको प्रक्रिया भने थालेको छ । अलपत्र पर्नेको संख्या यकिन नभएपनि त्यहाँ ठूलो संख्यामा श्रमिकहरु उद्धारको प्रक्रियामा रहेका छन् । साउदी अरबस्थित नेपाली दूतावासले पछिल्लो समय साउदीका रोजगारदाताले इकामा नबनाएको वा इकामाको म्याद सकिएपछि पनि नविकरण नगरिदिएको वा हुरूब लगाइ दिएको कारणले लामो समयदेखि नेपाल फर्किन नपाएको श्रमिक धेरै रहेको जनाउँदै सरकारले उद्धारका थप पहल गर्न अनुरोध गरेको छ । दूतावासले साउदी अरबमा कार्यरत नेपाली कामदारहरू मध्ये झण्डै आधा जसो कामदारहरू रहेको साउदी अरबको पूर्वी क्षेत्रका सहरहरूमा कार्यरत श्रमिकका धेरै गुनासो र समस्या आएको जनाउँदै जनचेतनामूलक कार्यक्रम समेत गरेको जनाएको छ । दूतावासले साउदी अरबमा कार्यरत नेपाली श्रमिकलाई कम्पनीले सम्झौता अनुसारको तलब सुविधा नदिएको, काम गरेको समयको पनि तलब नपाएको, ओभरटाइमको पैसा नपाएको, बिरामी पर्दा उपचार नगरिदिएको, छुट्टीमा घर जान नदिएको लगायत धेरै समस्या रहेको उल्लेख गरेको छ । कम्पनीले अनावश्यक जरिवाना लगाएको, फर्जी कागजात बनाएर मुद्दा लगाइदिएको जस्ता विविध गुनासा तथा समस्याहरू कामदारबाट प्राप्त हुने गरेका छन् । अलपत्र बन्ने क्रम बढेपछि दूतावासले त्यहाँ कार्यरत श्रमिकका लागि २ हप्ता अघि सचेतनामूलक कार्यक्रमको आयोजना समेत गरेको थियो । साउदी दूतावासले हालै कम्पनीले इकामा नबनाइदिएको वा इकामा नविकरण नगरिदिएको वा हुरूब लगाइदिएको कारणले नेपाल फर्किन नपाएका श्रमिकका लागि को एक्जिट भिसा प्रोसेसिङ समेत गरेको छ।
दूतावासले साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भिसा (एकजीट भिसा) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरेर ११८ जनाको वहिर्मन भिसा प्राप्त गरेको छ । दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूची प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गर्ने जनाएको छ । वहिर्गमन भिसाको सूचीमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसा जारी हुने जनाइएको छ ।
नेपाली राजदूतावास समक्ष बहिर्गमन भिसा (Exit visa) को लागि निवेदन दिएका मध्ये केही व्यक्तिहरुको Exit भिसा प्राप्त भएको सूचना ।
७ जुन २०२२, साउदी अरब ! साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (इकामा) नवनाईएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक वहिर्गमन भीसा (Exit Visa) का लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएकोमा ३१ मे देखि ०७ जुन २०२२ सम्मको अवधिमा रियाद र दमामबाट प्रोसेसिङ् गरिएका मध्ये जम्मा – ९३ जनाको वहिर्मन भिसा (exit visa) प्राप्त भएको नेपाली दूतावास रियादले आफ्नो फेसबुक पेजद्वारा जानकारी गराएको छ ।
नामहरुको सूचि सहित सेयर गर्दै लिष्टमा नाम आएका नेपाली रूले दूतावासमा आएर आफ्नो एक्जिट भिसाको पेपर लिएर जानुहुन अनुरोध गरेको छ । र, एक्जिट भिसा लागेको ६० दिन भित्र अनिवार्य रूपमा साउदी अरब छोड्न पनि अनुरोध गरेको छ ।
सुचनामा उल्लेख छ “दूतावासले प्रोसेसिङ गरेर प्राप्त हुने वहिर्गमन भिसाको सूचि प्रत्येक हप्ता दूतावासको फेसबुक पेजमार्फत् सार्वजनिक गरिनेछ । उक्त सूचिमा दमाम, जुवेल, खोबर र अलहासास्थित अध्यागमन कार्यालयबाट प्राप्त हुने वहिर्गमन भिसाको विवरण समेत समावेश गरिनेछ ।
एक्जिट भिसा प्रोसेसिङ् निःशुल्क हुनेछ । यस बापत एक हलाला पनि कहिं कतै बुझाउनु पर्दैन । तर एक्जिट भिसा आइसकेपछि नेपाल फर्किने हवाई टिकट व्यक्ति स्वयंले व्यवस्था गर्नुपर्नेछ ।
इकामाको म्याद सकिएको ३ महिना भन्दा बढि भैसकेका
वा साउदी आएको ३ महिना भन्दा बढि समयसम्म पनि इकामा नबनाइदिएका
वा हुरूब लागेका व्यक्तिको मात्र दूतावासबाट एक्जिट भिसा प्रोसेसिङ् गर्न सकिनेछ ।
इकामाको म्याद भएकाहरूको एक्जिट भिसा प्रोसेसिङ् दूतावासबाट गर्न मिल्दैन ।”