काठमाडौं । सरकारले इजरायलमा हमास लडाकुको आक्रमणमा परेको नेपालीहरुको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । साथै इजरायल सरकारले अनुमति दिएपछि त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ ।
काठमाडौं । दसैंमा नेपाल फर्किनेहरूले विमानस्थलमा भेटेका व्यक्तिको आग्रहका आधारमा मोबाइल, ल्यापटप, सुनलगायतका सामग्री सँगै ल्याएको खण्डमा जफत गरिने भएको छ । श्रम स्वीकृति लिएर विदेशमा काम गरेर नेपाल फर्किनेहरूका लागि मात्र छुट दिएको कानुनी प्रावधान दुरुपयोग गर्ने प्रवृत्ति बढेकाले त्यसलाई निरुत्साहित पार्न कडाइ गर्न लागेको भन्सार विभागले जनाएको छ ।
यात्रुहरूले कानुनी व्यवस्थाविपरीत सामान ल्याएमा माल वस्तु जफत गरिने र सोको दोब्बर मूल्यबराबर जरिमाना तथा कैद सजायसमेत हुने जनाएको छ । व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र कानुनले प्रतिबन्ध गरेका मालसामान ल्याएमा कानुनअनुसार कारबाही गर्ने चेतावनी त्रिभुवन विमानस्थल भन्सार कार्यालयले गरेको हो !
भन्सार विभागले कानुनले छुट दिएका व्यक्तिगत प्रयोगका सामानबाहेक अन्य व्यक्तिको सामान र नेपालको कानुनले प्रतिबन्ध गरेका मालसामान नल्याउनु पनि अनुरोध गरेको छ ।
विगतमा विभिन्न मुलुकबाट स्वदेश फर्कंदा विदेशका विमानस्थलमा केही व्यक्ति तथा समूहले विभिन्न प्रलोभन देखाई विभिन्न मालसामान नेपालको विमानस्थलसम्म पु¥याइदिनु र विमानस्थलमा आफ्नो मान्छेले लिन आउने भनेर दिएर पठाउने गर्दै आएका थिए ।
यसपालि मोटरसाइकलको बे्रक सुको आवरणमा एक क्विन्टल सुन भित्रिएपछि झस्किएको विमानस्थलसहित भन्सार कार्यालयले विभिन्न आवरणमा अवैध सामान भित्रिएला र सोझासिधा फस्ला भनेर अग्रिम रूपमा स्वदेश फर्किनेलाई चेतावनी दिएको हो ।
विमानस्थलस्थित भन्सार कार्यालयका अनुसार साउदी अरब, युनाइटेड अरब इमिरेट्स, कतार, हङकङ, थाइलैन्ड तथा मलेसियाका अन्तर्राष्ट्रिय विमानस्थल तथा आसपासबाट केही अपरिचित व्यक्तिले मेरो घरको सामान हो, मेरो आफन्त त्रिभुवन विमानस्थलमा लिन आउँछन् र लगेबापत केही पैसा दिन्छु भनेर प्रलोभनमा पारी ल्यापटप, मोबाइल, सुन, घडी आदि पठाउने गरेका छन् ।
कार्यालयका अनुसार यसरी त्यस्ता मालवस्तु ल्याउने व्यक्ति कानुनी कारबाहीमा पर्ने घटना बढ्दै गएको छ । यो समाचार राजधानी दैनिकमा छ ।
नेपाली काँग्रेसका केन्द्रिय महामन्त्री तथा प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री एवम् संविधानसभा सदस्य भिष्मराज आङ्दम्बे साउदी अरबको ३ दिने भ्रमणमा आउने भएका छन्।
३० सेप्टेम्बर देखि २ अक्टोबर सम्म हुने उक्त भ्रमण रियादमा मात्रै सिमित हुने वा साउदी अरबका अन्य सहरमा पनि हुने भन्ने हाम्रो जिग्यासामा जनसम्पर्क समिति साउदी अरेबियाका महामन्त्री सुरेश राज त्रिपाठीले भ्रमण साउदी अरबको राजधानी रियाद तथा पुर्बि क्षेत्र दमाम पनि हुने बताए।
नेपाली राजदूतावास रियाद द्वारा आगामी ३० सेप्टेम्बर सनिबारका दिन आयोजित “श्रमिक समस्या र समाधान” विषयक कार्यक्रममा सरिक हुने उद्देश्यका साथ साउदी अरब आउनलागेका महामन्त्री तथा सहमहामन्त्री दय् त्यसको अर्को दिन अर्थात् आईतबार एक अक्टोबर रियादमा स्थित जनसम्पर्क समिति साउदी अरबको आन्तरिक छलफलमा सरिक हुँदै सोमबार पुर्बि क्षेत्र दमाममा भेटघाट कार्यक्रममा सहभागी हुने त्रिपाठीले बताए।
साउदी अरब ! नेपाली राजदूतावास रियाद र गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती अलकासिमको सहकार्यमा गत २०२३ सेप्टेम्वर २२ गते शुक्रवार र २३ गते शनिवार साउदी अरबको अलकासिम शहरमा आयोजित दुई दिने राहदानी नवीकरण घुम्ती सेवा बाट ५४४ जनाले सेवा लिएका छन् । राहदानी नवीकरण सेवा सेप्टेम्वर २२ गते शुक्रवार बिहान ७:०० बजे देखी बेलुकी ६ः०० बजेसम्म र २३ गते शनिवार बिहान ७ बजे देखी दिउँसो १२ बजे दिएको थियो ।
उक्त राहदानी नविकरणको घुम्ती सेवा प्रदान गर्नका लागि नेपाली दूतावास रियादका द्धितिय सचिव भुपेन्द्र प्रसाद घिमीरेको नेतृत्वमा, द्धितिय सचिव कमल कुंवर, स्थानिय कर्मचारीहरु डेबिड महर्जन, अजय दंगाल, हेमन्त आचार्य, पवन न्यौपाने, अब्दुल्ला राई आएका थिए भने यसलाई ब्यबस्थित तवरले सम्पन्न गराउन गैरआवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य बिशाल कुमार श्रेष्ठ, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष मनिष कोइराला, सचिव धु्र्ब कटुवाल, सदस्य धर्मेन्द्र कार्की, आरसीसी अलकासिम प्रमुख सल्लाहकार राज कुमार श्रेष्ठ, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती अल कासिमका अध्यक्ष कृष्ण अधिकारी, बरिष्ठ-उपाध्यक्ष काजीमान कन्दवा, उपाध्यक्ष बिनोद खड्का लगायत सम्पूर्ण आरसीसी टिमद्वारा सहयोग गरिएको आरसिसी कासिमका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी गराए !
घुम्ती सेवा कार्यक्रममा सेवा लिनका लागी अलकासिम लगयात आसपासका क्षेत्रहरू अनैजा, हायल, जुल्फी, आसपास रहेका बिभिन्न कम्पनिमा कार्यरत नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको श्रेष्ठले जनाए । राहदानी नविकरणको लागी आवश्यक चाहिने Pre-enrollment अनलाइन फाराम सेवाग्राही आफैले भरेर उपस्थित हुनु पर्ने भएकोले एनआरएनएका पदाधिकारीहरुले करिब ४५० जना श्रमिकहरुको Pre enrollment अनलाइन फाराम निःशुल्क रुपमा भरी सहयोग गरेका थिए ।
राहदानी नविकरण गर्न रियाद राजदूतावास धाउनु पर्ने बाध्यता र खर्चिलो यात्रा गर्नु नपरी आफ्नै सहरमा राहदानी नवीकरण गर्न पाएकोमा सेवाग्राहिहरु खुशी हुँदै नेपाली राजदूतावास रियाद र आरएनएकर्मी अल कासिमको साथीहरुको आत्मिय र निस्वार्थ सेवा भावबाट निकै प्रभवित भएको जनाउदै धन्यवाद दिएका थिए ।
सेवा भावले अलकासिम आएर अहोरात्र रुपमा नेपाली श्रमिकलाई सेवा प्रदान गरिदिनु हुने नेपाली राजदूतावास रियादका सम्पुर्ण टिम तथा अलकासिममा रहनु हुने सम्पुर्ण एनआरएन कर्मीहरुलाई एनआरएनए अल कासिमले धन्यवाद तथा आभार प्रकट गरेको छ ।
साउदी- गैरआवासीय नेपाली संघ (एनआरएनए)को मध्यपूर्व क्षेत्रीय संयोजकमा बर्तमान संयोजक राजेन्द्र अर्यालले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।
वर्तमान कार्यसमितिमा मध्यपूर्व संयोजकको जिम्मेवारी निर्वाह गरेका अर्यालले संघको अक्टोबरमा हुने २०२३–२०२५कार्यकालको चुनावको लागि मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका हुन् ।
मध्यपूर्वको साउदी अरबलाई कर्मथलो बनाउँदै आएका राजेन्द्र अर्याल (जोन)ले यसै शिलशिलामा २३/२५ का लागी क्षेत्रिय संयोजकमा आफ्नो उम्मेदवारी सामाजिक संजाल फेसबुक मार्फत घोषणा गरेका छन्। २०११ देखी एनआरएनएमा लागेका अर्याल सफल व्यवसायीका साथै सामाजिक कार्यमा निरन्तर लागी परेका एक अब्बल समाज सेवीका रूपमा परिचित छन्। उनले गैर आवासीय नेपाली संघका १५/१७ मा राष्ट्रीय समन्वय परिषद सदस्य, १७/१९ आईसीसी सदस्य, १९/२१ आईसीसी क्षेत्रिय सहसंयोजक र हाल संयोजकको भूमिका निर्वाह गरिरहेका छन्।
क्षेत्रिय संयोजकका प्रत्याशी अर्यालले आफ्नो उम्मेदवारीको घोषणा संगै ६ बूँदे प्रतिबद्धता पनि जारी गरेका छन्।
साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस साउदी अरबको आयोजनामा गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।
प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य भएको कुरा जिजान समितिका सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।
साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।
क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका अध्यक्ष शंकर पौडेलको सभापतित्व र जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
बिशिस्ट अतिथी र प्रमुख अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो।
साउदी अरब ! गैरआवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिति जिजान, अभा खमिस साउदी अरबको आयोजनामा गत १५ सेप्टेम्बर शुक्रबारका दिन खमिस मुशैत स्थित क्रिस्टल हलमा बृहत् तीज कार्यक्रम सम्पन्न भएको छ ।
प्राबासमा रहेर पनि नेपाली दिदिबहिनीहरुको चार्ड हरितालिकाको विशेष अबसर पारेर आयोजित उक्त कार्यक्रम महिला तथा पुरुषहरु गरी २५० जनाको उपस्थितिमा भब्य भएको कुरा जिजान समितिका सल्लहकार लाल बहादुर मगरले जानकारी गराए।
साउदी अरबको दक्षिणी भेग स्थित रमणिय तथा पर्यटकिय स्थल अभा खमिसमा आयोजित कार्यक्रममा यहाँ कार्यरत स्थानिय कलाकारहरुले आफ्नो कला प्रदर्शन गरेका थिए । साथै आयोजकबाट दर(भोजनको) को ब्यवस्था पनि गरिएको थियो।
क्षेत्रीय समन्वय समिति जिजानका उपाध्य्क्ष होमनाथ रेग्मिद्वारा संचालित उक्त कार्यक्रम उक्त तिज कार्यक्रम संस्थाका अध्यक्ष शंकर पौडेलको सभापतित्व र जेद्दा स्थित नेपाली महाबाणिज्यदुतको बिशिस्ट अतिथी साथै गैरआवासीय नेपाली संघ साउदीकि अध्यक्ष रबिना अर्यालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
बिशिस्ट अतिथी र प्रमुख अतिथीले भौगोलिक दुरिका कारण अनलाइन मार्फत आफ्नो मन्तव्य राख्दै शुभ कामना दिनु भएको थियो।
९ सेप्टेम्बर २०२३, अल कासिम साउदी अरब गैरआवासीस नेपाली संघ, क्षेत्रिय समन्वय समिती, अल कासिमले ८ सेप्टेम्वर २०२३ शुक्रबारका दिन अल कासिमको साल्मिया स्थित रोम सिसा कम्पनी “ श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण” कार्यक्रम सम्पन्न गरेको छ ।
साउदीमा रहेका नेपाली श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य सम्बन्धित श्रमिक सचेतना तथा स्वस्थ्य परिक्षण गरि श्रमिकहरुलाइ आवाश्यक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ आयोजित उक्त स्वास्थ्य शिबिरमा डा. माजिद द्धारा सोही कम्पनी लगायत अन्य कम्पनीमा कार्यरत ६९ जना श्रमिकहरुको स्वास्थ्य परिक्षण गरी आवश्यक परामर्श दिईएको कुरा संस्थाका सचिब सिद्दिलाल श्रेष्ठले जानकारी दिए ।
उक्त शिबिरमा श्रमिकहरुको उच्च रक्तचाप, मधुमेह (Blood pressure, Sugar) को परिक्षण गरिएको थियो । परिक्षण गरिएका श्रमिक हरु मध्ये मधुमेह र उक्तरक्तचापबाट अधिक जोखिम भएका बिरामीलाई तत्काल नियमीत स्वस्थ्य परिक्षण र नियमित औषधी खान र आफ्नो काम, खानपानमा उच्च सतर्कता अपनाउन डा. माजिदले सल्लाह दिएका थिए ।
नेपाली राजदुताबास रियादका “लेवर काउन्सलर” देबेन्द्र राज कार्कीको विषेश उपस्थिती तथा गैरआवासीस नेपाली संघ आईसीसी सदस्य तथा नेपाली राजदुताबास रियादका अलकासिम प्रतिनीधी बिशाल कुमार श्रेष्ठ, एनसीसी साउदी अरबका उपाध्यक्ष मनिष कोइराला, आरसीसी अलकासिमका प्रुमख सल्लाहकार राजकुमार श्रेष्ठ, एनसीसी साउदी अरबका सचिव ध्रुबराज कटुवाल लगायत एनसीसी तथा आरसीसी पदाधिकारीहरुको उपस्थितीमा सम्पन्न गरेको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै आईसीसी सदस्य बिशाल कुमार श्रेष्ठले यस्तो कार्यक्रम निकै राम्रो रहेको र भबिष्यमा पनि यस्तो कार्यक्रम हरु अझै प्रभाबकारी र धेरै श्रमिकलाई सेवा बिस्तार गर्दै जाजु पर्ने बताए भने एनसीसी सचिव ध्रुबराज कटुवालले यस्ता श्रमिकजन्य कार्यक्रमका लागि आफ्नो साथ सहयोगको प्रतिबद्दता जनाएका थिए । कार्यक्रमको समापन गर्दै आरसीसी अध्यक्ष कृष्ण अधिकारी ले कार्यक्रम सोचेभन्दा राम्रो रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने डाक्टर तथा सबैलाई र उपस्थित सबै श्रमिक दाजुभाइहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा स्रोत साधनले भ्याए सम्म यस्ता कार्यक्रम नियमित गर्दै जाने बताए ।
काठमाडौं । नेपाल वायु सेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले बुधबार (भदौ २०) देखि काठमाडौंबाट साउदी अरेबियाको दममामा नियमित उडान सुरु गरेको एक विज्ञप्तिमार्फत जानकारी गराएको हो ।
निगमको पहिलो उडान बुधबार राति १० बजेर ४० मिनेटमा भएको थियो । उक्त उडानमा १२६ जना यात्रु थिए भने फर्किदाँ ११७ जना यात्रु रहेका थिए । काठमाडौं-दमाम-काठमाडौं सेक्टरमा निगमले हप्ताको दुई दिन बुधबार र शनिबार उडान गर्ने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । उनका अनुसार निगले आगामी दिनमा उडानको संख्या बढाउँदै लैजाने छ ।
निगमको कार्यालय र निगमको वेबसाइटबाट अनलाइन तथा ट्राभल एजेन्सीमार्फत हवाइ टिकट लिन सकिने निगमले जनाएको छ ।
नेपाली राजदूतावास रियाद र गैर आवसिय नेपाली संघ क्षेत्रीय समन्वय समिती रियादको सहकार्यमा आयोजित “श्रमिक समस्या समाधानमा नेपाली राजदुताबास र नेपाली सामुदायिक संस्थाहरुको भूमिका अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।
साउदी अरबको रियाद स्थित होटल डेमोरामा १ सेप्टेम्बर २०२३ शुक्रवारका दिन सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रूपमा साउदीअरबका लागी नेपालका महामहिम राजदूत श्री नवराज सुवेदी ज्यु र कार्यक्रमको अध्यक्षतामा एनआरएनए आरसीसी रियादका अध्यक्ष श्री महेश घिमिरे ज्यु रहनु भएको थियो।
आरसिसि रियाद कार्यसमितिका पदाधिकारीहरु , एनआरएनए आईसीसी सदस्य श्री दिपक रेग्मी , एनआरएनए एनसिसी उपाध्यक्ष श्री हेम सुबेदी ,नेपाली दूतावासका श्रम काउन्सेलर श्री देवेन्द्र कार्की,द्वितीय सचिव श्री टिकाराम उपाध्याय, श्री सरोज चन्द्र अधिकारी,श्री धर्म राज तिमिल्सिना र श्री राम पुनित यादवका साथै साउदी अरबमा क्रियाशील संघ संस्थाका विभिन्न तह र ओहदाका पदाधिकारीहरू, समाजसेवी मिडियाकर्मी सबैको संयुक्त उपस्थितिमा श्रमिकहरुको समस्या समाधान बारे अन्तरक्रिया भएको थियो।
उक्त कार्यक्रममा राजदूताबासले सञ्चालन गरेको तथा अन्य उपयोगी अनलाइन लिंक सम्बन्धी जानकारी, ब्लड मनी सम्बन्धि व्यवस्थाको जानकारी,कम्पनीबाट जरिवाना तोकेका श्रमिकहरूको जानकारी, साउदी अरबमा आप्रवासी नेपालीहरूको तथ्यांक, गैरकानुनी हैसियतका श्रमिकको घर फिर्ता आदि विषयगत बिषयहरुमा समस्या समाधानमा नेपाली समुदाय र राजदुताबासको प्रभावकारी भूमिकाको बारेमा श्रम काउन्सेलर श्री देवेन्द्र कार्की ज्यु र द्वितीय सचिव श्री टिकाराम उपाध्याय ज्युले प्रोजेक्टर मार्फत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा आगामी दिनमा साउदी अरबमा समस्यामा परेका नेपाली श्रमिकहरुको हित र उद्धारका लागी राजदूतावास र क्रियाशील संघ संगठनहरूले सचेतनात्मक तथा सकारात्मक सन्देश प्रवाह गरी समस्यालाई न्यूनीकरण गर्न सकिने महामहिम राजदूत श्री नवराज सुबेदी ज्युले जानकारी दिनु भएको थियो ।